News

Oct 20, 2008

वाइसिएल कार्यकर्ताको मृत्यु भएपछि धादिङस्थित तनाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
युथ फोर्ससँग भएको झडपका क्रममा वाइसिएल कार्यकर्ताको मृत्यु भएपछि धादिङस्थित पृथ्वी राजमार्ग क्षेत्रमा बिहानैदेखि तनाव जारी रहेको छ । झडपका बेला हिजो युथ फोर्सका कार्यकर्ताले लखेटेपछि भाग्न लाग्दा वाइसिएल कार्यकर्ता कृष्णबहादुर भण्डारीको त्रिशुली नदीमा खसेर मृत्यु भएपछि अवस्था तनावग्रस्त भएको हो ।तनावकै कारण थप घटना हुन नदिन स्थानीय प्रशासनले हिजो राति १० बजेदेखि लगाएको कर्फयु भने आज सोमबार बिहान ६ बजेबाट हटाएको छ । आक्रोशित वाइसिएल कार्यकर्ताले धादिङ पिडा गाविसको बेल्खु बजारमा ना२ख ६६९७ टि्रपर र बा१२प ३१०५ नम्बर मोटरसाइकलमा आगजनी गरेका छन् ।मोटरसाइकलमा आएका अज्ञात समूहले सिम बजारमा दुइ दिनअघि एमाले कार्यकर्ता राजेन्द्र रिमालमाथि खुकुरी हानेपछि दुइ समूहबीच विवाद सुरु भएको थियो ।

No comments: