News

Oct 26, 2008

पेट्रोलियमको मूल्यमा केही कमी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
केही समययता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आइरहेको गिरावटलाई ध्यानमा राखी त्यसको लाभ आमउपभोक्ताहरूले पाउन सकुन भन्ने उद्देश्यबाट नेपाल आयल निगमले शनिबार राति १२
बजेदेखि लागूहुने गरी पेट्रोल र हवाई इन्धनको मूल्य समायोजन गर्ने निर्णय गरेको छ । समायोजित मूल्य अनुसार पेट्रोलको हालको डिपो मूल्यमा करिव पाँच प्रतिशतले कम गरिएको छ । जसअनुसार काठमाडौं उपत्यकामा खुद्रा विक्री मूल्यप्रति लिटर ९५ रुपैयाँ हुनेछ । हवाई इन्धनको मूल्यमा अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १०० कम गरी साविकको अमेरिकी डलर एक हजार ५०० बाट घटाइ एक हजार ४०० कायम गरिएको पनि निगमद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । डिजेलको हकमा हाल कायम रहेको दुइवटा मूल्यमध्ये प्रति लिटर रू. ८० लाई हर्टाई रू. ७० प्रतिलिटरको एकल मूल्य कायम गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आउने उतार चढाव अनुरूप क्रमश मूल्य समायोजन गर्दै जाने भनी नेपाल सरकारबाट प्राप्त निर्देशन एवं हाल अन्तर्राष्ट्रिय बजार मूल्यमा कमी भएको विषयलाई ध्यानमा राखी नेपाल आयल निगमले उक्त निर्णय लिएको जनाइएको छ ।

No comments: