News

Oct 28, 2008

सेना समायोजननिम्ति पाँच सदस्यीय समिति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी सेना र नेपाली सेनाको समायोजनका लागि सरकारले आज गृहमन्त्रीको नेतृत्वमा पाँच सदस्यीय विषेश समिति गठन गरेको छ । मन्त्रिपरिषद राजनीतिक समितिको वैठकले माओवादी, मधेशी जनअधिकार फोरम र काग्रेसवाट एक-एकजना सदस्य र शान्ति मन्त्री पदेन सदस्य रहने गरी सेना समायोजनका लागि विषेश समिति गठन गरेको छ ।समितिमा शान्ति मन्त्री जर्नादन शर्मा प्रभाकर, माओवादीबाट रक्षामन्त्री रामबहादुर थापा वादल, फोरमबाट मोहम्मद हवीउल्लाह रहनुभएको छ । काग्रेसबाट एकजना रहने भनिए पनि नाम नआएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री कृष्णबहाुदर महाराले जनाकारी दिनुभयो ।उहाँका अनुसार समितिले अनमिनले योग्य ठहर्‍याएका माओवादी सेनालाई सेनाली सेना र अन्य कहाँ समायोजन वा पुनस्थापना गर्ने भन्ने टुङ्गो लगाउने छ । यसैगरी मन्त्रिपरिषद राजनीतिक समितिले राष्ट्रिय समाचार समितिका अध्यक्षमा कोमल वराल, प्रेश काउन्सिलमा नारायण शर्मा र सञ्चारमन्त्रीको प्रेस सल्लाहकारमा नरेन्द्रजंग पिटरलाई नियुक्त गरेको छ ।

No comments: