लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
६१औं पटक चोरी गर्दा अमेरिकाकी ८० वर्षीया वृद्धालाई प्रहरीले पक्राउ गरेको छ ।सोमबार होलसेल पसलबाट दुई सय ५० डलरबराबरका एन्टिरिङकल क्रिम, ब्याट्रीसहित ओले ब्रान्डका फेसक्रिमका आठ बट्टा र चार सिसी कफी चोरी गरिरहेको अवस्थामा उनी पक्राउ परेकी हुन् । उनको नाम इला ओरको हो । दस हजार जमानतमा उनलाई रिहा गरिएको छ ।ओरकोले पहिल्यैदेखि नै चोरी गर्दै आएको प्रहरीले बताएको छ । चोरीको आरोपमा पहिलोपटक सन् १९५६ मा उनलाई प्रहरीले पक्राउ गरेको थियो । चोरीको अभियोगमा उनी अहिलेसम्म ६१ पटक पक्राउ परिसकेकी छिन् । उनको कम्तीमा २० वटा अन्य नाम भएको बताइएको छ ।

No comments:
Post a Comment