News

Oct 28, 2008

चन्दा नदिए खाद्य ढुवानी गर्न नदिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
किराँत जनवादी वर्कर्स पार्टीले चन्दा नदिए धनकुटाबाट भोजपुर र सङ्खुवासभा जिल्लामा खाद्यान्न ढुवानीमा रोक लगाउने धम्की दिएका छन् । उनीहरुले यस्तो धम्की दिने गरेको धनकुटाका व्यापारीहरुले जनाएका छन् ।धनकुटाको लेगुवा बजारबाट भोजपुर सदरमुकाम र सङ्खुवासभा सदरमुकाममा दैनिक उपभोग्य वस्तुलगायतका सामाग्री खच्चड र टयाक्टरमा व्यापारीहरूले ढुवानी गर्दैआएकोमा चन्दा नदिए ढुवानीमा रोक लगाउने वर्कर्स पार्टीले जनाएको छ ।पार्टीले मागबमोजिम चन्दा नदिए ढुवानीमा रोक लगाउनुका साथै जनकारबाहीसमेत गर्ने विज्ञप्तिमार्फत जनाएको छ । किराँत जनवादी वर्कर्स पार्टीले तीन लाखदेखि नौ लाख रुपैयाँसम्म चन्दा माग गरेको व्यापारी तथा व्यवसायीहरूको गुनासो रहेको छ ।आत्मनिर्णयको अधिकारसहित किराँत प्रदेश स्थापनाका लागि सशस्त्र युद्ध गरिरहेको सो पार्टीले यस अघिदेखि नै धनकुटा र भोजपुरका सिमानामा रहेका व्यापारी एवं उद्यमी तथा सर्वसाधरणसंग जबरजस्ती चन्दा सङ्कलन गर्दैआएका कारण त्यसक्षेत्रका बासिन्दा आतङ्कित बन्दै आएका छन् ।

No comments: