News

Oct 18, 2008

'सेना समायोजन गरे मुलुकका लागि घातक'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्नेबारे विभिन्न धारणा सार्वजनिक भइरहेका बेला सरकारका एकजना मन्त्रीले समायोजन विपरीत धारणा व्यक्त गरेका छन् । सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष समेत रहेका वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीका सेनालाई राष्ट्रिय सेनामा प्रवेश गराइए राष्ट्रका लागि घातक हुनसक्ने बताउनुभएको हो । माओवादीको जनसेनालाई विचारकै आधारमा नेपाली सेनामा प्रवेश गराइएमा राष्ट्रका लागि हितकर हुन नसक्ने उहाँको भनाइ थियो । शान्तिसम्झौताअनुरुप सर्वपक्षीय समिति निर्माण गरी योग्यताअनुसार माओवादीको जनसेनालाई समायोजन गर्नु राष्ट्रिय जिम्मेवारी भएको समेत मन्त्री महतोले बताउनुभयो ।

No comments: