News

Aug 31, 2008

नेपाल मलेसियाबीच छिटै सिधा हवाई सेवा सञ्चालन हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालका लागि मलेसियाका राजदूत दातो इनाकोवान कोनान डाभेलुले नेपाल मलेसियाबीच छिटै सिधा हवाई सेवा सञ्चालन हुने जानकारी दिनुभएको छ।मलेसियाको राष्ट्रिय दिवसको अवसरमा आयोजित समारोहमा नेपाल मलेसिया सम्बन्धमा प्रकाशन गरिएको ‘लुक नेपाल’ पत्रिकाको विशेष अङ्कको विमोचन गर्दे उहाँले सो कुरा बताउनुभएको हो। उहाँले नेपालको कृषि, शिक्षा, पर्यटन जस्ता आर्थिक क्षेत्रको विकासमा मेरियाको सहयोग आगामी दिनमा अझ बृद्धि हुने बताउनुभयो। कार्यक्रममा सभासद् राजेन्द्र खेतानले नेपालले आर्थिक कुटनीतिको माध्यमबाट मलेसियाबाट धेरै लाभ लिन सक्ने धारणा व्यक्त गर्नुभयो। नेपाल मलेसिया चेम्बर अफ कमर्शका अध्यक्ष चन्द्र ढकालले मलेसियामा कार्यरत झण्डै चार लाख नेपाली कामदारहरुबाट ठूलो रेमिटेन्स प्राप्त भईरहेको धारणा व्यक्त गर्नुभयो।

एक उपप्रधानमन्त्री तथा १२ मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारलाई पूर्णता दिनेक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक उपप्रधानमन्त्री र १२ मन्त्रीहरुलाई पद र गोपनीयताको सपथ खुवाएका छन् । संचारकर्मीहरुको बहिष्कारबीच मन्त्रीहरुको सपथ कार्यक्रम सम्पन्न भएको छ । भदौ १५ गते राष्ट्रपति भवन कार्यलयमा भएको सपथ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक उपप्रधानमन्त्री तथा १२ मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ खुवाए । नवनियुक्त पर्यटन तथा नागरिक उड्डयन मन्त्री हिशिला यमीले भने सपथ खाइनन् । यमी क्यानाडाबाट आजै राती स्वदेश आइपुग्ने श्रोतले बताएको छ ।सपथ खानेमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतम, जलश्रोत मन्त्री बिष्णु पौडेल, स्थानीय विकाश मन्त्री रामचन्द्र झा, सामान्य प्रशासन मन्त्री पम्फा भुशाल, भूमिसुधार मन्त्री मात्रृका यादव, सस्कृति तथा राज्य पुनर्संरचना मन्त्री गोपाल किराती, शान्ति तथा पुनर्निर्माण मन्त्री जनार्दन शर्मा, श्रम तथा यातायात मन्त्री लेखराज भट्ट, वातावरण तथा बिज्ञान प्रविधि मन्त्री गणेश साह, स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल, वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतो, उद्योग मन्त्री अष्टलक्ष्मी शाक्य, बन मन्त्री किरण गुरुङ र युवा तथा खेलकुद मन्त्री गोपाल शाक्य छन् । सपथ कार्यक्रममा माओवादीका वरिष्ठ नेता तथा अर्थमन्त्री डा. बाबुराम भट्टराई उपस्थित थिएनन् । भट्टराईले प्रधानमन्त्रीपछिको वरियता गृहमन्त्री बामदेव गौतमलाई दिने निर्णयप्रति असुन्तुष्टि जनाएका थिए । उता, आजसम्म पनि तीन उपप्रधानमन्त्री बनाउने बताइएको थियो । प्रेस पास वितरण राम्रो नभएको बताउँदै सम्पूर्ण संचारकर्मीहरुले सपथ कार्यक्रम बहिष्कार गरेका थिए ।

परराष्ट्रमन्त्री नयाँदिल्लीमा भारतीय नेताहरूसँग भेटी छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
परराष्ट्रमन्त्री उपेन्द्र यादवले भारतको राजधानी नयाँदिल्लीमा भारतीय नेताहरूसँग भेटी छलफल गर्नुभएको छ । नयाँदिल्लीस्थित नेपाली राजदूतावासका अनुसार मन्त्री यादवले भारतीय लोकसभामा विपक्षी दल भारतीय जनता पार्टीका नेता लालकृष्ण अडवानीलाई शनिबार भेट गरी दुइ देशका आपसी सम्बन्धबारे छलफल गर्नुभएको थियो ।यादवले भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका महासचिव प्रकाश कारतसँग पनि भेटवार्ता गर्नुभएको छ । भेटका अवसरमा उक्त पार्टीका पोलिटब्युरो सदस्य सीताराम यचुरी पनि हु्नुहुन्थ्यो । परराष्ट्रमन्त्री यादवले शनिबारै नेपाली राजदूतावासमा नेपाली तथा भारतीय पत्रकारहरूमाझ कुरा गर्दै कोसी नदीमा आएको बाढीबाट दुवै देशका ठूलो जनसङ्ख्यालाई पारेको प्रभाव र नेपाल र भारत सम्बन्धका अन्य पक्षहरूमा केन्द्रित थियो ।उहाँले प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निमन्त्रणामा गर्न भारतको भ्रमणबारे उल्लेख गर्दै भ्रमणको मिति भने दुवै देशलाई उपयुक्त हुने किसिमले तय गरिने जानकारी दिनुभयो । यसैगरी यादवले भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहसँग भेट गरी नेपाल-भारत सम्बन्धबारे छलफल गर्नुभएको राजदूतावासद्वारा जारी पे्रस विज्ञप्तिमा उल्लेख छ ।

'आशंका मेटाउँदै विकासलाई तीव्रता दिइनेछ' - प्रधानमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको आशा र आशंका रहेको उल्लेख गर्नुभएको छ । नयाँ सरकारप्रति रहेको आशंका मेटाउँदै आशालाई भने यथार्थमा परिणत गर्न आफूहरु क्रियाशील रहेन प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभएको छ । राजधानीमा नेपाल उद्योग परिसंघले आइतबार आयोजना गरेको एक कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।नयाँ सरकारप्रति अन्तर्राष्ट्रिय जगतमा केही आशंका रहेको भन्दै प्रधानमन्त्रीले तर नेपाली जनतामा भने सरकारप्रति आशंका कम भएको बताउनुभयो । आशंका रहे पनि त्यसलाई विश्वासमा परिणत गरेर मुलुकमा विकासको गति तीव्र पारिने उहाँको भनाइ थियो । आफूहरुले निजी क्षेत्र र सार्वजनिक क्षेत्रबीच समन्वय गरेर आर्थिक विकास गर्ने जानकारी प्रधानमन्त्री दाहालले दिनुभयो ।माओवादी नेतृत्वको सरकारप्रति कुनै पनि आशंका नराख्न आग्रह गर्दै उहाँले नयाँ नेपाल निर्माण गर्नका लागि आफूहरु गम्भीर भएर लाग्ने वचनवद्धता समेत व्यक्त गर्नुभयो । आफूहरुले विगतमा गरेको 'जनयुद्ध' ऐतिहासिक आवश्यकता भएको भन्दै प्रधानमन्त्री दाहालले यो कुरा संविधानसभाले पनि पुष्टि गरिसकेको दाबी गर्नुभयो । संविधानसभाले जनयुद्धलाई अनुमोदन गरेको समेत उहाँले उल्लेख गर्नुभयो ।

पहिरोले दसको ज्यान लियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अविरल रूपमा परेको बर्षापछि आएको पहिरोले गएराति भोजपुरको पुलुङ गाविसको एक घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । घरमा सुतिरहेका स्थानीय गजेन्द्र र्राई र उनका दुइ छोरी घरसँगै पुरिएका कारण उनीहरूको मृत्यु भएको बुझिएको छ । उनीहरू मध्ये र्राई र एक छोरी सरस्वतीको शव भेटिएको बताइएको छ । यसैबीच, तनहुँको चिसापानी-८ रिपगाउँमा हिजो पहिरोले घर पुदा ३ जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेहरूमा ३० बर्षीया सावित्री जोशी, उनका १३ बर्षीया छोरा शंकर सोही घरमा कुश लिएर पुगेका २० बर्षीया सुजन लुइँटेल रहेका छन् । त्यस्तै, सोही जिल्लाको बरभन्ज्याङ-८ कटहरेमा पनि पहिरोले पुरिएर दुइजना देवकुमारी विक र चिजमाया विकको मृत्यु भएको छ । यता, संखुवासभाको ताम्कु-८ मा पनि पहिरोले घर भत्काउँदा त्यसमा पुरिएर खेमराज र्राईको मृत्यु भएको छ । त्यस्तै, लमजुङको तार्कुघाट-८ मा पहिरोले घर बगाउँदा ३० बर्षीया मधुमाया नेपालीको मृत्यु भएको छ भने २४ बर्षीया सुभद्रा नेपाली बेपत्ता भएकी छिन् ।

धर्मपुत्र-पुत्रीसम्बन्धी कानुन कडा बनाउन राष्ट्रसंघको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रसंघले नेपालका बालबालिकाहरू धर्मपुत्र-पुत्रीको रूपमा विदेशमा पठाउनेबारेमा कडा नियम बनाउन नेपाल सरकारलाई आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) द्वारा शनिबार राजधानीमा र्सार्वजनिक गरिएको एक प्रतिवेदनमा सो कुरा उल्लेख छ। प्रतिवेदन स्विजरल्यान्डको टेरे देश होम्सको समेत सहयोगमा बनाइएको हो।विभिन्न देशबाट धर्मपुत्र-पुत्री लग्ने व्यवस्थामा लचकता अपनाउन नेपाललाई दबाब भइरहेका बेला राष्ट्रसंघीय निकायले भने यस्तो सुझाव दिएको हो। यो काम उद्योगको रूपमा भइरहेको छ, जसमा बालबालिकाको चासोभन्दा पनि नाफालाई मुख्य प्राथमिकता दिइएको पाइएको छ’ -युनिसेफका नेपाल निर्देशक गिलियान मेल्सोपले भन्नुभएको छ।नेपालबाट वाषिर्क करिब ४ सय बालबालिका धर्मपुत्र-पुत्रीको रूपमा विदेश लगिने गरेको छ। गत वर्षकेही युरोपेली राष्ट्रका प्रधानमन्त्रीले संयुक्त पत्र पठाएर नै नेपाल सरकारलाई त्यस विषयमा लचिलो हुन आग्रह गरेका थिए।

उपप्रधानमन्त्रीमा भागबन्डा मिलेपछि बन्यो सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मर्यादाक्रम र पार्टीत्रकै विवादले रोकिएको मन्त्रिपरिषद् विस्तार आज आइतबार हुने नेताहरूले बताएका छन्। आज मन्त्रिपरिषद् विस्तारनेकपा (माओवादी), नेकपा (एमाले) लगायत संविधानसभामा रहेका केही दलबीच आइतबार भएको भेटघाट मन्त्रिपरिषद् विस्तारमै केन्द्रित भएको बुझिएको छ। एमाले, माओवादी, मधेसी जनअधिकार फोरमबीच भएको छलफलको प्रारम्भिक सहमतिअनुसार तीन जना उपप्रधानमन्त्री राखिने र मर्यादाक्रममा पहिलो उपप्रधानमन्त्री नेकपा (एमाले) का वामदेव गौतम, दोस्रो माओवादीका डा. बाबुराम भट्टर्राई तथा तेस्रो फोरमका उपेन्द्र यादव हुनुहुने सम्भावना रहेको बताइएको छ। तर प्रधानमन्त्री प्रचण्डले भने छलफल भएको हो निर्णयभएको होइन भन्नुभएको छ।एमालेले आफनो तर्फाट सरकारमा प्रतिनिधित्व गर्ने नेताहरूको नाम प्रधानमन्त्रीलाई उपलब्ध गराइसकेको छ भने प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्डले आफनो पार्टीट पर्ने बाफकी नामावली आफैफ तय गरी घोषणा गर्नुहुने जनाइएको छ। माओवादीबाट सरकारमा पठाउने नामावलीका बारेमा पार्टीत्रै विवाद चर्केको छ तर अध्यक्ष प्रचण्डले सम्भव भएसम्म सबै क्षेत्र, जाति, लिंग र पिछडिएको समुदायलाई समेट्ने गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको बुझिएको छ।साना पार्टीट सरकारमा सहभागी हुने नेकपा -माले) बाट डम्बर श्रेष्ठ र नेकपा (संयुक्त) बाट गणेश शाहको नाम प्रधानमन्त्री प्रचण्डसमक्ष पुगिसकेको छ तर शनिबार प्रधानमन्त्री प्रचण्डसफगको भेटमा नेकपा (माले) का महासचिव सीपी मैनालीले भूमिसुधार मन्त्रालय आफनो पार्टी पाउनुपर्ने अन्यथा कुरा नमिल्ने जानकारी गराउनुभएको थियो। सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले पनि सरकारमा जाने कुरा गर्नुभए पनि आफनो पार्टी माग सम्बोधन हुनुपर्ने र्सत राख्नुभएको छ। तमलोपाका अध्यक्ष महन्थ ठाकुरले चाहिफ गुणदोषका आधारमा सरकारलाई र्समर्थन गर्ने तर सरकारमा सहभागी नहुने जानकारी प्रधानमन्त्री प्रचण्डलाई गराउनुभएको छ।नेकपा -एकता केन्द्र मसाल) का महासचिव नारायणकाजी श्रेष्ठ प्रकाश’ ले शनिबार प्रधानमन्त्री प्रचण्डसफग सरकारमा सहभागिता र पार्टीकताबारे कुराकानी गर्नुभएको जनाइएको छ। सो पार्टीट पनि सरकारमा सहभागिता हुने बुझिएको छ।मन्त्रिपरिषद्को विस्तार गरी आज आइतबार अपरा³न १ बजे शपथग्रहण गर्ने तयारी भएको छ। प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद्ले पूर्णाता पाउने जानकारी गराउनुभयो।माओवादीकी पूर्वसांसद शान्ता श्रेष्ठद्वारा लिखित यो कथा होइन’ पुस्तकको राजधानीमा शनिबार विमोचन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले पूर्णाता पाउनासाथ जनताका कामलाई प्राथमिकता दिएर काम गर्ने बताउनुभयो। सरकारको आगामी नीति तथा कार्यक्रम, बजेट जनमुखी हुने बताउफदै प्रधानमन्त्री प्रचण्डले पुराना शक्तिहरू सरकार गठनको प्रारम्भसफगै गिराउने खेलमा लागेको बताउनुभयो।नेपाली कांग्रेसतर्फसंकेत गर्दै प्रधानमन्त्री प्रचण्डले पुराना शक्तिको संरचनाबाट देशमा भ्रष्टाचार र अनियमितता कायमै रहेकाले त्यस्तो नराम्रो र देश डुबाउने संरचना तत्काल नसुधारिए सरकारले कडा कारबाही गर्ने चेतावनी दिनुभयो। उहाफले कर्मचारीतन्त्रको कामकारबाहीबाट जनता सन्तुष्ट नभएको जनाउफदै जनताका काम बिनाझन्झट गरिनुपर्ने बताउनुभयो।

मन्त्रीहरुको घोषणा बेलुकासम्म हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एमाले महासचिव झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भदौ १४ गते बेलुकासम्म नयाँ मन्त्रीहरुको नाम घोषणा गर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै पूर्ण सरकारको घोषणा गर्ने भएका छन् । भदौ १४ गते दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग करिब एक घण्टा लामो भेटपछि एमाले महासचिव झलनाथ खनालले संचारकर्मीहरुलाई यो जानकारी दिएका हुन् । प्रधानमन्त्रीसँग छलफल गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनलागेका पार्टीका अर्का नेता बामदेव गौतमसँग खनाल त्यहाँ गएका थिए । एमाले महासचिव खनालले भदौ १५ गते सबै मन्त्रीहरुको सपथग्रहण हुने जानकारी दिए । पूर्ण सरकारमा तीन जना उपप्रधानमन्त्री हुने तथा बामदेव पहिलो उपप्रधानमन्त्री हुने पनि उनले बताए । संचारकर्मीहरुको एक प्रश्नको उत्तरमा खनालले अर्थमन्त्री डा. बाबुराम भट्टराईले पनि बामदेवलाई पहिलो उपप्रधानमन्त्री बनाउन स्विकारिसकेको दावी गरे । बामदेवलाई सरकारमा प्रधानमन्त्रीपछिको वरियता दिन बाबुरामले अस्विकार गरेका कारण भदौ १३ गते सरकारले पूर्णता पाउनसकेको थिएन ।

प्रहरी कारबाहीमा तराइ आर्मीका अध्यक्ष मारिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराइ आर्मी नामको तराइको भूमिगत संगठनका अध्यक्ष मिस्टर जोन भनिने कौशल सहनी प्रहरी कारबाहीमा रौतहटमा मारिएका छन् । विभिन्न आपराधिक क्रियाकलापहरुमा संलग्न रहेको आरोपमा प्रहरीले खोजी गरिरहेका उनी रौटहटको बरियापुर गाविसमा भएको भिडन्तमा शनिबार बिहान मारिएका हुन् । गस्तीमा रहेको प्रहरी टोलीसँग भएको भिडन्तका क्रममा प्रहरीको गोली लागेर उनी मारिएका हुन् । गस्तीमा रहेका प्रहरीले भिडन्त भएको स्थानमा केही हतियार अनि गोलीहरु बरामद गरेको जनाएको छ ।गस्ती प्रहरीमाथि उक्त संगठनका कार्यकर्ताले गोली प्रहार गरेको अनि त्यसपछि प्रतिकारात्मक कारबाहीमा मिस्टर जोन र उनका अंगरक्षक भनिएका महन्थ सहनी समेत मारिएको प्रहरीले जनाएको छ । गत वर्ष काठमाडौंका विभिन्न स्थानमा भएको बम विस्फोट लगायत विभिन्न हत्याकाण्डमा संलग्न रहेको भन्दै उनलाई प्रहरीले व्यापक खोजी गरेको थियो । राजधानीमा भएका विस्फोटमा तीनजनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए ।

Aug 29, 2008

एमालेमा शक्तिशाली अध्यक्ष प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा (एमाले) अहिले सत्तासाझेदारीमा अल्भिएको देखिए पनि भित्रभित्रै आउँदो मंसिरमा राजधानीमा आयोजना गरिने आठौं महाधिवेशनको तयारीमा व्यापक रूपले लागेको पाइएको छ। पार्टी अहिले गरेका निर्णय महाधिवेशनमा प्रत्यक्ष ढंगले प्रभाव पर्ने हुँदा नेताहरू फुकीफुकी अघि बढ्न थालेका छन्।संविधानसभाको निर्वाचन परिणाम, माओवादीको नेतृत्वमा बनेको सरकारमा एमालेको सहभागिता र सहयोगका विषयमा पार्टी कार्यकर्ताबीच सकारात्मक, नकारात्मक दुवैखाले टिप्पणी भइरहेकाले त्यसले महाधिवेशनमा समेत प्रभाव पर्ने निश्चित देखिएको छ।आगामी महाधिवेशनले पार्टी संगठनात्मक ढाँचामा परिवर्तन गर्ने सम्भावना प्रबल रहेको नेताहरूले बताएका छन्। पार्टीनेता केपी ओलीको संयोजकत्वमा गठित पार्टीे प्रजातन्त्रीकरण कार्यदलले संगठनात्मक ढाँचा परिवर्तन गर्ने गरी प्रतिवेदन तयार गरेको थाहा भएको छ।संगठनात्मक ढाँचामा परिवर्तन गरिएमा पार्टी अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षलगायतका पदसमेत रहनेछन्।त्यसो नभएमा अध्यक्ष र महासचिवको व्यवस्था गरी अधिकार बाँडफाँड गरिनेछ। अब बनाइने अध्यक्ष पहिले मनमोहन अधिकारी हुँदाजस्तो संवैधानिक हुने बुझिएको छ। पार्टी नेतामा महासचिवबाट राजीनामा दिए पनि माधवकुमार नेपालको पकड पार्टीत्र बलियो भएकाले उहाँ नै भावी अध्यक्ष हुने सम्भावना रहेको पार्टींक्तिमा मूल्यांकन पाइन्छ।पार्टी सक्रिय नभए पनि पार्टीथायी कमिटी र केन्द्रीय कमिटी ओगटेर बसेका धेरै नेताले आगामी महाधिवेशनबाट बिदा पाउने अवस्था उत्पन्न भएको छ। अहिलेदेखि नै कार्यकर्ताहरूले पार्टी महाधिवेशन त आओस् यिनीहरूलाई देखाउँछौं भन्दै हिँड्न थालिसकेका छन्।पार्टींक्ति अर्थात् कार्यकर्तामा महाधिवेशनको रौनक बढेको भए पनि पार्टीेन्द्रीय कमिटीले भने खासै तयारी गरेको पाइएको छैन। गत जेठको पहिलो हप्ता बसेको केन्द्रीय कमिटीको बैठकले आगामी मंसिरको पहिलो हप्ता आठौं महाधिवेशन गर्ने निर्णय गरे पनि अहिलेसम्म थप केही पनि भएको छैन। यद्यपि महाधिवेशनको तयारी र व्यवस्थापन कमिटी बनाउनेलगायतका निर्णयरू गर्न भोलि शनिबारदेखि केन्द्रीय कमिटीको बैठक बस्न लागेको केन्द्रीय कार्यालयले जनाएको छ।केन्द्रीय कमिटीको बैठक बस्न लागेका बेला अहिलेसम्म केही काम नभएकाले आगामी मंसिरमा पार्टी लागि ऐतिहासिक पर्वका रूपमा लिइने महाधिवेशन गर्न समय कम हुन्छ कि भन्ने तर्क पनि उठेको छ। त्यसबारेमा केन्द्रीय कार्यालय सचिव काशीनाथ अधिकारी भन्नुहुन्छ- मंसिरमै पनि धुमधामका साथ गर्न सकिन्छ।’

मन्त्री परिषदको पूर्णता तथा मन्त्रीहरुको सपथ कार्यक्रम अनिश्चित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्रीले भदौ १३ गते मन्त्री परिषदले पूर्णता पाउने बताए पनि उनकै पार्टीले मन्त्रीहरुको नाम तय गर्न नसकेका कारण मन्त्री परिषदको पूर्णता तथा मन्त्रीहरुको सपथ कार्यक्रम अनिश्चित बनेको छ ।माओवादीले आफूले बनाउने पाँच मन्त्रीको नाम तय गर्न नसकेपछि मन्त्रीहरुको सपथग्रहण मिति सरेको छ । यसअघि, प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौ १३ गते मन्त्रीहरुको सपथग्रहण हुने बताएका थिए । पाँच मन्त्रीको नाम तय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी सचिवालय बैठक सकिएपछि त्यहाँ उपस्थित संचारकर्मीहरुसँग संचारमन्त्री तथा माओवादी प्रवक्ता कृष्णबहादुर महराले भने, 'नामहरुको अन्तिम टुङ्गो लाग्न बाँकि छ, प्रधानमन्त्रीलाई नै हामीले नाम टुङ्गो लगाउने जिम्मेवारी दिएका छौं ।' उनले भोली पार्टी सचिवालय बैठक पुन बस्ने जानकारी पनि दिए । माओवादी प्रवक्ता कृष्णबहादुर महराले अर्थमन्त्री तथा पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले अर्थमन्त्री पदबाट राजीनामा दिएको कुरा अस्विकार गरे । 'उहाँले राजीनामा दिएको कुरा होइन तर, उहाँले उठाउनु भएको कुरा गम्भीर हो' महराले भने, 'खासगरी, प्रधानमन्त्री बाहिर भएकोबेला कार्यबाहकको प्रश्न गम्भीर हो ।' प्रधानमन्त्री प्रचण्ड र एमाले महासचिव झलनाथ खनालबीच भदौ १३ गते एमालेलाई मन्त्री परिषदमा दोश्रो वरियता दिने सहमति भएपछि अर्थमन्त्री असन्तुष्ट भएका थिए तथा असन्तुष्टिका कारण भट्टराईले अर्थमन्त्री पदबाट राजीनामा दिनलागेको चर्चासमेत चलेको थियो । सचिवालय बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै माओवादीका अर्का वरिष्ठ नेता मोहन बैद्य किरणले भने मन्त्री परिषदको वरियता बिबाद टुङ्गो लागिसकेको बताए । उनले दोश्रो वरियता एमालेलाई दिने सहमति भएको पनि उल्लेख गरे । संचारमन्त्री महराले भने वरियता बिबाद टुङ्गो बताए पनि एमालेलाई दोश्रो वरियता दिने या नदिने भन्ने प्रश्नको उत्तर दिन चाहेनन् ।

भारतीय प्राविधिकहरुको सहभागितामा तटबन्धको कटान नियन्त्रण कार्य सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतले कोसीले क्षतिग्रस्त पारेको तटबन्धको कटान नियन्त्रण कार्य सुरु गरेको छ । तटबन्ध र पानी नियन्त्रण गर्ने स्परहरु पुननिर्माणका साथै बाढी नियन्त्रणको काम भारतीय प्राविधिकहरुको सहभागितामा शुक्रबारबाट सुरु गरिएको हो ।कोसी ब्यारेजबाट करिब १३ किलोमिटर उत्तरका दुइटा स्परहरु तत्कालै मर्मत गर्न सुरु गरिएको हो । यी दुइ स्पर बेलैमा मर्मत नभएकाले नै यसपालि कोसीको बाढीले तटबन्ध भत्काएर गाउँ छिरेको हो । गत भदौ २ गते उक्त तटबन्ध भत्कँदा सुनसरीका चार गाउँ बढी प्रभावित भएका छन् । हजारौं विस्थापित भएका छन् ।भारतीय प्राविधिकहरुले आफूहरु मर्मत तथा पुननिर्माण कार्यमा आउनका लागि सुरक्षाको माग गरेका थिए । स्थानीय प्रशासनले सुरक्षाको प्रत्याभूति दिने बताएपछि उनीहरु आएका हुन् । तटबन्धमा बाढी नियन्त्रणका लागि तारजाली अनि बालुवा भरिएका बोराहरु जस्ता सामग्री राख्न थालिएको छ ।

थप मन्त्री चयनका लागि माओवादी छलफलमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आफ्नो भागमा परेको मन्त्रालयमा नियुक्त हुन बाँकी मन्त्रीहरुको नाम चयन गर्न सत्तारुढ प्रमुख घटक नेकपा माओवादी छलफलमा व्यस्त भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा माओवादीको सचिवालय वैठक शुक्रबार जारी रहेको छ । सरकारमा माओवादीका नौ मन्त्रीको भागबण्डा गठबन्धनकारी दलले गरेका छन् । तीमध्ये अब पाँच मन्त्री चयन गर्न बाँकी रहेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रबार आफ्ना पार्टीका चार अनि मधेसी जनअधिकार फोरमका चार गरी आठजना मन्त्रीलाई सपथग्रहण गराउनुभएको थियो । मर्यादाक्रममा विवाद भएपछि गठबन्धनकारी अर्को दल एमालेका प्रस्तावित मन्त्रीहरुले सपथ लिएका थिएनन् । अब मर्यादाक्रमको विवाद समाप्त भएपछि एमालेका मन्त्रीहरु पनि आजै मन्त्रिमण्डलमा सहभागी हुने भएका छन् ।

द्वन्द्वमा बेपत्ताको अवस्था सार्वजनिक गर्न माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सशस्त्र द्वन्द्वका बेला राज्यबाट बेपत्ता पारिएका ८ सय २८ जना र नेकपा माओवादीबाट बेपत्ता पारिएका १ सय ५० जनाको स्थिति अझै अज्ञात रहेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेकका अनुसार १० वर्षे द्वन्द्वका अवधिमा दुवै पक्षबाट के कति जनालाई बेपत्ता पारियो भन्ने आधिकारिक तथ्याङ्क हालसम्म सङ्कलन समेत भएको छैन । बेपत्ता पारिएकाहरुको अन्तर्राष्ट्रिय दिवस अवसरमा इन्सेकद्वारा तयार पारिएको 'कमजोर जबाफदेहीता, नेपालमा बेपत्ताको अवस्था' विषयक प्रतिवेदन राजधानीमा शुक्रबार सार्वजनिक क्रममा यस्तो बताइएको हो । प्रतिवेदनमा जबरजस्ती बेपत्तासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यदलले सन् २००४ मा नेपालमा भ्रमण गरी दिएको सुझाव कार्यान्वयन अवस्थालाई विश्लेषण गरिएको छ । बेपत्ता नागरिकबारे अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता, सात राजनीतिक दल र माओवादीबीच सम्पन्न २३ बुँदे समझदारीलगायत प्रमुख राजनीतिक पार्टीहरुका घोषणापत्रमा उल्लेख भएका विषयहरुलाई प्रतिवेदनले समेटेको छ ।प्रतिवेदनमा बेपत्ताका पीडित परिवारका लागि राहत कार्यक्रम तर्जुमा गरी बिनाभेदभाव लागु गर्नेलगायतका विषयमा सर्वोच्च अदालतद्वारा १८ जेठ २०६४ मा भएको निर्देशनात्मक आदेशको शीघ्र कार्यान्वयन गर्नुपर्ने, बेपत्ता पारिएको भनिएको घटनाहरु, तिनको कारण र पीडितहरुको अवस्थाबारे जाँचबुझ गर्न अधिकार सम्पन्न आयोग गठन गर्नेलगायत सुझाव दिइएको छ ।

बाँध भत्किएकोबारे पत्ता लगाउन आयोगको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रिय मानवअधिकार आयोगले सप्तकोसी बाँध भत्किएको घटनाको सत्यतथ्य पत्ता लगाउन अविलम्ब जाँचबुझ आयोग गठन गरी सार्वजनिक गर्न सरकारलाई आग्रह गरेको छ । बाढीबाट विस्थापितलाई अल्पकालीन तथा दीर्घकालीन रूपमा पर्याप्त राहत सामग्रीसहित पुनस्थापना व्यवस्था गर्न पनि माग गरेको छ ।त्यसैगरी विस्थापितको तथ्याङ्क सङ्कलन गर्न र परिवारसँग सम्पर्कबिहीन व्यक्तिको खोजतलास गरी परिवारमा पुनस्थापना गराउन, विस्थापितका बालबालिकाको पठनपाठनको व्यवस्था मिलाउन र विद्यालय सुचारु गर्न आयोगले आग्रह गरेको छ ।प्रतिवेदनमा बाढीबाट विस्थापित व्यक्ति बसोवास गरेको कोसी ब्यारेज भारतीय भूमिबाट नजिक भएका कारण आपराधिक गतिविधि बढ्ने बताउँदै उनीहरूको सुरक्षाको लागि उक्त स्थानमा पर्याप्त मात्रामा सुरक्षा पोस्ट राख्न माग गरिएको छ । साथै आयोगले केही सङ्घसंस्थाले बाढीपीडितका लागि सङ्कलन गरेको राहत रकम दुरुपयोग हुनसक्ने पनि औँल्याएको छ ।

साउदी अरेबिया र मलेसियामा नेपाली महिलालाई घरेलु कामदार पठाउन रोक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले साउदी अरेबिया र मलेसियामा नेपाली महिलालाई घरेलु कामदारका रुपमा पठाउन रोक लगाएको छ । घरेलु कामदारका रुपमा ती देशमा जाने महिला जोखिममा परेको भन्दै सरकारले त्यता जान, पठाउन रोक लगाएको हो । श्रम तथा रोजगार प्रवर्द्धन विभागले गत सातादेखि ती देशमा जानका लागि कसैलाई अनुमति दिएको छैन ।ती दुइ देशमा रहेका नेपाली दूतावासले महिला सुरक्षित हुने किसिमको वातावरण निरमा्ण नभएसम्म घरेलु कामदारका रुपमा नपठाउन अनुरोध गरेपछि सरकारले यस्तो रोक लगाएको हो । कामका लागि जाने महिलामाथि आर्थिक, यौन शोषण हुने गरेको भन्दै उनीहरु असुरक्षित रहने अवस्था रहेको बताइएको छ ।दलालहरुले वैदेशिक रोजगारीमा पठाउँदा विशेष गरी महिलालाई भारतीय विमानस्थल प्रयोग गरी पठाउने गरेको पाइएको छ । वैदेशिक रोजगारीमा पठाउँदा स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयन हुन सकेको छैन ।सरकारले यसअघि २०५४ जेठदेखि नेपाली महिलालाई असुरक्षा हुने भन्दै खाडी मुलुकमा पठाउन प्रतिवन्ध लगाएको थियो । पछि वैदेशिक रोजगार ऐन आएपछि २०६४ भदौबाट सरकारले सबै क्षेत्रमा जान खुला गरेको थियो । महिला अधिकारकर्मीहरुले वैदेशिक रोजगारीमा जानका लागि खुला गर्न जोड दिंदै आएका छन् ।

Aug 28, 2008

लिम्वुवान राष्ट्रिय मोर्चाको अन्तरक्रिया सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हंगकंग
२४ अगष्ट २००८ को दिन लिम्वुवान राष्ट्रिय मोर्चाले "लिम्वुवान स्वायत्त राज्य स्थापनामा चुनौतीहरु र हाम्रो अवधारणा" विषयक शिर्षमा एक अन्तरक्रिया सम्पन्न गरेको छ ।छलफलमा सहभागीहरुले लिम्वुवान स्वायत्त राज्य स्थापनामा धेरै चुनौतीहरु आएको र ती चुनौतीहरुलाई समाधान गर्दै आफ्नो मूल्य र मान्यताको लागि सदैव विचलित नभई अगाडि वढ्नु पर्ने वताएका थिए ।मोर्चाको महासचिव अविचन्द्र इङनामले चुनौतीका विषयहरुवारे जानकारी गराउनुभएको थियो । यसमा मूख्य गरेर मोर्चाले निक्र्यौल गरेको चुनौतीहरुमा लिम्वुवानको अन्य पार्टी आवद्ध नेताहरु संग लिम्वुवानको वारेमा खुलेर कुरा गर्ने हिम्मत नहुन, त्यसतै लिम्वुवानको राजनैतिक सुझबुझ राख्ने हौं भन्ने बिभिन्न पार्टी कार्यकर्ताहरुले पनि नया" नेपालको सम्रचनामा ऐतिहासिक तथ्य तथा लिम्वुवानमा निकट भविष्यमा हुनसक्ने द्वन्द्वको निराकरणमा भन्दा आफ्नो पार्टी प्रति अन्धोभक्त र पार्टी पिछलग्गु बन्नु, माओवादी र एमालेवाट पनि लिम्वुवानको सिमानालाई मिचेर मात्र लिम्वुवानको खाका प्रस्तुत गर्नु तथा ती पार्टीको लिम्वुवान प्रति सकारात्मक भावनात्मकता नहुनु, लिम्वुवानवासीहरु पूर्ण रुपमा सचेत भैनसक्नु आदि कुराहरु उल्लेख गरिएको थियो ।
यसको समाधानमा ती पार्टीलाई लिम्वुवानवारे राम्ररी जानकारी गराउनुपर्छ भन्ने सुझाव राज कुमार फोम्वोवाट आएको थियो । त्यस्तै जस्तोसुकै परिस्थीती आईपरेमा पनि हामीले विना ऐतिहासिक तथ्यको लिम्वुवान स्वीकार्नु नहुने विचार नर कुमारी यक्सो (आङवुहाङ) वाट आएको थियो । छलफलमा उत्तरमान लिम्वु, अमन सोदेम्वा, नवराज काम्वाङ आदिले पनि आफ्नो विचार प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव सुरेश सुव्वाले गर्नुभएको थियो ।
छलफलमा आएका कुराहरुलाई समेट्दै लिरामो अध्यक्ष दिल पालुङवा लिम्वुले कार्यक्रम समापनको क्रममा अहिलेको वर्तमान स्थिती भनेको लिम्वुवानको लागि संक्रमणकालिन स्थिती हो । यो स्थितीमा हामी लिम्वुवान चाहनेहरुले लिम्वुवानको सिमा क्षेत्रको वारेमा कसैले पनि मनगढन्ते तथा सतही ढंगले नलिईदिन आग्रह गर्दै लिम्वुवान स्वायत्त राज्यको स्थापनको लागि अहिले देखिएका पार्टी जो लिम्वुवानको कुराहरु ल्याईरहेका छन्-उनीहरुलाई लिम्वुवानको वारेमा राम्ररी जानकारी गराउदै लैजाने, त्यस सवालमा विभिन्न संगठनहरुलाई स्मरण पत्र, सुझाव पत्र तथा दस्तावेजहरु प्रदान गर्ने तथा संयुक्त मोर्चावन्दी गर्दै सडक तथा सदन आन्दोलन गर्ने, लिम्वुवानवासीहरुमा जनजागरण अभियान अझ त्रि्र वनाउदै लैजाने अवधारणा प्रस्तुत गर्नुभएको थियो । यदि ती चरणहरु पार गर्दा पनि स्थिती सकारात्मक नभए साम दाम दंडभेदको माध्यम अपनाएर पनि लिम्वुवान राज्य स्थापना गराएरै छोड्ने उद्घोष गर्नुभएको थियो ।
त्यस्तै छलफलवाट भर्खरै लिम्वुवान सुनसरीको कुशाह क्षेत्रमा भएको सप्तकोशीको वांध फुटी डुवान अर्थात वाढी पिडितहरुलाई आर्थिक राहत संकलन गर्ने पनि वुझिएको छ ।

बाढीपीडित पुनस्थापनानिम्ति एकीकृत योजना बनाउन निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले सप्तकोसी डुबानबाट पीडितहरुलाई राहत र पुनस्थापनाका लागि एकीकृत योजना बनाउने भएको छ । सरकारद्वारा गठित उच्चस्तरीय केन्द्रिय विपद व्यवस्थापन समितिको आज बिहीबार बसेको बैठकले कोसी डुबान क्षेत्रका पीडितहरुको उद्धार, राहत तथा पुनस्थापनाका लागि एकीकृत योजना बनाएरै काम थाल्ने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्रीले आगामी आइतबारसम्ममा एकीकृत योजना तयार पारेर प्रस्तुत गर्न विपद व्यवस्थापन समितिलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिहदरवारमा बसेको बैठकमा समितिको सदस्य तथा मन्त्रीहरुको उपस्थिति रहेको थियो ।बैठकमा भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले डुबान पीडितहरुको लागि पर्याप्त मात्रामा राहत संकलन भएको जानकारी दिदैं त्यसको वितरण कार्य व्यवस्थित हुन नसकेको बताउनुभएको थियो । उहाँले पानीको सतह नघटेसम्म बाँध निर्माण गर्न नसकिने बताउँदै निर्माणका लागि भारत सरकारसँग पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो । यसैबीच कोसी डुबान तथा अन्य विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. बाबुराम भट्टराइबीच छलफल भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा आगामी बजेटका विषयमा पनि छलफल भएको बुझिएको छ ।

बुधबारदेखि लोडसेडिङको समय बढाएर साताको २१ घण्टासम्म

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल विद्युत् प्राधिकरणले बुधबारदेखि लोडसेडिङको समय बढाएर साताको २१ घण्टासम्म पुर्याएको छ।सप्तकोसी नदीको बाँध भत्केर आएको बाढीले पश्चिमकुशाह गाविसमा रहेको १ सय ३२ केभी प्रसारण लाइनको १८ नम्बर टावर ढालेर ५० मेगावाट विद्युत् आपूर्ति अवरुद्ध भएपछि प्राधिकरणले विद्युत् कटौतीको समय बढाएको हो। यसअघि मंगलबारसम्म लोडसेडिङ सातामा दुइ दिन चार घण्टाका दरले हुँदै आएको थियो।नयाँ तालिकाअनुसार बुधबारबाट सिरहाको लहानदेखि पश्चिम राजधानीलगायत क्षेत्रमा लोडसेडिङको समय बढेको छ भने लहानदेखि पूर्वमा विद्युत्को अध्ययन गरेर आज बिहीबारदेखि अर्को तालिका ल्याइनेछ। लमहीदेखि पश्चिममा पनि लोडसेडिङ बढाइएको छ।यसअनुसार हेटौंडा-वीरगन्ज करिडोरमा सातामा २१ घण्टा तथा बाँकी क्षेत्रमा साढे १६ घण्टाका दरले सातै दिन लोडसेडिङ हुने भएको छ। यसअनुसार सातामा तीन दिन बेलुका साढे दुइ घण्टा, तीन दिन दिउँसो दुइ घण्टा र एक दिन दिउँसो ३ देखि ६ बजेसम्म तीन घण्टा लोडसेडिङ हुनेछ।हेटौंडा-वीरगन्ज करिडोरमा भने विद्युत् कटौतीको समय फरक हुने प्राधिकरणले जनाएको छ।भारतको कटैया-दुहबी १ सय ३२ केभी प्रसारण लाइनबाट ५० मेगावाट विद्युत् आयात भइरहेकोमा बुधबार कोसी नदीले तटबन्ध कटान गरी १८ नम्बरको टावर ढालेपछि आपत्कालीन विद्युत् आपूर्ति बन्द भएकाले लोडसेडिङ समय बढाएको प्राधिकरण प्रणाली सञ्चालन विभागका निर्देशक शेरसिंह भाटले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो
-->

मन्त्रिपरिषदको आकस्मिक वैठक आज बिहीबार बस्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मन्त्रिपरिषदको आकस्मिक वैठक आज बिहीबार बस्दैछ । मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने वैठकमा कोसीको बाढीले सुनसरीमा पुर्‍याएको क्षति, विस्थापितको अवस्था, उनीहरुको पुनस्थापना, उद्धार कार्य अनि सहयोगका पक्षहरुबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल चीनको चार दिने भ्रमण सकी हिजो फर्केपछि यो वैठक बस्न लागेको हो ।मन्त्रिपरिषद वैठकमा परराष्ट्रमन्त्री उपेन्द्र यादवको भारत भ्रमणका सम्बन्धमा पनि छलफल हुने जनाइएको छ । उहाँ नयाँ दिल्लीमा हुने बिमस्टेक सम्मेलनमा सहभागी हुन आजै जाँदै हुनुहुन्छ । यसैगरी केन्द्रिय दैवी प्रकोप उद्धार समितिाके वैठक पनि आजै बस्ने भएको छ । यो कोषका अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ ।

एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले शुक्रबार सपथग्रहण गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी र एमालेको शीर्ष नेतृत्वबीच मन्त्रिमण्डलमा मर्यादाक्रमबारे सहमति भएपछि अब एमाले सरकारमा सहभागी हुने भएको छ । एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले शुक्रबार सपथग्रहण गर्नेभएका छन् । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले महासचिव झलनाथ खनालबीच भएको छलफलमा यस्तो सहमति गरिएको हो ।एमाले महासचिव खनालले सञ्चारकर्मीलाई दिनुभएको जानकारी अनुसार मर्यादाक्रमको विवाद मिलेकाले शुक्रबार आफ्ना पार्टीका मन्त्रीहरुले सपथ लिने निधो गरिएको छ । एमालेबाट गृहमन्त्रीका रुपमा नेतृत्व गर्दै वामदेव गौतम सहभागी हुँदै हुनुहुन्छ । अन्य मन्त्रीहरुमा किरण गुरुङ, रामचन्द्र झा, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य र गोपाल शाक्य मन्त्रिमण्डलमा सामेल हुनेछन् ।

अर्थमन्त्रीद्वारा सहयोगका लागि दातृ निकायलाई आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अर्थमन्त्री डा. बाबुराम भट्टराइले कोसी नदीको बाढीबाट विस्थापितहरुलाई राहत, पुनस्थापना लगायत कामका लागि सहयोग गर्न दातृ निकायका प्रतिनिधिलाई आग्रह गर्नुभएको छ । नेपालमा रहेका विभिन्न अन्तर्राष्ट्रिय दातृ संस्थाका प्रतिनिधिहरुसित आज बिहीबार मन्त्रालयमा छलफल गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।शान्ति, विकास र लोकतन्त्रप्रति प्रतिवद्धता व्यक्त गर्दै अर्थमन्त्रीले यी विषयको सदृढीकरणका लागि थप आर्थिक सहयोगका लागि दातृ निकायको महत्वपूर्ण भूमिका हुने समेत उल्लेख गर्नुभयो । प्रमुख दातृ निकायका प्रतिनिधिहरुको सहभागिता रहेको छलफलमा उहाँले नेपालको आर्थिक विकासलाई द्रुत गर्ने प्रयास गरिने समेत बताउनुभयो ।

'कोसीको ७० प्रतिशत पानी कटानक्षेत्रमा'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सप्तकोसीको बाँध भत्किएपछि कोसी ब्यारेजतर्फ बग्ने पानीको ७५ प्रतिशत भाग मूलधार परिवर्तन गरी कटान क्षेत्रबाट बग्न थालेको छ । बिहीबार बिहान कोसी ब्यारेजमा पानीको सतह २६ हजार ५ सय ८ क्युसेक रहेको जनाइएको छ । उक्त पानीमध्ये करिब ८० हजार क्युसेक पानी कटान क्षेत्रबाट बगिरहेको कोसी ब्यारेज नियन्त्रण केन्द्रले जनाएको छ ।कोसी ब्यारेजको कूल क्षमता छ लाख क्यूसेक पानीसम्मको छ भने बाँध भत्किएको दिन गत भदौ २ गते ब्यारेजमा एक लाख क्यूसेक पानी मात्र रहेको थियो । तत्काल बाँध बाँध्न सक्ने अवस्था नरहेको तर थप कटानबाट बाँधलाई जोगाउन स्पर निर्माण तथा मर्मतको काम सुरु गरिएको सुनसरी जिल्ला प्रशासनले जनाएको छ ।

कोसी बाढीका कारण वैकल्पिक राजमार्ग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोसीको बाढीले पूर्वपश्चिम राजमार्गको सुनसरी लौकहीदेखि कोसीब्यारेजसम्मको सडक क्षतिग्रस्त बनाएपछि १० दिनदेखि यातायात चल्न सकेको छैन । यसले गर्दा हजारौं यात्रु गन्तव्यमा पुग्न पाएका छैनन् भने सामान पनि ढुवानी हुन पाएको छैन । यात्रुहरु चतरा-उदयपुरको सडकबाट विकल्पका रुपमा गन्तव्य जान थालेका छन् ।राजमार्ग बन्द भएपछि दैनिक हजारौ यात्रुहरुले उक्त वैकल्पिक मार्गलाई प्रयोग गरेका हुन् । उक्त मार्ग भएर दैनिक दुइ हजारभन्दा बढी यात्रुहरु जाने गरेका छन् । बीचमा पर्ने नदीमा डुंगाको सहायताले तर्ने गरेका छन् । सुनसरीको झुम्का बजारबाट करिब २२ किलोमिटर टाढा ग्राभेल सडक यात्रापछि चतरा घाटमा पुगिन्छ ।चतरा घाटबाट दुइ स्थानमा नदी तरेपछि उदयपुर जिल्लाको रामपुर ठोक्सिला हुँदै जान सकिन्छ । हाललाई यो सडक विकल्पका रुपमा प्रयोग गरिए पनि त्यस क्षेत्रमा चोरी डकैती हुने गरेकाले असुरक्षित रहेको स्थानीय बासिन्दाको भनाइ छ । रामपुरका गोविन्द खतिवडाका अनुसार यात्रुहरुको सामान बोकिदिएर सहयोग गर्ने बहानामा चोरी हुने गरेको छ ।उक्त राजमार्गबाहेक भारततिरको लामो बाटो भएर पनि यात्रुहरु गन्तव्य गइरहेका छन् । कोसीले सुनसरीको लौकहीदेखि व्यारेजसम्मको १२ किमि सडक क्षतिग्रस्त बनेको छ । नदी राजमार्गमै बगिरहेको अवस्था छ । राजमार्ग चाँडै बन्ने छाँट नहुँदा दसैंको मुखमा लाखौं यात्रुहरु घर पुग्न नपाउने अवस्था सिर्जना भएको छ ।

गोर्खाल्यान्ड माग गर्दै फेरि प्रदर्शन सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आफ्नो अभियानमा लाखौं नेपालीभाषीको समर्थन जुटाउन सफल गोर्खाल्याण्ड आन्दोलनलाई निरन्तरता दिनेक्रममा दार्जिलिङ क्षेत्रमा फेरि प्रदर्शन हुन थालेको
छ। आन्दोलनको नेतृत्व गरिरहेको गोर्खा जनमुक्ति मोर्चाले दार्जिलिङ क्षेत्रका सबैजसो क्षेत्रमा प्रदर्शन तीव्र बनाएको हो ।'जय जय गोर्खा जय गोर्खा', 'बंगाल हाम्रो चिहान हो', 'छुट्टै राज्य कायम गर' गर जस्ता नारा लगाउँदै प्रदर्शन जारी रहेको छ । मोर्चाका प्रचार प्रसार सचिव विनय तामाङका अनुसार केन्द्रिय सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन तीव्र पारिएको हो । मोर्चाले यसअघि साउनभर धार्मिक सभा सम्मेलन गरी आन्दोलनलाई निरन्तरता दिएको थियो ।यसैबीच, दार्जिलिङ क्षेत्रमा चल्ने सवारीसाधनको नम्बरप्लेटमा पश्चिम बंगाल-डव्लुबीको साटो गोर्खाल्याण्ड -जीएल नलेख्ने साधनलाई कारबाही थालिएको छ । यसअघि सबै सवारी साधनमा जीएल लेख्न आग्रह गरिएको थियो ।

Aug 27, 2008

कोसी क्षतिबारे मन्त्री परिषद बैठक बस्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोसी ब्यारेजको तटवन्धन फुटेर पुगेको क्षति निरिक्षण गएको मन्त्रीस्तरीय टोलीका एक सदस्यले कोसीबारे महत्वपूर्ण निर्णय गर्न भदौ १२ गते मन्त्री परिषदको बैठक हुने जानकारी दिएका छन् ।कोसी ब्यारेजको तटवन्धन फुटेर पुगेको क्षतिबारे महत्वपूर्ण निर्णय गर्न मन्त्री परिषदको बैठक बस्ने भएको छ । भदौ ११ गते प्रभावित क्षेत्रको भ्रमण गरेर फर्किएपछि राजधानीमा रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै भ्रमण टोलीका सदस्य तथा कृषि मन्त्री जयप्रकाश गुप्ताले प्रभावित क्षेत्रमा आफूहरुले देखेको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराइसकिएको तथा त्यसैबारे भदौ १२ गते मन्त्री परिषदको बैठक बस्ने निर्णय भएको जानकारी दिए । भदौ ११ गते बिहानै बाढी प्रभावित क्षेत्रको निरिक्षण गर्न रक्षा मन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा मन्त्रीहरु बिजयकुमार गच्छेदार, गुप्ता र प्राविधिक टोली गएको थियो । कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले तटवन्धन भत्किएर पुगेको क्षति निरिक्षण गर्न आजै भारतीय प्राविधि टोली आइपुग्ने पनि बताए । भत्किएको तटवन्धनको मर्मत गर्न भारतले सरकारले सहयोग गर्ने वचन आफूहरुलाई दिइसकेको उल्लेख गर्दै मन्त्री गुप्ताले तटवन्धन भत्किएको ठाउँमा पानी ठूलो भएकाले तत्कालै तटवन्धन बनाउन भने नसकिने बताए । 'कोसी ब्यारेजमा खटिएका भारतीय प्राविधिकहरुलाई तटवन्धनको रेखदेख राम्रोसँग नगरेको तथा जनधनको क्षति पुग्ने सम्भावनाबारे पहिले नै खबर नबनाएकाले त्यहाँको सरकारले निलम्बन गरिसकेको छ' गुप्ताले भने ।

बालसैन्य मुक्त गर्न राष्ट्रसंघको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रसंघले नेकपा (माओवादी) को सैन्य शिविरमा रहेका झन्डै ३ हजार बाल सैनिकलाई तत्काल शिविरबाट मुक्त गर्न नेपाल सरकार र माओवादीसँग आग्रह गरेको छ।बालबालिका तथा सशस्त्र द्वन्द्वका लागि राष्ट्रसंघका महासचिव बान कि मुनका विशेष प्रतिनिधि राधिका कोमरास्वामीले मंगलबार एक विज्ञप्तिमार्फत सो आग्रह गर्नुभएको हो। झन्डै ३ हजार बालबालिकालाई अझै पनि आधिकारिक रूपमा माओवादी सैन्य शिविरबाट मुक्त नगरिएको उल्लेख गर्दै शिविरमा रहेका बालबालिकालाई मुक्त गरे मात्र शान्ति सम्झौताले र्सार्थकता पाउने उहाँले उल्लेख गर्नुभएको छ।गएको वर्षनेपालस्थित राष्ट्रसंघीय मिसन (अन्मिन) र युनिसेफले माओवादी शिविरमा उमेर नपुगेका कुल २ हजार ९ सय ७३ व्यक्तिको पहिचान गरेको थियो। विशेष प्रतिनिधि राधिकाले शिविरमा रहेका बालबालिकाको सामाजिक हकअधिकारको ग्यारेन्टी गर्न पनि आग्रह गर्नुभएको छ।

शाहीकालका प्रशासकलाई कारबाहीको तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राज्यकोष दुरुपयोग गरी जनआन्दोलन दबाएको आरोपमा तत्कालीन शाही सरकारका अञ्चल र क्षेत्रीय प्रशासकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गर्ने तयारी गरेको छ। अञ्चल र क्षेत्रीय प्रशासकको विषयमा छानबिनलाई अन्तिम चरणमा पुर्याएको अख्तियारले उनीहरूले गरेको खर्चलाई अनियमित ठहर गर्ने निर्णय गरे पनि कस्तो कारबाही हुने भन्नेसम्बन्धमा भने निर्णय गरिनसकेको अख्तियारले जनाएको छ। क्षेत्रीय र अञ्चल प्रशासकको विषयमा अनुसन्धानलाई अन्तिम चरणमा पुर्याइएको अख्तियारका कार्यवाहक प्रमुख आयुक्त ललितबहादुर लिम्बूले बताउनुभयो।पहिलो चरणमा शाहीकालीन मन्त्रिमण्डलको छानबिनलाई राखेको अख्तियारले दोस्रो चरणमा राजनीतिक नियुक्तिबाट व्यवस्था गरिएका क्षेत्रीय र अञ्चल प्रशासकलाई अनुसन्धानको दायरामा राखी कारबाही अघि बढाएको थियो। त्यसपछि अख्तियारले र्सार्वजनिक पदधारण गर्ने अन्य पदाधिकारीका विषयमा छानबिन अघि बढाउन थालेको बताइएको छ।राज्य कोष दुरुपयोग गरी जनआन्दोलन दबाउनेहरूका विषयमा छानबिन गर्न गठित रायमाझी आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी पाएको अख्तियारले करिब साढे २ सय जनालाई कारबाहीको दायरामा राखेको छ।यसैबीच अख्तियारले विघटित शाही आयोगको विषयमा समेत आफनो अनुसन्धानलाई अन्तिम चरणमा पुर्याएको छ। सर्वोच्च अदालतबाट असंवैधानिक ठहर गरी विघटित उक्त आयोगका पदाधिकारीहरूले पद तथा अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्ने ओझा आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी पाएको अख्तियारले तत्कालीन शाही आयोगका सदस्यहरूलाई कारबाहीको दायरामा राखेको छ भने सचिव शम्भु खड्कालाई कारबाहीका लागि न्याय परिषद्मा सिफारिस गरेको छ।संवैधानिक अंगको हैसियतमा अख्तियारसरह अनुसन्धान गर्ने र विशेष अदालतसरहको हैसियतमा मुद्दा हेर्ने जिम्मेवारीसहित निलम्बित राजा ज्ञानेन्द्रले शाही आयोग गठन गर्नुभएको थियो।
-->

पहिलो राजनीतिक भ्रमण भारतकै हुनेछ- प्रधानमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहिलो विदेश भ्रमणका रुपमा चीन भ्रमणलाई लिएर भारतीय प्रधानमन्त्री सहित सरकार असन्तुष्ट रहेको चर्चा चलिरहेका बेला प्रधानमन्त्री दाहालले आफूले पहिलो राजनीतिक भ्रमण भने भारतबाटै सुरु गर्ने बताउनुभएको छ । बेइजिङ भ्रमण राजनैतिक नभएर विषयकेन्द्रित भ्रमण रहेको उल्लेख गर्दै उहाँले यसलाई भारतले अन्यथा रुपमा लिन नहुने बताउनुभयो ।चीनको चार दिने भ्रमणपछि आज बुधबार स्वदेश फर्कनुभएका प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँ बेइजिङमा आयोजित ओलम्पिक समारोहको समापन कार्यक्रममा सहभागी हुन जानुभएको थियो । ओलम्पिक समापनमा सहभागी हुनुलाई स्वाभाविक भन्दै प्रधानमन्त्रीले आफ्नो भ्रमण सफल र बहुआयामिक भएको टिप्पणी समेत गर्नुभयो ।नेपलाको शान्ति प्रक्रियामा सुरुको १२ बुँदे सम्झौतादेखि हालसम्म आइपुग्दा भारतको भूमिका उल्लेख्य रहेको भन्दै उहाँले आफूले राजनैतिक विदेश भ्रमण भारतबाटै सुरु गर्ने समेत उल्लेख गर्नुभयो । बेइजिङमा रहँदा धेरै मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुसित भेट भएकाले भ्रमण उपलब्धिपूर्ण भएको उहाँको दाबी थियो । प्रधानमन्त्री चीनबाट थाइल्यान्ड हुँदै स्वदेश फर्कनुभएको हो ।

विस्थापितका लागि २६ शिविरको व्यवस्था

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सप्तकोसी तटबन्ध भत्केर गाउँ जलमग्न भएपछि विस्थापित बनेका सुनसरीका पीडितको संख्या बढेपछि स्थानीय प्रशासनले उनीहरुलाई अस्थायी बासको प्रवन्धका लागि शिविर संख्या बढाएको छ । सुरुमा १२ वटा शिविर राखिएकामा हालसम्म शिविर संख्या २६ पुगेको सुनसरी जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।कोसी नदीले सुनसरीको हरिपुर, नसिङ, श्रीपुर र पश्चिम कुशाहाको आधा क्षेत्र डुबानमा पारेपछि २० हजारभन्दा बढी गाउँले विस्थापित भएका छन् । विस्थापितहरू भगवती मावि इनरुवा, सुनसरी क्याम्पस इनरुवा, सरस्वती मावि इनरुवा, भोक्राहा मदर्शा, देवकोटा निमावि इनरुवा, शारदा उच्च मावि बलाहा, ज्ञानोदय निमावि इनरुवा, शिशु निकेतन बबिया, राजाजी मावि राजाजी, बालमन्दिर, पश्चिम कुशाहा बाँध, नारायण पेट्रोल पम्प इनरुवा, मिथिला पव्लिक स्कूल लौकही, जनता उच्चमावि मधुवन, धनजीत प्रावि मधुवन र श्रीप्रवि भोक्राहा शिविरमा आश्रय लिइरहेका छन् ।यसैगरी, मदर्शा इनरुवा, रानी मावि लौकही, कोसी मावि पश्चिम कुशाहा, अमर शान्ति सिर्जना प्रवि बलाहा, शिवगञ्ज प्रावि भोक्राहा, जनता चोक मदर्शा नरसिंह, जल्पापुर मदर्शा, पृथ्वी निमावि चिरौली चौक भोक्राहा, खेराटोल मदर्शा भोक्ताहा र मदर्शा तव्लीगुल इस्लाम छतावेली सोनापुरमा बाढी पीडितहरूलाई राखिएको छ ।

जापानी इन्सेफ्लाइटिसबाट पूर्वका विभिन्न स्थानका १० जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जापानी इन्सेफ्लाइटिसबाट पूर्वका विभिन्न स्थानका १० जनाको मृत्यु भएको छ । गत वैशाख महिनायता विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचारका लागि गएकामध्ये १० जनाको मृत्यु भएको हो । उक्त रोगबाट ग्रस्त भएर ९७ जना उपचारका लागि भर्ना भएको अस्पतालले जनाएको छ ।उक्त रोगबाट पीडित झापादेखि पश्चिम जनकपुरसम्मका बालबालिकादेखि ५२ वर्ष उमेरसम्ममा भएको अस्पतालले जनाएको छ । अस्पतालमा दैनिक दुइ-तीनजना रोगी आउने गरेका छन् ।

बाढी प्रभावित क्षेत्रमा उपराष्ट्रपतिद्वारा भ्रमण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोसीको तटबन्ध भत्केर गाउँ छिरेपछि भएको क्षतिको अवस्था अनि विस्थापितहरुको अवस्थाबारे बुझ्न आज बुधबार उपराष्ट्रपति परमानन्द झाले सुनसरी र सप्तरीको भ्रमण गर्नुभएको छ । उहाँले प्रभावित क्षेत्रको हवाइ तथा स्थलगत अवलोकन गर्नुभयो । सेनाको हेलिकप्टरबाट पुग्नुभएका झाले स्थानीय सरकारी अधिकारीहरु अनि बाढीबाट विस्थापितहरुसित कुराकानी गर्नुभयो ।यसअघि राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अनि मन्त्रीहरुका साथै सरकारी उच्च धिकारीहरुले बाढी प्रभावित क्षेत्रको भ्रमण गरिसकेका छन् । कोसीको बाढीले विस्थापित ४० हजारभन्दा बढीलाई विभिन्न शिविरमा राखेर राहत उपलब्ध गराउने कार्य भइरहेको छ ।

सेना समायोजन छ महिनाभित्र हुने रक्षामन्त्रीको दाबी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रक्षामन्त्री रामबहादुर थापा बादलले माओवादी जनसेना र नेपाली सेनाको समायोजन र पुनस्थापना छ महिनाभित्रमा भइसक्ने बताउनुभएको छ । सुनसरीको बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि पुगेका थापाले स्थानीय सञ्चारकर्मीसित कुरा गर्दै यस्तो बताउनुभएको हो । समायोजन कार्यका लागि विशेष समिति बनाइने जानकारी पनि उहाँले दिनुभयो ।नेपाली जनताले राजनीतिक दलहरूलाई आफ्नो मत दिएर सरकार बनाउने जिम्मेवारी दिएको र नेपाली सेनाले सरकारका कुरा शिरोधार्य गर्ने प्रतिज्ञासमेत गरिसकेको अवस्थामा दुवै सेना समायोजनलाई शङ्काको दृष्टिकोणले नहेर्न उहाँले आग्रह गर्नुभयो ।प्रधानमन्त्री चीनबाट फर्केपछि सरकारले पूर्णता पाउने र मन्त्रीको मर्यादाक्रमको पनि टुङ्गो लाग्ने रक्षामन्त्री थापाले बताउनुभयो । रक्षामन्त्रीले मन्त्रीको मर्यादाक्रमको विषय त्यति ठूलो विवाद नरहेको टिप्पणी गर्दै नेपाली जनताले नेकपा माओवादीलाई सबैभन्दा ठूलो दल बनाएकाले मन्त्रीको मर्यादाक्रममा उसलाई पहिलो नम्बरमा बस्ने अधिकार रहने दाबी गर्नुभयो

विश्व बैंकद्वारा आठ अर्ब भन्दा बढी सहयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्व बैङ्क समूहको अन्तर्राष्ट्रिय विकास संस्थाले सरकारलाई झण्डै ८ अर्ब ८६ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । विश्व बैकले, आपतकालीन शान्ति सहयोग कार्यक्रम, स्वास्थ्य क्षेत्र कार्यक्रम र दोस्रो ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रम सञ्चालन गर्न सरकारलाई अनुदान दिएको हो ।अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा मंगलबार हस्ताक्षर भएको छ । माओवादीले सरकारको नेतृत्व गरेपछि बहुर्राष्ट्रिय दातृ संस्थाबाट प्राप्त भएको यो पहिलो अनुदान हो । अनुदान रकममध्ये आपतकालीन शान्ति सहयोग कार्यक्रमका लागि ३ अर्ब ४८ करोड, स्वास्थ्य क्षेत्र कार्यक्रमका लागि ३ अर्ब ४८ करोड र दोस्रो ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रमका लागि १ अर्ब ८८ करोड रुपैया छुट्टयाइएको छ ।अर्थमन्त्रालयका अनुसार आपतकालीन शान्ति सहयोग कार्यक्रमका लागि उपलब्ध हुने अनुदान रकमबाट द्वन्द्वबाट पीडित पक्षहरुका लागि राहत उपलब्ध गराइने, द्वन्द्वका क्रममा मारिएका परिवारका लागि राहत दिइने, विस्तृत शान्ति सम्झौता अन्तर्गत माओवादीका लडाकूहरुलाई उपलब्ध गराइने भनिएको तलब भत्ता दिइने छ ।यस्तै शान्ति निर्माण, पुनस्थापनाजस्ता कार्यक्रमका लागि सरकारको क्षमता अभिवृद्धिमा अनुदान रकम खर्चिनेछ । सम्झौतापछि शिविरमा रहेका माओवादी लडाकूहरुले केही महिनादेखिको भत्ता पाउनेछन् । यस्तै स्वास्थ्य क्षेत्र कार्यक्रमको अनुदान रकम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको क्षमता अभिवृद्धि गर्न तथा अत्यावश्यक स्वास्थ्य सेवालाई ग्रामीणक्षेत्रमा विस्तार गर्न खर्चिनेछ । सहयोग सम्बन्धी सम्झौतामा अर्थसचिव रामेश्वरप्रसाद खनाल र विश्व बैङ्कका नेपालस्थित राष्ट्रिय निर्देशक सुसान गोल्डमार्कले हस्ताक्षर गर्नुभयो । समारोहमा अर्थमन्त्री डा. बाबुराम भट्टराइ र विश्व बैङ्कका दक्षिण एसियाली क्षेत्रका उपाध्यक्ष इसावेल गुरेरो उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा नेपालको सामाजिक, आर्थिक सहयोगमा विश्व बैङ्कले उल्लेखनीय सहयोग पुर्‍याएको भन्दै अर्थसचिव खनालले आभार व्यक्त गर्नुभयो ।

Aug 26, 2008

थ्रिस्टार रेमिटको अग्रिम शुभकामना आदानप्रदान

लिम्वूवान डट व्लगस्पोट डटकम/क्वालालम्पूर २४ अगष्ट २००८
हिन्दूहरुको महान चाड वडा दशै तथा शुभदिपावलीको शुभअवसरमा मलेसियास्थित थ्रिस्टार रेमिटले मलेसियामा रहेका विभिन्न संघसंस्था, पत्रकारहरु, व्यावासायीहरुबीच अग्रिम शुभकामना आदान प्रदान गरेको छ । क्वालालम्पूरस्थीत द खुकुरी रेष्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा डिनरसहित उक्त कार्यक्रम सम्पन्न भएको थियो । सम्पूर्ण आगन्तुकहरुलाई स्पेशल गिफ्ट हृयाम्पर (मायाको चिनो) थ्रिस्टारको तर्फबाट प्रदान गरिएको थियो । कार्यक्रममा सुनिल चालिसे, तेज गुरुङ, सञ्जय र्राई छुच्चा, जीवन देवान गाउँले, अरमान गुरुङ, धीरेन्द्र कोइराला आदिले शुभकामना व्यक्त गरेका थिए । थ्रिस्टार रेमिटले मलेसियादेखि नेपाललगायत विभिन्न देशहरुमा सहुलियत ढंगले रकम पठाउने कार्य गर्दछ ।

मलेसियामा छाता संगठन र एनआरएन एक हुने

लिम्वूवान डट व्लगस्पोट डटकम/क्वालालम्पूर २४ अगष्ट २००८
नेपाल दुतावासको पहलमा मलेसियामा रहेका सम्पूर्ण संघसंस्थाहरुलाई गोलवद्ध गराउने उद्देश्यले गठीत प्रवासी नेपाली महासंघ (छाता संगठन) को एक वृहद छलफल गरी विभिन्न संघसंस्था, वृद्धिजिविहरुसँग छलफल गर्ने भएको छ । तत्कालिन अवस्थामा एनआरएन मलेसिया निस्त्रिय रहेको कारण छाता संगठनको जन्म हुन पुगेको तथा हाल एनआरएन पनि सक्रिय भएर आएकोले एनआरएनसँग पनि विशेष छलफल गरी सम्पूर्ण संगठनहरुलाई एनआरएनले छाता भएर ओत दिनसक्ने कुरालाई मध्यनजर गरेर उक्त निर्णय गरिएकेा हो । छाता संगठनमा मलेसियामा रहेका २० भन्दा बढि संघ संस्थाहरु आवद्ध भइसकेका थिए भने भेलामा उत्तिकै संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

महासमिति बैठक बोलाउनुपर्ने कांग्रेसमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रतिपक्षमा बस्ने निर्णय गरेको नेपाली कांग्रेसभित्र पार्टी आगामी बाटो तय गर्न महासमिति बैठक बोलाउनुपर्ने र बाह्रौं महाधिवेशनको तयारी गर्नुपर्ने माग भएको छ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको समयावधि भदौ १७ गते समाप्त हुँदै छ र समयावधि थप गर्न पनि महासमिति बैठक र महाधिवेशनको मिति तोकिनुपर्ने माग भएको छ।पार्टीन्द्रीय समितिको सोमबार शुरू भएको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले नेतृत्वको अक्षमताका कारण निर्वाचनमा मात्र नभई वार्ताको टेबलमा पनि कांग्रेसलाई हराइएको बताउँदै यी सम्पूर्ण अवस्थाको जिम्मेवारी ककसले र कसरी लिने भन्ने विषयमा सही निरूपण नगरीकन कांग्रेसले हिँड्ने आगामी बाटो तय हुन नसक्ने बताएका थिए। नेतृत्वको नयाँ विकल्प खोज्ने उद्देश्यले पार्टीताहरू महासमिति र महाधिवेशनको पक्षमा भए पनि पार्टीतृत्व महाधिवेशन टारेर पर पुर्याउने रणनीतिमा रहेको छ। केन्द्रीय कार्यसमिति र अन्य समितिको पदावधि बढाउने उद्देश्यले बोलाइएको बैठकमा पार्टीन्द्रीय सदस्य नरहरि आचार्यले भन्नुभयो- पदावधि बढाउन पहिला महासमिति बैठक र महाधिवेशनको मिति तय होस्।’ँसंविधानसभाको निर्वाचनमा भएको पार्टी पराजयपछि कांग्रेसले आफूलाई पूर्ण गम्भीरता र जिम्मेवारीका साथ रूपान्तरण गर्नेछ भन्ने पार्टी सम्पूर्ण सदस्य एवम् र्समर्थक-शुभेच्छुकहरूको अपेक्षाविपरीत पार्टीदाधिकारीहरूको कार्यदलले देखाएको अकर्मण्यता र आत्मकेन्द्री एवम् अपारदर्शी कार्यशैलीका कारण पार्टी राजनीतिक छवि एकपछि अर्को गर्दै धमिलिँदै गएको’ -पार्टीत्र वैचारिक नेताको हैसियत बनाएका नेता नरहरि आचार्य प्रस्तावक र प्रदीप गिरी र्समर्थक रहेको लिखित प्रस्तावमा भनिएको छ। नेताहरूले नेपाली कांग्रेस माओवादीको नेतृत्वमा सरकारमा जाने प्रयास र त्यसका लागि कार्यदल बनाई गरेका छलफलप्रति नै तीव्र आलोचना गरेका थिए।कार्यवाहक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीन्द्रीय कार्यालय बल्खुमा बसेको बैठकमा बोल्ने आचार्य, गिरी, गोविन्दराज जोशी, एनपी साउद, अर्जुनप्रसाद जोशीलगायतका नेताहरूले नेतृत्वको अदूरदर्शिता र असफलताका कारण नेपाली कांग्रेस इतिहासको कालखण्डमा सबैभन्दा पछि परेको बताउनुभयो। बैठकको शुरूआत गर्दै कार्यवाहक सभापति कोइरालाले माओवादीको सरकारमा नजाने भनी नेपाली कांग्रेसले गरेको निर्णयउचित रहेको व्याख्या गर्दै अब जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने र माओवादी ज्यादतीविरुद्ध सशक्त आवाज उठाउने बताउनुभयो।गत वर्षमहासमितिको बैठकमार्फ भएको पार्टीकीकरणको प्रक्रियालाई वैधानिक र राजनीतिक रूपले पूर्णाता दिन, संविधानसभा निर्वाचन परिणामको समीक्षा गर्न तथा केन्द्रीय नेतृत्वको मूल्यांकन गर्न, पार्टीवधानप्रति उत्तरदायी हुन र पार्टीतृत्वलगायत समग्र पार्टींक्तिलाई जिम्मेवारी बोध गराउन, संविधानसभाको निर्वाचनपछि कांग्रेसको समग्र पंक्ति -र्समर्थक, शुभेच्छुकहरूसमेत) मा व्याप्त निराशा र हताश मनस्थितिलाई अन्त्य गरी नेपाली कांग्रेसलाई नवजीवन प्रदान गर्न महासमितिको बैठक आवश्यक भएको आचार्य र गिरीको प्रस्तावमा उल्लेख छ।प्रस्तावमा राज्य संघीय संरचनामा प्रवेश गरिसकेको अवस्थामा पनि नेपाली कांग्रेसले संघसम्बन्धमा आ�नो दृष्टिकोण बनाउन नसकेको र सोअनुरूप पार्टींगठनको समेत पुनः संरचना गर्ने गरी पार्टीवधानको संशोधन गर्न नसकेको भन्दै नेताद्वयले राजतन्त्रको समाप्ति र गणतन्त्रको स्थापनापछिको नयाँ संवैधानिक राजनीतिक सर्न्दर्भमा पार्टी वैचारिक पहिचान सुनिश्चित गर्न महासमितिद्वारा संशोधित विधानअनुरूप आगामी वर्ष(२०६६) को वैशाखसम्म पार्टी १२औं महाधिवेशन हुने वातावरण र परिस्थिति तयार पार्न महाधिवेशन आवश्यक भएको जिकिर गर्नुभएको छ। संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसको पराजयको मात्र होइन त्यसपछि बितेका चार महिनामा अन्य राजनीतिक दलहरूसँग पार्टी पदाधिकारीहरूले गरेका अनेकौं वार्ताका क्रममा अघि सारिएका विभिन्न प्रस्तावहरूको असफलताबारे पनि यस केन्द्रीय समितिको बैठकले गम्भीर समीक्षा र निरूपण गर्नुपरेको छ’ -नेता आचार्य र गिरीको भनाइ थियो।

प्रधानमन्त्री चीनबाट स्वदेशका लागि प्रस्थान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड आज मंगलबार चीनबाट स्वदेशका लागि प्रस्थान गर्दै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डको प्रतिनिधिमण्डलमा रहेका प्रचण्ड पत्नी सीता, सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरा, सरकारी निकायका कर्मचारीलगायत ११ जनाको टोली चीनबाट प्रस्थान गर्न लागेको हो । उहाँहरु आज साँझ बेइजिङबाट हङ्कङ जानुहुनेछ र हङ्कङ्बाट भोलि मात्रै राजधानी आइपुग्नुहुने चीनस्थित नेपाली दुतावासले जनाएको छ । स्वदेशका लागि हिड्नुअघि उहाँले चीनको प्रसिद्ध ग्रेटवालको भ्रमण गर्नुहुने छ । चीनको चार दिने भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डको प्रतिनिधिमण्डल बेइजिङबाट ८० किलोमिटर टाढा रहेको ग्रेटवाल भ्रमणमा सहभागी हुने दूताबासले जनाएको छ ।ओलम्पिक समापन समारोहमा सहभागी हुन चीन जानुभएका प्रधानमन्त्रीले यसअघि हिजो नेपाली विभूति अरनिकोले बनाएको पैगोडा शैलीको स्वेत चैत्य, चीनीयाँ नेता माओत्से तुङको समाधिस्थलको अवलोकन गर्नुभएको थियो । यस्तै उहाँले चीनीयाँ राष्ट्रपति हु जिन्ताओ र प्रधानमन्त्री वेन जीया वाओ लगायत चीनीयाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

कोसी बाढीले सयौं चौपाया मरे, करोडौंको बाली नष्ट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सप्तकोसीको बाढीको कटान र डुबानबाट सुनसरीमा ३ सय ९५ चौपायाको मृत्यु भएको पशु सेवा विभागले जनाएको छ । पशुको उपचारका लागि भोक्राहा, लौकही र मधुवनमा तीन वटा पशुसेवा शिविर सञ्चालन गरिएको र उपचारक्रममा अधिकांश पशुमा आँखा पाक्ने, ज्वरो आउने र पखाला लाग्ने रोगको समस्या बढेको पाइएको छ ।डुबान क्षेत्रमा पशुको उपचारमा समयमै ध्यान नदिइएमा रोगको महामारी फैलिन सक्ने बताइएको छ । त्यस्तै बाढीले सुनसरीका आधा दर्जन गाविसका पाँच हजार २ सय ७५ हेक्टर कृषियोग्य जमिन तथा त्यसमा लगाइएका नगदे बाली पूर्णरूपमा नष्ट भएको छ । बाढीका कारण सुनसरीमा १५ करोड रुपैया बराबरको कृषि बाली नष्ट भएको प्रारम्भिक अनुमान छ । बाढीले सुनसरीका हरिपुर, श्रीपुरजब्दी, लौकही र पश्चिम कसाहा गाविस पूर्ण प्रभावित छन् । हालसम्मको विवरण अनुसार एकजनाको मात्र मृत्यु भएको खुलेको छ । मृत्यु हुनेमा ६० वर्षीया जानकीदेवी यादवको मात्र मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

बेइजिङस्थित नेपाली दूतावासमा स्वागत समारोह प्रधानमन्त्रीको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्मानमा चीनका लागि नेपाली राजदूत टङ्कप्रसाद कार्कीले सोमबार साँझ बेइजिङस्थित नेपाली दूतावासमा स्वागत समारोहको आयोजना गर्नुभयो। समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफनो नेतृत्वमा नयाँ सरकार बनेपछि मन्त्रिमण्डलको पहिलो बैठकले आफनो चीन भ्रमणसम्बन्धी निर्णय गरेको जानकारी दिँदै नेपाल र चीनबीचको सम्बन्धमा यसको दुरगामी र बहुआयामिक महत्त्व भएको बताउनुभयो।प्रधानमन्त्री प्रचण्डले हिजो चीनका राष्ट्रपति हु जिन्ताओ र प्रधानमन्त्री वान ज्या बाओसँग नेपाल र चीनबीचको सुमधुर सम्बन्धका साथै आउँदा दिनमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत सबै क्षेत्रको द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्ने विषयमा सकारात्मक ढङ्गले छलफल भएको जानकारी दिनुभयो।उहाँले भन्नुभयो- समयको अत्यन्त ठूलो चापका बाबजुद हामीलाई महत्त्व दिई चिनियाँ सरकारले समय निकालेर नेपाल-चीन सम्बन्ध तथा द्विपक्षीय सहयोगको क्षेत्र विस्तार गर्नेबारेमा गरिएका विचारको आदानप्रदानले भावी दिनमा नयाँ नेपाल निर्माणमा असाध्यै महत्त्वपूर्ण भूमिका खेल्नेछ।समारोहमा राजदूत कार्कीले ऐतिहासिक ओलम्पिक खेल आयोजना गर्ने कार्यमा चीनसँग ऐक्यबद्धता जनाउन प्रधानमन्त्री प्रचण्डको यो भ्रमणले मद्दत पुर्याएको बताउनुभयो।सोमबार नै प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डलले चिनियाँ नेता माओ त्से तुङको समाधिस्थल गई उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेको थियो। त्यसै गरी नेपाली प्रतिनिधिमण्डलले सोमबार बिहान नेपाली कलाकार अरनिकोद्वारा बेइजिङमा तेह्रौं शताब्दीमा निर्मित श्वेत चैत्य, फर्बिडन सिटी र बोटानिकल गार्डेनको अवलोकन भ्रमण गरेको थियो।

राष्ट्रपति भवन र परराष्ट्र मन्त्रालयबीच किचलो बढेको छ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले परराष्ट्र मन्त्रालयका लागि नारायणहिटी संग्रहालयभित्र उचित व्यवस्था मिलाउन नसक्दा राष्ट्रपति भवन र परराष्ट्र मन्त्रालयबीच किचलो बढेको छ।सरकारले मन्त्रालयलाई उचित व्यवस्था गर्न नसक्दा राष्ट्रपति भवन र परराष्ट्र मन्त्रालय दुवैले आफनो कार्य हाल शीतलनिवासबाटै सञ्चालन गर्दै आएका छन्।शीतलनिवासको दक्षिणी भागबाट राष्ट्रपति भवन र उत्तरी भागबाट परराष्ट्र मन्त्रालयले आ�नो कार्य सञ्चालन गर्दै आएका छन्। राष्ट्रपति डा. रामवरण यादवले परराष्ट्र मन्त्रालयले कार्य सञ्चालन गरेको भागको निरीक्षण गरी दशैंअगाडि परराष्ट्रलाई भवन खाली गर्न निर्देशनात्मक आग्रह गरेपछि राष्ट्रपति भवन र परराष्ट्रबीच किचलो बढेको परराष्ट्र मन्त्रालयस्रोतले नेपाल समाचारपत्रलाई बतायो।राष्ट्रपति आफैँ निरीक्षण गर्न आई परराष्ट्रले नछोडेको जस्तो व्यवहार गर्नुभयो’, स्रोत भन्छ- नारायणहिटी संग्रहालयमा त्यहाँ रहेका कर्मचारीले नछोडेसम्म र त्यहाँ रहेका भवनको उचित मर्मत नगरेसम्म मन्त्रालय पूर्ण रूपमा र्सार्न सक्ने अवस्था छैन।’मन्त्रिपरिषद्को बैठकले शीतलनिवासलाई राष्ट्रपति भवन बनाउने र त्यहाँ रहेको परराष्ट्र मन्त्रालयलाई नारायणहिटी संग्रहालयभित्र सार्ने निर्णय गरेबमोजिम हालसम्म परराष्ट्रका कानुन, कन्सुलर र पासपोर्ट शाखा मात्र संग्रहालयभित्र सारिएको छ। बाँकी अन्य शाखा र्सार्नका लागि सरकारले परराष्ट्रलाई हालसम्म कुनै व्यवस्था मिलाइदिएको छैन।ँम भाडामा कति बस्ने, मैले अबको तीन महिनाका लागि मात्र हाल बस्दै आएको घरको भाडा तिरेको छु। दशैंसम्म जसरी पनि र्सर्नुहोला’ -राष्ट्रपति डा. यादवले परराष्ट्र मन्त्रालयतिरको भागको निरीक्षणपछि परराष्ट्र कर्मचारीहरूलाई भन्नुभएको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। राष्ट्रपति हाल धापासीस्थित एक घरमा भाडामा बस्दै आउनुभएको छ।यसबारेमा परराष्ट्र मन्त्रालयका प्रवक्ता हीराबहादुर थापासँग जिज्ञासा राख्दा उहाँ भन्नुहुन्छ- ँराष्ट्रपतिले आग्रह मात्र गर्नुभएको हो। मन्त्रिपरिषद्ले नै शीतलनिवासमा राष्ट्रपति भवन बनाउने निर्णयगरेकाले यो भवन परराष्ट्रको होइन। हामी छिट्टै व्यवस्था मिलाई एक-डेढ महिनामा सर्र्छौं।’परराष्ट्रमन्त्रीको कक्षलाई लिएर पनि राष्ट्रपति भवन र परराष्ट्र मन्त्रालयबीच विवाद सिर्जना भएको स्रोत बताउँछ। परराष्ट्रमन्त्रीको कक्ष राष्ट्रपतिको भन्दा माथिल्लो तलामा भएका कारण राष्ट्रपति भवनका कर्मचारीले परराष्ट्रमन्त्रीको कक्षका सम्पूर्ण सामग्री बाहिर निकाली कक्ष हटाउन भनेका थिए। तर परराष्ट्रका कर्मचारीले यसको विरोध गरेपछि फेरि बाहिर निकालिएका सामग्री परराष्ट्रमन्त्रीको कक्षभित्र लगिएको थियो। स्रोतका अनुसार राष्ट्रपतिले सो कोठालाई आफनो शयनकक्ष बनाउन चाहनुभएको थियो।देशको इज्जत बढाउने, विदेशीसँग सर्म्पर्क गर्ने ठाउँमा यसो गरिनु कहाँसम्मको बुद्धिमानी हो’, स्रोत भन्छ- ँकुनै पनि देशमा मन्त्रालयलाई यसरी यति महिनामा जा भन्दैनन्। यो सुनेर अहिले कूटनीतिक निकाय हाँसिरहेका छन्।’सरकारले परराष्ट्र मन्त्रालयका लागि आवश्यक भवन उपलब्ध गराउन नसक्दा मन्त्रालयमा काम लिएर आउने र्सवसाधारणले पनि सास्ती खेप्नुपरेको छ। केही शाखा संग्रहालय र अन्य शीतलनिवासबाट सञ्चालन गर्दा झन् र्सवसाधारणले दोहोरो झन्झट बेहोर्नुपरेको छ। संग्रहालयमा रहेका शाखामा तर् इमेल, इन्टरनेटको व्यवस्था पनि गरिएको छैन।राष्ट्रपति भवन बनाएपछि शीतलनिवासमा बढी सुरक्षा र्सतर्कता अपनाइएकाले र्सवसाधारणलाई काम लिएर मन्त्रालय छिर्न अप्ठयारो परेको मन्त्रालय बताउँछ। जनसर्म्पर्कसम्बन्धी काममा सहज रूपमा सेवा प्रदान गर्न सकिएको छैन। परराष्ट्रका कर्मचारी पनि यहाँ पाहुना भएका छन्। कर्मचारीले समेत प्रवेश गर्दा सास्ती पाएका छन्’ -स्रोत बताउँछ।

Aug 25, 2008

वेलायतमा साहित्य सम्मेलन गर्ने निर्णय गर्दै अनेसासको बैठक सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,सुहिम याक्थुङ, केन्टबाट
गत २२ अगष्ट ०८ का साँझ लण्डनको मेरीटाइम ग्रीनवीच कलेजमा बसेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको वैठक आगामी लक्ष्मी जयन्तिको अवसरमा वेलायत ब्यापि साहित्य सम्मेलन गर्ने निर्णय गर्दै सम्पन्न भयो । उत्तरआधुनिकवाद र सान्दर्भिकता विषयक अन्तरक्रिया कार्यक्रमको समाप्ति पछि बसेको बैठकले अरु विभिन्न विषयहरुमा छलफल गरि निर्णय गर्यो । साहित्य सम्मेलनमा कविता प्रतियोगिताको लागि गोपि प्रसाइ, जगत नवोदितलाई क्रमश संयोजक र उपसंयोजक त्यस्तैगरि बाल कविता प्रतियोगिताको लागि विनोद न्यौपानेलाई संयोजक तोक्यो । अनेसासले आगामी नयाँ बर्षको अवसरमा स्मारिका झिक्ने र त्यसको लागि उपाध्यक्ष श्रीमति निला अधिकारीलाई संयोजक तथा सम्पादक तोकियो भने विज्ञापन तथा ब्यवस्थापनको लागि कोषाध्यक्ष विदुर सिटौलालाई जिम्मेवारी दिइयो । आगामी तिहारमा अनेसासको तर्फबाट देउसी भैलो खेल्ने निर्णय गर्दै अध्यक्ष हरि शिवाकोटिलाई संयोजक तोकियो । अनेसास वेलायतको वेभपेज निर्माणको जिम्मेवारी महासचिव विश्वास दीप तिगेलालाई प्रदान गरियो । अनेसासले वेलायतका स्रष्टाहरु मध्ये प्रत्यक बर्ष १ जनालाई पुरस्कृत गर्नेगरि पुरस्कारको स्थापना लगायत नेपालका स्रष्टा र विदेशमा रहेका स्रष्टाहरुलाई पनि योगदानको आधारमा वेग्लाबेग्लै पुरस्कारको ब्यवस्था गर्ने निर्णय गर्यो । संस्थाका सदस्य केदार सुनुवारद्धारा प्रस्तावित स्मृति पुरस्कारको लागि अनेसासले जिम्मेवारी लिने पनि निर्णय गर्यो ।

प्रा. डा. भट्टराइको उपस्थितीमा लण्डनमा उत्तरआधुनिकवाद अन्तरक्रिया सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम ,सुहिम याक्थुङ, केन्टबाट
गत २२ अगष्ट ०८ को दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वेलायतको आयोजनामा मेरीटाइम ग्रीनवीच कलेज लण्डनमा प्रा. डा. गोविन्दराज भट्टराइको
उपस्थितीमा उत्तरआधुनिकवाद र सान्दर्भिकता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । नेपाली साहित्यमा झण्डै २ दशक अघि शुरुवात भएको उत्तरआधुनिक साहित्यले आफ्नो मौलिकपनलाई बचाउदै परिवर्तित समय सापेक्ष विकास र असरलाई स्वीकार गर्नुपर्दछ भन्ने मान्यता राख्दछ । अग्रेजी शब्द पोष्ट मोर्डन शब्दको नेपाली रुपान्तर नै उत्तरआधुनिक भएको हो । आजको आधुनिक भन्दा पनि भोलिको आधुनिकलाई इंगित गर्दै स्वीकार गर्नु उत्तरआधुनिक हो । यस भित्र बहूलता हुन्छ र नयाँनयाँ प्रकृतिका साहित्यलाई समेत यसले मान्यता प्रदान गर्दछ । वास्तवमै उत्तरआधुनिक साहित्य भनेको ब्यापकता, विविधता हो । अब साहित्यलाई हेर्ने नयाँ दृष्टिकोणको आवश्यकता महशुस गर्नु हो । उत्तरआधुनिक साहित्यले डायस्पोरा, साइवर जगत, युद्ध र द्धन्द्ध, जनजाति, नारी, बाल जगत, प्रकृति तथा सिमान्तकृत बर्ग समुह र ब्यक्ति जस्ता विभिन्न विषय र क्षेत्रलाई समेट्नु पर्दछ । साहित्यमा नयाँ केन्द्रहरुको उदय भइरहेको छ । यो विश्व साहित्यको वर्तमान प्रवृतिले र ग्लोबल परिस्थितिले ल्याएको तिब्र परिवर्तनको परिणाम हो । यसले हरेक विचारको सिद्धान्तको लेखन शैलि र विषयबस्तुको विकल्प खोज्दछ । त्यसैले गर्दा नेपाली साहित्यमा पनि अनेक प्रकारका प्रयोग, आन्दोलन र नविनताहरु थपिन्दैछन् । राष्ट्रिय साहित्यले यी सबै कुराको मूल्याङ्कन र अभिलेखन गर्नु पर्दछ भन्ने उत्तरआधुनिकवादले मान्यता राख्दछ ।
उत्तरआधुनिकबादको विषयमा साहित्यकार जगत नवोदित र गोपि प्रसाइले आ-आफ्नो धारणाहरु प्रस्तुत गर्नुभएपछि उत्तरआधुनिकबादका अगुवा आमन्त्रित प्रा. डा. भट्टराइले विस्तारमा आफ्नो विचार राख्दै प्रष्ट पार्नुभएको थियो । प्रश्नउत्तरको कार्यक्रममा धेरै स्रष्टार्सजकहरुको सहभागिता रहेको थियो । स्मरण रहोस उत्तरआधुनिक ऐना पुस्तकमा प्रा. डा. भट्टराइले नयाँ दृष्टिकोणले नेपाली साहित्यको ब्याख्या र विश्लेषण गरेका छन् । उक्त पुस्तकलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाले उत्कृष्ट कृति पुरस्कार २००६ को रुपमा पुरस्कृत गरेको थियो भने हालै वहाको नेपाली समालोचनाको क्षेत्रमा सबैभन्दा ठूलो ग्रन्थ ७०५ पृष्ठको उत्तरआधुनिक विमर्श हालै प्रकाशित भएको छ ।
कार्यक्रमको शुरुमा अनेसास वेलायतका अध्यक्ष हरि शिवाकोटि र नेपाली दुतावासका प्रतिनिधि श्रीमती निला अधिकारीले आमन्त्रित प्रमुख अतिथि प्रा. डा. भट्टराइलाई खादा ओढाउनुको साथै सम्मान पत्र प्रदान
गर्नुभएको थियो । वेलायतमा रहेका लेखक तथा साहित्यकारहरुको उत्साहजनक उपस्थिती रहेको सो कार्यक्रममा वयोबृद्ध साहित्यकार धनाहाँङ सुब्बा, मंजु विमली, मिजास तेम्बे लगायतले आ-आफ्नो सिर्जना बाचन गरेका थिए । कार्यक्रमलाई महासचिव विश्वास दीप तिगेलाले संचालन गरेका थिए भने गोर्खा एक्सिलेन्सि लिमिटेड र भट्टराइ एण्ड कम्पनी इमिगेशन प्राक्टिस सेन्टरले खाजा नास्ताको ब्यवस्था गरेको थियो ।

सुहिम याक्थुङ, केन्टबाट

१४ औँ विश्व आदिवासी दिवस हङकङमा पनि सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
नेपाली आदीवासी जनजाति महासंघ हंगकगले १४ औँ विश्व आदीवासी दिवस भब्यताकोसाथ मनाएको छ । गतसालहरुभन्दा आकर्षक, उच्च ब्यवस्थापन र उत्साहकोसाथ सम्पन्न १४ औँ विश्व आदिवासी दिवस
२४ अगस्ट आईतवारको दिन यामात्ये कम्युनिटी सेण्टरमा भब्यताका सम्पन्न गरिएको छ । हरेक जनजातिहरुले पिंजडाबाट मुक्त पञ्छि जस्तो उन्मुक्त महसूस गरेको यस समारोहलाई कुनै एक पर्वको रुपमा स्विकारेको अनुभूति जो कोही जनजातिले गरेको पाईएको छ । तोकिएको समयभन्दा केही ढिलोगरी सुरु भएको कार्यक्रमको औपचारिक पक्ष महासंघका महासचिव दल पुनले सम्हालेको थिए भने सभापतित्व महासंघ अध्यक्ष लिम्बु भुपेन्द्र चेम्जोङले गर्नुभएको थियो । ठूलो समुहमा उपस्थित जनजाति मुलका तथा भावनात्मक सम्बन्ध भएका अतिथिहरुलाई संघका कोषाध्यक्ष गेन राई (चाम्लिङ) ले स्वागत गर्नु भएको थियो, भने सिमितमात्र बक्ताहरुलाई मन्तब्य राख्ने मौका दिईएको थियो । मन्तब्य
कार्यक्रम, बिभिन्न बिषयमा अग्रणी जनजातिहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम र सम्पूर्ण जातिहरुको आ आफ्नो रमाईलो साँस्कृतिक झाँकिहरु प्रस्तुत गरिएको थियो । बिशेष गरेर परम्परागत झाँकिहरुले जनजातिहरुको ऐक्यबद्धतामा ठोस भूमिका खेलेको बुद्धिजीवीहरुले अनुमान गरेको पाईएको छ । कार्यक्रममा पूणिर्मा रानामगरलाई यो बर्षो आदिवासी चेली घोषणा गरेर पुरानो सँस्कारलाई निरन्तरता दिईएको थियो । स्मरण रहोस हंगकंगमा आदिवासी चेलीको पदवी ६ बर्षअगाडि नारायण किशोर पुनको पालादेखि सुरु गरिएको हो र प्रथम चेली लक्ष्मि राई (थापा) लारा, दोश्रो कल्पना आङवोहाङ र लामो
ग्यापपछि पूणिर्मा राना मगर २००८ बर्षघोषित भएकी हुन । पूर्णीमा राना मगर हंगकंगकी राम्रो नृत्यकार हुनुकोसाथै आफ्नो कला मार्फ उनले मगर संघमा अनुबन्धित भएपनि सम्पूर्ण संघ सँस्थाहरुलाई तदारुकताकोसाथ सहयोग गर्दै आएकी समाज योग्य महिला भनेर चिनिन्छिन । तर्सथ कला संस्कृतिमार्फत आदिवासी जनजातिहरुको आन्दोलनमा अहम भूमिका निमएको ठहरगरु नेपाली आदिवासी जनजाति महासंघ हङकङले उनलाई यस वर्षो आदिवासी चेली घोषित भएकी हुन्। यसैगरी सृजनशील
साहित्य मार्फ गत एक दशकदेखि आदवासी जनजातिहरुको आवाजलाई वुलन्द गर्न ठूलो भूमिका खेलेको ठहर गर्दै कवि हाङयुग अज्ञात लिम्वूलाई यस वर्षको वर्षपुरुषको रुपमा सम्मान गरिएको थियो । दुवै जनजाति बिशिष्ट ब्यक्तित्वहरुलाई सभाका प्रमुख अतिथि हुम बहादुर थापा मगरको बाहुलीबाट सम्मानपत्र, बिशेष अतिथि नेपाली महासंघ अध्यक्ष हेम लिम्बुको बाहुलीबाट पुष्पगुच्छा तथा आदिवसी जनजाति महासंघ अध्यक्ष लिम्बु भुपेन्द्र चेम्जोङको वाहुलीबाट बर्को तथा गाम्चा ग्रहण गराईएको थियो । औपचारिक कार्यक्रम समापन हुनु अगाडि गतबर्षाट सुरु गरिएको जनजाति साहित्य पुरस्कार जनजाति साहित्यकार देश सुव्वालाई प्रदान गरिएको थियो । १ हजार हंगकंग डलर नगद र प्रमाणपत्र रहेकेा पुरस्कार गतबर्षनेपालका राष्ट्रगान रचयिता ब्याकुल माईला प्रदिप कुमार राई) लाई वितरण गरिएको थियो भने यो बर्षशीर्षकनै आदिवासी रहेको उत्कृष्ट उपन्यास लेखक देश सुब्बालाई प्रदान गरिएको हो ।स्वतन्त्र पत्रकार र्राई चन्द्र दुमीको उदघोषणमा अध्यक्ष लिम्बु भुपेन्द्र चेम्जोङको बाहुलीबाट नगद तथा प्रसंशापत्र, नेपाली महासंघ अध्यक्ष हेम लिम्बुको बाहुलीबाट पुष्प गुच्छा वितरण र प्रमुख
अतिथि हुम बहादुर थापा मगरको बाहुलीबाट दोसल्ला ओर्ढाईएको थियो । जनजातिहरुको हकहित सुरक्षार्थ उनीहरुको सँस्कृति र परम्पराहरुलाई हरेक कोणबाट चित्रण गर्दै आफ्नो लेखन यात्राबाटै कलमी युद्ध लडने एक होनहार योद्धा हुन, स्विकारिन्छ देश सुब्बालाई । यसैगरी २ युवा जनजाति कवि नरेश सुनुवारलाई जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेकसेलेले कविता संग्रहकेा लागि र कवि खेरेस देवेन्द्रलाई रुङरीको वयान र नदी किनारा नामक आदिवासी कविताको लागि कद्धरपत्र दिईएको थियो । यसैबर्ष सिर्जनशिल साहित्य समाज हंगकंगले कवि व्दयको एक एक कृति कविता संग्रह जीन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेकसेलेले र खेरेसको रुङरीको बयान,, प्रकाशित गरेको थियो । औपचारिक कार्यक्रमको मन्तब्यको क्रममा नेपाली आदिवासी जनजाति महासंघका प्रवक्ता भक्तवहादुर दुराले जनजातिहरुको पहिचान,स्थिति र भूत भविष्यबारे स्पष्ट पारेर आदिवासी जनजातिहरुलाई आफ्नो कर्तब्य र अधिकारबाट ब्रम्हाणवादीहरुले बञ्चित गरेर अघि बढन बाधा गरिरहेको र अव त्यस्तो सम्भन नभएको भनेर खुलासा गर्नुभयो भने, प्रमुख अतिथि र बिशेष अतिथि हुम बहादुर थापा मगर र हेम लिम्बुलेपनि यस्लाई यौटा पर्वको रुपमा विकसित गरेर लैजानुपर्ने बिचार ब्यक्त गर्नुभयो । समारोहमा किरात र्राई यायोक्खाले बिभिन्न पौराणिक चलन चल्तीको सामग्रीहरु प्रदर्शन गरेको थियो भने, सिर्जनशिल साहित्य समाजले बिभिन्न जनजाति लेखकहरुव्दारा लिखित पुस्तकहरु प्रदर्शनी गरेको थियो । ठूलो समुहमा उपस्थित नेपाली महिला पुरुषहरुको उपस्थिति र प्रतिक्षापछि अन्तमा रमाईलो साँस्कृतिक नृत्यहरु प्रदर्शन गरिएको थियो । भोगेन्द्र र्राई र सृष्टी सुनुवारको युगल जोडीले वेजोड रुपमा न्चालन गरिएको संस्कृतिक कार्यक्रममा र्राई जातिको साकेवा, लिम्वू जातिको च्याब्रुङ, गुरुङ जातिबाट कृष्ण चलित्र, मगर जातिहरुको कौडा ,सुनुवार जातिको साँदर सील, नेवारी नृत्य, डोमेस्टिक हेल्पर्रसको संयोजनमा तामाङ सेलो तथा सम्पूर्ण जातिहरुको आ आफ्नो सँस्कार सँस्कृतिको रमाईला कार्यक्रमहरु देख्न पाउँदा पिँजडाबाट मुक्र चराहरु उन्मुक्त आकासमा विचरण गरिरहेको छन आभास हुनथ्यो । यस पल्ट विषेश गरी पहिलो चोटि देखा परेको सुनुवार जातिको नाच साँदर सील आकर्षाको केन्द्र रहेको थियो । त्यही दिन नेपाली आदिवास जनजाति महासंघको नौं सदस्य वनेको सुनुवार समाजले प्रस्तुत गरेको नाचमा कलाकारहरुको अगाडिपटि लगाएको विशेष वस्त्र (जाली रुपमाल) निक्कै आकर्षक तथा नौलो देखिएको थियो । साँस्कृतिक कार्यक्रमको संयोजन महासंघका कोषाध्यक्ष गेन र्राई र सदस्य रक्षा गुरुङले गरेकाथिए भने भीयिो क्यामेरा श्याम सुनुवार र साउण्ड सीस्टमको अपरेशन गर्नेमा लक्ष्मी सम्वाहाम्फेले गरेको थियो ।कार्यक्रमको अन्तमा नेपाली आदिवासी जनजाति महासंघका सदस्य अधिराज र्राईको संयोजकत्वमा नेपालका जातजातिहरुको स्लाइड शो प्रशर्दन गरिएको थियो । त्यस्तै कार्यक्रमकै वीचवीचमा आदिवासी गीकार समाज हङकङको संयोजनमा गीतकार चन्द्र मादेन र डीवी पालुङवाव्दारा लिखित तथा संगीतकार दिनेश सुव्वा र नागेन्द्र श्रेष्ठको संगीतमा तयार पारिएकेा आदिवासी गीतहरुको प्रथम पस्तुति समेत भएको थियो । थप नयाँ कुरा सृजनशील साहित्य समाजको संयोजनमा विविध आदिवासी पुस्तक प्रदर्शन गरिएको थियो ।

राष्ट्रपति यादव बाढीपीडितहरुको पीडा बुझ्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सप्तकोसी डुबान क्षेत्रको निरीक्षण गर्न सुनसरी पुग्नुभएका राष्ट्रपति डा. रामवरण यादवले पीडितहरुको अवस्थाबारे पूर्वी क्षेत्रका सुरक्षा प्रमुखहरुसँग जानकारी लिनुभएको छ । उहाँ आज सोमबार बिहान सेनाको हेलिकप्टरबाट सेनाको पूर्वी पृतना मुख्यालय इटहरी पुग्नु भएको हो । उहाँसँगै राष्ट्रपति कार्यालयका सचिव रामहरि अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव दिपेन्द्रविक्रम शाक्य र गृह प्रवक्ता मोदराज डोटेल पनि जानुभएको छ ।सुरक्षा प्रमुखहरुसँग जानकारी लिएपछि उहाँले बाढीपीडितहरुको उद्धार र राहत वितरण कार्यको स्थलगत निरीक्षण गर्नुभएको छ । उहाँले डुबानक्षेत्र र विस्थापितहरुलाई राखिएको स्थानमा पनि निरीक्षण भ्रमण गर्नुभएको छ । राष्ट्रपति यादवले उहाँले राजनीतिक दलका स्थानीय कार्यकर्ता र उद्धारकर्मीसित पनि भेट्ने जनाइएको छ ।यसैबीच सप्तकोशी बाढी पीडितहरुको उद्धार तथा विस्थापितहरुको लागि राहत वितरण कार्य आज पनि जारी रहेको छ । नेपाली सेना, सशस्त्र र जनपद प्रहरीले बिहानैदेखि उद्धार जारी राखेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । सुनसरीका पश्चिम कुशाहा, श्रीपुर, हरिपुर र लौकहीका बाढी पीडितहरुको लगत संकलन भइरहेको र हालसम्म २३ हजारको लगत संकलन भइसकेको प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले जानकारी दिनुभयो । बाढीबाट बिचल्लीमा परेका २१ हजार सर्वसाधारणलाई आजसम्ममा उद्धार गरी जिल्लाका विभिन्न २३ वटा विद्यालय, क्याम्पस, मदरसा, मस्जिदहरुमा राखिएको छ । उद्धार तथा राहत वितराण्को लागि करिव एक हजार सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ । यस्तै जिल्ला कृषि विकास कार्यालय सुनसरीले कोशी नदीको वाढीले ५ हजार हेक्टर जग्गामा लगाइएको धानवाली नष्ट गरेको जनाएको छ । त्यस्तै बाढीले वेमौसमी तरकारी र अन्य वाली पनि वगाउँदा करिव १० करोड रुपैंयाको क्षति भएको अनुमान उक्त कार्यालयले गरेको छ ।

प्रमको उच्चस्तरीय भेटघाट शान्ति र विकास चीनको चाहना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
छिमेकी राष्ट्र चीनले नेपाललाई शान्ति प्रक्रिया र आर्थिक विकासलाई एकैसाथ अघि बढाउन सुझाव दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ तथा चीनका
समकक्षी बेन जियाबाओबीच आइतबार भएको छुट्टाछुट्टै भेटवार्तामा चिनियाँ नेताहरूले सो सुझाव दिनुभएको हो।आइतबार बेइजिङमा सम्पन्न २९औं गीष्मकालीन ओलम्पिकको समापन समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार बेइजिङ पुग्नुभएको थियो।चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै नेपाल-चीनबीचको सम्बन्धमा नयाँ आयाम शुरू भएको बताउनुभयो। भेटवार्ता संक्षिप्त भए पनि महत्त्वपूर्ण भएको टिप्पणी प्रधानमन्त्री प्रचण्डको थियो।भेटवार्तामा चिनियाँ राष्ट्रपति हुले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीलाई ओलम्पिकको समापन समारोहमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्नुभएको थियो। प्रधानमन्त्री प्रचण्डको भ्रमणले नेपाल-चीनबीचको सदियौं पुरानो मित्रताको महत्त्व झल्काएको टिप्पणी चिनियाँ राष्ट्रपतिको थियो।व्यस्तताका बाबजुद समय निकाली भेट दिनुभएकोमा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपतिसामु कृतज्ञता प्रकट गर्नुभएको थियो। बेइजिङ ओलम्पिक भव्य सफलताका साथ सम्पन्न गरेकोमा प्रधानमन्त्री प्रचण्डले उहाँलाई बधाईसमेत दिनुभएको थियो। बेइजिङ ओलम्पिकले ओलम्पिकको इतिहासमा नयाँ अध्याय थपेको प्रधानमन्त्रीको टिप्पणी थियो।भेटवार्तामा प्रधानमन्त्रीले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउँदै शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउने, सामाजिक, आर्थिक विकास गर्ने र नयाँ संविधान निर्माण गर्ने प्रमुख तीन कार्यलाई नयाँ सरकारले प्राथमिकतामा राखेको जानकारी गराउनुभएको थियो।नेपाल एक चीन नीतिमा कटिबद्ध रहेको जनाउँदै प्रधानमन्त्री प्रचण्डले नेपालमा चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता चिनियाँ राष्ट्रपतिसमक्ष दोहोर्याउनुभएको थियो।नेपालमा व्यापार, लगानी र पर्यटक बढाउन प्रधानमन्त्रीले आग्रह गर्नुभएको थियो। जबाफमा चिनियाँ राष्ट्रपतिले नेपाललाई चिनियाँ सहयोग निरन्तर रहने जनाउँदै जनचाहनाअनुसार नेपालमा शान्ति प्रक्रिया र राजनीतिक विकास भएकोमा खुसी व्यक्त गर्नुभएको थियो।यस्तै चिनियाँ प्रधानमन्त्री जियाबाओले भेटवार्ताका अवसरमा नेपाल चीनको पुरानो मित्र भएकाले नेपाललाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै विभिन्न क्षेत्रमा सहयोग तथा सहकार्य गर्न चीन तयार रहेको बताउनुभएको थियो।सो अवसरमा दुइ प्रधानमन्त्रीबीच बृहत् सहकार्यका विषयमा छलफल भएको थियो। द्विपक्षीय हितलाई मध्यनजर गर्दै आपसी समझदारीमा दुवै देशका जनताको हितका निम्ति सहकार्य गरिने प्रतिबद्धता दुवै प्रधानमन्त्रीले व्यक्त गर्नुभएको थियो।गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री हुनुभएकोमा प्रचण्डलाई बधाई दिँदै चिनियाँ समकक्षी जियाबाओले नेपाली जनताले रोजेको सामाजिक प्रणाली र विकासको बाटोलाई चीनले उच्च सम्मान गर्ने बताउनुभएको थियो।नेपालमा राजनीतिक स्थिरता र आर्थिक विकास सबै पार्टी सामूहिक प्रयासबाट मात्र सम्भव हुनेमा जोड दिँदै चिनियाँ प्रधानमन्त्री जियाबाओले नेपालसँग विकसित पछिल्लो द्विपक्षीय सम्बन्धबाट चीन सन्तुष्ट रहेको जनाउनुभएको थियो।भेटवार्तामा सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरा, चीनका लागि नेपाली राजदूत टंक कार्कीलगायत प्रधानमन्त्रीका साथ नेपालबाट गएका प्रतिनिधिमण्डलका सदस्यहरूको पनि सहभागिता रहेको थियो।
चिनियाँ सहयोग घोषणा
चीनले नेपालका कोसीबाँध पीडितलाई राहतस्वरूप झन्डै २ करोड १० लाख रुपियाँ (३ लाख अमेरिकी डलर) उपलब्ध गराउने भएको छ।आइतबार बेइजिङमा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी जियाबाओबीच भएको भेटवार्तामा चिनियाँ समकक्षीले सो जानकारी दिनुभएको हो। गएको बिहीबार मात्र चीनले नेपालका बाढीपीडितलाई राहतस्वरूप ३५ लाख रुपियाँ उपलब्ध गराएको थियो।

मन्त्रालयको स्वरूपहेरफेरमा वैधताको प्रश्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मन्त्रालयको संख्या थप गर्ने निर्णय अहिलेसम्मको मान्यता र विभिन्न क्षेत्रको रायविपरीत भएपछि कार्यान्वयनमा वैधताको प्रश्न उब्जिएको छ। मन्त्रालयको संख्या कम गरिनुपर्दछ भन्ने विभिन्न क्षेत्रको राय तथा त्यससम्बन्धी अध्ययनको निर्णयवपरीत मन्त्रिपरिषद्को निर्णयबना नै शिक्षा तथा खेलकुद मन्त्रालयलाई विभाजन गरिएपछि वैधताको प्रश्न उब्जिएको हो।हालै तीन दलबीच भएको सहमतिमा मन्त्रालयको स्वरूप हेरफेरको निर्णँय भएको थियो। नयाँ मन्त्रिपरिषद्को पहिलो बैठक गत शुक्रबार बसे पनि यससम्बन्धी आधिकारिक निर्णयभने गरेको छैन।मन्त्रालयको संख्या किटान गर्ने कुनै कानुनी संयन्त्र नभएको अवस्थामा सरकारले मन्त्रिपरिषद्को निर्णयाट मन्त्रालयको संख्या थप्ने वा घटाउने निर्णयगर्ने प्रचलन रहेको छ। २०५२ सालमा तत्कालीन शेरबहादुर देउवाको सरकारले २२ वटा मन्त्रालयबाट संख्या थप गरेर २७ पुर्याएको थियो भने लोकतन्त्र स्थापनापछिको संयुक्त सरकारले पनि मन्त्रिपरिषद्को निर्णयाट शान्ति तथा पुनः निर्माण मन्त्रालय थप गरेर २३ वटा पुर्याएको थियो।नेपालको प्रशासनिक संयन्त्रको आकारलगायतको अवस्था अध्ययनका लागि अहिलेसम्म बनेका आयोगहरूले १८ वटाभन्दा बढी मन्त्रालय राख्न नहुने राय दिएका छन्। प्रजातन्त्र पुनः स्थापनापछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा गठन गरिएको प्रशासन सुधार आयोगदेखि २०५७ साल र २०५८ सालमा त्यसै उद्देश्यका लागि स्थापना गरिएका क्रमशः र्सार्वजनिक खर्च पुनरवलोकन आयोग र शासकीय सुधार प्रतिवेदनले १८ वटा मन्त्रालय बनाउन सुझाव दिएका थिए।प्रशासनिक चुस्तता र छरितोपन भएमा मात्र सहयोग निरन्तर गर्न सकिने दातृ राष्ट्र तथा नियोगहरूको पटकपटकको मागपछि एसियाली विकास बैंकको ऋण लिएर सरकारले सञ्चालन गरेको प्रशासन सुधार परियोजनाले समेत अहिले २२ मन्त्रालयबाट १८ मा झार्न सुझाव दिएको छ। तथापि अहिलेको तीनदलीय निर्णयती सुझावको बर्खिलापमा देखिएको छ।मन्त्रालयको स्वरूप परिवर्तनबारे मन्त्रिपरिषद्को निर्णयछि मात्र त्यसलाई औपचारिक रूपमा कार्यान्वयनमा ल्याउन सकिने अहिले मुख्य सचिवको कार्यभार सम्हालिरहनुभएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दीपेन्द्रविक्रम थापाले नेपाल समाचारपत्रलाई बताउनुभयो।शिक्षा तथा खेलकुद मन्त्रालय अहिले नै विभाजित भइसकेकाले त्यसको वैधानिकतामाथि नै प्रश्न उब्जन पुगेको छ।

एमालेलाई दोस्रो मर्यादाक्रम दिन माओवादी तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मन्त्रिपरिषदमा मर्यादाक्रमको विवादले दुइ पार्टीको सम्बन्ध चिसिइरहेका बेला माओवादी नेता एवं विदेश विभाग प्रमुख सीपी गजुरेलले एमालेलाई दोस्रो मर्यादाक्रम दिन आफ्नो पार्टी तयार रहेको बताउनुभएको छ । दलहरु मिलेर अघि जानुपर्नेमा मर्यादाक्रमको विवाद आउनु राम्रो नभएको उहाँले बताउनुभयो ।राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै गजुरेलले एमालेबाट सरकारमा नेतृत्व गर्ने वामदेव गौतमलाई प्रधानमन्त्रीपछिको दोस्रो मर्यादाक्रममा राख्न पार्टी तयार रहेको भन्दै यसमा गल्ती भएको स्वीकार गर्नुभयो । सरकारको नेतृत्व आफ्ना नेताले गरेपछि एमालेलाई दोस्रो मर्यादा क्रम दिन अप्ठेरो नहुने उहाँको भनाइ थियो ।मन्त्रिपरिषदमा प्रधानमन्त्री पुष्पकमल दाहालपछिको मर्यादा क्रममा अर्थमन्त्री डा. बाबुराम भट्टराइलाई राखिएपछि एमाले रुष्ट भएको हो । दोस्रो मर्यादाक्रम नदिए सरकारमै सहभागी नहुने एमालेका शीर्ष नेताहरुले बताइरहेका छन् । माओवादीका नेताले भने प्रधानमन्त्री चीन भ्रमणबाट फर्केपछि यो विवाद मिल्ने दाबी गर्दै आएका छन् ।एमालेले आफ्ना स्थायी कमिटी सदस्य वामदेव गौतम गृहमन्त्रीका रुपमा सरकारमा पार्टीबाट नेतृत्व गर्ने भनी निधो गरिसकेको थियो । तर मर्यादाक्रमकै विवादका कारण गत शुक्रबार भएको मन्त्रीहरुको सपथग्रहण कार्यक्रममा एमाले नेताहरु सहभागी भएका थिएनन् ।

Aug 24, 2008

नेपालको विकासमा चीनले सक्दो सहयोग गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल र चीनबीच सम्बन्धमा अब नयाँ आयाम थालनी हुने प्रधानमन्त्री पुष्पकमल दाहालले बताउनुभएको छ । ओलम्पिक समापन समारोहमा सहभागी हुन हिजो शनिबार बेइजिङ पुग्नुभएका प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति हु जिन्ताओ र प्रधानमन्त्री वेन जियाबाओसँग भेटवार्तापछि यस्तो बताउनुभएको हो । भेटवार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै प्रधानमन्त्रीले यस्तो प्रतिक्रिया दिनुभएको हो ।चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेट अत्यन्तै महत्वपूर्ण रहेको प्रतिक्रिया प्रधानमन्त्रीले दिनुभएको समाचार एजेन्सीले जनाएका छन् । चिनियाँ अधिकारीहरुले नेपालमा भएको राजनीतिक परिवर्तनलाई सकारात्मक रुपमा लिएको जानकारी प्रधानमन्त्रीले दिनुभयो । चिनियाँ अधिकारीहरुले नेपालप्रति गहन रुचि लिएको उहाँले बताउनुभयो ।नेपालमा जारी शान्ति प्रक्रिया, नयाँ संविधान निर्माण अनि आर्थिक विकासका सम्बन्धमा छलफल भएको जनाइएको छ । चीनले नेपालको शान्ति प्रक्रिया अनि आर्थिक विकासमा सक्दो सहयोग पुर्‍याउने वचन दिएको जनाइएको छ ।

संघीय लिम्बूवान राज्य परिषदका कार्यकर्ता पक्राउले यातायात बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संघीय लिम्बूवान राज्य परिषदका कार्यकर्ताले गरेको बन्दका कारण आज आइतबार पनि मेची राजमार्गमा यातायातका साधन चलेनन् । प्रहरीले पक्राउ गरेका आफ्ना पाँचजना कार्यकर्ताको रिहाइ माग गर्दै उनीहरुले मेची राजमार्गमा शनिबारबाट यातायात बन्द गरेका हुन् ।चन्दा उठाउने क्रममा लिम्बूवान कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । अवैध रुपमा चन्दा उठाएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । यातायात बन्दका कारण मेचीका ताप्लेजुङ, पाँचथर र इलामको जनजीवन प्रभावित भएको छ । ती जिल्लाबाट झापा लगायत स्थानमा चल्ने यातायातका साधन ठप्प रहेका छन् । साधन नचल्दा हजारौं प्रभावित बनेका छन् ।

बाढीले बगाएका दर्जनौं शवहरु भारतको बिहारमा फेला परे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सप्तकोसीको बाँध फुटेर आएको बाढीले बगाएका दर्जनौं शवहरु भारतको बिहारमा फेला परेका छन् । ती शव नेपालतर्फबाट बगेर गएका हुन् वा बिहारकै गाउँका स्थानीय बासिन्दाको हो भन्ने चाहिँ यकिन भएको छैन । कोसी तटबन्ध निरीक्षणका लागि सुनसरी पुगेका भारतीय अधिकारीहरुले यस्तो जानकारी दिएका हुन् । नेपालतर्फ कोसीको बाँध फुटेपछि हालसम्म एकजनाको मात्र शव भेटिएको छ । अन्य मृत्युको पुष्टि नभए पनि केही मानिस हराइरहेको अनुमान गरिएको छ ।निरीक्षणका लागि आएको भारतीय प्रतिनिधिमण्डलका सिँचाइ इन्जिनियर वीरेन्द्र प्रसादले स्थानीय सञ्चारकर्मीलाई बताए अनुसार शव फेला परेका छन् तर ती नेपालीका शव हुन् वा भारतीयको भन्ने पुष्टि भइसकेको छैन । कोसीको बाढी नेपाली गाउँ हुँदै बिहारका सहरसा, सुपौल, पूर्णिया लगायतका गाउँमा पनि पुगेको छ । यसले गर्दा त्यहाँ पनि क्षति भएको छ । भारतीय अधिकारीहरुका अनुसार लाखौं स्थानीय बासिन्दा प्रभावित भएका छन् ।भारतमा शव भेटिएको खबर आएपछि नेपाली पक्षले सोधखोज सुरु गर्ने भएको छ । नेपाली गाउँका हराइरहेकाहरु परिवारको समपर्कमा आए, नआएको अनि कति जना बेपत्ता रहेको जस्ता तथ्यांक खोजी गर्ने काम सुनसरी प्रशासनले गरेको छ । प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीका अनुसार विस्थापितहरुको लगत राख्ने काम समेत भइरहेको छ । गत सोमबार कोसीको बाँध फुटेर नदी गाउँ हुँदै बग्न थालेपछि सुनसरीका श्रीपुर, हरिपुर, पश्चिम कुसाहा र लौकही लगायत गाउँका हजारौं विस्थापित भएका छन् ।

Aug 23, 2008

प्रधानमन्त्री चीन प्रस्थान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ओलम्पिक समापन समारोहमा सहभागी हुन आज शनिबार चीनको बेइजिङ प्रसथान गर्नुभएको छ । प्रधानमन्त्रीसँग उहाँकी पत्नी सीता, सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महरा, परराष्ट्र मन्त्रालयका सचिव ज्ञानचन्द्र आचार्य लगायत प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकृत सहित ११ जनाको प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको हो । आज राति १० बजे बेइजिङ पुग्नुहुने प्रधानमन्त्री प्रचण्डले पर्सि सोमबार चीनीयाँ राष्ट्रपति हु जिन्ताओसँग भेट्ने कार्यक्रम रहेको छ । त्यसैगरी प्रधानमन्त्रीले चीनमा रहँदा अरनिकोले बनाएको पैगोडा शैली घरहरुको अवलोकन गर्ने र चीनकै गे्रटवालको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ । उहाँहरु आगामी भदौ ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

एमालेसँग देखिएको बरियता बिबादलाई माओवादी पार्टीले समाधान गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एमाले र माओवादीबीच देखिएको मन्त्रीपरिषदको वरियता बिबाद मिल्ने दावी माओवादी नेता तथा कानुन मन्त्री देव गुरुङले गरेका छन् । कानुन मन्त्री तथा माओवादी सचिवालय सदस्य देव गुरुङले सरकार गठनमा एमालेसँग देखिएको बरियता बिबादलाई आफ्नो पार्टीले समाधान गर्ने बताएका छन् । भदौ ७ गते राजधानीमा रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले वरियतामा देखिएको समस्या समाधान गर्न एमालेसँग आफ्नो पार्टीको छलफल जारी रहेको तथा प्राविधिक समस्या समाधान गर्न सकिने उल्लेख गरे । कार्यक्रममा मन्त्री गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणलाई भारतले अन्यथा लिनुनहुने तथा चीन भ्रमण गर्नु भारतलाई कम महत्व दिनु नभएको धारणा राखे । प्रधानमन्त्रीको भदौ ७ गतेको सम्वोधन जनआन्दोलन र जनादेशको भावना समेटेको दावी गर्दै गुरुङले प्रधानमन्त्रीको सम्वोधनले मुलुकमा १२ वर्षेदेखि रहेको रिक्तता पूरा भएको पनि बताए । एमालेबाट स्थानीय विकाश मन्त्रीमा प्रस्ताव गरिएका एमाले केन्द्रीय सदस्य रामचन्द्र झाले आफ्नो पार्टीलाई दोश्रो वरियता नदिए सरकारमा नजाने स्पष्ट पारे । मन्त्रीपरिषदमा अर्थ मन्त्री डा. बाबुराम भट्टराईलाई दोश्रो वरियता दिइएको प्रसङ्गमा झाले भने, 'पिएचडी गरेको भनेर भट्टराईलाई दोश्रो वरियता दिइएको होला, राजनीतिमा पिएचडीको त्यति अर्थ हुदैन ।' प्रधानमन्त्रीको चीन भ्रमण र सम्वोधनलाई आफ्नो पार्टीले सकारात्मकरुपमा लिएको पनि झाले कार्यक्रममा उल्लेख गरे । कार्यक्रमका अर्का वक्ता नेपाली कांग्रेसका महामन्त्री बिमलेन्द्र निधीले प्रधानमन्त्रीको सम्वोधन मिठो भए पनि आफ्नो पार्टी धेरै उत्साहित नभएको बताए । माओवादीले बिगतका सम्झौताहरुलाई कार्यन्वयन नगरेकाले प्रधानमन्त्रीको सम्वोधन पनि कार्यन्वयन हुनेमा शंका ब्यक्त गर्दै निधीले प्रधानमन्त्रीको चीन भ्रमण तेलको समस्या समाधान गर्नका लागि हुनसक्ने सम्भावना ब्यक्त गरे । 'हामीले पनि चीनको भ्रमणलाई अन्यथा लिएका छैनौं' निधीले भने । एकताकेन्द्र मसालका महामन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्रीको चीन भ्रमणले मुलुकको इतिहासमै नयाँ अध्याय थपेको दावी गर्दै प्रधानमन्त्रीको चीन भ्रमणले भारतको हेपाहा र हैकमवादी प्रवृतिलाई चुनौती दिएको उल्लेख गरे । प्रधानमन्त्रीको सम्वोधन सकारात्मक भए पनि त्यो कार्यन्वयन गर्नु चुनौतीपूर्ण रहेको पनि प्रकाशको भनाइ थियो । कार्यक्रमका अर्का वक्ता राष्ट्रिय जनशक्ति पार्टीका नेता डा. प्रकाशशरण लोहनीले प्रधानमन्त्रीको सम्वोधन उचित भए पनि कार्यन्वयन हेर्न बाँकि रहेको धारणा राखे ।

प्रधानमन्त्री प्रचण्डको पहिलो पटक संबोधन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतका तिक्ततालाई बिर्सेर नयाँ नेपाल निर्माण अभियानमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ । जनताका नाममा आज शनिबार पहिलो पटक संबोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र स्वतन्त्रतालाई दिगो बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । आफ्नो नेतृत्वको सरकारले छोटो अवधिमै देशलाई अघि बढाउने प्रतिबद्धता ब्यक्त गदै प्रधानमन्त्री प्रचण्डले नेपाल नरहे नेपाली पनि नरहने बताउनुभयो । राष्ट्रिय गणतन्त्र र जनगणतन्त्रबीच सन्तुलन कायम गरी लोकतन्त्र र स्वतन्त्रतालाई दिगो बनाउने बताउदै उहाँले राजनीतिक दलहरुलाई संकीर्ण दलगत स्वार्थबाट माथि उठेर सम्वृद्ध नयाँ नेपाल निर्माणमा सहयोग गर्न आहृवान गर्नुभयो । नेपाली सेना, प्रहरी लगायत जनमुक्ति सेना र निजामती कर्मचारीहरुलाई पूर्वाग्रह नराखी काम गर्न पनि उहाँले आग्रह गर्नुभयो ।पूर्वको कोशी नदी डुबानबाट भएको धनजनको क्षतिप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले पीडितहरुका लागि सरकारले तत्काल राहत प्रदान गर्ने आश्वासन दिनुभयो । साथै विगतका सरकारले विभिन्न पक्ष तथा समुदायसँग गरेका सहमतिहरु कार्यान्वयन गर्ने प्रतिबद्धता समेत प्रधानमन्त्रीले जनाउनुभयो । जनताको आधारभूत आबश्यकतालाई नयाँ सरकारले बिशेष ध्यान दिने बताउदै उहाँले भष्ट्राचार निर्मूल गर्न बिशेष कार्यक्रम ल्याउने जानकारी दिनुभयो । लोकतान्त्रिक मूल्य र मान्यतामाथि हुने प्रहारलाई निरुत्साहित गरी मानव अधिकार, विधिको शासन लगायत सक्षम न्याय प्रणाली अबको सरकारको प्राथमिकता हुने उहाँको भनाई थियो । औद्योगिक अर्थतन्त्र निर्माणमा मुख्य रुपले जोड दिने र बैदेशिक लगानीलाई प्रोत्साहन गर्ने समेत उहाँले बताउनुभयो । द्वन्द्वको दिगो समाधान खोजी शान्तिलाई तार्किक निष्कर्षमा पुर्‍याउने प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

डा उपेन्द्र महतोले ब्यक्तिगत तर्फबाट ५१ लाखको चेक हस्तान्तरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गैर आवासीय नेपाली संघका अध्यक्ष डा उपेन्द्र महतोले आज नेपालका राष्टपति डा रामबरण यादवसंग शिस्चार भेट गनु भयो। भेटका अवसरमा उहाँले राष्टपतिलाई गैर आवासीय नेपाली संघको वारेमा जानकारि दिदै र यसले बिदेसमा छिरिएर रहेका सबै नेपालीहरुको एकिकृत गदै आएको पहलहको बारेमा समेत अवगत गराउनु भएको थियो।भेटका अवसरमा राष्टपतिले आफ्नो गैर आवासीय नेपालीहरु प्रति आफनो धेरै सदभाव रहेको जनाउँदै नेपालको रुपान्तरणकोलागी उनीहरुवाट विविध मा सहयोगको अपेछा गरेको बताउनु भयो । साथै उहांले कोशी नदिको तटवन्ध टुटेर आएको विप्तिमा सहयोग गर्न समेत गैर आवासीय नेपालीहरुलाई अनुरोध गनुभएको थियो । उक्त अवसरमा डा महतोले संघले यस संर्दभमा विस्वका विभिन्न मुलुकमा सहयोग परिचालन गर्न सुरु गरिसकेको जानकारि दिनु भएको थियो । आज आर्को एक समारोहमा डा महतोले कोशी नदिको तटबन्ध टुटदा प्रभावमा परेका नेपालीहरुको सहयोगार्थ आफनो ब्यक्तिगत तर्फबाट ५१ लाखको चेक नेपालका प्रधानमन्त्रि पुष्प कमल दाहाललाई हस्तातरण गर्नु भयो। यस अवसरमा उहाँले यो आफनो ब्यक्तिगत सहयोग भएको र संघले विभन्न मुलुकमा सहयोग जुटाउने कार्यमा अग्रसरता लिने जानकारी दिनु भएको थियो। यसै अवसरमा रुसमा कारोबार गर्ने अरुण ओझाले ३ लाखको चेक हस्तान्तरण गर्नु भएको थियो। उक्त समारोहमा नेपालका विभिन्न औधोगीक ब्यापारिसँग सस्थाका प्रतिनिधिहरुले छुटा छुटै करिब १६ लाखको पिन चेक हस्तान्तरण गरेका थिए। उक्त अबसरमा डा महतोले गैर आवासीय नेपालीहरु नेपालको सखु दुखमा साथ दिने र आफनो सानो सहयोगले नेपालमा र नेपाल बाहिर बस्ने मित्रहरुलाई सहयोग गर्न अभिप्ररित गर्ने आशा गर्नुभयो । यस्तै उहाँले यो आफ्नो ब्यक्तिगत योगदान भएको र संघले विभिन्न मुलुकमा सबै प्रकारको सहयोगका लागी अपिल गर्न र सहयोगको समन्वय गरि संवन्धित ठाउंमा समयमै पु-याउने जानकरी दिनुभयो। उक्त अवसरमा प्रधानमन्त्रिले सहयोगका लागी धनयवाद दिंदै आफुले सपथ लिएकै दिन परेको यो ठूलो विपत्तिलाई चुनातिका रुपमा लिएको र सबैको सहयोगबाट मुलुक यस्ता आपत विपतबाट पार पाउने आशा गर्नु भएको थियो।

Aug 22, 2008

माओवादी र फोरमका आठ मन्त्रीहरुले मात्र सपथग्रहण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्रीपछि दोश्रो मर्यादामा आफ्नो मन्त्री हुनुपर्ने अडान राख्दै एमालेले आफूले मन्त्रीमा सिफारिश गरेकाहरुले सपथ नखाने अडान राखेपछि माओवादी र फोरमका आठ मन्त्रीहरुले मात्र सपथग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू चीन जानुभन्दा अघिल्लो दिन आठ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन् । भदौ ६ गते बेलुका सवा ६ बजे राष्ट्रपतिको कार्यलय शितलनिवासमा सपथ खाने मन्त्रीहरुमा ४ जना माओवादीका र ४ जना फोरमका छन् । ६ मन्त्रालय पाएको एमालेले मन्त्री परिषदमा दोश्रो मर्यादा नपाएको भन्दै सपथमा सहभागि भएन । एमालेले बामदेव गौतमलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउने सिफारिश गरेको थियो तथा गौतमलाई प्रधानमन्त्रीपछिको मर्यादामा राखिनुपर्ने अडान राखेको छ । सपथ खाने मन्त्रीहरुमा अर्थमन्त्री डा. बाबुराम भट्टराई, परराष्ट्रमन्त्री उपेन्द्र यादव, रक्षामन्त्री रामबहादुर थापा बादल, आवास तथा भौतिक योजना मन्त्री बिजयकुमार गच्छेदार, संचारमन्त्री कृष्णबहादुर महरा, कृषि मन्त्री जयप्रकाश गुप्ता, न्याय मन्त्री देव गुरुङ र शिक्षा मन्त्री रेणु यादव छन् ।

कोसी बाढीबारे द्विपक्षीय बैठक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सप्तकोसीको बाढीबाट थप क्षति नपुगोस् भन्ने उद्देश्यले क्षत्रि्रस्त क्षेत्रको तत्काल पुनर्निर्माण र स्याहारसम्भार गर्न दुवै देशका पदाधिकारीहरू टुंगोमा पुगेका छन्। नेपाल सरकारको सिंचाइ विभागका उपमहानिर्देशक अनिल पोखरेलको नेतृत्वमा विराटनगर आएको सरकारी टोली र विहार राज्यको गंगा फलड्स कन्ट्रोल र्सकलका इन्जिनियर एचएस चौधरीको नेतृत्वको टोलीबीच बिहीबार सम्पन्न वार्तामा थप कटान हुन नदिन बाँधमा रहेका स्परहरूलाई तुरून्त मर्मत गरेर बलियो बनाउने निर्णयगरिएको हो।वार्तामा कोसी नदीको दुवैतर्फो बाँधलाई पुनरवलोकन गरेर सन् २००९ को वषाअगावै बाँध सशक्तीकरणको कार्य सम्पन्न गर्ने तथा दीघकालीन रूपमा एलक्स बन्डलाई के गर्नुपर्छ भन्ने विस्तृत अध्ययन गर्ने सहमति भएको उपमहानिर्देशक पोखरेलले बताउनुभयो। निरन्तर बालुवा थुप्रिएका कारण कोसी नदीको उचाइ बाँधभन्दा वरपरको सतहभन्दा अग्लो भइसकेको हुँदा दीघकालीन योजनाको आवश्यकता भइसकेको निर्णया पनि दुवै देशका अधिकारीहरू पुगेका छन्।बैठकमा मन्त्रालयका उपमहानिर्देशकद्वय पोखरेल र खोमराज दाहाल, पूर्वाञ्चल क्षेत्रीय सिंचाइका निर्देशक कमलराज रेग्मी, जलउत्पन्न प्रकोप कार्यालय विराटनगरका प्रमुख रामेश्वर खड्का तथा बिहारको पटनाबाट आएका गंगा लड्स कन्ट्रोल र्सकलका इन्जिनियर चौधरीसहित अन्य दुइ इन्जिनियरहरू पनि सहभागी थिए।

मन्त्रिपरिषद् गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाका प्रमुख तीन राजनीतिक दल नेकपा (माओवादी), नेकपा (एमाले) र मधेसी जनअधिकार फोरमबीच मन्त्रालय बाँडफाँडका विषयमा बिहीबार सहमति भएपछि सरकार गठनको अन्योल अन्त्य भएको छ।
नीति तथा कार्यक्रममा हस्ताक्षर / बाँकी मन्त्रालय साना दललाई /कसलाई कुन मन्त्रालय
माओवादी
अर्थ,रक्षा,आवास तथा शहरी विकास,सञ्चार,कानुन,श्रम,शान्ति,वाणिज्य,पर्यटन
एमाले
गृह,जलस्रोत,स्थानीय,वन,महिला,युवा खेलकुद
फोरम
परराष्ट्र,कृषि,भौतिक योजना तथा निर्माण,स्वास्थ्य,शिक्षा,नागरिक उडड्यन (मध्ये एक)
प्रधानमन्त्रीको चयन भएको एक हप्तापछि मन्त्रालय बाँडफाँडसँगै राष्ट्रिय संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रीहरूले पालना गर्नुपर्ने आचारसंहिता, सरकार सञ्चालनको सामान्य विधि र मान्यता, राजनीतिक समन्वय समिति गठनसम्बन्धी दस्तावेजमा समेत तीन दलबीच हस्ताक्षर भएको छ।प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ँप्रचण्ड’, नेकपा -एमाले) का महासचिव झलनाथ खनाल र मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले बिहीबार राति सिंहदरबारमा चारवटा दस्तावेजमा हस्ताक्षर गर्नुभएको थियो। तीन दलबीच भएको सहमतिअनुसार माओवादीले नौ, एमालेले ६ र फोरमले चारवटा मन्त्रालय पाउने भएका छन्।सहमतिअनुसार मन्त्रिपरिषद्को गठन र शपथग्रहण कार्यक्रम आज शुक्रबार नै हुनेछ। तीन दलले केही मन्त्रालयको स्वरूपमा पनि परिवर्तन गर्ने निर्णयगरेका छन्। आज शुक्रबार मन्त्रिपरिषद् विस्तार हुँदा मन्त्रालयहरू अहिलेकै स्वरूपमा रहे पनि पछि मन्त्रिपरिषद्को बैठकले तीन दलको निर्णय अ नुसार मन्त्रालयको नाम र स्वरूपमा परिवर्तनको निर्णय गर्ने जनाइएको छ। यद्यपि केही मन्त्रालयको नामसमेत फेरेर तीन दलले मन्त्रालय भागबन्डा गरेका छन्।तीन दलबीच सहमति भएअनुसार नेकपा -माओवादी) ले अर्थ, रक्षा, आवास तथा शहरी विकास, सूचना तथा सञ्चार, कानुन, न्याय तथा संसदीय व्यवस्था, श्रम तथा स्वरोजगार, शान्ति तथा पुनः निर्माण, वाणिज्य तथा आपूर्ति र पर्यटन तथा संस्कृति मन्त्रालय पाउने भएको छ। त्यसै गरी नेकपा (एमाले) को भागमा गृह, जलस्रोत, स्थानीय विकास, महिला बालबालिका तथा समाज कल्याण, युवा तथा खेलकुद र वन तथा भू-संरक्षण मन्त्रालय, मधेसी जनअधिकार फोरमलाई परराष्ट्र, कृषि तथा सहकारी, भौतिक योजना तथा निर्माण मन्त्रालय छुट्टयँइएको छ। यसबाहेक फोरमले स्वास्थ्य, नागरिक उड्डयन र शिक्षामध्ये एउटा मन्त्रालय पाउने जनाइएको छ। त्यसबारे शुक्रबार बिहान टुंगो लगाइने बुझिएको छ।नेकपा (माओवादी) बाट डा. बाबुराम भट्टर्राईले अर्थ र रामबहादुर थापा ँबादल’ ले रक्षँ मन्त्रालय सम्हाल्नुहुने निश्चित जस्तै भएको छ भने एमालेबाट वामदेव गौतमले गृह, विष्णु पौडेल- जलस्रोत, रामचन्द्र झा- वन तथा भू-संरक्षण, सुरेन्द्र पाण्डे- स्थानीय विकास र किरण गुरङलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पर्ने सम्भावना रहेको जनाइएको छ। भीम रावलले पनि एक मन्त्रालयको जिम्मेवारी पाउनुहुने जनाइएको छ। तर औपचारिक निर्णयआज बिहान बस्ने स्थायी कमिटीको बैठकले टुंगो लगाउने बताइएको छ। एमाले स्थायी कमिटीका एक सदस्यका अनुसार बिहीबारको सहमतिबाट एक-दुइवटा मन्त्रालय यताउता परेकाले व्यक्तिका बारेमा केही परिवर्तन हुन सक्ने सम्भावना पनि त्यत्तिकै रहेको छ।फोरमबाट परराष्ट्रमन्त्री उपेन्द्र यादव हुने निश्चित भए पनि अन्य व्यक्तिका बारेमा भने टुंगो लाग्न बाँकी रहेको बताइएको छ। तीन दलले लिएकाबाहेकका मन्त्रालय नेकपा -माले), सद्भावना पार्टीनेकपा (संयुक्त) लगायतलाई दिइने भएको छ।सत्तँसाझेदार तीन प्रमुख दलले नयाँ सरकारलाई राष्ट्रिय संयुक्त सरकारको नाम दिएका छन्। सो सरकारको प्राथमिक कार्यक्रममा राष्ट्रियता, राष्ट्रिय एकता र राष्ट्रिय हितको संवर्द्धन, संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन, राज्यको पुनः संरचना, दिगो शान्ति एवम् शान्ति सुरक्षाको प्रत्याभूति, तात्कालिक राहत र पुनः निर्माण, आर्थिक, सामाजिक रूपान्तरणलगायतका विषय समेटिएका छन्।
साझा न्यूनतम कार्यक्रम
राष्ट्रिय सुरक्षा, परराष्ट्र नीति, जलस्रोतको उपयोग र वैदेशिक सहयोगको परिचालन, नेपालको र्सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाधीनता र राष्ट्रिय हितको आधारमा गरिने र राष्ट्रिय हितअनुकूल नभएका सन्धिसम्झौताहरूको पुनरवलोकन गरी आवश्यक सुधार गरिने राष्ट्रिय संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा उल्लेख छ।त्यसै गरी नेपालको आर्थिक विकास र जनताको जीवनस्तर उठाउन मित्रराष्ट्रहरू, संयुक्त राष्ट्रसंघ तथा दातृ निकायहरूको सहयोेग लिइने, नेपालमा शरणार्थी जीवन बिताइरहेका भुटानी नागरिकहरूलाई स्वदेश फर्काउन र त्यसनिम्ति अन्तर्राष्ट्रिय सहयोग जुटाउन एकताबद्ध प्रयत्न गरिने कार्यक्रममा उल्लेख छ।संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन र राज्यको पुनः संरचनालाई उच्च प्राथमिकता दिइने र त्यसका लागि संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच संविधानका आधारभूत सिद्धान्त तय गरी साझेदारी र सहमतिको मान्यताअनुरूप आगामी दुइ वर्षभत्र नयाँ संविधान निर्माणको काम सम्पन्न गर्ने कार्यक्रममा उल्लेख छ।लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनको घोषणासँग बाझिएका सबै कानुन, नियम र प्रचलनलाई खारेज गर्ने, सामन्तवादको समग्र समाप्ति, पूर्वराजा र राजपरिवारको सम्पत्तिको उपभोग, विदेशमा लुकाएर राखिएको सम्पत्ति खोजीलगायतका कामहरू दृढतापूर्वक अगाडि बढाइने, नयाँ संविधानको निर्माणमा संयुक्त भूमिका खेल्ने पनि साझा न्यूनतम कार्यक्रममा उल्लेख छ।स्थानीय निकायको निर्वाचन नभएसम्म स्थानीय निकायलाई जनताप्रति उत्तरदायी बनाउन संविधानको परिधिमा रहेर राजनीतिक दलहरूको सहमतिको आधारमा सञ्चालनको अन्तरिम व्यवस्था गरिने र ती निकायहरूलाई साधनस्रोत सम्पन्न तुल्याउँदै स्वायत्त रूपमा सञ्चालन गरिने पनि कार्यक्रममा उल्लेख गरिएको छ।निजामती प्रशासन, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीलगायतका सुरक्षानिकायहरूको सञ्चालन निष्पक्ष रूपमा प्रचलित ऐन, कानुन तथा नियमावलीको आधारमा गरिने र दलीय राजनीतिबाट मुक्त राखिनुका साथै यसको अनुगमनका लागि मन्त्रिपरिषद्मा अनुगमन कार्यदल गठन गरिने तथा प्रशासनलाई जनउत्तरदायी, सक्षम, निष्पक्ष, पारदर्शी तथा संघीय प्रणालीअनुरूप बनाउन प्रशासन पुनः संरचना आयोग गठन गरिने पनि संयुक्त साझा कार्यक्रममा उल्लेख छ।दिगो शान्ति र शान्ति सुरक्षाको प्रत्याभूतिका लागि विस्तृत शान्ति, सम्झौतालगायतका सम्झौता, सहमति र निर्णयो कार्यान्वयन गरी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याइने, सबै द्वन्द्व र समस्याहरूलाई वार्ता र संवादको आधारमा शान्तिपूर्ण किसिमले व्यवस्थापन र समाधान गरिनुका साथै नेपाल सरकार र नेकपा माओवादीबीच भएको सम्झौताका प्रावधानहरूअनुरूप ६ महिनाभित्र जनमुक्ति सेनाका लडाकूहरूको समायोजन तथा पुनर्स्थापना र हतियारको व्यवस्थापन गरिने कार्यक्रममा उल्लेख छ।संघीय लोकतान्त्रिक, गणतान्त्रिक मूल्य, मान्यता र परिस्थितिअनुरूप नयाँ राष्ट्रिय सुरक्षा नीति तय गर्न तथा सुरक्षा क्षेत्रको पुनः संरचना गर्न उच्चस्तरीय सुरक्षा आयोग गठन गरिने र शान्तिकालमा सेनालाई विकास निर्माणका काममा परिचालन गर्ने नीति लागू गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।शान्तिसम्झौतामा उल्लेखित राष्ट्रिय शान्ति तथा पुनर्निर्माण आयोग, उच्चस्तरीय सत्य निरूपण तथा मेलमिलाप आयोग, समावेशीकरणसमेतका लागि राज्यको पुनः संरचना आयोगसम्बन्धी उच्चस्तरीय सुझाव आयोग, बेपत्ता पारिएकाहरूको खोजी गर्ने आयोग, भूमिसुधार आयोग गठन गरिने पनि कार्यक्रममा उल्लेख छ।हिंसा र द्वन्द्वबाट पीडित तथा विस्थापितहरूको उद्धार, राहत, पुनर्स्थापना र सहायताका लागि विशेष कोषको व्यवस्था गरिने र पीडित क्षेत्रका जनतालाई राहत पुर्याउन सहभागितामूलक कार्यक्रम सञ्चालन गर्ने, द्वन्द्वका कारण नष्ट भएका भौतिक संरचनाहरूको निर्माणलाई उच्च प्रँथमिकता दिइने, मजदुर, सुकुम्बासी र गरिबीको रेखामुनि रहेका जनतालाई अत्यावश्यक वस्तुहरू सुपथ मूल्यमा उपलब्ध गराउने, प्राकृतिक प्रकोप र द्वन्द्वका कारण मर्कामा परेका तथा गरिबीको रेखामुनि रहेका साना किसान र साना घरेलु उद्यमीहरूले लिएको निश्चित सीमाको ऋण मिनाहा गर्ने पनि कार्यक्रममा उल्लेख छ।देशका सबै क्षेत्रको सन्तुलित विकास तथा जनभावना र देशको आवश्यकताअनुरूप राष्ट्रिय योजना आयोगको संरचनाको पुनरवलोकन गरी रूपान्तरित गरिने र तत्कालीन तथा अल्पकालीन, मध्यकालीन र दीघकालीन विकासका कार्यक्रम तथा रणनीतिको पुनरवलोकन गरिने भएको छ।वैज्ञानिक भूमि सुधार र समग्र भूउपयोगको नीति लागू गर्दै जमिनमा भूमिहीन तथा जोताहा किसानको पहुँच कायम गरिने, राष्ट्रिय औद्योगिकरणलाई उच्च प्राथमिकता दिइने, जनतालाई सेवा प्रदान गर्नुपर्ने संस्थानहरूको व्यवस्थापन सुधार गरी सस्तो सुलभ र प्रभावकारी सेवा उपलब्ध गराउने, लोडसेडिङको अन्त्य र ग्रामीण विद्युतीकरणलाई विशेष जोड दिइने पनि कार्यक्रममा समावेश गरिएको छ।भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र न्याय सम्पादनसम्बन्धी निकायलाई सुदृढ र प्रभावकारी बनाइने, जनजाति, आदिवासी, दलित, पिछडिएका समुदायका जनताका लागि शिक्षा, स्वास्थ्य र रोजगारीका लागि विशेष कार्यक्रम लागू गर्ने, राष्ट्रिय साक्षरता अभियान सञ्चालन गरिने, आधारभूत स्वास्थ्यलाई जनताको मौलिक हकका रूपमा सुनिश्चित गर्ने, तर्राईमा पूवपश्चिम रेलमार्ग निर्माण तथा सञ्चालन, नयाँ अन्तर्राष्ट्रिय हवाई अड्डा निर्माण, विभिन्न किसिमका राजमार्ग निर्माण गर्ने पनि कार्यक्रममा समावेश गरिएको छ।कर्णाली क्षेत्रको विकासका लागि विशेष कार्यक्रम सञ्चालन गरिने, विकासका दृष्टिले पछाडि परेका मध्यपश्चिम र सुदूरपश्चिमलगायतका जिल्लामा विशेष कार्यक्रम सञ्चालन गरिने, पूरै देशलाई छुवाछूतमुक्त इलाका घोषणा गरिने, महिलाविरुद्धका सबै प्रकारका विभेद समाप्त गर्ने, युवाहरूको समस्यालाई समाधान गर्न युवा तथा खेलुकद मन्त्रालयको स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।अब बन्ने सरकारका मन्त्रीहरूले पदमा बहाल रहँदा र पदमुक्त भएपछि आ�नो सबै सम्पत्ति विवरण र्सार्वजनिक गर्नुपर्ने, मन्त्रीका आफन्त वा परिवारका सदस्यहरूका लागि कुनै किसिमको अनुचित सुविधा उपलब्ध गराउन नपाउने, कसैबाट महँगा उपहार र आर्थिक लाभ लिन नहुने, अनावश्यक र औचित्यहीन महँगा भ्रमण कार्यक्रममा संलग्न नहुने, मन्त्रिपरिषद्भित्र मतमतान्तर भएका विषयहरूमा र्सार्वजनिक विवाद नगर्ने, र्सार्वजनिक सञ्चारमाध्यमलाई निष्पक्ष राखी सबैका विचारलाई समान किसिमले प्रचार गर्ने व्यवस्था मिलाउनेलगायतका १९ बुँदे मन्त्रीहरूका लागि आचारसंहितासमेत बनाइएको छ।राष्ट्रिय संयुक्त सरकार सञ्चालनको सामान्य विधि र मान्यतामा मन्त्रिपरिषद्का सदस्यहरूबीच कम्तीमा हप्ताको एकपटक राष्ट्रिय सवालमा अनौपचारिक छलफल र समीक्षा गर्ने, मन्त्रीहरूले नियुक्त भएको एक हप्ताभित्र सम्पत्ति विवरण र्सार्वजनिक गर्ने, सरकारले संविधानसभा र नेपाली जनताप्रति पूर्ण रूपमा उत्तरदायी भई काम गर्नेलगायत १३ बुँदा रहेका छन्।संयुक्त सरकारलाई सुचारुरूपले अगाडि बढाउन राजनीतिक सहमति जुटाउन तथा नीति निर्णयलिने काममा सहयोग पुर्याउन माओवादी, एमाले र फोरमका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक समन्वय समिति पनि गठन गरिने भएको छ। समन्वय समितिको कार्यसम्पादनका लागि एक सचिवालय रहने, समन्वय समितिमा संयुक्त सरकारमा सहभागी राजनीतिक दलले तोकेका प्रतिनिधिहरू व्यवस्था गरिएको छ।