News

Aug 31, 2009

आत्मदाह गर्न खोज्नेलाई प्रहरीले अस्पताल पुर्यायो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १५ जथाभाबी शहीद घोषणाले वास्तविक शहीदप्रति अपमान भएको भन्दै सोमबार ३ बजे सार्वजनिक आत्मदाहको प्रयास गरेका १२ जना शहीदपरिवारलाई प्रहरीले पक्राउ गरेको छ। पाँच दिनदेखि आमरण अनसन बसिरहेका र एकैसाथ सार्वजनिक आत्मदाह गर्ने घोषणा गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरी उपचारका लागि वीर अस्पलता पुर्याएको हो। शहीद-प्रतीक स्मृति केन्द्र नेपालको अगुवाइमा विगत ४ महिनादेखि शान्तिवाटिकामा बसिरहेको रिले अनशनप्रति बेवास्ता भएको भन्दै उनीहरूले भदौ १० गतेदेखि आमरण अनसन बसिरहेका थिए।अध्यक्ष जेबी द्यौताकोटीसहित आत्मदाह गर्ने घोषणा गर्नेहरूमा यमबहादुर टमटा, पदमबहादुर टमटा, केशलाल तामाङ, कृष्ण तिवारी, भक्तबहादुर रजाली, इन्द्रप्रसाद पौडेल, जंगबहादुर रखाले, सूर्यबहादुर सार्की, मनबहादुर लापनी, जसोदा खत्री र तुलसादेवी कमिनी छन्।शहीदको सम्मान र परिवारको उचित व्यवस्थापनसहितका ३२ सूत्रीय माग राखी शहीदपरिवारले यसअघि प्रधानमन्त्रीनिवास बालुवाटार र प्रम कार्यालय सिंहदरबारका साथै शान्तिवाटिकामा रिले अनशन गर्दै आइरहेका थिए।

उपराष्ट्रपति प्रकरण टुङ्गाउन मधेशवादीहरु कोइरालासँग छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १५ उपराष्ट्रपति परमानन्द झाको सपथ प्रकरणलाई सकारात्मक अन्त्य गर्न मधेशवादी दलका नेताहरुले शीर्ष नेताहरुसँग छलफल सुरु गरेका छन्। उनीहरुले सोमबार नेपाली का‌ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई भेटेर यथासिघ्र संविधान संशोधन गरी मातृभाषामा सपथ लिन पाउने व्यवस्था मिलाउनु पर्नेमा जोड दिए। भेटमा सरिक कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले उपराष्ट्रपतिले आइतबार सबैलाई धोका दिएको बताए। सभापति कोइरालाले मधेशी नेताहरुलाई माओवादीसँग भेट गरी छलफल गर्न सुझाव दिएका थिए। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, सद्‌भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायतका नेताहरु कोइरालालाई भेट्न उनको निवास महाराजगन्ज पुगेका थिए।मातृभाषामा सपथ खान मिल्ने प्रावधान संविधानमा समेट्ने गरी व्यवस्थापिकामा दर्ता भएको अन्तरिम संविधानको सातौं संशोधन प्रस्ताव पारित गराउन उनीहरुले कोइरालासँग सहयोग माग गरेका थिए। माओवादी अवरोधका कारण अन्तरिम संविधान संशोधन हुन सकेको छैन। भेटमा कोइरालाले कांग्रेसले सबै भाषाको सम्मान गर्ने भन्दै भाषिक विवादलाई थप नचर्काउन आग्रह गरेका थिए । मधेशवादी दलहरु सोमबार बैठक बसी अन्य दलका नेताहरुसँग समान धारणा लिएर जाने र उपराष्ट्रपति झालाई पुन हिन्दी वा मैथिली भाषामा सपथ लिन लगाउने रणनीतिमा लागेका छन्।

भदौ १५ उपराष्ट्रपति परमानन्द झाको सपथ प्रकरणलाई सकारात्मक अन्त्य गर्न मधेशवादी दलका नेताहरुले शीर्ष नेताहरुसँग छलफल सुरु गरेका छन्। उनीहरुले सोमबार नेपाली का‌ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई भेटेर यथासिघ्र संविधान संशोधन गरी मातृभाषामा सपथ लिन पाउने व्यवस्था मिलाउनु पर्नेमा जोड दिए। भेटमा सरिक कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले उपराष्ट्रपतिले आइतबार सबैलाई धोका दिएको बताए। सभापति कोइरालाले मधेशी नेताहरुलाई माओवादीसँग भेट गरी छलफल गर्न सुझाव दिएका थिए। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, सद्‌भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायतका नेताहरु कोइरालालाई भेट्न उनको निवास महाराजगन्ज पुगेका थिए।मातृभाषामा सपथ खान मिल्ने प्रावधान संविधानमा समेट्ने गरी व्यवस्थापिकामा दर्ता भएको अन्तरिम संविधानको सातौं संशोधन प्रस्ताव पारित गराउन उनीहरुले कोइरालासँग सहयोग माग गरेका थिए। माओवादी अवरोधका कारण अन्तरिम संविधान संशोधन हुन सकेको छैन। भेटमा कोइरालाले कांग्रेसले सबै भाषाको सम्मान गर्ने भन्दै भाषिक विवादलाई थप नचर्काउन आग्रह गरेका थिए । मधेशवादी दलहरु सोमबार बैठक बसी अन्य दलका नेताहरुसँग समान धारणा लिएर जाने र उपराष्ट्रपति झालाई पुन हिन्दी वा मैथिली भाषामा सपथ लिन लगाउने रणनीतिमा लागेका छन्।

Aug 30, 2009

१२ जना शहीदपरिवारद्वारा आत्मदाहको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जथाभाबी शहीद घोषणाले वास्तविक शहीदप्रति अपमान भएको भन्दै सोमबार ३ बजे १२ जना शहीदपरिवारले एकैसाथ सार्वजनिक आत्मदाह गर्ने घोषणा गरेका छन्। शहीद-प्रतीक स्मृति केन्द्र नेपालको अगुवाइमा विगत ४ महिनादेखि शान्तिवाटिकामा बसिरहेको रिले अनशनप्रति बेवास्ता भएको भन्दै उनीहरूले आत्मदाहको घोषणा गरेका हुन्।अध्यक्ष जेबी द्यौताकोटीसहित आत्मदाह गर्ने घोषणा गर्नेहरूमा यमबहादुर टमटा, पदमबहादुर टमटा, केशलाल तामाङ, कृष्ण तिवारी, भक्तबहादुर रजाली, इन्द्रप्रसाद पौडेल, जंगबहादुर रखाले, सूर्यबहादुर सार्की, मनबहादुर लापनी, जसोदा खत्री र तुलसादेवी कमिनी रहनुभएको छ।शहीदको सम्मान र परिवारको उचित व्यवस्थापनसहितका ३२ सूत्रीय माग राखी शहीदपरिवारले यसअघि प्रधानमन्त्रीनिवास बालुवाटार र प्रम कार्यालय सिंहदरबारका साथै शान्तिवाटिकामा रिले अनशन गर्दै आइरहेका थिए।

उपराष्ट्रपति आइतबारदेखि पदीय जिम्मेवारीबाट मुक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १५ - सर्वोच्च अदालतको फैसलाबमोजिम सात दिनभित्र नेपालीमा शपथ नलिएपछि उपराष्ट्रपति परमानन्द झा आइतबारदेखि पदीय जिम्मेवारीबाट मुक्त भएका छन् । उनी तलब, सुविधा र सेवाका अन्य सर्तबाट समेत स्वतः विहीन भएका छन् । साउन ९ को फैसला पालना नगरेकाले उनलाई पदमा रहने अधिकार नरहेको दाबी गर्दै परेको रिटमा सर्वोच्चले शपथका लागि एक साता अवधि तोकेको थियो । आइतबार त्यसको सीमा सकिएकाले उनी शपथ लिनुअघिको अवस्थामा पुगेका हुन् ।'यो उपराष्ट्रपति पद क्रियाशील नहुने अवस्था हो,' शपथ नलिएपछिको अवस्था खुलाउँदै सर्वोच्चका रजिस्ट्रार रामकृष्ण तिमल्सेनाले कान्तिपुरसँग भने । फैसलाअनुसार शपथ नलिएकाले झाको जिम्मेवारी, सेवा, सुविधा सबैबाट विमुख हुने उनले बताए । 'उपराष्ट्रपतिका रूपमा केही काम गर्न पाइँदैन,' उनले भने । भदौ ७ गते सर्वोच्चले नेपालीमा शपथ नलिए पदीय जिम्मेवारी स्वतः निष्त्रिmय हुने ठहर गरेको थियो । 'शपथ नलिएको अवस्थामा उपराष्ट्रपतिको कार्यभार क्रियाशील रहेको मानिँदैन,' सर्वोच्चका पाँच न्यायाधीशको पूर्ण इजलासले गत आइतबार भनेको थियो । त्यसअघि साउन ९ गते सर्वोच्चले झाले हिन्दी भाषामा लिएको शपथ संविधानविपरीत ठहर गरेको थियो । झाले भने सर्वोच्चको फैसलाअनुसार नगरी जिम्मेवारीविहीन अवस्थामा घरमै बस्ने भएका छन् । 'तर उहाँ (झा) निर्वाचित उपराष्ट्रपतिका रूपमा बस्नुहुनेछ,' उपराष्ट्रपतिका कानुन व्यवसायी सीताराम अग्रवालले भने, 'काम गर्न सर्वोच्चले रोक लगाएकाले घरमै बस्ने हुनुभएको हो ।' सर्वोच्चको फैसलाविरुद्ध पनि पुनरावलोकन दिएकाले निर्णय पर्खने उनले जानकारी दिए । कानुनमन्त्री प्रेमबहादुर सिंहले भने निर्वाचित भएको तर शपथ नलिएको अवस्थामा उपराष्ट्रपति रहेको प्रतिक्रिया दिए । 'उपराष्ट्रपतिले शपथ लिन चाहनु भएन । यसलाई पद रिक्तचाहिँ भन्न मिल्दैन,' अब के हुन्छ ? भन्ने कान्तिपुरको जिज्ञासामा सिंहले भने, 'जिम्मेवारी मुक्त हुने हो । अर्को शपथ लिन चाहे सरकारले व्यवस्था गर्नेछ ।' जहिले भए पनि नेपालीमा भने शपथ गर्नैपर्ने कानुनमन्त्री सिंहले जानकारी दिए । संविधान संशोधन विधेयकमा सरकारी काम काजको भाषामा शपथ लिनुपर्ने अनिवार्य भएको र राष्ट्रपति, उपराष्ट्रपतिले त्यसका अतिरिक्त मातृभाषामा पनि शपथ लिनसक्ने व्यवस्था थपिएको उनले औंल्याए । 'विधेयक आए पनि पहिला नेपालीमा गर्ने, त्यसपछि मातृभाषामा पनि गर्न सकिने भन्ने हो,' सिंहले जनाए ।

उपराष्ट्रपतिले नेपालीमा सपथ नखाएकोमा उपेन्द्र यादवको बधाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वीरगन्ज,भदौ १५ - मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपति परमानन्द झाले नेपालीमा दोहोराएर सपथ नखाएकोमा स्वागत गर्दे उनलाई बधाई दिएका छन्। उता विराटनगर पुगेका एमाले अध्यझ झलनाथ खनालले भने उपराष्ट्रपतिले नेपालीमा सपथ नलिनुलाई दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्। अध्यक्ष खनालले उपराष्ट्रपतिले नेपालीमा सपथ नलिदाँ सरकारलाई अप्ठेरो नपार्ने बताए। "अप्ठेरो त उप राष्ट्रपतिलाई नै पर्ने हो" अध्यक्ष खनालले भने," यसबाट सरकारलाई केही अप्ठेरो पर्दैन।"सोमबार बिहान वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा फोरम अध्यक्ष यादवले भने भाषिक स्वतन्त्रताको लागि उपराष्ट्रपतिले चालेको कदम प्रशंसायोग्य भन्दै सर्वोच्चको कदम अलोकतान्त्रिक भएको बताएका छन्।उनले यो समस्या न्ययिक क्षेत्राधिकार भित्र नपर्ने भएकाले यसलाई राजनीतीक रुपमा हल गर्नुपर्ने बताए।फोरम अध्यक्ष उपेन्द्र यादवले मधेशवादी अन्य दलका केही नेता अन्तिम समयमा आएर 'डगमगाएका' उल्लेख गर्दे त्यसको निन्दा समेत गरे। 'अन्तिम समयमा आएर केही मधेशी नेताहरुले उपराष्ट्रपतिलाई नेपालीमा दोहोराएर सपथ खान आग्रह गरेको सुनेँ ', उनले भने -'यो उनीहरुले माधव नेपालले दिएको जागिर बचाउन गरेको प्रयास मात्र थियो।'

सरकारी बेवास्ताले हङकङमा भिसा खुल्न सकेन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/निर्मल श्रेष्ठ
हङकङ, भदौ १५ - ज्याला, सुविधा र सुरक्षाका दृष्टिकोणले समेत हङकङ महिला घरेलु कामदारका लागि आकर्षक गन्तव्य मानिन्छ ।नेपाल सरकारका तर्फबाट बेवास्ता गरिंदा आफ्ना प्रयासले ठोस उपलब्धि हासिल गर्न नसकेको भिसा खुलाउन प्रयासरत यहाका संघसस्थाको ठम्याई छ । बिग्रँदो राजनीतिक परिस्थिति र अवैध बसोबासको कारण देखाउँदै २०६२ जेठ २४ देखि हङकङ अध्यागमन विभागले व्यापार, तालिम, अध्ययन लगायत रोजगारी भिसामा एकैपटक रोक लगाएको हो ।नेपाली घरेलु कामदार युनियनकी अध्यक्ष माया राई कैयौंपटक भीसा खोल्न अनुरोधसहितका ज्ञापनपत्र कार्यकारी प्रमुख लगायतका उच्च अधिकारीलाई बुझाएको बताउँछिन् । 'नाराजुलुस र धर्ना समेत बसियो' तेह्र बर्षअघि घरेलु कामदारका रुपमा यहाँ आएकी अध्यक्ष राईले भनिन्, 'आफ्नै देशले चासो नदिएपछि एक्लै लडेर नहुँदोरहेछ ।' हङकङ नेपाली महासंघका निवर्तमान अध्यक्ष हेजेन राई सबै कुराले उत्तम मानिएको हङकङमा सरकारले ठोस पहल गर्न नसक्दा हजारौंको भरपर्दो आर्जन हुने बाटो बन्द भएको बताउँछन् ।
'हामीले दबाव सिर्जना गर्ने बाहेक के नै गर्न सक्छौ र ?,' अध्यक्ष राईले भने 'आधिकारिक तवरले कुरा राख्ने सरकार नै पछि सरेपछि हाम्रा कुरा मात्र के सुन्थे र ।' हङकङ भ्रमणमा आएका अधिकांश मन्त्री र राजनीतिक दलका नेतालाई भिसा खुलाउन कुटनीतिक पहलका लागि आग्रह गरिएको समेत उनले बताए । 'यहाँ आउँदा हुन्छ, पहल गर्छौ भन्छन उता पुगेपछि विर्सन्छन् ।' राइले भने, 'लाखौंले रोजगारी पाएका ठाउँमा हाम्रा पुर्खाले त्यत्रो योगदान पुर्‍याएका देशमा हामी नै वञ्चित हुनुपर्ने विडम्बना हो ।' हङकङ सरकारले नेपाललाई अन्य मुलुक सँग दाज्न नमिल्ने समेत उनले बताए । आफ्ना कमीकमजोरी केलाउने बाचासहित यहाँका सरकारसमक्ष कूटनीतिक पहल गरे भिसा खुल्नसक्ने प्रशस्त आधार छन्' उनले भने । हङकङस्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत सुशीलकुमार लम्साल भने दूतावासका पहलमा कार्यकारी प्रमुख लगायत यहाँका उच्चपदस्थ अधिकारीसमक्ष बारम्बार भिसा खोल्न आग्रह गरिएको बताउँछन् । 'उनीहरू अनधिकृत रूपमा हङकङ बसेकाको तथ्यांक देखाई उचित समयमा पुनरावलोकन हुने बताउँछन्,' लम्सालले भने, 'भिसा बन्द गर्ने बेला नेपालको राजनीतिक परिस्थिति समेत जोडिएकामा हाल त्यसमा सुधार आए पनि अवैधानिक तवरले हङकङ बसेकाको संख्यामा कमी नआउनु नै भिसा नखुल्नुको प्रमुख कारण हो ।' दूतावासको पहलबाट मात्र समस्या समाधान हुने अवस्था नदेखिएकाले उच्चस्तरबाटै कूटनीतिक पहल हुनुपर्ने लम्सालले बताए । तथापि बेलामौकामा हङकङ भ्रमणमा आउने मन्त्री लगायत सचिवस्तरीय भेटघाटमा भिसा खुलाउन आग्रह गरिए पनि जपाफ एकैनासको आउने गरेको समेत उनले बताए । हङकङमा घरेलु कामदारको न्यूनतम पारिश्रमिक प्रतिमहिना ३५८० हङकङ डलर (करिब ३५ हजार रुपैयाँ) तोकिएको छ । तर तोकिएको तलब भन्दा कममा काम गर्ने नेपाली उल्लेख्य संख्यामा रहेको कामदार युनियनकी अध्यक्ष राईले बताईन् । 'मालिकलाई रिझाएका र पुराना कतिपयले तोकिएको भन्दा आकर्षक पारिश्रमिक पाएका पनि छन्,' उनले भनिन् । झन्डै दुई लाख पचास हजार घरेलु कामदार रहेको हङकङमा करिब आठसय नेपाली रहेको अध्यागमनको तथ्यांकमा उल्लेख छ । अवैधरुपमा बसी काम गर्ने नेपाली घरेलु कामदारहरुको संख्या समेत तीन सयको हाराहारीमा हुनसक्ने युनियनकी अध्यक्ष राईले बताइन् । 'इमानदार, लगनशील र सोझोपनका छवि बनाएका नेपालीका माग अहिले पनि उत्तिकै छ,' टपवन इम्प्लोइमेन्ट एजेन्सीका रिकी लाइले भने, 'भिसा खुले, माग अरूका भन्दा कम हुने छैन ।' उनी एक दशकअघिदेखि म्यानपावर व्यबसायमा संलग्न स्थानीय चिनियाँ हुन् । तथापि बिना तालिम आउनेले विभिन्न कठिनाई व्यहोनु पर्ने हुँदा आउनुपूर्व उचित प्रशिक्षण लिनैपर्नेतर्फ उनले सचेत गराए । डेनियल इम्प्लोइमेन्ट एजेन्सीका सुरज गुरुङ अर्धदक्ष नेपाली कामदार भित्रिनु समेत भिसा बन्द हुनुको कारण बताउँछन् । 'कामै नजान्नेलाई समेत पहिलो नम्बरको प्रमाणपत्र दिएर पठाइयो,' गुरुङले भने, 'यहाँ आएपछि सो बमोजिम गर्न नजान्दा साहुले राख्न मानेनन् ।' यस्ता कामदारको संख्या बढ्दै गएपछि कतिपय निकालिएका कामदार अवैधानिक रुपमा बस्न थालेको उनले बताए । समस्या बढ्दै गएपछि अध्यागमनले कडाइ गर्न बाध्य हुनुपरेको उनको ठम्याई छ । 'खाडी मुलुकमा बारम्बार सुनिने यौनजन्यलगायत घटनाका तुलनामा हङकङ सुरक्षित छ,' युनियनकी अध्यक्ष माया राईले भनिन् । मानव अधिकार र कानुनी सचेतनाका कारण यौनजन्य घटना अत्यन्तै न्यून रहे पनि भिसा बन्दसँगै आर्थिक शोषण, दबाब र रोजगारी असुरक्षा बढेको राई बताउँछिन् । 'काम चित्त नबुझी छाड्नु परेमा दुई साताभित्रै नयाँ मालिक खोज्नुपर्ने नियमले काम नपाउनेहरू नेपाल र्फकन वा यथास्थानमै कम पारिश्रमिकमा काम गर्न बाध्य छन्' उनले भनिन् । समयमा काम नपाएर र्फकन नचाहने नै अधिकांश अबैधानिक तवरले बसेको उनले बताईन ।

राष्ट्रपति भवनमा पूनःसपथका लागि उपराष्ट्रपति उपस्थित भएनन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १४ - उपराष्ट्रपति परमानन्द झाले आइतबार अपरान्ह राष्ट्रपति भवनमा पूनः सपथ लिने भनिए पनि उनी उपस्थित भएन्न । सपथ लागि सरकारले भव्य तयारी गरेको थियो । प्रधानमन्त्री माधवकुमार नेपाल, सभामुख सुवासचन्द्र नेम्वाङ, मन्त्री लगायत संवैधानिक अंगका प्रमुखहरुको उपस्थित रहेको थियो ।उपराष्ट्रपतिलाई करीव एक घण्टा पर्खेपछि प्रधानमन्त्री नेपालले उनलाई राष्ट्रपति भवनबाट फोनमा सपथका लागि आग्रह गरेका थिए । प्रतिउत्तरमा उपराष्ट्रपति झाले पूनः सपथका उपस्थित नहुने जानकारी दिएपछि प्रधानमन्त्री नेपाल त्यहाँबाट बाहिरिएका थिए । यसैबीच प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तले सर्वोच्चको आदेश लागु गराइ छाडने प्रतिवद्धता जनाएका छन् । उनले भने, 'सम्माननीय सर्वोच्च अदालतको आदेश सरकारले लागु गराई छाडछ ।' आजै अपरान्ह उपराष्ट्रपति झाले आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी पूनः नेपालीमा सपथ नलिने जानकारी गराएका थिए । साथै उनले सर्वोच्चको आदेश असंवैधानिक भएको भनी पटक पटक दाबी गरेका थिए ।

उपराष्ट्रपतिको वक्तव्यको पूर्ण पाठ

श्री सर्वोच्च अदालतको मिति २०६६।४।९ र मिति २०६६।५।७ को आदेश विरुद्ध श्री सर्वोच्च अदालतमा मिति ०६६।५।१२ गते पुनरावलोकनको निवेदन दर्ता गर्न पठाउँदा २०६६।४।९ को आदेशको हकमा दर्ता भई २०६६।५।७ को आदेशको हकमा दरपीठ आदेश भएको हुँदा त्यस अर्थमा सम्पूर्ण शपथ प्रकरण अदालत समक्ष विचाराधीन हुँदा (subjudice) पनि सम्पूर्ण नेपालका चासोको विषय भएकोले यो प्रेस रिलीज राष्ट्र र जनताका नाउँमा प्रेषित गर्दछु। २०६२-६३ को महान जनआन्दोलन एवम् महान मधेश आन्दोलनमा शहिदहरुको बगेका रगतबाट सिंचिएर स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम निर्वाचित उपराष्ट्रपतिको गरिमामय पदमा बसी देश र जनताको सेवा गर्ने मौका पाएकोमा आफुलाई गौरवान्वित महशुस गर्दछु र निर्वाचनमा समर्थन गर्ने सबै माननीय सभासदज्यूहरुलाई हृदयदेखि कृतज्ञता ज्ञापन गर्दछु।
मेरो चाहना संक्रमण सकस र समस्यामा परेको मुलुकलाई झनझन समस्या र अपठ्यारोमा पार्नु कदापी होइन। म एउटा जिम्मेवार नागरिक पनि हुँ र समग्र राष्ट्रको प्रतिनिधि पनि। मेरो व्यक्तिगत समस्या, मान, अपमान, प्रहार, आघात ठूलो कुरा होइन। मलाई यो राष्ट्रको एकता, अखण्डता, सार्वभौमिकतामा अक्षुण आस्था छ, रहिरहन्छ। तर मेरो शपथग्रहणको परिप्रेक्षलाई यो मुलुकमा जसरी संङ्कीर्ण स्वार्थसाधनको माध्यम बनाइएको छ र ममाथि जसरी व्यक्तिगत प्रहार पनि भएको र भइरहेका छन् त्यसले मलाई गहनरुपमा मर्माहत तुल्याएको छ। भाषाका कुरा, जाति, धर्म र सांस्कृतिका कुरा यो मुलुकका अत्यन्तै सम्वेदनशील कुरा हुन। अतीतमा जे भएपनि सबै भाषा, सबै धर्म, सबै जाति र हामी सबैसमेत एक अर्काका परिपूरक हौं र हुनुपर्छ। तर अझ सारा राष्ट्र कठिन परीक्षाको बेलामा रहेको अवस्थामा न्याय दिने निकायका महत्वपूर्ण व्यक्तिहरुले समेत आफनो ओहदाको अहंकारमा अन्तरिम संविधानको अपब्याख्या गरि र न्यायको मर्म बिर्सेर घोर अन्याय गरेका छन्।
मेरो लागि सर्वोच्च अदालतको असम्बैधानिक फैसलालाई स्वीकारी पदमा बसिरहन सरल थियो। तर महान नेपाली जनताको समावेशी, शान्त, सुन्दर र समृद्ध नेपालको जुन आकांक्षा छ त्यो पुरातनवादी, संङ्कीर्णतावादी, र एकाङ्गी सोचले कदापि पूर्ण हुनसक्दैन। सर्वोच्चको फैसलाले अन्तरीम संविधान र स्वयम् सर्वोच्चको गरिमा र महिमाको तेजोबध गरेको छ।
नेपालको अन्तरिम संविधान २०६३ सोही सालको फाल्गुन ३० गतेदेखि लागू भई राष्ट्र्पति र उपराष्ट्रपतिको व्यवस्था २०६५/२/०६ को चौथो संशोधनबाट संविधानमा थपिएको छ। राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था हुनुभन्दा अघिबाट नै अन्तरिम संविधानको भाग ४मा राज्यको दायित्व निर्देशक सिद्धान्त तथा नीतिहरुको धारा (३३)घ, धारा (३४) ५, धारा (३५)३ मा उल्लेखित व्यवस्थाले विभिन्न भाषाभाषीहरु बीचको भेदभाव असमानतालाई अन्त्य गरी राष्ट्रिय एकतालाई सुदृढ गर्ने र राज्यको पुर्नसंरचना गरिने दायित्व र नीति राज्यले अवलम्बन गरिने भनिएको छ। धारा ३ ले "बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक समेतका विषयमा आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिगत रुपमा राष्ट्र हो", लेखिएको छ। यसै प्रकार नागरिकको मौलिक हकको सन्दर्भमा "कुनै भाषा वा बैचारिकताको आधारमा नागरिकमाथि भेद-भाव गरिने छैन"-भनिएको छ।
यस प्रकार राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था हुनुभन्दा अगावै संविधान लागू हुँदाको अवस्थादेखि संविधानले स्वीकारेको मर्म, सिद्धान्त र नीतिहरुको विपरीत पछि थपिएका "अनुसुचि- १ क अनुसार नेपाली भाषामा दिएको सपथको ढाँचाअनुसार नै नेपाली भाषा मै म उपराष्ट्रपतिले पद र गोपनियताको सपथ लिनु पर्छ भनि मैले २०६५/४/८ मा लिएको सपथ असंवैधानिक ठहराई अदालतको निर्णय संविधानको मर्म, लोकतन्त्रको मान्यता तथा प्रजातन्त्रको भावनाको विपरीत, समग्र नेपाली जनताको मातृभाषा प्रयोग गर्ने मौलिक हक विरोधी रहेको छ। सर्वोच्चको संविधान विपरीत यो फैसलालाई सरकारी र केही राजनैतिक दलको मौनताले समर्थन गरेको पाइयो। संवैधानिक मर्म र मान्यता विपरीत रहेको यस फैसलालाई मान्न मेरो आत्माले स्विकार नगरेको अवस्था एकातिर छ भने अर्कोतर्फ धारा ३६झ (२) अनुसार राष्ट्रपतिवाट म उपराष्ट्रपतिले २०६५/४/८ मा लिएका पद तथा गोपनियताको सपथलाई राष्ट्रपतिले विगत एक वर्षदेखि आत्मसात र स्वीकार गरिएको अवस्थामा सर्वोच्च अदालतको न्यायाधीशज्यूहरुबाट भएको २०६६/४/९ को आदेशमा उपराष्ट्रपतिलाई पुनः सपथ गराउन अदालतबाट राष्ट्रपतिलाई निर्देशन वा आदेश नभएको अवस्थामा राष्ट्रपतिले पुनः सपथ गराउनु पर्ने विषयले आफैमा गंभीर संवैधानिक संकट उत्पन्न गरेको छ।
सपथ भाषाको लागि पनि लिइदैन देशको हित र जनता प्रतिको समर्पणको लागि लिइने हो। राष्ट्रियता भावनावाट प्रतिविम्वित हुन्छ भाषाबाट होइन । २०६५/४/८ मा सपथ लिंदा यो मुलुकका पूर्व सरकार र राष्ट्रप्रमुख श्री गिरिजाप्रसाद कोईराला, हालका राष्ट्रपति डा. रामवरण यादव, तत्कालीन प्रधानन्यायाधीश श्री केदारप्रसाद गिरी, तत्कालीन सभामुख, वैदेशीक कूटनितीक निकायका प्रमुखहरु, माननीय मंत्री एवं सभासदहरु, नेपाल सरकारका संवैधानिक अंगका पदाधिकारीहरु, राजनैतिक दलका प्रतिनिधिहरु तथा स्वदेशी र विदेशी पत्रकार, नागरिक समाज र नेपाली जनता समक्ष लिइसकेको सपथलाई कानूनी दायराभित्र पारी पूर्वाग्रही रुपमा मुद्दा दिई तत्कालका प्रधानन्यायाधीशले स्वीकारेको सपथलाई पूर्वाग्रहीकै रुपमा सर्वोच्च न्यायालयका पछि आउने प्रधानन्यायाधीशकै बेन्चबाट बदर गर्ने आदेश समेत भएको र सो आदेश मबाट २०६५/४/८ को हस्ताक्षरित नेपाली भाषाको सरकारी अभिलेखमा रहेको सपथपत्र सो आदेशबाट बदर नभई कायमै रहेको अवस्थामा मैले पुनः सपथ लिँदा अब कुन भाषाको सपथपत्रलाई सरकारी अभिलेखका लागि प्रमाणित गरी दिने हो? यसै सम्बन्धमा अदालत समक्ष राखिएको जिज्ञासाको कुनै जवाफ नपाइएकोले यी विषयहरु आफैमा अन्यौलको वातावरण सृजना गरेको छ तसर्थ पुनः शपथ लिने आदेशको औचित्य छैन।
नेपाली भाषाको सपथ पत्रलाई मैले हस्ताक्षर गरी नेपाली भाषा प्रतिको सम्मान र सरकारी कामकाजको भाषाको औपचारिकता पूरा गरैकै थिएँ। संघियतातर्फ उन्मुख रहेको यस मुलुकमा भावना भन्दा पनि ढाँचासंग भाषालाई जोडी अपव्याख्या गरि राष्ट्रियताको व्याख्या गर्ने जडसूत्रवादी चिन्तन र शाव्दिक समावेशीको नारा एवं मातृभाषाको अनादर ले राष्ट्रलाई हानी नै पुर्‍याउँछ।
२०६६/४/९ मा नेपाली भाषा मै शपथ लिनु पर्छ भनी सर्वोच्च अदालतको पूर्वाग्रही आदेशको विधिवत् जानकारी म उपराष्ट्रपतिलाई आउनुभन्दा अगाडि नै उपराष्ट्रपतिलाई आफनो पदबाट मुक्त गर्नु भनी अधिकारपृच्छाको अर्को रीट सर्वोच्च अदालतले २०६६।४।१३ मा स्वीकार गरेको छ। फैसला वा आदेश अन्तिम भए पश्चात् सोको कार्यान्वयनको पक्ष शुरु हुने न्यायायिक सिद्धान्त र कानूनी व्यवस्थालाई पनि शपथ प्रकरणमा सर्वोच्चको आदेशले लत्याई मूढे अहंकारको प्रदर्शन गरेको छ।
वर्तमान संविधान अन्तरीम संविधान हो। अन्तरीमको अर्थनै तत्कालिक (stop gap arrangement) हुन्छ। यस संविधानलाई भारत वा अमेरिकी संविधानको समकक्ष राख्न मिल्दैन। बंगलादेशको संविधानमा मातृभाषा बंगला हो तर देशको कामकाज अधिकांश अंग्रेजीमा हुन्छ। भारतीय संविधानको आठौं अनुसूचीमा आसामीदेखि उर्दू भाषासम्मको उल्लेख छ तर अंग्रेजीको कही उल्लेख छैन तर देशको सम्पूर्ण काज अंग्रेजीमानै हुन्छ र सो अनुसूचिमा नेपाली भाषाको स्थान मैथिलीभन्दा माथि छ। गत जनगणनाबाट (जस्को आधारमा वर्तमान संविधानसभाको चूनाव भएको छ) पनि नेपालमा बोलिने भाषाको स्थान क्रममा १६ औं स्थान हिन्दीको छ र हाम्रा संविधानले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाका स्थान दिएको छ। अतः महज भाषिक विवादको श्रृजना गर्ने उद्देश्य वाहेक सर्वोच्च अदालतको आदेशको अर्को अर्थ छैन। उत्प्रेषण र परमादेश निमित्त संयुक्त इजलाश र त्यस्को By product को रुपमा परेको पछिल्ला अधिकारपृच्छाको रीट सुनुवाईकालागि ५जनाको फूल वेन्च गठन हुनु आफैमा अनौठा छ। अधिकारपृच्छावाट शपथ ग्रहण गराउने आदेश हुन रीट सिद्धान्त विपरीत छ। शपथ गर्न शुरुको आदेशमा परमादेश जारी नहुने तर पछिको अधिकारपृच्छावाट शपथ गराउने भनि भएको आदेश पूर्णरुपेण हस्यास्पद र गलत हो।
सर्वोच्च अदालतको शपथ प्रकरण सम्बन्धी अधिकार पृच्छा रीटमा भएको ०६६/५/७ को अन्तरीम आदेशमा ७ दिन भित्र शपथ लिनु वा उपराष्ट्रपति निष्कृय भई रहनु भन्ने रहेकोमा यी दुई मध्ये मैले जे रोजे पनि सर्वोच्चको फैसलालाई सम्मान नै हुन्छ भन्ने ठानेको छु।
नेपाली जनताको मातृभाषाको सम्मान सरकारी स्तर र सर्वोच्च अदालत कै पूर्व फैसलाहरुबाट हालसम्म हुन नसकेको अवस्था छ अतः सरकार र संविधान सभाले मातृभाषाहरुलाई सम्मान गरेपश्चात मात्र मैले शपथ लिने विषयमा सोच्न सक्छु।
नेपालमा वास्तविक गणतन्त्र स्थापना होस्। भाषा, लिंग, वर्ण, जात र क्षेत्रका आधारमा कसैसंग भेदभाव नहोस्। प्रत्येक नेपाली आ-आफनो भाषा, संस्कृति, सभ्यता र आत्मसम्मान रक्षार्थ सार्थक पहल गर्न पाऊन् यही मेरो भावना हो। सम्मान पाउनलाई अरुलाई सम्मान पनि गर्नु पर्छ। सबै मातृभाषाको सम्मान भएमा मात्र नेपाली भाषा पनि सम्मानित हुन सक्छ। बहुभाषीक यस मुलुकमा भावना, भाषा र राष्ट्रियता माथि गरिएको प्रहारका विपक्षमा रही सघाउनु हुने भएका सवै धन्यवादका पात्र छन्।
धन्यवाद।

उपराष्ट्रपतिले शपथ नलिए भोलिदेखि पदमुक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कहिले राजीनामा दिने, कहिले नेपाली भाषामा शपथ नखाने, कहिले तटस्थ बस्ने भनी चर्चामा आइरहेका उपराष्ट्रपति परमानन्द झाको पदमा रहने दिन सर्वोच्च अदालतको आदेशबमोजिम आज आइतबार एक दिन मात्र रहेको छ। नेपाली भाषामा शपथ नखाने हो भने झा भोलि सोमबारदेखि कार्यालय जानबाट रोकिने हुनुभएको छ। झाले अब के गर्नुहुन्छ भनी शनिबार राति अबेरसम्म पनि थाहा हुन सकेको छैन। सर्वोच्च अदालतका न्यायाधीशहरू तपबहादुर मगर, रामकुमार प्रसाद शाह, कल्याण श्रेष्ठ, प्रेम शर्मा र भरतराज उप्रेतीको पूर्ण इजलासले नेपाली भाषामा पद तथा गोपनीयताको शपथ नखाने हो भने आज १४ गतेसम्म झाको कार्यकाल रहने जनाएको छ।१४ गतेसम्म पनि नेपाली भाषामा शपथ नखाने हो भने झाको कार्यभार यसपछि निष्त्रिmय रहने सो इजलासले ठहर गरेको थियो। आइतबारपछि के गर्नुहुन्छ त भनी उपराष्ट्रपति झालाई राखिएको प्रश्नमा उहाँले भन्नुभयो- ‘म अहिले केही पनि भन्दिनँ।’ तर झाका कानुनी सल्लाहकार मिथिलेशकुमार सिंह अब उहाँले के गर्नुहुन्छ भनी आइतबार पत्रकार सम्मेलन गरी वा प्रेस विज्ञप्ति जारी गरी थाहा दिनुहुने बताउनुहुन्छ। तर झाको निकटवर्ती स्रोतले नेपाल समाचारपत्रसँग भन्यो- ‘उहाँ (झा) को निवासनजिक बारम्बार बमको आक्रमण भएका कारण उपराष्ट्रपति ‘टेन्सन’ मा हुनुहुन्छ, त्यसैले पत्रकार सम्मेलन वा प्रेस विज्ञप्ति जारी नगर्न पनि सक्नुहुन्छ।’ कसैले राजीनामा दिन र कसैले नेपाली भाषामा शपथ लिन दबाब दिएका कारण झाले के गर्ने भनी हालसम्म सोच्न नसक्नुभएको सो स्रोतले जानकारी दियो। विशेष गरी राष्ट्रपति, प्रधानमन्त्रीलगायतले झालाई नेपाली भाषामा शपथ खान र मधेसवादी दलले बरु राजीनामा दिन आग्रह गरिरहेका छन्।हिजो शनिबार पनि प्रधानमन्त्री माधवकुमार नेपालले झालाई नेपाली भाषामा शपथ खान दोस्रो पटक आग्रह गर्नुभएको छ। प्रधानमन्त्रीजीले त्यसरी दोस्रो पटक आग्रह गर्दा झाले यसै गर्छु भनी स्पष्ट धारणा नराख्नुभएको बताइएको छ।आज आइतबारसम्म पनि झाले पद तथा गोपनीयताको शपथ नलिए १४ गतेपछि त्यस कार्यमा उहाँ सरिक हुन चाहेमा उपराष्ट्रपतिमा पुनः र्फकन पाउनुहुन्छ वा हुन्न भनी सर्वोच्च अदालतको यही भदौ ७ गतेको आदेश अस्पष्ट रहेको छ।यस विषयमा कानुन व्यवसायीहरूको धारणा पनि आआफ्नै रहेको पाइएको छ। संवैधानिक कानुन व्यवसायी मञ्चका अध्यक्ष टीकाराम भट्टराई सर्वोच्च अदालतको आदेशबमोजिम ७ दिनभित्र नेपाली भाषामा शपथ खाएको भए उचित हुने थियो भन्दै त्यसपछि पनि मनासिब समयमा सोही भाषामा शपथ खान बाधा नपर्ने बताउनुहुन्छ।संविधानविद् कुमार रेग्मी आज आइतबारसम्म झाले शपथ नखाए सम्पूर्ण सुविधा सर्वोच्च अदालतको आदेशबमोजिम बन्देज गरिनुपर्ने बताउनुहुन्छ।सर्वोच्च अदालतका एक न्यायाधीशले नाम नबताउने र्सतमा भने- ‘झालाई शपथ खान सात दिनको म्याद दिएकै हो। यस अवधिसम्म शपथ नखाए तत्पश्चात् खान नपाउने हुन्छ भन्ने मेरो धारणा छ।’

एक मुम्बैयाले दुई वर्षमा ६ वटा विवाह गरे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एक मुम्बैयाले दुई वर्षमा ६ वटा विवाह गरेका थिए । र, ६ वटै पत्नीलाई यति सजिलैसँग झुक्याउन सफल भएका थिए कि उनीहरू कसैले पनि आफ्ना श्रीमान् यति चालु होलान् भन्ने शंकासमेत गरेका थिएनन् ।मुम्बई महानगर निवासी तुसार वागमारे एअर इन्डियाका इन्जिनियर हुन् । ६ श्रीमतीका श्रीमान् तुसारलाई पुलिसले बहुविवाहको आरोपमा गिरफ्तार गरेको छ । उनकी छैटौं पत्नीले आफ्नो श्रीमान्को अर्का पनि श्रीमती भएको थाहा पाएपछि पुलिसमा उजुरी गर्न गएकी थिइन् । रहस्य खुल्दै जाँदा पो थाहा भयो, तुसार त चालु नम्बर एक रहेछन् । तर, वागमारेले आफूले तीनपटक विवाह गरेको र कसैलाई धोका नदिएको बताएका छन् ।पुलिसका अनुसार वागमारेले आफूले अघिल्ली श्रीमतीसँग पारपाचुके गरिसकेको भन्दै थप विवाह गरेका थिए । पारपाचुकेको नक्कली कागजात देखाएर उसले विवाह गरेको थियो । मुम्बई प्रहरीका प्रहरी अधिकृत आरएम भाटकरले बिबिसीसँगको अन्तर्वार्तामा भने, 'उनका कुनै पनि श्रीमतीले आफ्नो श्रीमान्को अतीतबारे खोजीनिती नगर्नु आश्चर्यलाग्दो कुरो हो ।'तुसार एउटी श्रीमतीलाई 'म घुम्न जाँदै छु या कामको सिलसिलामा बाहिर जाँदै छु' भनेर अर्की श्रीमतीकहाँ गएर बस्थे । उनका श्रीमतीहरूमध्ये केही त उच्च शिक्षित र राम्रो जागिर भएका छन् ।उनकी छैटौं पत्नीलाई भने यसरी बारम्बार घरबाहिर गइराख्ने आफ्नो श्रीमान्को चालामाला ठीक लागेन । तुसारमाथि शंका लाग्न थालेपछि उनले तुसारको चियो गर्न थालिन् र उनको अर्का श्रीमती भएको पत्ता लगाइन् ।पुलिसले अनुसन्धान गर्दै गएपछि तुसारका ६ पत्नी भएको तथ्य सामुन्ने आएको थियो । अझ स्थानीय पत्रपत्रिकाका समाचार पत्याउने हो भने सन् २००६ यता उनले १४ महिलासित बिहे गरिसकेका छन् । मुम्बईको एक पुलिस थानाबाहिर रोएटर्स टेलिभिजनलाई दिएको एक अन्तर्वार्ता वागमारेले भने, 'मुसलमानहरूले चाहिँ पटक-पटक विवाह गर्न पाउने, हिन्दुले चाहिँ नपाउने ? कानुन यति विभेदपूर्ण हुनु हुन्छ ? मैले उनीहरूसित जबर्जस्ती बिहे गरेको होइन । न मैले उनीहरूलाई धोका नै दिएको हुँ ।' धोका दिए/नदिएको त अब अदालतले बताउनेछ, श्रीमान् वागमारे !

कांग्रेसको १२औँ महाधिवेशन फागुनको अन्तिम साता हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसको १२औँ महाधिवेशन आगामी फागुनको अन्तिम साता राजधानीमा हुने भएको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन २६ फागुनदेखि १ चैतसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो । बैठकले महासमिति बैठक वीरगन्जमा गर्ने तथा केन्द्रीय समितिको पदावधि आगामी चैत मसान्तसम्म थप गर्ने पनि निर्णय लिएको छ ।गत वर्षको भदौमा बसेको केन्द्रीय समितिको बैठकले ०६६ भदौ मसान्तभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, निर्धारित समयमा महाधिवेशन गर्ने समय अभाव भएको भन्दै आगामी फागुनमा महाधिवेशन गर्ने गरी केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तय गरेको उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।महामन्त्रीले पनि महाधिवेशन फागुनमै उपयुक्त हुने प्रस्ताव बैठकमा पेस गरेपछि फागुनको अन्तिम साता महाधिवेशन उपयुक्त हुने निष्कर्ष बैठकले निकालेको उपभापति पौडेलले बताए । बैठकले महाधिवेशनको मिति तय गरेको उल्लेख गर्दै उनले भने, 'महाधिवेशन तोकिएकै मितिमा हुन्छ ।'१६ भदौमा पुनः बस्ने केन्द्रीय समितिको बैठकले जिल्ला, क्षेत्र, नगर र गाविसको अधिवेशन तालिका तय गर्नेछ । सोही बैठकले पार्टीको विधानलाई अन्तिम रूप दिनुका साथै क्रियाशील सदस्यताको विवाद टुंग्याएर असोज मध्यबाट क्रियाशील सदस्यता वितरण र जिल्ला तहको अधिवेशन गर्ने विषयमा केन्द्रीय सदस्यहरू सहमतिनजिक पुगेको एक नेताले बताए । महामन्त्री विमलेन्द्र निधिले पार्टीको महाधिवेशन आगामी फागुन मसान्तभित्र उपयुक्त हुने भन्दै २ भदौमा बसेको केन्द्रीय समिति बैठकमा प्रस्ताव गरेका थिए ।शनिबारको बैठकले १५ देखि १७ कात्तिकमा महासमितिको बैठक वीरगन्जमा गर्ने निर्णय लिएको छ । वीरगन्जमा हुने महासमितिको बैठकले पार्टीको संशोधित विधान पारित गर्नेछ । १२औँ महाधिवेशनबाट संशोधित विधान लागू हुनेगरी महासमितिको बैठकले विधान पास गर्ने एक नेताले जानकारी दिए । उनले भने, 'महासमितिको बैठकले १२ औँ महाधिवेशनले अनुमोदन गर्ने गरी केही महत्त्वपूर्ण राजनीतिक प्रस्ताव पनि पारित गर्नेछ ।'कांग्रेसको ११ औँ महाधिवेशन ०६२ भदौमा भएको हो । कांग्रेसले कार्यसमिति म्याद थपिएको बेहोराको पत्र निर्वाचन आयोगमा आइतबार पठाउने तयारीसमेत गरेको स्रोतले जनाएको छ ।केन्द्रीय समिति बैठकले यसअघि विभिन्न प्रभावमा पारी वितरण भएको नयाँ क्रियाशील सदस्यता सबै खारेज गर्ने निर्णय गरेको छ । क्रियाशील सदस्यताको नयाँ ढाँचा निर्माण गरी सोहीअनुसार वितरण गर्नेसमेत निर्णय गरेको छ । विवादित जिल्लालाई यथाशीघ्र सुल्झाएर सहमतिमा क्रियाशील सदस्यता वितरण गर्ने सहमति भएको छ । क्रियाशील सदस्यताको नयाँ ढाँचा कस्तो हुने भन्ने टुंगो अब बस्ने बैठकले लगाउने केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेले बताए ।बैठकले उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन भएको राज्य पुनर्संरचना समितिको समय एक महिना थप गर्ने निर्णय गरेको छ । श्रेष्ठ संयोजक रहेको समितिको बैठकले सभासद् र केन्द्रीय सदस्यबाट मिश्रति सुझाब आएको र पार्टीबाट स्पष्ट गाइडलाइन थप एक महिना समय आवश्यक भएको भन्दै केन्द्रीय समितिमा माग गरेपछि बैठकले
एक महिनाको समय थप गर्ने निर्णय गरेको हो ।बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीको आन्तरिक विवाद सुल्झाउन नेतृत्व पंक्तिमा रहेका नेताहरूले नै तदारुकता नदेखाएको आरोप लगाएका थिए । केन्द्रीय सदस्य एनपी साउदलगायतका नेताले भ्रातृसंगठनको आन्तरिक विवाद चरम भएको भन्दै तत्काल समाधान गर्न पार्टी पदाधिकारीले नै पहल गर्नुपर्ने धारणा राखेका थिए ।साउदसहितका अधिकांश सदस्यले भ्रातृसंगठनका विषयमा कुरा उठाएपछि बैठकले पार्टीका पदाधिकारी र समितिको संयुक्त बैठकले भ्रातृसंगठनको आन्तरिक विवाद समाधान गर्ने सहमति गरेको छ । केन्द्रीय सदस्य साउदले भने, 'पार्टीको पदाधिकारी र विवाद समाधान गर्न गठित समितिको संयुक्त बैठक बसी यथाशीघ्र विवाद समाधान गर्नेछु ।'केन्द्रीय समतिको बैठकमा सहमहामन्त्री अर्जुननरसिंह केसी, गोविन्दराज जोशी, नरहरि आचार्य, महालक्ष्मी उपाध्याय डिना, प्रदीप गिरीका साथै दलित संघ, मुस्लिम संघ नेपाललगायतकाले केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको समितिले पेस गरेको विधान संशोधनको मस्यौदामाथि संशोधन प्रस्ताव पेस गरेका छन् ।

Aug 29, 2009

उपराष्ट्रपतिलाई शपथ लिन मन्त्रिपरिषदको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १४ सरकारले उपराष्ट्रपतिलाई सर्वोच्चको फैसला अनुसार शपथ लिन आग्रह गरेको छ। शपथका लागि अपराह्न ४ बजेको कार्यक्रम पनि तय गरिएको छ। उपराष्ट्रपति शपथ प्रकरणमा सर्वोच्चको फैसलासम्बन्धमा छलफल गर्न आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री शंकर पोखरेलले बताए। यसैबीच उपराष्ट्रपतिले आज दिउँसो पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्दैछन्।

किराँत वकर्स पार्टीका भोजपुर संयोजक पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर, भदौ १४ - उपराष्ट्रपति परमानन्द झाको राजधानीस्थित निवास नजिकै बम बिष्फोटको जिम्मा लिएको किराँत जनवादी वकर्स पार्टीका भोजपुर संयोजक शनिबार राति पक्राउ परेका छन् ।मध्यरात इटहरीको पर्यटकीय क्षेत्र तालतलैयाबाट पक्राउ परेका काइला खुम्बु भनिने अजयकुमार राई पार्टीको केन्द्रीय सदस्य समेत रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीले उनीमाथि अनुसन्धान भइरहेको जनाएको छ । उपराष्ट्रपति परमानन्द झाको निवासलाई लक्षित गरेर शुक्रबार गराइएको बम बिष्फोटको उक्त संगठनले जिम्मा लिएको छ । तर सो संगठनको अर्को पक्षले भने पार्टीले कारबाही गरिसकेका व्यक्तिहरु आतंकपूर्ण क्रियाकलापमा संलग्न भएको भन्दै उक्त बिष्फोटमा आफूहरुको संलग्नता नरहेको दाबी गरेको छ ।

बुसलाई जुत्ता प्रहार गर्ने इराकी पत्रकार अर्को महिना रिहा हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बाग्दाद/ अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्लु बुसलाई जुत्ता प्रहार गर्ने इराकी पत्रकार अर्को महिना रिहा हुने भएका छन् । प्रतिवादी पक्षका वकिल करिम अल-सुजाइरीका अनुसार मुन्तादर अल जइदी १६ सेप्टेम्बरमा रिहा हुनेछन् । इराकी पत्रकार जइदीले गतवर्ष अमेरिकी राष्ट्रपति बुसलाई जुत्ता प्रहार गरेका थिए । गत डिसेम्बरमा भएको पत्रकार सम्मेलनमा ३० वर्षे जइदीले बुसलाई इराकमा आक्रमण गरेको भन्दै जुत्ता प्रहार गरेका थिए । बुसलाई जुत्ता प्रहार गरेपछि उनी मुस्लिम विश्वमा एकाएक नायक बनेका थिए । विदेशी नेतालाई जुत्ता प्रहार गरेको आरोपमा उनलाई तीन वर्ष जेलसजाय सुनाइएको थियो । तर, जइदीले विगतमा कुनै अपराध गरेको प्रमाण नभेटिएका कारण उनको सजाय घटाएर एक वर्ष बनाइएको थियो ।

बनेपाका पाँच वषीय इशान श्रेष्ठले मारुती भ्यान चलाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काभ्रे, १३ भदौ : सबैलाई आश्चर्यचकित पार्दै बनेपाका पाँच वषीय इशान श्रेष्ठले मारुती भ्यान चलाएका छन् । शनिबार बिहान बा.४च९८१२ नम्बरको मारुती भ्यानलाई उनले अरूको सहाराविना बनेपा नगरपरिक्रमा गराए । आफ्नो प्रतिभा प्रदर्शन गर्ने क्रममा शनिबार उनले संविधानसभाकी उपसभामुख पूर्णकुमारी सुवेदीलगायतलाई भ्यानमा हालेर डेढ किलोमिटर टाढा बनेपाको धनेश्वर मन्दिरसम्म पुर्‍याएका थिए । सानो बालकले चलाएको गाडीमा बसेर धनेश्वर पुगेर फर्केकी सुवेदीले श्रेष्ठको प्रतिभा देखेर आफू आश्चर्यचकित भएको बताइन् । 'साना बालकले पनि ठूलो काम गर्न सक्छन्,' उनले भनिन् ।बालकले भ्यान चलाएको हेर्न शनिबार बिहान बनेपामा ठूलै भीड लागेको थियो । सडकका दायाँ-बायाँ बसेका मानिसले उनलाई शुभकामना दिएका थिए भने जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको गाडीले स्कर्टिङ गरेको थियो । साढे दुई वर्षअघि गाडी चलाउन सिकेका श्रेष्ठले एक वर्षअघिदेखि भने निर्धक्कसाथ एक्लै गाडी चलाउने गरेको उनका बाबु समुन्द्रकाजी श्रेष्ठले बताए । एक वर्षदेखि दैनिक बिहान उनले घरबाट आफ्ना आमाबाबुलाई भ्यानमा राखेर धनेश्वर मन्दिर पुर्‍याउने गरेका छन् । इशानकी आमा ईश्वरी श्रेष्ठका अनुसार साढे दुई वर्षकै उमेरमा उनले भ्यान चलाउन सिकिसकेका थिए । तर, उचाइ कम हुनाले एक्सिलेटर र ब्रेकमा खुट्टा नपुग्दा उनले गाडी राम्रोसित चलाउन सकेका थिएनन् । 'एक वर्षअघिबाट खुट्टाले भ्याउने भएपछि राम्रोसँग चलाउन थालेको छ,' उनले भनिन् । काठमाडौं विश्वविद्यालय हाइस्कुलमा कक्षा एकमा पढ्ने उनी भ्यान चलाएर बनेपाबाट धुलिखेल र पनौतीसम्म पुग्छन् ।

नेपाल सरकारले ४७ दिन बिदा दिने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १३- जलस्रोतमा संसारकै दोस्रो धनी देश नेपालले सार्वजनिक बिदामा अरू सबैलाई पछारेर पहिलो स्थान हासिल गरेको छ। लोकतन्त्र स्थापनासँगै पर्व र विभिन्न दिवसमा सरकारी छुट्टी थपिएपछि नेपाल श्रीलंकालाई उछिनेर पहिलो स्थानमा पुगेको हो । पछिल्लो तीन वर्षमा नेपालमा २० दिन सार्वजनिक बिदा बढेको छ ।श्रीलंकामा यस वर्ष ३२ दिन सार्वजनिक बिदा पर्छन् भने नेपाल सरकारले ४७ दिन बिदा दिने निर्णय गरेको छ । यीमध्ये ११ वटा बिदा क्षेत्र वा जाति विशेषसँग सम्बन्धित छन् ।जातीय, धार्मिक वा क्षेत्रीय पहिचानलाई राष्ट्रिय हैसियत दिलाउने भन्दै गृह मन्त्रालयमा परेको मागअनुसार सरकारले निर्णय गर्दै जाने हो भने केही वर्षमै बिदा पाँच दर्जन नाघ्नेछ ।'सबै जनजाति, भौगोलिक र क्षेत्रीय पर्वमा छुट्टी मागिएको निवेदनको खात लागेको छ,' गृहका प्रवक्ता रत्नराज पाण्डेले नागरिकसित भने । मन्त्रालय आन्तरिक व्यवस्था शाखाको अभिलेखअनुसार जैनहरूले पुज्ने भगवान महावीरको जन्मदिनदेखि गुरुङहरूको ल्होसारमा तीन दिन बिदा मागिएको छ । हरिततालिका तीज र ऋषिपञ्चमीमा समेत सबैलाई बिदा मागिएको छ ।

प्रधानमन्त्रीले आफ्नो अधिकार समेत राष्ट्रपतिलाइ वुझाएको आरोप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर, भदौ १३ - एमाले नेता वामदेव गौतमले राष्ट्रपतिको बारेमा सदनमा छलफल हुन पाउनुपर्ने बताउदै अहिलेका प्रधानमन्त्रीले आफ्नो अधिकार समेत राष्ट्रपतिलाइ वुझाएको आरोप लगाएका छन् । उनले सैनिक सर्वोच्चता लाद्ने प्रयास भएको जिकिर गर्दै नागरिक सर्वोच्चता हनन भएको बिषयमा द्विविधा नपाल्न आग्रह गरे । 'राष्ट्रपति भनेको राजा त होइनन् हामीले भर्खरै हटाएको जस्तो ' उनले भने,'उनका वारेमा किन छलफल गर्न नपाउने, पाउनु पर्छ' । अहिले राजतन्त्रको सोच वोकेका प्रतिगामीहरुले सदनमा यो विषयलाई छलफलमा ल्याउन नदिएको उनको आरोप थियो । माओवादीलाई साथ नलिइ संविधानको एक अक्षर समेत लेख्न नसकीने तर्क गर्दै उनले भने, 'ठूलो पार्टीलाई झिना मसिना पार्टी मिलेर पाखा लगाएर संविधान लेख्ने कुरा गर्नु हाँस्यासपद हो' शनिवार संवाददातासंग कुरा गर्दै नेता गौतमले भने 'अहिले यसरी माओवादीलाई पाखा लगाउनु भनेको कनीका, विया र भुष मिलेर चामललाई पाखा लगाउनु जस्तै हो ।' सवै मिल्दा दुइ तिहाइ पनि नपुग्ने अनि सिंगै एक तिहाइ भएको पार्टीलाई पाखा लगाउने खेल खेल्नु आफैमा घातक भएको उनको टिप्पणी थियो । 'यी सव खेल जस जसले खेलीरहेका छन् उनीहरु संविधान लेख्ने पक्षमा छैनन' उनले थपे । गौतमले कांग्रेस, माओवादी र एमाले वसेर राष्ट्रिय सरकार गठन गरी देशलाई संभावित दुर्घटनावाट जोगाउनु पर्नेमा जोड दिए ।
पार्टी अध्यक्ष त जंगवहादुर भए भन्ने आरोप छ नि भन्ने थप प्रश्नको उत्तरमा नेता गौतमले भने, 'जंगवहादुरले पनि दुइ चारवाट काम राम्रा गरेका थिए । नराम्रा कामको विरोध संगै राम्रा कामको समर्थन पनि गर्न सक्नुपर्छ

माओवादीका लागि गच्छदार उपप्रधानमन्त्री त्याग्‍न तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १३ उपप्रधानमन्त्री एवम् भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले एकीकृत नेकपा (माओवादी) सरकारमा समावेश हुने भए आफू उपप्रधानमन्त्री पद त्याग्न तयार रहेको बताएका छन्। उनले माओवादी सरकारमा नआए समयमै संविधान नबन्ने भएकाले प्रधानमन्त्रीसहित सबै जना त्याग गर्न तयार रहनुपर्ने बताए।ढुवानी व्यवसायी महासङ्घको प्रथम महाधिवेशन तथा साधारणसभाको राजधानीमा शनिबार उद्‌घाटन गर्दै उनले प्रमुख राजनीतिक पार्टी सम्मिलित राष्ट्रिय सरकारबिना घोषित मितिमा संविधान निर्माण हुन नसक्ने ठोकुवा गरे। "आवश्यक पर्दा जुनसुकै पद त्याग्न म तयार छु," गच्छदारले भने, "सेनाका विषयमा अनावश्यक विवाद गरेपछि माओवादी सरकार ढाल्ने पनि मै हुँ।"प्रधानसेनापति रुक्मांगद कटुवाललाई पदबाट हटाउने निर्णय अपरिपक्व भएको माओवादी अध्यक्ष पुष्षकमल दाहालले पनि स्विकार गरेको उपप्रधानमन्त्री गच्छदारले बताए। कटुवाललाई हटाउने निर्णय नगर्नका लागि पटकपटक आफुले तत्कालिन प्रधानमन्त्री दाहाललाई गरेपनि उनले नमानेको र पछि आत्मालोचना गरेको गच्छदारले बताए।"प्रधानमन्त्रीको पदबाट राजिनामा दिएपछि भोलीपल्ट प्रचण्डले मलाई बोलाएर भन्नुभो," गच्छदारले दाहाललाई उदृत गर्दै भने, "विजयजी तपाईंको सुझाव ठिक रहेछ, अपरिपक्व निर्णय गरिएछ।"राष्ट्रिय संकट समाधान गर्नका लागि दाहाललाई इतिहासले ठूलो मौका दिए पनि उनले त्यसलाई गुमाएको गच्छदारले बताए। गच्छदारले ठूला पार्टीका सवै ठूला नेता राजनीतिक व्यवस्थापन गर्न असफल भएका कारण मुलुक विग्रिएको बताए। उनले भने, 'राजनीति विग्रिएपछि मुलुक कसरी विग्रन्छ भन्ने कुरा बुझ्न हाम्रो मुलुक हेरे पुग्छ।'विकासका लागि राजनीति गर्नुपर्नेमा विकासमा राजनीति भएका कारण ठूला ठूला परियोजना असफल बनेको र यो राजनीतिको शिकार अरुण तेस्रो आयोजना बनेको गच्छदारले बताए। अरुणलाई असफल बनाउन लागेका हरु फेरी पञ्चेश्वरमा पनि भाँजो हाल्न लागेको उनको भनाइ थियो। "अरुण आएको भए अहिलेसम्म पूर्वान्चलमा कायापलट भइसक्ने थियो", उनले भने, "अबदेखी पानी जलविद्युत र सडकमा राजनीति नगरौं।" बन्द, हड्ताल, चक्काजामको संस्कृति सदाका लागि अन्त्य हुनुपर्ने पक्षमा आफू रहेको उल्लेख गर्दै उनले कम्तिमा संविधान नलेखिदाँसम्म बन्द-हड्तालजस्ता कार्यक्रम स्थगित गर्न सम्बद्ध पक्षसँग आग्रह गरे। कार्यक्रममा ढुवानी व्यवसायी महासङ्घका अध्यक्ष अरूण ढकालले ढुवानी व्यवसायको भूमिका र योगदानलाई कदर गर्दै छुट्टै ऐन-कानुन ल्याई निर्वाधरूपमा काम गर्न पाउने आफूहरूको अधिकार सुनिश्चित गर्न उपप्रधानमन्त्रीको ध्यानाकर्षण गराए।महाधिवेशनमा देशभरका ढुवानी व्यवसायीसँग सम्बद्ध करिब २०० प्रतिनिधि सहभागी छन्।

Aug 28, 2009

अपहरण गरिएकी एक किशोरी १८ वर्षपछि फेला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेसी सन् १९९१ मा अपहरित भएकी थिइन् । त्यतिबेला उनी मात्र एघार वर्षकी थिइन् । अठार वर्षपछि उनी भेटिएकी छिन्, दुई छोरीकी आमाका रूपमा ।एघार वर्षमा अपहरण गरिएकी एक किशोरी १८ वर्षपछि फेलापरेकी छिन् । आफ्नै अपहरणकर्ताबाट दुई सन्तान पनि जन्माएकी छिन् उनले । उनी हुन् जेसी ली डुगार्ड । उनी र उनका ११ र १५ वर्षीया छोरीलाई अपहरणकर्ताले आफ्नो घरपछाडि लुकाएको थियो ।आरोपी अपहरणकर्ता ५८ वर्षीय फिलिप गारिडो र उसकी पत्नी न्यान्सीलाई क्यालिफोर्नियामा हिरासतमा लिइएको छ । जेसी डुगार्डको डिएनए परीक्षण गरिँदै छ । हाल उनको आफ्नी आमासँग पुनर्मिलन भएको छ ।'उनको स्वास्थ्य राम्रै छ,' एल डोराडो काउन्टी पुलिसका सहायक अधिकृत फ्रेड कोलर भन्छन्, 'तर, घरपछाडि यौटा कोठामा अठार वर्षसम्म गुम्सिएर बस्नु अवश्य आघातपूर्ण र पीडादायी हुन्छ ।' जेसी सन् १९९१ मा अपहरित भएकी थिइन् । त्यतिबेला उनी मात्र एघार वर्षकी थिइन् । उनलाई गारिडो दम्पतीले अपहरण गरेको थियो र कारमा राखेर लगेको थियो ।

हतियारधारी भारतीय प्रहरी नेपालभित्रै पस्न थाले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वीरगञ्ज, ११ भदौ भारतीय अर्धसैनिक बल एसएसबीले सीमाक्षेत्रमा नेपालीलाई कुटपिट गर्दा नेपाली प्रशासन मौन बसेपछि हतियारधारी भारतीय प्रहरी नेपालभित्रै पस्न थालेका छन् । दादागिरी देखाउँदै अत्याधुनिक हतियारसहित नेपाल पसेका भारतीय प्रहरीलाई पनि नेपाल प्रहरीले विनाकारबाही छाडेको छ ।युपी १६४१ नं. को स्करपियो जिपमा सइ विनोद मिश्राको नेतृत्वमा भारतीय प्रहरीको टोली दुई दिनअघि नेपाल प्रवेश गरेको थियो । टोलीमा प्रहरी जवान रमेश सिंह, रामसुन्दर मौर्य र गाडीचालक रञ्जित सिंह थिए ।अत्याधुनिक हतियार तर सादा पोसाकमा रहेका उनीहरूलाई वीरगञ्जको बिर्ता वडा प्रहरी कार्यालयका निरीक्षक कमलबहादुर भुजौरियाको टोलीले घन्टाघरबाट पक्राउ गरेको थियो । भारतीय प्रहरीको साथबाट दुई नाल इनसास राइफल र त्यसको गोली एक सय ६० थान, एक थान थ्री नट थ्री राइफल र त्यसको गोली ५० थान तथा एक थान पेस्तोल बरामद गरिएको थियो ।पक्राउ परेका प्रहरीहरू भारत उत्तरप्रदेश सोनभद्रा जिल्ला शक्तिनगर थानाका रहेको नेपाल प्रहरीको स्रोतले जनाएको छ । नेपालमा जाली नोटको कारोबार भएको भन्दै छानबिनका लागि दुई दिनदेखि वीरगञ्जमा गस्ती गरिरहेको बयान पनि उनीहरूले दिएका छन् ।अनधिकृत रूपमा नेपाल प्रवेश गर्नेहरूलाई सबक सिकाउन पाइने भयो भनेर भुजौरियाको टोली खुसी भए पनि जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरूलाई चुप रहन आदेश दिएको थियो । जिपमा चढेर निर्धक्क घन्टाघर क्षेत्रमा घुमिरहेका हतियारधारीहरूलाई पक्रेर वडा प्रहरी कार्यालय ल्याएपछि केहीबेर अनुसन्धान भएको थियो ।भारतीय प्रहरीलाई डिएसपी मसाउद अली खाँको टोलीले जिल्ला प्रहरी कार्यालय लगेको र यो सूचना 'लिक' नगर्न निर्देशन दिएको एक प्रहरीले बताए । जिल्ला प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई घटनाबारे तत्कालै खबर गरेको स्रोतका दाबी छ । खबर पाएपछि गृह मन्त्रालयले भारतीय दूतावासमा सम्पर्क गरेपछि भारतीय प्रहरीलाई विनासर्त छाड्ने आदेश गएको थियो ।माथिबाट आदेश गएपछि वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत जोन सिल्सी र वीरगञ्जका एसपी सुबोध घिमिरेबीच यो घटनालाई गुपचुप नै राख्ने सहमति भएको स्रोतको दाबी छ । आफ्ना प्रहरीलाई छुटाउन महावाणिज्यदूत सिल्सी एसपी घिमिरेको निवासमै पुगेका थिए । घटनाबारे आधिकारिक जानकारी दिनुपर्नेमा जिल्ला प्रहरीका अधिकारीहरू मोबाइलको स्विच अफ गरी बसेका छन् ।

उपराष्ट्रपति झाले नेपाली भाषामा पुनः सपथ लिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १३ - उपराष्ट्रपति परमानन्द झाले सरकारको औपचारिक आग्रह अनुसार नेपाली भाषामा पुनः सपथ लिने बताएका छन् । हिन्दी भाषामा लिएको सपथ प्रकरणलाई लिएर विवाद चुलिएको बेला प्रधानमन्त्री माधवकुमार नेपालसग शनिबार बिहान भएको भेटमा उनले मन्त्रिपरिषद्ले आग्रह गरे अनुरुप नेपाली भाषामा सपथ लिने बताएका हुन् । गौरीघाटस्थित निवासमा झण्डै आधा घण्टा भएको भेटमा उनले राष्ट्रियतलाई आफूले सदैव सर्वोपरी ठानेको भन्दै राष्ट्रिय अखण्डतामा आँच आउने काम आफूले कहि कतैबाट नगरेको बताएका थिए । उनले राष्ट्रियतापछि मात्र राजनीति र व्यक्ति हुने भन्दै सपथलाई लिएर गरिएको अनावश्यक विवादप्रति चिन्ता व्यक्त गरेका थिए । यस्तै सर्वोच्चको फैसला वदरको माग गर्दै आफूले सवोच्चमा पुनरावलोकनको लागि दर्ता गराएको निवेदनका बिषयमा पनि उनले प्रधानमन्त्रीसग छलफल गरेका थिए । श्रोतका अनुसार आइतबार मन्त्रिपरिषदको बैठकवसी उनलाई नेपाली भाषामा सपथ लिन आग्रह गरिने बुझिएको छ । सर्वोच्च नेपाली भाषामा पुनः सपथ लिन दिएको समयसीमा आइतबार सकिदैछ । यस्तै प्रधानमन्त्रीले शुक्रबार साँझ उपराष्ट्रपति निवास नजिक भएको बिष्फोटको क्षतिको निरीक्षण गर्दै अपराधीलाई कडा कारबाही गर्ने समेत बताए ।

हङकङ प्रवेश गरेर बिचल्लीमा परेका चार युवक नेपाल फर्कदै

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ /निर्मल श्रेष्ठ
भदौ १३ - करिब तीन महिनाअघि अवैधानिक तबरले हङकङ प्रवेश गरेर बिचल्लीमा परेका चार युवक आइतबार नेपाल फर्कदै छन् । विभिन्न संघसंस्था र क्लबले हवाई टिकटका लागि सहयोग जुटाइदिएपछि बर्दियाका वीरबहादुर खत्री, इन्द्रबहादुर ओली, अफतबहादुर ओली र निमबहादुर भण्डारीलाई स्वदेश फिर्ने बाटो खुलेको हो । हङकङको टेलिभिजन कम्पनीमा जागिर लगाइदिने दलालको आश्वासनमा प्रतिव्यक्ति ४ लाख ७५ हजार रुपैयाँसम्म बुझाएर उनीहरू यहाँ आएका थिए । 'दलालले महिनाको साठीदेखि पचहत्तर हजारसम्म तलब हुने बताएको थियो,' इन्द्रबहादुरले भने । चीनबाट जंगल र समुद्री बाटो हुँदै ज्यान जोखिममा पारी बल्लतल्ल हङकङ प्रवेश गरे पनि गाँसबासको ठेगान नहुँदा पार्कमा भोकै कैयौं रात गुजार्नुपरेको अफतले सुनाए । केही महिना जसोतसो गुजारा गरे पनि जागिर पाउने उपाय नदेखेपछि उनीहरूले देश र्फकन सहयोगका लागि हारगुहार गर्दै आएका थिए । उनीहरूका लागि हङकङका नेपाली फुटबलरहरूले गत साता च्यारिटी म्याच आयोजना गरेका थिए । म्याचबाट उठेको र स्थानीय संघसंस्थाबाट जुटेको रकमले टिकट खरिद गरिएको सहयोग समितिका अधिराज राईले बताए । काउलुन पार्कस्थित ग्राउनडमा म्याच हेर्न चारै पीडित पनि सहभागी थिए । 'कमाउनु त कता हो कता, बाँच्न पनि गाह्रो भो,' पहिले तीनवर्ष मलेसियामा बसेका वीरबहादुरले भने, 'नेपाली दाजुभाइले सहयोग नगरेका भए उहिल्यै मरिन्थ्यो होला ।' सुरुका दिन निःशुल्क खाना पाइने हुने ठाउँ थाहा नहुँदा भोकै बस्नुपरेको निमबहादुरले सुनाए । 'अवैधानिक भनेपछि काम दिन निकै गाह्रो मान्दा रहेछन्,' अफतले भने । छुट्टै समूहमा आएका इन्द्रबहादुरलाई चीनबाट समुद्री बाटो हुँदै हङकङ प्रवेश गर्ने क्रममा प्रहरीले पक्राउ गरेको रहेछ । 'हामी चढेको सानो डुंगालाई प्रहरीले पिछा गर्दै ठोक्कायो,' त्यस क्रममा आफू सवार डुंगा डुब्दा ज्यानै माया मारिसकेको उल्लेख गर्दै उनले भने, 'बल्लतल्ल प्रहरीले नै बाहिर निकाले ।' जेलमा केही साता बसेर छुटेका उनले नेपाल छाडेपछिका दिन अत्यन्तै कष्टकर रहेको सुनाए । केही वर्ष कतारमा समेत बसेका उनका अनुसार नेपाल छाड्नुपूर्व रोजगारी भिसा देखाउन दलाललाई धेरैपटक भने पनि उसले चीनमा पुगेपछि मात्र भिसा लाग्ने भन्दै झुक्याएको बताए । 'चीनको गोन्जाउमा ल्याई विभिन्न बहानामा एक महिना कोठामै थुनिएपछि मात्र फसेको चाल पाइयो,' उनले भने । उनका अनुसार चारै युवकलाई बर्दियाका झुपराज ओली, नेत्र डाँगी र गणेश ओलीले पठाएका हुन् । चीन भिसा लगायतका प्रबन्ध भने काठमाडौं बस्ने सुरेश भट्ट र रमेश श्रेष्ठले गरेका थिए । 'देश फिर्न पाउने भएपछि खुसी लागेको छ,' निमबहादुरले दुःखेसो पोखे, 'तर सयकडा तीनका दरले ब्याज काढेर दलाललाई बुझाएको साहूको ऋण कसरी तिर्ने होला ?' गोन्जाउका दलालले राहदानी फिर्ता नदिएपछि उनीहरूलाई हङकङस्थित नेपाली महावाणिज्य दूतावासले उडानका लागि आवश्यक कागजात उपलब्ध गराएको छ ।

इन्टरपोलका 'मोस्ट वान्टेड’ लुरुलुरु अदालतमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
११ भदौ इन्टरपोलको रेडकर्नर नोटिसधारी अपहरणकारी आफैं अदालत आएर आत्मसर्मपण गरेका छन् ।
वरिष्ठ चिकित्सक डा. उपेन्द्र देवकोटाकी छोरी मेघाको अपहरणमा संलग्न फरार अभियुक्त कृष्णछारा राईले एक वर्षपछि आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित भई बुधबार आत्मसमर्पण गरेका हुन् ।
अभियुक्त कृष्णलाई सञ्चारकर्मी आनन्दसन्तोषी राईले अदालतसम्म ल्याइदिएका थिए । 'उनको नाममा पक्राउ वारेन्ट जारी भएको रहेछ, मैले बयानमा लागि ल्याएको छु' भन्दै राईले अभियुक्त कृष्णलाई बुधबार साढे १२ बजे अदालतका रजिष्ट्रारसमक्ष आत्मसर्मपण गराएका थिए । अभियुक्तको बयान नसकिएकाले बिहीबार पुनः बयान लिई पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरिएको अदालतका रजिष्ट्रार गोपाल गर्तौलाले बताए ।सञ्चारकर्मी राईले 'कृष्णले फोनमार्फत आफूलाई अदालतमा पेस गरिदिन आग्रह गरेपछि अदालतमा बुझाइदिएको' बताए । उनले नयाँ पत्रिकासित भने, 'उनकै आग्रहपछि मैले अदालतबाहिर बोलाएर रजिस्ट्रारलाई बुझाइदिएँ ।' १९ साउन ०६५ मा बूढानीलकण्ठ हेपालीहाइटमा रहेको देवकोटा निवासबाट १६ वर्षीया मेघाको अपहरण गरी एक करोड तीस लाख फिरौती असुलेलगत्तै राईसहित अपहरणमा संलग्न सातैजना फरार भएका थिए । काठमाडौं जिल्ला अदालतको वारेन्टका आधारमा इन्टरपोलले ०६५ मा राईविरुद्ध रेडकर्नर नोटिस जारी गरेको थियो । प्रहरीले कृष्णलाई पक्राउ गर्ने वा सूचना दिनेको नाममा ५० हजार नगद पुरस्कारसमेत घोषणा गरेको थियो । ९ करोड फिरौती मागेका अपहरणकारीले एक करोड ३० लाखमा कुरा मिलेपछि २२ साउन ०६५ बेलुका साढे ११ बजे पाटन अस्पतालबाट मेघालाई ट्याक्सीमा चढाएर पठाइदिएका थिए । देवकोटा परिवारले मेघालाई गौशालामा बुझेको थियो ।मेघा अपहरणमा संलग्न सातजनामध्ये तीनजनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । मेघाको जानकारीका आधारमा प्रहरीले 'अपरेसन लक्की'मार्फत अपहरणमा संलग्न हेमबहादुर मगरलाई पक्राउ गरेको थियो । मेघाले आफूलाई राखेको घरवरपर 'लक्की' नामको कुकुर रहेको बताएपछि अपहरणकारीको खोजीमा जुटेको प्रहरीले ललितपुरको नक्खुमा उनलाई बन्धक बनाएर राखिएको घर पत्ता लगाई त्यहीँबाट मगरलाई पक्रेको थियो । मगरले सिद्धार्थ लामा, राजु लामा, केशव दर्लामीमगर, राजु थापा र गोकुल गिरी संलग्न रहेको बयान दिएपछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो ।अपहरणको मुख्य योजनाकार सिद्धार्थ र गोकुल रहेको, कृष्ण मुख्य सहयोगी रहेको यसअघि नै खुलेको थियो । धनकुटा छिन्ताङ घर भई ललितपुर नक्खु बस्दै आएका राई आफूलाई म्यानपावरको एजेन्टको रूपमा चिनाउँथे । मेघा अपहरणमा उठाएको एक करोड ३० लाखमध्ये उनको भागमा १५ लाख परेको थियो । प्रहरीले फरार कृष्णलगायत गोकुल, राजु र केशवको नाम मोस्ट वान्टेडको सूचीमा राख्दै उनीहरू नेपालभित्र नरहेको निष्कर्षसहित इन्टरपोलमा रेडकर्नर नोटिस जारी गराएको थियो । कृष्णलगायत मेघा अपहरणमा संलग्न पटके अपहरणकारी भएको खुलेको छ । प्रहरी रेकर्डअनुसार उनीहरूले मेघाको अपहरणअगाडि ०६३ असारमा युनाइटेड एकेडेमीका पि्रन्सिपल नृप चाम्लिङका छोराको अपहरण गरी फिरौती असुलेका थिए । सोही समूहले ८ चैत ०६२ मा डा. जगदीशलाल वैद्यको छोराको अपहरण गरेको थियो भने १२ असोज ०५९ मा तुलबहादुर ठाहामगरको अपहरण गरी फिरौती असुलेको थियो । ०५८ मा सोही समूहले चाबहिलस्थित दिलीपकुमार मगरको घर र ०५६ मा धरानमा लिम्बू थरका एक लाहुरेको घरमा डकैती गरेको अपराध महाशाखाको रेकर्डमा उल्लेख छ ।

ऐश्वर्या राय एउटा फिल्मको ६ करोड भारु लिन्छिन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुम्बई, भदौ १२ बलिउडको सबभन्दा महँगी हिरोइन को होलिन् करिना कपुर प्रियंका चोपडा वा क्याट्रिना कैफ यदि तपाईं यी तीनमध्ये कसैलाई महँगी हिरोइन ठान्नुहुन्छ भने तपाईंको अनुमान गलत हुनेछ। पछिल्लो समय सुस्ताए पनि बलिउडकी सबभन्दा महँगी हिरोइनको स्थानबाट ऐश्वर्या रायलाई कसैले हटाउन सकेको छैन।केही फ्लप हलिउड फिल्मका लागि बलिउड फिल्म छोडे पनि ऐश्वर्याको पारिश्रमिकलाई अरुले टक्कर दिन सकेका छैनन्। ऐश्वर्या राय एउटा फिल्मको ६ करोड भारु (९ करोड ६० लाख नेपाली रुपैयाँ) लिन्छिन्। हिरोहरुको तुलनामा यो निकै कम रकम हो। तर हिरोइनका मामलामा भने सबभन्दा बढी । ऐश्वर्यापछि पालो आउँछ प्रियंका चोपडाको। गत वर्ष दुई र यो वर्ष एक हिट फिल्म दिइसकेकी प्रियंका एउटा फिल्मको पाँच करोड लिन्छिन्।तेस्रो नम्बरमा छिन् करिना कपुर। करिना एउटा फिल्मको साढे तीन करोडदेखि चार करोडसम्म लिन्छिन्। सबभन्दा धेरै हिट फिल्म दिएकी क्याट्रिना चाहिँ चौथो नम्बरमा छिन्। लगातार हिट फिल्म दिए पनि अभिनय र भाषाको मामिलामा कमजोर भएकाले उनले जम्मा तीन करोड पारिश्रमिक पाउँछिन्। महँगा पाँचको सूचीमा पर्ने अर्की हिरोइन हुन् बिपाशा वसु। उनको पारिश्रमिक दुई करोड छ। महँगा हिरोइनको सूचीमा रानी मुखर्जी र प्रिती जिन्टाजस्ता हिरोइनको स्थान भने निकै तल झर्न थालेको छ।

झाडापखालाबाट हुम्लामा ८ को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुर्खेत, भदौ १२ - भदौ पहिलो सातादेखि हुम्लाको कालिका गाविसमा फैलिएको झाडापखालाबाट ८ जनाको मृत्यु भएको छ । सदरमुकाम सिमकोटबाट ४० किमि टाढाको कालिकाको पाल्स गाउँमा ४ र करकाई गाउँमा ४ जनाको मृत्यु भएको हो । अन्य ४५ जना बिरामी छन् । हुम्लाका सभासद कर्णजित बुढाथोकीले बिहीबार पत्रकार सम्मेलन गरी प्रकोप नियन्त्रणमा सरकारले चासो नदेखाएको आरोप लगाए । 'गाउँमा स्वास्थ्यकर्मी र औषधि अभाव छ,' प्रभावित क्षेत्रमा बुधबार हेलिकप्टरबाट औषधि पुर्‍याएर फर्केका उनले भने । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका महामारी नियन्त्रण विषेशज्ञ सुजिककुमार साहले त्यहाँ 'फुड प्वाइजन' बाट झाडापखाला फैलिएको बताए । अछाममा थप दुई अछाममा पनि बिहीबार थप २ को मृत्यु भएको छ । रहफ ८ का देवबहादुर विक र बाब्ला गाविसकी लक्ष्मीदेवी रावतको मृत्यु भएको हो । जिल्लामा झाडापखाला प्रकोपबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. पुरुषोत्तमराज सेढाइँका अनुसार सदरमुकाम मंगलसेनलगायतका २ दर्जन गाविसमा झाडापखाला फैलिएको छ । तुर्माखाद र नाडा गाविसमा प्रकोप बढी देखिएको छ ।

सभापति पदमा निलाम्बर आचार्य निर्वाचित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १२ - संवैधानिक समितिको सभापतिमा कांगे्रसका निलाम्बर आचार्य निर्वाचित भएका छन् ।
शुक्रबार अपरान्हभएको निर्वाचनमा आचार्यले २९ मत प्राप्त गरी निर्वाचित भएका हुन । जम्मा ५० मत खसेकोमा एकीकृत माओवादीका नारायणकाजी श्रेष्ठले २१ मत प्राप्त गरेका थिए । उपस्थित ५६ जना मध्ये ५ जनाले निर्वाचन वहिष्कार गरेको थिए । सर्वसम्मत प्रयास विफल भएपछि मत विभाजनको प्रक्रियाबाट सभापति चयन गरिएको हो । समितिका सभापति माधवकुमार नेपाल प्रधानमन्त्री भएपछि उक्त पद खाली भएको थियो ।

साहित्यिक बिचार गोष्ठी तथा सम्मान कार्यक्रम सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/रुसाहाँङ चेम्जोङ
मलेसिया, क्वालालम्पुर स्थित गैर आवासिय नेपाली संघको कार्यालयमा गत २३ अगष्ट, आइतबारका दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मलेसियाले साहित्यिक बिचार गोष्ठी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा साहित्यकार तथा अनलाईन नेपाली साहित्य मञ्चका संथापक, साहित्यघर डटकमका सम्पादक विश्वासदीप तिगेलालाई कार्यक्रमका प्रमुख अतिथि मनी राई गोठालेले खादा ओढाएर सम्मान गरेका थिए भने अनेसास मलेसियाका अध्यक्ष पदम दुःखी सम्बाहाङफेले मायाको चिनो उपहार प्रदान गरेका थिए। त्यस्तै किरात धर्म तथा साहित्य उत्थान संघ, मलेसियाका अध्यक्ष दिल कुमार केरुडले सम्मान-पत्र हस्तान्तरण गरेर सम्मान गरेका थिए। कार्यक्रममा दुई दर्जन सर्जकहरुले आ–आफ्नो कथा, कविता बाचन गरेका थिए। कार्यक्रममा साहित्यकार तिगेलाले आदीकवी भानुको भत्कीएको घर पुनः निर्माण र जन्मस्थानको संरक्षण सम्बन्धमा बिशेष चासो राख्न अनेसास मलेसिया लगायत सबैलाई आगह गरेका थिए। कार्यक्रम अनेसास मलेसियाका अध्यक्ष पदम दुः खी सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि मनी राइ गोठाले, विशिष्ठ अतिथि विश्वासदीप तिगेला लगायत जीवन देवान, देवेन्द्र सुर्केली पत्रकार महासंघ मलेसियाका उपाध्यक्ष विनो लामा, किरात धर्म तथा साहित्य उत्थान संघ मलेसियाका अध्यक्ष दिल कुमार केरुङले बोलेका थिए। कार्यक्रमलाई महासचिव दिब्यचुरा भाइले संचालन गरेका थिए।

Aug 27, 2009

आदिवासी जनजातिको हक अधिकार सम्बन्धी छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं / डीबी आङ्बुङ
सबै प्रकारको जातीय विभेद उन्मूलन गर्ने महासन्धि (आर्इसर्ड) को समितिमा नेपालको संविधानसभा र आदिवासी जनजातिको सवाललाई लिएर विशेष भेटघाट गरी आफ्नो कुरा राख्न नेपालबाट लाहुरर्निपका शंकर सुब्बा, एक्सन एडका नन्द कन्दङवा र आदिवासी जनजाति हक अधिकार प्रवर्द्धन समितिका सोमा रार्इ अगस्त १९ तारिख स्वीट्जरल्याण्डको जेनेभामा पुग्नु भयो । जेनेभामा सम्पन्न उक्त भेटमा राखिएको कुरा र भएका गतिविधिबारे अनुभव आदान-प्रदन गर्न साउन ९ गते आदिवासी वकिलहरुको संस्था लाहुर्निपमा एक सेयरिङ कार्यक्रमको आयोजना भयो । उक्त कार्यक्रमा जेनेभामा गर्इ आ-आफ्नो कुरा राख्नेक्रम्मा लाहुर्निपका शंकर सुब्बाले समग्र नेपालको आदिवासी जनजातिको सवालमा भएको गतिविधि, एक्सन एडका नन्द कन्दङ्वाले नेपालका आदिवासी जनजातिलाई लक्ष्यित गरी लागू गरिएको विशेष सुरक्षा योजना र आदिवासी जनजाति हक अधिकार प्रवर्द्धन समितिका सोमा रार्इले नेपालका आदिवासी जनजाति महिलाहरुको अवस्था तथा यिनका सवालहरुबारे जानकारी गराएको बताए । नेपालमा संविधानसभामार्फत् हालसम्मा तयार पारिएको ६ वटा अवधारणा पत्रहरुमा कही कतै पनि आदिवासी जनजातिहरुले चाहेको जस्तो प्रावधान नराखिएको, उनीहरुको मुद्दा सम्बोधन नगरिएको र फेरि पनि वहिष्करणमै पार्न खोजिएको आरोप लाहुर्निपका अधिवक्ता शंकर सुब्बाले लाउनु भयो । त्यसरी नै नेपालमा भ्रमण गरी फर्कनु भएका युएनका स्पेसियन र्‍यापोर्टरले पनि युएनमा नेपालका आदिवासी जनजातिहरुलाई संविधान निर्माण प्रक्रियमा सहभागी नगराइएको व्यहोराको प्रतिवेदन बुझाएको कुरासमेत जानकारी गराइएको थियो ।नेपालका आदिवासी जनजातिको सवालमा सरकार र केही आदिवासी जनजाति संघ संस्थाबाटै गलत किसिमको प्र्रतिवेदनहरु पठाइने भएकोले आदिवासी जनजातिको सवालमा युएनसमक्ष विरोधाभासपूर्ण प्रतिवेदनहरु पुग्ने हुनाले आदिवासी जनजातिको सवालमा जिकिर गर्ने बलियो आधारहरु खडा हुन नसकेको कुरा पनि खुलासा गरिएको थियो ।विशेषतः अहिलेको संविधानमा सभामा रहेका २१९ जना आदिवासी जनजाति सभासद्हरु आदिवासी जनजातिको प्रतिनिधित्व नगरी आफ्नै पार्टी वा मनोनय गर्ने दलको अधीन र नियन्त्रणमा रहने हुनाले उनीहरुले आदिवासी जनजातिको सवालमा कार्य गर्न नसक्ने ठहरबारे पनि व्यापक बहस भयो ।अन्तमा, नेपालका आदिवासी जनाजातिहरुले संविधानसभामार्फत् लेखिने नयाँ संविधानमा आफ्नो हित अनुकूलको प्रावधाहरुको व्यवस्था गर्न गराउनका लागि आन्दोलन गर्नुको विकल्प नरहेको र त्यसका लागि आदिवासी जनजातिको सवालमा संघर्ष गर्ने राजनीतिक दल र तिनका सभासदरुसंग सहकार्य गरी अघि बढ्नुपर्ने निष्कर्ष निकालियो । सोका लागि आदिवासी जनजाति हक अधिकार प्रवर्द्धन समितिअन्तर्गत् नै अन्तर्राष्ट्रियस्तरमा फलोअप् गर्ने उपसिमिति, राजनीतिक समन्वय उपसमिति र जातीय संघ संस्था समन्वय उप समितिको समेत गठन गरेर अब थप सशक्तता र उचाइका साथ अघि बढ्ने निर्णयसमेत भयो । स्मरणीय रहोस् यस प्रवर्द्धन समितिको नेतृत्वमा नेपालका आदिवासी जनजातिहरुले नेपाल सरकारविरुद्ध आदिवासी जनजातिलाई सामूहिक वा संस्थागत रुपमा संविधानसभा वा संविधान निर्माण प्रक्रियामा सहभागी नगराइएको भनी सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरिएको छ ।

संवैधानिक समितिको सभापतिमा श्रेष्ठ र आचार्य

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ११ संविधानसभाको संवैधानिक समितिको सभापति पदमा माओवादीबाट नारायणकाजी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। उनी माओवादी संसदीय दलका उपनेता पनि हुन।नागरिकन्युजकर्मी माधव ढुङ्गेलले जनाएअनुसार श्रेष्ठको उम्मेदवारीमा बाबुराम भट्टराई प्रस्तावक र देव गुरुङ समर्थक छन्।यसैगरी नेपाली कङ्ग्रेसका तर्फबाट नीलाम्बर आचार्यले उम्मेदवारी दिएका छन्। उनको प्रस्तावक र समर्थकमा सुप्रभा घिमिरे र रत्न शेरचन छन्।सभापतिका लागि आज ५ बजेसम्म नाम दर्ता गरिसक्नुपर्ने नियम छ। यसअघि संयुक्त उम्मेदवारीका लागि सत्ता गठबन्धनका २२ दलबीच छलफल भए पनि सहमति हुन सकेको थिएन।यसैबीच नेपाली कङ्ग्रेस संविधानसभा संसदीय दल कार्यसमितिको बैठकले संविधानसभा संवैधानिक समितिको सभापति पदका लागी सबै राजनीतिक दलबीच सहमति कायम गर्न वा दलको तर्फबाट उम्मेदवारी प्रस्तुत गर्ने सम्बन्धमा संसदीय दलको कार्यसमितिको तर्फबाट दलका नेता रामचन्द्र पौडेललाई अधिकार दिने निर्णय गरेको थियो।

नेपाली भाषाका पत्रिका जलाइए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ११ मधेशी जनअधिकार फोरमका कार्यकर्ताले बिहीबार बिहान वीरगन्जको घन्टाघरमा नेपाली भाषाका पत्रपत्रिका जलाएका छन्। फोरम नगर कमिटीका अध्यक्ष अजय चौरसियाको नेतृत्वमा आएको एक समूहले बिहान ८ बजे नागरिक, अन्नपूर्ण पोष्ट, नयाँ पत्रिका, कान्तिपुरलगायतका दैनिक पत्रिकाका केही प्रति जलाएका हुन्। उपराष्ट्रपतिले लिएको सपथबारे सर्वोच्चले दिएको आदेशको विरोध गर्दै नेपाली भाषाका पत्रिका जलाएको चौरसियाले बताए।

न्यायाधीशको नियुक्ति र बर्खास्त व्यवस्थापिकाबाट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ११ - नया संविधानमा व्यवस्थापिकाबाट न्यायाधीशको नियुक्ति र वर्खास्त गर्ने माओवादी प्रस्ताव बहुमतले पारित गरेको छ । संविधानसभाको न्याय प्रणालीमा सभासदबीच सहमति हुन नसकेपछि मत विभाजनमा न्यायाधीशको नियुक्ति व्यवस्थापकीय संयन्त्रबाट गरीने प्रस्ताव पारित भएको हो । व्यवस्थापिकाबाट न्यायाधीश नियुक्ति र बखार्स्त गर्नुपर्ने पक्षमा २३ र न्यायपरिषदबाट गर्नुपर्ने पक्षमा १९ मत परेको थियो । मधेसवादी दलको समर्थन प्राप्त गरेपछि माओवादीको प्रस्ताव पारित भएको हो । अवधारणा र मस्यौदा बनाउन व्यस्त न्याय प्रणालीको अधिकांश बिषयको टुंगो लागिसकेको छ । समितिमा संविधान र कानुनको व्याख्या सर्वोच्च अदालतबाट गर्ने वा राष्ट्रिय महत्वका पद र राजनीतिक मुद्धाको व्याख्या व्यवस्थापिका गर्ने बारेको विवादित बिषय टुंगो लाग्न बाकी छ । कांग्रेस र एमालेले संविधानको व्याख्या सर्वोच्च अदालतबाट गर्नुपर्ने पक्षमा मत जाहेर गरेको छ भने माओवादीले राजनीतिक मुद्धाको व्याख्या व्यवस्थापिकाबाट गर्नुपर्ने बताएको छ ।

बंगलादेशका प्रहरीलाई सौन्दर्य बढाउन सुझाब

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ढाका/ बंगलादेशको प्रहरीबलमा नयाँ भर्ती भएकाहरूलाई आफ्नो कामको सिलसिलामा कसरी चुस्तदुरुस्त हुन सकिन्छ भन्ने ख्याल गर्न सुझाब दिइएको छ । केकस्तो पोसाक लगाउने र कस्तो देखिने भन्ने कला देशकै प्रमुख सौन्दर्य कलाकार (ब्युटिसियन)ले प्रहरीलाई सिकाउँदै छन् । बंगलादेशको उच्च प्रहरी प्रतिष्ठानका उपप्रमुखले भर्खरै भर्ती भएको नयाँ ब्याचलाई विश्वस्तरका प्रहरी नेतृत्वको विकास गर्ने सोचअनुरूप यसो गरिएको बताएका छन् । नयाँ प्रहरीहरूले व्यक्तिगत स्वास्थ्य र सरसफाइ, शारीरिक तन्दुरुस्ती, त्वचाको सुरक्षा, आहारविहार तथा खाने बानीसम्बन्धी कक्षा लिइरहेका छन् । राजधानी ढाका तथा थाइल्यान्डको राजधानी बैंककमा ब्युटिपार्लरका कतिपय शाखा-प्रशाखा सञ्चालन गरिरहेकी कनिज अल्माज खानलाई पोसाक लगाउने तरिका तथा रंगको छनोटबारे सिकाउन बोलाइएको छ । खानले एक सय ४० जना पुरुष तथा महिला प्रहरीलाई कसरी राम्रो फफ्र्युम (अत्तर) वा आफ्टरसेभ छान्ने भन्ने पनि सिकाएकी छिन् । उनले पुरुष प्रहरी पनि महिलाजस्तै कसरी राम्रो देखिने भन्ने कुरामा रूचि राख्छन् । उनी भन्छिन्, 'एकदमै राम्रो कुरा हो, मानिसहरू अहिले कसरी राम्रो देखिन सक्छु भन्नेमा बढी सचेत बन्दै छन् ।'यसरी प्रहरीलाई सौन्दर्य वृद्धिबारे सिकाउनुका पछाडि संयुक्त राष्ट्रसंघीय शान्ति दलमा विश्वको जुनसुकै ठाउँमा गए पनि सेवायोग्य तुल्याउन विख्यात साैन्दर्य-शिल्पीलाई निम्त्याइएको प्रहरी नेताको दाबी छ । उपप्रमुखले बास्ना भन्ने कुरा महत्त्वपूर्ण हुने हुनाले उनीहरूले प्रयोग गर्ने सुगन्धी तेल कस्तो प्रकारको हुनुपर्छ भनी साैन्दर्य-शिल्पीले सिकाएको जानकारी दिए । उनले भने, 'हाम्रा अधिकृतहरू प्रहरी पोसाकमा होऊन् वा सामान्य पोसाकमा, उनीहरू आकर्षक हुनैपर्छ ।'

माओवादीले बिहीबारदेखि राष्ट्रपति बहिस्कार गर्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नागरिक सर्वोच्चताको माग गर्दै सडक र सदनमा आन्दोलन गरिरहेको एकीकृत माओवादीले बिहीबारदेखि राष्ट्रपति बहिस्कार गर्दै छ ।पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम राष्ट्रपति बहिस्कार र कालो झन्डा प्रदर्शनको चरणमा पुगेको हो । यसअघि कुनै पनि दल वा मोर्चाले राष्ट्रपतिलाई सार्वजनिक कायक्रममा बहिस्कार गरेका छैनन् ।'राष्ट्रपति सहभागी हुने सबै सार्वजनिक कार्यक्रम बहिस्कार गर्ने र कालो झन्डा देखाउने हाम्रो आन्दोलन छ,' माओवादी प्रवक्ता दीनानाथ शर्माले नयाँ पत्रिकासँग भने, 'क्रमशः प्रधानमन्त्री र मन्त्रीहरूलाई पनि बहिस्कार गर्नेछौं ।' माओवादीले गत २३ साउनदेखि भदौ मसान्तसम्मका लागि पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

Aug 26, 2009

कम्मरमाथिको भाग नांगै पारेर हिँड्न पाइयोस् भनेर आन्दोलन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शरीरको कम्मरमाथिको भाग नांगै पारेर हिँड्न पाइयोस् भनेर अमेरिकामा राष्ट्रिय आन्दोलन चलाइरहेका मानिसको जुलुस देखेर कोही आश्चर्यचकित भए भने कसैलाई यो घिनलाग्दो अभियानजस्तो लाग्यो । अनि, कोही भने कहिल्यै नदेखिएको स्तन दिवस देख्न पाएकामा रमाइलो मानिरहेका थिए ।दर्जनौं महिलाले सहरको सेन्ट्रल पार्कमा भेला भए र आफ्ना लुगा खोलेर नग्न स्तन प्रदर्शन गर्दै सडकमा हिँडे । यो प्रदर्शन राष्ट्रिय 'कम्मरमाथि नांगै दिवस' मनाउन गरिएको थियो । यस्तो देख्न पाउँदा न्युयोर्क महानगरीका बासिन्दा र पर्यटकहरू अचम्मीत र रोमाञ्चित भएका थिए ।'बाह, कति भव्य दृश्य ! यो साँच्चिकै गजबको दिवस हो,' सेन्ट्रल पार्कको दक्षिणी छेउमा भाडामा साइकल दिएर गुजारा चलाउने २१ वर्षे तन्नेरी डल्बिन जन भन्छन्, 'म घर गएर मेरी श्रीमतीलाई पनि यस अभियानमा लाग्न भनिहाल्छु ।'
आफूलाई डाक्टर बताउने, तर नाम बताउन नचाहने एक महिलाले यसलाई अति उदारवादको संज्ञा दिइन् र यसले कसरी अमेरिका खस्कँदै गइरहेको छ भन्ने देखाएको बताइन् । उनले भनिन्, 'महिलालाई आफ्ना स्तन सार्वजनिक रूपमै देखाउन भन्नु उनीहरूलाई होच्याउनु हो ।'मेरिल्यान्डका २८ वर्षे युवती लिन्ड्से हलले चाहिँ यो प्रदर्शनले आफूलाई स्तब्ध नतुल्याएको बताउँदै थपिन्, 'कुरा के हो भने हामी न्युयोर्कमा छौँ । महिलाको दृष्टिले हेर्दा म उनीहरूसँग सहमत हुन्नँ । शिष्टतापूर्वक गर्न सकिने काम पनि त छन् नि !''म हुँ हरेक नारी' लेखिएका ध्वजा फहराउँदै र स्पिकरबाट गाउँदै, अनि 'स्वतन्त्र छाडिदेऊ तिम्रा स्तनहरू, स्वतन्त्र छाडिदेऊ तिम्रो दिमाग' भन्दै स्तन नांगै छाडेका महिला र तिनका अति नै उत्साहित पुरुष समर्थकहरू सेन्ट्रल पार्क साउथमा कुदिरहेका थिए ।'हाम्रो केवल एक माग छ- पार्कमा पुरुषले झैं महिलाले पनि स्वतन्त्रता पाउनुपर्छ भन्ने माग,' कोलम्बस सर्कलमा र्‍यालीलाई सम्बोधन गर्दै मोन्टि्रयल निवासी ५४ वर्षे आयोजक सिल्वी चेबोटले भनिन् । र्‍यालीका वेला मोटरवालाहरूले हर्न बजाएर उनीहरूको समर्थन गरे भने पर्यटकले गुडिरहेको बसबाटै तस्बिर खिचे । पार्कमा घोडचढी गराउने न्युजर्सीकी ४९ वर्षे क्यारोलिन मेयरुगेन भने आश्चर्यचकित भएकी छिन् । भन्छिन्, 'म चकित छु । यिनी स्तन खुलै राख्न चाहन्छन् भने राखून् । म त कुनै पनि हालतमा स्तन नांगै राख्न सक्तिनँ ।' कयौं दर्शकले प्रहरीलाई उजुर त गरे, तर प्रहरीसँग हस्तक्षेप गर्ने ताकत भने थिएन ।र्‍यालीमा सम्बोधन गर्नेमध्ये १९९२ मा यस मुद्दाकी वादीसमेत रहेकी रोसेस्टरकी रामोना सान्तोरेल्ली पनि थिइन् । उनले भनिन्, 'स्तन नांगै राख्ने विषय मात्रै होइन, यो त नारीदेहका अंगहरूलाई सामान्य बनाउने प्रश्न पनि हो ।'अमेरिकामा महिलाले उपल्लो शरीर नांगै राख्न वैधता प्राप्त राज्य न्युयोर्क मात्रै हो । १९९२ मा उच्च अदालतले आदेश जारी गरेपछि कुनै पनि महिला कुनै पनि समयमा सहरभरि सर्ट नलगाई हिँड्न सक्छन् । फोएनिक्स फिलेका नामले मसहुर कलाकार जिल कोकारोले डेलान्के स्टि्रटमा न्युयोर्कको कानुनको परीक्षण गर्न स्तन नांगै पारेर हिँड्दा प्रहरीले पक्राउ गरेको थियो । उनले १९९२ को अदालती आदेश सम्झाउँदा सम्झाउँदै पनि उनलाई १२ घन्टा नियन्त्रणमा लिइएको थियो । उनले त्यसविरुद्ध अदालतमा जाहेरी दिएपछि उनलाई २९ हजार डलर दिलाइएको थियो ।यस अर्धनग्न दिवसका आयोजकहरूले नांगो हुन पाउने कानुन बनाउन कंग्रेससमक्ष माग गर्न हस्ताक्षर संकलनसमेत गरेका छन् । यो हस्ताक्षर अर्को वर्षको अर्धनग्न दिवसमा बुझाइने योजना छ । धेरैजना अर्धनग्न मानिसको जुलुस देख्ता चकित भएका थिए, तर केहीले भने यसलाई खराब भनेका छन् ।

सभासदलाई कुटेको भन्दै माइक्रोबसमा आगजनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १० मधेशी जनअधिकार फोरमका सभासद मोहम्मद इस्तियाक राईलाई नेपालगन्जको गणेशपुरमा कुटपिट गरेको भन्दै फोरमका कार्यकर्ताले त्रिभुवन चोकमा माइक्रोबस जलाएका छन्। होटल व्यवासायी र स्थानीय बासिन्दाबीच नेपालगन्जको धम्बोजी चोकमा चक्काजाम भइरहेका बेला सभासद राई गणेशपुरबाट त्रिभुवन चोक जाँदै थिए। त्यही बेला उनलाई आन्दोलनकारीले पिटेको सभासद राईले बताएका छन्। राईलाई कुटेको भन्दै फोरमका कार्यकर्ताले रा १ झ ३७० नम्बरको माइक्रोबस त्रिभुवन चोकमा आगजनी गरेका थिए। कार्यकर्ताको प्रदर्शन पछि सभासद राई भने घुम्नका लागि भारतीय बजार रुपैडिया गएको फोरमकाम कार्यकर्ताहरुले जानकारी दिएका छन्।

संघीय महिला मञ्च उपत्यका तदर्थ समिति गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं / डी बी आङ्बुङ
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको जनवर्गीय सङ्गठन संघीय महिला मञ्च उपत्यका तदर्थसमितिको गठन शान्ता रार्इको संयोजकत्वमा गरिएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष मण्डल सदस्य र डी के बुद्धिष्ट र विष्णु तुम्बाहाम्फेको विशेष आतिथ्यमा गठित उक्त समितिमा उपत्यकाका तीनैवटा जिल्ला र बढीभन्दा बढी आदिवासी जनजाति महिलाहरूलाई समेट्न कोसिस गरिएको जनाइएको छ । आदिवासी महिलाहरू सामाजिक संस्थामा मात्र लागेर नहुने र राजनीतिमा लाग्दा पनि आदिवासीको सवालमा अनुदार पार्टीमा लाग्दा कुनै अर्थ नहुने भएकोले यो सङ्गठनमा महिलाहरू सङ्गठित भएको कुरा संयोजक शान्ता रार्इले बताउनु भयो । संघीय महिला मञ्च उपत्यका तदर्थ समितिका पदाथिकारीहरूमा संयोजक : शान्ता रार्इ, सहसंयोजकः सोममाया तामाङ, सचिवः कल्पना हायू, सहसचिवः प्रवीन पन्दाक र सदस्यहरूमा नम्रता सम्बाहाङफे, डिमु पुलामी, निसुम आङबुङ, पेमा तामाङ, निशा श्रेष्ठ, नरमाया सम्बाहाङफे, गीता चौधरी, नारायणी चौधरी, मुना तामाङ, मनकुमारी तामाङ, लक्की शेर्पा, मिङमा शेर्पा, दिलकुमारी रार्इ, शोभा रार्इ र सेमिमा लिम्बू रहेका छन् । संघीय महिला मञ्चको विशेष भेला यही भाद्र ३० र ३१ मा काठमाडौंमा हुने जसमा लिम्बुवान, खम्बुवान, तामाङसालीङ र थरुहट लगायतका आदिवासी जनजाति महिलाहरूको उपस्थिति हुने र विशेष महत्वपूर्ण निर्णयहरू गरी अघि बढ्ने कुरा संघीय मञ्चका अध्यक्ष मण्डल सदस्य तथा महिला मञ्चका अध्यक्ष विष्णु तुम्बाहाम्फेले बताउनु भयो । साथै, यही उपत्यका समितिको पहलमा सबै राज्य परिषद्स्तरीय महिलाको उपत्यका सर्म्पर्क समिति र उपत्यकाका तीनैवटा जिल्लामा जिल्ला कार्य समितिको समेत गठन गरिने योजना रहेको जनाइएको छ । स्मरणीय रहोस्, संघीय लिम्बुवान महिला परिषद् र थरुहट महिला परिषद्को गठन पहिलै भइसकेको छ ।

उपराष्ट्रपतिलाई नेपालीमा सपथ नलिन जनजातिको दबाब

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १० उपराष्ट्रपति परमानन्द झालाई नेपालमा बोलिने विभिन्न ९१ भाषाभाषीको तर्फबाट नेपाली भाषामा सपथ नलिन अनुरोध गर्दै पत्र बुझाइने भएको छ। जनजाति महासंघको नेतृत्वमा 'भाषिक अधिकार संयुक्त संघर्ष समिति' को तर्फबाट ज्ञापन पत्र बुझाउन लागिएको हो। जनजाति महासंघका अध्यक्ष तथा नेकपा एमालेका तर्फबाट मन्त्रिपरिषद्‌बाट सभासद भएका पासाङ शेर्पा, नेवा मंका खलका अध्यक्ष पद्मरत्न तुलाधर, सीताराम तामाङ, एनेकपा माओवादीका सभासद् सुरेश आलेमगर, गोपाल ठाकुर सहितका १८/२० जना भाषिक आन्दोलनकर्मीहरुले उप राष्ट्रपतिसँगै राष्ट्रपति रामवरण यादवलाई पनि बुधबारै ज्ञापन पत्र बुझाउँदै छन्।सर्वोच्च अदालतले उपराष्ट्रपति झाले ७ दिनभित्र नेपाली भाषामा शपथ नलिए उनको पदीय जिम्मेवारी स्वतः निष्क्रिय हुने फैसला गत आइतबार गरेको थियो।मधेसवादी दलहरुले भने सर्वोच्चको निर्णयमा असहमति जनाउँदै पुनः शपथ लिननपर्ने निर्णय गरेका छन्। मंगलबार तराई मधेस लोकतान्त्रिक पार्टीको संसदीय दलको कार्यालयमा बसेको ती दलहरुको बैठकले यस्तो निर्णय गरेका हुन्। उनीहरुले राष्ट्रपति र उपराष्ट्रपतिले पनि मातृभाषामा सपथ लिन पाउने गरी संविधान संशोधनको निर्णय तुरुन्त कार्यावन्यन गर्नुपर्नेमा जोड दिएका छन्।प्रधानमन्त्री माधवकुमार नेपालको अनुरोधपछि मधेशबादी सत्तारुढ दलहरु सपथ प्रकरणका बारेमा समान धारणा बनाउन मंगलबार दिउसो छलफल गरेका थिए।प्रधानमन्त्री नेपालले मंगलबार बिहान तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरलाई बालुवाटारमा भेटेर सपथ प्रकरणको सकारात्मक अन्त्यका लागि अनुरोध गरेका थिए।ठाकुर निकट स्रोतका अनुसार प्रधानमन्त्रीले भविष्यमा संविधान संशोधन गरेर भए पनि आफ्नै मातृ भाषामा सपथ लिन व्यवस्था गरिने तर यसपटक उप राष्ट्रपति परमानन्द झालाई नेपालीमा नै सपथ लिने व्यवस्था गरिदिन ठाकुरलाई अनुरोध गरेका थिए।प्रधानमन्त्रीको अनुरोधका विषयमा छलफल गर्न मधेशीदलहरु मधेशी जनाधिकार फोरम, फोरम लोकतान्त्रिक, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्‌भावना पार्टी र नेपाल सदभावना पार्टी आनन्दीदेवीका नेतृ सरिता गिरी समूहबीच मंगलबार अपराह्न छलफल भएको थियो।यसअगाडि फोरम लोकतान्त्रिकका नेताले नेपालीमा नै सपथ लिनुपर्ने अदालतको निर्णयलाई सम्मान गर्नुपर्ने बताउँदै आएको थियो भने तमलोपा र सद्‌भावनाले हिन्दीको सपथलाइ नै मान्यता दिनुपर्ने अडान व्यक्त गर्दै आएका थिए। म‌ंगलबारको छलफलमा भने सबै मधेसवादी दलहरुको एउटै निर्णय भएको फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामेश्वर राय यादवले बताए।

शपथ प्रकरणमा मुछिएका उपराष्ट्रपतिलाई राजीनामा दिन सुझाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बुटवल , भदौ १० - एकीकृत माओबादीका अध्यक्ष पुष्पकमल दाहालले शपथ प्रकरणमा मुछिएका उपराष्ट्रपति परमानन्द झालाई राजीनामा दिन सुझाव दिएका छन् । बुधबार बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले भाषा विबाद निकै गम्भीर भएको भन्दै बिबाद मुक्त हुन उपराष्ट्रपतिलाई राजीनामा दिन आग्रह गरे ।उनले भने,'मैले राजिनामा दिएर देखाएको छु । उहांले पनि त्यो गर्नुपर्छ । '
तर उनले आफ्नो पार्टीको भाषा नीति भने फरक भएको बताए । अन्तरिम संविधानमा नेपालीमै सपथ गर्नुपर्ने प्रावधान भएपनि आफ्नो पार्टी भने मातृ भाषामा सपथ लिन पाउनुपर्ने पक्षमा रहेको उनले बताए । उनले माओबादीलाई शान्ति प्रकृयाबाट धकेल्ने षड्यन्त्र भईरहेको दाबी गरे । कपिलबस्तुमा हतियारसहित माओबादी लडाकुहरु पक्राउ परेको घटनापनि षड्यन्त्रको नमुना भएको जिकिर गर्दै दाहालले यसअघि पनि आफू शिबिरका गाडी र स्कर्टिंग लिएर हिड्ने गरेको बताए । पूर्वतिर आफू क्यान्टोनमेन्टकै गाडीमा हिड्दा अनमिनले केही नभनेको दाबी गर्दै उनले कपिलबस्तु घटनामा जनसेनाले शान्ति संझौता उल्लंघन गरेको भन्ने अनमिनको प्रतिकृयाबारे भने, 'यसपटक कहां ग्याप भयो - बुझ्न बांकी छ । म बुझ्नेछु । ' उनले नागरिक सर्बोच्चता वहाल नहुंदासम्म कुनै सहमति नहुने र नयां सत्ता समिकरण पनि नबन्ने बताए । उनले माओबादी र कांग्रेसको नयां समिकरण बन्ने कुरा हल्ला मात्र भएको पनि दाबी गरे । समयमै संबिधान बन्ने कुरामा अझै पनि आफू आशाबादी भएको उनले बताए । दलहरुबीच सहमति बनेमा समयमै संबिधान बन्न संभव रहेको धारणा राख्दै उनले यसबारेमा कांग्रेस सभापति तथा एमाले अध्यक्ष पनि निकै चिन्तित र गम्भीर रहेको आफूले पाएको बताए । उनले भने ,'दुइ प्रमुख पार्टीको चिन्ता देख्दा म आशाबादी भएको छु । ' उनले सबै एक ठाउंमा हुने वाताबरण बनाउन आफू लाग्ने पनि बताए । माओबादीलाई एक्ल्याएमा ठूलो दुर्भाग्य हुने भन्दै उनले महाधिबेशनको तयारीमा लागेका आफूहरुलाई षड्यन्त्रकारीहरुले युद्धको तयारीमा लागेको भनेर दुष्प्रचार गरीरहेको दाबी गरे । प्रवासीहरुलाई आन्तरिक प्रशिक्षण दिन प्रचण्डसहित पार्टीका बरिष्ठ नेताहरु मंगलबार बुटवल आएका हुन् ।

जापानी राजनीतिमा पारिवारिक घरानाका घम्साघम्सी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजनीतिमा बाउको बिँडो थाम्ने प्रचलन नयाँ होइन । धैरै देशका राजनीतिमा परिवार हाबी छन् । अमेरिकामा बुस र केनेडी, भारतमा गान्धी, नेपालमा कोइराला आदि राजनीतिमा जमेका परिवार हुन् । जापान पनि यस मामलामा कम छैन । आउँदो ३० अगस्टमा जापानमा आमनिर्वाचन हुँदै छ । र, यस निर्वाचनमा धेरै उम्मेदवार आ-आफ्ना पुर्खा या परिवारले राजनीति गरेका क्षेत्रबाट उठेका छन् । सत्तासीन लिबरल डेमोक्रेटिक पार्टीका एकतिहाइ उम्मेदवार ती-ती क्षेत्रबाट उठ्दै छन्, जहाँ उनीहरूका परिवारले पहिले जितेका थिए । प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टी अफ जापानका भने दस प्रतिशत उम्मेदवार मात्रै परिवारले प्रभाव जमाएका क्षेत्रबाट उठेका छन् । यी दुवै पार्टीका नेता भने राजनीतिक घरानाका हुन् । चुनावी प्रचार-प्रसारमा हाल सबैभन्दा न्यानो स्वागत पाइरहेका छन्- सिन्जिरो कोइजुमी । तीस पनि नकाटेका सिन्जिरो पूर्वप्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा हुन् । उनको उम्मेदवारीले एक प्रकारको सनसनी फैलाएको छ । चुनावी प्रचारका क्रममा उनले दिएको पहिलो भाषण सुन्न सयौं मान्छे ओइरिएका थिए । भ्यानको छतबाट उनले आफ्ना मतदातालाई सम्बोधन गरेका थिए र उनको पहिलो भाषण मानिसमा राम्रै प्रभाव पार्न सफल भएको थियो । उनको निर्वाचन क्षेत्र योकोसुकामा मानिसहरू उनलाई आफ्नो पि्रय छोरोजस्तै मान्छन् । उनी सडकमा हिँडिरहेका वेलामा मध्यउमेरका महिलाहरू स्नेहले उनको हात समात्ने गर्छन् । अद्भूत र आकर्षक व्यक्तित्वका धनी पूर्वप्रधानमन्त्री जुनिचिरोको छोरो हुनु नै सिन्जिरोलाई लोकपि्रय बनाउन पर्याप्त भएको छ । रेल चढ्ने हतारोमा रहेकी एक महिलाले भनिन्, 'मलाई उनका बाबु जुनिचिरो असाध्यै मन पर्छ । र, सिन्जिरो जुनिचिरोको छोरा भएकाले उनीसँग हाम्रो धेरै अपेक्षा छ । उनले अवश्य ठुल्ठूला काम गर्नेछन् ।' किनमेल गरिरहेका एक मानिसले भने, 'म सिन्जिरोलाई मन पराउँछु । यहाँ उनका धेरै प्रशंसक छन् । उनले पक्कै जित्नेछन् ।' जापानका प्रमुख दुई दलका नेताबीच खान्दानी द्वन्द्व चलिरहेकै छ । प्रधानमन्त्री तारो यासो र विपक्षी दलका नेता युकियो हातोयामा आज मात्रै राजनीतिक प्रतिद्वन्द्वी भएका होइनन् । सन् १९५० मा यासोका प्रधानमन्त्री हजुरबालाई हातोयामाका हजुरबाले प्रतिस्थापन गरेका थिए । अचेल जापानमा राजनीतिक घरानाहरूको प्रभुत्त्वलाई लिएर बहस गरिन थालिएको छ । पारिवारिक प्रभुत्त्वका कारण शक्तिशाली भएका स्थानीय राजनीतिक शक्तिहरूले कतै अरू शक्तिलाई माथि आउनै नदिने त होइन भन्ने चिन्ता व्यक्त गरिन थालिएका छन् । तर, जति नै बलियो राजनीतिक पृष्ठभूमि भएको परिवारबाट आए पनि जापानी राजनीतिमा टिक्न भने गाह्रो छ । यसका उदाहरणका रूपमा दुई पूर्वप्रधानमन्त्री सिन्जो एबे र यासु फुकुदालाई लिने गरिन्छ । सिन्जोका हजुरबा र फुकुदाका बाबु प्रधानमन्त्री थिए । सिन्जो र फुकुदा दुवै एक वर्षभन्दा बढी टिक्न सकेका थिएनन् । उनीहरू दुवैको राजीनामालाई वंशाणुगत कमजोरीका रूपमा आलोचना गरिएको थियो । 'उनीहरूसँ पर्याप्त पैसा थियो,' मात्सुसिता इन्स्िटच्युट अफ गभर्मेन्ट एन्ड मेनेजमेन्टका उपनिर्देशक नोरिएकी सुचिया भन्छन्, 'उनीहरूका थुप्रै प्रशंसक थिए र परिवारको नाम थियो । तैपनि उनीहरूले राम्रा गर्न सकेनन् ।' मात्सुसिता इन्स्िटच्युट विद्युतीय सामग्री उत्पादन गर्ने विश्वप्रसिद्ध कम्पनी पानासोनिकका संस्थापकद्वारा स्थापना गरिएको थियो । राजनीतिमा आउन चाहने प्रतिभाशाली युवाहरूलाई प्रशिक्षित गर्नका लागि यसको स्थापना गरिएको थियो । यसको प्रमुख उद्देश्य राजनीतिमा पारिवारिक पृष्ठभूमि नभएका तर प्राचीन जापानी सद्गुणहरूले सम्पन्न नेताहरूको पुस्ता तयार गर्नु थियो । यस संस्थाका विद्यार्थीहरू केन्दो नामक मार्सल आर्ट, काठेतरबारबाजी, ध्यान आदिको अभ्यास गर्नुका साथै बहस र कार्यपत्र लेख्न पनि सिक्छन् । बिहान उनीहरू सडक बढारिरहेका हुन्छन् । समाज सेवा र सद्व्यवहारका माध्यमले उनीहरू राजनीतिमा उच्च स्थानमा पुग्न चाहन्छन् । 'तर, हाम्रा विद्यार्थी सफल हुने समय आउन भने निकै बाँकी छ,' मात्सुसिताका उपनिर्देशक नोरिएकी सुचिया भन्छन् । सिन्जिरो कोइजुमीसँग प्रतिस्पर्धामा उत्रेका छन्- एक ट्रकचालकका छोरा कात्सुहितो योकोकुमे । मानिसहरू उनीहरू दुईको प्रतिस्पर्धालाई हात्ती र कमिलाबीचको प्रतिस्पर्धा भनिरहेका छन् । तर, कात्सुहितोले हिम्मत हारेका छैनन् । उनी साइकल चढेर आफ्नो प्रचारमा निक्लिरहेका छन् ।

राष्ट्रपति समक्ष प्रधानसेनापतिमा नियुक्ति गर्न सिफारिस पठाउने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १० सरकारले छत्रमान सिह गुरुङलाई प्रधानसेनापतिमा नियुक्ति गर्न राष्ट्रपति रामवरण यादवसमक्ष सिफारिस पठाउने निर्णय गरेको छ। मन्त्रिपरिषदको बुधबारको बैठकले गुरुङलाई भदौ २४ गते देखि प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको हो।प्रधान सेनापति रुक्माङद कटवालले सोही दिनदेखि अवकास पाउँदैछन् भने नेपाली सेनाले उनको सम्मानमा भदौ १९ गते बिदाई भोजको आयोजना गरेको छ। नेपाली सेनाका सैनिक सचिव सहायक रथी विकासक्रम शाहको पदावधि तीन वर्ष थप्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ।सैनिक सचिव शाहको बुधबारदेखि पदावधि सकिदैं थियो। यसैगरी महासेनानी तेजमान सिंह बस्नेत र कृष्ण शम्शेर थापाको दुई वर्षे म्याद थप गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ।मन्त्रिपरिषदले राष्ट्रिय खेलकुद परिषदको सदस्यमा हरीबाबु चौधरीलाई मनोनित गरेको छ। लामो समयदेखि सदस्य सचिव रिक्त रहेको परिषदमा तराई मधेश लोकतान्त्रिक पार्टीका तर्फबाट चौधरीलाई नियुक्त गरिएको हो। उनलाई सदस्य सचिवमा नियुक्त गर्ने युवा तथा खेलकुद मन्त्री गणेश नेपालीले जानकारी दिएका छन्।मन्त्रिपरिषदले सरकार गठनको सय दिन पुगेको उपलक्ष्यमा सरकारले गरेका काम कारबाहीको फेहरिस्त तयार पार्ने निर्णय पनि गरेको छ। अर्को साता सरकार गठनको एक सय दिन पुग्न अगावै सबै मन्त्रीहरुले सय दिनको कामका विवरण मन्त्रिपरिषदमा पठाउने निर्णय पनि बुधबार भएको छ।मन्त्रिपरिषदले सिंहदरबार वैद्यखानाको अध्यक्षमा रामचन्द्र अधिकारीलाई नियुक्त गरेको छ। शिक्षा मन्त्री रामचन्द्र कुशवाहाको अध्यक्षमा शिक्षा सेवा आयोगमा सदस्यहरु नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय भएको छ। सो समितिमा त्रिभुवन विश्वविद्यालयका उपकूलपति र शिक्षा सचिव सदस्य रहने छन।मन्त्रिपरिषद् बैठकले विज्ञान तथा प्रविधि मन्त्रालयको सल्लाहकारमा डा. केदारचन्द्र शर्मालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेलका अनुसार बैठकमा बाढी पहिरोबाट विस्थापित भएकाहरुका लागि पुनर्स्थापना गर्न सम्बन्धित मन्त्रालयहरुबाट कार्ययोजना बनाउन पनि आग्रह गर्ने निर्णय भएको छ।मन्त्रिपरिषदको बैठकले उपराष्ट्रपतिको सपथ ग्रहणबारे निकास खोजिने बताइएको भए पनि यसबारे कुनै छलफल नभएको मन्त्री पोखरेलले बताए।

माओवादी केन्द्रीय नेताका व्यवहारविरुद्ध करिब दुई सय उजुरी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १० - माओवादी केन्द्रीय नेताका व्यवहारविरुद्ध करिब दुई सय उजुरी परेका छन् । उनीहरूविरुद्ध उजुरी दिने म्याद अब पाँच दिन बाँकी छ । उपाध्यक्ष मोहन वैद्यको संयोजकत्वमा छानबिन आयोगले एक सय ३८ केन्द्रीय सदस्य र भ्रातृ संगठनका अध्यक्षहरूबारे कुनै गुनासा भए भदौ १५ गतेभित्र केन्द्रीय कार्यालयमा पेस गर्न आग्रह गरेको थियो । स्रोतका अनुसार अधिकांश उजुरी नेताको व्यवहार, पारिवारिक अवस्था, नातावाद, आर्थिक कार्यमा संलग्नता, पार्टी शक्तिको दुरुपयोगलगायत विषयमा छन् । उजुरी आउनेक्रम जारी रहेको आयोगका एक सदस्यले जानकारी दिए । उजुरी दिने अधिकांश माओवादी कार्यकर्ता छन् भने केही सर्वसाधारणले पनि गुनासोसहितका उजुरी दिएका छन् । अध्यक्ष पुष्पकमल दाहाललगायत वरिष्ठ नेताविरुद्ध पनि आयोगमा उजुरी परेको स्रोतको दाबी छ । पार्टीले जारी गरेको १५ बुँदे आचारसंहिताका आधारमा आयोगले छानबिन गर्ने भए पनि उसले छुट्टै कार्यविधि बनाई भदौ १५ पछि तीव्र रूपमा छानबिन गर्ने स्रोतले जनाएको छ । 'प्राप्त उजुरीका आधारमा छानबिन हुनेछ,' एक नेताले भने, 'कति तथ्यमा आधारित सूचना छ, त्यसलाई पनि छानबिनमा ध्यान दिइने छ ।' आयोगमा उपाध्यक्ष वैद्यका साथै स्थायी समिति सदस्य नेत्रविक्रम चन्द, पोलिटब्युरो सदस्य पम्फा भुसाल, हितराज पाण्डे, शक्तिबहादुर बस्नेत र केन्द्रीय सदस्य कृष्णदेवसिंह दनुवारका साथै कानुन व्यवसायी रामनारायण बिडारी सदस्य छन् । 'आयोगले काम थालिसकेको छ,' आयोगका सदस्य एवं पोलिटब्युरो सदस्य शक्तिबहादुर बस्नेतले कान्तिपुरसँग भने, 'उजुरी दिने म्याद अझै केही दिन बाँकी छ, त्यसपछि छानबिन प्रतिवेदनको काम अघि बढ्छ ।' आयोगले तीन महिनाभित्र केन्द्रीय नेताहरू तथा भ्रातृ संगठनका अध्यक्षहरूको आर्थिक आचरण, जीवनशैलीबारे छानबिन गरी प्रतिवेदन पार्टी हेडक्वाटरलाई पेस गर्नेछ । केही नेता तथा कार्यकर्ताले पार्टीशक्तिको आडमा सम्पत्ति आर्जन गरेको व्यापक गुनासो आएपछि साउन दोस्रो साता सम्पन्न केन्द्रीय समितिको बैठकले आयोग बनाएको थियो । पहिलो चरणमा केन्द्रीय नेता र भ्रातृ संगठनका अध्यक्षबाट छानबिन प्रक्रिया सुरु गर्ने निर्णय गर्ने छ । केन्द्रबाट सुरु गरी स्थानीय तहसम्म पार्टीको 'सुदृढीकरण र शुद्धीकरण' अभियानलाई तीव्र पार्न माओवादीले आयोग बनाएको थियो । माओवादी नेताहरू पार्टी सरकारमा गएपछि व्यक्तिगत रूपमा ठेक्कापट्टामा संलग्न भएको, शक्तिको भरमा आर्थिक लाभ लिएको, नेता र नातेदारले महँगो जीवनशैली अपनाएको, छोराछोरी महँगा स्कुलमा पढाएको गुनासो कार्यकर्ता माझ व्यापक हुन थालेपछि माओवादीले १५ बुँदे आचारसंहिता जारी गरेको थियो । त्यसलगत्तै छानबिन आयोग बनाएको थियो ।

Aug 25, 2009

मन्त्रीलाई घेराउ गर्न अरू मन्त्री गएर नयाँ रेकर्ड बनाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
८ भदौ मन्त्रीलाई घेरेर ज्ञापनपत्र दिनु त कुन ठूलो कुरो भयो र ? तर, एउटा मन्त्रीलाई घेराउ गर्न अरू मन्त्री गएर नयाँ रेकर्ड बनाएका छन् ।सरकारले शिक्षाक्षेत्रमा दलितमाथि भेदभाव र अन्याय गरेको भन्दै दलितहरूको प्रतिनिधिमण्डलले सोमबार शिक्षामन्त्री रामचन्द्र कुसवाहलाई उनकै कार्यकक्षमा घेराउ गर्‍यो । घेराउ गर्नेमा मन्त्री थिए, एकजना होइन, दुईजना ।दलितमाथिको भेदभाव अन्त गर्न माग गर्दै शिक्षामन्त्रीकहाँ जानेमा थिए, सामान्य प्रशासन राज्यमन्त्री जितु गौतम र स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्याल ।उनीहरूका साथमा थिए सभासद्हरू छविलाल विश्वकर्मा, शम्भु हजारा, शान्तिदेवी चमार, विमला नेपाली, विष्णु विश्वकर्मालगायत सत्तारुढ दल एमाले र कांग्रेसकै करिब ४० जना नेता तथा कार्यकर्ता ।प्रतिनिधिमण्डल आउने त मन्त्रीलाई पहिले नै थाहा थियो । तर, दुईजना मन्त्रीसहितको जम्बो टोली देखेर मन्त्री कुसवाह धेरैबेर वक्क न वक्क भए । सामान्य प्रशासन राज्यमन्त्री गौतम र स्वास्थ्य राज्यमन्त्री बस्यालले राज्यले दलितमाथि किन अन्याय गरिरहेको छ भनेर मन्त्री कुसवाहसँग प्रश्न गरेका थिए । उनले आफू पनि दलित र जनजातिले हकअधिकार पाउनुपर्छ भन्ने मान्यतामा रहेको जवाफ दिए ।मन्त्री तथा सभासद्ले शिक्षामन्त्री कुसवाहलाई विभिन्न मागसहितको ज्ञापनपत्रसमेत बुझाए । ज्ञापनपत्रमा शिक्षा मन्त्रालयले देशभरका विद्यालयमा हालसम्म ३६ हजार राहत दरबन्दी शिक्षक कोटा वितरण गरेकोमा एकजना पनि दलित नपरेको भन्दै आपत्ति व्यक्त गरिएको छ । ज्ञापनपत्रमा आगामी वर्ष वितरण गर्न लागिएको १२ हजार शिक्षक राहत कोटामा यथोचित मात्रामा दलित कोटा छुट्याउन पनि माग गरिएको छ ।यसैगरी टोलीले सरकारद्वारा वितरण गरिने एमबिबिएस कोटामा १५ प्रतिशत दलितका लागि छुट्याउन शिक्षामन्त्रीसँग आग्रह गरेको छ । विगतमा दलितका लागि छुट्याएको १५ प्रतिशत कोटा घटाएर नौमा झारिएको भन्दै टोलीले मन्त्रीसँग आपत्ति व्यक्त गरेको थियो । यसैगरी मन्त्री सम्मिलित टोलीले सरकारले शिक्षकका लागि अनिवार्य बनाएको लाइसेन्स पनि हाललाई दलितको हकमा अनिवार्य नगर्न शिक्षामन्त्रीसँग आग्रह गरे ।

राष्ट्रपतिले उपराष्ट्रपतिलाई नेपालीमा शपथ लिन सुझाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ९ राष्ट्रपति रामवरण यादवले उप राष्ट्रपति परमानन्द झालाई नेपालीमा शपथ लिन सुझाव दिएका छन्। सपथ विवाद बढ्दै गएपछि उपराष्ट्रपति झा राष्ट्रपतिसँग सल्लाह गर्न मंगलबार राष्ट्रपति भवन पुगेका थिए। मंगलबार अपरान्ह चार बजे राष्ट्रपति कार्यालय पुगेका उपराष्ट्रपति झालाई राष्ट्रपति यादवले सर्वोच्च अदालतको आदेशको सम्मान गर्न उपयुक्त हुने आफ्नो धारणा रहेको बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए।राष्ट्रपति र उपराष्ट्रपतिबीच आधा घण्टा छलफल भएको थियो। सपथ प्रकरणका विषयमा प्रधानमन्त्री माधवकुमार नेपालले पनि राष्ट्रपति यादवसँग छलफल गरेका छन्। उता मधेशवादी दलहरुको सं‌युक्त बैठकले उपराष्ट्रपति झाले हिन्दीमा सपथ लिनुपर्ने सर्वोच्चको पुनः आदेशलाई फेरि अस्विकार गरेका छन्। प्रधानमन्त्री माधवकुमार नेपालको अनुरोधपछि मधेशबादी सत्तारुढ दलहरु सपथ प्रकरणका बारेमा समान धारणा बनाउन मंगलबार दिउसो छलफल गरेका थिए। छलफलले संविधान स‌शोधन गरेर मातृभाषा सपथ लिन पाउनुपर्ने मन्त्रिपरिषदको निर्णयलाई तुरुन्त कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामेश्वर राय यादवले जानकारी दिए। प्रधानमन्त्री नेपालले मंगलबार बिहान तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरलाई बालुवाटारमा भेटेर सपथ प्रकरणको सकारात्मक अन्त्यका लागि अनुरोध गरेका थिए। ठाकुर निकट स्रोतका अनुसार प्रधानमन्त्रीले भविष्यमा संविधान संशोधन गरेर भए पनि आफ्नै मातृ भाषामा सपथ लिन व्यवस्था गरिने तर यसपटक उप राष्ट्रपति परमानन्द झालाई नेपालीमा नै सपथ लिने व्यवस्था गरिदिन ठाकुरलाई अनुरोध गरेका थिए।प्रधानमन्त्रीको अनुरोधका विषयमा छलफल गर्न मधेशीदलहरु मधेशी जनाधिकार फोरम, फोरम लोकतान्त्रिक, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्‌भावना पार्टी र नेपाल सदभावना पार्टी आनन्दीदेवीका नेतृ सरीता गिरी समूहबीच मंगलबार अपरान्ह छलफल भएको थियो।यसअगाडि फोरम लोकतान्त्रिकका नेताले नेपालीमा नै सपथ लिनुपर्ने अदालतको निर्णयलाई सम्मान गर्नुपर्ने बताउँदै आएको छ भने तमलोपा र सद्‌भावनाले हिन्दीको सपथलाइ नै मान्यता दिनुपर्ने अडान व्यक्त गर्दै आएका थिए।विपक्षी मधेशी जनअधिकार फोरमले भने नेपालीमा सपथ लिनुको साटो पदबाट राजिनामा दिन उप राष्ट्रपतिलाई अनुरोध गरिसकेको छ।सर्वोच्च अदालतले उप राष्ट्रपति झाले आगामी आइतबारसम्म नेपालीमा सपथ नलिए उनको पद रिक्त हुने फैसला गरेको छ।

माओवादी गाउबाट आन्दोलन गर्ने तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रोल्पा, भदौ ९ - नागरिक सर्वोच्चताका पक्ष र राष्ट्रपतिको कदमका विरुद्धमा गाउ गाउबाट आन्दोलन गर्ने तयारी गर्न एकीकृत नेकपा माओवादीका रोल्पा र प्युठान जिल्लाका कार्यकर्ताहरुको दुइ दिने क्षेत्रीय प्रशिक्षण मंगलबारबाट रोल्पामा सुरु भएको छ । जनतालाई सहभागी गर्राई गरिने आन्दोलन सुरुमा शान्तिपूर्ण हुने माओवादीले जनाएको छ । मगरात राज्य समितिको आयोजनामा जिल्लाको माडीचौरमा सुरुभएको प्रशिक्षणमा केन्द्रीय स्तरका चार जना नेताले कार्यकर्ता प्रशिक्षण दिनेछन् । मगरात राज्य समिति सदस्य एवं पूर्व जिल्ला सचिव सुरेन्द्र घर्ती थापामगरका अनुसार दुइ जिल्लाका करिब ८ सय कार्यकर्ताको सहभागिता रहेको छ । सडक र सदनबाट आन्दोलन गर्न तयारीका लागि यो प्रशिक्षण केन्द्रित गरिने छ , उनले भने । स्रोतका अनुसार जनयुद्धपछि सरकारमा पुगेको माओवादीले कार्यकर्ताको भावना अनुसार कार्य नगरेको गुनासो आइरहेको बेला जिल्ला जिल्लामा कार्यकर्तालाई प्रशिक्षण गरिने पार्टी हेडक्वाटरको नीति अनुसार यस्तो प्रशिक्षण थालिएको हो । जनयुद्ध सुरु भएको जिल्लामा कार्यकर्ताहरुले पार्टीको बदलिएको कार्यनीति र कार्यदिशाबारे जानकारी नपाएकाले जिल्ला स्तरका नेतालाई पार्टीको नया कार्ययोजनाबारेमा जानकारी दिने माओवादीको कार्यक्रम छ । एक केन्द्रीय नेताले इ-कान्तिपुरसग भने । प्रशिक्षण दिन पोलिटव्यूरो सदस्य तथा मगरात राज्य समितिका संयोजक हेमन्तप्रकाश वली , केन्द्रीय सदस्यहरु सन्तोष बुढा, दिपेन्द्र पुन र जोखबहादृर महरा आएका छन् । माडीचौरको खुला चौरमा पाल टागेर थालिएको प्रशिक्षणमा केन्द्रीय समितिले हालसालै गरेका निर्णय बारेमा तल्ला तहका कार्यकर्तालाई जानकारी गराउने कार्यक्रम पनि छ । केन्द्रीय समितिले बनाएका आचारसंहिताको पूर्ण रुपमा पालनाका बारेमा गाउस्तरसम्म छलफल गरिने माओवादी जिल्ला सहइन्चार्ज राजकुमार कक्षपतिले बताए । क्रान्ति पूरा नभएकाले गन्तव्यमा पुर्‍याउन यो प्रशिक्षण सावित हुनेछ , उनले भने ।

माओवादी आचारसंहिता अलपत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ९- एक महिना बितिसक्दा पनि एकीकृत माओवादीले आचारसंहिता कार्यान्वयनको कुनै सुरसार गरेको छैन। गत महिना पहिलो साता सम्पन्न माओवादी बैठकले केन्द्रीय नेताका लागि १५ बूँदे आचारसंहिता जारी गरेको थियो। त्यसको अनुगमन केन्द्रीय पदाधिकारीबाटै गर्ने उल्लेख छ।कार्यकर्ताले यसअघि पनि नेतृत्वले यस्ता वाचा गरेको तर पालना नगरेको भन्दै कार्यकर्ताका आँखामा छारो हाल्न मात्र खोजिएको प्रतिक्रिया दिएका छन् । आचारसंहिताको अन्तिम बूँदामा केन्द्रीय सदस्यले महिनामा एक दिन र केन्द्रीय पदाधिकारीले दुई महिनामा एक दिन शारीरिक श्रम गर्नुपर्ने छ ।'के गर्ने, कसरी कार्यान्वयन गर्ने भन्ने टुंगो लागेको छैन,' सचिव पोष्टबहादुर बोगटीले नागरिकसित भने, 'सम्बन्धित ठाउँकै कमिटीले त्यसको तय गर्ने हो ।'आचारसंहितामा शारीरिक श्रम भने पनि कस्ता काम भन्ने स्पष्ट पारिएको छैन। पार्टीको आन्तरिक कार्यक्रम र प्रशिक्षणका कारण अलमल भएको बोगटीले जिकिर गरे। एकै महिनामा लागू हुन त गार्‍हो भए पनि कार्यान्वयन हुने उनले बताए।'जान्या काम गर्ने हो,' बोगटीले भने, 'त्यो कोदालो खन्ने, गारो लाउने, कार्पेन्टर, ढुंगा माटो बोक्ने जे पनि हुन सक्छ।' यसलाई कार्यान्वयन गर्न सजिलो नभएको सचिव बोगटीले स्वीकारे। 'फुर्सद र वातावरण दुवै मिलाउनु पर्‍यो । गार्‍हो त गार्‍है छ,' उनले भने।आचारसंहिताअनुसार अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष्यत्रय मोहन बैद्य, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा र सचिवद्वय चन्द्रप्रकाश गजुरेल र पोष्टबहादुर बोगटीले दुई महिनामा एक दिन शारीरिक श्रममा गर्नुपर्नेछ। माओवादी केन्द्रीय समितिका बाँकी १ सय ३० जनाले महिनामा एक दिन शारीरिक श्रममा भाग लिनुपर्नेछ। त्यो जनसेवा र सामूहिक श्रम हुने बोगटीले बताए।मोटाउँदै गएका नेताले गर्ने कस्तो खालको शारीरिक श्रम गर्लान् ? नेताहरु आफै विश्वस्त छैनन्। एक कार्यकर्ताले भने, 'पहिलो कुरा त लागू नै हुन्न, भयो भने पनि काम गरेको देखाउने मात्र हो। सामन्तको भन्दा ठूला भूँडीवाल नेताले कस्तो शारीरिक श्रम गर्लान् ?'

सपथ प्रकरणबारे मधेशी दलहरुले छलफल गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ९ प्रधानमन्त्री माधवकुमार नेपालको अनुरोधपछि मधेशबादी सत्तारुढ दलहरु सपथ प्रकरणका बारेमा समान धारणा बनाउन मंगलबार दिउसो छलफल गर्दैछन्। प्रधानमन्त्री नेपालले मंगलबार बिहान तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरलाई बालुवाटारमा भेटेर सपथ प्रकरणको सकारात्मक अन्त्य गरिदिन अनुरोध गरेका थिए। ठाकुर निकट स्रोतका अनुसार प्रधानमन्त्रीले भविष्यमा संविधान संशोधन गरेर भए पनि आफ्नै मातृ भाषामा सपथ लिन व्यवस्था गरिने तर यसपटक उप राष्ट्रपति परमानन्द झालाई नेपालीमा नै सपथ लिने व्यवस्था गरिदिन ठाकुरलाई अनुरोध गरेका थिए।प्रधानमन्त्रीको अनुरोधका विषयमा छलफल गर्न मधेशीदलहरु मधेशी जनाधिकार फोरम लोकतान्त्रिक, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्‌भावना पार्टीबीच मंगलबार अपरान्ह छलफल हुन लागेको हो।फोरम लोकतान्त्रिकका नेताले नेपालीमा नै सपथ लिनुपर्ने अदालतको निर्णयलाई सम्मान गर्नुपर्ने बताउँदै आएको छ भने तमलोपा र सद्‌भावनाले हिन्दीको सपथलाइ नै मान्यता दिनुपर्ने अडान व्यक्त गर्दै आएका छन्।विपक्षी मधेशी जनअधिकार फोरमले भने नेपालीमा सपथ लिनुको साटो पदबाट राजिनामा दिन उप राष्ट्रपतिलाई अनुरोध गरिसकेको छ।सर्वोच्च अदालतले उप राष्ट्रपति झाले आगामी आइतबारसम्म नेपालीमा सपथ नलिए उनको पद रिक्त हुने फैसला गरेको छ।

टोयटाले चीनमा निर्मित ६ लाख ९० हजार कार फिर्ता ल्याउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्वको ठूलो कार उत्पादक टोयटा कम्पनीले चीनमा निर्मित ६ लाख ९० हजार कार फिर्ता मागेको छ । कारको झ्यालका विद्युतीय स्विचमा समस्या देखिएपछि कम्पनीले ठूलो मात्रामा कार फिर्ता बोलाएको हो ।चीनका दुई संयुक्त लगानी उत्पादन केन्द्र ग्वाङजोउ अटो र तियान्जिन एफएडब्लुबाट उत्पादन कोरोला, क्याम्री, भिओस र यारिस मोडलका कार फिर्ता गर्ने निर्णय चीनमा टोयटाले गरेको सबैभन्दा ठूलो निर्णय हो । आफ्ना उत्पादनबाट कुनै प्रकारको जोखिम नभए पनि सम्भावित जाखिमबाट बचाउन समस्या देखिएकाले कार फिर्ता ल्याउने निर्णय गरेको कम्पनीले जनाएको छ ।फिर्ता ल्याउने निर्णर्य गरिएका कारको संख्या ठूलो छ, तर समस्याको प्रकृति सामान्य भएको हुँदा टोयटाका लागि खासै ठूलो समस्या होइन, यद्यपि अत्पकालीन असर पर्न सक्छ', विश्लेषक हुआङ झेरुइले भने ।कम्पनीले ग्वाङजोउमा १५ मे देखि ३१ डिसेम्बरसम्म उत्पादित ३ लाख ८४ हजार ७ सय ३६ क्याम्री तथा २२ हजार ७ सय ६७ यारिस कार फिर्ता गर्ने भएको हो । यसैगरी एफएडब्लुद्वारा उत्पादित २ लाख ४५ हजार २ सय ८८ कोरोला र ३५ हजार ५ सय २३ भियोस कार फिर्ता गरिने सूचीमा छन् ।गत महिना जापानकै अर्का कार उत्पादक होन्डाले एयर ब्यागमा समस्या देखिएका ४ लाख ४० हजार अमेरिकी कार फिर्ता ल्याएको थियो ।

व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) वितरण सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आन्तरिक राजस्व कार्यालयले सोमबारदेखि विद्युतीय प्रणालीमा आधारित व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) वितरण सुरु गरेको छ ।सोमबार अर्थमन्त्री सुरेन्द्र पाण्डेले राष्ट्रपति डा. रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री माधवकुमार नेपाल तथा मन्त्रीहरूलाई स्थायी लेखा नम्बर उल्लेख भएको परिचयपत्र वितरण गरे । सोमबार नै अर्थमन्त्री पाण्डेले पनि प्रधानमन्त्रीको हातबाट आफ्नो नम्बरको परिचयपत्र लिए ।विभागले वितरण गरेको परिचयपत्रमा राष्ट्रपति डा. रामवरण यादवको स्थायी लेखा नम्बर १०००००००१ रहेको छ । उपराष्ट्रपति परमानन्द झाको स्थायी लेखा कार्ड नम्बर १०००००००२ हो भने प्रधानमन्त्री माधवकुमार नेपालको स्थायी लेखा नम्बर १०००००००३ तथा अर्थमन्त्री सुरेन्द्र पाण्डेको स्थायी लेखा नम्बर १०००००००४ रहेको छ । लेखा कार्डमा कर अधिकृत मदन दाहालले हस्ताक्षर गरेका छन् । कार्ड नम्बरमा करदाताको जन्ममिति, स्थायी ठेगाना उल्लेख गरिए पनि करदाता राष्ट्रप्रमुख, सरकारप्रमुख, मन्त्री, सरकारी कर्मचारी, डाक्टर, प्राध्यापक, व्यापारी वा अन्य विषयबारे भने खुलाइएको छैन । सरकारले चालू आर्थिक बर्षको बजेट वक्तव्यमा आयआर्जन गर्ने सबै व्यक्तिले स्थायी लेखा नम्बर लिने घोषणा गरेको थियो । 'अहिले बजेटमा घोषणा गरेअनुसार नै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीहरूलाई व्यक्तिगत स्थायी लेखा नम्बर वितरण सुरु गरिएको हो,' अर्थमन्त्री सुरेन्द्र पाण्डेले भने । उनले अब छिट्टै प्रधानन्यायाधीश, न्यायाधीश, सभामुख, संवैधानिक अंगका प्रमुख, सांसदलगायत पदाधिकारीलाई स्थायी लेखा नम्बर वितरण गर्ने जानकारी दिए ।व्यक्तिगत स्थायी लेखा नम्बर लिएपछि प्रत्येक व्यक्तिले तिरको कर हेर्न सकिनेछ । सरकारले बजेटमा वाषिर्क १५ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्ने र्फम तथा व्यक्तिगत रुपमा वाषिर्क एक लाख ५० हजार रुपैयाँ तथा दम्पतीका हकमा २ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने व्यक्तिले कर तिर्नुपर्ने उल्लेख गरेको छ ।आय आर्जन गर्ने प्रत्येकले व्यक्तिगत स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था कर कार्यालयले गरेको छ । त्यसका अलावा सरकारी, अर्धसरकारी तथा कम्पनी, संघसंस्थालाई घर बहालमा दिने घरधनी र १० लाख रुपैयाँभन्दा बढीको सेयर खरिद-बिक्री गर्ने व्यक्तिले अनिवार्य रुपले व्यक्तिगत स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था गरेको छ ।
त्यसैगरी डाक्टर, इन्जिनियर, लेखा परीक्षक, कानुन व्यवसायी, व्यक्तिगत परामर्शदाता, कलाकार, बिमा अभिकर्ता, कमिसन एजेन्ट, सार्वजनिक सवारीधनीले पनि अनिवार्य व्यक्तिगत स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था गरेको छ ।हाल ३ लाख ५० हजार करदाता रहेका छन् । सरकारले व्यक्तिगत स्थायी लेखा नम्बर वितरण गरेर २ लाख थप करदाता थप्ने लक्ष्य राखेको छ । यसमा १ लाख ५० हजार व्यक्तिगत करदाता र ५० हजार संस्थागत करदाता हुने लक्ष्य मन्त्रालयको छ ।

श्रीमान्ले श्रीमतीलाई पाँच राउन्ड गोली हाने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
८ भदौ औषधि व्यवसायी श्रीमान्ले श्रीमतीलाई पाँच राउन्ड गोली हानेका छन् ।जिल्ला अदालत र पुनरावेदन अदालतमा समेत कान्छी श्रीमतीले अंशमुद्दा जितेको झोंकमा श्रीमान् दिलबहादुर बिसुरालले सोमबार कान्छी श्रीमती साधनालाई कोठामा छिरेर पाँच राउन्ड गोली हानेर मरणासन्न बनाए । गम्भीर घाइते साधना बिसुरालको अल्का अस्पतालमा उपचार भइरहेको छ । प्रत्यक्षदर्शीका अनुसार दुईवटा मोटरसाइकलमा आएका व्यक्तिले उनीमाथि गोली हानेका थिए ।पारिवारिक स्रोतका अनुसार बेनिघाट गाविस विशालटार धादिङनिवासी दिलबहादुर र कान्छी श्रीमती साधनाबीच केही वर्षदेखि अंशसम्बन्धी विवाद थियो । जेठी श्रीमती पोइल गएपछि माइली र कान्छी श्रीमती भित्र्याएका बिसुरालले छोरा जन्मिएपछि कान्छी साधना आफ्नी श्रीमती नभएको दाबी गर्दै आएका थिए ।उनकी माइली श्रीमतीको परिवार कलंकीमा आफ्नै घरमा छ भने कान्छी कुपन्डोलमा भाडामा बस्दै आएकी थिइन् । दिलबहादुरले साधनालाई श्रीमती मान्न अस्वीकार गरेपछि उनी अंश भराइ पाउन काठमाडौं जिल्ला अदालत पुगेकी थिइन् ।जिल्ला अदालतमा समेत दिलबहादुरले साधनालाई श्रीमती मान्न अस्विकार गरेपछि अदालतले साधनाको छोरा र दिलबहादुरको डिएनए परीक्षणमार्फत छोरा उनकै भएको पुष्टि गर्दै अंश दिनुपर्ने फैसला गरेको थियो ।जिल्ला अदालत काठमाडौंको फैसलाको अवज्ञा गर्दै पुनरावेदन अदालत पाटन पुगेका दिलबहादुरले पुनः हार भएपछि कान्छी श्रीमतीसँग उनको विवाद चुलिएको थियो ।बिसुरालको पारिवारिक स्रोतका अनुसार उनका कलंकीमा दुईवटा घर छन् भने उनी थापाथलीस्थित प्रसूतिगृह परिसरमा मेडिकल चलाउँदै आएका छन् । उनी थापाथलीको प्रहरी बिटपछाडि बस्दै आएका छन् भने उनकी कान्छी श्रीमती कुपन्डोलको बागमती करिडोरमा भाडामा बस्दै आएकी थिइन् ।दुवैबीचको विवाद बढ्दै गएपछि दिलबहादुरले श्रीमती साधनामाथि ललितपुर कुपन्डोलमा सोमबार साँझ ७:१५ बजे मोटरसाइकलमा आई पाँच राउन्ड गोली प्रहार गरी भागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । साधनाको कुम, नाडी, कोख र पेटमा गोली लागेको छ । उनको ललितपुरस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको अवस्था गम्भीर छ ।प्रहरीले घटनाबारे अनुसन्धान गर्न बिसुरालकी माइली श्रीमतीलाई पक्राउ गरे पनि उनी फेला परेका छैनन् । गोली चल्नासाथ घटनास्थल पुगेकी साधनाकी घरबेटी प्रमिला श्रेष्ठका अनुसार होसमै रहेको अवस्थामा साधनाले 'मलाई मेरै मान्छेले गोली हान्यो' भनेकी थिइन् ।महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख केदारमानसिंह भण्डारीले विस्तृत जानकारी खुल्न नसकेको बताए । घाइते चिन्ताजनक अवस्थामा रहेकी र उनको परिवारका अन्य सदस्य नभेटिएकाले गोली के कारणले चल्यो भन्ने खुल्न नसकेको उनले बताए । 'प्रत्यक्षदर्शी र केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ,' भण्डारीले भने ।

Aug 24, 2009

यन्त्रमानवले गर्ने भो सबै काम !

श्यामल
अब, आउँदो दस वर्षमा, विनाचालक नै ट्रक सडकमा गुड्नेछ । पाल्तु पशुपक्षीका रूपमा पनि रोबोटले नै काम गर्नेछन् । रोबोटले सर्जनको काम गर्नेछ, अनि आजजस्तो अमेरिकीहरूले नेपाली, फिलिपिनो वा तेस्रो विश्वका महिलालाई बेबिसिटरको जागिर दिनेछैनन्, आफ्नै रोबोटले काम फत्ते गर्नेछन् । अर्थात् मानिस र उसका घरपालुवाले गर्ने जटिल काम यन्त्रमानवले गर्नेछ । यसका लागि विज्ञान-प्रविधिमा उच्च दक्षता हासिल गरेका जापान, अमेरिका र बेलायतजस्ता देशमा तयारी भइरहेको छ । बेलायतले त दस वर्षमा चमत्कारी यन्त्रमानवलाई गाडी चलाउन जिम्मा दिने भइसकेको छ ।हुन त विनाचालकको ४२ टन क्षमताको लरी सडकमा बेतोडले कुदिरहेको देखेर तपाईंको सातो जाला तर यो राम्रैसँग चल्छ । पक्का हो, आउँदो दस वर्षमा बेलायतका सडकमा यस्ता लरी गुड्नेछन् । विज्ञहरूले यस्तो भविष्यवाणी गरेका हुन् । यिनै ट्रकले रोबोट-क्रान्तिको विचित्र युग निम्त्याउनेछन् । रोयल एकेडेमी अफ इन्जिनियरिङका अनुसार, कृत्रिम बौद्धिकताले युक्त रोबोट र कम्प्युटरहरूले जीवनमरणको निर्णय लिन सक्नेछन् र यो तपाईं-हाम्रो जीवनका सबै पक्षमा सामान्य बन्न पुग्नेछ । सो एकडेमीले बूढाबूढीका लागि शल्यचिकित्सक, सिपाही, बेबीसिटर (बालबालिकाको स्याहार गर्ने मानिस), थेरापिस्ट र बिरामीको स्याहारकर्ताका रूपमा यस्ता सोच्नसक्ने यन्त्रको बढ्दो उपयोगसम्बन्धी सामाजिक, कानुनी र नैतिक मामलामा सार्वजनिक बहस होस् भन्ने चाहिरहेको छ । हो, यसले जसका यौनसाथी छैनन्, तिनलाई यौनसुखसमेत दिनेछ । विज्ञहरूले यसलाई स्वचालित प्रणाली भनेका छन् ।उनीहरूले दिएको प्रतिवेदनले कसरी कम्प्युटरनिर्देशित ट्रकहरूले सवारी र पैदल हिँड्नेहरूलाई हेर्नका लागि लेजर राडार, भिडियो क्यामरा र स्याटनाभबाट प्राप्त तथ्यांकको उपयोग गर्छन् भन्ने विवरण प्रस्तुत गरेको छ । यसै प्रतिवेदनका सहलेखक तथा साउथह्याम्पटन विश्वविद्यालयका प्रोफेसर विल स्टेवार्टले चालकविहीन लरी र कारहरू चलाउने कामलाई निकै नै सुरक्षित तुल्याउने दाबी गरेका छन् ।'यो यन्त्र सम्पूर्ण रूपले सुरक्षित छ । तपाईं-हामीजस्ताले सडकमा बेहोर्नुपर्ने जोखिम यसले मोल्नुपर्दैन । यो नथाकीकन चौबीसै घन्टा कुदिरहन सक्छ,' विल स्टेवार्ट भन्छन् । स्टेवार्टका अनुसार चालकविहीन कार र रोबोट ट्याक्सीका लागि यो प्रविधि तयार भइसकेको छ । आउँदो बीस वर्षजतिमा त्यस्ता ट्याक्सीले आफ्ना यात्रुहरूलाई कुनै पनि गन्तव्यमा पुर्‍याउनेछन् । लन्डनको डकल्यान्ड लाइट रेल्वेमा यस्तो पूरै स्वचालित रेल प्रयोगमा आइसकेको छ भने साँघुरा गल्लीमा २५ मिटर प्रतिघन्टा चल्नसक्ने चालकविहीन कार हिथ्रोमा पहिलोपल्ट प्रयोगमा ल्याइनेछ ।स्टेवार्टले स्वचालित वाहनहरू मालसामान ओसारपसार गर्नका लागि अति नै उपयोगी हुनेछन् । उनी भन्छन्, 'मलाई लाग्छ, दस वर्षमा ३० प्रतिशत ट्रकहरू यन्त्रचालित हुनेछन् । उनीहरूका कम्प्युटरले अन्य सडक प्रयोग गर्नेहरूको व्यवहारको अनुमान गर्नेछन्, अन्य गाडी साह्रै नजिक आइपुगे भने त्यस्ता गल्तीबाट सिक्न सुरक्षित किसिमले बिस्तारै गति कम गर्नेछन् ।यदि लरीमा कुनै किसिमको यान्त्रिक वा सफ्टवेयरमा गडबडी भएको पत्ता लाग्यो भने यिनले तान्छन् र रेडियोको मद्दत लिन्छन् । प्रोफेसर स्टेवार्टले भने, 'यसले अन्य गाडीलाई बाटो छाडिदिने गर्छन् ताकि अन्य गाडी सुरक्षित तवरले आफ्नो बाटो लाग्न पाऊन् ।'यसो भए पनि प्रतिवेदनले यस्ता स्वचालित कार दुर्घटनामा परिहालेका खण्डमा निकै जटिल कानुनी झन्झट हुनसक्ने सम्भावना औँल्याएको छ ।

चालकविहीन वाहनहरू
लेजर राडार र क्यामराको प्रयोगबाट यस्ता गाडीले सवारीको स्क्यान गरेर आफ्नो वरपरको सडकको त्रिआयामिक चित्र खिच्छन् । यस्ता चित्र पैदलयात्रुले बाटो काटिरहेको, अन्य गाडी वा गाडी फस्नसक्ने दलदलजस्ता खतराको अवस्था पहिल्याउँछन् । चालकविहीन ट्याक्सी भने आउँदो वर्ष हिथ्रोमा देख्न पाइनेछ ।
रोबोटे घरेलु पशुपक्षी
बुद्धिमान् तथा कुरा बुझ्नसक्ने रोबोटे कुकुर र अन्य पाल्तु पशुपक्षीले प्रतिक्रिया दिन आफ्नो मालिक कम्पनीको आवाजको निर्देशन खोज्नेछन् । तिनमा सेन्सर जडान गर्न सकिन्छ र मालिक बिरामी परे उसका नातेदारलाई खबर गर्न अलार्म पनि राख्न सकिन्छ ।
रोबोटे सर्जन
गत जुनमा लन्डनमा एकजनाको मिर्गौला प्रत्यारोपण गर्न स्वचालित रोबोटको प्रयोग गरिएको थियो । सुरुमा दुर्गम स्थान वा युद्धमैदानका लागि तयार गरिए पनि तिनमा त्रिआयामिक अल्ट्रासाउन्ड र भिडिओ क्यामरा जडान गरेर नियमित अप्रेसनका लागि समेत उपयोग गर्न सकिन्छ ।
रोबोटे बेबिसिटर
यस्ता रोबोटे शिशु स्याहारकर्ता अनुहार पहिचान गर्न, शिशुहरूसँग कुराकानी गर्न र उनीहरूलाई ठीक ठाउँमा राख्न सक्छन् । सुरुमा यिनको प्रारम्भिक संस्करणहरू जापानमा बिक्रीमा राखिएका थिए । पछिल्ला मोडेलहरूले बालबालिकालाई शिक्षा र मनोरञ्जन दिने अनि बालबालिका बिरामी परे या कुनै कठिनाइ आइलाग्यो भने फोन वा अलार्मबाट बाबुआमालाई खबर गर्ने काम गर्न सक्छन् ।
विज्ञान-प्रविधिको विकासले असल-खराब जे गरोस्, एउटा कुराचाहिँ भन्नैपर्छ, अब विकसित मुलुकको समाजमा मानवीय स्पर्शभन्दा यन्त्रस्पर्श हावी हुनेछ ।