लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयादिल्ली, साउन २७ - समकक्षी एमएम कृष्णासहित तीन भारतीय मन्त्री भेटेकी परराष्ट्रमन्त्री सुजाता कोइरालाले मंगलवार भारतबाट आश्वासनको एउटा लामो सूची पाएकी छिन् । जसमा नेपालमा हुलाकी सडक बनाइदिनेदेखि भारतमा नेपाली विद्यार्थीको शुल्क घटाउने सम्मका योजना छन् । बीपी कोइरालाकै पालादेखि कुरो उठेको मुख्यत नेपालको तर्राई भागमा खनिने हुलाकी बाटो अबचाहि भारतले चाडै नै बनाइदिने आश्वासन दिएको कोइरालाले बताइन् । 'बाटो खनिने भागको जग्गा आदिको कुरा मिलाउन उनीहरुले भनेका छन्,' कोइरालाले सम्वादाताहरुलाई बताइन्- 'त्यो हामीले मिलाईसकेको हाम्रो विदेश सचिवले बताउनु भएको छ ।' उनले कृष्णा, अर्थमन्त्री प्रणव मुखर्जी र वाणिज्य मन्त्री आनन्द शर्मासग छुट्टाछुट्टै औपचारिक वार्ताहरु गरिन् । बागमती सफा गरिदिन विदेश र अर्थमन्त्रीसग नेपालले गरेको अनुरोध भारतीय मन्त्रीहरुले तत्कालै स्विकारेको कोइरालाले बताइन् । 'उनीहरुले 'त्यो त दुबै देशको रुचिको विषय' भएको बताए,' कोइरालाले भनिन्- 'भारतबाट पनि थुप्रै दर्शनार्थी आउछन्, त्यसैले हामी बागमती सफा गर्न तत्पर छौ ।' टनकपुर-महेन्द्रनगरको बाटो र ढल्केवार- (भारतको) मुजफ्फरपुर विद्युत प्रसारण लाइन बनाइदिन अनुरोध गरेको र त्यसमा पनि भारत सहमत भएको उनले बताइन् । सुख्खा र खडेरीले गर्दा भारतले केही अनाजको निकासीमा रोक लगाउदा नेपालमा महगी बढेको कुरा सुनाएपछि भारतीय पक्षले कुन कुरा कति चाहिने हो त्यो बताए जसोतसो मिलाएर अन्न नेपाल पठाउने आश्वासन दिएको थियो । औद्योगिक सुरक्षा र सहजतालाई ख्याल गर्दै बीरगन्जमा 'विशेष आर्थिक क्षेत्र' बनाइदिने पहिलेकै सहमतिलाई भारतले यसपाली पनि दोहोर्याएको छ । नया बाणिज्य सन्धीको अवधी अहिलेको पाचबाट सात पुर्याउनेमा पनि कुरा भएको थियो । ती भेटहरुमा भारतले पनि नेपालसग केही मागेको थियो । नेपालमा भारतीयहरुले गरेको लगानीको सुरक्षा हुनुपर्नेमा उनीहरुले जोड दिएका थिए । त्यस्तै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा नेपाली पक्षको सहयोग उनीहरुले मागेका थिए । त्यसका लागि नेपाल प्रहरीलाई सुविधा सम्पन्न बनाइनु पर्ने नेपाली मागप्रति उनीहरु सकारात्मक रहेको कोइरालाले बताइन् । दुइदेश बीचको सीमाको ९८ प्रतिशत किटानी गरिएका स्टि्रप नक्साहरुमा हस्ताक्षरको प्रशंग भारतले उठाएको तर नेपाली पक्षले देशमा राजनीतिक सहमति गरेपछि मात्रै त्यसबारे भारतसग कुरा गर्ने जवाफ दिएको थियो । भारतीय दुतावासमार्फ नेपाली विद्यार्थीहरुलाई दिइने छात्रबृत्तीको संख्या बढाउन विदेशमन्त्री कृष्णा अनुरोध सुन्नेवित्तिकै तयार भएको कोइरालाले बताइन् । '(छातृबृत्ती नपाइ भारत आउने) नेपाली विद्यार्थीले महगो र डलरमा फी तिर्नुपरेको कुरामा चाहि मानव संसाधन मन्त्रालयमार्फ जानुपर्ने हुदा केही समय लाग्ने तर गर्न चाहि गर्ने भनेका छन्,' उनले इ-कान्तिपुरसग भनिन् । परराष्ट्र मन्त्रीलाई भारतले दिएका आश्वासनसहरुले आगामी साता हुने प्रधानमन्त्री माधवकुमार नेपालको भ्रमणताका औपचारिकता पाउने छन् । त्यस अर्थले कोइरालाको यो भ्रमण प्रधानमन्त्रीको भ्रमणका लागि तयारी जस्तै हो । 'प्रधानमन्त्रीको भ्रमणका लागि राम्रो तयारी भयो,' कोइरालाले भनिन्- 'यो भ्रमण सफल हुनु भनेकै त्यो पनि सफल हुनु हो ।'
No comments:
Post a Comment