News

Mar 31, 2011

पूर्वराजा वीरेन्द्र शाहको ४३ हजार स्टर्लिङ पाउन्ड किस्ट बैंकमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्व राजपरिवारको सम्पत्ति खोज्ने क्रममा पूर्वराजा वीरेन्द्र शाहको सम्पत्तिमध्ये ४३ हजार स्टर्लिङ पाउन्ड किस्ट बैंकमा खाता खोलेर राखिएको छ । वीरेन्द्रको नाममा रहेको सम्पत्ति व्यवस्थापन गर्न स्थापित नेपाल ट्रस्टको कार्यालयले प्रधानमन्त्री झलनाथ खनालसँग बिहीबार पेश गरेको आफ्नो बार्षिक प्रतिवेदन २०६६/६७ मा जनाइएको छ । यसैगरी हालसम्म नबिल बैंक, होटल डेला अन्नपूर्ण र औद्योगिक विकास निगमबाट एकलाख ४२ हजार ५०३ कित्ता सेयर ट्रस्टको स्वामित्वमा आएको, लिजभाडामा दिइएका विभिन्न सम्पत्तिबाट रु नौ करोड २७ लाख रकम प्राप्त भएको ट्रस्टले जनाएको छ । नेपाल ट्रस्टको स्वामित्वमा हालसम्म देशका विभिन्न जिल्लामा पाँच हजार ६४ रोपनी क्षेत्रफलको घरजग्गा प्राप्त भएको तथा चालु आर्थिक वर्षमा पोखराको रत्नमन्दिर र भरतपुरको दियालो बङ्गलाजस्ता महत्वपूर्ण भवन तथा जग्गासमेत नेपाल ट्रस्टमा आएको ट्रस्टका कार्यकारी सचिव शङ्करप्रसाद कोइरालाले जानकारी गराउनुभयो । प्रतिवेदन बुझेपछि प्रधानमन्त्री खनालले ट्रस्टलाई योजना तथा कार्यक्रमका साथ अघि बढाउने, स्वदेश तथा विदेशमा रहेको सम्पत्ति खोजबिन कार्यलाई प्रभावकारी बनाउने र प्राप्त भएका तथा प्राप्त हुने सम्पत्तिको संरक्षण, सम्वर्द्धन तथा विकासका लागि बढी ध्यान केन्दि्रत गर्न आग्रह गर्नुभयो । उहाँले ट्रस्टको सम्पत्तिबाट दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्न प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

बैठकमा राज्य पुनः संरचना समितिको प्रतिवेदन च्यातियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संवैधानिक समितिको बैठकमा राज्य पुनःसंरचना समितिको प्रतिवेदन साना दलका केही सभासद्द्वारा च्यातिएको छ । आफ्ना माग राख्न नदिए बैठक बस्नै नदिने धम्कीसहित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रुक्मिणी चौधरी, दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान र स्वतन्त्र सभासद् सदरुल मिया हकले बिषयगत समितिको प्रतिवेदन च्यातेका हुन् । सिंहदरवारमा बिहीबार बसेको बैठकमा सभासद् हकले बोल्ने क्रममा निर्धारित ५ मिनेटको समय सकिएपछि सभापति निलाम्वर आचार्यले जवाउ घन्टी दिएका थिए । तर सभासद सदरुल मिया हकले एक छिन भन्दै बोलिरहेपछि राख्न खोज्न विश्वेन्द्र पासवान लगायतका सभासदहरुले मुस्लिम, दलित, जानजातिलाई हेपेको भन्दै विरोध गरे ।
उनीहरुले अरुलाई लामो समय दिएको तर मुस्लिम, दलित, जानजातिलाई हेपेर समय नदिएको आरोप समेत लगाए । सदरुल मिया हक भन्दा अगाडि बोल्ने एमाले सभासद भिम रावलले निर्धारित समयभन्दा बढी समय लिएका थिए । विवाद बढ्दै गएपछि क्रममा मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव लगायतले सम्झौउन खोज्दा विश्वेन्द पासवान, रुक्मिणी चौधरी र सदरुल मिया हकले आफुहरुको माग नसेमिटएको प्रतिवेदन ‘काम छैन’ भन्दै च्यातेका हुन् । समितिका एक सदस्यले भने-’केही साथीहरुले ठुलो ठलो स्वरमा यो प्रतिवेदन काम छैन भन्दै च्याते ।’विवादपछि समितिका सभापति निलाम्बर आचार्यले बैठक बस्ने बातावरण नभएको भन्दै शुक्रबार बिहानसम्मका लागि बैठक स्थगित गरिएको घोषणा गरे ।

काठमाण्डौमा किरात धर्मको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
किरात धर्मको सार विश्वशान्ति तथा मानव एकता, किरात धर्मको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलनको प्रतिबद्धता भन्ने मूल नाराका साथ चैत्र २१, २२ र २३ गते राजधानीको खुल्लामञ्चमा अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको छ । सम्मेलनमा किरात धर्म गुरु मुहिङगुम आङ्सीमाङ, लिङ्देन आत्मानन्द, 'सेइङ' तथा मुलुकका विभिन्न धर्मगुरु नेता तथा विशिष्ट व्यक्तिहरुको सहभगिता हुने सम्मेलन आयोजक समितिका सदस्य राजसङमीले जानकारी दिनुभयो । सम्मेलनमा विभिन्न धार्मिक सांस्कृतिक झाँकीसहित शान्ति र्‍याली, धार्मिक सभा, किरात धर्मसम्बन्धी विभिन्न विषयमा कार्यपत्र प्रस्तुत र काठमाडौँ घोषणापत्र जारी गरिने छ ।

प्रवासी नेपाली साहित्य समाजको बैठक सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ब्रुनाई, २७ मार्च ११, गत प्रवासमा रहेका विभिन्न साहित्यिक संघसस्थाहरु मध्ये आफ्नो छुट्टै परिचय बनाउन सफल साहित्य महासंघ सम्बद्ध प्रवासी नेपाली साहित्य समाज ब्रुनाई तथा वेलायतको बैठक सम्पन्न भयो । समाजले प्रत्येक बर्ष प्रदान गर्दै आएको प्रभात पुरस्कार र अघिल्लो बर्ष झै यो वर्ष पनि साहित्यिक प्रतियोगिता गर्ने सम्बन्धमा छलफल गरिएको थियो । समाजले गतबर्ष विश्वब्यापी रेडियो अडियो गजल प्रतियोगिता सम्पन्न गरेको थियो l उक्त प्रतियोगितामा विश्वका विभिन्न १८ मुलुकहरुबाट १७७ जना गजल स्रष्टाहरुको सहभागिता रहेको थियो । त्यस्तैगरि समाजले अघिल्लो बर्ष साहित्यकार कृष्ण धरावासीलाई 'प्रभात साहित्य पुरस्कार' प्रदान गरेको थियो । हाल सम्म प्रभात पुरस्कारबाट पुरस्कृत हुनेहरु साहित्य तथा सचारकर्मी सुसनवाला राई २०६२, साहित्यकार शशि लुमुम्भु २०६३, साहित्यकार रमेश पौडेल २०६४ रहेका छन् । समाजका अध्यक्ष सुरेन्द्र इङनामको संयोजकत्वमा सम्पन्न कार्यक्रममा महासचिव नवराज राई, नयन लिम्बु, आनन्द रानोहोछा, किसन राई, विश्वास दीप तिगेला लगायतले आ-आफ्नो विचार ब्यक्त गरेका थिए । समाजले तत्कालै साहित्यिक प्रतियोगिताको आयोजना र आगामी ६ महिना भित्र समाजको बृहत भेला गर्ने निर्णय गर्यो ।

लिम्बुवानमा एकात्मक निर्वाचनको कार्यक्रम विफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङबुङ
लिम्बुवान, २०६७ चैत्र १५, संघीय र स्वशासनसहितको स्वायत्तता लागि आन्दोलनरत संघीय लिम्बुवान राज्य परिषदले विभिन्न मागहरूसहित लिम्बुवानमा निर्वाचन आयोगले सञ्चालन गरिरहेको एकात्मक मतदाता नामावली सङ्कलन कार्य रोकिनुपर्दछ भनी आन्दोलन चलाइरहेकोमा चैत्र १५गते गर्न खोजको पान्थर र तेह्रथुमको फाटोसहितको मतदाता नामावली सङ्कलन कार्य पूर्ण असफल बनाइदिएको छ ।
एकात्मक नेपाल सरकार र निर्वाचन आयोगको सो कार्यक्रमलाई संविधान जारिनभएसम्म नगर्न र संविधान बनेपछि सो कार्य गर्दा पनि विभिन्न विषयमा सुधार गर्नुपर्ने माग राख्दै विगत छ महिनादेखि निरन्तर यसको विरोध गर्दै आएको हो । संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको उक्त विरोध रहँदा रहँदै पनि निर्वाचन आयोगले त्यसलाई बेवास्ता गर्दै चैत्र १५ मा लिम्बुवानको पान्थर र तेह्रथुममा फाटोसहितको मतदाता नामावली सङ्कलन सुरु गर्न खोजेको थियो । तर, लिम्बुवानका कार्यकर्ताहरुले त्यसलाई हुन नदिई असफल पारेका छन् ।
संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका उपाध्यक्ष ज्ञानबहादुर गुरुङद्वारा चैत्र १५ गते जारि गरिएको एक प्रेस विज्ञप्ति अनुसार फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यको विरोध गर्ने क्रममा चैत्र १५ गते पान्थर जिल्लाको फेदेनमा काठमाडौंको एकात्मक निर्वाचन आयोगेले एकतर्फी ढङ्गबाट सञ्चालन गरिरहेका मतदाता नामावली सङ्कलन कार्य शान्तिपूर्ण, ढङ्गले रोक्नेक्रममा संघीय लिम्बुवन युवा मञ्चका केन्द्रीय अध्यक्ष सुनिल लिम्बूसहित १२ जना लिमबुवानी कार्यकर्ताहरूलाई प्रहरी-प्रशासनबाट गिरफ्तार गरिएको छ । एकात्मक राज्यसत्ताको क्रूर दमनपूर्ण ढङ्गको गिरफ्तारीप्रति मञ्च सम्बद्ध संघीय लिम्बुवन घोर आपत्ति प्रकट गरेको छ ।
त्यसैगरी, मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद तेह्रथुमका अध्यक्ष देवनारायण सम्बाहाङफेद्वारा जानकारी गराइए अनुसार चैत्र १५ गतेबाट तेह्रथुमको पिप्ले गाविसबाट गर्न खोजिएको उक्त एकात्मक मतदाता नामावली सङ्कलन कार्यलाई शान्पिपूर्ण तवरले पूर्ण असफल पारिएको छ । अब जबर्जस्ती गर्न खोजेमा पनि त्यसको विरोध र प्रतिकार गर्न पूर्ण तयारी रहेको समेत अध्यक्ष सम्बाहाङ्फले जनाएका छन् ।
चैत्र १५ गते लिम्बुवानका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक' र उपाध्यक्ष तथा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद आन्दोलन संयोजक ज्ञानबहादुर गुरुङद्वारा संयुक्त रुपमा जारिगरिएको एक प्रेस विज्ञप्तिमा उल्लेख गरिए अनुसार उक्त लिम्बुवान आन्दोलनका माग र विरोधका कार्यक्रमहरु निम्न रहेका छन-
आन्दोलनका मागहरुः
१. लिमबुवान र अन्य संघीयवादीहरूको आन्दोलनको बलमा अन्तरिम संविधानमा संघीयता घोषणा भएको, २०६२ फागुन १८ गते सरकार मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदबीच लिम्बुवान सुनिश्चित गर्ने बुँदासहित पाँच बुँदे सहमति भएको, संविधान सभाले संघीय गणतान्त्रिक नेपालको नयाँ संविधान निर्माण गर्ने कार्य गरिरहेको र संविधान सभाको म्याद २ महिनामात्र बाँकीरहेकोले पहिले ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सप्तकोशीपर्ूवको नौ जिल्ला लिम्बुवन स्वायत्त राज्य घोषणा गरियोस् र तबमात्र नयाँ निर्वाचनको लागि मतदाता नामावली सङ्कलन अघि बढाइयोस् । लिम्बुवानको संवैधानिक सुनिश्चितता नगरिञ्जेल सबैखाले निर्वाचनको कार्यक्रम स्थगन गरियोस् ।
२. नयाँ संविधान घोषणा गराउन सबै पक्ष लाग्नु पर्ने बेलामा यो मतदाता नामावली सङ्कलन कार्यले जनताको ध्यान अकैतिर मोड्नेछ, यो नामावली सङ्कलन कार्य षडयन्त्रमूलक ढङ्गले आएकोछ र यो अन्तरिम संविधानको प्रतिकूल छ । त्यसैले यो कार्यक्रम तुरुन्त रोकियोस् ।
३. विदेशी भूमिमा पसिना बगाएर नेपाललाई रेमिट्यान्स पठाउने लाखौं नेपालीहरूले इन्टरनेटमार्फत विदेशबाटै पनि मतदान गर्न पाउने व्यवस्था गरिनु पर्दछ ।
विरोधका कार्यक्रमहरूः
१. मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले विरोध गर्दागर्दै पनि एकात्मक निर्वाचन आयोगले यही चैत्र १५ गतेदेखि लिम्बुवनको विभिन्न जिल्लाहरूमा उक्त कार्यक्रम पुनः सञ्चालन गर्न थालेको प्रति यस परिषद घोर आपत्ति, विरोध र भर्त्सना गर्दछ ।
२. संघीयता विरोधी निर्वाचन आयोगनको यस कार्यको विरुद्धामा यस परिषदले लिम्बुवनभर विरोधको कार्यक्र, कालो झण्डा प्रर्दर्शन र अनिश्चितकालीन लिम्बुवन बन्दसम्मको कार्यक्रमहरू तत्काल अघि बढाउनेछ ।

Mar 30, 2011

एचकेएनटीएमा एभरेष्ट तार्इ क्वान दोएकेडेमीले २० मेडल प्राप्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सन २०१० मार्च २७ आर्इतबारका दिन हङकङस्थित कौलन पार्कको स्पोर्ट सेन्टरमा एचकेएनटीएको नवौं बार्षिकोत्सव उपलक्ष्यमा ताई क्वान दो खेल विकास गर्नको लागि खुल्ला पुम्से तथा स्पेरीङ भब्यताका साथ सम्पन्न भएको छ । उक्त अवसरमा हङकङमा रहेका नेपाली तथा गैरनेपालीहरु विभिन्न ताई क्वान दो क्लवहरु मध्ये १७ वटा क्लवहरुले सो खेलमा भाग लिएका थिए । स्पेरीङ तर्फ१० बर्षदेखि माथि १४ बर्षसम्मका पुरुष र महिलामा १० बर्षदेखि माथि सवै उमेरकाले भाग लिएका थिए । स्पेरीङ तर्फ महिला तथा पुरुष गरेर ८१ जनाले र पुम्सै तर्फ २४४ खेलाडीहरुले सहभागीता जनाएका थिए । सो खेलमा एभरेष्ट ताई क्वान दो एकेडेमीका सञ्चालक तथा चिफ इन्स्ट्रक्टर,मास्टर रविन कुमार नाल्वोको नेतृत्वमा १० बर्षदेखि माथि सबै उमेरका महिला तथा पुरुष ३३ जनाले पुम्से तथा स्पेरीङमा एभरेष्ट ताई क्वान दो एकेडेमीका खेलाडीहरुले सहभागिता जनाएका थिए । उक्त सहभागि खेलाडीहरुमा सुजान जङ शाह,सुवित सम्वाहाम्फे,तुतीक हारीयाना,विइविन युलियाती,चन्द्रमान लिम्वु र तुमीनी सहित ६ गोल्ड मेडल,अन्तर हान्डायानी,मार्टीनी,इस्टिङगाना,आन्ड्रेयानी,नोनिक कुस्तियानी,मीलन रार्इ सहित ६ सिल्भर विमल रार्इ,विदीप पालुङवा,सविता लिम्वु,बब डिलन गुरुङ,प्रेम लिम्वु,आशिष लिम्वु,सरीन रार्इ,प्रतीक मगर सहित ८ ब्रउन्ज मेडल गरेर कुल २० मेडल प्राप्त गरेर प्रथम स्थान ग्रहण गर्न सफल भएको छ । सो खेलमा जेट किक ताई क्वान दोस्रो,एचकेएनटीए आयोजक तेस्रो,पुलिस क्लव चौथो, ग्रेड भ्यू पाँचौ,न्यू जेनेरेसन छैटौ,एचके फरेनर सातौ र युनिटी ताई क्वान दो क्लव आठौं स्थानमा रहेका छन् । त्यसरी नै एभरेष्ट ताई क्वान दोएकेडेमीका सञ्चालक तथा चिफ र्इन्स्ट्रक्टर,मास्टर रविन कुमार नाल्वोलाई निर्णायकको भूमिका निभाए वापत विशेष उपहार समेत प्रदान गरिएको थियो । स्मरण रहोस् एभरेष्ट ताई क्वान दो एकेडेमीले प्राय हङकङमा सञ्चाल गरिएका ताई क्वान दो खेलहरुमा प्रथम स्थाल हासील गर्दै आएको छ ।

एकीकृत नेकपा माओवादीद्वारा आज टीकापुर बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतीय राजदुत राकेश सुदलाई कालो झन्डा देखाउने क्रममा भएको झडपमा प्रहरीले दमन गरेको भन्दै एकीकृत नेकपा माओवादीले आज टीकापुर बन्द गरेको छ । शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले आफ्ना कार्यकर्तामाथि लाठी चार्ज गरी करिव १२ जनाभन्दा बढीलाई घाइते बनाएको र गिरफ्तार गरेको भन्दै आज कैलालीको टीकापुर क्षेत्र बन्द गरेको हो ।बन्दका कारण आज टीकापुरबाट चल्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् भने बजार कलकारखाना समेत ठप्प भएका छन् । थारु उत्थान मञ्च टीकापुरको आयोजनामा भएको साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथि बनाइएका राकेश सुदको शान्तिपूर्ण विरोध प्रदर्शनमा सशस्त्र प्रहरी बल उग्रतारा गणका सशस्त्र प्रहरी उपरीक्षक हरिशचन्द्र अधिकारीको निर्देशनमा अनावस्यक दमन गरी एकीकृत माओवादीका विल्ला इन्चार्ज हरि ज्ञवाली अखण्डसहित १५ जनालाई घाइते बनाउने प्रहरीलाई कारवाहीको माग गर्दै सुदलाई प्रमुख अतिथि बनाइ दमन गराउने कार्यमा संलग्न रेशमलाल चौधरीले सार्वजनिक माफी माग्दै घाइतेको उपचार क्षतिपूर्तिको दिनुपर्ने एकीकृत माओवादीले विज्ञप्तीमार्फत जनाएको छ । चलिरहेको एसएलसी परिक्षालाई भने कुनै अवरोध नगर्ने एमाओवादीले जनाएको छ ।

Mar 29, 2011

किरात याक्थुङ चुम्लुङ यूकेको महासचिवसंग भेटघाट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/तान्छोहाङ लाओती

हङकङ, २६ मार्च २०११ को दिन जोर्डनको फूलबारी रेष्टुरेण्टमा आफ्नो निजि भ्रमणमा रहनु भएका किरात याक्थुङ चुम्लुङ यूकेको महासचिव बिजय बिक्रम लिङ्गदेन संग भेटघाट कार्यक्रम सम्पन भएको छ ।किरात याक्थुङ चुम्लुङ हङकङको अध्यक्ष कृष्णराज लाओती अध्यक्षता सम्पन उक्त भेटघाट कार्यक्रमको प्रमुख अतिथी बिजय बिक्रम लिङ्गदेन,अतिथीमा भु.पु सचिव दिल पालुङवा,सल्लाहकार हेम लिम्बु,कलाकार हेम अन्सङबो र गिता पालुङवा लाई आशन गर्राईएको थियो । दिल पालुङवा र हेम लिम्बुले कार्यक्रमको प्रशंसा गर्दै लिम्बु र लिम्बुवानको लागि युके र हङकङ बाट पनि सहकार्य गर्दै जानु पर्ने सल्लाह दिनु भएको थियो । प्रमुख अतिथी बाट युके चुम्लुङको बारेमा र सम्सत लिम्बुवान लाई कसरी मदत गर्न सवालमा आफ्नो धारण प्रस्तुत गर्दै युकेमा लिम्बुवान सम्बधी नागरीक समाज गठन गरेको जानकारी गराउनु भयो भने हङकङ चुम्लुङ अध्यक्षले पनि लिम्बुवानको सवालमा चुम्लुङ समाजिक संस्था भए पनि वर्तमान परिस्थी लाई हेरेर सम्पूर्ण लिम्बुवानबादी राजनैतीक पार्टीहरु लाई गोलबन्द गर्ने अभिप्रायले संयुक्त लिम्बुवान मोर्चा गठन गरेर काम थालनी गरीसकेको जानकारी गराउनु भएको थियो । स्वागत मन्तवय उपाध्यक्ष हस्त लिबाङले गर्नु भएको थियो भने कार्यक्रम सचिव नन्द चङसुले सञ्चालन गर्नु भएबको थियो ।

फोटोसहितको मतदाता नामावली सङ्कलन हुन नदिने तेह्रथुममा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

तेह्रथुम २०६७ चैत्र १२,निर्वाचन आयोगले एकात्मक शैलीमा तेह्रथुम जिल्लामा फोटोसहितको मतदाता नामावली सङ्कलन सुरु गर्ने भनेकोमा संघीय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद तेह्रथुमले यसको विरोध गर्दै सो कार्य हुन नदिने भएको छ । संविधान निर्माण गरी जनताको हक अधिकार सुनिश्चित गर्ने बेलामा जनताको ध्यान अन्यत्रै मोडेर एकात्मक शैलीकै संविधान बनाउन वा संविधान नै नबनाउन निर्वाचन आयोगले कुबेलामा गरेको एकात्मक मतदाता नामावली सङ्कलनप्रति मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले विरोध गर्दै आएको छ ।चैत्र १५ गतेदेखि तेह्रथुमको पिप्ले गाविसबाट सुरुगर्ने भनिएको उक्त स्वदेश र घरमै हुनेको मात्र मतदाता नामावली सङ्कलन गर्ने कार्यलाई मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले हुन नदिने भएको छ । परिषद तेह्रथुमको चैत्र १० गते बसेको बैठकले सो निर्णय गरेको हो । मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद तेह्रथुम जिल्ला अध्यक्ष देवनारायण सम्बाहाङफेद्वारा हस्ताक्षरित एक प्रेस विज्ञप्तिमार्फत मुलुक संघीयतामा गइसकेको अवस्थामा एकात्मकवादीहरुको ईसारामा निर्वाचन आयोगले गरेको सो एकात्मक क्रियाकलापको घोर भर्त्सना र विरोध गरेको छ ।संघीय स्वायत्त राज्यहरुको संवैधानिक व्यवस्था भएपछि ती राज्यहरुको सहभागिता र समन्वयमा गर्नुपर्ने सो कार्य अहिलेकै एकात्मक सरकार र आयोगले त्यसरी एकात्मक सैशीमा नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । यदि जबरजस्त गरेमा त्यसलाई असफल पार्न आवश्यक जस्तोसुकै कार्य पनि गर्नबाध्य हुने र सोबाट हुने घटनाको सम्पूर्ण जिम्मेवारी स्वयम् निर्वाचन आयोग र एकात्मक सरकारले लिनुपर्नेसमेत सो प्रेस विज्ञप्तिमा भनिएको छ ।

नेपाली बैज्ञानिकलाई चमत्कारिक सफलता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

ट्रम्सो (नर्वे), चैत्र १५ - नेपाली भान्साको सर्वसुलभ र परम्परागत् मसला बेसारले उपचारमा जटिल मानिएको महिलाहरुको गुप्तांगमा हुने बिभिन्न प्रकारका सङ्क्रमित रोग साथै प्राणघातक क्यान्सर समेत निको हुने नेपाली बैज्ञानिकहरुको अनुसन्धानले देखाएको छ । नर्वेको त्रोम्सो बिश्वबिद्यालय अन्तर्गत फार्मेसी बिभागमा बिगत तीन बर्षदेखि बरिष्ठ अनुसन्धानकर्ताका रुपमा कार्यरत दम्पति प्रोफेसर डा. पुरुषोतम बस्नेत र डा. नाताशा स्काल्को बस्नेतले बेसारमा रहेको कुर्कुमिन रसायन महिलाहरुको गुप्तांगमा हुने सबैखाले सङ्क्रमको उपचारका लागि चमत्कारिक रहेको तथ्य पता लगाएका छन् । अनुभवका आधारमा हाम्रा पुर्खाहरुले प्रयोग गर्ने बेसारमा रहेको कुर्कुमिनबाटै महिलाहरुको ठुलो समस्याको रुपमा रहेको गुप्तांगमा हुने क्यान्सरसमेत निको हुने बैज्ञानिक प्रयोगशालामा परिक्षण भैरहेको र आफुहरु सफलताको नजिक पुगेको उनीहरुले दाबी गरेका छन् ।

यौन क्रियाकलापमा संलग्न रहेको आरोपमा चार जोडी पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

यौन क्रियाकलापमा संलग्न रहेको आरोपमा चार जोडीलाई पर्यटकीय केन्द्र पोखराको लेकसाईटस्थित एक होटलबाट प्रहरीले पक्राउ गरेको छ । यौन विकृति नियन्त्रणको लागि खटिएको वडा प्रहरी कार्यालय बैदामको टोलीले चेकजाँच गर्ने क्रममा होटल मेकुल्पाबाट चार पुरुष र चार युवतीलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको हो । उनीहरुलाई केही सार्वजनिक अपराधको मुद्दामा कारबाही चलाउने प्रहरीले तयारी गरेको जनाएको छ । पक्राउ पर्नेमा काठमाडौं-९ का जयन्द्र खड्गी, स्वयम्भुका सञ्जय थपलिया, चितवन भरतपुरका जीवनकुमार श्रेष्ठ र सोही ठाउँका सुशील शाही छन् । उनीहरुसँगै चार युवतीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरीका कर्मचारीले सम्पूर्ण सरकारी कार्यालय बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

सहकर्मीमाथि भएको गोली प्रहारको विरोध गर्दै महोत्तरीका कर्मचारीले सम्पूर्ण सरकारी कार्यालय बन्द गराएका छन्। गाविस हकहित संरक्षण केन्द्र महोत्तरीका अध्यक्ष शिवराम पाण्डेमाथि भएको गोलीप्रहारको विरोधमा उनीहरु आन्दोलनमा उत्रिएका हुन्। पाण्डेको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ। शान्ति सुरक्षाको प्रत्याभूति र अपराधिलाई कार्वाही गर्नुपर्ने कर्मचारीको माग छ। गोलीप्रहारको जिम्मेवारी अखिल तराई जनतान्त्रिक गोइत समूहले लिएको छ।

नेपालले पठाएको ५ हजार थान कम्बल हस्तान्तरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

चैत्र १५ - भूकम्प र सुनामी प्रभावित जापानी नागरिकलाई नेपालले पठाएको ५ हजार थान कम्बल सोमबार जापान सरकारका विशिष्ट पदाधिकारीलाई हस्तान्तरण गरिएको छ । टोकियोस्थित विदेश मन्त्रालयमा सोमबार एक समारोहबीच राजदूत गणेश योञ्जनले विदेश मामिलासम्बन्धी संसदीय उपमन्त्री माकिको किकुतालाई उक्त सामग्री बुझाएका हुन् । 'जापानले नेपाल सरकारप्रति कृतज्ञता जनाएको छ,' राजदूत योञ्जनले कान्तिपुरसँग फोनमा भने । नेपाली दूतावास अहिले अस्थायी रूपमा ओसाकामा रहे पनि आफू टोकियोमा विदेश मन्त्रालयको 'बि्रफिङ' सुन्न र अन्य सम्पर्कका लागि आवतजावत गरिरहेको राजदूत योञ्जनले बताए ।

Mar 27, 2011

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

मुलुकको समसामयीक राजनीतिक अवस्था, संविधान निर्माण र अन्य विविध बिषयमा छलफल गर्न आज प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको बैठक बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा समग्र राजनीतिक अवस्थाका बारेमा छलफल हुने स्रोतले जनाएको छ । उपसभापति र महामन्त्री नियुक्तिका लागि सभापति सुशील कोइरालाले पेश गर्नुभएको प्रस्तावमा पनि छलफल प्रवेश गर्ने कार्यक्रम छ । त्यसै गरेर शान्ति प्रक्रियाका सम्बन्धमा भएका गतिविधिका बारेमा समेत छलफल हुने बुझिएको छ ।

कर्णेल गद्दाफीका सैनिकलाई परास्त पार्दै नियन्त्रणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

लिवियाका सरकार विरोधी विद्रोहीहरुले शासक कर्णेल गद्दाफीका सैनिकहरुलाई परास्त पार्दै बेग्रा शहरलाई आफ्नो नियन्त्रणमा लिएका छन्। बेग्रा शहरलाई पेट्रोलियम बन्दरगाहको रुपले समेत चिन्ने गरिन्छ। यसअघि विद्रोहीहरुले सामरिक दृष्टिले महत्वपूर्ण मानिएको अजदाबिया शहरलाइ आफ्नो नियन्त्रणमा लिएका थिए। उता लिवियाको सरकारी टेलिभिजनले मुलुकको मध्य क्षेत्रमा पर्ने साभा शहरमा पस्चिमा गठबन्धन सेनाले भिषण हवाइ आक्रमण गरेको जनाएको छ। पस्चिमा गठबन्धन सेनाले सिर्त शहरमा पनि ब्यापक हवाइ आक्रमण गरेको छ। दुवै शहरमा गद्दाफीका वफादार सैनिकहरुको आधार क्षेत्र रहेको बताइएको छ। सिर्त राजधानी ट्रिपोलीको पुर्वमा पर्ने भूमध्यसागरीय क्षेत्रमा अवस्थित तटिय शहर हो। पस्चिमा गठबन्धन सेनाले गद्दाफीका वफादार सैनिकहरुको अखाडालाइ निशाना बनाउदै हवाइ आक्रमण गर्दै आएका छन्।


लिवियाका सरकार विरोधी विद्रोहीहरुले शासक कर्णेल गद्दाफीका सैनिकहरुलाई परास्त पार्दै बेग्रा शहरलाई आफ्नो नियन्त्रणमा लिएका छन्। बेग्रा शहरलाई पेट्रोलियम बन्दरगाहको रुपले समेत चिन्ने गरिन्छ। यसअघि विद्रोहीहरुले सामरिक दृष्टिले महत्वपूर्ण मानिएको अजदाबिया शहरलाइ आफ्नो नियन्त्रणमा लिएका थिए। उता लिवियाको सरकारी टेलिभिजनले मुलुकको मध्य क्षेत्रमा पर्ने साभा शहरमा पस्चिमा गठबन्धन सेनाले भिषण हवाइ आक्रमण गरेको जनाएको छ। पस्चिमा गठबन्धन सेनाले सिर्त शहरमा पनि ब्यापक हवाइ आक्रमण गरेको छ। दुवै शहरमा गद्दाफीका वफादार सैनिकहरुको आधार क्षेत्र रहेको बताइएको छ। सिर्त राजधानी ट्रिपोलीको पुर्वमा पर्ने भूमध्यसागरीय क्षेत्रमा अवस्थित तटिय शहर हो। पस्चिमा गठबन्धन सेनाले गद्दाफीका वफादार सैनिकहरुको अखाडालाइ निशाना बनाउदै हवाइ आक्रमण गर्दै आएका छन्।

Mar 26, 2011

भारतीय अतिक्रमण दसगजा क्षेत्रमा बढ्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतले कञ्चनपुरसँग सीमा जोडिएको दसगजा क्षेत्रको १२ वटा सीमास्तम्भ क्षेत्रमा अतिक्रमण गरेको छ । अतिक्रमित अधिकांश क्षेत्रमा भारतीय नागरिकले आवादी गरेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार भारतसित सीमा जोडिएको दक्षिणी क्षेत्रका अधिकांश दसगजा क्षेत्रको नेपाली भूभाग अतिक्रमणमा परेको हो । भारतको लखिमपुर र खिरी जिल्लासँग सीमा जोडिएको दसगजा क्षेत्रमा रहेका सीमास्तम्भ न २८ देखि ३८ सम्म, ३४ देखि ३८ र सीमा स्तम्भ नं ९९ देखि १०० को दसगजा क्षेत्र अतिक्रमणमा परेको छ ।
अतिक्रमित दसगजा क्षेत्रमा भारतीय नागरिकले खेती गर्दै आएका छन् । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत केशवदत्त जोशीले लक्ष्मीपुर गाविसका मानबहादुर सुनार र लालबहादुर सुनारको जग्गा धनीपुर्जा भएको दर्ता जग्गामा भारतीय नागरिकले वषौर्ंदेखि अतिक्रमण गरी चलन भोग गर्दै आएको बारे गृह मन्त्रालयमा जानकारी गराइएको बताउनुभयो ।
उहाँले सीमास्तम्भ भएको ठाउँबाट दुवै देशतर्फको ३०।३० फिट जमिनलाई दसगजा अर्थात् नोमेन्सल्यान्ड भनिने गरिएको बताउनुभयो । दसगजा क्षेत्रमा भएको जमिनमा आवादी गर्न नपाइने दुवै देशबीच सम्झौता रहेको उहाँले जानकारी दिनुभयो । दुवै देशका अधिकारीबीच सीमा अतिक्रमण हटाउनेबारे पटक पटकका संयुक्त बैठकमा कुरा उठ्ने गरेको छ ।
गत वर्ष दुवै देशका प्रशासन कार्यालयले सीमास्तम्भ व्यवस्थित गर्ने र दसगजा क्षेत्रको अतिक्रमण हटाउनेबारे सहमति गरेका थिए । सहमतिअनुरुप सीमा निरीक्षण र प्राविधिक समिति गठनबाहेकका कार्य हुनसकेको छैन । जिल्ला प्रशासन कार्यालयका अनुसार भारतसँग सीमा जोडिएका यहाँका क्षेत्रमा ३९० वटा सीमास्तम्भ रहेका छन् । ती सीमास्तम्भमध्ये ३, १२, २२, २८ र १९४ देखि २०१ नम्बरका सीमास्तम्भ बेपत्ता छन् ।
सीमास्तम्भ नं. ३ महाकाली नदीको टनकपुर बाँधमा परेको छ । सीमास्तम्भ नं. १२, २२ र २८ लाई महाकाली नदीले बगाएको छ । बगाइएका सीमास्तम्भ बनाउन दुवै देशले हालसम्म चासो नदिएको सीमाविद् मानसिं भण्डारीले बताउनुभयो । जिल्लाको दक्षिणी क्षेत्रको प्यारातालमा रहेको सीमास्तम्भ नं २०२ लाई भारतले नेपाली भूभागमा सारेको छ ।
भारतले महाकाली नदीपारिका दोधारा चाँदनी भएर बग्ने जोगबुढा नदी क्षेत्रमा रहेको सीमास्तम्भ नं. ४ नजिक भारतले दसगजा क्षेत्र अतिक्रमण गरी तटबन्ध निमार्णको कार्य सुरु गरेको छ । यसैगरी बाइसे विचवाको सीमास्तम्भ नं. १०१ नजिक भारतले बनाउन लागेको खाल्डा र माटोको पर्खाल निर्माणको कार्य स्थगन गरिएको छ । प्रशासकीय अधिकृत जोशीले गत वर्ष दुई देशको संयुक्त टोलीले सीमास्तम्भमा नम्बर दिने काम गरी यथार्थ पत्ता लगाउने कार्य गरिएको बताउनुभयो ।

बन्दका कारण तराइका जिल्लाहरुको जनजीवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रुपेन्देही जिल्ला इन्चार्ज भवानी सिंहको हत्याको बिरोधमा तराइमा सशस्त्र बिद्रोह गर्दे आएको जनतान्त्रिक तराइ मधेश मुक्ति पार्टीले आज एकदिनका लागि गरेको बन्दका कारण थरुहट , अवध र भोजपुरा अर्न्तगत पर्ने तराइका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । बन्द सफल पार्न ठाउँ-ठाउँमा बम राखेको जनाइएको छ । बन्द सफल पार्नका लागि भन्दै समुहले बर्दियाको गुलरिया खैरापुर सडकखण्डका झन्डै तीनठाउँमा शंकास्पद वस्तु र झन्डा राखेको जनाएको छ । यस्तै नेपालगञ्ज गुलरीया सडकखण्डमा राखिएका झन्डा र पर्चा प्रहरीले हटाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिनुभयो । प्रहरीले अहिले सम्म बम नभेटिएको ति शंकास्पद वस्तुहरुको पहिचानका लागि प्रहरी घनास्थलमा पठाईसकेको जानकारी दिनुभयो । बन्दका कारण बाँकेमा भने प्रभाव नपरेको प्रहरीले जनाएको छ । नेपालगञ्ज नगरभित्र यातायातका साधानहरु चलिरहेका छन् भने बजारपनि खुलेको छ । तर छिमेकी जिल्ला बर्दियामा भने बजार, पसल, कलकारखाना र यातायातका साधन संचालनमा आएका छैनन्। पार्टी अध्यक्ष भगत सिंह र थरुहट कमाण्ड इर्न्चाज पवन सिंहले एक अपिल मार्फ हत्याको विरोधमा आज एक दिन बन्द आव्हान गरिएको जनाएका छन् ।

युनिटी पुनः सञ्चालनको माग गर्दै राजधानीमा र्‍याली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लाखौ सर्वसाधारण ठगि गरेको युनिटी सन्चालकहरुले व्यवसाय पुनः सञ्चालनको माग गर्दै आज राजधानीमा र्‍याली निकालेका छन । राष्ट्रिय युनिटी एकीकरण समुहले गरेको र्‍यालीमा देशभरका युनिटी पीडितको सहभागिता थियो । र्‍याली सामाखुसी, बसुन्धारा, चाबहिल, एयरपोट, तीनकुने हुदै संविधानसभा भवन नयां बानेश्वर पुगेर समापन भएको थियो । र्‍यालीमा जेल परेका युनिटीका सम्पुर्ण पदाधिकारीलाई रिहाइको माग समेत गरिएको थियो । यसैबीच, सरकारले युनिटीलाई प्रतिबन्ध लगाएपछि अलपत्र परेका युनिटी हस्पिटलका सम्पुर्ण मेसिनलाई युनिटी पीडितहरुले संविधानसभा भवन अगाडि लगेर छाडेका छन । सामाखुसीमा रहेको हस्पिटलका अत्याधुनिक मेसिनलाई ४ वटा ट्रकमा राखेर युनिटी पीडितले संविधानसभा भवन अगाडि लगेर राखेका हुन ।

सुनसरी-मोरङ कोरिडोर क्षेत्रमा रहेका उद्योगहरु बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उद्योगी व्यवसायी र केही ट्रेड युनियनले औद्योगिक शान्ति क्षेत्र घोषणा गरेको चौविस घण्टा बित्न नपाउँदै सुनसरी-मोरङ कोरिडोर क्षेत्रमा रहेका उद्योगहरु बन्द गरिएका छन्। मोरङ-सुनसरी औद्योगिक करिडोरका मजदुरहरुले आज दोस्रो दिन पनि आन्दोलन जरी राखेका छन्। मजदुरहरुको पारिश्रमिक १ हजार ५ सय वृद्धि गर्ने सहमतिको विरोध गर्दै उनीहरुका आन्दोलित भएका हुन्। सुनसरी मोरगं औद्योगिक करिडोर क्षेत्रका मजदुर उद्योगी व्यावसायीसंग भएको औद्योगिक शान्ति वर्ष घोषणाको सहमतिलाई वेवास्ता गर्दै आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनमा उत्रिएका मजदुरहरुले सहमतिमा पुनःविचार नगरिए आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। मोरङ उद्योग कोरिडोरमा ४ सय ६५ वटा उद्योग रहेका छन्।

मलेसियाका कम्पनीमा अलपत्र परेको नेपालीलाई काममा फर्काइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कम्पनीमा अलपत्र परेको नेपालीलाई सोमवारसम्म काममा फर्काइने भएको छ। जोहोरस्थित सेरी गार्मेन्ट कम्पनीद्वारा कामबाट निकालिएपछि अलपत्र परेका १ सय ५२ जना नेपाली कामदारलाई कामको प्रबन्ध मिलाइ उद्दारको थालनी गरिएको छ ।जसमध्ये ८५ जनालाई उनीहरु सम्बद्ध मेनपावर कम्पनीको पहलमा यहाँस्थित विभिन्न दुई कम्पनीमा सिफ्ट गरिएको छ भने अन्य बाँकीलाई सेरी गार्मेन्ट नजिकैको अर्को एक प्लाष्टिक प्याकेजिङ कम्पनीमा भोलीसम्ममा कममा लगाईने दुई सातादेखि मलेसियामै रहेका म्यानपावर प्रतिनिधि इन्द्र लामाले जनाएका छन्। 'उनले आफु समस्या समाधान गर्न दुई साताअघि देखि निरन्तर लागिरहेको र सोमबारसम्ममा सबै 'सेटल' हुने बताए ।ह्युमर ओभरसिज र शेर्पा इन्टरनेशनल लगायत मेनपवार कम्पनीमार्फत विभिन्न समयमा सो गार्मेन्ट कम्पनीमा आएका झण्डै दुई सय नेपालीहरु एक महिनाअघिदेखि बिनाकाम अलपत्र परेका थिए । अलपत्रमध्ये १३ जना यसअघि नै नेपाल फर्कीसकेका छन् । उक्त कम्पनीले करिब दुई सय नेपाली कामदारलाई करिब एक महिना अघि बिना सूचना कामबाट निकालेको थियो ।

अमेरिकामा ३७ हजार भूटानी शरणार्थी पुनर्स्थापित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र १२ - सन् २०११ को करिब ४ महिनामा मात्र ६ हजार ६ सय २५ भूटानी शरणार्थीलाई अमरिकामा पुनर्स्थापित गरिएको स्टेट डिपार्टमेन्टले बुधबार जनाएको छ । हालसम्म यहाँ ३७ हजार ७ सय ६० भूटानी पुनर्स्थापित भइसकेका छन् । सन् २००८ मा सुरु भएको भूटानी शरणार्थी पुनर्स्थापना अझ केहि वर्ष जारी रहने छ । सन् २००८ मा ५ हजार ३ सय २०, सन् २००९ मा १३ हजार ४ सय ५२ भूटानी शरणार्थीलाई अमेरिकाको ५० राज्यमा बसाइएको छ । अमेरिकाले ६० हजार भूटानी लगिने भनेकोमा अझ थप्ने बताएको छ । उता सन् २०१० मा विभिन्न मुलुकबाट ७३ हजार ३ सय ११ शरणार्थी अमेरिका लगिएको छ । अमेरिकी सरकारले वर्षेनि ८० हजारसम्म शरणार्थी लैजान सक्छ । कूल ७३ हजार ३ सय ११ मा १२ हजार ३ सय ६३ भूटानी शरणार्थी रहेको अमरिकाको शरणार्थी प्रवेश प्रतिवेदन, २०१० ले जनाएको छ । प्रतिवेदनअनुसार पूर्व एसियाको नजिक तथा दक्षिण एसियाबाट सबैभन्दा बढी शरणार्थी अमेरिका लगिएका छन् । पूर्व एसियाको नजिक तथा दक्षिण एसियाबाट ल्याइएका ती ३५ हजार ७ सय ८२ मध्ये नै १२ हजारभन्दा बढी भूटानी शरणार्थी हुन्। ती १२ हजारबाहेक अरु इराक, इरान आदिबाट बढी छन् । त्यसैगरी दोस्रो बढी संख्यामा पूर्वी एसियाबाट १७ हजार ७ सय १६ शरणार्थी अमेरिका गएका छन् । अफ्रिकाबाट १३ हजार ३ सय ५, ल्याटिन तथा क्यारेबियन क्षेत्रबाट ४ हजार ९ सय ८२ र मध्य-एसिया तथा युरोपबाट १ हजार ५ सय २६ शरणार्थी अमेरिका लगिएको स्टेट डिपार्टमेन्टले जनाएको छ ।

Mar 25, 2011

लिम्बुवान मोरङको गाउँगाउँमा लिम्बुवान एलभीहरू सङ्गठित हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
टाँढी, मोरङ, लिम्बुवान १२ चैत्र २०६७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद मातहतको लिम्बुवान भोलेन्टियर्स केन्द्रीय उप-कमान्डर प्रेम तुम्बापोको प्रमुख आतिथ्यमा मोरङ जिल्लाको टाँढी गाविस वार्ड नं. ४ ढाँडे गाउँमा प्राइमरी कमाण्ड इञ्चार्ज, प्राइमरी कमान्डर, प्राइमरी सहायक कमान्डरलगायत २१ सदस्यीय एल. भी. प्राइमरी कमाण्ड गठन भएको छ । उक्त कमाण्ड गठन कार्यक्रमका अतिथि मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय सदस्य अशोक चेम्जोङले संघीयता र भावी लिम्बुवानका साथै संविधानमा लिम्बुवान राज्य सुनिश्चित गर्नको निमित्त गरिँदै आएको चरणवद्ध शान्तिपपूर्ण आन्दोलनको विषयमा प्रकाश पार्नुभएको थियो । नव निर्वाचित प्राइमरी कमाण्ड इञ्चार्ज पूर्ण राइले मन्तव्य जाहेर गर्दै लिम्बुवान मुक्तिका लागि सङ्गठनको विधानसम्मत रहेर लिम्बुवान प्राप्तिका लागि आन्दोलित हुन सम्पूर्ण ढाँडे गाउँवासीलाई सामूहिक नेतृत्वको विकास गर्दै अघि बढ्ने र लिम्बुवानी आन्दोलनलाई अघि बढाउने क्रममा आउँदो वैशाख महिनाको पहिलो हप्तामा एक लिम्बुवानी साँस्कृतिक कार्यक्रम गर्नेसमेत प्रतिवद्धता जनाउन भयो । नव गठित सङ्गठनमा एल. भी. प्राइमरी कमाण्डमा इञ्चार्ज पूर्ण राई, प्राइमरी कमान्डर किरण राई, प्राइमरी सहायक कमान्डर जीतबहादुर राइ र एलभीहरू अनिल बी. क., लोकेन्द्र राई, सन्तोष राई, हर्क बी. क., पूर्ण धमला, बलबहादुर बी. क., दीपक सेंचौरी, मिलन बी. क., गमू राई, सन्त राई, इशा राई, लंका राई, र बबीन राई, बिपना धमला रहेका छन् । यसैगरी, दलबहादुर धमलालाई सल्लाहकारमा राखिएको छ । प्रेम तुम्बापो, मोरङ, लिम्बुवान

२ शिक्षक सहित ४५ जना नक्कली परिक्षार्थी पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रौतहट, चैत्र ११ - रौतहटको बिभिन्न परिक्षा केन्द्र शुक्रबार २ शिक्षक सहित ४५ जना नक्कली परिक्षार्थी पक्राउ परेको छ । जिल्लाको सिमरा भवानीपुर परीक्षा केन्द्रबाट शुक्रबार नेपाली बिषयमा ७ जना नक्कली परिक्षार्थी पक्राउ परेको छ । त्यसै गरी समनपुर उच्च माध्यमिक बिद्यालय, गंगापिपरा उच्च माबि, जुडिबेला उच्च माबि, पिपरिया माबी, रङ्गपुर माबि कटहरिया माबि पिपरा माबि परिक्षा केन्द्र बाट २ शिक्षक सहित ४५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ पर्नेमा शिक्षक प्रमोद यादब र अभिमन्यु प्रसाद यादब रहेका छन् । पक्राउ परेकामा ४१ जना पुरुष र ४ जना महिला रहेका छन । बिहीबारको अंग्रेजी बिषयको परिक्षामा १८ जना पक्राउ परेका थियो ।

गोर्खा सैनिकलाई उच्च साहसिक पुरस्कार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र ११ - अफगानिस्तानमा १२ तालिबान विद्रोहीको सशक्त प्रतिकार गरेका एक बेलायती गोर्खा सैनिकलाई उच्च साहसिक पुरस्कार दिइने भएको छ । म्याग्दीका ३२ वर्षीय सर्जेन्ट दीपप्रसाद पुनले कन्सिपक्युयस ग्यालेन्ट्री क्रस (सीजीसी) पाएका हुन् । आफ्नो बटालियनका संघर्षपूर्ण लडाइँहरूमा उनले दिएको योगदान 'बहादुरीपूर्ण' भएको उल्लेख गर्दै पुरस्कृत गरिएको हो । द रोयल गोर्खा राइफल्स पहिलो बटालियनका पुनले एउटा भिडन्तमा १ सय मिटर टाढाबाट घसि्रँदै दुई विद्रोही ढालेका थिए । त्यतिखेर एउटा सानो पोस्टमा उनीसहित चार जना मात्र थिए । उनले दुईतिरबाट आक्रमण गर्दै रकेट, प्रोपेल, गि्रनेड र साना हतियारसहित आएका विद्रोहीमाथि गोली चलाएका थिए । विद्रोहीको एउटा गि्रनेड पुन रहेको छत अगाडि पर्खालमा लागेर उनलाई पछाडितिर हुत्याएको थियो । त्यसपछि पनि उनले १५ मिनेटसम्म लडेका थिए । उनले २० मिटरको दूरीबाट तीन सशस्त्र आक्रमणकारीलाई मेसिनगनबाट गोली हानेका थिए । १० मिटर मात्र टाढा देखिएका अर्का विद्रोहीलाई पनि उनले ढालिदिए । छतमै रहेका बेला २० मिटर पर रहेका दुई आक्रमणकारीलाई गोली प्रहार गर्दा भने उनको मेसिनगन बिगि्रए पछि उनले अर्को गह्रुँगो मेसिनगनको ट्राइपोड नै आक्रमणकातर्फ हुर्‍याएका थिए । त्यसपछि पनि उनले हातैले मेसिनगन उठाएर ८० मिटर टाढाका ४ आक्रमणकामाथि गोली वर्षाएका थिए । गोली सकिएपछि मात्र उनी सुक्षत स्थानतिर लागेका थिए । त्यतिबेला पुनले आफूनो र साथीहरूको ज्यान जोगाउनबाहेक केही सोच्नै नभ्याएको बताएको बेलायती 'आर्मी मिडिया एन्ड कम्युनिकेसन्स'ले जनाएको छ । 'दीपको साहस र वीरता अचम्मको थियो, मृत्युको खतरा थाहा पाएर पनि उनले दुश्मनलाई हराए । उनको योगदान कदरयोग्य छ,' शुक्रबार उनलाई पुरस्कृत गरिने उल्लेख गर्दै भनिएको छ । सन् २००० मा बेलायती सेनामा भर्ना भएका पुन अफगानिस्तानसहित बोस्निया र कोसोभोमा समेत खटिएका थिए ।

थरुहट स्वायत्त राज्यपरिषदद्वारा आन्दोलनको चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत माओवादी, एमाले र मधेसी जनअधिकार फोरमबीच हालै भएको चारबुँदे सहमतिमा बारम्बार मधेस शब्द प्रयोग भएकोमा थरुहट स्वायत्त राज्यपरिषद्ले आपत्ति जनाउँदै सो शब्द तत्काल हटाउन माग गरेको छ । 'नेपालमा मधेस नै नरहेको अवस्थामा किन र के प्रयोजनका लागि सरकारमा सहभागी दलहरूले थरुहट क्षेत्रलाई मधेस उल्लेख गर्ने हिम्मत गरेका हुन्' परिषद्का केन्द्रीय अध्यक्ष लक्ष्मण थारूले प्रतिप्रश्न गरे । उनले मधेस शब्दले नेपालको अस्तित्व समाप्त पार्ने षडयन्त्रको तानावाना भएको बताए ।
सुनसरीको इटहरीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थारूले मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई उनीहरूले उपभोग गर्न पाउने अधिकार खोज्न कसैले नरोकेको दाबी पनि गरे । उनले भारतमा रहेको मधेसस्थलका विषयमा बारम्बार मधेस शब्द प्रयोग गरिएकोमा त्यसको कडा विरोध गरेको बताए । अध्यक्ष थारूले कथित राष्ट्रघाती चारबुँदे सहमत्प्रति आफ्नो समुदायको कडा आपत्ति भएको बताउँदै सो सहमतिविरुद्ध आन्दोलन घोषणासमेत गरेका छन् । उनले २५ चैतदेखि थरुहट क्षेत्रमा अनिश्चितकालीन आमहड्ताल गर्ने कार्यक्रमको पनि घोषणा गरेका छन् ।अध्यक्ष थारूले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्ने, संविधानमा सबै आदिवासी जनजातिको पहिचानसहितको अधिकारको ग्यारेन्टी गरिनुपर्ने, राज्यका हरेक निकायमा सबै आदिवासी जनजातिको समान सहभागिता गराइनुपर्ने आफूहरूको माग रहेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

संवैधानिक समितिको बैठक बस्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संवैधानिक समितिको बैठक बस्दै छ । राज्य पुनःसंरचना तथा राज्यको शक्ति बाँडफाँड समितिले तयार पारेको मस्यौदा संविधानसभाले संवैधानिक समितिमा पठाएपछि यो विषयमा छलफल सुरु हुने भएको हो । समितिमा अस्ति पनि यही विषयमा छलफल भएको थियो । मस्यौदामा ७८ वटा बुँदामा विवाद रहेको छ । अहिले केहीबेरपछि सिंहदरबारमा हुने बैठकमा विवादित बुँदा सहमति खोज्ने प्रयास स्वरुप थप छलफल हुने छ । यसैगरी मस्यौदामा रहेका विवाद समाधानका लागि मस्यौदालाई उपसमितिमा पठाइने छ । संविधान निर्माणमा महत्वपूर्ण विषय राज्य पुनःर्संरचनाका लागि आयोग गठन गर्ने नगर्ने विषयमा दलहरुबीच विवाद रहेको छ ।

भारतीय सांसदहरूको टोली आज काठमाडौं आउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एघार सदस्यीय भारतीय सांसदहरूको टोली आज काठमाडौं आउने भएको छ । सत्तारुढ दल कांग्रेस (आई), विपक्षी दल भारतीय जनता पार्टीसहीतका युवा सांसद् तीन दिने भ्रमणमा आउने काठमाडौंस्थित भारतीय दूतावास स्रोतले जनाएको छ । नेपाल आउने सांसदहरूमा बिजु जनता दलका तालिखेस नारायण सिंह, भारतीय राष्ट्रिय कंग्रेसका सञ्जय तकम र प्रदीप माझी, सिक्किम प्रजातान्त्रिक मोर्चाका ओटी लिपिछे, समाजवादी दलका अखिलेश यादव र निरज शेखर, भारतीय जनता पार्टीका कमलेश पासवान र सञ्जय जैसवाल, कांग्रेस आईकी पि्रया दत्त र श्रुति चौधरी तथा भारतीय राज्य केरलाका सांसद पारावायान पारन्डेयल रहेका छन् ।'नेपाल र भारतबीच संयुक्त फोरम गठन गरी सम्बन्ध विस्तार गर्नेबारे भारतीय विदेश सचिव निरुपमा राव र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङबीच सचिव रावको भ्रमणमा कुरा भएको थियो,' परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने 'अहिले सांसदहरूको भ्रमणमा त्यसबारे पनि कुराकानी हुने देखिन्छ ।' परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आइतबारसम्म नेपाल रहँदा उनीहरूले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री झलनाथ खनाल, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, विभिन्न राजनीतिक दलका शीर्षस्थ नेतासँग भेट्ने कार्यक्रम छ ।

माओवादी र कांग्रेसको शीर्ष नेतृत्व्बीच छलफल हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसको शीर्ष नेतृत्व्बीच आज छलफल हुने भएको छ । आज अपरान्ह एउटा होटलमा हुने छलफलमा शान्ति र संविधानका विषयमा दुईटै पार्टीले तयार गरेका खाका विषयमा छलफल हुनेछ । दुईदलबीचको अविश्वासको दुरी हटाउन र सहकार्यको बाताबरण तयार गर्न छलफल राखिएको कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले जानकारी दिए । छलफलमा राज्य पुन:संरचनाको विवाद शान्ति प्रक्रिय अन्तर्गतमाओवादी लडाकुको समायोजन र समयमा संविधान बनाउने एजेण्डामा कुराकानी हुनेछ । हिजो धुलीखेलमा भएको संवैधानिक समितिको बैठकमा दुईदलबीच विवाद बढेको थियो । सहभागि अरु दलले पनि दुईदललाई छलफलमा बस्न सुझाव दिएका थिए ।

Mar 24, 2011

केन्द्रको कामकाज ठप्प पारेर आन्दोलनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विभिन्न १३ सुत्रीय माग राख्दै चैत्र २ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रिएका विराटनगरस्थित क्षेत्रीय रक्त सञ्चार सेवाका कर्मचारीहरुले केन्द्रको कामकाज ठप्प पारेका छन् ।आफ्ना मागहरुको सुनुवाई नभएको भन्दै कर्मचारीहरुले बुधबार विहान ११ बजेदेखि मध्यान्ह १२ बजेसम्म एक घण्टा केन्द्रको सेवा ठप्प पारेका हुन् । कर्मचारीहरु कामकाज छोडेर कार्यालयको गेटमा निस्किएपछि रगत लिन, रगत समुह छुट्याउन र अन्य सेवा लिन गएका सर्वसाधारणहरुलाई समस्या भएको थियो । कर्मचारीहरुले मागहरुको सुनवाई नभए बिहीबारदेखि प्रत्येक दिन एक घण्टाले काम बन्द गर्ने समय बृद्धि गर्ने घोषणा गरेका छन् । जसबाट केही समयपछि विरामीहरुले विराटनगरमा रगत नै नपाएर मृत्युको मुखमा पुग्नुपर्ने अवस्था आउने खतरा बढेको छ । कर्मचारीहरुले कार्यालयमा स्वचालित जेनेरेटरको व्यवस्था गर्नुपर्ने, थप कर्मचारीको व्यवस्था गर्नुपर्ने, जोखिम भत्ता दिनुपर्ने, ज्यालादारीमा काम गरिरहेकालाई स्थायी गर्नुपर्ने, तलब बृद्धि गर्नुपर्नेलगायतका माग राखेका छन् ।

६६ वर्षीय वृद्ध पनि एसएलसी दिँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्सा (वीरगन्ज), चैत्र १० - शिक्षा आर्जन गर्नका लागि उमेरले छेक्दैन भन्ने उदाहरण पर्साको एक स्थानीय वृद्धले दिएका छन् । बिहीबारबाट सुरु भएको प्रवेशिका परीक्षामा सामेल भएको जिल्लाको विजयवस्तीका ६६ वर्षीय आशबहादुर गुरुङले यस्तो सन्देश दिएका हुन् । जिल्लाको अति विकट वस्ती ठोरीमा रहेको सरस्वती उच्च माविबाट कक्षा दस पास गरेका गुरुङले विजयवस्ती परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन् । पढाइको चाहना पूरा गर्नका लागि आफू परीक्षा दिन आएको र उत्तीर्ण भएपछि उच्च शिक्षा पनि हासिल गर्ने चाहना रहेको उनले बताए । पर्सामा यसवर्षको प्रवेशिका परीक्षामा सबै गरेर पाँच हजार ४५५ परीक्षार्थी सामेल भएको जिल्ला शिक्षा अधिकारी केदार तिवारीले जानकारी दिए । सदरमुकाममा १२ सहित जम्मा १८ वटा परीक्षा केन्द्र जिल्लामा तय गरिएको छ ।

एसएलसी परीक्षा विहीबार बिहान ८ बजेदेखि सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
यस वर्षको एसएलसी परीक्षा विहीबार बिहान ८ बजेदेखि सुरु भएको छ । परीक्षा ११ बजे सकिने छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमका अनुसार परीक्षामा मुलुकभरबाट चार लाख ९६ हजार २ सय ४३ जना विद्यार्थी परीक्षामा सहभागी छन् । जसमा नियमिततर्फ छात्र दुई लाख २९ हजार सात सय ९१ जना र छात्रा दुई लाख ६ हजार ६ सय २० जना रहेका छन् । यस्तै एक्जाम्टेडतर्फ छात्र २५ हजार आठ सय पाँच जना र छात्रा ३४ हजार २७ जना रहेका छन् ।अपांगता भएका विद्यार्थीहरुलाई थप डेढ घण्टा समय दिइएको छ । सरकारले यसबर्ष चिट चोर्ने, चोराउने र परीक्षालाई अमर्यादित बनाउन खोज्ने जो कोहीलाई तत्काल पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउने भएको छ । परीक्षा केन्द्रमा केन्द्राध्यक्षबाहेक कसैलाई पनि मोवाइल चलाउन नदिने गौतमले बताउनुभयो ।परीक्षाको लागि मुलुकभर एक हजार ६ सय ७२ वटा परीक्षा केन्द्र तोकिएको छ । त्यसका लागि ४७ हजार २ सय ४२ जना कर्मचारी खटिएका छन् । काठमाडौंमा सबैभन्दा बढी ८३ केन्द्रबाट २ हजार ८ सय ६० जनाले परीक्षा दिनेछन् । मनाङमा सबैभन्दा कम एउटा केन्द्रबाट १ सय २२ जनाले एसएलसी दिनेछन् । एसएलसी परीक्षा १८ गते सकिने छ ।

संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ब्यवस्थापिका संसदको राज्यव्यवस्था समितिले नेपाल सरकारलाई एक महिनाभित्र लामो समयदेखि रिक्त रहँदै आएको संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त निर्देशन दिएको छ । समितिको आज प्रधानमन्त्री झलनाथ खनालसहित बसेको बैठकले रिक्त संबैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गर्न निर्देशन दिएको हो । दलिय भागबण्डा नमिल्दा २०६२ सालदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लोकसेवा आयोग निर्वाचन आयोग महालेखा परिक्षक लगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्त हुन सकेका छैनन् । तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले गत बैशाख १० गते रिक्त पदाधिकारी नियूक्त गर्न सिफारिस गरे पनि विपक्षी दलका नेतावीना बसेको संबैधानिक नियूक्ति खारेज गर्न माग गर्दै एकीकृत नेकपा माओवादीले दायर गरेको रितमा सर्वोच्च अदालतले नियूक्तीको सिफारिस खारेज गर्ने फैसला गरेपछि पुन रिक्त हुन पुगेको थियो । बैठकमा उपस्थित प्रधानमन्त्री खनालले सहमतिको आधारमा यथासिघ्र संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरिने प्रतिबद्धता जनाउनु भएको थियो । उहाँले मुलुकको शान्ति सुरक्षाको अवस्था सुधारोन्मुख रहेको दावी गर्दै सरकार शान्ति सुरक्षाको मामिलामा कुनै पनि हेलचेक्राई गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको थियो ।

३५ सूत्रीय माग सहित यातायात मजदूर आन्दोलनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
३५ सूत्रीय माग पूरा गराउनको लागि अखिल नेपाल यातायात मजदूर संघले दबाबमुलक आन्दोलनको घोषणा गरेको छ । बिहीबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिईएको हो । आन्दोलनका कार्यक्रमहरुमा चैत्र ११ देखि २५ गतेसम्म प्रचारात्मक, २६ देखि बैशाख ४ सम्म प्रत्येक अञ्चलका यातायात व्यवस्था कार्यालयमा साधन पार्किङ र कालो झण्डा राख्ने, ५ गते यातायात ब्यवसायी महासंघमा एक घण्टा नाराजुलुससहित धर्ना दिने र ६ गते सवारी साधनसहित महासंघको कार्यालय घेराउ गर्ने लगायतका छन् ।मजदूर संघका अध्यक्ष जगतबहादुर सिंखडाले पहिलो चरणको आन्दोलनबाट माग पूरा नभए सशत्त आन्दोलन गर्ने चेतावनी दिनुभयो । अध्यक्ष सिंखडाले भन्नुभयो-’हाम्रो मागको सम्बन्धमा श्रम तथा यातायात व्यवस्था मन्त्रालयमा पटक-पटक तागेता गरेपनि कुनै पनि सुनुवाई नभएकाले क्रमबद्ध आन्दोलनको घोषणा गर्नु परेको हो ।’संघले मुलुकभरी पक्राउ परेका साढे चारसय मजदुरको रिहाई, १० लाख बरावरको दुर्घटना विमा, निशुल्क स्वास्थ उपचार, रासन कार्डको ब्यवस्था, लगायतका ३५ बुँदे माग अगाडि सारेको छ ।

Mar 23, 2011

उपाध्यक्ष डा. बाबुराम भट्टराई सिंगापुर जाने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई सिंगापुर जाने भएका छन् । एउटा विश्वविद्यालयले आयोजना गर्ने कार्यक्रममा भाग लिन भट्टराई बिहीबार सिंगापुर जान लागेका हुन् । माओवादीभित्र बौद्धिक व्यक्तित्वको छवि बनाएका भट्टराईले विश्वविद्यालयको कार्यक्रममा आफ्नो प्रस्तुति समेत दिनेछन् । सिंगापुरको दुई दिने बसाइपछि उनी शनिबार स्वेदश फर्कनेछन् ।

अन्तराष्ट्रिय होटल संघको विश्व सम्मेलन नेपालमा हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्वभरिका होटल तथा रेस्टुरेन्ट व्यवसायको प्रतिनिधित्व गर्ने एकमात्र अन्तराष्ट्रिय व्यापारिक संगठन 'इन्टरनेसनल होटल एन्ड रेस्टुरेन्ट एसोसिएसन' (आइएचआरए) को वर्लड कंग्रेस (विश्व सम्मेलन) नेपालमा हुने भएको छ । नेपाल पर्यटन वष २०११ लाई लक्ष्य गरी होटल एसोसिएसन नेपाल (हान) को पहलमा उक्त संगठनको सम्मेलन हुन लागेको हो । सम्मेलन २०६८ मंसिर १४ देखि १६ गतेसम्म हुने हानले जनाएको छ ।

मधेसी जनअधिकार फोरम सरकारमा सहभागि हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मधेसी जनअधिकार फोरम नेपाल सरकारमा सहभागि हुने पक्का भएको छ । बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री झलनाथ खनालले विगतमा भएका सहमति पूरा गर्ने प्रतिबद्धता जनाएपछि फोरम नेपाल सरकारमा सहभागि हुने पक्का भएको हो । प्रधानमन्त्री खनाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच मधेसका मुद्दा सम्बन्धमा विगतका सरकारसँग भएका सहमति कार्यान्वयन गर्ने र शान्तिप्रक्रिया यथाशीघ्र पूरा गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । तराई मधेसका समस्या, संविधान निर्माण, शान्ति प्रकृया र सत्ता साझेदारी गरी चार वटा बुंदामा एमाले, माओवादी र फोरमबीच सहमति बनेको हो । सहमतिपछि फोरम केन्द्रीय समितिको बैठकपछि सरकारमा जाने मन्त्रीहरुको नामावली तय गर्ने बताइएको छ । स्रोतका अनुसार फोरमले परराष्ट्रसहित तीन मन्त्रालय पाउने छ ।

जनसेनाको प्रारुप र मापदण्ड तयार गर्न कार्यदल गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सेना समायोजन विशेष समितिले माओवादी जनसेनाका लडाकूको समायोजन र पुनर्स्थापनाको प्रारुप र मापदण्ड तयार गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आज विहान बसेको विशेष समितिको बैठकले कार्यदल गठन गरेको शान्ति तथा पुनर्निर्माणमन्त्री बर्षमान पुन अनन्तले जानकारी दिनुभयो । कार्यदलमा माओवादीका जनार्दन शर्मा कांग्रेसका डा.रामशरण महत एमालेका ईश्वर पोखे्रल र मधेशी जनअधिकार फोरमका जेपी गुता सदस्य हुनुहुन्छ। कार्यदललाई निश्चित समय नदिएपनि ५० दिनभित्र समायोजन सम्पन्न गर्नेगरी एक हप्ताभित्र प्याकेज तयार गर्न निर्देशन दिइएको छ । विशेष समिति बैठकले माओवादी जनसेनाका लडाकुको शिविरको अनुगमन र निरिक्षणका लागि विशेष समितिअन्तर्गतको सचिवालयका लागि आवश्यक जनशक्ति भर्ना गर्न अनुमति दिएको सदस्य जेपी गुप्ताले जानकारी दिनुभयो । यसका लागि ४ सय ३३ जना कर्मचारी राख्न अनुमति दिइएको उहाँले बताउनुभयो ।

सरकारले चीनियाँ सैन्य सहयोग स्विकार गर्ने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले चीनियाँ सैन्य सहयोग स्विकार गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले चिनियाँ सैन्य सहयोग स्विकार गर्न नेपाली सेनालाई स्वीकृति दिएको हो। त्यसैगरी सरकारले लोडसेडिङ न्युनिकरणका लागि ठोस कार्ययोजना बनाउने निर्णय पनि गरेको छ। लोडसेडिङलाई अहिलेको भन्दा बढ्न नदिन बैकल्पिक उपाय खोज्न उपप्रधान तथा उर्जामन्त्री भरमोहन अधिकारीलाई जिम्मा दिइएको छ। मन्त्रिपरिषद्को बैठकले भुमिहिनहरुको मागको सुनुवाई गर्ने समेत निर्णय गरेको छ। भुमिहिन सुकुम्वासीहरुको मागको सम्बोधन गर्न भुमिसुधार मन्त्रीको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरिएको छ। त्यस्तै मजदुर र उद्योगी व्यवसायीबीच जारी पारिश्रमिक वृद्धिको विवाद समाधान गर्न वार्ता टोली गठन गर्ने अनौपचारिक निर्णय पनि सरकारले गरेको छ।

राज्य पुनर्संरचना आयोग गठनबारे दलहरुबीच विवाद कायमै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राज्य पुनःसंरचना आयोग गठन गर्ने या नगर्ने भन्ने बिषयमा दलहरुबीच विवाद भएपछि आज बिहान बसेको संवैधानिक समितिको बैठक बिना निष्कर्ष टुङ्गिएको छ। आयोग गठनका बिषयमा दलहरुबीच विवाद भएपछि बैठक बिना निष्कर्ष टुङ्गिएको हो। बिहान सिंहदरवारमा बसेको बैठकमा एकीकृत नेकपा माओवादी र मधेशवादी दलले संविधान जारी गर्ने समय कम भएकाले आयोग गठन गर्दा संविधान समयमा नबन्न बताएका थिए। उता कांग्रेस, एमाले लगायतका दलले भने आयोग गठनका बिषयमा संविधानमा नै उल्लेख भएकाले आयोग गठन गर्नुपर्ने अडान दोहोर्‍याएका थिए। तर राज्यको पुनःसंरचना र राज्य शक्तिको बाँडफाँड समितिले पठाएको प्रतिवेदन अध्ययन गरी शुक्रबार बस्ने संवैधानिक समितिको बैठकमा छलफल गर्न दलहरु सहमत भएका छन्। शुक्रबारको बैठकमा समेत आयोग गठन गर्ने बिषयमा सहमति नजुटे राज्य पुनःसंरचना सम्बन्धि प्रतिवेदन समेत छलफलका लागि संवैधानिक समिति मातहतको विवाद समाधान उपसमितिमा पठाउने सहमति भएको छ।

बेलायतले बिद्यार्थी भिषाका नियमहरुमा ब्यापक फेरबदल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेलायत सरकारले बिद्यार्थी भिषाका नियमहरुमा ब्यापक फेरबदल गरेको छ । जसअनुसार बिदेशी बिद्यार्थीको प्रायोजन गर्ने बेलायती कलेजहरुमाथि कडाई गरिने भएको छ भने डिग्री लेभलमा अध्ययन गर्न चाहने बिद्यार्थीहरुले अहिले भन्दा आइएलटीएसमा बढी स्कोर ल्याउनुपर्ने छ ।यस्तै बिश्वबिद्यालयमा अध्ययन गर्ने र सामुदायिक कलेजहरुले मात्र बिदेशी बिद्यार्थीलाई स्पोन्सर गर्न पाउनेछन् । सरकारी खर्चमा पढ्न जाने र निश्चीत पोष्ट ग्राजुएट बिद्यार्थीले मात्र डिपेन्डेन्ट भिसामा आफ्ना श्रीमान् वा श्रीमतिलाई बेलायत लैजान पाउने भएका छन् । यस्तै बिद्यार्थी भिषामा बेलयातमा बिताउने समयमा पनि सिमितता तोकिने भएको छ । ग्राजुएट बिद्यार्थीले अझै काम गर्न पाउने भएपनि 'टायर २' प्रणालीअन्तर्गत दक्ष काममात्र गर्न पाउनेछन् ।युके बोर्डर एजेन्सीका क्षेत्रीय निर्देशक क्रिस डिक्सले यो परिवर्तनबाट बिद्यार्थी भिषाको दुरुपयोग गर्ने नेपाली बिद्यार्थी, संस्था तथा कन्सल्टेन्सीहरुका लागि खराव समाचार भएपनि दक्ष बिद्यार्थीको हित संरक्षण भएको बताउनुभयो । बिद्यार्थी भिषामा आफ्ना आश्रतिहरुलाई लगिरहेका नेपाली बिद्यार्थीहरुलाई सबैभन्दा बढी असर पर्ने छ । यस्तै प्रायोजन गर्ने कलेजहरुको मापदण्डमा पनि कडाई गरिएका कारण भिषा पाउन पनि नेपाली बिद्यार्थी कठिनाई हुने छ ।

Mar 22, 2011

कवि सुनुवारको कविताकृति सन्तानहरू विमोचित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्व नेपाली सहित्य महासंघद्वार प्रकाशित कवि रामकृष्ण सुनुवार 'आँकला' को नवीनतम कविताकृति सन्तानहरूको विमोचन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले आज प्रतिष्ठानकै प्रेक्षालयमा विमोचन गर्नु भयो । प्रवासमै रहेर अढाई दशकदेखि साधनारत श्रष्टा आँकला को प्रस्तुत कृतिमा कविताहरु समाविष्ट छन् । सोही अवसरमा कुलपति काइँलाले कथाकार टंकराम सुनुवार 'सिर्सेली' को लघुकथा संग्रह परेङ को पनि विमोचन गर्नु भयो । कवि आँकलाको कविता कृति माथि प्राज्ञ डा. गोविन्दराज भट्टराई र श्रवण मुकारुङले समीक्षत्मक टिप्पणी गर्नु भएको थियो भने कथाकार सर्सेली को लघुकथा कृतिमाथि प्राज्ञ भाउपन्थी र डा. रविन्द्र समीरले समीक्षा गर्नु भएको थियो । विश्व नेपाली सहित्य महासंघका उपाध्यक्ष रमेश पौडेलको सभापतित्वमा सम्पन्न सो समारोहमा मनोरमा सुनुवारले स्वागत मन्तव्य दिनु भएको थियो भने कवि आँकला र कथाकार सिर्सेलीको लेखनी व्यक्तित्वका बारेमा अतीत मुखिया र शशि लुमुम्वुले प्रकाश पार्नु भएको थियो ।

भारतीय राजदुत सूदलाई गुल्मीमा पनि कालो झण्डा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गुल्मी, चैत्र ८ - भारतीय राजदुत राकेश सुदले आगामी दिनमा दुतावास मार्फत गुल्मी जिल्लामा आएको विकास सहयोग रोकिन सक्ने चेतावनी दिएका छन् । गुल्मी जिल्लामा भारतीय राजदुतावासको सहयोगमा निर्माण सम्पन्न भएका श्रृङ्गेश्वर क्याम्पस बलेटक्सार र तम्घासको रेसुङ्गा माविको भवन उद्घाटन गर्न आएका राजदुत सुदलाई माओवादी कार्यकर्ताले कालो झण्डा देखाउँदै विरोध गरेपछि त्यसको प्रतिकारमा सुदले विकास रकम रोक्ने चेतावनी दिएका हुन् । यसअघि सोलुखम्बुलगायतका जिल्लामा पनि सूदलाई माओवादी कार्यकर्ताहरुले कालो झण्डा देखाएका थिए । राजदुत सुदलाई माओवादी कार्यकर्ताले सदरमुकाम तम्घास र दुविचौर गाविसमा कालो झण्डा प्रदर्शन गर्दै विरोधमा नाराबाजी गरेका थिए । सुदले गुल्मीको बलेटक्सारमा १ करोड ९० लाखको लागतमा निर्माण सम्पन्न भएको श्रृङ्गेश्वर क्याम्पस भवन, ८१ लाख २९ हजारमा निर्माण सम्पन्न भएको तम्घासको रेसुङ्गा भवनको आज उद्घाटन र झण्डै २ करोडको लागतमा निर्माणाधिन रेसुङ्गा क्याम्पसको पुस्तकालय भवनको निरिक्षण गरेका थिए ।

अमेरिकी युद्धबिमान लिबियामा खस्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र ८ - अमेरिकी युद्धबिमान लिबियामा दुर्घटनाग्रस्त भइ खसेको छ । अमेरिकी सेनाका प्रबक्ता केनिथ फिडलरले विमान कसैले खसाएको भनाइको खण्डन गरेका छन् । प्राविधिक त्रुटिका कारण वायु सेनाको एफ १५ स्ट्राइक इगल विमान अवतरण गरिएको प्रबक्ता फिडलरको दाबी छ । विमानका दुवैजना चालकको सकुशल उद्दार गरिएको अमेरिकी अधिकारीहरुले जनाएका बीबीसीले जनाएको छ । वायु सेनाको एफ १५ स्ट्राइक इगल विमान विद्रोहीको पकड रहेको बेंगाजीमा खसेको हो । विमान खसेको ठूलो आवाज कर्नेल गद्दाफीको निवासमा पनि सुनिएको थियो ।

सुनसरीका गाविस कर्मचारीद्वारा सामूहिक राजीनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराईका जिल्लामा पुनः असुरक्षु बढ्दै गएको छ। असुरक्षाका कारण सबभन्दा बढी सरकारी कर्मचारी पीडित बनिरहेका छन्। असुरक्षा बढ्दै गएपछि सुनसरीका सबै गाविसका कर्मचारीले सोमबार सामूहिक राजीनामा दिएका छन्। शान्तिसुरक्षाको माग राख्दै ४९ वटै गाविसका २ सयभन्दा बढी कर्मचारीले सुनसरीका स्थानीय विकास अधिकारी प्रेमप्रसाद भट्टराईलाई सोमबार सामूहिक राजीनामा बुझाएका हुन्। जिल्लाभरिबाट सदरमुकाम इनरुवामा भेला भएका गाविस कर्मचारीहरुले नाराबाजीसहित बजारपरिक्रमा गर्दै जिल्ला विकास समितिको कार्यालय पुगेर सामूहिक राजीनामापत्र बुझाएका थिए।पूर्वी तराई र पहाडी जिल्लामा सशस्त्र संघर्षरत समूहको बारम्बारको धम्की र चन्दा आतंकले असुरक्षित भएको भन्दै राजीनामा बुझाएको कर्मचारी संघ सुनसरी जिल्ला अध्यक्ष साजीव खड्काले बताउनुभयो।राजीनामापत्र बुझ्दै स्थानीय विकास अधिकारी भट्टराईले कर्मचारीहरुले माग गरेको शान्तिसुरक्षाको विषयमा प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्ने बताउनुभयो। कर्मचारीहरु एक साताअघिदेखि हातमा कालोपट्टी बाँधेर काम गर्दै आएका थिए।सशस्त्र समूहले कर्मचारीको क्षमताभन्दा बढी चन्दा माग्ने र नदिए हत्या गर्ने धम्की दिन थालेपछि उनीहरुको परिवारमा मानसिक तनाब उत्पन्न भएको छ।

भुमिहिनको राजधानी केन्द्रीत आन्दोलन स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले उच्चस्तरिय भूमिसुधार आयोगको प्रतिवेदन सार्वजानिक गर्ने तथा क्रान्तिकारी भुमिसुधार गर्ने आश्वासन दिएपछि गत बुधवारदेखी राजधानीमा जारी राष्ट्रिय भुमिअधिकार मञ्चको धर्ना कार्यक्रम स्थगित भएको छ । सरकारका तर्फबाट उपप्रधानमन्त्री कृष्णबहादुर महरा र मन्त्री गंगालाल तुलाधरले राजधानीको भृकुटीमण्डपमा धर्नामा बसेका भुमिहिनहरुलाई भेटेर माग पूरा गर्ने आश्वासन दिएका थिए । आयोगको प्रतिवेदन सार्वजानिक र भुमि अधिकार माचको माग संवोधन गर्न माओवादी पोलिटव्युरो सदस्य हरिबोल गजुरेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।
कार्यदलमा एमालेका हरि पराजुली भुमिसुधार मन्त्रालयका सहसचिव केशब भट्टराई माचका ल्यामब दर्जी लगायतका हुनुहुन्छ । भुमिहिनको धर्नालाइ संवोधन गर्दै विगतमा आफू मन्त्री हुँदा गरेको सम्झौता अनुसार आयोग गठन भएको र कार्यान्वयका बेलामा समेत आफू मन्त्री बनेको भन्दै महराले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताउनुभयो ।
नेपालमा भुमिसुधारको माग २०२१ सालदेखि उठेको स्मरणगर्दै मन्त्री महराले क्रान्तिकारी र आमूल परिवर्तन गर्नेगरी भूमिसुधार लागू गर्ने तथा भुमिसुधार लागू गर्ने कुरालाई मन्त्रीपरिषद बैठकमा लैजाने समेत आश्वासन दिएका छन् । निर्धारित समयमा नयाँ संविधान जारी गर्न र नयाँ संविधानमा भूमीहीनको अधिकार सुरक्षित गर्न दबाब दिने उद्देश्यले ५० जिल्लाका भूमिहिन तथा एक हजार श्रमिक महिला काठमाडौंको खुलामाचमा धर्नामा बसेका थिए ।

सक्रमणकालीन ब्यवस्थामाथिको विवाद सुल्झियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानका राख्ने सक्रमणकालीन ब्यवस्थाको विषयमा रहेको विवाद सुल्झेको छ । नयाँ संविधान जारी भएपछि पनि चुनाव नभएसम्म पुरानै पदाधिकारी बहाल रहने विषयमा सहमति बनेपछि सक्रमणकालीन ब्यवस्थामाथिको विवाद सुल्झेको हो । संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिको मंगलबारको बैठकले नयाँ संविधान जारी भएपछि पनि नयाँ व्यवस्था नहुँदासम्म मौजुदा पदाधिकारीरु बहाल रहने सहमति जुटाएको छ । यसअनुसार अब राष्ट्रपति सरकार संवैधानिक निकायका प्रमुख संविधानले व्यवस्था गरेको नयाँ प्रकि्रयाबाट चयन नहुन्जेल पदमा बहाल रहनेछन् । उपसमितिले गरेको यो सहमति पछि नयाँ संविधान जारी भएर नयँ निर्वाचन नभएसम्म अहिले रहेको ६ सय १ सभासदले नै ब्यवस्थापिका संसदको कार्य गर्ने निश्चित भएको छ । उपसमिति सदस्य एवम काग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले नयाँ संविधानका विवादित सात बुँदामा मंगलबार सहमति भएको जानकारी दिए । उनका अनुसार मंगलबार सक्रमणकालिन व्यवस्थाका बारेमा छलफल भएको छ ।बैठकमा उपसमिति संयोजक माओवादी अध्यक्ष पुष्पकमल दाहाल सदस्यहरु माधवकुमार नेपाल रामचन्द्र पौडेल र आमन्त्रीत आठ सदस्यहरुको उपस्थिति रहेको थियो ।

इलाम क्याम्पसका क्याम्पस प्रमुख तीन देखी थुनामै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विद्यार्थी संगठनद्धारा आइतवारदेखी आफ्नै कार्यकक्षमा थुनिएका इलाम महेन्द्र रत्न बहुमुखि क्याम्पसका निमित्त क्याम्पस प्रमुख राजेन्द्र कुवँरलाई अझै थुना मुक्त गरिएको छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको मुद्धा बिचाराधिन रहेको अवस्थामा आंशिक शिक्षक नियुक्ति गरेको विरोधमा नेविसंघ र अखिर क्रान्तिकारीले निमित्त क्याम्पस कुवँरलाई कार्यकक्षमै थुनेका हुन्। उनीहरुले क्याम्पस प्रमुख जसबहादुर लुङ्गेलीले दिएको राजीनामा स्वीकृत हुनुपर्ने पनि माग गरेका छन्। माग पूरा नभएसम्म कुँवरलाई थुना मुक्त नगरिने विद्यार्थीले जनाएका छन्। निमित्त क्याम्पस प्रमुख कुवँरले भने विद्यार्थीका माग आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने भन्दै आफुले माग पूरा गर्न नसक्ने बताउनु भएको छ।

Mar 21, 2011

नेपाली युवालाई एसियामै पहिलो लाटोकोसेरा संरक्षण अवार्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कास्की, चैत्र ७ - लाटोकोसेराको अध्ययन र संरक्षणमा विशेष योगदान दिएका पोखराका ४० वर्षीय राजु आचार्यलाई अमेरिकाको हस्टन नेचर सेन्टरले 'वर्ल्ड उल हल अफ फेम स्पेशल अवार्ड' प्रदान गरेको छ । अमेरिकाको मिनेसोटामा अन्तराष्ट्रिय लाटोकोसेरा मेलाको अवसरमा उनलाई फागुन २१ गते अवार्डले पुरस्कृत गरिएको हो । अहिले सम्म विश्वका पाँच जना अनुसन्धानकर्ता पाएको उक्त अवार्ड एसियाबाट पाउने उनी पहिलो हुन् । बेलायत अमेरिका, क्यानडा र नेदरल्याण्डका ६ जना पंक्षी विद्हरुको अमेरिकाको होष्टनमा बसेको बैठकले आफुलाई पुरस्कृत गरिएको सोमबार पोखरामा आयोजीत पत्रकार सम्मेलनमा आचार्यले बताए । उनको नेतृत्वमा स्वयंसेवी संस्थाको रुपमा तीन वर्ष अघि प्रकृतिका साथी मार्फत नेपालमा पहिलो पटक लाटोकोसेरा र मानिसको बारेमा अध्ययन गदै आएको थियो । ९ वटा जिल्लामा २ सय १५ ठाउँमा लाटोकोसेराको चेतना शिविर लगायत संरक्षणको काम गर्दै आएको छ । २० वर्ष उनले लाटोकोसेरो अध्ययनमा लगाएका छन् ।

सर्वोच्च अदालतद्वारा विपक्षीलाई झिकाउने आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वप्रहरी महानिरीक्षक प्रदिपशम्शेर जवरालगायत उनका परिवारले गैरकानुनीरूपले सम्पति आर्जन गरेको अभियोगमा दायर मुद्दामा सर्वोच्च अदालतले विपक्षीलाई झिकाउने आदेश दिएको छ । गत बैशाख २९ गते विशेष अदालतले विपक्षीहरूसँग रहेको सम्पतिको स्रोत खुलेको भन्दै सफाइ दिएपछि गत असोज १३ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रेम शर्मा र भरतराज उप्रेतीको संयुक्त इजलासले अघिल्लो फैसला परिवर्तन हुनसक्ने सम्भावना भएको हुँदा विपक्षीसँग सोधपुछको लागि सो आदेश दिएको हो। उक्त मुद्दामा पूर्व प्रहरी महानिरीक्षक जवरा, उनकी श्रीमती शान्ता राणा र छोरा दीपशम्शेर जवरालाई समेत विपक्षी बनाइएको छ ।

कांग्रेस सरकारमा आए सातबुँदे संशोधन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सत्तासाझेदार दल एमाले र माओवादीले सरकारलाई राष्ट्रिय स्वरुप प्रदान गर्न नेपाली कांग्रेस सरकारमा सहभागी हुने भए सातबुँदे सहमति संशोधन गर्ने सहमति गरेका छन्। सातबुँदेलाई आवश्यकताअनुसार परिवर्तन र संशोधन गर्न एमाले लचिलो रहँदै आएको भए पनि माओवादी कठोर रुपमा प्रस्तुत हुँदै आएको थियो। सरकारलाई राष्ट्रिय स्वरुप प्रदान गर्न एमालेले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा गठन गरेको उच्चस्तरीय वार्ताटोली र माओवादी नेतृत्वबीच आइतबार भएको वार्तामा कांग्रेसलाई पनि सरकारमा सहभागी गराएर मात्रै शान्ति र संविधानलाई निष्कर्षमा पुर्याउन सकिने निष्कर्ष निकाल्दै आवश्यक परे सातबुँदे सहमतिलाई संशोधन गर्नुपर्ने सहमति भएको थियो।नेपाली कांग्रेसले सातबुँदे सहमतिको खारेजी भए मात्रै नयाँ सहमति कायम गर्न सकिन्छ भन्ने धारणा राख्दै आएको छ भने माओवादीले सातबुँदे सहमति खारेज भने हुन नसक्ने बताउँदै आएको छ। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकमा सेनासमायोजन विशेष समितिलाई क्रियाशील बनाउँदै शान्तिप्रक्रियाको महत्वपूर्ण काम सम्पन्न गर्ने सहमति भएको हो।

विश्वकै होंचा खगेन्द्रले अर्को विश्व किर्तिमानको दाबी राख्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्वकै सबैभन्दा होंचा व्यक्तिको रुपमा बिश्व रेकर्ड राख्न सफल नेपालका खगेन्द्र थापामगर थप अर्को विश्व किर्तिमानको दाबी राख्न ईटली पुग्नु भएको छ । थापामगरले इटलीमा सबैभन्दा कम तौल तथा छोंटा हातखुट्टा भएको व्यक्तिका लागि प्रतिस्पर्धा गर्ने खगेन्द्र थापागमर प्रतिष्ठानले जनाएको छ । बाग्लुङको धुल्लुबास्कोट स्थायी घर भएका १८ वर्षीय थापामगरको उचाई ६७ दशमलव ८ सेन्टिमिटर छ । उहाँको तौल साढे ५ किलो मात्र छ । थापामगरलाई नेपाल सरकारले पर्यटन वर्ष २०११ को सदभावना राजदुत नियुक्त गरेको छ ।

चैत १३ गतेदेखि सर्टवेभ ट्रान्समिसन बन्द गर्ने घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बिबिसी विश्व सेवाले चैत १३ गतेदेखि सर्टवेभ ट्रान्समिसन बन्द गर्ने घोषणा गरेपछि आम नेपालीको सहज समाचार प्राप्त गर्ने अधिकार बन्द हुने भन्दै नेपाली सञ्चारकर्मी तथा मानवअधिकारकर्मीले चासो व्यक्त गरेका छन् । बिबिसी नेपाली समाचारका स्रोताहरु नेपालमा धेरै भएको र बन्द हुँदा ग्रामीण क्षेत्रलगायतका श्रोताले सजिलै सूचना प्राप्त गर्न नसक्ने भन्दै सर्टवेभ ट्रान्समिसन बन्द नगर्न भन्दै उनीहरुले नेपालस्थित बेलायती दूतावासमार्फत बेलायती सरकारलाई समेत अनुरोधपत्र बुझाएका छन् ।
तेत्तीस जना पत्रकार तथा मानवअधिकारकर्मीले संयुक्तरुपमा हस्ताक्षर गरी बुझाइएको सो अनुरोधपत्रमा बिबिसी सेवाले सर्टवेभ ट्रान्समिसन बन्द गरे नेपालका लाखौँ श्रोता सूचनाबाट वञ्चित हुने र यसले बेलायती सरकारमाथिको दृष्टिकोणमा समेत परिवर्तन आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।मुलुकमा प्रजातन्त्र ल्याउन तथा प्रजातन्त्र सङ्कटमा परेको बेला जोगाउने कार्यमा बिबिसी नेपाली सेवाको ठूलो भूमिका रहेको भन्दै उनीहरुले विगतका वर्षहरुमा सूचनाको अधिकारलाई अङ्कुस लगाउँदा तथा नेपाली एमएफ रेडियोमाथि नियन्त्रण गर्दा सूचना सम्प्रेषण गर्ने काममा यसले नेपालमा ठूलो योगदान दिएको समेत स्मरण गरेका छन् ।

अरुसँग बोलेको आरोपमा पत्नीमाथि कुटपिट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नीलकण्ठ गाविस-५ निवासी ३२ वर्षीया पवितालाई अरुसँग बोलेको आरोपमा उनका पति ३६ वर्षीय युवराज रिजालले कुटपिट गरेका छन् । घरमै बसेको अवस्थामा अरु मानिससँग बोलेको भन्दै छिमेकीसँग नै विवाह गर्न धम्की दिँदै युवराजले पटकपटक कुटपिट गर्ने गरेको जिल्ला प्रहरी कार्यालयमा पीडितले जानाकारी दिइन् । घरमा जे पायो त्यहीले आक्रमण गरेपछि भागेर ज्यान बचाएकी पविताले प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । पीडितलाई कुटपिटबाट घर निकाला गरिएको छ भने प्रहरी कार्यालयमा वार्ताका लागि बस्दा पनि पीडकले कुटपिट गर्ने धम्की दिएको पीडितको भनाइ छ । यसैबीच, जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका झार्लाङ गाविस-५ निवासी राजकुमार तामाङ हिरासतबाट भाग्न खोज्दा भएको घम्साघम्सीमा एक प्रहरी गम्भीर घाइते भएका छन् ।

Mar 20, 2011

संघिय विद्यार्थी युनियनको बन्दका कारण ताप्लेजुङ प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संघिय विद्यार्थी युनियनले गरेको बन्दको कारण आज ताप्लेजुङका संम्पुर्ण शैक्षिक संस्था, यातायात र कार्यालयहरु विहानै बाट बन्द भएका छन् । गत २०६५ चैत्र ६ गते झापाको धुलाबारी क्याम्पसमा हत्या गरीएका मनिल तामाङलाई शहिदको रुपमा क्यालेण्डरमा सरकारले प्रकासन नगरेको र सहिदहरुको अपमान गरेको विरोधमा आज सो विद्यार्थी युनियनले बन्दको आवाहान गरेको हो । यसै विच जिल्लाका विभिन्न विद्यालयमा परीक्षा चलिरहेको र विद्यार्थीको मागलाई ध्यानमा राखि परीक्षा सञ्चालनमा भने कुनै अवरोध नगरीने उक्त विद्यार्थी युनियनले हिजो एक प्रेश विज्ञप्ति प्रकासीत गरी जनाएको छ । संघिय विद्यार्थी युनियन ताप्लेजुङका अध्यक्ष मेन्छ्याहाङ्ग हेल्लोकद्धारा हस्ताक्षरित विज्ञप्तिमा उक्त कुरा उल्लेख गरीएको छ ।

चैत्र १० गतेदेखि सुरु हुने एसएलसी परीक्षा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र १० गतेदेखि सुरु हुने एसएलसी परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यसपालीको परीक्षामा देशभरीमा पाँच लाख पाँचजना परीक्षार्थी सामेल हुने जानकारी दिएको छ । परीक्षा सञ्चालनका लागि देशभरिमा एक हजार ६७५ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षालाई मर्यादित बनाउन एक हजार ६७५ जना केन्द्राध्यक्ष नियुक्ति गरिसकेको र २५ परीक्षार्थी बराबर एकजना परीक्षा निरीक्षकसमेत तोकिएको छ । एसएलसी परीक्षामा हुने अनियमितता, चिट चोर्ने र चोराउनेलाई नियन्त्रण गर्न परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र रहेको विद्यालय वरपर मानिसको जमघट हुन नदिने तयारी गरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसपटकको परीक्षामा सबैभन्दा बढी काठमाडौँमा ३२ हजार ८३ जना र सबैभन्दा कम मुस्ताङमा ९० जना परीक्षार्थी रहेका छन् ।

प्रधानमन्त्री र राष्ट्रपती बीच भेटवार्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री झलनाथ खनालले आज राष्ट्रपति डा. रामबरण यादवसँग भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा अपरान्ह भएको भेटवार्तामा प्रधानमन्त्रीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा जानकारी दिनुभएको थियो । त्यसैगरी संविधान निर्माणमा भईरहेको प्रगति सरकार विस्तारकोलागी भईरहेको प्रयासको विषयमा पनि प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने राष्ट्रपतिसँगको प्रधानमन्त्रीको भेट नियमित भएको जानकारी दिनुभएको छ ।

माओवादी र एमालेले काग्रेसलाई सरकारमा ल्याउन पहल गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादी र नेकपा एमालेवीच नेपाली काग्रेसलाई पनि सरकारमा सहभागी गराएर राष्ट्रिय सरकारको स्वरुप दिन पहल तिब्र पार्ने सहमति भएको छ । एमालेले बरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा गठन गरेको बार्ता टोलीले आज माओवादी शिर्ष नेताहरुसँग गरेको दुई घण्टा लामो छलफलमा त्यस्तो सहमति भएको हो ।
बैठकमा संविधान निर्माण कार्यलाई तिब्रता दिने र तत्काल सेना समायोजन विशेष समितिको बैठक बोलाएर समायोजनको कार्ययोजना बनाउन उच्च स्तरको कार्यदल गठन गर्ने विषयमा पनि सहमति बनेको छ । बैठकमा पछि बरिष्ठ नेता नेपालले नेपाली काग्रेसलाई सरकारमा सहभागित गराउन सात बुँदे सहमतिको स्थानमा नयाँ सम्झौता हुने र त्यस्तो अवस्थामा सात बुँदे सहमति आफै निश्क्रिय हुने विषयमा एमालेले माओवादीलाई अवगत गराएको जानकारी दिदै सोही अनुसार काग्रेसलाई सरकारमा ल्याउन पहल गर्ने विषयमा सकारात्मक कुरा भएको जानकारी दिनुभयो ।
उहाँले बैठकमा तत्काल माओवादी लडाकु रहेको शिविरमा अनुगमन कर्मचारी पठाउने र संविधान जारी हुनु अगावै सेना समायोजनको काम थालनी गर्ने विषयमा पनि सहमति भएको जानकारी दिनुभयो । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने काग्रेससँग सहकार्यकोलागी नयाँ सम्झौता हुने भए पनि सात बुँदे समझदारीको मुल मर्म र भावनामा भने परिवर्तन हुन नसक्ने प्रतिकि्रया दिनुभयो । उहाँले भन्नु भयो-काग्रेसलाई पनि मान्य हुने गरी सात बुँदे सहमतिलाई परिमार्जन गरेर अगाडि बढन सकिन्छ तर खारेज हुँदैन ।
बैठकमा एमालेले शान्ति र संविधानको निर्माणकोलागी लाग्नु पर्ने अवस्थामा सबैलाई असहमति हुने गरी गृहमन्त्रालयको अडान नथाप्न माओवादीलाई आग्रह समेत गरेको थियो । एमालेको सो बार्ता टोलीले आजै मधेसवादी दलहरुसँग पनि छलफलको प्रयास भईरहेको जनाएको छ । हिजो बार्ता टोलीले नेपाली काग्रेससँग पनि छलफल गरेको थियो ।

घूस लिने सभासदलाई ६ महिना कैद, १ लाख जरिवाना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विशेष अदालत, काठमाडौंले इन्सपेक्टर बनाइदिन्छु भन्दै घूस लिने एमाले सभासद डोलबहादुर कार्कीलाई ६ महिना कैद र १ लाख रुपियाँ जरिवाना तिर्नुपर्ने आदेश सुनाएको छ । कार्कीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) (ग) अनुसार ४ महिना र निज व्यवस्थापिका संसद्को समेत सभासद भएकोले सोही ऐनको दफा २४ बमोजिम थप २ (दुई) महिना कैदसमेत ६( छ) महिना कैद र विगो बमोजिम १,००,०००।- (एक लाख) जरिवाना हुने अदालतले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत वीरेन्द्र श्रेष्ठको प्रतिवेदनले ब्रह्मानन्द स्वामी उदासीन र सभासद डोलबहादुर कार्की २ जनाविरुद्ध २०६७।६।४ मा मुद्दा दायर भएको थियो । घुस लिँदालिँदै अख्तियारको टोलीबाट घूसको रकम रु. १,००,०००। एकलाख रुपैँयाँ सहित स्वामी ब्रह्मानन्द उदासिनको डेरा कोठामा मिति २०६७।५।१४ मा रङ्गेहात पक्राउ गरेको अभियो लागेको थियो ।फैसला गर्ने इजलासमा अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यमा ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसे थिए ।

Mar 19, 2011

संघीयता र लिम्बुवानका लागि संघीय लिम्बुवान महिला परिषद प्रशिक्षित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ,
दमक, झापा, लिम्बुवान २७ फागुन २०६७, संघीयता गणतन्त्र धर्मनिरपेक्षता र लिम्बुवान स्वायत्त राज्य स्थापनाको आन्दोलनमा लिम्बुवानी महिलाहरुको भूमिका विषयक एक दिवसीय प्रशिक्षण कार्यक्रम २०६७ फागुन २७ गते लिम्बुवानको केन्द्रीय सम्पर्क कार्यालय दमक, झापामा सम्पन्न भयो ।लिम्बुवानका सबै भातृसङ्गठहरुलाई प्रशिक्षित गराई सशक्त बनाउने अभियानअन्तर्गत मञ्च सम्बद्ध संघीय लिम्बवान राज्य परिषदअन्तर्गत संघीय लिम्बुवान महिला परिषदको आयोजनमा सञ्चालित उक्त प्रशिक्षण कार्यक्रम परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन र महिला परिषदका महासचिव अमृत थेबेको प्रशिक्षकत्व र महिला परिषदका केन्द्रीय सदस्य सावित्रा लिम्बूको अध्यक्षतमा सम्पन्न भएको हो ।प्रशिक्षणमा प्रमुख प्रशिक्षक कुमार लिङ्देन "मिराक"ले नेपालको संघीयतावादी आन्दोलनमा लिम्बुवान र यसको भूमिका लिम्बुवानको आन्दोलनमा महिलाहरुको भूमिका र अब गर्नुपर्ने योगदान आदिबारे प्रशिक्षण दिएका थिए ।संघीय लिम्बुवान महिला परिषदका अध्यक्ष शान्ता योङहाङको उद्घोषणमा सञ्चालित यस कार्यक्रममा अर्का प्रशिक्षक महिला परिषदका महासचिव अमृता थेबेले लिम्बुवानी महिलाहरुमाथि एकात्मक कानुनले पुर्याइरहेको बाधाहरु र यसका लागि लिम्बुवानी महिलाहरुले खेल्नुपर्ने भूमिका बारे प्रशिक्षण दिएका थिए ।प्रशिक्षण कार्यक्रमको समापन गर्ने बेलामा समापन मन्तव्य दिँदै प्रमुख प्रशिक्षक कुमार लिङ्देनले संघीयता भएर लिम्बुवान भएपछि काठमाडौले खोसेको हाम्रो अधिकारहरु हामीले पुनः खोसी लिम्बुवानमा ल्याउन सक्ने र यसरी लिम्बुवानमा अधिकार प्राप्त भइसकेपछि महिलाहरुले सङ्घर्ष नै गर्नु परेमा पनि पहुँच पुग्ने बताउँदै यसकारण संघीयता र अरुणपूर्व लिम्बुवान आजको अपरिहार्यता भएको सम्झाए ।अन्तमा, प्रमुख प्रशिक्षक लिङ्देनले महिला परिषदको सक्रियतामा कम्तीमा दशहजार जना मातृपार्टीका क्रियाशील सदस्य सङ्ख्या बनाउन आग्रह गर्दै जति धेरै क्रियाशील सदस्य हुन्छन् र महिला नेतृत्वहरुलाई जति धेरै जिताउन सक्षम हुन्छन् त्यतिनै महिलाहरुको राजनीतिक हैसियत पनि बढ्ने बताउनु भयो ।
फोटोः चन्द्रा नेम्बाङ

लिम्बुवान शिक्षक परिषद र युवा मञ्चको राष्ट्रिय भेला सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ, फोटोः दिनेश तुम्बापो
विर्तामोड, झापा, लिम्बुवान २०६७ फागुन २८, लिम्बुवान शिक्षक परिषद र युवा मञ्चको प्रथम राष्ट्रिय भेला २०६७ फागुन २७ र २८ गते लिम्बुवानको विर्तामोड झापामा नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको छ । लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेन "मिराक" को प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलामा २४० वर्षदेखि एकात्मकवादीहरुले बिगारेको देश र बिगारेको युवा शक्तिलाई संघीयवादीहरुले सही गोरेटोमा ल्याउने प्रयास गरिरहेको कुरा अध्यक्ष लिङ्देनले बताए । साथै, अहिलेको लिम्बुवानको प्रमुख लक्ष्य ऐतिहासिक पृष्ठभूमिको आधामा अरुण-सप्तकोशीपूर्वको नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य प्राप्त गर्नु भएको पनि प्रमुख अतिथिले दर्शाए । भेलालाई शुभकामना मन्तव्य दिने अन्य वक्ताहरुमा राष्ट्रिय पार्षद दिलकेशर थापा महिला महासचिवः अमृता थेबे महिला अध्यक्षः शान्ता योङहाङ परिषदका द्वीतीय महासचिव तथा एलभी कमाण्डर फक्ताङलुङ योङहाङ उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ रहेका थिए । भेलामा झापा जिल्ला अध्यक्ष मानबहादुर साँवा उपाध्यक्षः भक्त मेन्याङ्बो एलभी उपकमाण्डर राजु राई दमक नगर अध्यक्षः देउकुमार नेम्बाङ एलभी उपकमाण्डरः मोहन बेघा र एलभी उपकमाण्डर सुमन नेम्बाङलाई सम्मान पनि गरिएको थियो । सो भेलाले भक्ति नेम्बाङको अध्यक्षतामा उपाध्यक्षः राम सुहाङ, उपाध्यक्ष लक्ष्मी तुम्बाहाङ, महासचिव नरेन्द्र केरुङ, महासचिव कमल पौड्याल र सचिवालय सदस्यहरु जय लिङ्देन, देबेन्द्र लिम्बू, नारायण नेम्बाङ, हेमकुमार आङ्ला, खगेन्द्र दहाल, हिमाल श्रेष्ठ तथा केन्द्रीय सदस्यहरु एम. बी. लिङ्देन कृष्णप्रसाद रिमाल, सूर्य अधिकारी, दिलु निङ्लेकू, प्रेम राई, देवेन्द्र आङ्बो र श्रीमान चोङ्बाङ रहेको मञ्च सम्बद्ध संघीय लिम्बुवान शिक्षक परिषद गठन गरेको छ । यसैगरी, सुनिल लिम्बूको अध्यक्षतामा उपाध्यक्ष मानव युवराज लामा, उपाध्यक्ष तुलसी परा, महासचिव आइतराज थोप्रा र सचिवालय सदस्यहरु प्रेमपुत्र लावती, कुमार लिम्बू, शिवकुमार इजम, जसकुमार तामाङ, सुमन लावती, सागर तुम्सा, नारायण लावती, निश्चल लावती, विनोद चोङ्बाङ, तारा लिम्बू, याम लिम्बू, नारायण अर्याल, दिपेश राई, सुरेन्द्र यादव, टेकराज लिम्बू, सन्तमणि राई, चन्द्र माबो जितकुमारी राई, कमल चोङबाङ, अशोक योङहाङ, रहेको संघीय, लिम्बुवान युवा मञ्च समेत गठन गरेको छ ।

नेपाली कामदारको उद्धारका लागि सरकारले खर्च नबेहोर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले अबदेखि खाडीलगायत विश्वका अन्य राष्ट्रमा रहेका नेपाली कामदारको उद्धार गर्नुपर्ने स्थिति आए खर्च नबेहोर्ने भएको छ । रोजगारका लागि आकर्षक गन्तव्य बनेको खाडी राष्ट्रमा एकपछि अर्को प्रजातान्त्रिक आन्दोलन चर्किंदै गएकाले त्यहाँका लाखौं नेपालीलाई आफ्नै खर्चमा उद्धार गर्न नसकिने ठहर गर्दै यो निर्णय गरिएको हो । इजिप्ट, लिबिया हुँदै बहराइन र जापानमा रहेका नेपालीको समेत उद्धार गर्नुपर्ने स्थिति बनेपछि मुख्य सचिव माधव घिमिरको कार्यकक्षमा वैदेशिक रोजगारसँग सम्बन्धित सबै निकायका पदाधिकारीको आकस्मिक बैठक डाकिएको थियो । अबका दिनमा विदेशमा रहेका नेपालीको उद्धार गर्दा लाग्ने खर्च सम्बन्धित व्यक्ति, रोजगारदाता कम्पनी र त्यहाँ पठाउने म्यानपावर कम्पनीमध्ये एकले बेहोर्नुपर्नेमा बैठकमा सहभागी सबैले सहमति जनाएका थिए । उद्धारमा लाग्ने खर्चबाहेकको अन्य व्यवस्थापकीय कार्य भने सरकारले गर्नेछ । प्रधानमन्त्री कार्यालयका सचिव लिलामणी पौडेल, श्रम सचिव दिनेश अधिकारी, परराष्ट्र सचिव मदनकुमार भट्टराई, श्रम सहसचिव पूर्णचन्द्र भट्टराई, परराष्ट्रका सहसचिवहरू धनञ्जय झा र हरिश्चन्द्र घिमिरे, परराष्ट्रका नायब शिष्टाचार महापाल धनबहादुर ओली, वैदेशिक रोजगार प्रबर्द्धन बोर्डका कार्यकारी प्रमुख थानेश्वर देवकोटा लगायत सहभागी रहेको बैठकले लामो छलफलपछि तत्काल बहराइन र त्यसपछि अन्य राष्ट्रमा रहेका नेपाली कामदारको तथ्यांक संकलन गर्ने निर्णय गरेको थियो ।

जापानका विमानस्थलमै रिइन्ट्री भिसा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र ५ - आणविक विकिरणको भयले तत्काल स्वदेश फर्कन चाहनेलाई जापान सरकारले विमानस्थलमै रिइन्ट्री भिसा दिने भएको छ । टोकियोस्थित विदेश मन्त्रालयमा शुक्रबार अपराह्न भएको प्रेस बि्रफिङमा पुनः प्रवेश चाहने विदेशी नागरिकलाई सहजै भिसा दिइने जनाइएको हो । 'मैले पनि आजै रिइन्ट्री भिसा लिएको छु, अब उपयुक्त अवसरमा नेपाल फिर्नेछु,' फुकुसिमा केन्द्रबाट उद्धार गरिएका विद्यार्थी मनीष बज्राचार्यले भने । यस्तो भिसा लिन एक हजारभन्दा बढी विद्यार्थी र व्यवसायी अध्यागमनमा पंक्तिबद्ध देखिएको उनले बताए । जापानमा सोमबार राष्ट्रिय बिदा परेको र शनिबारदेखि तीन दिन बिदा भएकाले उक्त अवधिमा विमानस्थलबाटै रिइन्ट्री भिसा लिन सकिने छ । 'आज राति पनि सेन्दाई क्षेत्रमा छुटेका १७ विद्यार्थी लिएर एउटा रिजर्भ बस टोकियो आएको छ,' राजदूत डा. गणेश योञ्जनले शुक्रबार राति फोनमा भने, 'सेन्दाईमै अरू तीन विद्यार्थी सम्पर्कमा आएका छन्, उनीहरूलाई पनि टोकियो ल्याइनेछ ।' राजदूत योञ्जनका अनुसार विदेश मन्त्रालयले जापानका विभिन्न सहरमा रहेका नेपालीको तथ्यांक केही दिनमा उपलब्ध गराउने भएको छ । फुकुसिमास्थित आणविक सेन्टरहरू विस्फोट हुने त्रासमा टोकियोबाट विदेशी कूटनीतिक नियोगहरू विभिन्न थलोमा स्थानान्तरण भइरहेका बेला परराष्ट्र मन्त्रालयले पनि स्थिति हेरी नेपाली दूतावास ओसाका सार्नका निर्देशन दिएको छ । 'ओसाका सर्नका लागि हामी तयारी अवस्थामा छौं तर मंगलबारसम्मको स्थिति हेरेर मात्रै सबै स्थिति थाहा हुनेछ,' उपनियोग प्रमुख दुर्गाबहादुर सुवेदीले भने ।

लोला हान्ने र रंग दल्ने दुईसयभन्दा बढीलाई प्रहरीले पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजधानीमा इच्छाविपरीत लोला हान्ने र रंग दल्ने दुईसयभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । इच्छाविपरीत लोला हान्ने र रंग दल्ने र मादक पदार्थ सेवन गरेर सवारी चलाउन २ सय २१ जनालाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले मादक पदार्थसेवन गरेर चलाइरहेका ६९ वटा मोटरसाइक समेत नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर हनुमानढोकाले जनाएको छ । इच्छाविपरीत लोला हान्ने २ सय २१ पक्राउ प्रहरीले ६७ जना केटाकेटीलाई अभिभावकको जिम्मा लगाएको छ । जबरजस्ती लोला प्रहार गरे सार्वजनिक मुद्दा लगाउने चेतावनी प्रहरीले यसअघि नै दिइसकेको थियो ।

Mar 18, 2011

धनकुटामा लिम्बुवानी प्रशिक्षण सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ
धनकुटा लिम्बुवान २६ फागुन २०६७,धनकुटा जिल्ला कार्य समिति मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको आयोजनामा २०६७ फागुन २६ गते धनकुटा बजारको सुरभी होटलमा एकदिने संघीयवादी लिम्बुवानी राजनीतिक प्रशिक्षण कार्यक्रम परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन "मिराक" को प्रमुख प्रशिक्षकत्व र धनकुटा जिल्लाका अध्यक्ष देवनारायण लावतीको अध्यक्ष्तामा सम्पन्न भएकोछ । लिम्बुवानका राष्ट्रिय पार्षद तथा भू.पू. डीएसपी कृष्णमान थेबे, केन्द्रीय सदस्य दिलकुमार फोम्बो र द्वीतीय महासचिव तथा एलभी केन्द्रीय कमाण्डर फक्ताङलुङ योङहाङको समेत प्रशिक्षणात्मक सम्बोधन रहेको सो कार्यक्रमको सञ्चालन संघीय विद्यार्थी युनियन लिम्बुवान राज्य परिषदका अध्यक्ष जेण्टल लावतीद्वारा गरिएको थियो । प्रमुख अतिथि तथा प्रशिक्षक संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेन "मिराक" ले प्रशिक्षण दिने क्रम्मा लिम्बुवान आन्दोलनको प्रमुख शत्रू केन्द्रीकृत एकात्मक राज्यसत्ता भएको र लिम्बुवानका सम्पूर्ण जातिहरुको यो केन्द्रीकृत एकात्मक राज्यसत्तालाई परास्त गर्न एकजुट हुनुपर्ने बताउनु भएको थियो । प्रशिक्षणकै क्रममा अध्यक्ष लिङ्देनलले अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्यको स्थापना गर्न सबै पार्टीहरुलाई यो मुद्दामा केन्द्रित गराउनु पर्ने धारणा राख्नु भयो । यही क्रम्मा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदलाई अब लिम्बुवानी राजनीतिबाट कसैले पनि छेउ लाउन नसक्ने ठोकुवा गर्दै पार्टी नेता तथा कार्यकर्ताहरुलाई विश्वस्त तुल्याउनु भयो । यही प्रशिक्षणसँगै भएको बैठकले २०६८ वैशाखको पहिलो हप्ता धनकुटातामा विशाल लिम्बुवानी आमसभा गर्ने निर्णयसमेत गरेको छ ।
फोटोः जेण्टल लावती

लेटाङ मोरङ लिम्बुवानको गाउँ अधिवेशन सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ
लेटाङ मोरङ लिम्बुवान २४ फागुन २०६७, लिम्बुवानको सशक्त राजनीतिक सङ्गठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान राज्य परिषदको गाउँगाउँसम्म सङ्गठन विस्तार, पुनर्गठन र प्रशिक्षण गर्नेक्रममा मोरङ जिल्लाको लेटाङ गाउँ विकास समितिको तेस्रो अधिवेशन नयाँ कार्य समितिको चयन गर्दै सम्पन्न भएको छ । संघीय मञ्च तथा सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन "मिराक"को प्रमुख आतिथ्यमा २०६७ फागुन २४ मोरङको लेटाङ गाउँमा सम्पन्न उक्त गाउँ अधिवेशन रविन्द्र लावतीको अध्यक्षता र चौकिदार तामाङको साचालनमा सम्पन्न भएको थियो । लिम्बुवान मोरङ, लेटाङ गाउँ कार्य अधिवेशनलाई उद्घाटन गर्दै प्रमुख अतिथि कुमार लिङ्देन "मिराक"ले नेपालका सम्पूर्ण संघीयवादीहरुले लिम्बुवानलाई आशाको नजरले हेरिरहेको र अर्कोतिर एकात्मकवादीहरु लिम्बुवानलाई ध्वस्त गर्न षडयन्त्र गरिरहेको बताउँदै यो एकात्मकवादीहरुको षडयन्त्रलाई कहिल्यै सफल बन्न दिनुनहुने विचार व्यक्त गर्नुभयो । कार्यक्रमका अन्य वक्ताहरु लिम्बुवानका केन्द्रीय उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, सचिवालय सदस्य डीबी खुदाङ, अर्थ-सचिव सुरेन्द्र निङ्लेकू 'नोनाम', बैकल्पिक केन्द्रीय सदस्य मोरङ जिल्ला अध्यक्ष देउमान लिम्बू रहेका थिए । लिम्बुवान राज्य परिषद मोरङ क्षेत्र नं. १ अध्यक्ष सुमन चेम्जोङले मन्तव्यमार्फत् स्वागत गर्नुभएको उक्त कार्यक्रममा समाजसेवी नन्दबहादुर एडी मगर, बृखबहादुर वजी लिम्बू र रविन्द्र लावतीलाई अभिनन्दनसमेत गरिएको थियो । अधिवेशनले गोकुल लिम्बूको अध्यक्षतमा उपाध्यक्ष भानु सुब्बा, सचिव इन्द्रवल तामाङलगायत २५ सदस्यीय सदस्यहरु रहेको नयाँ गाउँ कार्य समिति चयन गरेको छ । यसैगरी, अध्यक्ष विशाल लिम्बूको अध्यक्षतामा १५ सदस्यीय संघीय लिम्बुवान युवा मञ्च लेटाङ गाउँ कार्य समिति गठन गरिएको छ । त्यसैगरी, कविता साम्बाको अध्यक्ष्तामा १५ सदस्यीय संघीय लिम्बुवान महिला परिषद लेटाङ गाउँ कार्य समिति, गणेश मिभकको कमाण्डमा १७ सदस्यीय लिम्बुवान भोलेण्टियस्र लेटाङ गाउँ कमाण्ड र किरणसिङ लिम्बूको अध्यक्षतामा ९ सदस्यीय संघीय लिम्बुवान तुम्याहाङ परिषद लेटाङ गाउँ कार्य समितिसमेत गठन गरिएको छ ।
फोटोः दिलु लावती

जापानमा बिकिरणको त्रासले नेपाली दुतावास सारीयो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महाभूकम्प र सुनामीपछि भएको जलामुखि विस्फोटनबाट जापानमा बिकिरणको त्रास बढेको छ । नेपालीहरु पनि त्रासमा बाँचिरहेका छन् भने दुतावास समेत सारिएको छ। उर्जा केन्द्रमा भएको बिष्फोटबाट फैलिएको विकिरणको असर टोक्योसम्म आइपुग्ने भएपछि नेपाली राजदूतावासलाई सुटुक्क ओशाका सारिएको छ ।राजदूत, उपनियोग प्रमुख र दुई अट्याची गरि चार जना कर्मचारी विहीवार नै टोक्योबाट ओशाका लागेका छन् । उनीहरुले शुक्रबार बिहानदेखि ओशाकाबाट कार्यसम्पादन सुरु गरेको काठमाडौंस्थित परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । परराष्ट्रसचिव मदनकुमार भट्टराईका अनुसार चार कर्मचारी र उनीहरुका परिवार ओशाका लागेका छन् भने स्थानीय कर्मचारीलाई टोक्योमै छाडिएको छ । ओशाकामा रहेको अबैतनिक महाबाणिज्य दूतावासको कार्यालयबाट राजदूतावासको कार्यसम्पादन गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । टोक्योमा बिकिरणको असर नरहेको पक्का सूचना भएपछिमात्र दूतावास पुनः टोक्योमा सारिने परराष्ट्रका सहसचिव रुद्र नेपालले जानकारी दिनुभयो । आणविक उर्जा बिष्फोट भएको फुकुसिमा दायची परमाणुकेन्द्र टोक्योबाट करिव ७ सय ५० किलोमिटर टाढा छ । ती स्थानमा रहेका नेपालीलाई बिहीवार र शुक्रबारमात्र टोक्यो सारिएको छ । अन्य स्थानमा रहेका नेपालीलाई टोक्यो सार्ने तर दूतावास भने सुटुक्क ओशाका सारेकोमा नेपालीहरु भने आक्रोशित भएका छन् ।

सिंगापुर भ्रमण सकेर स्वदेश फर्के प्रचण्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले फाल्गुन १५ गते सम्मममा संविधान लेखनमा देखिएका विवादबारे महत्वपूर्ण निर्णय हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले संवैधानिक समिति अर्न्तगत गठित विवाद समाधान उपसमितिले तोकिएको समयावधि भित्रै राज्यको शासकिय स्वरुप, राज्यपुनःर्संरचना र निर्वाचनप्रणालीबारे टुंगो लगाउने विश्वास व्यक्त गर्नुभएको हो। सिंगापुर भ्रमण पुरा गरी आज स्वदेश फर्कनुभएका दाहालले त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै संविधान लेखन कार्य सकारात्मक दिशामा अघिबढि रहेको दाबी समेत गर्नुभयो। उहाँले मन्त्रीपरिषद्ले पनि चाँडै नै पुर्णता पाउने जानकारी दिनुभएको थियो।

राप्रपा नेपालले शान्ति र संविधान निर्माणको लागि आन्दोलन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आगामी जेठ १४ भित्र संविधान निर्माणको लागी दवाबको कार्यक्रम ल्याउने भएको छ । राजधानीमा दुई दिनसम्म चलेको केन्द्रीय कार्य समिति र जिल्ला सभापतिहरुको बैठकले शान्ति र संविधान सुनिश्चित गर्नका लागि जन संघर्षको कार्यक्रम गर्ने निर्णय गरेको हो । चैत्र १५ बाट कार्यक्रम बारे प्रचार प्रसार, चैत्र अन्त्यबाट ७५ वटै जिल्लामा आमसभा गर्ने निर्णय भएको राप्रपा संसदीय दलका नेता चन्द्रबहादुर गुरुङले जानकारी दिए । मुख्य शहरहरुमा घरदैलो कार्यक्रम पनि राखिएको छ । जेठ ५ बाट राजधानी केन्द्रीत आन्दोलन गरिने र जेठ १४ मा संविधानसभा अगाडि धर्ना दिने कार्यक्रम राखेको छ

पूर्वमन्त्री वाग्लेको कैद अवधि ५ वर्ष जेल चलान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री चिराजीवी वाग्लेलाई अदालतका कर्मचारी र नेपाल प्रहरीले बिहीबार उहाँकै निवास कालोपुलबाट पक्राउ गरेका छन्। सर्वोच्च अदालतले बुधबार गरेको फैसला कार्यान्वयन गर्न जिल्ला अदालत पठाएको केही समयमा नै कर्मचारी र प्रहरी मिलेर पूर्वमन्त्री वाग्लेलाई पक्राउ गरिएको जिल्ला अदालतका तहसिलदार चित्रबहादुर केसीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।तहसिलदार केसीले भन्नुभयो- हामी उहाँको घरमा गएर सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न आएका भन्यौं र उहाँले त्यसका लागि तयार हुनुभयो। खासै प्रतिवाद गर्नुभएन।लगभग साँझको सवा ५ बजेतिर उहाँलाई पक्राउ गरी डिल्लीबजार कारागारमा कैद भुक्तानी गर्नका लागि लगिएको थियो। उहाँलाई हाल अरु कैदी भएको ठाउँमा नै राखिएको बताइएको छ।सर्वोच्च अदालतले पूर्वमन्त्री वाग्लेले विनास्रोतको सम्पत्ति कमाई भ्रष्टाचार गरेको ठहर गरी डेढ वर्ष कैदसहित २ करोड ३ लाख ५ हजार ६ सय ४७ रुपियाँ ७४ पैसा जरिवाना असुल गर्ने फैसला गरेको थियो।जिल्ला अदालतका कर्मचारीले शुरुमा पूर्वमन्त्री वाग्लेलाई जरिवानाबापतको सो रकम तिर्न सक्ने वा नसक्ने भनी प्रश्न गर्दा उहाँले नसक्ने जवाफ दिनुभएको थियो। त्यसपछि जिल्ला अदालतले डिल्लीबजार कारागारलाई पत्र लेखी ५ वर्ष ४ महिना २५ दिन कैद गर्नका लागि वाग्लेसहितलाई पठाएको थियो।

Mar 17, 2011

मधेशी नेताहरु दिल्लीमा राजनैतीक भेटघाट गर्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारत भ्रमणमा रहेका मुख्य तीन मधेशवादी दलका शीर्ष नेताहरुले बिहीबार देखि नयां दिल्लीमा राजनीतिक भेटघाट थाल्ने भएका । यसैक्रममा उनीहरुले अपरान्ह साढे १२ बजे भारतीय विदेशमन्त्री एसएम कृष्णासंग उनकै निवासमा भेट्दैछन् । आजै हुने अन्य भेटको समय भने तय भएको छैन । लोकतान्त्रिक संविधान निर्माण र शान्ति प्रक्रियाको तार्किक अन्त्य लगायत आधा दर्जन एजेण्डामा छलफल गर्न भन्दै महतोसहित मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर भारत सरकारको निमन्त्रणामा बुधबार सांझ नयां दिल्ली गएका थिए ।

भुमिसुधारका लागि १५ दिने राष्ट्रिय आन्दोलन आज पनि जारि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र १ गतेदेखि महिलाहरुले काठमाण्डौमा सुरु गरेको संविधान निर्माण र भुमिसुधारका लागि १५ दिने राष्ट्रिय आन्दोलन आज पनि जारि छ । आन्दोलनको कार्यक्रम अन्तर्गत आज एमाले कर्यालयमा धर्ना कार्यक्रम गरिएको छ । संविधान निर्माण समयमै पुरा गराउन तथा भुमि अधिकार स्थापित गराउन माग गर्दै आज एमाले पार्टी कार्यालय बल्खुमा धर्ना दिइएको हो। भुमीसुधारको आवाज उठेको ६ दशक बितिसक्दा पनि भु-वितरण र व्यवस्थापनमा रुपान्तरणको नभएको अझ त्यसमा पनि भुमीहिन महिलाका समस्यालाई राज्यले गंभिरताका साथ नलिएको भन्दै ५० जिल्लाका करिव एक हजार महिलाहरुले एमाले पार्टी कार्यलयमा पठाएको मागका वारेमा प्रधानमन्त्रि खनालले धारण राख्नुहुने बताइएको छ । काठमाण्डौको भृकुटीमण्डपमा भुमीहिन महिलाहरु त्रिपाल टागेर चैत्र १५ गतेसम्म बस्ने भएका छन् । भुमीहिन महिलाहरुको आन्दोलनलाई सरकारले गंभिरताका साथ नलिए अझै आन्दोलन गर्ने आन्दोलनमा सहभागी महिलाहरुले चेतावनी दिएका छन् ।

सुकुम्बासी किसान संघले बर्दियाको राजापुर टप्पुस्थित जग्गा कब्जा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादी निकट अखिल नेपाल सुकुम्बासी किसान संघले बर्दियाको राजापुर टप्पुस्थित जग्गा कब्जा गरेको छ । संघले राजापुर गाविस ३ मुरैयाका कृष्ण बासकोटा, दामोदर बास्कोटा र श्रीधर सापकोटा तथा प्रयागपुर ७ का विनयध्वज चन्दका जग्गामा झण्डा गाडेर कब्जाको घोषणा गरेका हुन् ।
माओवादीले भने आफूले जग्गा कब्जा नगरेको दावी गरेको छ । इलाका प्रशासन कार्यालय प्रमुख धर्मराज न्यौपानेका अनुसार संघले जग्गामा झण्डै पाँच सय झण्डा गाडेको हो । घटना थाहा पाएलगत्तै प्रहरी टोलीले जग्गामा गाडेको झण्डा हटाएको न्यौपानेले बताउनुभयो ।

जापानमा विकिरणको खतरा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
टोकियो,चैत्र २ - जापानको भूकम्प प्रभावित फुकुसिमास्थित आणविक प्लान्टमा तेस्रोपटकको विस्फोटपछि सरकारी प्रवक्ता युकियो इदानाले त्यसवरपरका बासिन्दालाई भने, 'घरभित्रै रहनू, झ्याल बन्द गरेर भित्र हावा नचल्ने गरी बस्नू ।' विस्फोटले विकिरणको मात्रा बढेको बताउँदै यसले जनस्वास्थ्यमा असर पर्न सक्नेबारे छलफल गरिरहेको जानकारी उनले गराए । झ्यालका भेन्टिलेटर्स नखोल्न र आफ्ना लुगाहरू घरभित्रै झुन्ड्याउन पनि उनले आग्रह गरे । दाइइचि प्लान्टको दोस्रो रियाक्टरमा पनि विस्फोटपछि विकिरणले स्वास्थ्यमा त्यति ठूलो खतरा नहुने दाबी गरे पनि सर्वसाधारणले विश्वास गर्न नसकेको बताएका छन् । प्रधानमन्त्री नओतो कानले सरकारले विकिरणको खतरा रहेको क्षेत्र विस्तार गर्दै उक्त दाइइची प्लान्टदेखि ३० किलोमिटरसम्मका बासिन्दालाई अन्यत्र जान वा घरभित्रै रहन आग्रह गरेका छन् । यसअघि प्लान्टदेखि २० किलोमिटरलाई निषेधित क्षेत्र घोषणा गरिएको थियो । थप विस्फोटनपछि राष्ट्रसंघीय मौसम एजेन्सीले हावाले विकिरणयुक्त पदार्थ जापान र अन्य एसियाली मुलुकभन्दा टाढा प्रशान्त महासागरतिर पुर्‍याएको जनाएको छ । तर मौसम परिवर्तन हुन सक्ने उसले जनाएको छ । गत शुक्रबार जापानको उत्तरपूर्वी क्षेत्रमा ९ रेक्टर स्केलको भूकम्प र त्यसलगत्तै आएको सुनामीले मृत्यु हुनेको संख्या ३ हजार ४ सय पुगेको छ । दशौं हजारको मृत्यु भएको प्रहरीको अनुमान छ । तर चार दिनको अवधिमा मंगलबार बिहान तेस्रोपटक रियाक्टर-२ पडकएपछि चुहावट भएको विकिरणको खतरा बढेको हो । प्लान्टको रियाक्टर-४ मा आगलागी भएको छ । यसबाट पनि विकिरण चुहिएको अनुमान छ । रियाक्टर-४ मर्मतका लागि भूकम्पअघि नै बन्द गरिएको थियो । तर यसमा प्रयोग भइसकेका फ्युल रडहरू यही क्षेत्रमा स्टोर गरिएका थिए । राजधानी टोकियोदेखि २ सय ५० किलोमिटर पर प्लान्ट रहेको क्षेत्रमा विकिरणको मात्रा बढी देखिएको छ । तर यसले स्वास्थ्य खतरा नहुने दाबी अधिकारीहरूले गरेका छन् । विकिरणको मात्राबारे सरकारले पटकपटक सरकारी अधिकारीहरूले जानकारी गराउँदै आएका छन् । विकिरणको मात्रा स्वास्थ्यमा असर पुर्‍याउने मात्रामा रहेको प्रधानमन्त्रीले जानकारी गराएको केही घन्टामै सरकारी अधिकारीहरूले फेरि घटेको बताएका छन् । दाइइची प्लान्टको रियाक्टर ५ र ६ मा पनि तापक्रम बढिरहेकोले बिस्फोटको खतरा रहेको अधिकारीहरूले बताएका छन् । विकिरणको डरले घर बाहिर निस्किन नपाउने आशंका गर्दै राजधानी टोकियोबासीले दैनिक आवश्यकीय वस्तुहरू संकलन गरिरहेका छन् । केही स्टोरहरूमा खाना, पानी, मुख छोप्ने मास्क र मैनबत्ती सकिएका छन् । ३४ वषर्ीया गृहिणी मारिको कावासेले एफपीसँग भनिन्, 'म अहिले किनमेल गरिरहेको छु, हामी विकिरणका कारण बाहिर निस्किन सक्दैनौँ ।'

Mar 16, 2011

रेडियो विकिरणबाट जापानमा मानवीय संकट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महाभूकम्प र सुनामीका कारण क्षतिग्रस्त जापानको फुकुसिमा दाइची आणविक ऊर्जाकेन्द्रबाट निस्केको विकिरणको मात्रा मानवस्वास्थ्यका लागि हानिकारक हुने स्तरमा पुगेको जापान सरकारले जनाएको छ। उक्त ऊर्जाकेन्द्रमा भएको तेस्रो विस्फोटले भट्टीको नियन्त्रण प्रणालीलाई पहिलो पटक क्षति पुर्याएपछि जापान सरकारबाट त्यस्तो चेतावनी आएको हो। क्षतिग्रस्त ऊर्जाकेन्द्रबाट निस्कने विकिरण वायुमण्डलको बहावसँगै प्रशान्तक्षेत्रका मुलुकमा फैलिन सक्ने खतरा रहेको जनाइएको छ।यदि यो भत्केमा यसबाट अझ गम्भीर रेडियोधर्मी विकिरण चुहावटको खतरा हुनेछ। गत शुक्रबार उत्तरपूर्वी जापानमा ८ दशमलव ९ रिक्टरस्केलको भूकम्प र सुनामी आएपछि मानवीय संकट उत्पन्न भएको हो। फुकुसिमा दाइची ऊर्जाकेन्द्रको रियाक्टर २ मा मंगलबारको विस्फोट विगत चार दिनमा भएका विस्फोटमध्ये तेस्रो हो।त्यसै गरी ऊर्जाकेन्द्रको चौथो भट्टीमा पनि केही समय आगलागी भएको र यसबाट रेडियो विकिरणको चुहावट भएको विश्वास गरिएको छ। रियाक्टर ४ लाई भूकम्प आउनुअगाडि नै मर्मतसम्भारका लागि बन्द गरिएको थियो तर यसमा परमाणु इन्धन रडहरु भने रहेकै अवस्थामा थियो। उक्त केन्द्रबाट २ सय ५० किलोमिटर टाढा रहेको राजधानी टोक्योमा विकिरणको स्तर सामान्यभन्दा उच्च देखिएको तर अधिकारीहरुले त्यो स्वास्थ्यका लागि खतरनाक नभएको बताएका छन्।

मधेसवादी दलका शीर्ष नेता भारत प्रस्थान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत माओवादी र एमालेको गठबन्धन सरकार बनेपछि लोकतान्त्रिक शक्ति कमजोर बनेको निष्कर्षसहित लोकतान्त्रिक मोर्चा निर्माणको बहस तातिएका बेला प्रमुख तीनवटा मधेसवादी दलका शीर्ष नेता राजनीतिक परामर्शका लागि भारत भ्रमणमा निस्किएका छन्। भारत प्रस्थान गर्नेहरुमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावनाका अध्यक्ष राजेन्द्र महतो छन्।तीनै जना बुधवार दिउँसो तीन बजे इण्डियन एअरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन्। वाम ध्रुवीकरणको सरकार बनेपछि लोकतान्त्रिक शक्ति र मधेसवादी दलहरु कमजोर बनेको निष्कर्ष निकालेर उनीहरु भारतीय संस्थापनसँग थप छलफलका लागि त्यसतर्फ लागेको बताइएको छ। तर, नेपाल छोड्नु अघि उनीहरुले आफ्नो भ्रमणलाई नियमित र स्वभाविक भनेका छन्। भारतमा रहँदा उनीहरुले भारतीय प्रधानमन्त्री मनमोहन सिंह, कांग्रेस आई अध्यक्ष सोनिया गान्त्री, विदेश मन्त्री एसएम कृष्णलगायतका शीर्ष नेतासँग राजनीतिक परामर्श गर्नेछन्।

माओवादी अध्यक्ष प्रचण्ड अचानक सिंगापुर प्रस्थान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी अध्यक्ष पुष्पकमल दाहाल सिंगापुर प्रस्थान गरेका छन्। उनी एउटा अन्तर्राष्ट्रिय संस्थाको कार्यक्रममा सहभागी हुन गएको भए पनि एकाएक तय भएको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
एसिया प्यासिफिक फाउण्डेसनले गर्न लागेको अन्तरक्रियामा सहभागी हुन दाहाल सिंगापुर गएको उनका स्वकिय सचिव समिर दाहालले जानकारी दिए। तीन दिने भ्रमणका लागि अध्यक्ष दाहाल बुधबार सवा एक बजे सिल्क एयरको बिमानबाट एक्लै सिंगापुर गएका हुन्। यसअघिका अन्तर्राष्ट्रिय भ्रमणमा श्रीमति सिता दाहाललाई पनि साथै लैजाने गरेकोमा यो पटक उनी एक्लै सिंगापुर प्रस्थान गरेका हुन्। नेपालमा माओवादी र एमालेको गठबन्धमा सरकार बनेपछि लोकतान्त्रिक गठबन्धन कमजोर भएको ठहर गर्दै भारतले गैर कम्युनिष्ट दलहरुसँग छलफल अगाडी बढाइरहेको बेला दाहालको यो भ्रमणलाई अर्थपुर्ण रुपमा हेरिएको छ। प्राय सधै सिंगापुरमा हुने सम्मेलनमा उनले नेपालको शान्ति प्रकृया, संविधान निर्माण, लगायतका बिषयमा धारणा राख्ने बुझएको छ। उनी आयोजक संस्था एसिया प्यासिफिक फाउण्डेसनका सहअध्यक्ष समेत हुन्।
यस्तै कार्यक्रममा दक्षिण एसियाको राजनीति घटनाक्रममा बिषयमा पनि छलफल हुने बताइएको छ। दाहालले सिंगापुर बसाइका क्रममा को को संग भेट गर्ने पुर्ण विवरण नखुलाइएको भए पनि चीनिया अधिकारीसँग पनि भेटबार्ता गर्ने श्रोतले बताएको छ। यसअघि पनि सरकारका लागि जोड घटाउ चलिरहेको बेला अध्यक्ष दाहाल विदेश विभाग प्रमुख कृष्णबहादुर महरा सहित सिंगापुर गएका थिए।

रुबेल चौधरीलाई बयानका लागि उपस्थित हुन आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जिल्ला प्रशासन कार्यालय चितवनले टाइगरटप्स गोली काण्डका पीडित भनिएका रुबेल चौधरीलाई एक हप्ताभित्र बयानका लागि उपस्थित हुन आदेश दिएको छ ।बुधबार पूर्वयुवराज पारसका सहयोगी गणेश केसी र शिवबहादुर पाण्डेसँगको बयानपछि प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले चौधरीलाई एक हप्ताभित्र बयानका लागि उपस्थित हुन आदेश दिएका हुन । पेसी तोकिएका पारस विरामी भएको भन्दै वकिललाई जिम्मा लगाएका थिए । तर उनी श्रीमती हिमानीसहित दोलखा पुगेका छन् ।पारस शाह गोलीकाण्डका पीडित भनिएका चौधरी स्वयम् उपस्थित भएर मुद्दाका बिषयमा आफ्ना राय र दाबी पेश गर्न आदेश दिइएको हो । बुधबारका लागि तोकिएको मुद्दाको पेशीमा चितवनका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमको इजलासले रुबेललाई उपस्थित हुन भनेको हो ।चैत्र ८ गते रुबेल चौधरी उपस्थित नभए सो इजलासले अर्को पेशी तोक्ने र सो दिन पारस शाहले सफाइ पाउन सक्ने उहाँका वकील शिवप्रसाद पाण्डले दाबी गर्नुभयो । वादीका तर्फबाट साक्षीका रुपमा उभ्याइएका ब्यक्तिहरुले, आफूहरुले देख्दै नदेखेको र थाहा नभएको बिषयमा पनि बकपत्रमा उल्लेख गरेको बयान दिएपछि पारस शाह बलियो भएको चर्चा चलेको छ । पारस शाहलाई आज पेशीका लागि बोलाइए पनि स्वास्थ्यको कारण देखाउँदै उनी चितवन नगई दोलखा पुगेपछि उनका वकिलहरुले बहस गरेका थिए ।

पूर्वमन्त्री चिरञ्जीवी वाग्लेलाई डेढ वर्ष कैद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कांग्रेस नेता तथा पूर्वमन्त्री चिरञ्जीवी वाग्लेलाई भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले बुधबार जेल चलानको फैसला सुनाएको छ । प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ र बरिष्ठ न्यायाधीश खिलराज रेग्मीको इजलासले वाग्लेलाई डेढ वर्ष कैद, २ करोड ३ लाख जरिवाना र २ करोड ३ लाख बिगो असुल गर्न फैसला गरेको हो । सर्वोच्चको फैसला अन्तिम भएकोले अब पूर्व मन्त्री वाग्लेले अनिवार्य रुपमा जेल बस्नु पर्नेछ । वाग्लेले भ्रष्टाचार गरेको ठहर गर्दै २०५९ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतमा २ वर्ष ६ महिना कैद र दुई करोड ७२ लाख जरिवाना गर्ने फैसला सुनाएको थियो । विशेष अदालतको फैसलामा असन्तुष्ट वाग्लेले सर्वोच्चमा पुनरावेदन गर्नु भएको थियो ।

Mar 15, 2011

संघीयता र स्वायत्तताका लागि संयुक्त सभाध्यक्षलाई ज्ञापन-पत्र

३० फागुन २०६७, जातीय स्वायत्तता र संघीयताका लागि संयुक्त गठबन्धनले गठबन्धनको सार्वजनिकीकरण गर्दै यसले संविधान सभाका अध्यक्ष सम्माननीय सुवास नेम्बाङलाई संविधानमा आदिवासी जनजातिका हक अधिकारहरु सुनिश्चित गर्न एक ज्ञापन-पत्र बुझाएको छ ।यही गत माघ १ र २ बुढानीलकण्ठ काठमाडौंमा विशेष बैठक बसी विस्तृत छलफल गरेर एक सैद्धान्तिक मान्यता, उद्देश्य, गठन, संरचना र सञ्चालनसम्बन्धी कार्यविधिसमेत तयार गरी सो गठबन्धन गरिएको हो । सो कार्यविधिमा भनिएको छ- "नेपालमा २४०-वर्षीय सामन्ती शाहवंशीय राजतन्त्रको अन्त्य भएर लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ भने एकात्मक प्रणाली [Unitary System] समाप्त भई संघीय प्रणाली [Federal System] प्रारम्भ भएको छ । त्यसैगरी मुलुक संविधानतः धर्मनिरपेक्ष राज्य पनि बनेको छ । निःसन्देह यी ऐतिहासिक र महत्वपूर्ण उपलब्धिहरु हुन् । तर आदिवासी जनजातिलगायत उत्पीडित वर्ग जाति, समुदाय लिङ्ग र क्षेत्रको प्रगति र मुक्ति अझै ग्यारेण्टी भएको छैन । त्यसैले यी प्राप्त उपलब्धिहरुको रक्षा गर्दै निरन्तर अघि बढ्न जरुरी छ ।यतिबेला देशमा शान्तिप्रक्रिया र नयाँ संविधान लेखन प्रक्रिया चलिरहेको छ । तर सम्भवतः सङ्क्रमणकाल भएकोले प्रक्रियाको गतिभने अत्यन्त सुस्त रहेको छ । मुलुकमा परिवर्तन र अग्रगमन आवश्यक छ पश्चगमन र यथास्थितिवाद स्वीकार्य छैन किनकि जनताको चाहना र भावनालाई त्यसले सम्बोधन गर्न सक्दैन । जातीय, भाषिक, साँस्कृतिक, धार्मिक, भौगोलिक आदि अनेकौं विविधताहरु भएको देशमा संघीय प्रणाली नै उपयुक्त र वैज्ञानिक प्रणाली हुन्छ र संघीय एकाइको आधार जाति, भाषा, संस्कृति र क्षेत्रलाई बनाइनु पर्दछ । त्यसो भयो भने मात्रै शक्ति आधिकार स्रोत-साधनहरुको समुचित बाँडफाँड हुनसकछ । तर आदिवासी जनजातिहरुका लागि भने जातीय आधार नै अपरिहार्य आवश्यकता हो । यिनै कुराहरुलाई हृदयङ्गम गर्दै हामी निम्न हस्ताक्षरकारी जातीय राजनैतिक पार्टी र आदिवासी जनजाति भातृ-सङ्गठनहरु गणतन्त्र धर्मनिरपेक्षताको निरन्तरता एवम् सदृढीकरण र मुख्यतः जातीय स्वायत्तता र संघीयता आत्मनिर्णयको अधिकार राजनीतिक अग्राधिकार र आदिवासी जनजातिहरुको हक-हितका निम्ति संयुक्त रुपले सङ्घर्ष गर्नका लागि जातीय स्वायत्तता र संघीयताका लागि संयुक्त गठबन्धन [United Alliance for National Self-Rule & Federalism] गठन गरिएको सगौरव घोषणा गर्दछौं ।यस जातीय स्वायत्तता र संघीयताका लागि संयुक्त गठबन्धनको सैद्धान्तिक मान्यता उद्देश्य गठन संरचना र सञ्चालनसम्बन्धी सामान्य कार्यविधिहरु निम्नानुसार रहेका छन्-
१. सैद्धान्तिक मान्यता र उद्देश्यक. माथि उल्लेखित मुद्दाहरु र भविष्यमा सहमतिका आधारमा तय हुने मुद्दाहरु जातीय स्वायत्तता र संघीयताका लागि संयुक्त गठबन्धनका आधारभुत सैद्धान्तिक मान्यता हुनेछन् । ख. गणतन्त्र तथा धर्मनिरपेक्षताको निरन्तरता एवम् सुदृढीकरण र मुख्यतः जातीय स्वायत्तता र संघीयता आत्मनिर्णयको अधिकार राजनीतिक अग्राधिकार तथा आदिवासी जनजातिहरुको हक-हितका लागि संयुक्त रुपले सङ्घर्ष गर्नु यस जातीय स्वायत्तता र संघीयताका लागि संयुक्त गठबन्धन को उद्देश्य हुनेछ ।
२. संरचनाःक. कार्य समिति र सचिवालययस संयुक्त गठबन्धनमा हाललाई केन्द्रमा मात्रै प्रत्येक घटक सङ्गठनको तर्फबाट २-२ प्रतिनिधि रहेको एक ुकार्य समितिु र प्रत्येक घटक सङ्गठनको तर्पुबाट १-१ प्रतिनिधि रहेको एक सचिवालयु रहनेछ । र आवश्यकता अनुसार अन्य स्तरमा पनि संयुक्त गठबन्धनका साङ्गठानिक संरचना निर्माण गर्न सकिनेछ । ख. पदाधिकारीःयस संयुक्त गठबन्धनमा एक अध्यक्ष हुनेछ र बाँकी सबै सदस्य हुनेछन् । ग. बैठकः कार्य समितिको बैठक महिनामा एकपटक र सचिवालयको बैठक महिनामा कम्तीमा दुईपटक बस्नेछ ।घ . पदावधिः अध्यक्षको पदावधि १ महिनाको हुनेछ ।
३. कुनै पनि विषयमा निर्णय लिनुपर्दा सहमतिका आधारमा गरिनेछ ।
क. संविधान सभाका विषय४. योजना तथा कार्यक्रमःगत समितिहरुको मस्यौदा प्रतिवेदनहरु अध्ययन गरी सोबारे संयुक्त गठबन्धनका धारणा एवम् सुझावहरु संविधान सभा अध्यक्षलाई बुझाउने । ख. नयाँ संविधानमा आदिवासी जनजातिका मुद्दा एवम् हक-अधिकारहरुलाई सुनिश्चित गर्नका लागि विभिन्न दवाबमुलक कार्यक्रमहरु गर्ने पत्रकार सम्मेलन गोष्ठी धर्ना जनसभा आमहड्ताल आदि । ग. आदिवासी जनजातिका हक-अधिकारहरु नयाँ संविधानमा लिपिवद्ध भए लागू गराउनका लागि दबाव दिने नभएमा सङ्घर्षलाई निरन्तर अगाडि बढाउने । घ. अन्य कार्यक्रमहरु स्थिति र आवश्यकता अनुसार कार्य समितिले तर्जुमा गर्ने ।
५. विविधः
क .जातीय स्वायत्तता र संघीयताका लागि संयुक्त गठबन्धन विभिन्न राजनैतिक दर्शन र विचारप्रति आस्थावान सङ्गठनहरुको साझा सङ्गठन हो । यसका घटकहरुको साझा दायित्व र अधिकार हुनेछ भने आ-आफ्नो सङ्गठनको छुट्टै दायित्व अधिकार र स्वतन्त्रता पनि हुनेछ । सामूहिक र एकल कार्य साचालन गर्ने अधिकार र स्वतन्त्रता सबै घटकहरुलाई हुनेछ तर एकापसमा बाझिने गरी कसैले गर्न पाइने छैन । यदि बाझिएमा संयुक्त गठबन्धनकै कार्यक्रम लागू हुनेछ ।
ख. संयुक्त गठबन्धनमा आवद्ध कुनै पनि घटकले संयुक्त गठबन्धनबाट अलग हुन चाहेमा वा यसका आधारभूत सैद्धान्तिक मान्यता एवम् उद्देश्यप्रति असहमत भएमा आपसी सहमतिका आधारमा संयुक्त गठबन्धनबाट अलग हुन सक्नेछ ।
ग. संयुक्त गठबन्धनमा रहेर संयुक्त गठबन्धनकै आधारभूत सैद्धान्तिक मान्यता एवम् उद्देश्य वा सहमति विपरीत कार्य गर्ने घटक सङ्गठनलाई जातीय स्वायत्तता र संघीयताका लागि संयुक्त गठबन्धनबाट अलग गर्न सकिनेछ । तर त्यस्तो कार्वाही गर्नुअघि एकपटक सफाइको मौका दिइनेछ ।
घ. अरु जातीय राजनीतिक पार्टी वा आदिवासी जनजाति भातृ-सङ्गठनहरुलाई पनि यस जातीय स्वायत्तता र संघीयताका लागि संयुक्त गठबन्धनको सैद्धान्तिक मान्यता र उद्देश्यप्रति सहमत भएमा जातीय स्वायत्तता र संघीयताका लागि संयुक्त गठबन्धनमा ल्याउन सकिनेछ ।
ङ. अन्य कार्यविधिहरु 'कार्य समिति' ले तय गरेअनुसार हुनेछ ।"यसमा तपशीलका राजनीतिक सङ्गहरुले हस्ताक्षर गरेका छन्:
पार्टी/सङ्गठन प्रतिनिधिको नाम र हस्ताक्षर
१. नेपाः राष्ट्रिय पार्टी, डा. केशवमान शाक्य
२. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, खगेन्द्र माखिम
३. राष्ट्रिय जनमुक्ति पार्टी, शिवलाल थापा
४. ताम्सालिङ नेपाल राष्ट्रिय दल, परशुराम तामाङ
५. जनमुक्ति पार्टी नेपाल, अटलमान राई
६. आदिवासी-जातीय-क्षेत्रीय महासंघ नेपाल, सुरेश आले मगर
७. अखिल नेपाल आदिवासी जनजाति महासंघ [एकीकृत], नगेन्द्र राई
८. आदिवासी जनजाति महहासंघ [समाजवादी], रामिसंह लामा
यस संयुक्त गठबन्धनले २०६७ फागुन ३० गते सिंहदरबारस्थित संविधान सभाका सभाध्यक्ष सम्माननीय सुवास नेम्बाङको कार्यकक्षमा गठबन्धनको एक प्रतिनिधि मण्डलले बुझाएको ज्ञापन-पत्रको व्यहोरा यस प्रकार रहेको छ-
श्री सम्माननीय अध्यक्षज्यू
संविधान सभानयाँ वानेश्वर काठमाडौं ।
विषयः ज्ञापन-पत्र ।महोदय,
जातीय भाषिक साँस्कृतिक धार्मिक भौगोलिक आदि अनेकौं विविधताहरु भएको देशमा संघीय प्रणाली उपयुक्त हुन्छ र संघीय एकाइको आधार जाति [Nationality], भाषा र क्षेत्रलाई बनाइनु पर्दछ । त्यसो भयो भने मात्रै शकति अधिकार र स्रोत-साधनहरुको समुचित बाँडफाँड भई जातीय भेद्भाव र बहिष्करणमा परेका आदिवासी जातिहरुलाई ऐतिहासिक उत्पीडनबाट मुक्ति दिलाउन सकिन्छ । यिनै कुराहरुलाई हृदयङ्गम गर्दै हामी निम्न हस्ताक्षरकारी राजनीतिक पार्टी र आदिवासी जनजाति भातृ-सङ्गठनहरु गणतन्त्र धर्मनिरपेक्षताको रिनन्तरता एवम् सुदृढीकरण र मुख्यतः जातीय स्वायत्तता र संघीयता आत्मनिर्णयको अधिकार राजनीतिक अग्राधिकार र आदिवासी जनजातिहरुको हकहितका निम्ति संयुक्त रुपले सङ्घर्ष गर्नका लागि जातीय स्वायत्तता र संघीयताका लागि संयुक्त गठबन्धन ग्लष्तभम [United Alliance for National Self-Rule & Federalism] गठन भएको जानकारी गराउँदछौं ।
महोदय,संविधान सभाको विषयगत समितिहरुले तयार पारेका प्रारम्भिक मस्यौदा प्रतिवेदनहरुमा आदिवासी जनजातिहरुको हकहितका बुँदाहरु के-कति उल्लेख भए वा भएनन् ? आदिवासी जनजातिहरुका समस्याहरुलाई सम्बोधन गर्न सक्यो सकेन ? के-कस्ता बूँदाहरु संशोधन वा थपघट गर्न आवश्यक छन् ? के-कस्ता अधिकारहरु छुट्न गएका छन् भन्ने विषयमा यो संयुक्त गठबन्धनले आफ्नो आधिकारिक धारणा निर्माण गरेको व्यहोरा सम्माननीय अध्यक्षज्यूलाई जानकारी गराउँदछौं । संविधान सभाका विषयगत समितिहरुका प्रारम्भिक मस्यौदा प्रतिवेदनहरुले आदिवासी जनजातिको मुद्दालाई सन्तोषजनक ढङ्गले सम्बोधन गर्न सकेको छैन भन्ने हाम्रो ठहर छ । त्यसैले यो संयुक्त गठबन्धनका अवधारणाहरु तयार गरी संविधान सभाको संवैधानिक समितिमा छलफलको लागि पठाई दिनु हुन सम्माननीय अध्यक्षज्यूसमक्ष यो ज्ञापन-पत्र बुझाएका छौं । यस ज्ञापन-पत्रमा निम्न विषय र प्रावधानहरु रहेका छन्:क. प्रस्तावनामा थप गर्नुपर्नेःपरापूर्वकालदेखि बसोबास गर्दै आएको आफ्नो परम्परागत भूक्षेत्रमा समृद्ध र गौरवपूर्ण साँस्कृतिक विरासतलाई निरन्तरता दिने आदिवासी जनजातिको चाहनालाई आदर गर्दै लामो समयदेखि विभिन्न समुदायहरुको बीचमा विभिन्न स्तर र रुपमा भएको आपसी अन्तरक्रिया र सम्बन्धबाट साझा हित तथा एकल साझा पहिचानको निर्माण हुन पुगेको यथार्थलाई महसुस गरी त्यसलाई सुदृढ गर्न यो हाम्रो विविधतामा एकता र एउटै राजनीतिक तथा आर्थिक समुदायको रुपमा विकास गर्ने स्वेच्छा र सहमतिलाई पुनर्पुष्टि गर्दै,विगतको केन्द्रीकृत र एकल जातीय हिन्दू खस सामन्ती एकात्मक राज्यले आदिवासी जनजाति तथा क्षेत्रका नेपाली जनताप्रति गरेको जातीय भेद्भाव र बहिष्करणजस्ता ऐतिहासिक अन्यायलाई गम्भीरतापूर्वक स्वीकार गर्दै सोको अन्त्यका लागि बहिष्कृतहरुलाई जातीय स्वशासन तथा क्षेत्रीय स्वायत्तता र संघीय शासनमार्फत् साझा शासनमा सहभागी गराएर र साझा हितहरुलाई प्रवद्र्धन गरेर मात्र हाम्रो साझा भविष्यको निर्माण गर्न सकिन्छ भन्ने कुरामा विश्वास गर्दैख. आत्म-निर्णय र स्वशासनको अधिकारः आदिवासी जनजातिलाई आत्म-निर्णयको अधिकार हुनेछ । सोही आधारमा उनीहरुलाई आफ्नो आर्थिक सामाजिक साँस्कृतिक र राजनीतिक हैसियत र पद्धति निर्धारण गर्न आफ्नो समग्र स्वनिर्धारित विकास गर्न जातीय स्वायत्तता र स्वशासनको अभ्यास गर्न राज्य संरचनामा पहिचानसहितको समानुपातिक समावेशी प्रतिनिधित्व र पहुँच प्राप्त गर्न र उनीहरुलाई प्रभावित पार्ने कानून तथा नीति निर्माण गर्दा स्वतन्त्र पूर्व तथा सुसूचित सहमतिको हक उपभोग गर्ने अधिकार हुनेछ । ग. भाषाःनेपालमा बोलिने नेपाल उत्पत्ति केन्द्रित् तथा भौगोलिक क्षेत्र भएको भाषालाई राष्ट्र भाषा भनिनेछ । बहुभाषिक नीतिअन्तर्गत् सबै राष्ट्र भाषाहरु सरकारी कामकाजका भाषाहरु हुनेछन् । क प्रादेशिक भाषाहरु संघीय सरकारको सरकारी कामकाज र प्रदेशहरुको सम्पर्क भाषा हुनेछ । ख प्रदेश र स्वायत्त क्षेत्रहरुमा सरकारको कामकाजको भाषा सम्बन्धित् निकायहरुले निर्धारण गर्नेछन् ।
घ. प्राकृतिक स्रोत तथा आर्थिक अधिकारको बाँडफाँडः
१ आदिवासी जनजातिहरुलाई आफ्नो पुख्र्यौली भूमि भूक्षेत्र तथा प्राकृतिक स्रोत-साधनमाथि स्वामित्व प्रयोग परम्परागत उपभोग संरक्षण र व्यवस्थापनको हक हुनेछ । २ संघीय सरकारले प्रादेशिक सरकारहरुको सहमतिमा आर्थिक अधिकारका क्षेत्रमा आवश्यक नीति मानक स्तर र रेखदेखसम्बन्धी आवश्यक कानून बनाउन सक्नेछ । ३ प्रोदेशिक सरकारले संघीय सरकारको अनुमति लिएर वैदेशिक सहायता र ऋण लिन सक्नेछ । ४ प्रादेशिक सरकारले प्रदेशको विकास र समृद्धिको लागि अन्य विदेशी मुलुकसँग व्यापार वाणिज्य र नागरिक तथा साँस्कृतिक सम्बन्धमा सन्धि-सम्झौता गर्न सक्नेछ ।
५ प्रदेशलाई प्रभाव पार्ने द्वीपक्षीय बहुपक्षीय वा अन्तर्राष्ट्रिय सन्धि-सम्झौता गर्ने वार्ता वा सहमति गर्दा संघीय सरकारसँगै सहभागी हुने अधिकार हुनेछ ।
६ संघीय व्यवस्थापिकाको माथिल्लो सदनलाई राजस्वको स्रोत र राजस्वको बाँडफाँडको अधिकार हुनेछ र कुनै दुई वा दुईभन्दा बढी प्रदेशहरुका बीचमा कुनै पनि विषयलार्य लिएर विवाद उत्पन्न भएमा त्यसको समाधान गर्ने अधिकार हुनेछ । ७ कुनै पनि सरकारको क्षेत्राधिकारभित्र नपरेका आर्थिक अधिकारहरु प्रादेशिक सरकारमा निहित रहेको मानिनेछ ।
ङ संघीय प्रतिनिधि सभाको गठनःराजनीतिक दलहरुले उम्मेदवारी दिँदा आदिवासी जनजाति दलित तथा तराईवासी÷मधेशी प्रतिनिधित्वका लागि जातीय जनसङ्ख्याको आधारमा समानुपातिक र समावेशी सिद्धान्त अपनाउनु पर्नेछ । महिलाको प्रतिनिधित्व गराइँदा आदिवासी जनजाति दलित मधेशी र अन्यसहितको समानुपातिक र समावेशी हुनुपर्नेछ ।
च. संघीय व्यवस्थापिकाको माथिल्लो सदनमा प्रतिनिधित्वःसंघीय व्यवस्थापिकाको माथिल्लो सदनमा स्वायत्त प्रदेशहरुबाट समान सङ्ख्यामा प्रतिनिधित्व गराइनेछ । यस्तो प्रतिनिधित्व सकेसम्म समावेशी ढङ्गको हुनुपर्नेछ ।
छ. संघीयता र राज्यशक्तिको बाँडफाँड सम्बन्धमाः
१. स्वायत्त प्रदेश र स्वायत्त क्षेत्र पहिचान सामथ्र्य र एक प्रतिशतभन्दा धेरै जनसङ्ख्या भएको जातिको आधारमा स्वायत्त प्रदेश र न्यूनतम् जनसङ्ख्याभन्दा कम रहेको सबै आदिवासी जनजातिहरुका आ-आफ्नो स्वायत्त क्षेत्रहरु हुनेछन् । प्रत्येक प्रदेशले आत्म-निर्णयको अधिकारलाई सम्मान गर्दै आदिवासी जनजातिहरुको सघन बसोबास भएको क्षेत्रलाई स्वशासित क्षेत्रको रुपमा स्थापना गर्दै लैजानेछ ।
२. आदिवासी जनजातिको ऐतिहासिक भूमिलाई खण्डित बनाउँदै राज्य पुनस्रंरचना समितिद्वारा प्रस्तावित सुनकोशी र नारायणी प्रदेशलाई खारेज गरिनेछ ।
३. राजनीतिक अवशिष्ट अधिकार प्रदेशमा रहनेछ ।
४. आदिवासी जनजातिलाई आफ्नो प्रदेश र स्वायत्त क्षेत्रमा राजनीतिक अग्राधिकार हुनेछ ।
ज. न्याय प्रणालीः
१. संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको न्यायप्रणाली बहुलतामा आधारित हुनेछ र यो संविधान अन्य कानून अन्तर्राष्ट्रिय मानव अधिकारका मापदण्ड तथा न्यायका मान्य सिद्धान्तअनुसार अदालत तथा न्यायिक निकायहरुबाट प्रयोग हुनेछ ।
२. आदिवासी जनजातिको प्रथा प्रथाजनित कानून न्यायप्रणाली साचालन गर्ने संस्थालाई आफ्नो सामूहिक पहिचान प्रथा पुख्र्यौली भूमि तथा प्राकृतिक स्रोत र समुदायगत विवादहरुमा स्थानीय अदालतसरहको क्षेत्राधिकार रहनेछ ।
३. आदिवासी जनजातिहरुको पहिचान संस्कृति संस्कृतिसँग जोडिएका विषय र समुदायको आन्तरिक विषयहरुसँग सम्बन्धित् विवादलाई उनीहरुको प्रथा परम्परागत कानूनअनुसार आदिवासी जनजातिको न्यायिक संस्थाद्वारा निरुपण गरिनेछ । झ. प्रादेशिक संविधानःप्रदेशले संघीय संविधानको मर्मअनुरुप आफ्नो संविधान आफै निर्माण गर्नेछ । राष्ट्रप्रमुखः
१. राष्ट्रप्रमुखको कार्य ५-सदस्यीय अध्यक्ष-मण्डलले गर्नेछ र अध्यक्ष-मण्डलको प्रत्येक सदस्य १ वर्षसम्म पालैपालो अध्यक्ष-मण्डलको कार्यकारी अध्यक्ष हुनेछ ।
२. अध्यक्ष-मण्डलको पदावधि ५ वर्ष हुनेछ । एकपटक अध्यक्ष-मण्डलको सदस्य भइसकेको जाति वा समुदाय सबै जाति वा समुदायहरुको पालो नसकिएसम्म दोहोरिने छैन ।
३. अध्यक्ष-मण्डलको निर्वाचन संघीय सभा र प्रादेशिक सभाका सदस्यहरुद्वारा हुनेछ ।
ट. कार्यकारी अधिकारःकार्यकारी अधिकारको प्रयोग केन्द्रमा संघीय सरकार मन्त्री-मण्डल ले गर्नेछ । सरकारको गठन संघीय सभामा सबभन्दा ठूलो दलको नेतृत्वमा सहमतीय आधारमा हुनेछ र सरकार प्रतिनिधिमुलक एवम् समावेशी हुनेछ ।
ठ. स्थानीय सरकारको ठाउँमा 'स्थानीय स्वायत्त निकाय' हुनुपर्नेछ ।
ड. व्यवस्थापिका कार्यपालिका र न्यायपालिकालगायत राज्यका सबै अङ्गहरु जातीय जनसङ्ख्याको आधारमा शक्ति र अधिकारसहित पूर्ण समानुपातिक एवम् समावेशी हुनुपर्नेछ ।
सम्माननीय अध्यक्षज्यू,यसैसाथ संलग्न यस संयुक्त गठबन्धनका अवधारणाहरु संवैधानिक समितिमा छलफलको लागि पठाई दिनुभई आदिवासी जनजातिहरुको अधिकारलाई नयाँ संविधानमा सुनिश्चित गर्न सहयोगको अपेक्षासहित पुनः हार्दिक अनुरोध गर्दछौं । हामी संविधान सभाले हाम्रा अवधारणा र सिफारिसहरुलाई सकारात्मक रुपमा लिई नयाँ संविधानमा समावेश गरी आदिवासी जनजातिहरुको अधिकारहरुलाई सुनिश्चित गर्नेछ भन्ने अपेक्षा गर्दछौं ।"ज्ञापन-पत्रमा हस्ताक्षर गर्ने पार्टी/सङ्गठन प्रतिनिधिको नाम हस्ताक्षर:
१. नेपाः राष्ट्रिय पार्टी, डा. रमेशकुमार श्रेष्ठ
२. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, डी. के. बुद्धिष्ट तामाङ
३. राष्ट्रिय जनमुक्ति पार्टी, खिलध्वज थापा
४. ताम्सालिङ नेपाल राष्ट्रिय दल, परशुराम तामाङ
५. जनमुक्ति पार्टी नेपाल, अटलमान राई
६. आदिवासी-जातीय-क्षेत्रीय महासंघ नेपाल, सुरेश आले मगर
७. अखिल नेपाल आदिवासी जनजाति महासंघ [एकीकृत], नगेन्द्र राई
८. आदिवासी जनजाति महासंघ [समाजवादी] रामिसंह लामा साथै, यस गठबन्धनले आफ्नो मागको सम्बोधन नभएमा सशक्त आन्दोलन गर्ने समेत जनाएको छ ।