News

Oct 17, 2008

हतारिएर संविधान निर्माण गर्नु नहुनेमा जोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं संविधानसभा नियमावली मस्यौदा समितिका संयोजक नारायणमान विजुक्छेले हतारिएर संविधान निर्माण गर्दा देश भुटान एवं सिक्किमको अवस्थामा पुग्न सक्ने चेतावनी दिनुभएको छ । संविधान निर्माण ढिलै भए पनि व्यापक छलफल र सहमतिबाट मात्र बन्नुपर्ने उहाँले उल्लेख गर्नुभएको छ ।भक्तपुरमा आयोजित एक कार्यक्रममा बिजुक्छेले यस्तो बताउनुभएको हो । उहाँले पार्टीहरूले संविधानसभामा हृविप जारी नगरे देश टुक्रन सक्ने चिन्ता व्यक्त गर्नुभयो । देशमा जातीय सङ्घर्षले जातिगत र भाषागत द्वन्द्व बढ्ने भएकाले सङ्घीय राज्य बनाउन नहुने धारणा उहाँले दोहोर्‍याउनुभयो ।नेता बिजुक्छेले जातिगत एवं साम्प्रदायिक द्वन्द्व बढ्ने खालका निर्णय गर्न नहुने बताउँदै ३५ प्रतिशतमात्र नेवार रहेको काठमाडौँ उपत्यकालाई नेवार राज्य बनाउन नहुने बताउनुभयो ।

No comments: