News

Oct 28, 2008

अन्तरिम संविधानमा संशोधन गर्ने मन्त्रिपरिषदले निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अन्तरिम संविधानमा संशोधन गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ । संविधानमा २०६३ साल मङ्सिर मसान्तसम्म १८ वर्ष पुगेकालाई मात्र मताधिकार हुने उल्लेख भएकामा निर्वाचन हुने वर्षभन्दा अघिल्लो वर्षको चैत मसान्तसम्म १८ वर्ष पुगेका नागरिक मतदाता हुने गरी संशोधन गरिने छ ।बैठकले जनयुद्ध एवं मधेसी आन्दोलनलगायतका दौरानमा लगाइएका राजनीतिक प्रकृतिका ३४९ वटा मुद्दा फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो । यसैगरी तराइ क्षेत्रका १८ वटा सहायक मार्ग र दुइ हुलाकी सडक गरी १५० किलोमिटर लम्बाइ भएको २० वटा सडक मर्मतसम्भार तथा पूर्वाधार सुदृढीकरणका लागि सरकारबाट उपलब्ध गराइने आर्थिक तथा प्राविधिक सहयोग स्वीकार गरी सोसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने अधिकार अर्थसचिवलाई दिने निर्णय भएको छ ।एक हजार चारसय किलोमिटर लामो उक्त सडक निर्माणका लागि भारत सरकारबाट सात अर्ब सहयोग अनुदानस्वरूप प्राप्त हुने वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले बताउनुभयो ।

No comments: