News

Aug 29, 2012

लेडी गागाले निर्वस्त्र भएर गीत गाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
हलिउड पप गायिका लेडी गागाले आफ्नो नयाँ एल्बममा नग्न भएर गीत गाउने फैसला गरेकी छिन् । समय समयमा चर्चामा आइरहने पप स्टार २६ वर्षीय गागाले अहिले भने 'आर्टपप'को लागि काम गरिरहेकी छिन् । सन् २०११ मा गागाले 'बोर्न दिस वे' एल्बम निकालेकी थिइन् । त्यसपछिको यो उनको तेस्रो एल्बम हो । एक स्रोतका अनुसार निवस्त्र गीत गाउँदा गागले आफ्नो आवाज झन् राम्रो निस्कने बताएकी छिन् । हालै गागाले आफ्नो ट्विटर एकाउन्टमा एक नग्न तस्वीर पोष्ट गरेकी छिन् ।

जुत्तामा बुद्धको तस्बिर राखेकामा दुःख व्यक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
संयुक्त राज्य अमेरिकाको जुत्ता उत्पादक कम्पनी आइकोन सु डिजाइनले उत्पादन गर्ने जुत्तामा भगवान् गौतम बुद्धको तस्बिर राखेकामा त्रिभुवन विश्वविद्यालय केन्द्रीय बौद्ध अध्ययन विभागले दुःख व्यक्त गरेको छ । विभागले विश्वमा शान्तिको सन्देश फैलाउने नेपालका राष्ट्रिय विभूति गौतम बुद्धको तस्बिरलाई जुत्तामा राखेर उनको अपमान गरेको ठहर गरेको छ । सो कार्यले विश्वका बौद्ध अनुयायीको आस्था र भावनामा चोट पुर्‍याउने र धार्मिक सद्भाव खलबलिन सक्ने भन्दै अविलम्ब त्यस्ता कार्य बन्द गर्न सम्बन्धित कम्पनीलाई विभागले आग्रह गरेको छ । विभागका प्रमुख डा मिलनरत्न शाक्यले कम्पनीले व्यवसायिक प्रायोजनका लागि बुद्धलाई मात्र नभएर कुनै पनि धर्मका संस्थापक एवम् धर्मगुरुलाई जुत्तामा प्रतिबिम्बन गरेर सम्बन्धित अनुयायीलाई ठेस पुर्‍याउन नहुने बताउनुभयो ।

राजकुमारको समर्थनमा सैनिकको नांगो परेड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
हालै नांगो फोटो सार्वजनिक भएपछि विवादमा मुछिएका तथा चर्को आलोचना बेहोररिरहेका बेलायती राजकुमार ह्यारीको समर्थनमा सर्वसाधारण तथा बेलायती सेनाले नांगो परेड देखाएको छ । सपोर्ट पि्रन्स ह्यारी विथ न्याक्ड स्यालुट नामको फेसबुक ग्रुप नै खोलेर राजकुमार ह्यारीको समर्थनमा आवाज उठाइएको हो । उक्त पेजमा राजकुमारको समर्थनमा देखाइएको नांगो परेडका फोटा अपलोड गरिएको छ । उक्त फेसबुक ग्रुपमा १२ हजार मानिस थपिइसकेका छन् । आलोचना खेपिरहेका राजकुमारलाई सहानुभुति दिन तथा उनिप्रति सम्मान प्रकट गर्न सैनिकको एउटा समूहले बख्तरबन्द गाडीको अगाडि नांगै सलाम ठोकेर फोटो खिचाएको छ । राजकुमारको समर्थनमा के तन्नेरी के तरुनी सबै नांगिएर सलमान ठोकिरहेका तस्वीर फेसबुकमा अपलोड भैरहेका छन् । नांगो फोटो काण्डका बारे राजकुमारले माफी माग्ने तयारी गरिरहेको बेला उनको समर्थनमा सैनिक र सर्वसाधारण नांगिनुलाई अचम्म मानिएको छ ।

सहमति जुटाउने जिम्मा शीर्ष नेतालाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भाद्र १३ - संविधानसभाको पुनःस्थापना वा नयाँ निर्वाचन भन्ने विषयमा सहमति जुटाउन प्रमुख तीन दल का शीर्ष नेतालाई जिम्मेवारी दिइएको छ । एमाओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकले राजनीतिक गतिरोध अन्त्यका लागि सहमतिको विकल्प नभएको निष्कर्ष निकालेको छ । नयाँ बानेश्वरमा विशेष समितिको हलमा बसेको बैठकमा राजनीतिक संकट निकासका लागि निर्वाचन वा पुनःस्थापना के गर्ने विषयमा छलफल भएपनि निष्कर्ष भने निस्केन । उक्त विषय टुंग्याउने जिम्मा तीन दल का शीर्ष नेतालाई दिइएको एमाले महासचिव ईश्वर पोखरेलले बताए । बैठकमा सकारात्मक ढंगले छलफल भएको नेताहरुले प्रतिक्रिया दिएका छन् । कांग्रेस नेता मिनेन्द्र रिजालले बैठक फलदायी भएको बताए । माओवादी नेता अग्नी सापकोटाले अत्यन्तै राम्रो वातावरणमा विषयवस्तुमा केन्द्रीत भएर छलफल भएको बताए । उनले निर्वाचन वा पुनःस्थापना कुन प्रक्रियाबाट जाने भन्ने विषयमा बैठक केन्द्रीत भएको जानकारी दिए । थप छलफल गरी सहमतिमा पुग्न तीनै दलका नेतृत्वलाई जिम्मेवारी दिइएको उनले बताए । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाल सहित नेताहरु सहभागी थिए ।

टोकियोको रेड लाइट एरियामा रोबोट महिला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
टोकियो - जापानको राजधानी टोकियोमा चर्चित यौन व्यापार गर्ने रेड लाइट एरियामा अब नौलो कुरा देख्न पाइने भएको छ । रेड लाइट एरियाअन्तर्गत डान्स रेस्टुरेन्टमा ग्राहकले यौन व्यावसायमा संलग्न महिलाका साथै रोबोटको मनोरञ्जन पनि लिन पाउने भएका छन् । हालै मात्र सो रेस्टुरेन्टका मालिकले आफ्नो डान्सबारमा सुन्दरी महिला रोबोट राखेका छन् । सो रोबोटले जीवित महिला जस्तै नाच्ने, कुराकानी गर्ने र सेक्सका भावना प्रस्तुत गर्न सक्छ । सो रेस्टुरेन्टका मालिकले आफ्नो रेस्टुरेन्टमा चारवटा त्यस्ता प्रकारका रोबोट राखेको बताएका छन् । डिस्को लाइटमा आफ्नो आकर्षक नाच देखाउन सक्ने रोबोटलाई सामान्य महिलाकै रुपमा प्रस्तुत गरिएको छ । गहुँगोरो रंग, निला आँखा र रातो कपाल भएका ती रोबोटहरुमा ग्राहकलाई आकर्षण गर्न स्तन ठूलो आकारको बनाइएको छ । नर्तकीको चाहना अनुसार चल्ने ती रोबोटहरु ग्राहकसँग टिप्स माग्न पनि जान्छन् ।

अफगानिस्तानमा आक्रमणमा उन्तीसजनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अफगानिस्तानको विभिन्न ठाउँमा भएको हिंसात्मक आक्रमणमा उन्तीसजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १० अफगानी सुरक्षाकर्मी, २ नेटो सैनिक र १७ नागरिक रहेका छन्। दक्षिणी प्रँन्त हेमल्यान्डमा १७ जना सर्वसाधारणको नागरिक शिर काटिएको अवस्थामा फेला परेका छन्। अज्ञात व्यक्तिहरुको समूहले हेमल्यान्ड प्रान्तको मउसा क्वाला जिल्लामा १७ सर्वसाधारण नागरिकहरुको शिर काटेर हत्या गरेको बताइएको छ। घटनाबारे अनुसन्धान भइरहेकेा बताइएको छ। त्यस्तै, हेमल्यान्ड प्रान्तमै तालिवान लडाकुले गरेको आक्रमणमा १० जना सुरक्षाकर्मीको मृत्यु भएको छ। हेमल्यान्डमा रहेको चेकपोस्टमा तालिवान लडाकुले आक्रमण गर्दा १० जना सुरक्षाकर्मीको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। आक्रमणमणमा ६ जना सुरक्षाकर्मीको अवस्था अज्ञात रहेको छ भने ४ जना घाइते भएका छन्। हेमल्यान्ड प्रान्तका प्रशासन प्रमुख दाउद अमादीले सुरक्षा क्षेत्रका केही व्यक्तिको सहयोगमा तालिवानी सुरक्षा चेकपोस्टमा आक्रमण गरेको बताएका छन्। उनले तालिवानी लडाकुलाई केही सुरक्षाकर्मीको सहयोग रहेकोसमत दाबी गरेका छन्। त्यस्तै अफगानिस्तानको पुर्वी प्रान्त लगमान प्रान्तमा अफगानी सेनाको आक्रमणमा २ नेटो सेनाको मृत्यु भएको छ। अफगानी सेना र नेटो सेनाबीच हुने विवादमा कारण तालिवानी लडाकुले आक्रमण गरेको अधिकारीहरुको अनुमान रहेको छ।

Aug 28, 2012

प्रमको सम्बोधनमा गुनासै गुनासो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भदौ १२ आफ्नो नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा देशवासीका नाममा सम्बोधन गरेका प्रधानमन्त्री बाबुराम भट्टराईले आफूलाई कामै गर्न नदिइएको गुनासो गरेका छन्। ५ हजारभन्दा बढी शब्दको उनको भाषणमा विपक्षी दलदेखि लिएर न्यायपालिकासम्मलाई गुनासो भरिएको छ। शान्ति प्रक्रियाविरुद्ध सडकमा उत्रने वैद्य पक्षलाई उनले 'माओवादीभित्रको एउटा संकीर्ण रुढिवादी तप्का' भनेका छन्। आफूहरु लचक भए पनि संविधान बन्न नसकेकोमा उनले विपक्षीहरुलाई दोष दिँदै भनेका छन्- 'एक हातले ताली बज्दो रहेनछ, कस्सिएका मुठ्ठीसँग कसैले हात मिलाउन सक्दोरहेनछ।' राजीनामाको एकसूत्रीय माग विपक्षीहरुले राखिरहेको र अध्यादेशहरु समेत राष्ट्रपतिले रोकिरहेको सन्दर्भमा उनले भनेका छन्- 'सरकार कसैसँग कुनै मुठभेडका पक्षमा छैन तर राज्य संचालनका न्यूनतम दायित्ववाट पनि सरकार पञ्छिन सक्दैन। राज्यका विभिन्न अंगहरुबीच असझमदारी खडा गरेर एजेन्डारहित सत्तालालसा राख्नु राष्ट्रप्रति जिम्मेवारीको निर्वहन पक्कै होइन।' पूर्ण बजेट ल्याउन नदिएकोमा उनको गुनासो लामै थियो। उनले भने, 'हाम्रो कार्यकालमा पनि सोचेजस्तो सुधार किन भएन त भन्ने प्रश्नको उत्तर चाहिरहेका जनसमुदायले के बुझिदिन पर्‍र्यो भने हाम्रो सरकारले न गत वर्ष नीति तथा कार्यक्रम र पूर्ण बजेट ल्याउन पायो, न अहिले ल्याउन पायो। जब यो सरकार गठन भयो, अघिल्लो सरकारको नीति तथा कार्यक्रमको बिरासतमा काम गर्नुपर्ने अवस्था थियो। अहिले पनि यस्तो वितन्डापूर्ण वातावरण तयार गरियो कि पूर्ण बजेट ल्याउन सक्ने अवस्था बनेन।' विरोधीहरुलाई उनले यसरी गुनासो पोखे, 'केही समस्या हाम्रो विरोधको संस्कृतिमा पनि छ। हामीकहाँ विरोधका लागि विरोध क्रमशः एउटा संस्कार बन्दै गएको छ।' त्रिभुवन विमानस्थलको व्यवस्थापन भारतीय कम्पनीलाई दिएर देश बेच्न खोजेको आरोप लगाउनेहरु प्रति उनको गुनासो यस्तो थियो- 'कतिपयले प्रचार गरे जस्तो त्रिभूवन विमानस्थलको व्यवस्थापन भारतीय कम्पनीलाई दिने विषयमा कुनै छुट्टै सम्झौता गरिएको अवस्था होइन। विमानस्थलको विस्तार र स्तरोन्नति गर्ने तथा व्यवस्थापन चुस्त र प्रभावकारी वनाउने वारे प्रारम्भीक प्रक्रिया मात्र अघि वढेको हो। धेरै अन्तराष्ट्रिय विमानस्थल विदेशी कम्पनीवाट निर्मित गरिएका उदाहरणहरु छन्। विमानस्थलको विस्तार र स्तरोन्नति गर्ने तथा व्यवस्थापनलाई प्रभावकारी वनाउने विषय आफैमा आलोचनाको विषय वन्नु पर्ने कुनै कारण छैन। त्यहाँ जे हुन्छ पारदर्शी हुन्छ र नेपालकै हितमा हुन्छ।' राजीनामा बारे उनले भनेका छन्-'उचित निकासको वाटो नदेखाई मैले आवेगमा विदा लिने कुराले निम्त्याउने थप अस्थिरता र अराजकताको जिम्मेवारी कस्ले लिन्छ? त्यसप्रति गम्भिर वन्न म विशेष आग्रह गर्दछु। आफै शिशाको घरमा वसेर अरुतिर ढुंगा हान्नु बुद्विमानी हुन्न भन्ने स्मरण गर्न म सम्वन्धित सवैसँग विनम्रतापूर्वक निवेदन गर्दछु। ' न्यायपालिकाप्रति उनको गुनासो यस्तो रह्यो- 'सरकारले जे निर्णय गरे पनि न्यायालय गइहाल्ने र सकेसम्म स्टे­अर्डर खोज्ने प्रवृत्ति पनि यसबीचमा डरलाग्दो रुपमा बढेको छ। न्यायपालिका र कार्यपालिकालाई एकीकृत राज्यका परिपूरक भन्दा पनि आपसी प्रतिस्पर्धी र एक अर्काका निषेधार्थीको रुपमा प्रस्तुत गर्न खोज्ने प्रवृत्तिले उदीयमान लोकतन्त्रलाई सवल होईन अपांग र कमजोर वनाउन सक्छ भन्ने कुरालाई सबैले बेलैमा हेक्का राख्नैपर्छ।'

फेसबुकबाट सेक्स पार्टी गर्न खोज्ने पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भदौ ११ सामाजिक सञ्जाल साइट फेसबुकमा बुङ्गा बुङ्गा नामको सेक्स पार्टी गर्न सूचना राख्ने ४० वर्षका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार जिल्ला मोरङ हनुमान मन्दिर टोल - ६ विराटनगर स्थायी ठेगाना भई कुमारीगाल (नयाँ बस्ती) बस्ने किर्तन पोखरेल पक्राउ परेका हुन्। उनले फेसबुकमा कृशी कृशको नामबाट बुङ्गा बुङ्गा इभेन्ट बनाएका थिए। सो पार्टीमा १० देखि १७ वर्ष उमेरका किशोरीहरु समावेश गरी उनीहरुबाट मनोरञ्जन लिन सकिने र उक्त पार्टीमा सहभागी हुन चाहने ब्यक्तिहरुका लागी दुई हजार यूरो खर्च लाग्ने भन्ने सूचना प्रवाह गरेको देखिएको सिआइबीले बताएको छ। पोखरेल अन्तर्राष्ट्रिय रुपमा यौन पर्यटन कार्यमा संलग्न रहेको र उनले प्रयोग गरेका इमेलहरुबाट आर्थिक लाभका लागि नग्न तस्विरहरु आदान प्रदान गर्ने गरेको आरोप प्रहरीले लगाएको छ। प्रहरीले उनलाई कुमारीगालबाट शुक्रबार नै पक्राउ गरेको र विद्युतीय कारोबार ऐन अन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरिय प्रहरी परिसर हनुमानढोकामा बुझाएको छ। अभियोग प्रमाणित भए विद्युतीय कारोबार ऐन अन्तर्गत ५ वर्ष कैद र १ लाखसम्म जरिवाना हुनसक्छ।

एमाओवादीद्वारा पैसा लिएको स्वीकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पोखरा, भाद्र १२ - अन्तर्राष्ट्रिय विमानस्थलका लागि छुट्टयाइएको जग्गा संरक्षणमा काम गरेका ठेकेदारहरूसँग एमाओवादीले पैसा लिएको स्वीकार गरेको छ । विमानस्थलको तारबार र जग्गा सम्याउने काम गरेका ठेकेदारबाट ५० लाख रुपैयाँ एमाओवादीले लिएको भन्ने चर्चा चलिरहेका बेला उक्त पार्टीको जिल्ला समितिले सोमबार पत्रकार सम्मेलन गरी रकम लिएको जनाएको हो । 'पोखरा क्षेत्रमा क्रियाशील व्यवसायीसँग चन्दा सहयोग लिने, पार्टीको हितमा प्रयोग गर्ने, पार्टीका जिम्मेवार तहमा पारदर्शी बनाउने, संस्थागत कामको रूपमा लिएर प्रयोग गर्ने गरिएको छ,' जिल्ला सम्मेलन आयोजक समितिका संयोजक झलकपाणि तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'बाहिर प्रचारमा उठाइएजस्तै कुनै व्यवसायीलाई बलजफ्ती बाध्य पार्ने र पार्टीका नेताको व्यक्तिगत प्रयोजनमा खर्च गर्ने वा भ्रष्टाचार गर्ने अवस्था छैन ।' ठेकेदारसँग लिएको रकम प्रस्ट पार्न पत्रकारहरूले आग्रह गरेपछि तिवारीले भने, '२/४ लाख रुपैयाँ हो । अरू पार्टी वा निकायले जे-जसरी सहयोग लिन्छन्, त्यसैगरी लिएको हो । अन्य व्यवसायीसँग पनि लिएका छौं ।' पूर्वसभासद राजकाजी गुरुङ 'करण' ले लाखौं रुपैयाँ लिएर हिनामिना गरेको आरोप एमाओवादी विस्तारित बैठकमा कार्यकर्ताले लगाएका थिए । पत्रकार सम्मेलनमा रकम हिनामिना नगरेको र पार्टीकै काममा खर्च गरेको दाबी गरियो । तीन वर्षयता अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा, तारबार, सम्याउनेजस्ता काम भएका थिए । अहिले बन्न लागेको विषयमा नभई पुरानो काममा रकम लिएको खुलासा भएको हो । माओवादी विभाजन र गुटबन्दी बढ्दै गएपछि एकअर्कामा पोल खोल्ने होड चल्दा सोही पार्टीका कार्यकर्ताले आफ्नै नेताले खाएको भन्दै कारबाहीको मागसमेत गरेका थिए । साउन २८ गते विस्तारित बैठकमा नेताहरूले विभिन्न भ्रष्टाचार गरेको भन्दै छानबिनका लागि लिखित रूपमै माग गरेका थिए । अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराई मञ्चमै बसेका बेला सोही मागलाई लिएर नेता, कार्यकर्ताले होहल्लासमेत गरेका थिए । पछि छानबिन हुने आश्वासन दिएपछि मात्र कार्यक्रम अघि बढेको थियो । त्यतिबेला पोखरा बस व्यवसायीबाट १५ लाख रुपैयाँ, खोप्लाङ काण्ड, सुकुम्बासी काण्ड, शिक्षक सरुवाबढुवा काण्ड, सन्तबहादुर थापाको जग्गा काण्ड, वाईसीएल क्याम्प, विमानस्थल र सीटीईभीटी काण्ड भएको भन्दै कार्यकर्ताले छानबिन माग गरेका थिए । सोही बैठकमा विमानस्थल विवाद समाधान समन्वय समितिका संयोजकसमेत रहेका गुरुङले ल्याएको पैसा पार्टीकै काममा खर्च भएको जानकारी दिँदै विभिन्न जनवर्गीय संगठनलाई बाँडिएको जानकारी तत्कालीन तमुवान राज्य समितिका सेक्रेटरी हरि अधिकारी 'कुमार' ले जानकारी दिएको यहाँबाट प्रकाशित डन न्युज दैनिकले उल्लेख गरेको छ ।

टोगोमा पतिसँग एकहप्तासम्म सेक्स नगर्न आह्वान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पश्चिम अफ्रिकी मुलुक टोगोमा विपक्षी दलले महिलाहरुलाई आफ्ना पतिसंग एक सातासम्म सेक्स हड्ताल गर्न आह्वान गरेको छ । सरकार विरोधी शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परेकाहरुको रिहाईका लागि दबाब दिन यस्तो आह्वान गरिएको बताइएको छ । विपक्षी नेता इसाबेले अमेगाम्बीले पक्राउ परेका आफ्ना समर्थकहरुको रिहाईका लागि दबाब स्वरुप एक सातासम्म सेक्स हड्तालमा उत्रन महिला समर्थकहरुलाई आह्वान गरेका हुन् । यसअघि सन् २००३ मा गृहयुद्धको अन्त्य र शान्ति स्थापनाका लागि पनि टोगोका महिलाहरुले सेक्स हड्ताल गरेका थिए । टोगोका मानवअधिकार कार्यकर्ताका अनुसार सरकार विरोधी प्रदर्शनको क्रममा १ सय २० भन्दा बढी विपक्षी कार्यकर्ता पक्राउ परेका छन् । विपक्षीहरुले अक्टोबरमा हुने संसदीय चुनाव रोक्न र सुधारका कार्यक्रम संचालन गर्न आग गर्दै आएका छन् । विपक्षीहरुले सन् २००५ मा राष्ट्रपति बनेका फाउरे ग्नासिंँगबेको राजीनामा पनि माग गरेका छन् ।

मन्त्रालय घेराउ गर्न पुगेका शिक्षक र प्रहरीबीच झडप, ५९ जना घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सेवासुविधाको माग गर्दै शिक्षा मन्त्रालय घेराउ गर्न पुगेका शिक्षकहरु र प्रहरीबीच झडप भएको छ । सो झडपका क्रममा ५९ जना शिक्षक घाइते भएका छन् । सेवासुविधाको माग गर्दै केशरमहलस्थित शिक्षा मन्त्रालयमा घेराउ तथा धर्ना दिने क्रममा पुगेका विभिन्न शिक्षक तथा सुरक्षाकर्मीबीच आज झडप हुँदा उनीहरु घाइते भएका हुन् । झडपमा परी कमलेश कुशवाह, चन्द्रिका साह, शान्ति शर्मा, कल्पना खरेल लगायतका आठ शिक्षक गम्भीर घाइते भएको र अन्य शिक्षक सामान्य घाइते भएको बताइएको छ । घाइतेहरुको काठमाडौँका वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । नेपाल शैक्षिक गणतान्त्रिक मञ्चका अध्यक्ष गुणराज लोहनीले शान्तिपूर्ण रुपमा आफ्नो माग राख्दै गरेका शिक्षकमाथि प्रहरीले हस्तक्षेप गरेको बताएका छन् ।

Aug 26, 2012

विवादित टापुका कारण चीनमा जापानविरोधी प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बेइजिङ - विवादास्पद टापुका कारण चीन र जापानका बीचमा विकसित पछिल्लो तनावसँगै शनिबार चीनमा जापानविरोधी प्रदर्शन भएको छ । पूर्वी चीनको एक शहरमा शनिबार सयौँ चिनियाँ नागरिकले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले सडकमा ओर्लिएर जापानविरुद्ध नाराबाजी गरेको समाचारमा उल्लेख छ । दुई सातादेखि चीनका करिब एक दर्जन शहर र हङकङमा यसै विषयलाई लिएर जापानविरोधी प्रदर्शन भएको बताइएको छ । शनिबारको प्रदर्शनमा चिनियाँ नागरिकहरुले जापानविरुद्ध नाराबाजी गर्दै ती दुवै टापु चीनका भएको दावी गरेका थिए । चीनमा दायु र जापानमा सेन्काकु भनिने उक्त टापुहरु कसको भन्ने विवाद पहिलेदेखिनै भइरहेको छ । उक्त टापुहरु पूर्वी चीनको जलक्षेत्रमा रहेका छन् ।

इन्डोनेसियामा चिहानको लास झिकेर चिरिच्याट्ट पार्छन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अचम्म नमान्नु होला इन्डोनेसियामा सयौँ वर्षदेखि चिहानको लासलाई झिकेर शृङ्गार पटार गरेर चिरिच्याट्ट पार्ने प्रचलन रहेको छ । इन्डोनेसियामा सयौँ वर्ष अघि देखि यस्तो संस्कारको अभ्यासले अझैसम्म निरन्तरता पाइरहेको हो । मृत मानिसको लासलाई नकुहिने गरि चिहानमा सुरक्षित गरेर विशेष संस्कृतिका अवसरमा उक्त लासलाई झिकेर विभिन्न खालका शृङगारले सिगारेर चिरिच्याट्ट पार्ने प्रचलन रहेको हो । यस्तो प्रचलन इन्डोनेसिया बाहेक इजिप्टमा समेत पहिले देखि नै रहेको छ । इन्डोनेसियाको भने तोरजा जिल्लामा मात्र मृत शरीरलाई नकुहिने गरी चिहानमा राखेर विशेष अवस्थामा चिहानबाट लास झिकेर शृङ्गा पटार पछि सहर परिक्रम गराउँने प्रचलन रहेको छ । मृत मानिसको लासलाई चिहानबाट सुरक्षित ढङ्गले निकालेर उक्त शरीरलाई ‘ममी’ मा परिणत गरि सहर घुमाउँने प्रचलन रहेको हो । लासमाथि नयाँ लुगा र विभिन्न खालका शृङ्गार लगाइदिएर गाउँ अथवा सहर घुमाउँने परम्पराले आजसम्म समेत निरन्तरता पाइरहेको छ । मृतकका आफन्तले चिहानबाट झिकेको लासलाई गाउँमा घुमाउँने क्रममा भावुक मुद्रामा प्रस्तुत हुने गर्छन । यो संस्कार पुरानो भएकाले मृतकका आफन्तले निरन्तरता दिदै आएको विभिन्न समाचार संस्थाले उल्लेख गरेका छन् । सुन्दा कथा अथाव अनौठो कहानी लाग्ने जस्तो यो संस्कालाई इन्डोनेसियाका स्थानीय बासिले भने रिन्तरता दिइरहेका छन् । सामान्यतया मृत मान्छेलाई छुन डराउँने संस्कारमा बसेका मानिसहरुलाई यो समाचारले अचम्मित पार्ने देखिन्छ ।

मूल्यवृद्धि नियन्त्रण गर्न भोलिदेखि बजारमा हस्तक्षेप गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भदौ १०- चाडबाडको आगमनसँगै दैनिक उपभोग्य वस्तुमा एक्कासी मूल्यवृद्धि भएपछि सरकारले बजारमा हस्तक्षेप गर्ने भएको छ। स्थानीय प्रशासन, प्रहरी, भन्सार विभाग, आन्तरिक राजस्व कार्यालय र उपभोक्ता मञ्चको संयुक्त टोलीले सोमबारदेखि अनुगमन थाल्नेछ। अनियमितता गर्नेलाई तत्काल कारबाही गरिने वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिंडारीले बताए। थोक पसल र ठूला गोदाममा संयुक्त टोलीले अनुगमन गर्ने जानकारी दिँदै उनले दोषी पाइए तत्काल प्रचलित कानुनबमोजिम कारबाही हुने बताए। विशेषगरी दाल, चामल, चिनी, तेलजस्ता दैनिक उपभोग्य वस्तु बिक्री एवम् भण्डारणस्थलमा टोली परिचालन हुने बताउँदै उनले कुनै सामानमा व्यापारीको मनोमानी हुन नदिन छड्के जाँच पनि गरिने उल्लेख गरे। चाडपर्व नजिकिँदै गर्दा कालोबजारी गर्ने, गुणस्तरहीन सामान बेच्नेलगायत गैरप्रतिस्पर्धी गतिविधि बढ्ने वास्तविकतालाई दृष्टिगत गरी विभागले अनुगमन गर्दैआएको छ। वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्रीले केही दिनअघि आपूर्तिलगायत सम्बद्ध निकायका पदाधिकारीको बैठकमा बजार अनुगमन प्रभावकारी बनाउन तथा दोषीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए।

चन्द्रमामा पुग्ने पहिलो व्यक्ति नील आर्मस्ट्रंगको निधन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अमेरिका - चन्द्रमामा पुग्ने पहिलो अन्तरिक्ष यात्री नील आर्मस्ट्रंगको निधन भएको छ । सन् १९६९ को जुलाईमा अपोलो ११ मिशनको नेतृत्व गर्दै चन्द्रमामा पुगेका अमेरिकी अन्तरिक्षयात्री आर्मस्ट्रंगको गत अगष्ट ७ तारीखको दिन मुटुको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पुर्णरुपले सफल हुन नसकेपछि मुटुकै समस्याको कारण ८२ वर्षको उमेरमा उनको निधन भएको हो । अमेरिकी युद्धका विमानका चालक आर्मस्ट्रंगले एरोनोटिकल इन्जिनियरिङ अध्ययनका क्रममा विभिन्न शोध परियोजनाहरुमा काम गरेका थिए । अमेरिकी नौसेनाको फाईटर जेट उडाँउदै गर्दा उनलाई अमेरिकी अन्तरीक्ष एजेन्सी नासामा आवद्ध गरिएको थियो । सन् १९६२ मा नासासँग आवद्ध हुनुअघि आर्मस्ट्रंगले सन् १९५० को कोरीयन युद्धमा नेभी फाईटर जेट उडाएका थिए । आर्मस्ट्रंगले आजभन्दा ४२ वर्ष अगाडि चन्द्रमामा पहिलो पटक पाईला टेक्दा विश्वका करोडौं जनताले टेलिभिजनमार्फत उनलाई प्रत्यक्ष हेरेका थिए । सहयात्री ईड्विन बज एल्ड्रिनसँगै चन्द्रमामा पाईला टेकेका आर्मस्ट्रंगले चन्द्रमामा तीन घण्टा बिताएका थिए भने पहिलोपटक चन्द्रमाको सतहका विभिन्न तस्विरहरु लिएका थिए । नासाबाट विदा भएपछि उनले एरोनोटीकल ईन्जिनियरीङको अध्यापनमा सम्पुर्ण जिवन खर्चीएका थिए ।

ट्राफिक प्रहरीद्वारा राजधानीमा प्लास्टिकको डिभाइडर राख्न सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीमा प्लास्टिकको डिभाइडर राख्न सुरु गरेको छ । सडकमा राखिएको डिभाइडरमा ठोक्किएर मानवीय क्षति कम होस् भन्ने उद्देश्यले सडकमा प्लास्टिकको डिभाइडर राख्न सुरु गरेको ट्राफिक प्रहरीको भनाई छ । महाशाखाले हिल्टेक कम्पनीले उपलब्ध गराएको ६० वटा प्लास्टिकका डिभाइडर शनिबार सिंहदरबारको पश्चिम पृथ्वीनारायण शाहको सालिकदेखि दक्षिण रामशाहपथमा राखी सकेको छ । सडकमा राखिएका कंक्रिट (सिमेन्ट) का डिभाइडरमा ठोक्किँदा धनजनको क्षति हुने भएकाले त्यसलाई रोक्न ट्राफिक प्रहरीले प्लास्टिक डिभाइडर राख्ने कार्यको सुरुआत गरेको जनाएको छ । अँध्यारामा समेत स्पष्ट देखिने पहेँला रङका डिभाइडरमा पानी वा बालुवा भरेर राखिने जनाइएको छ । विदेशमा पनि यस किसिमका प्लास्टिकका डिभाइडर सडकमा राख्ने गरिएको छ ।

रुकुममा फेरि ५ रेक्टर स्केलको भूकम्प

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
रुकुम, भाद्र ९ - जिल्लामा शनिबार बिहान पनि भूकम्प को धक्का महसुस गरिएको छ । बिहीबार रातिमात्रै ४ रेक्टर स्केलको भूकम्प को धक्का महसुस गरिएको रुकुममा शनिबार बिहान ९ बजेर ४० मिनेट जाँदा ५.२ रेक्टर स्केल र बिहान ६ बजेर २ मिनेट जाँदा ४.४ रेक्टर स्केलको भूकम्प को धक्का महसुस गरिएको हो । रुकुमको महत गाविस र रोल्पाको थवाङ गाविसको सीमा क्षेत्रमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रलाई उदृत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । उनले भूकम्प ले गरेको क्षतिको विवरण भने आई नसकेको जानकारी दिए । लगातार भूकम्प आउन थालेपछि स्थानीयहरू त्रसित बनेका छन् । शनिबार बिहान सदरमुकाम आसपासका क्षेत्रमा भूकम्प भएपछि भागाभाग भएको थियो भने थप भूकम्प आउने शंकाले स्थानीयहरूलाई घरभित्र पस्न डराउन थालेका छन् । भागाभाग भएपछि लडेर कम्तीमा तीन दर्जन स्थानीयहरू सामान्य घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जनाए । उनले स्थानीयहरूलाई भूकम्प जानसक्ने भन्दै विभिन्न प्रहरी कार्यालयमार्फत माइकिङ गरी सतर्क रहन अनु्रोध गरिएको जनाए । उनले भूकम्प ले गरेको क्षतिबारे तथ्याङ्क संकलनको काम सुरु भइसकेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले महत गाविस र आसपासका क्षेत्रमा दर्जनौँ घर चर्किएको जानकारी आएको जनाएको छ । बिहीबार राति पनि सोही स्थानमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । बिहीबार राति १० बजेर १५ मिनेट जाँदा ५.६ रेक्टर स्केल र १० बजेर २७ मिनेट जाँदा ४.४ रिक्टर स्केलको भूकम्प गएको मापन केन्द्रलाई उद्धृत गर्दै सहायक प्रजिअ भण्डारीले ईकान्तिपुरलाई बताए ।

सेना समायोजनका बारेमा दलका शीर्ष नेताले छलफल गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
लामो समय देखि सुचारु हुन नसकेको सेना समायोजनको प्रकृया अघि बढाउने विषयमा सहमति जुटाउन आज मुख्य राजनीतिक दलका शीर्ष नेताहरु छलफलमा जुट्ने भएका छन । दिउँसो ४ बजे सेना समायोजन विशेष समितिको सचिवालय नयाँ बानेश्वरमा माओवादी लडाकुको नेपाली सेनामा समायोजनका विषयमा छलफल हुने प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । माओवादी लडाकुको उमेर र शिक्षाका विषयमा विवाद भएपछि समायोजन प्रकृया रोकिएको छ । आजको बैठकमा यसै विषयमा सहमतिको प्रयास हुनेछ । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पहलमा हुन लागेको छलफलमा एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाका शीर्ष नेता सहभागी हुनेछन ।

Aug 25, 2012

पत्रकारलाई अपहरण गरेर ल्याउँदै गरेका दुई अपहरणकारी पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बिहारको प्रभात खबर पत्रिकाका एक पत्रकारलाई अपहरण गरी नेपाल ल्याउँदै गरेका दुई जना अपहरणकारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पिप्राका २२ वर्षीय हरेराम निराला र बलराम कुमार यादव रहेका छन्। उनीहरु बिना हेल्मेट बीआर ३२ एफ ९४८५ नम्बरको भारतीय मोटरसाइकलमा पत्रकारलाई बन्धक बनाएर ल्याउँदै गर्दा उनीहरुलाई सिरहा प्रहरीले पक्राउ गरेको डीएसपी कृष्णहरि शर्माले जानकारी दिनुभयो। अपहरणकारीले प्रभात खबर पत्रिकाका पत्रकार जयानन्द महतोलाई अपहरण गरेर ल्याएको हो। 'यी दुबैले मलाई अपहरण गरेर ल्याएको हो,' महतोको कुरा उद्धृत गर्दै डीएसपी शर्माले भन्नुभयो, 'मलाई बचाइदिनुहोस्।' अपहरणकारीले गुहार गरेपछि हामीले निगरानीमा लिएर अनुसन्धान थालेको डीएसपी शर्माले बताउनुभयो। के कारणले पत्रकार अपहरण गरेको भन्नेबारे केही नखुलेको प्रहरीले जनाएको छ।

बाँदर ठानेर गोली हान्दा छोरा ठहरै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पाल्पा, भदौ ९- बाँदर ठानेर बन्दुकले गोली हान्दा आफ्नै छोराको मृत्यु भएको छ। अर्घाखाँची शिद्धारा-८ का ५५ वर्षीय गुप्तबहादुर पुलामीले चलाएको भरुवा बन्दुकको गोलीले उनकै १२ वर्षीय छोरा चित्रबहादुरको मृत्यु भएको हो। गालामा लागेको गोली कञ्चट छेडेर निस्केको थियो। चित्रबहादुर शुक्रबार बिहान ८ बजेतिर बारीको मकै खान आएका बाँदर खेद्न रुखमा बसेका थिए। छोरा बारीमा बाँदर कुर्न गएको थाहा नपाएका गुप्तबहादुर पनि बन्दुक भिरेर बारीमा पुगे। 'फोस्राको रुख हल्लेको देखेपछि ताकेर हाने,'गुप्तबहादुरले प्रहरीमा दिएको बयान उदृत गर्दै प्रहरी नायव निरिक्षक टीकाबहादुर गुरुङले नागरिकन्युजसँग भने- 'गोली लागेर रुखको माथिबाट खसेर तल्लो हाँगामा अड्केपछि बल्ल थाहा पाएँ, मेरै छोरा रहेछ।' प्रहरीका अनुसार गोली लाग्ना साथ उनको मृत्यु भएको थियो। घटनापछि बेलुका पुगेको शिद्धरा प्रहरी चौकी र इलाका प्रहरी चौकी ठाडाको टोलीले मृतक बालकको शव रुखबाट निकालेको थियो। स्थानीय पशुपति प्राविमा कक्षा ५ मा पढ्ने चित्रबहादुर गुप्तबहादुरका दुई पत्नी मध्ये कान्छीतर्फका एक्ला सन्तान हुन्। कान्छी पत्निको ४ वर्ष पहिलेनै मृत्यु भएको थियो। घरमा जेठी तर्फका ३ छोरा, ३ छोरी र गुप्तबहादुरका पति-पत्नी छन्।

नेपाली राष्ट्रपतिको भूमिकाबारे दिल्लीमा छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नयाँदिल्ली, भाद्र ९ - भारतीय राजधानी नयाँदिल्लीमा रहेका कांग्रेसका नेताहरू तथा नेपाल मामिलालाई नजिकबाट नियाल्ने भारतीय विज्ञहरूले वर्तमान राजनीतिक गतिरोधको निकासका लागि राष्ट्रपति ले थप भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका छन् । भारतीय अनुसन्धान संस्था 'अब्जर्भर रिसर्च फाउन्डेसन' ले शुक्रबार यहाँ गरेको अन्तक्रिर्यामा उनीहरूले अहिलेको अवस्थामा राष्ट्रपति मात्रै वैधानिक निकाय भएकाले समस्या सल्टाउन उनले थप कदम चाल्नुपर्ने बताएका हुन् । 'नेपाल अहिले संवैधानिक टुटको अवस्थामा छ । संविधानको संरक्षकको हैसियतमा राष्ट्रपति ले अहिले मुलुक हिँडिरहेको बाटो सच्याउनुपर्छ,' कांग्रेस नेता रामशरण महतले भने, 'कामचलाउ प्रधानमन्त्री हटाएर नयाँ चुन्ने अधिकार पनि राष्ट्रपति सँग छ ।' कंाग्रेसकै नेतृ सुजाता कोइरालाले प्रधानमन्त्री बाबुराम भट्टराई कामचलाउ हैसियतको भएकाले उनले राजीनामा दिइराख्न जरुरी नभएको तर्क गरिन् । फाउन्डेसनका अध्यक्ष एवं भारतका पूर्वविदेशसचिव महाराजकुमार रसगोत्राले नेपालको वर्तमान परिस्थितिमा राष्ट्रपति कार्यालय एकमात्र संवैधानिक निकाय भएको धारणा राखे । ' राष्ट्रपति उत्प्रेरकमात्रै होइन निर्णयकर्ता पनि हुन्,' नेपालका लागि भारतीय राजदूतसमेत रहिसकेका रसगोत्राले भने, 'एउटा कामचलाउ प्रधानमन्त्री सदाका लागि रहिरहन सक्दैन । त्यसैले राष्ट्रपति ले केही थप भूमिका निर्वाह गर्नुपर्छ र त्यो सहमतिका आधारमा हुनुपर्छ तर सहमति सजिलै प्राप्त हुने देखिएको छैन ।' अर्की भारतीय विज्ञ बिना सिक्रीले भने राष्ट्रपति सक्रिय हुँदा उत्पन्न हुनसक्ने जटील परिस्थितिबारे सचेत गराइन् । ' राष्ट्रपति ले उत्प्रेरकका रूपमा निकासका लागि पार्टीहरूलाई घचघच्याइरहनुपर्छ । तर राष्ट्रपति को प्रत्यक्ष शासनबारे कसैले सोच्नु हुँदैन, किनभने यसले विभिन्न विवाद निम्त्याएर जटिलता थप्ने काम गर्नेछ,' बंगलादेशका लागि भारतीय राजदूत रहिसकेकी सिक्रीको तर्क थियो । समाजवादी नेता विजयप्रताप, भारतीय सेनाका अवकाशप्राप्त मेजर जनरल अशोक मेहतालगायतले पनि नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे धारणा राखेका थिए । शुक्रबारै अर्को भारतीय अनुसन्धान संस्था विवेकानन्द फाउन्डेसनमा नेपालसम्बन्धी 'क्लोज्ड डोर' छलफल गरिएको थियो । सञ्चार माध्यमलाई रोक लगाइएको उक्त छलफलमा एमाले नेता प्रदीप ज्ञवालीले नेपालको पछिल्लो राजनीतिक जटिलता र समाधानका उपायबारे बोलेका थिए । भारतीय सेना, विदेश सेवा तथा गुप्तचरका पूर्वअधिकारीहरू सम्मिलित उक्त छलफलमा नेपालमा रहेको भारतविरोधी भावनालाई कसरी घटाउने, नेपालको राजनीतिक प्रक्रियामा भारतले कस्तो सहयोग गर्नसक्छ भन्नेजस्ता प्रश्न उठाइएका थिए । जवाफमा ज्ञवालीले भारतको नेपाल नीतिमा एकरूपता नभएको तर्क गर्दै भारतविरोधी भावना उत्पन्न हुनुका कारणबारे आफैंले गम्भीर भएर परीक्षण गर्न ती भारतीय विज्ञहरूलाई सुझाव दिएका थिए । 'नेपालले भारतबाट खोजेको सद्भावमात्रै हो । यो वा ऊ गठबन्धनलाई भारतको समर्थन छ भन्ने खालका कुुरा सुनिन्छन्,' आफूले छलफलमा राखेका धारणा कान्तिपुरलाई सुनाउँदै ज्ञवालीले भने, 'त्यसैले भारतले आफ्नो प्रस्ट सन्देश के हो, त्यो बताउनुपर्छ । लोकतन्त्र, शान्ति, स्थायित्व र राजनीतिक एकताको पक्षमा आफूलाई उभ्याउनुपर्छ ।'

मंगलमा क्युरियोसिटीले काम गर्न थालेको विश्वास

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा पठाएको क्यूरियोसिटी रोबटले फेरि काम गर्न थालेको छ । दुई हप्ता पहिले रातो ग्रहको रुपमा चिनिने मंगलमा पुगेको छ पाङग्रे यो रोबोट मंगल ग्रहको सतहमा हिड्न थालेपछि यसको इन्जिनले पूरै काम गरेको इन्जिनियरहरुले विश्वास गरेका छन् । मंगल अभियानको १६ औं दिन नासाले क्युरियोसिटी रोबटले पहिलो कदम राखेको स्थानलाई नासाका प्रशंसक रहेका अमेरिकी लेखक रे ब्रेडबरीको नाम दिएका छन् । क्युरियोसिटी मंगल ग्रहमा कम्तिमा २० किलोमिटर सम्म चल्न सक्ने गरी निर्माण गरिएको छ । यसले मंगल ग्रहमा जीवनका लागि अनुकुल वातावरण रहे नरहेको विषयमा अनुसन्धान गर्नेछ । तर केही दिनअघि यस रोबोटमा समस्या आएको जनाइएको थियो ।

बीरगन्जको मुख्य बजार क्षेत्रमै गोलि हानि फोरम नेताको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बीरगन्जमा शुक्रबार दिउँसो गोली हानेर फोरम नेपालका केन्द्रीय महासचिव रामाशंकर मण्डलको हत्या गरिएको छ। मण्डललाई बीरगंजको बजार कृषि सामग्री कम्पनी लिमिटेड अगाडि गोली हानिएको हो। पर्सा जिल्लाको लालपर्सा गाविस १ निवासी रामाशंकर मण्डल मधेसी कारखाना श्रमिक फोरम नेपालका केन्द्रीय महासचिव हुन्। शुक्रबार दिउँसो ११ बजे अज्ञात समूहले मण्डललाई गोली हानेको हो। गोली लाग्नै बित्तिकै अस्पताल पुर्याइएका मण्डलको मृत्यु अस्पतालले जानकारी दिएको हो। मृत मण्डलको शव नारायणी क्षेत्रीय अस्पतालमा राखिएको छ। भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई जनाले मण्डलमाथि गोली प्रहार गरेका थिए। प्रतक्षदर्शीका अनुसार उनीमाथि ३ राउण्ड गोली हानेर मोटरसाइकलमा भागेका थिए। प्रहरीले चारैतिर प्रहरी परिचालन गरी प्रत्यक्षदर्शीले दिएको हुलियाका आधारमा अपराधीको खोजतलाश गरिरहेको छ।

Aug 24, 2012

एप्पल र सामसुङलाई दक्षिण कोरियामा प्रतिबन्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
एक दक्षिण कोरियाली अदालतले प्याटेन्ट अधिकार उल्लंघन गरेको आरोपमा अमेरिकी एप्पल तथा स्वदेशी सामसुङका उत्पादनमाथि देशमा आंशिक प्रतिबन्ध लगाएको छ । दुबै कम्पनीले एक अर्काको प्याटेन्ट अधिकार हनन गर्ने काम गरेको ठहर गर्दै अदालतले यस्तो फैसला गरेको हो । एप्पलले सामसुङले लिएका दुइ वटा प्याटेन्ट अधिकार उल्लंघन गरेको तथा सामसुङले एप्पलले लिइसकेको एउटा प्याटेन्ट अधिकार उल्लंघन गरेको अदालतको ठहर छ । अदालतको फैसलासँगै अब दक्षिण कोरियामा एप्पलको आइफोन थ्री जिएस, आइफोन फोर, आइप्याड तथा आइप्याड टू को बिक्रिमा रोक लाग्नेछ । त्यस्तै सामसुङका ग्यालेक्सी एसआइ, एसआइआइ, ग्यालेक्सी ट्याब तथा ग्यालेक्सी ट्याब १०.१ माथि पनि दक्षिण कोरिायली बजारमा प्रतिबन्ध लाग्नेछ । साथै अदालतले एप्लललाई ३५ हजार तथा सामसुङलाई साढे १७ हजार अमेरिकी डलर जरिवानाको फैसला समेत सुनाएको छ । स्मरण रहोस् एप्पल र सामसुङबीचको प्याटेन्ट अधिकार सम्बन्धी विवाद अमेरिकाको अदालतमा पनि विचाराधिन छ ।

सत्ताधारीको मोर्चाले सर्वपक्षीय अन्तर्क्रिया गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भाद्र ८ - सत्तापक्षीय दलहरु आवद्ध रहेको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन ले राजनीतिक निकासका लागि अन्तर्क्रिया गर्ने भएको छ । एमाओवादी पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको बैठकले गठबन्धनको तर्फबाट भदौ १९ गते राजनीतिक निकासका लागि सर्वपक्षीय अन्तर्क्रिया गर्ने निर्णय गरेको हो । प्रतिपक्षी कांग्रेस र एमालेलाई सहमतिमा ल्याउन दवाब दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सद्‌भावनाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । बैठकले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा ९ सदस्यीय सचिवालय गठन गरेको छ । दाहाल गठबन्धनको संयोजक पनि हुन् । गठबन्धनको केन्द्रीय कार्यालय स्थापना विषयमा पनि बैठकमा छलफल भएको कर्णले बताए ।

बेलायती राजकुमारको नग्न तस्बिर सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बेलायती राजकुमार ह्यारी अमेरिकाको लसभेगासस्थित एक होटलमा युवतीसँग नग्न अवस्थामा फेला परेका छन् । अमेरिकाको गसिप वेबसाइट टिएमजेडले राजकुमार ह्यारी नग्न युवतीसँग रहेको तस्वीर बुधबार सार्वजनिक गरेको हो । बेलायती राजपरिवारस्रोतले वेबसाइटमा राखिएको तस्बिर ह्यारीकै भएको पुष्टि गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । तस्बिरले बेलायत राजपरिवार तथा ह्यारी स्वयंको बदनाम भएको विश्लेषकहरूले बताएका छन् । ह्यारी महारानी एलिजाबेथका नाति तथा राजकुमार चाल्र्स र उनकी स्वर्गीय पत्नी राजकुमारी डायनाका कान्छा छोरा हुन्। चाल्र्सका जेठा छोरा विलियमले गतवर्ष केट मिडल्टनसँग विवाह गरेका थिए । टिएमजेडमा राखिएको एक तस्बिरमा ह्यारीले आफ्नो गुप्तांग दुवै हातले छोपेको तथा एक नग्न युवती उनीपछाडि बसेकी छिन् । त्यस्तै, सोही अनलाइनमा छापिएको अर्को तस्बिरमा ह्यारीले तिनै युवतीलाई पछाडिबाट अँगालो मारेका छन् । ती धमिला तस्बिर लसभेगासको सुविधासम्पन्न होटलमा गत शुक्रबार खिचिएको हो । ह्यारी तथा उनका साथीहरू पहिला होटलको बारमा गएको र त्यहाँ अपरिचित केही युवतीलाई बोलाएको र पछि आफ्नै कोठामा माथि लिएर गएको टिएमजेड अनलाइनले जनाएको छ । राजकुमार ह्यारीको तस्बिर भने ह्यारी तथा युवतीसहितको समूह स्टि्रप पुल खेल खेलिरहेका समयमा खिचिएको सो अनलाइनले जनाएको छ । राजकुमार ह्यारीका प्रवक्ताले भने तस्बिरका विषयमा तत्काल कुनै प्रतिक्रिया नजनाउने बताएका छन् । यसअघि सन् २००२ मा गाँजा सेवन गर्नुका साथै कम उमेरमै मदिरा सेवन गरी ह्यारी विवादमा तानिएका थिए । त्यसको तीन वर्षपछि भेषभूषासम्बन्धी एक पार्टीमा नाजीको पोसाक लगाएपछि उनी पुनः विवादमा तानिएका थिए । उनले नाजीको पोसाक लगाएको तस्बिर विभिन्न बेलायती सञ्चारमाध्यमका शीर्षसमाचार बनेको थियो । यद्यपि, करिब चार वर्षअघि अफगानिस्तानमा तैनाथ बेलायती सेनासँग केही महिना काम गरेका ह्यारीले सेनाको अग्रपंक्तिमा रही काम गर्ने इच्छा व्यक्त गरेपछि उनको विवादित प्लेब्वाई छवि ओझेलमा परेको थियो । उनी बेलायती सेनाका पाइलटसमेत हुन् । अमेरिकी सञ्चारमाध्यममा ह्यारीको नग्न तस्बिर सार्वजनिक भएलगत्तै राजपरिवारनिकट स्रोतले ती तस्बिर थप प्रसारण नगर्न बेलायती सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । टिएमजेड निकै लोकप्रिय गसिप अनलाइन साइट हो । सो अनलाइनले २००९ मा पपगायक माइकल ज्याक्सनको मृत्यु भएको समाचार ब्रेक गरेपछि त्यसको लोकप्रियता चुलिएको हो । राजपरिवारका सदस्य भए पनि ह्यारीले एक्लै क्यारेबियन तथा ब्राजिलको भ्रमण गरेर चर्चा कमाएका थिए । उनी केही दिनअघि सम्पन्न लन्डन ओलम्पिकको समापन समारोहमा हजुरआमा महारानी एलिजाबेथसँगै उपस्थित भएका थिए । छुट्टी मनाउन लसभेगास पुगेको समयमा उनले दुई स्वर्णपदक जितेका अमेरिकी ओलम्पिक पौडीबाज रायन लोच्तेसँग पौडी प्रतियोगिता गरेपछि बुधबार बेलायती अखबारले उनको प्रशंसा गर्दै पहिलो पृष्ठमा समाचार छापेका थिए ।

मलेसियामा प्रेमिकासँग यौन गर्दागर्दै एक नेपालीको निधन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मलेसिया रहेका नेपाली हरिबहादुर मगरको आफ्नी प्रेमिकासँग यौन सम्पर्क गर्दा ज्यान गएको छ । यो घटना करिब ३ साता अघिको भएपनि नेपाली समूदायबीच यो खबर एकसाता अघि मात्रै जानकारीमा आएको हो । उमेरले आफुभन्दा करिब १५ वर्षले कान्छी २४ बर्षिय भियतनामी प्रेमीकासँग सम्भोग गर्दा उनको मृत्यु भएको हो । ती नेपालीले यौन उत्तेजक औषधी सेवनपछि अत्याधिक ‘सेक्स गरेको कारण उनको मृत्यु भएको बताइएको छ । उनीहरु दिउँसो ३ बजेतिर होटल प्रवेश गरेका थिए । तर राति ११ बजे उनी बेहोस झै लडेका थिए । त्यसको केही समयपछि सुतेको होला भन्ने सोचेर सुतीरहेकी प्रेमीका पछि उनलाई बोलाउने र उठाउने प्रयास गर्दा नउठेपछि ती प्रेमिकाले होटल व्यवस्थापकसँग खबर गरेकी थिइन् । घटनाको प्रारम्भिक अनुसन्धान अनुसार सो कोठामा प्रयोग गरिसकेका दुई बोत्तल यौन उत्तेजक औषधी र एक क्यान बियरको बोत्तल थियो । घटनापछि मृतक हरिको शवलाई पोष्टमार्टमका लागि अस्पतालमा राखिएको र प्रेमीकालाई भने अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ । मृतक हरिको नेपालस्थित ठेगाना भने खुल्न सकेको छैन ।

नेपालमा आज बिहान पनि भूकम्पका दुई धक्का महसूस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नेपालमा आज बिहान भूकम्पका दुई धक्का महसूस गरिएको छ। आज बिहान ६ बजेर २ मिनेट जाँदा ४.४ रेक्टर स्केल र बिहान ९ बजेर ४० मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले रेकर्ड गरेको बताइएको छ । रुकुम र रोल्पा जिल्लाको सीमा क्षेत्रमा केन्द्रविन्दु रहेको उक्त भुकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन् । सोही स्थानमा गएराति १० बजेर १५ मिनेट जाँदा ५.६ र १० बजेर २७ मिनेट जाँदा ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Aug 22, 2012

ग्वाटेमालका पूर्व प्रहरी प्रमुखलाई ७० वर्षको जेल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
ग्वाटेमाला सिटी, भदौ ६ (एजेन्सी) - ग्वाटेमालका पूर्व प्रहरी प्रमुखलाई ७० वर्षको जेल सजाय सुनाइएको छ। तीन दशकअघि मुलुक गृहयुद्धको अवस्थामा रहँदा एक विद्यार्थीको अपहरण गरेको आरोपमा उनलाई यस्तो सजाय सुनाइएको हो। सन् १९८१ मा इडगर सेन्जलाई अपहरण गरेको आरोप खेप्दै आएका पूर्व प्रहरी प्रमुख पेड्रो गेरिक एरडोन्डोलाई दोषी ठहर गरेको हो। युद्ध अपराधमा जेल पर्ने उनी ग्वाटेमाला प्रहरीका सबैभन्दा उच्च पदस्थ अधिकारी हुन्। गेरिक सन् १९७४ देखि १९८२ सम्म प्रहरी प्रमुक थिए। उनलाई गत वर्ष राजधानी ग्वाटेमाला सिटी नजिकै रहेको उनको घरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। उनले अपहरण गरेको भनिएका विद्यार्थी अहिले पनि बेपत्ताको सूचीमै छन्। पूर्व प्रहरी प्रमुख गेरिकले यसअघि विभिन्न मुद्दाहरु खेपिसकेका छन्। ग्वाटेमालमा रहेको स्पेनिस दूतावास जल्दा ३६ जनाको ज्यान गएको थियो। यसमा पनि उनी मुछिएका थिए। ३६ वर्ष लामो ग्वाटेमालाको गृहयुद्धमा कूल २ लाख मानिसहरु मारिएका र वेपत्ता भएका थिए। गृहयुद्ध अमेरिकी समर्थक सरकार र आदिवासी तथा गरिबहरुको समर्थन रहेको कम्युनिस्टहरुबीचको द्वन्द्वले निम्त्याएको थियो। गत मार्चमा ग्वाटेमालाका पूर्व सेना पेड्रो पिमिन्टल रियोसलाई ६ हजार ६० वर्षको कैद सजाय सुनाइएको थियो। सन् १९८२ मा २ सय १ जनाको ज्यान लिएको अभियोग प्रमाणित भएपछि उनलाई यस्तो सजाय सुनाइएको थियो।

असान्जलाई छुटाउन ह्याकरद्वारा सरकारी साइटमा आक्रमण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
लन्डन, भदौ ६ (एजेन्सी) - विकिलिक्सका संस्थापक जुलियन असान्जलाई इक्वेडरको दूताबासबाट नियन्त्रणमा लिने बेलायती प्रयासको विरोध गर्दै एउटा समूहले सरकारी वेवसाइटहरु नै ह्याक गर्न थालेको छ। असान्जलाई स्वीडेन सुपुर्दगी गर्ने निर्णयमा अडिग रहेको बेलायतविरुद्ध ह्याकरहरु सक्रिय भएका हुन्। स्वीडेनमा दुई महिलाको यौन दुर्व्यवहारको मुद्दा असान्जमाथि लागेको छ। गत साता इक्वेडरको राजदूतावासमा कुटनीतिक शरणार्थीकारुपमा शरण लिँदै आएका असान्जलाई बेलायतले फिर्ता लिने प्रयास गरेको छ। इक्वेडरले भने उनलाई हस्तान्तरण नगर्ने र उनको मानव अधिकार संरक्षण गर्न आफू प्रतिवद्ध रहेको जनाउँदै आएको छ। असान्जकै कारण दुई देशबीच कटुता बढेको छ। अज्ञात ह्याकारहरुको समूहले १० वटा सरकारी कार्यालयको वेवसाइट सोमबार ह्याक गरेका थिए। तर, मंगलबारदेखि ती साइटहरु सूचारु भए।

नेपालगन्जमा चुल्ठे-मुन्द्रे नियन्त्रण अभियान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भाद्र ६ - सार्वजनिक अपराधका घटनामा चुल्ठे, मुन्द्रेको संलग्नता व्यापक हुन थालेपछि बाँके जिल्ला प्रहरी कार्यालयले ‘चुल्ठे–मुन्द्रे नियन्त्रण अभियान’ सुरु गरेको छ । अभियानको पहिलो चरणअन्तर्गत प्रहरीले अहिलेसम्म १३० भन्दा बढी चुल्ठे–मुन्द्रे र लामो कपाल पाल्ने ठिटालाई पक्राउ गरी परामर्शसहित अभिभावकको जिम्मा लगाएको छ । लागुऔषध सेवन, ओसारपोसार, चोरी, लुटपाट तथा केटी जिस्काउने कार्यमा चुल्ठे–मुन्द्रेको संलग्नता पाइएपछि त्यस्तो अभियान सञ्चालन गर्नुपरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विक्रमसिंह थापाको भनाइ छ । मानवअधिकारकर्मीले भने प्रहरीको यस्तो कार्य मानवअधिकारको एकदम बर्खिलाफ भएको टिप्पणी गरेका छन् । “अपराधी पत्ता लगाउने नाममा कपाल पाल्ने र मुन्द्रा लगाउने सबैलाई अपराधीको दृष्टिकोणले हेरिनु र पक्राउ गर्नु सरासर मानवअधिकार विपरीत हो”— राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलको प्रतिक्रिया छ । अस्वाभाविक पहिरन, कपाल रङ्गाउने, कान–चिउँडो छेड्ने, आँखीभौँ तथा कानमा मन्द्रा लगाउनेहरु कुलतमा फसेका र फस्ने सम्भावनामा रहने हुँदा र त्यस्ताबाट धेरै अपराधका घटना भइरहेकाले अभियान सञ्चालन गर्नुलाई अन्यथा सम्झन नहुने प्रहरीको तर्क छ । अभियानअन्तर्गत पक्राउ गरिएकामध्ये अपराधमा संलग्नता रहेकामाथि प्रहरीले थप अनुसन्धान पनि सुरु गरेको छ ।

भ्रष्टाचारी ठहर भएका पूर्वमन्त्री खुमबहादुर खड्का जेल चलान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्कालाई आज जेल चलान गरिएको छ । सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेको एकसातापछि खड्काले आज आफैँ अदालतमा उपस्थित भएर विगो बराबरको धरौटी रकम बुझाएपछि उनलाई डिल्लीबजार जेल चलान गरिएको हो । खड्काले हाललाई धरौटी राखेर जेल बाहिरै रहेर पुनरावलोकनको मुद्दा लड्न पाउँ भनि निवेदन दिए पनि अदालतले त्यसलाई अस्वीकार गरेको छ । आफ्ना समर्थकसहित अदालतमा पुगेका खड्काले आफूमाथि अन्याय भएको बताएका छन् । उनले जेल जाने बेलामा संचारकर्मीहरुसँग आफू माथि अन्याय भएको र आफ्नो राजनीतिक भविष्य न्यायधीशले निर्धारण गर्ने नभई जनताले गर्ने समेत बताएका थिए । साउन ३० गते सर्वोच्च अदालतले खड्कालाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद, ८५ लाख बिगो र त्यति नै जरिवाना तिर्नुपर्ने फैसला सुनाएको थियो । न्यायाधीशद्धय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले खड्काले मन्त्री भएको एक दशकमा स्रोत नखुलेको अस्वभाविक सम्पति कमाएको भन्दै भ्रष्टाचारी ठहर गरेको थियो । अदालतमा फैसला भएको ६० दिनभित्रै अदालतमा उपस्थित भएका कारण खड्काको जरिवाना र कैद सजायमा २० प्रतिशत कम हुने भएको छ । जसका कारण उनी २०७० साल कात्तिक १४ गते खड्का रिहा हुनेछन् ।

कांग्रेसका सभापति शुसिल कोइरालालाई कालो झन्डा लिम्बूवानको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
इलाममा लिम्बूवान कार्यकर्ता र आदिवासी जनजाति युवा महासंघका कार्यकर्ताहरूले संघीयता विरोधी भएको भन्दै नेपाली कांग्रेसका सभापति शुसिल कोइरालालाई कालो झन्डा देखाएका छन् । इलामको नगर सम्मेलन उद्धघाटनका लागि सभापति कोइराला इलाम पुगेका बेला सङ्घीय लिम्बूवान राज्य परिषद् र आदिवासि जनजाति युवासंघका कार्याकर्ताहरुले आधा घण्टासम्म कालो झन्डा देखाएका हुन् । कालोझन्डा देखाउने क्रममा आयोजक र कालोझन्डा देखाउने कार्याकर्तावीच केहीवेर झडप भएको थियो । कालोझन्डा देखाउने समूहलाई सुरक्षाकर्मीले अवरोध गरेपछि अर्को बाटो गएर कालो झन्डा देखाउने लिम्बूवान र जनजाति युवासंघका कार्याकर्तालाई आयोजकले हातपात गरेपछि झडप भएको थियो । झडपलाई स्थितिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । सङ्घीयता विरोधी र पहिचान विरोधी नेताहरुलाई जिल्ला प्रवेशमा रोक लगाउन कालो झन्डा देखाइएको सङघीय लिम्बूवान राज्य परिषद्का अध्यक्ष डम्बर लोरिङदेनले जानकारी दिएका छन् । लोकतान्त्रीक देशमा कालो झन्डा देखाउँदा सुरक्षाकर्मीले हस्तक्षेप गरेर आफ्नो कार्यक्षेत्र वाहिर गएको पनि लोरिङदेनले आरोप लगाएका छन् । कार्यक्रममा कांग्रेस नेता गगन थापाले भने कांग्रेस पहिचानसहितको संघीयता विरोधी नभएको प्रष्ट पारे । उनले कुनै पनि नागरिक दोस्रो दर्जाको नहुने भन्दै संघीयता सित जोडेर माओवादीले छरेको भ्रममा नपर्न कार्यकर्तालगायत सबैमा अपिलसमेत गरे ।

Aug 21, 2012

नयाँ रणनीति बनाउन दाहाल निवासमा बैठक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भदौ ५- प्रतिपक्षी दलहरुले राष्ट्रपति रामवरण यादवलाई सक्रिय हुन आह्वान गरिरहेका बेला एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बाबुराम भट्टराईलगायतका नेतासँग छलफल गरेका छन्। अध्यक्ष दाहालको निवास लाजिम्पाटमा आज भएको छलफलमा राष्ट्रपति यादवले सरकारले पठाएको निर्वाचनसम्बन्धी अध्यादेश अस्वीकार गरिसकेको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको थियो। वर्तमान राजनीतिक सङ्कटको समाधानका लागि सरकार र एमाओवादीले तय गर्नुपर्ने रणनीतिका विषयमा छलफल भएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरलले जानकारी दिए। छलफलमा पार्टीले देशव्यापी रुपमा सञ्चालन गरिरहेको कार्यकर्ता प्रशिक्षण र सातौँ विस्तारित बैठकपछि अख्तियारी गरिएको नीतिका विषयमा पनि कुराकानी भएको थियो।

विकिलिक्सका संस्थापक जुलियनको अमेरिकालाई आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
दूतावासमा शरण लिइरहेका विकिलिक्सका संस्थापक जुलियन असान्जले आज पहिलो पटक सार्वजनिक हुँदै बोलेका छन् । दुई महिनादेखि लन्डनस्थित इक्वेडरको दूतावासमा रहेका उनले आफूहरुविरुद्ध अमेरिकाले थालेको युद्ध बन्द गर्न आह्वान गरेका छन् । दूतावासबाहिर भेला भएका आफ्ना समर्थकहरुलाई सम्बोधन गर्ने क्रममा असान्जले विकिलिक्ससँगै विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र हाम्रो सजमाजको स्वास्थ्य पनि बिग्रेको बताए । उनले अमेरिकी सैनिक ब्राडली म्यान्निङलाई पनि रिहा गर्न आग्रह गरे । दूतावासको बरन्डामा देखा परेका उनलाई इक्वेडरले शरण दिने घोषणा गरिसकेको छ । तर बेलायतले भने उनलाई सुरक्षित बाहिर जान नदिने बताएको छ । १० औँ हजार गोप्य अमेरिकी सरकारी कागजातहरु उनले नै विकिलिक्सलाई दिएको अनुमान गरिएको छ । यौन दुर्व्यवहारको आरोपमा स्वीडेनमा सोधपूछका लागि सुपुदर्गी गर्न लागेको भन्दै असान्ज भागेर दूतावासमा प्रवेश गरी शरण माग गरेका थिए ।

चार जनालाई कैद र जरिवाना लाइसेन्समा घुस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भाद्र ५ - विशेष अदालतले घुस खाएर लाइसेन्स बनाउने बाग्मती यातायात कार्यालयको लाइसेन्स फाँटका दुई कर्मचारी र दुई दलाललाई तीन महिना कैद र ३५ हजारका दरले जरिवाना गर्ने फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू ओम प्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले खरिदार नेगमराज रेग्मी, कम्प्युटर अपरेटर रामचन्द्र चालिसे तथा लेखापढी व्यवसायी बर्कबहादुर थापा र मनु थापालाई कैद र जरिवानाको फैसला सुनाएको हो । उनीहरूले गतवर्ष विदेशी लाइसेन्सको नेपालीकरण गर्दा घूस खाएर ट्रायल र स्वास्थ्य परीक्षणबिना नै लाइसेन्स वितरण गरेका थिए । प्रहरीको अपराध अनुसन्धान शाखा ललितपुरले अनुसन्धान गरी लाइसेन्सको कारोबारमा संलग्नहरूलाई पक्राउ गरेको थियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घटनाको अनुसन्धान र मुद्दा दायर गरेको थियो । विशेष अदालतले लाइसेन्स वितरण पारदर्शी, व्यावहारिक बनाउन र सिसिटिभी लगायतका रेकर्डिङ दुरुस्त राख्न भौतिक योजना, निर्माण तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागका अधिकारीहरूलाई निर्देशनात्मक आदेश दिएको छ ।

आइफोन एक्लैको कमाई माइक्रोसफ्टको कूल आम्दानीभन्दा धेरै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
हिजो २ दशमलब ६ प्रतिशत सेयर मूल्य बढेपछि एप्पल विश्‍वकै सबैभन्दा महँगो कम्पनी बन्न सफल भएको छ। एप्पलको सेयर मूल्य ६६५.१५ डलर पुगेको छ। माइक्रोसफ्टको रेकर्डलाई उछिन्दै एप्पलको पुँजीकरण ६ सय २३ अर्ब डलर पुगेको छ। माइक्रोसफ्टको सन् १९९९ मा सर्वाधिक पुँजीकरण हुँदा ६ सय १३ अर्ब डलर कायम भएको थियो। एप्पल कम्पनीको अहिलेको मूल्य माइक्रोसफ्ट र गुगल दुई कम्पनीको कूल सम्पत्तीभन्दा माथि पुगेको छ। विश्‍वको दोस्रो ठूलो कम्पनी एक्सोन मोबाइलकोभन्दा एप्पलको सम्पत्ती २ सय अर्ब बढी छ। यो नयाँ रेकर्ड कायम हुनुमा स्वभाविकरुपले आइफोनको लोकप्रियताले श्रेय लिन्छ। आइफोनले एप्पललाई दिने आम्दानीमात्र हिसाब गर्ने हो भने, माइक्रोसफ्टले कमाउने कूल रकमभन्दा माथि छ। आगामी महिनामा आउने नयाँ आइफोन र सानो आकारको आइप्याडले बजार लिने चर्चासँगै यसको सेयरबजार आकाशिएको हो। तर वर्नस्टेन रिसर्चका टोनी साकोनागीले पार्टपुर्जाको अभावका कारण एप्पलको रफ्तार रोकिनसक्ने बताए। गत वर्ष निधन भएका स्टिभ जब्सको 'इनोभेसन'लाई कम्पनीले आगामी दिनमा यथावत राख्‍न सकेमात्र बजारमा एप्पलको रफ्तार कायमै रहने विश्‍लेषकहरुको धारणा छ। पछिल्ला वर्षहरुमा एप्पलको मूल्यांकन औशतभन्दा धेरै नै माथि बढ्दो छ। ८ वर्ष अघि कम्पनीको मूल्य १० अर्बमात्र थियो। यो वर्षमात्रै एप्पलको सेयर मूल्य ६० प्रतिशतले बढेको छ।

बिकिनी परेडमा चीनको नयाँ कीर्तिमान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चीनको एउटा सहरमा एक हजार ८५ जना महिलाले बिकिनी लगाएर गरेको परेडले विश्व कीर्तिमान कायम गरेको छ । उनीहरुले लियाओनिङ प्रान्तको हुलुडाओ सिटीमा बिकिनी लगाएर करिब एक माइलभन्दा बढी दूरी पैदल हिँडेका थिए । बिकिनी लगाएर परेड गर्नेहरुको कीर्तिमान राख्ने होडमा चारदेखि ७० वर्षका महिलासम्म थिए । सहभागी महिलामध्ये कसैले रोलर स्केट गरेका थिए भने कसैले बेली डान्स गर्दै परेड गरेका थिए । गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रतिनिधि पनि सहभागी रहेको उक्त परेडलाई कार्यक्रम सकिने बित्तिकै विश्व कीर्तिमानको प्रमाणपत्र दिएका थिए । यसअघि बिकिनी परेडको कीर्तिमान अमेरिकाको फ्लोरिडा राज्यमा रहेको पनामा सिटीको नाममा थियो । पछिल्लो पटक गत मार्चमा ४५० महिलाले यो कीर्तिमान राखेका थिए ।

ओबामाद्वारा सिरियालाई चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अमेरिका - अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियाले विद्रोहीविरुद्ध रासायनिक हतियार प्रयोग गरे आफू चुप लागेर नबस्ने चेतावनी दिएका छन्। रासायनिक हतियारको प्रयोग अमेरिकाको लागि समेत खतराको संकेत हुने भन्दै ओबामाले त्यसलाई रोक्न आफ्नो देशले भूमिका खेल्ने बताउनुभयो। सिरियाका अधिकारी रासायनिक हतियार प्रयोग गर्ने पहलमा रहेको संकेत मिलेको बताउँदै ओबामाले अमेरिकाले यस्ता गतिविधिलाई सुक्षम रुपमा नियालिरहेको बताए। ओबामाले सिरियाले रासायनिक हतियार प्रयोग गरे त्यसले भू-राजनीतिक समिकरण बिगार्ने भएकाले त्यस्तो अवस्थामा सैन्य हस्तक्षेप गर्नुको विकल्प नभएको प्रष्ट पार्नुभयो ।

Aug 17, 2012

एमाले अखिलले चुनावमा गुटबन्दी नगर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र १ - एमाले भ्रातृ संगठन अनेरास्ववियुले प्यानलका रूपमा चुनाव लड्दा तलदेखि माथिसम्म गुटबन्दी फस्टाएको निष्कर्ष निकाल्दै आउँदो सम्मेलनबाट निर्वाचन पद्धति परिवर्तन गर्ने भएको छ । प्यानलका रूपमा चुनाव लड्दा पछिसम्म आन्तरिक मतभेद हुने र चुनावी मानसिकताले संगठनमा काम गर्ने पद्घति झांगिएको उसको निष्कर्ष छ । अनेरास्ववियुको नेतृत्व चयन गर्ने सम्मेलन असोज २५ देखि २८ गतेसम्म हुँदैछ । यसअघिका तीनवटा कार्यकालमा उसले प्रत्यक्ष चुनाव पद्घति अपनाएको थियो । 'तलदेखि माथिसम्म चुनाव गर्दा संगठन राम्ररी अघि बढ्न सकेन त्यसैले यसपालिबाट चुनाव प्रणाली फेर्ने निष्कर्षमा पुगेका हौं,' अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेलले कान्तिपुरसँग भने, 'अध्यक्ष र महासचिव मात्र प्रत्यक्ष अरू पदाधिकारी अप्रत्यक्ष विधिबाट चयन गर्न उपयुक्त हुन्छ भन्ने लागेको छ ।' उनले पुरानो प्रणाली फेर्ने निश्चित भए पनि नेतृत्व चयन गर्ने नयाँ विधिको भने टुंगो लागि नसकेको जानकारी दिए । ढुंगेल नेतृत्वको कार्यसमिति चुनिँदा पनि एमाले अध्यक्ष झलनाथ खनाल र नेता केपी ओलीको समर्थन रहेको स्पष्ट दुई गुट चुनावमा लडेका थिए । त्यही कारण यस कार्यसमितिमा लामो समयसम्म दुई पक्षको आन्तरिक झगडा थियो । पछिल्लो समयमा मात्र अनेरास्ववियुको आन्तरिक झगडा मत्थर भएको हो ।
एमालेले आन्तरिक एकता गर्ने क्रममा पार्टी भित्रका चुनावहरू प्यानलका रूपमा लड्ने सम्बन्धमा पुनर्विचार गर्ने निर्णय गरेको थियो । मूल पार्टीमा भएको सहमति भ्रातृ संगठनको चुनावबाट सुरु हुन लागेको हो । अनेरास्ववियुले यसपटकदेखि छुट्टै विधान सम्मेलन पनि गर्ने भएको छ । नेतृत्व चयन र विधान र नीति कार्यक्रममाथिको दुवै एउटै सम्मेलनमा हँुदा प्रभावकारी नभएको निष्कर्ष निकाल्दै उसले छुट्टाछुट्टै गर्न लागेको हो । विधान सम्मेलन आगामी ९ देखि ११ गतेसम्म राजधानीमा हुने अध्यक्ष्ा ढुंगेलले जानकारी दिए । 'दुवै विषय एउटै सम्मेलनमा अघि बढाउँदा सबैको ध्यान नेतृत्व चयनतर्फ गयो, संगठनका नीति कार्यक्रम राम्रो बनाउनेतर्फ कसैले चासो नदिने अवस्था भयो,' अध्यक्ष ढुंगेलले भने, 'त्यसैले संगठनका विधि विधानमाथि राम्रो छलफल होस् भनेर विधान सम्मेलन छुट्टै गर्न लागेका हौं ।' नेतृत्व चयनका लागि झन्डै १२ सय प्रतिनिधि हुने र विधान सम्मेलनमा ६ सय जति प्रतिनिधि हुने जानकारी ढुंगेलले दिए ।
आगामी सम्मेलनबारे अनेरास्ववियुले बिहीबार एमाले स्थायी समितिका नेताहरूसँग छलफल र ब्रिफिङ गर्‍यो । शीर्ष नेताहरूले चुनाव पद्घति फेर्ने, छुट्टै विधान सम्मेलन गर्नेलगायतका निर्णयहरू ठीक भएको उल्लेख गर्दै संगठनभित्रका विकृतिहरू हटाउन निर्देशन दिए ।

राष्ट्रपतिद्वारा सरकारले पठाएको दुई अध्यादेश अस्वीकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्व सरकारले राष्ट्रपति कार्यालय समक्ष प्रस्ताव गरेको दुई अध्यादेश राष्ट्रपतिद्वारा अस्वीकार गरिएको छ । मन्त्री परिषदले साउन १२ गते स्वीकृतिका लागि राष्ट्रपति समक्ष पठाइएका दुई प्रस्ताव अस्वीकार गरिएको हो । राष्ट्रपति कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै अन्तरिम संबिधानको धारा ८८ को उपधारा १ बमोजिम सिफारिस भएका निर्वाचन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र संबिधानसभा सदस्य निर्वाचन अध्यादेश तत्काल जारी गर्नु सान्दर्भिक नदेखिएको उल्लेख छ । त्यसो त, राजनीतिक दलहरुबीच सहमति बनाई निर्वाचनको वातावरण बनाउनुको साटो प्रधानमन्त्री बाबुराम भट्टराईले एकलौटी रुपमा अध्यादेश ल्याई विपक्षीहरुलाई थप चिढ्याउने काम गरेको प्रति राष्ट्रपति असन्तुष्ट रहँदै आएका थिए । राष्ट्रतिले आज निर्वाचन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०६९ र संविधानसभा सदस्य निर्वाचन अध्यादेश ऐन, २०६९ अस्वीकार गरेको गरेका हुन् ।

शिक्षण अस्पतालको डीनमा प्रकाश सायमीलाई नियुक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
त्रिवि कार्यकारी परिषद्ले शिक्षण अस्पताल महाराजगञ्जको डीनमा प्रकाश सायमीलाई नियुक्त गर्ने भएको छ। यद्यपि औपचारिक घोषणा हुन भने बाँकी रहेको जनाएका छन्। बरियतामा सायमी पाँचौ नम्बरमा पर्छन्। त्रिविका उपकूलपति हीराबहादुर महर्जनले एकलौटी निर्णयका आधारमा वरिष्ठतालाई मिच्दै डाक्टर धर्मकान्त बास्कोटालाई तीन महिनाका लागि निमित्त डीनको जिम्मेवारी दिएका थिए। आजै बसेको चिकित्‍सक संघको बैठकले त्रिवि शिक्षण अस्पतालमा भइरहेको राजनीतिक भागवण्डा र वरिष्ठता मिचेको विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो। उनीहरुले भोलि देशभरका अस्पताल ठप्प पार्नुका साथै आमरण अन्सनमा बसेका डाक्टर गोविन्द केसीको बचाउ अभियान पनि थाल्ने भएका थिए। भोलि (शनिबार) बिहान ९ बजे शिक्षण अस्पताल महारागञ्जमा गई डाक्टर केसीको जीवन बचाऊ अभियानमा साथ दिन चिकित्‍सक संघले सबै जनतासामु आह्वान गरेको थियो।

विकिलिक्सका संस्थापकलाई इक्वेडरले शरण दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त राज्य अमेरिकाका विदेश नीति सम्बन्धी गोप्य दस्तावेज सार्वजनिक गर्ने विकिलिक्सका संस्थापकलाई इक्वेडरले शरण दिने भएको छ । विकिलिक्सका संस्थापक सम्पादक जुलियन असान्जलाई दक्षिण अमेरिकी मुलुक इक्वेडरले राजनीतिक शरण दिने बताएसँगै बेलायतले इक्वेडर दूतावास विरुद्ध चर्को आवाज उठाएको छ । बेलायतले असान्जलाई इक्वेडरको दूतावासमै पसेर पक्राउ गर्नेसम्मको चेतावनी दिएको छ । इक्वेडरले भने बेलायतको बोलीमा कुटनीतिक मर्यादा नरहेको भन्दै आपत्ति प्रकट गरेको छ । इक्वेडर दूतावासले भने असान्जको मानव अधिकार हनन् हुने खतरा रहेको भन्दै दुई महिनादेखि शरण दिदै आएको हो । असान्ज दुई महिनाअघिदेखि बेलायतस्थित इक्वेडर दूतावासमा बसिरहेका छन् । इक्वेडरका विदेशमन्त्री रिकार्डो पटिनाले बुधबार भनेका छन् बेलायतले कुटनीतिक मर्यादाविपरित बोलिराखेको छ । इक्वेडरका राष्ट्रपति राफेल कोरियले समेत असान्जको अभिव्यक्तिको स्वतन्त्रता गुम्ने भएकाले दूतावासमा शरण दिएको खुलासा गरेका छन् । उनले भनेका छन् ‘अभिव्यक्तिको स्वतन्त्रताकाका वकालकर्ता असान्जमाथिको अत्याचार रोक्न उनलाई आश्रय दिन इक्वेडर तयार भएको हो ।’ इक्वेडरले अभिव्यक्ति स्वतन्त्रताका पाक्षधरलाई शरण दिएको बताइरहेका बेला बेलायतले भने इक्वेडर दूतावासले असान्जलाई बेलायत सरकारको जिम्मा नलगाइएक उनलाई पक्राउ गर्न दूतावासभित्रै प्रवेश गर्ने चेतावनी दिएको इक्वेडरका विदेशमन्त्रीले बताएका छन् । इक्वेडरका विदेश मन्त्रीले बेलायतको बोली विरुद्ध खरो अभिव्यक्ति दिदै भनेका छन् ‘बेलायतले बोले जस्तै गरेमा कुटनीतिक शक्तिको अधिकतम प्रयोग गरी बेलायती कदमविरुद्ध जाइलाग्ने छौँ ।’
स्वीडेन सरकारले भने असान्जलाई सुपुर्दगी गर्न बेलायतसमक्ष माग गर्दै आएको छ । अष्ट्रेलीयाली नागरिक असान्जले अमेरिकी कूटनीतिक नियोगका विभिन्न मन्त्रालयका गुप्य दस्तावेज विकिलिक्समार्फत सार्वजनिक गरेका थिए । जसले गर्दा उनलाई अमेरिकाबाट खतरा छ । त्यस्तै असान्जविरुद्ध बलात्कारको मुद्धा समेत दायर भएको छ ।

नेकपा-माओवादीले पुष २५ गते पार्टीको महाधिवेशन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा-माओवादीबाट विभाजित भएर बनेको नेकपा–माओवादीले पुष २५ गते पार्टीको महाधिवेशन गर्ने तयारी गरेको छ । नेकपा–माओवादीले आज बुद्धनगरस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर पुष २५ गतेदेखि राजधानीमा महाधिवेशन गर्ने जानकारी दिएको हो । महाधिवेशनका लागि नेकपा माओवादीले सचिव नेक्रविक्रम चन्दको नेतृत्वमा ११ सदस्यीय महाधिवेशन मुल आयोजक समिति समेत गठन गरेको छ । माओवादीले पार्टीको विधान, सांगठनिक र राजनीतिक प्रतिवेदन तयार पार्ने जिम्मा पदाधिकारीलाई दिइएको छ । बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता पम्फा भुसालले महाधिवेशनको मिति सार्वजनिक गर्दै एमाओवादी क्रान्तिकारी कार्यदिशामा आएमा पार्टी एकताको ढोका जहिल्यै पनि खुल्ला हुने बताइन् ।

Aug 16, 2012

जिन्स लगाउने महिला तथा तिनका परिवारलाई कारबाही

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतको झारखण्ड राज्यमा एक संगठनले जिन्स लगाउने महिला तथा तिनका परिवारमाथि भौतिक आक्रमण गर्ने चेतावनी दिएपछि तनाव उन्पन्न भएको छ । झारखण्ड मुक्ति संघको नामबाट राँचीको प्रमुख क्याम्पस तथा सहरका विभिन्न स्थानमा बिहीबार धम्कीपूर्ण पोस्टर देखापरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । पोस्टरमा महिलालाई जिन्स लगाउन प्रतिबन्ध लगाउनुका साथै ओढ्नी ओढेर हिँड्न निर्देशन दिइएको छ । झारखण्ड मुक्ति संघको नामक संगठनको नाम यसअघि राँचीमा कहिल्यै पनि सुनिएको थिएन । टाँसिएका केही पोस्टर प्रहरीले जफतसमेत गरेको छ । पोस्टरको माथिल्लो भागमा झारखण्डको जमिन, रोजगारी, संस्कृति तथा अस्मिता रक्षाका लागि झारखण्ड मुक्ति संघ खोलिएको बताइएको छ । त्यस्तै, महिलालाई जिन्स लगाउन प्रतिबन्ध लगाउनुका अलावा झारखण्डमा जमिन खरिदबिक्री गर्नेमाथि कडा कारबाही गरिने, सरकारी जागिरमा अन्य प्रान्तका मानिसलाई प्रतिबन्ध लगाइनेलगायत धम्की ती पोस्टरमा समावेश गरिएका छन् । यसैगरी सरकारी जागिरमा झारखण्डबाहेक अन्य स्थानका मानिस भर्ती भएमा उनीहरूमाथि भौतिक आक्रमण गरिने, झारखण्डको जमिनबाट मानिस विस्थापित गराउने कम्पनीमाथि कडा कारबाही गरिने जनाइएको छ ।
पोस्टरका कारण राँची प्रहरी तथा जिल्ला प्रशासन कार्यालय अचम्ममा परेका छन् । अन्य धम्कीलाई बेवास्ता गरे पनि महिलामाथि जिन्स लगाउन नपाउने धम्कीलाई प्रहरीले गम्भीरतापूर्वक लिएको बताइएको छ । पोस्टर सार्वजनिक भएलगत्तै महिला तथा उनका परिवारमाथि हुन सक्ने सांघातिक हमला रोक्न प्रहरीले सहरका प्रमुख इलाकामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारेको छ । हालैका दिनमा भारतका विभिन्न राज्यमा महिलाले लगाउने पोसाकविरुद्ध धेरै धम्की आउन थालेपछि महिलाको सुरक्षालाई लिएर धेरै चासो र चिन्ता हुन थालेको बताइएको छ । शुक्रवार, १० अगष्ट २०१२ ११:१५ मा अन्तिम पटक अद्यावधिक गरिएको हो

खुमबहादुरको फैसला कांग्रेसले नमान्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण ३२ - कांग्रेस ले नेता खुमबहादुर खड्का विरुद्ध सर्वोच्च अदालतले गरेको फैसला नमान्ने भएको छ । उसले फैसलाविरुद्ध पुनरावलोकन गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय सानेपामा बिहीबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले खड्काविरुद्ध अन्याय भएको भन्दै पुनरावलोकनका लागि जाने निर्णय गरेको केन्द्रीय सदस्य पुष्पा भूसालले जानकारी दिइन् । बैठकमा अधिकांश केन्द्रीय सदस्यले खड्कामाथि अन्याय भएको भन्दै पार्टीले पुनरावलोकनका लागि दबाब दिएपछि कांग्रेस यस्तो निर्णयमा पुगेको हो ।
बैठकमा केन्द्रीय सदस्य भूसालले फैसला पुर्वाग्रह भएको दाबीसहित केही नजिर प्रस्तुत गरेकी थिइन् । 'सर्वोच्चको फैसलामा लक्ष्मीराज पाठकको हकमा तराईमा एक बिगाहको आम्दानी २० हजार रुपैयाँ देखाइएको छ,' उनले भनेकी थिइन्, 'खुमबहादुरको हकमा एक हजारमात्र भनिएको छ ।' कांग्रेस नेता गोविन्दराज जोशीको फैसलामा घरभित्रका सामानको मूल्यांकन नगर्ने भनिए पनि खड्काको मुद्दामा घरका सरसामानको मूल्य पनि जोडिएको भूसालको तर्क थियो । भूसालले रामकृष्ण तिवारीको मुद्दामा तमसुकलाई मान्यता दिए पनि खड्काको मुद्दामा अस्वीकार गरिनुले उनीमाथि राजनीतिक पूर्वाग्रह देखिएको बताइन् ।
न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासले खड्कालाई भ्रष्टाचारी ठहर गर्दै मंगलबार डेढ वर्षको कैद र ९४ लाख ७४ हजार १ सय २२ रुपैयाँ जरिवाना र त्यति नै बिगो तिर्नुपर्ने फैसला गरेको थियो । खड्कालाई फसाएको भन्दै कांग्रेस कार्यकर्ताले बिहीबार पनि पार्टी कार्यालयमा नाराबाजी गरे । केन्द्रीय सदस्य बालकृष्ण खाँडले खड्कामाथि सर्वोच्चको फैसला पूर्वाग्रही भएको दाबी गरे । उनले भने, 'न्यायालय मान्नुपर्छ तर सर्वोच्चका सवै निर्णय मान्नुपर्छ भन्ने छैन, यसमा सरासर खुमबहादुरजीमाथि अन्याय भएको छ ।'
बैठकमा भूसाल, खाँडसहित अजयकुमार चौरसिया, प्रकाशशरण महतले पनि खड्कामाथि अन्याय भएकाले पार्टीले तत्काल कदम चाल्नुपर्ने बताएका थिए

अमेरिकी सेनाले हाइपरसोनिक जेट वेबराइडर विमानको परीक्षण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिकी सेनाले प्रशान्त महासागरमा हाइपरसोनिक जेट वेबराइडर विमानको परीक्षण गरेका छन् । उक्त परीक्षणको उद्देस्य विमानले प्रति घण्टा ६ हजार ९ किलोमिटरको गतिमा उडान भर्न सक्छ वा सक्दैन भन्ने हेर्नु रहेको जनाइएको छ । यो बेगमा विमानले लन्डनदेखि न्युयोर्कसम्मको दुरी एक घण्टामा तय गर्नेछ । वेबराइडरको उक्त परीक्षण उडान नतिजा चाँडै आउने अपेक्षा गरिएको छ । पेन्टागन र नासाले यस प्रविधिलाई अहिलेको भन्दा तीब्र गतिको प्रक्षेप्यास्त्र विकशित गर्नमा प्रयोग गर्ने योजना बनाएको छ । वेबराइडरले आफ्नो पहिलो परीक्षण उडान सन् २०११ मा भरेको थियो तर त्यतिबेला यसले लक्ष्य अनुरुप गति लिन सकेको थिएन । वेबराइडर परियोजना हाइपरसोनिक विमान विकाश परियोजना अन्तर्गतका थुप्रै परियोजना मध्यका एक हुन । यो अनुसन्धानको मद्दलबाट अहिलेको तुलनामा अत्यन्त तीब्र गतिमा उडान भर्न सकिने यात्रुबाहक विमानको विकाश गर्नु हो । वेवराइडर एक मानवरहित विमान हो । यसलाई अमेरिकी सेनाले बी–५२ बमबर्षक विमानको मद्दतले क्यालिफोर्नियास्थित एडवड्र्स अड्डाबाट परीक्षण गरिएको थियो । बी-५२ बमबर्षकले वेबराइडरलाई ५० हजार उचाईमा पुर्‍याई इन्जिन बन्द रहेकै अवस्थामा खसालिएको र त्यसको चार सेकेन्डपछि उसको इन्जिन आफै चालु भएको थियो ।

दुई सुरक्षाकर्मी सहितको रात्री बस शुक्रबारबाट राजधानीमा सञ्चालन हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दुई सुरक्षाकर्मी सहितको रात्री बस शुक्रबारबाट राजधानीमा सञ्चालन हुने भएको छ । राजधानीका विभिन्न रुटमा बेलुका ८ बजेदेखि ११ बजेसम्म ३ घण्टा रात्री बस सञ्चालन हुने भएको हो । लामो समयसम्मको प्रयासपछि आज राजधानीमा पत्रकार सम्मेलन गरी महानगरपालिकाले ८ देखि ११ बजेसम्म चक्रपथ र भित्री सडकका विभिन्न ठाउँमा १४ ओटा रात्री बस सञ्चालन हुने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार प्रत्येक रात्री बसमा यात्रुको सुरक्षाका लागि सहियार सहितका दुई जना सुरक्षाकर्मी तैनाथ गरिने छ । वैशाख १ गतेदेखि सञ्चालनमा ल्याउँने भनिएको रात्री बस सेवा भोलीबाट सुरु हुने भएको हो । शुक्रबार साँझ ७ बजे उपप्रधान तथा परराष्ट्रमन्त्री नायारयणकाजी श्रेष्ठले रत्नपार्कबाट रात्री सेवाको बसको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । काठमाडौँ महानगरपालिकाले यातायात व्यवसायीलाई ४५ लाख रुपयाँ अनुदान दिएलगत्तै रात्री सेवाको बस सञ्चालनमा आउँने भएको हो । सुरक्षाको हिसाबले संवेदनशील हुने यात्रामा सुरक्षका लागि हतियार र सञ्चार सेटसहितका दुई जना सुरक्षाकर्मी र सीसीटीभी जडान हुने समेत जानकारी पत्रकार सम्मेलनमा गराइएको छ । अझ यात्रुको सहज सुविधाका लागि दिउँसोकै भाडा दरमा रात्री सेवा सञ्चालन हुने भएको छ ।

Aug 14, 2012

आदिवासी जनजातिद्वारा युरोपेली संसद अगाडी घण्टौँ प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
केजिन राई, ब्रसेल्स - नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमले "आदिवासी संचार, आदिवासी आवाज सशक्तिकरण" भन्ने सयुक्त राष्ट्र संघ यस वर्षको तथा "आदिवासी जनजातिको अभियान, जातिय पहिचान सहितको संघीय संविधान" भन्ने महासंघको केन्द्रीय नारा सहित १८ औँ विश्व आदिवासी दिवसको अवसर पारेर विभिन्न जातीय पहिचान सहितको भेषभूषा र झाकीहरु सहित यूरोपेली संसद भवन अगाडी प्रदर्शन गरेको छ ।
यसै हप्ता युरोपको मुटु ब्रसेल्स बेल्जियममा रहेको युरोपेली ससद भवन अगाडी लगभग चार घण्टा सम्म थकाली, थारु, राई-लिम्बु, गुरुङ, शेर्पा, मगर, तामाङ तथा नेवारी भेषभूषामा आएका सयौ नेपाली आदिबासी जनजातिहरूले बिभिन्न नारा लेखिएका ब्यानर र प्लेकार्ड सहित शान्तिपूर्ण प्रदर्शन गरेका थिए । आफ्ना मागहरू संघ भित्र आबद्ध जर्मनी, बेलायत, स्पेन, फ्रान्स, इटाली, बेल्जियम, नेदरल्याण्ड, पोर्चुगल, लगायत देशका सांसदहरू र युरोपेली संघका प्रमुख अंगहरूमा ध्यानाकार्षण गराउदै उनीहरूले प्रदर्शन गरेका थिए ।
आदिबासीको माटो संगको सम्बन्धलाई मान्यता दिईनु पर्ने, अन्तर्राष्ट्रिय सन्धी अनुरुप नागरिक र राजनैतिक अधिकारको सुनिश्चितता गरिनु पर्ने, श्रोत र साधन माथि आदिबासीको हकको ग्यारेन्टी गरिनु पर्ने, आई एल १६९ अभिसन्धीको सम्मान गरिनु पर्ने, जातीय पहिचान सहितको संघिय संबिधान जारी गरिनु पर्ने लगायतका माग राख्दै उनीहरूले नाराबाजी गरेका थिए ।
सो प्रदर्शनमा विश्व आदिबासी दिवस सफल पारौ ,विश्व आदिबासी एकता अमर रहोस भन्ने नारा समेत उनीहरूले घन्काएका थिए । प्रदर्शन लगत्तै युरोपेली संघ अध्यक्ष ,सभामुखका प्रतिनिधिले बार्ता गर्न अनुरोध गरे पश्चात आफु हरूको ११ बुदे माग सहितको दुई पृष्ठ लामो ज्ञापनपत्र आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष पेम्बा गेल्बु शेर्पाको नेतृत्वमा बुझाउन सफल भयो ।
उनीहरूले नेपाली आदिवासी जनजातिको समस्या ,जातीय पहिचान सहितको संघिय संबिधान तथा राज्यसंग राखिएको राजनैतिक मागहरु नेपालमा लगानी गरिरहेको यूरोपेली मुलुकहरूको ध्यान केन्द्रित गर्न, सबैखाले लगानीहरुको उचित प्रयोग भए नभएको बारेमा चनाखो गराउनको लागि युरोपियन संसदका सभामुख, मार्टिन सुल्ज ,युरोपियन कमिसनका अध्यक्ष जोसे मानुअल बारासो, तथा युरोपियन संघका अध्यक्ष हेरमान भन रोम्पुयलाई ज्ञापनपत्र मार्फत आग्रह गरिएको छ ।
ज्ञापनपत्र बुझाउन युरोपियन कमिसन, युरोपेली संघ, युरोपेली संसदको कार्यालयमा महासंघ संग आबद्ध र बेल्जियम सरकारद्वारा मान्यता प्राप्त भीजेडब्ल्यू तमू समाज बेल्जियमका अध्यक्ष श्रीप्रशाद गुरुंग, विश्व मगर संघ बेल्जियमका अध्यक्ष मार्के मगर, थकाली समाज बेल्जियमका अध्यक्ष प्रविण गौचन ,थारू समाजका अध्यक्ष शोमना थारू, सयुक्त किरात समाजका महासचिब मुना राई ,तामांग समाज बेल्जियमका सल्लाहकार जित बहादुर लामा, लगायतका व्यक्तिहरू सहभागी रहेका थिए ।
सो कार्यक्रममा संयुक्त राष्ट्र संघद्वारा जारीआदिवासी नारा सहित नेपाली राजनीति र आदिवासी जनजातीको हक हित संग सम्बन्धित नारा हरु लगाउने र प्ले कार्डहरु प्रदर्शन गर्ने कार्य गरिएको थियो । जनप्रगतिशील मंच बेल्जियमका सल्लाहकार बिष्णु भुजेल,लिलाधर पन्त, उपाध्यक्ष जित बहादुर लामा, महासचिव प्रेम पाठक, लोकतान्त्रिक गणतान्त्रिक मोर्चा बेल्जियमका अध्यक्ष कृष्ण तिवारी लागायतका ब्यक्तिहरूले पनि कार्यक्रममा ऐक्यबद्धता जनाएका थिए भने महासंघ अध्यक्ष पेम्बा गेल्बु शेर्पाको सयोजकत्वमा आयोजित प्रदर्शनको कार्यक्रममा सोमना थारू, राम गुरुङ, श्रीप्रशाद गुरुङ, मुना राईले आदिबासी जनजातिहरूको हक अधिकारको बारेमा सम्बोधन गरेका थिए भने कार्यक्रम महासंघका महासचिब कुल मगरले संचालन गरेका थिए ।
युरोपको राजधानीमा पहिलो पटक आयोजना गरिएको यस्ता कार्यक्रम बढी प्रभाबकारी हुने बताउदै नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष पीजी शेर्पाले आफ्ना जायज मागहरू सम्बोधन नभए आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने बताउदै ज्ञापनपत्र नेपाली दुताबास बेल्जियम मार्फत बोधार्थ नेपाल सरकारका प्रधानमन्त्री समेतलाई पठाईने जानकारी गराउदै सो प्रदर्शनको अन्त्य भएको घोषणा गरेका थिए ।

गोली हानी एक दम्पतीको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रौतहट, श्रावण ३० - अपराधी समूहले रौतहटको एक गाउँमा सोमबार राति एक दाम्पतिको गोली हानि हत्या गरेको छ । घट्नामा गोली लागी दुई घाइते भएका छन । घाइते मध्ये एकको आबस्था गम्भीर छ । जिल्लाको अकलवा गाबिस-८ का ४० वर्षीय शेख गफार र उनको श्रीमती ३५ वर्षीया सहनाज बेगमको गोली हानि हत्या भएको रौतहटका एसपी ठुले राईले जानकारी दिए । राति पौने १२ बजे ६/७ जनाको समूहमा आएका हतियाधारीले पहिले सहनाजलाई झ्याल बाट गोली प्रहार गरेका थिए । त्यस पछि ढोकाको भ्य्ान्टिलेसनबाट भित्र छिरी खाट मुनि लुकेर बसेका गफारलाई बाहिर ल्याई छातिमा गोली प्रहार गरेका थिए । दुबै जनाको घट्नास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । घट्ना पछि राती नै एसपी राईको टोली अकलवा गाउँमा पुगेको थियो ।
घट्नापछि भाग्दै गरेका उक्त समूहले बाहिर बाटोमा निस्केका स्थानियबासी शेख सोयब र शेख अन्सारीको श्रीमती सहना खातुनलाई समेत गोली प्रहार गरेको थियो । पेट र छातिमा गोली लागेका दुबैलाई उपचारको लागि राती नै गौर अस्पताल ल्याइएको छ । तर खातुनको अबस्था गम्भिर रहेकाले थप उपचारको लागी नारायणीय उप क्षेत्रीय अस्पताल बिरगंज पठाईएको एसपी राईले बताए । हत्याको कारण भने खुलेको छैन ।
डकैती शैलीमा आएका उक्त समुहले मृतकको घरबाट कुनै समान नलुटेकोले रिसईविका कारण हत्या गरेको हुन सक्ने प्रहरीले बताएको छ । धनमानल लृटेको छैन एसपी राईले भने घट्नाको प्रकृति हेर्दा रिसईबिका कारण हत्या गरेको देखिन्छ । घट्नामा सलग्न रहेको आशंकामा प्रहरीले राति नै एकजनालाई पक्राउ गरेको छ । घट्नाम संलग्नहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

बनेपामा प्रधानमन्त्रीलाई कालो झण्डा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काभ्रे, श्रावण ३० - प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई काँग्रेस एमालेका भातृ संगठनकका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । मंगलवार बिहान काठमाडौं विश्वविद्यालयको बैठकमा भाग लिन राजधानीबाट आउँदै गर्दा भट्टराईलाई बनेपाको दुई स्थानमा कालो झण्डा देखाइएको छ । बनेपाको तीनदेबाटोमा एमालेको भातृ संस्था युवा संघ नेपाल र अनेरास्ववियूका कार्यकर्ताले तथा चारदोबाटोमा काँग्रेसको भातृ संस्था दरुण दल र नेविसंधले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका थिए । प्रधानमन्त्री भट्टराईले तत्काल सरकार छोड्नुपर्ने माग राख्दै एक महिनादेखि काँग्रेस, एमालेका भातृ संस्था आन्दोलित छन ।कालो झन्डा देखाउने क्रममा प्रहरीसंग भएको झडमा अनेरास्ववीयूका जिल्ला अध्यक्ष जेनिश लामा र युवा संघका विकास दाहाल घाइते भएका छन् ।

माग फिर्ता नलिए ग्यास उद्योगीलाई कारबाही गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण ३० - सरकारले ग्यास व्यवसायीले अघि सारेका ग्यासमा सिन्डिकेट र कार्टेलिङको माग फिर्ता नलिए सर्वोच्च अदालतको आदेश र विद्यमान कानुनअनुसार अत्यावश्यकीय वस्तुको वितरणमा प्रभाव पारेको कसुरमा कडा कारबाही गर्ने तयारी गरेको छ । वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद विडारीले ग्यास उद्योग व्यवसायी सङ्घबाट अगाडि सारिएका सिन्डिकेट र कार्टेलिङसम्बन्धी माग कुनै पनि हालतमा पूरा गर्न नसकिने भएकाले पटकपटकका वार्तामा सहमति हुन नसकेको स्पष्ट पारे । उपभोक्ताको हितलाई बेवास्ता गर्दै अत्यावश्यकीय सेवामा हड्ताल गर्ने अधिकार कसैलाई पनि छैन भन्दै उहाँले हिजो राति अबेरसम्म चलेको वार्तामा पनि व्यवसायी माग पूरा हुनुपर्छ भन्नेमा अडिक रहेकाले सहमति हुन नसकेको बताए । ‘हामीहरु आजसम्म ग्यास उद्योगी व्यवसायीहरुलाई सिन्डिकेट र कार्टेलिङको माग फिर्ता लिई सहमतिमा आउनका लागि समय दिएका छौँ, यदि उहाँहरुले यसलाई अटेर गरेर सहमतिमा आउनुभएन भने प्रहरीमार्फत कडा कारबाही अगाडि बढाउने छौँ,’– महानिर्देशक विडारीले भने । उद्योगी व्यवसायी सिन्डिकेट र कार्टेलिङ तथा घरायसी एवम् व्यावसायिक प्रयोजनका लागि अलगअलग हुने गरी दुई रङको सिलिन्डर बनाउन तयार नभएको भन्दै उपभोक्ता हित र प्रतिस्पर्धात्मक बजारलाई कमजोर बनाउने गरी आन्दोलन थालेका छन् ।
ग्यास उद्योगीहरूले नयाँ उद्योग खोल्न सङ्घको सिफारिस अनिवार्य हुनुपर्ने, ग्यासमा पिडिओका लागि सिफारिस अनिवार्य हुनुपर्ने, ग्यासको कोटा सङ्घको सिफारिसमा निर्धारण गर्नुपर्ने, प्रत्येक सिलिन्डरमा २१३ ग्रामसम्म ग्यास कम भए त्यसलाई स्वीकार्नु पर्ने र मुनाफामा पाँच प्रतिशत वृद्धि गर्नुपर्नेजस्ता १६ बुँदे माग राखेर उत्पादन ठप्प पारिरहेका छन् । ग्यास उद्योग सङ्घका अध्यक्ष शिव घिमिरेले प्रतिस्पर्धी बजार र चर्को मूल्य भएकाले व्यवसाय सञ्चालन गर्नसक्ने अवस्था नभएको भन्दै आफूहरुले उठाएका सबै माग जायज र सान्दर्भिक रहेकाले कुनै पनि हालतमा ती माग फिर्ता नलिने बताए ।

दमास्कसमा दुई जना पत्रकार मारिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिरिया - सिरिया हिंसाका क्रममा राजधानी दमास्कसमा दुई जना पत्रकार मारिएको सरकारी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । सिरियाको सरकारी समाचार एजेन्सी साना तथा अरब स्याटलाइट टेलिभिजनले आतंकवादीको आक्रमणमा परी दुईजना पत्रकार मारिएको सार्वजनिक गरेका हुन् । सिरियाको समाचार एजेन्सी सानाले आफ्ना संवाददाता अलि अब्बास उनकै निवासस्थानमा हतियारधारी आतंकवादी समूहको आक्रमणबाट मारिएको जनाएको छ । अल अरेबिया टेलिभिजनले आफ्नो वेबसाइटमा जनाएअनुसार दमास्कस नजिकैको अल तेल सहरमा समाचार संकलन गर्ने क्रममा बारा युसुफ अल बुसीको बम आक्रमणमा मारिएको बताएको छ । ती दुवै पत्रकार शनिबार मारिएका हुन् । यसैबीच सरकारी सेनाले विपक्षीलाई लक्षित गरी देशैभरि आक्रमण जारी राखेका छन् । राष्ट्रपति बसर अल असदको राजीनामा माग गर्दै १८ महिनाअघिदेखि सुरु भएको हिंसात्मक प्रदर्शनमा करिब २० हजारको ज्यान गएको छ ।

भविष्य अन्यौल बने पछि माओवादी लडाकुले शिविर छोडे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी लडाकुको भविष्य अन्यौल बने पछि माओवादी लडाकुहरुले शिविर छोड्ने क्रम शुरु भएको छ। संविधानसभाको म्याद समाप्तीसँगै अन्योल बनेको शान्तिप्रक्रियाको सेना समायोजन प्रक्रिया पनि अन्यौल बने पछि शिविरबाट लडाकुहरु बाहिरिन थालेका हुन्। समायोजन रोजेका सातौ डिभिजन अन्तर्गतका सबै माओवादी लडाकुहरुले शिविर छाडेका छन् । साउन महिनाको तलब, रासन भत्ता नपाएको र आफुहरुलाई राज्यले वेवास्था गरेको भन्दै माओवादीले शिविर छाडेको बताइएको छ । सातौ डिभिजन अन्तर्गत कैलालीको चिसापानी स्थित गोरंगे शिविरबाट केहि दिन अघि र मसुरियाको बढैपुरमा रहेको सहायक शिविरका सबै लडाकुहरु आईतबार साँझ आफ्ना सरसमान बोकेर शिविर बाहिर निस्किए। यसैगरी माओवादीको तालबन्दमा रहेको मुख्य शिविरमा भने ४-५ जना मात्र लडाकु रहेका छन् । राज्यले आफुहरुलाई बोलाए मात्रै अब तालबन्द आउने भन्दै माओवादीले शिविर छोडेका हुन्। शिविर सेनाको मातहतमा आएपछि ५-७ जना गर्दै बाहिरिएका माओवादी लडाकु आईतबार रासन पानी नदिएको भन्दै २०-२२ जना एकै पटक शिविर बाहिर निस्किएपछि शिविर माओवादी विहिन भएको छ।

खुम बहादुर खड्का पनि भ्रष्टचारी ठहर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन ३० – अर्का पूर्वमन्त्री तथा कांग्रेसी नेता खुम बहादुर खड्कालाई पनि सर्वोच्चले भ्रष्टचारी ठहर गरेको छ ।
केही समयअघि मात्रै सर्वोच्चले अर्का पूर्वमन्त्री कांग्रेसी नेता तथा पूर्वमन्त्री चिरञ्जिवि वाग्लेलाई पनि भ्रष्टचारी ठहर गरेको थियो । सर्वोच्चले आज खड्काको मुद्धामा फैसला गर्दै खड्कालाई भ्रष्टाचारी करार दिंदै डेढ वर्ष कैद, ९४ लाख ७५ हजार रुपैयाँ जरिवाना, त्यही बराबरको विगो र त्यसले बढेबढाएको सम्पति जफत गर्ने फैसला सुनाएको छ । खड्को भ्रष्टचारको मुद्धाको फैसला न्यायाधिसहरु कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासले गरेको थियो । २०४८ सालपछि पटकपटक मन्त्री बनेका खड्काले पदको दुरुपयोग गरी दुई करोड ३६ लाख सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विशेष अदालतका तत्कालीन न्यायाधीश भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जवराको इजलासले खड्काको १२ लाख रुपैंयाको मात्र स्रोत नखुलेको भन्दै २०६३ साल कात्तिक २९ मा सफाई दिएको थियो । तर विशेषको फैसला नियोजित भन्दै अख्तियारले २०६३ चैतमा सर्वोच्चमा पुनरावेदन दियो । त्यसको पाँच वर्षदेखि सर्वोच्चमा विचाराधीन खड्काको मुद्दामा लामो बहसपछि आज टुंगो लागेको हो ।

Aug 11, 2012

नेकपा-माओवादीले आज गोलमेच सभा गर्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा-माओवादीले आज गोलमेच सभा गर्दै छ । वर्तमान राजनीतिक तथा संवैधानिक सङ्कट समाधानका लागि निकास दिने उद्देश्यले सभाको आयोजना गरिएको प्रवक्ता पम्फा भूषालले जानकारी दिईन् । सभामा एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्र्रेस, नेकपा एमाले, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित विघटित संविधानसभामा रहेका सबै दलका प्रतिनिधिहरूको सहभागिता रहने भूषालले बताईन । यसैगरी संविधानसभामा रहेका आदिवासी जनजाति, मधेसी, महिला, दलित सभास्दहरूको सन्जाल, नागरिक समाजका अगुवाहरूलाई सहभागिताका लागि आमन्त्रण गरिएको उनले जानकारी दिईन् । गोलमेच सभा आज विहानदेखी साझ सम्म ललितपुरको सानेपाको अन्तराष्ट्रिय क्लवमा हुदैछ । संविधानसभा पुनःस्थापना र नयाँ संविधानसभाको चुनाव हुने अवस्था नरहेकोले गोलमेचसभाबाटै राजनीतिक निकासको खोजी गरिनुपर्ने नेकपा–माओवादीले बताउँदै आएको छ । नेकपा माओवादीले सत्तारूढ गठबन्धन र प्रतिपक्षी दलहरू काङ्ग्रेस एमालेको मोर्चाले राजनीतिक सङ्कटको निकास दिन असफल भइसकेको निष्कर्ष निकाल्दै गोलमेचसभा आयोजना गरेको हो । नेकपा–माओवादीले आफ्नै नेतृत्वमा हिजो मात्रै राजनीतिक गतिरोध अन्त्यका लागि भन्दै विभिन्न दल र सङ्गठनहरू सम्मिलित नेपाल सङ्घीय जनगणतान्त्रिक मोर्चा गठन गरेको थियो ।

सार्वजनिक यातायातका साधन दोश्रो दिन पनि ठप्प

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आन्दोलनरत यातायात व्यवसायी र सरकारबीच भएको वार्तामा सहमति नबनेपछि आजपनि सार्वजनिक यातायातका साधन चलेका छैनन् । सरकारी प्रतिनिधि र ब्यवसायीबीच हिजो सिंहदरवारमा भएको वार्तामा सहमति नभएपछि सर्वसाधारणले आजपनि सास्ती ब्यहोर्दैछन् । दुबै पक्षले आ-आफ्नो अडान राखेपछि सरकारी पक्षले गृहकार्य गरेपछि मात्र फेरि वार्तामा बस्ने भनेको छ । आफ्ना माग पूरा गर्न सरकार गम्भीर नभएको भन्दै हिजोदेखि मुलुकभर सार्वजनिक यातायातका साधन बन्द गरेर ब्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । सार्वजनिक यातायातका साधन संचालन नभएपछि देशभरको जनजीवन प्रभावित बनेको छ ।
राजधानी लगायत देशका मूख्य शहरहरुमा उल्लेख्य रुपमा निजी सवारी साधन चले पनि सार्वजनिक यातायातका साधनमा यात्रा गर्नेहरु हिडेरै काममा जान बाध्य भए । विगतमा अरुले बन्द गर्दा विरोध गर्ने यातायात ब्यवसायीहरु आफै बन्दमा उत्रिएपछि जनताले सास्ती ब्यहोर्नु परेको हो । ट्राफिक प्रहरीलाई प्रत्यायोजन गरेका थप अधिकार तथा ट्राफिक जरिवानामा सरकारबाट दिएको कमिसन रकमसम्बन्धी निर्णय खारेज गर्नुपर्ने लगायतका माग राखेर यातायात ब्यवसायी आन्दोलनमा उत्रिएका हुन् । ब्यवसायीहरुले सामाजिक सुरक्षा ब्यवस्था र बिमा नीति लागु तथा यातायात मन्त्रालय गठन गनुपर्ने लगायतका माग पनि राखेका छन् ।

चौबीस दिनमा २४ दुर्घटना, ३०को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गजुरी, साउन २७-चालकको लापरबाही र लामो दूरीमा एकमात्र सवारी चालकको व्यवस्था गर्ने गर्दा राजमार्गमा दिनानुदिन दुर्घटना बढ्दै गएको छ। पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको धादिङखण्डमा साउन २५गतेसम्म मात्र १४ वटा सानाठूला दुर्घटना भएका छन्। दुर्घटना परी ३० जनाले ज्यान गुमाइसकेको र ५० भन्दा बढी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ। राजमार्गमा अत्यधिक सवारीको चाप, तीव्र गति, भत्केको सडक दुर्घटनाको मुख्य कारण बन्न पुगेको छ। साँघुरो सडक, घुमाउरा मोड त्यसमा पनि उत्तेजित प्रकारका होर्डिङबोर्ड राखिनु पनि दुर्घटनाको अर्को कारण हो। सडकको बिग्रँदो अवस्था, सवारी साधन पुरानो हुनु, रात्रिकालीन र लामो दूरीमा गुड्ने सवारीमा एकजना मात्र चालक हुनुजस्ता कारणले पनि सवारी दुर्घटना बढेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक विनोद घिमिरेको भनाइ छ।
चालकको लापरबाहीका कारण पनि दैनिकजसो दुर्घटना हुने गरेको छ। चालकलाई उचित मात्रामा तालिम नदिनु र सडकको बिग्रँदो अवस्थालाई बेलैमा मर्मत नगरिनु सवारी दुर्घटनाको अर्को कारण रहेको जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रमुख एवम् प्रहरी निरीक्षक हेमन्त थापा बताउँछन्। नदीका किनारबाट सडक निर्माण भएको र सडकका छेउमा प्याराफिट र ग्याबिन नराखिनाले दुर्घटना बढी भएको उनको भनाइ छ। राजमार्गको छेउबाट कच्ची सडक निर्माण तथा ठूला मोड र तीव्र गतिले गर्दा वर्षायाममा बढी दुर्घटना हुने गरेको स्थानीयवासी बताउँछन्। त्रिभुवन राजपथको पिपलमोडदेखि नौबिसे र पृथ्वी राजमार्गको नौबिसेदेखि मौवाखोलासम्मको ८४ किलोमिटरभित्र गत आवमा ६३ वटा सवारी दुर्घटना भएको थियो। दुर्घटनामा चार बालक, चार बालिका, आठ महिला र ३६ पुरुष गरी ५२ जनाले ज्यान गुमाएका थिए। सानाठूला गरी भएका यस्ता दुर्घटनामा ९५ जना गम्भीर घाइते र ७९ जना सामान्य घाइते भएका थिए।
सवारी दुर्घटना बढ्दै गर्दा कोसोक नेपालले राजमार्ग क्षेत्रमा राजमार्ग स्वयम्सेवकको परिचालन गर्दै आकस्मिक उद्धारका लागि सहयोग पुर्‍याउँदै आएको र दुर्घटनापछि प्राथमिक उपचार र उद्धारमा सहयोग गरेको कोसोक नेपालका प्रताप खरेलले बताए। जिल्ला ट्राफिक प्रहरी कार्यालय पनि विशेष अभियान सञ्चालन गर्ने बताए पनि कार्यक्रम गर्नका लागि केही समय लाग्ने कार्यालयका प्रहरी निरीक्षक थापाको भनाइ छ।

लिविया-सेनाका जर्नेलको गोली हानी हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लिवियाको पूर्वी शहर बेनघाजीमा सेनाका जर्नेल मोहम्मद हादिया अल फेइटुरीको गोली हानी हत्या गरिएको छ । जर्नेल हादियाले वरिष्ठ रक्षा मन्त्रीको जिम्मेवारी समेत सम्हालिरहेका थिए । शुक्रवारे प्रार्थना सभाबाट फर्कदै गर्दा बन्दुकधारीको एक समुहले हादियालाई कारबाट बाहिर निकाली अन्धाधुन्ध गोली हानेको उनका छोराले बताएका छन् । आक्रमणकको उद्धेश्य र आक्रमणकारीको पहिचान भइनसकेको अधिकारीहरुले जनाएका छन् । कर्णेल गद्धाफीको सत्ताविरुद्ध विद्रोह गर्ने जर्नेल हादिया पहिलो सैन्य अधिकारी थिए । लिवियामा गद्धाफीको पतन भएको एक वर्ष पछि नयां संसदमा सत्ता हस्तान्तरण भएको दोस्रो दिन यो घटना भएको हो । पछिल्लो समयमा बेनघाजीमा उच्च सैन्य अधिकारीहरु आक्रमणकारीको निशानामा पर्दै आएका छन् ।

व्यवसायीको बन्दको बिरोधमा सर्लाहीको सडकमा तरकारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
यातायात व्यवसायीले गरेको नेपाल बन्दका विरोध गर्दै सर्लाहीका तरकारी व्यपारीले सडकमा तरकारी छरेर विरोध जनाएका छन् । सर्लाहीबाट देशका विभिन्न सहरमा पठाइने तरकारी सडकमापोखेर विरोध जनाएका हुन । तरकारी व्यपारीले पूर्व पश्चिम राजमार्गमा तरकारी फालेर यातायात व्यवासयीले गरेको यातायात बन्दको विरोध गरेका हुन । किसानले उत्पादनमा जति पसिना चुहाएको भए पनि बजार पठाउँन नपाएको आक्रोश पोख्दै मध्य सडकमा तरकारी पोखेका हुन । सर्लाहीका किसानले उत्पादन गरेको करिब ३५ टन तरकारी विभिन्न प्रमुख बजार सँगै विदेशी बजारमा समेत खपत हुने गरेको छ । व्यापारीले २०/२५ किलोमा बिक्ने तरकारी पाँच रुपयाँमा समेत विक्री हुन नसकेको प्रति गुनासो गरेका छन् । व्यापारीले व्यवसायीको आन्दोलनले आफूहरुलाई मार्का परेको भन्दै विरोध जनाउँन तरकारी सडकमा छरेका हुन । सर्लाहीको लालबन्दीका किसानले सडकमा तरकारी छरेका हुन । सर्लाहीमा तरकारी सडकमा छरिएपछि सर्लाहीबाट काठमाडौँ, पोखरा, वीरगंज तरकारी नजाने भएको हो ।

Aug 9, 2012

प्रधान सेनापति गुरुङद्वारा जिम्मेवारी हस्तान्तरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २५ प्रधान सेनापति छत्रमान सिंह गुरुङले आफ्नो कार्यभार हस्तान्तरण गरेका छन्। जंगी अड्डामा बिहीबार आयोजित कार्यक्रममा उनले कामु प्रधानसेनापति गौरव शम्शेर जबरालाई जिम्मेवारी हस्तान्तरण गरेका हुन्। प्रधान सेनापति नियमित अवकास प्राप्त गर्नु एक महिना अगावै विदा बस्ने नेपाली सेनाको प्रचलित परम्परा बमोजिम गुरुङले जबरालाई जिम्मेवारी सुम्पेको सैनिक जनसम्पर्क निर्देनालयले जनाएको छ। कार्यक्रममा नेपाली सेनाका पिएसओज रथीवृन्द र अधिकृतहरुको उपस्थिति थियो। प्रधान सेनापति गुरुङ भोलिदेखि बिदामा बस्नेछन्। उनले कार्यभार बुझाउनुअघि जबरालाई पदोन्नति तथा नियुक्तिको लागि सिफारिससहित आजै रक्षा मन्त्रालयमा पत्र पठाएका छन्।

एमाओवादी नेतृत्वमा संघीय पक्षधरको मोर्चा तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण २५ - कांग्रेस-एमालेसहितको लोकतान्त्रिक गठबन्धनलाई चुनौति दिन एकीकृत माओवादी नेतृत्वमा संघीयता पक्षधरको अलग्गै मोर्चा बन्ने भएको छ । प्रधानमन्त्री कार्यलय वालुवाटारमा सत्ता गठबन्धनभित्र र बाहिर रहेका साना दलको बैठकले संघीयता पक्षधरहरुको बृहत मोर्चा निर्माण गर्ने निर्णय गरेको हो । बैठकमा ए माओवादी , संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दल, मोर्चा बाहिरका मधेसी तथा साना दल तथा जातीय राज्य माग गर्ने साना दल गरी २१ पार्टी सहभागी थिए । कांग्रेस-एमालेसहितका दुई दर्जन दलले सरकार विस्थापन गर्न लोकतन्त्र पक्षधरको अलग्गै मोर्चाबन्दी गरेपछि सत्तारुढ दल पनि मोर्चा निर्माणमा लागेका हुन् । 'जनयुद्ध, ०६२/६३ को संयुक्त जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाति, दलित, महिला तथा मुस्लिम आन्दोलनको भावना र माग अनुरुप गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयतासहितको राज्यको पुनःसंरचनालाई संस्थागत गर्नु भएकोले देशलाई निकास दिनको लागि संघीयतावादीहरु एक ढिक्का भएर अगाडि जानुपर्ने वैठकले निष्कर्ष निकालेको छ,' प्रधानमन्त्री कार्यालयको प्रेस नोटमा उल्लेख छ । बैठकमा संघीय लोकतान्त्रीक गठवन्धनको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । प्रस्तावित नीति तथा कार्यक्रममाथि आफ्नो दलमा छलफल गरि पुनः साउन २८ गते दलहरुको बैठक बस्ने प्रेस नोटमा उल्लेख छ ।
बैठकमा राजनीतिक संकट समाधानका लागि पहिलो विकल्प संविधानसभा (व्यवस्थापिका-संसद्) को निर्वाचन र दोस्रो विधानसभा पुनःस्थापना मार्फत संविधान जारी र व्यवस्थापिका­संसदको निर्वाचन भएकोबारे छलफल भएको छ । बैठकले संविधानसभाविरोधीको भण्डाफोर गर्नेसमेत रणनीति लिएको छ ।

२२ लाख तिरेर अमेरिका हिँडेका हजार नेपाली अलपत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २५- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव तस्करहरूको प्रलोभनमा परी अमेरिका जान भनी हिँडेका हजारभन्दा बढी नेपाली ल्याटिन अमेरिकाका विभिन्न देशमा अलपत्र परेका छन्। तस्करहरूले मोटो रकम लिई अमेरिका छिराइदिने भन्दै ल्याटिन अमेरिकी देश ब्राजिल, चिली, बोलिभिया, इक्वेडरलगायत देशमामा पुर्‍याएर छाडिदिएको अलपत्र परेकाहरूले बताएका छन्। तस्करहरूले मेक्सिकोबाट अमेरिका प्रवेश गराउने भनी प्रतिव्यक्ति १५ देखि २२ लाख रुपैयाँ लिई ल्याटिन अमेरिकी राष्ट्र पुर्‍याई अलपत्र पारेको उनीहरूले टेलिफोनमा बताए। अमेरिका प्रवेश गराइदिन्छु भन्ने तस्करहरूले छाडी फरार भएपछि आफूहरूको विचल्ली भएको उनीहरूले बताए।
'हामी ९० जना अहिले ब्राजिलको साओ पाओलोमा अलपत्र परेका छौं, खान र बस्ने कुनै ठेगान छैन,' तस्करहरूको फन्दामा परी ब्राजिलमा अलपत्र परेका पोखराका २२ वर्षीय रविन गुरुङले टेलिफोनमा नागरिकसँग भने, 'कोही पुलमुनि सुतेका छौं, कोही टेन्टमा।'दुई महिनाअघि गुरुङसहित ८ जना काठमाडौंबाट कतारको दोहा हुँदै ब्राजिलको सम्पाल पुगेका थिए। त्यसपछि उनीहरूलाई अमेरिका जाने सपनामा त्यहाँ पुगेका अन्य नेपालीसँग भेट गराइएको थियो। अमेरिकातर्फ लैजाने क्रममा बोलिभियामा अप्ठ्यारो परेपछि तस्करहरूले उनीहरूलाई पुनः ब्राजिल फर्काई साओ पाओलोमा छाडेका थिए।

स-सानो समूह बनाई तस्करहरूले ब्राजिलबाट बोलिभिया प्रवेश गराउने गरेको उनले जानकारी दिए। गुरुङका अनुसार बोलिभियाबाट ९० जना फर्केर साओ पाओलो आए पनि ठूलो संख्यामा नेपाली बोलिभियामै अलपत्र परेका छन्। ब्राजिल फर्की अलपत्र परेकामा ७ जना महिला रहेको गुरुङले जानकारी दिए। ती महिलामध्ये चार जना पोखराकी शर्मिला गुरुङ, पार्वती गुरुङ, सरिता गुरुङ र संगिता छन्त्याल छन्।तस्करहरूले अमेरिका प्रवेश गराइदिएवापत २० लाख रुपैयाँ लिने डिल गुरुङसँग गरेका थिए। आरके दाइ र विपीन भन्ने व्यक्तिले नेपालबाट आफूहरूलाई पठाएको उनले बताए। 'नेपाल फर्कनसक्ने स्थिति छैन, यहाँ चिनेको कोही छैनन्, साथमा ल्याएको पैसा पनि सकियो,' गुरुङले भने।
ब्राजिलको साओ पाओलोमा मात्र ९० नेपाली भए पनि अलपत्र पर्नेको सबैभन्दा ठूलो संख्या बोलिभियामा रहेको चार वर्षदेखि ब्राजिलमा व्यापार-व्यवसाय गर्दै आएका पर्वतका केशवप्रसाद बास्तोलाले टेलिफोनबाट जानकारी दिए। उनी अहिले ल्याटिन अमेरिकी राष्ट्रमा अलपत्र परेका नेपालीको उद्धारमा लागेका छन्। बास्तोलाका अनुसार तस्करहरूले अमेरिका लैजाने भन्दै ल्याटिन अमेरिकी देश चिलीमा ५०, इक्वेडरमा १५ र बोलिभियामा झन्डै ९ सय हाराहारीमा नेपाली अलपत्र पारेका छन्। ब्राजिलसहित चारै देशमा अलपत्र परेकासँग आफ्नो सम्पर्क भएको उनले बताए। 'ब्राजिलबाट नेपाल फर्कन एक जनाको जहाज टिकट झन्डै २ लाख रुपैयाँ लाग्छ, उनीहरूसँग केही छैन,' बास्तोलाले भने, 'कहाँ राख्ने, के खुवाउने, कसरी नेपाल पठाउने, केही सोच्न सकिएको छैन।'
अलपत्र परेका नेपालीलाई स्थानीय प्रहरीले पक्राउ गरेपछि उनीहरूसँग कुराकानी गर्न दोभाषे खोज्ने क्रममा आफ्नो भेट अलपत्र परेकासँग भएको अंग्रेजी, स्पेनिस र पोर्चुगिस भाषा जानेका बास्तोलाले बताए। ब्राजिललगायत ल्याटिन अमेरिकी राष्ट्रमा स्पेनिस र पोर्चुगिस भाषा बोलिने भएकाले त्यहाँको प्रहरीले उनको सहयोग लिँदै आएको छ। अलपत्र परेका तनहुँका ४५ वर्षे एक जनालाई पाँच दिनपछि मंगलबार खाना खुवाएको उनले बताए। अलपत्र परेकामध्ये केहीको स्वास्थ्य स्थिति अत्यन्त गम्भीर रहेको जानकारी पनि उनले दिए। दिलीप गुरुङ नाम गरेका नेपाली दलाल सुरुका केही दिन अलपत्र परेकासँग रहे पनि अहिले उनी पनि फरार रहेको बास्तोलाले बताए।
प्रहरीको अनुरोधमा उनी बोलिभिया गई त्यहाँ अलपत्र परेका नेपालीलाई समेत भेटेर गत साता ब्राजिल फर्केका हुन्। अलपत्र परेकालाई स्थानीय प्रहरीले 'सोसियल वर्कस्' को जिम्मा लगाएको उनले बताए। उनीहरूलाई बिहान ८ बजे चिया दिएर घरबाट बाहिर निकालेपछि दिउँसो चार बजेपछि मात्र प्रवेश गर्न दिने गरिएको छ।
'घामपानी केही भन्न पाएका छैनन्, बिहान चिया, बेलुकी एक छाक खाना र सुत्न दिइएको छ,' बास्तोलाले अलपत्र परेकाको अवस्था बताए, 'यहाँको नियमअनुसार उनीहरूलाई बिहान ८ बजे घरबाट बाहिर पठाउने र दिउँसो चार बजेपछि मात्र प्रवेश दिने गरिन्छ। उनीहरू दिनभर सडकमा बस्न बाध्य छन्। तीन महिनादेखि उनीहरू प्रहरी निगरानीमा छन्,' उनले बताए। तस्करहरूले अमेरिका छिराउन नेपालीलाई काठमाडांैबाट कतारको दोहा, दोहाबाट ब्राजिल, ब्राजिलबाट बोलिभिया, बोलिभियाबाट पेरु, पेरुबाट इक्वेडर, इक्वेडरबाट कोलम्बिया, कोलम्बियाबाट पानामा, पानामाबाट कोस्टारिका, कोस्टारिकाबाट निकारागुवा, निकारागुवाबाट होन्डुरस, होन्डुरसबाट ग्वाटेमाला, ग्वाटेमालाबाट मेक्सिको हुँदै चोरबाटो अमेरिका छिराउने गरेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बास्तोलाले बताए।
उनका अनुसार तस्करहरूले नेपालीलाई काठमाडौंबाट दोहा, दोहाबाट ब्राजिल र ब्राजिलबाट बोलिभिया हवाईजहाजबाट लग्ने गरेको र बोलिभियाबाट मेक्सिकोसम्म सडक मार्ग प्रयोग गरी लैजाने गरेका छन्। मेक्सिकोबाट चोरबाटो प्रयोग गरी जल तथा स्थल मार्गबाट अमेरिका छिराउने गरेका छन्। यसरी काठमाडौंबाट अमेरिका छिराउँदा तीन महिनासम्म लाग्छ। 'अलपत्र परेकाको राहदानी खाली (बिनाभिसा) छ, कसरी यहाँसम्म आइपुगे, आश्चर्यलाग्दो छ,' बास्तोलाले भने, 'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै सेटिङ मिलाई तस्करहरूले ल्याएको देखिन्छ।' अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकअनुसार तस्करहरूले लामो समयदेखि नेपालीलाई अवैधानिक बाटो प्रयोग गरी गैरकानुनी रूपमा मेक्सिकोबाट अमेरिका छिराउने गरेका छन्। यसरी तस्करहरूलाई मोटो रकम बुझाई गैरकानुनी मार्ग प्रयोग गरी मेक्सिकोबाट प्रवेश गर्न खोज्ने ६५ जना नेपालीलाई अमेरिकी प्रहरीले सन् २००७ मा पक्राउ गरेको थियो। सन् २०११ मा आइपुग्दा यो संख्या बढेर १ सय ४ पुगेको छ। मेक्सिकोको नेसनल इमिग्रेसन् इन्स्टिच्यूटको अध्ययनले प्रत्येक वर्ष कम्तीमा १ लाख ५० हजार विदेशी नागरिक अवैधानिक रूपमा मेक्सिकोको सीमा पार गरी अमेरिका प्रवेश गर्ने देखाएको छ।
बास्तोला आफैं चार वर्षअघि यसरी नै अमेरिका जाने क्रममा ब्राजिल पुगेका थिए। ब्राजिल पुगेपछि मेक्सिकोबाट अमेरिका छिर्दा मर्ने/बाँच्ने ठेगान नहुने थाहा पाएपछि त्यहीं व्यापार व्यवसाय थालेका थिए।

सिरियामा सरकारी सेना र विद्राही पक्षविच भिषण संघर्ष जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिरियाको सबैभन्दा ठूलो शहर एलोप्पोमाथि नियन्त्रण जमाउन सरकारी सेना र विद्राही पक्षविच भिषण संघर्ष जारी छ । रणनीतिक दृष्टीले निकै महत्वपुर्ण मानिएको एलोप्पो शहरको उत्तरी जिल्ला सलाह अल दिन आफ्नो नियन्त्रणमा आएको सरकारी सेनाले दाबी गरेको छ । सरकारी सेनाको दाबी लगत्तै विद्रोही फ्रि सिरीयन आर्मीले पनि आफुहरुले जवाफी कारवाही गरी उक्त जिल्लामाथि फेरी विजय हासील गरेको बताएका छन् । सिरीयाको ठूलो शहर एलोप्पो रणनीतिक दृष्टीले निकै महत्वपुर्ण मानिन्छ । जारी संघर्षमा आफ्नो जीत सुनिश्चित गर्न दुबै पक्षले एलोप्पोलाई मुख्य निशाना बनाईरहेका छन् । सरकारी सेनासँगको पछिल्लो संघर्षमा परी २० जना विद्रोहीहरुको मृत्यु भएको छ । यसैविच सिरीयाबाट भागेका प्रधानमन्त्री रियाद हिजाब हिजो मात्रै छिमेकी जोर्डन पुगेको जोर्डनका अधिकारीहरुले आधिकारीक जानकारी दिएका छन्

आदिवासी जनजातिद्वारा प्रस्तावित पार्टीको घोषणापत्र मात्र सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आदिवासी जनजातिका अगुवाहरुले आज छुट्टै पार्टी घोषणको तयारी गरेपनि प्रस्तावित पार्टीको घोषणापत्र मात्र सार्वजनिक गरिएको छ। राजधानीमा आज आयोजित एक कार्यक्रममा नयाँ राजनीतिक शक्ति निर्माण कार्यदलले 'सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी' को घोषणापत्र सार्वजनिक गरेको हो।घोषणापत्र सार्वजनिक समारोहमा कार्यदलका संयोजक डाक्टर चैतन्य सुब्बाले ठूला दलहरुले जनआकांक्षा पूरा गर्न नसकेकोले नयाँ शक्तिको रुपमा प्रस्तावित पार्टीको घोषणापत्र सार्वजनिक गरिएको बताउनुभयो। समारोहमा आदिवासी जनजाति नेताहरुले केहि महिनाभित्रै औपचारिक रुपमा पार्टी घोषणा गरिने जानकारी दिएका थिए।उनीहरुले नयाँ पार्टीलाई आदिवासी जनजातिहरुको मात्रै पार्टीका रुपमा नबुझ्न आग्रह गरेका थिए। नयाँ पार्टी तत्काल घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा आदिवासी जनजाति नेताहरुबीच विवाद देखिएको थियो। १८ औं विश्व आदिवासी जनजाति दिवसको अवसर पारेर आज उनीहरुले नयाँ राजनीतिक पार्टीको घोषणा गर्ने तयारी गरेका थिए ।

Aug 8, 2012

फिलिपिन्समा बाढीमा परी सोह्र जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फिलिपिन्समा गत चौबीस घन्टामा लगातार वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको संख्या सोह्र पुगेको छ। बाढीबाट राजधानी मनिला प्रभावित भएको छ। मनिलाका करिब असी हजार नागरिकलाई सुरक्षित स्थानमा राखिएको छ। राष्ट्रपति बेनिग्नो एकुनोले राजधानीमा उद्दार कार्य जारी रहेको बताउंदै नागरिकहरुलाई प्राकृतिक विपत्तिको समना गर्न आग्रह गरेका छन्। कतियय नागरिकहरु अझै पनि घरका छनामा फंसेको अवस्थामा रहेको बताइएको छ। गत साता आएको हावाहुरी र बाढीमा परी एकाउन्नजनाको मृत्यु भएको थियो। बाढीका कारण राजधानी मनिला पूरै अस्तव्यस्त भएको छ। सम्पूर्ण विद्यालय, कलकारखाना, सरकारी तथा निजी कार्यालय बाढीका कारण बन्द भएका छन्।

सर्वोच्चले अर्को पाकिस्तानी प्रमलाई पनि बर्खास्त गर्ने संकेत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इस्लामावाद, साउन २४ (एजेन्सी)- पाकिस्तानको सर्वोच्च अदालतले नयाँ प्रधानमन्त्री राजा परवेज असरफलाई यही महिना बयान दिन आउन आदेश दिएको छ। राष्ट्रपतिविरुद्धको भ्रष्टाचारको मुद्दामा कुनै कारबाही नगरेको भन्दै यसअघिका प्रधानमन्त्री युसुफ रजा गिलानीलाई सर्वोच्चले अदालतको मानहानी गरेको ठहर गर्दै सजाय गरिसकेको छ। सजायपछि उनी राजीनामा दिन बाध्य भएका थिए। त्यसपछि प्रधानमन्त्री बनेका असरफलाई अदालतले आजसम्ममा त्यो भ्रष्टाचारको मुद्दा पुनः खोल्न म्याद दिएको थियो। तर सरकारले त्यसो नगरेपछि नयाँ प्रधानमन्त्रीलाई पनि अदालतको मानहानी गरेको सूचना पठाउँदै किन निर्देशन पालना नभएको हो भन्ने बारे कारण प्रष्ट्याउन बयान दिन आउन भनेको छ। प्रधानमन्त्रीले आगामी सुनुवाईमा आफै उपस्थित हुनुपर्ने आदेश सर्वोच्चले दिएको छ।

जनजातिको नयाँ पार्टी भोलि घोषणा गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण २४ - आदिवासी जनजातिका अगुवाहरुले पार्टी घोषणा प्रक्रियालाई अन्तिम रुप दिएका छन् । आदिवासी, जनजाति दिवस पारेर भोलि(बिहीबार) पार्टीको नाम र अवधारणा सार्वजनिक गर्ने तयारी गरिएको छ । पार्टी निर्माण अभियानमा सक्रिय चैतन्य सुब्बाले पार्टीको नाम र अवधारणा तयार भइसहेको बताए । उनले पार्टीको नाम सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी प्रस्तावित गरिएको बताए । जातीय, वर्गीय, लिङ्गयि र क्षेत्रीय मुद्दालाई सम्बोधन गर्ने पार्टीका रुपमा अवधारणा समेत तयार गरिएको उनले जानकारी दिए । उनले भने 'नाम र अवधारणा तयार गरेका छौं भोलि सार्वजनिक गरिने छ ।' पार्टी गठनका लागि अभियान चलाइने र त्यसबाट नेता तथा कार्यकर्ताको छनौट गरिने उनले बताए । उनले अधिवेशनले प्रस्तावित नाम र अवधारणामा संशोधन गर्न सक्ने जनाए ।

मन्त्रालयहरुमा पदस्थापन गर्ने निर्णय कुन मन्त्रालयमा को सचिव?

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिंहदरबार, साउन २४- मन्त्रिपरिषद्को आजको बैठकले केही सचिवहरुको सरुवा र रिक्त रहेका केही मन्त्रालयहरुमा पदस्थापन गर्ने निर्णय गरेको छ। रिक्त रहेका चार मन्त्रालयमध्ये गृहमा नवीनकुमार घिमिरे, सञ्चारमा सूर्य सिलवाल, लोकसेवा आयोगमा नाथुराम चौधरी र निर्वाचन आयोगमा ज्ञानदर्शन उदासलाई ल्याइएको छ। मुख्य सचिवको नियुक्ति प्रक्रियासँग असन्तुष्टि जनाउँदै सचिवहरुले राजीनामा गरेपछि यी मन्त्रालयहरुमा सचिवको स्थान खाली थियो। गृह सचिव बनाइएका घिमिरेले यसअघि पनि गृहमा काम गरिसकेका थिए। हाल उनी वन मन्त्रालयमा थिए। निर्वाचन आयोगमा लगिएका उदास भर्खरै सचिवमा बढुवा भएर प्रधानमन्त्री कार्यालयमा रहेका थिए। त्यसैगरी प्रधानमन्त्री कार्यालयमा धरणीधर खतिवडा र माधव रेग्मी, रक्षामा तिलकराम पौडेल, वनमा कृष्णचन्द्र पौडेल, सामान्य प्रशासनमा दुर्गानिधि शर्मा, कृषिमा गणेशराज जोशी, पर्यटनमा यज्ञ गौतम, सार्वजनिक खरिद अनुगमनमा धनबहादुरलाई सरुवा र पदस्थापन गरिएको छ। त्यस्तै सुदूर पश्चिम क्षेत्रीय प्रशासनमा कामु सचिव हरि दाहाल, नारायणगोपाल मलेगु मध्यपश्चिम, रणबहादुर श्रेष्ठ पूर्वाञ्चल र फूलमान नियुक्त गरिएका छन्। यसैगरी बैठकले विदेश काम गर्न जाने महिलाको उमेर ३० वर्ष पूरा भएको हुनुपर्ने निर्णय गरेको छ। त्यस्तै सशस्त्र प्रहरी र नेपाल प्रहरीको रासनमा देखिएको विभेदलाई वैज्ञानिक ढ‌ंगले समायोजन गर्ने निर्णय पनि बैठकले गरेको छ।

Aug 7, 2012

दुर्घटनामा १२ को मृत्यु, चालक निदाएको हुन सक्ने अनुमान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
गोरखा, श्रावण २३ - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको भूमेस्थानमा मंगलबार बिहान भएको दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । दुर्घटनाको कारण चालक निदाएको वा मदिरा सेवन गरेको हुन सक्ने अनुमान गरिएको छ । बुटबलबाट काठमाडौंका लागि हिडेको यात्रुबाहक बस मंगलबार बिहान पृथ्वी राजमार्गको भूमेस्थान गाविस- ६ कमेरेडाँडामा दुर्घटना भएको हो । ईलाका प्रहरी कार्यालय गजुरीका अनुसार दश जनाको घटनास्थलमा र दुईको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु भएकाहरुमा नौ पुरुष र दुई महिला छन् । मृत्यु भएका मध्ये चालकसहित दुई जनाको सनाखत हुन बाँकी छ । दुर्घटनामा ३५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको चार वटा अस्पतालमा उपचार भइरहेको छ । लु १ ख ७०५१ नम्बरको यात्रुबाहक बस बिहान साढे चार बजे राजमार्गबाट खोलामा खसी दुर्घटना भएको हो । बस राजमार्गबाट दुई सय मिटर तल महेश खोलामा खसेको हो । 'दुर्घटनाको कारण चालकले मदिरा सेवन गरेको वा निदाएको हुनसक्छ,' प्रहरी नायव निरीक्षक पदम थापाले भने । मृत्यु भएका मध्ये ६ जनाको पोष्र्टमार्टम गरि शव आफन्तलाई बुझाइसकिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शव बुझन आफन्त आएपछि प्राथमिक स्वास्थ्य चौकी गजुरीमा मृतकको पोष्टमार्टम गरिएको हो । बुटबलबाट सोमबार राति सिटभरी यात्रु लिएर उक्त बस काठमाडौंका लागि छुटेको थियो । मृत्यु भएकाहरुः १ बलिराम चौधरी बर्ष २३- कोपुवा ४, कपिलबस्तु २ अबधकिशोर चौधरी बर्ष ३४- कोपुवा ८, कपिलबस्तु (उपचारका क्रममा मृत्यु) ३ मोहन नगरकोटी बर्ष २२- रुद्रपुर २, रुपेन्देही ४ राममिलन चौधरी बर्ष नखुलेको - कपुवा ६, रुपन्देही ५ फडिन्द्र सुवेदी बर्ष २९- मानपकडी ४, रुपन्देही ६ सुशीला घर्तीमगर बर्ष २४- मानपकडी ४, रुपन्देही ७ रञ्जन थापा बर्ष २०- कटवाल १, रुपन्देही ८ शेर बहादुर थापा बर्ष ३६- बुटवल १५, रुपन्देही ९ केशव शारु बर्ष १९- ढिकुर ६, अर्घाखाँची (उपचारका क्रममा मृत्यु) १० पार्वती घर्तीमगर बर्ष ६०- तम्घास ३, गुल्मी

युवा संघले मन्त्रीको गाडी गुड्न नदिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
साउन २३ एमालेको भ्रातृ संगठन युवा संघले मन्त्रीका गाडीलाई सडकमा गुड्न नदिनेसहितका दोस्रो चरणका सरकारविरोधी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ। नयाँ कार्यक्रममा एक दिने नेपाल बन्दसहित सिंहदरबार घेराउ र मन्त्री निवास घेराउका कार्यक्रम राखिएका छन्। त्यसैगरी देशव्यापी मतदान गराउने कार्यक्रम पनि उसले सार्वजनिक गरेको छ। रिपोर्टर्स क्लबमा भएको साक्षात्कार कार्यक्रममा संघका अध्यक्ष महेश बस्नेतले दिएको जानकारी अनुसार साउन २६ गते सिंहदरबार घेराउ, साउन २७ गते मुकुण्डो प्रदर्शन, २८ गते मन्त्री निवास घेराउ, २९ गते देशव्यापी मतदान, ३० गते मत सार्वजनिक र जुलुस प्रदर्शन, ३१ गते मसाल जुलुस प्रदर्शन गरिनेछ। बस्नेतले आन्दोलनभरी मन्त्रीका गाडीलाई सडकमा गुड्न नदिने भन्दै जबर्जस्ती गुडाएमा मन्त्रीको टाउको फुटाउन सक्ने चेतावनी पनि दिए। यसअघिको पहिलो चरणको आन्दोलनका क्रममा युवा संघले आइतबार र सोमबार दुई दिन चार घण्टा उपत्यका बन्द गरेका थिए। त्यसैगरी ‌मंगलबार उपत्यकासहित नेपाल भर चार घण्टे बन्द भएको छ। बिहान ६ बजेदेखि १० बजेसम्म गरिने चार घण्टे बन्दले स्कूल कलेजका विद्यार्थीहरुले सास्ती पाएको भन्दै चौतर्फी आलोचना भएपछि संघले बुधबारको बन्द ९ बजेसम्म मात्र गर्ने र शिक्षण संस्थाका गाडी गुड्न दिने निर्णय गरेको थियो।

१८ औं ओलम्पिक स्वर्ण जिते पछि माइकलले पौडीबाट सन्यास

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अमेरिकी पौडीवाज माइकल फेल्प्सले शनिबार ओलम्पिक पौडीमा सुनौलो क्षण आत्मसात् गरे । बिदाइ खेलका रूपमा रहेको प्रतिस्पर्धामा उनले लन्डन एक्वाटिस सेन्टरमा आफ्नो १८ औं ओलम्पिक स्वर्ण जिते । 'यसलाई शब्दमा व्यक्त गर्न गाह्रो हुन्छ,' आइतबार संन्यासको औपचारिक घोषणा गरेपछि फेल्प्सले भने, 'मैले आफूले चाहेको सबै पूरा गरें । आफ्नो करिअरलाई सोचेजस्तै गरेर अन्त्य गरेको छु, जुन मैले चाहेको थिएँ ।' उनले थपे, 'म अरूले के भन्छन् त्यसमा मतलब राख्दिनँ ।' अमेरिकी फेल्प्स ओलम्पिकको ४ गुणा सय मिटर मिड्लेमा अपराजित रहे । रिलेमा पाएको सफलताबाट आफ्नो करिअरको अन्त्य गरेका फेल्प्सले साथी खेलाडीको सहयोगलाई धन्यवाद दिन पनि बिर्सेनन् । फेल्प्सको पदक वितरण समारोह पनि विशेष भएको थियो । उनलाई विश्व पौडी संघले लाइफटाइम एचिभमेन्ट ट्रफी प्रदान गरेको थियो । ओलम्पिकमा सर्वाधिक सफल खेलाडीको सूचीमा दरिएका उनले ओलम्पिकका चार संस्करणमा सहभागिता जनाउँदै १८ स्वर्णसहित २२ पदक आफ्नो नाममा लेखाए । फेल्प्सले दुई रजत र दुई कांस्य पनि पोल्टामा पारे । सन् २००० को सिड्नी ओलम्पिकमा १५ वर्षको सबैभन्दा कम उमेरमा अमेरिकीका रूपमा सहभागिता जनाएका उनले त्यसलाई सिक्ने अवसरका रूपमा उपयोग गरेका थिए । फेल्प्सले त्यसबेला कुनै पदक नजिते पनि दुई सय मिटर बटरफ्लाईमा पाँचौं स्थान हासिल गरेका थिए । सन् २००४ को एथेन्स ओलम्पिकमा ६ स्वर्ण र २ कांस्य हासिल गरेका फेल्प्सले बेइजिङमा कीर्तिमानी ८ स्वर्ण जितेका थिए । उनी ९ स्वर्णसहित १८ पदक जितेकी लातियानाको कीर्तिमान ४८ वर्षपछि मंगलबार भंग गर्न सफल भएका थिए । त्यसपछि लन्डनमा भएका तीनवटै स्पर्धामा उनले स्वर्ण आफ्नो नाममा पारे । यसअघि ओलम्पिकमा सात स्वर्णसहित १५ पदक जित्दै निकोलाई एन्डि्रएनोभ सफल पुरुष खेलाडीका रूपमा रहेका थिए । लन्डन ओलम्पिकबाट औपचारिक बिदाइ लिएका उनको नाममा सय मिटर बटरफ्लाइ, दुई सय मिटर बटरफ्लाइ र चार सय मिटर इन्डिभ्युजल मिड्लेमा वल्र्ड रेकर्ड पनि छ । अहिलेसम्म अन्तर्राष्ट्रिय सहभागितामा उनले कुल ६९ पदक जितेका छन् । त्यसमा ५८ स्वर्ण, ९ रजत र ३ कांस्य छन् । ओलम्पिक, विश्व च्याम्पियनसिप र पान प्यासिफिक च्याम्पियनसिपमा उनले यो सफलता दर्ता गरेका हुन् ।

एथेन्स २००४-  ६ स्वर्ण, २ कांस्य
बेइजिङ २००८-  ८ स्वर्ण
लन्डन २०१२-  ४ स्वर्ण, २ रजत

अमेरिकामा भएको आक्रमणप्रति भारत स्तब्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नयाँदिल्ली - भारतीय प्रधानमन्त्री डा.मनमोहन सिंहले अमेरिकामा ६ जना नागरिकको हत्या हुने गरी भएको आतंकवादी आक्रमणको घटनाबाट आफू स्तब्ध भएको बताएका छन् । आइतबार अमेरिकामा रहेको शिख धर्मावलम्बीको उक मन्दिरमा एकजना बन्दुकधारीले पूजा गरिरहेका ६ जनाको हत्या गरेका थिए । शिव धर्मावलम्बी रहेका प्रधानमन्त्री सिंहले सोमबार प्रेस विज्ञप्ति जारी गरी यस्ता संवेदनाहीन आतंकवादी क्रियाकलापप्रति आफ्नो घोर भत्र्सना रहेको बताएका छन् । बिज्ञप्तिमा शान्तिप्रेमी अमेरिकीप्रति सदैव ऐक्यबद्धता प्रकट गर्ने र पीडित परिवार प्रति सान्त्वना प्रकट गर्दै अमेरिकी सरकार पनि ती परिवारप्रति सम्वेदनशील बन्दै आगामी दिनमा यस्ता खालका क्रियाकलाप नदोहोरिउन् भन्ने बारेमा गम्भीर रहने अपेक्षा गरेको उल्लेख छ ।