News

Jun 9, 2009

मन्त्री बन्न प्रमुख सत्तारूढ एमालेमा मारामार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रमुख सत्तारूढ नेकपा (एमाले) ले सरकारमा पठाउने थप नामावलीबारे टुंगो लगाउन नसक्नाले सोमबार पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन। दलहरूबीच सोमबार पनि मन्त्रालयको भागबन्डा टुंगो नलागेका कारण मन्त्रिपरिषद्मा सहभागी भएका विनाविभागीय मन्त्रीहरू काम नपाएर अलपत्र परेका छन्। ६ जना मन्त्रीहरू झन्डा हल्लाउँदै हिँड्छन् तर उनीहरूका लागि कार्यालय अर्थात् मन्त्रालय भने छैन। ६ जना मन्त्रीले विनाविभागीय मन्त्रीको रुपमा शपथ खाएको आज ६ दिन भइसकेको छ। दलहरूबीच मन्त्रालयको भागबन्डा गरेपछि मन्त्रालय दिने गरी विनाविभागीयका रुपमा शपथ खुवाइएको थियो। नेपाली कांग्रेसले जलस्रोत, स्थानीय, रक्षा, स्वास्थ्यजस्ता मन्त्रालय दाबी गरेको छ भने तमलोपाले स्थानीय मन्त्रालयसहितका प्रभावकारी मन्त्रालय दिनुपर्ने दाबी गरेको छ। आज कांग्रेस र एमालेका नेताहरू बसेर मन्त्रालयको टुंगो लगाउने र त्यसपछि एमालेले तमलोपासँग पनि कुराकानी गर्ने भएको छ। पार्टीबाट सहभागी हुने मन्त्रीहरूको बारेमा टुंगो लगाउन सोमबार बिहानदेखि बसेको स्थायी कमिटीको बैठक निष्कर्षा पुग्न नसकेपछि हिजोदेखि प्रारम्भ हुने भनिएको केन्द्रीय कमिटीको बैठकसमेत बस्न सकेन। स्थायी कमिटीको बैठकमा केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने एजेन्डा एवम् नेताहरूको कार्य विभाजनका बारेमा पनि व्यापक छलफल भएको थियो। स्थायी कमिटीले विधान भने पारित गरेको छ। कार्य विभाजनका बारेमा मोटामोटी सहमति भएको छ। मन्त्रीहरूको नामका बारेमा प्रधानमन्त्री माधवकुमार नेपाल, अध्यक्ष झलनाथ खनाल र नेता केपी ओलीको फरकफरक नामावली आएका कारण सहमति हुन नसकेको बताइएको छ। अध्यक्ष खनालले अर्थ मन्त्रालय सुरेन्द्र पाण्डेलाई नै दिनुपर्ने धारणा राख्नुभएको छ भने नेता ओलीले अर्थमा शंकर पोखरेललाई पठाउनुपर्ने प्रस्ताव राख्नुभएको छ। ओलीले रक्षा कांग्रेसले मागेकाले गृहमा विद्या भण्डारीलाई लैजानुपर्ने प्रस्ताव राख्नुभएको छ। अध्यक्ष खनालले भने गृहमा महासचिवर् इश्वर पोखरेललाई पठाउँदा उपयुक्त हुने अडान राख्नुभएको छ। प्रधानमन्त्री माधवकुमार नेपालले भने गृहमा भीम रावललाई लैजानुपर्ने कुरामा जोड दिनुभएको छ। प्रधानमन्त्री नेपालले रावललाई गृहमा लैजानुपर्ने प्रस्ताव राख्नुभएपछि चार महिनादेखि केन्द्रीय सदस्यको शपथ नखानुभएका रावलले सोमबार शपथ खानुभएको छ। उपाध्यक्ष पदमा हारेपछि सदस्यमा जिते पनि त्यो मान्य हुन नहुने तर्क राखी रावलले शपथ खानुभएको थिएन। बुझिएअनुसार प्रधानमन्त्री नेपालकै आग्रहमा सोमबार अध्यक्ष खनालले रावललाई शपथग्रहण गराउनुभएको हो। सरकारको नेतृत्व गरेकै पार्टीले मन्त्रीको नामावली चयन गर्न नसक्नुलाई अन्य दलहरूले आर्श्चर्य मान्न थालेका छन्। अध्यक्ष खनालले पहिले मन्त्रालयको टुंगो लगाऔं त्यसपछि मात्रै नामको बारेमा निर्णयगरौंला भनेपछि त्यसबारेमा छलफल स्थगित भएको बताइएको छ। उपाध्यक्ष अशोक र्राई, रकम चेम्जोङ, सत्यनारायण मण्डल, दलबहादुर राना, दिल्लीबहादुर महत, गरिमा साहलाई पठाउनुपर्ने प्रस्ताव अध्यक्ष खनालको छ। नेता ओलीले विष्णु पौडेल, भीम रावल, रघुवीर महासेठको पनि नाम प्रस्ताव गर्नुभएको छ। त्यस सम्बन्धमा महासचिवर् इश्वर पोखरेलसँग सर्म्पर्क गर्दा पार्टीमा निर्णयनहुन्जेल विभिन्न नामहरू आउनु स्वाभाविक हो, निर्णया पुगेपछि सबैको एकमत हुन्छ भन्नुभएको छ। उहाँले कुन कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेमा एमालेले तत्काल नाम दिन सक्ने जानकारी गराउनुभएको छ। यता तर्राई मधेस लोकतान्त्रिक पार्टीले रामकुमार शर्माको नेतृत्वसहित सरकारमा सहभागी हुने तयारी गरेको बुझिएको छ। सरकारमा सहभागी हुनुपर्छ भनी वकालत गरेको हुनाले शर्माको नेतृत्वमा सरकारमा सहभागी हुने सम्भावना रहेको एक नेताले बतँएका छन्।

No comments: