News

Oct 26, 2008

आफ्नो पनि भूमिका हुनुपर्ने माग उपराष्ट्रपति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधान निर्माणमा आफ्नो पनि भूमिका हुनुपर्ने माग उपराष्ट्रपति परमानन्द झाले राखेका छन् ।
उपराष्ट्रपति परमानन्द झाले संविधान निर्माणमा आफ्नो पनि भूमिका हुनुपर्ने बताएका छन् । कार्तिक १० गते राजधानीस्थित आफ्नो कार्यलयमा आफैंले आयोजना गरेको चियापानमा संचारकर्मीहरुसँग कुरा गर्दै उपराष्ट्रपतिले साढे दुई करोड जनताले चुनेको उपराष्ट्रपतिको नाताले संविधान निर्माणमा आफ्नो भूमिकाको खोजी गरिरहेको उल्लेख गरे । 'संविधानसभाका ६०१ सदस्यको संविधान निर्माणमा भूमिका छ भने मेरो पनि हुनुपर्छ' उपराष्ट्रपतिले भने । चियापानमा सहभागि राष्ट्रपति डा. रामवरण यादवले सरकारको कामबाट आफू सन्तुष्ट रहेको बताए । 'बिस्तारै ठिक हुदैछ' राष्ट्रपतिले भने । चियापानका अर्का सहभागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संचारकर्मीहरुसँग कुरा गर्दै शान्ति प्रक्रियाको गतिसँगै संविधान निर्माणले पनि गति लिने उल्लेख गरे । कार्तिक ११ गतेसम्म सेना समायोजन समिति गठन हुने जानकारी दिदै प्रधानमन्त्रीले समितिको संयोजक ठूलो तथा सत्ताधारी दलले लिने परम्परा भए पनि संयोजक आफ्नो दलले नै पाउनुपर्ने अडान नरहेको बताए । नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले जे भने पनि उसँगको सम्वन्ध बिस्तारै सुध्रिदैगएको र सम्वन्ध सुधार्न आफूले कोइरालालाई बारम्बार भेटिरहेको पनि प्रधानमन्त्रीले दावी गरे ।

No comments: