News

Oct 23, 2008

सेना समायोजनबारे दलबीच विवाद, वैठक स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सेना समायोजनका लागि विशेष समिति गठन गर्ने विषयमा दलहरुबीच देखिएको विवाद अन्त्यका लागि प्रमुख चार दलको वैठक आज बिहीबार पनि बस्ने भएको छ । वालुवाटारमा बस्ने माओवादी, कांग्रेस, एमाले र मधेशी जनअधिकार फोरमका शीर्ष नेताहरुको वैठकमा समिति गठनबारे सहमतिको प्रयास गरिने दलका नेताहरुले बताएका छन् ।बैठकको समय भने तय भइनसकेको मधेशी जनअधिकार फोरमका अध्यक्ष एवं परराष्ट्र मन्त्री उपेन्द्र यादवले जानकारी दिनुभएको छ । माओवादीले शान्ति मन्त्रीको संयोजकत्वमा विषेश समिति गठन गर्ने प्रस्ताव राखे पनि काग्रेसले अस्विकार गरेपछि चार दलको हिजो बुधबारको वैठक बिनानिष्कर्ष टुङ्गएको थियो ।समिति गठनका विषयमा दलहरुबीच विवाद उत्पन्न भएपछि मन्त्रीपरिषदको बैठक स्थगित हुँदै आएको छ । विवादकै कारण समिति गठनका लागि हिजो बोलाइएको मन्त्री परिषदको वैठक अन्तिम समयमा आएर सारिएको थियो भने आज बिहान ८ बजेका लागि तय भएको बैठक पनि स्थगित भएको छ ।

No comments: