News

Sep 30, 2010

अमिताभसँग लन्च खान ६ लाख भारु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ दिल्ली, असोज १३ - बलिउड अभिनेता अमिताभ वच्चनसँग खाना खान पाउने हो भने कति खर्च गर्न सक्नुहुन्छ? अमिताभले आफूसँग खाना खानेको बोलकबोल अघि सारेका छन्। अनि उनीसँग खाना खान ६ लाख भारतीय रुपैयाँसम्म तिर्न तयार भएका छन्, उनका फ्यान। एउटा च्यारिटीको लागि अमिताबले वेबसाइट इबेमा बोलकबोल सुरु गरेका थिए। जसमा उनीसँग लन्चका लागि १ हजार १ रुपैयाँ तिर्न चाहनले प्रस्ताब सुरुमा परेको थियो। यो प्रस्ताव बढ्दै गएर ६ लाख रुपैयाँसम्म पुगेको हो। त्यस्तै अक्षय कुमारसँग खाना खानको लागि ४ लाख ५२ हजार रुपैयाँ तिर्न तयार भएका छन्। अमिताभले बोलकबोलमा बढी रकम दिनेसँग खाना खाने छन् भने उनीहरुले सोधेको कुराको जवाफ पनि दिनेछन्। फोटो खिच्न तथा अटोग्राफ पनि लिन पाउनेछन्।

'फेसबुकले स्वास्थ्य र सम्बन्ध दुवै बिगार्न सक्छ'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
छिनछिनमा फेसबुकमा स्टायटस अपडेट गर्नुहुन्छ? आफ्ना साथी, नातेदार र सहकर्मीहरुले के स्टायटस वा फोटो राखे, कसले के कमेन्ट गरे भनी छिनछिनमा हेर्नुहुन्छ ? त्यसो हो भने तपाईँमा तनावको स्तर बढ्न सक्छ, निद्रा हराउन सक्छ र व्यक्तिगत सम्बन्धमा असर पर्न सक्छ- ह्यारिसवर्ग युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीले गरेको एउटा नयाँ अध्ययनले यस्तै देखाएको छ। अध्ययनका अनुसार फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालका मिडियाहरुले छिटो लत लगाइदिन्छ। लत लागेपछि यसले स्वास्थ्य र सम्बन्ध दुवैमा असर पारेर जीवनमा समस्या ल्याइदिन्छ।
युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले एक सातासम्म सो विश्वविद्यालयका सबै ८ सय विद्यार्थीहरुको अध्ययन गरेका थिए। सोसल मिडियाको लत लागू पदार्थको कुलत जस्तै हुने तथ्य उनीहरुको अध्ययनमा देखियो। लागू पदार्थको कुलत छाड्नलाई गाह्रो परे जस्तै उनीहरुलाई फेसबुकको लत छाड्न समस्या देखियो। अनुसन्धानमा सहभागी एरिक डारले फक्स न्युजमा लेखेका छन्- अधिकांश विद्यार्थीहरुले लुकीलुकी चुरोट खाए जस्तै लुकीलुकी मोबाइलमा फेसबुक, ट्विटर हेरेको देखियो। केही विद्यार्थीहरु त दिनमा २१ घण्टासम्म कम्प्युटर वा मोबाइलमार्फत् फेसबुक जस्तो साइटमा झुण्डिएको देखियो। यसको कारण साथी वा परिवारका सदस्यहरुसित गुणस्तरीय आमनेसामने कुराकानी गर्न समय नै थिएन उनीहरुसित। अध्ययनपछि धेरै विद्यार्थीले सोसल साइटको कुलतले आफ्नो स्वास्थ्य शारीरिक र सम्बन्ध दुवै हिसाबले बिगारिरहेको महसूस गरे।

अयोध्याको विवादास्पद जग्गा तीन भागमा बाँडियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन १४ - भारतको अलाहवाद उच्च न्यायालयले अयोध्याको विवादास्पद जग्गा तीन भाग बाँडेको छ । तर अदालतले उक्त स्थानबाट रामको मूर्ति नहटाउन आदेश दिएको छ । तीन न्यायाधीशको बेन्चले बिहीबार विवादास्पद जग्गा हिन्दू महासभा, निर्मोही अखडा र सुन्नि सेन्ट्रल बोर्डका स्वामित्वमा बाँडेको छ । भारतीय मिडियाहरुले अदालतको निर्णयलाई सन्तुलित भनी टिप्पणी गरेका छन् । साठी वर्ष पुरानो बाबरी मस्जिद विवाद विहीबार अलाहवाद उच्च न्यायालयले फैसला गर्ने भएपछि हिंसा भड्कने सम्भावनालाई ध्यानमा राखेर भारत सरकारले अयोध्या सहर वरपर दुई लाख सुरक्षाकर्मी तैनाथ गरेको छ । सुरक्षाका लागि हेलिकप्टरसमेत तैनाथ गरिएका छन् ।
मस्जिद क्षेत्र भगवान रामको जन्म थलो भएकाले रामको मन्दिर निर्माण हुनु पर्ने दाबी हिन्दूहरुले गर्दै आएका छन् । यस विषयमा विवाद हुँदा केही हिन्दु अतिवादीहरुले सन् १९९२ मा मस्जिदमाथि आक्रमण गरेका थिए । आक्रमणपछि हिन्दु र मुस्लिमबीच हिंसा भडकिदा २ हजार मानिसको मृत्यु भएको थियो । जसमा सबभन्दा बढी मुस्लिमको मृत्यु भएको थियो ।

एनसेलको वायरलेस इन्टरनेट सेवा सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१३ असोज,स्पाइस नेपाल प्रालिको एनसेलले ३ दशमलब ६ मेगाबाइट प्रतिसेकेन्डको गतिमा चल्ने ताररहित इन्टरनेट सेवा सुरु गरेको छ ।कम्पनीले बुधबारदेखि डाटा कार्डमा सिमकार्ड राखेर इन्टरनेट प्रयोग गर्न सकिने सुविधा सुरु गरेको हो ।कम्पनीले ५ सय एमबी, १ हजार एमबी तथा ५ हजार एमबी गरी ३ वटा प्याकेजसहितको सेवा सुरु गरेको छ । त्यसमा ५ सय एमबी प्रयोगकर्ताले ४ सय ९९ रुपैयाँ प्रतिमहिना, १ हजार एमबी प्रयोगकर्ताले ८ सय ९९ सय रुपैयाँ प्रतिमहिना तथा ५ हजार एमबी प्रयोगकर्ताले ३ हजार ९ सय ९९ रुपैयाँ तिर्नुपर्नेछ । सेवा प्रयोगका लागि १ हजार ९ सय ९९ रुपैयाँ मूल्यबराबरको डाटा कार्ड आवश्यक पर्छ ।
सबै सेवामा आवश्यकताअनुसार २ रुपैयाँ प्रतिएमबी लागतमा सेवा थप गर्न सकिने एनसेलका कार्यकारी निर्देशक पासी कोइस्टिनेनले जानकारी दिए । उनले सबैको पहुँचमा इन्टरनेट सेवा पुर्‍याउने उद्देश्यले सेवा सुरु गरिएको बताए । 'डाटा कार्ड सिस्टमबाट थालनी गरिएको इन्टरनेट सेवा सुरुमा काठमाडौं उपत्यकाका ग्राहकका लागि मात्र लागू गरिएको छ, उनले भने, 'छिट्टै यो सेवा देशभर विस्तार गरिने लक्ष्य छ ।'
सेवा प्रयोगका लागि डाटा कार्डमा एनसेलको सिमकार्ड राख्नुपर्छ । त्यसलाई ल्यापटप वा डेस्कटप कम्प्युटरको युएसबी पोर्टमा राखेपछि त्यसको सफ्टवेयर स्वतः अपडेट भई इन्टरनेट सेवा प्रयोग गर्न सकिनेछ । सेवा सजिलो ट्यारिफ, राम्रो नम्बरलगायत सबै सिमकार्डबाट प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रधानमन्त्री चयनको दशौ निर्वाचन आगामी २० गते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १४, नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल व्यवस्थापिका संसदमा भएको प्रधानमन्त्री निर्वाचनमा नवौ पटक अस्वीकृत हुनुभएको छ । व्यवस्थापिका संसदमा आज भएको मतदानमा पौडेलको पक्षमा जम्मा १०५ मत परेको थियो ।कुल १६८ सभासद निर्वाचनमा सहभागी भएकोमा पौडेलको विपक्षमा २ र ६१ जना तटस्थ बसेका थिए । एकीकृत माओवादी, नेकपा एमाले, मधेशी जनअधिकार फोरम लगायतका दलहरु निर्वाचन प्रक्रियामा सहभागी नै भएनन् भने अन्य मधेशवादी दलहरु तटस्थ बसेका थिए ।एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीय निर्वाचनबाट अलग भएपछि पौडेल एक जना मात्र प्रतिष्पर्धामा हुनुहुन्छ । यसअघि आठौ चरणको मतदानमा पनि पौडेल एक्ला उम्मेदवार पौडेलले गत १० गते भएको मतदानमा पौडेलले ११६ मत प्राप्त गर्नुभएको थियो । संसद बैठकमा माओवादी र एमालेका शीर्ष नेताहरु उपस्थित थिएनन् ।प्रधानमन्त्री चयनको दशौ निर्वाचन आगामी २० गते हुनेछ । कांग्रेसले दशैसम्मका लागि निर्वाचन सार्न प्रस्ताव गरेपनि माओवादीले सहमति नजनाएका कारण निर्वाचन २० गतेका लागि तिथि तोकिएको हो । कांग्रेसले सूचना टांसेर बैठक स्थगित गर्न प्रस्ताव गरेपनि माओवादीले अनन्तकालसम्म निर्वाचन स्थगित गर्न नसकिने बताएको थियो ।

रामचन्द्र प्रधानमन्त्री पदका लागि नवौं पटक पराजित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन १४,कङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल प्रधान मन्त्री पदका लागि संसदमा भएको चुनावमा नवौं पटक पराजित भएका छन् । बिहीबार भएको प्रधान मन्त्रीको चुनावमा १ सय ६८ जना सांसदको उपस्थिति थियो । पौडेलको पक्षमा १ सय ५ मत पर्‍यो। त्यसैगरी विपक्षमा २ र तटस्थमा ६१ मत परेका थिए। प्रधान मन्त्रीको लागि दसौं चुनाव असोज २० गते हुनेछ । एमालेतर्फबाट उम्मेद्वार बनेका पार्टी अध्यक्ष झलनाथ खनाल र माओवादी उम्मेद्वार अध्यक्ष पुष्पकमल दाहालले उम्मेद्वारी फिर्ता लिएपछि पौडेल एक्लै चुनावी मैदानमा थिए।आफूले हार्ने पक्का भएपछि पौडेलले एमालेबाहेकका अन्य सत्ता साझेदारहरुको समर्थनमा आजको चुनाव एक महिनापछि सार्न सभामुखलाई आग्रह गर्ने निर्णय आजै गराएका थिए।

Sep 29, 2010

भरपर्दो माध्यम गुगल पछारियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रयोगकर्तालाई केही कुराको जानकारी चाहियो कि गुगल भरपर्दो माध्यम बन्दै आएको छ । तश्वीर पनि अपलोड र डाउनलोड गर्न सकिने भएकाले यसका प्रयोगकर्ता ठूलै संख्यामा रहेका छन्र । सूचना प्रविधिको क्षेत्रमा एकलौटी वर्चश्व कायम गर्दै आएको गुगललाई अहिले फेसबुकले कडा चुनौती मात्र दिएको छैन, पछि नै पारिदिएको छ । कमस्कोर नामक एक साइटले गरेको अध्ययनअनुसार अमेरिकाका वेब प्रयोगकर्ताले गुगलमा सर्च गर्नुभन्दा फेसबुकमा बढी समय बिताइरहेका छन् । अध्ययनअनुसार गएको अगस्त महिनामा मात्र अमेरिकीहरूले चार करोड १० लाख मिनेट फेसबुकमा बिताएका थिए ।गुगल सर्च गर्ने समय भने तीन करोड ९८ लाख मिनेट रहेको थियो । यसमा युट्युब, फ्रि जिमेल, गुगल च्यूजलगायत गुगलका सबै साइटहरू समावेश छन्र । तेस्रो नम्बरमा धकेलिएको याहु साइटका अमेरिकी प्रयोगकर्ताले ३ करोड ३७ लाख मिनेट मात्र नेटमा बिताएका थिए । फेसबुकले जुलाइ महिनामा मात्रै याहुलाई पछि पार्दै अघि बढेको थियो । अघिल्लो वर्षको अगस्तमा नेट प्रयोगकर्ताले फेसबुक र गुगलमा करिब ५५ प्रतिशत समय खर्च गरेका थिए भने याहुमा १२ प्रतिशत ।

प्रयोगकर्तालाई केही कुराको जानकारी चाहियो कि गुगल भरपर्दो माध्यम बन्दै आएको छ । तश्वीर पनि अपलोड र डाउनलोड गर्न सकिने भएकाले यसका प्रयोगकर्ता ठूलै संख्यामा रहेका छन्र । सूचना प्रविधिको क्षेत्रमा एकलौटी वर्चश्व कायम गर्दै आएको गुगललाई अहिले फेसबुकले कडा चुनौती मात्र दिएको छैन, पछि नै पारिदिएको छ । कमस्कोर नामक एक साइटले गरेको अध्ययनअनुसार अमेरिकाका वेब प्रयोगकर्ताले गुगलमा सर्च गर्नुभन्दा फेसबुकमा बढी समय बिताइरहेका छन् । अध्ययनअनुसार गएको अगस्त महिनामा मात्र अमेरिकीहरूले चार करोड १० लाख मिनेट फेसबुकमा बिताएका थिए ।गुगल सर्च गर्ने समय भने तीन करोड ९८ लाख मिनेट रहेको थियो । यसमा युट्युब, फ्रि जिमेल, गुगल च्यूजलगायत गुगलका सबै साइटहरू समावेश छन्र । तेस्रो नम्बरमा धकेलिएको याहु साइटका अमेरिकी प्रयोगकर्ताले ३ करोड ३७ लाख मिनेट मात्र नेटमा बिताएका थिए । फेसबुकले जुलाइ महिनामा मात्रै याहुलाई पछि पार्दै अघि बढेको थियो । अघिल्लो वर्षको अगस्तमा नेट प्रयोगकर्ताले फेसबुक र गुगलमा करिब ५५ प्रतिशत समय खर्च गरेका थिए भने याहुमा १२ प्रतिशत ।

११ दलको काँग्रेसलाई उम्मेदवारी फिर्ता लिन आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन १३ - माओवादी, एमालेसहित ११ दलको संयुक्त बैठकले काँग्रेसलाई प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । बुधबार बिहान माओवादी संसदीय दलको कार्यालयमा भएको बैठकले राष्ट्रिय सहमतिका लागि पहिलो बिकल्पको रुपमा काँग्रेसलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको हो । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार काँग्रेसले उम्मेदवारी फिर्ता लिन नमाने सभामुखलाई बाधा अड्काउ फुकाउनका लागि आग्रह गर्ने र त्यसले पनि काम नगरे संसदको नियमावली संशोधनको प्रकृयामा जाने निर्णय भएको छ । 'खेल भत्किएको छ, त्यसलाई सही दिशामा ल्याउनका लागि काँग्रेस तयार नभए सभामुखलाई आग्रह गर्ने हो, त्यो पनि भएन भने नियम परिवर्तनको प्रकृयामा प्रवेश गर्ने छ' उनले संवाददाताहरुसंग भने । सातौं चरणको निर्वाचनबाट पनि प्रधानमन्त्री छान्न नसकेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले गत १० गते आठौं चरणको निर्वाचन अघि उम्मेदवारी फिर्ता लिएका थिए । त्यसपछि काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल एक्लै प्रधानमन्त्रीका उम्मेदवार छन् ।

सैनिक कल्याणकारी कोषमा २० अर्ब रुपियाँ पुँजी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १३,नेपाली सेनाले सैनिक कल्याणकारी कोषमा २० अर्ब रुपियाँ पुँजी रहेको तथ्य सार्वजनिक गरेको छ। हाल कल्याणकारी कोषमा १६ अर्ब रकम मौज्जात रहेको र राष्ट्रसंघबाट सोधभर्नाबाफत् चार अर्ब आउन बाँकी रहेको सेनाले जनाएको छ। कोषको वार्षिक प्रतिवेदन सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सैनिक कल्याणकारी निर्देशक सहायकरथी पूर्णचन्द्र थापाले विभिन्न ६१ बैंक तथा वित्तीय संस्थाहरूमा राखिएको रकमबाट गत आर्थिक वर्षमा मात्र ९३ करोड व्याज आम्दानी भएको बताए। गत आर्थिक वर्षमा ८० करोड आम्दानी भएको थियो। ८-९ प्रतिशतसम्म व्याजदरमा रकम मौज्जात गरिएकोमा नयाँ प्रधानसेनापति छत्रमानसिंह गुरूङको निर्देशनपछि आकर्षक व्याजदर १२-१३ प्रतिशतसम्म भएको बैंकमा रकम स्थानान्तरण गर्दा गत वर्षको तुलनामा १३ करोड रकम बढी आम्दानी भएको थापाले बताए। 'पहिले मुद्दति निक्षेपमा रकम राख्ने गरिएको थियो, अहिले प्रतिष्पर्धात्मक एवम् आकर्षक व्याजदरमा सुरक्षित बैंकमा रकम राख्ने नीति लिइएको छ,' थापाले सञ्चारकर्मीसित भने, 'तर विदेशी मुद्रा तीन प्रतिशतमा तलमाथि भइरहेकोले अपेक्षा अनुरूप व्याज पाउन सकिएको छैन।'

रेलमार्ग ल्हासाबाट नेपालतर्फ विस्तार गर्न सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेइजिङ,चीनले विश्वको सबैभन्दा अग्लो भू-भागमा सञ्चालन गर्दै आइरहेको छिङहाई-तिब्बत रेलमार्गलाई तिब्बतको सदरमुकाम ल्हासाबाट नेपालतर्फ विस्तार गर्न सुरु गरेको छ ।चार वर्ष अगाडि ल्हासामा पुगेको रेलमार्गलाई आगामी चार वर्षभित्र २५३ किलोमिटर विस्तार गरी तिब्बतको दोस्रो ठूलो सहर सिगात्सेसम्म पुर्‍याउन यसै हप्ताबाट काम सुरु गरिएको चिनियाँ सञ्चारमाध्यमहरूले आज जनाएका छन् ।छिङहाई प्रान्तबाट सुरु भई समुद्री सतहबाट पाँच हजार मिटरभन्दा अग्लो भू-भाग हुँदै निर्माणाधिन छिङहाई-तिब्बत रेलमार्गलाई ल्हासाबाट विस्तार गरी नेपाली सीमासम्म पुर्‍याउन नेपालले पटकपटक चीनसँग अनुरोध गर्दै आइरहेको छ ।ल्हासा-सिगात्से रेलमार्ग निर्माणका लागि करिब १३ अर्ब ३० करोड चिनियाँ युवान अर्थात् रु डेढ खर्ब विनियोजन गरिएको बताइएको छ ।तिब्बतको ल्हासाबाट काठमाडौँसम्म झन्डै ५० वर्ष अगाडिदेखि सञ्चालन भइरहेको मितेरी राजमार्ग पनि सिगात्से हुँदै जान्छ ।नेपाल, भारत र भुटानसँग सीमा जोडिएको तिब्बत पि्रफेक्चरमा पर्ने सिगात्से पञ्चेन लामाको बासस्थान हो ।झन्डै ६०० वर्ष पुरानो इतिहास रहेको सिगात्से सहर धार्मिक पर्यटनको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।

नामावली सूचीकरण कार्यमा लिम्बुवानको अवरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भद्रपुर,जिल्ला निर्वाचन कार्यालय झापाद्वारा भइरहेको फोटोसहितको मतदाता, नामावली सूचीकरण कार्यमा आज झापाको दुईवटा नगरपालिकामा लिम्बूवानका कार्यकर्ताले अवरोध उत्पन्न गरेको छ ।मेचीनगरपालिका-१० र दमक नगरपालिका-५ मा लिम्बुवानका कार्यकर्ताले मतदाता नामावली सूचीकरण गर्ने केन्द्रमा पुगेर यस कार्यमा खटिएका कर्मचारीलाई काम बन्द गर्न भनेकाले यतिखेर मतदाता सूचीकरण गर्ने कार्य ती वडाहरूमा ठप्प भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।भद्रपुर नगरपालिकामा यो कार्य पूर्ववत्रूपमा चालु छ । यस सम्बन्धमा कार्यालय प्रमुख गोपाल आचार्यले मतदाता सूचीकरण कार्यको अवरोध हटाउन पहल भइरहेको बताउनुभएको छ ।यस जिल्लाको तीनवटै नगरपालिकामा भदौ ३० गतेदेखि फोटोसहितको नामावलीको कार्य सुरु भएपछि हिजोसम्ममा ३१ हजार ३६२ जना मतदाताको नामावली सूचीकरण गरिएको छ ।सो अनुसार, मेचीनगरपालिकामा १३ हजार ६८०, दमक नगरपालिकामा १२ हजार ८२० र भद्रपुर नगरपालिकामा चार हजार ८६२ जनाको फोटोसहितको नामावली सूचीकरण गरिसकिएको उक्त कार्यालयले जनाएको छ ।

जबर्जस्ती पैसा उठाउने नेता-कार्यकर्ता पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धरान,असोज १३ - राजमार्गमा जर्बजस्ती पैसा उठाएको आरोपमा प्रहरीले विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनका ८ जना नेताहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एमाले निकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका कोशी अञ्चल सदस्य गोविन्द गिरी, दुर्गा पोख्रेल, यज्ञ प्रसाई र धरान नगर कमिटिका उपाध्यक्ष तारा शाक्य रहेका छन्। यसैगरि, एमाओवादी निकट अखिल नेपाल मजदुर संघका जिल्ला इञ्चार्ज देव राई, कांग्रेस निकट नेपाल यातायात चालक संघका धरान अध्यक्ष धनबहादुर राई र नेपाल यातायात मजदुर संघका पुरण राई र डि.बि.लामा पनि पक्राउ परेका छन्। मजदुर नेताहरुलाई आज बुधबार बिहान करिब १० बजे धरान ८ तीनकुनेस्थित धरान प्रवेशद्धारबाट इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो। हाल ती नेताहरुलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ। मजदुर नेताहरुले विनाकारण आफुहरुलाई पक्राउ गरेर प्रहरीले ज्यादती गरेको आरोप लगाएका छन्। 'हाम्रो संगठनमा आवद्ध यातायात मजदुर साथीहरुले ०३६ सालदेखि लेवि तिदै आएका छन्, यो कुराको जानकारी प्रहरी प्रशासनलाई पनि थाह छ,' नेपाल यातायात स्वतन्त्र मजदुर् सगठनका धरान अध्यक्ष कमल भटराईले भने, 'तर, अहिले प्रहरीले एक्कासी लेवि उठाउन पाउदैन भनेर नेताहरुलाई समातेर लग्यो।' उनका अनुसार मंगलबार पनि प्रहरीले सोही स्थानबाट चारवटै संगठनका रसीद र पैसा कब्जामा लिएर मजदुरहरुलाई लखेटेको थियो।इलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डिएसपी उमाशंकर पञ्जियारले भने राष्टिय राजमार्गहरुमा पैसा उठाउन नपाउने भएकोले माथिको आदेश वमोजिम आग्रह गर्दा नमानेकोले पक्राउ गरिएको बताए। 'राजमार्गमा पैसा उठाउन पाइदैन भनेर आग्रह गर्यौं, तर जर्बजस्ती गरेपछि उहाँहरुलाई नियन्त्रणमा लिएका हौं,' डिएसपी पञ्जियारले भने। राजनैनिक दल निकट यातायात मजदुर संठगनहरुले धरान प्रवेशस्थल तीनकुनेमा आ आफ्नो संगठनमा आवद्ध मजदुरहरुसंग दैनिक १० रुपैयाले लेवी उठाउदै आएको छ। यसरी उठाएको लेवी मजदुरकै हितमा खर्च गर्ने मजदुर संगठनहरुले दाबी गदै आएको छ। यसैबीच, पक्राउ परेका नेताहरुले केन्द्रीय नेताहरु नआएसम्म प्रहरीसँग वार्तामा नबस्ने जनाएका छन्। 'केन्द्रीय नेताहरु नआएसम्म प्रहरीसँग वार्तामा बस्दैनौं,' पक्राउ परेकी तारा शाक्यले टेलिफोन सम्पर्कमा भनिन्।

राधाकृष्ण मैनाली माओवादीमा प्रवेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन १३,शाहीकालीन मन्त्री राधाकृष्ण मैनालीले राजाको प्रत्यक्ष शासनलाई सर्मथन गर्नु ठूलो भुल भएको भन्दै आत्मआलोचना गरेका छन् । बुधबार उनले औपचारिक रुपमा माओवादीमा प्रवेश गरेका छन् । पार्टी मुख्यालय पेरिसडांडामा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहालले उनलाई स्वागत गरेका थिए । शाहीकालमा शिक्षामन्त्री भएका मैनाली त्यस अघि एमाले स्थायी कमिटि सदस्य समेत थिए । झापा आन्दोलनका चर्चित नेता मैनाली यस अघि नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल समक्ष आफू बामपन्थी राजनीतिमा सक्रिय रहने इच्छा व्यक्त गरेका थिए । मैनालीले बामपन्थी राजनीतिमा सक्रिय हुने व्यक्त इच्छा गरेपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई माओवादीमा प्रवेश गर्न आग्रह गरेका थिए ।

Sep 28, 2010

संविधान निर्माण प्रक्रिया सुचारु गर्न सभासदहरुकै दबाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधान निर्माणका लागि तय गरिएको कार्यतालिका बमोजिम प्रक्रिया अघि नबढेपछि सभासद्हरुले संविधान बनाउने विषयमा प्रमुख दलहरुलाई दबाव दिने भएका छन् ।नयाँ कार्यतालिका पनि परिवर्तन हुने अवस्था आएको भन्दै विभिन्न दल संवद्ध सभासहरुले भोलिदेखिनै दवावमुलक कार्यक्रम सुरु गर्ने भएका हुन् ।दबावका लागि भोलि उनीहरुले सभामुख सुवासचन्द्र नेम्वाङलाई भेटेर ध्यानाकर्षण गराउने काँग्रेस सभासद गगन थापाले जानकारी दिनुभयो ।नयाँ कार्यतालिका अनुसार विभिन्न आठ वटा विषयगत समितिले तयार पारेको मस्यौदा यही असोजभित्र संवैधानिक समितिमा पठाउनुपर्ने उल्लेख छ भने कात्तिक महिनाभित्रमा संविधानको प्रारम्भिक मस्यौदा बनाइसक्नुपर्ने उल्लेख गरिएको छ ।

सात वर्षीय बालकले चलाए डोजर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काभ्रे, ११ असोज,सामान्यतया सात वर्षको बालकले साइकल पनि हाक्न सिकेको हुदैन । तर, युकेजीमा पढ्ने काभ्रेका एक बालकले डोजर चलाएर सबैलाई चकित बनाइदिएका छन् । सागा गाविस-७ का ७ वर्षीय दावा फिन्जु (डिएफ) लामाले सोमबार सागा गाविस-७ स्थित आशापुरेश्वरमा स्काभेटर २०० पिसी चलाएर देखाएका हुन् । उनले डोजर मात्र चलाएनन् बाटोसमेत खनेर गाउालेलाई जिल्ल बनाए । उनलाई साहसी बालकको संज्ञा दिदै गिनिजबुकमा नाम लेखाउने पहल गर्न माग गरिएको छ । ०६० साल असार १ गते आमा हीरामाया लामा र बुबा राजेश लामाबाट जन्मेका हुन्, दावा । उनी विद्यालयमा पनि उत्कृष्ट छात्राको रूपमा रहेका छन् । उचाइ ३ फिट १० इन्च मात्र रहेका यी बालकलाई डोजरमा चढ्न र ओर्लनसमेत झुन्डिनुपर्छ । उभिएर ब्रेक थिच्नुपर्छ ।
डोजर चलाउन सक्छन् भन्ने पहिले उनकै बाबुआमालाई पनि थाहा थिएन । विद्यालय छुट्टी भएपछि भागीभागी डोजर चलाउन सिकेको उनले बताए । 'दिनहुँ बिहान-बेलुका घरबाट हराउाथ्यो, कहा गयो भनेर खोज्दा स्काभेटरमा खेल्न गएको भेटिन्थ्यो,' बालकका बाबु राजेश लामाले भने, 'एकदिन अपरेटर भाइले तपाइर्ंको छोराले पनि डोजर चलाउन थाल्यो भनेपछि पहिला पत्यार लागेन, पछि हेर्दा त जिल्ल परेँ ।' आशापुरेश्वरमा डोजर अपरेटर पूर्ण स्याङ्तानले डोजरको काम गरिरहेका वेला बालक दावा सधैा खेल्ने बहानामा सिक्न जाने गर्थे । पूर्णले पनि बालकलाई काखमा राखेर चलाउन सिकाइदिए । 'पूर्ण अंकलले चलाएको देखेर सिके, अब त सबै काम गर्न आउछ, भीर र पहरामा पनि बाटो बनाउन सक्छु,' बालक दावाले गर्वका साथ भने ।
सोमबार सार्वजनिक रूपमा उनले डोजर चलाएर बाटो खनेको हेर्न सयौ स्थानीयका साथै उनको नातेदार र विद्यालयका  शिक्षक र साथीहरू उपस्थित भएका थिए । सातवर्षे बालकले डोजर चलाएको विश्वकै प्रथम हुन सक्ने सागा गाविसका समाजसेवी टुल्कु लामाको कथन छ ।
'गिनिजबुकमा यी बालकको नाम लेखाउन अब हामी क्रियाशील हुन्छौ' उनले भने । उनको प्रतिभा हेर्न उपस्थित भएका जिल्ला शिक्षा अधिकारी रामशरण सापकोटाले विद्यालयका पि्रन्सिपल श्याम भुजेललाई विनाशुल्क पढाउन आग्रह गरेका छन् । डोजर अपरेटर देवचरण चौधरीलाई पनि बालकले डोजर चलाएको देखेर अचम्म लागेको छ । 'मलाई नै डोजर चलाउन सिक्न तीन महिना लाग्यो, तर यी बालकले २५/३० दिनमै सिकेर चलाए । खुट्टा पुग्दैन, तर सबै हातले भ्याएका छन्, मलाई नै अचम्म लाग्यो,' उनले भने । दावा हाल सागाको विकटेश्वर बोर्डिङ स्कुलमा युकेजीमा पढ्छन् ।

राष्ट्र बैंकले सुनचाँदी बेच्न थाल्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १२- नेपाल राष्ट्र बैंकले मंगलबारदेखि सुनचाँदी बेच्न थालेको छ। देशको केन्द्रीय बैंकले व्यवसायीलाई दैनिक १ सय किलो सुन र एक हजार किलो चाँदी बेच्ने जनाएको छ। बजारमा अत्यधिक रूपमा कालो बजारी भएको भन्दै त्यसलाई रोक्न राष्ट्र बैंक आफैँले सुन बेच्न थालेको हो। नेपाल राष्ट्र बैंकका प्रवक्ता गोपाल काफ्लेका अनुसार सुनचाँदी व्यवसायीसँग भएको छलफलपछि आजदेखि बोलकबोलमा सुन बेच्ने सहमति भएको हो।
नेपाल सुनचाँदी व्यवसायी सङ्घ, सुनचाँदी व्यवसायमा संलग्न अन्य तीन व्यवसायी सङ्घ र नेपाल हस्तकला महासङ्घको सिफारिसमा आएका सुन व्यवसायीलाई मात्र सुन बेच्ने निर्णय गत मङ्गलबार बसेको बैठकले गरेको प्रवक्ता काफ्लेले जानकारी दिए। आज बैंकले सवा १२ बजे अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यअनुरूप सुनमा प्रति १० ग्राम एक हजार र चाँदीमा प्रतिकिलो दुई हजार ४ सय थप गरी सुनको न्युनतम मूल्य निर्धारण गरेको छ। अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य एकहजार २००- ५७ प्रति औँस छ। आज २ बजेदेखि तीन बजेसम्म बोलकबोल गर्न पाइने छ र बोलकबोलबाट प्राप्त भएको सबैभन्दा बढी मूल्य नै सुन बेच्नका लागि तोकिने मूल्य हुनेछ।
पचहत्तर किलो सुन बोलकबोलबाट बेचिने छ भने- बाँकी २५ किलो सुन भने बोलकबोल नगर्ने व्यवसायीलाई बेचिने राष्ट्रबैंकले जनाएको छ। बोलकबोलमा सामेल नहुने व्यवसायीले बैंकले तोकेकै दरमा सुन खरिद गर्नुपर्ने छ। उनीहरूलाई बोलकबोलमा सामेल हुने व्यवसायीलाई भन्दा बढी रकम परेमा पनि राष्ट्र बैंकसँग गुनासो गर्न नपाइने प्रावधान रहेको छ। बैंकले आजदेखि प्रत्येक मङ्गलबार सुन बेच्ने गर्दछ भने- सुन बेच्नका लागि प्रत्येकहप्ता बोलकबोल गर्ने प्रावधान राखेको छ।
राष्ट्र बैंकसँग अहिले एक हजार किलो सुन जगेडा रहेको र त्यसले करिब १० हप्तासम्म पुग्ने अनुमान गरिएकाले केही समय बैंक आफैँले सुन बेच्ने प्रवक्ता काफ्लेले जानकारी दिए। छ महिनाअघि अध्यादेशमार्फत सुनचाँदी आयातमा बढाएको भन्सार दर गत भदौ १८ गते सकिएपछि सरकारले सुन आयातमा नै प्रतिबन्ध लगाएको थियो।सो अध्यादेश पारित नभएका कारण बजारमा कालोबजारी बढिरहेकाले सरकारले नेपाल राष्ट्र बैंकले आफ्नो मौज्दातबाट सुन बेच्नका लागि निर्देशन करिब दुई हप्ताअघि दिएको थियो। तर तोकेको समयमा बैंकले सुन बेच्न सकेको थिएन।
बैंकले सुनचाँदी किन्न आउने मानिस सुनचाँदी व्यवसायी हुनकी होइन भनेर पत्तालगाउने जिम्मा ती चार सङ्घलाई दिएकाले गैर सुनचाँदी व्यवसायीले मात्र राष्ट्र बैंकले दिएको सुन किन्न पाउने भएका छन्। यसले साच्चैका सुन व्यवसायीलाई मर्का नपर्ने सुन व्यवसायी बताउँछन्।

हङकङमा फुट्यो 'केवल' गंगाको कविताको मूल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन १२ - तनहुँको भुजीकोटमा जन्मेहुर्केकी उनले आफ्नो नाममा उपनाम होइन, सहनाम जोडिन्- केवल । चञ्चल मनकी 'केवल' गंगा गुरुङ स्कुले पढाइ पूरा गरेर सात वर्षअघि कामको खोजी गर्दै हङकङ पुगिन् । अनि उतै प्रस्फुटन भयो, केवलभित्रको कविताको मूल । 'संगीत सिक्ने धुनमा संगीतकार दिनेश सुब्बाको संगतमा पुगेकी थिएँ,' एउटा अवसरमा काठमाडौंमा भेटिएकी गंगाले सुनाइन्, 'व्यस्तताले भायोलिन सिक्ने मेरो रहर पूरा नभए पनि मभित्र लुकेको कवित्वलाई बाहिर निकाल्न हङकङको सांगीतिक माहौलले साथ दियो ।' हङकङ बसाइका क्रममा लेखिएका २७ कविताको संग्रह 'कविता केवल गंगा गुरुङका' भर्खरै प्रकाशनमा आएपछि उनको चिनारी अलिक फराकिलो बनेको छ । 'उता व्यस्त समयका बाबजुद कहिले समय चोरी लेखिन्थ्यो त कहिले आफ्नो गाउँघरको यादले निद्रा नलाग्दा आधा रातमा पनि उठेर लेखिन्थ्यो,' गंगा भन्दै थिइन्, 'हाम्रो मनलाई यदाकदा माहौल र परिवेशले पनि कवि बनाउन सघाउन रहेछ ।'
दुई वर्षअघि परदेशबाट घर फिरेपछि पोखरावासी बनिरहेकी यी २४ वर्षे गुरुङ भाषामा पनि कविता लेख्छिन्, अनि 'तमु संसार' र अन्य पत्रपत्रिकामा छपाउने गर्छिन् । गण्डकी टेलिभिजनमा 'रियालिटी सो' की होस्ट गंगाको नाच्ने र गाउने सोख कविता लेख्नेभन्दा अब्बल रहेछ । 'अब छिट्टै गुरुङ फिल्म 'कर्मक्या' (कर्मको बाटो) मा राम्रै भूमिकामा देखिँदै छु,' उनले सुनाइन् ।
नेपाली साहित्य प्रतिष्ठान हङकङले निकालेको कविता कृतिमा प्रतिष्ठानका अध्यक्ष टंक सम्बाहाम्फेले भनेका छन्, 'गंगाका कविताहरू मन छुने खालका छन्, जसले देशप्रतिको भावना जगाइदिन्छन् । परदेश बसाइको अशान्त मनलाई राहत पुर्‍याउँछ ।'
गंगा पढ्नमा पनि लेख्नजत्तिकै रुचि राख्छिन् । विक्रम सुब्बा, श्रवण मुकारुङ, उपेन्द्र सुब्बाका कविता पढ्नमा रमाइरहन्छिन् उनी । तर हङकङ परदेश छाडेर नेपाल आउनाको उनको धारणा र भावना भने अर्कै छ । उनले भनिन्, 'नेपालमा पैसाबिना पनि इलम गरेर बाँच्न सकिन्छ । हङकङमा पैसा नभई जीवन चल्दैन ।' परदेशबाट फिरेपछि पनि गंगाको कविता-यात्रा रोकिएको छैन, केही पातलिएको भने छ । घरभित्र देखिएको सामाजिक, राजनीतिक र अन्य बेथितिको दुहाइ पनि उनी कवितामै दिइरहेकी हुन्छिन् । जस्तो- म कविको नाउँमा
काग हुँ तिम्रो निम्तिअशुभ खबर कोरी पठाउँछु...
र्इकान्तिपुरबाट साभार

गलत फोटो छापेका कारण कारबाहीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कायरो/ इजिप्टको एक सरकारी समाचारपत्र गलत किसिमले फोटो छापेका कारण कारबाहीमा परेको छ । यस फोटोमा राष्ट्रपति होस्नी मुबारकले मध्यपूर्व शान्तिवार्ताको नेतृत्व गरेजस्तो देखिएको छ । शान्तिवार्ता औपचारिक रूपमा सुरु हुँदा ह्वाइटहाउसमा लिइएको फोटोमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले बाटो देखाइरहेको र होस्नी मुबारक पछि-पछि आइरहेको दृश्य छ । तर, अल-अहरम नामक इजिप्टको सो समाचारपत्रमा मुबारक रातो कार्पेटमा अघि-अघि हिँडिरहेको तथा ओबामा, इजरायली, प्यालेस्टाइनी तथा जोर्डानी नेताहरू पछि-पछि लागिरहेकोे फोटो छापिएको छ । यसरी बंग्याएर प्रस्तुत गरिएको तस्बिर 'शर्म एल्- सेखको मार्गमा' शीर्षकको लेखको शीर्षभागमा छापिएको थियो । होस्नी मुबारकले आतिथ्य प्रदान गरेको शान्तिवार्ताको मध्यस्थतासम्बन्धी बैठक इजिप्टको रेड सी रिजोर्टमा भएको थियो र त्यसमा अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन तथा शान्तिदूत जर्ज मिचेलले भाग लिएका थिए । विपक्षी ६ अपि्रल युथ मुभमेन्टले इजिप्टको सबैभन्दा ठूलो समाचारपत्र अल-अहरमले यसरी एकका ठाउँमा अर्को फोटो छापी गैरव्यावसायिक काम गरेको आरोप लगाएको छ ।
६ अपि्रल युथ मुभमेन्टले एक वेबसाइटमार्फत विज्ञप्ति दिँदै भनेको छ, 'भ्रष्ट शासनको मिडिया यस्तै हुन्छ, पत्रिकाले इमानदारी र सन्तुलनको लक्ष्मण रेखा नाघेको छ ।' अल-मस्री अल—युम नामक स्वतन्त्र दैनिक समाचारपत्रले राज्यसञ्चालित दैनिक अल-अहरमले मुबारक अघि-अघि र अरू पछि-पछि देखाइएको फोटोबारे 'शल्यक्रिया' गरेको छ । तर, अल-अहरमले भने वेबसाइटमा त्यस फोटोको सट्टा रेड सी रिसोर्टमा मेचमा बसेका नेताहरूको फोटो राखेको छ । समाचारपत्रका कोही पनि अधिकारी टिप्पणीका लागि उपलब्ध भएनन् । इजरायली अधिकारीले मंगलबारको बैठकका लागि मात्र शर्म एल्—शेख छनोट गरिएको र क्षेत्रीय शान्ति प्रयासमा इजिप्टको मुख्य भूमिकालाई ध्यानमा राखी त्यसो गरिएको बताएका छन् ।

साइबर जाँदा परिचयपत्र अनिवार्य

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १२ - साइबर क्याफेमा गएर इन्टरनेट चलाउने गर्नुहुन्छ भने अबदेखि परिचयपत्र पनि लैजानुहोला। परिचयपत्र नभएका व्यक्तिलाई साइबर क्याफेले इन्टरनेट चलाउन नदिन सक्नेछन्। साइबर क्याफेबाट अपराधिक घटनालाई बल पुग्ने इमेल, एसएमएस गर्ने प्रवृत्ति देखिएपछि त्यसलाई नियन्त्रण गर्न नियामक निकायले परिचयपत्र हेरेरमात्र साइबर क्याफेमा प्रवेश दिन निर्देशन दिएको छ। 'साइबरमा आउनेको परिचयपत्र हेरेर मात्र प्रवेश दिनुपर्ने गरी हामीले इन्टरनेट सेवा प्रदायक (आइएसपी) हरुलाई निर्देशन दिएका छौं,' नियामक निकाय दूरसञ्चार प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने। यो निर्देशनअनुसार अब साइबर क्याफे सञ्चालकले ग्राहकको कुनै पनि किसिमको परिचयपत्र हेरेर मात्र प्रयोग गर्न दिनुपर्नेछ। 'साइबरमा आउनेको परिचयपत्र हेरेर उनीहरुको पूरा विवरणसहितको लगबुक राखेरमात्र चलाउन दिनुपर्नेछ,' न्यौपानेले भने। साइबर क्याफे चलाउनेले हरेक कम्प्युटरलाई नम्बर दिएर ग्राहक कुन कम्प्युटरमा कति समय बस्यो भनेर विवरणसमेत राख्नुपर्नेछ। 'यस्तो गर्दा यदी कोही कसैले इमेलबाट धम्की दिइहालेको अवस्थामा पनि पत्ता लगाउन सजिलो पर्छ,' न्यौपानेले भने। सुरक्षा निकायले मागेको समयमा कुन कम्प्युटरमा को बसेको थियो र उसले कति समयसम्म प्रयोग गर्‍यो भन्ने विवरण समेत उपलब्ध गराउनुपर्नेछ। भारतलगायत अधिकांश देशमा साइबर क्याफेले ग्राहकको परिचयपत्रको फोटोकपी राखेरमात्र प्रयोग गर्न दिने नीति छ। नेपालमा भने अहिलेसम्म साइबर क्याफेमा गएर जोसुकैले जुनसुकै साइट खोलेर हेर्नसक्ने सुविधा छ। साइबर क्याफेहरुले अश्लील साइटहरु नखोल्नको लागि आफ्ना ग्राहकलाई सूचना दिनुपर्ने नयाँ व्यवस्था पनि गरिएको छ। अहिले अश्लील साइट हेर्नेहरुमध्ये अधिकांशले साइबर क्याफेलाई प्रयोग गर्नेगरेको प्रहरीको रिपोर्ट छ। प्रहरीकै सुझावका आधारमा प्राधिकरणले नीति बनाएर आइएसपीहरुलाई यस्तो निर्देशन दिएको हो। 'यो नीतिले इन्टरनेटमार्फत हुने अपराधिक घटनालाई कम गर्न सहयोग पुग्छ,' इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष विनय बोहोराले भने। अहिलेकै रुपमा साइबर क्याफेलाई छाड्ने हो भने इन्टरनेटको दुरुपयोग हुने देखिएकोले साइबर क्याफेलाई नियममा बाँध्न यस्तो नीति ल्याइएको हो। नयाँ नीतिअनुसार साइबर क्याफे सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय वा उद्योग विभाग अन्तर्गतको कुनै पनि निकायमा दर्ता हुनुपर्नेछ। साइबर क्याफेहरु कर कार्यालयमा समेत दर्ता गर्नुपर्ने अनिवार्यता गरिएको छ। प्राधिकरणका अनुसार यो नीति देशभरिका साइबर क्याफेको निम्ति लागु हुनेछ। निजी साइबर क्याफे, सूचना केन्द्रहरुले ग्राहकहरुको लागि आचारसंहिता बनाएर राख्नुपर्ने भएको छ। 'इन्टरनेटको माध्यमबाट धम्की, गालीगलौजका घटना हुन नदिन र अश्लिल साइट हेर्ने लतबाट जोगाउन यस्तो नीति ल्याउनुपर्ने आवश्यकता देखिएका हो,' प्राधिकरणका अर्का एक अधिकारीले भने। नेपालमा अहिले इन्टरनेट सेवा प्रदायक कम्पनी ३८ वटा छन्। प्राधिकरणका अनुसार साइबर क्याफेमध्ये ९० प्रतिशत नेपाल टेलिकमका छन्। साइबर क्याफेको लागि नेपाल टेलिकमले सुरु गरेको एडिएसएल सेवा सस्तो भएकोले धेरै साइबर क्याफे एडिएसएलका ग्राहक छन्।

Sep 27, 2010

काग्रेस उम्मेदवारहरु कस्ले कति मत पाए ?

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन ११,काग्रेस केन्द्रीय कार्य समितिमा खुल्लातर्फबाट संस्थापन (कोइराला) पक्षका १४ र देउवा पक्षका ११ जना विजयी भएका छन् । सोमबार अपरान्हतिर सम्पन्न मतगणना अनुसार उक्त नतिजा आएको हो । यसैगरी अंचलतर्फ पनि संस्थापनका ९ र देउवा पक्षका ५ जना विजयी भएका छन् । प्राप्त मतका आधारमा उम्मेदवारहरुको नामावली निम्न अनुसार रहेको छ । (२५ जना भित्रका विजयी भएका हुन् ।)
स्थान उम्मेदवारको नाम प्राप्त मत
१ गगन थापा २०६१
२ अर्जुन नरसिंह केसी २०३४
३ खुम बहादुर खड्का १७९१
४ शशांक कोइराला १७६७
५ प्रदिप गिरी १७४१
६ सुजाता कोइराला १७३९
७ राम चन्द्र पौडेल १७०३
८ डा. रामशरण महत १६९९
९ बालकृष्ण खाड १६०६
१० एन.पी साउद १५५६
११ डा. शेखर कोइराला १५३१
१२ महेश आचार्य १५०१
१३ डा. मिनेन्द्र रिजाल १४३५
१४ डा. प्रकाशशरण महत १३८२
१५ कृष्ण सिटोला १३७३
१६ चन्द्र भण्डारी १३६८
१७ डा. नारायण खड्का १३४०
१८ गोपालमान श्रेष्ठ १२८६
१९ बल बहादुर केसी १२८६
२० पुर्ण बहादुर खड्का १२४६
२१ शंकर भण्डारी १२१९
२२ कूल बहादुर गुरुङ्ग (केवी) ११५५
२३ मनमोहन भट्टराई १०८०
२४ ज्ञानेन्द्र बहादुर कार्की १०६८
२५ दीपकुमार उपाध्याय १०२०
२६ गोविन्दराज जोशी १००४
२७ प्रदिप पौडेल ९८३
२८ जिप छिरिंग लामा ९५५
२९ शोभाकर पराजुली ९१५
३० चक्तप्रसाद वास्तोला ९१०
३१ चिरञ्जीवी वाग्ले ८८६
३२ गुरुराज घिमिरे ८५६
३३ तारानाथ रानाभाट ८४९
३४ राम कृष्ण ताम्राकार ८४९
३५ गोविन्द भट्टराई ८२४
३६ डि.वि. लामा ८२१
३७ सुप्रभा घिमिरे ७८३
३८ शुक्रराज शर्मा ६९२
३९ ओमकार प्रसाद श्रेष्ठ ६८३
४० चिनकाजी श्रेष्ठ ६८२
४१ मदनकृष्ण श्रेष्ठ ६७२
४२ जीवनप्रेम श्रेष्ठ ६५९
४३ ढुण्डीराज शास्त्री ६४८
४४ विनयध्वज चन्द ६३८
४५ डा. राजाराम कार्की ६३५
४६ खिलानाथ दाहाल ६१५
४७ डा. रण बहादुर रावल ५८४
४८ राम चन्द्र तिवारी ५८२
४९ पूर्णकुमार शेर्मा लिम्बु ५७३
५० तारानाथ दाहाल ५५९
५१ मोख्तार अहमद ५१६
५२ विपिन कोइराला ५०२
५३ शंकरप्रसाद पाण्डे ५०२
५४ हरिबोल भट्टराई ४९१
५५ गणेशबहादुर थापामगर ४८८
५६ हस्त बहादुर मल्ल ४८७
५७ टेक प्रसाद गुरुग ४५६
५८ मित्रसेन दाहाल ४२४
५९ बालकृष्ण दाहाल ४११
६० केशरमणी पोखरेल ३८२
६१ भिम बहादुर श्रेष्ठ ३७०
६२ कृष्ण बहादुर लामा ३६३
६३ चन्द्र सिंह भट्टराई ३४९
६४ राम बहादुर विष्ट ३३४
६५ विनोद कायस्थ ३२५
६६ देवप्रसाद त्रिपाठी ३१३
६७ मार्शल जुलुम शाक्य २८१
६८ कुमार रेग्मी २६६
६९ हाजी मो. अब्दुल मियाँ २५०
७० बसन्त कुमार गौतम २४१
७१ हरि अधिकारी २३५
७२ नारायण शर्मा पौडेल २३४
७३ केशवराज कंडेल २१९
७४ अमरराज कैनी २१७
७५ दिव्यश्वरी शाह २१५
७६ अर्जुन कुमार खड्का २१४
७७ राम चन्द्र पोखरेल १९५
७८ चित्र बहादुर कार्की १८१
७९ जितेन्द्र महतो १७१
८० दामोदर गौतम १६५
८१ सम्पतलाल चौधरी (थारु) १५५
८२ पुष्पराज पराजुली १५३
८३ विकास लामा १५१
८४ इश्वरभक्त श्रेष्ठ १२७
८५ इन्द्रमणी अधिकारी १२०
८६ वीरेन्द्र प्रसाद साह ११७
८७ परशुराम पोखरेल ९६
८८ थल कुमार लिंखा ८९
८९ जित बहादुर पुरी ७४
९० श्यामसुन्दर सिंह ६५
९१ इन्द्रप्रसाद पोखरेल ६०
९२ अशोक कुमार उपाध्याय खनाल ५९
९३ प्रेम बहादुर डांगी ५९
९४ गोपाल प्रसाद सुवेदी ५७
९५ माधव प्रसाद आचार्य ५१
९६ भरत विडारी ४६
९७ बुद्धीसागर उपाध्याय २७
अंचलतर्फका विजयी र पराजित उम्मेदवारले पाएको अन्तिम मत परिणाम
१.मेची
नरेन्द्रविक्रम नेम्वाङ १३००
सुधिर सिवाकोटी ११५४
२.कोसी
आमोदप्रसाद उपाध्याय १२७५
उमेशजंग रायमाझी ९८०
३.सगरमाथा
रामकुमार चौधरी १०७५
सुवास पोखरेल ७७५
४.जनकपुर
आनन्दप्रसाद ढुङगाना ११५९
देवी न्यौपाने ६३१
५.वाग्मती
नवीन्द्रराज जोशी १३७५
ध्यानगोविन्द रन्जित ९६२
६.नारायणी
रमेश रिजाल १०८९
राजेन्द्र अमात्य ९९६
७.गण्डकी
सुरेन्द्र पाण्डे १०१७
रघु पौडेल ७८९
८.लुम्बिनी
कृष्णचन्द्र नेपाली १०८०
भरतकुमार शाह १०३९
९.धौलागिरी
अर्जनु जोशी १२८९
किरण पौडेल १०५०
१०.राप्ती
दीपक गिरी १४०९
राजेन्द्रबहादुर शाह ६१८
११.कर्णाली
जीवनबहादुर शाही १३०८
दीनबन्धु श्रेष्ठ ११९३
१२.भेरी
किशोरसिंह राठौर १०४९
हदृयराम थानी ८९१
१३.सेती
बद्री पाण्डे १११४
अर्जुनजंगबहादुर सिंह ८८५
१४.महाकाली
दिलेन्द्रप्रसाद बडु १४२७
रमेश लेखक १३३४

निहिता र शकुन्तलालाई ७ दिन जेल ५० रुपैयाँ जरिवाना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ११- फ्रान्सेली नागरिक चार्ल्स शोभराजकी पत्नी निहिता विश्वास तथा सासू अधिवक्ता शकुन्तला थापाले अदालतको अवहेलना गरेको अभियोगमा सर्वोच्च अदालतले सात दिन जेल र ५० रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ। न्यायाधीशहरु बलराम केसी र रामकुमारप्रसाद साहको इजालसले दिनको २५ रुपैयाँका दरले हुन आउने रकम हर्जना बुझाए जेल सजाय भोग्नु नपर्ने निर्णय सुनाएको छ। भराजलाई सर्वस्वसहित जन्मकैदको फैसलाको प्रतिक्रियास्वरूप मुद्दामा बहस गरेकी थापा र शोभराजकी पत्नी विश्वासले अदालतपरिसरमै दिएको अभिव्यक्तिले अदालतको मानहानि गरेको भन्दै अधिवक्ताद्वय शान्ता सेढाईं र राजन भट्टराईले मुद्दा दायर गरेका थिए। थापा पक्षका वकिल र अदालतका सहयोगी एमिकस क्युरीका वरिष्ठ अधिवक्ता र अधिवक्ताले बहस गरेका थिए।एमिकस क्युरीका तर्फबाट नेपाल बारका अधिवक्तात्रय चण्डेश्वर श्रेष्ठ, हरिकृष्ण कार्की र पूर्णमान शाक्यले बहस गरे भने सर्वोच्च बारका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सर्वज्ञरत्न तुलाधर र हरिहर दाहाल, अधिवक्ता रामजी विष्टले बहस गरेका थिए।

जेसिका अल्वाले नग्न दृश्यमा अभिनय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन,हलिउड अभिनेत्री जेसिका अल्वाले नयाँ फिल्म मैचेटमा नग्न दृश्यमा अभिनय गरेकी एजेन्सीले उल्लेख गरेका छन् । यसअघि कुनै फिल्ममा पनि नग्न दृश्य नदिएकी २९ वर्षीया जेसिकालाई यस फिल्मको एउटा दृश्यमा निःवस्त्र नुहाइरहेको देख्न पाइनेछ ।आफू सेक्सी पहिरनमा देखापर्न सक्ने भए पनि नग्न दृश्य दिन भने कहिल्यै नसक्ने बताउँदै आएकी जेसिकाले मैचेटमा कथाको माग भएकाले सो दृश्य दिन राजी भएको दाबी गरेकी छिन् । द्वन्द्वप्रधान कथामा निर्माण भएको यस फिल्ममा जेसिकाका साथै रोवर्ट डे निरो, स्टिवन सिंगल तथा लिन्डसे लोहानले पनि अभिनय गरेका छन् ।

नोबेल विजेता सोयिन्काले खोले नयाँ पार्टी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लागोस/ साहित्यमा १९८६ नोबेल पुरस्कार विजेता नाइजेरियाका वोल सोयिन्काले राष्ट्रपति निर्वाचनभन्दा केही महिनाअघि एक नयाँ राजनीतिक पार्टी खोलेका छन् । लागोसमा आयोजित एक विशेष समारोहमा उनी डेमोक्रेटिक फ्रन्ट फर ए पिपुल्स फेडेरेसनका सभापति निर्वाचित भएका थिए । यस नयाँ राजनीतिक दलले नाइजेरियामा भ्रष्टाचारसँग जुध्ने तथा स्वास्थ्य र शिक्षामा सुधार गर्ने लक्ष्य राखेको छ । वोले सोयिन्काका कविता र नाटकका पुस्तकले विश्वव्यापी चर्चा पाएका छन्, तर सँगसँगै उनी राजनीतिकर्मीका रूपमा पनि उत्तिकै परिचित छन् । १९७२ मा प्रकाशित उनको पुस्तक 'द म्यान डाइड'मा उनी नाइजेरियाली गृहयुद्ध (१९६७-७०) का वेलाको उनको जेलजीवनबारे प्रकाश पारिएको छ ।साहित्यमा नोबेल पुरस्कार पाउने उनी प्रथम अपिकी लेखक हुन् । नाइजेरियामा अर्को वर्ष प्रान्तीय, राष्ट्रपतीय तथा संसदीय निर्वाचन हुदै छ, तर सोयिन्काले ती निर्वाचनमा उम्मेदवारी दिने वा नदिनेबारे भने स्पष्ट भइसकेको छैन ।

हङकङ प्रहरीले १८ नेपालीलाई 'कम्युनिटी एम्बेस्डर' नियुक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ,/पूर्ण बस्नेत,
असोज ११-डेढ वर्षअघि दिलबहादुर लिम्बुको हत्यापछि नेपाली समुदायसँग चिसिएको सम्बन्ध सुधार गर्न हङकङ प्रहरीले अठार जना नेपाली युवाहरूलाई 'कम्युनिटि एम्बेस्डर' बनाएको छ। नेपाली समुदायमा हुने अपराध नियन्त्रण तथा सम्बन्ध सुधारकै लागि प्रहरीमा छुट्टै नेपाली टास्क फोर्सलाई पनि सक्रिय तुल्याइएको छ।
कोरोनर्स अदालतले लिम्बुलाई गोली हान्ने प्रहरीलाई सफाई दिए पनि यो घटनाबाट पाठ सिकेर प्रहरीले आफ्नो कार्यशैलीमा सुधार गर्न थालेको हो। लागू पद्दार्थ सेवन गर्ने हङकङको अल्पसंख्यक समुदायमा नेपालीहरू अगाडि छन्। अल्प संख्यक समुदायलाई नै परिचालन गरेर यस्तो अपराध नियन्त्रण गर्ने रणनीति अर्न्तगत हङकङ प्रहरीले नेपाली लगायत पाँच विभिन्न समुदायबाट एक एक जनालाई प्रहरीमा नियुक्ति पनि दिएको छ।
'नेपलीज इन्गेजिङ द कम्युनिटि एम्बेस्डर' नाम दिइएका नेपाली दूतहरूमा पत्रकारिता, शिक्षण, स्वास्थ्य तथा सामाजिक संघसंस्थामा कार्यरत युवाहरू छन्। प्रहरीले 'कम्युनिटि एम्बेस्डर' को प्रमाणपत्र दिएका अठारमध्ये आधा केटीहरू छन्। 'नेपलीज क्राइम प्रिभेन्सन एम्बेस्डर' को नाममा अघिल्लो वर्ष शुरु गरिएको अभियानलाई यसपाली नाम परिवर्तन गरी निरन्तरता दिएको हो।
नेपालीको बाक्लो वस्ती रहेको याउचिम जिल्ला प्रहरीको नेपाली टास्क फोर्स अन्तर्गत रहेका दूतहरूलाई आवश्यकता अनुसार अन्य क्षेत्रमा समेत परिचालन गरिन्छ। "अपेक्षा गरे भन्दा बढी सहयोग पाएका छौँ र अझ बढी सक्रिय हुन आग्रह गर्छौँ", नेपाली कम्युनिटि एम्बेस्डरहरूको कामको समिक्षा गर्न शुक्रबार आयोजना गरिएको भेलामा नेपाली टास्क फोर्सको नेतृत्व गरिरहेका प्रहरी अधिकारी तुङफाई तान टोनीले भने।
नेपाल र हङकङको क्रस झण्डा सहित नमस्ते लेखिएको निलो रङको टि सर्ट लगाउने दूतहरू प्रहरीले बोलाएको ठाउँ र समयमा सहयोग गर्न पुग्छन्। नेपाली समुदायलाई कुलत वा आर्थिक-सामाजिक समस्याबाट मुक्त गर्ने प्रयासमा सहयोग गर्नुको साथै प्रहरीलाई सामान्य नेपाली भाषा सिकाउने, दोभाषेको काम गर्ने र स्कुलमा गएर नेपाली बालबालिकालाई ट्यूसन पढाउने काम समेत दूतहरूले गर्दै आएका छन्।
"हामी तलब पाउँदैनौँ र हामीसँग प्रहरीको पावर पनि हुँदैन" हङकङमा भिडियो वेभ म्यागेजिन चलाउने प्रदिप माल्बुल भन्छन्, "आर्थिक अवस्था कमजोर भएका परिवार तथा लागू पद्धार्थ सेवन गरी पुलमुनी सुत्ने दाजुभाईलाई त्यो समस्याबाट मुक्त गर्न स्वंसेवीको रुपमा प्रहरीलाई सहयोग गरिरहेका छौँ।"
नेपाली टास्क फोर्सले दूतहरूलाई चार समूहमा बाँडेर काम गरिरहेको छ। प्रहरीले नेपाली समुदायमा हुने अपराध उन्मूलन गर्न नेपाली भाषामै चेतनामूलक समाचार र सूचनाहरू दिने उद्देश्यले दुई महिनाभित्र वेभपत्रिका सञ्चालन गर्दैछ। वेभपत्रिका र समाचार बुलेटिन प्रकाशित गर्ने लगायतका सञ्चार सम्बन्धी जिम्मेवारी हिमाल समूहलाई दिइएको छ। त्यस्तै शान्ति सेवा, फिस्टेल र एभरेष्ट समूहलाई पनि छुट्टछुट्टै जिम्मेवारी तोकिएको छ।हङकङको अति व्यस्त समय बचाएर प्रहरीलाई सहयोग गर्न चाहने युवाहरू थपिइरहेका छन्।

धूमपानका कारण मुटुरोग नियन्त्रणमा समस्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ललितपुर, आश्विन १० - धूमपानका कारण मुटुरोग नियन्त्रणमा समस्या आएको भन्दै विशेषज्ञहरुले नियन्त्रणका लागि प्रभावकारी कदम चल्न सुझाव दिएका छन्। मुटु दिवसको पूर्वसन्ध्यामा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा विज्ञहरूले यस्तो सुझाव दिएका हुन । कार्यक्रममा विशेषज्ञहरूले सर्वोच्च अदालतले सार्वजनिक स्थानमा हुने धूमपान रोक्न सरकारका नाममा आदेश जारी गरे पनि हालसम्म कार्यान्वयन हुन न सकेको प्रति सरोकारवाला सबैको ध्यानाकर्षण गराए । 'सार्वजनिक ठाउँमा हुने धूमपान रोक्न अब ढिला भइसकेको छ,' वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाले व्यवस्थापिका संसद्मा विचाराधीन धूमपान नियन्त्रण विधेयक तत्काल पारित हुनुपर्ने बताए । धूमपान र सुर्तीजन्य वस्तुको सेवनको दरसँगै मुटुरोगीको अनुपात पनि घटाउन सकिन चिकित्सकले बताए । यतिमात्र नभई शिशु र साना बालबालिकामा जन्मजात मुटुरोग बढ्दो दर बढ्दो रहेको गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा अरुण मास्केले जनाए । यसैबीच नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेजले समेत शनिबार विशेष कार्यक्रमका साथ विश्व मुटु दिवस मनाएको छ । उक्त कार्यक्रममा डा. भरत रावतद्वारा लिखित 'मुटरोग : जीवनशैलीको रोग' पुस्तिका समेत विमोचन गरिएको थियो ।

एभरेष्ट ताइ क्वान दो एकेडेमी हङकङका खेलाडीहरुले ५ मेडल प्राप्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सन् २०१० सेप्टेम्वर २६ तारीख आइतवारको दिन हङकङस्थित लाम तिन स्पार्ट सेन्टरमा हङकङ ताइ क्वान दो एसोसिएसन्को संयोजनमा ६ देखि माथि सबै उमेरका महिला तथा पुरुष खुल्ला प्रतिस्पर्धा ताइ क्वान दो खेल पुम्से(प्याटन) खेलमा हङकङ ताइ क्वान दो राष्ट्रिय स्पोर्ट कौन्सीलमा ४२ एसोसिएसन मध्ये ८०,९० क्लवका ५०० भन्दा खेलाडीहरुले सहभागीता जनाएका थिए । त्यस अन्तर्गत एभरेष्ट ताइ क्वान दो एकेडेमीका सञ्चालक मास्टर रविन कुमार नाल्वोको नेतृत्वमा १० जना महिला तथा पुरुष खेलाडी सहभागीहरु मध्ये ५ जना खेलाडीहरुले मेडल प्राप्त गरेका थिए । त्यस मध्ये पुम्से(प्याटन)मा गोल्ड मेडल तर्फमा सुवित सम्वाहाम्फे, मुस्वी तानीया र सिल्भर मेडल तर्फमा ,सुवान्ती,तथा ब्राउन्ज मेडल तर्फमा मीलन रार्इ,सुतिनी रहेका छन् । सम्पूर्ण खेलहरुले ट्रफी प्राप्त गरेका थिए । यस मेडल प्राप्त गर्नमा प्रमुख भूमिका एभरेष्ट ताइ क्वान दो एकेडेमीका सञ्चालक मास्टर रविन कुमार नाल्वोको छ भने एसिस्टेन इन्स्ट्रक्टर भूमिकाको रुपमा दिल प्रसाद लिम्वु,मिलन रार्इ,केशव तुम्वाहाम्फे प्रविन लिम्वु,सिजन गुरुङ,राजीव गुरुङ रहेका छन् । हङकङमा रहेका ताइ क्वान दो खेलको क्लवहरु मध्ये एभरेष्ट ताइ क्वान दो एकेडेमी पहिलो दर्जामा पर्दछ । यहि क्लवबाट अहिले सम्ममा सवै भन्दा धेरै खेलाडीहरुले मेडल प्राप्त गर्दै आएका छन् । एभरेष्ट ताइ क्वान दो एकेडेमीका खेलाडीहरु भन्दा कमले मात्र अन्य क्लवका खेलाडीहरुले मेडल प्राप्त गरेका थिए ।

Sep 26, 2010

दाहालको उम्मेदवारी औपचारिकरुपमा फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन १० - माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री पदमा निर्वाचित गरियोस भनि गरेको प्रस्तावलाई फिर्ता लिएका छन् । प्रधानमन्त्रीको उम्मेदबारीको सुचीबाट अध्यक्ष दाहाल नाम आइतबारबाट औपचारिकरुपमा हटेको छ । आज बसेको व्यवस्थापिका संसद बैठकमा उपाध्यक्ष भट्टराई फिर्ताका लागि प्रस्ताव निर्णयार्थ पेश गरेका थिए । बहुमत संसद सदस्यले उम्मेदबारी फिर्ताको सर्मथन गरेका थिए ।
उपाध्यक्ष भट्टराईले सातौं चरणको निर्वाचनबाट पनि कुनै उपलब्धी हासिल नभएको भन्दै उम्मेदबारी फिर्ता लिएको बताए । उपाध्यक्ष भट्टराईले प्रचण्डको उम्मेदबारी व्यापक सभासदको सर्मथनमा फिर्ता भएको दाबी गरे । कांग्रेसले पनि राष्ट्रिय सहमतीय सरकारका लागि उम्मेदबारी फिर्ता लिने उनले विश्वास व्यक्त गरे ।
बैठकबाट बाहिरिएपछि संचारकर्मीसंग कुरा गर्दै उनले भने,'राष्ट्रिय सहमतिको लागि हामीले प्रधानमन्त्रीको उम्मेदबारी फिर्ता लिएका हौं कांग्रेससंग पनि उम्मेदबारी फिर्ता लिन आग्रह गछौ ।' व्यवस्थापिका संसद नियमावली २०६५ नियम २२ वमोजिम फिर्ता लिन पेश गरिएको लिखित प्रस्तावलाई भटट्राईले संसद बैठकमा प्रस्तुत गरको थिए । यस अघि माओवादीले प्रधानमन्त्रीको उम्मेदबारी फिर्ता लिने घोषणा गरिसकेको छ । सातौं चरणको प्रधानमन्त्रीको निर्वाचनबाट कुनै उपलब्धि हासिल नभएपछि माओवादीलेआफ्नो उम्मेदबारको मनोनयन फिर्ता लिने निर्णय गरेको थियो । अध्यक्ष दाहालको उम्मेवारी फिर्ता लिएपछि माओवादी लगायत अन्य दलका सभासद बैठकबाट बाहिरिएका थिए , भने कांग्रेसका सभासद आफ्ना उम्मेदबार रामचन्द्र पौडेलको पक्षमा मतदान गरिरहेका थिए ।

पाँचथरमा प्रेमीको गोलीबाट युवतीको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पाँचथर, असोज १०- पाँचथरको सदरमुकाम फिदिम बजारमा गोली हानी आज बिहान पौने ९ बजे एक युवतीको हत्या भएको छ। पाँचथरको सिवा–७ की १७ वर्षीया सुस्मा तुम्रोकको फिदिमस्थित तुम्रोक होटलमा आफ्नै प्रेमीले हत्या गरेर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन्। ताप्लेजुङको चाँगे निवासी उक्त युवकसँग तिनको पहिलेदेखि नै प्रेम सम्बन्ध रहेको बताइएको छ।युवतीको हत्यालगत्तै युवक त्यही होटलबाट भागेको प्रत्यक्षदर्शीले बताएका छन्। अहिले हत्याको आरोपी युवकको खोजी भइरहेको पाँचथर प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा राखिएको छ।

काँग्रेसको नयाँ केन्द्रिय समितिको को अगाडि (अपडेट)

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन १० - नेपाली काँग्रेसको नयाँ केन्द्रिय समितिको लागि भएको निर्वाचनमा आइतबार पनि खुलातर्फ २५ र अञ्चलतर्फको १४ जना केन्द्रीय सदस्यका लागि मत गणना जारी छ । पछिल्लो मतगणनाको परिणाम यस्तो छः
खुल्लातर्फ २५ केन्द्रीय सदस्यका लागि भएको मतगणनामा १६ सय मत मध्ये अग्रस्थानमा रहेका उम्मेदवारले पाएको मत संख्या
१. गगन थापा १११९
२. अर्जुन नरसिंह केसी ११०४
३. खुमबहादुर खडका १००२
४. प्रदिप गिरी ९८९
५.सशांक कोइराला ९५८
६. रामचन्द्र पौडेल ९४४
७. सुजाता कोइराला ९३७
८. रामशरण महत ९२२
९. बालकृष्ण खांड ८७४
१०. एनपी साउंद ८६५
११. शेखर कोइराला ८१०
१२. महेश आचार्य ७९९
१३.मिनेन्द्र रिजाल ७८७
१४. प्रकाशशरण महत ७८७
१५. चन्द्र भण्डारी ७७०
१६. कृष्ण सिटौला ७४६
१७. गोपालमान श्रेष्ठ ७३३
१८. पूर्णबहादुर खड्का ७१२
१९. बलबहादुर केसी ७०७
२०. नारायण खड्का ६८९
२१. शंकर भण्डारी ६८५
२२.ज्ञानेन्द्रबहादुर कार्की ५९९
२४.कुलबहादुर गुरुङ ५९४
२३. मनमोहन भट्टराई ५९१
२५.गोविन्दराज जोशी ५५३
२६. जिप छिरिङ लामा ५३६
२७. दीपकुमार उपाध्याय ५३०
२८. चिरञ्जीवी वाग्ले ४२९
२९ . प्रदीप पौडेल ५२६
३०. शोभाकर पराजुली ५०७
३१. चक्र बास्तोला ४९६
३२. डीवी लामा ४७७
३३. तारानाथ रानाभाट ४६३
हालसम्म गणना भएका १७ सय मत मध्ये १४ अंचलका अग्रस्थानमा रहेका उम्मेदवारले पाएको मत संख्या
१.मेची
नरेन्द्रविक्रम नेम्वाङ ८००
सुधिर सिवाकोटी ५७२
२.कोसी
आमोदप्रसाद उपाध्याय ७८८
उमेशजंग रायमाझी ६०५
३.सगरमाथा
रामकुमार चौधरी ६२१
सुवास पोखरेल ४७४
४.जनकपुर
आनन्दप्रसाद ढुङगाना ६८७
देवी न्यौपाने ४८२
५.वाग्मती
नवीन्द्रराज जोशी ८३५
ध्यानगोविन्द रन्जित ५९५
६.नारायणी
रमेश रिजाल ६८४
राजेन्द्र अमात्य ६१०
७.गण्डकी
सुरेन्द्र पाण्डे ६६०
रघु पौडेल ४७२
८.लुम्बिनी
भरतकुमार शाह ६४७
कृष्णचन्द्र नेपाली ६४०
९.धौलागिरी
अर्जनु जोशी ७९०
किरण पौडेल ६६९
१०.राप्ती
दीपक गिरी ८७६
राजेन्द्रबहादुर शाह ४३९
११.कर्णाली
जीवनबहादुर शाही ७९८
दीनबन्धु श्रेष्ठ ७२९
१२.भेरी
किशोरसिंह राठौर ६७६
हदृयराम थानी ५४१
१३.सेती
बद्री पाण्डे ६३५
अर्जुनजंगबहादुर सिंह ५६६
१४.महाकाली
रमेश लेखक ८३९
दिलेन्द्रप्रसाद बडु ८६५

इलामका केही गाविसबाट रेडपान्डाको खुलेआम तस्करी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इलाम, ९ असोज,विश्वमै लोपोन्मुख रेडपान्डाको संरक्षण गर्न २० वर्षे परियोजना सञ्चालन भइरहेका वेला इलामका केही गाविसबाट रेडपान्डाको खुलेआम तस्करी भइरहेको पाइएको छ । जिल्लाको सोयाङ र नयाँबजार गाविसबाट रेडपान्डा तस्करी भइरहेको हो । सोयाङको लेकाली गाउँबाट भर्खरै मात्र एउटा रेडपान्डा बिक्री गरिएको खुलासा भएको छ । जंगलमा भेटिएको रेडपान्डालाई घरमा ल्याएर राखिएपछि स्थानीयबीच कसले बेच्ने भन्ने विषयमा विवाद भएको थियो । विवादपछि स्थानीय एक व्यक्तिले घरमा राख्न भन्दै लगेको रेडपान्डा रातारात हराएको बताइयो । 'हराएको बहाना बनाइयो, तर त्यो रेडपान्डा बेचेको थाहा भयो,' एक स्थानीयले नाम नखुलाउने सर्तमा भने 'पहिले पनि यहाँबाट रेडपान्डा बेचिएको हामीलाई थाहा छ ।' यसअघि पनि सोयाङ गाविसमा रेडपान्डा भेटिएको र रातारात हराएको स्थानीयले जानकारी दिएका छन् । यहाँ कहिलेकाहीँ रेडपान्डा फेलापरे पनि कति संख्यामा आउने र बिक्री हुने गरेका छन् भन्ने खुलेको छैन । 'रेडपान्डा आयो र हरायो भनेको सुनिन्छ, तर कसले कहाँ लग्यो थाहा हुँदैन,' एक स्थानीयवासीले भने । एक वर्षअघि नयाँबजारको शंखाबुङस्थित एउटा गुम्बामा रहेको रेडपान्डा पनि राति हराएको थियो । केही समयपछि बेचिएको भन्ने चर्चा सुनिए पनि अहिलेसम्म त्यो रेडपान्डा भेटिएको छैन ।

रामेछापमा मोबाइल सम्पर्कबाट विवाह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रामेछाप जिल्ला चुचुरे-४ की १७ वर्षीया शर्मिला कार्की र सिन्धुली जिल्ला वितिजोर-२ का २० वर्षीय कपिल हमालबीच मोबाइल सम्र्पकबाट विवाह भएको छ ।गाउँ गाउँमा रेडियोको पहुँच पुगेपछि ती रेडियोबाट सञ्चालन हुने साङ्गीतिक कार्यक्रममा मोबाइलमार्फत सहभागी भएका ती दुईबीचको सम्बन्ध विवाहमा परिणत भएको हो ।रामेछापको दुर्गम गाउँ चुचुरे र सिन्धुलीको दुर्गम गाउँ वितिजोरमा जन्मिएका उनीहरुको करिब दुई महिना अघिदेखि स्थानीय रेडियोहरुमा सञ्चालन हुने साङ्गीतिक कार्यक्रममा गीतको आदानप्रदान हुँदै आएको थियो । यसैबाट उनीहरु दुवै प्रभावित भए र मोबाइलबाट कुरा गरेको भरमा विवाह गर्न राजी भए ।दुईजनाको राजीखुसीपछि केटीले केटालाई दोलखाको चुचुरेसम्म आउन खबर गरेकी थिइन् । दुवै पक्षको सहमतिमा शुक्रबार राति दोलखाको जिरी बजारमा भेट भएको उनीहरुले बताएका छन् ।आफ्ना अभिभावकहरुको अनुमतिविना दोलखाको जिरीमा बास बसी भागेर आइतबार मन्थली आइपुगेका उनीहरुलाई आफन्तको उजुरीपछि जिल्ला प्रहरी कार्यालय मन्थलीले पक्राउ गरेको थियो ।प्रहरीसमक्ष उनीहरुले दुवै पक्षको सहमतिमा आफूहरु विवाह गर्न मन्जुर भएको जानकारी गराएपछि प्रहरीले दुवैजनालाई छाडेको छ ।

क्यानडा र ब्राजिलले नेपालमा दूतावास खोल्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
९ असोज,क्यानडा र ब्राजिलले नेपालमा दूतावास खोल्ने भएका छन् । फिनल्यान्डले भने नेपालमा रहेको दूतावासलाई आवासीय स्तरको बनाउने भएको छ । क्यानडाले दूतावास खोल्नका लागि हालै मात्र सरकारसँग स्वीकृति मागेको हो । 'क्यानडाले चाँडै दूतावास खोल्ने जानकारी गराउँदै स्वीकृति (एगि्रमो) का लागि अनुरोध गरेको छ,' परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, 'अब मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएपछि क्यानडालाई दूतावास खोल्न सहमति दिइनेछ ।' नेपालका लागि क्यनडाका नयाँ राजदूत स्टेवार्ट जी बेक आउने भएका छन् । बेक हाल अमेरिकाको सान फ्रन्सिस्कोस्थित क्यानेडाली महावाणिज्यदूतका रूपमा कार्यरत छन् । हालसम्म नयाँ दिल्लीस्थित क्यानेडाली राजदूतले नेपाल हेर्दै आएका छन् । क्यानेडियन सहयोग नियोगले भने नेपालमा रहेर काम गर्दै आएको छ । गत वर्षमात्रै नेपालले क्यानडामा दूतावास खोलेको थियो ।
ब्राजिलले पनि नेपालमा दूतावास खोल्ने तयारी गरेको छ । ब्राजिलका लागि नेपाली राजदूत प्रद्युम्नविक्रम शाहले केही महिनाभित्रै ब्राजिलले नेपालमा दूतावास खोल्ने जानकारी दिए । 'यहाँका राष्ट्रपतिले स्वीकृति दिइसकेका छन्, एक-दुई महिनाभित्रै दूतावास खोल्नका लागि ब्राजिलको विदेश सम्बन्ध मन्त्रालयका एक अधिकारी नेपाल आउनेछन्,' राजदूत शाहले भने । नेपालले भने गत वर्ष मात्रै ब्राजिलमा दूतावास खोलेको थियो ।
परराष्ट्र स्रोतका अनुसार फिनल्यान्डले समेत नेपालस्थित दूतावासलाई स्तरोन्नति गर्दै आगामी फागुनदेखि आवासीय राजदूतस्तरको बनाउने भएको छ । हालसम्म फिनल्यान्डको नयाँ दिल्लीस्थित राजदूतले नेपाल हेर्दै आएका छन् । नेपालमा फिनल्यान्डको कार्यबाहक राजदूतका रूपमा पिर्को लिस्सा क्योस्टोलिया छिन् ।

प्रधानमन्त्री चयनका लागि आठौं पटक पराजित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १०,प्रधानमन्त्री चयनका लागि भएको निर्वाचनमा कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल आठौं पटक पराजित भएका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी फिर्ता लिएपछि एक्लो प्रत्यासी बनेका पौडेलले १ सय १६ मत मात्र ल्याए। प्रधानमन्त्रीको नवौं चुनाव असोज १४ गते दिउँसो ३ बजे हुनेछ । प्रधानमन्त्री निर्वाचित हुन कम्तिमा ३ सय मत आवश्यक रहेकोमा पौडेलले १ सय १६ मत मात्र पाउँदा विपक्षमा २ मत पर्‍यो। ७१ सांसद तटस्थ रहे।

जापान सरकारसँग माफी माग्न र क्षतिपूर्ति भने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेइजिङ/ चीनले आपना नागरिकलाई जापानले रिहा गरेलगत्तै जापान सरकारसँग माफी माग्न र क्षतिपूर्ति दिन भनेको छ । माछा मार्ने डुंगाका क्याप्टेन झान किस्योङलाई दुई महिनासम्म ओकिनावाको जेलमा थुनिएको थियो । झान किस्योङले पूर्वी चीन सागरस्थित विवादित टापुनजिकै जापानी गस्ती डुंगामा आफ्ना डुंगा ठोकेका थिए । वर्षौंदेखि चिसिएको दुई देशको सम्बन्धमा यस घटनाले नराम्रो असर पर्नेगरी उग्ररूप लिएको थियो । झानको रिहाइपछि चीनले ती द्वीपमाथिको आप\mनो सम्प्रभुताको पुनः दाबी गरेको छ ।
शुक्रबार साँझपख झान ओकिनावाबाट चीन सरकारले चार्टर गरी पठाएको विशेष विमानबाट स्वदेश फर्केका थिए । चीनले केही जापानीलाई सैनिक इलाकामा गैरकानुनी किसिमले फोटो खिचेको आशंकामा बन्दी बनाएपछि झानको रिहाइको बाटो फराकिलो भएको थियो । फुझियन प्रान्तको फुझाउ विमानस्थलमा अवतरण गरेपछि झानले आफूलाई रिहा गर्न गरिएको प्रयासका लागि आफू धन्य रहेको बताउँदै आफू निर्दोष रहेको दाबी पनि गरेका थिए । 'दायोयुताई द्वीपहरू चीनका हुन् । म त्यहाँ माछा मार्न गएको थिएँ र त्यो कानुनी नै थियो, जसले मलाई समाते तिनीहरूले गैरकानुनी काम गरे,' झानले भने, 'मेरोबारेमा चिन्ता देखाउने मेरो देश, चिनियाँ जनता र पार्टीप्रति म धन्य रहनेछु ।'
'यस घटनाले चीनको सार्वभौमिकता र चिनियाँ नागरिकको मानवअधिकारको गम्भीर उल्लंघन भएको छ । चीन दृढतापूर्वक यसको विरोध गर्दछ,' चिनियाँ विदेश मन्त्रालयको प्रेस विज्ञप्तिमा भनिएको छ ।उता जापानमा अभियोक्ताहरूले दुई देशबीच फाटो बढ्दै गएकाले झानको रिहाइ गर्नुपरेको बताएका छन् । उनीहरूले गस्ती डुंगाहरूलाई क्षति पुर्‍याउने कुनै पूर्वनियत नदेखिएकाले थप अनुसन्धान गर्न उनलाई हिरासतमा राख्नु उचित नभएको र चीन-जापानको सम्बन्धमा पर्ने असरलाई दृष्टिगत गरी मुक्त गरिएको बताए । जापानी प्रधानमन्त्री नाओतो कानले चीनसँग पारस्परिक लाभको सिद्धान्तमा आधारित सम्बन्धका लागि यस्तो निर्णय गरिएको बताए । चिनियाँ क्याप्टेनलाई बन्दी बनाएपछि दुर्य देशबीच तनाब बढेको छ । मन्त्रीस्तरीय सम्पर्कविच्छेद हुनुका साथै हजारौँ चिनियाँ पर्यटक जापानबाट फिर्ता गरिएका छन् । चिनियाँ आयोजकले सांघाईमा हुने भनिएको जापानको एक टप व्याय ब्यान्ड स्म्यापको सांगीतिक प्रस्तुति पनि रद्द गरेका छन् ।

दिलबहादुर मुद्दा हङकङको उच्च अदालतमा

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ,
आश्विन १० - प्रहरीको गोलीबाट गतवर्ष मारिएका नेपाली युवक दिलबहादुर लिम्बूसम्बन्धी मुद्दा उच्च अदालतमा पुगेको छ । गत मे महिनामा भएको सुनवाइमा यहाँस्थित कोरोनर्स कोर्ट (छानबिनसम्बन्धी अदालत) ले लिम्बूको हत्यालाई कानुनसम्मत भएको फैसला सुनाएको थियो । मृतककी श्रीमती सोनी लिम्बूले यसप्रति असन्तुष्टि जनाउँदै उच्च अदालतमा पुनरावेदन गरेकी हुन् । 'कोरोनर्स कोर्टले गरेका एकतर्फी फैसलाका विरुद्ध उच्च अदालतबाट न्याय पाउने आशा गरेकी छु,' सोनीले कान्तिपुरसँग भनिन्, 'सरकार पक्षले सुरुदेखि नै जालझेल गरेर मुद्दा आफ्नो पक्षमा पारेको हो ।' कुनै बेला यसै देशका सुरक्षार्थ खटिएका सैनिक बाबुका छोरा बिनाकारण मारिँदा न्याय दिनुका सट्टा सरकारले निर्दोषलाई दोषी देखाएको उनको आरोप छ । मृतकका पक्षबाट वकालत गरिरहेका बेलायती मूलका वकिल माइकल भिडलरले समेत उच्च अदालतले न्याय दिनेमा आशावादी रहेको बताए । न्यायिक समीक्षाका लागि गरिएको पुनरावेदन बहस डिसेम्बरबाट सुरु हुने मृतकका आफन्त त्रिबल लिम्बूले बताए । पुनरावेदनसम्बन्धी आवेदनमा कोरोनर्स कोर्टले अनुसन्धानको दायरालाई सीमित पारिएको लगायत महत्त्वपूर्ण प्रमाणलाई बेवास्ता गर्दै पक्षपातपूर्ण फैसला सुनाइएको जिकिर गरिएको छ ।

Sep 25, 2010

काठमाडौं-इस्तानबुल हवाई सेवा सुरु हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ९-नेपाल र टर्कीबीच हवाई सेवा सञ्चालन गर्ने विषयमा गणतन्त्र टर्कीको राजधानी अङ्कारामा दुवै मुलुकका प्रतिनिधिबीच वार्ता भएको छ। असोज ७ र ८ गते भएका वार्तामा समझदारी भएको विषयहरूको अधिनमा रही नेपाल र टर्कीबीच हवाई सेवा सम्झौता सम्पन्न भयो। सम्पन्न हवाई सम्झौताको कार्यान्वयन तथा दुवै मुलुकबीच हवाई उडान सेवा सञ्चालनका लागि एक सझदारीपत्रसमेत सम्पन्न भएको पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ।सहझदारी पत्रअनुसार प्रत्येक मुलुकको तोकेको वायुसेवाबाट कुनै पनि प्रकारको विमान प्रयोग गरी क्रमशः काठमाडौँ-इस्तानबुल-काठमाडौँ र इस्तानबुल- काठमाडौँ-इस्तानबुल खण्डमा प्रतिहप्ता १४ वटा उडान भर्न पाउने प्रावधान पनि समझदारीपत्रमा समेटिएको छ।रासस

यस्तो छ, काँग्रेस महाधिवेशनको पछिल्लो मतगणना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन ९ - नेपाली काँग्रेसको नयाँ केन्द्रिय समितिको लागि भएको निर्वाचनमा शनिबार दिउँसोदेखि खुलातर्फ २५ र अञ्चलतर्फको १४ जना केन्द्रीय सदस्यका लागि मत गणना जारी छ । यसअघि पदाधिकारी र आरक्षणतर्फका केन्द्रीय सदस्यहरुको मतगणना सकिएको थियो ।
पछिल्लो मतगणनाको परिणाम यस्तो छः
खुल्लातर्फ २५ केन्द्रीय सदस्यका लागि भएको ३ सय मतगणनामा अग्रस्थानमा रहेका उम्मेदवारले पाएको मत संख्या
१. अर्जुन नरसिंह केसी २०३
२. गगन थापा १९२
३. प्रदिप गिरी १८१
४.खुमबहादुर खडका १७६
५.सशांक कोइराला १७४
६. रामचन्द्र पौडेल १७६
७. सुजाता कोइराला १६८
८. रामशरण महत १६४
९. एनपी साउंद १५७
१०.महेश आचार्य १४६
११.बालकृष्ण खांड १५४
१२. प्रकाशशरण महत १३४
१३.गोपालमान श्रेष्ठ १३६
१४.मिनेन्द्र रिजाल १३६
१५. शेखर कोइराला १४५
१६.कृष्ण सिटौला १३७
१७.पूर्णबहादुर खड्का १२९
१८.चन्द्र भण्डारी १३९
१९.नारायण खड्का १२९
२०.ज्ञानेन्द्रबहादुर कार्की ११३
२१. कुलबहादुर गुरुङ ११५
२२. बलबहादुर केसी ११५
२३.जिप छिरिङ लामा १०७
२४.शंकर भण्डारी १०४
२५. चिरन्जीवि वाग्ले ११०
२६. मनमोहन भटट्राई १०९
२७. गोविन्दराज जोशी १०९
हालसम्म गणना भएका तीन सय मत मध्ये १४ अंचलका अग्रस्थानमा रहेका उम्मेदवारले पाएको मत संख्या
१.मेची
नरेन्द्रविक्रम नेम्वाङ्ग, ११५
सुधिर सिवाकोटी ९६
२.कोसी
आमोदप्रसाद उपाध्याय १३१
उमेशजंग रायमाझी ८४
३.सगरमाथा
रामकुमार चौधरी १०४
सुवास पौडेल ६७
४.जनकपुर
आनन्दप्रसाद ढुङगाना ११२
लक्ष्मण घिमिरे ५५
५.वाग्मती
नवीन्द्रराज जोशी १३५
ध्यानगोविन्द रन्जित ८१
६.नारायणी
रमेश रिजाल ९८
राजेन्द्र अमात्य ९४
७.गण्डकी
रघु पौडेल १०५
सुरेन्द्र पाण्डे ११०
८.लुम्बिनी
कृष्णचन्द्र नेपाली १०५
भरतकुमार शाह ९०
९.धौलागिरी
अर्जनु जोशी १२४
किरण पौडेल १०१
१०.राप्ती
दीपक गिरी १४९
राजेन्द्रबहादुर शाह ६३
११.कर्णाली
दीनबन्धु श्रेष्ठ १२३
जीवनबहादुर शाही ८४
१२.भेरी
किशोरसिंह राठौर १०१
हदृयराम थानी ८४
१३.सेती
बद्री पाण्डे ९५
अर्जुनजंगबहादुर सिंह ८३
१४.महाकाली
दिलेन्द्रप्रसाद बडु १४०
रमेश लेखक १२३
खुलाबाट २५ र अञ्चल बाट १४ केन्द्रीय सदस्य निर्वाचित हुँदैछन् ।

समाचारले अदालतको शरणमा बेकह्याम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लस एन्जलस/ डेबिड बेकह्यामले यौनकर्मीसँग रात बिताएको समाचार प्रकाशित गर्ने एक अमेरिकी पत्रिकामाथि जर्मनीमा मुद्दा चल्ने भएको छ । बेकह्यामका प्रवक्ताले सो जानकारी गराएका हुन् ।इन टच म्यागजिन प्रकाशक जेफ रेमोन्डले पनि इंग्ल्यान्डका पूर्वकप्तानले पत्रिकाविरुद्ध मुद्दा दायर गरेको तथा शुक्रबारदेखि अदालती कारबाही सुरु हुने जानकारी दिए, तर उनले त्यसबाहेक थप जानकारी दिन चाहेनन् ।बेकह्यामको व्यवस्थापन कम्पनी १९ इन्टरटेन्मेन्टद्वारा जारी विज्ञप्तिमा साप्ताहिक रूपमा प्रकाशित हुने इन टच म्यागजिनमाथि यस्तो आरोप लगाइएको छ, 'पत्रिका प्रकाशित हुनुपूर्व नै सो समाचार पूर्ण रूपमा असत्य तथा वाहियात रहेको जानकारी गराइएको थियो ।''दुःखको कुरा हामी त्यही विश्वमा बस्छौँ, जहाँबाट सो झुटो पत्रिका प्रकाशित हुन्छ तथा हामीलाई विश्वास छ, झुट चाँडै बाहिर आउनेछ । हामीले पत्रिकाविरुद्ध कानुनी उपचार खोज्ने निर्णय गरेका छौँ ।'११ वर्षअघि पूर्वस्पाइस गर्ल भिक्टोरिया बेकह्यामसँग विवाह गरेका बेकह्यामका तीन छोरासमेत छन् ।सो पत्रिकाले आफूलाई यौनकर्मी बताउने २६ वर्षीया इर्मा निसीको भनाइका आधारमा बेकह्यामका बारेमा समाचार छापेको थियो । ती महिलाका अनुसार बेकह्याम २००७ मा पाँचपटक आफूसँग सुतेका थिए । साथै, ती महिलाले बेकह्यामले अर्की एक यौनकर्मीसँग पनि यौन सम्पर्क राखेको दाबी गरेकी छिन् ।इन टनको प्रकाशक बायर मिडियाको मुख्य कार्यालय ह्यामबर्गमा छ ।उता, पत्रिका पढेपछि भिक्टोरिया बेकह्यामले सो समाचार पूर्ण रूपमा असत्य भएको दाबी गरिन् । साथै, उनले निसीको एक शब्द पनि आफूलाई सत्य नलागेको बताइन् ।'भिक्टोरिया सतप्रतिशत डेबिडको समर्थनमा छिन् तथा यस्तो कुराले आपनो सफल वैवाहिक जीवनमा कुनै असर नपर्ने बताउँछिन्,' भिक्टोरियाकी नजिककी मित्रले भनिन् ।३५ वर्षीय बेकह्यामले सो समाचार प्रकाशित हुनुपूर्व नै ३६ वर्षीया पत्नीलाई आफूविरुद्ध समाचार प्रकाशित हुन लागेको जानकारी गराइसकेका थिए ।'समाचार छापिएपछि पनि भिक्टोरियाले डेबिडलाई त्यसबारे कुनै प्रश्न गरिनन्, समाचार पढेर उनीहरू हाँसे मात्रै अनि कानुनी उपचार खोज्ने विषयमा सल्लाह गरे,' ती मित्रले बताइन् ।साथै, समाचारबाट ती जोडीको दैनिक कार्य तथा व्यवसायमा कुनै असर नपरेको पनि उनले जानकारी दिइन् ।

आठौं चरण मधेसी मोर्चाले तटस्थ बस्ने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आठौं चरणको प्रधानमन्त्रीको निर्वाचनमा पनि संयुक्त मधेसी मोर्चाले तटस्थ बस्ने निर्णय गरेको छ । आज मधेसी जनअधिकार फोरम लोकतान्त्रिक संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा मोर्चाले तटस्थ बस्ने निर्णय गरेको हो ।बैठकपछि मोर्चाका नेताहरुले जारी गरेको जारी संयक्त विज्ञप्तिमा शान्ति प्रक्रिया र संविधान निर्माणका लागि पूर्वसहमतिहरु कार्यान्वयन नआउंदासम्म राष्ट्रिय सहमति बन्न नसक्ने ठहर गरिएको उल्लेख छ ।सद्भाना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बैठकले सहमतिका लागि मोर्चामा रहेका दलहरुलाई बाहिर राखेर गर्ने निर्णय मान्ने नहुने निर्णय पनि भएको जानकारी दिनुभयो ।बैठकमा माओवादी र एमालेको सहमतिप्रति ध्यानआकर्षण भएको र सबै दलहरुका बीचमा हुने सहमतिमात्रै दिगो हुनेमा मोर्चा एकमत रहेको पनि महोताले बताउनुभयो ।भारतीय लगानीका जलविद्युत परियोजनाहरु माओवादीले लागु हुन नदिने भनाइप्रति मोर्चाले आपत्ति प्रकट गरेको छ । केही दिन अघि माओवादीले भारतीय लगानीका जलविद्युत परियोजना सुचारु गर्न नदिने बताएको थियो ।बैठकले तस्बिरसतिहको मतदाता परिचयपत्रको पनि विरोध गर्दै नागरिकताका आधारमा नभई कतदाता सूचिका आधारमा परिचय पत्र बनाउन माग गरेको छ ।मोर्चाको बैठकमा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षको उपस्थिति रहेको थिएन । त्यस्तै मधेसी महिलाहरुले मनाउने जितिया पर्वमा महिलाहरुलाई विदा दिन सरकारसँग माग गरिएको छ ।

खम्बुवान एकताको औपचारिक घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान/डीबी आङ्बुङ,
असोज ८, २०६७/ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मध्यस्थतामा यही असोज ८ गते धरानमा खम्बुवान राष्ट्रिय मोर्चा र खम्बुवान डेमोक्रेटिक प्रुन्टबीच भएको एकताको औपचारिक घोषणा गरिएको छ । खम्बुवानका भूतपूर्व अध्यक्ष बीके कोयुको अध्यक्षतामा भएको उक्त खम्बुवान एकता घोषणा सभामा किरात खम्बुवान संयुक्त मोर्चाका सचिव सङ्गम किराती खम्बुवान स्वायत्त सरोकार माचका उपाध्यक्ष पविहाङ खम्बू याख्खा स्वायत्त परिषदका गोपाल देवान नेकपा एकीकृत का धनकाजी राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उक्त घोषणा सभामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन 'मिराक'ले एकीकरणको सहमति-पत्र वाचन गरेका थिए । एकताको घोषणापछि खम्बुवानका अध्यक्ष आर. के. खम्बू र कार्यवाहक अध्यक्ष इन्द्रहाङ खम्बूले सम्पूर्ण उपस्थितिसमक्ष प्रतिवद्धता मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा खम्बुवानका उपाध्यक्ष नगेन्द्र खम्बूले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए भने सहकोषाध्यक्ष पूर्ण राईले कार्यक्रमको उद्घोषण गरेका थिए । यस खम्बुवान एकताको कार्यक्रममा खम्बुवानका कार्यकर्ता तथा शुभेच्छुकहरु उत्साहपूर्वक सहभागी भएका थिए ।

Sep 24, 2010

कियाचु दक्षिण कोरियाको जलपान तथा रात्री भोज कार्यक्रम सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,दक्षिण कोरिया/गंगा तुम्बाहांग्फे
(दक्षिण कोरिया) कोरियाको महान चाड छुसकको अवसर पारेर सेप्टेम्बर २२ का दिन् किराँत याक्थुंग चुम्लुंग दक्षिण कोरियाले कोरियामा रहेका सम्पूर्ण लिम्बु दाजुभाई, दिदीबहिनी तथा गैर लिम्बु मित्रहरु माझ आपसी मेलमिलाप तथा सदभाब बढाउने उदेश्यले कोरियाको ओसान सहरको एउटा सामान्य हलमा जलपान तथा रात्रीभोज कार्यक्रम सम्पन्न गरेको छ l किराँत याक्थुंग चुम्लुंग दक्षिण कोरियाका अधक्ष्य श्री याम सेर्माको अधक्ष्यतामा सम्पन्न उक्त कर्यक्रममा सचिब गङ्गा कन्दंवाको संचालनमा आगामी सलनाल २०११ फेब्रुअरी ३ मा किराँत याक्थुंग चुम्लुंग दक्षिण कोरियाले नेपालबाट ख्याती प्राप्त कलाकार झिकाई गर्न लागेको बृहत साँस्कृतिक कार्यक्रमको बिसयमा पनि बृहत रुपमा छलफल गरिएको थियो l अन्त्यमा उक्त संस्थाका कोसाध्यक्ष दिल कुमार लक्समले उक्त बृहत साँस्कृतिक कार्यक्रममा खर्च हुन सक्ने सम्भावित रकमको विवरण डाटा पनि पेस गर्नु भएको थियो l

ताप्लिजोङमा विशाल लिम्बुवानी आमसभा सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तेल्लोक ताप्लिजोङ,महान लिम्बुवानी विभूति सिरिजङ्गको जन्मस्थल ताप्लिजोङको तेल्लोकमा यही असोज ४ गते संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद मातहतको लिम्बुवान भोलेण्टियर्स एलभीं याङ्वरकथुम कमाण्डको आयोजनामा विशाल लिम्बुवान आमसभा तथा एलभी प्रदर्शनी कार्यक्रम सम्पन्न भयो ।
उक्त लिम्बुवानी आमसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तथा माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन 'मिराक'ले भने- "आजभन्दा तीनसय वर्षअघि यही तेल्लोकमा जन्मेका महान लिम्बुवानी विभूति सिरिजङ्गाको सपनाअनुसार नै अहिलेको लिम्बुवान आन्दोलन अघि बढिरहेको छ । तीनसय वर्षअघि नै उनै सिरिजङ्गाले लिम्बुवानको मुन्धुम, भाषा र लिपिको रक्षाको लागि हाँसी-हाँसी आफ्नो ज्यान वलिदान गरेका थिए । तर, आजको एक्काइशौं शताब्दीमा पनि केही लिम्बूहरु नै लिम्बुवानको लागि लागिपर्न हिच्किचाइरहेका छन्, त्यो एकात्मक दासत्वको उदाहरण हो । अहिलेका युवापुस्ताले लिम्बुवानमाथि र यहाँका जनताको दिमागमा जबर्जस्त थोपरिएको एकात्मक दासताको साङ्लोलाई कुनै हालतमा चुडाएरै छाड्नेछन् र सिरिजङ्गाको सपना पूरा गरेरै छाड्नेछन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालअन्तर्गत अरुण-सप्तकोशीपूर्वको नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य घोषणा गराउन सम्पूर्ण लिम्बुवानवासी जनताहरु एकतावद्ध भई आन्दोलनमा लामवद्ध हुनैपर्दछ । विशेषगरी लिम्बुवानी युवा विद्यार्थी र एलभीहरु जुर्मुराएर उठ्नैपर्दछ ।"
यसैगरी, उक्त आमसभालाई सम्बोधन गर्दै मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका सचिवालयस सदस्य दॆउबहादुर खुदाङ, केन्द्रीय सदस्य तथा ताप्लिजोङ इञ्चार्ज कृतिमान मादेन, ताप्लिजोङ जिल्ला अध्यक्ष होम तुम्बाहाङ्फे, जिल्ला सचिव रणध्वोज ताम्लिङ, महिला परिषद उपाध्यक्ष इन्दिरा मेन्याङ्बो, विद्यार्थी केन्द्रीय सचिव दिनेश तुम्बापो, युवा मञ्च पान्थर अध्यक्ष सुनिल लिम्बू, एलभी सिनियर उपकमाण्डर मुक्साम लाबुङलगायतले लिम्बुवान प्राप्तिको आन्दोलनलाई अघि बढाउन जस्तोसुकै वलिदान दिन तयार रहेको र हुनुपर्ने विचार व्यक्त गरेको थिए ।
उक्त आमसभा याङ्वरक थुम् एलभी सिनियर उपकमाण्डर विकल्प लिङ्देनको अध्यक्षतामा सम्पन्न भएको थियो भने परिषदका याङ्वरकथुम सचिव भूपेन्द्र माबोले स्वागत मन्तव्य र एलभी सिनियर सिभिल कमाण्डर ज्वलन माङ्मूले कार्यक्रमको उद्घोषण गरेका थिए । यस कार्यक्रममा सयौं एलभीहरुको प्रदर्शन र संघीय लिम्बुवान कलाकार परिषदको तर्फबाट आकर्षक साँस्कृतिक कार्यक्रमसमेत प्रस्तुग गरिएको थियो ।

माओवादी र एमालेद्वारा नयाँ प्रक्रियाको पहल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन ८ - माओवादी र एमालेले प्रधानमन्त्री निर्वाचन प्रक्रियाबाट अलग रहने जानकारी दिँदै नयाँ प्रक्रिया थाल्न सभामुख सुवास नेम्वाङलाई बिहीबार लिखित अनुरोध गरेका छन् । तर सभामुखले उम्मेदवारी फिर्ता नलिई नयाँ प्रक्रिया थालनी गर्न नसक्ने जानकारी गराएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनालले सभामुख नेम्वाङलाई औपचारिक पत्र बुझाउँदै बहुमत सदस्यले भाग नलिने अवस्थामा निर्वाचन गराइराख्नुको औचित्य नहुने बताएका छन् । उनीहरूले तत्काल संसद्को कार्यव्यवस्था परामर्श समिति बैठक बोलाउन सभामुखको ध्यानाकर्षण पनि गराएका छन् ।
दुई दलबीच असोज १ मा भएको तीनबुँदे सहमति कार्यान्वयनका क्रममा बिहीबार पुनः छलफल भएको थियो । छलफलमा दुई दलबीच अर्को चारबुँदे सहमति भएको छ । उक्त सहमतिपछि दिउँसो सवा ४ बजे दुवै नेताले सभामुखको कार्यकक्षमा पुगी आ-आफ्नो दलकातर्फबाट नयाँ निर्वाचन प्रक्रिया थाल्न आग्रह गरिएको छुट्टाछुट्टै पत्र बुझाएका थिए ।
'राष्ट्रिय सहमति जुटाउन हामी दुई दलले सहमति गरेका हौं,' सभामुखलाई भेटेपछि एमाले अध्यक्ष खनालले भने, 'त्यसअनुसार अब नयाँ प्रक्रिया अघि बढाउनुपर्छ ।' बहुमत सदस्य निर्वाचनबाट अलग रहेको अवस्थामा जति पटक चुनाव गराए पनि परिणाम ननिस्कने उनले बताए । संसद्मा माओवादीको हाल २ सय ३७ र एमालेको १ सय ८ सिट छ । दुई दल प्रक्रियाबाट बाहिरिँदा अन्य सबै दलको सिट जोडे पनि प्रधानमन्त्री चयन हुन आवश्यक बहुमत जुट्दैन ।
दुई दलको प्रक्रियाबाट बाहिरिने औपचारिक

१६ दलले माओवादी र एमालेको सहमति आधार पेश गर्न आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन ८,संविधान सभामा प्रतिनिधित्व गर्ने साना १६ दलले माओवादी र एमालेको सहमति सकारात्मक भएको उल्लेख गर्दै शान्ति प्रक्रिया टु्रगोमा पुग्ने र बाँकी आठ महिना भित्र संविधान निर्माणको सुनिश्चिताको स्पष्ट आधार पेश गर्न आग्रह गरेका छन् । दुई दलको पहलमा शुक्रबार सिंहदरदबार भएको छलफलमा साना दलले शान्ति र संविधानको स्पष्ट आधार पेश नहुन्जेल सहमति बन्न नसक्ने भएको सहमतिको खाका बाहिर ल्याउन सुझाव दिएका हुन् । दुई दलले आमन्त्रण गरे पनि काग्रेस र मधेसी मोर्चाका चार दल भने बैठकमा सहभागी भएनन् । सहमतिको स्पष्ट आधार तयार भए काग्रेसपनि त्यसमा सहमत हुन सक्ने धारणा साना दलका नेताहरुले राखेका थिए ।
सातौ चरणको चुनावबाट पनि प्रधानमन्त्री चयन हुन नसकेपछि माओवादी र एमालेले जारी प्रक्रियाबाट बाहिर निस्केर नयाँ प्रक्रियामा जाने सहमति गरेका थिए । त्यसका लागि दुई दलले सभामुख सुवास नेम्वाङलाई बिहीबार जारी निर्वाचनमा भाग नलिने लिखित अनुरोध समेत गरेका थिए । बहुमत सदस्य सहभागी नहुने निर्वाचनको गराउनुको औचित्य नहुने उल्लेख गरेका थिए । दुई दलले आफ्नो पहलमा अन्य दललाई पनि सहमति गर्ने प्रयास स्वरुप शुक्रबार बैठक आयोजना गरेका थिए ।

इटहरी बजार क्षेत्रमा सिसी क्यामेरा जडान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुनसरी, ७ असोज,आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले इटहरी बजार क्षेत्रको एक किलोमिटर आसपासका सम्पूर्ण गतिविधि क्यामेराले खिच्न थालिएको  छ । आपराधिक घटना बढ्न थालेकाले निजी क्षेत्रको पहलमा सिसी क्यामेरा जडान गरिएको हो । क्यामेराले खिचेको १८ दिनसम्मको गतिविधि कम्प्युटरमा रेकर्ड हुने बताइएको छ । पूर्वाञ्चलकै पहिलो र ठूलो गोरखा डिपार्टमेन्ट स्टोरले पिटिटु सिसी क्यामेरा जडान गरी सातादेखि दृश्य कैद गर्न थालेको हो । डिपार्टमेन्ट स्टोरको माथिल्लो तलामा जडान गरिएको क्यामेराले इटहरी चोक, पूर्व-पश्चिम लाइन, धरान रोड र विराटनगर रोडलाई समेट्छ ।
यस्तै, आँपगाछी, शान्तिनगरलगायत क्षेत्रमा भएको गतिविधि खिचेर मुख्य कम्प्युटरमा रेकर्ड राखिन्छ । यो क्यामेरालाई मुख्य सर्भरबाट नियन्त्रण गर्न सकिने भएकाले वरिपरि घुमाउनसमेत सकिने डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्यले बताए । आचार्यका अनुसार इटहरीको दृश्य विश्वको कुनै पनि कुनाबाट  इन्टरनेटमार्फत प्रत्यक्ष हेर्न सकिने व्यवस्थासमेत मिलाइएको छ । यसका लागि सबैभन्दा पहिले इन्टरनेटमा खाता खोल्नुपर्छ । त्यसपछि डिपार्टमेन्टले  युजर नेम र आइडी उपलब्ध गराउनेछ । युजर नेम र आइडी पाएपछि संसारको कुनै पनि कुनाबाट इटहरीमा भएको गतिविधि हेर्न सकिने सञ्चालक आचार्य बताउँछन् । यसबाट सुरक्षा निकायलाई समेत आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सघाउ पुग्ने विश्वास डिपार्टमेन्ट स्टोरले लिएको छ ।

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी मनितालाई स्वर्ण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतको भिसाखापत्नममा भइरहेको प्रथम इन्डिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी मनिता शाहीले स्वर्ण जितेकी छन् ।आज भएको खेलमा महिलाको ६२ केजीमुनिको उपाधि भिडन्तमा मनिताले भारतीय खेलाडीलाई ४-१ अंकको अन्तरले पराजित गरिन् ।त्यस्तै अन्य दुई महिला खेलाडीले पनि कास्य हात पारेका छन् । ४६ केजीमुनि यानकुमारी चौलागाईं तथा ५७ केजीमुनि सविना महर्जनले कांस्य जिते ।सेमिफाइनलमा दुवै भारतीय खेलाडीसंग पराजित हुन पुगे । प्रतियोगितामा नेपालबाट १३ खेलाडीको सहभागिता छ । एक पुरुष खेलाडीबाहेक सबै आसन्न १६औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् ।

खोसेर लगेकी श्रीमती फर्केपछि बाजा बजाएर बिहे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पानीटयाङ्की (मोरङ), ८ असोज,कथित सानो जातसँग बिहे गरेको भनेर केटीका आफन्तले खोसेर लगेकी श्रीमती अढाई महिनापछि फर्किएपछि खुसी भएका गाउँलेले वैण्डबाजा बजाएर बेहुला बेहुलीलाई चौक बजार परिक्रमा गराई बिहे गराएका छन्। मोरङको टङ्की सिनवारी १ गंगा चौक बस्ने २३ वर्षका गङ्गा ऋषिदेवले सुनसरी अमडुवा ३ बस्ने तिलक पोख्ररेलकी २२ वर्षीया छोरी सरस्वती पोख्रेलसँग गत जेठमा मोरङ जिल्ला अदालतमा नाता प्रमाणित गरी बिहे गरेका थिए। उनीहरुको विवाहलाई केटी पक्षले पचाउन नसकेपछि प्रहरी लगाएर घरैबाट गङ्गाका बाबु र काकीलाई समेत कुटपिट गर्दै जेठ दोस्रो साता सरस्वतीलाई छुटाएर लगेका थिए।पहिले मन्दिरमा बिहे गरेर एक महिनासँगै बसिसकेको र पछि अदालतबाट राजीखुसी नाता प्रमाणित गरी कानुनी बिहे गरेको भए पनि सँगै बसिरहेका उनीहरुलाई केटी पक्षले पहुँचको बलमा प्रहरी लगाएर छुटाएको थियो।केटी पक्षले प्रहरीको बलमा केटी खोसेर आफन्तलाई जिम्मा लगाउने बहानामा सरस्वतीलाई भारतको कालिम्पोङतिर लुकाएर राखेका थिए। तर आफन्तले छुटाएको भए पनि सरस्वती आफनो श्रीमानलाई सम्झेर एकहप्ता अघि भागेर आएकी हुन्।केटी पक्षले सरसस्वतीलाई करकापमा गङ्गाबाट छुटाएपछि अदालतमा जवरजस्ती बिहे गर्न बाध्य बनाएको भन्दै छोडपत्रका लागि निवेदन पनि हाल्न लगाएका थिए। यता आफ्नी श्रीमतीलाई प्रहरीले नै छुटाएर लगेपछि व्याकुल बनेका गङ्गाले आफूले राजीखुसी बिह गरेकोले छोडपत्र नगर्ने भन्दै अपिल गरेका थिए।फेरि पनि सरस्वतीलाई खोसेर लान नदिन र साँचो प्रेमको जीत भएको भन्दै अविरजात्रा सहित बिहीबार गाउँलेले बेहुला र बेहुली बनाई वेण्डबाजा बजाएर चौक गाउँ परिक्रममा गराएको स्थानीय दलित अगुवा वुद्धि पासवानले बताए।

Sep 23, 2010

मञ्च सम्वद्ध हङकङ आइल्याण्ड क्षेत्रिय इलाका कार्य समिति गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/श्याम इङ्नाम
२० सेप्टेम्बर २०१०,संघीय गणतान्त्रिक नेपालको अव वन्ने संघीय स्वायत्त राज्यहरुमा लिम्बुवान पनि एउटा आत्मानिणय अधिकार सहितको विशिष्ट स्वायत्त राज्य हुनु पर्दछ र त्यसको भौगोलिक सिमाना ऐतिहासिक दस्तावेज तथा प्रमाणहरुको आधारमा नेपालको अरुण - सप्तकोशी नदीपूर्वको नौंवटा जिल्लाहरु सहितको हुनु पर्छ भन्दै संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषद हङकङ प्रवास कार्य समितिको सि.सि.ओ.अभियान अर्न्तर्गत हङकङ आइल्याण्ड क्षेत्रिय इलाका कार्य समिति गठन भएको छ । १९ सेप्टेम्बर २०१०, आइतबारका दिन हङकङ आइल्याण्ड स्थित वान्चाईमा मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङको पहलमा भएको वृहत भेलाले श्री कुमार हाङस्रुङको अध्यक्षतामा मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङ अन्तर्गत (मातहत) को हङकङ आइल्याण्ड क्षेत्रिय इलाका कार्य समितिको गठन गरेको छ । उक्त भेलामा मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङका अध्यक्ष श्री नबराज काम्बाङ्गको आथित्यमा भएको थियो भने कार्यक्रम सञ्चालन बि.बि.लिम्बुवाट भएको थियो । उक्त भेलाले तल दिए वमोजिमका व्यक्तिहरुलाई पदाधिकारीहरुमा र्सव-सम्मत चुनेको छ ।मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद,हङकङ आइल्याण्ड क्षेत्रिय कार्य समिति, हङकङ
१. अध्यक्ष कुमार हाङस्रुङ
२. उपाध्यक्ष डम्बर कुमार काम्बाङ्ग
३. सचिव उर्मिला बेघा
४. अर्थ - सचिव मोहन केदेम
५. संगठन सचिब बम बहादुर काम्बाङ्ग
६. सदस्य डम्बर चोङ्वाङ लिम्बु
७. सदस्य हेम येङ्देन
८. सदस्य योगेन्द्र पन्धाक
९. सदस्य नेत्र बेघा
१०.सदस्य अशोक माबो
११.सदस्य नविन पन्धाक
१२.सदस्य हिमाल केदेम
१३. सल्लाहकार सुरेन्द्र योङ्हाङ
१४. सल्लाहकार कुल बहादुर एभेङ
१५. सल्लाहकार कुलमान तामाङ
१६. सल्लाहकार काजिमान थेबे

Sep 22, 2010

खम्बुवान पाइला सार्दै नेवाः काठमाडौ आइपुग्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ,
असोज ६/ खम्बुवान स्वायत्त राज्य परिषद उन्मुख खम्बुवान राष्ट्रिय मोर्चाले काठमाडौंको सभागृहमा खम्बुवान पाइला नामक एक खम्बुवानी साँस्कृतिक कार्यक्रम गरी नेपालको एकात्मक संरचनाको केन्द्र काठमाडौंमा पनि आफ्नो गतिविधिहरु सशक्त बनाउन थालको छ । खम्बुवान राष्ट्रिय मोर्चाले मिति २०६७ असोज ६ सेप्टेम्बर २२ २०१० मा 'बाँचे जीवन मरे चिहान खम्बुवान राष्ट्र-राज्य निर्माण' खम्बुवान सजग एकता जागरण तथा सम्मान कार्यक्रमः "खम्बुवान पाइला-२०६३" का प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रय मञ्चका अध्यक्ष मण्डल सदस्य तथा संघीय महिला मञ्चका अध्यक्ष विष्णु तुम्बुहाङ्फे राईले द्वीप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो । खम्बुवान राष्ट्रिय मोर्चा उपत्यका सम्पर्क समितिका संयोजक राज्य खम्बूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन समारोहमा अतिथिहरु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव खगेन्द्र माखिम, मञ्चका सचिवालय सदस्य तथा तामाङसालीङ स्वायत्त राज्य परिषदका वरिष्ठ उपाध्यक्ष सिङमान तामाङ, मञ्चका सचिवालय सदस्य तथा खम्बुवानका उपाध्यक्ष किरण खम्बू, लिम्बुवानका महासचिव सूर्य माखिम, तामाङसालीङका महासचिव खेमकर्मा लामा, लिम्बुवानका उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, लिम्बुवानका अर्थ-विभाग प्रमुख सुरेन्द्र निङलेकू, खम्बुवानका केन्द्रीय सदस्य सुकदेव राई र लिम्बुवान उपत्यका सम्पर्क समितिका अध्यक्ष शिवकुमार पाङगेनहाङलगायत हुनुहुन्थ्यो । विभिन्न जातिका सांस्कृतिक कार्यक्रमसहित खम्बुवानका चर्चित कलाकार पार्वती राई, लिम्बुवानका कलाकार दीपक लिम्बू, लिम्बुवानकै चर्चित गायिका मनु नेम्बाङलगायकतको प्रस्तुती रहेको यस कार्यक्रममा प्रमुख अतिथि विष्णु तुम्बाहाङफे राईले यस्ता कार्यक्रमले सबै स्वायत्त राज्य प्राप्तिको आन्दोलनमा लागेका संघ-सङगठनहरुलाई एकीकृत भई आन्दोलनमा लाग्ने प्रेरणा दिने बताउनु भयो । अर्का अतिथि मञ्चका महासचिव खगेन्द्र माखिमले खम्बुवानको यो साँस्कृतिक पाइलाले राजनीतिक रुपलिँदै खम्बुवान स्वायत्त राज्य र अन्य राज्यहरु प्राप्तिको आन्दोलनमा महत्वपूर्ण पाइलाहरु चाल्दै जाने आशा र विश्वास प्रकट गर्नुभयो । कार्यक्रममा खम्बुवानमै थातथलो भएका थामी जातिको नृत्य र मारुनी नृत्य पनि प्रस्तुत गरिएको थियो भने गायिका पार्वती राईले 'चोमोलोङमा र खोटाङ हलेशी...' भन्ने गीत; गायक दिपक लिम्बूले 'यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छौ...'लगायतका गीत र लिम्बुवानका कलाकारहरुबाट राजकुमार दिक्पालद्वारा रचित 'मुठी माटो उठाई अर्पिदिन्छौं ज्यान हामीलाई प्यारो लाग्छ हाम्रो लिम्बुवान.. भन्ने गीत मनु नेम्बाङ कमला आङ्बुहाङ भवानीवीक्रम सम्बहाङ्फे सुसन साम्सोहाङले गाएका थिए । खम्बुवानका उपत्यका सल्लाहकार महेन्द्र राईद्वारा स्वागत मन्तव्य गरिएको यस कार्यक्रमको अन्त्यमा प्रमुख अतिथिबाट कलाकार तथा खम्बुवान आन्दोलनमा विशेष योगदान पुर्याउनु हुने महानुभावहरुलाई प्रशंसा-पत्रसमेत वितरण गरिएको थियो । भर्खरै एकीकृत भएको खम्बुवान राष्ट्रिय मोर्चाले यही असोज ८ गते धरानमा एक पत्रकार सम्मेलन गरी खम्बुवान एकताको सन्देश दिँदै खम्बुवान स्वायत्त राज्य परिषदको नयाँ कार्ययोजनाहरु सार्वजनकि गर्ने कार्यक्रम रहेको छ ।

एउटै बोकाको तौल १ सय ५० किलो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दमौली,तनहुँको साभुङ भगवतीपुर-२ बुढाकोटका अगुवा किसान चिरञ्जीवी गैह्रेले पालेको एउटा बोकोको तौल एकसय ५० किलो पुगेको छ ।सप्तरीबाट ल्याइएको ‘विटर’ जातको उक्त बोकोको तौल दुई वर्ष आठ महिनामा यसरी बढेको किसान गैह्रेले बताउनुभयो । गैह्रेको गोठमा हरेक दिन अचम्मको बोको हेर्नेहरुको भीड लाग्ने गरेको छ ।पशु चिकित्सक बाबुराम जमरकट्टेलले बोकाको तौल अस्वाभाविकरुपमा बढेको उल्लेख गर्दै आफूले त्यति तौलको बोको नदेखेको बताउनुभयो ।विगत सात वर्षदेखि गैह्रेले व्यावसायिकरुपमा बाख्रापालन गर्दै आएका छन् । बाख्रापालनबाट उनले बर्सेनि दुई लाख रुपैयाँ आम्दानी गरिरहेका छन् ।

स्थानीय विकास मन्त्रालयमा बम राखिएको फोन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन ७ - ललितपुरको पुल्चोकस्थित स्थानीय विकास मन्त्रालय परिसरमा बम राखिएको आशंकमा प्रहरीले मन्त्रालयमा अनुसन्धान सुरु गरेको छ । प्रहरीले मन्त्रालयलाई सिल गरेको छ । कार्यालय समयमा मन्त्रालय पुगेका कर्मचारी र सेवाग्रहीलाई कार्यालय प्रवेशमा रोक लगाईको छ । बम राखिएको हल्लाले कर्मचारी आतंकित भएका छन् ।
तराई भाइरस नाम गरेको संगठन भएको दावी गर्दै एक व्यक्तिले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर स्थानीय विकास मन्त्रालयको विभिन्न स्थानमा बम राखेको दावी गरेपछि प्रहरीले सक्रियता बढाएको हो ।
ललितपुरका प्रहरी उपरीक्षक बिक्रमसिंह थापाले फोनका आधारमा अनुसन्धान बढाइएको बताए । उनले भने झुठा कुरा भएपनि कुनै चुक हुन नदिन गम्भीरताका साथ अनुसन्धान थालिएको बताए । सशस्त्र र जनपथका दक्ष जनशक्ति र तालिम प्राप्त कुकुर पनि अनुसन्धानमा प्रयोग गरिएको छ ।

अमेरिका आएका वनमन्त्री दीपक बोहराले भाँडभैलो मच्चाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिका, ६ असोज,जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा सहभागी हुन अमेरिका आएका वनमन्त्री दीपक बोहराले भाँडभैलो मच्चाएका छन् । जलवायु परिवर्तनका कारण हिमाल पग्लिँदै गएको विषयमा विश्वको ध्यानाकर्षण गराउन मंगलबार अमेरिकाको न्युयोर्कमा निकालिएको सेभ द हिमालय र्‍यालीमा मन्त्री बोहराले भाँडभैलो मच्चाएका हुन् ।र्‍यालीमा सहभागी आरोहीको बसोवास खर्च एनआरएन अमेरिका, युएसएड नेपाल, नेपाल पर्यटन बोर्ड, गि्रन भेन्चर्स नेपाल र डब्लुडब्लुएफ नेपालले बेहोर्ने बेहोराको पत्र अमेरिकी दूतावासलाई लेखिएको थियो । तर, मन्त्रीले र्‍यालीमा सहभागी गराउन भन्दै पर्वतारोहीबाट पैसा असुलेको तथ्य सार्वजनिक भएपछि संयुक्त राष्ट्रसंघको ६५औँ महासभामा उपस्थित विश्वका दुई सय देशका प्रतिनिधिको ध्यानाकर्षण गराउन भन्दै निकालिएको र्‍याली तमासा मात्रै बन्यो ।
र्‍यालीमा अमेरिकामा रहेका झन्डै दुई दर्जन नेपाली पर्वतारोही सहभागी हुने भनिए पनि हिमाल बचाउने पवित्र काममा समेत भ्रष्टाचार भएको भन्दै एक दर्जन पर्वतारोहीले र्‍याली बहिष्कार गरे । मन्त्री बोहरा र अमेरिकामा रहेका टाठाबाठा नेपालीले पैसा कुम्ल्याउने खेल खेलेको उनीहरुले आरोप लागएका छन् । र्‍यालीका सहभागी हुँदा लाग्ने खर्च भन्दै मन्त्री बोहराले नेपालबाट अमेरिका आउने पर्वतारोहीबाट पैसा असुलेको विषयमा अमेरिकावासी नेपाली पर्वतारोहीले भ्रष्टाचारको छानबिन गर्नसमेत माग गरेका छन् ।
नेपाली सगरमाथा आरोही पत्रकार आङछिरिङ शेर्पाको संयोजकत्वमा निकालिएको र्‍याली झन्डै दर्जन पर्वतारोहीले बहिष्कार गरेपछि र्‍यालीमा जम्मा १६ जना पर्वतारोही सहभागी भए । र्‍यालीमा सहभागी हुने पर्वतारोहीले पर्वतारोहण गर्दा लगाउने पोसाकसहित प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि मन्त्रीको भाँडभैलोका कारण कसैले पोसाक लगाएनन् । पर्वतारोही सामान्य टिसर्टमा र्‍यालीमा सहभागी भए । र्‍यालीमा सहभागी हुन अमेरिकामा बसोबास गर्न सर्वसाधारण नेपालीलाई पनि अनुरोध गरिए पनि पनि सर्वसाधारण सहभागी भएनन् । र्‍याली ठूलाबडाको जमघटजस्तो मात्रै भयो ।

ट्वीटरमा सेक्सी नायिका प्रीयन्काको धमाल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ दिल्ली,आजभोलि उनी ‘खतराका खेलाडी’ साथ छिन् र उनलाई भारतमा प्रेमपूर्वक देशी गर्ल को नामले बोलाइन्छ। कयौ हिट चलचित्र दिएकी सेक्सी नायिका प्रीयन्का चोपडाले सामाजिक सञ्जाल साइट ट्वीटरमा पनि धमाल मच्चाएकी छन् ।उनले बलिउडका बादशाह दबंगका चुलबुले पान्डे र मिस्टर फरफेक्टलाई पनि ट्वीटरमा पछाडि छाडेकी छन् । बलिउड सेलिब्रेटीमा प्रीयन्का यतिबेला ट्वीटरमा ६,५२,८२२ फलोअर्सका साथ टपमा छिन् । जबकी शाहरुख खानलाई ६,४८,५१५ जनाले फलो गरिरहेका छन् । स्वयम प्रीयन्का, बीग बी, किङ्ग खान र चलचित्र उद्योगका मित्रहरुसमेत ९५ जनालाई ट्वीटरमा फलो गरिरहेकी छन् । यतिबेला १२,८१० जनाले उनलाई आफ्नो मित्र लिस्टमा एड गरेका छन् ।अझ रमाइलो कुरा त बलिउडका कुनै एक्ट्रेस फलोअर्सका मामिलामा प्रीयन्काका वरपर कुनै छैनन् । उनीपछि दोस्रो नम्बरमा प्रीति जिन्टा छिन् जसको प्रसंशकको संख्या करिब ३,९०,०८० छन् । ‘ओम शान्ति ओम’ फेम दीपिका पादुकोण यो लिस्टमा ८५,२२६ जना प्रसंशकका साथ तेस्रो नम्बरमा छिन् ।

माओवादी लडाकुसामु तीनै प्रतिवेदन वाचन सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ७,एकीकृत माओवादीले हालैको केन्द्रीय समिति बैठकमा प्रस्तुत तीनै राजनीतिक प्रतिवेदन लडाकुबीच पुर्‍याएको छ। अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईका प्रतिवेदन आगामी विस्तारित बैठकमा छलफल गरिने भएकाले सातवटै मुख्य शिविरका 'सीमित कमान्डर'माझ वाचन गर्न थालिएको हो। कात्तिक ६ देखि चितवनमा हुन लागेको विस्तारिक बैठकलाई लक्षित गरी कम्पनी कमान्डरभन्दा माथिका लडाकुमाझ राय-सल्लाह तीन फरक दस्तावेज पढेर सुनाइन लागिएको हो।बुधबार माओवादी लडाकुका डेपुटी कमान्डर जनार्दन शर्मा, पोलिटब्यूरो सदस्य लेखराज भट्ट, हेडक्वार्टर सुरक्षाको जिम्मेवारी सम्हालेका सातौं डिभिजन कमान्डर सन्तु दराई, दाहालपुत्र प्रकाशलगायतको केन्द्रीय टोली प्रशिक्षणका लागि कैलालीको बढैपुरस्थित अस्थायी शिविरमा पुगेको छ। कैलालीलगत्तै माओवादी जनसेना प्रमुख नन्दकिशोर पुन रोल्पामा, चन्द्रप्रकाश खनाल नवलपरासी, वर्षमान पुन चितवन र अन्य शिविरमा पनि जिम्मेवार नेता गई प्रशिक्षण दिनेछन्। 'तीनवटै दस्तावेजलाई जनसेनाका कमान्डरमाझ पढेर सुनाउने कार्यक्रम छ,' प्रकाशले नागरिकसित टेलिफोनमा भने, 'करिब पाँच दिनसम्म शिविरमा प्रशिक्षण हुनेछ, दस्तावेजबारे लडाकुको सुझाव संकलन गरिनेछ।'

मदन र जगदम्बा श्री पुरस्कार घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ६,वि‌.सं. २०६६ को मदन पुरस्कार बैतडीका नरबहादुर साउदलाई प्रदान गरिने भएको छ। उनलाई नेपालका बालीनाली र तिनको दिगो खेती नामक विद्वत् ग्रन्थका लागि यो पुरस्कार दिइने भएको हो। त्यसैगरी जनकपुरका डा. राजेन्द्र विमललाई जगदम्बा श्री पुरस्कार दिइने भएको छ। मदन पुरस्कार गुठीको साधारण सभा बैठकले बुधबार यो निर्णय गरेको हो।विमललाई ४ दशकदेखि मिथिला क्षेत्रमा मैथिलभाषी विद्यार्थीलाई नेपाली भाषामा शिक्षित गराइ विद्वान् बनाउने पुनीत कार्यका साथै नेपाली भाषामा अनेकानेक ग्रन्थ रचना गरी नेपाली भाषा वाङमयलाई समृद्ध तुल्याउने कामसमेत गरेवापत उक्त पुरस्कार प्रदान गरिने भएको गुठीले जनाएको छ।दुवै पुरस्कारको राशि २-२ लाख रुपैयाँको छ। २०१२ सालमा सुरु भएका यी पुरस्कारको सुरु राशि ४-४ हजार रुपैयाँ थियो।२०१५ सालमा गङ्गाविक्रम सिजापतीको ग्रन्थ 'उद्यान' पुरस्कृत भएपछि कृषिसम्बन्धी ग्रन्थले पुरस्कार प्राप्त गरेको यसै सालमात्र भएको जानकारी पनि गुठीले दिएको छ। दुवै पुरस्कार नौरथाका दिन प्रदान हुनेछन्।

उत्तरप्रदेश सरकारले करौडौँ रुपैयाँको लाठी किन्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पट्ना/ प्रहरीसँग बन्दुक पनि हुन्छ । तर, भीड नियन्त्रण गर्ने बन्दुक होइन, लाठी प्रहरीको साथी बनेको छ । त्यसैले होला भारतको उत्तरप्रदेश सरकारले करौडौँ रुपैयाँको लाठी किन्ने तयारी गरेको छ । विवादित अयोध्या मुद्दासम्बन्धी अदालतको फैसला आउन केही दिन मात्र बाँकी छ । यही बाँकी समयमा केन्द्रदेखि लिएर उत्तरप्रदेश सरकार सुरक्षाका सबै तयारी गर्न लागिपरेको छ । अयोध्या मुद्दा सम्बन्धमा अदालतको फैसलापछि भीड, नाराबाजी हुने अनुमान युपी सरकारले गरेको छ । त्यसैले सरकारले एकपटक लाठी किन्ने भएको हो । लाठीसँगै सरकारले अदालतको फैसलापछि सिर्जना हुने सबैखाले स्थितिसँग जुध्नका लागि हेलमेट तथा सुरक्षा कवच पनि किन्नेछ । राज्य सरकारले सामान किन्नका लागि ७२ दशमलव ५ करोड रुपैयाँ खर्च गर्ने निर्णय लिएको छ ।

कांग्रेस महाधिवेशनबाट सुशील सभापति निर्वाचित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन ६ - कांग्रेसको १२ औं महाधिवेशनबाट सुशील कोइराला सभापति निर्वाचित भएका छन् । पार्टीभित्र महामन्त्री, उपसभापति हुँदै कार्यवाहक सभापति भइसकेका कोइरालाले निकटतम प्रतिस्पर्धी वरिष्ठ नेता शेरबहादुर देउवालाई ३ सय ३५ मतले पराजित गरेका हुन् । कोइरालाले १ हजार ६ सय ५२ मत प्राप्त गरे भने देउवाले १ हजार ३ सय १७ मत पाए । तेस्रो धारको प्रतिनिधित्व गर्दै सभापतिका प्रतिस्पर्धी बनेका भीमबहादुर तामाङले ७८ मत ल्याएका छन् । कुल ३ हजार ८८ मध्ये ३ हजार ६२ मत मात्रै खसेको थियो । मतदानमा २६ जना अनुपस्थित थिए । १५ मत बदर भएको थियो । नेतृत्वमा चुनिएपछि कोइरालाले पार्टीभित्र विभाजन हुन नदिन सक्षम र योग्य सबैलाई समेटेर लैजाने बताएका छन् । गिरिजाप्रसाद कोइरालापछि सामूहिक छलफल र निर्णय प्रक्रियाको अभ्यास सुरु भइसकेको स्मरण गर्दै कोइरालाले भने, पार्टीलाई मूल्य मान्यताका साथ संस्थागत रूपमा अघि बढाउने प्रणालीको विकास गर्ने मेरो योजना हुनेछ ।’ उनले विगतमा देखिएका कमीकमजोरी र विकृति पार्टीमा आउन नदिने बताए ।

कांग्रेस महामन्त्रीमा सिंह र कोषाध्यामा यादव अगाडि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसको महामन्त्री र कोषाध्यक्ष पदका लागि भएको मतको गणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ। हालसम्मको प्राप्त नतिजा अनुसार महामन्त्रीमा प्रकाशमान सिंह अग्रस्थानमा रहेका छन् भने दोस्रो स्थानमा विमलेन्द्र निधी र तेस्रोमा नरहरी आचार्य रहेका छन्।पछिल्लो मतपरिणाम अनुसार प्रकाशमान सिंहले ८९८, विमलेन्द्र निधिले ६३३ र नरहरि आचार्यले १०० प्राप्त गर्नुभएको छ।त्यसैगरी कोषाध्यक्षमा चित्रलेखा यादवले ६१७ मत र पद्मनारायण चौधरीले ७३३ मत प्राप्त गर्नुभएको छ। दुवै पदको अन्तिम नतिजा साँझ सात बजेसम्ममा आउने निर्वाचन समितिले जानकारी दिएको छ। आज दुवै पदाधिकारीको मतगणना गरिसकेपछि भोलि केन्द्रीय सदस्यको मतगणना गरिने समितिले जनाएको छ।

पूर्व राजालाई सुरक्षा दिन अस्वीकार,भ्रमण रद्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ५,बसन्तपुर दरबार क्षेत्रमा आयोजना हुन लागेको एक कार्यक्रममा सहभागी हुन लागेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई सरकारले सुरक्षा उपलव्ध गराउन नसक्ने जनाएपछि उनको सहभागिता रोकिएको छ। इन्द्रजात्राका अवसरमा विश्व युवा हिन्दु परिषदले पूर्व कुमारीहरुलाई अभिनन्दन गर्ने कार्यक्रममा प्रमुख अथिति बनाइएका शाहको भ्रमण अन्तिम अवस्थामा रोकिएको हो। 'सुरक्षा संवेदनशील भएकाले उनको भ्रमणमा रोक लगाइएको हो,' गृह मन्त्रालयका प्रवक्ता जयमुकुन्द खनालले नागरिकन्युजसँग भने। राजतन्त्रको पक्षमा वकालत गर्ने संगठनले कार्यक्रम आयोजना गरेकाले यो भ्रमणमाथि सरकारले सुरक्षा उपलव्ध गराउन नसक्ने जनाएको हो।

Sep 21, 2010

संघीय विद्यार्थी युनियनद्वारा लिम्बुवानमा शैक्षिक हड्ताल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/सन्तोष रुचाल
धनकुटा ४ असोज, मञ्च संम्बद्ध संघीय लिम्बुवान राज्य परिषद निकट संघीय विधार्थी युनियन लिम्बुवान राज्य परिषदले गरेको एकदिने शैक्षिक आमहड्तालको कारण आज धनकुटालगायत पूर्वका ९ जिल्लाका सम्पूर्ण सरकारी तथा निजी विधालयहरु बन्द रहेका छन् ।गत २०६७ साउन ९ गते परिषदले नेपाल सरकारलाई बुझाएको २१ बुँदे ज्ञापन-पत्रमाथि हालसम्म कुनै सुनुवाई नभएपछि विरोधस्वरुप एकदिने शैक्षिक हड्तालको आह्वान गरिएको संघीय विधार्थी युनियन लिम्बुवान राज्य परिषदका अध्यक्ष जेण्टल लावतीले बताउँनुभयो । २१ बुदे ज्ञापन-पत्रमा सप्तकोशी अरुणपूर्वका प्रस्तावित लिम्बुवानका प्रत्येक उच्च माविहरुमा विषयगत शिक्षक दरबन्दी दिनुपर्ने लिम्बुवानका प्रत्येक स्कुल कलेजहरुमा शहिदको छोराछोरीहरुलाई निशुल्क पढाउनु पर्ने, बहुभाषिक शिक्षा लागू गर्नुपर्ने, लिम्बुवान विश्व विधालयहरु खोल्नुपर्ने, लिम्वुवानभित्र परीक्षा नियन्त्रण कार्यालय खोल्नुपर्ने, समानुपातिक रुपमा स्ववियु निर्वाचन गराइनुपर्नेलगायतका मागहरु राखेका छन् ।३५ गाउँ विकास समिति र १ नगरपालिका रहेको धनकुटा जिल्लामा हाल सरकारीतर्फ २ सय दश प्रावि, ३७ निमावि, ४१ मावि र २७ उच्च माविहरु रहेका छन् भने निजीतर्फ २३ प्रावि ३ निमावि ७ मावि र ३ उच्च माविहरु सञ्चालनमा रहेका छन् । शैक्षिक संस्थाहरु बन्द गर्ने कार्यक्रम भएपनि आज हुने परीक्षामा भने कुनै अवरोध नगरिएको आयोजकले बताएका छन् ।

कांग्रेसको चुनाव सकियो, मतगणना ९ : ३० देखि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ५,नेपाली कांग्रेस महाधिवेशनको पाँचौं दिन सभापतिसहित पार्टीको ६४ केन्द्रीय कार्यकारिणी पदाधिकारी तथा सदस्यका लागि चुनाव सम्पन्न भएको छ। निर्वाचनमा ३ हजार ३७ मत खसेको छ। निर्वाचन समितिका अनुसार पहिलो चरणमा सभापति पदको मतगणना मात्र हुनेछ। ८ बजेदेखि हुने भनिएको सभापति पदको मतगणना साढे नौ बजेदेखि मात्र थालिने भएको छ। खाना खाइसकेर मात्र मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ।सभापतिको चयनपछि मात्र पदाधिकारी र सदस्यहरुको मतगणना हुनेछ। सभापतिका तीन उम्मेद्वारमध्ये ५० प्रतिशत मत कटाउने एक जना कांग्रेसको सभापति निर्वाचित हुनेछन्। कसैले पनि ५० प्रतिशत नकटाए बढी मत प्राप्त गर्ने दुई उम्मेद्वारका लागि बुधबार चुनाव हुने निर्वाचन समितिका वासुदेव आचार्यले नागरिकन्युजलाई बताए। सभापति पदमा सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङबीच प्रतिस्पर्धा हुँदैछ।

कांग्रेसलाई उम्मेदवारी फिर्ता लिन माओवादीको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा(माओवादी)को आज बसेको स्थायी समितिको बैठकले नेकपा एमालेसँग भएको तीन बुँदे सहमतिलाई अनुमोदन गर्दै नेपाली कांग्रेसलाई पनि प्रधानमन्त्री पदको उम्मेदवारी फिर्ता लिएर सहमतिमा आउन अनुरोध गर्ने निर्णय गरेको छ।पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको स्थायी समिति बैठकले अन्य दलसित राष्ट्रिय सहमतिको सरकार गठनका लागि छलफल गर्ने निर्णय गर्दै अनमिनको म्याद थप्ने निर्णयलाईसमेत अनुमोदनगरेको छ।त्यसैगरी पार्टीको घोषित नीतिविपरित विपरीत बोल्न/लेख्न नपाइने निर्णय गर्दै त्यसो गरेमा छानबिन र कारबाही गरी कारबाही गर्ने निर्णय गरेको छ।बैठकले तोकिएको समयावधिभित्र जनवर्गीय संगठनको राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै उद्योग वाणिज्य संघ पुनर्गठन भएको छ। आचारसंहिता अनुगमन तथा नियमित अनुशासन अनुगमनका लागि शक्तिशाली अनुशासन विभाग गठन गर्ने निर्णयसमेत आजको स्थायी समिति बैठकले गरेको छ।यस्तो क्रम बढेकाले बैठकले पार्टी नेता/कार्यकर्तालाई पार्टीको आधिकारिक धारणा बाहिर गएर कुनै अभिव्यक्ति नदिन निर्देशन जारी गरेको प्रवक्ता शर्माले बताउनुभयो ।यसैगरी बैठकले सरकार र एमाओवादीको सहमतिमा अनमिनको म्याद चार महिना थपिएको विषयलाई स्वागत गर्दै आगामी कात्तिक ६ गते पार्टीको विस्तारित बैठक चितवनमा गर्ने, जनवर्गीय सङ्गठन र मोर्चाको राष्ट्रिय भेला आगामी मङ्सिरदेखि सुरु गर्ने निर्णय समेत गरेको छ ।त्यस्तै, पार्टीको नामबाट फरकफरक रूपमा रहेका दुईवटा राष्ट्रिय उद्योग व्यापार महासङ्घलाई एकीकृत गर्ने, पार्टी आचारसंहितालाई नियमित रूपमा अनुगमन गर्न शक्तिशाली अनुशासन विभाग बनाउने र राष्ट्रिय स्वाधीनताको पक्षमा जारी प्रचारात्मक आन्दोलनलाई प्रभावकारी बनाउने निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो ।त्यसैगरी बैठकले संघर्षको प्रचारका लागि माओवादीले विभिन्न नारासमेत तय गरेको छ। माओवादीले आज तय गरेको नारा यस प्रकार छ-सम्पूर्ण देशभक्त शक्तिहरू एकजुट होऔं,राष्ट्रिय स्वाधीनताको रक्षा गरौं !
सन् १९५० को सन्धि लगायतका सम्पूर्ण असमान सन्धि सम्झौताहरू खारेज गर !
विदेशी हस्तक्षेप र राष्ट्रिय आत्मसमर्पणवाद मूर्दावाद,
नेपाली जनताको सर्वभौमसत्ता र आत्मनिर्णयको अधिकार जिन्दावाद !
प्रतिक्रान्तिकारी षडयन्त्र बन्द गर,
शान्ति र संविधान सुनिश्चित गर !
भारतीय हस्तक्षेप बन्द गर !
राष्ट्रिय संयुक्त सरकार गठन गरौं !
जनताको संघीय गणतन्त्र जिन्दावाद !
सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरू एकजुट होऔं,
राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, शान्ति र जनसंविधान सुनिश्चित गरौं !
शान्तिसम्झौताअनुरुप जनयुद्धकालका सम्पूर्ण मुद्दा खारेज गर !
सम्पूर्ण झुट्टा मुद्दा खारेज गर !!
बेरोजगार युवाहरूलाई रोजगारीको ग्यारेण्टी गर,
निम्न आय भएका जनतालाई सहुलियत दरमा राशन उपलब्ध गर,
बढ्दो महँगी नियन्त्रण गर,
भ्रस्टाचारी, तस्कर र कालोबजारीलाई कारबाही गर !
एकीकृत नेकपा -माओवादी जिन्दावाद !

घुस लिँदालिँदै एमाले सभासद् डिबी कार्की पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन ५ - घुस लिँदालिँदै पक्राउ एमाले सभासद् डोलबहादुर डिबी कार्की मंगलबार ५ लाख धरौटीमा रिहा भएका छन् । उनीसँगै पक्राउ परेका स्वामी ब्रम्हानन्द पनि ४ लाख धरौटी बुझाएर रिहा भएका छन् ।घुस लिँदालिँदै पक्राउ परेका एमाले सभासद् डोलबहादुर कार्कीलाई पदबाट निलम्बन गरिएको छ । सभामुख सुवासचन्द्र नेम्वाङले कार्कीलाई निलम्बन गरेको पत्र मंगलबार नै एमालेलाई पठाएका छन् । एमाले अनुशासन आयोगले कार्कीलाई निलम्बन गर्न माग गरेको थियो । आयोगले कार्कीलाई पार्टीको संगठित सदस्यबाट समेत निलम्बन गर्न एमालेलाई निर्देशन दिएको छ ।
यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमाले सभासद कार्कीलाई साढे चार वर्ष कैद सजाय माग गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 'प्रहरी निरीक्षक बनाइदिन्छु' भन्दै घूस लिइरहेको अवस्थामा पक्राउ परेका उनीसित चार लाख पाँच हजार बिगोसमेत अख्तियारले माग गरेको छ । एक लाख रुपैयाँ लिँदै गर्दा रंगेहात समातिएका कार्कीले पटक-पटक गरेर चार लाख पाँच हजार रुपैयाँ घूस लिएका थिए । अख्तियार प्रवक्ता ईश्वरीप्रसाद पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ३ -१० को 'घ' अनुसार एक लाखदेखि पाँच लाख रुपैयाँ घूस लिनेलाई ६ महिनादेखि डेढ वर्षसम्म कैद सजाय तोकेको बताए । त्यसकै दफा २४ मा संवैधानिक निकायमा नियुक्त भएर भ्रष्टाचार गरेमा थप तीन वर्ष कैद सजाय तोकिएको छ ।

बलिउडकी नायिका लारा दत्ता विवाह बन्धनमा बाँधिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्युयोर्क/ भारतीय टेनिस स्टार महेश भूपति र बलिउडकी नायिका लारा दत्ता विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरूले न्युयोर्कमा बिहेको कुरा छिनेका छन् । सोसियल नेटवर्किङ साइट टि्वटरमार्फत सो जोडीले अघिल्लो साता न्युयोर्कमा इन्जगेजमेन्ट गरेको दाबी गरेको हो । यसै वर्षको सुरुवातमा भूपतिले मोडेल श्वेता जेशंकरसँगको ६ वर्ष लामो वैवाहिक सम्बन्ध तोडेका थिए । 'हो लारा र मैले न्युयोर्कमा इन्गेजमेन्ट गरेका छौँ,' इन्गेजमेन्टको आधिकारिक जानकारी दिँदै भूपतिले भने, 'मिडियामा आएका समाचार सत्य हो ।' चेन्नाईमा डेभिस कपको प्ले अफअन्तर्गत ब्राजिलविरुद्ध खेल्नुअगाडि भूपतिले आपनो टि्वटरमा लारासँगको सम्बन्धबारे प्रस्ट्याउँदै लेखेका छन्, 'अब छिट्टै वैवाहिक जीवनमा गाँसिनेछौँ ।'
पूर्वपत्नी श्वेतासँग दुई वर्षदेखि सम्बन्धविच्छेद भएको दाबी गर्दै भूपतिले भने, 'श्वेता र म दुई वर्षअघि नै अलग भइसकेका थियौँ, धेरै असमझदारी भएकाले हामीले अलग बस्ने निर्णय गरेका हौँ ।'
पूर्व मिस युनिभर्स लारा पछिल्लो दस वर्षदेखि न्युयोर्कमा बस्दै आएकी छिन् । भूपतिले पनि त्यहीँ नै जीवन बिताउँदै आएका छन् । उनीहरूको प्रेमसम्बन्धबारे मिडिया तथा नजिकका मित्रहरूसमेत अनभिज्ञ थिए । गत साता सम्पन्न वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनका क्रममा भूपतिले लारालाई भव्य रात्रिभोज दिएका थिए । 'उनले -भूपति) मलाई विशेष क्याडिल लाइट डिनर दिए,' लाराले डिनरबारे स्पष्ट पार्दै भनिन्, 'आश्चर्यजनक रूपमा उनले विवाहको प्रस्ताव राखे, म त्यतिवेला स्तब्ध तथा नाजवाफ भएकी थिएँ ।'
लाराका अनुसार, सो क्यान्डिल लाइट डिनरमा भूपतिले लुकाएर आकर्षक डिजाइनको औँठी ल्याएका थिए । 'पहिला त मैले विश्वास गर्न सकिनँ, उनले औँठी साथमा ल्याएका थिए भनेर,' लाराले भनिन्, 'उनको प्रस्ताव मैले स्वीकार गरे ।' यद्यपि, लारा र भूपतिले इन्गेजमेन्ट गरेको सार्वजनिक भए पनि दुवै खुलेर मिडियामा आउन चाहेका छैनन् । तर, लाराले कतिपय अन्तर्वार्तामा आफू एक्लो नभएको बताउने गर्छिन् ।
'मिडियाले मलाई एक्लो वा जोडीको प्रश्न गर्दा एक्लो नभएको जवाफ दिन्थ्यो,' लाराले भनिन्, 'मेरो व्यक्तिगत जीवनमा जे पनि भन्न पाउँछु, अक्सर भन्ने गर्छु पनि, दुईबीचको सम्बन्धबारे पनि ।' यता भूपतिका पूर्वश्रीमती श्वेताले आफूहरूबीचको वैवाहिक जीवनको अन्त्य लाराकै कारण भएको आरोप लगाएकी छिन् ।
'हामीबीचको सम्बन्ध तोडिनमा लाराको हात प्रमुख छ,' श्वेताले भनिन् । तर, लाराले भूपतिको वैवाहिक जीवनमा आफू कहिले तगारो नबनेको दाबी गर्छिन् । लाराका अनुसार, अघिल्लो वर्ष मात्र भूपतिसँग उनले भेटेकी थिइन् ।
'श्वेताको सम्बन्ध बिग्रनुमा मेरो हात छैन,' लाराले भनिन्, 'त्यो आपसी असमझदारी थियो ।' इन्गेजमेन्ट गरे पनि लाराले यस वर्ष विवाह हुन नक्सने जानकारी दिइन् । 'हामी दुवै निकै व्यस्त छौँ, यस कारण यस वर्ष विवाह हुने सम्भावना छैन,' उनले भनिन्, 'भूपति कमनवेल्थ खेलकुद तथा डेभिस कपको तयारीमा छन् ।' दुवै पक्षको परिवारले समेत विवाहको स्वीकृति दिएको लाराको भनाइ छ । 'हामी दुवैका परिवार निकै खुसी छन् र उत्साहित पनि,' लाराले भनिन् ।