News

Mar 31, 2013

हङकङमा किरात धर्मद्घारा मानव सुख, शान्ति र समृद्घिका सेवा सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं /आम्भु जेठा, 
हङकङ, २५ मार्च, विश्व शान्ति मानव एकता, चराचर प्राणी जगत, मानवको सुख,
शान्ति र समृद्घिको लागी किरात धार्मिक मुन्धुम अनुसार वार्षिक सेवा आइतवार मंकिहिलमा सम्पन्न भयो । ङा–लाधुङसेमी सेवा (मानव सुख, शान्ति र समृद्घिको कामना पुजा), साकमुरा वादेम्वा सेवा (गाली सराप वगाउने पुजा) तथा सावायेहाङ खिवेक्वा यक्वा सेवा (उभौली पुजा) धार्मिक मुन्धुम अनुसार किरात धर्म तथा साहित्य उत्थान संघ हङकङको आयोजनामा सम्पन्न भयो । किरात समुदायमा अनादीकालदेखि नै आ–आफ्नै मौलिक धर्म, संस्कार, संस्कृति र पर्वहरु किरात सन्ततीहरुले मनाउदै आएको कुरा किरात धर्म तथा साहित्य उत्थान संघ हङकङका अध्यक्ष मोहनमान नेम्बाङले वताए । किरात सताब्दिको विभिन्न कालखण्डमा किरात युगपुरुषहरु येहाङ, सोधुङगेन लेप्मुहाङ, मावोहाङ र शिरीजङगाहाङको जन्मअवतार भई स्थापित किरात मुन्धुम अनुसार गरिदैआएको आफ्नो मौलिक धर्म, मौलिक संस्कार र संस्कृतीहरुमा विचलन हुदै आएको किरात धर्म गुरुहरुको मत रहेको पाइन्छ । विचलन हुदै आएको किरात मौलिक धर्म, संस्कार, संस्कृती र पर्वहरुलाई महागुरु फाल्गुनन्द लिङदेनको जन्मावतार भई नयाँ ढंङ्गले पुनरउत्थान गरेको किरात धर्म गुरुहरुको एकै मत पाइन्छ । महागुरु फाल्गुनन्द लिङदेनले धर्मलाइ स्थापित गरि सत्य र अहिंसाको मार्गमा किरात सन्ततीलाई अर्थात किरात समाजलाई डो¥याएको अध्यक्ष नेम्वाङले कार्यक्रममा वताए । सेवामा अर्थात पुजामा उपस्थित भक्तजनहरुलाई स्वागत गर्दै संघका सचिव इन्द्र लक्समले त्यहा भइरहेको अवस्था र किरात धर्मको सेवा वारे स्पष्ट पारे भने भक्तजनहरु द्घारा ल्याएको भेटी लगायत अन्य सामग्रीहरु पारदर्शी पारे । उनले गाली सराप वगाइ सकेपछि सुख, शान्ति र समृद्घिको कामना तथा आर्शीवाद माग्नको लागि छुट्टै सेवा गर्नु पर्ने भन्दै ङा–लाधुङसेमि सेवाको विषयमा भक्तजनहरुलाई प्रष्ट पारे । किरात मुन्धुम (धर्म दर्शन) अनुसार गरिने सेवामा साकमुरा वादेम्वा सेवा, ङा–लाधुङसेमी सेवा, तथा सावायेहाङ खिवेक्वा यक्वा सेवा छुट्टा–छुट्टै भएको थियो । साङदाङगेन वारुम्मा सावा (दिक्षित गुरु अर्थात मुख्य सेवाको लागि अधिकार प्राप्त) सेवासावाहरु (किरात धर्मका पुजारी – गुरु पनि भन्ने गरिन्छ) द्घारा उक्त सेवा (कर्मकाण्ड, पुजा) गरिएको थियो । मुख्य सेवासावामा साङदाङगेन वारुम्वा सावा तुलकहङ तुम्सा र साङदाङगेन वारुम्मा सामा शान्ति आङवोहाङ एभेङ थिए भने सेवासावाहरु उत्र बहादुर राइ, कसित कुमार राइ, सान्ती आङवोहाङ, हेम येङदेन, लाजेसा लिम्बु रहेका थिए । पुजाको अन्त्य संगसगैं किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रिय सदस्य तथा हङकङका उपाध्यक्ष खगेन्द्र गुरुङले औपचिरक कार्यक्रमलाई स्वागत गरेका थिए । संघको अध्यक्ष मोहनमान नेम्बाङको अध्यक्षतामा भएको कार्यक्रम सचिव इन्द्र लक्समले संचालन गरेका थिए । साङदाङगेन वारुम्मा सावा तुलकहङ तुम्सा प्रमुख अतिथि रहेको कार्यक्रममा सनराइज साप्ताहिकका प्रधान सम्पादक तथा आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष भुपेन्द्र चेम्जोङ, आदिवासी जनजाति संघर्ष समिति संयोजक भक्त दुरा, आदिवासी जनजाति महासघ हङकङका अध्यक्ष एम वी थापा मगर, किरात याक्थुङ चुम्लुङका अध्यक्ष त्रिभुवन लुङफङवा, सुनुवार समाजका अध्यक्ष नरेश शुनुवार, हेवेन्लि पाथका चेस एसोसिएसन हङकङका अध्यक्ष मोति चाम्लिङ लगायत विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु ऋतिथि रहेका थिए । प्रतिनिधि तथा भक्तजनहरुलाइ स्वागतद्घारमा निसाहाङमा नेम्वाङ, पृती एभेङ लगायत अन्य नालि फेङवा सदस्यहरुले स्वागत गरेका थिए । उनिहरु मेख्लि र परमपरागत गहनामा सजिएका थिए । कार्यक्रममा सेवासावा तथा भक्तजनहरुले परंपारगत किरात पहिरन तागावा र मेख्ली लगाएका थिए । किरात धर्म अनुसार पुजामा सवैले फुल अक्षता र सतबीउ–पलबीउ चढाएर सेवा गरेका थिए । बीबीक्यू स्थानमा गरिएको सेवामा मासु पोल्ने चुल्हामा फुल तथा फल–फुल राखिएको थियो भने अन्य चुल्हाहरु खालि देखीएको थियो । हङकङमा किरात धर्म तथा सहित्य उत्थान संघ हङकङको आयोजनामा सन २००४ देखि यस्तो सेवा हरेक वर्ष गरिदै आएको छ । किरातीहरुमा वर्षमा एक पल्ट गाउँघर तिर पनि समुदाय मिलेर यस्तो सेवा गर्ने चलन रहि आएको छ ।

हङकङमा दिल वहादुर लिम्बु हत्या प्रकरण के हुदैछ ?

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं /रविन लिङदेन “आम्भु जेठा”, 
हङकङ, मार्च १८,हङकङ प्रहरी जवान द्घारा गोलि हानि हत्या भएको स्व. दिल वहादुर लिम्बुको पाचौं स्मरण सभा आइतवार मध्यान्न सम्पन्न भएको छ । सभामा लिम्बुको श्रीमती, छोरी, लुम्फुङवा परिवार, आफन्तहरु लगायत हङकङका स्थानिय नेपाली संचारकर्मीहरु समेतले विधिगत रुपले प्रथना गर्दै एक मिनट
मौनधारणा गरेका थिए । स्मरण सभामा लुङफङवा समाजका अध्यक्षको तर्फबाट किरात याक्थुङ चुम्लुङका अध्यक्ष त्रिभुवन लुङफङवाले परिवारका आफन्तहरु र हङकङका स्थानिय नेपाली संचारकर्मीहरुलाई स्व. लिम्बुको मुद्घाको वारेमा जानकारी गराए । अध्यक्ष लुङफङवाले घटना भएयता मृतक लिम्बुको परिवार र मुद्घाको विषयमा सहयोग पु¥याउदै आएका छन् । सन १७ मार्च २००९ मा हङकङ प्रहरी जवान द्घारा लिम्बुलाइ गोलि हानि हत्या भए यता यहाँको अदालतमा चरणवद्घ मुद्घा चलिरहेको छ । यतिवेला क्षतिपूर्ती (कम्पन्सेसन) मागदावी मुद्घा अदालतमा चलिरहेको छ । क्षतिपूर्तीको मागदावीका लागि लिगल ऐड प्राप्त भइ सकेको छ । क्षतिपूर्तीको लागि लिगल ऐड मार्फत अगाडि वढेको मुद्घा हङकङमा प्रायजसो नहार्ने कानुनविदहरु वताउछन् । लिम्बुको श्रीमती र छोरीलाई एक सोसियल एजेन्सि मार्फत काउलुन डिष्ट्रिक ताइकक्चुइमा दुईवटा कोठा भाडामा उपलब्ध गराएको छ । आठ वर्षिय छोरी तान्छोमा मेफु स्थित डेलिया स्कुलमा पी. थ्रीमा अध्ययन गरिरहेकी छिन् । उनिहरुलाई अन्य खर्चको लागि हरेक महिना प्रति ब्यक्ति पाँच हजार हङकङ डलर सोसियललेनै उपलब्ध गराउदै आएको छ भने छोरीको पढाई खर्च, स्वास्थ सम्बन्धि खर्चहरु उसैले ब्यवस्था गरिदिएको छ । निर्दोस लिम्बुको हत्या सम्बन्धी दायर भएको फौजदारी मुद्घामा सर्वोच्च अदालतको कोरोनर्स कोर्ट (मृत्यु सम्वन्धि, तल्लो निकाय) मा ७६ दिनको लामो सुनुवाइ पछि मृतक दिल बहादुर लिम्बुको हत्या कानुन सम्मत भएको पैmसला सुनायो । कोरोनर्स कोर्टको फैसेलाको विपक्षमा पुनरावेदन अदालतमा दायर रिट दायरा गरेको मुद्घामा सन १२ जनवरी २०११ मा पनि पहिले भएकै फैसेला ग¥यो । पुनरावेदन अदालतमाको फैसेला सम्म लिगल ऐडले सहयोग गरेको थियो । त्यसपछि, मुद्घा अगाडि वढाउनको लागि लिगल ऐड प्राप्त भएन । मुद्घा अगाडी वढेन । “प्रयाप्त पैसा भएमा स्व. लिम्बुको फौजदारी मुद्घा सम्बन्धि हाई कोर्डमा “कोर्ड अफ एपिल र कोर्ड अफ फाइनल” गरि दुई तहमा रिट दायरा सकिने” स्व. दिल वहादुर लिम्बु संघर्ष समितिका संयोजक रहेका नेपाली महासंघका पुर्व अध्यक्ष हेम लिम्बु वताउछन् । लिम्बुलाइ गोलि हानि हत्या गरे यता हरेक वर्ष मार्च १७ मा स्मरण सभा गर्दै आएको छ । चाथौं स्मरण सभा सम्म हङकङ नेपाली महासंघले आफ्नो ब्यानरमा स्मरण सभा गर्दै आएको थियो भने यस पटक लुङफङवा परिवारको अगुवाइमा भएको थियो । स्व. लिम्बुको श्रीमती, छोरी, लुम्फुङवा परिवार, आफन्तहरु र हङकङका स्थानिय नेपाली समुदायहरुमाझ हरेक वर्ष हत्या भएकै स्थान ‘होमातिन, लोक मान सान चुन’ डाँडामा स्मरण सभा सम्पनन हुदै आएको छ ।

नेपाल ट्वान्टी ट्वान्टी विश्वकप छनौटमा पुग्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चैत्र १८ - कुवेतलाई ४ विकेटले हराउँदै अफगानीस्तान एसीसी ट्वान्टी ट्वान्टी कपको सेमीफाइनलमा पुगेपछि नेपाल ट्वान्टी ट्वान्टी विश्वकपको छनौट खेलका लागि छानिएको छ । छनौट खेल आगामी सेप्टेम्बरमा यूएईमा हुँदैछ । नेपालले आजै सिंगापुरलाई एकसय २१ रनले हराउँदै एसीसी ट्वान्टी ट्वान्टी कपको सेमीफाइनलमा पुगेको थियो । सेमीफाइनलमा नेपालसहित हङकङ, यूएई र अफगानीस्तान पुगेका छन् । छनौट खेल आयोजकको रुपमा यूएई र वान डे मान्यताप्राप्त अफगानीस्तानले छनौट खेलमा यसअघि नै स्थान पाइसकेका छन् । दुई टोली पहिल्यै छनौट खेल्न छानिएकाले नेपाल र हङकङले यस्तो अवसर पाएका हुन् । कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा टस जितेर नेपालले उत्कृष्ट व्याटिङ सुरुवात गरेको थियो । नेपालले सिंगापुरलाई २११ रनको लक्ष्य दिएको थियो । नेपालसामू निरिह देखिएको सिंगापुर १५ ओभर खेल्दै ८९ रनमै समेटियो । शक्ति गौचरको २,बसन्त रेग्मीको ३ विकेटको मद्दतले नेपालले सहज जित हात पारेको हो । नेपालको लागि ट्वान्टी ट्वान्टी क्रिकेटको सबैभन्दा ठूलो स्कोर खडा गर्नको लागि विनोद भण्डारीले ५४ रन र कप्तान पारस खड्काले ४४ रनको व्यक्तिगत योगदान दिए । नेपालले मंगलबार सेमीफाइलनमा युएईविरुद्ध खेल्नेछ । नेपाली कप्तान पारस खड्का आजको खेलको म्यान अफ दी म्याच भए । उनले ४४ रन बनाएर एक विकेट लिएका थिए । नेपालले यसअघि माल्दिभ्स र मलेसियालाई हराएको थियो भने हड्डकङसँग ६ विकेटले पराजित भएको थियो ।

राष्ट्रपति र चार दलका शीर्ष नेताबिच शितलनिवासमा भेटवार्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
राष्ट्रपति र चार दलका शीर्ष नेताबिच शितलनिवासमा भेटवार्ता भएको छ । भेटका क्रममा राष्ट्रपति डा. रामवरण यादवलाई चारदलका शीर्ष नेताले संविधानसभाको नयाँ निर्वाचनका बारेमा भइराखेको प्रगतिको बारेमा जानकारी गराएका थिए । भेटका अवसरमा राष्ट्रपतिले निर्वाचनमा लाग्न शीर्ष दलका नेताहरुलाई आग्रहगरेका थिए । यसअघि निर्वाचनका बारेमा चार दलका शीर्ष नेताहरुले सरकारी तहबाट भइराखेका कामका बारेमा अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र निर्वाचन आयोगबाट भइराखेका कामका बारेमा आयोगसित जानकारी लिने निर्णय गरेका थिए। भेटका अवसरमा राष्ट्रपति डा यादवले शीर्ष दलका नेताहरुलाई निर्वाचनमा लाग्न आग्रहगरेका थिए ।

सिक्किमका मुख्यमन्त्रीले गरे १९५० को सन्धीको विरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१७ चैत,सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले नेपाल-भारतवीच सम्पन्न सन् १९५० को शान्ति तथा मैत्री सन्धीको आलोचना गरेका छन् । सिक्किमको गान्तोकमा आयोजित साहित्यिक कार्यक्रम
मा बोल्दै मुख्यमन्त्री चाम्लिङले १९५० को सन्धीले भारतमा रहेका नेपालीमाथि अन्याय भएको बताएका छन् । सिक्किमबाट प्रकाशित हिमालय दर्पण नेपाली दैनिकले शनिबार आफ्नो मुख्य समाचारमा लेखेको छ- ‘मुख्यमन्त्री चाम्लिङले सन् १९५०को सन्धिले भारतीय नेपालीहरुलाई आघात पुर्याएको बताउँदै सिक्किम, दार्जिलिङ, असम, भाक्सु तथा देशका विभिन्न प्रान्तमा छरिएर बस्दै आएका भारतीय नेपालीहरुको अस्थित्वलाई संकटमा पार्ने यस गम्भीर विषयमा बुद्धिजीवीहरुलाई चिन्तन गर्न सुझाव दिएका छन् ।’ सन्धीको धारा ७ ले नेपाल र भारतका नागरिकहरु एक अर्काका मुलुकमा गएर व्यापार व्यवसाय गर्न र जागिर खान पाउने प्रावधानले भारतका खाटी नेपालीलाई आघात पुगेको चाम्लिङलाई उधृत गर्दै हिमालय दर्पणले लेखेको छ । दर्पण लेख्छ- ‘धारा ७ अनुसार नेपाल सरकार र भारत सरकारले आफ्ना राज्यक्षेत्रमा रहेका अर्को मुलुकका रैतीलाई निवास, सम्पत्तिको भोग, व्यापार वाणिज्यमा भाग लिन, हिँडडुल गर्न र अरु यस्तै प्रकारका विशेष अधिकारहरुका विषयमा पारस्परिक तौरले समान अधिकार दिन सहमति छन् ।’ भारतीय पत्रिकाका अनुसार यसअघि गोर्खाल्याण आन्दोलनका बेला सुवास घिसिङले पनि १९५० को सन्धीको धारा ७ खारेज हुनुपर्ने माग गरेका थिए । कार्यक्रममा मुख्यमन्त्री चाम्लिङले सिक्किममा नेपालीहरुको ठूलो जनसंख्या रहेको भन्दै यसबाट जातीय एवं राष्ट्रियताको समस्याले सिक्किमेहरु पिरोलिएको बताएका छन् ।’हामी नेपालीभाषी भारतीय हौं । हाम्रो जातिमाथि आइपरेको संकट, आरोप र आक्षेपमाथि हामीले विरोध, खण्डन र भत्सर्नाको रेकर्ड गराउन सक्नुपर्छ ।’ दर्पण आफ्नो मुख्य समाचारमा लेख्छ-’चाम्लिङ्गको यस सम्बोधनले भारतीय नेपाली वा भारतीय गोर्खा भन्ने विवादमा पुनः हावा भर्ने काम भएको छ । नेपाली भन्नाले नेपालको राष्ट्रियता बुझ्ने गरेको तथा भारतीय नेपालीहरुलाई पनि नेपाल नागरिक नेपालीहरुसँग मुछेर हेर्ने गरिएको बताउँदै तिनले विवादलाई पुनः उठाएका छन् ।’ आफ्नो छोरामार्फत् नेपालको क्यासिनोमा लागानी गर्न सहमत देखिएका र यही सिलसिलामा केही महिनाअघि नेपाल भ्रमणसमेत गरेका मुख्यमन्त्री चाम्लिङले सिक्किम महाविद्यालयकी नेपाली विभाग प्रमुख डा. पुष्पा शर्माको ‘सिक्किममा नेपाली कविता’ नामक ६ सय ६१ पृष्ठको पुस्तक विमोचन कार्यक्रममा शुक्रबार १९५० को सन्धीको आलोचना गर्न त्यहाँका बुद्धिजीवीहरुसँग आग्रह गरेका हुन् ।

माओवादीद्वारा निर्वाचन आयोगका कर्मचारी अपहरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१८ चैत,फोटोसहितको मतदाता नामावली सङ्कलनको लागि नुवाकोटका दुईपिपल गाउँ विकास समितिमा खटिएको टोलीलाई नेकपा-माओवादीको कार्यकर्ताले अपहरण गरेका छन् । हिजोबाट सुरु भएको नामावली सङ्कलनको लागि खटिएका दुईपिपल गाविसका सचिव दिलबहादुर बोगटी, प्राविधिक सहायक पुरुषोत्तम लामिछाने र कम्युटर अप्रेटर बिनोद अधिकारी रहेका छन् । नेकपा-माओवादीले हिजो पनि दुईपिपलमा नामावली सङ्कलनको लागि लगिएको सामग्री लुट्ने प्रयास गर्दै अवरोध गरेका थिए । हिजो प्रहरी कार्यालय झिल्टुङमा बास बसेका ती कर्मचारीहरुलाई आज बिहान माओवादी कार्यकर्ताले फोन गरेर छलफलका लागि भन्दै बोलाएको र त्यसपछि उनीहरु सम्पर्कविहीन भएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटका निर्वाचन प्रमुख सविनराज ढकालले बताउनुभयो । नेकपा माओवादी ताम्सालिङ राज्य समिति सदस्य नारायण नेपालले छलफलका लागि बोलाएको तर, पार्टीको सम्पर्कमा नआएको बताउनुभएको छ । मतदाता सङ्कलनको सामाग्री भने प्रहरी कार्यालय झिल्टुङमा रहेको छ । जिल्ला प्रहरी कार्यालयमा बम जिल्ला प्रहरी कार्यालय नुवाकोट परिसर विदुरमा भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ । पाँच दिनअघि डोजर लगाउने क्रममा भेटिएको सो बमलाई हिजो सेनाको फष्ट राइफल गणको बम डिस्पोजल टोलीले निश्क्रिय बनाएको हो । दसवर्षे सशस्त्र युद्धको समयमा प्रहरी कार्यालय सुरक्षाको लागि बिछ्याइएको बम युद्ध सकिए पनि थाहा नै नभएकाले ननिकालिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो । प्रहरी परिसरमा डोजर लगाएर सम्याउने क्रममा भेटिएको बमलाई चार दिनको अध्ययनपछि सेनाले हिजो मध्यान्हृ निश्क्रिय बनाएको हो । जमिनमुनीको बम विस्फोट भएको भए जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई नै ठूलो क्षति हुने सम्भावना रहेको नुवाकोट प्रहरीले जनाएको छ । नुवाकोटको प्रहरी प्रमुखको कार्यकक्ष र बम भेटिएको स्थान केही मिटरको दुरीमा मात्र पर्दछ ।

Mar 29, 2013

५ डिआइजी र ९ कर्णेलको बढुवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१६ चैत,मुख्यसचिव लीलामणि पौडेलले विद्युत प्राधिकरण सञ्चालक समितिका अध्यक्षबाट दिनुभएको राजिनामा स्वीकृत भएको छ । शुक्रबार मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बसेको बैठकले पौडेलको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले शसस्त्र प्रहरीका ५ डीआईजीलाई एआइजीमा बढुवा गरेको छ । बैठकले यसअघि बढुवा भएका ४२ जना सहसचिवहरुको पदस्थापन समेत गरेको सरकारका प्रवक्ता माधवप्रसाद पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार बैठकले नेपाली सेनाका ९ जना महासेनानीलाई सहायक रथीमा र २ जना सहायक रथीलाई उपरथीमा बढुवा गरेको छ । त्यस्तै ६ जना महासेनानीको सरुवा गरिएको मन्त्री पौडेलले जानकारी दिनुभएको छ ।

आन्दोलनरत दलसँग वार्ता गरेपछि मात्र चुनावको मिति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चैत १६- सरकारले चुनावको विषयमा विरोध गरिरहेका विभिन्न दल तथा समूहसँग वार्ता गर्न तीन सदस्सीय वार्ता टोली गठन गरेको छ। शुक्रबारको मन्त्रिपरिषद् बैठकले बनाएको वार्ता टोलीमा गृहमन्त्री माधव घिमिरे, सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेल र स्वास्थ्यमन्त्री विद्याधर मल्लिक छन्। सरकारले विरोधरत दलहरुसँग वार्ता गरेपछि मात्र चुनावको मिति घोषणा गर्ने निर्णय आजको मन्त्रिपरिषद्ले गरेको छ। त्यस्तै मुख्य सचिव लीलामणि पौडेलले विद्युत प्राधिकरण सञ्चालक समितिको अध्यक्षबाट दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ। बैठकले पत्रकार विमल गौतमलाई चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको प्रेस सल्लाहकारमा नियुक्त गरेको छ। सशस्त्र प्रहरीका ५ डिआईजीलाई एआइजीमा बढुवा गरेको छ भने यसअघि बढुवा भएका ४२ जना सहसचिवहरुको पदस्थापन गरेको छ। मन्त्रिपरिषदले नेपाली सेनाका ९ जना महासेनानीलाई सहायक रथीमा र २ जना सहायक रथीलाई उपरथीमा बढुवा गरेको छ।

सरकारले चैत अन्तिम साता पूर्ण बजेट ल्याउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सरकारले संविधानसभा निर्वाचन, राष्ट्रसेवकको तलब, राष्ट्रिय गौरव र विदेशी सहयोगमा सञ्चालित आयोजनाका लागि चैत अन्तिम साता पूर्ण बजेट ल्याउने भएको छ । अर्थमन्त्रालयका अधिकारीले अत्यावश्यक खर्च व्यवस्थापनका लागि करिब ६० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिको जानकारी दिएका छन् । हाल कार्यान्वयनमा रहेको तीन खर्ब ५१ अर्ब रुपैयाँको दुईतिहाई बजेटलाई समेट्दै थप ६० अर्बसहित चार खर्ब १० अर्बको हाराहारीमा पूर्ण बजेट ल्याउने तयारी भइरहेको छ । राजनीतिक दलहरुबीच सहमति जुट्न नसक्दा चालू आर्थिक वर्षका लागि पहिलो चरणमा एक तृतीयांश र दोस्रो चरणमा दुईतिहाइ बजेट ल्याएर काम चलाइएको छ । राजनीतिक सहमतिमा नयाँ सरकार गठन भएपछि पूर्ण बजेट ल्याउने बाटो खुलेको हो । बजेट निर्माणका लागि अर्थले सबै मन्त्रालयलाई तत्कालका लागि अत्यावश्यक रकमको विवरण पठाउन निर्देशन दिइसकेको बताइएको छन् । अध्यादेशअनुसार गत वर्षको यथार्थभन्दा बढी रकम खर्च गर्न नपाउने अवस्था आएपछि अर्थले चुनावलगायत अन्य खर्चका लागि रकम जोहो गर्न बजेट ल्याउनु परेको हो। औसतमा १० प्रतिशतको मूल्यवृद्धि, कर्मचारीको ग्रेड, नयाँ कर्मचारी भर्ना, पेन्सनमा वृद्धि, अवकास जाने कर्मचारीको उपदान, अस्थायी कर्मचारी भर्ना, सरकारले बनाउने विभिन्न समिति र आयोगका लागि लाग्ने खर्चजस्ता कारणले गत वर्षको बजेटले नपुगेको हो।

भारतमा चर्चित नेताको गोली हानि हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भारतमा एक चर्चित नेताको गोली हानि हत्या भएको छ । भारतका क्षेत्रिय पार्टीका चर्चित पूर्व नेता दीपक भारद्धाजको राजधानी दिल्लीमा गोली हानी हत्या गरिएको हो । बहुजन समाज पार्टीसँग आबद्ध रहेका अर्बपति भारद्धाजमाथि कारमा सवार दुई जना अज्ञात व्यक्तिले दिल्लीको रजोकरी क्षेत्रमा गोली हानेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । व्यापारी समेत रहेका ६२ वर्षिय भारतद्धाज सन् २००९ को आमनिर्वाचनमा सवैभन्दा धनी उम्मेदवारको रुपमा चर्तित बनेका थिए । त्यसबेला उनको सम्पत्ति ६ अर्ब रुपैया रहेको निर्वाचन आयोगले जनाएको थियो । हत्याको कारण भन्ने खुल्न नसकेको र अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

अमेरिकी पूर्व राष्ट्रपति कार्टर काठमाडौंमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१६ चैत,अमेरिकी पूर्व राष्ट्रपति एवं कार्टर सेन्टरका संस्थापक जिम्मी कार्टर नेपाल आउनु भएको छ । आसन्न संविधानसभा निर्वाचनका लागि प्रत्साहित गर्न र दिर्घकालीन शान्ति अनुगमन गर्न कार्टर शुक्रबार दिउँसो काठमाडौं आइपुग्नु भएको हो । उहाँले आजै राष्ट्रपति डा. रामवरण यादवसँग भेट गर्ने कार्यक्रम रहेको छ । ३ दिने नेपाल बसाईका क्रममा कार्टरले अन्तरिम चुनावी मन्त्रिपरिषद्, प्रमुख दलका शीर्ष नेता, नागरिक समाजका अगुवा लगायतलाई भेट्ने कार्यक्रम छ । नेपाल भ्रमणको अन्तिम दिन सोमबार पत्रकार सम्मेलन गरेर कार्टरले आफ्नो धारणा सार्वजनिक गर्नु हुने कार्टर सेन्टरले जनाएको छ । नेपाल भ्रमणपछि अमेरिकी पूर्व राष्ट्रपति कार्टर म्यानमार जाने कार्यक्रम छ ।

Mar 21, 2013

एमाले पोलिट्व्यूरो सदस्य रामचन्द्र झा ले पदबाट राजिनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चैत्र ८ - एमाले पोलिट्व्यूरो सदस्य रामचन्द्र झा ले पदबाट राजिनामा दिएका छन् । उनले आज बिहान १० बजे जनकपुरबाट फ्याक्समार्फत् राजिनामा पार्टी कार्यालयमा पठाएका हुन् । 'आज राजिनामा दिएको हुँ', झाले भने,'एमालेसँग विचार नमिलेकाले बसिरहन् नैतिकताले दिएन ।' आफ्नो जीवनको ऊर्जावान समय कम्युनिष्ट आन्दोलनमा बितेकाले कम्प्युनिष्ट विचारबाहिर नबस्ने प्रष्ट पारे । उनले एमालेले राज्यको पुचर्सारचना उनले विघटित संविधानसभामा १४ प्रदेशको राज्य पुनःसंरचनाको अवधारणामा एमाओवादीसँग एमालेको पहिले सहमति भएको तर पछि हटेको उल्लेख गरे । 'एमाले निर्णयको स्वामित्वबाट पछि हट्यो तर मैले त त्यसमा समर्थन गरिसकेकाले पछि हट्न सकिनँ,' उनले भने, 'यी मुद्दामा एमालेसँग वैचारिक समस्या भयो ।' एमाओवादीमा प्रवेश गर्न लाग्नुभएको हो भन्ने प्रश्नमा उनले आफू ढुंगा चढेर निक्किए पनि गन्तव्यको टुंगो नभएको बताए । 'ढुंगा चढेको छु, कता जाने टुंगो छैन्', उनले कान्तिपुरसँग भने,'पार्टीलाई एक पेजको राजिनामा पठाइदिएको छु ।' नी यसअघि राज्य पुनःसंरचनाका विषयलाई लिएर तत्कालीन उपाध्यक्ष अशोक राई लगायतको समूहमा छुट्टएिर जाने तयारी गरेका थिए । राई नेतृत्वको समूहमा बसेर उनले नयाँ पार्टी गठनको राणनीति बनाएका थिए । तर राई समूहसूग कम्युनिस्ट सिद्धान्त अपनाउने कि नअपनाउने भन्नेमा विवाद भएपछि झा लगायतका केही नेता एमालेमै अन्तरसंघर्ष गर्दै बस्ने निष्कर्षमा पुगेका थिए । त्यतिबेला नेताहरूले पार्टीभित्र राम्रो भूमिका दिने आश्वासन दिएको र त्यो कार्यान्वयन नभएपछि झा बाहिरिन लागेको एमालेमा चर्चा छ ।

सहमतिको सरकार भए बैद्य निर्वाचनमा जाने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चैत्र ८ - नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यले सहमतीय सरकार बने आफ्नो पार्टी निर्वाचनमा सहभागी हुनसक्ने बताएका छन् । मंगलबार पार्टी कार्यालय बुद्धनगरमा पत्रकार सम्मेलन गर्दै उनले यही सरकारले गर्ने चुनावमा सहभागी नहुने बताए । पोलिटव्यूरोको बैठकको निर्णय सार्वजनिक गर्दै बैद्यले चैत्र २४ गतेबाट संघर्षमा उत्रने चेतावनी दिएका छन् । नेकपा-माओवादीले खिलराग रेग्मी अध्यक्षतामा गठन भएको चुनावी मन्त्रिपरिषाद्को विरोध गर्दै आएको छ ।

विश्वमै पहिलोपटक 'तेस्रो लिंगी' को जनसंख्या तयार पारिँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चैत ८,नेपालले विश्वमै पहिलोपटक तेस्रो लिंगीको संख्या सहितको विवरण ल्याउने तयारी गरेको छ। 'राष्ट्रिय जनगणना २०६८' को तथ्यांक प्रशोधन धमाधम गरिरहेको केन्द्रीय तथ्यांक विभागले करिब चार महिनाभित्र विवरण सार्वजनिक गर्ने बताएको छ। सरकारले तेस्रो लिंगीहरूकै पहिचानबाट नागरिता दिन थालेपछि उनीहरूकै अनुरोधबमोजिम विभागले विवरण ल्याउने लागेको हो। २०६८ जेठमा सम्पन्न जनगणनाको पहिलो चरणअन्तर्गत 'घरपरिवार सूचीकरण' बाट लिइएको जानकारीको नतिजा २०७० असारसम्म ल्याउने गरी तयारी भइरहेको विभाग जनसंख्या शाखा प्रमुख रुद्र सुवालले बताए। सुवालका अनुसार तेस्रो लिंगीको आधारमा जनसंख्या विश्लेषण नेपालमा पहिलोपटक गर्न लागिएको हो। 'भारत, युरोपका कतिपय देश र अमेरिकाका केही देशमा पनि तेस्रो लिंगीको तथ्यांक लिइन्छ,' उनले भने, 'तर उनीहरूले सार्वजनिक गर्दैनन्। कसैले आफू महिला र पुरुष नै नभएको भन्ने कुरा आएमा मात्र तेस्रोलिंगी लेखिए पनि त्यसलाई सार्वजनिक गरिएको छैन।' अन्य देशमा चाहनाअनुसार लिंग परिवर्तन गर्ने चलन रहेको र तथ्यांक आउँदा फरक पनि पर्नसक्ने भएकाले जनसंख्या सार्वजनिक गर्ने चलन नरहने सुवालले बताए। नेपालमा यस्तो परिपाटी नभएकाले उनीहरूले साँचो कुरा बताएमा यकिन तथ्यांक आउने उनको बुझाइ छ। यो सँगै नेपाल तेस्रोलिंगीलाई संख्यात्मक आधारमा विश्लेषण गर्ने पहिलो राष्ट्र हुने जनसंख्याविद्हरू बताउछन्। यसबाट सामाजिक समावेशीकरणमा नेपालले फड्को मारेको भन्न मिल्ने जनसंख्याविद् पद्मप्रसाद खतिवडाले बताए। 'तेस्रोलिंगीको हकअधिकार र स्वतन्त्राका हिसाबले नेपाल विश्वमै राम्रो देशका रूपमा कहलिएको छ। जनसंख्या गणनासँगै उनीहरूकै नाममा नागरिकता दिने र तेस्रोलिंगीबीच आपसमा विवाह हुनेछ,' उनले भने। बदनाम हुने डरले आफ्ना घरमा तेस्रोलिंगी भए पनि खोल्न हिचकिचाउने प्रवृत्तिले यकिन तथ्यांक आउन नसकेको खतिवडा बताउँछन्। तेस्रोलिंगी जनसंख्या सम्बन्धी रिपोर्टकोे निष्कर्षमा केवल जनसंख्या मात्र आउने र यौनिक अल्पसंख्यकका सबै प्रकारहरू खोल्न नसकिने उनले बताए। उनका अनुसार खासगरि लेसबियन, गे, ट्रान्सजेन्डर, बाइसेक्सुअल र इनसेक्सुअल गरी पाँच प्रकारका तेस्रोलिंगी हुन्छन्। सन् २००७ मा सर्वोच्च अदालतले तेस्रो लिंगीको नामबाट नागरिकता दिने आदेश दिएपछि तेस्रोलिंगीकर्मीहरूकै पहलमा जनगणना थालिएको थियो। विभागले घरपरिवार सूचीकरण लगत अन्तर्गत २०६८ जेठमा 'परिवारमा अक्सर बसोबास गर्ने पुरुष, महिला र तेस्रोलिंगी' को संख्या आउने प्रश्नावलीबाट तेस्रो लिंगीको जनसंख्या आउनेछ।

अपहरणको धन्दामा प्रहरी नै तीन जना प्रहरी पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चैत ८,मूर्ति व्यापारीलाई पक्राउ गर्ने धम्की दिएर साढे २ लाख रकम असुलेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंका तीन जना प्रहरी पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले परिसरको विशेष टोलीका २ जना सइ र १ जना असइलाई पक्राउ गरेको हो। बौद्ध वृत्तका अनुसार हिजो बेलुका सइ प्रकाश मल्ल र रुद्रराज पौडेल तथा असइ राजु भण्डारीलाई पक्राउ गरेको हो। यी तीनै जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रणबहादुर चन्दले विशेष टोलीका रुपमा सादा पोशाकमा खटाउँदै आएका थिए। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार चैत ४ गते मूर्ति व्यापारी कर्मध्वज लिम्बु अपहरणमा परेका थिए। उनलाई एक समूहले नियन्त्रणमा लिएर गेष्ट हाउसमा राखेर रकम बार्गेनिङ गरेको थियो। उनीहरुले लामा मूर्तिको तस्करी र कारोबारमा संलग्न रहेको भन्दै धम्क्याएर चार लाख रकम मागेको थियो। लामाले तत्काल साढे दुई लाख रकम दिएपछि सो समूहले डेढ लाख ल्याएपछि दिने भन्दै उनको मोटरसाइकल समेत नियन्त्रणमा लिएका थिए। पाँच गते उनी सो समूहको कब्जाबाट मुक्त भएपछि महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएका थिए। उजुरीलगत्तै अनुसन्धानमा जुटेको प्रहरीले अपराध नियन्त्रणका लागि खटिएका प्रहरीले नै गैर कानुनी काम गरेको पत्ता लगाएपछि बुधबार बेलुका यी तीनै जनालाई पक्राउ गरेको थियो। अपराध महाशाखाले प्रारम्भिक अनुसन्धान गरी उनीहरुलाई थप कारबाही प्रक्रियाका लागि महानगरीय प्रहरी वृत्त बौद्धमा पठाएको छ। महानगरीय प्रहरी कार्यलयका प्रमुख नवराज ढकालले पक्राउ प्रहरीलाई अपहरण अभियोगमा हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको पुष्टि गरे । उनले अपराध महाशाखाका अधिकारीलाई थप अनुसन्धानको लागि निर्देशन दिइसकेको बताए । महाशाखाका कार्यबाहक प्रमुख एसपी प्रद्युम्न कार्कीले नागरिकसँग भने, 'अपराधीलाई प्रचलित कानुन अनुसार कारवाही गर्न कन्जुस्याई हुन्न।'

अभिनेता सञ्जय दत्तलाई ५ बर्षको जेल सजायँ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
८ चैत,बलिउडका चर्चित अभिनेता सञ्जय दत्तलाई ५ बर्षको जेल सजायँ सुनाइएको छ । सन् १९९३ मा मुम्बइमा भएको बम बिष्फोटमा सहयो गरेको र गैरकानुनीरूपमा हतियार राखेको अभियोगमा बिहीबार भारतको सर्वोच्च अदातलले अभिनेता सञ्जयलाई ५ बर्षको जेल सजायँ सुनाएको हो । सञ्जयले यसभन्दा अघि नै १६ महिना जेल सजाय काटिसकेकाले अब उनी साढे ३ बर्ष जेलमा बस्नु पर्ने छ । यस्तै सन् १९९३ मा मुम्बइमा भएको बम बिष्फोटको आरोपमा याकूब मेननलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सञ्जय दत्तलाई सुनाइएको फैसलामा केही राहत मिल्न सक्ने बताइएको छ । यो मुद्दामा संजयको पक्षमा तीन कुराहरु रहेको छ । सञ्जयको पहिले नै आतंक फैलाउने बिषयमा मुक्ती दिइसकिएको छ । यस्तै सीबीआइले सञ्जयको विरुद्धमा कुनै पनि अपिल जारी गरेको थिएन । हाल संजयको नाममा २ सय करोड रुपैयाँ बलिउडमा लगानी भैसकेको छ । यसैले पनि उनलाई केही राहत मिल्न सक्ने भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

Mar 18, 2013

दाङमा तीन निरीक्षक र दुई विद्यार्थी निस्कासित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
दाङ चैत ५- एसएलसी परीक्षाको चौथो दिन सोमबार दाङबाट २ परिक्षार्थी सँगै ३ जना परीक्षा निरिक्षक निस्कासित भएका छन्। जिल्लाको तुलसीपुरस्थित महेन्द्र उच्च मावि परीक्षा केन्द्रबाट २ जना निरीक्षक र तुलसीपुर सेन्टरबाट अर्का एकजना निरिक्षक निष्कासनमा परेका हुन्। आफन्त पर्ने परिक्षार्थीहरुलाई परीक्षा समयमा सिकाउँदै गरेको भेटिएपछि ३ जना निरीक्षकहरु कारबाहीमा परेको जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले जानकारी दिए। यसैगरी सोमबार पश्चिम दाङको श्रीगाउँ परिक्षा केन्द्रबाट २ जना परिक्षार्थी निस्कासित भएका छन्। विज्ञान बिषयको परीक्षा दिँदै गरेका उनीहरु चिट चोर्दै गरेको भेटिएपछि निस्कासनमा परेको जिशिअ शाहले बताए। जिल्ला शिक्षा कार्यालयले निस्कासनमा परेका निरीक्षक तथा विद्यार्थीहरुको नाम खुलाएको छैन।

पूर्वमन्त्री जेपी गुप्ता जेल मुक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भ्रष्टाचारको अभियोगमा जेल सजाय पाएका पूर्वमन्त्री जेपी गुप्ता आज रिहा भएका छन् । १३ महिनाको जेल बासपछि गुप्ता आज बिहान ११ बजे रिहा भएका हुन् । गुप्ता जेलबाट रिहा हुने खबरसँगै उनका समर्थकहरु डिल्लीबजार कारागार पुगेका थिए । तत्कालिन सूचना तथा सञ्चार मन्त्री र मधेसी जनअधिकार फोरम गणतान्त्रिका अध्यक्ष समेत रहेका गुप्ताका समर्थकहरुले गुप्ताका पक्षमा नाराबाजी समेत गरेका छन् । गुप्ताले अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै भ्रष्टाचारको आरोपमा सर्वोच्च अदालतले डेढ वर्षको कैद र ८४ लाख ९ हजार ९ सय २८ रुपैयाँ ७ पैसा जरिवाना तोकेको थियो । गुप्ता आफैँ अदालतमा उपस्थित भएर अदालतको फैसला मानेकाले कानुन अनुसार उनले पाएको कैद र जरीवानामा २० प्रतिशत छुट पाएका छन् । जस अनुसार उनी पाँच महिना अगावै रिहा भएका हुन् ।

अन्तरिम चुनावी मन्त्रिपरिषद् आज विस्तार हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा गठित अन्तरिम चुनावी मन्त्रिपरिषद् आज विस्तार हुने भएको छ । उच्चस्तरीय राजनीतिक समितिका संयोजक रहेका एमाओवादी अध्यक्ष प्रचण्डले आइतबार मन्त्रिपरिषदका अध्यक्ष रेग्मीलाई बुझाएको पूर्वप्रशासकको सूचीअनुसार मन्त्रिपरिषद विस्तार हुन लागेको हो । मन्त्री नियुक्तिका लागि प्रचण्डले बुझाएको सूचीमा रामकुमार श्रेष्ठ, विजया केसी, रामेश्वर खनाल, बालानन्द पौडेल, डा. सुधा शर्मा, उदय नेपाली, उमाकान्तझा लगायतको नाम रहेको बताइएको छ । एकिकृत माओवादीका तर्फबाट रामकुमार, विजया र रामेश्वरको नाम सिफारिस गरिएको हो भने एमालेका तर्फबाट बालानन्द र उदयलाई सिफारिस गरिएको हो । त्यस्तै कांग्रेसका तर्फबाट श्रीकान्त र डा. सुधालाई सिफारिस गरिएको र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट उमाकान्तलाई सिफारिस गरिएको हो । यी सिफारिस गरिएका नाम हेरफेर हुन सक्ने बताइएको छ । प्रत्येक मन्त्रीलाई दुईदुईवटा मन्त्रालयको जिम्मेवारी दिई शपथग्रहण गराइने बताइएको छ । हाल अध्यक्ष रेग्मीले अर्थ, उद्योग, उर्जा, कृषि विकास, भूमिसुधार तथा व्यवस्था, भौतिक योजना पूर्वाधार तथा यातायात, महिला बालबालिका तथा समाज कल्याण, युवा तथा खेलकुद, रक्षा बन तथा भू-संरक्षण, वाणिज्य तथा आपूर्तिलगायतका २२ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

नेपाल बार एसोसियसनले आजदेखि आन्दोलन सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाएपछि त्यसको विरोधमा उत्रिएको नेपाल बार एसोसियसनले आजदेखि आन्दोलन सुरु गर्दैछ । आज देशभरका प्रमुख शहरहरुमा विरोधसभा गर्ने बार एसोसियसनले जनाएको छ । प्रधानन्यायाधीशलाई अन्तरिम मन्त्रिपरिषदको अध्यक्ष बनाएको दिनलाई कालो दिनका रुपमा चित्रण गर्दै आएको बारले आज त्यसको विरोध गर्न लागेको हो । नेपाल बार एसोसियसनका अध्यक्ष हरिकृष्ण कार्कीले आज देशभरीका बार इकाइहरुको संयोजनमा विरोधसभा हुन लागेको जानकारी दिए । विरोधसभाको समय दिउँसो १ बजेका लागि तोकिएको छ ।

Mar 15, 2013

ली के क्वाङ चीनका नयाँ प्रधानमन्त्री चुनिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बेइजिङ - चीनया नेता ली के क्वाङ चीनका नयाँ प्रधानमन्त्री चुनिएका छन् । चीनया कम्युनिष्ट पार्टीका दोस्रो वरियातका नेता लीलाई चीनको राजधानी बेइजिङस्थित ग्रेटहलमा भइरहेको कंग्रेस सभाले प्रधानमन्त्रीमा चयन गरेको हो । गत नोभेम्बरमा भएको सीपीसीको महाधिवेसनले लीलाई दोस्रो वरियातका नेतामा चयन गरेको थियो । उनी प्रधानमन्त्री हुने पक्का भए पनि औपचारिक रुपमा उनलाई आज कंग्रेसले प्रधानमन्त्रीमा चयन गरेको हो । कंग्रेसमा भएको निर्वाचनमा लीको पक्षमा २ हजार ९ सय ४० मत परेको थियो भने विपक्षमा ३ मत मात्र परेको थियो । निर्वाचनमा ६ जना प्रतिनिधी भने अनुपस्थित रहेका थिए । लीले वर्तमान प्रधानमन्त्री हु जिन्ताओलाई प्रतिस्थापन गर्नेछन् । ली ५ वर्षको लागी प्रधानमन्त्रीमा चयन भए पनि उनले दुई कार्यकालको नेतृत्व गर्ने पक्का भएको चीनिया सञ्चारमाध्यमले जनाएका छन् ।

२५ बुँदे बाधा अड्काऊको फुकाउको पूर्णपाठ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 “नयाँ संविधान निर्माणको कार्य सम्पन्न नहुँदै सम्बत् २०६९ साल जेठ १४ गते पछि संविधान सभा स्वतः विघटन भई व्यवस्थापिका-संसद समेत कायम नरहेकोले राज्य संचालनमा गम्भीर राजनीतिक एवं संवैधानिक गतिरोध उत्पन्न भई संवैधानिक प्रक्रिया सुचारु गर्न विभिन्न प्रयासका बाबजुद अन्य विकल्पमा राजनीतिक सहमति जुट्न नसकेको विषम परिस्थितिमा आवश्यकताको सिद्धान्त समेतलाई विचार गरी संविधान सभाको निर्वाचन सुनिश्चित गर्दै राजनीतिक गतिरोध अन्त्य गर्न, नेपाली जनताले आफ्नो लागि आफै संविधान बनाउन पाउने एवं भयमुक्त वातावरणमा अर्को संविधान सभाको स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचनमा सहभागी हुनपाउने अधिकारको प्रत्याभूति र सर्वोच्च अदालतको फैसलासमेतको आधारमा सहमतिको सरकार गठन गर्नुका साथै नयाँ संविधान निर्माणको लागि मार्ग प्रशस्त गर्न, संविधान सभाको नयाँ निर्वाचनको माध्यमद्वारा संविधान सभाको स्थापना गरी संविधान निर्माण प्रकृयालाई पूर्णता दिनु अत्यावश्यक भएकोले राजनीतिक दलहरुको सहमतिका आधारमा सर्वोच्च अदालतका प्रधान न्यायाधीशको अध्यक्षतामा अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन गरी यथासक्य छिटो अर्को संविधान सभाको निर्वाचन सम्पन्न गर्न र, सर्वोच्च अदालत, संवैधानिक निकाय र राजदूतका रिक्त पदहरुमा संसदीय सुनुवाई पश्चात् मात्र नियुक्ति गर्नसकिने संवैधानिक व्यवस्था भएबाट ती पदहरुमा नियुक्ति गर्न नसकिई राज्यको कार्य सञ्चालनमा कठिनाई परेको र हाल व्यवस्थापिका-संसद नभएको कारणबाट संसदीय सुनुवाई विना त्यस्तो नियुक्ति गर्न समेत, नेपालको अन्तरिम संविधान, २०६३ का विभिन्न धाराहरुमा रहेको संवैधानिक व्यवस्थाले बाधा अवरोध सिर्जना गरेकोले सो बाधा फुकाउन सम्बत् २०६९ साल फागुन ३० गते प्रमुख राजनीतिक दलहरुका बीच भएको ११ बुँदे सहमतिको आधारमा नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५८ बमोजिम बाधा अड्काउ फुकाउन देहायको आदेश जारी भएकोछ : १. नेपालको अन्तरिम संविधान २०६३ -यसपछि, यस आदेशमा “संविधान” भनिएको) को धारा ३३ को खण्ड -क) मा सम्बत् २०६४ सालभित्र संविधान सभा सदस्यको निर्वाचन सम्पन्न गर्ने उल्लेख भई सो प्रावधानले अर्को संविधान सभाको निर्वाचन गर्न बाधा उत्पन्न गरेकोले सम्बत् २०७० साल मंसिर भित्र अर्को संविधान सभाको निर्वाचन सम्पन्न गर्ने गरी, २. संविधानको धारा ३८ को उपधारा -१) मा राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने व्यवस्था रहेकोमा, सर्वोच्च अदालतका प्रधान न्यायाधीश को अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्ने राजनीतिक सहमति बमोजिम गर्न संविधानको धारा ३८ को उपधारा -७) को खण्ड -ख) को व्यवस्थापिका संसदको सदस्य नरहेमा प्रधानमन्त्री पदबाट मुक्त हुने व्यवस्थाले बाधा उत्पन्न भएकोले अर्को संविधानसभाको निर्वाचन सम्पन्न गर्न राजनीतिक सहमतिका आधारमा सर्वोच्च अदालतका प्रधान न्यायाधीशको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्ने गरी, ३. संविधानको धारा ३८ को उपधारा -३) मा अन्तरिम मन्त्रिपरिषद्को संरचना र कार्य विभाजन आपसी सहमतिबाट तय गरिनेछ भन्ने व्यवस्था भएकोमा अर्को संविधान सभाको निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागि गठन हुने मन्त्रिपरिषद्का हकमा आपसी सहमतिबाट मन्त्रिपरिषद्को संरचना र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गर्न बाधा परेकोले मन्त्रिपरिषद्को अध्यक्षले चुनावी मन्त्रिपरिषद्को जिम्मेवारी अुनरुप निष्पक्षता कायम गर्न मन्त्रिपरिषद्को गठन गर्दा मन्त्रीमा सबै निजामति सेवाका विशिष्ट श्रेणीका अवकाश प्राप्त व्यक्तिहरु मध्येबाट रहने र कार्य विभाजन तय गर्ने गरी, ४. संविधानको धारा ३८ को उपधारा -५) मा प्रधानमन्त्रीले मन्त्री नियुक्ति गर्दा सम्बन्धित दलको सिफारिसमा व्यवस्थापिका-संसदका सदस्यहरु मध्येबाट नियुक्ति गर्ने व्यवस्था भएकोमा हाल व्यवस्थापिका-संसद नरहेको अवस्था भइ मन्त्री नियुक्ति गर्न बाधा परेकोले अर्को संविधान सभाको निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागि गठन हुने मन्त्रिपरिषद्का हकमा मन्त्रिपरिषद्को अध्यक्षले मन्त्री नियुक्त गर्ने गरी, ५. संविधानको धारा ३८ को उपधारा -८) को खण्ड -ग) मा सम्बन्धित दलको सिफारिसमा वा सम्बन्धित दलसँगको सल्लाहमा प्रधानमन्त्रीले उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री तथा सहायक मन्त्रीलाई पद मुक्त गर्ने व्यवस्था भएकोमा अर्को संविधान सभाको निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागि गठन हुने मन्त्रिपरिषद्को अध्यक्षले त्यस्ता मन्त्रीलाई पद मुक्त गर्नसक्ने गरी, ६. संविधानको धारा ४० मा राजनीतिक सहमतिको आधारमा व्यवस्थापिका संसदको सदस्य नरहेको कुनै व्यक्तिलाई उप-प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्री पदमा नियुक्त गर्नसक्ने भन्ने व्यवस्था रहेकोमा त्यस्तो नियुक्ति गर्न राजनीतिक सहमति लिनुपर्ने भई बाधा पर्ने भएकोले मन्त्रिपरिषद्को अध्यक्षले नियुक्त गर्नसक्ने गरी, ७. संविधान वा प्रचलित अन्य कानूनमा रहेको “प्रधानमन्त्री” भन्ने शब्दले संविधान सभाको निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागि गठन हुने मन्त्रिपरिषद्को अध्यक्षलाई समेत जनाउने गरी, ८. संविधानको भाग ७ मा अर्को संविधान सभाको निर्वाचन गर्ने व्यवस्था नभएको कारण अर्को संविधान सभाको गठन हुनसक्ने स्थिति नभएको हुँदा संविधानको मूल मर्म र भावना बमोजिम अर्को संविधान सभाको निर्वाचन हुनसक्ने गरी, ९. संविधानको धारा ६३ को उपधारा -३) को खण्ड -क) मा संविधान सभाको निर्वाचन हुनुभन्दा अघिको राष्ट्रिय जनगणनाबाट निश्चित भएको जनसंख्याको आधारमा निर्वाचन जिल्ला र सदस्य संख्याको अनुपात यथासम्भव समान हुने गरी धारा १५४क. बमोजिम व्यवस्था भएको निर्वाचनक्षेत्र निर्धारण आयोगबाट निर्वाचनक्षेत्र निर्धारण गर्नु पर्ने व्यवस्था भएकोमा सम्बत् २०६८ सालमा राष्ट्रिय जनगणना भई सोको परिणाम समेत सार्वजनिक भइसकेको हालको परिस्थितिमा निर्वाचनक्षेत्र पुनः निर्धारण गरी सम्बत् २०७० साल असार ७ गते भित्र निर्वाचन सम्पन्न गर्न बाधा पर्ने देखिँदा सम्बत् २०७० साल असार ७ गते भित्र अर्को संविधान सभाको निर्वाचन प्रयोजनको लागि सम्बत् २०६४ सालमा निर्धारण भए बमोजिमका २४० निर्वाचनक्षेत्र नै कायम गर्ने गरी, १०. संविधानको धारा ६३ को उपधारा -३) को खण्ड -ख) मा संविधान सभामा समानुपातिक निर्वाचन प्रणाली अनुसार तीन सय पैंतीस सदस्य निर्वाचित हुने व्यवस्था भएकोमा अर्को संविधान सभाको प्रयोजनका लागि समानुपातिक निर्वाचन अनुसार दुई सय चालीस जना सदस्य निर्वाचित हुने गरी, ११. संविधानको धारा ६३ को उपधारा -३) को खण्ड -ग) मा राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्‍याएका विशिष्ट व्यक्तिहरु मध्येबाट मन्त्रिपरिषद्बाट छब्बीस जना मनोनयन गर्ने व्यवस्था भएकोमा अर्को संविधान सभाको प्रयोजनका लागि एघार जना मनोनयन गर्ने गरी, १२. संविधानको धारा ६३ को उपधारा -७) मा संविधान सभा निर्वाचनको प्रयोजनको लागि सम्बत् २०६३ साल मंसिर मसान्तसम्म अठार वर्ष उमेर पूरा भएको प्रत्येक नेपाली नागरिकलाई मतदान गर्ने अधिकार भएकोमा तत्पश्चात मतदानको लागि उमेर पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार प्रदान गर्न संवैधानिक बाधा उत्पन्न भएकोले अर्को संविधानसभाको निर्वाचनको लागि निर्वाचन आयोगले तोकेको मितिमा १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिकको मतदानको अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगले मतदाता नामावलीलाई अद्यावधिक गर्न गरेको कार्यलाई पूर्णता दिदा मतदाता नामावली सम्बन्धी ऐन, २०६३ को दफा ११ र २०६४ सालको संविधान सभाको निर्वाचनको मतदाता नामावली र नागरिकताको आधारमा तयार गरिएको मतदाता नामावली समेतलाई आधार मानी सम्पन्न गर्ने गरी, १३. संविधानको भाग ९ मा राजस्व र व्ययको अनुमान व्यवस्थापिका संसद समक्ष पेश गर्ने समेत व्यवस्था भएकोमा हाल व्यवस्थापिका संसद नभएको कारण सो संवैधानिक व्यवस्था कार्यान्वयन गर्न बाधा उत्पन्न हुने हुँदा प्रधान न्यायाधीशको अध्यक्षतामा गठन हुने मन्त्रिपरिषद्ले आवश्यकता अनुसार राजस्व र व्ययको अनुमान तयार गरी संविधानको धारा ८८ बमोजिम स्वीकृतिको लागि पेश गर्ने गरी, १४. संविधानको धारा १०६ को उपधारा -१) मा सर्वोच्च अदालतको प्रधान न्यायाधीश वा न्यायाधीशलाई न्यायाधीशको पदमा बाहेक अन्य कुनै पदमा काममा लगाइने वा काजमा खटाइने छैन भन्ने व्यवस्था रहेकोमा प्रधान न्यायाधीशलाई अन्य जिम्मेवारी दिन बाधा परेकोले संविधान सभाको निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागि राजनीतिक सहमतिका आधारमा निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्ने गरी, १५. सर्वोच्च अदालतका प्रधान न्यायाधीशको अध्यक्षतामा गठन हुने मन्त्रिपरिषद्ले संविधान सभाको निर्वाचन सम्पन्न गरी अर्को मन्त्रिपरिषद् गठन भएपछि निज मन्त्रिपरिषद्को अध्यक्ष नरहने व्यवस्था गर्नको लागि प्रधान न्यायाधीशले मन्त्रिपरिषद्को अध्यक्षको हैसियतले काम गरेको अवधिभर निजको प्रधान न्यायाधीशको पदाधिकार कायमै राखी स्वतन्त्र न्यायपालिका तथा कानूनी राज्यको अवधारणा प्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै सो अवधिभर संविधानको धारा १०३ को उपधारा -४) बमोजिम सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशले कायम मुकायम प्रधान न्यायाधीश भई कार्य गर्ने गरी, १६. संविधान वा प्रचलित अन्य कानूनमा रहेको “प्रधान न्यायाधीश” भन्ने शब्दले कायम मुकायम प्रधान न्यायाधीशलाई समेत जनाउने गरी, १७. प्रधान न्यायाधीशले मन्त्रिपरिषद्को अध्यक्षको रुपमा कार्य गरेको अवधिभर सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशले कायम मुकायम प्रधान न्यायाधीशको रुपमा कार्य गर्ने भई न्याय परिषद् तथा न्याय सेवा आयोगको अध्यक्षता समेत गर्ने भएकोले सदस्यको रुपमा प्रतिनिधित्व गर्न नसक्ने हुँदा संविधानको धारा ११३ को उपधारा -१) र धारा ११४ को उपधारा -२) बमोजिम बरिष्ठतम् न्यायाधीशले कायम मुकायम प्रधान न्यायाधीशको रुपमा कार्य गरेको अवधिभर निजभन्दा पछिको सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशले न्याय परिषद् तथा न्याय सेवा आयोगको सदस्यको रुपमा कार्य गर्ने गरी, १८. संविधानको धारा १४२ को उपधारा -५) को प्रतिबन्धात्मक वाक्यांशमा अन्तरिम व्यवस्थापिका-संसद्मा प्रतिनिधित्व गर्ने दलहरुको हकमा निर्वाचनको प्रयोजनको लागि दल दर्ता गर्न कम्तीमा दस हजार मतदाताको समर्थन सहितको हस्ताक्षर निवेदन आवश्यक नपर्ने व्यवस्था भएकोमा हाल अन्तरिम व्यवस्थापिका-संसद् नरहेको कारण संवैधानिक व्यवस्था कार्यान्वयन गर्नमा बाधा उत्पन्न भएकाले अर्को संविधान सभा निर्वाचनको प्रयोजनको लागि सम्बत् २०६४ सालमा निर्वाचित तत्कालिन संविधान सभामा प्रतिनिधित्व रहेका दलको हकमा समेत दस हजार मतदाताहरुको समर्थन सहितको हस्ताक्षरयुक्त निवेदन आवश्यक नपर्ने गरी, १९. संविधानको धारा १४५ को उपधारा -१) को खण्ड -घ) मा मन्त्रिपरिषद्मा रहेका राजनीतिक दलहरु मध्ये फरक-फरक दलको प्रतिनिधित्व हुनेगरी प्रधानमन्त्रीले तोकेका तीन जना मन्त्री सदस्य रहने व्यवस्था भएकोमा संविधानसभाको निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागि गठन हुने मन्त्रिपरिषद्मा राजनीतिक दलबाट मन्त्री नियुक्त हुने व्यवस्था नभएकोले मन्त्रिपरिषद्को अध्यक्षले तोकेका तीनजना मन्त्री सदस्य रहने गरी, २०. व्यवस्थापिका-संसद नभएकोले संविधानको धारा १४९ को उपधारा -१) को खण्ड -ग) र -ङ) बमोजिम संवैधानिक परिषद्मा सदस्य रहने व्यवस्थापिका-संसदको सभामुख र व्यवस्थापिका-संसदमा विपक्षी दलको नेता नभएको र मन्त्रिपरिषद्मा राजनीतिक दलबाट नियुक्त हुने व्यवस्था नभएकाले संवैधानिक परिषद् अपूर्ण भई संवैधानिक निकायका पदाधिकारीहरुको नियुक्ति गर्न बाधा परेकोले उपधारा -१) खण्ड -घ) मा मन्त्रिपरिषद्को अध्यक्षले तोकेका तीनजना मन्त्री सदस्य रहने र संवैधानिक निकायका पदाधिकारीहरुको नियुक्ति राजनीतिक सहमतिका आधारमा गर्ने गरी, २१. संविधानको धारा ८ को उपधारा -५) को प्रतिबन्धात्मक वाक्यांशमा भएको व्यवस्था बमोजिम प्रचलित कानून बमोजिम जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका व्यक्तिको त्यस्तो नागरिकताको प्रमाणपत्र लिनु अघि जन्मेका सन्तानलाई वंशजको आधारमा नागरिकता लिन उपधारा -२) को खण्ड -ख) को व्यवस्थाले बाधा पुर्‍याएको हुँदा त्यसरी जन्मको आधारमा नागरिकता प्राप्त गर्नेका सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गर्ने गरी, २२. संविधानको धारा १५५ को उपधारा -१) मा यस संविधान बमोजिम संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने संवैधानिक पद तथा सर्वोच्च अदालतका न्यायाधीश र राजदूतको पदमा नियुक्ति पूर्व निजहरुको कानूनमा व्यवस्था भए बमोजिम संसदीय सुनुवाई हुनेछ भन्ने संवैधानिक व्यवस्था भएकोमा हाल व्यवस्थापिका-संसद् नभएको अवस्था भई उक्त पदहरुमा नियुक्ति गर्न बाधा उत्पन्न भएकोले त्यस्ता पदहरुमा संविधान बमोजिम नियुक्त गर्ने र अर्को संविधान सभाको निर्वाचन भई व्यवस्थापिका-संसद्को रुपमा अधिवेशन प्रारम्भ भएको मितिले एक महिना भित्र व्यवस्थापिका-संसद्मा यस्तो नियुक्ति प्रस्तुत गर्ने गरी, २३. संविधानको धारा १५८ मा यो संविधानको कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा त्यस्तो बाधा अड्काउ फुकाउन आदेश जारी गर्न सक्नेछ र त्यस्तो आदेश व्यवस्थापिका-संसद्बाट एक महिनाभित्र अनुमोदन गराउनु पर्नेछ भन्ने व्यवस्था भएकोमा हाल व्यवस्थापिका-संसद् नरहेको कारण व्यवस्थापिका-संसद्बाट अनुमोदन हुनसक्ने अवस्था नभएकोले संविधानको धारा १५८ बमोजिम यो आदेश अनुमोदन गराउन संवैधानिक बाधा उत्पन्न भएकोले यो आदेश अर्को संविधान सभाको निर्वाचन भई व्यवस्थापिका-संसद्को रुपमा अधिवेशन प्रारम्भ भएको मितिले एक महिनाभित्र व्यवस्थापिका-संसद्बाट अनुमोदन गराउने गरी, २४. कुनै कारणले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्षको पद रिक्त हुनगएमा वा काबू बाहिरको स्थिति उत्पन्न भई निर्धारित समयमा चुनाव हुननसकेमा राजनीतिक सहमतिको आधारमा आवश्यक व्यवस्था गर्ने गरी, र २५. यो आदेश बमोजिम बाधा अड्काउ फुकाई कार्यान्वयन भएका व्यवस्थाहरु कार्यसम्पन्न भएपछि स्वतः निष्कृय हुने गरी ।” सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५८ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उपर्युक्त आदेश जारी भएकोले यो विज्ञप्ति प्रकाशित गरिएको छ । (राष्ट्रपति कार्यालयबाट बिहीबार जारी विज्ञप्ति)

११ महिनापछि पारित भयो सत्यनिरुपण अध्यादेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
२ चैत,बाबुराम भट्टराई नेतृत्वको सरकारले ११ महिना पहिले शीतलनिवासमा पठाएको सत्यनिरुपण सम्बन्धी अध्यादेशलाई सामान्य हेरफेरपछि राष्ट्रपतिले स्वीकृत गरे पनि मानवअधिकारवादीहरुले अध्यादेशमा अझै चित्त बुझाएका छैनन् । कुल ३७ वटा दफा र एक अनुसूची रहेको अध्यादेशको नाम”रहेको छ । ‘वेपत्ता भएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश-२०६९’ रहेको छ । अध्यादेशमा सरकारले ड्राफ्ट गरेका विषयमा खासै परिवर्तन नभएको भन्दै एमाओवादी नेताहरुले सन्तोष व्यक्त गरेका छन् भने मानवअधिकारवादीले अध्यादेश अझै पनि अन्तरराष्ट्रिय मापदण्डअनुरुप नभएको भन्दै असन्तुष्टि पोखेका छन् । ‘हामीले गरेको ड्राफ्टमा खासै परिवर्तन भएको छैन ।’ एमाओवादी नेता तथा पूर्वसभासद खिमलाल देवकोटाले अनलाइनखबरसँग भन्नुभयो-’महान्यायाधिवक्ताले मुद्दा चलाउने भनेपछि ३५ दिनभित्रमा मुद्दा चल्नुपर्ने हदम्यादको नयाँ प्रावधान थपिएको छ ।’ अध्यादेशमा के-के भयो परिवर्तन ? राष्ट्रपति कार्यालयमा ११ महिनापहिले पुगेको ड्राफ्टमा मुद्दा चलाउने वा नचलाउने अधिकार मन्त्रालयलाई प्रदान गरिएकोमा सो प्रावधान हटाइएको छ । पारित अध्यादेशमा गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनका घटनामा आम माफी नदिने उल्लेख छ । तर, ९ प्रकारका घटनालाई गम्भीर प्रकतिका मानवअधिकार उल्लंघन मान्ने अघिल्लो प्रावधानलाई संशोधन गरी अपराधको वर्गीकरण गरिएको छैन । महान्यायधिवक्ताले मुद्दा चलाउने निर्णय गरेको ३५ दिनभित्र मुद्दा चलाउनुपर्ने हदम्याद तोकिएको छ । बलात्कार, हत्या लगायतका विषयमा पनि ३५ दिने हदम्याद प्रभावित हुने भएको छ । मानवअधिकारवादीको गुनासो अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेलले गम्भीर अपराधसम्बन्धी वर्गीकरणको सूचि हटाएर काइते भाषा प्रयोग गरिएको भन्दै अध्यादेशप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । ‘गंभीर प्रकृतिका बलात्कार लगायतका अपराधहरुको वर्गीकरण हटाइएको छ, यो राष्ट्रसंघले नै पारित गरेको सूचि हो ।’-प्याकुरेलले अनलाइनखबरसँग भन्नुभयो । त्यसैगरी मुद्दा चलाउने, नचलाउने अधिकार महान्यायधिवक्तामा सीमित राखिएकोमा पनि उहाँले आपत्ति जनाउनुभयो । संक्रमणकालीन न्यायको कुरा गर्दा संक्रमणकालीन सजायँमा पनि ध्यान दिनुपर्ने र द्वन्द्वकालीन घटनामा संलग्न व्यक्तिले १ घण्टा भए पनि प्रतिकात्मकरुपमा जेल बस्नुपर्ने उहाँले बताउनुभयो ।

Mar 10, 2013

नेपाली सेनाले आज सेना दिवस मनाउँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नेपाली सेनाले आज सेना दिवस मनाउँदै छ । शिवरात्रीका दिन सेना दिवस मनाउने प्रचलन अनुसार दिवस मनाउन लागेको हो । नेपाली सेनाका परमाधिपति राष्ट्रपति डा रामवरण यादवको प्रमुख आतिथ्यमा सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना हुने छ । मुलुकका विभित्र क्षेत्रमा तैनाथ जङ्गी अड्डा मातहतका पृतना, बाहिनी, गण, गुल्मलगायतका निकायमा समेत सेना दिवसका कार्यक्रम गरिने छ । अहिले नेपाली सेनाको कुल जनशक्ति ९५ हजारको हाराहारीमा रहेको नेपाली सेनाले जनाएको छ । सयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा नेपाली सेना सन् १९५८ बाट संलग्न हुँदै आएको छ । शान्ति स्थापना कार्यमा ९५ हजारभन्दा बढी नेपाली सैनिकले सहभागिता जनाइसकेको नेपाली सेनाले जनाएको छ । हाल विश्वका १३ वटा राष्ट्रसंघीय मिसनमा तीन हजार पाँच सय ७० नेपाली सैनिक कार्यरत छन् । प्रमुख सुरक्षा अंगका रुपमा नेपाली सेनाले मुलुकको स्वतन्त्रता, सार्वभौसत्ता, भौगोलिक अखण्डताको रक्षाको साथसाथै विपद् व्यवस्थापन र विकास निर्माणमा समेत काम गर्दै आएको छ ।

उत्तरकोरिया विरुद्ध राष्ट्रसंघको प्रतिबन्ध घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
संयूक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तरकोरिया विरुद्ध प्रतिबन्ध घोषणा गरेको छ । गएको महिना उत्तर कोरियाले गरेको तेश्रो परमाणु परीक्षणका कारण सुरक्षा परिषदले प्रतिबन्धको घोषणा गरेको हो । उत्तर कोरियाका कुटनीतिज्ञ र सैनिक सम्बद्ध कम्पनीहरुलाई निशाना बनाइएको प्रतिबन्ध अनुसार नगद स्थानान्तरण, भ्रमण र बिलासिताका सामानको कारोबारमा रोक लगाइएको छ । राष्ट्रसंघका महासचिव बान की मूनले पछिल्लो प्रतिबन्ध ‘अन्तर्राष्ट्रिय समुदाय उत्तर कोरियाको परमाणु हतियार हासिल गर्ने लक्ष्य स्वीकार्दैन’ भन्ने स्पष्ट सन्देश भएको प्रतिक्रिया दिएका छन् । राष्ट्रसंघका लागि अमेरिकी राजदूत सुसान राइसले परमाणु कार्यक्रम विकसित गर्ने क्षमता अघि बढाउन उत्तर कोरियालाई दबाब दिनका लागि प्रतिबन्ध जरुरी रहेको बताउनुभयो । राष्ट्रसंघले यसअघि २०१२ डिसेम्बरमा उत्तर कोरियामाथि प्रतिबन्धको घोषणा गरेको थियो । सुरक्षा परिषदको प्रतिबन्धपछि उत्तर कोरियाले दक्षिण कोरियासंगको सबैखाले अनाक्रमण सम्झौता रद्ध गरेको घोषणा गर्नुका साथै दुई देशबीचको मुख्य सीमा क्षेत्र बन्द गराएको छ । यस्तै उत्तर कोरियाली नेता किम जोङ्ग उनले सैन्य इकाईहरुको भ्रमण गरी कुनै पनि समयमा शत्रु विनाश गर्नका लागि तयार रहन निर्देशन दिनुभएको बिबिसीले जनाएको छ ।

लादेनका ज्वाइँ पक्राउ परेको अमेरिकी दाबी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अमेरिकाले ओसामा बिन लादेनका ज्वाइँ सेलइमान अबु घाइथलाई पक्राउ गरेको दाबी गरेको छ । सोमामा बीन लादेनका ज्वाइँ अल कायदाका प्रवक्ता समेत रहेको भन्दै अमेरिकाले उनलाई पक्राउ गरेको बताएको छ । विभिन्न समाचार संस्थामा उल्लेख ओसामाका ज्वाइँ पक्राउ परेको बताइएपनि कहाँबाट पक्राउ परेका हुन भन्ने कुरा खुलाइएको छैन । अमेरिकाले ओसामाका ज्वाइँले अमेरिकीहरु मार्ने षड्यन्त्र रचेको अभियोग लागाउँने भएको छ । ओसामाका ज्वाइँ सेलइमान अबु घाइथलाई शुक्रबार बिहान न्युयोर्कको संघीय अदालतमा उपस्थित गराइने समाचार संस्थाहरुले उल्लेख गरेका छन् । ओसामा ज्वाइँले सन् २००१ मा अबु घाइथले प्यान अरब स्याटेलाइट टेलिभिजनमा बोल्दै अमेरिकीहरुमाथि आक्रमण गर्न मुस्लिमलाई आह्वान गरेको आधारमा अमेरिकाले उनलाई खोजी गरिरहेको थियो । उनले अमेरिकीलाई आक्रमण गर्नुपर्ने बताउँदै सेप्टेम्बर ११ को आक्रमण दोहोरिन सक्ने चेतावनी समेत दिएका थिए।

Mar 8, 2013

महिला प्रधानमन्त्री बनाउन नेत्रीहरुको माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
विभिन्न दलका महिला नेत्रीहरुले राजनीतिक दल भित्रकै महिलालाई प्रधानमन्त्री बनाई निर्वाचनमा जान माग गरेका छन् । उनीहरुले प्रधानन्याधीशलाई प्रधानमन्त्री बनाई निर्वाचनमा जानुभन्दा दल भित्रकै महिलालाई प्रधानमन्त्री बनाई निर्वाचनमा जानुपर्ने समेत बताएका छन् । एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका केन्द्रीय तहका महिला नेत्रीहरूले आज राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरुले यस्तो माग गरेका हुन् । कार्यक्रममा बोल्दै उनीहरुले महिलालाई प्रधानमन्त्री बनाई दिए निर्वाचन सम्पन्न गरेर देखाई दिने अठोट समेत व्यक्त गरे । कार्यक्रममा नेकपा (एमाले) का उपाध्यक्ष विद्यादेवी भण्डारीले शीर्ष दलका शीर्ष नेतागणलाई आग्रह गर्दै महिलालाई प्रधानमन्त्री बनाए निष्पक्ष निर्वाचन गरेर देखाइदिने बताइन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले शक्ति पृथकीकरणको सिद्धान्तलाई बेवास्ता गरी प्रधानन्याधीशलाई प्रधानमन्त्री स्वीकार गर्न नसकिने बताइन् ।

देशभर अन्तराष्ट्रिय नारी दिवस मनाईदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
२५ फागुन,आज मार्च ८, अन्तराष्ट्रिय नारी दिवस । नेपाललगायत विश्वभर नारी अधिकारका विषयमा विविध कार्यक्रमको आयोजना गरी मनाईदैछ । संयुक्त राष्ट्र संघले यसवर्षको अन्तर्राष्ट्रिय नारा महिला हिंसा अन्त्य गरौं, कुरा होइन काम गरौं भन्ने राखिएको छ । दिवसको अवसरमा आज राजधानीलगायत देशभर विभिन्न कार्यक्रम गरिंदैछ । सरकारको तर्फबाट हुने कार्यक्रम अहिले केहीबेरमा राजधानीको भद्रकाली र्‍याली गर्दैछ भने महिला सुरक्षा दबाब समूहले पनि पद्मकन्या क्याम्पस बागबजारबाट छुट्टै र्‍याली गरेको छ । यस्तै उपत्यकामा विभिन्न संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन् भने विभिन्न राजनीतिक दलका महिला संगठनहरुले पनि दिउँसो र्याली तथा सभा गर्दैछन् । अमेरिकामा कपडा उद्योगमा काम गर्ने मजदुर महिलाहरुले समान कामको समान ज्याला लगायत महिलासँग सम्बन्धित अधिकारको आवाज उठाउँदै गरेको संघर्ष सफल भएको दिनको सम्झनामा विश्वभरका महिलाहरुले सन् १९१० देखि मार्च ८ का दिन यो दिवस मनाउने गरिन्छ । विभिन्न अनुसन्धानबाट प्राप्त नतिजाअनुसार नेपाली महिलाहरु २४ घण्टामध्ये कम्तीमा १८ घण्टा काम गर्छन् । त्यसमा पनि बेतलबी अर्थात् तलब नै नपाउने काममा उनीहरू बढी संलग्न हुन्छन् ।

Mar 7, 2013

दलहरु आज प्याकेजमा सहमती गर्ने तयारीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न छलफलमा जुटेका दलहरुले आज सकेसम्म प्याकेजमा सहमति गर्ने बताएका छन् । सहमतिको टुंगो लगाउन हिजो बैठक बसेका चार दलका नेताहरुले आज अन्तिम सहमति गर्ने दाबी गरेका थिए । सेना समायोजन विशेष समितिको कार्यालय नयाँ बानेश्वरमा बसेको शिर्ष नेताहरुको वैठकमा बिहीबारको शीर्षनेताहरुको बैठकमा बाधा अड्काउ फुकाउने, नागरिकता, सत्यनिरुपण तथा मेलमिलाप आयोग, मतदाता नामावली लगायतका विषयमा सहमति भएको थियो । तर सेनामा समायोजन भएका माओवादी लडाकुको दर्जा निर्धारणका विषयमा भने दलहरुबीच विवाद छ ।

Mar 6, 2013

खिलराजको मुद्दा चैत्र १ सम्म सर्‍यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
२४ फागुन,प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बन्नबाट रोक्ने मुद्दामा चैत्र १ गते सुनुवाइ हुने भएको छ । अभिवक्ता भरत जंगमद्वारा दायर रिटमाथि आज भएको विशेष इजलासको सुनुवाइले चैत्र १ गते अर्को मुद्दासँगै राखेर एकसाथ इजलासमा पेश गर्न आदेश दिएको छ । जंगमद्वारा दायर रिट आज न्यायाधीशत्रय कल्याण श्रेष्ठ, गिरीशचन्द्र लाल र सुशीलाको विशेष इजलासमा सुनुवाइ भएको थियो । आज अन्तिम सुनुवाइ गर्ने भनए पनि अर्को यस्तै प्रक्रियाको मुद्दामाथि चैत्र १ गते सुनुवाइ हुने भएकाले दुबै मुद्दालाई एकसाथ विशेष इजलासबाट पेश गर्ने आदेश अदालतले गरेको छ । अधिवक्ता ओमप्रकाश अर्यालद्वारा दायर जंगमको जस्तै प्रकृतिको रिटमाथि सुनुवाइ चैत्र १ मा विशेष इजलासबाट हुँदैछ । अर्याल र जंगम दुबैका रिटमाथि १ गते सँगै सुनुवाइ हुने भएको छ । गत फागुन १५ गते जंगमले रेग्मीलाई प्रधानमन्त्री बनाउनु संविधान र शक्तिपृथक्कीकरणको सिद्धान्त विपरीत हुने भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र एमाओवादी अध्यक्ष प्रचण्डलाई विपक्षी बनाइएको छ । प्रधानन्यायधीश खिलराज रेग्मीको नेृतत्वमा चुनावी सरकार बनाउन प्रमुख राजनीतिक दलहरु सैद्धान्तिकरुपमा सहमत भए पनि यसबारे अदालतले कस्तो निर्णय दिन्छ भन्नेमा सबैले चासोपूर्वक हेरिरहेको अवस्थामा यो मुद्दा एक गतेलाई सरेको हो ।

विश्व साहित्य महासङ्घको चुनाव असारमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समितिको नयाँ नेतृत्वका लागि आगामी असार १४ गते निर्वाचन हुने भएको छ ।महासङ्घ सचिवालयको शनिबारको बैठकले सो निर्णय गर्दै महासङ्घ सल्लाहकार तथा पूर्वराजदूत मुरारीराज शर्मा (बेलायत) लाई निर्वाचन आयुक्तमा चयन गरेको छ । बैठकले केन्द्रीय सल्लाहकार डा कविताराम श्रेष्ठ अस्वस्थ भई बेलायतको गिलफोर्ड अस्पतालमा भर्ना हुनुभएकामा उहाँको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको महासङ्घका महासचिव विश्वदीप तिगेलाले जानकारी दिनुभयो । सम्पूर्ण नेपाली साहित्यलाई समेट्ने उद्देश्यले भानुजयन्ती (विसं २०६७) का दिन महासङ्घको औपचारिक स्थापना भएको हो । महासङ्घमा हाल विश्वभरका विभिन्न ११ मुलुकमा १३ वटा शाखा, यसमा चार साहित्यिक संस्थाको आबद्धता रहनाका साथै विश्वभरबाट करिब २५ आजीवन तथा संरक्षक सदस्य रहेका छन् ।

माल्दिभ्सका पूर्व राष्ट्रपति राजधानी मालेबाट पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नासिदलाई त्यहाको पुलिसले माल्दिभ्सको मालेबाट पक्राउ गरेको छ। त्यहाँको अदालतले पक्राउ गर्ने आदेश तेस्रो पटक दिएपछि नासिद पक्राउ परेका हुन् । समाचार संस्थाहरुले नासिद पक्राउ परेको खबर सार्वजनिक गरेका हुन् । नासिदमाथि फौजदारी अदालतका प्रधानन्यायाधीशलाई हिरासतमा लिन सेनालाई गैरकानुनी रुपमा आदेश दिएको आरोप लागेको थियो । उनी माथि लागेको आरोपको सुनुवाई गर्दै त्यहाँको अदालतले पक्राउ पूर्जी जारी गरेपछि त्यहाँको प्रहरीले उनलाई पक्राउ गरेको हो । समाचचार संस्था एएफपीले उनका प्रवक्ता सैना अमिनाथलाई उदृत गर्दै लेखेको छ ‘केही समयअघि ठूलो संख्यामा आएका प्रहरीले राजधानी मालेबाट उनलाई पक्राउ गरे’ नासिदले यस अघि भने मालेमा रहेको भारतीय दूतावासमा शरण लिएका थिए । उनले सेप्टेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा आफूलाई उम्मेद्ववार बन्न नदिने षड्यन्त्रका साथ पक्राउ गरेको प्रतिक्रिया दिएको समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

संघीय लोकतान्त्रिक मोर्चाको बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बिभिन्न माग राख्दै नेकपा-माओवादी लगायतका दलको आव्हान गरेको बन्दको एक दिन सकिन नपाउँदै अर्को बन्द भएको छ । बिहीबार फेरि उपेन्द्र यादव नेतृत्वको मोर्चाले बन्द गरेको छ । संघीय लोकतान्त्रिक मोर्चाले गरेको बन्दले बिहीबार पनि देशभरको जनजीवन कष्टकर तथा प्राय ठप्प बनेको छ । बिहानदेखि यातायात र पसल बन्द रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौ लगायतका मुख्य शहर र राजमार्गमा गाडी चलेका छैनन् । बजार र शिक्षणसंस्था पनि बन्द रहेका छन् । यसैबीच बन्दकर्ताले काठमाडौको बानेश्वरमा माउण्टेन टेलिभिजनको बा ९ च २९३३ नम्बरको गाडी तोडफोड गरेका छन् । बन्दको कारण गाडी नचल्दा काम विशेषले टाढा पुग्नुपर्नेहरु घण्टौं पैदल हिँड्न बाध्य छन् । अस्पताल, कार्यालय लगायतका अत्यावश्यक ठाउँमा ओहोरदोहोर गर्नेहरुलाई बन्दले सबैभन्दा दुख भएको छ । प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न नहुने माग सहित हिजो बन्द गरिएको थियो । यस्तै स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन लगायतका माग गर्दै बन्द गरिएको हो ।

Mar 2, 2013

हङकङको दशौं साहित्य सृङ्खला उपलव्धिपूर्ण सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं हङकङ 
फेव्रूवरी २५, स्थानीय जोर्डन स्थित नेपाली महासंघको कार्यालयमा हङकङमा रहेका कृयाशिल नेपाली स्रष्टाहरूको साझा "साहित्यिक सृङ्खला दशौं" विगतझैं प्रत्येक महिनाको अन्तिम आईतवार विहान कवि चन्द्र मादेन "आन्छन्"को सँयोजकत्वमा सौहाद्वपूर्ण वातावरणमा सम्पन्न भएको छ । "नेपाली वाङ्मयको सम्र्दन र सम्रक्षण गरौं" भन्ने नारा राखिएको वेनरमा हङकङका कृयाशिल र दिग्गज शाहित्यकारहरूको बसिवियाँलो चौतारीको रूपमा प्रेमीलो साहित्यमय उपस्थिति भएको थियो ।विगतका दिनहरूमा भन्दापनि धेरै दशजना स्रष्टाहरूबाट देशप्रेम र जीवन जगतका कविता, गजल, गीत र मुक्तकहरू सुनाईएको थियो ।उपस्थितहरू सवैले यसलाई उपलव्धि मानेका थिए । धारावाहिक रूपले भैरहेको उक्त कार्यक्रममा सृजनशील कवि र कवयित्रीहरू-वल्लव रोका (देश वचाँऊ), प्रकाश छाङ्छा (फूटकर मुक्तक), पूर्णिमा शाह (सुनौलो विहानीवनि आयौ तिमी), टोप ब याक्खा (म सडक र संघीयता), मोहन गुरूङ्ग (हावा चल्यो), भुपेन्द्र चेम्जोङ (ऐना), विष्णु ईङ्नाम (मेरो सपनाको घर), डी बी पालुङ्वा(विसंगति) त्रिभुवन लुङ्फुङ्वा (आउदैछु म मातृभूमी) र चन्द्र मादेन "आन्छन्"(माटोको लागि) द्वारा वाचन र समिक्षा गरिएको थियो भने अन्य स्रष्टाहरू विष्णुनन्द चाम्लिङ् र महेन्द्र लिम्वूबाट समिक्षात्मक टिप्पोणी रहेको थियो ।

Mar 1, 2013

हङकङमा लिम्बु फिल्म “केःवा कोःक्मा” प्रर्दशन हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं रविन लिङदेन “आम्भु जेठा” 
हङकङ, २५ फेब्रुअरी, लिम्बु भाषा र संस्कृतीमा आधारित चलचित्र “केःवा कोक्मा” अर्थात “लाटो पहाड” हङकङमा प्रदर्शन हुने तयारी सहित प्रमोशन सो सम्पन्न भएको छ । नेपाल इन्टरनेशनल इण्डिजिनस फिल्म फेस्टिवल २०१२ मा “पब्लिक च्वाइस” अवार्ड जित्न सफल ठुलो पर्दाको चलचित्र आगामी मार्च ३१ तारिक याउमातेइ कम्युनिटि सेन्टरको हलमा प्रदर्शन हुने भएको छ । सेहोनाम्लाङ फिल्म्स प्रा. ली. को ब्यानरमा निर्माण भएको चलचित्र “केःवा कोक्मा” पहिलो पल्ट हङकङबाट प्रदर्शन हुन लागेको “याक्थुङ मुनचयित चोक्सयङ” (लिम्बु चलचित्र निर्माण संघ)का अध्यक्ष तथा चलचित्र निर्देशक मौसम इम्बुङले वताए । हङकङ नेपाली महासंघको कार्यालयमा शनिवार साँझ किरात याक्थुङ चुम्लुङले आयोजना गरेको “केःवा कोक्मा” जानकारी सभामा अध्यक्ष इम्बुङले उक्त कुरा वताएका हुन । लिम्बु भाषा (मातृ भाषा) मात्र वोल्न सक्ने मानिस अथाव वच्चा नेपाली समुदायमा कसरी हुर्कन्छ भन्ने शिक्षा बोकेको चलचित्र “केःवा कोःक्मा” प्रमोशन सो हेरिसकेपछि वाहिर निस्कदा सोधिएको प्रश्नमा लाओती सयङका अध्यक्ष भिमराज लाओतीले “केःवा कोःक्मा” एकपल्ट हेर्नै पर्ने फिल्म भएको वताए । लाओतीको कुरामा थप्दै सीता आङवोहाङले फिल्मले आफ्नो मन जितेको वताइन् । रवि शेर्माले निर्देशन गरेको चलचित्रका प्रस्तुतकर्ता तथा नायक सविन तुम्बाहाङफेको “केःवा कोःक्मा”मा निर्माता आइन्द्र सुन्दर नेम्बाङ सहनिमार्ताहरुमा सुमन वनेम, इन्द्र आङदेम्बे, सक्ति नेम्बाङ, होम कुमारी सिङघक सुनुवार रहेका छन् । चलचित्रका नायिका प्रविण पन्धाक छिन भने बाल कलाकार अर्जुन वेघा रहेका छन । यासेली योङहाङ, सुर्य प्रकाश चेम्जोङ, आइन्द्र सुन्दर नेम्बाङ, अर्जुन वेघा लगायतका कालाकारहरुको विशेष भुमिका रहेको उक्त चलचित्रमा उपेन्द्र शुब्बाको लेखन तथा भुवानी विक्रम सम्बाहाम्फेले संगित दिएका छन् । जानकारी सभामा चलचित्रको भुमिका वारेमा “केःवा कोक्मा”का सह निर्माता सुमन वनेमले आफ्नो कुरा राखेका थिए भने कार्यक्रमका प्रमुख अतिथि हङकङ नपाली महासंघका सचिव नन्द चङसुले जातिय भाषिक आधारमा वनेको चलचित्रहरुलाइ प्राथमिक्ता दिनु पर्ने वताए । चुम्लुङको अध्यक्ष त्रिभुवन लुङफङवाको अध्यक्षतामा भएको “केःवा कोक्मा” जानकारी सभामा सदस्य किरण लिवाङले संचालन गरेका थिए । चुम्लुङको सदस्य रुद्र फोम्बोले स्वागत मन्तब्य गरेको उक्त कार्यक्रममा किरात धर्म साहित्य उत्थान संघका अध्यक्ष मोहनमान नेम्बाङ, तेह्रथुम हङकङ मञ्चका अध्यक्ष श्याम इङनाम लगायत अन्य अतिथिहरुले सहभागिता जनाएका थिए ।

जापानी कम्पनी फुजित्सुले अत्याधुनिक लठ्ठीको निर्माण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जापानी कम्पनी फुजित्सुले अत्याधुनिक लठ्ठीको निर्माण गरेको छ । यो लट्ठीले वृद्धवृद्धालाई बाटो देखाउने मात्र होइन उनीहरुको स्वास्थ्यको अवस्थाका बारेमा पनि जानकारी दिनेछ । नेक्स्ट जेनेरेसन केन नाम दिइएको उक्त आधुनिक लट्ठीमा जिपिएस प्रविधि जडान गरिएको छ । यसले बुढाबुढीलाई बाटो पहिल्याउन सहयोग गर्ने मात्र होइन उनीहरुले सरीरको तापक्रम र मुटुको गतिका बारेमा पनि जानकारी दिनेछ । घरको कोही सदस्य यो लट्ठी टेकेर बाहिर गएको छ भने उसको अवस्थाका बारेमा घरमै बसेर अनलाइन मार्फत जानकारी पाउन सकिन्छ । यदि लट्ठी टेक्ने लड्यो भने तुरुन्त इमेल अलर्ट आउँछ र घरमै त्यसको तत्काल जानकारी पाउन सकिन्छ । जापानमा बुढाबुढीको संख्या बढिरहेको हुँदा सोही कुरालाई दृष्टिगत गरी आविष्कार गरिएको आधुनिक लट्ठी निकै उपयोगी हुने विश्वास गरिएको छ । बार्सिलोनामा आयोजित मोबाइल कंग्रेसमा सार्वजनिक गरिएको यो आधुनिक लट्ठीमा जिपिएसका साथै थ्री जी र वाइफाइ सेवा उपलब्ध छ । हातले समाउने ठाउँमा एलइडी मोनिटर छ । जसमा विभिन्न गतिविधिहरुको जानकारी देखिन्छ । यदि घुमाउरो बाटो आयो वा हिड्नेले दिशा परिवर्तन गर्नुपर्यो भने लट्ठीमा कम्पन हुन्छ र कता जानुपर्ने हो उतै जानुपर्ने एरो मोनिटरमा देखापर्छ ।

एमाओवादी र माओवादीमा सम्पत्ति विवाद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
फागुन १९,एकीकृत माओवादी र सोसँगै गत असारमा विभाजित भएको नेकपा-माओवादीबीच सम्पत्ति बाँडफाडको मुद्दा फेरि बल्झेको छ। चितवन पार्टी कार्यालयमा भएको विवादमा मुछिएका वैद्य माओवादी कार्यकर्ता रामराज भुर्तेललाई गत १० गते प्रहरीले पक्रेपछि विवाद बल्झेको हो। गत असार १६ गते भएको विवादपछि सम्पत्ति भए पनि भागवण्डा अझै पनि हुन सकेको छैन। सोही प्रकरण पछि पुनः चर्केको विवाद हल गर्न माओवादी अध्यक्ष मोहन वैद्य एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल निवास पुगेका छन्। लाजिम्पाटस्थित एमाओवादी अध्यक्ष दाहाल निवासमा भएको द्विपक्षीय सो भेटमा पार्टी मुख्यालय, पेरिस डाँडामा भागवण्डा गर्ने तथा सो भवन खरिद गर्दा लागेको ऋण तिर्ने सहमति भएको छ। स्रोतका अनुसार एमाओवादीले ७० र माओवादीले ३० प्रतिशतका आधारमा ऋण तिर्ने सहमति गरेका छन्। सो भवन खरिदका लागि राष्ट्रिय उद्योग व्यापार महासंघका अध्यक्ष शिव कट्टेलले लालीगुराँस फाइनान्ससहित अन्य बैंकबाट निकालेको साँवा ब्याजसहित ३ करोड २० लाख रुपैयाँ तिर्ने भएका छन्। चितवन पार्टी कार्यालयको विवाद हल गर्न भने तत्कालीन जिल्ला समितिमा रहेका सदस्यता विभाजनलाई आधार बनाएर भागवण्डा गरिने भएको छ। जसका लागि एमाओवादीका तर्फबाट हितराज पाण्डे तथा माओवादीका तर्फबाट देव गुरुङको दुईसदस्यीय कार्यदल बनाइएको छ। एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको सरकारले भुर्तेललाई पक्राउसँगै प्रकाश खनाल, किरण पोखरेल, केशव नेपाल, लालमणि कुँवर, रुक्मांगत खरेल, बुद्ध पाखि्रन, सशक्तशरण गोले, सूर्य बराल, भीमबहादुर खड्का, लालबहादुर तामाङ, नारायण न्यौपानेलाई वारेन्ट जारी गरेको छ। वारेन्ट फिर्ता लिन पनि दाहाल र वैद्य दुवै सहमत भए पनि कार्यान्वयन पक्ष भने जटिल रहेको लाजिम्पाट स्रोतले बतायो।

चिनियाँ नेतृत्वलाई सुधार गर्न खुला पत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चीनमा केही सञ्चारकर्मी, विद्वत्वर्ग र अभियन्ताहरूले चिनियाँ नेतृत्वलाई सुधार गर्न खुला पत्र पठाएका छन्। उनीहरूले लेखेको त्यो खुला पत्रमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले राजनीतिक सुधार गर्नु पर्ने माग उल्लेख गरीएको छ। यो पत्र सहित उनीहरूले तिन महिनाको समय अवधिमा यो तेस्रो माग प्रस्तुत गरेका छन्। सो पत्रलाई उनिहरुले विभिन्न चिनियाँ वेबसाइट र ब्लगमा समेत प्रेषित गराईसकेका छन्। पत्रमा चीनका विभिन्न विद्वान्, अर्थशास्त्री माओ युसी, कानुनविद् ही बिङ्खयाङ र चर्चित राजनीतिक कार्यकर्ता दई क्विङले समेत हस्ताक्षर गरेका छन्। गत डिसेम्बरमा पनि यिनै व्यक्तिहरूको समुहले राजनीतिक सुधारको माग गर्दै वरीष्ठ नेताहरूलाई खुला पत्र पठाएका थिए। पत्रमा स्वतन्त्र न्यायपालिका र अर्थपूर्ण प्रजातान्त्रिक परिवर्तनको माग गरिएको थियो। केहि दिन पछि बेइजिङमा हुने चिनियाँ नेताहरूको वार्षिक संसद् अधिवेशनको समयलाई लिएर उनीहरूले यस्तो पत्र लेखेका हुन्। सो अधिवेशनमा वर्तमान राष्ट्रपति हुललाई विस्थापीत गरी चीनका सर्वोच्च नेता सी जिन पिङले औपचारिक रूपमा चीनको राष्ट्रपतिको कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ । हुको सोही दिन १० बर्षीय कार्यकाल समापन हुदैछ।

आमरण अनशनमा बसेकी शारदाको स्वास्थ्य थप कमजोर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भ्रष्टाचार विरुद्धको अभियानमा दवाव दिन आमरण अनशनमा बसेकी शारदा भुसाल झाको स्वास्थ्य अवस्था थप कमजोर भएको छ । विगत नौ दिन देखि काठमाडौंको शान्तिबाटिकामा आमरण अनसनमा बसेकी भुसाल उठ्न र राम्ररी बोल्न समेत नसक्ने अवस्थामा पुगेकी छन् । फागुन ११ गते ११ बजेदेखि आमरण अनशनमा बसेकी उनले माग पूरा नभएसम्म अनसन नछोड्ने बताएकी छन् । भ्रष्टाचार मुक्त समाजको निर्माणमा सहभागि बन्न आग्रह गर्दै आएकी उनले सरकारले आफ्ना मागबारे चासो नदिएको आरोप लगाएकी छन् । महोत्तरीका विभिन्न गाविसमा भएको अनियमितता छानबीनको माग गर्दै आमरण अनसन थालेकी उनले डेढ वर्षअघि पनि अनसनमा बसेकी थिइन् । अर्घाखाँची जिल्लाको सन्धीखर्कमा २०३२ सालमा जन्मिएकी शारदाले भ्रष्टचार विरोधी अभियानको सुरुवात भने आफ्नै गाविस महोत्तरीको बलौनी-दमौलीबाट सुरु गरेकी हुन् ।

धरौटीमा रिहा हुने भए महासेनानी कुमार लामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
युद्ध अपराध अभियोगमा बेलायतमा पक्राउ परेका नेपाली सेनाका महासेनानी कुमार लामा धरौटीमा रिहा हुने भएका छन् । शुक्रबार राती चेल्म्स्फोर्ड क्राउन कोर्ट ससेक्समा भएको बहसपछि लामालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो । लामाका तर्फबाट क्यूसी जेम्स् लुइसले वहस गरेका थिए । यसअघि प्रारम्भिक सुनुवाईका क्रममा धरौटीमा रिहा गर्न अस्वीकार गरिएपछि उनी झण्डै दुई महिनादेखि लन्डनको बेलमार्स कारागार थिए । दश हजार पाउण्ड धरौटी र अन्य कानुनी प्रक्रिया पुरा भएपछि बढिमा तीन दिनभित्र लामा छुट्ने बताइएको छ । धरौटीमा रिहा भए पनि लामाले मुद्दाको टुङ्गो नलागेसम्म बेलायत छाड्न नपाउने बताइएको छ। अदालतले उनलाई खोजेको बेला उनी उपस्थित हुनुपर्ने शर्त राखिएको छ। बेलायतमा काम गर्ने आफ्नी श्रीमतीलाई भेट्न गएका बेला लामालाई पक्राउ गरिएको थियो । कर्णेल लामामाथि गोरुसिङ्गे ब्यारेकमा जनकबहादुर राउत र कमर हुसेनले यातना दिएको अभियोग लागाइएको छ ।