News

Sep 26, 2013

३३ दलद्वारा आमहड्तालसहितका आन्दोलन घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१० असोज,नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले मंसिर ४ को चुनाव सक्रिय बहिस्कार गर्ने भन्दै आमहड्तालसहितका आन्दोलन घोषणा गरेका छन् । माओवादी पार्टी कार्यालय बुद्धनगरमा बिहीबार बसेको ३३ दलीय मोर्चाले असोज १३ गतेदेखि मंसिर ५ गतेसम्मका आन्दोलनका कार्यक्रम तय गरेको हो । घोषित कार्यक्रममा १३ गते सबै जिल्ला निर्वाचन कार्यलयलाई कार्यान्वयन नगर्न सचेतता पत्र बुझाउने, १६ गते चुनाव बहिस्कारको प्रचार गर्ने र १७ गते चार दलका शीर्ष नेताहरुको पुत्ता लगाउने छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार १० गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको दिन हो । यसअघि असोज १० गतेको उम्मेदवारी दर्तालाई लक्षित गरेर ३३ दलले ९ र १० गते नेपाल बन्दको घोषणा गरेको थियो । तर, निर्वाचन आयोगले उम्मेदवारी दर्तालाई १७ गते सारेपछि ३३ दललाई दशैंको मुखमा बन्द आहृवान गर्न संकट परेको एक नेताले बताए । असोज १९ गतेदेखि कात्तिक १ गतेसम्म घरदैलो अभियान चलाउने र उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ताका लागि पत्राचार गर्ने, सरकारी कर्मचारी र सुरक्षाकर्मीलाई चुनावमा साथ नदिन अपील गर्ने घोषणा गरेका ३३ दलीय मोर्चाले कात्तिक २ गतेबाट उम्मेदवारलाई जिल्ला तथा गाउँ प्रवेशमा रोक लगाउने, उम्मेदवारको घर अगाडि कालो झण्डा गाढ्ने र सामाजिक बहिस्कार अभियान सञ्चालन गर्ने बताएको छ । चार दलका शीर्ष नेताहरु गएका समयमा जिल्ला बन्द गर्ने, बुथ बुथमा युवाहरुको बहिस्कार टोली खटाउने र कात्तिक २५ देखि मंसिर ५ गतेसम्म आहमड्ताल गरी मंसिर ४ को चुनावलाई सक्रिय रुपमा बहिस्कार गर्ने ३३ दलको कार्यक्रम छ । 
मुलुक सैन्य शासनतर्फ 
आन्दोलनका कार्यक्रम घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा माओवादी सचिव देव गुरुङले मुलक सैन्य शासनतर्फ उन्मुख भएको बताउनु भयो । चुनावमा सेना परिचालन गर्ने निर्णय शान्ति सम्झौता विपरित भएको भन्दै उहाँले भन्नुभयो-’सेना परिचालन गरेर चुनाव गर्न खोजिएको होइन् । प्रकारान्तरले मुलुकको सत्ता प्रधानन्यायाधीशश हुँदै जंगी शासनतिर लैजाने षड्यन्त्र भइरहेको छ ।’ 
भारतीय गाडी गुड्न नदिने 
३३ दलीय मोर्चाले असोज १७ गतेदेखि नेपालमा भारतीय सवारी साधान गुड्न नदिने घोषणा गरेका छन् । ३३ दलले भारतीय सुरक्षाकर्मी नेपाल प्रवेशमा रोक्नु पर्ने, भारतबाट भित्रिएको भनिएको वर्ड फ्लुबारे छानविन गर्नु पर्ने, माथिल्लो कणर्ाली र अरुण तेस्रोको पीडीए गर्ने तयारी रोक्नु पर्ने, हालै नेपाल आएको अमेरिकी सैन्य विमानले ल्याएको सामानबारे जानकारी दिनु पर्ने लगायतका माग समेत अघि सारेका छन् ।

राजदुत मायाकुमारी शर्मालाई पदमुक्त गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सरकारले कतारका लागि नेपाली राजदुत मायाकुमारी शर्मालाई पदमुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले कतारका लागि नेपाली राजदुत मायांकुमारी शर्मालाई पदमुक्त गर्ने निर्णय गरेको हो । राजदुत शर्माले कतारलाई नेपालीहरुका लागि खुला जेल भएको भनी विवादास्पद अभिब्यक्ति दिएपछी उनी आलोचित बन्दै आएकी थिइन् । यस्तो अभिव्यक्ति दिएपछि नेपालका लागि कतारी राजदुतले समेत उनलाई हटाउन नेपाल सरकारलाई आग्रह गरेका थिए । उनी एकीकृत माओवादीको भागवण्डामा राजदुतमा नियु्क्त भएकी थिइन् ।

सयौँ माओवादी कार्यकर्ता एमालेमा प्रवेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सयौँको संख्यामा नेकपा–माओवादी र एकीकृत माओवादीका कार्यकर्ता नेकपा–एमालेमा प्रवेश गरेका छन्। एमाले पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले गत संविधानसभाको निर्वाचनमा उम्मेद्वारा बनेका एकीकृत माओवादीको नेता मीनबहादुर विष्ट, माओवादी सेनाका पूर्व कम्पनी भिसी डम्म सुनार सहित १५० जना, एमाओवादी राज्य समिति सदस्य जयवीर बुढाको नेतृत्वमा ३५०, एकीकृत माओवादीका राज्य समिति सदस्य अर्जुन कटुवालको नेतृत्वमा १५० जना, एमाओवादी एरिया नं. ८ का सेक्रेटरी शेरबहादुर खड्काको नेतृत्वमा २०० जना, अनेरास्ववियु क्रान्तिकारी पूर्व जिल्ला कमिटि कोषाध्यक्ष उपेन्द्र विष्ट सँगै जिल्ला कमिटी सचिवालय सदस्य मनीराम उपाध्यसको नेतृत्वमो २५ जना गरेर दुई माओवादीबाट नेकपा एमालेमा सायौँ कार्यकर्ता प्रवेश गरेका हुन् । पार्टीमा आएका नेकपा–माओवादी र एकीकृत माओवादीका कार्यकर्ता र नेतलाई एमाले अध्यक्ष झलनाथ खनालले सयपत्री फुलको माला र अबिर लाएर स्वागत गरे ।