News

Oct 27, 2008

घरघरमा कुकुर तिहार मनाइँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
यमपञ्चकको दोस्रो दिन आज सोमबार घरघरमा कुकुर तिहार मनाइँदैछ । इमानदार पहरेदार जन्तुका रूपमा परापूर्वकालदेखि परिचित कुकुरलाई वर्षमा एकपटक आजको दिन यमदूतका रूपमा पूजा गर्ने चलन छ । आज गृहस्थीले कुकुरको पूजा गरेर माला लगाई खाना खान दिने गर्छन् । आजका दिनलाई 'नरक चतुर्दशी' पनि भन्ने गरिन्छ ।आजका दिन बिहान सबेरै नजिकको खोला तथा तलाउमा नुहाई नरक बगाउने गरिन्छ । महाभारतकालमा सत्यवादी युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँग घनिष्ठ सम्बन्ध रहिआएको छ । अन्तरिक्षमा तत्कालीन सोभियत सङ्घले लाइका नामक कुकुर पठाएको थियो ।यमपञ्चकमा काग, कुकुर, गाइ र बहरजस्ता पशुपक्षीको पूजा गरी सम्मान गर्नुले प्रकृतिका सबै जीवसँग मानव जातिको सह-अस्तित्व रहिआएको छ भन्ने देखाउँछ ।

No comments: