News

Oct 25, 2008

सेना समायोजन समिति गठनबारे राजनीतिक सहमति बनेन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सेना समायोजन समिति गठनबारे राजनीतिक सहमति नबनेका कारण मन्त्रीपरिषद बैठकले समायोजन समिति बनाउन सकेन । सेना समायोजन समिति गठनबारे राजनीतिक सहमति बन्न नसकेपछि मन्त्रीपरिषद बैठकले त्यसबारे कुनै निर्णय गर्न सकेन । कार्तिक ९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै सूचना तथा संचारमन्त्री कृष्णबहादुर महराले कार्तिक १२ गते मन्त्रीपरिषदको अर्को बैठक बस्ने जानकारी दिए । १२ गते हुने बैठकले सेना समायोजन समिति गठनबारे निर्णय गर्ने वा नगर्नेबारे महराले केही भन्न चाहेनन् । मन्त्रीपरिषद बैठकले मन्त्रालयका १६ सचिवहरुको सरुवा सरुवा गरेको छ । मन्त्री महराका अनुसार, सूचना तथा संचार मन्त्रालयका युवराज पाण्डे श्रममा, उमेश मैनाली प्रधानमन्त्रीको कार्यालयबाट वातावरणमा, जनकराज जोशी उद्योगबाट योजना आयोगमा, श्याम मैनाली श्रमबाट युवामा, छविप्रसाद पन्त सूचना तथा संचारबाट संस्कृतिमा, शंकरप्रसाद पाण्डे युवाबाट प्रधानमन्त्री कार्यालयमा, रामचन्द्रमान सिंह प्रधानमन्त्री कार्यालयबाट पर्यटन तथा नागरिक उड्ययनमा, दिपेन्द्रबिक्रम थापा सामान्यबाट सूचना तथा संचारमा, पूण्यप्रसाद न्यौपाने समाज कल्याणबाट स्थानीयमा, बालानन्द पौडेल शिक्षाबाट सामान्य प्रशासनमा र ताना गौतम प्रधानमन्त्री कार्यालयबाट उद्योगमा सरुवा भएका छन् । मन्त्रीपरिषद बैठकले २० जनालाई कामू सचिव नियुक्त गरेको छ भने कृष्णप्रसाद श्रेष्ठलाई नेपाल प्रहरीको डिआइजीबाट एआइजीमा बढुवा गरेको छ ।

No comments: