News

Oct 18, 2008

दर्जनौं नेपाली कुवेतमा अलपत्र अवस्थामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कुवेतबाट फर्कन लागेका नेपालीहरुको टिकटको रकम दलालले लिएर फरार भएपछि नेपाली कामदारहरुको बिचल्ली भएको छ । उनीहरु कुबेतको अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन् । गैरकानुनी रुपमा बसेका नागरिहरुलाई आफ्नो देश र्फकन १५ अक्टोबरसम्मको समय पाएकाले नेपाली कामदारहरु फर्कने तयारीमा रहेका थिए ।अलपत्र पर्ने नेपालीहरुको सख्या ३५ भन्दा बढी रहेको जनाइएको छ । पाकिस्तान, बंगलादेश, श्रीलंकाका कामदार भने आआफ्नो दूतावासले विमानस्थलबाटै लगेर छाडेका थिए तर नेपालीहरुलाई भने विभिन्न कारण देखाएर विमानस्थल छिर्न समेत नदिइएको बताइएको छ । पुरन लामा नाम गरेका दलालले उनीहरुको टिकटको रकमसमेत लिएर भागेपछि उनीहरु थप पीडामा परेका छन् ।झापाकी विमला दमै, खोटाङकी रामकुमारी राइ, महोत्तरीकी लन्केलाम हेम्जन विमानस्थलमा पुगेका थिए । तर जहाज उडिसक्दा पनि टिकट लिएर दलाल नआएपछि उनीहरु अलपत्र परेका हुन् ।

No comments: