News

Oct 30, 2008

कमरेड सीपी गजुरेल र कोरियाका नेता तथा पूर्व राष्ट्रपति बीच भेटघाट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आज अक्टुबर २९ तारिख बुधबारका दिन नेकपा माओवादीका केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्य एवम् बिदेश बिभाग प्रमुख कमरेड सी पी गजुरेल र कोरियाका
पूर्व राष्ट्रपति उम्मेदवार लि ह्वे छाङ बीच कोरियाको संसद भवनमा एक मैत्रीपूर्ण भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।Grand National Party-Hannara का पूर्व संस्थापक तथा हाल आफ्नो स्‍वतन्‍त्र पार्टी Liberty Forward Party का संस्थापक एवम् कोरियाका सम्पुर्ण राजनैतिक दलहरुका लिडर समेत रहनु भएका नेता लि ह्वे छाङ र क. सी पी गजुरेल बीचको उक्त राजनैतिक भेटघाट कार्यक्रममा सी पी गजुरेलद्धारा नेकपा माओवादीका कारण नेपालमा राजनैतिक परिवर्तन भएको र हाल नेकपा माओवादीको नेतृत्वमा प्रमुख जिम्मेवारी वहन गरी नेपालको ऐतिहासिक संविधान निर्माणमा जुटेको कुरा उल्लेख गर्नुभएको थियो । त्यसैगरि नेता गजुरेलले नेपालको राजनैतिक आर्थिक बिकासको निमित्त कोरियाको भूमिका महत्वपुर्ण हुने र निरन्तर सहयोगको अपेक्षा रहने कुरा बताउनु भएको थियो भने कोरियन नेता लि ह्वे छाङले नेपालको बिकासको निम्ति कोरियाको तर्फबाट जुनसुकै आर्थिक र राजनैतिक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुका साथै नॆपालमा हालै भएको राजनैतिक परिवर्तन आफु र आफ्नो पार्टीलाई स्वीकार योग्य भएको कुरा ब्यक्त गर्नु भएको थियो ।लगभग ४० मिनेट जतिको छलफल भएको उक्त भेटघाटका क्रममा नेता लि ह्वे छाङले नेपालमा राजतन्त्रको अन्त्य बारे जिज्ञासा पोख्नु भएको थियो र एकपटक जसरी पनि आफु नेपाल घुम्न जाने ईच्छा भएको कुराको खुलासा गर्नु भएको थियो । नेता लि ह्वे छाङको उक्त ईच्छालाई आत्मसात गर्दै कमरेड सी पी गजुरेलले "तपाईलाई नेपालमा हृदय देखि स्वागत गर्दछौं" भन्नु भएको थियो । उक्त भेटघाट कार्यक्रममा नेता सी पी गजुरेलका साथ नेपाली जनअधिकार मन्च, दक्षिण कोरियाका सल्लाहकार गगन पुन, एन आर एन कोरियाका सह सचिव बिनोद कुंवरको पनि उपस्थिती रहेको थियो । सो भेटघाट कार्यक्रम नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका सदस्य सुबिन्द्र बुढा मगरद्धारा मिलाइएको थियो । स्मरणनीय रहोस् नेता सी पी गजुरेल नेकपा माओवादीका भातृ संगठन नेपाली जनअधिकार मन्च, दक्षिण कोरियाको प्रथम अधिवेशनलाई संवोधन गर्ने क्रममा दक्षिण कोरिया आउनु भएको थियो भने वहांको भोली बिहिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

No comments: