News

Mar 31, 2012

संघीयवादी विद्यार्थीहरूको भेला त्रिवि कीर्तिपुरमा नयाँ नेतृत्व चयन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेवाः काठमाडौं २०६८ चैत्र १०,''सम्पूर्ण संघीय गणतन्त्रवादी विद्यार्थीहरू जातीय (राष्ट्रिय) मुक्तिका लागि एक होऔं'' भन्ने नाराका साथ त्रिभुवन विश्व विद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा अध्ययनरत् विभिन्न क्षेत्र र सङ्कायका विद्यार्थीहरूको विशेष भेला सम्पन्न भएको छ । यही चैत्र १० संघीय मञ्च तथा सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन 'मिराक'को प्रमुख आतिथ्यमा सेडा हल कीर्तिपुरमा सम्पन्न सो भेलाले तारा लावतीको अध्यक्ष १९ सदस्यीय संघीय विद्यार्थी युनियन त्रि. वि. कीर्तिपुर क्याम्पस इकाई समितिसमेत पुनर्गठन गरेको छ । नव गठित संघीय विद्यार्थी युनियन क्याम्स इकाई समिति त्रि. वि. कीर्तिपुरका पदाधिकारी तथा सदस्यहरूमा क्रमशः अध्यक्ष तारा लावती (पु.), उपाध्यक्ष विष्णु चेम्जोङ (म.), उपाध्यक्ष रामकुमार सम्बाहाङ्फे, सचिव नन्दकुमार वनेम, अर्थ-सचिव अविनाश आङ्बुहाङ, जन संगठन सचिव डम्बर सेर्मा, सूचना तथा सञ्चार सचिव स्थानिम मेन्याङबो, प्रशिक्षण तथा शैक्षिक सचिव अर्जुन कुलुङ, खेलकुद तथा साँस्कृतिक सचिव नन्दहाङ लिम्बू, सदस्यहरूमा किशन योञ्जन, कल्पना साम्पाङ, प्रश्न खालिङ, मकर दुमी राई, पुनम सुब्बा, प्रदीप राई, डिकु इधिङ्गो, मञ्जु लिङ्दम, मोदनाथ दाहाल र यमता पन्धाक रहनुभएको छ । उपरोक्त इकाई समिति चयन गर्ने बन्द सत्रका अध्यक्ष मण्डल सदस्यहरूमा संघीय विद्यार्थी युयियन उपत्यका समितिका शिशिर निङ्लेकू (अध्यक्ष), संघीय विद्यार्थी युनियन लिम्बुवानका उपाध्यक्ष पुष्पा थलङ (सदस्य), लिम्बुवान भोलेण्टियर्स उपत्यकाका संयोजक दुर्गा ओख्राबू (सदस्य) र किरण सिगू सदस्य रहनुभएको थियो ।
संघीय विद्यार्थीहरूको सो भेलाका अन्य विशेष अतिथिहरूमा त्रि. वि. क्याम्पस समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभागका प्राध्यापक डम्बर चेम्जोङ, संघीय मञ्चका महासचिव खगेन्द्र माखिम र अतिथिहरूमा लिम्बुवान उपत्यकाका शिबकुमार पाङगेनहाङ, उपाध्यक्ष विष्णुकुमार यक्सो; संघीय विद्यार्थी युनियनका अध्यक्ष लाहाङ चेम्जोङ, उपत्यका अध्यक्षः शिशिर निङ्लेकू; लिम्बू विद्यार्थी मञ्च त्रि. वि. इकाई समितिका अध्यक्ष मञ्जु लिङ्दमलगायत रहनुभएको थियो । भेलामा प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरूले संघीयता र लिम्बुवान, खम्बुवान, तामाङसालीङ, नेवाः, मगरात, तमुवान, थरुहत, मैथिल र खसान लगायतका स्वायत्त राज्यहरुको संवैधानिक सुनिश्चितताको आवश्यकता र यसका लागि संघीय गणतन्त्रवादी विद्यार्थीहरुले खेल्नुपर्ने भूमिका बारे प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।

तेह्रथुममा ऐतिहासिक संघीय-लिम्बुवानी आमसभा हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मेयङ्लुङ तेह्रथुम, लिम्बुवान, २०६८ चैत्र १५ ''२०६८ चैत्र १९ गते मेयङलुङ, तेह्रथुम् जाऔं, संघीयता र लिम्बुवानका लागि विशाल संघीय लिम्बुवान आमसभा सफल पारौं'' भन्ने नाराका साथ संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति, तेह्रथुम लिम्बुवानले यही चैत्र १९ गते मेयङलुङ तेह्रथुममा विशाल संघीय-लिम्बुवान आमसभा आयोजना गर्दैछ । संविधानसभाबाट ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सप्तकोशी-सङ्खुवाखोलापूर्वका ९ जिल्लाहरूलाई लिम्बुवान स्वायत्त राज्य घोषणासहितको संविधान जेष्ठ १४ नै जारी गरिनुपर्ने; आई. एल. महासन्धि १६९, यूएनडि्रप र आत्मनिर्णयको अधिकार र समानुपातिक सहभागीताको संवैधानिक सुनिश्चितता गरिनुपर्ने माग राखी यो आमसभाको आयोजना गरिएको हो । यस आमसभालाई संघीय मञ्च तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक' एवम् अन्य केन्द्रीय नेतृत्वहरूले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
आयोजक मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति तेह्रथुम्, लिम्बुवानद्वारा प्रकाशित पोष्टरमा- ''२१ औं शताब्दीको लिम्बुवान स्वायत्त राज्य अरुण-सप्तकोशीपूर्व ९ जिल्लाका सम्पूर्ण लिम्बुवावासी आदिवासी जनजाति, बाहुन, खस-क्षेत्री, दलित, मधेशी, मुस्लिम, महिलाहरूको साझा, सम्मृद्ध र सह-अस्तित्वसहितको हुने'' उल्लेख छ । यसैगरी, सम्पूर्ण लिम्बुवानवासी जनसमुदायहरूलाई सम्बोधन गरी सो आमसभाको प्रचार-प्रसारका लागि प्रकाशित एक अपीलमा भनिएको छ-
''संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले १८ दिने लिम्बुवान आन्दोलनपश्चात २०६४ फागुन १८ गते राज्यसँग पाँचबुँदे सहमति गरी संविधानसभाको चुनावमा सहभागी भई ऐतिहासिक पृष्ठभूमिको आधारमा सङ्खुवाखोला-अरुण-सप्तकोशीपूर्वको ९ जिल्लाहरू झापा, मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा, तेह्रथुम, ताःप्लिजोङ, पान्थर र इलामलाई लिम्बुवान स्वायत्त राज्य घोषणा गराउन निरन्तर आन्दोलन अघि बढाइरहेको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्ष नेपालअन्तर्गत अरुण-सप्तकोशीपूर्वका भू-भाग जुन ऐतिहासिक पृष्ठभूमि बोक्नुका साथै भौगोलिक हिसाबले हिमाल, पहाड, तराई; दुई छिमेकी देशसँग सीमा जोडिएको पर्यटकीय रुपमा मनोरम दृष्य फक्ताङलुङ (कुम्भकर्ण), सेन्छेलुङ (कञ्चनजंघा) हिमशृङ्खलाको काखमा रहेको; जलस्रोतको हिसाबमा अरुण र तमोर लगायत सयौं नदीहरूद्वारा सिञ्चित सबै जातजातिहरूको साझा थलो साँस्कृतिक सङ्गमस्थल पर्यायवरणीय हिसाबमा उपयुक्त राज्य पुनर्संरचनाको आधार पहिचान र सामर्थ्य दुबै हिसाबले उपयुक्त भएको ९ जिल्लालाई आत्मनिर्णयको अधिकारसहित लिम्बुवान स्वायत्त राज्य घोषणा गराउने आन्दोलनलाई थप उचाईमा पुर्‍याउन हजारौं जनताको सहभागीतामा यही २०६८ चैत्र १९ गते मेयङलुङमा विशाल लिम्बुवानी आमसभाको आयोजना गरिएको छ । मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषददका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक' द्वारा सम्बोधन हुने आमसभालाई सफल बनाउन सम्पूर्ण लिम्बुवानवासी, लिम्बुवानप्रेमी, संघीय गणतन्त्रवादी जनसमुदायहरू स्वःस्फर्ुत रुपमा सहभागी भईदिन हुन हार्दिक आह्वान गर्दछौं ।''
आयोजक जिल्ला कार्य समिति तेह्रथुमका अध्यक्ष देवनाराण सम्बाहाङ्फे र उपाध्यक्ष विशाल कुरुम्बाङका अनुसार यो ऐतिहासिक संघीय लिम्बुवान आमसभाको तयारी गर्ने कार्य एक्दमै होसियारी, मजबुत र तीव्रतका साथ भइरहेको छ । सो आमसभामा तेह्रथुमको आठराई, फेदाप, र छथर थुमबाट जनमास औनेछन् | साथै, छिमेकी जिल्लाहरू संखुवासभा, धनकुटा, धरान, पान्थर र तप्लिजोङ्बाट समेत लिम्बुवान प्रेमी जनमासको सहभागिता हुने बताइएको छ | यस आमसभामा स्थानीय विभिन्न जनजातिहरुको साँस्कृतिक झाँकीहरुसमेत प्रस्तुत गरिने कार्यक्रम छ । उक्त आमसभाको प्रत्यक्ष प्रशारण लिम्बुवाभर सुनिने गरी स्थानीय एफ एम तथा इन्टरनेट माध्यम वेबसाइट www.nepalisamachar.com र फेसबुक www.facebook.com/limbuwanstate वा Limbuwan Nepal मार्फत संसारभर हेर्न र सुन्न मिल्नेगरी लाइभ वेबकाष्टसमेत गरिनेछ ।
डीबी आङ्बुङ लिम्बू

गुगल र एप्पल अदालती युद्ध गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र १७ - एप्पलका संस्थापक स्टिभ जब्स जीवित छँदा प्रतिज्ञा गरेका थिए, 'आइफोनको पेटेन्ट चोरेर आइफोनकै बजार लिने गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमलाई ठीक लगाउन युद्ध गर्ने ।' गत वर्ष सार्वजनिक उनको बायोग्राफीमा पनि 'जीवनको अन्तिम समयसम्म एप्पलको प्रत्येक पैसा गुगलको गलत कामको विरुद्धमा खर्च गर्ने' बताएका थिए । 'म एन्ड्रोइडलाई ध्वस्त पार्छु,' उनले भनेका छन्, 'किनकि यसले सबै चोर्‍यो । त्यसैले यसविरुद्ध युद्ध गर्छु ।' उनको कम्पनीले एन्ड्रोइडमाथि तीव्र रूपमा कानुनी आक्रमण सुरु गर्‍यो । आईओएस -आइफोन अपरेटिङ सिस्टम) सँगै चर्चा पाएको एप्पललाई गुगलले एन्ड्रोइड बजारमा पाएको सफलतापछि रिस उठेको हुनुपर्छ र दर्जनौं मुद्दा हाल्यो पनि । तर एन्ड्रोइड अझै ध्वस्त भएको छैन । धेरै मुद्दा एप्पलको पक्षमा भएनन् । कमैमा मात्र विजय हासिल गर्‍यो । एप्पलले हालै सामसुङ र मोटोरोलाविरुद्ध एप्पलले पेटेन्ट चोरीको मुद्दा हालेको छ । यो मुद्दा अमेरिकी अदालतमा छ । अनि मुद्दामा आरोप छ, यी दुई कम्पनीका स्मार्ट फोन र ट्याब्लेट कम्प्युटरमा एप्पलको प्रविधि चोरी गरे ।
एप्पलले जित्यो भने यी कम्पनीहरूले धेरै ठूलो क्षति बेहोर्नु पर्नेछ । अनि धेरै पैसा बुझाउनु पर्नेछ । त्यसपछि स्मार्ट फोनको मूल्य अकासिने अनुमानसमेत छ । यसबाट एप्पलले धेरै सफलता पाउनेछ । एप्पल र गुगलको अप्रत्यक्ष युद्धको कारण हो बजार प्रतिस्पर्धा । आईओएसको बजार एप्पलको अपरेटिङ सिस्टम प्रयोग गर्ने स्मार्ट फोन लिन थाले । अनि कानुनी प्रतिस्पर्धामा आयो एप्पल । स्मार्टफोन, ट्याब्लेट पीसीका साथै ल्यापटप बजारमा चर्चा पाएका एप्पल कानुनी रूपमा सफल भएका छैनन् । तर प्रतिस्पर्धामा उसले नै अगुवाइ गरेको छ । नयाँ प्रविधि पस्कन माहिर एप्पल बजारमा आफ्नो दबदबालाई भने विस्तारै गुमाउँदैछ । त्यसैले स्मार्ट युवाहरू स्मार्ट फोन रोज्दा एप्पलमात्र रोज्दैनन् । गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम भएको मोबाइल पनि खोज्छन् । नेपाली बजारले पनि देखाउँछ कि एन्ड्रोइड बजार कस्तो छ भन्ने । नेपाली युवा अहिले एप्पलको आइफोन भन्दा गुगल एन्ड्रोइड अपरेटिङ सिस्टम खोज्छन् ।
गुगल अपरेटिङ सिस्टम भएको मोबाइल एप्पलको तुलनामा धेरै सस्तो पर्ने भएकाले पनि यो रोजाइ बनेको हो । अनि सुविधा र एप्सहरूको आधारमा एन्ड्रोइड पनि कम छैन । मोटोरोलादेखि सामसुङ, एचटीसीदेखि भारतीय ब्रान्डमा समेत एन्ड्रोइड अपरेटिङ सिस्टम फिट भएका छन् । अनि ती उत्पादनले नेपाली बजारमा चर्चा पाएका छन् ।
विश्वमा पनि यही क्रम सुरु भयो । गत वर्ष स्मार्ट फोन बजारमा एन्ड्रोइड प्रयोग गर्ने सामसुङले एप्पललाई उछिन्यो । त्यसैले गुगलले बजार विस्तारै गुमायो । अनुसन्धान संस्था आइडीसीअनुसार एन्ड्रोइडले सन् २०११ मा विश्व स्मार्टफोन बजारमा ५० प्रतिशत हिस्सा लिएको छ । सन् २००९ मा स्मार्ट फोन बजारमा एन्ड्रोइडको हिस्सा २ दशमलव ८ प्रतिशतमात्र थियो । सन् २०११ मा यो बढेर ३३ प्रतिशत पुगेको छ । एप्पलको बजार प्रभुत्व भएको अमेरिकी बजारमा पनि एन्ड्रोइड प्रतिस्पर्धामा आएको छ । अमेरिकाको २५ प्रतिशत स्मार्ट फोन बजारमा एन्ड्रोइडको छ । सन् २०१० मा एन्ड्रोइडविरुद्ध कानुनी युद्ध सुरु गरे पनि एप्पलको वृद्धिदर घटेको छ । सन् २०११ मा आईओएसको बजार हिस्सा १९ प्रतिशतमा मात्र सीमित भयो । सन् २०११ को जून महिनाको तथ्यांकमा विश्वमा एक दिनमा ५ लाख ५० हजार एन्ड्रोइड डिभाइस थप हुन्छन् । त्यसअघि मासिक ४ लाख डिभाइसमात्र एक्टिभ हुन्थे ।
अहिले २० करोडभन्दा बढी एन्ड्रोइड डिभाइस चलिरहेको अनुमान छ । गुगलले स्मार्ट फोन बजारमा आफ्नो अपरेटिङ सिस्टम निःशुल्क रूपमा दिएको छ । अनि स्मार्ट फोन बनाउने कम्पनीले यसलाई प्रयोग गरिरहेका छन् । विश्लेषकहरू गुगल आफैंले फोन बनाएर बिक्री नगरेकाले गुगलविरुद्ध सोझै मुद्दा भने नपरेको बताउँछन् । बौद्धिक सम्पत्तिको अधिकारसँगै गुगल र एप्पलबीच चलेको युद्ध कता जानेछ हेर्न बाँकी छ । यी दुई कम्पनीको प्रतिस्पर्धाकै कारण धेरैको हातमा स्मार्ट फोन पुगेकोमा शंका छैन । अझ माइक्रोसफ्टले पनि पछिल्लो समयमा तातेर लागेको मोबाइल अपरेटिङ सिस्टममा पनि त यो प्रतिस्पर्धामा आउँला । अनि अझै तात्नेछ, स्मार्ट फोन बजार र चर्केला विवाद पनि ।

चीनमा विद्रोहको हल्लाले ६ पक्राउ केही वेवसाइट बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेइजिङ, चैत १८ (एजेन्सी)-चीनमा सत्ता विरुद्ध विद्रोह भएको भन्ने हल्ला फैलाएको आरोपमा केही वटा लोकपृय वेवसाइटलाई बन्द गरिनुकासाथै लगभग ६ जनालाई पक्राउ गरिएको छ। बेइजिङमा सेनाका वाहनहरू देखिएको र त्यहाँ केही अप्रत्याशित भएको भन्ने हल्ला फैलाएको आरोपमा १६ वटा वेवसाइटलाई बन्द गरिएको राजधानीको प्रहरीलाई उदृत गर्दै सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ। उक्त हल्ला इन्टरनेट मार्फत फैलिएपछि अन्तर्राष्ट्रिय संचार माध्यमले पनि यस सम्बन्धमा चाँसो लिएको थियो।

पतिले आफ्नै पत्‍नीको गुप्ताङ्गमा भाला प्रहार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत १८- ताप्लेजुङको चांगेमा एक पतिले आफ्नै पत्‍नीको गुप्ताङ्गमा भाला प्रहार गरेका छन्। चांगे-८ निवासी अन्दाजी ५० वर्षे नरबहादुर साँवाले शुक्रबार साँझ ४० वर्षीया पत्‍नी अमृता लिम्बुको गुप्ताङ्गमा भला प्रहार गरेका हुन्। उनी भला प्रहारका कारण गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय दोभानका अनुसार बंगुर मार्न प्रयोग गरिने भाला प्रहार गरिएको थियो। घाइते लिम्बुको गुप्ताङ्ग बाहिर ठूलो चोट नदेखिए पनि भित्रिभागमा असर हुनसक्ने भन्दै स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि धरानको घोपातर्फ लगिएको छ। भाला प्रहारपछि नरबहादुर फरार रहेको उनको खोजीका लागि प्रहरी सहायक निरीक्षक तुकमान लिम्बुको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएको इन्चार्ज दोभान प्रहरी चौकीका इन्चार्ज लिलानाथ बजगाइँले जानकारी दिए।

मधेसी नेताद्वारा फेरि मुलुक टुक्रने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत १८,पटक-पटक मुलुक टुक्रने चेतावनी दिँदै आएका मधेसकेन्द्रित दलका नेताले फेरि मुलुक टुक्रन सक्ने चेतावनी दिएका छन्। मन्त्रीसमेत रहेका राजेन्द्र महतोले सङ्घीयताविना संविधान ल्याइए मुलुक टुक्रने चेतावनी दिएका हुन। उनले मधेस विरोधीको औंला काट्ने आफ्नो पुरानो धम्की यस पटक पनि दोहोर्‍याए। राजधानीको टुँडिखेलमा आयोजित सभामा उनले यस्तो बताएका हुन। सङ्घीयताविनाको संविधान जारी नगर्न चेतावनी दिने उद्देश्यले आयोजित सभामा अहिले मधेसी मोर्चाका अन्य नेताहरु बोलिरहेका छन्।

द्वन्द्वपीडितहरुको सिंहदरबार अगाडि प्रर्दशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानविन आयोग गठनका लागि प्रमुख राजनीतिक दलहरुबीच सहमत भएको बेला द्वन्द्वपीडितहरुले आफ्ना समस्या सम्बोधन हुने गरी आयोग गठन गर्न माग गरेका छन् । द्वन्द्वपीडितहरुले आज सिंहदरबार अगाडि प्रर्दशन गर्दै सो माग गरेका हुन् । अदालतको फैसला कार्यान्वयन गर्न र द्वन्द्वपीडितलाई न्याय दिलाउन गरी आयोगको कामकारवाहीलाई विश्वसनीय बनाउन पनि उनीहरुको माग गरेका छन् । प्रर्दशनमा द्वन्द्वकालमा माओवादी तथा सरकारी पक्षबाट पीडित दुवै पक्षहरु सहभागिता भएका हुन् ।

ट्राफिक प्रहरी कार्यालयमा शक्तिशाली बम विष्फोट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अज्ञात्त समूहले महोत्तरीको जलेश्वर स्थित ट्राफिक प्रहरी कार्यालयमा शक्तिशाली बम विष्फोट गराएको छ । बम बिष्फोटबाट ट्राफिक प्रहरी कार्यालयको भवन क्षतिग्रस्त भएको छ । भर्‍याङ र शौचालय पूर्णरुपमा भत्केको जिल्ला प्रहरी कार्यालय महोत्तरीका उपरीक्षक सुरज केसीले बताएका छन् । आज विहान भएको सो विष्फोटपछि जलेश्वरबाी त्रसित भएका छन् । प्रहरी सहायक निरीक्षकसहित ८ जना प्रहरी बस्ने सो कार्यालयमा भएको बिष्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन । बम विष्फोटको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन । विष्फोटपछि सो क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।

Mar 30, 2012

लडाकू नेपाली सेनालाई हस्तान्तरण गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत १७,नयाँ वानेश्वरमा भएको सेना समायोजन विशेष समितिको बैठकले समायोजनमा जाने माओवादी लडाकुलाई चैत मसान्तभित्र नेपाली सेनालाई हस्तान्तरण गर्ने निर्णय गरेको छ। विवादित विषयमा शीर्ष नेताको तहबाट भएको सहमतिअ कार्यान्वयन गर्न बसेको विशेष समितिको बैठकले शुक्रबार यस्तो निर्णय गरेको हो। बैठकले लडाकूको पुनर्वगीकरण तत्काल थाल्ने र हतियार सरकार मातहात ल्याउने निर्णय पनि गरेको छ। सचिवालयले चैत समान्तसम्ममा समायोजन रोजेका लडाकूहरुलाई नेपाली सेनाको जिम्मा लगाउने र मापदण्ड निर्धारणको जिम्मा सेनालाई नै दिने कार्य योजना बैठकमा पेश गरेको थियो।

Mar 29, 2012

संवैधानिक निकायमा नियुक्तिको मापदण्ड तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र १७ - संवैधानिक परिषद्ले सरकारी सेवासहित वकालत, चिकित्सा, पत्रकारिता, मानव अधिकार प्रवर्द्धनजस्ता विधामा संलग्न योग्य र उच्च नैतिकता भएका व्यक्तिलाई पनि संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्न मिल्ने गरी मापदण्ड स्वीकृत गरेको छ । वैधानिक परिषद्को बिहीबार अपराह्नको बैठकले सबैलाई स्वीकार्य, योग्य, इमानदार व्यक्ति छनोटको मापदण्ड परिमार्जनसहित स्वीकृत गरेको हो ।
प्रधानमन्त्री बाबुराम भट्टराईको अध्यक्षतामा बसेको परिषद् बैठकले परिषद् सचिवालयका तर्फबाट मुख्यसचिव माधव घिमिरेको संवैधानिक नियुक्तिका लागि प्रस्ताव गरेको मापदण्ड परिमार्जनसहित स्वीकृत गरेको परिषद्का सदस्य एवं प्रतिपक्षी दलका नेता राममचन्द्र पौडेलले जनाए । उनका अनुसार परिषद्को आगामी बैठकले संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिको निर्णय गर्नेछ । अर्को बैठक कहिले बस्ने भन्ने मिति भने तय गरिएको छैन । 'परिषद्ले संवैधानिक निकायमा नियुक्तिका लागि योग्य, इमानदार र उच्च नैतिकता भएको व्यक्ति छनोट गर्ने मापदण्ड संशोधनसहित पारित गरेको छ' पौडेलले भने । संवैधानिक परिषद् सचिवालयका सचिव जयमुकुन्द खनालले संवैधानिक निकायहरूमा रिक्त पदाधिकारीमा उच्च नैतिकता भएको, सक्षम, योग्य र इमानदार र सम्बन्धित आयोगका लागि अनुभवप्राप्त र सबैलाई स्वीकार्य व्यक्ति नियुक्त गर्ने मापदण्ड परिषद् बैठकले पारित गरेको जनाए ।
मापदण्डमा निजामती, न्याय, प्रहरी, सेना, शिक्षकसहित सम्पूर्ण सार्वजनिक सेवामा मुख्यसचिव र विशिष्ट श्रेणी -सचिव) बाट अवकाशप्राप्त या प्रथम श्रेणी -सहसचिवसरह) को पदमा १५ वर्ष कार्य गरेको व्यक्ति संवैधानिक निकायको प्रमुख आयुक्त/अध्यक्ष र सदस्य/आयुक्त नियुक्तका लागि योग्य हुने व्यवस्था गरिएको खनालले बताए । उनले संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्ति गर्न संविधानमा भएको व्यवस्था अझ व्यवस्थित र पारदर्शी बनाउन परिषद्ले मापदण्ड पारित गरेको जनाए । उनका अनुसार, संवैधानिक निकायमा नियुक्त हुने व्यक्तिको पदाधिकार कम्तीमा ४ वर्ष रहेको हुनुपर्ने अनिवार्य व्यवस्था छ । संवैधानिक निकायका पदाधिकारीले ६५ वर्षमा अनिवार्य अवकाश पाउँछन् । यो व्यवस्थाअनुसार संवैधानिक निकायमा नियुक्त हुन ६१ वर्ष वा सोभन्दा कम उमेरको व्यक्तिमात्र योग्य हुनेछन् । मापदण्डको यो व्यवस्थाका कारण ६१ वर्ष कटेको या नियुक्त भएपछि पदाधिकार ४ वर्षभन्दा कम रहने व्यक्ति संवैधानिक निकायमा नियुक्त हुन पाउने छैनन् ।

संवैधानिक निकायलाई समावेशी बनाउन दलित, आदिवासी, जनजाति, महिला, मधेसी र पिछडिएको वर्गका योग्यता पुगेको व्यक्तिको हकमा सहसचिव भएको १५ वर्ष पुगेको या पदावधि कम्तीमा चार वर्षभन्दा बढी रहेको हुनुपर्ने व्यवस्थालाई सरलीकरण गरी केही सहुलियत दिइएको छ । अर्थात् दलित, आदिवासी, जनजाति, महिला, मधेसी र पिछडिएको वर्गको व्यक्तिको हकमा संवैधानिक निकायमा नियुक्त हुन सहसचिव भएको १५ वर्ष पुगेको र पदावधि ४ वर्षभन्दा कम बाँकी रहेका व्यक्तिले समेत पदाधिकारी नियुक्त हुन पाउने व्यवस्था गरिएको जानकारी खनालले दिए ।
मापदण्डमा सरकारी सेवाबाहेकका वकालत, चिकित्सा, पत्रकारिता, मानव अधिकारजस्ता विभिन्न पेसा र नागरिक समाजका विभिन्न विधामा अविछिन्न रूपमा २५ वर्ष कार्यरत योग्यता पुगेको व्यक्तिसमेत संवैधानिक निकायमा नियुक्त गर्न योग्य हुने व्यवस्था गरिएको छ । यसअघि विभिन्न सरकारी सेवाबाहेक अन्य क्षेत्रका व्यक्तिलाई संवैधानिक नियुक्त गर्ने व्यवस्था थिएन । संवैधानिक निकायमा नियुक्त हुन स्नातकोत्तर तह उत्तीर्ण हुनुपर्नेछ । प्रधानमन्त्री भट्टराईले आफूले भनेअनुसार छिटो संवैधानिक निकायमा रिक्त पदमा नियुक्त गर्न नसके पनि नियुक्तिको मापदण्ड र नियुक्त हुन योग्यहरूको रोस्टर तयार भएको छ । रोस्टरमा निजामती, प्राध्यापनसहित सरकारी सेवाबाट अवकाशप्राप्त व्यक्तिहरूको बाहुल्य छ । रोस्टरमा नाम नभए पनि योग्यता पुगेको सक्षम र उच्च नैतिकता भएको व्यक्ति छ भने परिषद्ले त्यस्तालाई समेत संवैधानिक निकायमा नियुक्त गर्न सक्नेछ । तर, रोस्टरमा योग्यता पुगेका व्यक्ति पर्याप्त मात्रामा छन् भने बाहिरबाट नियुक्ति हुने सम्भावना कम रहने जानकारी परिषद्का एक सदस्यले दिए । मापदण्ड बने पनि महत्त्वपूर्ण ४ संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, महालेखा परीक्षक र निर्वाचन आयोगमा अध्यक्ष/प्रमुख आयुक्त तथा सदस्य/आयुक्तमा कसलाई नियुक्ति गर्ने भन्नेबारे ठूला तीन दलबीच भागबन्डा मिलेको छैन । छिटो नियुक्ति गर्न परिषद्को अर्को बैठकअघि प्रमुख ३ माओवादी, कांग्रेस र एमालेबीच राजनीतिकस्तरमा सहमति भइसक्नु जरुरी रहेको स्रोतले जनायो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त आफ्नो सिफारिसमा हुनुपर्ने अडानमा प्रमुख तीनै दल छन् । अख्यितार प्रमुखकै कारण संवैधानिक नियुक्तिमा ढिलाइ हुँदै आएको हो ।

गाई मारेको अभियोगमा समातिएका व्यक्तिलाई छोड्नु पर्ने माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गत सोमबार ललितपुरको गोदाम चौरमा गाई मारेको अभियोगमा समातिएका तीन व्यक्तिलाई जनजाति महासंघले विना सर्त छोड्नु पर्ने माग राखेका छन्। बुधबार ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई महासंघले ज्ञापनपत्र बुझाउँदै उक्त माग राखेको हो। 'गाई मारेको झुठो अभियोगमा जनजाति समुदायको श्रीसम्पत्तिमा आगजनी, हानि नोक्सानी र क्षति पुर्‍याएको र ज्यान मार्ने उद्योग समेत गरेको घट्ना प्रति घोर आपत्ति व्यक्त गर्दछौं', सातबुँदे मागसहितको ज्ञापनपत्रमा छ, 'गिरफ्तार व्यक्तिहरुलाई विना सर्त स-सम्मान छोड्नु पर्ने जोडदार माग गर्दछौं।

गायिका शाकिराले टुँडिखेलमा डान्स गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बारुली कम्मर गज्जबसित फनक्क घुमाउँदै बेली डान्स देखाएर दर्शकलाई पागल बनाउने कोलम्बियाली गायिका शाकिरा नेपाल आउने भएकी छिन्। एसिया टुरको क्रममा उनी नेपाल आउने र टुँडिखेलमा डान्स देखाउने भनिएको छ। विश्वकप २०१० को आधिकारिक गीत ‘वाकावाका’ले चर्चाको शिखरमा पुर्‍याएकी शाकिराको कन्सर्टको मिति पनि तय भइसकेको अन्नपूर्ण पोस्टले दावी गरेको छ- २०६९ असोज ७ गते। शाकिराको आधिकारिक वेबसाइटमा भने यसबारे केही उल्लेख छैन। तर उनलाई नेपाल ल्याउन लागेको आडिसी इन्टरनेसनलका सीमान्त गुरुङले भने शाकिरा आउने निश्चित भइसकेको र सम्झौता समेत भइसकेको दावी गरेका छन्। गुरुङसमेत रहेको ओडिसी र जेपीआरले पहिलो पटक ब्रायन एडम्सलाई दशरथ रंगशालाको कन्सर्टमा उतारेको थियो।

नेपाली महिलालाई अमेरिकामा १० बर्ष कैद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिकाको न्युयोर्कको क्वीन्समा बस्ने नेपाली महिला दावा लामा, २३ वर्ष, लाई क्वीन्स न्युयोर्कको एक अदालतले नवजात शिशुको हत्या गरेको अभियोगमा दोषी ठहर गरि १० बर्ष कैद सजाय सुनाएको छ । लामाले गतबर्ष मे १० तारेखमा न्युयोर्कको एल्महष्र्ट अस्पतालको वाथरुपमा बच्चालाई जन्म दिएर इमर्जेन्सीको वाथरुपमा रहेको फोहरदानीमा नवजात शिशुलाई छाडेर आफ्नो डेरामा फर्केकी थिइन । अस्पतालको कर्मचारीले वाथरुपमा रगतको टाटा देखिपछि खोज्नेक्रममा फोहरदानीमा वच्चा फेला परेको थियो । अस्पतालमा बच्चा जन्माएर डेरामा आएर सुतेकी उनलाई डेरामा आएको दुई घण्टापछि पुलिसले गिरफ्तार गरेको थियो । बच्चा जन्मेको भोलीपल्ट उपचारको क्रममा बच्चाको निधन भएपछि उनलाई हत्याको अभियोगमा मुददा दायर गरिएको थियो जसको फैसला गत सोमवार गरियो । अदालत स्रोतका अनुसार, उनको १० वर्षको सजाय पुरा भएपछि उनलाई नेपाल फर्काइने (Deportation) छ । र उनको जेलयात्रा अप्रिल १० तारेखदेखि शुरु हुनेछ । उनले आफु गर्भवती भएको कुरा आफ्नो आमा र केटासाथीलाई पनि नभनेको वताइएको छ । पारिवारीक स्रोतका अनुसार, उनीहरुले गर्भवती भएको बारेमा सोधखोज गर्दा मोटाएको हो भनेर ढाँट्ने गरेको थिइन । दावा लामा चारवर्ष अघि नेपालबाट आफ्नो आमासँगै आएर यहाँ व्युटिसियनको रुपमा काम गर्थिन् । न्युयोर्क राज्यको कानुन अनुसार वच्चा जन्मिएको पाँच दिनसम्ममा नवजात शिशुलाई अस्पताल वा दमकलका कर्मचारीको जिम्मा लगाएर कानुनी रुपमा नै छोड्न सकिन्छ । सायद उनले अमेरिकाको कानुनी व्यवस्था नेपालको जस्तै ठानेर होला अनि यहाँको अस्पताल नेपालको जस्तो मानेर होला उक्त पाप कर्म रोज्न पुगिन । जसले गर्दा उनको अमेरिकी सपना जेलको साँघुरो कोठामा कैद हुन पुग्यो ।

मूल्यवृद्धिको विरोधमा चक्काजाम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र १६ - सरकारले पछिल्लो पटक पेट्रोल, डिजेल र मट्टीतेलमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विभिन्न विद्यार्थी सङ्गठनले आज एक घन्टा चक्काजाम गरेका छन् । विभिन्न विद्यार्थी सङ्गठनले बिहान ८ देखि ९ बजेसम्म प्रत्येक शैक्षिक संस्था अगाडि चक्काजाम गरेका हुन् । अनेरास्ववियु आरआरका अध्यक्ष नेत्र मैनालीले सरकार र विद्यार्थी सङ्गठनबीच विगतमा भएको सहमति कार्यान्वयन नगरी पटकपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेकोप्रति गुनासो गरे । उनले सरकारले आफ्नो मागप्रति बेवास्ता गरे कडा आन्दोलनमा जाने चेतावनी दिए । विद्यार्थीले आजदेखि यही चैत १९ गतेसम्म प्रत्येक शैक्षिक संस्थाअगाडि सरकारी गाडी चल्न नदिने र बिहान एक घन्टा प्रत्येक शैक्षिक संस्था अगाडि एक घन्टा चक्काजाम गर्ने बताएका छन् । गत सोमबार राति बसेको नेपाल आयल निगमको बैठकले मङ्गलबारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थमा प्रतिलिटर रु चारका दरले मूल्यवृद्धि गरेको थियो ।

राज्य पुनः संरचनाबारे आज पनि संविधान सभामा फरक फरक धारणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत १६- संविधान सभाको आजको बैठकमा पनि राज्य पुनःसंरचना उच्चस्तरीय आयोगको सुझाव प्रतिवेदनमाथि सभासद्हरुले बोल्ने क्रम जारी छ। यस क्रममा बोल्ने सांसदहरुले पृथक पृथक धारणा प्रस्तुत गरिरहेका छन्। संविधान सभाको आजको बैठकमा सभाध्यक्ष सुवास नेम्बाङले दलीय आधारमा सभासद्हरुका लागि बोल्न छ घन्टा समय निर्धारण गरिदिएका छन्। प्रतिवेदनमाथि आफ्नो धारणा राख्दै एनेकपा (माओवादी)का हिसिला यमीले जातीयता र क्षेत्रीयताको आधारमा प्रदेश विस्तार गर्नुपर्ने बताउँदै त्यस क्रममा सामर्थ्य र पहिचानलाई पनि ध्यान दिनुपर्ने बताए। नेपाली कङ्ग्रेसका जीवनप्रेम श्रेष्ठले राज्यको पुनःसंरचना गर्दा सामर्थ्य र पहिचानलाई सबैले मानेको हो, आयोगको अल्पमतको सुझाव विवाद समाधानका लागि बलियो आधार बन्नसक्छ भने। नेकपा (एमाले) का विष्णु पौडेलले आयोगले समस्या समाधान गर्नेभन्दा पनि थप्ने काम गरेको भन्दै पहिचान र सामर्थ्य नै राज्य पुनःसंरचनाको मूल आधार हो भने।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका ओमप्रकाश यादवले जातीय आधारमा नामाङ्कन गर्ने सुझाव स्वीकार्य छैन, मधेस एउटा जात होइन क्षेत्र हो, सबै जात र संस्कृतिलाई समेट्ने गरी प्रदेश निर्माण गर्नुपर्ने बताए।
मधेसी जनअधिकार फोरमका रामशाहप्रसाद यादवले संविधान सङ्घीयताबिना स्वीकार्य हुन नसक्ने बताए। तमलोपाकी वसन्ती झाले मधेस आन्दोलनको प्रमुख माग स्वायत्त मधेसको माग हो भन्दै यो भावनासँग खेलवाड हुने काम भइरहेको छ बताइन्। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सरिता यादवले स्थानीय सरकारसहितको सङ्घीयताको अपेक्षा गरिएको हो, बिनासङ्घीयताको संविधान आयो भने सम्पूर्ण मधेसी पार्टी र मधेसी जनताले स्वीकार गर्दैन भने। तमलोपा नेपालका गोविन्द चौधरीले आदिवासी, जनजाति, मुस्लिम, पिछडिएका वर्गमात्र होइन हिमाल, पहाड र तराई सबै क्षेत्रका जनताको अधिकार नखोसिनेगरी राज्य पुनःसंरचना होस् भनेका थिए।
राष्ट्रिय जनशक्ति पार्टीका डा प्रकाशचन्द्र लोहनीले दलहरुले भागवण्डा लाएर आयोगमा सदस्यहरु राखेकाले अहिले प्रतिवेदनमाथि असन्तुष्टि आएको बताउँदै नामको बारेमा धेरै जातिको झझल्को आउने गरी राख्न सकिन्छ तर एउटै जातिको मात्र मुख्य मन्त्री हुने कुराले तनाव बढाउन सक्छ भने। तीन दिनदेखि सभासद्हरुले आयोगको प्रतिवेदनमाथि संविधान सभाको बैठकमा आफ्ना धारणा राखिरहेका छन्।

लिवियामा भएको पछिल्लो झडपमा ७० भन्दा बढीको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत १७ (एजेन्सी)-लिबियामा पछिला केही दिनमा कबिला विच भएका झडपमा ७० भन्दा बढीको ज्यान गएको छ। दक्षिणी सहर साभामा भएको उक्त झडपमा १ सय ५०भन्दा बढी घाइते भएको लिवियाली सरकारका प्रवक्ता नासेर अल मानाले बताएका छन्। दंगा प्रभावित क्षेत्रमा थप सुरक्षाकर्मी परिचलन गरिएको पनि उनले बताए। कबिलामा कसले शासन चलाउने भन्ने विषयमा बिबाद भएपछि दंगा भएको बताइएको छ। स्थानीय तोबु कबिलाका नेताले प्रतिद्धन्दी गुटको एक व्यक्तिको हत्याको आरोप लागेकालाई शासन सुम्पन अस्विकार गरेपछि उक्त दंगा भएको बतइएको छ।

माघमा गरिएको अन्तर मन्त्रालय कर्मचारी सरुवाको पत्र आजबाट बाड्न सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सामान्य प्रशासन मन्त्रालयले यो वर्षको माघमा गरेको कर्मचारीहरुको सरुवाको पत्र आजबाट बाँड्न सुरु गरेको छ । उपसचिव सम्मका १ हजार ८ सय ९ जना कर्मचारीको माघ महिनामै अन्तर मन्त्रालय सरुवाको निर्णय भएपनि कर्मचारीहरुले सो निर्णयको विरोध जनाएपछि स्थगित बन्न पुगेको थियो । सो सरुवा माथि कर्मचारी संगठनहरुले आपत्ति जनाउँदै विरोध समेत गरेपछि आज पत्र बाँड्ने क्रममा पनि मन्त्रालयमा सुरक्षा व्यवस्थाको कडाई घेरा भित्र रहेर बाडिँदै छ । मन्त्रालयमा छिर्ने दुई वटा गेटमध्ये एउटाबाट मात्र कडा सुरक्षा जाँचपछि कर्मचारीलाई भित्र लगेर सरुवाको पत्र थमाउने कार्य भइरहेको छ । यसअघि पनि सिंहदरबार भित्रै मन्त्रालय परिसरमा कर्मचारीहरले नाराबाजीसहित प्रदर्शन गरेकाले पनि आज त्यसो हुन नदिन सुरक्षा व्यवस्था कडाई गरिएको हो । सरुवाको विषय विवास्पद बनेपछि यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरुवा रद्द गर्न निर्देशन दिएको थियो । तर पछि मन्त्रीपरिषदको बैठकबाट सो निर्णय बारे छलफलपछि मन्त्री परिषदले मन्त्रालयलाई मापदण्ड अनुसार काम गर्न निर्देशन दिएसँगै अख्तियारले पनि सोही अनुसार निर्देशन दिएको थियो ।

सेनाको हेरिकप्टर र श्री एयरको हेलिकप्टर ठोक्कियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली सेनाको हेलिकोप्टरले श्री एयरलाईन्सको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिराखेको एम आइ–१७ हेलिकोप्टरलाई ठक्कर दिएको छ । एन्टी एयरक्राफ्ट हाइज्याकिङ तालिमको अभ्यास गरिरहेको सेनाको हेलिकोप्टरले श्री एयरलाइन्सको हेलिकोप्टरको पखेटामा ठक्कर दिएको थियो । ठक्करबाट सेनाको हेलिकप्टमा कुनै क्षती नभए पनि श्री एयरको हेलिकप्टरमा मात्र क्षती पुगेको छ । ठक्करबाट सेनाका दुई जना घाइते भएका छन्। चैत्र २३ गते हुने एक कार्यक्रमका लागि सेनाको हेलिकोप्टर अभ्यासमा थियो ।

Mar 28, 2012

पेट्रोलियको मुल्यबृद्धि विरुद्ध विद्यार्थी संगठनहरुद्वारा आन्दोलन सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल आयल निगमले मंगलबारबाट गरेको पेट्रोलिय पदार्थको मुल्यबृद्धि विरुद्ध विद्यार्थी संगठनहरुले आन्दोलन सुरु गरेका छन् । १३ विद्यार्थी संगठनले औपचारिक रुपमा आन्दोलनको कुनै तयारी नगरे पनि प्रमुख विद्यार्थी संगठनहरु अनेरास्वीयू, नेविसंघ र यूवा संघ नेपालले आजबाट आन्दोलन सुरु गरेका छन् । यसक्रममा एमाले समर्थित विद्यार्थी संगठन अनेरास्वीयू र यूवा संघ नेपालले आज अपरान्ह १ बजे राजधानीको प्रर्दशनीमार्गबाट विरोध सभा गरेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दैछ । अनेरास्वीयू अध्यक्ष माधव ढुङगेलले आज विरोध प्रर्दशन पछि चरणबद्ध आन्दोलनको कार्यक्रम त्यहीबाट घोषणा गर्ने र आगामि चैत १७ र १८ गते केन्द्रीय कमिटिको बैठक बसेर ब्यवस्थित रुपमा आन्दोलनको घोषणा गर्ने जानकारी दिए । नेपाल विद्यार्थी संघका नैनसिंह महरका अनुसार मूल्य बृद्धि फिर्ता लिन दबाब दिनका लागि पहिलो चरणका आन्दोलन अन्तर्गत मुलुक भरिका जिल्ला सदरमुकाम र क्याम्पसमा विरोध सभा र कालो झन्डा प्रदर्शन गरिने छ । साथै प्रमुख जिल्ला अधिकारी मार्फत मूल्यबृद्धि फिर्तालिन ज्ञापन पत्र बुझाइने पनि उनले बताए । यसअघि १३ विद्यार्थी संगठनसँग भएका सम्झौता कार्यान्वयन नगरेको, राज्य व्यापारिक योजना अनुसारमात्रै चलेको र जनताप्रति उत्तरदायी नरहेको भन्दै उनीहरु आन्दोलनमा जाने भएका हुन् ।

संस्थापनले वैद्य समूहसँग सम्झौता नगर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र १५ - माओवादी संस्थापन समूहले शान्ति र संविधानमा उपाध्यक्ष मोहन वैद्य समूहसँग सम्झौता नगर्ने निर्णय गरेको छ । बुधबार बिहान पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बसेको संस्थापन समूहको अनौपचारिक केन्द्रीय समितिको बैठकले शान्ति र संविधानमा सम्झौता बाहेकका विषयमामात्र वैद्य समूहसँग छलफल गर्ने निर्णय गरेको स्थायी समिति सदस्य वर्षमान पुनले जानकारी दिए । वैद्य समूहको आग्रहअनुसार नै संस्थापनको अनौपचारिक बैठक बसेको उनले जानकारी दिए । 'किरण (वैद्य)जीहरुको आग्रहमै संस्थापनको अनौपचारिक बैठक बसेको हो,' नेता पुनले संवाददाताहरुसित भने, 'आधिकारिक बैठक नराख्दा पार्टी एकताका लागि सहज हुन्छ भनेपछि संस्थापन समूहकोमात्रै अनौपचारिक बैठक बसेको हो ।'वैद्य समूहले छुट्टै कार्यक्रम घोषणा गरेकाबेला संस्थापन समूहले पनि त्यस्तै जनपरिचालनका कार्यक्रम सार्वजनिक गरेको छ । संस्थापन समूहले चैत २४ गते जनआन्दोलन दिवस मनाउने, २२ अप्रिल (बैशाख ८)मा पार्टी स्थापना दिवस मनाउने, शान्ति, संविधान र मजदुर अधिकारका लागि मे १ मा मजदुर दिवस मनाउने निर्णय गरेको छ ।
स्थायी समिति सदस्य पुनका अनुसार बैठकले बैशाख १ गते बहिर्गमनमा परेका अयोग्य लडाकु र स्वैच्छिक अवकास रोजेका लडाकुहरुको आधिकारिक संगठन घोषणा गर्ने निर्णय गरेको छ । यसैगरी जेठ १४ भित्र शान्ति र संविधान पूरा गर्न अभियान सुरु गर्ने निर्णय भएको पुनले जानकारी दिए । माओवादी प्रवक्ता दीनानाथ शर्माका अनुसार वैद्य समूहसँग नजुध्नेगरी संस्थापनले कार्यक्रम घोषणा गरेको हो । 'एक अर्काका कार्यक्रम नजुधाउने सहमति पहिल्यै भएको थियो,' शर्माले भने ।

पार्टी नफुट्ने दाहाल दाबी
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले वैद्य पक्षसँगका अन्तर्संघर्षबारे जानकारी दिएका थिए । 'अध्यक्षले किरणसँगका छलफलहरु सकारात्मक रहेको जानकारी गराउनुभयो,' प्रवक्ता शर्माले भने, 'पार्टी फुट्ने अवस्थामा नपुगेको अध्यक्षको निष्कर्ष थियो ।'दाहालले शान्ति र संविधानका विषयमा कांग्रेस र एमालेसँगका छलफल सकारात्मक रहेको धारणा राखेका थिए । उनले तोकिएकै समयमा जेठ १४ भित्रै दुवै प्रक्रिया सकिने बताएको शर्माले जानकारी दिए ।

हङकङमा धाइ आमाको काम गर्ने विदेशीले नागरिकता नपाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हङकङ, चैत १५ (एजेन्सी)-हङकङको उच्च अदालतले बुधबार यहाँ धाइआमाको काम गरिरहेका विदेशी महिलालाई यहाँको नागरिकताका लाग निवेदन दिने अधिकार नभएको निर्णय गरेको छ। नपाउने निर्णय गरेको छ। तीन जना न्यायाधिसको वेन्चले गत सेप्टेम्बरमा तल्लो अदालतले दिएको त्यस निर्णयलाई उल्टाइदिएको छ, जस अनुसार फिलपिन्सका महिलालाई नागरिकताका लागि निवेदन दिने अधिकार भएको बताइएको थियो। हङकङमा सात वर्ष वसेपछि स्थाई बसोबासका लागि निवेदन दिन सकिन्छ। तर फिलिपिन्सका ति महिलालाई त्यो अधिकारबाट वन्चित राखिएको छ।

६९ सालमा शनिवार बाहेक ३५ दिन सार्वजनिक विदा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालमा जनताको अधिकारलाई स्थपित गर्ने २००७ साल फागुण ७ गतेको उपलब्धिको सम्मानमा पन्चायतले समेत मनाएको प्रजातन्त्र दिवस नमनाएको बर्तमान सरकारले आगामि २०६० सालमा दोस्रो जनआन्दोलनपछि नेपाली जनताले पाएको लोकतन्त्रको सम्झनामा बैशाख ११ गते विदा सँगै मनाउँदै आएको लोकतन्त्र दिवसका दिन विदा कटौती गरेको छ । आगामि वर्ष जम्म शनिवार ५३ दिन र पर्व र विभिन्न दिवसकोलागी ३५ दिने विदा छुट्टयाईएको छ । सार्वजनिक बिदामा वैशाख १ मा नयाँ वर्ष, वैशाख २४ मा किराँत राई लिम्बुको उभौली पर्व, साउन १८ मा जनै पूर्णिमा, गौरा पर्व पर्ने दिन, इस्लाम धर्मावलम्बीको पर्व इदुल्ल फित्रका दिन, मंसिर ४ मा छठ पर्व, इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इदुल जोहा) का दिन, पुस १० मा इसाई धर्मावलम्बीको पर्व क्रिसमस पुस १३ मा किराँत पर्व उधौली र ज्यापु दिवस, पुस १५ मा तमु ल्होसार, माघ १ मा माघी पर्व एवं छन्त्याल जातिको राष्ट्रिय पर्व, माघ २९ मा सोनम ल्होसार, फागुन २५ मा महिला दिवस, फागुन २७ मा शिवरात्रि, फागुन २९ मा घ्याल्चो ल्होसार, फागु पूर्णिमाका दिन तराई–मधेसका जिल्लाबाहेक देशभर चैत १३ मा र फागुन १४ मा तराई मधेसका जिल्लामा सार्वजनिक बिदा दिइने छ ।
असोज ३० मा घटस्थापना, कार्तिक ५ देखि १० (फूलपातीदेखि द्धादशीसम्म), कार्तिक २८ देखि ३० सम्म तिहार बिदा, वैशाख १९ मा विश्व मजदुर दिवस, जेठ १५ मा गणतन्त्र दिवस, माघ १६ मा सहिद दिवस, फागुन ७ मा प्रजातन्त्र दिवस, वैशाख २४ मा बुछ जयन्ती, साउन २५ मा श्रीकृष्ण जन्माष्टमी, रामनवमीमा सार्वजनिक बिदा दिइएको छ । महिला कर्मचारीलाई पुरुषको भन्दा तीन दिन बढी सार्वजनिक बिदा दिइएको छ । उपत्यकाका हकमा साउन १९ मा गाईजात्रा, असोज १३ मा इन्द्रजात्रा, मछिन्द्रनाथको भोटो देखाउने जात्राका दिन, चैत २८ मा घोडेजात्रा, महिला कर्मचारीका हकमा असोज २ मा हरितालिका तीज, असोज ४ मा ऋषि पञ्चमी र जितिया पर्व पर्ने दिन –उक्त पर्व मनाउने महिला कर्मचारीलाई मात्र) तथा फागुन ४ का दिन शिक्षण संस्थाहरु मात्र सार्वजनिक बिदा दिइनेछ ।

संविधानसभाको म्याद थपको बाटो बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र १५ - सर्वोच्च अदालतले संविधानसभाको म्याद सम्बन्धी फैसला पुनरोवलकोनका लागि दिइएको निवदेनमा गरिएको दरपीठ सही भएको ठहर गरेको छ । सर्वोच्चको उक्त निर्णयसंगै संविधानसभको म्याद थपिने कानुनी बाटो बन्द भएको छ । न्यायाधीश कमलनारायण दासको एकल इजलाशले बुधबार सर्वोच्च प्रशासनले पुनरावलोकन निवदेनमाथि गरेको दरपीठलाई सदर गरेको हो । प्रधानमन्त्री बाबुराम भट्टराई र सभामुख सुवासचन्द्र नेम्वाङले दरपीठ विरुद्ध निवेदन दिएका थिए । सर्वोच्च प्रवक्ता हेमन्त रावलले दरपीठलाई न्यायाधीश दासको इजलाशले सदर गरेको बताए । सर्वोच्च अदालतले मसिंर ९ गते संविधानसभाको म्याद पुनः थप्न नपाइने फैसला दिएको थियो । प्रधानन्यायाधीश खिलराज रेग्मी सहित सर्वोच्चका पाँच न्यायाधीशको विशेष इजलाशले जेठ १४ भित्र संविधान बने पनि नबनेपनि जेठ १५ बाट संविधानसभाको म्याद सकिने फैसला सुनाएको थियो । दरपीठ सदरसंगै यसअघि सर्वोच्चले गरेको फैसला नै अन्तिम भएको छ । सर्वोच्चले अब पनि निर्धारित मितिमा संविधान नबने जनमत संग्रहमा जाने निर्णय दिएको थियो । उक्त फैसलाले संविधानको मर्म मिचेको भन्दै प्रधानमन्त्री तथा सभामुखका तर्फबाट पुनरावलोकनका लागि दिइएको निवेदन सर्वोच्च प्रशासनले दरपी(दर्ता गर्न नमिल्ने) गरी फर्काएको थियो । सर्वोच्च प्रशासनले दरपीठ गरेको न्यायसंगत नभएको भन्दै पुनः प्रधानमन्त्री भट्टराई र सभामुख नेम्वाङ अदालत पुगेका थिए ।

बुधबार बिहान गएको भूकम्पबाट ताप्लेजुङमा तीन घर क्षतिग्रस्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बुधबार बिहान सुनसरी र सप्तरीको दक्षिणी सीमाना केन्द्र विन्दु बनाएर गएको भूकम्पले ताप्लेजुङको तीन घरमा क्षति पुगेको छ। बिहान ५ बजेर २५ मिनेटको समयमा गएको ५ दशमलव २ रेक्टरस्केलको भूकम्पबाट ताप्लेजुङ खेवाङ-४ का गायत्री पौडेल, ओदराज दाहाल र बछलादेवी भट्टराइको घरको भित्ता लडेर क्षतिग्रस्त भएको जनाइएको छ । गत असोजमा गएको भूकम्पपछि घर भत्किने डरले घरभित्र अन्न पात र लत्ताकपडामात्र राखेर मानिसहरु पालमुनि बसेकाले कुनै मानवीय क्षति भने हुन नपाएको बताइएको छ।

Mar 27, 2012

सङ्घीयताबारे संविधान सभामा व्यापक मतभेद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत १४- संविधान सभाको मङ्गलबारको बैठकमा राज्य पुनःसंरचना सुझाव उच्चस्तरीय आयोगले दिएको प्रतिवेदनमाथि छलफल भयो। बैठकको प्रारम्भमा भाग लिँदै एकीकृत नेकपा (माओवादी) का अमिक शेरचनले गणतान्त्रिक सङ्घीय शासन प्रणालीमा प्रवेश गर्न लागेको अवस्थामा दलहरु सहमति र सहकार्यको संस्कारबाट अघि बढ्नुपर्ने बताए। उनले आयोगको प्रतिवेदनभन्दा राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँट समितिको प्रतिवेदन नै व्यावहारिक र जनताको चाहनाअनुरुप रहेको धारणा पनि राखे। आयोगले चितवन जिल्लालाई चार टुक्रा पारेकोमा आपत्ति जनाउँदै सभासद् शेरचनले चितवनलाई टुक्र्याउने कुनै पनि प्रस्ताव आफूलाई मान्य नहुने र चितवन राजधानीबाट नजिक रहेकाले यसलाई केन्द्र शासित प्रदेश बनाउनुपर्ने उल्लेख गरे। सङ्घीयतामा जाने कि नजाने भन्ने कुराका बारेमा अब छलफल गर्नु औचित्यहीन छ, यो अन्तरिम संविधानमा नै समावेश भएको कुरा हो भन्दै सभासद् शेरचनले कसरी सङ्घीय राज्यलाई व्यवस्थित गर्ने भन्ने बारेमा मात्र छलफल हुनुपर्छ भने।
नेपाली कङ्ग्रेसका डा रामशरण महतले राज्य पुनःसंरचना आयोगले दलगत भावनाभन्दा माथि उठेर राष्ट्रिय दृष्टिकोणबाट प्रस्ताव आउँछ भन्ने अपेक्षा गरिए पनि सहमति भइसकेका विषयलाई समेत विवादमा पारेको धारणा राखे। उनले सामर्थ्य, पहिचान, भौगोलिक, प्रशासनिक आधारहरुलाई उल्लङ्घन गरी जातीय आधार मात्र दृष्टिगत गरी आयोगले सीमा निर्धारण गरेको बताए। आयोगको अल्पमतको प्रतिवेदनले जिल्लाहरुको अस्तित्वलाई समेटेको उल्लेख गर्दै धेरै प्रान्त बनाउँदा जनतालाई बढी आर्थिक भार पर्ने र राज्यले समेत आर्थिक भार थेग्न नसक्ने तर्क सभासद् डा महतले गरे। नेकपा (एमाले)का भीम रावलले राज्यको सिमाङ्कन गर्दा राष्ट्रको अखण्डता, सार्वभौमसत्ता, सामाजिक सद्भाव र जनताको बृहत्तर हितलाई ध्यान दिइनुपर्ने कुरामा जोड दिए। देशलाई सातवटा प्रदेशमा मात्र विभाजन गर्नुपर्ने धारणा राख्दै १०३ जातजाति रहेको मुलुकमा जातीय आधारमा प्रदेश छुट्याउन नहुने र आत्मनिर्णयको अधिकार र अग्राधिकारले जातीय द्वन्द्व सिर्जना गर्ने तर्क दिए।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का प्रमोद गुप्ताले मधेस प्रदेशलाई आयोगको प्रतिवेदनले टुक्रा गरिनु आपत्तिजनक बताए। उनले सङ्घीयताबिनाको संविधान आए आफ्नो दललाई मान्य नहुने, प्रदेशहरुलाई विशेष अधिकार दिइनुपर्ने धारणा राखेका थिए। मधेसी जनअधिकार फोरम, नेपालका रेणु यादवले आयोगको प्रतिवेदनमा आफ्नो पार्टीको समर्थन छैन भन्दै प्रतिवेदनले मधेसलाई दुई टुक्रामा पारी जातीय पहिचानलाई उपेक्षा गरेको धारणा राखे। तराई मधेस लोकतान्त्रिक पार्टीका वृजेशकुमार गुप्ताले अहिले हामीले जसरी भए पनि आगामी १४ जेठभित्र जनतालाई नयाँ संविधान दिएर आ–आफ्नो दलको प्रतिष्ठा बचाउनुपर्ने धारणा राखे। उनले आयोगको प्रतिवेदनले गरेको प्रदेशको सिमाङ्कन वैज्ञानिक नभएको धारणा राख्दै पूर्णरुपले संविधान निर्माणका लागि इमान्दारीका साथ छलफल गरी अघि बढ्नुपर्ने सुझाव दिए। तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका चन्दन साहले प्रतिवेदनले देशका ५० प्रतिशत मधेसी जनताको भावनालाई उपेक्षा गरी आत्मनिर्णयसहितको मधेस प्रदेशलाई विभाजन गरिएको गुनासो गरेका थिए।

भारतीय माओवादीद्वारा पन्ध्र प्रहरीको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुम्बई , चैत्र १४,भारतीय माओवादीले मंगलबार बारुदी सुरुङ विस्फोट गराई कम्तीमा पनि १५ जना भारतीय प्रहरीको हत्या गरेको छ ।भारतको महाराष्ट्र राज्यमा सोमबार गस्तीमा रहेको प्रहरीको सवारीलाई लक्षित गरी सो बारुदी सुरुङ विस्फोट गराएको भारतीय समाचार समिति प्रेस ट्रष्ट अफ ईण्डियाले जनाएको छ ।महाराष्ट्र राज्यको पूर्वी भागमा गराइएको भनिएको सो विस्फोटमा सो हत्या भएको बताइएको छ । सो बम विस्फोटका बारेमा थप जानकारी भने केही नआएको पनि समाचारमा जनाइएको छ ।सो विस्फोटमा परी अरुपनि केहीको हताहति भएको हुनसक्ने बताइएको छ । सो हताहति र घाइतेका बारेमा थप समाचार प्राप्त हुन सकिरहेको छैन ।

बर्खास्त मन्त्री दत्त भन्छन् : महन्थबाहेक मोर्चाका सबै नेता लुटमा मस्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत १४, प्रधान मन्त्रीले सोमबार राति अकस्मात बर्खास्त गरेका कृषि तथा सहकारी मन्त्री नन्दनकुमार दत्तले मधेसी मोर्चाका नेतामध्ये महन्थ ठाकुरबाहेक सबै अहिले लुट गर्नमा मस्त भएको बताएका छन्। त्यस्ता नेताबारे भण्डाफोर गर्ने चेतावनी पनि उनले दिएका छन्।
रिपोर्टर्स क्लब नेपालले मङ्गलबार आयोजना गरेको साक्षात्कारमा दत्तले भने– मलाई सफाईका लागि एक मिनेट पनि समय नदिई बर्खास्त गरियो। सफाईको मौका दिएको भए आफैं राजिनामा दिने तयारीमा रहेको खुलासासमेत उनले गरे। उनले भने– प्रधान मन्त्रीले अवैधानिकरुपमा मलाई बर्खास्त गर्न लागेको थाहा पाएर मैले प्रधान मन्त्रीलाई सफाईको मौका दिनूस् भनेको थिएँ तर मौका नै नदिई हटाउनुभयो। दत्तले आफूलाई बर्खास्त भनिएकामा राजिनामा दिएर त्यसलाई सच्याउन चाहेको भन्दै यति भइसकेपछि पदमा बसिरहने आफ्नो कुनै चाहना नभएको दाबीसमेत गरे।
उनले संसदीय दलको नेताको अनुपस्थितिमा उपनेताले संसदीय दलको बैठक बोलाउनुपर्नेमा अवैधरुपमा बैठक बसेर आफूलाई हटाएको भन्दै संसदीय दलको नेता चयन गर्न पार्टीले निर्वाचन मण्डल गठन गर्नुपर्नेमा त्योसमेत नगरी संसदीय दलको नेता चयन गरिएकोसमेत बताए। दत्तले प्रधान मन्त्री सत्ता टिकाउन अनैतिकरुपमा जे पनि खेल खेल्न तयार रहेको आरोप लगाउँदै मधेसी मोर्चाका चार अध्यक्षलाई खुसी पारेर प्रधान मन्त्री आफ्नो सत्ता टिकाउने खेलमा लागेको दाबी गरे। मधेसी मोर्चामा तमलोपाका अध्यक्ष महन्थ ठाकुरबाहेक सबै नेता कुनै न कुनै बहानामा सत्तामा टिकेर मुलुकलाई लुटखसोट गर्न लागिपरेको आरोप लगाउँदै सत्तामा टाँसिरहने यस्ता नेताको भण्डाफोर गर्ने चेतावनी दिए। उनले बर्खास्तीपछि आफूलाई सार्वजनिकरुपमा नबोल्न पटकपटक धम्की आइरहेको उल्लेख गर्दै जस्तोसुकै परिस्थितिमा पनि आफू अन्याय सहेर नबस्ने स्पष्ट पारे। उनले प्रधान मन्त्रीमा क्षमता, अनुभवको कमीका साथै निरीह रहेको भन्दै मधेसी नेताहरुको चरित्र हत्या गरेर समाप्त गर्ने षडयन्त्रमा लागेको आरोपसमेत लगाए।
पार्टीमा भइरहेको षडयन्त्र र अवैध कामविरुद्ध आफूहरु पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने तयारीमा लागेकोसमेत साक्षात्कारमा उनले बताएका थिए। पार्टी अध्यक्ष जेपी गुप्ता जेल गएको तीन दिनदेखि नै आफूविरुद्ध षडयन्त्र सुरु भएको दाबी गर्दै अहिले मन्त्री पदका लागि पार्टीभित्र ठूलो सौदावाजी भइरहेकोले त्यसको गम्भीर अनुसन्धान गर्न अख्तियारलाई आग्रहसमेत उनले गरे। उनले वैधानिक ढङ्गले हटाएको भए उचित हुने तर्क गर्दै टाउको गनेर गरिएको बर्खास्ती लोकतन्त्रको मान्यताविरुद्ध भएको टिप्पणीसमेत गरे।

जनसङ्ख्या विषयको परीक्षाको दिन छात्राले गरिन् जनसंख्या वृद्धि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मङ्गलबारको जनसङ्ख्या विषयको परीक्षाको दिन एक छात्राले छोरालाई जन्म दिएर जनसंख्या वृद्धि गरेकी छिन् । दाङ देउखुरीको गढवा उच्च मावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहेकी जुगमाया चौधरीले परीक्षा दिन जाँदै गर्दा बाटोमै बच्चा जन्माएकी हुन् । बाटोमै बच्चा जन्माएपछि चौधरीले परीक्षा केन्द्रको परिसरभित्र एम्बुलेन्समा बसेर मङ्गलबारको जनसङ्ख्या विषयको परीक्षा दिएकी छिन्। उनलाई आधा घण्टा समय थप गरिएको थियो।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य फेरि बढायो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलवार बिहानदेखि नै लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मुल्यमा प्रतिलिटर ४ रुपैयाँका दरले बढाएको निगमका प्रवक्ता मुकुन्द ढंगेलले जानकारी दिनुभयो । निगम सञ्चालक समितिको सोमबार राती बसेको बैठकले मुल्य बृद्धिको निर्णय गरेको हो । मूल्य बढेपछि अब पेट्रोल प्रतिलिटर १ सय २० रुपैयाँ, डिजेल र मट्टितेल ८९ रुपैयाँ पर्नेछ । यस अघि पेट्रोलको भाउ प्रतिलिटर १ सय १६ रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ८५ रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा मुल्य बढेपछि निगमलाई घाटा बढेको र आपुर्ति सहज बनाउन मुल्य बढाउनु परेको निगमका अधिकारीले बताएका छन् । मूल्य बढाउनु अघि निगमलाई मासिक एक अर्व ३३ करोड रुपैया घाटा थियो ।

Mar 26, 2012

गाई काटेको विषयमा ललितपुरमा तनाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ललितपुर, चैत्र १३ - गाई काटेको विषयलाई लिएर ललितपुरको गोदामचौरमा सोमबार तनाव भएको छ । आइतबार स्थानीय केही युवाले गाई काटेर खाएको विरोधमा छिमेकीले प्रहरीलाई खबर गरेपछि तनाव भएको हो । स्थानीयले गाई काट्ने समूहका घरमा तोडफोड गरेको प्रहरीले जनाएको छ । दुईपक्षीय झडप नरोकिएपछि व्यापक प्रहरी परिचालन गरिएको छ । प्रहरीले गाई काट्ने समूहका दुई जनालाई पक्राउ गरेको छ । उनीहरुको नाम खुलाइएको छैन ।

माओवादी सगरमाथा आरोहण टोली सहयोग माग्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र १३ - नागरिक दबाबपछि सरकारी सहायता फिर्ता गर्ने घोषणा गरेको माओवादीको लुम्बिनी सगरमाथा शान्ति अभियानले सहयोग माग्न थालेको छ । सरकारले दिएको दुई करोड सहयोग चर्को विरोधपछि अभियानले फिर्ता गर्ने गरेको थियो । माओवादी केन्द्रीय सदस्य कृष्ण केसी नेतृत्वको टोलीमा माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाललगायत थिए । टोली सचिव युवराज दुलालले मेगा बैंकमा खाता खोलेर सहयोगका लागि पार्टी निकट पर्यटन व्यवसायीलाई आहृवान गरिएको बताए । पवित्र उद्देश्यले अभियान सुरु गरिएकाले आर्थिक र नैतिक सहयोग हुने उनले विश्वास व्यक्त गरे । सरकारी सहयोग फिर्ता गर्ने आयोजित पत्रकार सम्मेलनमा भने दाहालपुत्र प्रकाशले रत्नपार्कमा पाल टाँगेर तीन करोड नेपालीबाट एक-एक रुपैयाँ सहयोग माग्ने घोषणा गरेका थिए ।

जहाज खरिद प्रकरण नलम्ब्याउन छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र १३ - नेपाल वायुसेवा निगमका लागि जहाज खरिदका विषयमा सरोकारवाला पक्षबीच सोमबार प्रधानमन्त्री कार्यालयमा आनौपचारिक छलफल भएको छ । छलफलका क्रममा प्रधानमन्त्री बावुराम भट्टराईले जहाज खरिद प्रकरणमा भएका अलमल हटाई प्रक्रियालाई मूर्त रूप दिन सम्बद्ध सबैलाई निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय उडानका लागि जहाज किन्न सबै प्रकारका बाधा अड्चन हटाउन सरकार लाग्ने उनले बताए । जहाज खरिदका लागि समस्याका गाँठा फुकाएर अगाडि बढ्नुपर्ने उनको धरणा थियो । जहाज खरिदका विषयमा सर्वोच्चमा लामो समयदेखि थाति रहेको मुद्दा छिटो किनारा लगाइदिन सर्वोच्च अदालतलाई अनुरोध गर्ने बारे पनि बैठकमा छलफफल भएको थियो । प्रधानमन्त्रीले नेपाल वायुसेवा निगमसाग राष्ट्रिय ध्वजावाहक राम्रा जहाज नहुँदा नेपालको पर्यटन क्षेत्रमा गम्भीर नकारात्मक असर परेको बताउँदै यसले गर्दा राज्यले आर्थिक क्षति व्यहोर्नु परिराखेको औंल्याए । उनले विवाद सृजना गर्ने तर नटुंग्याउने प्रवृत्ति गलत भएको पनि बताए । लामो समयदेखि जहाज खरिद गर्ने विषयमा छलफल हुने निर्णय हुने तर कार्यान्वयन नहुने कारण उक्त कार्य अधुरै रहेको छ ।
सरकारले ०६५/०६६ को बजेट भाषणमा २ वटा ठूला जहाज किन्ने घोषणा गरेको थियो । पछि विभिन्न कारणबस त्यो प्रक्रिया अवरुद्ध भयो । सार्वजनिक लेखा समितिले पनि विमान खरिदका लागि नयाँ प्रक्रिया सुरु गर्नुपर्ने निर्देशन दिएको लामो समय भइसकेको छ । विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी विशेष अदालतमा दायर गरेको मुद्दा विशेष अदालतले खारेज गरे तापनि आयोगले पुनः सर्वोच्चमा पुनरावेदन गरेको छ र त्यसको टुंगो लागेको छैन । बैठकमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री लोकेन्द्र विष्ट, भौतिक योजना तथा पुनर्निर्माण मन्त्री हृदयेश त्रिपाठी, माओवादीका सभासद नारायण दाहल, एमालेका सभासद रवीन्द्र अधिकारी, मुख्य सचिव माधव घिमिरे, पर्यटन मन्त्रालयका सचिव, अर्थमन्त्रालयका सचिव, नेपाल वायुसेवा निगमका कार्यकारी प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

तपश्वी संरक्षण संघले बन्धक बनाएर राखेको एक महिलाको उद्धार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तपश्वी रामबहादुर बम्जनको संरक्षण गर्दै आएको बोधी श्रवण धर्म संघले तीन महिनादेखि बन्धक बनाएर राखेको दुई महिला मध्ये प्रहरीले एक महिलाको उद्धार गरेको छ। बम्जनको तपस्या भंग गर्न टुनामुना गर्न खोजेको भन्दै संघले स्लोभाकियाकी ३५ बर्षिय मारिचि र सिन्धुपाल्चोक घर भएकी माता आनी नामकी महिलालाई बन्धक बनाएर राखेको उजुरी परेपछि खोजी गर्दा मारिचीलाई सिमराको लामा होटलबाट प्रहरीले मुक्त गराएको हो। अर्की महिला माता आनीको बिषयमा भने खोजी भईरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। प्रहरीले बम्जनका केही सहयोगिलाई समेत नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ।

सुनामीमा हराएको जापानी जहाज क्यानाडामा फेला पर्‍यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत १२ (एजेन्सी)-गत वर्ष जापानमा आएको भयानक सुनामीमा बगेको फिसिङ सिप (माछा मार्न प्रयोग गरिने जहाज) पश्चिमी क्यानाडाको ब्रिटिस कोलम्बियामा तैरी रहेको अवस्थामा फेला परेको छ। समुन्द्रको अनुगमन गरिरहेको एक विमानले उक्त जहाजको पहिचान गरेको थियो। उक्त जहाजमा कोही पनि नभएको र त्यसबाट पर्यावरणमा कुनै किसिमको खतरा नभएको बताइएको छ। मार्च २०११मा ९ रेक्टर स्केलको भुकम्पपछि जापानमा आएको उक्त सुनामीले ५० लाख टन कबाड समुद्रमा बगाएर लगेको थियो।

फोरम गणतान्त्रिकको बैठकमा मन्त्री र सभासदबीच कुटाकुट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मधेसी जनअधिकार फोरम गणतान्त्रिकको संसदीय दलको बैठकमा मन्त्री र सभासदबीच कुटाकुट भएको छ। संसदीय दलको कार्यालय सिंहदरवारमा विना विभागियमन्त्री राजलाल यादव र सभासद बीपी यादवबीच विवाद हुँदा कुटाकुट भएको हो। पार्टी अध्यक्ष जेपी गुप्ता जेल परेपछि नेतृत्व बिहिन बनेको अवस्थामा दलको बैठकको अध्यक्षता कसले गर्ने भन्ने बिषयमा विवाद हुँदा सभासद् बीपी यादवले मन्त्री राजलाल यादवलाई हातपात गरेका थिए। रातो पासपोर्ट काण्डमा निलम्बित भएका बिपी यादव अचानक बैठक स्थलमा पुगि आफुमाथि कुटपीट गरेको भन्दै मन्त्री यादवले आपत्ति जनाएका छन्।

Mar 25, 2012

बहराइनको दुर्घटनामा तीन नेपालीको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मानामा , चैत्र १२ - बहराइनको राजधानी मानामा नजिकै शुक्रबार भएको सडक दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ । शेख इसा बिन सलमान हाइवे पार गर्ने क्रममा कारले किच्दा ४७ वर्षीय बेलबहादुर पुन, २३ वर्षे कुलप्रसाद पुन फाकामी र २२ वर्षीय टुकराज थापाको मृत्यु भएको हो । उनीहरू गल्फ फेन्सिङ एन्ड स्पेसलिस्ट सर्फसिङ इस्टाब्लिसमेन्ट कम्पनीमा कार्यरत थिए । काम सकेर घर फिर्न कम्पनीको गाडी चढ्न जाने क्रममा कार चालकले नियन्त्रण गुमाई उक्त दुर्घटना भएको थियो । बहराइनी कार चालक पनि गम्भीर घाइते छन् । उनीहरू कार्यरत कम्पनीले 'असल र इमान्दार नेपाली कामदार गुमाएकामा' दुःख प्रकट गरेको छ ।

फेसबुकबाट पतिपत्नी साटासाट विज्ञापन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काइरो , चैत्र १२ - इजिप्टको प्रहरीले एक दम्पत्तिलाई फेसबुकमा आफ्नो घरमा पतिपत्नी साटासाट गर्ने कार्यक्रममा भाग लिन विज्ञापन गरेको आरोपमा पक्राउ गरेको एक सुरक्षा अधिकारीले बताएका छन् । एक ३० वर्षीय लेखापाल तथा सोही उमेरकी उनकी पत्नीलाई उनीहरूले फेसबुकमा राखेको विज्ञापनको शीर्षक ‘‘पत्नी साटासाट’’ रहेकाले पक्राउ गरिएको बताइएको छ । सन् २००९ को अप्रिल महिनामा काइरो अदालतले पतिपत्नी साटासाट गर्ने क्लब स्थापना गरेको भनी एक पुरुषलाई सात वर्ष तथा उनकी पत्नीलाई तीन वर्षको काराबासको सँजाय तोकेका थियो ।

तपस्वी बम्जनका अनुयायीद्वारा विदेशी महिलासहित दुई बन्धक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बारा, चैत १२- आफूलाई बुद्धत्व प्राप्त भएको दाबी गर्ने रामबहादुर बम्जनको संरक्षण गर्दै आएको बोधी श्रवण धर्म सङ्घका कार्यकर्ताले दुई महिलालाई तीन महिनादेखि बन्धक बनाएर राखेका छन्। बम्जनको तपस्या भङ्ग गर्न खोजेको भन्दै स्लोभाकियाकी मारिची र सिन्धुपाल्चोककी माता (आनी) नामकी महिलालाई बन्धक बनाइएको हो। इलाका प्रहरी कार्यालय सिमराले पनि दुई महिलालाई सङ्घले बन्धक बनाएर राखेको भन्दै उजुरी परेपछि अनुसन्धान थालेको जनाएको छ। प्रहरी निरीक्षक केपी शर्माले बम्जनको तपस्यास्थल भनिएको हलखोरिया जङ्गलमा दुई महिला बन्धक भएको उजुरी परेको र त्यस सम्बन्धमा अनुसन्धान हुँदै गरेको बताए। सङ्घका सदस्यसहित केही व्यक्तिसँग बयान लिएकोसमेत शर्माले जानकारी दिए। बम्जनलाई अवरोध पुर्‍याउन खोजेकाले नियन्त्रणमा लिएको र १५ गते छाडिने बताएको सङ्घका व्यक्तिलाई उद्धृत गर्दै निरीक्षक केपी शर्माले बताए। बम्जनको दर्शन गर्न भन्दै गत वर्षको जेष्ठमा नेपाल आएकी मारिची पुस १३ गतेदेखि बेपत्ता छिन्। नेपाल आएलगत्तै स्थानीय लामा होटलमा बसेकी उनी केही समययता सिमरास्थित गुम्बामा बस्दै आएकी थिइन। दिनभर हलखोरिया जङ्गलमा ध्यान गर्न पुग्ने उनी साँझ भने गुम्बामा फर्किने गरेकी थिइन्। ध्यान गर्न बढी रुचाउने मारिची पुस १३ गते हलखोरिया गएको र त्यस दिनदेखि नफर्किएको सिमरास्थित गुम्बाको रेखदेख गर्दै आएकी कृष्णमाया लामाले बताइन्।
मारिची बेपत्ता भएको केही दिनपछि सङ्घका दुई जना आएर गुम्बामा रहेको उनको ल्यापटप, कपडालगायत् अन्य सामानसमेत लगेको कृष्णमायाले बताइन्। लिभर रोगको बिरामी मारिचीको औषधी भने आफूहरुले पुर्‍याइदिएको उनले जानकारी दिइन्।
यसअघि बेपत्ता हुने दिन मारिची पथलैया–निजगढ सडकखण्डको पसाहामा साँझपख देखिएकी थिइन। पसाहाको एक होटलमा चिया पिउँदै गरेकी मारिचीलाई सङ्घका दुई व्यक्तिले नै मोटसाइकलमा हालेर हलखोरियतातर्फ लगेको स्थानीयले जानकारी दिएका छन्। हात भाँचिएर काम्रो बानेको र घाइते देखिएकी मारिची डराएको अवस्थामा रहेकोसमेत स्थानीयको भनाई छ। रतनपुरीका केही स्थानीयले भने मारिचीसँगै मातालाई पनि सङ्घले बन्धक बनाएर राखेको बताउँछन्। बम्जनको तपस्या भङ्ग खोजेको भन्दै बोक्सीको आरोप लगाएर उनीहरुलाई कारबाहीस्वरुप सङ्घले बन्धक बनाएको स्थानीयको भनाई छ। उनीहरुलाई हलखोरियाको एक कोठामा बन्धक बनाएर राखिएको सङ्घ निकट स्रोतले जानकारी दिएको छ। तपस्वीको आदेशमा उनीहरुलाई बन्धक बनाएको पनि स्रोतले बतायो। त्यस्तै माता भनिने महिला भने लामो समयदेखि हलखोरिया क्षेत्रमै बस्दै आएकी थिइन। सिन्धुपाल्चोक घर भए पनि उनी लामो समयदेखि तपस्यास्थल क्षेत्रमा ध्यान गर्ने र सेव

चिट चोरेको भन्दै निश्कासन गरिएपछि छात्राले प्राण त्यागिन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रुकुम, चैत १२- चिट चोरेको भन्दै एसएलसी परीक्षामा निश्कासनमा परेकी एक छात्राले 'भविष्य बिग्रिएकोले बाँच्नुको अर्थ नभएको' चिट्ठी लेख्दै प्राण त्यागेकी छिन्। परीक्षामा चिट चोरेको भेट्टाएपछि जिल्ला सदरमुकाम खलंगाबाट अनुगमनको लागि गएको टोलीले नेपाल राष्ट्रिय माद्यमिक विद्यालय चुनवांगकी छात्रा अदना पुनलाई शुक्रबार निष्काशित गरेको थियो। परीक्षा हलबाट निष्काशनमा परे लगत्तै उनी रुँदै अर्धबेहोस अवस्थामा गहुँबारीमा ढलेको अवस्थामा उनका साथीहरुले फेला परेका थिए। निश्काशनमा परेपछि उनले आफ्नो भविष्य बिग्रिएकोले बाँच्नुको अर्थ नभएको भन्दै चिनेजतिका साथीहरुलाई राम्रोसँग परीक्षा गरेर घर फर्कनुहोला भनेर पत्रसमेत लेखेकी अदनाकी साथी दिपशिखा ओलीले बताइन्। 'उसले लेखेको पत्रले हामीलाई झन पीडा दिएको छ,' दिपशिखाले भनिन्, 'सँगसँगै आएकी साथीलाई छोडेर घर फर्कदा उनका आमावावुको मन हामीलाई देखेर कति रोला?' एउटै कोठमा बस्ने साथीको मृत्युले आफूहरुले परीक्षा दिँदासमेत तनाव भोग्नुपरेको दिपशिखाको भनाई छ। 'मेरो भविष्य बिग्रियो, मेरो शरीर अब माटोमा मिल्दैछ', भन्ने अदनाले साथीहरु र घर परिवारलाई लेखेको पत्रमा उल्लेख छ। पत्रसँगै उनले निराशाजनक केही कवितासमेत लेखेर छोडेकी थिइन्। अर्ध बेहोस अवस्थामा भेटिएकी छात्रा अदनालाई शिक्षक र सहकर्मी विद्यार्थीहरुले शुक्रबार नै जिल्ला अस्पताल पुर्‍याएका थिए। अस्पतालको इमर्जेन्सी कक्षमा राखेर ३ वटा सुई लगाएर अक्सिजन दिएपछि होस खुल्दा उनले भविष्य विग्रिएको भन्दै रोइरहेकी थिइन्। आधा घण्टा पछि पुनः होस गुमेपछि मृत्यु भएको डा.कल्याण वाग्लेले जानकारी दिए। उनी सानैदेखि मुटुको रोगी भएको बाबु पुरबहादुरले बताए। गत वर्ष उपचारको लागि भारतको लखनउ लगिएको भए पनि आर्थिक अवस्थाले गर्दा उपचार रोकिएको उनले बताए। 'उपचारको लागि गत वर्ष लखनउ लगेको थियौँ, तर आर्थिक अभाव भएकाले फर्काएका थियौं,' बाबु पुरबहादुरले भने, 'मुटुको रोगी भएकोले परिवारले पनि उनलाई धेरै माया गरेको थियौं, उतिबेलै डाक्टर धेरै बचाउन सकिन्न भनेका थिए, उस्तै भयो।' उनले भने, 'परीक्षा दिएर उत्साहसाथ छोरी घर फर्केलिन् भनेको शव पो आयो।' आफ्नो घरमा शोक माथि शोक थपिएको उनले बताए। पुन दम्पतीका ३ छोरी र १ छोरा छन्। माइली छोरी अदनाको मृत्यु भयो। त्यस्तै एउटै छोरा कालीबहादुरको समेत द्वन्द्वकालमा हत्या भइसकेको छ। एकातिर एक मात्र छोराका हत्या र अर्कोतिर छोरीको मृत्युले आमा मनसराको आँखाको आँसु सुकेका छैनन्। अदना गाउँकै साथीहरुसँग ट्युसन पढ्ने र उतै परीक्षा केन्द्र भएकोले परीक्षा दिनको लागि गत फागुन ३ गते घरबाट साँख गाविसको झूलखेत बजार आएकी थिइन्। ट्युसन र होटेलमा लाग्ने खाना बस्ने खर्च ५ हजार रुपैयाँ थमाएर पुन दम्पतीले घरबाट विदाइ गरेका थिए। निधारमा चामलको टिका र झोलामा मकैभटमासको खाजा राखिदिएर गरेको छोरीको विदाई नै अन्तिम भयो।

राज्य पुनर्संरचना आयोगको प्रतिवेदन संविधान सभा प्रवेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत १२- राज्य पुनर्संचना आयोगको प्रतिवेदन छलफलका लागि संविधानसभा प्रवेश गरेको छ। सभामुखले आइतबार प्रतिवेदनलाई संविधान सभाको पूर्ण बैठकमा प्रवेश गराएका हुन्।कहाँ पठाउने भन्ने अन्यौलका कारण डेढ महिनादेखि अलमलमा रहेको प्रतिवेदनले आज संविधान सभामा प्रवेश पाएको हो। भोलि चैत १३ देखि १६ गतेसम्म प्रतिवेदनमाथि संविधान सभामा छलफल हुनेछ। माघ १७ गते सरकारलाई बुझाएको प्रतिवेदन प्रधानमन्त्रीले १९ गते संविधान सभा अध्यक्षलाई हस्तान्तरण गरेका थिए। प्रतिवेदनमा १० प्रदेश र दलितका लागि अर्को एक गैरभौगोलिक प्रदेशको सिफारिश छ।

रौतहटमा अज्ञात समूहले गोली हानी दुई जनाको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आज रौतहटमा अज्ञात समूहले गोली हानी दुई जनाको हत्या गरेको छ । यसरी गोली लागि मृत्यु हुनेमा मकवानपुर, चुरामाई –७का विजय ढकाल र रौटहट गरुडा ७ की फुलकली देवि रहेका छन् । ढकाललाई रौतहटको धमौरा ८मा रहेको बागमती सिंचाई नहरको डीलमा बिहान गोली हानी हत्या भएको हो भने घरगृहस्थी फुलकलीलाई दिउँसो पाँच बजे अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले बताएको छ । फुलकली गृहणी हुन भने ढकाल स्कारपियो जीपका चालक हुन् ।

Mar 24, 2012

फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत ११,पोखराबाट पर्यटक लिन उडेको फिस्टेल एयरको एस ३५० बिटू ९ एन हेलिकोप्टर ढोरपाटन वन्यजन्तु आरक्ष क्षेत्रमा अवतरणका क्रममा दुर्घटना भएको छ। दुर्घटनाबाट हेलिकोप्टरको पछाडिको भागको पंखामा सामान्य क्षति भए पनि सवार सबै सकुशल छन्। उद्वार तथा मर्मतका लागि पोखराबाट ईन्जिनियरसहितको टोली हेलिकप्टरमा ढोरपाटन प्रस्थान गरेको जानकारी फिस्टेल एयरले दिएको छ। 'ल्याण्ड गर्ने बेलामा पंखामा सामान्य क्षति भएको मात्रै हो', तीनकुनेस्थित फिस्टेल एयर कार्यालयका एक अधिकारीले नागरिकन्युजसँग भने-'सामान्य दुर्घटना हो। सबै सकुशल छन्।'

प्रधानमन्त्री भट्टराईले प्रधानसेनापति गुरुङलाई निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानसेनापति छत्रमानसिहं गुरुङलाई लडाकु समायोजना सम्बन्धी कार्ययोजना तयार पार्न प्रविधिक लगायत जनशक्ति पठाएर सहयोग गर्न निर्देशन दिएका छन् । माओवादी सेनाका लडाकु रेखदेख, समायोजन र पुनःस्थापना सम्बन्धी बिशेष समितिले विहिबार समायोजनको विस्तृत कार्ययोजना तयार पार्न पाँच दिनको समय मातहतको सचिवालयलाई दिएको थियो । समिती अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले सचिवालयका प्रतिनिधिलाई समेत सँगै राखी प्रधानसेनापति गुरुङलाई कार्ययोजना तयार पार्ने सघाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले समायोजनमा लाग्ने खर्चको अनुमानित विवरण पेश गर्न पनि गुरुङलाई निर्देशन दिएका छन् । कार्ययोजना तयार पार्न सेना तथा लडाकुका कमान्डरसँग छलफलमा अर्थमन्त्री वर्षमान पुन, प्रधानसेनापति गुरुङ, मुख्यसचिव माधव प्रसाद घिमिरे, सपचवालयका संयोजक बालानन्द शर्मा र सदस्य तथा लडाकुका डेपुटी कमान्डर चन्द्रप्रकाश खनाल सहभागी थिए । प्रधानसेनापति गुरुङले राजनीतिक तहबाट निर्णय गर्न नसकिने खाला कतिपय प्राविधिक विषयलाई सेनाले टुंगयाउने र बाँकी राजनीतिक तहमा भएको सातबुँदे सहमति अनुसार अघि बढाउने लडाकु डेपुटी कमान्डर चन्द्रप्रकाश खानालले बताए ।

१९ दलसँग छलफल गर्दै प्रधानमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत ११,प्रधानमन्त्री बाबुराम भट्टराईले साना १९ दलसँग छलफल गरिरहेका छन्। हिजो प्रधानमन्त्रीले साना दलका तर्फबाट श्रम तथा यातायात मन्त्रीमा एमएस थापालाई नियुक्त गरेका थिए। त्यही सन्दर्भमा आज उनले साना १९ दलसँग छलफल गरेका हुन्। जातीय राज्य, आत्मनिर्णयको अधिकारलाई विघटनकारी अवधारणा बताउने १९ दलले प्रधानमन्त्रीसँग शान्ति र संविधान निर्माणका विषयमा छलफल गरिरहेका छन्। यसअघि १९ दलको संयुक्त बैठकलेजातीय राज्य र आत्मनिर्णयको अधिकारविरुद्ध जनमत तयार गर्न बैठकले विभिन्न छलफल तथा गोष्ठी आयोजना गर्ने निर्णय गरेको थियो। १९ दलमा नेकपा (मसाल), नेकपा (माले), जनमोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा (माक्सवादी), नेकपा संयुक्त (माक्सवादी), चुरेभावर राष्ट्रिय पार्टी, समाजवादी जनता पार्टीलगायतका दल सहभागी छन्।

जनकपुरमा हतियार देखाउँदै लाखौंको डकैती

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जनकपुर नगरपालिका वडा नं. ८ स्थित बाल्मिकी युवा क्लब नजिकको एक घरमा गएराति डकैती भएको छ । राति करिब १ बजे जनकपुर ८ बस्ने रघुवीर रायको घरमा डकैती भएको हो । ८\९ जनाको सँख्यामा रहेका डाँकाहरुको समूहले हतियार देखाएर करिब एक घण्टासम्म लुटपाट गरेको पीडित परिवारले जनाएको छ । डाँकाहरुले सुन १४ तोला, नगद १ लाख ७५ हजार रुयौयाँ, ४ वटा मोबाईल सेट, भिडियो क्यामरा १ थानलगायतका सामनहरु लुटेर लगेको परिवारले जनाएको छ । नलकटुवा पेस्तोल तथा घरेलु हातहतियारसहित पुगेका डाँकाहरु घरमा प्रवेश गरेका हुन् । तर वडा प्रहरी कार्यालय मुजेलियालाई घटनाका बारेमा जानकारी गराउदा तपाईको घर हाम्रो कार्यक्षेत्रमा नपर्ने भन्दै प्रहरी घटनास्थलमा पुगेर पनि केही गर्न नसकेको पीडित परिवारले दुखेसो गरेका छन् ।

कोरियामा पनि रुदैछन् बेचिएका नेपाली चेलीहरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/देवेन्द्र सम्बाहाम्फे
सउल, दक्षिण कोरिया ,गत बर्ष अगस्त १४ को दिन सोलमा रहेको नेपाली राजदूताबास सभाकक्षमा भएको सभामा कोरियामा रहेका नेपाली महिलाहरुको संस्था वोमेन्स फर वोमेन्सकी अध्यक्ष कोपिला राईले बैबाहिक सम्बन्धमा कोरिया आएका नेपाली महिलाहरु मध्ये ९८ प्रतिशतले कष्टकर जिबन बाँचिरहेको र नेपाली महिलाहरु मुम्बई दिल्ली तथा खाडी देशहरुमा मात्र होइन कोरियामा पनि म्यारिज ब्युरोहरु मार्फत बेचिन थालेकाले त्यस्ता ब्युरोहरुलाई सरकारले तत्काल बन्द गर्नु पर्ने माग राखेकी थिइन् ।
त्यसै सभाको प्रमुख अतिथि रहेकी माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले पनि विभिन्नदेशमा बेचिएका नेपाली चेलीहरुको कथाव्यथा पोख्दै भनेकी थिइन् –'नेपाली महिलाहरु बिदेशमा मात्र होइन स्वदेशमै पनि घरेलु हिंसामा परेका छन् त्यसैले क्याबिन रेस्टुरेन्ट र क्लबहरु तुरुन्त बन्द गर्नुपर्दछ ।' कोईरालाले राजनीतिक दलहरुप्रति आक्रोश पोख्दै चिलेबेटी बेचबिखनमा लागेका गिरोहहरुलाई राजनीतिक दलहरु र उच्च पदस्थ कर्मचारीले नै संरक्षण गरिरहेको पनि खुलास गरेकी थिइन् । नेपाली चेलिहरुको कथा व्यथा पोखाई रहंदा अध्यक्ष कोइरालाको आँखाबाट आँशु बगि रहेको थियो।
प्रमुख अथितिको मन्तब्य सकिएपछि सभा बिसर्जन हुन लागेकै बेला २०/२२ की एक महिला डाँको छोडेर रुदै स्टेजतिर आइन् र माइक समातेर कोरियन श्रीमानबाट भोगेको पीडा बताउन थालिन् –'म सीता पुन ,मेरो घर पर्वत हो कोरियन केटसंग बिहे गरेर आएको दुइ वर्ष चार महिना भयो, आएको दिन देखि नै घरबाट निस्कन नदिने पिट्ने, फोन गर्न पनि दिदैनथ्यो, मेरो १४ महिनाको छोरा छ र अहिले दुई महिनाको गर्भ छ,म सुत्केरी हुदै पनि जबर्जस्ति बलात्कार गरेको थियो। म अत्यन्तै पीडित नेपाली चेली हुँ।'
सीताले आफ्नो व्यथा भनि रहंदा उपस्थित सबै दर्शकहरु भक्कानिएका थिए । सीताले यसरी दुख पाउनुमा गरीबिको कारण थियो । पर्वतको सलिजा गाउँमा जन्मिएकी हुकिर्एकी सीताले गाउँको बिध्यलयबाट एस एल सी गरेपछि पोखरा पृथ्बीनारायण क्याम्पसमा आइ एड पढ्दा झेल्नुसम्म आथिर्क अभाव झेलेकी थिइन् । उनले योग्यता अनुसारको जागिर पाइन्छ कि भनेर दुई चार ठाउँमा निबेदन गरिन तर कहिँ कतैबाट उनको मर्म कसैले बुझि दिएन । त्यहि क्रम चलिरहेको बेला पत्रिकामा कोरियन केटासंग बिबाह गर्नेलाई सुबर्ण अवसर भन्ने आकर्षक बिज्ञापन देखिन् र फोन गरिन् । लेकको जुका झैं भोकाइरहेका दलालहरुले तुरुन्त भेट्न आउनु भने र भोलिपल्टै काठमाण्डौ सोर्ह खुट्टेमा रहेको एक म्यारिज ब्यूरोको अफिसमा पुर्याए । ब्यौलाको स्थितिलाई समेत गुपचुप राखेर त्यहाँका दलालहरुले सीतालाई कोरिया गएपछिको रङ्गीन सपनामा अनेकौं फूलबुट्टा
भरिदिए । दाजुभाइ दिदीबहिनी सपरिवारलाई कोरिया लान पाइन्छ भनेर । ती दलालको नक्कली कुरालाई सीताले वास्तविक ठानिन् र एउटा आँखा फुटेको र आफूभन्दा १८ वर्ष बुढोसंग बिबाह गरेर कोरिया पुगिन् ।
कोरिया पुगेको दिन देखिनै सीतालाई बाहिर निस्कन र फोन गर्न बन्देज गरिएको थियो । गह्रुँगो भ्रुण बोकीरहेकी सीताले हालैको भेटमा भनिन् – 'खान पनि दिन्नथ्यो ,नेपाल जा भन्दै पिटिरहन्थ्यो। यस्तै पीडा सहना नसकेपछि म बाहिर आएर सेल्टरमा बसेको थिएँ । त्यहीबाट मेरो छोरालाई खोसेर लागेको छ । छोरालाई हेर्न औधि मन लागेको छ । उसको बोलि सुन्नलाई फोन गर्दा फोन पनि उठाउदैनन्।' छोराको कुरा गरिरहँदा सीताको आँखाबाट मातृवात्सल्यको बलिन्द्र धारा बगिरहेको थियो । सीतालाई श्रीमान्ले सम्बन्धविच्छेद गरिसकेको छ तर पनि उनी आफ्नो कानुनी हकको लागि एउटा मनाव अधिकारवादी संस्थाको सहयोगमा मुद्धा लडिरहेकी छिन् ।
सीताजस्तै कोरियन केटासंग बिहे गर्यो भने जीवन सुखले चल्छ भन्ने कल्पनामा बहकिएर दु:खको सागरमा डुवेकी नेपाली चेली हुन् रीतिका(नाम परिवर्तन) गुरुङ । गोर्खा सतीबिपल लाहुरी टोलकी लाहुरेकी छोरी रीतिकाको ब्यथा भने सीता पुनको भन्दा फरक छ । गोरखाकै द्रव्यशाह कलेजमा प्लस टु सकेपछि वेलायत गएर उच्च शिक्षा हासिल गर्ने सपना बुनेकी रीतिकाले ढेड वर्ष त्यसै झुल्नु पर्यो । वेलायत जाने सपना चकनाचुर भएपछि पोखरा मामा घरमा (भाडामा)बसेकी मगर जातकी महिलाको सहयोगमा सात लाख रुपैया तिरेर लुम्बिनी म्यारिज ब्यूरो काठमाण्डौको चंगुलमा परिन् र आफु भन्दा चौध वर्ष जेठो मानसिक सन्तुल ठीक नभएको कोरियन केटासंग बिहे गर्न पुगिन् । केटा सत्र दिनसम्म नेपालमानै बसेकाले उनीहरु विच यौन सम्पर्क पनि भयो र गर्भ पनि बसेरै छोड्यो । रीतिकाले त्यसको जानकारी लुम्बिनी म्यारिज ब्यूरोकी कर्मचारी सबिता थापालाई पनि गरईन् । रीतिका बास्तबमा गर्भ खोलाउन चाहन्थीन् तर तीनै सबिताको 'गर्भ नखोल्नु'भन्ने सल्लाहले गर्भ बोकेरै कोरियाको बुसानमा पुगिन् । त्यहीबाट उनको दुखको यात्रा सुरु भयो ।
एकातिर गर्भवती भएकीले दिन दिनै जीउ गरुङगो हुदै गयो भने अर्कोतिर नयाँ भाषा ,सस्कृति र परिबेशमा रीतिकलाई हुनसम्म गार्हो भयो । त्यसमाथि सानो सानो गल्तीमा पनि श्रीमानले पिट्न थालेपछि उनि रुनु सम्म रोइन् । गाउँ दुर्गम र आफुले चिने जानेको नेपाली कोहि नभएकोले रीतिकालाई मर्नु भएको थियो। लगातारको कुटपिट सहन नसकेर नीलडाम देखाउदै न्याय माग्न प्रहरी समक्ष पुगेकी रीतिकालाई प्रहरीले उल्टै सम्झाएर पठाई दिएको थियो। त्यसपछिका दिनमा पनि लगातार श्रीमानको कुटपिट सहन नसकेपछि राती भागेर निस्किन र अहिले एउटा सेल्टरमा आठ महिनाको गर्भ सहित आश्रय लिइरहेकी छिन् । उनले दलाललाई बुझाएको ७ लाख रुपैयाको ब्याज भने चुलिन्दै गईरहेको छ ।
रीतिका जस्तै दलालको लहै लहैमा लागेर १२ लाख रुपैया तिरेर नक्कली बिहे गर्ने शर्तमा कोरिया आएकी पोखराकी रन्जना (नाम परिबर्तन) शर्मा यतिखेर समस्यामा परेकी छिन् । उनको भीषा थप्ने बेला भएको छ तर कोरियन दलालले ६० लाख वन (करिब ४लाख २० हजार रुपैया) बुझाएमात्र भीषा थपि दिने नभए आफुसंगै बस्न कर गरिरहेको छ । केटाको प्रस्ताब दलालसंगको शर्तमा नभएको रन्जना बताउन्छिन् । उनलाई कोरिया बसेर फर्केका चितवनका एक नेपालीले सम्पर्क गराई दिएका थिए । सीता, रीतिका र रन्जनाभन्दा इलामकी बिमला (नाम परिबर्तन) खतिवडाको व्यथा बेग्लै रहेको छ । बिमलाले पनि अरुजस्तै दलालाको नक्कली कुरालाई सजिलै विश्वास गरिन र कोरियन केटसंग बिहे गरि १८ महिनाअघि कोरिया आएकी थिइन् । कोरिया पुगेको केहि महिनामा आफ्नो श्रीमानको जेठी श्रीमति छोरा छोरी समेत रहेको थाहा पाएपछि उनी छांगाबाट झरिन । कुरा बुझ्दा जेठीसंग कानुनी सफाइ नपाउदै बिमलालाई भित्र्याईएको रहेछ । कोरियाली श्रीमानको कुटपिट सहन नसकेरै उदयपुरकी शारदा खडका नेपाल फर्केकी छिन् भने देखाउने बेलामा एउटा केटा देखाएर विहे चाहि अपाङग र बुढोसंग गराई दिएकाले खोटाङकी सुम्नीमा राई (नाम परिवर्तन ) र ताप्लेजुङकी सानुमाया लिम्बु (नाम परिवर्तन )बाहिर निस्केर बसेका छन् । यस्तो झेल हुन्छ र यहाँ आएर यस्तो दुख पाइन्छ भनेर नसोचेको उनीहरु बताउछन् । उल्लेखित नेपाली चेलीहरुको कथा ब्यथाले कोरियाली श्रीमानहरुको घरेलु हिंसा सहेर बसेका नेपाली महिलाहरु अधिक रहेका छन् भन्ने कुरालाई पुष्टि गर्दछ । सुखी छन् भनिएकाहरुलाई पनि सोचेजस्तो सुख नभएको नाम नबताउने शर्तमा एक माइग्रेन्ट सेल्टरमा कम गरिरहेकी नेपाली महिला बताउछिन् । ती महिलाका अनुसार कोरियामा व्यक्तिगत सूचनालाई अत्यन्त संवेदनशील मनिन्छ । त्यसैले अरुको परिवारको कुरा खुलस्त कसैले भन्न सक्दैनन् । ती महिला आफ्नो सेल्टरमा महिनामा ४/५ जना नेपाली महिलाहरु घरेलु हिंसाबाट पिडित भएपछि सहयोग र न्याय माग्न आएको बताउछिन्।मानसिक सन्तुलन नभएका दुई कोरियाली श्रीमानहरुले गत सालमात्र भियातनाम र कम्बोडीयाकी महिलाहरुको हत्या गरेका थिए । यस घटनालाई अन्तर्राष्ट्रिय स्तरका मानव अधिकारवादीहरुले समेत चासो राखेका थिए ।
सोलस्थित नेपाली राजदुताबासले उपलब्ध गराएको तथ्यांक अनुसार हालसम्म कोरियामा ८२१ नेपाली महिलाले कोरियाली पुरुषसंग बिबाह गरेर कोरिया आएका छन् भने कोरिया वोमेन्स माइग्रेन्ट ह्युमन राइट सेन्टर जनाए अनुसार हालसम्म विवाह गरेर १२५०३१जना विदेशी महिलाहरुले भित्रीएका छन्। यसै संस्थाको तथ्यांक अनुसार १०.८ प्रतिशत विदेशी महिलाहरुले मात्र सन्तान जन्माएर घरबार गरेका छन् । प्रतिमहिना घरेलु हिंसाबाट पिडित ५००० प्रवासी महिलाहरुले उजुरी गर्ने गरेको पनि यस संस्थाले जनाएको छ । कोरियामा सम्बन्ध बिच्छेद गर्ने विदेशी महिलाहरुको संख्या दिनानुदिन बढी रहेको तथ्य कोरियाको तथ्यांक विभागले गत नोभेम्बरमा सार्बजनिक गरेको आंकडाबाट पनि अरु स्पष्ट हुन्छ । जस अनुसार सन २०१०मा मात्र कुल १२.३ प्रतिशत अर्थात १४,३१९जना विदेशी महिलाहरुले सम्बन्ध विच्छेद गरेका छन् । यो संख्या २००९को तुलनामा ५ प्रतिशतले बढी हो । त्यसरी नै कोरियाको न्याय तथा कानुन मन्त्रालयलेहालै सार्बजनिक गरेको एक प्रतिबेदन अनुसार कोरियामा बिबाह गरेर आएका प्रवाशी महिलाहरु मध्ये ६० प्रतिशत भन्दा बढीले सम्बन्ध विच्छेद गर्न खोजि रहेका छन्। प्रतिवेदनमा जनाइए अनुसार प्रबासी महिलाहरुले अत्याधिक रुपमा सम्बन्ध विच्छेद गर्नुको मुख्य कारण घरेलु हिंसालाई मानिएको छ भने अन्य कारणहरुमा भाषा , सस्कृति र उमेरको भिन्नता, दक्षिण पूर्बी एसियाका महिलाहरुप्रति कोरियन पुरुषहरुको नीच दृष्टिकोण ,महिलाहरु स्वयम् आफ्नो हक अधिकारप्रति सचेत हुनु आदि रहेका छन् । कोरियाको प्रवासी मजदूर यूनियनले जनाए अनुसार सन २०११मा विवाह गरेर आएकाहरु मध्ये७९प्रतिशत विदेशी महिलाहरुले सम्बन्ध विच्छेद गरि सकेका छन् ।
कोरियामा विदेशी महिलाहरु घरेलु हिंसा र हेलामा पर्नुको अर्को कारण दुर्गम क्षेत्रमाबसोबास गर्ने किसान,बिधुर, अपांग र पहिलो व्यावहार विग्रेका पुरुषहरुसंग विहे गराइनु पनि हो । यहाको तथ्यांक विभागले जनाए अनुसार बैबाहिक सम्बन्ध कायम गरेर दक्षिण छल्लादोमा १४.५ प्रतिशत,उत्तर छल्लादोमा ११.४प्रतिशत र छेजुदोमा ११.२ प्रतिशत विदेशी महिलाहरु रहेका छन् । कोरियामा एकातिर विभिन्न गरिब मुलुकका महिलाहरु घरेलु हिंसाका कारण जर्जर र बर्बर जिबन विताइ रहेका छन् भने अर्कोतिर यहाँको सरकारले बहुसाँस्कृतिक विकासको नाममा १२ सय म्यारिज ब्युरोहरु मार्फत अन्तर्रष्ट्रिय विवाहलाई प्रोत्शाहन गरिरहेको छ । यसरि सरकारी स्तरमानै यसलाई प्रोत्साहन गर्नु को मुख्य कारण भनेको घट्दो जनसंख्याप्रतिको चिन्ता नै हो । विश्वका सबैभन्दा कम जन्मदर भएका राष्ट्रहरु मध्ये कोरिया अग्रस्थानमा पर्दछ । कोरिया ग्रमीण आथिर्क सस्थाले जनाए अनुसार हाल प्रतिमहिला जन्मदर शहरी क्षेत्रमा १.०२ र ग्रमीण क्षेत्रमा १.५४ मात्र रहेको छ । यही क्रममा जनसंख्या घट्दै जाने हो भने ३ सय वर्षपछि कोरियाको जनसंख्या भनेको ५० हजार मात्र हुने छ । यस्तो स्थितिमा 'जनसंख्या नै शक्ति हो' भनेर राम्ररी बुझेका क्लेभर कोरियनहरु गरीब दुखी देशका महिलाहरुलाई जनसंख्या उत्पादन गर्ने दास बनाउन त खोजिरहेका छैनन् ?
एउटा कुरा के सत्य हो भने प्रेम सर्वभौम हुन्छ । यसको सीमा जात,रंग,वर्ण र वर्ग हुदैन ।कुनै नेपाली नारीले कुनै बिदेशी पुरुषसंग प्रेम बिबाह गर्छे भने त्यसलाई कुनै नियम र सामाजिक परिधिले बाध्नु हुदैन तर सांस्कृतिक विनिमयको नाममा म्यारिज ब्यूरोहरुले नेपाली चेलीहरुको यौवनमा कमिसन खाएर कलंक निम्त्याउने र समाजमा खलल पुर्याउने त्यस्ता म्यारिज ब्यूरोका संचालकहरुलाई कार्बाही किन नगर्ने ? बिशिष्ट दृष्टिले हेर्ने हो भने त्यस्ता म्यारिज ब्युरोहरुले शिष्ट रुपमा मानव ब्यापार गरिरहेका छन् । कोरियामा नेपाली महिलाहरुले भोगेको कस्टलाई बुझ्ने हो भने दिल्ली र मुम्बईको कोठीहरुमा नेपाली चेलीले पाएको कस्टभन्दा कम छैन । त्यसैले त्यस्ता म्यारिज ब्युरोहरुलाई सरकारले सांच्चै बिना शर्त तत्काल बन्द गर्नै पर्दछ ।

Mar 23, 2012

उपसमितिमा संविधानका बारे अझै छलफल भएन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र १०,काँग्रेस र एमाले नेताहरुले शान्ति प्रकृया नटुङ्गिएको भन्दै शुक्रबारको बैठकमा पनि नयाँ संविधानका विवादका बिषय बारे कुरा गर्न मानेन् । उनीहरु पहिल शान्ति प्रकृया नटुङ्गिएसम्म अरु बिषयमा कुराकानी नगर्ने अडान दोहोर्याए । विवाद समाधान उपसमितिको बैठकमा शुक्रबार संयोजक तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले अवको पाँच दिनमा बिशेष समितिले समायोजनको खाका ल्याउने हुँदा संविधान निर्माण कार्यलाई पनि संगसंगै लैजान प्रस्ताव गरेका थिए । तर, बैठकमा सहभागी काँग्रेस र एमाले नेताहरुले शान्ति प्रकृया अघि नबढेको बताए । 'शान्तिप्रक्रिया कार्यतालिकाअनुसार अब छिट्टै योजनाबद्ध ढङ्गले अघि बढ्छ, त्यसकारण संविधान लेखनको कामलाई पनि सँगसँगै अघि लैजाऔं' दाहालले प्रस्ताव राखेका थिए । माओवादी संसदीय दलका सचेतक देव गुरुङका अनुसार काँग्रेस नेताहरुले भने शान्तिप्रक्रिया अघि बढेको मान्न नसकिने भनेका थिए । सभामुख सुभाष नेम्वाङले प्रक्रियागत रुपले समय सारै थोरै भइसकेकाले संविधान लेखनको पटक पटक कार्यतालिका सार्नु परेको परिस्थितिबारे ध्यानाकर्षण गराएका थिए । तैपनि काँग्रेस र एमाले नेताहरुले संविधानबारे छलफलमा प्रवेश गर्ने चाहना राखेनन् ।
बैठकपछि एमाले नेता सुरेन्द्र पाण्डेले बैठकको प्रारम्भमा शान्तिप्रक्रियामा प्रगति भइरहेकोबारे संयोजक दाहालले व्याख्या गरेका बताए । 'मुख्य विषय शान्तिप्रक्रिया टुङ्गिन्छ कि टुङ्गिदैन भन्ने नै हो, यही चैत २० गतेसम्म शान्तिप्रक्रियाको कामले एउटा बाटो लियो भने संविधान लेखिन्छ अन्यथा भन्न अप्ठेरो हुन्छ' उनले भने । काँग्रेस नेता रमेश लेखकले सेना समायोजनसम्बन्धी विशेष समितिको निर्णयमाथि गम्भीर छलफल भएको, संविधानका विषयवस्तु छिटो सम्पन्न गर्ने र त्यसका लागि सहमतिका आधारमा अघि बढ्नुपर्छ भन्नेमा दलहरुबीच मतैक्यता रहेको उल्लेख गरे । शान्ति र संविधानका टुङ्गो लगाउन बाँकी सबै विषयमा सहमति कायम गर्ने सम्बन्धमा राजनीतिक तहमा समग्ररुपमा छलफल भइरहेको निचोडसहित अर्को बैठक यही चैत १४ गते बोलाउने निर्णयसमेत बैठकले गरेको छ । बैठकमा प्रधानमन्त्री डा बाबुराम भट्टराई, सभामुख, उपसभामुख, सवैधानिक समितिका सभापति, उपसमितिका सदस्यलगायत आमन्त्रित सदस्यको समेत सहभागिता थियो ।

३३ हजार घन्टा खर्चेर विश्वकै पातलो नोटबुक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बैंकक, चैत्र १० - सामसङले विश्वकै सबैभन्दा पातलो भएको दाबी सहित नयाँ नोटबुक सार्वजनिक गरेको छ । दक्षिण पश्चिम एसियाली मुलुकमा २०१२ मा सार्वजनिक हुने उत्पादनबारे जानकारी दिन आयोजना गरिएको कार्यक्रमममा यसलाई पहिलो पटक प्रदर्शन गरिएको छ । सिरिज ९ अन्तर्गतका नोटबुक विकास गर्न कम्पनीले ३३ हजार घन्टा समय खर्चेको जनाएको छ । '३३ हजार घन्टा डिजाइन र विकासमा खर्चेर यसलाई बनाइएको हो,' सामसङ इन्डियाका आइटी निर्देशक उदय भट्टले भने, 'यसमा खर्च भएको समय र मेहनतले प्रयोगकर्तालाई नयाँ सन्तुष्टि दिने छ ।'कम्पनीका अनुसार ३० इन्चको नोटबुक १ किलो तौलको छ । यसको मोटाइ ३० मिलिमिटर छ । 'नोटबुक आफ्नो प्रतिस्पर्धीको तुलनामा २१ प्रतिशत पातलो र २८ प्रतिशत सानो छ,' भट्टले भने । नोटबुकले सञ्चालन समयलाई पनि घटाएको छ । कम्पनीका अनुसार यी नोटबुक ९ दशमलव ८ सेकेन्डमा खुल्ने -पावर अन) र १ दशमलव ४ सेकेन्डमा पुनः खुल्ने (बेकअप) छन् । इन्टेलकोर आई सेभेन प्रोसेसर राखिएको नोटबुक अल्मुनियमले बनाइएको छ । नेपाली बजारमा करिब २ महिनाभित्र यो सार्वजनिक गर्ने तयारी छ ।
सामसङले नोटबुक सहित वातावरण, आकार र प्रविधिलाई ध्यानमा दिएर नयाँ घरायसी उपकरण पनि सार्वजनिक गरेको छ । यसै अन्तर्गत ३१ प्रतिशतसम्म विद्युत् खपत कम गर्ने एस क्रिस्टल प्लस नामक एयरकन्डिस्नर पनि सार्वजनिक भएको छ । कम्पनीका अनुसार यसले कम विद्युत् खपत गर्दै आवश्यकता अनुसार आफंै कोठाको तापक्रमलाई नियन्त्रणमा राख्ने छ । साथै दुई ढोका भएको नयाँ रेफ्रिजेरेटरबाट २६ प्रतिशतसम्म विद्युत् खपत कम गर्न सकिने कम्पनीले जनाएको छ । 'ग्राहकलाई कम विद्युत् शुल्क तिरेर धेरै सामान अटाउन सक्ने क्षमता भएको रेपि|mजरेटर उपलब्ध गराउन प्रयास गरेका हौं,' सामसङ इन्डियाका होम अप्लाइन्सेस उपाध्यक्ष महेश क्रिस्ननले भने । कम्पनीले कम घर्षणमा कपडा धुन र पानीको खपत ३० प्रतिशतसम्म कम गर्ने गरी वासिङ मेसिन सार्वजनिक गरेको छ । एन्ड्रोइड अपरेटिङ सिस्टम सहित ग्यालेक्सी ट्याब ३१० पनि कम्पनीले बजारमा ल्याउने भएको छ । आइस क्रिम स्यान्डबिच पनि भनिने यो ट्याबबाट ४ लाखभन्दा बढी एप्लिकेसन चलाउन सकिने सुविधा छ ।
सामसङ नोट प्रयोकर्ताका लागि कम्पनीले एङ्री बर्ड गेम सँग सम्झौता गरेको छ । जस अनुसार उक्त गेम सार्वजनिक हुनुअघि नै नोटमा चलाउन सकिने छ । २०११ मा २ अर्ब थान बिक्री भएको सामसङ नोट २०१२ मा १० अर्ब बिक्री गर्ने लक्ष्य कम्पनीले लिएको छ ।
कम्पनीले ग्यालेक्सी बिम नामक नयाँ फोन पनि सार्वजनिक गरेको छ । यो फोनबाट प्रयोगकर्ताले प्रोजेक्टरको काम पनि गर्न पाउने भएका छन् । 'यसबाट भिडियो क्लिप, नक्सा, व्यावसायिक योजना, गेम लगायत विभिन्न वस्तु सेयर गर्न सकिने छ,' सामसङ इन्डियाका मोबाइल र आइटी प्रमुख रन्जित यादवले भने । उच्च गुणस्तरको ५० इन्चसम्मको तस्बिर यसले दिन सक्ने कम्पनीले जनाएको छ ।
विद्युतीय उत्पादनका विभिन्न क्षेत्रमा विश्वकै नम्बर एक बिक्रेता सामसङले २०११ मा १ खर्ब ४३ अर्ब डलर बराबरको कारोबार गरेको थियो । पछिल्लो पटक सार्वजनिक उत्पादनले कम्पनीलाई अझ बढी क्षेत्रमा अघि बढाउने दक्षिण पश्चिम एसियाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत बिडी पार्कले बताए । नेपालमा सामसङका विभिन्न उत्पादनको हिम इलेक्ट्रोनिक्सले बिक्री वितरण गर्दै आएको छ । यसबाहेक अन्य उत्पादनको विक्री आइएमएस टेली ट्रेड र ई-शासन इन्फोसिसले गर्दै आएका छन् ।

प्रधान मन्त्रीद्वारा विशेष समिति सचिवालयलाई काम थाल्न निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत १०,प्रधान मन्त्री बाबुराम भट्टराईले ७ बुँदेको मर्मअनुसार सेना समायोजनसम्बन्धी कार्ययोजना ५ दिनभित्र पेश गर्न सेना समायोजन विशेष समतिअन्तर्गतको (माओवादी सेनाका लडाकुहरुको रेखदेख समायोजन र नियन्त्रण गर्न बनेको) सचिवालयलाई निर्देशन दिएका छन्। शुक्रबार बिहान प्रधान मन्त्री कार्यालय सिंहदरबारमा सचिवालयका संयोजक वालानन्द शर्मा, प्रधान सेनापति छत्रमान गुरुङ, मुख्य सचिव माधवप्रसाद घिमिरे, माओवादी सेनाका डेपुटी कमाण्डर चन्द्रप्रकाश खनालसँगको भेटमा प्रधान मन्त्रीले उक्त निर्देशन दिएका हुन। प्रधान मन्त्रीले राज्यका अङ्गहरुसँग परामर्श गरेर कार्यविधि ल्याउन सचिवालयलाई निर्देशन दिएका हुन। प्रधान मन्त्रीको निर्देशनसँगै सचिवालयले आफ्नो कार्य तीव्र गतिमा अगाडि बढाएको छ।

वैद्य पक्षले जनसंविधानका लागि १२ दलसँग मिलेर सङ्घर्ष गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत १०,माओवादीको वैद्य पक्षले जनसंविधान निर्माणका लागि १२ साना दलसँग मिलेर आन्दोलन गर्ने भएको छ। वैद्य पक्ष र यस गठबन्धनमा सम्मिलित अन्य दलका नेताले शुक्रबार पत्रकार सम्मेलनमार्फत् यस्तो जानकारी दिएका हुन। संयुक्त राष्ट्रिय जनआन्दोलन समिति नेपाल नाम दिइएको यो गठबन्धनले २४० वटै निर्वाचन क्षेत्रमा हस्ताक्षर अभियान गर्ने, विशेष भित्तेलेखन गर्ने, सबै संविधान सभा सदस्यलाई जनताको सङ्घीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानका पक्षमा उभिन अपील गर्दै ज्ञापनपत्र बुझाउनेलगायत् सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ। यसैगरी सम्पूर्ण असमान सन्धि जलाउने र राष्ट्रिय प्रतिरोध दिवसका रुपमा मनाउने, सबै निर्वाचन क्षेत्रमा जनगोष्ठी गर्ने, राष्ट्रघात, महङ्गी, भ्रष्टाचार, काजाबजारी, हत्या, हिंसा, बलात्कार, अपहरण आदिविरुद्ध मसाल जुलुस निकाल्ने र संविधान सभाभित्र र बाहिर विरोध प्रदर्शन गर्ने कार्यक्रम पनि घोषणा गरिएको छ। माओवादी सचिव सिपी गजुरेल संयोजक रहेको यो गठबन्धनमा मातृका यादव, चिरन पुन, पर्शुराम तामाङ, राजकुमार लेखी, डा. ललन चौधरी, सुरेश आले मगरलगायतका दल सहभागी छन्।

देउवा पक्षीयद्वारा सामूहिक राजीनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र १० - नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन गराउन गठन गरिएको तदर्थ समितिबाट शेरबहादुर देउवा पक्षीय मानिएका २८ जना विद्यार्थी नेताहरुले शुक्रबार सामूहिक राजीनामा गरेका छन् । तदर्थ समितिको गठन प्रक्रियाप्रति आपत्ति जनाउँदै समितिमा मनोनित गरिएका देउवा पक्षीय विद्यार्थीनेताहरुले पार्टी सभापति सुशील कोइरालालाई आफ्नो राजीनामा बुझाएका छन् । राजीनामा बुझाउने क्रममा ठूलो संख्यामा विद्यार्थीहरुको जुलुश कोइराला निवास पुगेको थियो । पार्टीले नेविसंघ विघट्न गरी महाधिवेशनका लागि १ सय १ सदस्यीय तदर्थ समिति गठन गरेको छ । विद्यार्थीहरुको राजीनामा पत्र बुझ्दै कोइरालाले समस्या समाधानका लागि आफूले छलफल गर्ने बताए । 'मैले कुरा बुझे,पत्र पनि हेरे,'कोइरालाले भने-'नेविसंघ विवाद समाधानका लागि गठन गरिएको समितिसंग छलफल गर्नेछु ।' महामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा नेविसंघको विवाद मिलाउन समिति बनाइएको छ । देउवा पक्षीय मानिएका विघटित नेविसंघ कार्यसमितिका उपाध्यक्ष नयनसिंह महरले जम्बो तदर्थ समितिको गठन प्रक्रिया र प्रवृति हेर्दा त्यो निर्वाचन गराउनका लागि नभएको देखिएको बताए । उनले फेरि टिके प्रथाको सुरुवात गरिने छाँटकाट देखिएकोले बिरोध गरिएको बताए । जम्बो तदर्थ समितिमा पनि छात्राहरुको संख्या अत्यन्तै न्युन रहेकोमा पनि आफूहरुको आपत्ति रहेको उनले जनाए ।

नयाँ श्रममन्त्रीमा मालवरसिंह थापालाई नियुक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ श्रममन्त्रीमा मालवरसिंह थापालाई नियुक्त गरेका छन् । आज प्रधानमन्त्री भट्टराईले श्रम तथा यातायात व्यवस्था मन्त्री सरित गिरीलाई पदबाट बर्खास्त गरी थापालाई नियुक्त गरेका हुन । भट्टराईले थापालाई साना दलका तर्फबाट मन्त्री बनाएका हुन । भट्टराईले आज साना राजनीतिक दलसँगको छलफल पछि थापालाई नयाँ श्रम तथा यातायात मन्त्रीमा नियुक्त गरेका हुन ।

Mar 22, 2012

महिला हिंसा विरुद्धको १०० दिने अभियान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महिला हिंसा विरुद्धको १०० दिने अभियान बुधबार १६ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ । महिला मानव अधिकार रक्षक राष्ट्रिय सञ्जालले सुरु गरेको महिला विरुद्धको अभियान बुधबार सकिएको हो । सञ्जालले कुनैपनि हिंसा पीडित महिलाले उजुरी गरेको २४ घण्टाभित्र हिंसाको सही सम्बोधन हुनु पर्ने र महिला मानव अधिकार रक्षकहरुको सुरक्षाको नीतिगत व्यवस्था हुनु पर्ने माग गर्दै गएको डिसेम्बर १५ देखि संचालन गरेको थियो । सञ्जालकी अध्यक्ष डा रेणु राजभण्डारीले महिला हिंसा विरुद्धको १०० दिने अभियान सफल भएको बताइन । अभियान समापन कार्यक्रममा हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रगतिशील गायकद्वय राजेश, रायन, बद्री पंगेनी लगायतले महिला माथि हुने हिंसा विरुद्ध संचालन गरिएको अभियानले महिलाको अस्तीत्व स्वीकार नगर्ने पितृसत्तावादी चिन्तनहरु तोड्न सघाउ पुर्‍याएको बताए ।

बेलायतीमा रहेको सामान्य ज्ञानको घोर अभाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन, चैत ५ (एजेन्सी)- आधाभन्दा बढी बेलायती विश्वकै सर्वोच्च शिखर सगरमाथा आफ्नै देशमा रहेको ठान्दा रहेछन्! दुई हजार बेलायतीमाझ हालै गरिएको एक सर्वेक्षणमा 'हाम्रो देशको सबैभन्दा अग्लो हिमाल कुन हो?' भन्ने प्रश्न गर्दा ५८ प्रतिशतले 'माउन्ट एभरेस्ट' भन्ने जवाफ दिएका थिए। बेलायतको सबैभन्दा अग्लो 'स्काफेल पिक' भने ९ सय ७८ मिटर मात्रै अग्लो छ। नेपालमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथाभन्दा ५ गुणा होचो!बेलायती पत्रिका डेली मेलले यो सर्वेक्षणबाट बेलायतीमा रहेको सामान्य ज्ञानको घोर अभाव दर्सिएको लेखेको छ। उनीहरूले घरेलु पर्यटन प्रर्बद्धन गर्न अहिले जारी विज्ञापन अभियान पर्याप्त नभएकोसमेत यो सर्वेक्षणले देखाएको उल्लेख गरेका छन्। बेलायतका २० प्रतिशत बासिन्दालाई त आफ्नो देशमा इंग्ल्यान्ड, स्कटल्यान्ड, उत्तरी आयरल्यान्ड र वेल्स गरी चार राज्य रहेको समेत पत्तो रहेनछ। जर्नी अफ डेस्टिनेसन भन्ने टुर अपरेटर संस्थाले यो सर्वेक्षण गराएको हो। यो हाँसउठ्दो सर्वेक्षण नतिजापछि यो संस्थाका कार्यकारी निर्देशक केरन गीले भने, 'बेलायतीको कमजोर ज्ञानले हामीलाई छक्क पारेको छ।'उनले न्युयोर्क, पेरिस, रोम तथा अन्य स्थानबारे बेलायतीसँग प्रसस्त सामान्य ज्ञान रहेको देखिए पनि आफ्नै देशबारे भने उनीहरूलाई केही थाहा नभएको प्रतिक्रिया दिएका छन्। विज्ञहरूले यस्तो हुनुमा इन्टरनेट केही मात्रामा दोषी भएको बताएका छन्। उनीहरूले इन्टरनेटबाट तत्काल जानकारी हुने भएकाले मानिसले कतिपय विषयबारे थाहा पाइरहनुपर्ने जरुरी नठानेको उल्लेख गरेका छन्।

अफ्रिकी मुलुक मालीमा विद्रोही सैनिकद्वारा राष्ट्रपति भवन कब्जा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत ९ (एजेन्सीहरु)- अफ्रिकी मुलुक मालीमा विद्रोही सैनिकहरुले राष्ट्रपति भवन कब्जा गरेका छन्। उनीहरुले सत्ता आफ्नो हातमा आएको घोषणा गर्दै संविधान भङ्ग गरिएको घोषणासमेत गरेका छन्। अहिले भइरहेको मन्त्रिमण्डल पनि भङ्ग गरिएको जानकारी विद्रोही सेनाले दिएका छन्। केही समयअघि मात्र गठित नेशनल मुभमेन्टर फर द लिबरेशन अफ अजावाद एनएलएमएलगायतले यहाँ सरकारविरुद्ध आन्दोलन छेड्दै आएका थिए। उनीहरुले सहारास्थित आफ्नो प्राचीन तुअरेग क्षेत्र अजावादको स्वतन्त्रताका लागि लडेको दाबी गर्दै आएको छ। यस क्रममा थुप्रै विद्रोही र सरकारी सेनाको मृत्यु भइसकेको छ।

प्रधानमन्त्रीले मागे श्रममन्त्रीको राजीनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र ९ - प्रधानमन्त्री बाबुराम भट्टराईले श्रम तथा यातायातमन्त्री सरिता गिरीसँग मन्त्रालयमा विवादास्पद म्यानपावर एजेन्सीको इसारामा काम गरेको भन्दै राजीनामा मागेका छन् । प्रधानमन्त्रीले सद्भावना (आनन्दीदेवी) का तर्फबाट मन्त्री बनेकी गिरीलाई सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा बुधबार अपराह्न बोलाई स्पष्टीकरण लिएर राजीनामा मागेको स्रोतले जनायो । प्रधानमन्त्रीले वैदेशिक रोजगार विभागमा भ्रष्टाचार नियन्त्रणमा राम्रो काम गरिरहेका र त्यहाँ सुधार कार्यक्रम लागू गरिरहेका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई विवादास्पद म्यानपावरको इसारामा किन सरुवा गरेको भन्दै मन्त्री गिरीप्रति रोष प्रकट गरेका थिए । 'तपाईंको कदमले विभागमा वैदेशिक रोजगारमा जाने गरिब नेपालीलाई दुःख दिएर हुने भ्रष्टाचार पुनः बढ्ने र सुधारका कार्यक्रमसमेत प्रभावित भएको छ,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'म विभागमा गरिब नेपाली ठगिएको टुलुटुलु हेरेर बस्न सक्तिनँ । अब तपाईंले राजीनामा गरेर मलाई सहयोग गर्नूस् ।'
प्रधानमन्त्रीले 'मैले सोमबार स्पष्टीकरण दिन आउनु भन्दा नआउने, उल्टै राम्रो गरिरहेका कर्मचारीमाथि लान्छना लगाएर किन पत्रकार सम्मेलन गरेको ?' भनेरसमेत सोधेका थिए । प्रधानमन्त्रीसमक्ष स्पष्टीकरण दिन नगई मंगलबार पत्रकार सम्मेलन गरी गिरीले महानिर्देशक भट्टराईले नयाँ म्यानपावर दर्ता गर्दा पक्षपात गरेको र विभागमा नराम्रा काम गरेको लिखित तथा मौखिक गुनासो आएकाले छानबिनका लागि सरुवा गरेको दाबी गरेकी थिइन् । उनले प्रधानमन्त्रीसमक्ष पनि यही दाबी दोहोर्‍याएको स्रोतले जनायो । वैदेशिक रोजगारीका नाममा मानव तस्करी गरी लुट मच्चाइरहेका म्यानपावर एजेन्सीहरूले भट्टराईलाई महानिर्देशक भएदेखि नै त्यहाँबाट हटाउन मन्त्री गिरीलाई दबाब दिँदै आएका थिए । गिरीले प्रधानमन्त्रीले आफूसित राजीनामा मागेकोबारे बोल्न चाहिनन् । 'प्रधानमन्त्रीसँग बुधबार मेरो भेट भएको हो । उहाँले आफ्नो दृष्टिकोण राख्नुभयो, मैले आफ्नो धारणा राखेंं,' उनले भनिन्, 'थप के कुरा भएको हो, म अहिले बोल्दिनँ ।'

पार्टी र संसद्को ह्विपको उल्लंघन गर्दै एमाले अध्यक्ष

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पार्टी र संसद्ले जेठ १४ गतेसम्म सभासदहरुलाई राजधानी नछाड्न जारी गरेको ह्विपको उल्लंघन गर्दै एमाले अध्यक्ष झलनाथ खनाल आज भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । खनाल बिहान १० बजेको एयर इन्डियाको विमानबाट एक साताका लागि दिल्ली गएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँगै कुराकानी गर्दै खनालले आफू नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली जान लागेको बताए । प्रोटेष्ट सम्बन्धी समस्या भएका खनाललाई उपचारको लागि दिल्ली जान चिकित्सकहरुले सल्लाह दिएको बताएको छन् । आफ्नो भ्रमणको बारेमा सभामुख र प्रधानमन्त्रीलाई जानकारी गराइ सकेको र आफ्नो अनुपस्थितीले शान्ति र संविधानको कुनै काममा बाधा नपर्ने खनालले बताए । यसै गरी कांग्रेस नेता तथा सभासद विमलेन्द्र निधि पनि पार्टी र संसदको ह्रिवप उल्लंघन गर्दै मंगलबार राति कातार एयरवेजबाट विदेश उडेका छन् ।

६० वर्ष पुरानो किर्तीमान तोडे मेसीले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बार्सिलोनाले ग्रेनाडामाथि ५-३ को विजय हासिल गर्दा मंगलबार लियोनेल मेसीले ह्‍याट्रिक पूरा गरेर टोलीको सर्वकालिन उच्च गोलकर्ताको किर्तिमान बनाएका छन्। स्पेनीस ला लिगा अन्तर्गत गएराती ग्रानाडा विरुद्धको खेलमा ह्याट्रिक गरेपछि मेसीले ६० वर्ष पुरानो किर्तीमान तोडेका हुन्। च्याम्पियन्स लिग खेलमा पाँच गोल गरेको दुई साता नवित्दै तीन पटकका विश्व वर्ष खेलाडी मेसीको यो ह्‍याट्रिकपछि बार्सिलोनाका लागि कुल गोलसंख्या २ सय ३४ पुगेको छ। गएराती ग्रानाडाविरुद्ध दोस्रो गोल गरेसँगै मेसीले रोड्रिग्वेजको नाममा रहेको किर्तीमान तोडेका हुन्। स्पेनीस क्लव बार्सीलोनाबाट अहिलेसम्मकै सबैभन्दा धेरै गोल गर्ने किर्तीमान अब लियोनल मेसीको नाममा लेखिएको छ।

Mar 21, 2012

वेपत्ताका आफन्त र परिवार आन्दोलनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
द्वन्द्वकालमा वेपत्ता भएकाहरुको अवस्था सार्वजनिक गर्न माग गर्दै वेपत्ताका आफन्त र परिवार आन्दोलनमा उत्रिएका छन्। उनीहरुले आज एकीकृत नेकपा माओवादीको केन्द्रीय कार्यालय एक घण्टा घेराउ गरेर आन्दोलन शुरु गरेका छन्। पार्टी नेतृत्वले नै वेपत्ताको खोजी गर्नका लागि आयोग गठन लगायतका विषयमा चासो नदेखाएको भन्दै वेपत्ता परिवारले यसअघि नै माओवादी नेतृत्वको ध्यानाकर्षण गराइसकेको छ। वेपत्ताको अवस्था सार्वजनिक गर्नुपर्ने, त्यसका लागि विभिन्न आयोग गठन हुनुपर्ने, वेपत्ता पार्ने कार्यको न्यायिक छानविन गर्नुपर्ने लगायतका माग राखेर वेपत्ता परिवारले आन्दोलन थालेका हुन्। वेपत्ता परिवारले पहिलो चरण अन्तरगत भोली नेपाली कांग्रेसको पार्टी कार्यालय र पर्सी एमाले पार्टी कार्यालय घेराऊ गर्ने कार्यक्रम राखेको छ।

परीक्षा दिँदादिँदै 'रिजल्ट' जन्मियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत ८ - धनकुटाको ठाकुरदेवी परीक्षा केन्द्र थलथलेबाट एसएलसी परीक्षा दिइरहेकी मिना राईले छोरा जन्माएकी छिन्। बुधबार नेपाली विषयको परीक्षा दिनको लागि परीक्षा हलमा पसेर उत्तरपुस्तिका लेख्न थाले पछि उनलाई सुत्केरी बेथाले च्यापेको थियो। परीक्षा केन्द्रका शिक्षक र अन्य साथीहरुको सहयोगमा उनलाई नजिकै रहेको आँखिसल्ला स्वास्थ्य चौकी लगिएको थिए। स्वास्थ्य चौकी पुर्‍याएको करीब २ धण्टा पछि मिनाले छोरा जन्माएको ठाकुरदेवी परीक्षा केन्द्र थलथलेका केन्द्राध्यक्ष गोपाल राईले बताए। पञ्चकृष्ण माध्यमिक विद्यालयका नियमित विद्यार्थी मिना छिन्ताङ गाविस वडा नः २ निवासी हुन्। उनको सिम्बोल नः ००७०९०० रहेको छ। जन्मिएको बच्चा र आमाको स्वास्थ्य राम्रो रहेको आँखिसल्ला स्वास्थ्य चौकीका अनमी तुलसादेवी भट्टराईले बताए। नवजात शिशुको नाम रिजल्ट राखिएको बताइएको छ।

महासचिव वान कि मुनको नेपाल भ्रमण स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनको नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको छ। राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिध रोवर्ट पाइपरले ट्विटर मार्फत् भ्रमण तालिकामा हेरफेर भएको जानकारी दिएका छन्। पाइपरले आफ्नो ट्विटरमा जारी शान्ति प्रकृयामा असर नपरोस र लुम्विनी सम्मेलनमा थप तयारी गर्नका लागि मुनको भ्रमण स्थगित भएको सूचना दिएका छन्। मुन आगामी वैशाख १६ गते लुम्वीनीमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आउने कार्यक्रम थियो।

बिजेपीका सांसदले अश्लिल भिडियो हेरेको सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गुजरातको सांसदमा भारतीय जनता पार्टी (बिजेपी)का सांसदले अश्लिल भिडियो हेरेको सार्वजनिक भएको छ । गुजरातको सांसदमा बिजेपीका शंकर चौधरी र जेथाह धारवादले यस्तो अश्लिलत भिडियो हेरिरहेको टेलिभिजनहरुले सार्वजनिक गरेका हुन । भारतका स्थानीय टेलिभिजन च्यानलले सांसदले अश्लिलत भिडियो हेरेका दृश्य सार्वजनिक गरेका हुन । टेलिभिजन च्यानलले चौधरी र धारवादले पोर्न क्लिप हेरिरहेका बेला बिजेपी अध्यक्ष सांसदमा छिरेपछि उनीहरुले स्वामी विवेकानन्दको भिडियो क्लिप हेरेको समेत सार्वजनिक गरेका छन् ।
भारतकै कर्नाटकका सांसदले अश्लिल भिडियो हेरेको खबर सार्वजनिक भएको केही महिना अवधिमै गुजरातका सांसदको चर्तिकला सार्वजनिक भएको छ ।

४७ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस आज

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मार्च २१ आज ४७ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस हो । सोही अवसरमा विभिन्न कार्यक्रम गरी देशभर यो दिवस गरी मनाइदै छ । जनकारका अनुसार दक्षिण अफ्रिकामा सन् १९५९ मा साप भिल्ले सहरमा गोराजातिको रंग विभेदका विरुद्ध आन्दोलनमा उत्रिएका ६९ जना कालाजातिको हत्या गरिएको सम्झनामा यो दिवस मनाउने गरिएको हो । संयुक्त राष्ट्रसंघले त्यस घटनालाई मानव अधिकारको हनन् भनेर सन् १९६६ मा सबै प्रकारका जातीय विभेद उन्मुलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी पारित पनि गरिसकेको छ । नेपालले पनि सन् १९७१ मा महासन्धीको अनुमोदन गरिसकेको छ ।

आज दिन र रात बराबर समयको हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आज दिन र रात बराबर समयको हुँदै छ । १२ घन्टाको दिन र १२ घन्टाको रात । आजदेखि नै बिस्तारै दिन लामो हुन थाल्छ र रात छोटो हुने क्रम सुरु हुन्छ । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागका अनुसार दिन लामो हुने क्रम जून २१ सम्म जारी रहने छ । विभागका अनुसार पृथ्वी आफ्नो कक्षामा साढे ६६ डिग्री ढल्केको छ । यस्तै पृथ्वी अन्डाकार परिक्रमा मार्गबाट सूर्यलाई परिक्रमा गर्छ । जून २१ मा भने सबैभन्दा लामो दिन र सबैभन्दा छोटो रात हुन्छ । यसपछि फेरि दिनको समयावधि घट्ने क्रम सुरु हुन्छ । २३ सेम्टेम्बरमा फेरि दिन र रातको समय बराबर हुन्छ ।

Mar 20, 2012

एसएलसी परीक्षा हलमै छोरा जन्मियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रुकुम, चैत ७ - मंगलबारदेखि सुरु भएको प्रवेशिका परीक्षा दिइरहेकी एक परीक्षार्थी परीक्षा हलमै सुत्केरी भएकी छिन्। पूर्वी रुकुमको तकसेरा केन्द्रबाट परीक्षामा सहभागी छात्रा रेखा घर्तीले परीक्षा दिँदा दिँदै छोरा जन्माएकी जिल्ला प्रहरी प्रमुख डिएपी किसनसिंह थापाले जानकारी दिए। बिहान ७:३० बजेदेखि सञ्चालनमा भएको परीक्षामा सहभागी रेखालाई प्रश्न पत्र लिनेवित्तिकै सुत्केरी ब्याथा लागेको थियो। सुत्केरी ब्यथा लागेको आधा घण्टामै उनले छोरा पाएकी हुन। परीक्षा हलमै सुत्केरी भएकी रेखाले ८ वजेबाट पुनः परीक्षा दिएकी छिन्। परीक्षा हलमै सुत्केरी भएकी छात्रा रेखा घर्तीलाई एक घण्टा समय थपिदिएको परीक्षा समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए। उनको र नवजात शिशुको स्वास्थ्य राम्रो रहेको बताइएको छ। परीक्षा हलमै जन्मेको छोराको नाम प्रवेश राखिएको छ। रुकुम जिल्लाका विभिन्न १८ वटा परिक्षा केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ। विभिन्न केन्द्रबाट ५ हजार ९६ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएको जिल्ला शिक्षा कार्यालय रुकुमले जनाएको छ। जसमा २ जना कैदीले एसएलसी परीक्षा दिइरहेका छन्। कैदी बन्दीहरु पूर्णवहादुर ओली र विशाल रावलले जिल्ला कारागारमै परीक्षा दिइरहेका छन्। ओली कर्तब्य ज्यान र रावल आगो लगाएको मुद्दामा जेल परेका हुन्।

शिक्षक र परीक्षार्थी निष्काशित
यसैबीच परीक्षा हलमा अमर्यादित ब्यवहार देखाएको भन्दै एक परीक्षा गार्ड र परीक्षार्थी निष्काशनमा परेका छन्। जिल्लाको नुवाकोट केन्द्रबाट परीक्षा गार्ड शिक्षक खम्वु ओली र परीक्षार्थी गणेश ओलीलाई निष्काशन गरिएको छ। शिक्षकलाई परीक्षामा चिट चोराएको आरोपमा निष्काशन गरिएको हो। त्यसै गरि विद्यार्थीलाई चिट चोर्दा निष्काशित गरिएको हो।

माओवादी लडाकु कमान्डर सहित ४ जना पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हतियार किनबेच गर्दा गर्दै माओवादी लडाकु कमान्डर सहित ४ जना पक्राउ परेका छन् । आज दिउँसो सुनसरीमा माओवादी लडाकुका प्लाटुन कमाण्डरसहित ४जना पक्राउ परेका हुन । सुनसरीको एक सिसौघारीमा हतियार किनेबेच गर्दै गरेका लडाकु कमान्डर सहित चारजना पक्राउ परेको प्रहरीले बताएको छ । यसरी पक्राउ पर्नेमा मोरङको याङशिलास्थित माओवादी लडाकुको छिन्ताङ सुखानी स्मृती ब्रिगेड अन्तरर्गतका प्लाटुन कमाण्डर अर्जुन कुमार सुब्बा, मोरङ टाँडी ५का नारायण प्रसाद पाख्रिन सँगै भारतको विहारको अररिया जिल्लाका दुईजना भारतीय नागरिक रहेको प्रहरीले बताएको छ । प्रहरीले पक्राउ चार जनाको साथबाट एक थान पेस्तोल, दुई राउण्ड गोली र दुईवटा मोटरसाइक सँगै २१ हजार नगद बरामत गरेको समेत जानकारी गराएको छ ।

८४ जना आमा–बाबुले दिए एसएलसी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत ७- मङ्गलबारबाट सुरु एसएलसी परीक्षाको पहिलो दिन रत्‍नराज्य मावि चनौटे र चण्डेश्वरी मावि भोटसिपा केन्द्रमा बुढ्यौलीतर्फ धकेलिएका बा–आमा पनि देखिए। सन्तानले घेरिएका उनीहरु फूर्तिसाथ अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका थिए।'नआत्ती राम्रोसँग लेख्‍नूस्'- निरीक्षक उनीहरुलाई हौस्याउँथे। उनीहरुमध्ये कतिपयका छोराछोरीसमेत एसएलसी दिइरहेका छन्। पढाइबाट वञ्चित भएकालाई औपचारिक शिक्षाको मूलप्रवाहीकरणमा ल्याउने सरकारी अवधारणअनुरुप प्रौढ (अनौपचारिक) विद्यालय सञ्चालनमा ल्याइएपछि बा–आमाले यो अवसर पाएका हुन्। राजेश्वरी प्रौढ मावि सिपापोखरेबाट ४० र आनन्द प्रौढ मावि जलविरेबाट ४४ गरी ८४ जना बा–आमा परीक्षामा सम्मिलित छन्। प्रौढ विद्यालयबाट एसएलसीमा बा–आमाको सहभागिता यो दोस्रो पटक हो। पहिलो पटक गतवर्ष ३० बा–आमाले एसएलसीमा सफलता पाएका थिए। १२ जना बा–आमालाई एसएलीमा सहभागी गराएको राजेश्वरीले सबै उत्तीर्ण गरेर शतप्रतिशत नतिजा निकालेको थियो। 'एसएलसी पास गरिछाड्ने धोकोसाथ उहाँहरुले खुब मेहनत गर्नुभएको थियो'- जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतमले नागरिकसँग भने। ४५ वर्षसम्मका सन्तानका अभिभावक एसएलसीमा सहभागी भइरहेका छन्। मात्रै एक वर्ष पढेर उनीहरु एसएलसीमा सामेल हुन लागेका हुन्। निमावि तह सकेर पढ्न नपाएकाहरुले प्रौढ माविमा अध्ययनको अवसर पाउँछन्। जिल्लामा हालसम्म निम्न माध्यमिक तहको प्रौढ विद्यालय नभए पनि ४३ वटा प्राथमिक तहका प्रौढ विद्यालय सञ्चालनमा छन्। जहाँ करिव ५ सय प्रौढ आमा–बाबु पढिरहेका छन्। शिक्षा कार्यालयका अनुसार १० वर्षको विद्यालय तहमध्ये प्राथमिक तह तीन, निम्न माध्यमिक दुई र माध्यमिक तह एक वर्ष पढेर ६ वर्षमै एसएलसी दिन पाउँछन्।

विजयकुमार गच्छदारले पार्टीका सबै मन्त्री फेर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत ७ -मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले पार्टीभित्रका असन्तुष्टि घटाउन आफ्नो दलका मन्त्रीहरू फेर्ने रणनीति बनाएका छन्। उपप्रधानमन्त्रीसमेत गृह र रक्षामन्त्री गच्छदारले सहअध्यक्ष शरतसिंह भण्डारीलगायतको सरकारबाट छाड्ने तयारीलाई निस्तेज पार्न यस्तो तयारी गरेका हुन्। पार्टी अध्यक्ष विजयकुमार गच्छदारबाहेक पार्टीका तर्फबाट भएका मन्त्रीहरूलाई फिर्ता बोलाउनेबारे कुराकानी भएको संसदीय दलका मुख्य सचेतक रामजनम चौधरीले नागरिकलाई जानकारी दिए। उनले भने, 'मन्त्रीहरू फेर्नेबारे कुराकानी भएको छ, संसदीय दलको बैठकमा छजना सभासद्हरू बोल्न बाँकी रहेकाले बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ।'अध्यक्ष गच्छदार र सहअध्यक्ष भण्डारीसहित छजनाले बोल्ने क्रम बाँकी रहेकाले संसदीय दलले मंगलबारमात्र निर्णय गर्नेछ। संसदीय दलमा रहेका २८ मध्ये १६ सभासदले हस्ताक्षर गरी संसदीय दलको बैठक माग गरेका थिए। सोमबारसम्म २१ जनाले बोलिसकेका छन्। फोरम (लोकतान्त्रिक) छाडेर आफ्नै नेतृत्वमा मधेस क्रान्ति फोरम भन्ने नयाँ पार्टी गठन गर्ने घोषणा गरेका सञ्जय साह भने बैठकमा गएका छैनन्। सरकारमा गच्छदारबाहेक दुई मन्त्री र चार राज्यमन्त्री छन्। वातावरणमन्त्री हेमराज तातेड र वनमन्त्री मुहम्मद वकिल मुसलमान छन्। चार राज्यमन्त्रीहरूमा रामबच्चन अहिर (रक्षा), भीमराज चौधरी राजवंशी (गृह), लक्ष्मण मेहता (वन) र दुर्गादेवी महतो धानुक (वातावरण) छन्। उनीहरूको सट्टा नयाँलाई पठाउने तयारी भएको मुख्य सचेतक चौधरीले बताए।
सहअध्यक्ष भण्डारीलगायत असन्तुष्ट पक्षले सरकारबाट फिर्ता बोलाउने निर्णय गराउन संसदीय दलको बैठक बोलाएको हो तर संसदीय दलले जस्तोसुकै निर्णय गरे पनि त्यो सुझावमात्र हुने गच्छदार पक्षको तर्क छ। पार्टीको राजनीतिक समिति र केन्द्रीय समिति निर्णयमात्र बाध्यकारी हुने संस्थापन पक्षको तर्क छ।
गच्छदारले अध्यक्षको अधिकार प्रयोग गर्ने सम्भावना पनि असन्तुष्ट पक्षको छ। चैत मसान्तसम्म पनि शान्ति प्रक्रिया पूरा नभएमा सरकार छाड्न 'अल्टिमेटम' दिने निर्णय गर्नुपर्ने आवाज उठेकाले त्यो निर्णय हुने सम्भावना रहेको गच्छदारका विश्वासपात्र मानिने चौधरीले जानकारी दिए। असन्तुष्ट पक्षका एकजना नेता प्रमोदकुमार गुप्ताले सरकारमा सामेल हुँदा माओवादी र मधेसी मोर्चाबीच भएको चारबुँदे सहमति कार्यान्वयन नगरेकाले सरकार छाड्नुपर्ने बताए। 'चारबुँदे सहमति कार्यान्वयन अल्टिमेटम दिएर हाम्रा मन्त्रीले राजीनामा दिनुपर्छ,' उनले भने। उनले पनि सरकारलाई दिएको समर्थन भने बाहिरै बसेर कायम राख्ने बताए। बैठकमा बोलेका मन्त्रीहरूमध्ये रक्षा राज्यमन्त्री अहिरबाहेक सबैले सरकार छाड्नुपर्ने मत राखेको गुप्ताले बताए। सोमबार बोलेका वातावरणमन्त्री तातेडले सरकार छाड्नुपर्ने बताएका थिए। आइतबार बोलेका वनमन्त्री मुसलमानले तत्कालै राजीनामा दिन तयार रहेको बताएका थिए। मुसलमान कर्मचारी सरुवाको विवादमा परेका छन्। उनले मधेसी मन्त्रीलाई काम गर्न नदिएकाले सरकार छाड्नुपर्ने बताएका थिए। संसदीय दलका सचिव रामानन्द मण्डलले पार्टी अध्यक्ष गच्छदारलाई कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको शैलीमा उत्रेको बताए। उनले पार्टीको १९ सदस्यीय राजनीतिक समिति र ६१ सदस्यीय केन्द्रीय समितिमा आफ्नो पकेटका मान्छेहरू भर्ती गरेको आरोप लगाए। बैठकमा बोल्ने धेरैजसो सभासदले मधेसी मोर्चासँग भएको चारबुँदे सहमतिको पालना नभएको, अध्यक्ष गच्छदारसमेतले हस्ताक्षर गरेको सातबुँदे सहमतिलाई माओवादीको वैद्य समूहले विरोध गरिरहेको र संघीयताबिनाको संविधान जारी गर्ने प्रयत्न प्रमुख दलहरूले गरिरहेकाले मन्त्रीहरूले राजीनामा गर्नुपर्ने तर्क पेस गरेको सचिव मण्डलले जानकारी दिए।
अध्यक्षसँग ७-८ महिनादेखि भेटघाट नै नभएको जानकारी दिँदै मण्डलले भने, 'दोस्रो पुस्ताका नेताहरूलाई मधेसमा जान गाह्रो परेको छ, त्यसैले मधेस आन्दोलनबाट आएका हामीहरू सरकार छाड्ने अडानमा छौं।'बैठकमा बोल्ने मण्डल, गुप्ता, सर्वदेव ओझा, वनमन्त्री मुसलमान र राज्यमन्त्री मेहताले कडा शब्दमा गच्छदारको आलोचना गरेका थिए। बैठकमा सरकारमै बस्नुपर्छ भनेर खुलेर बोल्ने सभासद नभएको मण्डलले बताए। बैठक बोलाउन हस्ताक्षर गर्नेबाहेक मृगेन्द्रसिंह यादव र मुगालाल मेहताले पनि गच्छदार विरोधी क्याम्पलाई समर्थन गरेको सो पक्षको दाबी छ। गच्छदारको शैलीको विरोध गर्दै संसदीय दलको बैठक बोलाउन १६ जनाले हस्ताक्षर संकलन गरी मुख्य सचेतक चौधरीलाई बुझाएपछि बैठक बसेको हो। बैठक बोलाउन हस्ताक्षर गर्नेहरूमा पार्टी सहअध्यक्ष भण्डारी, सचेतक ओमप्रकाश यादव, संसदीय दलका सचिव रामानन्द मण्डल, प्रमोद गुप्ता, सर्वदेव ओझा, शिवनारायण उराव, आशा सर्दार, ललिता साह, रामबच्चन अहिर, वकिल मुसलमान, लक्ष्मण मेहता, निलम बर्मा, तिलक रावल, कौशलकुमार यादव, सेवकीदेवी दास तत्मा, करिमा बेगमले हस्ताक्षर बुझाएका थिए। मंगलबारको बैठकमा सभासदहरू भोगेन्द्र चौधरी, शिवनारायण उराव, आशाकुमारी सरदार र भीमराज राजवंशीले बोल्न बाँकी छ। त्यसपछि सहअध्यक्ष भण्डारीले बोल्नेछन्। अनि अध्यक्ष गच्छदारले उठेका प्रश्नको जवाफ दिनेछन्। मुख्य सचेतक चौधरीले संसदीय दलको निर्णय सुनाउनेछन्। बैठकपछि गच्छदारले अध्यक्षको अधिकार प्रयोग गर्दै अहिलेका मन्त्रीले काम गर्न नसकेको भन्दै तिनलाई हटाउने र नयाँ टिम पठाउने निर्णय गर्नेछन्।