News

Oct 27, 2008

मिलन देवान स्मृति साहित्य पुरस्कार २०६५ देवेन्द्र सुर्केलीलाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विगत ५ बर्षअघि स्थापित अनलाइन नेपाली साहित्य मंचले निरन्तर नेपाली साहित्य विकास र प्रर्वद्धनको लागि काम गर्दै आएको छ । गत वि. स. २०६४ मा यस साहित्य मंच मार्फत मिलन देवान स्मृति (अनेसामं) साहित्य पुरस्कार स्थापना भएको थियो। पुरस्कारको लागि उपयुक्त स्रष्टार्सजकहरुको नामावली सिफारिस गर्ने खुल्ला सूचना अनुसार विश्वका विभिन्न ठाँउहरुबाट www.sahityaGhar.com मार्फत ६३ जनाको नाम प्राप्त भएको थियो । प्राप्त सिफारिस मध्ये प्रायः सिनियर स्रष्टाहरुको नाम रहेको थियो यद्यपी यस बर्षको पुरस्कार छनौट कमिटिले गत २५ अक्टोबरको दिन लण्डनमा आयोजित वेलायत नेपाली साहित्य महोत्सवको अवसरमा युवा साहित्यकार देवेन्द्र सुर्केलीलाई प्रदान गर्ने घोषणा गर्‍यो ।
मलेशियामा रहेर नेपाली साहित्यको लागि अथक योगदान पुर्‍याउदै आएका सुर्केलीले २ वटा कृति भित्ता बोल्दैन २०५९ कविता संग्रह र आमुल परिवर्तनको बाटो २०६३ निबन्ध संग्रह नेपाली साहित्यलाई प्रदान गरिसक्नु भएको छ । स्रष्टा सुर्केली वि. सं. २०३८ सालमा तेह्रथुम जन्मनु भई हाल प्रकाशपुर सुन्सरीमा बसोवास गर्दै आउनु भएको छ ।
पुरस्कारको स्थापना वि. स. २०३४ असोजमा धनकुटा बोधेमा जन्मनु भएका स्वर्गिय मिलन देवानको नाममा वहाको दाजु आनन्द देवानले गर्नुभएको हो । स्व. मिलनले माध्यामिक शिक्षाको अध्यायन सदन स्कुल धरानमा पूरा गरेका थिए र रोजगारीको क्रममा कतार पुगेको बखत त्यहि उनको असमायिक निधन भएको थियो । साहित्य मंचले प्रत्येक बर्षप्रदान गर्ने यस पुरस्कारको नगद रासि १० हजार रुपैया रहेको छ ।

No comments: