News

Oct 18, 2008

प्रचण्ड चढेको हेलिकोप्टरमा खराबी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री प्रचण्ड चढेर महेन्द्रनगर आउनुभएको भीभीआईपी हेलिकोप्टरमा खराबी देखिएको छ। हेलिकोप्टरमा खराबी आएपछि प्रधानमन्त्री प्रचण्ड नेपालगन्जमा रोकिनुभएको छ। उहाँको शनिबार साँझ काठमाडौं पुग्ने कार्यक्रम थियो।शुक्रबार प्रधानमन्त्रीलाई लिएर आएको ९-एनआरएजे नम्बरको भीभीआईपी होलिकोप्टरमा खराबी देखिएको हो। हाइड्रोलिक आयल लिक भएका कारण हेलिकोप्टरमा खराबी देखिएको सैनिक स्रोतले जनाएको छ।हेलिकोप्टर भने सेनाको २५ नम्बर बाहिनीमा मर्मतका लागि राखिएको छ। बाहिनी स्रोतले मर्मत कार्य जारी रहेको र आइतबार बिहानसम्म मर्मत हुने जनाएको छ।यसैबीच बाँके संवाददाताले जनाएअनुसार प्रधानमन्त्री प्रचण्ड शनिबार राति नेपालगन्जस्थित स्नेह होटलमा बस्नुभएको छ। उहाँलाई बसाउन होटलमा पहिले बसेका मानिसलाई अन्यत्र सारिएको छ।राष्ट्र बैंकको गेस्टहाउसमा शनिबार नेपालगन्ज आउनुभएका स्थानीय विकासमन्त्री रामचन्द्र झा बस्नुभएको र नगरपालिकाको गेस्टहाउस खाली नभएकाले उहाँलाई अन्यत्र होटल खोजिएको थियो।
-->

No comments: