News

Oct 24, 2008

दक्षिण कोरियाले चमेलिया जलविद्युत् आयोजना निर्माणको सहयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाललाई दक्षिण कोरियाले चमेलिया जलविद्युत् आयोजना निर्माण गर्न ४ करोड ५० लाख अमेरिकी डलर अर्थात् ३ अर्ब ५४ करोड रुपियाँ ऋण सहयोग प्रदान गरेको छ।सो ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा बिहीबार अर्थ मन्त्रालयमा नेपालका तर्फाट अर्थसचिव रामेश्वर खनाल तथा नेपालका लागि कोरियाली राजदूत होङग सुङ भोगले हस्ताक्षर गर्नुभयो।उक्त रकम कोरिया सरकारले त्यहाँको एक्सपोर्ट-इम्पोर्ट बैंकमार्फ नेपाललाई उपलब्ध गराएको हो। नेपाल सरकारले कोरियाबाट प्राप्त ऋण नेपाल विद्युत् प्राधिकरणलाई प्रदान गर्ने जनाइएको छ।सो रकम ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको प्रसारण लाइन र इलेक्ट्रोमेेकानिकमा खर्च गर्ने प्राधिकरणका अर्थ विभागका उप-कार्यकारी निर्देशक उत्तरकुमार श्रेष्ठले जनाकारी दिनुभयो।सुदूरपश्चिमको दार्चुला जिल्लाको शिखर गाविसमा पर्ने चमेलिया जलविद्युत् आयोजनाको सिभिल निर्माण कार्य गर्न २ अर्ब ८८ करोड १३ लाख रुपियाँमा प्राधिकरण र चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप लिमिटेडसँग ठेक्का सम्झौता भइसकेको छ।चमेलियाबाट वाषिर्क १ सय ८४ गिगावाट घन्टा विद्युत् उत्पादन हुने अध्ययनले देखाएको। यो आयोजनाबाट आगामी २०११ देखि विद्युत् उत्पादन हुने प्राधिकरणले जानकारी दिएको छ।

No comments: