News

Oct 17, 2013

किराँत याक्थुङ चुम्लुङ नेपाल ईजरायलले बिबिक्युको कार्यक्रम आयोजना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
किराँत याक्थुङ चुम्लुङ नेपाल ईन ईजरायलले यहि २०१३ अक्टुबर १२ तारिक सनिबारको दिन भब्य बिबिक्युको कार्यक्रम आयोजना गरेको थियो। प्रताप मादेनको अध्यक्षतामा रहेको सो कार्यक्रममा लिम्बुजाती मात्र नभएर गैर लिम्बुहरुको पनि उपस्थिती थियो। कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष कृष्ण
कला वनेमले दिनु भएको थियो। साथै संस्थालाई कसरी मजबुत बनाएर अघि बढाउँने अनि यो सस्थाले कसरी नेपालमा रहेका गरिब, दु:खि, पिडीतहरुलाई सहयोग गरेर सामाजिक सेवा गर्न सकिन्छ भन्ने बिषयलाई लिएर सह सचिब ममता लिम्बु, सल्हाकार निर्मला लिङदेन बस्नेत, चन्द्र आङ्देम्बे, सक्रिय सदस्य आशा लिम्बु, दिपा लिम्बु, नयन ईम्शङ, अम्बेबर शाँबा र सागर तुम्बापोले आफ्नो आफ्नो बिचारहरु राख्नु भएको थियो। कार्यक्रममा च्याब्रुङ नाच, मंलान नाच, धान नाच प्रस्तुत गरिएको थियो।त्यो हाम्रो रमाईलो संकृतिमा ईजरायलीहरुले पनि हाम्रो साथमा साथ मिलाएर च्याब्रुङ अनि धान नाचेका थिए। अन्त्यमा अध्यक्ष प्रताप मादेनज्युले सस्थालाई डगमगाउँन नदिकन अगाडी बढाउँने ढृड आत्म बिश्वास सबैलाई दिलाउँदै आफ्नो गहकिलो बिचारहरु राखेर कार्यक्रम समापन गर्नु भएको थियो भने कार्यक्रमलाई अत्यान्तै रमाईलो र सान्दर्भिक तरिकाले जीवन थक्लुङ ज्युले संचालन गर्नु भएको थियो।


संघीय लिम्बुवान राज्य परिषद इजरायलमा प्रबाश समिती गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इजरायल - संघीय लिम्बुवान राज्य परिषद इजरायलमा नयाँ समिती गठन भएको छ । लिम्बुवानी मित्रहरु चन्द्रकुमार आङ्देम्बे र माया चेम्जोंङको सक्रियतामा किरात याक्थुङ चुम्लुङ इजरायलको अध्यक्ष प्रताप मादेनज्यूको संयोजकत्वमा भएको थियो । उक्त कार्यक्रममा इजरायलमा कार्यरत ९ जिल्ला लिम्बुवानवासी लगायत पर्यवेक्षकहरुको भब्य उपस्थिति थियो । कार्यक्रम इजरायलको तेल्लबिभमा भएको थियो ।
 नयाँ समितिको नामावली :-
 अध्यक्ष -चन्द्रकुमार आङदेम्बे
१. उपाध्यक्ष- माया चेमजोङ
२. उपाध्यक्ष-आशा लिम्बु
३. उपाध्यक्ष-अम्बेबर लिम्बु
 सचिब-रोहिता लिंङ्देन
सह-सचिब-कृष्णकला वोनेम
अर्थ सचिब -निर्मला लिंङ्देन
सह-अर्थसचिब -ईशा लावती
 सदस्य :-
 १. कुमार आङदेम्बे
२. बिष्णु खेवाङ
३. माया वनेम
४. जीवन थोकलुंग
५. सुरज तुम्बापो
६. मनु तुम्बापो
७. सुमन कन्दङवा
८. नुमा बोखिम
९. मदन बोखिम
१०. कंचन बोखिम
 संयोजक: मंचसम्बद्ध संघीय लिम्बुवान राज्य परीषद प्रवास कार्य समिती ईजरायल ।

Oct 13, 2013

मंगल ग्रहमा पानीको संकेत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
न्युयोर्क - अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको क्युरियोसिटी रोबरले मंगलग्रहमा पानीकोसंकेत दिएको छ। रोबरले मंगलको माटोमा तातोपना दिएपछि त्यहाँबाट बाफ निस्केको थियो। त्यो बाफ एच २ ओ भएको बताइएको छ। मंगलको माटोमा पानी भएको क्युरियोसिटीको अनसुन्धानकर्ता लारी लेसिनले 'साइन्स म्यागजिन' सँग बताएकी छिन्। एक घन फुट धुलोमा १ सय डिग्रीसम्म ताप दिने हो भने भने दुइ पोइन्ट अर्थात करीब एक लिटर पानी प्राप्त हुने उक्त म्यागेजिनमा उल्लेख गरिएको छ । 'अन्तरिक्षको लागिपानी राम्रो खबर हो तर यो खराब खबर पनि हो,' लेसिनले भनेकी छिन्। यसले परक्लोरेट थाइराइडमाअसर गर्न सक्ने बताइएको छ। यदि मानिसको शरीरमा यो धुलो पर्न गएमा समस्या हुने उनको भनाइ छ। साइन्स म्यागजिनमा प्रकाशित अरु तीनवटा शोधमा समेत मंगलमा प्राप्त माटोको बारेमा चिन्ता व्यक्त गरिएको छ।

गाउँगाउँमा भोट माग्दै बाबुराम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
गोरखा- नजिकिँदै गरेको संविधान सभाको निर्वाचनमा भोट माग्ने नेतालाई दसैंले साइत जुराइदिएको छ। दसैंको रमझमभन्दा पनि उम्मेदवारले चुनावी रमझमलाई महत्व दिएका छन्। एकीकृत माओवादीका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर १ मा भोट माग्न ब्यस्त छन्। महानवमीको दिन बिहानै अश्राङ गाविसमा अयोजित कोण सभामा भट्टराईले चुनावमा सहभागी हुन सबैलाई अनुरोध गरे। शनिबार गोरखा आएर ६ वटा कोण सभालाई सम्बोधन गरी अश्राङ बसेका उनी अहिले बोर्लाङ, नाम्जुङमा आयोजित आधा दर्जन कोण सभामा सहभागी हुने एमाओवादीका जिल्ला नेता यानप्रसाद भट्टले जानकारी दिए। चाडवाडको समयमा घर फर्कर्नेहरु धेरै हुने र मतदाता भेटघाट पनि प्रभावकारी हुने भएपछि बाबुराम दसैंमा भोट बटुल्दै हिँडेका हुन्। भट्टराई दशमीको दिन सोमबार दिउँसो सदरमुकाम फर्कर्ने कार्यक्रम तय भएको छ। अघिल्लो पटक गोरखा क्षेत्र नम्बर २ बाट विजयी बनेका भट्टराई यस पटक १ बाट उम्मेद्वार बनेका छन्।

सन् २८८० मा पृथ्वीमा प्रलय हुनसक्छ : नासा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
यसअघि पनि पृथ्वी ध्वस्त हुनै लागेका विभिन्न खाले भविष्यवाणी तथा समाचार आएपनि कसैले दाबी प्रमाणित गर्न सकेनन् र पृथ्वी ध्वस्त भएन । त्यसैले पृथ्वी ध्वस्त हुने भन्ने भविष्यवाणीलाई मानिसहरुले हावादारी भन्न थालेका छन् । तर पछिल्लो पटक भने पृथ्वी ध्वस्त हुने बारेको वैज्ञानिक भविष्यवाणी नै र्सार्वजनिक भएको छ । अमेरिकी अन्तरीक्ष संस्था नासाका अनुसार सन् २८८० को मार्च १६ का दिन पृथ्वीमा ठूलो प्रलय हुने खतरा छ । उसका अनुसार उक्त दिन १९५० डीए नामको क्षुद्रग्रह पृथ्वीसँग ठोक्किने खतरा छ । dhosta झण्डै एक माइल ब्यास भएको उक्त क्षुद्रग्रह १५ किलोमिटर प्रति सेकेण्डको बेगमा पृथ्वीतर्फआइरहेको छ । सोही गति तथा दिशा कायम रहेमा यो क्षुद्रग्रह उक्त मितिमा पृथ्वीसँग ठोक्किनेछ र त्यस क्रममा ४४ हजार ८ सय मेगाटन टिएनटी नामक विस्फोटक पदार्थ विस्फोटन हुँदा जत्तिकै उर्जा उत्पन्न हुनेछ । नासका अनुसार यो क्षुद्रग्रह पृथ्वीसँग ठोक्किने र क्षति पूराउने खतरा ०.३ प्रतिशत मात्र छ । तथापि यसको यो खतराको अनुपात यसअघिका क्षुद्रग्रहको खतरा भन्दा ५० प्रतिशत बढि हो । स्मरण रहोस् यस्तै खाले क्षुद्रग्रह पृथ्वीसँग ठोक्किँदा ६ करोड ५० लाख वर्षपहिले पृथ्वीबाट डाइनोसर लोप भएको थियो । पृथ्वीमा भविष्यमा ठोक्किने खतरा रहेको भनिएको १९५० डिए क्षुद्रग्रह सन् १९५० मा पहिलोपल्ट देखा परेको थियो । त्यसबेला १७ दिन देखा परेर क्षुद्रग्रह हराएको थियो र आधा शताब्दीपछि सन् २००० को डिसेम्बर ३१ मा फेरि देखा परेको थियो । यो क्षुद्रग्रहको परिक्रमण दर २.१ घण्टा रहेको छ जुन क्षुद्रग्रहमा दोश्रो उच्च गति हो । वैज्ञानिकहरुका अनुसार अहिले ब्रम्हाण्डमा १४ सय वटा यस्ता जोखिमपर्ूण्ा क्षुद्रग्रह छन् जसले पृथ्वीमा असर पूराउने खतरा छ ।

भारतमा आएको आँधीको प्रभाव नेपालमा पनि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भारतको उडिसामा आएको पायलिन नामक आँधीको प्रभाव नेपालमा पनि पर्न थालेको छ । आज बिहानैदेखि राजधानी काठमाडौंसहित देशका विभिन्न भागमा मौसम परिवर्तन भएको छ । आकाश धुम्मिएको छ भने पूर्वी नेपालका विभिन्न भागमा हल्का वर्षा भइरहेको छ । मौसमविद्का अनुसार तुफानको केन्द्रको वरिपरिका क्षेत्रमा मात्रै बढी क्षति हुने भएकाले नेपालसम्म आइपुग्दा आँधीको गति कमजोर भैसक्ने र यसले हावाहुरी तथा वर्षा गराए पनि ठूलो क्षति भने पुर्‍याउने छैन । पूर्वी र मध्य नेपालमा हुने वर्षा पर्सिसम्म जारी रहने र सुदूरपश्चिममा भने आँधीको खासै प्रभाव नपर्ने बताइएको छ ।