News

Aug 10, 2009

सिडिएमए स्काई पोष्टपेड मोबाइलको मासिक शुल्क घटाउने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २६ नेपाल टेलिकमले भदौदेखि सिडिएमए स्काई पोष्टपेड मोबाइलको मासिक शुल्क घटाउने निर्णय गरेको छ । भदौ १ देखि लागु हुने टेलिकमले सिडिएमए पोष्टपेडको मासिक न्यूनतम शुल्क दुईसय रुपैयाँमा झारेको छ। अहिले सिडिएमए पोष्टपेडका उपभोक्ताले मासिक चारसय रुपैयाँ तिर्नुपर्छ। १० प्रतिशत दूरसाचार शुल्क र १३ प्रतिशत भ्याट जोडिदा यो चारसय ९७ रुपैयाँ २० पैसा लाग्छ ।'भदौदेखि सिडिएमएको पोष्टपेड ग्राहकले महिनाको न्यूनतम दुईसय रुपैयाँमात्र तिरेपुग्छ'- टेलिकम प्रवक्ता थिकेले भने । कर समेत जोड्दा दुईसय ४८ रुपैयाँ ६० पैसा उपभोक्ताले तिरेपुग्छ ।सिडिएमए पोष्टपेड मोबाइलको नम्बरिङ रेन्ज काठमा ९७५१० र ९७५११ छ । यो भन्दा पाँच अंकको ग्राहकको नम्बर हुन्छ । टेलिकमका अनुसार नयाँ पोष्टपेड मोबाइल लिन दुईहजार एकसय ३० रुपैयाँ लाग्छ ।सिडिएमए पोष्टपेड मोबाइलबाट कल गर्दा नमस्ते पि्रपेड मोबाइलको भन्दा सस्तो पर्ने टेलिकमले जनाएको छ । बिहान ६ देखि बेलुकी १० बजेसम्म कर सहित एक मिनेटको १ रुपैयाँ ९८ पैसा र राति १० देखि भोलीपल्ट बिहान ६ बजेसम्म ९३ पैसामात्र महसुल यो फोनबाट लाग्छ ।जिएसएम मोबाइलको तुलनामा सिडिएमए मोबाइल नेपालमा निकै स्तरीय र प्रभावकारी देखिएको छ । यसको माग शहरमा भन्दा पनि ग्रामीण क्षेत्रमा धेरै रहेको टेलिकमले जनाएको छ। सिडिएमए पोष्टपेड मोबाइलबाट इन्टरनेट समेत चलाउन मिल्छ ।

No comments: