News

Feb 28, 2009

अहिलेको भन्दा राम्रो सरकार बन्न नसक्ने ठोकुवा - प्रधानमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा रहेको सरकारको विकल्प नरहेको बताएका छन् । 
प्रधानमन्त्री दाहालले वर्तमान अवस्थामा अहिलेको भन्दा राम्रो सरकार बन्न नसक्ने ठोकुवा गरे । राजधानीमा फागुन १७ गते आयोजित पूर्व माओवादी र एकता केन्द्र मसालसम्बद्ध पत्रकार संघको एकता कार्यक्रममा बोल्दै उनले सरकारलाई सहयोग गर्न काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई आग्रह समेत गरेका छन् । आफ्नो नेतृत्वको सरकारलाई कमजोर बनाए राष्ट्र नै कमजोर हुने प्रधानमन्त्रीको भनाई थियो ।प्रधानमन्त्री दाहालले केही दिन अघि आफ्ना स्वकीय सचिव शक्तिबहादुर बस्नेतमाथि गोली प्रहार भएको घट्नाको उदाहरण दिँदै सरकारमाथि भौतिक र प्रचारात्मक आक्रमण भईरहेको बताए । उनले संचार माध्यमले नकारात्मक समाचार लेखेर माओवादी नेतृत्वको सरकारलाई घेराबन्दीमा पारिरहेको उल्लेख गरे ।प्रधानमन्त्री दाहालले मुलुक संक्रमणकालमा रहेकाले साचारकर्मीलाई नकारात्मक समाचार प्रकाशन प्रसारण नगर्न आग्रह गरे । 'अहिलेसम्मका प्रधानमन्त्रीहरुमध्ये संभवत सबै भन्दा बढी सकि्रय भएर काम गर्ने म नै होला । तर यस्तो कुरामा कहिल्यै पनि समाचार बनेन ।' कार्यक्रममा दाहालले भने । आलोचना सुन्दा-सुन्दा आफूले सुत्ने गरेको पलङ्ग नै फ्याक्न मन लागेको उनको भनाई थियो । यसअघि ७० हजारको पलङ्ग प्रयोग गरेको विषयमा प्रधानमन्त्रीको आलोचना भएको थियो ।
संघीयता गणतन्त्र जस्ता विषयमा आलोचना गर्ने बेला भई नसकेको भन्दै प्रधानमन्त्री दाहालले भने 'तँपाईहरु(संचारकर्मी)ले भर्खरै जन्मेको संघीयता र गणतन्त्रमाथि घन प्रहार गर्दै हुनुहुन्छ ।'

सभासद्हरू ४० वटा समूहमा सभासद्हरू देश दौडाहामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नया संविधान निर्माणका लागि जनमत संकलन गर्न जाने सभासद्हरूको टोली शुक्रबारदेखि देशका विभिन्न भागमा प्रस्थान गरेको छ। संविधानसभामा प्रतिनिधित्व गर्ने २५ दलका सभासद्हरू ४० वटा समूहमा विभाजित भई देश दौडाहामा निस्किएका छन्। शुक्रबार बिहानैदेखि जिल्ला भ्रमणमा निस्कने सभासद्को टोली सरसामान मिलाउन व्यस्त देखिन्थे भने कतिपय सभासद् आफूले रोजेको जिल्ला जान नपाएको भन्दै आक्रोश पोख्दै थिए।सुझाव संकलनका लागि जिल्ला जाने सभासद्हरूको टोली सबैभन्दा ठूलो काठमाडौंमा १५ जनाको रहेको छ भने सबैभन्दा कम मुगुमा आठ जनाको रहेको छ। कतिपय जिल्ला जान नमान्ने सभासद्का कारण काठमाडौंमा बढी भएका हुन्।पहिलो चरणमा संविधान निर्माणका लागि सुझाव संकलन गर्न जाने सभासद्हरूका लागि ८ करोड रुपिया खर्च छुट्टयाइएको छ भने खर्च कति हुन्छ थाहा छैन’ -संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले भन्नुभयो।तर्राईबाट प्रतिनिधित्व गर्ने सभासद्हरूले पहाडी र हिमाली जिल्लामा सुझाव संकलनका लागि जाने इच्छा व्यक्त गरेको भए पनि आफूहरूलाई तर्राईकै जिल्लामा पारेको भन्दै चित्त दुखाएका थिए। त्यस्तै कतिपय सभासद्हरू विकट पहाडी जिल्लामा जानुपरेकोमा शुक्रबार बेलुकीसम्म संविधानसभा सचिवालयमा सुगम जिल्लाका लागि भनसुन गरिरहेको देखिन्थ्यो।नेपाल सद्भावना पार्टी महासचिव एवम् सभासद् अनिल झाले आफू जुम्ला जान चाहेको भए पनि अन्ततः तर्राईमा नै हालिदिएकाले पहाड जाने आŠनो इच्छा पूरा नभएको बताउनुभयो।पहिलो चरणको सुझाव संकलनका लागि नेकपा -एमाले) का नेता एवम् संवैधानिक समितिका सभापति माधवकुमार नेपाल, नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, डा. रामशरण महत, नेपाल सद्भावना पार्टी अध्यक्ष्ँ सरिता गिरी कैलाली, कञ्चनपुर र डडेलधुरा जादै हुनुहुन्छ।नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा -एमाले) का अध्यक्ष झलनाथ खनाल, नेपाल मजदुर किसान पार्टी अध्यक्ष्ँ नारायणमान बिजुक्छे रोहित, एमालेका शंकर पोखरेल, सुरेन्द्र पाण्डे, कांग्रेसका पूणबहादुर खड्का, गगन थापा, माओवादीका वर्षान पुन, हितमान शाक्यलगायतको टोली काठमाडौं, ललितपुर र भक्तपुरमा सुझाव संकलन गर्न खटिने भएको छ।त्यसै गरी प्रकाशमान सिंह बाजुरा, लोकेन्द्रबहादुर चन्द बैतडी र दार्चुला, रामचन्द्र पौडेल बझाङ, डा. मीनेन्द्र रिजाल मुगु, खिमलाल देवकोटा डोल्पा, एकनाथ ढकाल जुम्ला, लक्ष्मण घिमिरे रुकुम र जाजरकोट, महन्थ ठाकुर र्सलाही, प्रदीप गिरी सोलुखुम्बु, हृदयेश त्रिपाठी कपिलवस्तु र रूपन्देही, विनोदकुमार चौधरी नवलपरासी र तनहु, भीम रावल खोटाङ, चित्रबहादुर केसी बागलुङ र मातृकाप्रसाद यादव प्युठान र रोल्पामा पर्नुभएको छ।सुझाव संकलनका लागि ५ सय ७४ जना सभासद्को टोली आŠनो दलबलसहित जाने भएको छ।प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष, मन्त्री र उपाध्यक्षहरू आफूलाई मन लागेको जिल्ला जान पाउने भएकाले उहाहरूलाई सचिवालयले किटान गरेर जिल्ला नतोकेको प्रवक्ता शर्माले जानकारी दिनुभयो।सुझाव संकलन गर्न जाने टोलीले जनतासग लिखित सुझाव लिनका लागि ३३ लाख प्रति रायसुझाव संकलन प्रश्नावलीसमेत छपाइ गरेर विभिन्न जिल्ला पठाइसकेको सचिवालयले जानकारी दियो।

दरबार हत्याकाण्ड छानबिन गर्न सत्तारुढ पाँच दल सहमत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नारायणहिटी दरबार हत्याकाण्ड छानबिन गर्न सत्तारुढ पाँच दल सहमत भएका छन् । सरकार संचालनका लागि गठित संयन्त्रको शनिबार बसेको बैठकमा पाँच दल झण्डै आठ बर्ष अघि भएको उक्त हत्याकाण्डको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सहमत भएका हुन् । बैठकमा सहभागी एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले छानबिन समिति गठन गर्न छुट्टै सुझाव समिति बनाउन दलहरू सहमत भएको जानकारी दिए ।गणतन्त्र घोषणापछि नारायणहिटी दरबार हत्याकाण्डको छानबिन गर्न दलहरूबीच पहिलो पटक छलफल भएको हो । प्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दरबार हत्याकाण्डको छानबिन गरि दोषीलाई जनता समक्ष सार्वजनिक गर्ने बताउदै आएका छन् । २०५८ साल जेठ १९ गते भएको उक्त हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र सहित उनको परिवारको मृत्यु भएको थियो । त्यस्तै पाँच दलीय संयन्त्रको बैठकमा सेना भर्ती विवाद, स्थानीय निकाय गठन, विभिन्न आयोग गठन गर्ने लगायतका बिषयमा छलफल भएको थियो । सेना भर्तीबारे अदालतमा चलिरहेको मुद्धाको छिनोफानो भएपछि त्यसबारे ठोस निष्कर्ष अघि सार्न तथा संविधानमा उल्लेख भए अनुसार बाँकी रहेका आयोग गठनका लागि आज साँझसम्म प्रधानमन्त्री कार्यालयमा आफ्नो तर्फबाट प्रतिनिधिको नाम पठाउन पनि दलहरू सहमत भएका छन् । समिति तथा आयोग गठनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्न दलका नेताले प्रधानमन्त्रीलाई आग्रह गरेको बुझिएको छ ।

बंगलादेशी सीमा सुरक्षाबलको ३३ घन्टे विद्रोह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बंगलादेशी सीमा सुरक्षाबल (बंगलादेश राइफल्स्) को ३३ घन्टे विद्रोहले सरकार र सेनालाई जगैदेखि हल्लाइदिएको छ । आममाफीको घोषणा र भयानक बल-प्रयोगको धम्कीद्वारा प्रधानमन्त्री शेख हसिनाको सरकारले विद्रोहीलाई आत्मसमर्पण गर्न लागाएको छ । सेना र पुलिसले आफ्ना ब्यारेक छोड्ने दुई सयभन्दा बिडिआर जवानलाई पक्रिसकेका छन् । सैनिक अधिकृतहरूको हत्यामा संलग्नलाई कानुनी कठघरामा ल्याउने घोषणा गरेर प्रधानमन्त्री हसिनाले आममाफीको प्रतिज्ञा फिर्ता लिइसकेकी छिन् । शुक्रबार उनले भनिन्, 'उनीहरूले जघन्य अपराध गरेका छन् । यस्ता गतिविधिलाई नजरअन्दाज गर्न सकिँदैन ।' बंगलादेश राइफल्स् -बिडिआर) अधिकृतहरूका शव धमाधम भेटिँदै छन् । बंगलादेश राइफल्स्का कमान्डर मेजर जनरल सकिल अहमदको पनि हत्या भएको थियो । अझै दर्जनौं अधिकृत बेपत्ता छन् । केही विश्लेषकका अनुसार हत्या गरिएका अधिकृतमाथि सम्पूर्ण ध्यान केन्दि्रत गरेर मिडिया तथा सरकार राजनीतिक बदलाको वातावरण सिर्जना गरिरहेका छन् । बंगलादेशी सुरक्षाफौज यातना र गैरकानुनी हत्याका लागि बद्नाम छ । बुधबार बिहानदेखि विद्रोह सुरु भएको थियो । आफ्ना अवस्था र सैनिक कमान्डरहरूको रबैयादेखि असन्तुष्ट दुई हजार बिडिआर जवानले ढाकामा रहेका आफ्ना ब्यारेकहरू छोडेर एक भवनमा घुसे । त्यहाँ बिडिआरका उच्च अधिकारीहरूको भेला भइरहेको थियो । मंगलबार हसिना बिडिआर हेडक्वार्टरमा उपस्थित थिइन् । बिडिआरका उच्च अधिकारीहरू प्रधानमन्त्रीलाई जवानहरूको पीरमर्का तथा दुःखकष्टबारेमा जानकारी गराउन असफल रहेका कारण नै यो विद्रोह भएको थियो । विद्रोहीले करिब सयजना उच्च अधिकृतलाई बन्धक बनाएका थिए । बन्धकहरूमा मेजर जनरल अहमद पनि थिए । उनीहरूले नजिकका सडकहरू अबरुद्ध पारे । र, आफ्ना मागहरू ज्ाारी गरे । त्यसपछि यो विद्रोह डढेलो फैलेझैं फैलियो । चटगाउँ, रंगपुर, चपाइनवाबगन्ज, सत्किरा, जेश्वरीलगायत देशभरिका बिडिआर ब्यारेकहरूले विद्रोहमा भाग लिए । विद्रोह न पूर्वनियोजित थियो, न यो सरकार ढाल्ने प्रयास नै थियो । बरु, यो बिडिआर जवानहरूको आफ्नो स्थितिप्रतिको अव्यक्त असन्तुष्टि र सुरक्षाबलभित्र बिडिआरको दोस्रो दर्जाको स्थान हुनुको परिणाम थियो । बिडिआर मूलतः सीमा सुरक्ष्ााका लागि जिम्मेवार ६७ हजारको फौज हो र यो सेनाको पूरक अंगका रूपमा रहेको छ । बिडिआरमाथि सेनाको हाइकमान्डको पूर्ण नियन्त्रण रहोस् भन्ने उद्देश्यले यसमा सेनाका अधिकृतहरूलाई नै मुख्य मुख्य पदमा राखिन्छन् । तलव वृद्धि, आकर्षक भत्ता र बिडिआरबाट नै अधिकृतहरूको नियुक्ति उनीहरूका माग थिए । सेनाबाट नभई बिडिआरबाट नै अधिकृतहरूको नियुक्ति होस् र ती अधिकृतहरूको गृह-मन्त्रालयसँग सोझै सम्पर्क गर्न पाउने अधिकार होस् भन्ने माग नै उनीहरूको प्रमुख माग थियो । आकर्षक तलव सुुविधा भएको संयुक्त राष्ट्र संघको शान्ति सेनामा संलग्न हुन पाउनुपर्ने पनि उनीहरूको माग थियो । बिडिआर जवानको मासिक तलब केवल ७० डलर छ । रासनबापत उनीहरूले चामल, गहुँ र चिनी पाउँछन् । एटिएन टिभीलाई दिएको अन्तर्वार्तामा एक बिडिआर जवानले भने, 'सबैलाई थाहा छ, हामी कति दयनीय अवस्थामा बाँचिरहेका छौँ । हामी स्वतन्त्रतापूर्वक काम गर्न पाउँदैनौँ । हाम्रो आफ्नै विभाग छैन । हामी सरकारलाई बताउन चाहन्छौँ कि हामी स्वतन्त्रता चाहन्छौँ ।' बिडिआर जवानहरूले तीन महिनाको मात्रै रासन पाउँछन् । यता सेनाका जवानले भने बाह्रै महिना रासन तथा अन्य सुविधा पाउँछन् । उनीहरू यो भेदभावको अन्त्य चाहन्थे । सेनाका अधिकृत उनीहरूलाई अपमानजनक व्यवहार गर्छन् र शारीरिक यातना पनि दिन्छन् । सरकारले सेनालाई तत्काल यो विद्रोह दबाउन आदेश नदिनुको यौटा कारण विद्रोहीहरूले जनताबाट समर्थन प्राप्त गर्नु थियो । एसोसिएट प्रेसले सामान्य नागरिकले विद्रोहीको हौसला बढाइरहेका तस्बिरहरू प्रकाशन गरेको थियो । बंगलादेशमा विस्फोट भएको यो विद्रोहले यौटै संकेत गरेको छ । त्यो हो- श्रमजीवी मानिस जब आफ्नो जीवनको अवस्था असह्य देख्छन्, उनीहरूको असन्तुष्टि बढ्दै जान्छ, र एक ठाउँमा पुगेर विस्फोट हुन्छ ।

नेपाली कांग्रेसका सभासद् वेश्यावृत्ति अभियोगमा पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसका संविधानसभा सदस्य कृष्णप्रसाद यादवलाई वेश्यावृत्ति गरेको अभियोगमा प्रहरीले एक मसाज पार्लरबाट पक्राउ गरेको छ। यादवलाई शुक्रबार मध्याह्न राजधानीको महाराजगन्जस्थित मसाज पार्लरबाट पक्राउ गरेको हो।प्रहरीले रौतहट-४ का सभासद् उनलाई पार्लरबाट रंगेहात पक्राउ गरेको दाबी गरेको छ। उनलाई अनामनगर चौकीमा ल्याएपछि प्रहरीले शुक्रबार राति अकस्मात पत्रकार सम्मेलन गरी यो जानकारी दिएको हो।उक्त मसाज पार्लर कान्ति बाल अस्पत्ताल पछाडि पर्छ। यादवसँगै ३८ वर्षीय महिलासहित तीन युवती पनि पक्राउ परेको प्रहरीले जनाएको छ। सभासद् यादवले आफूलाई घरबाटै पक्राउ गरिएको भन्दै आरोप अस्वीकार गरेका छन्। प्रहरीले यादवलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा लगाउने जनाईएको छ।प्रहरीले यादव संविधानसभा सदस्य भएकोले महाराजगन्जबाट अनामनगर ल्याइएको जनाएको छ । अनामनगर चौकीमा विशिष्ट व्यक्तिलाई थुन्ने सुविधा छ । प्रहरीले शुक्रबार रातभर राजधानीका मसाज पार्लरहरुमा छापा मारेको जानकारी दिएको थियो ।

Feb 27, 2009

चीनले नेपालसंग नयाँ शान्ति तथा मैत्री सन्धि प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चीनले नेपालसंग नयाँ शान्ति तथा मैत्री सन्धि गर्न राखेको प्रस्तावले हालैका दिनहरुमा उत्तरी छिमेकीको नेपालमा ह्वात्तै बढेको चासोलाई प्रष्ट्याएको जानकारहरुले बताएका छन्। नेपाल भ्रमणमा आएका चिनियाँ सहायक विदेश मन्त्रीले त्यस्तो प्रस्ताव राखेको एकदिनपछि उनीहरुको त्यस्तो भनाइ आएको हो।
भारतसंगको १९५० को सन्धि पुनरावलोकन गर्ने भन्ने कुरा चर्चाको शिखरमा रहेको बेला चीनले उसंग नेपालले १९६० मा गरेको सन्धिको सट्टा नयाँ सन्धि गर्ने प्रस्ताव गरेको हो। यस्तो प्रस्ताव राख्नुको पछाडि नेपाल सरकारले उसको सुरक्षा चासो पूर्णरुपले सम्बोधन गर्न नसकेकै कारण हो भन्ने कतिपय विश्लेषकहरुको भनाइ छ। चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्यले तिब्बतीहरुको प्रदर्शनका कारण चिनियाँहरु चिन्तित भएको बताउंदै उनीहरु नेपाल सरकारको क्षमताप्रति विश्वस्त हुन नसकेको उल्लेख गरे। "त्यसैले नयाँ सन्धिमा सूचना आदान प्रदान लगायत नयाँ प्रावधानहरु राख्न उनीहरुले खोजेको हुनसक्छ।”चीन मामिलाका जानकार पत्रकार किशोर श्रेष्ठ पनि नयाँ सन्धिको चिनियाँ प्रस्तावलाई निकै अर्थपूर्ण रुपमा लिइनुपर्ने बताउंछन्।बितेका केही वर्षमा दर्जनौं पटक चीनको भ्रमण गरिसकेका श्रेष्ठले भने, "भारतले नेपालसंग सुपुर्दगी सन्धिको कुरा अगाडि बढाइरहेको बेला चीनलेपनि तिब्बती शरणार्थीहरुको गतिविधि नियन्त्रणको विषय अगाडि ल्याउने कसरत गरेको छ।"चिनियाँ सरकारको विशेष दूतको रुपमा हालै काठमाण्डू भ्रमणमा आएका सहायक विदेश मन्त्री हु जेङगुईले परराष्ट्र मन्त्रालयका अधिकारीहरुसंगको भेटघाटमा नयाँ सन्धिको खाका बुझाएका थिए। त्यसका साथै सहायक मन्त्री हुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको केही महिनाभित्रै हुने भनिएको चीन भ्रमणताका सो नयाँ सन्धिमा हस्ताक्षर गर्न आग्रह समेत गरेका थिए। तर त्यत्ति छिट्टै नयाँ सन्धिमा हस्ताक्षर हुन सक्ने सम्भावना कम रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले उल्लेख गरेका छन्।परराष्ट्र मन्त्रालयका प्रवक्ता सुरेश प्रधानका अनुसार चिनियाँ पक्षले बुझाएको नयाँ सन्धिको खाकाको अध्ययन हुन बाँकी छ। “यसको निम्ति त पहिला राजनितिक स्तरमै कुराकानी र सहमति हुनुपर्दछ,” उनले भने।बितेका केही महिनाहरुमा चीनका विदेश मन्त्री, उपसेनापतिदेखि लिएर चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरुको तारन्तार भइरहेको नेपाल भ्रमणपछि केही दिनअघि काठमाण्डू आएका सहायक विदेश मन्त्री हु जेङगुईले नयाँ सन्धि गर्ने प्रस्ताव राखेका हुन्। उनको भ्रमण भारतीय विदेश सचिव शिवशंकर मेननले गरेको आकस्मिक काठमाण्डू यात्राको एकसातापछि भएको हो।

ऋषि धमलालाई सदरखोर जेल चलान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राज्यविरुद्ध अपराध क्रियाकलाप सञ्चालन गर्दै आएको रणवीर सेना समूहसँग संलग्न रहेको अभियोगमा पक्राउ परेका पत्रकार ऋषि धमलालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबारबाट डिल्लीबजारस्थित सदरखोर जेल चलान गरेको छ । उनीसँगै अन्य अभियुक्त रामशुभक महतो, वीरेन्द्र केएम र मनोज मेहतालाई पनि जेल चलान गरेको छ । उनीहरूमाथि लागेको अभियोगका बारेमा थप अनुसन्धान गर्न पुर्पक्षका लागि जेल चलान गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोलाप्रसाद सिवाकोटीले सञ्चारकर्मीलाई बताउनुभयो । रणवीर सेनाका लागि एकजना व्यापारीसँग आर्थिक सहयोग लिने क्रममा पक्राउ परेका रामशुभकको कोठामा फेला परेको विस्फोटक पदार्थ र धमलाको रेकर्ड स्वरका आधारमा पक्राउ अभियुक्तहरूको बारेमा थप अनुसन्धान गर्नुपर्ने भएकाले उनीहरूलाई जेलमा पठाइएको हो प्रजिअ सिवाकोटीले भन्नुभयो । अभियुक्तहरूमाथि लागेको आरोप किनारा नलागेसम्म अनुसन्धान कारबाही अगाडि बढाइने भएको छ भने सो अनुसन्धान प्रक्रिया पाँच/सात महिनासम्म लम्बिने जानकारी जिल्ला प्रशासन कार्यालयले दिएको छ । प्रहरीले धमलालाई माघ २२ गते साँझ उनी अध्यक्ष रहेको रिपोर्टस क्लब नेपालको पुतलीसडकस्थित कार्यालयबाट पक्राउ गरेको थियो ।

सरकारबाट भएका तीनवटा निर्णय सर्वोच्च अदालतले खारेज

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारबाट भएका महत्त्वपूर्ण तीनवटा निर्णय सर्वोच्च अदालतले बिहीबार खारेज गरिदिएको छ।सर्वोच्च अदालतले चलचित्र हलहरूमा सबै श्रेणीको कुल सिट क्षमताको उच्चतम दरले गुणन गरी हुन आउने रकमको २० प्रतिशत सरकारलाई दिनुपर्ने बाध्यकारी व्यवस्थालाई बिहीबार खारेज गरेको छ।यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा गर्नुभएको कुलपति, उपकुलपति, सदस्य सचिवलगायत सदस्यहरूको नियुक्तिलाई हाल कार्यान्वयन नगर्न सर्वोच्चले सम्बन्धित निकायहरूलाई आदेश दिएको छ।त्यस्तै नेपाल संगीत नाटय प्रज्ञा प्रतिष्ठानमा भएको नियुक्ति पनि हाल कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू रामप्रसाद श्रेष्ठ, गिरीशचन्द्र लाल र प्रकाश वस्तीको विशेष इजलासले बिहीबारदेखि नै चलचित्र हलहरूमा सिटका आधारमा लिइने २० प्रतिशत रकम नलिन आदेश दिएको हो।अष्टनारायण पिर्क्चर्स प्रालिका सञ्चालक त्रिरत्न मानन्धरलगायत आठ जना चलचित्रकर्मीले सिटको आधारमा २० प्रतिशत रकम लिने सरकारी निर्णयबदर गर्न माग गर्दै रिट निवेदन दायर गरेका थिए।सरकारले गत असोज ३ गतेको नेपाल राजपत्रमा सूचना प्रकाशित गरी चलचित्र विकास शुल्क वास्तविक टिकट बिक्री भएको आधारमा वा सबै श्रेणीको कुल सिट क्षमताको उच्चतम दरले गुणन गरी हुन आउने रकमको २० प्रतिशतमध्ये कुन बढी हुन्छ, सोको आधारमा कायम हुने उल्लेख गरेको थियो।नेपाल चलचित्र संघका प्रवक्ता प्रदीप उदयले हालसम्म सरकारले उल्लेख गरेबमोजिमको रकम तिर्दै आएको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो- सर्वोच्च अदालतले हाम्रो मागबमोजिम आदेश दिएको छ।’न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलासले ललितकला प्रज्ञा प्रतिष्ठान र संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानको नियुक्ति हाल कार्यान्वयन नगर्न आदेश दिएको हो। प्रधानमन्त्री प्रचण्डले यही फागुन २ गते ललितकला प्रज्ञा प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य सचिव र सदस्य गरी २१ जना नियुक्त गर्नुभएको थियो।त्यस्तै प्रम प्रचण्डले संगीत तथा नाटय प्रतिष्ठानमा पनि २४ जना नियुक्त गर्नुभएको थियो। यसअघि सर्वोच्च अदालतले केही दिनअघि मात्र नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। त्यस्तै गत कात्तिक ११ गते मन्त्रिपरिषद्ले गरेको ३ सय ४९ वटा मुद्दा फतिर्ा लिने निर्णयर पशुपतिनाथ मन्दिरमा भएको पुजारी नियुक्तिलाई पनि सर्वोच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।

महिलालाई पहिला सम्पत्तिमा अधिकार दिन जोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एमाले नेता माधवकुमार नेपालले सम्पत्तिमा महिलाको अधिकार बराबर नभएसम्म अन्य क्षेत्रमा हुने महिला प्रतिनिधित्वको कुनै अर्थ नहुने बताउनुभएको छ। क्यानडा अन्तर्राष्ट्रिय विकास नियोगको सहयोगमा सेन्टर फर माइक्रोफाइनान्स नेपालले संविधानमा समावेश गरिनुपर्ने महिला तथा ऋण बचत सहकारीका सवाल’ विषयक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो। संवैधानिक समितिका सभापतिसमेत रहनुभएका नेपालले लैंगिक समानतासहितको संविधान निर्माणमा आफूले सक्दो सहयोग गर्ने बताउनुभयो। कार्यक्रममा १९ वटा जिल्लाबाट ५० वटा महिला बचत तथा ऋण सहकारी संस्थाले संकलन गरेको लैंगिक समानतासम्बन्धी सुझावहरू संविधान निमर्ँण समितिमा बुझाइने जानकारी दिइएको थियो। सोही कार्यक्रममा संविधानविद् दमननाथ ढुंगानाले महिला एवम् पिछडिएका वर्गको समस्या संविधानमा नसमेटिए संविधान नै अपूरो हुने धारणा राख्नुभयो।कार्यक्रममा महिला अधिकारकर्मी डा. चन्द्रा भद्रा, क्यानडा अन्तर्राष्ट्रिय विकास नियोगकी प्रतिनिधि सहारा सिन्हा, सभासद् मीना पाण्डे, नागरिक समाजका मल्ल के सुन्दर, सेन्टर फर माइक्रोफाइनानन्सका अध्यक्ष गणेश थापालगायतले बोल्नुभएको थियो।

सरकारद्वारा सात हजार सहिद घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल सरकारले जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका करिब सात हजारजनालाई सहिद घोषणा गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा गरेको सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । केही समयअघि बसेको मन्त्रिपरिषद्ले जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकालाई सहिद घोषणा हुनेगरी नामावली पेस गरेको थियो । मन्त्री महराले त्यसमा नाम आउन बाँकी बाहेक पेस भएका सबैलाई सहिद घोषणा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले केही आउन बाँकी रहेको र केहीको नाम सच्याउनुपर्ने बताउनुभयो । जनयुद्धका क्रममा ज्यान गुमाएकालाई जनयुद्ध सहिद, जनआन्दोलनमा ज्यान गुमाउनेलाई जनआन्दोलन सहिद र मधेस आन्दोलनमा ज्यान गुमाउनेलाई मधेस आन्दोलन सहिद घोषणा गरिएको छ । सहिद घोषणा भएका परिवारलाई दस लाख रुपियाँ दिने निर्णय सरकारले यसअघि नै गरिसकेको छ । यसैगरी बैठकले रामपुर, चितवनमा कृषि तथा वन विश्वविद्यालय र सुर्खेतमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापना गर्ने निर्णय पनि गरेको मन्त्री महराले जानकारी दिनुभयो । बैठकले शिक्षा मन्त्रालयलाई खुला विश्वविद्यालयका बारेमा विधेयक बनाएर ल्याउने स्वीकृति पनि प्रदान गरेको छ । बैठकले यातायात व्यवस्था विभागको पुनःसंरचना गरी तीनवटा नयाँ महाशाखा बनाउने निर्णय पनि गरेको छ । यसैगरी बैठकले कोसी बाढीपीडित व्यवस्थापन उच्चस्तरीय कार्यदलको अध्यक्षमा सभासद् नन्दनकुमार दत्तलाई चयन गरेको छ ।

एमालेको नगनिएको मतपेटिका बिबादलाई टुङ्ग्याउने सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नगनिएको मतपेटिका फेला परेपछि एमाले महाधिवेशनस्थलमा मतगणनामा आएको बिबाद राजधानी फर्किएपछि टुङ्ग्याउने सहमतिमा शीर्ष नेताहरु पुगेका छन् । एमाले महाधिवेशनको चुनावको मतगणनामा नगनिएको मतपेटिका भेटिएकोबारे बिबाद समाधान भएको छ । फागुन १४ गते नगनिएको मतपेटिका भेटिएको बिबादलाई शीर्ष नेताहरुले राजधानी पुगेपछि समाधान गर्ने सहमति गरेका छन् । ३२ मतपेटिकामा मतदान भएको बताइएको बेला मतगणनास्थलमा खोलिएको तथा नगनिएको एउटा मतपेटिका फेला परेपछि बुटवलस्थित महाधिवेशस्थल केही बेर तनावग्रस्त बनेको थियो । यसैबीच, एमाले निर्वाचन कमिटीले खुलातर्फबाट केन्द्रीय कमिटी सदस्यका लागि उठेकाहरुको पनि मत परिणाम घोषणा गरेको छ । ४३ सदस्यको घोषित परिणाम अनुसार पदाधिकारीमा पराजित नेताहरु पनि केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । परिणाम अनुसार, पूर्व केन्द्रीय सदस्यहरु भीम आचार्य, काशिनाथ अधिकारी, केदार न्यौपाने, त्रिलोचन ढकाल, देवराज घिमिरे र शान्ता मानवी भने केन्द्रीय सदस्यमा पराजित भएका छन् ।

प्रचण्डले दरबार हत्याकाण्डबारे छानबिन गर्ने प्रतिबद्धता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दरबार हत्याकाण्डबारे छानबिन गर्ने प्रतिबद्धता जनाउँदै बिहीबार नारायणहिटी संग्रहालय छिरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन सदननजिकैको भित्तामा लागेका गोलीका दाग निरीक्षण गर्दै भने, 'यी दाग सुरक्षित राख्नुपर्छ है, छानबिनका लागि आवश्यक प्रमाण हुन सक्छन् ।' प्रधानमन्त्रीलाई बि्रफिङ गरिरहेका नारायणहिटी संग्रहालय प्रमुख तथा दरबारका पूर्वकर्मचारी जयराम महर्जनले प्रधानमन्त्रीबाट त्यस्तो निर्देशन आउनासाथ जवाफ दिए, 'भन्नैपर्दैन हजुर, सधैं सुरक्षित रहने छन् ।' महर्जनले त्यसो भन्दा प्रधानमन्त्रीसँगै रहेका सभामुख सुवास नेम्वाङ र शान्तिमन्त्री जनार्दन शर्मा प्रभाकरले टाउको हल्लाउँदै गोलीका दाग सुरक्षित राख्नुपर्नेमा समर्थन जनाएका थिए । नारायणहिटी संग्रहालय प्रदर्शनीको उद्घाटन गर्ने क्रममा निकै भावुक देखिएका प्रचण्डले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुनेगरी गराइएको हत्याकाण्डको दोषी पत्ता लगाउन अब धेरै दिन कुन नपर्ने दाबी गरे । उनले प्रतिबद्धता दर्शाए, 'दरबार हत्याकाण्डबारे उचित छानबिन गरेर दोषीलाई कठघरामा उभ्याएरै छाडिन्छ ।' प्रचण्डले दरबार हत्याकाण्ड भएको त्रिभुवन सदन भत्काएर तत्कालीन राजा ज्ञानेन्द्रले प्रमाण नष्ट गर्न खोजेको आरोपसमेत लगाए । 'तर हामी एक-एक गरी प्रमाण खोजी गर्छौं, प्रधानमन्त्रीको हैसियतले यसको पहलकदमी म आफंैले गर्नेछु,' प्रचण्डले भने । दिउँसो ३ बजे नारायणहिटी छिरेका प्रधानमन्त्री प्रचण्डले झन्डै ढेड घन्टा संग्रहालयमा नै बिताए । 'यस्ता भव्य कक्ष र बगैंचाहरूमा शयर गर्ने रहेछन् राजाहरू,' सँगै रहेका सभामुख नेम्वाङ र शान्तिमन्त्री शर्मासँग प्रचण्डले भने, 'यो त हैदरावाद हाउसजस्तै भव्य रहेछ ।' लम्जुङ हाउसको अवलोकन गर्दै उनीहरूले प्रश्न गरे, 'आखिर किन चाहिन्थ्यो र यस्ता भव्य कोठा ?' संग्रहालय अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले संग्रहालय ऐतिहासिक भएको प्रतिक्रिया दिए । उनले यसको संरक्षण र जगेर्ना गर्न सकिएमा विदेशी पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्न सक्ने बताए । सर्वसाधारणलाई आजबाट खुला नारायणहिटी संग्रहालय सर्वसाधारणका लागि शुक्रबारदेखि खुला गरिएको छ । यहाँ आउने सर्वसाधारणले पूर्वराजाले प्रयोग गर्ने विभिन्न वस्तु, फोहोरा बगैंचा र दरबार हत्याकाण्ड भएको त्रिभुवन सदनको अवलोकन गर्न पाउने छन् । संग्रहालयमा मूल ढोकाबाट पसेर दरबार हत्याकाण्ड भएको ठाउँमा पुगेपछि अवलोकन पूरा हुनेछ । संग्रहालय प्रवेशका लागि नेपाली नागरिकलाई एक सय, विद्यार्थीका लागि २०, चीन तथा सार्क राष्ट्रका दर्शकलाई दुई सय ५० र अन्य राष्ट्रका दर्शकलाई पाँच सय रुपैयाँ शुल्क लाग्नेछ ।

क्षेप्यास्त्र प्रक्षेपणमा मार्ग प्रशस्त भएको - उत्तर कोरिया

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सोल/ उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षणस्थलभित्र भूमिगत इन्धन स्टेसन निर्माण गरेको डोङ-ए इल्बो नामक एक दक्षिण कोरियाली समाचारपत्रले बिहीबार जनाएको छ । इन्धन स्टेसन कहिले निर्माण गरियो भन्ने तिथि अनुमान लगाउन अमेरिकी जासुसी भू-उपग्रहलाई पनि कठिन परेको त्यस समाचारमा जनाइएको छ । सन् २००८ देखि यो वर्षको प्रारम्भबीच उत्तर कोरियाको पूर्वी तटीय क्षेत्रको मुसुडान-रीस्थित भूमिगत संरचना निर्माण कार्य प्योङयोङले पूरा गरेको गुप्तचर स्रोतहरूको भनाइ उद्धृत गर्दै त्यस पत्रिकामा लेखिएको छ । यो परीक्षण कहिले गरियो भन्ने कुनै कुरा नखुलाइए पनि प्योङयोङको पछिल्लो कदमबाट क्षेप्यास्त्र प्रक्षेपणमा मार्ग प्रशस्त भएको उत्तर कोरियाले बताएको छ । कुनै पनि प्रयोजनका लागि रकेट प्रक्षेपण कार्य संयुक्त राष्ट्र संघीय प्रस्तावको उल्लंघन भएको दाबी अमेरिका र दक्षिण कोरियाले गर्दै आएका छन् । उनीहरूले यस्ता प्रक्षेपणबाट तायपोडोङ-२ क्षेप्यास्त्र परीक्षण ओझेलमा पार्ने उत्तर कोरियाको चालको रूपमा लिँदै आएका छन् । उत्तर कोरियालाई अगाडि बढ्नबाट कसैले रोक्न नसक्ने दृढता बुधबार प्योङयाङले व्यक्त गरेको छ । आफ्ना क्षेप्यास्त्रहरूमा इन्धन भरेको कार्य जासुसी भू-उपग्रहबाट देख्न सकिने ट्रक तथा संरचनाहरूको प्रयोग उत्तर कोरियाले गर्दै आएको छ ।

Feb 26, 2009

सैन्य दस्तासहित अर्को माओवादी पार्टीको जन्म

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सैन्य दस्तासहित अर्को माओवादी पार्टीको जन्म भएको छ । यो पार्टीले मुख्य उद्देश्य सशस्त्र 'जनयुद्ध' विचारको रक्षा गर्ने रहेको जनाएको छ । गतसाता रौतहटमा भएको रेभ्युलुसनरी लेफ्ट विङको राष्ट्रिय भेलाले मणि थापा 'अनुकूल' को संयोजकत्वमा 'नेकपा माओवादी' को गठन गरेको हो । उनी माओवादीका पूर्वनेता हुन् । भूमिगत रूपमा गतिविधि गर्न गठन भएको उक्त पार्टीको केन्द्रीय संयोजन समितिमा १५ सदस्य छन् । नवगठित माओवादीले जनसेनाका पूर्वब्रिगेड कमान्डर लोकमान घर्तीको संयोजकत्वमा सैन्यदस्ता 'नेसनल रेड गार्ड' बनाएको छ । गार्डमा माओवादीका पूर्वलडाकु पनि सदस्य छन् । नवगठित पार्टीको कामकारबाही भूमिगत रहने अध्यक्ष थापाले बिहीबार कान्तिपुरलाई बताए । 'पार्टीले भूमिगत रही कामकारबाही गर्नेछ,' उनले भने, 'निर्वाचन आयोगमा दर्ता गर्ने सोच बनाएका छैनौं ।' उनले सैन्य संगठन 'रेड गार्ड' अर्थात् लाल रक्षकले देशभर युवालाई तालिम दिने जानकारी दिए । 'पार्टी र नेताको रक्षाका लागि रेडगार्डले काम गर्नेछ,' थापाले भने, 'हाल निशस्त्र रूपमा तामिल गर्नेछन् ।' हाल उक्त संगठन राजनीतिक चरित्रको हुने उनले जानकारी दिए । 'राष्ट्रियता खतरा आयो भने रेडगार्ड लड्नेछ,' उनले भने । पूर्वलडाकुसँग केही हतियारसमेत रहेको स्रोतको दाबी छ । 'हतियार आवश्यक पर्‍यो भने जुटाउन सकिन्छ,' एक नेताले भने । केन्द्रीय समितिमा झापाको 'जनयुद्ध रक्षा फन्ड,' गण्डकीको 'स्वतन्त्र दलित मुक्ति मोर्चा,' पश्चिम तराईका जिल्ला बाँके, बर्दिया, दाङको थारू मोर्चा र नवलपरासी, रूपन्देहीको 'क्रान्तिकारी मधेसी मुक्ति मोर्चा,' दोलखा रामेछापलगायतका जिल्लाको 'ताम्सालिङ मुक्ति संगठन' र पूर्वी पहाडी जिल्ला भोजपुर, खोटाङ, ओखलढुंगालगायतमा 'किराँत वर्कर्स पार्टी' का नेताहरू छन् । यी संगठनले 'सशस्त्र जनयुद्ध' को विचारको रक्षा गर्ने बताउँदै आएका छन् । गत साता देशभरका ६० जिल्लाका करिब साढे तीन सय प्रतिनिधिबीच नव माओवादीका संयोजक थापाले एकीकृत माओवादीको नीतिविरुद्ध संघर्ष गर्ने बताएका थिए । 'एकीकृत माओवादीमा आएको विचलन कुनै प्राविधिक नभएर दार्शनिक र सैद्धान्तिक हो,' उनले भने, 'त्यसका विरुद्ध संघर्ष गर्दै नेकपा (माओवादी) को क्रान्तिकारी विरासत संयोजन गरी अघि बढ्नुपर्छ ।' उसले एकीकृत माओवादी 'दक्षिणपन्थी संशोधनवाद र साम्राज्यवाद परस्त' भएको दाबी गरेको छ । थापाले छिट्टै मात्रिका यादवसँग पार्टी एकताका लागि पहल गर्ने बताए । यादवले फागुनको पहिलो साता पत्रकार सम्मेलन गरी माओवादीको पुनर्गठन गर्ने घोषणा गरेका थिए । 'मात्रिकाजीहरूको भेलापछि पार्टी एकताको कुरा अघि बढ्छ,' थापाले भने । गत साता यादवले पनि दुवैबीच पार्टी एकता हुने सम्भावना रहेको जनाए । त्यस्तै किराँत वर्कर्स पार्टीका अध्यक्ष शंकर राई आङगामीको संयोजकत्वमा 'संयुक्त राष्ट्रिय गणतान्त्रिक महासंघ' पनि गठन गरेको छ । यो संगठनलाई जाति र क्षेत्रीय मोर्चा बनाउने उक्त पार्टीले जनाएको छ । यसअघि कृष्ण अधिकारीको संयोजकत्वमा २३ सदस्यीय केन्द्रीय विङ गठन भएको थियो ।

कुलेखानी विद्युत्गृह जलाशय रित्तिने अवस्थामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कुलेखानी विद्युत्गृह चौबीसै घन्टा चलाएपछि जलाशय रित्तिने अवस्थामा पुगेको छ । जलाशयको सतह १० मिटर मात्र बाँकी रहेको छ । यतिकै उत्पादन निरन्तर जारी रहे २० दिनभित्र पानी सकिनेछ । अन्तिम क्षमता १४८४ मिटरको जलाशयमा बिहीबार मध्याह्नसम्म पानीको सतह १४९४ दशलमव ६३ मिटर रहेको कुलेखानी पहिलो महाशाखा प्रमुख सच्चिदानन्द मिश्रले जानकारी दिए । उनका अनुसार केही सातादेखि कुलेखानी चौबीसै घन्टा सञ्चालन हुँदै आएको छ । सतह जति घट्टै जान्छ, पानीको मात्रामा पनि उत्तिकै कम हुन्छ । वर्षाभरि परेको पानी संकलन गरेर हिउँदको सुख्खायाम -जेठसम्म) मा बिजुली उत्पादन गरिने कुलेखानी खास सुख्खायाम नलाग्दै रित्तिने अवस्थामा पुगेको हो । जडित क्षमताअनुसार विद्युत् उत्पादन हुने कुलेखानी -पहिलो र दोस्रो गरी ६० मेगावाट) एकमात्र जलाशययुक्त विद्युत्गृह हो । अन्य विद्युत्गृहमा भने हिउँदयाममा खोलामा पानी घटेर क्षमताको आधाभन्दा कम उत्पादन गर्छन् । कुलेखानीलाई यसरी चौबीसै घन्टा नचलाए लोडसेडिङ १९ घन्टासम्म जाने भएकाले चलाउन बाध्य भएको प्राधिकरणले जनाएको छ । 'अघिपछि कुलेखानीको बिजुली बिहान र साँझ अत्यधिक खपत समय -पिक लोड) मा मात्र दुई, चार घन्टा चलाउने गरिन्थ्यो,' मिश्रले कान्तिपुरसित भने, 'राष्ट्रिय ग्रीडमा आएको विद्युत् संकटले गर्दा कुलेखानी रातदिन चलिरहेछ ।' अन्य नदी प्रवाही (रन अफ रिभर) विद्युत्गृहसरहै विद्युत् उत्पादन गर्दा कुलेखानीको जलाशय दिनको ३० देखि ४० सेन्टिमिटरका दरले घटिरहेको मिश्रले बताए । 'यही अवस्था रहे अब २० दिनलाई मात्र पुग्छ,' मिश्रले चिन्ता व्यक्त गर्दै भने, 'कुलेखानी बन्द भए प्रणाली सञ्चालनमा समस्या आउनेछ ।' कुलेखानी जलाधार क्षेत्रमा यसपालिको वर्षायाममा अपेक्षित पानी नपरेकाले यति धेरै संकट आएको मिश्रले बताए । उनका अनुसार कुलेखानी जलाशयको सात किलोमिटर क्षेत्रमा बसोबास वृद्धि, जंगल फडानीलगायतका कारणले मुहान सुक्दै जान थालेका छन् । अन्य विद्युत्गृहमा उत्पादन उल्लेखनीय रूपले घटेको, भारतबाट बिजुली आउन ढिला भएको र आए पनि अपेक्षित नभएको जस्ता कारणले कुलेखानीलाई चौबीसै घन्टा सञ्चालन गर्न दबाब परेको प्राधिकरणको भार प्रेषण केन्द्रका निर्देशक शेरसिंह भाटले काठमाडौंमा बताए । उनका अनुसार कुलेखानीलाई नियमितजस्तै 'पिक लोड' को दुई, चार घन्टामात्र चलाउने हो भने लोडसेडिङ १९ घन्टासम्म हुनेछ । यतिखेर नदी प्रवाही विद्युत्गृहबाट जम्मा १८३ मेगावाट मात्र उत्पादन भइरहेको भाटले जानकारी दिए । १४४ मेगावाटको कालीगण्डकीले जम्मा ४८ मेगावाट, ६९ मेगावाटको मस्र्याङ्दीले २५ मेगावाट, मध्यमस्र्याङ्दीबाट २४, त्रिशूलीबाट ९, चिलिमेबाट ९ र देवीघाटबाट ८ मेगावाट मात्र उत्पादन भइरहेको छ । उच्चतम माग भने ८०८ मेगावाट पुगिसकेको छ । दिउँसोकै माग ५ सय मेगावाट छ । गत भदौमा कोसीमा आएको बाढीले भारतबाट आयात हुने बिजुलीको टावर ढालेकाले कुलेखानीमा थप दबाब परेको हो । भारतबाट ६० मेगावाट बिजुली भदौदेखि अवरुद्ध भएकाले कुलेखानी चलेको थियो । बुधबारदेखि भारतबाट ३५ मेगावाट मात्र बिजुली आएको छ । 'यति बिजुलीले पनि पुग्दैन,' भाटले भने, '६० मेगावाट नआएसम्म कुलेखानीमाथिको दबाब हट्नेछैन ।' बाढीले ढालेको टावर पुनः निर्माण तथा मर्मत हालसालै सकिएको र परीक्षण अझै बाँकी रहेकाले भारतले ३५ मेगावाट मात्र बिजुली दिएको भाटले बताए । भारतलाई ६० मेगावाट बिजुली दिन प्राधिकरणले अनुरोध गर्ने भएको छ । ४६ मेगावाट मात्रै केही महिनादेखि कुलेखानी पहिलोको एउटा युनिट बिग्रेर ३० मेगावाट मात्र उत्पादन भइरहेको छ । पहिलोको कुल क्षमता ६० मेगावाट हो । मेगावाट उत्पादन ठप्प भएपछि दोस्रो विद्युत्गृहको १६ मेगावाट विद्युत् उत्पादन गर्ने मेसिन पनि बन्द छ । कुलेखानी दोस्रो महाशाखाका प्रमुख रवीन्द्र महासेठका अनुसार आगामी चार महिनापछि बिग्रेको युनिट मर्मत गर्ने कार्यक्रम छ ।

पुनरावेदन अदालतका ५१ न्यायाधीशको सरुवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्यायपरिषद्ले पुनरावेदन अदालतका ५१ न्यायाधीशको सरुवा गरेको छ । दुई न्यायाधीश भने सरुवामा परेका छैनन् ।प्रधानन्यायाधीश केदारप्रसाद गिरीको अध्यक्षतामा बिहीबार सम्पन्न न्यायपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । न्यायपरिषद्का सचिव प्रकाशकुमार ढुङ्गानाले करिब तीन वर्षपछि पुनरावेदनका न्यायाधीशहरूको सरुवा भएको जानकारी दिनुभयो ।कुल १६ वटा पुनरावेदन अदालतमा ५३ जना न्यायाधीश कार्यरत हुनुहुन्छ भने २३ न्यायाधीशको दरबन्दी रिक्त छ । हेटौँडा र पाटन पुनरावेदनमा कार्यरत न्यायाधीश क्रमशः उद्धव बाँस्कोटा र माधव चालिसेको सरुवा गरिएको छैन । न्यायाधीश बाँस्कोटाले केही दिनमै सेवाबाट अवकाश लिनुहुने र चालिसेको स्वास्थ्यस्थितिका कारण सरुवा नगरिएको, उहाँहरू दुईबाहेक अरु सबैको सरुवा गरिएको जानकारी उहाँले दिनुभयो ।पूर्व मेची, पश्चिम महाकाली र दुर्गममा कार्यरत ११ न्यायाधीशलाई उपत्यकाभित्र ल्याइएको छ भने उपत्यकामा कार्यरत पाँचजनालाई बाहिर लगिएको छ ।

वाइसिएल र अखिल नेपाल व्यवसायी युवा सङ्घबीच एकीकरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
योङ कम्युनिस्ट लिग (वाइसिएल) र अखिल नेपाल व्यवसायी युवा सङ्घबीच औपचारिकरुपमा एकीकरण भएको छ । नेकपा माओवादी र नेकपा -एकता केन्द्रमसालबीच दुई महिनाअघि एकीकरण भएपछि ती पार्टीका भ्रातृ सङ्गठनहरू लिग र सङ्घबीच एकीकरण भएको हो । एकीकरण भएको सङ्घको नाम योङ कम्युनिस्ट लिग नेपाल राखिएको छ । दुईसय ५५ केन्द्रीय कार्यसमिति रहेको सो सङ्घको संयोजकमा गणेशमान पुन र सहसंयोजकमा राजु खड्का हुनुहुन्छ ।

श्रीमती अर्काले लगेको विरोधमा चक्काजाम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कहिले माग पूरा गराउन बन्द त कहिले गाडीको ठक्करबाट बाख्रा मर्दा सडक जाम । कहिले श्रीमान्-श्रीमतीको झगडमा चक्काजाम त कहिले श्रीमती अर्काले लगेको विरोधमा चक्काजाम । मोरङमा मंगलबार यस्तै घटना भएको छ ।मोरङ सोराभाग-३ का हरिप्रसाद रायले स्थानीय शिवकुमार कामतकी श्रीमती मन्जुलादेवीलाई भगाएपछि क्षतिपूर्तिको माग गर्दै कामत परिवारले सडक अवरुद्ध गरेको छ । उनीहरूले विवाह खर्चबापत ६० हजार र अन्य खर्च ३० हजार क्षतिपूर्ति माग दाबी गर्दै सडक बन्द गरेर प्रदर्शन गरेका हुन् । जारसँग विवाह खर्चको माग गर्दै उनीहरूले मोरङको हुलाकी मार्ग कर्सिया सडकखण्ड दिनभरि बन्द गराएका हुन् । रंगेली विराटनगरको कर्सिया बजारस्थित प्रहरीचौकीको गेटमा प्रदर्शनकारीले टायर तथा ढुंगामुढा राखेर सडक अवरुद्ध गराएका हुन् । उनीहरूले श्रीमती भागेपछि शिवकुमारलाई अर्को विवाह गर्न विवाह खर्चबापत ६० हजार रुपैयाँ आवश्यक पर्ने र सो रकम प्रहरी प्रशासनले असुलउपर गराइदिनुपर्ने भन्दै आन्दोलनमा उत्रेका हुन् । विवाह खर्च र मन्जुलादेवीसँग रहेको शिवकुमारको ३० हजारसहित जम्मा ९० हजार रुपैयाँ नपाएसम्म आन्दोलन जारी राख्ने शिवकुमारकी भाउजू रीतादेवीले बताइन् । हरिप्रसाद विवाहित हुन् भने उनीसँग जाने २६ वर्षीया मन्जुला दुई सन्तानकी आमा हुन् । शिवकुमारकी भाउजू रीतादेवीका अनुसार पाँच वर्षपहिले जारहरू हरिप्रसाद र शिवकुमारले मित साइनोमा बाँधिएका थिए । दुई मितमध्ये हरिप्रसाद वैदेशिक रोजगारीका लागि एजेन्टका रूपमा कार्यरत रहँदा मित शिवकुमारलाई तीन वर्षअघि साउदी अरब पठाएका थिए ।हालै घर फर्किएका शिवकुमारको घरमा दुई महिनाअघि रक्सीसहितको सामान्य भोजभतेर गरिएको थियो । रक्सी खाएर मस्त भएका हरिप्रसाद र शिवकी श्रीमतीबीच अनैतिक सम्बन्ध भएको शिवकुमारले आफ्नै आँखाले देखेपछि त्यसै दिनदेखि हरिप्रसाद र शिवकी श्रीमती मन्जुला हरिकै घरमा बस्दै आएका छन् । घटनालगत्तै विवाह खर्च र नगदसहितको दाबी गर्दै शिवकुमारले हरिप्रसादका विरुद्ध प्रहरीचौकी कर्सियामा उजुरी दिएका थिए । चौकीमा भएको प्रारम्भिक छलफलमा गत २० माघभित्र जारीबापतको रकम बुझाउने सहमति हरिप्रसादले गरेका थिए । सहमतिमा प्रहरीचौकी रोहबरमा बसेको थियो । हरिप्रसाद जारीबापतको रकम नबुझाई फरार भएपछि शिवकुमारको परिवारले प्रहरीचौकीले नै जारीबापतको रकम उपलब्ध गराउनुपर्ने भन्दै प्रहरीविरुद्धको प्रदर्शनमा उत्रेको हो ।

म्याराडोनामाथि कार एक्सिडेन्टको आरोप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ब्युनर्सआयर्स/ फुटबल लिजेन्ड म्याराडोनामाथि कार एक्सिडेन्टको आरोप लागेको छ ।सडक किनारमा रहेका दुई मान्छेलाई हिर्काएर उनको कार भागेको आरोप छ । सो प्रमाणित भए उनले एक वर्षको जेल सजाय भोग्नुपर्ने हुन सक्छ ।४८ वर्षीय म्याराडोनाले कार सडकपेटीमा रहेको फोन बुथमा ठोक्काएको बताइएको छ । दुई साताअघि बिहान ६ बजेतिर भएको घटनामा परेका दुई पैदल-यात्रुको शरीरका विभिन्न भागमा चोट लागेको छ । आफ्नो परिचय खुलाउन नचाहेका प्रत्यक्षदर्शीका अनुसार म्याराडोना दुर्घटनापछि भागेका थिए । अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रहेका म्याराडोनाले आफूले कार नचलाएको दाबी गरेका छन् । यद्यपि, वकिलले भने उनलाई अदालतमा उपस्थितिको आदेश दिएका छन् ।

नारायणहिटी दरबार आजदेखि संग्रहालयको रूपमा खुल्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजपरिवारको बासस्थानको रूपमा रहेको नारायणहिटी दरबार आजदेखि संग्रहालयको रूपमा परिणत हुँदै छ। नेपालमा गणतन्त्र घोषणालगत्तै पूर्वराजा ज्ञानेन्द्र परिवारले जेठ १ गते नारायणहिटी दरबार छाडेको नौ महिनापछि सो दरबार संग्रहालयमा परिणत हुन लागेको हो। नाराणहिटी दरबारपरिसरको ७ सय ५३ रोपनी क्षेत्रफलमध्ये ३ सय १८ रोपनीलाई संग्रहालय बनाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ ले औपचारिक रूपमा आज बिहीबार संग्रहालयको उद्घाटन गरेपछि भोलि शुक्रबारदेखि र्सवसाधारणलेे अवलोकन गर्न पाउनेछन्। दरबार संग्रहालय व्यवस्थापन समितिका संयोजक एवम् पुरातत्त्व विभागका महानिर्देशक कोषप्रसाद आचार्यका अनुसार मंगलबार, बुधबार र सरकारी बिदाबाहेक अन्य दिन संग्रहालय खुला गरिनेछ। संग्रहालय कात्तिक १६ देखि माघ १५ गतेसम्म ११ बजेदेखि ३ः०० बजेसम्म र माघ १६ देखि कात्तिक १५ गतेसम्म ११ देखि ४ः०० बजेसम्म खुला रहनेछ। संग्रहालयको आचारसंहिता परिसरभित्र फोटो खिच्न, खानेकुरा खान, हातहतियार र पशु लैजान निषेध गरिएको छ। १५ जनाको दरले २५ मिनेट अवलोकनपछि अर्को समूह प्रवेश गराउने व्यवस्था गरिएको छ। संस्कृति तथा राज्य पुनर्संरचना मन्त्रालयको अधीनमा रहेको नारायणहिटी संग्रहालयमा रहेका ५२ कक्षमध्ये पहिलो चरणमा १९ कक्ष मात्र अवलोकनार्थ खुला गरिएको छ। खुला गरिएको कक्षमध्ये गोरखाकक्ष ऐतिहासिक र महत्त्वपर्ूण्ा रहेको छ। ६ फिट लम्बाइ, ४ फिट चौडाइ र ८ फिट उचाइ रहेको सो कक्ष मञ्चजस्तो देखिन्छ। स्वर्गीय राजा वीरेन्द्रले २०४७ सालको संविधान जारी गरेको सो कक्षबाट उमेर पुगेपछि युवराज घोषणा गरिन्थ्यो भने महारानीलाई पृथुलाधीस पदक दिइन्थ्यो। भव्य देखिने यो कक्षमा राजाले प्रयोग गरेका सिंहासन राखिएको छ। संग्रहालयभित्र रहेको रोल्पादेखि बैतडीकक्षसम्मको करिडोरमा विदेशी राष्ट्राध्यक्षको तस्वीरले सजाइएको छ। राजा तथा राजपरिवारका सदस्यले दशैंमा टीका लगाउँदा प्रयोग गरिएको धनुषा बैठक पनि अवलोकन गर्न खुला गरिएको छ। म्याग्दी, पर्वत, डोल्पा, बैतडी, बाजुरा, जुम्ला, तनहँु, मुगु, लमजुङ, गुल्मी, धादिङ र धनकुटा सदन पहिलो चरणमा अवलोकनार्थ खुला गरिएको छ। सन् १९०३ सालको कोतपर्वपछि प्रधानसेनापति शिवराम सिंह बस्न्यातका कान्छा छोरा काजी धोकल सिंह बन्स्यातको सम्पत्तिको रूपमा रहेको नारायणहिटी दरबार वीरशमशेरले निर्माण गरेका थिए।सन् १९३४ सालको महाभूकम्पले दरबार भत्किएपछि राजा त्रिभुवनले पुननिर्माण गरेका थिए।

एमालेको बेवारिसे मतपेटिका फेला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एमालेको आठौं महाधिवेशनको नेतृत्व चयनको मतगणना सम्पन्न भइसक्दा बेवारिसे मतपेटिका फेला परेपछि केहीबेर विवाद उत्पन्न भयो। निर्वाचन कमिटीले ३२ वटा मतपेटिका प्रयोग गरेको र मतगणना सम्पन्न भई पत्रकार सम्मेलन गरी जानकारी गराउन सम्पूर्ण सञ्चारकर्मीलाई महाधिवेशनस्थलको बन्द हलमा बोलाइएको समयमा मतपेटिका फेला परेको थियो। त्यसपछि हलमा उपस्थित सबै सञ्चारकर्मीलाई आधाघण्टासम्म मूल गेटबाहिर पठाइएको थियो। मतपेटिका फेला परेपछि अध्यक्ष खनाल र नेता केपी ओलीले केही समय एकान्तमा बसेर छलफल गर्नुभएको थियो। छलफलपछि नेता ओली एक्कासि बाहिर निस्कनुभयो। यस सम्बन्धमा अध्यक्ष खनालले एमालेलाई समाप्त पार्ने उद्देश्यले षड्यन्त्रकारीले यस्तो गरेको बताउनुभयो।

Feb 25, 2009

माओवादी कार्यकारी राष्ट्रपतिको पक्षमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा (माओवादी) संसदीय दलको बैठकले कार्यकारी राष्ट्रपतिसहितको शासन व्यवस्था रहने गरी नयाँ संविधान बन्नुपर्नेमा जोड दिँदै सुझाव सङ्कलनका लागि पार्टीका सभासद्हरूलाई गाउँगाउँ पठाउने निर्णय गरेको छ । बुधबार दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले नयाँ संविधानको खाकाबारे छलफल गर्दै यस्तो निर्णय गरेको हो । नयाँ संविधानको मस्यौदा निर्माण गर्न पार्टीको वरिष्ठ नेता तथा अर्थमन्त्री डा. बाबुराम भट्टराईको संयोजकत्वमा गठित संविधान मस्यौदा सुझाव समितिले प्रस्तुत गरेको प्रारम्भिक खाकामाथि छलफल गर्दै बैठकले जाति, भाषा र क्षेत्रको आधारमा सङ्घीय राज्य निर्माण हुनुपर्ने आˆनो पूर्वअडानमा जोड दिएको छ । बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्ता दीनानाथ शर्माले निर्वाचन प्रणाली मिश्रति हुनुपर्ने र मुलुकको राज्य व्यवस्था प्रतिस्पर्धात्मक बहु्दलीय लोकतान्त्रिक प्रणालीमा आधारित हुनुपर्ने निर्णय भएको बताउनुभयो । पार्टीका सभासद् विश्वभक्त दुलाल (आहुति)ले खाकामा राज्यको भाषिक नीति त्रिभाषिक -स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय) हुनुपर्ने उल्लेख गरिएको बताउनुभयो । शर्माले विभिन्न पेसा तथा क्षेत्रका समुदायका व्यक्तिहरूको सुझाव लिन बहसका लागि पार्टीले खाका प्रस्तुत गरेको बताउनुभयो । मस्यौदाले नयाँ संविधानको सैद्धान्तिक पक्षमा संविधानसभाको निर्वाचन अगाडि पूर्वनेकपा -माओवादी)द्वारा प्रस्तु्त प्रतिबद्धतापत्रमा उल्लिखित कुराहरूलाई प्राथमिकता दिइएको छ । बैठकले पार्टी संविधानसभा दलको उपनेतामा नारायणकाजी श्रेष्ठ 'प्रकाश'लाई चयन गरेको छ । त्यस्तै समानुपातिक मतको आधारमा निर्वाचित सभासद्हरूले पाउने संसदीय विकास कोषको रकम दुर्गम तथा पछाडि परेको क्षेत्रमा खर्च गर्ने नीतिगत निर्णय गरेको छ । रकम विशेषगरी तराई तथा पार्टीको उमेद्वार नभएको क्षेत्रमा खर्च गरिनेछ । खर्च गरिने क्षेत्रको अन्तिम निर्णय भने पार्टी केन्द्रीय समितिलाई दिने निर्णय भएको शर्माले बताउनुभयो ।

सरकारले कोशी नदीको व्यवस्थापन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले राष्ट्रिय जल योजना कार्यान्वयन अन्तर्गत कोशी नदीको व्यवस्थापन गर्ने भएको छ । जल तथा शक्ति आयोगले विश्व बन्यजन्तु कोष-'डब्लूडब्लूएफ'को सहयोगमा जलस्रोतको दिगो र एकीकृत विकासका लागि कोशी नदीको व्यबस्थापन गर्न लागेको हो । आयोगले बुधबार राजधानीमा पत्रकार सम्मेल गरी राष्ट्रिय जल योजना २०६२ लाई परिमार्जन गरी व्यवस्थापन गर्न लागेको जनाएको छ । पत्रकार सम्मेलनमा डब्लूडब्लूएफकी नीरा श्रेष्ठले २५ बर्षे योजना अन्तर्गत कोशी नदी क्षेत्रको जलस्रोतको उचित उपयोग र वातावरण सन्तुलनका लागि काम गरिने बताइन् ।

भारतबाट ३५ मेगावाट विद्युत् आयात सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतबाट मंगलबार साँझेखि थप ३५ मेगावाट विद्युत् आयात भएको छ । कोसीको बाढीले क्षतिग्रस्त बनाएको कटैया-दुहवी प्रसारण लाइनको पुनर्निमाण सम्पन्न भएकाले मंगलबारबाट थप विद्युत् आयात सुरु भएको हो। बुधबार आयात बढाएर ६० मेगावाट पुर्‍याइने जानकारी प्राधिकरणका कार्यकारी निर्देशक उत्तरकुमार श्रेष्ठले दिनुभयो । कोसीको बाढीले नेपाल र भारततर्फ ५/५ वटा टावरलाई क्षतिग्रस्त बनाएपछि गएको भदौबाट भारतबाट विद्युत् आपूर्ति बन्द भएको थियो। यसअघि प्राधिकरणले भारतबाट विद्युत् आयात भएपछि यो महिनाको दोस्रो सातादेखि लोडसेडिङको समय कम हुने बताएको थियो। तर हाल भोटेकोसी आयोजना बिग्रेको र कुलेखानी आयोजना बन्द हुने अवस्थामा पुगेकाले लोडसेडिङ तत्काल नघट्ने प्राधिकरणले जनाएको छ।

ग्यास उपभोक्ता कार्ड वितरण गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
खाना पकाउने (एलपी) ग्यास बिक्री वितरण प्रभावकारी बनाउन आजदेखि ग्यास उपभोक्ता कार्ड वितरण गरिने भएको छ । ग्यास बिक्रेता महासंघले कार्ड वितरण गर्ने भएको हो । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई उपभोक्ता कार्ड दिएर वितरण सुरु गर्ने महासंघले जनाएको छ । महासंघले पहिलो चरणमा उपत्यकाको बिक्री क्षेत्र-१ अन्तर्गत बालुवाटार, महाराजगन्ज, ठमेल, नयाँबजार, लाजिम्पाट, गोंगबु, वनस्थली, नेपालटार, बूढानीलकण्ठ क्षेत्रमा डिपोमार्फत ३० हजार उपभोक्तालाई कार्ड वितरण गर्ने भएको छ । यसैगरी दोस्रो चरणमा नयाँबानेश्वर, कोटेश्वर, अनामनगर, मैतीदेवी, पुतलीसडक र तेस्रो चरणमा जोरपाटी, चावहिल, धुम्बाराही क्षेत्रमा ग्याास उपभोक्ता कार्ड वितरण गर्ने महासंघले जनाएको छ । उपत्यकाभित्रका पाँच ग्यास वितरण क्षेत्रमा उपभोक्ता कार्ड वितरण गरी चितवन, पोखरामा पनि अभियान सञ्चालन हुनेछ । ग्यास वितरण प्रणाली प्रभावकारी र सर्वसुलभ तुल्याउन कार्ड वितरण अभियान थाल्न लागिएको महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बताए । उपभोक्ता कार्ड वितरणपछि वैज्ञानिक एवम् सर्वसुलभ ग्यास बिक्री वितरण प्रक्रिया अघि बढ्ने उनले बताए । हाल उपत्यकामा ११ हजार मेटि्रक टन ग्यास ल्याइए पनि बिक्री वितरण प्रणाली पारदर्शी एवम् प्रभावकारी नहुँदा समय समयमा अभाव सिर्जना हुने गरेको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द ढुंगानाले जानकारी दिए । ग्यास डिपोले विभिन्न कम्पनीका सिलिन्डरमार्फत उपभोक्ताकहाँ ग्यास पुर्‍याउने काम भइरहेकामा केही कम्पनीमा मजदुर समस्यालगायत आन्तरिक व्यवस्थापन राम्रो नहुँदा ग्यास अभाव देखिने गरेको निगमले जनाएको छ ।

राज्य पुनःसंरचनासम्बन्धी विभिन्न संघसंस्थाको होड

लिम्वूवान डट व्लगस्पोट डटकम,धनकुटा/राजेश राई
नयाँ संविधान निर्माण-प्रक्रिया चलिरहेका वेला धनकुटामा राज्य पुनःसंरचनासम्बन्धी कार्यक्रम गर्न विभिन्न संघसंस्थाको होड चलेको छ । ती संस्थाले दातृ निकायले दिएको सहयोगबाट अन्तरक्रिया, छलफल, गोष्ठी गर्दै आएका छन् । धनकुटामा सक्रिय गैरसरकारी संघसंस्थाले दातृ निकायबाट आर्थिक सहयोग लिएर राज्य पुनःसंरचनाका विषयमा दैनिकजसो कार्यक्रम सञ्चालन गरिरहेका छन् । सदरमुकाममा केही समययता हरेक दिन राज्य पुनःसंरचनासम्बन्धी कार्यक्रम हुने गरेको अधिवक्ता एवं आदिवासी जनजाति महासंघका सल्लाहकार तेजनारायणसिंह राईले बताए । उनले पछिल्लो समयमा एक सातामा दस-बाह्रवटा जातीय संघीयता र राज्य पुनःसंरचनासम्बन्धी कार्यक्रममा जाने गरेको पनि जानकारी दिए । गत शनिबारदेखि सोमबारसम्म तीन दिनमा मात्रै धनकुटामा राज्य पुनःसंरचनासम्बन्धी सातवटा अन्तरक्रिया कार्यक्रम भए । शनिबार प्रजातान्त्रिक विचार समाज धनकुटाले 'राज्य पुनःसंरचनाका आधार' विषयमा कार्यक्रम गरेको थियो । आइतबार किरात राई यायोक्खा र सामुदायिक वन उपोभोक्ता महासंघ धनकुटाले बेग्ला-बेग्लै स्थानमा सोही प्रकृतिको अन्तरक्रिया आयोजना गरेका थिए । शैलुङ सामुदायिक सञ्चारकेन्द्र र जनमुक्ति पार्टीले पनि सोमबार फरक-फरक स्थानमा कार्यक्रम गरे । राज्य पुनःसंरचनासम्बन्धी फागुन महिनाको १२ गतेसम्म मात्रै धनकुटामा १५ वटा कार्यक्रम भएका छन् ।संविधान निर्माण-प्रक्रियामा रहेका वेला यस्ता कार्यक्रम सकारात्मक देखिन्छन् । तर, दातृ निकायको सहयोग ल्याएर हरेक दिन गरिएका यस्ता कार्यक्रमको उपलब्धि शून्य रहेको सबै ठाउँमा सहभागी हुँदै आएका स्थानीय सन्तोष रुचालले बताए । राज्य पुनःसंरचनाका कार्यक्रम विषयवस्तुमा गहन छलफल गर्न नभई दातृ निकायबाट लिइएको रकम खर्च गर्ने माध्यम मात्र बनेको अर्का सहभागी बलराम दाहालले बताए ।

Feb 24, 2009

विपत्तिका खिरमायालाई सहयोग जुटाउदै गोर्खा सैनिकहरु

लिम्वूवान डट व्लगस्पोट डटकम,वेलायत

विएफविएस गोर्खा रेडियोका धनकुटा संवाददाता नगेन्द्र राईले प्रत्येक्ष धनकुटाको त्रिशुलेमा पुगेर ३० बर्षिया खिर माया सारुमगरको अवस्था बर्णन गरेपछि। रेडियो सुनेर बसेकाहरु अत्यन्तै भावुक बने। आज भन्दा ८ बर्षअघि खिरमाया मोरङबाट महिनाको ५ सय ज्याला लिने शर्तमा त्रिशुले आईपुगेको थिए। एकदिन जंगलमा घाँस काट्न जाँदा अचानक उनको आँखामा काँडाले घोच्यो र अस्पताल गई सामान्य उपचार पछि घर पर्किए। केही समय पछि पुनः जचाउन ल्याउनु भन्ने डाक्टरको सल्लाह अनुसार पैसा अभावको कारण सम्भव भएन। अन्तत उनको जवानीमै दुवै आँखा बन्द सरह भएका छन्। उनको काखमा ५ बर्षे छोरो छ तर उनको कुनै घरछैन, जग्गा छैन र उनलाई लोग्नेले पनि केही बर्ष अघिनै छोडि सकेको छ। त्रिशुलेको अत्यन्तै जाडोमा भोकभोकै बस्नु बाध्य खिरमायाको विकल्प बाटोमा मागि खानु नै हो। साइत परेको दिन बाटा हिड्नेले केही दिन्छन र उनको पेट अनि सानो छोरोको पेट उक्सन्छ नत्र सधै भोकै हुने गर्छ। खिरमाया डाक्टर कहाँ जान सकेमा उनको आँखाले काम गर्न सक्ने बताईएको छ र त्यसको लागि डेढ लाख रुपैया लाग्ने अनुमान गरिएको समाचार सुनेपछि। वेलायतको सर्नकिल्फमा रहेका ब्रिटिस गोर्खा सैनिक दाजुभाईहरुको एक समुह खुलेरै सहयोग जुटाउन लागेका छन्। उक्त समुहमा दिलिप लिम्बू धनकुटा, सल गुरुङ संखुवासभा, उत्तम राई गाइघाट, उदयपुर्, सन्तोष मगर सोलुखुम्बु, सोलमान रानामगर बाग्लुङ र विश्वास दीप तिगेला धनकुटा रहेका छन्। हाम्रो एकदुई पाउडको सहयोगबाट खिरमायाले उनको आधा भन्दा बढि जिबन आँखा हेरर जिउन सक्दछ भने त्यो नै हाम्रो धर्म हुने कुरा उल्लेख गर्दै सबैलाई यथासम्भव आर्थिक सहयोग गर्न आग्रह गरिएको छ। सहयोग स्वरुप संकलित रकम सहि तवरले सदुपयोग गरिने र सहयोग दाताहरुको नाम पत्रिका र वेभपेजमा प्रकाशित गरिने पनि उल्लेख गरिएको छ। इच्छुक ब्यक्तिले 07828155706 मा वा direct.letter@gmail.com मा सम्पर्क गर्न हार्दिक अनुरोध गरिएको छ।

१० मुख्य न्यायाधीशको नियुक्ती र ६ जनालाई सरुवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्यायपरिषद्ले पुनरावेदन अदालतहरुमा १० मुख्य न्यायाधीशको नियुक्ती र ६ जनालाई सरुवा गरेको छ । प्रधानन्यायाधीश केदारप्रसाद गिरिको अध्यक्षतमा मंगलबार बसेको परिषद् वैठकले न्यायाधीशहरुबाटै मुख्य न्यायाधिशको छनौट गरेको हो । लामो समयदेखि विभिन्न पुनरावेदन अदालतमा रिक्त ३३ मध्ये १० मुख्य न्यायाधीशको मात्र नियुक्ती भएको हो । वाँकी पद छिट्टै पूर्ति गरिने परिषद्ले जनाएको छ ।
न्यायाधीशहरु पुरुषोत्तम पराजुली, ज्ञानेन्द्रबहादुर कार्की, जागेश्वर सुवेदी, केशरीराज पण्डित, भुपध्वज अधिकारीलाई क्रमशः पुनरावेदन अदालत इलाम, पोखरा, बाग्लुङ्ग, हेटौंडा, र विराटनगरको मुख्य न्यायाधीशमा नियुक्त गरिएको छ । त्यस्तै न्यायाधीशहरु लक्ष्मणमणि रिसाल, अलिअकवर मिकरानी, हरिबाबु भट्टराई, हरिराम कोईराला, हरिप्रसाद घिमिरेलाई पुनरावेदन अदालतहरु महेन्द्रनगर, राजविराज, तुल्सीपुर, नेपालगञ्ज र धनकुटाको मुख्य न्यायाधीशमा नियुक्त गरेको छ । वैठकले पुनरावेदन अदालत राजविराजका मुख्य न्यायाधीश वैद्यनाथ उपाध्यायलाई पुनरावेदन अदालत पाटनको मुख्य न्यायाधीश र पुनरावेदन जुम्लाका मुख्य न्यायाधीश तर्कराज भट्टलाई पुनरावेदन बुटवलको मुख्य न्यायाधीशमा सरुवा गरेको छ । एक महिना अघि सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भएका पुनरावेदन अदालतका ४ मुख्य न्यायाधीशको दरवन्दी सरुवा भएको छ । सर्वोच्चका अस्थायी न्यायाधीशहरु रणबहादुर बम, मोहनप्रकाश सिटौला, अवधेशकुमार यादव र गिरिशचन्द्र लाललाई क्रमशः जुम्ला, दिपायल, सुर्खेत र जनकपुर पुनरावेदन अदलतमा सरुवा गरिएको छ । सर्वोच्चको अस्थायी न्यायाधीश नियुक्त हुन अघि बम पाटन, सिटौला वुटवल, यादव तुल्सीपुर र लाल दिपायलका मुख्य न्यायाधीश थिए ।

बर्डफ्लुको जीवाणु भेटिएको पन्छी मार्ने काम जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले दोस्रो पटक बर्डफ्लुको जीवाणु भेटिएको झापाको शरणामती गाविस-२ मा पन्छी मार्ने काम सोमबार पनि जारी राखेको छ । पशु सेवा विभागका कार्यकारी निर्देशक बैकुण्ठ पराजुलीको नेतृत्वमा परिचालित पाँचवटा कार्यरत टोलीले आज बिहानदेखि पन्छी मार्न थालेको हो । टोलीले अहिलेसम्म २ सय ७१ घरधुरीका १ हजार ९ सय कुखुरा, १६ हाँस, ५४ वटा परेवा र ३ सय ४५ वटा अण्डा नष्ट गरेको कृषिमन्त्रालयका प्रवक्ता हरि दाहालले जानकारी दिए । उनका अनुसार टोलीले भारतीय सीमानाका तथा रोग प्रभावित संचिवनल रहमानको घर केन्द्र बनाई कुखुरा, हाँसलगायतका पन्छी मार्ने काम सुरु गरेको हो । बेलायतमा गरेको परीक्षणमा रहमानले पालेका स्थानीय जातका कुखुरामा बर्डफ्लुको जीवाणु भेटिएपछि सरकारले गत ९ गते उक्त क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । उक्त क्षेत्रमा करीव ९ हजार कुखुरा रहेको जिल्ला विकास समितिले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजनामा बहुपक्षीय अवरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चार वर्षभित्र मेलम्चीको पानी राजधानी लैजान चिनियाँ कम्पनीसित सम्झौता भएलगत्तै चर्चित मेलम्ची खानेपानी आयोजनामा बहुपक्षीय अवरोध सुरु भएको छ ।आ-आफ्ना माग अघि सारेर मुहान क्षेत्रका वासिन्दा, अन्य प्रभावित वासिन्दा, आयोजना कर्मचारी तथा स्थानीय ह्योल्मो समितिले छुट्टाछुट्टै आन्दोलन कार्यक्रम घोषणा गरी आयोजनामा अवरोध खडा गरेका हुन् । पटक-पटक अवरोधको सिकार बन्दै आएको आयोजना निर्माण कार्य पाँचपक्षीय आन्दोलनले पुनः अवरुद्ध भएको छ । स्थानीय वासिन्दाले मुहान सार्नुपर्ने, आयोजना प्रभावित क्षेत्र थप्नुपर्नेलगायत माग गरेर अवरोध पुर्‍याएका छन् भने ह्योल्मो समितिले स्थानीयको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पूर्वसहमती कार्यान्वयनको माग अघि सारेर आयोजनामा असहयोग गरेको छ । त्यस्तै, स्थायी गरिनुपर्ने भन्दै आयोजनाकै कर्मचारी पनि आन्दोलित छन् ।मेलम्चीको पानी राजधानी लैजान सुरुङ निर्माणका लागि बिहीबार आयोजना र चिनियाँ कम्पनीबीच सम्झौता भएको थियो । सम्झौता भएकै दिन राजधानी पुगेका स्थानीय वासिन्दाले आयोजनाको मुख्य कार्यालय र मेलम्चीस्थित साइट कार्यालयमा तालाबन्दी गरेका थिए । मुख्य कार्यालयको ताला आयोजना आफैंले खोले पनि साइट कार्यालय भने अझै बन्द छ ।प्रभावित हेलम्बुबासीले आयोजनाको नाम फेर्न र मुहान सार्न दबाब दिएका छन् । लामो समयदेखि आयोजनाको नाम परिवर्तन गरिनुपर्ने माग गर्दै आएका उनीहरूले पछिल्लो समय आयोजनाको मुहान नै सार्नुपर्ने भन्दै आन्दोलन चर्काएका छन् ।दोस्रो चरणमा याङ्री र लार्के खोलाको पानीसमेत राजधानी लैजाने तयारी आयोजनाले गरेकाले नाम परिवर्तन गरिनुपर्ने र तयारी स्थानमा मुहान बनाउँदा बस्ती बग्ने सम्भावना रहेकाले त्यसलाई अन्यत्र सार्नुपर्ने ह्योल्मोको तर्क छ । आयोजनाले पहिलो चरणमा मेलम्चीपछि दोस्रो चरणमा याङ्री र लार्केको पानी पनि राजधानी लैजाने तयारी गरेको छ । 'याङ्री र लार्केसमेत लैजाने भएकाले नाम परिवर्तन गर्न प्रस्ताव गरेका हौं', हेलम्बुका छिरिङ लामाले भने, 'आयोजनाको नाम फेर्नु ह्योल्मोको पहिलो सर्त हो ।' स्थानीय वासिन्दाले आयोजनाको नाममा 'ह्योल्मो' थप्नुपर्ने बताएका छन् । तयारी स्थानमा मुहान बनाउँदा हेलम्बुको प्रसिद्ध पर्यटकीय स्थान मेलम्चीघ्याङ् र तार्केघ्याङ्को बस्ती खतरामा पर्ने भएकाले सार्न दबाब दिएको उनले बताए । आयोजनाले हाल रिबर्मा भन्ने ठाउँमा इन्टेक बनाएर पानी लैजाने योजना बनाएको हो । 'आयोजनाले बस्ती नबगाउने आधार दिन सकोस्', लामाले भने ।त्यसैगरी, सामाजिक उत्थान कार्यक्रम (सुप) सञ्चालनको जिम्मा पाएको ह्योल्मो-सिन्धु-मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिसमेतको आयोजनाको कामप्रति असन्तुष्टि छ

चार वर्षसम्म हिरासतमा रहेका एक ब्रिटिस नागरिक मुक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ग्वान्तानामो/ ग्वान्तानामो बेमा चार वर्षसम्म हिरासतमा रहेका एक ब्रिटिस नागरिक हालसालै मुक्त भएका छन् । इथियोपियाई मुलका ३० वर्षीय बिन्याम मोहमदलाई आतंकवादी भएको शंकामा हिरासतमा लिइएको थियो । उनले आफूलाई ग्वान्तानामोमा यातना दिइएको बताएका छन् । उनलाई अमेरिकामा बम विस्फोट गराउन खोजेको आरोपमा समातिएको थियो । तर, गत वर्ष अमेरिकाले उनलाई आरोपमुक्त गरेको थियो ।मोहमदकी बहिनी जुराले आफ्नो दाजु यसरी मुक्त भएकोमा असाध्यै खुसी लागेको बताइन् । 'म यसलाई शब्दमा व्यक्त गर्नै सक्दिनँ,' उनले भावुक हुँदै भनिन् ।आममाफीसम्बन्धी काम गर्ने एक संस्था लिगल च्यारिटी रिप्राइभले उनको प्रतिनिधित्व गरेको थियो । मोहमदले डाक्टर, वकिल र आफ्ना परिवारका सदस्यसँग भेट्ने यस संस्थाले जनाएको छ । डा. क्लिभ स्टाफोर्डले भने, 'उनी एकदमै पीडित व्यक्ति हुन्, उनले जति दुःख कसैले पनि पाएका छैनन् होला ।' 'उनी कतै जान चाहन्छन् र मानसिक शान्ति प्राप्त गर्न चाहन्छन्,' स्टाफोर्डले भने । उनले मोहमदले आफ्नो मुक्तिका लागि पहल गर्ने सबैलाई धन्यवाद दिन चाहेको बताए ।

जेल परेका लेखक ह्यारीलाई थाई नरेशले माफी दिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
थाइल्यान्डको राजपरिवारको अपमान गरेको आरोपमा जेल परेका अस्ट्रेलियन लेखक ह्यारी निकोलाइडिजलाई अन्ततः थाई नरेशले माफी दिएका छन् । अब उनी जेलमुक्त भएका छन् । थाइल्यान्ड संवैधानिक राजतन्त्र भए पनि त्यहाँ राजपरिवारको विरोधमा चुक्कसम्म बोल्न नपाइने कडा कानुन छ । निकोलाइडिजलाई जनवरीमा तीन वर्षको जेल सजाय तोकिएको थियो । उनी कुनै चर्चित लेखक थिएनन् । बरु जेल परेपछि रातारात चर्चित भए । सन् २००५ मा उनले लेखेको उपन्यास 'भेरिसिमिलिट्युड' मात्र पचास प्रति निक्लिएको थियो । प्रकाशक उनी स्वयं थिए । पचास प्रतिमा जम्मा सात प्रति मात्रै बिक्री भएका थिए । 'भेरिसिमिलिट्युड' उपन्यासमा नामविहीन एक राजकुमारको प्रसंग उल्लेख छ । यसले राजपरिवारको मानमर्दन गरेको आरोप बैंकक अदालतले लगाएको थियो । निकोलाइडेजले मेलवर्नमा उनको परिवारसँग भेटेका छन् । अस्पतालमा भर्ना भएकी आफ्नी आमालाई भेट्न उनी आतुर थिए । मेलवर्न विमानस्थलमा ओर्लिनेबित्तिकै उनले अस्ट्रेलियाली जनताप्रति आभार व्यक्त गरे । अस्ट्रेलिया सरकारले थाई राजपरिवारसँग उनलाई छुटाउन पहल गरेको थियो । हतकडीसहित कैदीको पोसाकमा उनका तस्बिरहरू टेलिभिजनबाट देखाउँदा अस्ट्रेलियाली जनताहरू चकित र दुःखी भएका थिए । उनका वकिल मार्क डिनका अनुसार उनी जेलमुक्त हुनु थाई र अस्ट्रेलियाली सरकारबीचको आपसी सहयोग र समझदारीको परिणाम हो ।

एमालेको अध्यक्षमा झलनाथ खनाल विजयी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमालेको अध्यक्षमा झलनाथ खनाल विजयी हुनुभएको छ । अध्यक्षका अर्का प्रत्यासी केपी शर्मा ओलीलाई १२८ मतको अन्तरले हराउँदै खनाल विजयी हुनुभएको हो ।खनालले ९४२ मत र ओलीले ८१४ मत प्राप्त गर्नुभयो । यसैगरी इश्वर पोखरेलले ९६६ मत ल्याएर महाचिवमा बिजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी प्रदीप नेपालले ७५१ मत पाउनुभएको छ ।उपाध्यक्षमा अशोक राइ १ हजार २ सय एक, वामदेव गौतम ९१९ र विद्या भण्डारी ८७० मतका साथ विजयी हुनुभएको छ ।सचिव पदमा विजयी भएका विष्णु पौडेलले १ हजार २ सय ९९, शंकर पोख्रेलले १ हजार १ सय ४ र युवराज ज्ञवालीले ८ सय ६३ मत प्राप्त गर्नुभएको छ ।

Feb 23, 2009

दुर्घटनामा प्रहरी र सेनाका हवल्दारसहित तीनजनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुनसरीको चतारामा आइतबार दिउँसो भएको दुर्घटनामा प्रहरी र नेपाली सेनाका हवल्दारसहित तीनजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दुर्घटनामा प्रहरी हवल्दार चतरा प्रहरी चौकीमा कार्यरत धरान- ८ का पदमबहादुर राई, पाँचथरमा कार्यरत नेपाली सेनाका हवल्दार गुल्मी घर भएका रामचन्द्र पोखरेल र अर्की एक यात्रु महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिलाको सनाखत हुन सकेको छैन । घाइतेमध्ये इटहरीमा कार्यरत प्रहरी जवान झापा घर भएका रोशन दाहाल, झापा बेलडाँगी- २ भुटानी शरणर्थी चतुरमान विक, पाँचथरमै कार्यरत नेपाली सेनाका सिपाही दैलेख घर भएका कर्णबहादुर खड्का, सप्तरी बेल्ही- ७ का रोशनकुमार गुप्ता र गाडी कन्डक्टर नरेन्द्र श्रेष्ठको बिपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । कर्ण खड्काको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । चतारामा रहेको फेरी तर्ने ओरालोमा ना.३ख२५४५ नम्बरको बसको ब्रेक फेल भई ना.२ख६६७३ नम्बरको बसलाई ठक्कर दिँदा दिउँसो तीन बजे दुर्घटना भएको हो ।यता, सुनसरीकै दुहवी- ४ मा दिउँसो भारतीय ट्यांकरको ठक्करबाट ट्राफिक प्रहरी जवान गोपाल निरौला घाइते भएका छन् । घाइते निरौलाको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले बताएको छ । डब्लु बी ७३ अब्लिक ४४७५ नम्बरको ट्यांकरचालक सुवास यादवलाई पनि स्थानीय युवाले कुटपिट गरी घाइते बनाएका छन् । यादवको स्थानीय स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको छ ।

अमिताभले ब्लगमार्फत आराम गर्ने सुझाव दिए शाहरुखलाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काँधको अप्रेसनपछि घरमा आराम गरेर बसिरहेका अभिनेता शाहरुख खानलाई अर्का अभिनेता अमिताभ बच्चनले ब्लगमार्फत आराम गर्ने सुझाव दिएका छन् । ब्लगमा अभिताभले लेखेका छन्, 'कुनै पनि चोटलाई हल्का रूपमा लिन हुँदैन, मज्जाले आराम गर्नुपर्छ ।' साथै उनले चाँडै निको होस् भनेर शुभकामना पनि दिएका छन् ।अमिताभको सन्देश पढेलगत्तै शाहरुखले फोन गरेर भने, 'मलाई त अस्पतालमा अत्यास लाग्यो, त्यही भएर चाँडै घर आएँ ।' प्रतिउत्तरमा अभिताभले स्वास्थ्यस्थिति बुझ्न अस्पताल जान लागेको बताएका थिए । अभिताभले त्यसो भनेपछि शाहरुखले भने, 'मेरो घरमा आउनुस् तपाईं र म एउटा गेम खेलौँ ।' तर, अमिताभ राजी भएनन् । उनले भने, 'चोटलाई कहिल्यै हल्का रूपमा लिनुहुँदैन पूर्ण रूपमा सन्चो नभएसम्म अरू कार्यक्रममा सहभागी नहुनू ।'

सर्वोच्च अदालतले प्राज्ञ नियुक्ति बदर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल प्रज्ञाप्रतिष्ठानको सभा सदस्य तथा पदाधिकारी नियुक्तिको हाल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ। न्यायाधीशहरू कल्याण श्रेष्ठ र भरतराज उप्रेतीको संयुक्त इजलासले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म सो कार्यान्वयन नगर्न आदेश दिएको हो।साहित्यकार विष्णुप्रसाद अर्याल (विष्णु प्रभात) द्वारा कानुनविपरीत संस्कृति तथा राज्य पुनःसंरचना मन्त्रीले प्रतिष्ठानमा सदस्य तथा पदाधिकारी नियुक्ति गरेको दाबी गरी सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो।यसैबीच संस्कृति तथा राज्य पुनःसंरचना मन्त्रालयले प्रज्ञाप्रतिष्ठानको कुलपतिसहितको प्राज्ञसभाको गठनकार्य स्थगित गर्ने निर्णय शनिबार नै गरेको थियो।

एमालेमा नयाँ नेतृत्वको लागि मतगणना जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमालेमा नयाँ नेतृत्वको लागि हिजो भएको चुनावको मतगणना जारी छ । अहिलेसम्म प्राप्त नतिजा अनुसार गणना भएको मत मध्ये अध्यक्षका उम्मेदवार झलनाथ खनालले बढी र केपी ओलीले कम मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा अशोक राई र बामदेव गौतम तथा महासचिवमा इश्वर पोखरेल अगाडि हुनुहुन्छ । सचिवमा शंकर पोखरेल र विष्णु पौडेल अगाडि हुनुहुन्छ । यस्तै केन्द्रीय सदस्यहरुमध्ये योगेश भट्टराइले धेरै मत ल्याउनुभएको छ ।
प्राप्त पछिल्लो परिणाम (साँझ ७.३० बजेसम्मको)
अध्यक्ष
झलनाथ खनाल - १००
केपी ओली - ९८
तीन उपाध्यक्ष
बामदेव गौतम - ९६
भरतमोहन अधिकारी - ६०
अशोक राई - १४०
विद्या भण्डारी - १००
भीम रावल - १०३
सहाना प्रधान - ५८
महासचिव
इश्वर पोखरेल - १०३
प्रदीप नेपाल - ८६
तीन सचिव
रामचन्द्र झा - ५०
राजेन्द्र श्रेष्ठ - ७६
रघुवीर महासेठ - ८७
युवराज ज्ञवाली - ९१
शंकर पोखरेल - ११७
विष्णु पौडेल - १५७

जलविद्युत अध्ययनका प्रतिवेदनहरु सरकारी निकायहरुबाट हराए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जलविद्युत अध्ययनका कतिपय महत्वपूर्ण प्रतिवेदनहरु सरकारी निकायहरुबाट हराएका नेपाली अधिकारीहरुले बताएका छन्। त्यस्ता दस्तावेजहरु प्राप्त हुन नसकेका कारण आफुहरुलाई काम गर्न अप्ठेरो परेको एउटा सरकारी कार्यदलका ती अधिकारीहरुको भनाइ छ। जलश्रोतको धनी देश नेपाल जलविद्युत योजनाहरुको संभाव्यता अध्ययन तथा सर्वेक्षणहरुमा पनि गरीब छैन। गत ५० वर्षमा गरीएका थुप्रै त्यस्ता अध्ययनहरुमा दशौं करोड रुपैंया खर्च भएको ती अध्ययनहरुबारे गरीएको एउटा छुट्टै अध्ययनले देखाएको छ। अध्ययनहरुका प्रतिवेदनहरु मध्ये कतिपयको खांचो सरकारले गठन गरेको एउटा कार्यदललाई छ। सो कार्यदलले १० वर्षमा १०,००० मेगावाट विद्युत उत्पादन गर्ने सरकारी योजना तर्जुमा गर्ने जिम्मेवारी पाएको छ।संभाव्यता अध्ययन एवं सर्वेक्षण भइसकेका कतिपय जलविद्युत आयोजनाहरु महत्वकांक्षी भनिएको उक्त १० वर्षीय योजनामा समेट्न खोजिएको छ। त्यसो गर्ने क्रममा चाहिएको प्रतिवेदन प्राप्त नहुँदाको अनुभव सुनाउँदै सो कार्यदलका संयोजक सोमनाथ पौडेलले भने, "विगतमा विभिन्न निकायले तयार पारेका विभिन्न दस्तावेजहरु संबन्धित निकायहरुमा समेत नभएको जानकारी हामीले पाएका छौं। "त्यसले गर्दा हामीलाई हाम्रो प्रतिवेदनमा आधिकारीक सूचना राख्न मुश्किल परेको छ।" पौडेलका अनुसार जल तथा शक्ति आयोगको पुस्तकालयमा केही प्रतिवेदन सुरक्षित पाइए पनि अन्य निकायहरुमा संरक्षित गरेर राखेको पाइएन। गत मंसीर महिनामा गठन गरीएको सो कार्यदलको प्रारम्भिक कार्यावधि ४५ दिन तोकिए पनि काम पूरा हुन नसकेकोले हालै म्याद थप गरीएको थियो।
तर अध्ययन भइसकेका जलविद्युत योजनाहरुका कतिपय प्रतिवेदनहरु हात लाग्न नसकेकोले कार्यदललाई काम सिध्याउन गाह्रो भएको अधिकारीहरुको भनाइ छ। ती मध्ये कतिपय कागजात भने तिनको तयारीमा सहयोग पु-याएका विदेशी दातृ निकायहरुबाट कार्यदलले पैसा तिरेर पनि लिन परेको उनीहरुले जनाएका छन्। करोडौं ‍रुपैंया खर्च भएको त्यस्ता मूल्यवान प्रतिवेदनहरु सरकारी कार्यालयहरुबाट कसरी गायब भए, त्यो अनुसन्धानको छुट्टै विषय बन्न सक्छ।

Feb 22, 2009

मधेस समस्या समाधानका लागि विस्तृत अवधारणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री एवं एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मधेसका विषयमा देखापरेको अन्योल अन्त्य गर्न चाँडै नयाँ प्रस्ताव ल्याउने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा एकीकृत नेकपा माओवादी मधेस राज्य अन्तर्गतको भोजपुरा उपराज्य समितिको एकीकरण अधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले मधेस समस्या समाधानका लागि विस्तृत अवधारणा तयार भइरहेको जानकारी दिँदै छिट्टै सार्वजानिक गरिने घोषणा गर्नुभयो ।प्रधानमन्त्री प्रचण्डले मधेसका विभिन्न पक्षसँगको छलफलपछि त्यहाँका वास्तविक समस्या समाधान गर्न ल्याइने योजना तयार भइसकेको समेत जानकारी दिनुभयो ।उहाँले पूर्वमाओवादी नेता मातृका यादवको पार्टी बहिर्गमनपछि देखापरेका अन्योलताको सम्बन्धमा भन्नुभयो- मातृका यादवमा पहिलादेखि अराजकता देखिन्थ्यो ।त्यसैगरी माओवादी अध्यक्ष प्रचण्डले माघ १६ गते खरीपाटीमा भएको मधेसी भेलामा मातृका यादवले जतिसुकै क्रान्तिकारी नारा दिए पनि व्यवहारमा उतार्न नसकिने बताउनुभएको थियो ।
उहाँले त्यस अवसरमा यादवले माओवादी पार्टी त्याग गरे पनि आफूहरूलाई कुनै असर नपर्ने बरु उहाँलाई नै बेफाइदा हुने दाबी गर्नुभयो ।प्रधानमन्त्री प्रचण्डले मातृकाको बहिर्गमनले पार्टी फुटाउन खोज्ने देशी विदेशी शक्तिहरूलाई फाइदा पुग्ने बताउनुभयो ।त्यस अवसरमा वरिष्ठ नेता मोहन वैद्य 'किरण'ले माओवादीले मधेस समस्या समाधानका लागि नयाँ रणनीति बनाउन लागेको बताउँदै कार्यकर्ताहरूलाई त्यसमा स्पष्ट हुनसमेत आग्रह गर्नुभयो ।उहाँले मातृका यादवले पुनर्गठन गरेको नेकपा -माओवादी)मा भोजपुरा उपराज्य समितिबाट प्रवेश गरेको कार्यकर्ताको सङ्ख्या मात्र धेरै रहेको छ भन्नुभयो ।
उहाँले केही जिल्लाबाट मात्र निष्त्रिmय रहेका नाममात्रका कार्यकर्ता गएको दाबी गर्दै यस राज्यबाट कुनै राज्य समिति सदस्यहरू नगएको जानकारी दिनुभयो ।भोलि पनि बैठक हुने जानकारी दिइएको छ ।

धमलालाइ थुनामा राख्न फेरि ३ दिन म्याद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला प्रशासन कार्यालयले ३ दिन म्याद थपेको छ ।पहिलो पटक १४ दिन र दोस्रो पटक ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रमुख जिल्ला अधिकारीले अनुमति दिएका थिए । प्रहरीले अनुसन्धान पूरा नभएको भन्दै थप ५ दिनको समय मागे पनि प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिवाकोटीले ३ दिन मात्र थप्नुभएको हो ।

एमाले निर्वाचन परिणाम आज आउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी एमालेको आठौँ महाधिवेशन नयाँ नेतृत्वको चयन गर्दै सोमबार सम्पन्न हुँदैछ । आइतबार साँझ ५ बजे मात्र सुरु भएको निर्वाचनमा मतदान राति सवा १० बजे सकियो । मतगणना सोमबार बिहान सुरु भई बेलुकासम्ममा परिणाम आउने बताइएकोछ । एकताको महाधिवेशन प्रमाणित गर्न सहमतिको खोजीका लागि दुई दिन लम्ब्याइएको सो महाधिवेशनमा चारजना केन्द्रीय सदस्यबाहेक अरू सबै पदमा निर्वाचन नै गर्नुपर्‍यो । अमृतकुमार बोहरा केन्द्रीय अनुशासन आयोगको प्रमुखमा निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँ केन्द्रीय कमिटीको पूर्ण सदस्यको हैसियतमा रहने व्यवस्था छ । निर्विरोध निर्वाचित हुनेमा लुम्बिनीबाट पूर्ण सदस्यमा नेत्र पन्थी, महाकालीबाट उर्वादत्त पन्त र मजदुर विशेषबाट पूर्ण सदस्यमा ललितबहादुर बस्नेत र वैकल्पिक सदस्यमा चुडामणि जङ्गली मात्र रहनुभयो । अध्यक्षसमेत ११५ सदस्यीय केन्द्रीय कमिटीको निर्वाचनका लागि ४५९ जना उम्मेदवारले मनोनयन दर्ता गराउनु भएकोमा २७९ जना प्रतिस्पर्धामा रहेका थिए । यसैगरी, अञ्चल निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुनुपर्ने १६ सदस्यमध्ये गण्डकी र राप्तीबाट चार-चारजना, जनकपुरबाट तीन र अन्य अञ्चल र उपत्यका क्षेत्रबाट दुई-दुईजनाले उम्मेदवारी दिनुभएको छ भने भारत प्रवासबाट चारजना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।खुला निर्वाचन क्षेत्र अन्तर्गत ४३ पूर्ण सदस्यका लागि ८१ जना र वैकल्पिक चार सदस्यका
लागि १९ जनाले प्रतिस्पर्धा गर्नुभएको छ । महिला निर्वाचन क्षेत्रबाट पूर्ण सदस्य आठका लागि २२ जना र वैकल्पिक सात पदका लागि २३ जना, आदिबासी जनजातितर्फ पूर्ण सदस्य सातका लागि १७ जना र वैकिल्पक सदस्य ६ का लागि २८ जना उम्मेदवार बन्नुभएको छ । यस्तै, मुस्लिमतर्फ पूर्ण सदस्य एकका लागि दुई र वैकल्पिक सदस्य एकका लागि पाँच, पिछडिएको क्षेत्रतर्फ पूर्ण सदस्य एकका लागि दुई र वैकल्पिक सदस्य एकका लागि तीन, मधेसी-तराईबासीतर्फ पूर्ण सदस्य पाँचका लागि १० र वैकल्पिक सदस्य छका लागि १४ तथा दलितबाट पूर्ण सदस्य तीनका लागि सात र वैकल्पिक सदस्य चारका लागि १९ उम्मेदवारले प्रतिस्पर्धामा हुनुहुन्छ । केन्द्रीय आयोगतर्फ अनुशासन आयोगका १६ जना सदस्यका लागि ४५ जना र लेखा परीक्षण आयोगका १५ सदस्यका लागि ३१ जना उम्मदेवार हुनुहुन्छ ।
बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि विभिन्न पदमा सहमतिको खोजीको अभ्यास जारी रहेकोले अपराहृन ५ बजे मात्र सुरु गरिएको थियो ।अध्यक्षमा तीनजना उम्मेदवार बनेकामध्ये सुवोधराज प्याकुरेलले उम्मेदवारी फिर्ता लिएपछि पूर्वमहासचिव झलनाथ खनाल र पूर्व स्थायी कमिटी सदस्य के.पी. ओलीले प्रतिस्पर्धा गर्नुभयो । पूर्वमहासचिव माधवकुमार नेपालले चाहिँ केन्द्रीय कमिटीको सदस्यमा उम्मेदवारी दिनुभएको छ । अध्यक्षका प्रतिस्पर्धीहरूले आˆनै तर्फबाट उम्मेदवारहरूको सूची तयार नपारे पनि समर्थकहरूले आ-आˆनो स्वार्थ अनुरूपका प्यानल बनाएर सूची वितरण गरेका थिए । कतिपय उम्मेदवारको नाम एकअर्काको सूचीमा पारिएको थियो । केही पूर्वकेन्द्रीय कमिटीका सदस्य तथा स्थायी कमिटीका प्रभावशाली सदस्यहरू पटक-पटक कहिले ओलीको पक्षमा त कहिले खनालको पक्षमा देखिएका थिए । यसले प्रतिनिधिहरूमा पनि अन्योल बढाएको थियो । यसैले पनि अध्यक्षका उम्मेदवारमध्ये कसको स्थिति बलियो भन्ने आँकलन गर्न पनि गाह्रो परेको थियो । उम्मेदवारहरूले आˆनै स्वार्थ अनुरूपका सूची वितरण गरेका हुँदा औपचारिक रूपमा गुटगत निर्वाचन देखिएको थिएन । प्रतिनिधिहरूको भावना अनुरूपको परिणाम मिश्रति आउने अर्थात् ओली वा खनालको एकपक्षीय नआउने देखिएको छ । यसले पार्टी एकपक्षीय शैलीमा नचल्ने देखिएको र पछाडिसम्म सबैको भावना समेटेर चल्ने आधार तयार हुने भएको प्रतिनिधिहरूले बताएका छन् । उपाध्यक्षका उम्मेदवारहरू सहाना प्रधान, विद्या भण्डारी, भरतमोहन अधिकारी, भीम रावल, वामदेव गौतम र अशोक राई रहनुभएको थियो । यसैगरी महासचिवमा ईश्वर पोखरेल र प्रदीपकुमार नेपालको प्रतिस्पर्धा थियो । सचिवमा रघुवीर महासेठ, रामचन्द्र झा, सुरेन्द्र पाण्डे, राजेन्द्र श्रेष्ठ, शङ्कर पोखरेल, विष्णु पौडेल र युवराज ज्ञवाली उम्मेदवार हुनुभएको थियो । सुरेन्द्र पाण्डेले भने उम्मेदवारी फिर्ता लिनुभयो । निर्वाचनका क्रममा पहिलेको भन्दा सुरक्षा व्यवस्था कडा पारिएको थियो । ११५ पदका लागि २७९ जना प्रतिस्पर्धामा चार केन्द्रीय सदस्य निर्विरोध ।

सैन्य भर्ना रोक्न सर्वोच्चको अन्तरिम आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

सर्वोच्च अदालतले नेपाली सेनामा हालै लिइएको भर्ना अगाडी नबढाउन सेना र रक्षा मन्त्रालयलाई अन्तरिम आदेश दिएको छ । आज भएको प्रारम्भिक सुनुवाईमा उक्त अदालतका न्यायाधीश अनुपराज शर्माको एकल इजलासले शान्ति सम्झौताको पृष्ठभूमि र अन्तरिम संविधानमा भएको व्यवस्थाअनुसार सेनामा भर्ना गर्न पाउने वा नपाउने भन्ने सम्बन्धमा छलफल गर्न पनि आउँदो आइतबार उपस्थित हुन आदेश दिएको छ । सो रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय, नेपाली सेनालगायतलाई विपक्षी बनाइएको छ । नेपाली सेनाले करिब दुई हजार आठसय पदमा नयाँ भर्ना लिएपछि सो कार्य रोक्न गैरसरकारी संस्था इन्हुरेड इन्टरनेसनलका तर्फबाट यही फागुन ६ गते रिट दायर गरिएको थियो ।

Feb 21, 2009

कुलपतिसहितको प्राज्ञसभाको गठन कार्य स्थगन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संस्कृति तथा राज्य पुनर्संरचना मन्त्रालयले केही दिनअघि गठन गरेको नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिसहितको प्राज्ञसभाको गठन कार्य स्थगनका साथै गत माघ २९ गते गठित प्रज्ञा प्रतिष्ठान र प्राज्ञसभा सिफारिस समितिको समेत विघटन गरेको छ । यसै समयमा गठित ललितकला प्रज्ञा प्रतिष्ठान र नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठान भने कायम राखिएको नेपाल प्रज्ञा प्रतिष्ठान सिफारिस समितिका अध्यक्षसमेत रहनुभएका संस्कृति तथा राज्य पुनर्संरचनामन्त्री गोपाल किराँतीले गोरखापत्रलाई बताउनुभयो । उहाँले तीन वर्षदेखि नेतृत्वविहीन अवस्थामा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिसहितको प्राज्ञसभा गठनबारे सङ्क्रमणकालीन चरित्रका कारण -सिफारिस समितिका सदस्य बलराम मिमिल्सिनाकै विरोधसमेतका कारण) गम्भीर विवाद उत्पन्न भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को निर्देशनमा गठन कार्य स्थगन गरिएको बताउनुभयो । मन्त्री किरातीले अरु दुईवटा
प्रतिष्ठानमा जस्तै भाषा-साहित्य प्रतिष्ठनमा पनि व्यापक समावेशीसहितको नयाँ नेतृत्व प्रदान गर्नमा कुनै कसर बाँकी नराखिएको बताउँदै "यस किसिमको स्थगन गर्ने निर्णयबाट चिन्तित सम्बन्धित सबैसमक्ष आफू क्षमायाचना गर्न चाहन्छु" भन्नुभएको छ । मन्त्री किरातीले विगतमा गठित सिफारिस समितिलाई विवादास्पद र असहयोगी भन्दै त्यसलाई पनि विघटन गरिएको बताउनुभयो । यसअघि फागुन २ गते सरकारले तीनैवटा प्रतिष्ठानमा प्राज्ञसभा तथा परिषद् गठन गरेपछि प्राज्ञिक क्षेत्रलगायतबाट यसको विरोध भएको थियो । मन्त्री किराँतीको सिफारिसमा नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा साहित्यकार ईश्वरचन्द्र ज्ञवालीको र उपकुलपतिमा कवी भूपाल राईलाई मनोनय गरिएको थियो ।

लगातारको बन्दले जनजीवन कष्टकर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
यातायात व्यवसायीले सहकर्मी हत्याको विरोधमा आव्हान गरेको बन्दका कारण इलामको जनजीवन प्रभावित बनेको छ । आइतबार बिहानै देखि मेची राजमार्ग र आसपासका सडकमा सवारी साधन चलेका छैनन् भने बजार पसल, कलकारखाना तथा शैक्षिकसंस्था ठप्प छन् । उनीहरूले यातायात व्यवसायी कल्याण रिमालको हत्याको विरोधमा मेची अञ्चल बन्द आव्हान गरेका हुन् । रिमालको शव शनिबार अपरान्ह फेला परेको थियो । व्यवसायीहरूले हत्यारालाई कारवाहीको माग गरेका छन् । एक साता देखिको लगातारको बन्दले मेचीका पहाडि जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । बजारमा दैनिक उपभोग्य सामानको समेत अभाव हुन थालेको छ । कार्यालय पुनःस्थापनाको माग गर्दै फिकलबासीले सोमबार देखि गरेको बन्द खुलेपनि भाडा समायोजन गर्न विद्यार्थीहरूले विप्ल्याँटे क्षेत्रमा सडक अवरुद्ध पारेका थिए । विद्यार्थीको बन्द जारी रहेकै अवस्थामा व्यवसायीको बन्द थपिएको हो । त्यस्तै, कोशी पीडित संघर्ष समितिले पूर्व-पश्चिम राजमार्गमा चक्काजाम जारी राखेका छन् । चक्काजामका कारण राजमार्गको कोशी व्यारेज-इनरुवा खण्डमा तीन सय भन्दा बढी सवारी साधन अलपत्र परेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीका अनुसार यातायात नचलेपछि पाँच हजार भन्दा बढी यात्रु शनिबार बिहानै देखि सडकमा बसेका छन् । कोशी पीडितले कोशी व्यारेज देखि इनरुवासम्म भण्डै तीस किलोमिटर क्षेत्रमा राजमार्गको दायाँ/बायाँ दर्जनौं रुख काटेर बाटो अवरुद्ध पारेका छन् । आन्दोलनका कारण चारदिन देखि यातायात अबरुद्ध भएपछि समस्या समाधानका लागि वार्ताको प्रयास भैरहेको प्रजिअ भण्डारीले जानकारी दिए ।

एक महिलाले ३१ वटा औँला भएको सन्तान जन्माए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ताप्लेजुङ/ फुरुम्बु गाविसकी एक महिलाले ३१ वटा औँला भएको सन्तान जन्माएकी छिन् । स्थानीय हस्तबहादुर विष्टकी श्रीमती टीकाले यस्तो सन्तान जन्माएकी हुन् । तीन छोरी र एक छोराकी आमा टीकाको पाँचौँ सन्तानको दाँतसमेत पलाएको छ । दस दिनअघि जन्मिएको बच्चा हेर्न जिल्ला अस्पताल ताप्लेजुङमा सर्वसाधारणको भीड लागेको छ ।सो बच्चाको स्वास्थ्यस्थिति राम्रो रहेको जिल्ला अस्पताल ताप्लेजुङका डाक्टर सुरेश नेपालले बताए । तर, आमाको अवस्था चिन्ताजनक छ । धरान रिफर गरिए पनि दयनीय आर्थिक अवस्थाका कारण उनलाई बाहिर लैजान नसकेको हस्तबहादुरले बताए ।

पियनका भरमा उपस्वास्थ्य चौकी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले गाउँगाउँमा स्वास्थ्य संस्था त खोलेको छ, तर त्यहाँ स्वास्थ्यकर्मी छैनन् । सल्यानको एक उपस्वास्थ चौकी विगत दुई वर्षदेखि पियनका भरमा चलेको छ । दरबन्दीअनुसारका स्वास्थ्यकर्मी अनुपस्थित भएपछि सल्यानको माल्नेटा उपस्वास्थ्य चौकी पियन जितेन्द्र हमालका भरमा छ । चौकीमा इन्चार्जका रूपमा अहेव, अनमि, मातृशिशु कार्यकर्ता, ग्रामीण स्वास्थ्य कार्यकर्ता र एक पियनको दरबन्दी छ । तर, पियनबाहेक दुई वर्षसम्म चौकीमा अरूले पाइला टेकेका छैनन् ।पियन हमालले दैनिक बिहान चौकीको ढोका खोल्छन् र आएका बिरामीलाई औषधोपचार गर्छन् । उनीसँग स्वास्थ्य सेवामा काम गरेको १३ वर्षको अनुभवबाहेक उपचार सम्बन्धी अर्को कुनै ज्ञान छैन । तर, उनी भन्छन्, 'बिरामी जाँच्न नजाने पनि सामन्य औषधी भने दिने गरेको छु ।'बिरामी जाँच्ने मात्र नभएर जिल्लास्तरीय गोष्ठीमा समेत इन्चार्जका रूपमा पियन हमालले नै प्रतिनिधित्व गर्ने गरेका छन् । उनी आफैं भन्छन्, 'बिरामी जाँच्नेदेखि जिल्लामा हुने गोष्ठीसम्ममा मै जाने गरेको छु ।' उनी अन्यत्र गएका वेला भने उपस्वास्थ्य चौकी बन्द हुने गरेको छ । सो चौकीमा स्वास्थ्यकर्मी नहुँदा सामान्य उपचारका लागि पनि टाढा जानुपर्ने समस्या रहेको स्थानीय बासिन्दा बताउँछन् । स्थानीय मन्जु दाहालले भनिन्, 'स्थानीयस्तरमा उपस्वास्थ्य चौकी छ, तर स्वास्थ्यकर्मी छैनन् । स्वास्थ्यकर्मी नहुँदा गाउँलेहरू करिब पाँच घन्टा हिँडेर जिल्ला अस्पताल धाउन बाध्य छन् ।' सामान्य उपचारबाहेक स्थानीय बालबालिकालाई नियमित रूपमा लगाउनुपर्ने खोप कार्यक्रम पनि हुन सकेको छैन । मन्जुका अनुसार स्वास्थ्यकर्मी नहुँदा स्थानीय बालबालिका पोलियो, दादुराजस्ता खोपबाट वञ्चित भएका छन् ।उपस्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी पठाउन गाउँलेले जिल्ला जनस्वास्थ्य कार्यालयलाई पटक-पटक अनुरोध गर्दै आएका छन् । निवेदन दिँदा पनि जनस्वास्थ्यले बेवास्ता गरेको स्थानीय दुर्गाकुमारी पौडेलले बताइन् ।

एमालेमा अध्यक्ष पदका लागि तीन उम्मेदवारी मतदान हुदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमालेको नेतृत्व चयनका लागि केहिबेरमा मतदान हुदैछ । निर्वाचन कार्यतालिका अनुसार बिहान ८ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । उम्मेदवारी फिर्ताको समय सकिएपछि मतदान सुरु हुने भनिए पनि केही ढिला हुने बताइएको छ । आठौँ महाधिवेशनबाट चयन हुने अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । निवर्तमान महासचिव झलनाथ खनाल, नेता केपी ओली र सुबोधराज प्याकेरलले उम्मेदवारी दिएका छन् । दुई समूहबीच समूहगत उम्मेद्वारी परेको छ ।खनाल समूहमा उपाध्यक्षका लागि बामदेव गौतम र सहाना प्रधान तथा ओली समूहबाट अशोक राई, भरतमोहन अधिकारी, भीम रावल र विद्या भण्डारीले उम्मेदवारी दिएका छन् । त्यस्तै महासचिव, सचिव पदमा पनि समूहगत उम्मेदवारी परेको छ । पार्टीको आगामी कार्य समितिमा आउन करिब ३ सय ५० भन्दा बढीको उम्मेदवारी परेको छ ।

बाबुराम भट्टराईलाई उपप्रधानमन्त्री नारायणकाजीलाई उपनेता बनाउने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीले संसदीय दलको उपनेतामा नारायणकाजी श्रेष्ठलाई चयन गरेको छ भने अर्थमन्त्री बाबुराम भट्टराईलाई उप प्रधानमन्त्री बनाउने निर्णय गरेको छ ।शनिबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री कार्यालय, केन्द्रीय कार्यालय व्यवस्थापन गर्न समितिहरु बनाएको छ। सरकार परिचालन गर्नका लागि भट्टराईको नेतृत्वमा माओवादीका सबै मन्त्री सम्मिलित समिति पनि बनाएको छ। समितिमा टोपबहादुर रायमाझी, नेत्रविक्रम चन्द, वर्षमान पुन, लिलामणि पोख्रेल र शक्तिबहादुर बस्नेत छन्।केन्द्रीय कार्यालय व्यवस्थापनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, मोहन वैद्य, दिनानाथ शर्मा र कार्यालय सचिव नारायणप्रसाद दाहाल छन्।सचिवालय बैठकले मधेसको आन्तरिक अवस्थाका सम्बन्धमा प्रतिवेदन पेश गर्न लिलामणि पोख्रेलको संयोजकत्वमा पोष्टबहादुर बोगटी, वर्षमान पुन, रामरिजन यादव र थप एक जना राख्ने गरी समिति बनाएको छ। समितिलाई प्रतिवेदन बुझाउन तीन महिनाको समय दिइएको प्रवक्ता दिननाथ शर्माले जानकारी दिए। बैठकले प्रवक्ता शर्माको संयोजकमा १३ सदस्यीय प्रचार प्रसार विभागको गठन पनि गरेको छ। आगामी २८ चैतमा हुने उपचुनावको तयारी र उम्मेदवार चयनका लागि सत्तारुढ दलहरुसँग छलफल गर्ने निर्णय पनि माओवादीले गरेको छ। राष्ट्रपति भएपछि डा रामवरण यादवले छाडेको धनुषा ५ र दुई क्षेत्रबाट जित्‍ने संविधानसभा सदस्यहरुले एकएक ठाउँ छाडेपछि रिक्त रहेका ६ स्थानका लागि उपचुनाव हुन थालेको हो।काठमाडौं १० र रोल्पा २ बाट जितेका प्रधानमन्त्री पुष्पकमल दाहालले रोल्पा २ छाडेका छन्। यसैगरी राष्ट्रपति डा।रामवरण यादवले राजीनामा दिएपछि धनुषामा चुनाव हुनेछ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले डढेलधुरा र कन्चनपुरबाट जितेका थिए। उनले कन्चनपुर ४ छाडेका छन्। कानुन तथा संविधानसभामन्त्री देव गुरुङले मनाङ र कास्कीबाट जितेका थिए। उनले कास्की १ छाडेका छन्। यसैगरी परराष्ट्रमन्त्री एवं फोरम अध्यक्ष उपेन्द्र यादवले सुनसरी र मोरङ ५ बाट जितेका थिए। उनले मोरङ ५ छाडेका छन्। यसैगरी भौतिक योजनामन्त्री विजयकुमार गच्छेदारले सुनसरी ३ र मोरङ ७ बाट चुनिएका थिए। उनले मोरङ ७ छाडेका छन् । रिक्त ६ स्थानमा आगामी चैत २८ मा निर्वाचन हुने भएको छ ।

Feb 20, 2009

लिम्वुवान सांस्कृतिक अभियान भव्यताकोसाथ सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लिम्वुवान राष्ट्रिय मोर्चा र लिम्वुवान प्रान्तिय परिषदको संयुक्त आयोजनामा संचालित लिम्वुवान राज्य निर्माण अभियान अन्तर्गत फागुन १ गते ताप्लेजुङवाट शुरु गरिएको कार्यक्रम सुनसरीको धरानसम्म आईपुगेको छ । लिम्वुवान आवाज सम्वादाता धनवीर सांवाको ताप्लेजुङको रिपोर्ट अनुसार ताप्लेजुङमा विशाल जनसहभागिताको साथ कार्यक्रम भव्यताकोसाथ सम्पन्न भएको थियो । उक्त अवसरमा लिम्वुवान राष्ट्रिय मोर्चाको महासचिव अविचन्द्र र्इङनाम, प्रान्तिय परिषदको अध्यक्ष सिद्वी तुम्वाहाङफे, जनमुक्ति पार्टी के.क.स तिर्थ रार्इ, युवा मोर्चाको अध्यक्ष राजेन रार्इ आदिले लिम्वुवानको स्थापना अपरिहार्य वताएका थिए । चर्चित कलाकार यासेली योङयाङको उद्घोषण रहेको उक्त कार्यक्रममा लिम्वुवानी कलाकारहरु दिपक लिम्वु, कुशल थलङ, खगेन्द्र यक्सो, जसोदा सुव्वा, लीला र्राईको समुहले वेजोडकोसाथ सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रम सान्दर्भिक र समयसापेक्ष भएको सहभागीहरुले जनाएका थिए । फागुन ३ गते पानथरमा पनि उस्तै भव्यताकोसाथ कार्यक्रम सम्पन्न भएको थियो । यहा माथि उल्लेखित वक्ताहरुकोसाथै जनमुक्तिपार्टीको उपमहासचिव केशव सुर्यवंशीले पनि लिम्वुवानको स्वायत्त सुनिश्चिता हुनुपर्ने कुरामा जोड दिएका थिए । यो समुहले पूर्वनिर्धारित कार्यक्रम तालिका वमोजिम फागुन ४ र्इलाममा, फागुन ५ गते दमक झापामा, फागुन ६ गते पथरी मोरङमा र ७ गते धरानमा कार्यक्रम भव्यताको साथ सम्पन्न गरिसकेका छन् । यी सवै क्षेत्रमा सहभागिता उल्लेख्य रुपमा रहेको कुरा लिम्वुवान आवाज प्रतिनिधीहरु क्रमश झापाका प्रतिनीधी पूर्ण व.र्इङनाम तथा धरानका सावित्रा र्इङनामहरुले जनाएका छन् । अव यो समुहको कार्यक्रम संखुवासभा, तेरथुम र धनकुटा रहेको छ ।

बाहिरी चक्रपथ निर्माणका लागि सरकारले प्रारम्भिक कार्य शुरू

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लामो समयदेखि चर्चामा रहेको बाहिरी चक्रपथ निर्माणका लागि सरकारले प्रारम्भिक कार्य शुरू गरेको छ।यसअर्न्तर्गत राजधानीको सतुंगलदेखि चोभारसम्मको ५ किमी सडकको स्थलगत तथा वातावरणीय प्रभाव अध्ययन र जग्गा अध्रि्रहण कार्यका लागि उपभोक्ता समिति गठन कार्य शुरू भएको बाहिरी चक्रपथ विकास आयोजनाका प्रमुख सुरेशप्रसाद आचार्यले बताउनुभयो।काठमाडौंबाट बाराको निजगढ जोड्ने ७७ किमीको फास्ट ट्रयाक सडकखण्ड चोभारबाट निर्माण शुरू हुने भएकाले पहिलो चरणको निर्माण कार्य यस क्षेत्रबाट शुरू गरिएको हो। निर्माण कार्य आगामी जेठदेखि शुरू गर्नका लागि सम्पूर्ण तयारी भइरहेको आयोजनाले जनाएको छ। पाँच चरणमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको बाहिरी चक्रपथको पहिलो चरणको सतुंगल-चोभार सडकखण्ड आउँदो तीन वर्षभत्र निर्माण सम्पन्न हुनेछ। यो वर्षपहिलो चरणको सतुंगल-चोभार खण्डको प्रारम्भिक कार्य सकिएपछि दोस्रो चरणमा खोकनादेखि हरिसिद्धि सडकखण्डको विस्तृत अध्ययन शुरू गरिने जनाइएको छ।एक दशकअगाडि नेपिकोन संस्थाबाट सम्भाव्यता अध्ययन भएको बाहिरी चक्रपथ निर्माणका लागि सरकारले आव २०६१/०६२ मा १६ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो। ७२ किमी लम्बाइ र १५ मिटर चौडाइको बाहिरी चक्रपथ निर्माण कार्य आव २०६१/०६२ देखि शुरू गर्ने भनिए पनि अहिले मात्र प्रारम्भिक कार्य शुरू भएको हो। यस चक्रपथ निर्माणका लागि सरकारले चालू आवमा ३ करोड ७० लाख रुपियाँ बजेट विनियोजन गरेको छ।आउँदो १० वर्षभत्र ७२ किमीको बाहिरी चक्रपथ निर्माण सम्पन्न गरिसक्ने उद्देश्यअनुसार आयोजनाले निजीक्षेत्रसँग साझेदारी गरी प्रारम्भिक कार्य गरिरहेको बाहिरी चक्रपथ विकास आयोजना प्रमुख आचार्यले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। आयोजनाले जग्गा अध्रि्रहण तथा विकासका लागि उपभोक्ता समूह गठनसँगै परामर्शदातासमेत नियुक्त गरिसकेको छर्।इआईएमसी र फुलब्राइट कम्पनीलाई संयुक्त रूपमा जग्गा विकासका लागि नियुक्त गरिएको हो। यसैगरी दोस्रो चरणको खोकनादेखि हरिसिद्धिसम्मको प्रारम्भिक अध्ययन तथा जग्गा अध्रि्रहणका लागि पनि परामर्शदाता नियुक्तिको काम भइसकेको छ।

हिमाली आदिबासीहरुको राष्ट्रिय भेला राजधानीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हिमाली लोकतान्त्रिक गणतान्त्रिक नागरिक मन्चद्वारा आयोजित हिमाली आदिबासीहरुको दुइ दिवसिय राष्ट्रिय भेला हिजो बिहिबारदेखि राजधानीमा शुरु भई आज समापन हुंदैछ । राष्ट्रिय सभागृहमा शुरु भएको राष्ट्रिय भेलाको प्रमुख अतिथि संघिय लोकतान्त्रिक गणताणत्रिक नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा हुनुहुन्थ्यो भने अठारवटा हिमाली जिल्लाको प्रतिनिधिहरुको आतिथ्य रहेको थियो । खचाखच भरिएको राष्ट्रिय सभागृहमा पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्मका हिमाली भेगमा रहेका हिमाली आदिबासीहरुको आत्मनिर्णयको अधिकार सहितको संघिय राज्य अब बन्ने नयाँ संबिधानमा कोर्नुपर्ने धारणा बक्ताहरुले ब्यक्त गरेका थिए भने शान्तिका अग्रदूत भगवान बुद्धको मुर्ति अगाडि रहेको द्विप प्रज्वलनपश्चात शुरु भएको सो कार्यक्रमका प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै उपराष्ट्रपति परमानन्द झाले जातीय आधारमा संघियराज्य हुनुपर्ने र त्यसको लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताउनुभयो । हिजो फ़ाल्गुण ८ गते देखि शुरु भएको सो भेला आज फाल्गुण ९ गते बन्दसत्रसहित नयाँ नेतृत्वको चयन गर्दै सम्पन्न हुँदै छ भने नेपालका महान राष्ट्रियपर्व लोसार सामूहिकरुपमा बिगतको बर्षमा झै यो बर्ष पनि सैनिक मन्चमा सोही मन्चद्वारा भब्यरुपमा सम्पन्न हुँदैछ । सयौ हिमाली युथ फोर्सहरुले यस अघि राजधानीमा मार्च पास समेत गरेका थिए भने राष्ट्रिय भेलामा कडा सुरक्षाको ब्यवस्था गरिएको थियो ।

झापामा पुनः बर्डफ्लुको जीवाणु भेटीयो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले नेपालमा बर्डफ्लु पूर्ण रूपमा नियन्त्रणमा आएको बताइरहेका बेला झापामा पुनः बर्डफ्लुको जीवाणु भेटीएको छ । झापाको शरणामतीमा बर्डफ्लुको जीवाणु भेटीएको कृषी मन्त्रालयका प्रवक्ता हरी दाहालले जानकारी दिनुभयो । उक्त गाविसको वडा नं २ का हजीबुल रहमानले पालेका स्थानीय जातका कुखुरामा सो रोगको जीवाणु भेटीएको हो । रोगबाट करिब एक सय ५० कुखुरा मरेपछि लण्डनमा गरिएको परीक्षणमा बर्डफ्लुको जीवाणु भेटीएको दाहालले जानकारी दिनुभयो । जीवाणु भेटीए लगत्तै सरकारले भारतसँग सीमा जोडिएको सम्पूर्ण क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

निर्वाचनबाटै एमालेको भावी नेतृत्व चयन हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
निर्वाचनबाटै एमालेको भावी नेतृत्व चयन हुने सम्भावना बढेपछि अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने तयारीमा जुटेका झलनाथ खनाल र केपी ओली आ-आफ्नो प्यानल निर्माणमा लागेका छन्। बुटवलमा जारी नेकपा एमालेको आठौं महाधिवेशन स्थलमा भावी नेतृत्व चयनका लागि चुनावी माहोल देखिन थालेको छ । नेतृत्व चयन निर्वाचनबाटै गर्ने औपचारिक टुंगो नलागिसकेको भएपनि सहमतिको सम्भावना न्यून बन्दै गएपछि अध्यक्षका सम्भावित उम्मेदवार झलनाथ खनाल र केपी शर्मा ओली पक्षधरहरुले कार्यकर्ता भेटघाट तीब्र पारेका छन् ।सहमतिबाट नेतृत्व चयन गर्न गरिएको प्रयास निष्कर्शमा नपुगेपछि अध्यक्षका एकजना दाबेदार पूर्व महासचिव माधवकुमार नेपालले चुनावी प्रतिस्पर्धामा नउत्रने मनस्थिति बनाएपछि खनाल र ओलीबीच अध्यक्षमा प्रतिस्पर्धा हुने स्थिति देखिएको हो । निर्वाचन हुने भएपछि ओलीलाई नेपालले सघाउने भएको बताइन्छ ।चुनावी प्रतिस्पर्धाका लागि खनाल पक्षले आफ्नो प्यानल निर्माण गरिसकेको छ । जस अनुसार अध्यक्षमा खनाल, उपाध्यक्षमा वामदेव गौतम, महासचिवमा अमृत बोहरा र सचिबमा सुरेन्द्र पाण्डेको नाम तय भएको छ । ओली पक्षधरले भने प्यानल बनाइ नसकेको भएपनि ९ फागुन साँझसम्म सम्भावित प्यानलको खाका तयार हुने एक नेताले बताए ।यद्यपि ओलीले अझै सहमतिको सम्भावना जीवितै रहेको प्रतिक्रिया दिएका छन् । "सहमतिको प्रयास अघि बढेको छ, आज साँझ पनि हामी छलफल गर्र्छौं" उनले महाधिवेशनस्थलमा संवाददाताहरुसित भने। उनले लामो समय पार्टी सञ्चालनको अनुभव सगाँलेका पूर्व महासचिव नेपालको अभिभाकत्व हुनुपर्नेमा पनि जोड दिए तर त्यो अभिभावकत्व कस्तो हो भन्ने चाहिँ खुलाउन चाहेनन् । महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन र विधान संशोधनमाथिको समूहगत छलफलको निष्कर्श प्रस्तुत गर्ने काम भर्खरै सकिएको छ । केही नेताहरुले बोलेपछि निवर्तमान महासचिब खनालले छलफलमा उठेका प्रश्नको जवाफ दिने र त्यसपछि संशोधनसहित प्रतिवेदन र विधान पारित हुने कार्यक्रम छ । विधान पारित भएपछि निर्वाचन प्रक्रिया शुरु हुनेछ ।

एलेन रोबर्टले हङकङको गगनचुम्बी महल चढे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हङकङ/ चिप्ला र पूरै ठाडा भित्ता चढ्ने फ्रान्सका 'स्पाइडर म्यान' भनी चर्चित एलेन रोबर्टले हङकङको गगनचुम्बी महल चढेर विश्व तापमान वृद्धितिर दुनियाँको ध्यान आकषिर्त गर्ने प्रयास गरेका छन् । प्रहरीले रोबर्टलाई ६२ तले च्युङ कोङ सेन्टरको टुप्पामा गिरफ्तार गर्‍यो । तर, पछि कुनै मुद्दा नलगाई मुक्त गर्‍यो । आफू चढेपछि उनले एक ब्यानर फहराएर विश्व तापमान वृद्धिबाट धर्तीलाई जोगाउन बाँकी महिनाको गणना गरिरहेको दाबी गर्ने एक वेबसाइटको नाम लिए । रोबर्ट कुनै पनि सुरक्षा उपकरणको प्रयोग नगरीकनै विश्वका अग्लाअग्ला भवनहरूका भित्ता चढ्छन् । दस महिनाअघि दोस्रोपटक हङकङमा चढाइ गर्दा सञ्चारमाध्यमसँग कुरा गर्दै उनले आफूले पृथ्वीको तापमान वृद्धिलाई विश्वकै महत्त्वपूर्ण मुद्दा ठानेको बताएका थिए । यसअघिका चढाइलाई उनले घरबारविहीनता तथा एचआइभी एड्स रोकथामका खातिर उपयोग गरेका थिए । च्युङ कोङ सेन्टर हङकङका सबैभन्दा धनी व्यक्ति लि का-सिङको भवन हो र यो भवन दुई सय ८३ मिटर अर्थात् नौ सय २८ फिट अग्लो छ । रोबर्टलाई यो भवन चढ्न ४० मिनेट मात्र लाग्यो । उनले पहिलोपटक २००५ मा चढेका थिए ।

नीलो आँखावाली अभिनेत्री ऐश्वर्या राय अगाडि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बलिउडमा खानकै वर्चश्व छ भन्नेहरू धेरै छन्, तर हलिउडका फिल्मकर्मीको आँखामा खानभन्दा नीलो आँखावाली अभिनेत्री ऐश्वर्या राय अगाडि छिन् ।अमेरिकी पब्लिकेसन 'फोब्स'ले विश्वका कलाकारको 'मोस्ट भ्यालुएसन लिस्ट' सार्वजनिक गरेको छ । यसमा विश्वभरका एक हजार चार सय ११ कलाकार परेका छन् । यो सूचीमा परेकामध्ये ६ जना भारतीय कलाकार छन् भने ऐश्वर्या अरूभन्दा अगाडि छिन् । सूचीमा ऐश्वर्या ३८७औं स्थानमा परेकी छिन्, त्यस्तै अमिर खान ५४०, शाहरूख खान ७३५, सलमान ७५३, इरफान ८२५ र ऋतिक रोसन १०५९औं स्थानमा परेका छन् ।यो सूचीमा १ नम्बरमा परेका छन् हलिउड अभिनेता बिल स्मिथ । फोब्सले उल्लेख गरेअनुसार ग्लोबल इन्टरटेनमेन्ट इन्डस्ट्रीका सदस्यका बीचमा सर्वेक्षण गरेर तयार पारिएको हो यो सूची । त्यस्तै दोस्रो स्थानमा जोनी डेप, ब्रान्ड पिट, लियोनार्डा डिक्यापि्रयो र एन्जेलिना जोली गरी चारजना कलाकार परेका छन् । टप टेनमा परेका अन्य कलाकारहरूमा टम ह्याक्स, जर्ज कुलुनी, डेन्जल वासिंटन, मेट डेमन र ज्याक निकोल्सन रहेका छन् ।

Feb 19, 2009

पूर्वी क्षेत्रका पाँच सय ५७ सीमास्तम्भ भारतीय पक्षले गायब

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारी बेवास्ताका कारण पूर्वी क्षेत्रका पाँच सय ५७ सीमास्तम्भ भारतीय पक्षले गायब बनाएको पाइएको छ । सुगौली सन्धिपछि बनाइएका सीमास्तम्भहरू गायब भएका हुन् । पूर्वको झापा, इलाम, मोरङ, सुनसरी र सप्तरीका पाँच सय ५७ वटा सीमास्तम्भ गायब भएका हुन् । सीमा सुरक्षाका लागि खटिएको सशस्त्र सीमा सुरक्षाबलले गणना गरेको संख्या र सरकारसँग रहेको तथ्यांकका आधारमा सीमा स्तम्भ गायब भएको तथ्य थाहा भएको हो । नापी विभागको तथ्यांकअनुसार पूर्वमा एक हजार ६ सय ६५ वटा सीमास्तम्भ छन् । तर, सशस्त्र प्रहरीबल पूर्वी मुख्यालय वराहवाहिनी अन्तर्गत खटाइएका सीमा सुरक्षाबलको अवलोकनमा भने कमी रहेको पाइएको छ । प्रत्यक्ष अवलोकनसहित गरेको गणनामा एक हजार एक सय आठवटा मात्र सीमास्तम्भ फेला परेको डिआइजी कृष्णकुमार तामाङले बताए । उनका अनुसार बाँकी सीमास्तम्भको नाम-निसाना नै छैन । भारतीय सीमा सुरक्षाबल (एसएसबी) सीमा मिचेर नेपाली भूभागमा बस्ने तथा भारतीय नागरिकले सीमाक्षेत्रमा अतिक्रमण गर्ने क्रममा ती स्तम्भ गायब बनाइएको स्थानीय बासिन्दाले प्रहरीलाई जानकारी गराएका छन् ।सशस्त्र प्रहरी सीमा सुरक्षाबलका अनुसार झापामा नौ सय ८८ वटा सीमास्तम्भ स्थापना गनुपर्नेमा सात सय २८ वटा मात्र स्थापना गरिएका छन् । स्थापना गरिएका मध्ये दुई सय ५६ वटा मात्र भेटिएका छन् । झापाको सीमाक्षेत्रबाट मात्र चार सय ७५ सीमास्तम्भ गायब भएका छन् । मोरङमा पनि तीनवटा सीमास्तम्भ गायब भएका छन् । मोरङका ८४ सीमामध्ये ८३ वटा मात्र भेटिएका छन् । सुनसरीका दुई सय ५३ सीमास्तम्भमध्ये दुई सय ४५ वटा मात्र भेटिएका छन् । सुनसरीका विभिन्न ठाउँबाट आठवटा सीमास्तम्भ गायब भएको प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले बताए । यसैगरी सप्तरीका दुई सय ७४ वटा सीमामध्ये सीमा सुरक्षाबलको अनुगमनमा एक सय ७६ वटा मात्र फेला परेका छन् । सीमा गायब भएका क्षेत्रमा भारतीय अतिक्रमण बढेको पाइएको प्रहरीले जनाएको छ । पूर्वका पाँचवटा जिल्लामा दुई हजार चार सय ४१ वटा सीमास्तम्भ स्थापित गर्नुपर्नेमा एक हजार ६ सय ५५ वटा मात्र स्थापना गरिएको नापी विभागले जनाएको छ । प्राकृतिक प्रकोपका कारण केही हराए पनि भारतीय अतिक्रमणका कारण बढी सीमास्तम्भ हराएको सीमा अनुसन्धानकर्ताहरू बताउँछन् । सीमा जागरण नेपालका अध्यक्ष जीवच्छ साहका अनुसार भारतीय पक्षबाट अतिक्रमण एकाएक बढ्दा स्तम्भहरू हराउने गरेका छन् । सीमाका बारेमा स्थानीय स्तरमा नेपाल तथा भारतका सुरक्षा अधिकारीबीच बारम्बार छलफल हुने गरेको छ । छलफलमा सीमाबारे अधिकारीहरू संवेदनशील रहेकोसमेत बताउने गरेका छन् । तर, व्यवहारमा नेपाल तथा भारतका अधिकारीले ध्यान नदिएको सीमाक्षेत्रका अगुवा मुरारी सुवेदीले बताए । उनका अनुसार सुनसरीको करिब दुई सय मिटर नेपाली भूमि भारतभित्र परिसकेको छ । अतिक्रमणको चपेटामा सुनसरीको श्रीपुर गाविसका पूर्वअध्यक्षको घरसमेत रहेको छ ।सशस्त्र प्रहरी पूर्वी मुख्यालय वराह वाहिनीका प्रहरी नायब महानिरीक्षक कृष्णकुमार तामाङले सीमा सुरक्षाबलले गरेको मूल्यांकन र तयार गरेको तथ्यांक गृह मन्त्रालय पठाउने गरिएको बताए । भारतीय सुरक्षा अधिकारीहरूसँगको छलफलमा सीमास्तम्भ गायब भएको विषय उठाएको र समस्या समाधानका लागि दुवै पक्षले वचनबद्धता प्रकट गरेको बताए । तर, यो समस्या केन्द्रस्तरबाट नै समाधान गरिनु उपयुक्त हुने उनको भनाइ छ ।

एमालेमा ६ वटा संशोधन प्रस्ताव प्रस्तुत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एमालेमा निवर्तमान महासचिव झलनाथ खनालको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि ६ वटा संशोधन प्रस्ताव प्रस्तुत भएका छन् । आठौं महाधिवेशन बन्द सत्रको दोस्रो दिन बुधबार खनालले राजनीतिक प्रतिवेदन र निवर्तमान संगठन विभाग प्रमुख अमृतकुमार बोहराले विधान संशोधन प्रस्ताव हलसमक्ष प्रस्तुत गरेपछि संशोधन प्रस्तावहरू प्रस्तुत भएका हुन् । विघटित केन्द्रीय कमिटीका सदस्य शंकर पोखरेल, गुरु बराल, सल्लाहकार मोहनचन्द्र अधिकारी, अनुशासन निरीक्षण कमिटीका अध्यक्ष बेदुराम भुसाल, युवानेता घनश्याम भुसाल र पुष्प कँडेलले दुवै प्रतिवेदनमाथि छुट्टाछुट्टै संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए । बन्द सत्रमा प्रस्तुत सबै प्रस्तावमाथि छलफल गर्न बुधबार नै २० वटा समूह बनाइएको छ । सबै समूहमा प्रस्तावहरूमाथि छलफल गरी धारणा प्रस्तुत गर्न टोली नेतासमेत छानिएका छन् । शंकर पोखरेललगायत नेताहरूले पार्टीको लोकतान्त्रीकरणका १५ बुँदे प्रस्ताव र युवानेता घनश्याम भुसालले जबजलाई सिद्धान्तका रूपमा विकास गर्ने प्रस्ताव महाधिवेशनमा छलफलका लागि यसअघि नै दर्ता गराएका थिए । पोखरेलको प्रस्तावमा पार्टी केन्द्रीय कमिटीसहित पदाधिकारीको निर्वाचन प्रत्यक्ष रूपमा हलबाटै हुनुपर्ने उल्लेख छ भने भुसालको प्रस्तावमा निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट पदाधिकारीको उम्मेदवार बन्ने र तिनीहरूको निर्वाचन प्रत्यक्ष रूपमा हलले नै गर्ने प्रावधान छ । संगठन विभागले तयार गरेको विधान संशोधन प्रस्तावमा भने केन्द्रीय सदस्यहरूको निर्वाचन प्रत्यक्ष रूपमा गर्ने र पदाधिकारको चयन केन्द्रीय कमिटीले गर्ने उल्लेख छ । विघटित अनुशासन निरीक्षण कमिटीका अध्यक्ष बेदुराम भुसालले प्रस्तुत गरेको प्रस्तावमा केन्द्रीय अनुशासन आयोगलाई अनुशासनसम्बन्धी मामिलामा आफैं कारबाही गर्ने अधिकार हुनुपर्ने उल्लेख छ । यसअघि एमालेको अनुशासन निरीक्षण कमिटीलाई अनुशासन उल्लंघनको छानबिन र कारबाही सिफारिसको मात्र अधिकार थियो । विघटित कमिटीका सल्लाहकार मोहनचन्द्र अधिकारीले भने खनालको दस्तावेजमा असहमति राख्दै पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओ विचारधारा हुनुपर्ने धारणा राखेका छन् । १६ वर्षअघि सम्पन्न पाँचौँ महाधिवेशनमा पनि उनले यस्तै प्रस्ताव राखेका थिए । झापाका युवानेता पुष्प कँडेलको प्रस्तावमा भने संघीयताको सिद्धान्तमा पुनर्विचार गर्नुपर्ने उल्लेख छ । सबै प्रतिवेदनमाथि गरिएका छलफलबाट निकालिएका निष्कर्षलाई बिहीबार टोली नेताहरूले हलमा प्रस्तुत गर्नेछन् । राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित भएपछि पारित विधानले निर्धारण गरेको प्रक्रियाअनुसार केन्द्रीय कमिटी सदस्य र अन्य पदाधिकारीको निर्वाचन हुनेछ ।

Feb 17, 2009

वाईसीएलबीच मंगलबार झडप हुँदा प्रहरी घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कैलालीको लम्कीमा विद्यार्थी र वाईसीएलबीच मंगलबार झडप हुँदा ४ विद्यार्थी, एक वाईसीएल, एक जना शिक्षक र ५ जना प्रहरी घाइते भएका छन् । घाइते हुनेमा विद्यार्थीहरु दानसिंह कार्की, रंगा कुमारी भट्टराई, इन्द्र कुँवर र लोकराज देवकोटा छन् भने शिक्षक अमर रावल पनि घाइते भएका छन् । प्रहरीतर्फ पनि ५ जना घाइते भएको प्रहीले जनाएको छ भने वाईसीएलका नगी बडुवाल घाइते भएको स्थानीय धनराज विकले जनाए । घाइतेलाई उपचारका लागि नेपालगंज लगिएको छ । विद्यार्थीले लम्कीमा रहेको ट्राफिक प्रहरी कार्यालयमा आगो लगाइदिएका छन् । लम्की बजार मंगलबार दिनभरी बन्द रह्यो । लिया माओवादी इन्चार्ज रंगनाथ ढकाल तथा माओवादी सेती महाकाली स्वायत्त राज्य परिषदका सदस्य कुम्भराज बडुवालको निर्देशनमा स्थानीय एक प्रधानाध्यापकलाई कालोमोसो लगाइएको थियो । त्यसको विरोधमा विद्यार्थीले मंगलबार विहानैदेखि नाराबाजी गरेका थिए । तनाव बढदै गएपछि विहान प्रहरी र विद्यार्थी तथा दिउसो वाईसीएल र विद्यार्थीबिच झडप भएको हो । प्रहरीले नियन्त्रणका लागि चार राउण्ड हवाइ फायर गरेको जनाइएको छ । विद्यालयमा राहत दरबन्दीको शिक्षिका र लेखापाल नियुक्तिको विषयमा अनियमितता गरेको भन्दै प्र.अ पूर्णबहादुर बडुवालको राजीनामा मागेका थिए । राजीनामा नदिएपछि कार्यालयबाट बाहिर निकाली कालोमोसो दलेको विद्यार्थीले बताएका छन् । आक्रोशित विद्यार्थीहरुले सोमबार दिउसो रंगनाथ ढकालको घरमा समेत घेराउ गरेका थिए । उनीहरुले प्र.अ. माथि अभद्र व्यवहार गर्नेलाई कार्वाही गर्न माग गरेका छन् । विद्यार्थीले घर घेराउ गरे पछि प्रहरीले ढकाललाई सोमबार टीकापुर लगेको थियो भने मंगलबार धनगढी लगेको छ । जनसेवा माविका विद्यालयका प्रधानाध्यापकमाथि अभद्र व्यवहार गरेको विरोधमा विद्यार्थीहरुले पूर्वपश्चिम राजमार्गको लम्की खण्डमा सोमबार पनि साढे चार घण्टा चक्काजाम गरेका थिए ।

ऋषि धमलालाई थप पाँच दिन प्रहरी हिरासतमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रहरी हिरासतमा रहेका पत्रकार ऋषि धमलालाई थप पाँच दिन प्रहरी हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । यसअघि दिइएको दुई साताको समय अनुसन्धानका लागि अपुग रहेको भन्दै प्रहरीले थप समय माग गरेको हो । भूमिगत संगठन रणवीर सेनासंगको मिलोमतोमा फिरौति असुली गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले रिपोटर्स क्लवका अध्यक्ष धमलालाई दुई साता अघि नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएको छ । म्याद थपका लागि काठमाडौं जिल्ला प्रशासन ल्याइएका धमलाले आफू निर्दोष रहेको र राज्यले फसाएको दावी गरे ।

प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अन्ठाउन्नौँ राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।यस उपलक्ष्यमा बुधबार सूर्योदयका साथ नेपाली सेनाद्वारा भीमसेनस्तम्भ धरहराबाट बिगुल बजाइनाका साथै तोप र बन्दुकबाट बढाइँ गरिनेछ ।प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात सहिदको आत्माको चिरशान्तिका लागि पूजापाठ तथा प्रार्थना पनि गरिनेछ ।विक्रमसंवत् २००७ फागुन ७ गते जहानियाँ राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएकाले सोही दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।

नेपाली सेनाले गरेको सैन्य भर्ना बदर गर्न माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अन्तरिम संविधान तथा विस्तृत शान्ति सम्झौताविपरीत नेपाली सेनाले गरेको सैन्य भर्ना बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।इन्हुरेड इन्टरनेशनलका तर्फबाट अधिवक्ताहरू श्रीकृष्ण सुवेदी, रामकृष्ण काफ्ले र टङ्कराज अर्यालले संयुक्त रूपमा मङ्गलबार यस्तो रिट निवेदन दायर गर्नुभएको हो ।अन्तरिम संविधानको अभिन्न अङ्ग बनेको विस्तृत शान्तिसम्झौता तथा हतियार र सेनाको व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौताविपरीत नेपाली सेनाले सैन्य भर्ना लिएको हुँदा नेपाली सेनाको भर्नासम्बन्धी कार्य बदर गर्न रिटमा माग गरिएको छ ।