News

Feb 29, 2012

एमाले प्रतिनिधि परिषद भेलामा ८ सय ७८

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन १७,एमालेले फागुन २१ देखि सुरु हुने राष्ट्रिय प्रतिनिधि परिषद बैठकमा ८ सय ७८ जना सहभागी गराउने भएको छ। मंगलबार पार्टी मुख्यालय बल्खुमा स्थायी कमिटी बैठकले ८ सय ३६ जना प्रतिनिधिमा थप ४२ जना मनोनयन गर्ने निर्णय गरेको हो। बैठकले परिषदमा महिला प्रतिनिधि संख्या बढाउने निर्णय लिएको सचिव शंकर पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार बैठकले १ देखी ३ वटा निर्वाचन क्षेत्र भएका जिल्लाबाट १/१ जना, ४ देखि ६ निर्वाचन क्षेत्र भएका जिल्लाबाट २/२ जना र ७ भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाबाट ३/३ जनाका दरले महिला प्रतिनिधि थप गर्ने निर्णय लिएको छ। स्थायी कमिटीको यो निर्णयपछि भूगोलबाट प्रतिनिधित्व गर्नेमा १ सय १७ जना महिला प्रतिनिधि थप भएका छन्। बैठकले विभिन्न १६ वटा जनवर्गीय संगठनबाट पनि ३/३ जनाका दरले महिला प्रतिनिधि थप गर्ने निर्णय लिएको छ। सचिव पोखरेलका अनुसार प्रतिनिधि परिषद बैठकमा महिला प्रतिनिधि संख्या २ सय हाराहारी हुनेछ। परिषद सदस्यमा महिलाको संख्या कम भएको भन्दै महिला नेतृहरुले विरोध जनाएपछि स्थायी कमिटी बैठकले महिला प्रतिनिधि बढाउने निर्णय लिएको हो। बैठकले प्रतिनिधि परिषद बैठकमा अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदनका साथै केन्द्रीय आयोग र विभागका गरी पाँचवटा प्रतिवेदन प्रस्तुत गर्ने निर्णय पनि लिएको छ। बुधबार पुनः बस्ने स्थायी कमिटी बैठकले मनोनीत गर्ने ४२ जना प्रतिनिधिका नाम टुंगो लगाउनेछ भने केन्द्रीय कमिटी बैठकको मिति पनि तोक्नेछ।

देशकै सबैभन्दा बढी विद्युत् चुहावट बर्दियामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली जनता लोडसेडिङको मारमा परिरहेकै बेला विद्युत् प्राधिकरणको अध्ययनले देशको सबैभन्दा बढी विद्युत् चुहावट हुने जिल्लामा बर्दियालाई देखाएको छ । प्राधिकरणको अध्ययनले बर्दियामा ५१ प्रतिशत चुहावट हुने गरेको बताएको हो । प्राधिकरणको शाखा प्रमुख चुट्टन श्रीवास्तवले देशकै बढी विद्युत् चुहावट हुने जिल्लामा परेकाले यसलाई रोक्न कठोर कदम चालिने बताएका छन् । जिल्लामा विद्युत् जडान गरेका ४२ हजार ग्राहक छन् । ती मध्ये कतिपयले मिटरको तार हटाएर हुकबाट विद्युत् चोर्ने गरेको पाइएको छ । चुहावट हुने घर , पसल, होटल, कारखानाधनीलाई पक्राउ गर्ने योजना बनाएको र आवश्यक परे थुनामा राखेर कारबाही गर्न निर्देशन दिएको शाखा प्रमुख श्रीवास्तवले बताएका छन् । ६ महिना अघि प्राधिकरणले हुकबाट विद्युत् चुहावट रोक्न अभियान थालेको थियो तर कानुनी कारबाही नभएकाले विद्युत् चोर्ने फेरि सक्रिय भएका थिए । विद्युत् प्राधिकरणले जिल्लामा कारवाही स्वरुप थप १ देखि ५ घण्टासम्म लोडसेडिङ बढाएको छ ।

बिस्फोट 'विश्वक्रान्ति' भनिने देवराज लामाकै योजनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन १७ - राजधानीको बबरमहलमा सोमबार भएको बम विस्फोट 'विश्वक्रान्ति' भनिने देवराज लामाकै योजनामा भएको निष्कर्ष प्रहरीले निकालेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार दिनभरको अनुसन्धानका आधारमा लामाकै योजनामा विस्फोट भएको निष्कर्ष निकालेको हो। विस्फोटमा धादिङ बैरेनीका मानबहादुर तामाङ, त्यहींका कृष्णबहादुर तामाङ र बाराका वीरबहादुर तामाङ मारिएका थिए। सात घाइते भएका थिए। घटनालगत्तै केही सञ्चारमाध्यममा फोन गरेर विश्वक्रान्तिको नाममा लामाले घटनाको जिम्मेवारी लिए पनि प्रहरीले पुष्टि गरेको थिएन। प्रहरीले मंगलबार भने 'तीन जनाको ज्यान जानेगरी बबरमहलमा भएको विस्फोटको घटनामा लामा प्रमुख रूपमा संलग्न रहेको' किटान गरेको छ। लामा संलग्न रहेको संयुक्त जातीय मुक्तिमोर्चाले विज्ञप्तिमार्फत घटनामा संलग्नता अस्वीकार गरे पनि प्रहरीले मोर्चाका पदाधिकारीलाई समेत खोजिरहेको छ। प्रकृति हेर्दा मोर्चाले सरकारलाई धम्क्याउन विस्फोट गराएको तर घटनामा आफ्नै समुदायका व्यक्ति परेपछि 'फेस सेभिङ'का लागि विरोध गरेको निष्कर्ष प्रहरीले निकालेको अनुसन्धान समितिका एक सदस्यले बताए।

दुई नेपाली विश्वकै रोमाञ्चक यात्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन १७ - पहिलो पटक प्याराग्लाइडिङ देख्दा लाक्पाछिरी शेर्पाले एउटा सपना देखेका थिए, घरमाथिका अग्ला खुम्बु हिम शृंखलाको चुचुराबाट त्यसमा बसेर उड्ने । सगरमाथाको तेस्रो सफल आरोहणपछि उनले थाहा पाए, प्याराग्लाइडिङ भयानक गहिरा हिम खाल्डो हुँदै चुचुराहरूबाट तल र्झने सबभन्दा सजिलो, छिटो र आकर्षक तरिका हो । अक्टोबर २०१० मा लाक्पाले एउटा प्याराग्लाइडर भाडामा लिए । केही किला ठोकेर पाल लगाए । अनि घरमाथिको डाँडाबाट उडाए । त्यसबेला उनी झन्डैले एउटा रूखमा ठोक्किएका । अलिकतिले केही भएन । तर प्याराग्लाइडरको पखेँटा नराम्ररी कच्याककुचुक भयो । त्यो बनाउन र प्याराग्लाइडिङ सिकाउने गुरु खोज्न लाक्पा पोखरातिर हान्निए, जहाँ बग्रेल्ती प्याराग्लाइडर भेटिन्छन् । लाक्पा वर्षौंअघि एउटा टापुमा भेटिएका सानोबाबु सुनुवारकोमा पुगे । उनले लाक्पाको ग्लाइडर मर्मत गरिदिए । अनि दुईले एउटा रोमाञ्चकारी योजना पनि त्यहीं बनाए ।
योजनाअनुसार विश्वकै अग्लो शिखर सगरमाथा चढ्नु पर्थ्यो, त्यहाँबाट सकेसम्म पर प्याराग्लाइडिङ गरेर उड्नु पर्थ्यो, साइकल चढेर खोलाहरू नदीमा मिसिने ठाउँमा पुग्नु पर्थ्यो, नदीमा कायाक (एक खाले रोमाञ्चकारी ढुंगा, जसमा एक जना मात्रै बस्न र चलाउन मिल्छ) गर्दै सीमा पार गरी भारतीय नदी गंगामा पुग्नु पर्थ्यो, अनि गंगामा डुंगा खियाउँदै भारतीय समुद्रसम्म पुग्नु पर्थ्यो । खेल, साहस र मित्रताको संयोजनले बनेको यो योजना आफैंमा अद्वितीय थियो । २८ वर्षीय सानोबाबुसँग हिमाल चढेको अनुभव थिएन । ३९ वर्षीय लाक्पाले कहिल्यै कायाक गरेका थिएनन् । उनलाई पौडिनसम्म पनि आउँदैनथ्यो । सन् २०११ को अपि्रलमा यी दुईले आवश्यक उपकरणहरू भाडामा लिए । रोमाञ्चक यात्राका लागि आधारभूत योजना बनाए । अनि सगरमाथा चढ्न निक्लिए । गएको मे २१ मा सर्वाेच्च शिखरबाट प्याराग्लाइडर उडाउनेमा उनीहरू तेस्रो थिए । ८ हजार ८ सय ६५ मिटर अग्लो ठाउँबाट चराझैं उडेर उनीहरूले नयाँ विश्व रेकर्ड पनि राखे ।
कोसी नदीमा कायाक गर्दागर्दै सानोबाबु एउटा भुमरीमा परे, लाक्पा डुबे । तर तिनले त्यो कसैगरी पार गरे । यात्रा जारी राखे । योजनाअनुसार अन्तिममा डुंगा खियाउँदै भारतीय समुद्र पार गरेपछि उनीहरू अपरिचित देशमा पुगे । त्यहाँ उनीहरूको घाँटीमा चक्कु तेस्र्याइयो र उनीहरू लुटिए । फलफूलको रूखका बोक्रा र पात खाएर उनीहरूले ज्यान जोगाए । ८ सय ५० किलोमिटर दूरीमा डुंगा खियाएपछि उनीहरू बंगालको खाडीमा पुगे । गएको जुन २७ मा उनीहरू सगरमाथादेखि भारतीय समुद्रसम्म पुग्ने पहिलो यात्री भए ।
'समुद्रको किनारमा पुगेपछि हामी निकै अत्तालियौं,' सानोबाबु भन्छन्, 'किनभने हामी ठूलठूला राता बिच्छीहरूबाट घेरिएका थियौं ।'
पछि उनले त्यसको तस्बिर साथीहरूलाई देखाएपछि पो थाहा पाए, उनले खतरनाक बिच्छी भनेका ती राता प्राणी निरापद गँगटाहरू रहेछन् । यी दुईलाई अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ समुदायले कदर गर्‍यो । नेपाली सञ्चार माध्यमले राष्ट्रिय नायक भनेर प्रचार गरे । पश्चिमा रोमाञ्चक यात्रीहरूले उनीहरूको साहसिक, सरल र एकदमै कम खर्चमा गरिएको यात्राको प्रशंसा गरे । यो यात्रामा कुनै सामाजिक सञ्चारको अभियान थिएन, व्यावसायिक घरानाको प्रायोजन थिएन, रोमाञ्चकारी यात्राको कुनै वेबसाइट पनि थिएन । थियो त अत्यावश्यक सामग्री थियो । अनि थियो नयाँ दृष्टि, सिर्जना र मित्रता ।

राजधानीमा फेरि बम विस्फोट हुने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सोमबार राजधानीमा भएको बम विस्फोटको जिम्मा लिने संयुक्त जातीय मुक्ति मोर्चाको नामबाट मंगलबार दिउँसो नारायणहिटी राजदरबारमा रहेको नेपाली सेनाको उपत्यका पृतनामा एक अज्ञात व्यक्तिले फोन गरी राजधानीमा फेरि बम विस्फोट हुने चेतावनी दिएको छ । सुदूरपश्चिमाञ्चलको प्रिपेड मोबाइल फोन प्रयोग गरी उक्त धम्की दिइएको पृतना स्रोतले जानकारी दिएको छ । उक्त फोन पृतनामा आएपछि पृतनाले सैनिक मुख्यालयलाई जानकारी गराएको र मुख्यालयले सबै सुरक्षा निकायलाई पृतनामा आएको फोनको बारेमा जानकारी गराएपछि सुरक्षा निकाय हाई अलर्टमा बसेको थियो । सुरक्षा निकायले राजधानीका संवेदनशील क्षेत्रमा छापा मारेको थियो । सुरक्षा निकायले राज्यका प्रमुख प्रशासनिक क्षेत्रमा उल्लेख्य मात्रामा सादापोशाकका प्रहरी परिचालन गरेको थियो ।

घुस लिँदा लिँदै समातिए वनमन्त्रीका स्वकीय सचिव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वन तथा भु-संरक्षण राज्यमन्त्री लक्ष्मण महतोका स्वकीय सचिव नागेन्द्र यादव घुस लिँदा लिँदै समातिएका छन् । प्रहरी नायब उपरीक्षक लालमणि आचार्य नेतृत्वको टोलीले बिजुलीबजारस्थित पीस प्वाइन्ट रेस्टुरेन्टबाट वनमन्त्रीका पीए नागेन्द्र यादवलाई ५० हजार रुपैयाँ घुस लिँदा लिँदै रंगेहात नियन्त्रणमा लिएको हो । यादवले घुस लिँदै गरेको सूचनाको आधारमा अख्तियार प्रतिनिधिसहित प्रहरी टोली परिचालित थियो । प्रहरीले पक्राउ गरेपछि उनले ‘फेन्ट’ भएको बहाना गरेका छन् ।

Feb 28, 2012

हङकङव्यापी वृहत कविता प्रतियोगिता २०१२ सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
खोटाङ टेम्के तुवाचुङ साहित्यिक पुरस्कार अक्षय-कोष निर्माण समिति हङकङले आईतवार एक कार्यक्रम गरि हङकङका नेपाली कवि तथा कवयत्रिहरुको कविता प्रतियोता गराएको छ । उक्त प्रतियोगितामा हङकङमा वसोवास गर्ने नेपाली वरिष्ठ कवि देखि नव उदय कवि तथा कवयत्रिहरुको भिड रहेको थियो । प्रतियोगि १० जना रहेका थिए भने अप्रतियोगिहरु पनि उतिनै रहे पनि समयको अभावले गर्दा सबै वाचन गर्न सकिएको थिएन। कविता प्रतियागितामा उत्कृष्ट ५ कविहरु छनौट भएका थिए । “सहर र अवयव ईन्द्रियहरु” कविताको शिर्ष लिएर, प्रथम भएका थिए कवि मोति चाम्लिङ । आषिस सम्पाङ ‘महेश’ले आफ्नो कविताको शिर्ष “रेमिट्यान्स” लिएर दोश्रो भएका थिए । “नेपाल सरकार नागरिक्ता फिर्ता गर” चन्द्र मादेन ‘आन्छान’, “म जिन्दगी ठुले र प्रदेश” रुद्र नाल्वो र “माटोको मायाँ” टोप वहादुर राई क्रमशः तेश्रो, चौथो र पाचौं स्थान हासिल गर्न सफल भएका थिए ।
प्रथम, दोश्रो र तेश्रो प्रतियागी कविहरुलाई कप प्रदान गरिएको थियो । चौथो र पाचौं कविहरुलाई प्रमाण-पत्र वितरण गरिएको थियो । कविता प्रतियोगितामा भाग लिने कविहरुलाई पनि प्रमाण-पत्र प्रदान गरिएको थियो । विनय शाहा, आषिस साम्पाङ, प्रज्ञा राई, पिताम्बर राई, पवित्र राई, टोप वहादुर राईले कविता प्रतियोगितामा भग लिई प्रमाण-पत्र प्राप्त गरेका थिए । कप नेपाली महासंघ हङकङका अध्यक्ष प्रदिप थापामगरले प्रायोजन गरेको थियो भने हल हिन्सका अध्यक्ष बुद्दि बहादुर थापाले प्रायोजन गरेका थिए । प्रचारप्रसारमा हंगकंगका स्थानिय वेवसाईटहरुले सहयोग गरेका थिए। कविताको पुर्णाक ३० मार्क रहेको थियो जसमा प्रस्तुति, विषय वस्तु तथा विचार पक्ष र शिल्प शैलि, शब्द सैलि गरि तीन विषय केन्द्रित १० १० मार्कको थियो। प्रतियोगितामा नेपाली सहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्बाहाम्फे, अनेसास हङकङका अध्यक्ष कमल पौड्याल र सृजनसिल सहित्य समाजका सचिव नरेश सुनुवार निर्णायक मण्डलमा रहेका थिए । समितिका संयोजक प्रकाश रोदुङले संचालन गरेको कार्यक्रमलाई मूलबाटो डटकमले कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको थियो । उक्त कार्यक्रममा हङकङमा एकमात्र नेपालीबाट संचालित ‘नवलपुरे किसान पुस्तकालय’लाई आयोजक संस्थाले आफ्नो पाँचवटा पुस्तक हस्तान्तरण गरेको थियो। अप्रतियोगितामा , भुपेन्द्र चेम्जोङ, प्रकाश रोदुङ, मालिकराम राई, मोहन गुरुङ, असोक राई,दिपा राई एवाई र प्रकाश छाङछा राई आदिले अप्रतियोगि कविता वाचन गरेका थिए ।

राज्य पुनर्संरचना आयोगको दुवै प्रतिवेदनमा हङकङका लिम्बुहरु असन्तोष

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रविन लिङदेन “आम्भु जेठा” – हङकङ, २७ फेव्रअरी, संयुक्त लिम्बुवान मोर्चा हङकङले राज्य पुनर्संरचना आयोगबाट लिम्बुवान राज्य प्रस्तावित सिमा सम्वन्धि एक अन्तरक्रिया कार्यक्रम गरेको छ । शनिवार साँझ भएको उक्त कार्यक्रममा राज्य पुनर्संरचना आयोगको प्रतिवेदन माथि हङकङका लिम्बुहरुले असन्तोष प्रकट गरेका छन । आदिवासि जनजाती पत्रकार महासंघका अध्यक्ष भुपेन्द्र चेम्जोङले राज्य पुनर्संरचना आयोगको प्रतिवेदनमा राइ र लिम्बुहरुको विचमा विभाजन गराउने सडयन्त्र गरेको वताए । उनले लिम्बु र राइ विचमा द्घन्दको सृजना गरि जातिय राज्य समाप्त पार्ने उदेश्य लिएको भन्दै घोर भत्र्सना गरेका छन । लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा हङकङका अध्यक्ष एम वी थोप्राले कार्यक्रममा वोल्दै राज्य पुनर्संरचना हुदाँ सवैलाइ समेट्ने वैज्ञानिक ढंगको हुनुपर्ने वताएका छन । उनले धनकुटालाइ लिम्बुवान बाट टाढा वनाएमा आफुहरुले युद्घ गरेको कुनै अर्थ नरहने वताए ।
मञ्च सम्बन्ध संघिय लिम्बुवान राज्य परिषद हङकङका अध्यक्ष नवराज काम्बाङले आयोगको प्रतिवेदनले नौ जिल्ला नसमेटेकोले अव सिमा केन्द्रित निर्णायक आन्दोलन हुने वताए । उनले लिम्बुवानको नौ जिल्ल संघर्ष समिति गठन गर्ने वताएका छन । एकिकृत नेकपा माओवादि हङकङका पार्टि जिल्ला सचिव जे. वि. ओख्रावुले वहुमतद्घारा परित प्रतिवेदनले जातिय क्षेत्रिय समस्यालाइ सम्बोधन गरेको वताए । उनले राज्य पुनर्संरचना गर्दा, अस्थिरपञ्जर मात्र होइन, वडी सहितको हुनुपर्ने भनेका छन । सचिव ओख्रावुले धनकुटालाइ किरातमा पार्नु हुदैन भनेका छन ।
(नेकपा एमाले) नेपाल लोकतान्त्रिक किरात संघ हङकङका अध्यक्ष ओमराज सम्बाहाम्फेले आफु पहिला लिम्बु र अनि मात्र नेकपा एमाले भएको वताए । उनले ठुला दललेनै निर्णय गर्ने हुनाले जनजातिहरुले आ–आफ्नै पार्टिमा आन्दोलन गर्नुपर्ने वताए । जनजातिहरुले आफ्नो पर्टि भित्र लडाइ गरेमा मात्र पहिचान प्राप्त हुने वताउदै, प्रतिवेदनमा सम्बाहाम्फेले रोष प्रकट गरेका छन ।
लिरामु उपाध्यक्ष हस्त मास्वाले लिम्बुवानमा पटक पटक धोका भएको वताउदै, अव लिम्बुहरु झुक्किनु नहुने वताए । उनले आन्दोलनमा लिम्बुहरु कहिले नहारेको वताए । आफ्नो अस्तित्वलाइ वचाउन जस्तो सुकै कदम चाल्न सकिने मास्वाले वताए । अर्का लिम्बुवान मुक्ति मोर्चा हङकङका अध्यक्ष प्रकाश यक्सोले आयोगको दुवै प्रतिवेदन प्रति असन्तुष्टि जनाएको छ । संयुक्त लिम्बुवान मोर्चाको संयोजन किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष कृष्णराज लावतिले गरेका थिए । उक्त कार्यक्रमलाइ चुम्लुङका सचिव नन्द चङसुले संचालन गरेको थियो । सो कार्यक्रममा सदस्य लाजेसा आङवोहाङले स्वागत मन्तब्य राखेका थिए । स्वागत मन्तब्यमा वोल्दै राज्य पुनर्संरचना आयोगको प्रतिवेदनले लिम्बुहरुको निन्द्रनै हराएको आङवोहाङले वताए ।

पाकिस्तानमा भएको गोलाबारीमा १८ को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इस्लामाबाद(पाकिस्तान), फागुन १६ (एजेन्सी)- पाकिस्तानको उत्तरमा पर्ने कोहिस्सतान जिल्लामा बन्दुकधारिहरुले यात्रुवाहक बसमा हमला गर्दा १८ जनाको मृत्यु भएको छ । उक्त बस रावलपिण्डिबाट गिलगित तर्फ जादै थियो । रावलपिण्डमा पाकिस्तानी सेनाको केन्द्रिय कर्यालय रहेको छ । आक्रमणकारीको पहिचान भइ नसकेको प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा इस्लामिक उग्रबादी सकृय छैनन् ।

सांसदको तलबबाट वाईसीएललाई रकम दिने तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन १६ - माओवादीले लडाकुबाट वाईसीएलमा तानिएकालाई आर्थिक प्याकेज दिन आफ्ना सांसदहरूको तलबबाट रकम उठाउने तयारी गरेको छ । स्वैच्छिक अवकाशमा जाने लडाकुसरह आर्थिक प्याकेज दिनुपर्ने माग राखी आन्दोलनमा उत्रिएपछि माओवादीले आर्थिक प्याकेज दिन यस्तो तयारी गरेको हो । स्वैच्छिक अवकाशमा जाने लडाकुले कम्तीमा ५ लाख रुपैयाँ पाउने भएपछि वाईसीएलमा लागेका पूर्वलडाकुहरूले आक्रोशित हुँदै आर्थिक प्योकजको माग राखेका थिए । माओवादीको आइतबार बसेको केन्द्रीय पदाधिकारी बैठकले आर्थिक प्याकेजका विकल्प तयार गर्न स्थायी समिति सदस्य नेत्रविक्रम चन्द र पोलिटब्युरो सदस्य जनार्दन शर्मालाई जिम्मा दिएको थियो । त्यसपछि उनीहरूले आर्थिक स्रोतको खोजी सुरु गरेका हुन् । सांसदको तलबबाट रकम उठाएर वाईसीएलमा आएका पूर्वलडाकुलाई आर्थिक प्याकेज दिँदा पारदर्शी हुने भएकाले माओवादीले यसलाई उत्तम विकल्पका रूपमा लिएको हो । नेता चन्दले माओवादी सांसदको तलबबाट आर्थिक कोष बनाउन सुझाव आएको जानकारी दिए । 'हाम्रा सांसदको तलबबाट वाईसीएलका साथीहरूलाई आर्थिक प्याकेज दिन सकिने सुझाव पनि आएको छ,' उनले भने, 'त्यसबारे छलफल गर्दैछांै ।'
हाल माओवादीले आफ्ना २ सय ३६ सांसदबाट १० हजार रुपैयाँका दरले लेबी रकम उठाउँदै आएको छ । वाईसीएललाई आर्थिक प्याकेज तयार पार्न उसले अब आफ्ना सांसदबाट एक महिनामा तीस हजार रुपैयाँसम्म उठाउनुपर्ने हुन्छ । पोलिटब्युरो सदस्य शर्माले सांसदले पार्टीलाई बुझाउने लेबी बढाएर कोष बनाई वाईसीएललाई दिन सकिने बताए । 'सांसदबाट एक महिनामा बढी लेबी उठाएर पनि वाईसीएलका लागि कोष बनाउन सकिन्छ,' उनले भने । दुई साताअघि स्थायी समिति बैठकले पार्टी कोषबाट वाईसीएलमा आएका पूर्वलडाकुलाई आर्थिक प्याकेज दिने निर्णय गरेको थियो । आन्दोलनमा उत्रिएका लडाकुले लडाकुबाट पाँच सयदेखि एक हजारका दरले उठाएको रकम पार्टीले पारदर्शी नगरेको आरोप लगाउँदै हिसाबकिताब मागेका थिए । वाईसीएल आन्दोलनको संयोजन गरिरहेका वाईसीएल नेता एवं पूर्वलडाकु बि्रगेड कमान्डर ध्रुव घिमिरेले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताए । वाईसीएल लडाकुले आफूहरूलाई संविधानसभा निर्वाचनमा प्रयोग गरिएको र त्यसपछि पार्टीले बेवास्ता गरेको आरोप लगाउँदै लडाकुसरह आर्थिक प्याकेज दिनुपर्ने माग राख्दै आएका छन् । संविधानसभा निर्वाचनअघि माओवादीले करिब तीन हजार लडाकुलाई वाईसीएलमा तानेको थियो । लडाकु डिभिजन कमान्डर तहमा भएकालाई समेत माओवादीले वाईसीएलमा तानेको थियो । हाल वाईसीएल संयोजक गणेशमान पुन लडाकु डिभिजन कमान्डर हुन् । त्यसपछि ५ वर्षसम्म पार्टीले आफूलाई प्रयोग मात्र गरेको आन्दोलित लडाकुको आरोप छ ।
माओवादीले वाईसीएलका पूर्वलडाकुलाई पार्टीका तर्फबाट प्रमाणपत्र र बढुवासमेत गर्ने तयारी थालेको छ । 'जनमुक्ति सेनाका साथीहरू र वाईसीएलमा आएका साथीहरूको पार्टीको पद समान छ/छैन, त्यसलाई पनि विचार गरिनेछ,' पोलिटब्युरो सदस्य शर्माले भने, 'साथीहरूको उचित मूल्यांकन गरिने छ ।'स्थायी समिति सदस्य चन्दले वाईसीएलको पद बढुवाभन्दा आर्थिक प्याकेज जुटाउने मुख्य काम भएको जनाए । 'बढुवा गर्ने सहायक काम हो,' उनले भने, 'मुख्य काम जनयुद्धमा दुःख गरेका साथीहरूलाई आर्थिक प्याकेज उपलब्ध गराउने हो ।'

बन्दले राप्ती र लुम्बिनीको जनजीवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दाङ, फाल्गुन १६ - राष्ट्रिय जनमोर्चाले आह्वान गरेको राप्ती-लुम्बिनी बन्दका कारण आज विहानैदेखि यस क्षेत्रको जनजीवन प्रभावित भएके छ । निर्धारित समयमा संविधान निर्माण , संघीयताको खारेजी र स्थानीय निकाय निर्वाचनको माग गर्दै जनमोर्चाले बन्दको आह्वान गरेको हो । पूर्व पश्चिम राजमार्ग सहीत दुई अञ्चलका जिल्लाहरुमा यातायात, कलकारखाना, बजार शिक्षण सस्था वन्द रहेका छन् । प्रेस, मानवअधिकारकर्मी, एम्मबुलेन्स, दमकल जस्ता अत्यावश्यकीय सवारी साधन भने चल्न दिइएको आन्दोलन परिचालन समितीका सचिवालय सदस्य ईश्वरी भण्डारीले जानकारी दिए । बन्दले प्युठानमा यातायात ठप्प भएको छ । राजमोका कार्यक्रता बाग्दुला,बिजुवार लगायत चोकचोकमा बिहानैदेखि बन्द सफल पार्न निस्केका छन् । बन्द सफल पार्न सबैलाई आव्हान गदै ठाँउठाँउमा कार्यक्रता खटाइएको सचिब राम पहाडीले बताए । पे्रस, एम्बुलेन्स गाडि भने चल्न दिइएको छ । राजमोले बन्द सफलपार्न आव्हान गर्दै सोमबार बेलुका जिल्लाको भिंगृ, बिजुवार लगायत बरजार इलाकामा मसाल जुलुस पर्दशन गरेको थियो ।
बन्दले पहाडी जिल्ला पाल्पामा यातायात क्षेत्रलाई बढी प्रभावित बनाएको छ । यातायात बन्द भएपछि यस क्षेत्रकै जनजीवन प्रभावित बनाएको हो । पाल्पाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन छुटेका छैनन् । सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडकमा समेत बिहानैदेखि सवारी गुडेका छैनन् । तानसेनबाट बाहिर जाने र बाहिरबाट तानसेन आउने सवारीका कुनै पनि साधन नचलेपछि यात्रुहरु अलपत्र परेका छन् । जनमोर्चाका कार्यकर्ताले सोमवार साँझ मसाल जुलुस गरेकाले पनि बन्द पुर्णरुपमा सफल भएको हो । जनमोर्चाका कार्यकर्ताले विहानैदेखि बजार बन्द गराउदै हिडेका छन् । पाल्पाका ग्रामिण सडकमा समेत यातायातका सवारी साधन चलेकाछैनन् भने पसल समेत नखुलेको जनमोर्चाले जनाएको छ । बुटवल र आसपासका क्षेत्र बन्दले पूर्णरुपमा प्रभावीत भएका छन् । बिहानैदेखि जनमोर्चाका कार्यकर्ता सडकमा उत्रेर प्रद्धर्शन गरेपछि पुर्वपश्चिम तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा कुनैपनि सवारीका साधन चलेका छैनन् भने भीत्री तथा हुलाकी सडकमा पनि सवारीका साधन ठप्प छन् ।

विद्यालय बन्द गराउने शिक्षकहरु विरुद्ध सर्वोच्चमा रिट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आफ्नो माग पुरा गराउन शिक्षकहरुले दिनैपिच्छे विद्यालय बन्द गराउन थालेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरिएको छ। आफ्ना माग पूरा गराउन भन्दै विद्यालय बन्द गर्दा हजारौं विद्यार्थी पठनपाठनबाट बञ्चित भएको भन्दै विद्यालय बन्द गर्न नपाउने आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरिएको हो। कानुन व्यवसायी कोषराज पोखरेलसहितको टोलीले विद्यालय बन्द गर्न नहुने, एसएलसी परिक्षा अवरुद्ध गर्न नहुने, अस्थायी शिक्षकलाई सोझै स्थायी नगरी प्रतिष्पर्धाबाट मात्रै शिक्षक नियुक्तिको आदेश माग गर्दै रिट दायर गरेका हुन्। यसैबीच, अस्तीको आन्दोलनमा बल प्रयोग गरेको भन्दै शिक्षकहरुले दोस्रो दिन सोमबार पनि देशभरका बिद्यालयमा पठनपाठन ठप्प पारेका थिए। ३५ सूत्रीय माग कार्यान्वयनको माग गर्दै शिक्षकहरुले देशभर प्रदर्शन गरेका थिए।

आप्पा शेर्पालाई पनि गिनिज प्रमाणपत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्वमा भएका विचित्र र अद्धितीय रेकर्डसलाई आधिकारिकता दिने गिनिज प्रमाण पत्र नेपालका कीर्तिमानी आरोही आप्पा शेर्पाले पनि पाएका छन् । सबैभन्दा होचा व्यक्तिका रुपमा कीर्तिमानी राख्न सफल चन्द्रबहादुर डाँगीलाई प्रमाणपत्र दिने सिलसिलामा पहिलो पटक नेपाल आएका गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रधान सम्पादक क्रेग ग्लिन्डेले आप्पालाई पनि प्रमाण पत्र प्रदान गरेका हुन् । २१ पटक सगरमाथा चुमेका आप्पालाई सिन्धुपाल्चोक ग्याल्थुमस्थित सरस्वती उच्च माविमा सोमबार भेटेर उनले गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र दिएका हुन् । प्रमाणमत्र मात्र नभई उनले शेर्पा सामु गर्वले निहुरिएर असीम सम्मानसमेत प्रकट गरे । संसारकै लामो मानिएको हिमाली क्षेत्रको चारमहिने १७ सय किलोमिटर पदयात्राको क्रममा ग्याल्थुम पुगेका आप्पाले आफूले कयौँ पटक गिनिज प्रमाणपत्र लिन खोजेको तर व्यस्तताले मौका नमिलेको बताए । आफ्नै देशमा प्रमुख व्यक्तिका हातबाट प्रमाणपत्र लिन पाउँदा निकै खुशी समेत व्यक्त गरे । ग्लिन्डे दाङका डाँगीलाई होचा व्यक्तिको प्रमाणपत्र दिन ३ दिन अघि नेपाल आएका थिए । उनले नेपाल भ्रमणको यो क्षण बिर्सिनै नसकिने समेत सुनाए । उनले सरस्वती विद्यालयको आगन्तुक पुस्तिकामा यस्तो लेखे-'आप्पा नेपालका राष्ट्रिय हिरो मात्र होइनन्, अन्तराष्ट्रिय हिरो हुन्, उनलाई प्रमाणपत्र दिँदा गिनिजलाई गर्व भएको छ ।' आप्पाले भने अब चुचुरो नचढ्ने तर फेदतिरै भने हिँड्ने बताए ।

Feb 27, 2012

हङकङमा याक्थुङ साम्लो-प्रथम सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालका चर्चित याक्थुङ-लिम्वु) गायक धनवीर सांवाको विषेश प्रस्तुति र हङकङका स्थानीय याक्थुङ कलाकारहरु सम्मिलित सांस्कृतिक कार्यक्रम याक्थुङ साम्लो प्रथम लिरामो सांस्कृतिक विभाग र याकथुङ साक्थिमिवा सयङ को संयुक्त आयोजनामा यही २५ फेव्रुवरी २०१२, शनिवारको वेलुका जोर्डनस्थित दोहोरी सांझ रेष्टुरेण्टमा सम्पन्न भएकोछ । हङकङमा पहिलोपटक याक्थुङमय-लिम्वुमय) सांस्कृतिक कार्यक्रम गरिएको यो वास्तवमै पहिलो याक्थुङ साम्लो कार्यक्रम सावित भएको छ । कार्यक्रम यालाङवाट शुरु गरिएको थियो । त्यस्तै याकथुङ मौलिक गीतहरु, नृत्य, वीचमा हाकपारे र अन्त्यमा गीतहरु प्रस्तुत गरिएको थियो । उद्घोषणदेखि लिएर सवै प्रस्तुतीहरु लिम्वुभाषामा मात्र प्रस्तुती गरिएका थिए ।
धाननाचमा काजीमान मास्वा, कमानधोज लावती, असली वनेम र सावित्रार् इङनाम रहेका थिए । हाक्पारेमा कमानधोज लावतीले पुरुषको नेतृत्व गरेका थिए र साथ दिनेमा टिका माखिम थिए । महिलाको नेतृत्व असली वनेमले गरेकी थिईन भने साथ दिनेमा नाम्लिङ ओख्रावु र रुवी लिम्वु रहेका थिए । हाक्पारेलाई सजिव वनाउन स्टेजमा राडि ओछयाउने काम र तोङवा तथा अचार पनि राखिएको थियो । स्टेजमा पहिलो पटक देखिएका कमानधोज लावतीको प्रस्तुती दमदार रहेको थियो । अव हङकङमा असली वनेमसंग लावतीले हाक्पारे प्रस्तुत गर्दै गएमा हाक्पारेको उज्ववल भविष्य हङकङमा रहेको विष्लेषकहरुको भनाई आईसकेको पाईयो । धान नाच र हाक्पारेले श्रोताको मन राम्ररी तानेको थियो । वाल कलाकार आयुश लिम्वुले सुन्दर नृत्य प्रस्तुत गरेका थिए । टिका माखिम, साक्थिम योङया-भूपेन),राज कुमार आङदेम्वेले वेजोड याक्थुङगीत प्रस्तुत गरेका थिए । नेपालवाट आएका फक्ताङलुङ सांस्कृतिक परिवारका अध्यक्ष समेत रहेका कलाकार धनवीर सावाले उहाका चर्चित गीत लाङगेक्मा साप्फारो लगायत धेरै गीतहरु प्रस्तुत गरेका थिए । उहाले लिम्वु गीतलाई र्याप स्टायलमा पनि प्रस्तुत गरेर दर्शकलाई नचाएका थिए । अव लिम्वु गीत पनि आधुनिक चरणमा प्रवेश गरिसकेछ भन्ने कुरा कम्मेट गरेको सुनिन्थ्यो ।
कार्यक्रम स्थल याक्थुङ भेषभूषामा सजिएका दर्शकहरुले खचाखच भरिएको थियो र उक्त माहौललाई वरधोज ओख्रावु-यात्रा) र गीता पालुङवार् इक्शा ले सञ्चालन गरेर भरमन्दुर रोचक वनाई सांगितिक माहौलमै रुमल्लाएका थिए । उहाहरुको प्रस्तुति अति प्रशंसनीय रहेको थियो । त्यसैले लिरामोले उहाहरुको प्रस्तुतिलाई उच्च मूल्याङकन गर्दै एङकरिङको प्रमाण पत्र प्रदान गरेको थियो । अनुभवी डिजे सुरेश पालुङवाको अनुवभवी कार्यले कार्यक्रमलाई थप रोचक वनाएको थियो ।
यो कार्यक्रम लिम्वुवान राष्ट्रिय मोर्चाको भातृ संगठन लिरामो सांस्कृतिक विभाग र याक्थुङ साक्थिमिवा सयङको संयुक्त आयोजनामा भएको थियो । लिरामो सांस्कृतिक विभागको प्रमुख र यस कार्यक्रमको संयोजक डि.वी पालुङवाले पहिलो चरणको उद्घाटन र तेस्रो चरणको प्रमाणपत्र वितरण कार्यक्रम सञ्चालन गरेका थिए । उद्घाटनको लागि प्रमुख अतिथी र विषेश अतिथी क्रमश चुम्लुङ अध्यक्ष कृष्णराज लावती र वरिष्ठ संगीतकार दिनेश सुव्वा समयमा आउन नसकेको कारण अन्य अतिथीहरु लिरामो अध्यक्ष दिल पालुङवा लिम्वुले व्यानर खोलेर तथा लिरामो महासचिव अविचन्द्र इङनाम र जनजाति पत्रकार महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङले जेार कलश सहितको दियोमा दियो वालेर उद्घाटन गरेका थिए । उक्त समयमा अविचन्द्र इङनामावाट स्वागत मन्तव्य खाखिएको थियो ।
त्यस्तै अन्तिम चरणको प्रमाण पत्र वितरण क्रमश प्रमुख अतिथी कृष्ण लावती, दिल पालुङवा,अविचन्द्र इङनाम र भूपेन्द्र चेम्जोङको वाहुलीवाट वितरण गरिएको थियो । सवैलाई आआफ्नो विद्या अर्न्तर्गतको प्रशंसापत्र प्रदान गरिएको थियो । समग्रमा यो याक्थुङ साम्लो कार्यक्रम ऐतिहासिक रुपमा पूर्ण सफल भएको थियो ।

साहित्य महासंघ बेलायत शाखाद्धारा भीमनिधि तिवारी सतबार्षिकी सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२५ फेब्रवरी, विश्व नेपाली साहित्य महासंघ, बेलायत शाखाको आयोजनामा साहित्यकार भीमनिधि तिवारी सतबार्षिकी जन्मजयन्ती कबि गोष्ठी र प्रवचनको आयोजना गरी भब्य रुपमा मनाइयो !पिटरबोरो स्थित स्टार्टफोर्ड सभा गृहमा आयोजना गरिएको उक्त समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु हुँदै महामहिम राजदुत डा. सुरेसचन्द्र चालिसेले साहित्यका निधि भीमनिधि तिवारी सतबार्षिकी जन्मजयन्तीका अबसरमा यसरी कबिता र कलाको संयोजन गरेर बिदेशी भूमिमा मनाउनु भनेको नेपाल र नेपाली भाषाको पहिचान बढाउनु र गर्विलो बनाउनु हो भन्नु भयो ! यस्ता कार्यले अन्तत्वगत्वा देशलाई नै फाईदा पुर्याउँछ भन्नु हुँदै महामहिम राजदुत डा. चालिसेले साहित्यकार भीमनिधि तिवारीको योगदानको बारेमा चर्चा गर्नुभयो !
उक्त समारोहमा नेपाली साहित्य बिकास परिषद यूकेका अध्यक्ष हरि सिंह थापा यति संस्थाका प्रतिनिधि कार्यकारिणी तथा परिषद्का सह अध्यक्ष कबि कोमल प्रसाद श्रेष्ठ मल्ल र परिसदका सस्थापक तथा बिश्व नेपाली साहित्य महासंघका केन्द्रिय उपाध्यक्ष सुरेशजंग शाहले नेपाली साहित्यको श्रीवृद्धि गर्नमा साहित्यकार भीमनिधि तिवारीको योगदान महत्वपूर्ण भएको चर्चा गर्नुहुँदै हामी जहाँ रहेपनि हाम्रो भाषा साहित्य तथा कला जस्ता नेपाली चिनारीहरुलाई जोगाईराख्नु पर्दछ भन्नु भयो ! सभापतिको आशनबाट बोल्नु हुँदै बिनेसाम बेलायत शाखाका अध्यक्ष समिप हाँङ्बङ्ग ‘जर्जर’ र स्वागत मन्तब्यमा बोल्नु हुँदै महा संघ युके शाखाका सदस्य केशब भण्डारी लगाएत नेपाली साहित्य प्रतिष्ठान युकेका सचिब कबि काङ्बाङ् नरेश राई, गोर्खा नेपाली कमिन्युटिकि कार्यबाहक अध्यक्ष अरुणा राई र पत्रकार गोबिन्द बेलबासेले हाम्रो भाषा साहित्यको न्यानोपनमा नै हाम्रो परिचय बाँचेको हुन्छ र नेपाली भएको गौरव अडेको हुन्छ भन्नु हुँदै भीमनिधि तिवारीको जीवनी बारे प्रकाश पार्नु भएको थियो !
कार्यक्रमको आरम्भमा साहित्यकार कबि भीमनिधि तिवारीको तस्बिरमा प्रमुख अतिथि महामहिम राजदुत डा. सुरेश चन्द्र चालिसेबाट माल्यार्पण र साथमा राष्ट्रियगान प्रस्तुत गरिएको थियो ! महासंघ युके शाखाका महासचिव पवन शर्माले कबि भीमनिधि तिवारीको कविता बाचन सहित जीवनी प्रस्तुत गर्नु भएको थियो ! महासंघ शाखाका अध्यक्ष हाँङ्बाङ् ‘जर्जर’को सभापतित्व र महासचिव पवन शर्माबाट कार्यक्रम संचालन भएको थियो ! कार्यक्रममा पिटरबोरो नेपाली समाज संस्थाका अध्यक्ष महेश अधिकारी तथा नेपाली सन्देशका प्रधान सम्पादक बिके पाण्डे, ग्लोबल नेपाल न्युजका प्रधान सम्पादक कबि गोपाल पौड्याल ‘मण्डने’ तथा नयाँसन्देश साप्ताहिकका विजय हितान लगायत संस्थाका बिभिन्न व्यक्तिहरुको उपस्थिति थियो ! कार्यक्रममा आयोजित कवि गोष्ठीमा भाग लिने १४ जना कविहरुमा महर्षि गौतम, कोमल प्र. श्रेष्ठमल्ल, कवि मण्डने, धनबहादुर थापा, हरि सिंह थापा, शिवराज पन्त, राम बाबु कोइराला, काङ्गबाङ्ग नरेश राई, विजय हितान, दलबहादुर बुढाथोकी, रामहरी पौडेल तथा भरत पाण्डे हुनुहुथ्यो ! केही सहभागी कविहरुले समय अभावमा कविता बाचन गर्न पाउनु भएन ! कार्यक्रमको बीच बीचमा गीत तथा नृत्यकलाको प्रस्तुति समेत रहेको थियो !
सोहि अबसरमा प्रखर स्वरका धनी युवा गायक सुनिल ज्ञवालीले भक्तराज आचार्यको गीत गाउनु भएको थियो भने कलाकार रितु बेलवासेले सास्त्रीय नृत्य र मनिता ईबिङ्गोले आधुनिक गीत गाएकी थिइन् ! कार्यक्रम भब्य र सभ्य रुपमा मनाउन पिटरबरो स्थित नेपाली समाज पिटरबरो नेपलिज कम्युनिटी संस्था, गोर्खा नेपाली कमिन्युटि संस्था लगाएत पत्रकार, साहित्यकार तथा सबै क्षेत्रको उल्लेखनीय सहभागिता र सहयोग रहेको थियो ! समारोहमा उपस्थित तथा सहयोगी सबैलाई बिश्व नेपाली साहित्य महासंघद्धारा हार्दिक धन्यवाद तथा आभार प्रकट गरिएको थियो !

मुलुकभरका निजी तथा सार्वजनिक विद्यालयको पठनपाठन ठप्प

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल शैक्षिक गणतान्त्रिक मञ्चले आज सोमबार पनि मुलुकभरका निजी तथा सार्वजनिक विद्यालयको पठनपाठन ठप्प पारेका छन्। विभिन्न ४७ सूत्रीय माग राखेर शान्तिपूर्ण आन्दोलन गर्दा आफुहरुमाथि दुर्व्यबहार भएको भन्दै आज पनि देशभरका विद्यालयमा पठनपाठन ठप्प पारेका हुन्। शिक्षकहरुको आन्दोलनका कारण विद्यालयस्तरका करिब ६६ लाख विद्यार्थी पढ्न पाउने अधिकारबाट बञ्चित भएका छन्। उनीहरुले आफूहरुले शिक्षकहरुका मागका सम्बन्धमा शिक्षा मन्त्रालयसहित विभिन्न राजनीतिक दलका नेता र प्रमुख सचेतकहरुसँग भेटेर जानकारी गराए पनि सुनुवाई नगरेकाले बाध्य भएर आन्दोलनमा जानुपरेको बताएका छन्। सरकारलाई नैतिक दबाब दिन भन्दै शनिबार विद्यालय खोलेका शिक्षकहरुले हिजो आइतबार पनि पठनपाठन ठप्प पारेका थिए।

डाँगीले गिनिजमा नाम लेखाएपछि खगेन्द्र पनि खुशी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोखरा, फागुन १५ - विश्वकै होचो व्यक्तिको प्रमापणपत्र आतबार दाङका चन्द्रबहादुर डाँगीले पाएपछि सोही विधाका पूर्वकिर्तिमानी खगेन्द्र थापामगर खुशीले दंग परेका छन्। आफुले होचो व्यक्तिको रुपमा नेपालको नाम विश्वमा राखे पनि केही महिनाअघि यो उपाधि खोसिएपछि उनी खिन्न बनेका थिए। अहिले फेरी ७२ वर्षीय डाँगीले मुलुकको नाम गिनिज बुकमा राखेको सुनेपछि उनी खुशीले दंग परेका हुन्। 'मेरोतर्फबाट पनि उहाँ (डाँगी) लाई बधाई छ है' साता लामो नेपालगञ्ज महोत्सवबाट भर्खरै फर्केर घरमा थकाई मार्दै गरेका खगेन्द्रले भने,'जसले भए पनि नेपालको नाम राख्न सक्नु ठूलो कुरा हो।'यसअघि फिलिपिन्सका जुन्रे बालाविङ ९ महिनाअघि नेपालकै खगेन्द्र थापामगरलाई पछि पार्दै गिनिजको रेकर्ड चढेका थिए। खगेन्द्रले आफुसँग डाँगीको नम्बर भएको भए फोन गरेरै बधाई दिने इच्छा रहेको बताए। 'अहिले प्रत्यक्ष भेट्न वा फोनमा कुरा गर्न नपाए पनि कुनै बेला भेट भए बधाई दिन्छु' उनले भने।

आयल निगमको गेटमा बम विस्फोट, तीनको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन १५ - नेपाल आयल निगमको कार्यालय बबरमहलस्थित मुख्य कार्यालयको मूलढोका नजिक १ बजेर ५ मिनेटमा बम विस्फोट हुँदा तीन जनाको मृत्य भएको छ । दुई जनाको घट्नास्थलमै र १ जनाको वीर अस्पतालमा मृत्यु भएको हो । थप सात घाइते छन् । मृतकमध्ये एक जना धादिङका कृष्णबहादुर तामाङको मात्र सनाखत हुन सकेको छ । घाइते हुनेमा वाशु श्रेष्ठ (ठेगाना खुलेको छैन) आयल निगमका कर्मचारी विष्णुप्रसाद तुलाधर, भक्तपुरका रघुनाथ खड्का, बारका सोम तामाङ, धादिङका लालबहादुर तामाङ, अछामका मानबहादुर कुँवर र भीमबाहदुर कुँवर रहेका छन् । सोमबाहदुर तामाङको अवस्था गम्भीर रहेको छ । दिउँसो तीन बजेपछिमात्र घटनास्थलबाट शव उठाइएको छ । बम विस्फोटन भएको स्थान मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहरदरबार करिब तीन सय मिटरको दूरीमा रहेको छ । जिल्ला अदालतसँगै जोडिएको हरदम सुरक्षाकर्मीले पहरा दिने स्थानमा उक्त विस्फोट भएको हो । यसैबीच गृहमन्त्री विजयकुमार गच्छदारले घटनास्थलको निरीक्षण गरेका छन् । सरकारले दुई दिनअघि मात्र पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो । विस्फोटन हुने बेलामा संसदको सार्वजनिक लेखा समितिमा समेत पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छलफल भइरहेको थियो । घटनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थित भइसकेको छ । नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले घटनास्थललाई घेराउ गरेको छ । घटनास्थलको ३० मिटर वरपर सुरक्षाकर्मीले सिल गरेका छन् । हातमा सकेट बम लिएर विस्फोट गराइएको हुन सक्ने प्रहरीको अनुमान छ । संयुक्त जातीय मुक्तिमोर्चाका विश्वक्रान्तिले घटनाको जिम्मेवारी लिएका छन् ।

बबरमहलस्थित विष्‍फोटनमा मृत्यु हुने दुई जनाको सनाखत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन १५ राजधानीको बबरमहलस्थित आयल निगमको मूलढोकामा सोमबार दिउँसो विष्फोटन हुँदा मृत्यु हुने दुई जनाको नाम ठेगाना खुलेको छ । प्रहरीका अनुसार अझैपनि एक जनाको खनाखत हुन सकेको छैन । प्रहरीका अनुसार घट्नास्थलमै मृत्यु भएका ३४ बर्षीय कृष्ण तामाङ धादिंङ बैरनीका हुन् भने धादिंङ बैरेनी-६ का ७० बर्षीय मान बहादुर तामाङको अस्पतालमा मृत्यु भएको हो । तर, अन्दाजी ६५/७० बर्षका अर्का मृतकको नाम खुल्न सकेको छैन । त्यसैषरी घाइते हुनेहरुमा ३५ बर्षका सोम तामाङ (गम्भिर घाइते), भक्तपुर ताथली-४ बस्ने वर्ष ४५ का रघुनाथ खड्का, धादिङ वैरनी-१ घर भएको वर्ष- ६५ का लाल बहादुर तामाङ, कैलाली धनगढी बस्ने बर्ष- ४० को विण्णु फुलारा, ललितपुर लुभु बस्ने बर्ष- २० को वासु श्रेष्ठ, अछाम मास्टामाण्डौं-२ का ४० बर्षका मान. ब. कुँवर, अछाम मास्टामाण्डौं-२ कै बर्ष २१ को भिम ब. कुँवर रहेका छन् ।

सरकार परिवर्तनको खेलमा नलाग्न प्रधानमन्त्री भट्टराईको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विपक्षी दलहरुलाई सरकार परिवर्तनको खेलमा नलाग्न आग्रह गरेका छन् । ललितपुर जिल्ला विकास समितिको २१ औँ जिल्ला परिषदको उदघाटन कार्यक्रममा प्रधानमन्त्री भट्टराईले शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रभाव पर्ने गरी सरकार परिवर्तनको खेलमा नलाग्न दलहरुलाई आग्रह गरेका हुन् । जेठ १४ भित्र संविधान जारी नभए देशमा भयावह स्थिति सिर्जना हुने भन्दै उनले शान्ति र संविधान निर्माण कार्यलाई अलपत्र पार्ने गरी काम नगर्न आग्रह गरे । कार्यक्रममा प्रधानमन्त्री भट्टराईले फागुनभित्र संविधान निर्माणको विषयमा महत्वपूर्ण उपलब्धि उल्लेख गर्दै प्रतिरोध गर्ने र सरकार ढाल्ने हर्कत गर्नु ठिक नभएको बताए ।

वाईसियलद्वारा माओवादी लडाकुको दुई वटा गाडी नियन्त्रण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आर्थिक प्याकेजको माग गर्दै आन्दोलनमा उत्रिएको एकीकृत नेकपा माओवादीको युवा भातृ संगठन वाईसिएलले आज लडाकुको गाडी कब्जामा लिएको छ । वाईसिएल नवलपरासीले माओवादी लडाकुकै चौथो डिभिजनका दुई वटा गाडी कब्जा गरेको हो । बसन्त स्मृति बिग्रेड रामनगरको बा ०००१अ ६९ नम्बरको सवारी साधन, परिवर्तन स्मृति बिग्रेड कावासोतीको ढुवानीमा प्रयोग हुने ना १ च ४०६७ नम्बरको गाडी कब्जा गरिएको जनाइएको छ । यस्तै वाईसिएलले केन्द्रिय सदस्य भक्ति पाण्डेको लु १ च ३७०२ नम्बरको सवारी साधन बुटवलमलबाट नियन्त्रणमा लिएको छ । सो गाडीलाई २० गतेमात्रै छाडिने वाईसिएलले जनाएको छ । आफ्ना माग पूरा नगरे आन्दोलन जारी राख्ने बताएको वाइसिएलले एक पद बुढुवा र लडाकु सरह सेवा सुविधा पाउनु पर्ने माग राखेको छ

Feb 25, 2012

ट्याक्टर दुर्घटनामा बेहुली सहित चारको निधन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बर्दिया, फाल्गुन १३ - बिबाह बन्धनमा बाँधिएको केही घण्टा भित्रै भएको ट्याक्टर दुर्घट्नामा बेहुली सहित चार जनाको निधन भएको छ । पूर्व पश्चिम राजमार्गको चिसापानी पोष्ट नजिकै शुक्रबार राति बेहुली बोकेको भे.१.त ३८४८ नम्बरको ट्याक्टर दुर्घट्ना भएको हो । ठाकुरद्वारा गाविस-२ की बेहुली २० वर्षकी पुष्पा चौधरी,१८ वर्षीया करिश्मा चोधरी र १३ वर्षीय सुष्मा चौधरीको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते २२ वर्षीय निर्मला चौधरीलाई उपचारर्थ कोहलपुर लगिदैं गर्दा निधन भएको प्रहरी उपरीक्षक रामकृपाल साहले बताए । ट्याक्टरमा सवार अन्य २९ जना घाइते छन् । अनियन्त्रित भएर ट्याक्टर पल्टिएको हो । थारु संस्कृति अनुसार बेहुला अर्कै गाडीमा रहेकाले उनी जोगिएका छन् ।

वाइसीएका माग पुरा गर्न माओवादी नेतृत्व तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत माओवादीको भातृ संगठन वाइसिएलका सबै माग पुरा गर्न माओवादी नेतृत्व तयार भएको छ । आज माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा भएको छलफलमा माओवादी नेतृत्व वाइसीएलले उठाएका सबै माग पुरा गर्न तयार भएको हो । आजको छलफलमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले वाइसीएलका माग पुरा गर्ने प्रतिबद्धता जनाएका छन् । माओवादी लडाकुको समायोजन प्रक्रियाको अन्तिम समयमा आएपछि वाइसीएलले विभिन्न माग राखी आन्दोलन चर्काइरहेका बेला पार्टीले उनीहरुका मागको सम्बोधन गर्ने प्रतिबद्धता जनाएको हो । वाइसीएल अध्यक्ष गणेशमान पुनका अनुसार पार्टी अध्यक्ष दाहालले वाइसीएलका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएका हुन । पुनले भने ‘पार्टीले एकमुष्ठरुपमा वाइसीएल लगायत अन्य भातृ संगठनमा देखिएको समस्या समाधन गरेर पार्टीलाई बलियो बनाउने योजना ल्याउने र जनताको सेवामा परिचालन गर्ने वचन अध्यक्षले दिनुभएको छ ।’

सरकार र जनतान्त्रिक तराई मधेस मुक्तिबीच लुम्बिनीमा वार्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकार र भूमिगत रुपमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मधेस मुक्ति मोर्चाबीच आजदेखि लुम्बिनीमा वार्ता थालिएको छ । उनीहरुबीच लुम्बिनीको गौतम बुद्धको मन्दिर नजिकै रहेको हुपु होटलमा वार्ता सुरु गरिएको हो । वार्ता टोलिमा सरकारी पक्षबाट शान्तिमन्त्री सत्या पहाडीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोलि रहेको छ भने मोर्चाको तर्फबाट पार्टी उपाध्यक्ष तुफानसिंह नामले चिनिने प्रहलाद महाराको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोलि रहेको छ । आजको वार्तामा मोर्चाले २५ बुँदै माग प्रस्तुत गर्ने जनाइएको छ । जसमा वार्ता टोलिको सुरक्षाको ग्यारेन्टी, आफ्ना पक्राउ परेका कार्यकर्ता रिहा गर्नुपर्ने लगायतका माग रहेका छन् ।

Feb 24, 2012

एसएमएसले घरको स्विच आफैं बन्द हुने र खुल्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बूटवल, फाल्गुन ११ - के तपाईं बत्ती ननिभाई अफिस जानुभयो ? पंखा बन्द नगरी घरबाट निस्कनुभयो कि ? मोटर चलाएर पानी तान्नु पो पर्ने थियो कि ? यस्ता समस्या छन् भने अब नआत्तिनुस् । बरु मोबाइल लिनुस् एसएमएस गर्नुस् । जहाँ भए पनि तपाईंले गरेको एसएमएसले घरको स्विच आफैं बन्द हुने र खुल्ने छ । व्यस्त मानिसका दैनिक जीवनमा पर्ने यस्तै समस्या समाधानको उपाय निकालेका हुन्, रूपन्देहीको लुम्बिनी इन्जिनियरिङ कलेज भलबारीका विद्यार्थीले । बीई इन्जिनियरिङ गरिरहेका उनीहरूले 'एसएमएस बेस्ड होम अप्लायन्स कन्ट्रोलर' बनाएका हुन् । यसका लागि घरमा एसएमएस सुविधा भएको एउटा डिभाइस राखिन्छ । त्यसपछि घरका प्रत्येक विद्युतीय स्विचका नम्बर तोकिन्छ । त्यसैको सहयोगमा तपाईंले लिने जुनसुकै मोबाइलबाट पनि एसएमएस गरे घरका स्विच आफैं खुल्ने र बन्द हुने गर्छन् ।
दैनिक जीवनमा प्रयोग गर्न सकिने यो प्रविधि त्यति महँगो पनि छैन । प्रविधि निर्माता समूहका विद्यार्थी सुशील सापकोटा भन्छन् ,'करिब १० हजार रुपैयाँ लगानी गर्ने हो भने सबै काम गर्न सकिन्छ ।'यो प्रविधि प्रयोग गर्ने हो भने आफू बाहिर भए पनि अहिले जस्तो लोडसेडिङ भइरहने समयमा बिजुली आएपछि घरमा पानी चलाउन, बत्ती बाल्न वा बिर्सेर निस्किएका पंखाका बत्ती निभाउन उपयोगी हुने उनले बताए । विद्यार्थीहरूले बनाएको यो प्रविधि उनीहरू अध्ययनरत कलेज र जिल्लाका विभिन्न कार्यालयहरूले प्रयोग गर्न नाम टिपाइसकेका छन् ।
यी विद्यार्थीले वाटर लेभल कन्ट्रोलर अर्थात् ओभरहेड ट्यांकी खाली भए स्विच आफैं खुल्ने भरिए आफैं बन्द हुने प्रविधि पनि बनाएका छन् । कक्षामा समयअनुसार घण्टी बज्ने, व्यक्तिपिच्छे पंखा र बत्ती खुल्ने वा बन्द हुने प्रविधिको विकास पनि उनीहरूले गरेका छन् । विद्यार्थीहरूलाई प्रोत्साहन गर्न र थप काममा प्रेरित गर्न यी दुई प्रविधि सोही कलेजले उपयोग गरेको हो । 'उपयोगी त छँदैछन् यसको बजारीकरण र विद्यार्थीलाई प्रोत्साहन दुवै होस् भनेर उनीहरूले बनाएको प्रविधि प्रयोग गरेको कलेजका सदस्य सचिव केएन पाण्डेले बताए । कलेजले प्रयोगमा ल्याएपछि विद्यार्थीहरूको प्रविधि अहिले रूपन्देहीका दुई दर्जनभन्दा बढी ठाउँमा उपयोगमा आइसकेको छ ।
विद्यार्थीहरूले रोटेटिङ विल्डिङ अथवा घुम्ने घर पनि बनाएका छन् । विकसित देशमा सूर्यको प्रकाश र हावाअनुसार घरलाई मोड्न, वस्तुशास्त्रअनुसार राख्न, अपार्टमेन्टमा बसेर सबै क्षेत्रको दृश्यावलोकन गर्न यस्ता घर प्रयोग गरिन्छ । सहरीकरण भइरहेको नेपालमा यो घरप्रतिको चासो बढेकाले यस्तो प्रविधि बनाएको सिभिल इन्जिनियरिङ गरिरहेका विद्यार्थी नवसुजित भण्डारीले बताए । तातोमा चिसो र चिसोमा तातो हुने वातावरण अनुकूलित घर र हावाअनुकूल भित्ता बनाउने प्रविधि पनि विद्यार्थीले बनाएका छन् । भूकम्परहित घर बनाउन माटो जाँच्ने प्रविधि तथा छडको क्षमता पत्ता लगाउने प्रविधि जस्ता अत्यावश्यक र व्यावहारिक प्रविधि पनि विद्यार्थीले बनाएका छन् । विद्युतीय मतदान प्रक्रियाको प्रयोग थालेको नेपालमा त्यसलाई विकसित गरी विद्यार्थीहरूले एकैपटक मतदाता र मतसंख्या गन्न सकिने प्रविधि पनि बनाएका छन् ।
पढाइको समयमा आफूले सिकेको सीप खेर नजाओस् र त्यसलाई व्यवहारमै उतार्न सकियोस् भनेर व्यावहारिक वैज्ञानिक उपकरण बनाएको विद्यार्थीहरूले बताए । घुम्ने घरका निर्माता नवसुजितले भने, 'व्यावहारिक उपकरण बनाउन सके खेर जाँदैन । त्यसैले यता लागेका हौं ।'विद्यार्थीहरूका व्यावहारिक वैज्ञानिक उपकरणको प्रचार र बजार प्रवर्द्धनका लागि लुम्बिनी इन्जिनियरिङ कलेजले मंगलबार विज्ञान प्रदर्शनी आयोजना गरेको थियो । प्रदर्शनीको रूपन्देहीका करिब दुई दर्जन विज्ञान कलेजमा अध्ययनरत विद्यार्थीहरूले अवलोकन गरेका थिए ।

छिट्टै फेसबुक भित्ता (वाल) बिनाको हुँदैछ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन १२ - छिट्टै फेसबुक भित्ता (वाल) बिनाको हुँदैछ । सामाजिक सञ्जालको सबैभन्दा ठूलो खेलाडी फेसबुकले गर्न लागेको यो परिवर्तनले चर्चा नपाउने कुरै भएन । त्यसमा पनि तन्नेरी माझ । ठूलै राजनीतिक परिवर्तन, 'लाइक' र 'हेट' देखि प्रयोगकर्ताको 'इमोसन' सम्म देखाउने भित्तो अब टाइमलाइन (समयरेखा) बन्दै छ । साथै प्रोफाइल पनि हट्ने भएको छ । फेसबुकले गर्न लागेको यो परिवर्तनले प्रयोगकर्तालाई कस्तो असर गर्ला ? 'गुगल' गर्नुभयो भने संसारभरका ठूला पत्रिकाले यसलाई समाचार बनाएका छन् । नबनाउन पनि कसरी ? ८० करोडभन्दा बढी प्रयोगकर्ता भएको सबैभन्दा प्रख्यात सामाजिक सञ्जालले न आँट गरेको हो । आँट कसरी भने, कुनै पनि वेबसाइटले आफ्नो देखिने संरचना (इन्टरफेस) वा सुविधामा थपघट गर्नलाई ठूलै अनुसन्धान गर्छन् ।
ती माथि गुगल (जी) प्लस र अन्य प्रतिस्पर्धीले फेसबुकको सानो खोट देखिसहँदैनन् । समय नतोकिए पनि सबैका लागि उपलब्ध भइसकेको र छिट्टै सबैमा लागू हुने टाइमलाइनबारे कम्पनीले पक्कै केही सोचेको छ । किनभने कुनै समय विश्वकै कान्छा अर्बपति बनेका फेसबुक जन्मदाता मार्क जुकरबर्गले त्यत्तिकै यस्तो गरेनन् होला । उनकै भनाइ मान्ने हो भने यस्तो परिवर्तनले फेसबुकलाई अझ परिस्कृत गर्नेछ । 'लाखौं व्यक्तिले घन्टौं समय खर्चेर आफ्नो प्रोफाइलबाट कथा सुनाउँछन्, हाम्रो काम तपाईंहरू सजिलै आफ्ना कुरा भन्न सक्ने वातावरण बनाउन खोज्नु हो,' मार्क जुकरबर्गलले टाइमलाइनबारे गरेको सम्बोधनमा भनेका छन्, 'टाइमलाइन तपाईंको जिन्दगीको पूरै कथा हो र यसमा तीन पक्ष छन् ः तपाईंका कथा, एप्स र आफूलाई चिनाउने नयाँ बाटो ।'
उनको भनाइलाई फेसबुकले गर्न लागेको परिवर्तनबारे आएका सबै समाचारले समर्थन भने गर्दैनन् । गुगलमा गएर कसरी टाइमलाइन हटाउने भनेर सर्च गर्नुभयो भने त्यसको पुष्टि हुन्छ । धेरै वेबसाइटले हटाउने तरिका सिकाएका छन् । जुन काम लाग्दैन । एकपटक एक्टिभेट गरिसकेपछि टाइमलाइन हटाउन मिल्दैन । हटाउनै नमिल्ने गरी आएको टाइमलाइनले के परिवर्तन ल्याउला त ?
पहिलो असर केही अन्तर्राष्ट्रिय ब्रान्डमा देखिन थालेका छन् । साँच्चै भन्ने हो भने टाइमलाइनले विज्ञापन गर्न यस्ता कम्पनीलाई नयाँ व्यवस्था मिलाइदिएको छ । जहाँ स्थापनादेखिका उत्पादन र प्रयोगकर्ताबारे जानकारी दिन सजिलो बनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि टाइमलाइन ब्रान्डिङको बाटो भएको बताएका छन् । तर जुकरबर्गले भने जस्तै फेसबुकले ध्यान दिने भनेको यसका सर्वसाधारण प्रयोगकर्ता हुन् । टाइमलाइनले हामीजस्ता प्रयोगकर्तालाई के देला त ? पक्कै प्रयोगकर्ताले यसबाट धेरै नयाँ पाउँदैछन् । फेसबुक टाइमलाइनले प्रयोगकर्ताको 'भर्चुअल' बायोडाटा बनाउँदै छ । आफूले काम गरेका कम्पनी र त्यहाँ भोगेका अनुभवलाई स्पष्ट देखाउनेछ ।
जन्मदेखि पछिल्लो दिनसम्म भएका हरेक महत्त्वपूर्ण घटना सम्हाल्ने माध्यम यो वेबसाइट हुँदैछ । केही वर्षमै इमेल गरिने बायोडाटामा थप जानकारीका लागि फेसबुक पेज हेर्नुहोला भन्ने सूचना आउँदैन भन्न सकिँदैन । त्यो किन पनि भने पछिल्लो समय फेसबुकबाट प्रयोगकर्ताको क्षणिक 'इमोसन' बाहिर ल्याएर समस्या भएका धेरै उदाहरण छन् । रिसको झोंक वा ज्यादै खुसी भएर यसमा राखिएका विचारले कतिका जागिर गएका छन् भने कतिको सम्बन्ध सुधार भएको छ । साथै माफी माग्ने ठाउँ पनि फेसबुक नै भएको छ । अर्को फाइदा व्यक्तिगत सम्बन्धमा पनि पर्दैछ । फेसबुककै कारण सम्बन्ध जोडिएका हजारौं उदाहरण छन् । टाइमलाइनले आफ्नो साथी -त्यो प्रेमीप्रेमिका पनि हुन सक्छन्) बारे सबै कथा सजिलै भन्न खोज्दैछ ।
यसले विवाह गर्नुअघि छिमेकीलाई वा नातेदारसँग जानकारी लिने बानी परिवर्तन गर्न नसक्ला भन्न सकिँदैन । तपाईं फेसबुक टाइमलाइनको प्रयोगकर्ता भइसक्नुभएको छ भने थप सुविधा प्रयोग गर्नु भएकै होला । जुन https://www.facebook.com/about/timeline/apps बाट चलाउन सकिन्छ । जसबाट तपाईंले फेसबुकमा लाइक, कमेन्ट र फार्मभिलामात्र नभएर धेरै कुरा गर्न सजिलो बनाइएको छ । उदाहरणका लागि सामान खरिद-बिक्री र म्युजिकका लागि फेसबुक अड्डा बन्न खोज्दैछ । लेख तयार पार्दासम्म फेसबुकको एप्सभित्र रहेको म्युजिकले ६ वटा वेबसाइटलाई आफूभित्र तानेको छ । जसमा मनपर्ने गीत सुन्न, आफूले सुनेको गीत अरूलाई देखाउन सहयोग गर्छ । ट्राभल एप्सभित्र रहेको सुविधाले तपाईंलाई यात्राबारे जानकारी दिन र त्यसबारे अरूलाई बताउन सहयोग गर्छ ।
लौ, एप्सको मार्केटप्लेस जानुस् त । त्यहाँ नेपाली रेस्टुरेन्टदेखि फलामे हस्तकला र मोबाइल फोनसम्म बिक्रीमा राखिएका रहेछन् । हाल करिब ८० एप्स फेसबुकमा राखिएको छ । बलिउडका गीत-संगीत सुनाउने कम्पनी पनि यसमा आकषिर्त हुन थालेका छन् । अर्को कुरा, फेसबुकमा साथीले गरेको ट्यागबाट दिक्क हुनुभएको छ ? टाइमलाइनमा गएपछि तपाईंले अरूले गरेको 'ट्याग' लाई पनि 'रिभ्यु' गर्ने मौका पाउनु हुनेछ । यसबाट ट्याग भएका कुरा आफ्नो टाइमलाइनमा ल्याउने/नल्याउने निर्णय गर्न सजिलो भएको छ । यसका लागि प्राइभेसी सेटिङमा गएर सुविधा लिन सकिन्छ । अब कुरा गरौं यसका केही बेफाइदाको । यसको सबैभन्दा ठूलो बेफाइदा भनेकै यो अनिवार्य हुनु हो ।
एकैपटक अनिवार्य गर्ने योजना नबनाएर यसलाई सुविधाका रूपमा ल्याएको भए विस्तारै सबै प्रयोगकर्ता यसतर्फ लाग्ने थिए कि ? धेरै प्रयोगकर्ताले टाइमलाइनमा सबै कुरा छरपष्ट भएको र फेसबुक चलाएको फिल नहुने बताउँछन् । साथै आफ्नै फोटाहरू धेरै ठूलो आउँदा अधिकांस अल्मलिएका छन् । टाइम्स अफ इन्डियामा प्रकाशित एक लेखमा जावेद अनवरले सोफोस नामक कम्पनीले टाइमलाइनबारे गरेको अध्ययन खुलाएका छन् । जसमा ४ हजारबीच गरिएको अध्ययनमा अधिकांशले टाइमलाइनले झस्किएको र अब के होला भन्ने जिज्ञासा राखेका थिए । अनुसन्धानमा ८ प्रतिशतले मात्र यसलाई राम्रो मानेका छन् । करिब ३२ प्रतिशतले आफ्नो व्यक्तिगत विवरण सजिलै बाहिर जाने भएकाले फेसबुक विकल्पबारे चर्चा गरेका छन् ।
कम्प्लेन्टरिभ्यु नामक वेबपोर्टलमा एक युवतीले टाइमलाइनबाट दिक्क भएको र ह्याकरै प्रयोग गरेर भए पनि यसलाई हटाउने उल्लेख गरेकी छन् । उनलाई आफ्नो सम्पूर्ण प्राइभेसी टाइमलाइनमार्फत देख्ने भएर दिक्क लागेको रहेछ । तर यी गुनासा क्षणिक हुने पक्का छ । किनभने फेसबुकले टाइमलाइनमा पनि प्राइभेसी राख्न सक्ने अप्सन दिएको छ । अनि त्यहाँ आउने फोटोको आकारलाई पनि घटबढ गर्न मिल्छ । हाम्रोमा टाइलाइनले ल्याउने समस्या फरक छ । त्यो हो इन्टरनेटको गति । द्रुत गतिको इन्टरनेट सेवा कमै प्रयोग गरिने हामीकहाँ टाइमलाइन लोड हुन लाग्ने समयले दिक्क लगाउन सक्छ । अर्कोतर्फ मोबाइल प्रयोगकर्तालाई पनि यसले खासै खुसी नबनाउला । मोबाइलमा जीपीआरएसबाट फेसबुक चलाउनेका लागि यो सुविधाले धेरै पैसा खर्च गराउनेछ । तर जेहोस् टाइमलाइनको जतिले गुनासा गरेका छन् ती सबैले फेसबुक ज्यादै मन पराउँछन् । कामै नलागे फेसबुकले यसलाई फेरि परिवर्तन गर्न नसक्ने पनि त होइन ।

ह्यारी पोटरकी लेखिका वयस्कका लागि उपन्यास लेख्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्युयोर्क, फागुन ११ (रोयटर्स)- ह्यारी पोटर शृङ्खलाले विश्व भर चर्चा कमाएकी लेखिका जेके रोलिङले वयस्कका लागि आफ्नो पहिलो उपन्यास लेखिरहेकी छिन्। तर उपन्यासको शीर्षक र प्लटलाई निकै गोप्य राखिएको छ। ४६ वर्षीया बेलायती लेखिकाको जादु र चमत्कारले भरिएको ह्यारी पोटर उपन्यास विश्वभर बेस्ट सेलर बनेको थियो र त्यसलाई आधार बनाएर धेरै हिट फिल्म बनेका थिए। यही पुस्तकले उनलाई अर्बपति बनाएको थियो। रोलिङले आफ्नो नयाँ पुस्तक हयारी पोटरभन्दा निकै फरक रहेको बताएकी छन्।

अन्तर्राष्ट्रिय मिडिया मिसन नेपालमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली प्रेस जगतको अध्ययन गर्न अन्तर्राष्ट्रिय मिडिया मिसनको टोली आज राजधानी काठमाडौँ आईपुगेको छ । नेपाली पत्रकारिताको अवस्था तथा अभिव्यक्तिको स्वतन्त्रता लगायतका प्रेस मुद्दाहरुको अवस्थाबारे बुझ्न विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुको संयुक्त टोलि प्रतिनिधि मण्डल नेपाल आएको हो । सो टोलिले प्रधानमन्त्री, गृहमन्त्री, राजनीतिक दलका नेताहरु, राष्ट्रिय मानव अधिकार आयोग लगायतका अधिकारीहरुसँग भेट गर्नका साथै विराटनगर र जनकपुरको स्थलगत अध्ययनग गर्ने जनाइएको छ । नेपाल पत्रकार महासंघको आह्वानमा नेपाल आएको सो टोलिले आज पत्रकारितासँग सम्बन्धित विभिन्न क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरेको छ । सो छलफलका क्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले र विनोद ढुंगेलले नेपाली आमसञ्चारको अवस्था तथा नेपाल विद्युतीय मिडियाहरुको बारे जानकारी गराएका थिए । सो क्रममा उनीहरुले मुलुकको प्रेस तथा अभिब्यक्ती स्वतन्त्रतालाई बन्देज लगाउने प्रयासहरु जारी रहेको, पत्रकारहरु माथि भएका आक्रमण लगायतका घट्नामा सरकारले गम्भीर भएर पीडकहरुलाई कारवाही नगरेको तथा पत्रकारहरुको ब्यवसायिक तथा पेशागत सुरक्षा नभएका लगायतका विषयहरु उठाकएका थिए ।

नेपाल र भारतका सांसदबीच अन्तर्क्रिया हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयां दिल्ली, फाल्गुन १२ - भारतका संसदहरुसंग द्धिपक्षीय चासोका विषयहरुमा संवादका लागि नेपालबाट करिब एक दर्जन सभासद् आगामी साता नयां दिल्ली आउने भएका छन् । भारतीय उद्योगीहरुको उच्च संगठन फिक्कीले बुधवार आयोजना गर्न लागेको एक दिने अन्तर्क्रिया कार्यक्रममा सहभागी हुन सभासद्समेत रहेका शीर्षनेताहरुलाई पनि निमन्त्रणा पठाइएको छ । यद्यपि शीर्षनेताहरु आउने, नआउनेबारे अझै यकीन भइनसकेको आयोजकले जनाएको छ । अन्र्तक्रिर्यामा सहभागी हुन माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल एवम् वरिष्ठ नेता माधवकुमार नेपाल, कंग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, शीर्ष मधेशी नेतासहितका सभासद्हरुलाई निमन्त्रणा पठाइएको छ । शीर्ष नेताहरु नआए उनीहरुका प्रतिनिधिका रुपमा दोस्रो तहका नेताहरु नयां दिल्ली आउने बुझिएको छ । अन्तर्क्रियामा भारतीय पक्षबाट सहभागी हुने वरिष्ठ नेतामध्ये पूर्व विदेशमन्त्री जसवन्त सिंहको नाममात्रै हालसम्म बाहिर आएको छ । आयोजकले नेपाल र भारतबीच यस्तो खाले अन्र्तक्रिया पहिलोपटक हुन लागेको दावी गरेको छ ।
ट्र्याक टु कूटनीतिको अंगको रुपमा हामीले यो अन्र्तक्रिया आयोजना गर्न लागेका हौं । नेपाल र भारतबीच द्धिपक्षीय संवादलाई संस्थागत गर्न यो कार्यक्रम फलदायी हुने आशा छ, आयोजक समितिका एक जना पदाधिकारीले भने । यसअघि दुई मुलुकका सरकारको निमन्त्रणामा सांसदहरुको भ्रमण आदानप्रदान हुने गरेपनि नीजि क्षेत्रको पहलमा यस्तो अन्र्तक्रिर्या संस्थागत हुन सकेकेा छैन । नेपालसहित दक्षिण एसियाली मुलुकसंग संसदीय मञ्च बनाएर द्धिपक्षीय मामिलामा छलफल गर्दै अघि बढ्ने अवधारणा फिक्कीले हालसालैमात्रै ल्याएको हो । हालसम्म उपलब्ध भ्रमण योजना अनुसार, नेपाली टोली कार्यक्रम हुने अघिल्लो दिन मंगलवार नयां दिल्ली आइपुग्नेछ । कार्यक्रमको भोलिपल्ट बिहीवारै नेपाली संासदहरु काठमाडौं र्फकने आयोजकले जनाएको छ । नयां दिल्ली बसाईमा प्रधानमन्त्री मनमोहन सिंह र कंग्रेस अध्यक्ष सोनिया गान्धीसहितका शीर्ष भारतीय नेताहरुसंग नेपाली टोलीको भेट हुने वा नहुनेबारे अझै यकीन भइसकेको छैन । त्यसबारे आयोजकले बताउन नचाहेपनि भेटघाटको सम्भावनालाई पनि नकारेको छैन ।

कानुन व्यवसायीहरु नै शान्ति र संविधानको माग गर्दै आन्दोलनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दोषीलाई कानुन अनुसारको सजाय तोक्ने वकिल तथा कानुन व्यवसायीहरु नै शान्ति र संविधानको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । यसरी शान्ति र संविधानको माग गर्दै प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । सर्वोच्च अदालतको बाहिरपट्टि प्रहरीले उनीहरुलाई पक्राउ गरेर ट्रकमा राखी लगेको थियो । प्रहरीले सर्वोच्च अगाडीको भाग निषेधित क्षेत्र भन्दै बल प्रयोग गरेको हो । बारको कार्यालय सो क्षेत्रमै रहेकाले उनीहरुले त्यहीबाट प्रर्दशन गरेका थिए । तलव भत्ता खाउ, संविधान नबनाउ’, ‘बैठक बसाउ निष्कर्ष ननिकाल’, ‘निर्वाचन किन चाहियो रु, संविधानसभाको म्याद थप्न पाइयो’ लगायतका नारा लेखिएको प्ले कार्डसहित कालो कोट हातमा बोकेर बारको अगाडी प्रदर्शन सुरु गर्न साथ उनीहरुलाई पक्राउ गरेको थियो ।

Feb 23, 2012

हङकङमा जनयुद्घको १७ औं वार्षिकोत्सव सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रविन लिङदेन – हङकङ, फेब्रुअरी २०, ए. नेकपा (माआवादी) पार्टीको हङकङमा वैधानिक रुपमा कार्यक्रम संचालन गर्दै आएको संस्था ‘नेपाली जनसरोकार समाज हङकङ’ले महान नेपाली जनयुद्घको १७ औं वार्षिकोत्सव आइतवार सम्पन्न गरेको छ । ए. नेकपा (माआवादी) पार्टीको अघिल्लो महिना मात्र मेलमिलाप भएको दुइ समुह विच, आर्थिक पारदर्शिताको सवालमा खटपट भएको समाचार आए लगतै, सहसचिव पवन वस्नेत तथा उनको समुह र मगर राष्ट्रिय मुक्ति मोर्चा प्रवास समितिले पार्टीको कार्यक्रममा उपस्थिति जनाएनन् ।
कार्यक्रमका प्रमुख अतिथि ए. नेकपा (माओवादी) जिल्ला पार्टी सचिव जे. वी. ओख्रावुले महान जनयुद्घको वलबाटनै नेपालीहरु यहाँ सम्म आएको वताए । उनले पार्टीको झण्डा मुनी गोलवन्द रहि वर्गीय, जातिय, क्षेत्रिय, मधेसी, दलित, महिला मुक्तिको लागी संघर्ष गर्ने साथिहरु झिनो मसिनो कुरामा अल्झिनु नहुने वताए । पार्टीको साथिहरु अनुपस्थित रहेकोमा ‘महान जनयुद्घलाइ हामिले कतै उपहास गरिहेको त छैनौ’ भन्दै प्रश्न राखे । यसलाइ आफु पार्टीको जिम्मेवार व्यक्ति भएकोले गंभिर रुपमा लिएको सचिव ओख्रावुले वताएका छन ।
लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति हङकङका अध्यक्ष एम. वी. थोप्राले सदियौ देखी नेपालमा राजनैतिक रुपमा वर्गीय र जातिय समस्या भएको वताए । उनले जनयुद्घको वलवाट मात्र संघिय गणतन्त्रको सुरुवात भएको भनेका छन । यसलाइ संस्थागत गर्न एक जुट भएर अगाडी वड्नुको विकल्प नरहेको उनले वताए ।
कार्यक्रममा बोल्दै नेपाली जनसरोकार समाज हङकङका अध्यक्ष विष्णु गुरुङले जातीय समस्या यथावत रहेको वताए । उनले यो अवस्थामा पार्टी र जातिय मोर्चाहरु चाहे नेपालमा होस या विदेशमा होस एक जुट भएर मात्र समस्याको समाधान हुने वताए ।
सहसचिव पवन वस्नेतले महान नेपाली जनयुद्घलाइ सर्वोपरि ठानेका छौं, भन्दै पार्टीको विचारलाइ अंगीकार गर्ने, फोन मार्फत हामिलाइ वताएका छन । उनले हङकङमा पार्टी एकता भए पनि केही व्यक्ति संग भावनात्मक एकता भइनसकेको वताए । त्यस्ता व्यक्तिहरु सफा मन लिइ सुधारिनु पर्ने वस्नेतले वताएका छन । उनले पार्टीलाइ वुझाउनु पर्ने रकम आफुले पार्टी सचिवलाइ वुझाइ सकेको वतए । पार्टीको कार्यक्रममा ज्यानको असुरक्षा हुने भन्दै अनुपस्थित भएको वस्नेतले संचारकर्मीसंग वताएका छन ।
मगर राष्ट्रिय मुक्ति मोर्चा हङकङको अध्यक्ष वसन्त थापा मगरले हिन्सको अध्यक्ष संग असहमत भएको कारण हिन्सलाइ वहिस्कार गरेको हो, पार्टीको कार्यक्रमलाइ होइन, फोन मार्फत हामिलाइ भनेका छन । उनले हिन्स र मगर राष्ट्रिय मोर्चाको खटपट पार्टी संग पनि जोडिएकोले, अव पार्टी मार्फत मात्र मिल्न सकिने वताए । हिन्स भन्दा वाहिर कार्यक्रम भएमा आफुहरुले सहभागि जनाउने अध्यक्ष थापा मगरले वताएका छन ।
१७ औं वार्षिकोत्सवको अवसरमा नेपाली जनसरोकार समाज हङकङ र ए–नेकपा मओवादी पार्टीले दाश्रो अधिवेशन वाट आएका किराती राष्ट्रिय मुक्ति मोर्चा र काउलुन एरिया कमिटिलाइ खदा ओढाएर स्वागत गरेका थिए । उक्त अवसरमा जनसरोकार समाजको उपाध्यक्ष धिरेन्द्र राइ, महासचिव जिमि हाङखिम, सहसचिव राजु गुरुङ, सदस्य तथा पत्रकार चन्द्र दुमि राइ, किराती राष्ट्रिय मुक्ति मोर्चाका उपाध्यक्ष कमला राइ, तमु राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष वेल बहादुर तमुले आ–आफ्नो मन्तब्य राखेका थिए ।

अर्जेन्टिनामा रेल दुर्घटना, कम्तिमा ४० को मृत्यु, ५५० घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ब्युनस आयर्स, फागुन १० (एजेन्सी)- अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा एउटा रेल दुर्घटना हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको र ५५० जना घाइते भएको त्यहाँका सञ्चार माध्यमलाई उद्‌धृत गर्दै सीएनएनले जनाएको छ। सरकारी समाचार एजेन्सी टेलम न्युजका अनुसार आपतकालीन सेवाका निर्देशन अल्बर्टो क्रेस्सेन्टीले हताहत हुनेहरुको स‌ंख्या बढ्न सक्ने बताए। अधिकारीहरुका अनुसार रेलको ब्रेकमा समस्या भएकोले दुर्घटना भएको हुनसक्छ। ब्युनस आयर्स स्टेसनको प्लेटफर्ममा दुर्घटना हुँदा यात्रुले भरिएको रेल २६ किलोमिटर प्रतिघण्टाको गतिले कुदिरहेको थियो।

कमिक्स संग्रह ३५ लाख डलरमा विक्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
डाल्लास, (अमेरिका), फागुन ११ (एजेन्सी)- न्यूयोर्कमा एक निजी संग्रहकर्ताको कमिक्स किताबको सङ्ग्रह ३५ लाख डलरमा लिलाम भएको छ। यो सङ्ग्रह भर्जिनिया बस्ने बिली राइटको थियो, जसलाई बाल्यकालदेखि नै कमिक्स पढ्ने मात्र नभई खरिद गर्ने सौख पनि थियो। उनीसँग कमिक्सका ३ सय ४५ किताब थिए, जसमा लोकपृय पात्र सुपरमेन र ब्याटमेनको पहिलो अंक पनि थियो। सन् १३९मा आएको ब्याटमेनको पहिलो किताब लगभग पाँच लाख डलरमा बिक्यो भने सुपरमेनको पहिलो किताब लगभग तिन लाख डलरमा विक्री भयो। राइटको यस सँग्रहलाई उनको मृत्युपछि एक नातेदारले घर सफा गर्ने क्रममा फेला पारेका थिए।

वैद्यले राजीनामाको अडान लिएपछि माओवादी बैठक अनिश्चित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन ११- एकीकृत माओवादी उपाध्यक्ष मोहन वैद्य समूहले प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा आउनु पर्ने अडान कायमै राखेपछि स्थायी समिति बैठक अनिश्चित बनेको छ। मंगलबार बस्ने भनिएको स्थायी समिति बैठकमा प्रधानमन्त्री भट्टराई अनुपस्थित भएको बहाना मात्रै बनाइएको माओवादी स्रोतले बतायो। वैद्य समूहको उक्त अडान बारे अध्यक्ष पुष्पकमल दाहाल र भट्टराईबीच बुधबार विहानको भेटघाटमा छलफल भएको छ। भट्टराईले पार्टी निर्णय मान्ने औंल्याउँदै आफू राष्ट्रिय सहमतिका लागि 'बाधक नभई साधक' बन्न चाहेको दाहाललाई बताएका थिए। दाहाल निवास लाजिम्पाटमा भएको भेटघाटमा स्थायी समितिमा वैद्य पक्षले राजीनामालाई पुनः मुद्दा बनाउने भएकाले के गर्ने भन्ने प्रश्नमा भट्टराईले राष्ट्रिय सहमतिको सरकार गठनका लागि आफू बाधक नबन्ने बताएका थिए। वैद्य पक्षले भट्टराईको राजीनामालाई आफ्नो विचार समूहको प्रतिष्ठा बनाए पछि स्थायी समिति बस्न नसकेको लाजिम्पाट स्रोतले बतायो। 'वैद्य जीहरू पहिले राजीनामा गरेर राष्ट्रिय सहमतिको सरकार नेतृत्वका लागि पुनः भट्टराईलाई मान्न तयार छन्। पहिला राजीनामा मुख्य विषय बनाएका छन्', दाहाल निकट स्रोतले भन्यो। पार्टी एकतापछि त्यसको प्रतिबिम्ब सरकारमा नदेखिएकाले राजीनामा एउटा विकल्पको रूपमा हुन सक्ने बारे छलफल भएको स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले बताए। 'राजीनामा दिएर भट्टराई जीको नेतृत्वमा राष्ट्रिय सहमति सरकार गठन, वा अन्य साथीहरूलाई फिर्ता बोलाएर नयाँ पठाउने बारे छलफल जारी छ। यसमा प्रयाप्त गृहकार्य नभएकाले बैठक बस्न सकेको छैन', पोखरेलले नागरिकसँग भने।
पार्टी एकताको प्रतिबिम्ब सरकारमा कसरी देखाउने भन्ने विषय नेतृत्व पक्तिबीच टुंगिएको छैन। दाहाल-भट्टराई पक्षले राष्ट्रिय संयुक्त सरकार नेतृत्व विकल्प दिएर राजीनामा गर्ने अडान लिएको छ। दाहालल नागरिकसँग तीन दिनअघि अर्न्तवार्तामा वैद्यले राजीनामा दिएर विकल्प भट्टराई हुन सक्नेमा सहमत भएको बताएका थिए। पछिल्लो स्थायी समिति बैठकले पार्टील राष्ट्रिय संयुक्त सरकारको पहल लिने र त्यसको नेतृत्व माओवादीले लिने निर्णय गरेको थियो। राष्ट्रिय संयुक्त सरकारको नेतृत्व गर्ने व्यक्तिमा विकल्प खुला राख्ने निर्णय गरेको थियो। अहिले त्यही निर्णयलाई आधार मानेर वैद्य पक्षले राजीनामालाई मुख्य विषय बनाएको छ। राष्ट्रिय संयुक्त सरकार निर्माणका लागि सरकारले अन्य दलहरूसँग पहल लिन दाहालले भट्टराईलाई आग्रह गरेका थिए। जवाफमा भट्टराईले त्यसका लागि सबै दलसँग छलफल गर्ने बताएका थिए। सेना समायोजनलाई सम्मानजनक बनाउन सरकारको धारणा र पहल बारे सोच्न दाहालले भट्टराईलाई आग्रह गरेका थिए। 'सेना समायोजन विषयलाई लिएर पुरै राजनीतिक ध्रुबिकरण देखिएको छ यस सोचौं', दाहालले भनेका थिए।
वैद्य पक्षका केही लडाकु वाईसीएलले आफ्ना माग राख्दै घेराउ गर्ने दिएको ४८ घन्टे अल्टिमेटम बारे उनीहरूबीच छलफल भएको थियो। वाईसीएलले लिएको माग पार्टीको आन्तरिक र जटिल भएकाले वाईसीएलसँग वार्ता गरी टुंगो लगाउनेमा सहमत भएको छ। मधेशको मिथिला राज्यका केही घट्नामा पार्टीभित्र विवाद भएकाले त्यसलाई स्थायी समितिको बैठकको ऐजेन्डा बनाउने बारे छलफल भएको छ। गौर हत्याकाण्ड लगायत मुद्दामा पार्टीभित्र विवाद रहेकाले त्यसलाई स्थायी समितिको ऐजेन्डा बनाउने तयारी भएको पोखरेलले बताए। 'मुख्य गरी मधेशको मिथिला राज्यका घट्नाहरूमा पार्टीभित्र विवाद छ। त्यसलाई टुंगो लगाउने भनेर साथीहरू आएका थिए। त्यसलाई स्थायी समिति बैठकमा एउटा ऐजेन्डा बनाएर टुंगो लगाउने भन्ने भएको छ', पोखरेलले भने।

चाइना टेलिकमले चीनमा आइफोन बेच्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हङकङ, फागुन ९ (रोयटर्स) - विश्‍वको सबैभन्दा ठूलो मोबाइल फोन बजार चीनमा रहेको चाइना टेलिकमले एप्पल इंकसँग आइफोन बेच्ने सम्झौता गरेको जनाएको छ। चाइना टेलिकम चीनको तीन मोबाइल सेवा प्रदायकमा तेस्रो स्थानमा छ। चाइना टेलिकमले आइफोन फोरएसको अनलाइन बिक्री खुलाउनेसमेत जनाएको छ। आगामी मार्च २ देखि अनलाइनबाट चिनियाहरुले आइफोनका लागि निवेदन दिन सक्नेछन्। ९ मार्चदेखि उनीहरुले बिक्री थाल्ने जनाइएको छ। यो सम्झौतासँगै चीनको युनिकमसँगको सम्झौता भंग भएको छ। युनिकमले एप्पलका स्मार्ट फोन बेच्ने एकाधीकार पाएको थियो।

विश्वकै होचा व्यक्ति ७२ वर्षीय चन्द्रबहादुर डाँगी काठमाडौंमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्वकै होचा व्यक्तिको रुपमा गिनिज बुकमा नाम लेखाउन दाङका ७२ वर्षीय चन्द्रबहादुर डाँगी बुधबार काठमाडौं आइपुगेका छन् । बुधबार दाङ्गबाट प्लेनमा काठमाडौं आएका ७२ वर्षीय चन्द्रबहादुरको गिनिज बुकमा नाम लेखाउनको लागि गिनिजको टोली आइतबार नेपाल आउने भनिएकोले उनलाई काठमाण्डौ ल्याईएको हो । डाँगीको उचाई २२ इन्च मात्रै रहेको बताइएको छ । यसअघि नेपालकै खगेन्द्र थापामगरले विश्वकै होचा व्यक्तीका रुपमा गिनिज बुकमा नाम लेखाएका थिए भने हाल फिलिपिन्सका २३.६ इन्चका जुन्री बालविङ संसारका होचाका रुपमा दर्ता भएका छन् । डाँगीको उचाई २२ इन्च भएको पुष्टि भएमा यो उमेरमा उनी इतिहासकै होचा व्यक्ति भनेर गिनिज बुकमा नाम लेखाउने छन् ।

नेपालमा २५ प्रतिशत जनता अझै गरिब

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन ११ - नेपालमा अझै पनि २५ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । सबैभन्दा धेरै गरिब मध्य तथा सुदूरपश्चिम विकास क्षेत्रमा छन् । केन्द्रीय तथ्याङ्क विभागले गरेको नेपाल जीवनस्तर सर्भेक्षणमा नेपालका २५ प्रतिशत मानिस गरिबीको रेखामुनि रहेको जनाइएको हो । सहरमा १५ प्रतिशत र ग्रामीण क्षेत्रमा २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि छन् । सर्भेक्षणमा क्षेत्रगत हिसाबमा सबैभन्दा बढी गरिब सुदूरपश्चिममा ४५.६१ प्रतिशत र त्यसपछि मध्यपश्चिम क्षेत्रमा ३१.६८ प्रतिशत छन् । पश्चिमाञ्चलमा २२ प्रतिशत, मध्यमाञ्चलमा २१प्रतिशत र पूर्वाञ्चलमा २१ प्रतिशत गरिब रहेको जनाइएको छ । कुल जनसङ्ख्यामा सुदूरपश्चिममा ८.८ प्रतिशत र मध्यपश्चिममा १३ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्कमा छ । त्यस्तै, भौगोलिक क्षेत्रअनुसार हिमाली क्षेत्रमा सबैभन्दा बढी गरिब छन्, जहाँ ४२ प्रतिशत गरिब छन् भने पहाडी क्षेत्रमा २४ प्रतिशत र तराई क्षेत्रमा २३ प्रतिशत गरिब छन् ।
यसैगरी, गरिबीसँगै कृषियोग्य जमिन पनि क्रमशः घट्दै गएको छ । गरिबीको रेखामुनि रहेका २५ प्रतिशत जनतामध्ये २२ प्रतिशतसँग जग्गाजमिन छैन । दुई हेक्टरसम्म भएका १९ प्रतिशत र सोभन्दा माथि भएका छ प्रतिशतमात्रै छन् । जग्गा नभएकामध्ये ग्रामीण क्षेत्रमा २८ प्रतिशत र सहरी क्षेत्रमा १७ प्रतिशत जनता भएको सर्भेक्षणमा उल्लेख छ । गरिबमा पनि सबैभन्दा बढी पहाड र तराईका दलित छन् भने कममा पहाडका ब्राह्मण र नेवार जाति छन् । पहाडी दलित ४४ प्रतिशत र तराईका दलित ३८ प्रतिशत गरिबीको रेखामुनि छन् । सर्भेक्षणमा विगतभन्दा अहिले १५ देखि ५९ वर्ष उमेरको जनसङ्ख्या बढेको जनाइएको छ । महिला घरमूली भएका परिवारको सङ्ख्या पनि दोब्बर भएको छ । यस्तै, बिजुलीबत्ती र शौचालयको पहुँचमा वृद्धि भए पनि आयोडिनयुक्त नुनको प्रयोगमा भने कमी आएको जनाइएको छ । यस्तै, मध्यपश्चिम क्षेत्रको १५ वर्षमाथिको साक्षरता दर ५४ प्रतिशत छ भने १६ प्रतिशत विद्यार्थी निजी स्कुल तथा कलेजमा जाने गरेको पाइएको छ ।
यस क्षेत्रमा पाँचमा एकजना दीर्घरोगी पाइएका छन् भने तीनमा एकजनालाई अन्य रोग लाग्ने गरेको छ । त्यतिमात्र होइन अन्य क्षेत्रको तुलनामा यस क्षेत्रमा चिकित्सकसँग जँचाउन जानेहरू पनि सबैभन्दा कम १७ प्रतिशत मात्रै रहेको सर्भेक्षणमा उल्लेख छ ।
यति हुँदाहुँदै पनि परिवार नियोजनको साधन प्रयोग गर्नेमा मध्यपश्चिम क्षेत्र सबैभन्दा अगाडि छ । यहाँ ४१ प्रतिशतले परिवार नियोजनको साधन प्रयोग गर्छन् । यसैगरी, यस क्षेत्रमा २६ प्रतिशत मानिस बसाइँ सरेर आएका छन् । यस क्षेत्रका बासिन्दा सडक सुविधाप्रति बढी असन्तुष्ट देखिएको सर्भेक्षणमा उल्लेख छ । नेपालमा ४१ प्रतिशत बालबालिका होचापुड्का भएको पनि तथ्याङ्कमा जनाइएको छ । यस्तै, ३१ प्रतिशत बालबालिकाको उमेर अनुसारको तौल नभएको र १४ प्रतिशतको उचाइ अनुसारको तौल नभएको पाइएको छ । सर्भेक्षणले बिजुली, पिउने पानी, सडक सुविधामा नेपाली बढी असन्तुष्ट भएको पाइएको देखाएको छ । जीवनस्तर सर्भेक्षणले देशको गरिबीको स्थिति तथा गरिबीका अनुमान अद्यावधिक गरेको र गरिबीको सूचक मापनबारे प्रस्ट पारेको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डिराज लामिछानेले दाबी गरे ।

खस क्षेत्री एकता समाजद्वारा पुर्वाञ्चल बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
खस क्षेत्री एकता समाजले गरेको पुर्वाञ्चल बन्दका कारणका आज बिहानैदेखि पुर्वाञ्चलको जनजीवन प्रभावित भएको छ । बन्दका कारण काँकरभिट्ट, विर्तामोड, भद्रपुर लगायतका स्थानबाट छुट्ने लामो तथा छोटो दुरीका कुनैपनि सवारी साधान चल्न सकेका छैन् । समाजले खस क्षेत्रीलाई आदिवासी जनजातीमा सुचिकृत गर्नु पर्ने माग राख्दै बन्दको आह्वान गरेको हो । समाजले आफ्ना मागको सम्बोधन नभएसम्म आन्दोलनको कार्यक्रम फिर्ता नलिने समाजका केन्द्रीय अध्यक्ष युवराज कार्कीले बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दलद्वारा सेनाको प्रस्तावको समर्थन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेले सेनाले माओवादी लडाकुको समायोजनका विषयमा प्रस्तुत गरेको प्रस्तावको समर्थन गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको आजको बैठकले माओवादी लडाकुको समायोजनका लागि नेपाली सेनाले गरेको प्रस्तावको समर्थन गर्दै स्वागत गरेका हुन । सेनाले माओवादी लडाकुलाई अन्तरिम संविधान र विभिन्न दलका बीचमा भएको सहमतिका आधारमा मेजरसम्मको दर्जा दिन सकिने तर त्यहाँभन्दा माथिल्लो दर्जा दिन नसकिने प्रष्ट पारेको छ ।

Feb 22, 2012

सिरियामा भएको पछिल्लो हिंसामा सयभन्दा बढीको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दमस्कस, फागुन १० (एजेन्सी)-सिरियामा पछिल्लो पटक भएको हिंशामा सयभन्दा बढीको ज्यान गएको बताएको छ। उत्तरी सिरियामा सरकारी सुरक्षाकर्मीको हमलामा आफ्ना साथीहरूको ज्यान गएको विद्रोही कार्यकर्ताले बताएका छन्। ४४ भन्दा बढीको ज्यान होम्स सहरमा भएको गोलाबारीमा गएको थियो। त्यस वाहेक इलनिब प्रान्तमा राष्ट्रपति असदका सैनिकको हमलामा त्योभन्दा बढीको ज्यान गएको छ। उता राजधानी बाहिर भएका हिंसामा पनि थुप्रैले ज्यान गुमाउनु परेको छ। सिरियामा विदेशी सञ्चार माध्यममाथि प्रतिबन्ध लागेका कारण समाचारको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

जयप्रकाश गुप्तालाई दोषी ठहर कारागार लगिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुचना तथा संचारमन्त्री जयप्रकाश गुप्तालाई सर्वोच्च अदालतले भ्रष्टाचारको मुद्धामा दोषी ठहर गर्दै डेढबर्ष कैद र ८४ लाख ९ हजार ९ सय २८ रुपिया ७ पैसा जरिवाना तोकेको छ । चारबर्षदेखि सर्बोच्चमा विचाराधीन रहेको भ्रष्टाचार मुद्धामा मंगलबा न्यायधीसद्धय सुशीला कार्की र तर्कराज भट्टको संयुक्त इजलासले अन्तिम फैसला सुनाएको हो । फैसलापछि उनले मन्त्री पदबाट राजीनामा दिएका छन् र उनलाई डिल्लीबजार कारागार लगिएको छ । 'प्रतिवादी जयप्रकाश प्रसाद गुप्तालाई एक वर्ष ६ महिना कैद हुने ठहर भएकाले निजलाई ठहर भएको उक्त कैद सजायमा निज हिरासतमा बसेको दिन कटाई बाँकी कैदको लगत कसी कानुन बमोजिम असुल गर्नु गराउनु,' सर्वोच्चको फैसलामा भनिएको छ, 'विशेष अदालत काठमाडौंको फैसला उल्टी भई प्रत्यक्षी प्रतिवादी जयप्रकाश प्रसाद गुप्तालाई रु ८४,०९,९२८।०७ जरिवाना हुने ठहर भएको हुँदा निजलाई लागेको उक्त जरिवानाको लगत कसी असुल उपर गरी सर्वसञ्चित कोषमा दाखिला गर्न जेथा जमानतको विवरणसहित काठमाडौं जिल्ला अदालतमा लगत दिनू ।'
पुस २५ गते हुने भनी एक महिनाअघि नै न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टले फैसलाको मिति पुस २६ गते तोके पनि 'फैसलाको पूर्ण पाठ तयार गर्न नभ्याइएको' भन्दै फागुनमा सारिएको हो । फैसला नजिक पुग्दा गुप्ता भने विवादित बनिरहेका थिए । २०६४ कात्तिक २२ गते सर्वोच्च आइपुगेको गुप्ताको मुद्दा पहिलो दुई वर्ष तारेखमै राखिएको थिएन । २०६६ असार २८ गतेबाट सुनुवाइका लागि पेसी चढाइए पनि त्यसको साढे दुई वर्षपछि मात्रै सुनुवाइ सकिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्री गुप्तामाथि २ करोड ८ लाख ८ हजार गैरकानुनी रुपमा कमाएको भन्दै २०५९ चैत ६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेषका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारीको इजलास समूहले गुप्ताको सम्पत्ति स्रोत खुलेको भन्दै उनलाई २०६४ जेठ २४ गते सफाइ दिएको थियो । विशेषको फैसलाविरुद्ध सरकारले २०६४ कात्तिक २२ गते सर्वोच्चमा पुनरावेदन गरेको थियो । कांग्रेस राजनीति हुँदै मुलधारको राजनीति प्रवेश गरेका गुप्ता पछिल्लोपटक क्षेत्रीय (मधेस) राजनीतिमा सक्रिय थिए । २०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार उनी पटक-पटक गरी तीनपटक सञ्चार र एकपटक कृषि मन्त्री भएका थिए । भ्रष्टाचार ठहरेलगत्तै उनले मौखिकरुपमा आफूले राजीनामा दिएको बताएका छन् भने आफ्नो राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेका छन् ।

चिट चोर्न नपाएपछि परीक्षार्थीले उत्तरपुस्तिका जलाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजविराज (सगरमाथा), फाल्गुन १० - परीक्षामा चिट चोर्न नपाएका कारण सप्तरीको राजविराजमा परीक्षार्थी मङ्गलबार तोडफोडमा उत्रिएका छन् । राजविराजस्थित युनिक एकेडेमी र सप्तऋषि मल्टिपल कलेजका करिब ७० परीक्षार्थीले कडा जाँच भएको भन्दै विरोधस्वरुप राजविराज–९ स्थित क्षितिज कलेजमा तोडफोड गरेका हुन् । परीक्षा सुरु भएको एक घन्टापछि परीक्षा बहिष्कार गरी विद्यार्थीले सम्पूर्ण उत्तरपुस्तिका जलाउनाका साथै कलेजको झ्यालका सिसा, डेस्क, बेन्च तथा कुर्र्सी तोडफोड गरेको कलेजले जनाएको छ । परीक्षा व्यवस्थित गर्ने बहानामा अनावश्यक तनाव दिइएको तथा पटक–पटक जाँच गरी दुःख दिएको भन्दै परीक्षा बहिष्कार गरिएको परीक्षार्थीले बताएका छन् । पूर्वाञ्चल विश्व विद्यालयको मेडिकल साइन्सअन्तर्गत बिपिएच (ब्याचलर इन पब्लिक हेल्थ) दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले दोस्रो दिनको परीक्षा बहिष्कार गरी आगजनी र तोडफोड गरेका हुन् । सप्तरीमा भएको घटनाका कारण विश्वविद्यालयको परीक्षा नियन्त्रण शाखाले मङ्गलबारको परीक्षा रद्द गरेको जनाएको छ ।

नेकपा (संयुक्त) द्वारा सरकारलाई दिएको समर्थन फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन १० नेपाल कम्युनिष्ट पार्टी संयुक्तले डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ। नेकपा संयुक्तको फागुन ३–४ गते काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले वर्तमान सरकारले राष्ट्रघाती काम गर्न थालेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भए पनि आज समर्थन फिर्ता लिएको आधिकारिक घोषणा गरेको हो। बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेकपा संयुक्तले शान्ति प्रक्रिया र संविधान निर्माण गर्नतिर भन्दा पनि भ्रष्टाचार, महङ्गी, नागरिक असुरक्षा, हत्या, आतङ्क र लुटपाट जस्ता अनैतिक कार्यमा सरकार लिप्त हुँदै गएको हुनाले सरकारलाई दिएको समर्थन फिर्ता लिन बाध्य भएको जानकारी गराएको थियो। पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ– सत्तामा आसिन मन्त्रीहरुबाटै पटक–पटक देश टुक्रिन सक्ने अभिव्यक्ति, मन्त्रीको लहडवाजीमा नागरिकता बाँड्ने प्रयास, अपराधमा संलग्नलाई सरकारी संरक्षण, कानुनविहीनताको स्थितिमा पनि सत्ता टिकाउने खेलमा सरकार लागिपरेकाले बाध्य भएर समर्थन फिर्ता लिएका हौं। पत्रकार सम्मेलन बोल्दै पार्टी अध्यक्ष चन्द्रदेव जोशीले भने– माओवादीको नेतृत्वमा शान्ति र संविधान निष्कर्षमा पुग्छ भनेर समर्थन दिएका थियौं तर सरकारमा आसिन मन्त्रीहरुको रवैयाले हाम्रो समर्थन फिर्ता लिन बाध्य बनाएको हो।

चीन र जापानका मन्त्रीहरू काठमाडौंमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौ
फाल्गुन १० - चिनियाँ वनमन्त्री जिया झिवाङ र जापानी उप विदेशमन्त्री कोरो वेसो बुधबार नेपाल आएका हुन् । झिवाङ नेपालमा चार दिन बस्नेछन् भने पेस्सा दुई दिन । बुधबार त्रिभूवन विमानस्थल ओर्लिएका झिवाङले वन, वन्यजन्तु र संरक्षणमा आफ्नो भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे । उनले नेपालको हिमालय क्षेत्र पूर्वपश्चिमसम्म नै चीनसँग जोडिएको उल्लेख गर्दै यस क्षेत्रका लागि आर्थिक र प्राविधिक सहयोग गर्ने बताए । आफ्नो पहिलो नेपाल भ्रमण भएको 'ऐतिहासिक' हुने दाबी गर्दै उनले केही सहयोग सम्झौतामा हस्ताक्षर हुने जानकारी दिए । नेपालमा रहँदा उनले राजधानीमै रहेको शिवपुरी जंगल अवलोक गर्ने छन् । बुधबारै विमानस्थल ओर्लिएका जापानी उप विदेश मन्त्री कोरो पेस्साले भने नेपाल र जापानको सम्बन्धलाई अझै सुदृढ गर्न आफ्नो भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे । 'नेपालसँग जापानको पुरानो सम्बन्ध हो,' उनले भने, 'यसलाई अझै सुदृढ गर्नुपर्छ ।' नेपालको उन्नति प्रगति जापानको चाहना भएको उल्लेख गर्दै उनले आर्थिक सहयोग गर्न आफ्नो मुलुक तयार रहेको बताए ।

Feb 21, 2012

एचकेएनटीएमा एभरेष्ट तार्इ क्वान दो एकेडेमीले २२ मेडल प्राप्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सन २०१२ फेब्रुवरी १९ तारीख आर्इतबारका दिन हङकङस्थित कौलन पार्कको स्पोर्ट सेन्टरमा एचकेएनटीएको दशौं बार्षिकोत्सव भब्यताका साथ सम्पन्न भएको छ । उक्त अवसरमा हङकङमा रहेका विभिन्न ताई क्वान दो क्लवहरुले १० देखि १४ बर्षसम्मका पुरुष खेलाडीहरुमा र्इस्पायरीङ र १० देखि माथी सबै उमेरका महिला खेलाडीहरुले इस्पायरीङमा सहभागीता जनाएका थिए । विभिन्न ताई क्वान दो क्लवहरुबाट महिला तथा पुरुष गरेर झण्डै ३०० खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । सो खेलमा एभरेष्ट तार्इ क्वान दोएकेडेमीका सञ्चालक तथा चिफ र्इन्स्ट्रक्टर,मास्टर रविन कुमार नाल्वोको नेतृत्वमा १० बर्ष देखि माथि ८१ बर्ष सम्मका महिला तथा पुरुष ३० जनाले पुम्से तथा र्इस्पायरीङमा एभरेष्ट ताई क्वान दो एकेडेमीका खेलाडीहरुले सहभागिता जनाएका थिए । उक्त सहभागि खेलाडीहरु मध्ये ३ गोल्ड मेडल १३ सिल्भर मेडल ६ ब्रउन्ज मेडल गरेर कुल २२ मेडल प्राप्त गरेर तृतिय स्थान ग्रहण गर्न सफल भएको छ । महिला तथा पुरुष खेलाडीहरुमा र्इस्पायरीङ र पुम्सेतर्फ गोल्ड मेडल प्राप्त गर्नेहरुमा लिम्बु युनिक,रार्इ सरीन,लिम्बु सीतल । महिला तथा पुरुष खेलाडीहरुमा र्इस्पायरीङ र पुम्सेतर्फ सिल्भर मेडल प्राप्त गर्नेहरुमा इस्तिङगनाह,वीवीइन् युलियती,लिम्बु निङवा,लिम्बु चन्द्रमान,मारीयाती,श्री नुर इनी,लिम्बु दिल प्रसाद,रार्इ मिलन,सुवित सम्वाहाम्फे, । महिला तथा पुरुष खेलाडीहरुमा र्इस्पायरीङ र पुम्सेतर्फ ब्रउन्ज मेडल प्राप्त गर्नेहरुमा रार्इ राहुल,तुमीनी,इस्तिमाहोम,कोमारीह,श्री उमीयाती,लिम्बु दीक्षा । एभरेष्ट तार्इ क्वान दोएकेडेमीको तर्फबाट सहायक र्इन्स्ट्रक्टरहरुमा दिल प्रसाद लिम्बु,मिलन रार्इ,सुदीप,केशव तुम्वाहाम्फे,सुवान्ती,मनिराज लिम्बु,सुरेन्द्र लिम्बु,सुवित सम्वाहाम्फे खेल संयोजनका लागि उत्कृष्ठ भूमिका निभाएका थिए । स्मरण रहोस एभरेष्ट ताई क्वान दो एकेडेमीले प्राय हङकङमा सञ्चाल गरिएका ताई क्वान दो खेलहरुमा उच्च स्थान हासील गर्दै आएको छ ।

Feb 20, 2012

हङकङमा याक्थुङ साम्लो-प्रथम कार्यक्रम हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालका चर्चित याक्थुङ(लिम्वु) गायक धनवीर सांवाको विषेश प्रस्तुति र हङकङका स्थानीय याक्थुङ कलाकारहरु सम्मिलित सांस्कृतिक कार्यक्रम याक्थुङ साम्लो प्रथम लिरामो सांस्कृतिक विभाग र याकथुङ साक्थिमिवा सयङ को संयुक्त आयोजनामा आगामी २५ फेव्रुवरी २०१२ मा जोर्डनस्थित दोहोरी सांझ रेष्टुरेण्टमा हुने भएकोछ । हङकङमा पहिलोपटक याक्थुङमय-लिम्वुमय) सांस्कृतिक कार्यक्रम हुने कुरा आयोजकको रहेकोछ । ४० भन्दा वढी लिम्वुगीत गाउन सफल धनवीर सांवाको साथमा राज कुमार आङदेम्वे, साक्थिम योङया, असली वनेम, टिका माखिम,कमानध्वोज लावती आदि रहनेछन् भने उद्घोषकमा याक्थुङ मोडल गीता पालुङवा र वरध्वोज ओख्रावु रहेका छन् ।

वाईसीएलले पार्टी कार्यालय तथा अध्यक्ष निवास घेर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन ८ - वाईसीएलमा तानिएका माओवादी लडाकु कमान्डरले स्वैच्छिक अवकाशमा जानेसरह सुविधा नदिएको भन्दै पार्टी केन्द्रीय कार्यालय र अध्यक्ष पुष्पकमल दाहाल निवास घेराउ गर्ने चेतावनी दिएका छन् । वैद्य पक्षीय चार वाईसीएल लडाकुले सोमबार विज्ञप्ति जारी गरी पार्टीसमक्ष राखेका ८ बुँदे माग सम्बोधन नभएको भन्दै आन्दोलन घोषणा गरेका हुन् । 'अध्यक्ष प्रचण्डलाई ८ बुँदे माग पत्र र डिभिजन कार्यालयहरूलाई ज्ञापनपत्रहरू बुझाएकामा हालसम्म त्यसप्रति कुनै सुनुवाइ नगरी बेवास्ता गरिएको हुँदा वाईसीएलमा रहेका जनमुक्ति सेना र वाईसीएल कार्यकताको उचित व्यवस्थापनका लागि बाध्य भई चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गर्दछौं,' सभासदसमेत रहेकी वाईसीएल सावित्री दुराले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ, 'पटक-पटक प्रधानमन्त्री र मन्त्री बन्ने कार्यहरू भए तर पार्टी र नेतालाई पहिलो स्थान र हैसियतमा पुर्‍याउन भर्‍याङ बनेको वाईसीएलका सम्बद्ध जनमुक्ति सेनाहरूको हैसियत र सुविधा धरापमा पर्दै गएको तीतो अनुभूति व्यक्त गर्न चाहन्छौं ।'उनीहरूले जनसंविधान निर्माण नभए जनविद्रोहमा लाग्ने घोषणासमेत गरेका छन् । 'यो शक्तिले पार्टी, सेना, मोर्चा र जनताको रक्षा गर्न २१ डिभिजन जनमुक्ति सेना निर्माण गर्ने, संविधानसभाको निर्वाचन सफल पार्ने, जनताको पक्षमा संविधान निर्माण गर्नमा सहयोगी र सक्रिय भूमिका खेल्ने र जनसंविधान निर्माण हुने स्थिति नदेखिए जनविद्रोहको अग्र मोर्चा सम्हाल्नेलगायत जिम्मेवारी दिइएको अवगत गराउन चाहन्छौं,' विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूले पहिलो चरणमा पार्टी र लडाकु कमान्डरसँग छलफल गर्ने र दोस्रो चरणमा पार्टी कार्यालय र दाहाल निवास अनिश्चितकालीन घेराउ गर्ने घोषणा गरेका हुन् । घोषणा गरिएका आन्दोलनहरूमा फागुन १४ गते पार्टीभित्र देखिएका विकृति विसंगतिका विरुद्ध भन्डाफोर कार्यक्रम गर्ने, फागुन १५ देखि २०६८ फागुन २० सम्म पार्टी केन्द्रीय समितिका सदस्यदेखि माथि र जनमुक्ति सेना नेपालका कमान्डरहरूको निजी सवारी साधनलाई चल्न नदिने, फागुन २१ र २२ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा घेराउ गर्ने र फागुन २३ देखि अनिश्चितकालीन रूपमा अध्यक्ष निवास लाजिम्पाट घेराउ कार्यक्रम छन् । माओवादी स्थायी समिति बैठकले वाईसीएलमा आएका लडाकुलाई पार्टी कोषबाट आर्थिक प्याकेज उपलब्ध गराउने निर्णय गरेको थियो । शान्ति प्रक्रियामा आइसकेपछि माओवादीले करिब तीन हजार लडाकु वाईसीएलमा ल्याएको थियो ।

हङकङमा कबिता प्रतियोगिता हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बिगत केहि समय यता हङकङमा साहित्यिक जमघट पातलिदै गएको बेला आउदो फेब्रुअरी २६ तारीखका दिन हिन्सको कार्यलय याउमातेर्इमा दिनको १२ बजेबाट हंङकंङब्यापि कबिता प्रतियोगिता हुने भएको छ । सो दिन यहाँका ब्यस्त कविहरु आफूलाई कबितामा सजाउने भएका छन् । उक्त प्रतियोगीता खोटांग टेम्के तुवाचुङ साहित्यिक पुरस्कार अक्षयकोष निर्माण समितीको आयोजनामा हुन गैरहेको हो । आयोजकले अप्रतियोगी कबिताहरुलाई पनि यथेष्ट अवसर र प्राथमिकतामा राख्ने पनि जनाईएकोछ । अक्षयकोष निर्माणको शिलसिलामा सो समितीले गर्ने साहित्यको गतिबिधिको एक आयाम स्वरुप हङकङका स्रष्टाहरुलाई आफ्ना सुन्दर सृजनाहरु साहित्यानुरागीहरुमा पस्कने एउटा सँयोग जुराउन लागेको हो । गतबर्ष आयोजकले हङकङमा खोटाङगे स्रष्टाको सृजनाहरु कविता कृति प्रकाशन गरेर हङकङको नेपाली साहित्य फाँटमा एउटा इटा थपेको थियो । उक्त कार्यक्रमलाई मूलबाटो डटकमले प्रत्यक्ष प्रसारण गर्ने भएकोछ ।

संविधान लेखनमा सहमति जुट्न नसकेका विषय शीर्ष तहमा लैजाने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन ८ - संविधान लेखनका क्रममा देखिएका विवादित विषयमा सहमति जुट्न नसकेपछि प्रमुख दलका शीर्ष नेतृत्वमा छलफल गरी टुङ्ग्याइने भएको छ। संवैधानिक समिति, विवाद समाधान उपसमितिको आज सिंहदरबारमा बसेको बैठकमा राज्य पुनःसंरचनाका विषयमा भएको छलफलमा कुनै सहमति जुट्न नसकेपछि त्यसलाई शीर्ष नेतृत्वमा लैजाने र त्यहीबाट सहमति जुटाउने प्रयास गरिने जनाइएको छ। बैठकपछि नेपाली काँग्रेरसका उपसभापति रामचन्द्र पौडेलले संविधान लेखनका विवाददित विषयमाथिको छलफललाई गम्भीररुपमा अगाडि बढाइएको र यसलाई शीर्ष नेतृत्वबाटै सहमति जुटाउने विषयमा सबै दलं सहमत भएको जानकारी दिए।
उनले संविधानसभा गठनताका छ महिनाभित्र शान्ति प्रक्रिया र दुई वर्षभित्र संविधान लेखन सम्पन्न गर्ने सहमति दलहरुबीच भए पनि चार वर्ष बित्न लाग्दा समेत शान्ति प्रक्रियाका मूलभूत कार्य सम्पन्न नहुनाले संविधान लेखन ओझेलमा परेको बताए। नेता पौडेलले भने - 'लडाकुका अस्थायी शिविर र हतियार राखिएका कन्टेनर खाली नभएसम्म शान्ति प्रक्रिया सम्पन्न नहुने भएकाले संविधानसभाले तय गरेको शान्ति प्रक्रिया र संविधान लेखनको कार्यतालिका समेत प्रभावित बन्दै आएको छ।'
संविधान लेखनको मुख्य पक्ष शान्ति प्रक्रियालाई ठोस निष्कर्षमा नपुर्‍याउँदासम्म संविधान लेखनमा कुनै प्रगति हुन नसक्ने उल्लेख गर्दै उनले अब शान्ति प्रक्रिया र संविधान लेखनका विवादित विषयलाई शीर्ष नेतृत्वबाटै टुङ्ग्याउनाको विकल्प छैन भने। सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठन गरेको कार्यदलको प्रतिवेदनमा शासकीय स्वरुपको विषयमा मिश्रित प्रणालीको व्यवस्था राखिनु समावेशिताको सवालमा अलमल हुनु हो भन्दै नेता पौडेलले राज्यको शासकीय स्वरुप समावेशी चरित्रको हुनुपर्नेमा जोड दिए। नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले संविधान लेखनका विषयमा देखिएका विवादित विषयमाथिको छलफल सकिएको र अब सहमतिका लागि शीर्ष तहमै छलफल गर्नु आवश्यक रहेको जानकारी दिए।
उनले शासकीय स्वरुपका विषयमा आजको बैठकमा दलहरुका बीच घनीभूत छलफल भएको र सबै दलका नेताले विवादित विषयलाई अब शीर्ष राजनीतिक तहबाटै टुङ्ग्याउनुपर्नेमा जोड दिइएकाले यसलाई शीर्ष नेतृत्वमै लैजानुपर्ने आवश्यकता महसुस गरिएको बताए। नेकपा (एमाओवादी)का नेता देव गुरुङले कांग्रेसले राज्य पुनःसंरचना सुझाव आयोगको प्रतिवेदनमा समेटिएका विषयलाई टुङ्ग्याउनुपर्ने तथा एमालेले शान्ति प्रक्रिया टुङ्गोमा नपुगेसम्म संविधान लेखन कार्य अगाडि बढ्न नसक्ने बताएपछि शीर्ष तहमै लैजाने सहमति भएको जानकारी दिए।
उनले आजको बैठकमा संविधान लेखनसँग जोडिएको सेना समायोजनको कार्य नसकिँदासम्म अन्य विषयमाथि छलफल गर्नु आवश्यक नभएको भन्ने आवाज आएकाले सहमतिका लागि दलहरुले नै टुङ्ग्याउने कि संविधानसभामा लगेर प्रक्रियागतरुपमा टुङ्ग्याउने भन्नेमा विवाद कायम रहेको बताए। एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा रहेको उपसमितिले संविधान लेखनमा देखिएका विवादित विषयमाथि आइतबारदेखि बुँदागत रूपमा छलफल गरी सहमति जुटाउने गरी बैठकलाई तीव्रता दिएको थियो।
दलहरूबीच सहमति जुट्न नसकेका शासकीय स्वरूप, राज्य पुनःसंरचना, निर्वाचन प्रणाली, न्याय प्रणालीलगायतका विषयमा सहमति जुट्न नसकेका विषयमा क्रमशः सहमति जुटाउँदै लैजाने भन्ने विषयमा गत साता बसेको संवैधानिक समितिको बैठकमा सहमति भएको थियो। काँगे्रसले पुनःसंरचना आयोगको प्रतिवेदनका विषय र एमालेले शान्ति प्रक्रियाका विषयलाई टुङ्ग्याउने अडान राखिरहेका छन् भने एमाओवादी)ले विवादित विषयमा सहमति जुटाउँदै शान्ति प्रक्रियालाई पनि सँगसँगै लैजाने बताइरहेको छ। आजको बैठकमा भने संविधान लेखनका विषयमा देखिएका विवादित विषयलाई टुङ्ग्याउन संवैधानिक समिति र विवाद समाधान उपसमितिमा छलफल जारी राख्ने र अब प्रमुख दलका शीर्षनेताबीच छलफल गरी सहमतिमा पुग्ने जनाइएको छ।

सेना समायोजनको कार्ययोजना कांग्रेस एमालेले नमान्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेले दलीय सहमति विपरित सेना समायोजनको कार्ययोजना आएको भन्दै त्यो आफूहरुलाई मान्य नहुने बताएका छन् । एमाले र कांग्रेसले सात बुँदे सहमति विपरित हुने समायोजनको प्याकेज आफूहरुलाई कुनै हालतमा पनि मान्य नहुने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लबले राजधानीमा आयोजना गरेको कार्यक्रममा सेना समायोजन विशेष समितिका सदस्य कांग्रेस नेता डा. रामशरण महहत र एमाले नेता भीम रावलले यस्तो बताएका हुन् । उनीहरुले लडाकु समयोजनका लागि नेपाली सेनाले तयार गरेको प्रस्तावको प्रमुख प्रतिपक्षी कांग्रेस-एमालेले एकतर्फी भनी टिप्पणी गरेका छन् । प्रस्ताव छलफल नै नभई सार्वजनिक गर्नु मुलुककै लागि दुर्भाग्यपूर्ण भएको भन्दै उनीहरुले समायोजनमा जाने माओवादी लडाकुहरुको तह, पद र समायोजनको संख्या नेपाली सेनाको मापदण्ड पूरा गरेपछि मात्र टुंगो लाग्ने बताएका छन् ।

Feb 19, 2012

अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गर्ने बाबु-छोरी पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जाजरकोट भूर गाविसमा नवजात शिशुको हत्या गरेको आरोपमा बाबु-छोरीलाई प्रहरीले पक्राउ गरेको छ। ५९ बर्षिय बाबु अमृत चन्द र २१ बर्षिया छोरी नन्दकलाको अवैध सम्बन्धबाट शिशु जन्मिएपछि गाउँलेले थाहा पाउने डरले दुबै मिलेर बच्चाको हत्या गरेको प्रहरीले जनाएको छ । केही दिन अघि शिशुको हत्या गरेर नजिकैको जंगलमा गाडेको तर स्यालले बच्चा बाहिर निकालेपछि घटना पर्दाफास भएको थियो। बेवारिसे अवस्थामा रहेको मृत शिशु देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेको र अनुसन्धान गर्दा रहस्य खुलेको प्रहरीले जनाएको छ । श्रीमतीको मृत्यु भएपछि दुई बर्ष अघिदेखि अवैध रुपमा यौन सम्बन्ध कायम राख्दै आएका बाबु-छोरीले यस्तो कुकृत्य कसैले थाहा नपाउन् भनेर हत्या गरेको प्रहरी समक्ष स्वीकारेका छन् ।

पाकिस्तानमा वम विस्फोटमा छ जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पाकिस्तान, फागुन ७ (एजेन्सी)-पाकिस्तानको उत्तर-पश्चिम क्षेत्रमा आज भएको वम विस्फोटमा छ जनाको मृत्यु भएको छ। उक्त घटनामा तीन अन्य घाइते भएको खबर छ। अफगान सिमासँगै रहेको खैबर कबिला जिल्लामा स्थानीय लडाकु समूह लस्कर ए इस्लामले बम राखेको बताइएको छ। बिबिसीका अनुसार वम सरकारको समर्थन गरि रहेका लडाकुलाई लक्षित गर्दै राखिएको थियो। सरकारको समर्थन गर्ने यस समूहको स्थापना लस्कर ए इस्लामको विरोध गर्न गरिएको थियो।

राष्ट्रिय सरकार बनाउन दाहाल-नेपाल भेट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन ७,एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच राष्ट्रिय सरकार गठनका विषयमा छलफल भएको छ। आज बिहान दुई नेताबीच नेपाल निवास कोटेश्‍वरमा पौने घन्टा छलफल भएको एमाले प्रचार विभाग सदस्य विष्णु रिजालले जानकारी दिए। भेटमा सेना समायोजनबारे छलफल भएको थियो। माओवादीले लडाकु समायोजनामा नेपाली सेनामा उपल्लो पद खोजेपछि नेता नेपालले त्यसको कडा आलोचना गर्दै आएका थिए। नेपालको कडा टिप्पणी सार्वजनिक हुन थालेपछि दाहाल उनको निवासमा पुगेर शान्ति प्रकृया टुङ्गोमा पुर्‍याउन नेपाललाई सक्रिय हुन भनेका थिए। नेपालले प्रतिउत्तरमा पहिले भएका सम्झौता पालन गर्ने हो भने समायोजन र शान्ति प्रकृयामा कुनै अवरोध नहुने बताएका थिए। त्यसका लागि माओवादी नै जिम्मेवार हुनुपर्ने उनको तर्क थियो।
'विगतमा जे सहमति भएको छ त्यति मात्रै कार्यान्वयन गर्ने हो भने पनि शान्ति प्रक्रिया तुरुन्त टुंग्याउन सकिन्छ र त्यही आधारमा संविधानका विवादित विषयहरुमा पनि निष्कर्षमा पुग्न सकिन्छ,' नेपाललाई उदृत गर्दै रिजालले जानकारी गराए। जवाफमा दाहाले आफ्नो पार्टीभित्रको समस्याका बाबजुद आफू पनि शान्ति प्रक्रिया छिटो टुंग्याउन तल्लिन रहेको जानकारी दिँदै यसमा एमाले-कांग्रेसलगायतका दलहरुको पनि सकारात्मक भूमिका हुनुपर्ने बताएका थिए। उनको भनाइ थियो, 'अब यस प्रक्रियाबाट कोही पछि हट्न सक्दैन । यसलाई निष्कर्षमा पुर्याउनुको विकल्प छैन ।'

प्रधानमन्त्रीको निर्देशनमा प्रजातन्त्र दिवस मनाइएन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन ७ - परम्पराकैरुपमा मनाइँदै आएको प्रजातन्त्र दिवस यसपटक मनाइएन । प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा प्रजातन्त्र दिवस मनाउने कार्यक्रम रोकियो । 'सरकारले आवश्यकता नठानेकाले नमनाएको हो,' गृहका एक अधिकारीले भने । २००७ सालको क्रान्तिलाई बिर्सन खोजेको ती सरकारी अधिकारीको बुझाइ छ । त्यसो त प्रधानमन्त्री बाबुराम भट्टराईले क्रान्तिको प्रतीक मानिने सहिदगेट गएका थिएनन् । त्यतिमात्र होइन उनको सरकारले सहिद गेटबाट राजा त्रिभूवनको सालिक हटाउने निर्णय गर्‍यो । तर सर्वोच्चको फैसलाले कार्यान्वयन भने रोकिएको छ । प्रजातन्त्र दिवस नमनाएकोमा प्रमुख प्रतिपक्षी कांग्रेस र एमालेले विरोध गरेका छन् । 'कार्यक्रमको निम्तो आउँछ भनेर कुरेर बसेको थिएँ,' कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले भने । एमाले अध्यक्ष झलनाथ खनालले पनि प्रजातन्त्र दिवस वेवास्ता गरेर सरकारले 'राम्रो काम नगरेको' टिप्पणी गरे । यसअघिका प्रजातन्त्र दिवसमा प्रधानमन्त्रीको संयोजकत्वमा प्रजातन्त्र दिवस मूल समारोह समिति गठन तयारी गरिन्थ्यो । सदस्यसचिव गृह सचिव हुन्थे । टुँडिखेलमा विशेष कार्यक्रम गरिन्थ्यो । राष्ट्रपति विशिष्ट अतिथि, प्रधानन्यायाधीश, सभामुख, विपक्षी दलका नेता, मन्त्री, सचिवलगायतको उपस्थिति हुन्थ्यो । मूल समारोह समितिअन्तर्गत मञ्च, कार्यक्रम उपसमिति, परिसंवाद समिति हुन्थ्यो । देशभर सभा, सम्मेलन, अन्तर्क्रिया र लोकगीत प्रतियोगिता हुन्थे ।

एमालेले गरेको आन्दोलनका कारण आज दोस्रो दिन पनि सिरहा बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जिल्लामा आपराधिक घटनामा वृद्धि भएको विरोधमा एमालेले गरेको आन्दोलनका कारण आज दोस्रो दिन पनि सिरहा बन्द भएको छ। बन्दका कारण सार्वजनिक यातायात चलेका छैनन्। एमाले कार्यकर्ताले पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिर्चैया र लहानमा ढाट तेर्साएर यातायात चल्नमा रोक लगाएका छन्। पक्राउ परेका कार्यकर्ताको रिहाइ, छेदि यादव हत्या, बेल्हा डाँका काण्डको न्यायिक छानबिन लगायत आठ सूत्रीय माग राखि सिरहा एमाले दुई महिनादेखि चरणबद्ध आन्दोलनमा छ। यसैबीच एमालेकै माग अनुसार सरकारले गठन गरेको छानबीन समितिले घटनाबारे छानबीन गरी राजधानी फर्किसकेको छ। सरकारले सिरहामा भएका विभिन्न घटनाको छानबीन गर्न कारागार व्यवस्था विभागका प्रमुख दुर्गा भण्डारीको संयोजकत्वमा नेपाल प्रहरीका डिआइजी केशव शाही र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक दिलिप रेग्मी सदस्य रहेको समिति गठन गरेको थियो। यता सिरहाका प्रमुख जिल्ला अधिकारी ध्रुव ढकालले बन्द खुलाउन केन्द्रको निर्देशन पर्खेर बसेको बताए।

Feb 17, 2012

संसदमा प्रस्तुत विधेयकप्रति माओवादी सचिवको आपत्ति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन ५- एकीकृत नेकपा (माओवादी)का सचिव सीपी गजुरेलले व्यवस्थापिका-संसदमा प्रस्तुत सङ्गठित अपराध निवारण विधेयक, पारस्पारिक कानुन सहायता विधेयक र सुपुर्दगी विधेयक राष्ट्रघाति भएकाले आफ्नो पार्टीले पारित हुन नदिने बताएका छन्। शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा सचिव गजुरेलले ती विधेयक अर्थ तथा राजनीतिसँग गाँसिएको र नेपालको हितविपरीत भएको स्पष्ट पारे। उनले विधेयक पारित नभए मुलुक कालो सूचीमा पर्ने भन्ने भनाइप्रति विमति जनाउँदै यसको बहानामा दातृसंस्थाले दिने सहायता रोकिन्छ भन्नु भ्रममात्र हो भने। अर्थविद् चिरञ्जीवी नेपालले संसदमा प्रस्तुत विधेयक पारित गरिनुपर्ने अन्यथा दातृसंस्थाले सहायता रोक्न सक्ने भन्दै विधेयक पारित गरी अन्तर्राष्ट्रिय स्तरमा मुलुकको छबि कायम राख्न नसके नेपाल कालोधन सञ्चित गर्ने मुलुक हो भन्ने सन्देश जानसक्छ भने। नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले राज्य संयन्त्र कमजोर रहेको मौका छोपी सत्तासीन दलकै एक गुट विधेयक पारित हुन नदिने प्रयासमा लागेको आरोप बताए। नेकपा एमालेका नेता राजन भट्टराईले तीन वटै विधेयक राष्ट्रहितको पक्षमा रहेको जिकिर गरे।

एसएलसी परीक्षाका लागि १ हजार ७४८ परीक्षा केन्द्र निर्धारण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भक्तपुर, फाल्गुन ५,परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आगामी चैत ७ गतेदेखि सुरु हुने प्रवेशिका परीक्षाका लागि मुलुकभर एक हजार ७४८ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । यसवर्ष परीक्षा दिने पाँच लाख २८ हजार २५७ परीक्षार्थीका लागि उक्त परीक्षा केन्द्र निर्धारण गरिएको कार्यालयका उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए । यसवर्ष परीक्षा केन्द्र निर्धारण गर्दा सुगम र दुर्गम क्षेत्रलाई पायक पर्ने गरी निर्धारण गरिएको उनले बताए । विद्यार्थी सङ्ख्या र आवश्यकतालाई हेरेर कार्यालयले केन्द्र निर्धारण गरेकाले यसवर्ष परीक्षार्थीलाई परीक्षा दिन धेरै टाढा जानुनपर्ने कार्यालयको दाबी छ । कार्यलयले गत वर्ष चार लाख ९६ हजार २४३ जना परीक्षार्थीका लागि एक हजार ६७२ वटा परीक्षा केन्द्र निर्धारण गरेकोमा गत वर्षभन्दा यसवर्ष ७६ वटा परीक्षा केन्द्र थप भएका छन् । परीक्षार्थीको सङ्ख्या बढेको र नजिक केन्द्र राख्नुपर्ने आवश्यकताअनुसार यसवर्ष केन्द्र बढाइएको हो । त्यसैगरी कार्यालयले यसवर्ष एसएलसी परीक्षाका लागि आफू अध्ययनरत विद्यालयबाट फाराम नभरी अन्य जिल्लाबाट फाराम भर्ने परीक्षार्थीको परीक्षा आवेदन रद्द गरेको छ । कार्यालयको बोर्ड बैठकले आफू अध्ययनरत विद्यालयबाट एसएलसी परीक्षा नदिई दुर्गमका जिल्लामा गएर परीक्षा दिन फाराम भर्ने विद्यार्थीको फाराम रद्द गर्ने निर्णय गरेको कार्यालयका उपनियन्त्रक रेग्मीले बताए । कार्यालयले गरेको छानविनको क्रममा विभिन्न जिल्लाका विद्यालयमा अध्ययनरत विद्यार्थीले सोलुखुम्बु जिल्लाको बुद्ध माध्यमिक विद्यालयबाट एसएलसीको फाराम भरेको पाइएपछि ३० परीक्षार्थीको फाराम रद्द गरिएको छ ।

निर्वाचन आयोगले १८ दलको खारेजी प्रक्रिया सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन ५ - निर्वाचन आयोगले १८ दलको खारेजी प्रक्रिया सुरु गरेको छ । खर्च विवरण नबुझाउने ती दलको खारेजी प्रक्रिया सुरु गरिएको कार्यवाहक निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले जानकारी दिए । 'पटक-पटक खर्च विवरण माग्दा पनि नबुझाउने ती दललाई ७ दिनको सफाइ मौकासहित अन्तिम म्याद दिएका छौं,' शुक्रबारको पत्रकार सम्मेलनमा उनले भने, 'यस अवधिभित्र नबुझाए करिव-करिव खारेजी हुनेछ ।' खारेजी प्रक्रियामा रहेका ती दल संविधानसभामा प्रतिनिधित्व गरेका छैनन् ।आयोगले संविधानसभामा रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीलाई भने प्रक्रिया नपुर्‍याई विवरण बुझाएको भन्दै सय रुपैयाँ जरिवाना गरेको छ । यस पार्टीका एक सभासद् राजकुमार नाल्बो हाल निलम्बित छन् । कार्यवाहक निर्वाचन आयुक्त उप्रेतीका अनुसार संविधानसभाको सवैभन्दा ठूलो दल माओवादी र तेस्रो ठूलो दल एमालेले समयमै खर्च विवरण बुझाएका छन् । दोस्रो ठूलो दल कांग्रेस, मालेलगायत केही दलले भने कानुनी प्रक्रिया पूरा नगरी समयसीमा नाघेपछि खर्च बुझाए । 'धेरैजसो दलले वार्षिक प्रतिवेदनमा २५ हजारभन्दा धेरै खर्च गरेको रकम विविधमा राखेका छन्,' उप्रेतीले भने, 'त्यस्ता रकमको स्रोत खुलाउनुपर्ने हेक्का दलहरुमा देखिएन ।' उनले आगामी वर्षदेखि निश्चित तालिकामा सवै दललाई समयमै खर्च विवरण बुझाउन भनिएको छ । आयोगले आगामी वर्षदेखि आर्थिक कारोबार गर्ने एक व्यक्ति तोक्न सवै दललाई पत्राचार गरेको छ । 'ती व्यक्ति निर्वाचन आयोगको सम्पर्क नजिक रहन्छन्,' उनले भने । राजनीतिक दलसम्बन्धि ऐन २०५८ को दफा १२ मा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक प्रतिवेदन पेस गर्नुपर्ने उल्लेख भए पनि चार वर्षसम्म राजनीतिक दलले प्रतिवेदन पेस गरेका थिएनन् ।

मलेसियामा सहकर्मीको हत्या गर्ने नेपालीलाई १८ बर्ष कैद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
क्वालाललम्पुर, फाल्गुन ५ - आफ्नै सहकर्मीको हत्या गर्ने एक नेपालीलाई यहाँको अदालतले दोषी ठहर गर्दै १८ बर्ष कैद सजाय सुनाएको छ । बिहीबार सेलाङगर राज्यको अदालतले सहकर्मी चन्द्र बहादुर दर्जीको हत्या गर्ने ओखलढुंगा घर भएका सार्कीधन पुलामी मगरलाई उक्त सजाय सुनाएको हो । उनले मादक पदार्थ सेवन गरी पाँचथर घर भएका सहकर्मी चन्द्रको गत २०१० जुन १३ मा छुरा प्रहार गरी हत्या गरेका थिए । करिब डेढ बर्षदेखि मुद्दा खेपीरहेका उनले अदालतसमक्ष दिएको बयानमा मादकपदार्थ खाएर अन्जानबस हत्या गरेको स्वीकार गरेको भाषा–अनुवादक संसारमान राईले बताए । यहाँस्थित नेपाली दुतावासले सार्कीधनको मुद्दामा सुनुवाइ हुने भन्नेबारे पहिले नै थाहापाएपनि कैद सजाय तोकीएकोबारे जानकारी आइ नसकेको जनाएको छ ।
यसैबीच हत्याकै अभियोगमा मुद्दा खेपीरहेका अर्का एक नेपालीले भने सफाई पाएका छन । भारतीय मुलकी मलेसियाली नागरिक ५० बर्षीय एम. इन्द्रा रानीको हत्या अभियोगमा मुद्दा खेपीरहेका अर्घाखाँचीका सुरजबहादुर सुनारले सफाई पाएका हुन् । मानसिक रोगीसमेत रहेका उनले रानीको गत २००९ मार्च १५ मा यामबारु भन्ने ठाउँमा हत्या गरेका जनाइएको छ । नेपालमा छँदासमेत मानसिक रोगी रहेका सुनारबाट हत्या हुनुमा ‘मानसिक असन्तुलन’ कारण रहेको ठहर गर्दै बिहीबार यहाँको अदालतले उनलाई सफाई दिएको बताइएको छ । सुनारको मानसिक स्थितिबारे लगनखेलस्थित मानसिक अस्पातालका डा.सुरेन्द्र शेरचनले समेत अदालतमा जानकारी दिएका थिए । सुनारलाई स्वास्थ्य परिक्षणका लागि हाल जोहोरबारुस्थित एक मानसिक अस्पातालमा राखिएको जनाइएको छ । मलेसियाली दैनिक पत्रिका ‘द न्यू स्ट्रेट्स टाइम्स’ मा जनाइएअनुसार परिक्षणपछि स्वदेश फर्कनका लागि उनले एकपटक सेलाङ्गर राज्यका राजाकहाँ बिन्तपत्र चढाउनु पर्ने छ । हत्या गर्ने उद्देश्यले नै हत्या भएको ठहरिएमा फाँसीको सजाय हुने एवं आत्मारक्षाका लागि गरेको ठहरिएमा जन्मकैदको सजाय हुने मलेसियाको कानुनी प्रावधान छ ।

बाबुले गरे आफ्नै तीनवटी छोरीको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मकवानपुरको फापरबारी ५ बाख्रेखोलाका ३५ वर्षिय भक्तबहादुर रुम्बाले आफ्नै तीनवटी छोरीको हत्या गरेका छन् । गएराति उनले छोरीहरु ९ वर्षिया अनितामाया, १० वर्षिया सुनितामाया र १२ वर्षिया लक्ष्मीमायाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रुम्बालाई प्रहरीले पक्राउ गरेको छ । उनले मानसिक सन्तुलन गुमाएर छोरीहरुको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । श्रीमती आफन्तको बिहामा भाग लिन घर बाहिर गएका बेला बाउले छोरीहरुको हत्या गरेको हो । प्रहरीले रुम्बालाई नियन्त्रणमा लिएको छ । घट्नास्थल हेटौडाबाट ५० किलोमिटर पूर्वमा रहेको छ ।

तिब्र कुटनीतिक लभिङले नेपाल कालो सूचिमा पर्न बाट जोगियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तिब्र रुपमा भएको कुटनीतिक लभिङले नेपाल वित्तीय रुपमा कालोसूचीमा पर्न बाट जोगिएको छ । नेपालको अस्थिर राजनीतिक अवस्थाले गर्दा बित्तीय समस्यामा परेको भन्दै यसपटक पेरिसमा सुरु भएको वित्तीय कारबाही कार्यदलको बैठकले नेपाललाई कालो सूचिमा राख्न बाट जोगाएको हो । बैठकले राजनीतिक अस्थिरता भएको देश भएकाले यसपटक बित्तीय रुपमा कालोसूचीमा नराख्ने निर्णय गरेको हो । राष्ट्रबैकका अनुसार सरकारको तिब्र कुटनीतिक पहलले नेपाल वित्तिय कालोसूचीबाट जोगिएको हो । प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाललाई कालो सूचीबाट जोगाउँन नेपालस्थित विभिन्न कुटनीतिक नियोगका प्रतिनिधिलाई भेटेर कालोसूचीमा जोगाउन आग्रह गरेका थिए ।

Feb 16, 2012

संसद्‍को विचारधीन विधेयकबारे प्रधानमन्त्री र पौडेलबीच छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन ४- प्रधानमन्त्री बाबुराम भट्टराई तथा नेपाली कङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ। नेता पौडेलले संसदमा विचाराधीन रहेका तीनवटा विधेयकबारे आफ्नो पार्टीको धारणा प्रधानमन्त्रीलाई अवगत र ती विधेयकलाई कङ्ग्रेसले परिमार्जन र सुझावसहित पारित गर्ने सोच बनाएको भेटपछि पत्रकारलाई जानकारी दिए। उनले ती विधेयक पारित नभए राष्ट्रले ठूलो क्षति भोग्नुपर्ने र अन्तर्राष्ट्रिय समुदायमा समेत बदनाम हुने तथ्यप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उल्लेख गरे। प्रत्युत्तरमा प्रधानमन्त्री भट्टराईले आफ्ना पार्टीभित्रको आन्तरिक समस्या समाधान गरी पारित गर्न पहल गर्ने आश्वासन दिनुभएको नेता पौडेलले बताए। सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराध निवारण, सुपुर्दगी सन्धि र पारस्परिक कानुनी सहायता विधेयकहरु अहिले संसदमा विचारधीन अवस्थामा छन्।

चीनमा कोइलाखानीमा भएको विस्फोटमा १५ को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेइजिङ (चीन), फागुन ४ (एजेन्सी)- चीनको हुनान प्रान्तमा एक कोइलाखानीमा दुर्घटनामा १५ जनाको मृत्यु भएको छ। उक्त घटनामा तीन जना घाइतेसमेत भएको दि टाइम्स अफ इन्डियाले सिन्ह्वालाई उदृत गर्दै जनाएको छ। कोइला बोकेको मालगाडी लिकबाट हटेर सुरुङमा खसेपछि उक्त दुर्घटना भएको बताइएको छ। चीनमा दुर्घटना सामान्य भएको भन्दै बिबिसीले चीनमा औसतरुपमा दैनिक छ कोइला खानीका कामदारको मृत्य हुने जनाएको छ। दि टाइम्स अफ इन्डियाका अनुसार गत वर्ष चीनमा कोइलाखानी दुर्घटनामा परी २ हजार ४ सय ३३ जनाको ज्यान गएको थियो। त्यसको एक वर्षअघि त्यो सङ्ख्या २ हजार ६ सय ३१ थियो।

२ सय ११ जना प्रहरी कारबाहीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हेटौंडा, फाल्गुन ४ - अनुशासनहीन र कर्तव्य पालन नगर्ने विभिन्न तहका २ सय ११ जना प्रहरीलाई मध्य क्षेत्र प्रहरी कार्यालय हेटौंडाले कारबाही गरेको छ । मध्य क्षेत्र प्रहरी कार्यालय हेटौंडाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब महानिरीक्षक वीरेन्द्रबाबु श्रेष्ठले भदौ महिनादेखि माघ महिनासम्म कर्तव्यपालन नगर्ने र पदीय मर्यादाविपरीत काम गर्ने एक प्रहरी उपरीक्षकसहित २ सय २४ जनालाई विभिन्न तहको कारबाही गरेको बताए । १६ जिल्ला कार्य क्षेत्र रहेकामध्य क्षत्रीय प्रहरी कार्यालय, हेटौंडाका अनुसार प्रहरी उपरीक्षक, नायब प्रहरी उपरीक्षक र प्रहरी निरीक्षकसहित २४ जनालाई निलम्बन गरेको छ । पत्रकार सम्मेलनमा प्रहरी नायब महानिरीक्षक श्रेष्ठले २ जना प्रहरी जवानलाई बर्खास्ती गरेको र १९ जनालाई नोकरीबाट हटाएको जानकारी गराएका थिए । ६ महिनाको बीचमा १ सय १९ जनालाई नसिहत दिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

शान्ति सुरक्षाको माग गर्दै सरकारी कार्यालयमा तोडफोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शान्ति सुरक्षा लगायतका आठ सुत्रिय माग राख्दै नेकपा एमालेका कार्यकर्ताले सिराहाका सरकारी कार्यालय बन्द गराउनुका साथै तोडफोड गरेका छन्। तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत हिजोदेखि सरकारी कार्यालय बन्द गराएर आन्दोलनमा उत्रिएका एमाले कार्यकर्ताले आज मालपोत, विद्युत प्राधिकरण लगायतका सरकारी कार्यालय तोडफोड गरेका हुन्। तोडफोडमा उत्रिएपछि प्रहरी र एमाले कार्यकर्ताबीच ठाउँठाउँमा झडप समेत भएको छ। एमालेले जिल्ला प्रशासन कार्यालय घेराउको क्रममा प्रहरीसँगको झडपमा मृत्यु भएका हनुमाननगरका रामस्वरुप पासवानलाई सहिद घोषणा गर्नुपर्ने, जिल्लामा दुई महिना यता भएको प्रमुख तीन अपराधिक घटनाको छानबिन गर्न उच्च स्तरिय छानबिन आयोग गठन गर्नुपर्नेलगायतका माग गरेको छ। जसका कारण सरकारी कार्यालयमा कामकाज ठप्प भएको छ।

क्रिकेट विजयी महिला खेलाडीलाई सरकारद्वारा दुई-दुई लाख

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन ४ एसीसी यु-१९ महिला क्रिकेट प्रतियोगताका विजयी खेलाडीलाई सरकारले प्रतिव्यक्ति २ लाख रुपियाँ प्रदान गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्री परिषदको बैठकले खेलाडीका साथै प्रशिक्षकलाई पनि त्यति नै रकम दिने निर्णय गरेको छ। माघको अन्तिम साता नेपाली टोलीले थाइल्यान्डलाई पराजित गर्दै कुवेतमा सम्पन्न तेस्रो एसियाली यु-१९ क्रिकेट प्रतियोगितामा प्रथम स्थान हासिल गरेको थियो। प्रतियोगितामा नेपालले लगातार उपाधि जितेको यो तेस्रो पटक थियो। यसअघि सन् २००८ र २०१० मा नेपालले यस प्रतियोगिताको उपाधि जितेको थियो। यसअघि नेपाल क्रिकेट सङ्घ (क्यान) ले उपाधि जित्ने नेपाली खेलाडीहरुलाई प्रति व्यक्ति २० हजार रुपियाँ उपलब्ध गराएको थियो।

Feb 15, 2012

अर्थ राज्य मन्त्रिले छथर महोत्सव उद्धघाटन गरे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/सन्तवीर लामा,
छथर, ताक्लुङ्ग गडी तेह्रथुम÷नेपाल सरकारका अर्थ राज्य मन्त्रि हरीराज खेवा लिम्वुले वर्तमान सरकारले नै आगामी जेठ १४ भित्र नेपालको नयाँ संविधान जारी गर्ने वताएका छन् । “छथर साँस्कृतिक तथा पर्यटन महोत्सव जाऔं, लोपउन्मुख संस्कृति र पर्यटकिय स्थलहरको अवलोकन गरौं” भन्ने मुलनाराको साथ छथर महोत्सव २०६८ लिम्वुवानको एतिहासिक राजधानी ताक्लुङ्ग गडी छथर ओख्रे तेह्रथुममा मंगलवार उद्धघाटन गर्दै अर्थ राज्य मन्त्रि लिम्वुले यस्तो वताएका हुन् । सो अवसरमा मन्त्रि खेवा लिम्वुले लिम्वुहरु प्रकृतिपुजक भएकाले आयोजकले उद्धघाटनको लागी तयार पारेको साडे ६ फिट उचाई र ३ फिट गोलाई भएको ढुङ्गा गाडेर छथर महोत्सवको उद्धघाटन गरे । उद्धघाटन समारोहमा वोल्दै राज्य मन्त्रि खेवा लिम्वुले वर्तमान सरकारले शान्ति प्रक्रियालाई चाँडो भन्दा चाडो टुङ्गयाउन सेना समायोजनको प्रक्रिया अघि वढाएको वताउदै लिम्वुले आगामी जेष्ठ १४ सम्ममा जसरी भए पनि नेपालको नयाँ संविधान जारी गर्ने वताए । उनले सरकार पटक पटक परिवर्तन भएका कारण संविधान निर्माण र शान्ति प्रक्रिया टुगोमा जसरी भए पनि नेपालको नयाँ संविधान जारी गर्ने वताए । उनले सरकार पटक पटक परिवर्तन भएका कारण संविधान निर्माण र शान्ति प्रक्रिया टुङ्गयाउन ढिलो भएको वताउँदै उनले अव नयाँ संविधानको लागी नेपाली जनातले धेरै पर्खिरहनु नपर्ने दावी गरे ।
सो अवसरमा उनले यथास्थितिवादीहरुले मुलुकमा चलखेल गरी रहेको भए पनि जनआन्दालनको वलवाट प्राप्त नेपालको परिवर्तनलाई नेपाली जनताले कुनै पनि हालतमा नछाड्ने वताए । उनले विकास भनेको निरन्तर चलिरहने प्रक्रिया हो भन्दै छथर महोत्सव एक ऐतिहासिक भएको वताउँदै यस्ता खाले महोत्सवले नेपालको साँस्कृति विविधतालाई एकताको सुत्रमा गाँस्ने वताए । सो अवसरमा राज्य मन्त्रि लिम्वुले धनकुटाको सिधुवा देखी छथरको ओख्रेसम्म मोटरवाटो खन्न आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
सो अवसरमा सभासद सिता गुरुङ्गले छथर महोत्सवले पुर्वाञ्चलको पहाडी क्षेत्रलाई साँस्कृतिक रुपमा हौसला वढाएको वताउँदै आगामी दिनमा पनि यस्ता खाले महोत्सवको आयोजना गर्नु पर्नेमा जोड दिए । उनले तेह्रथुमको छथर र आठराई भौगोलिक रुपमा ओझेलमा परेको वताउँदै छथर र आठराईलाई शिक्षा, स्वास्थ्य, यातयातको माध्यामवाट जोडी सम्मुनत वनाउन आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने वताए ।
विशेष गरी लोपउन्मुख जाति जनजातिहरुको साँस्कृतिकलाई उर्जागर गर्ने र छथर क्षेत्रको एतिहासिक स्थलहरुको पर्यटकहरुलाई अवलोकन गर्ने उदेश्यले आयोजना गरिएको छथर महोत्सवमा लिम्वु जातिको केलाङ्ग ढोलनाच, तामाङ्ग जातिको डम्फुनाच, लामा नाच, व्राम्हण जातिको संगिनी नाच, मारुनी नाच, सिलक, दलित जातिको नौमति वाजा, ट्रिपिकल वाजा मचुङ्गा, विनायो आदीको साँस्कृतिक झाँकी प्रस्तुत् गरिएको थियो । महोत्सवमा तेह्रथुम जिल्लाको ९ गाविस र धनकुटा जिल्लाको १२ गाविस गरी एक्काईस गाविसका स्थानिय जनताले संयुक्त रुपमा छथर महोत्सव मनाएका हुन् ।
छथर महोत्सव मुल आयोजक समितिका अध्यक्ष टेकराज तिगेला लिम्वुको अध्यक्षतामा सम्पन्न उद्धघाटन समारोहमा पुर्व माननिय मन्त्रि शेरवहादुर ईङ्गनाम, प्राध्यापक गोविन्द तुम्वाहाङ्ग, ए.माओवादी जिल्ला ईन्चार्ज दुर्गा प्रसाद चापाँगार्य, एमालेका सुरेस ढकाल, नेपाली काग्रेसका अर्जुन तुम्वाहाम्फे, जनमुक्तिका संघिय परिषद सदस्य राम वहादुर तुम्वाहाम्फे लगायतले छथर महोत्सवको सफलताको लागी शुभकामना व्याप्त गरेका थिए । सो अवसरमा तेह्रथुमे लोक गायक तथा राष्ट्रिय कलाकार ईन्द्र शुसिल चोङ्गवाङ्ग, विनोद खम्वु, गौरवनारायण राई, खगेन्द्र यक्सो, मनु नेम्वाङ्ग लगायतले गित संगित प्रस्तुत् गरेका थिए ।