News

Sep 30, 2011

सेनामा मधेसी सहभागिताको प्रक्रिया सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन १३ - रक्षा मन्त्रालयले नेपाली सेनामा मधेसी समुदायको सहभागिता प्रक्रिया अघि बढाएको छ । रक्षा निर्देशक समितिको बिहीबारको बैठकमा रक्षामन्त्री शरतसिंह भण्डारीले आवश्यक सुझाव दिन र तयारी अगाडि बढाउन सैनिक मुख्यालयलाई निर्देशन दिएका छन् । रक्षामन्त्रीको संयोजकत्वको समितिमा प्रधानसेनापति छत्रमानसिंह गुरुङ र सचिव नवीन घिमिरे सदस्य छन् । रक्षामन्त्री भण्डारीले सरकार निर्माणताका माओवादी र मधेसी मोर्चासँग भएको चारबुँदे सहमति र सरकारद्वारा भदौ २३ मा प्रस्तुत राहत कार्यक्रममा समावेश भएअनुसार नेपाली सेनालाई समावेशीस्वरूप दिन मधेसी समुदायको समावेशीकरणको प्रक्रिया थालनी गरिएको बताए । यसअघि मन्त्रिपरिषद्को सोमबारको बैठकले सेनाको लोकतान्त्रीकरणसम्बन्धी प्रस्तावलाई चारबुँदे सहमतिअनुरूप समावेशी बनाउन परिमार्जन गर्ने निर्णय गरेको छ । 'पूर्वसहमतिअनुरूप नेपाली सेनाप्रति मधेसी समुदायको अपनत्व बढाउन र सेनालाई समावेशी चरित्रको बनाउने हाम्रो सोच हो,' रक्षामन्त्री भण्डारीले भने, 'यो विषयलाई कुन विधिबाट कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल थालिएको छ । सोहीअनुरूप प्रक्रिया अगाडि बढाइनेछ ।'
समितिको बैठकमा प्रधानसेनापति छत्रमानसिंह गुरुङले सरकारले आवश्यक नीति बनाए मधेसी सहभागिताका लागि प्रक्रिया अघि बढाउने बताएको स्रोतले जनायो । 'सरकारले आवश्यक नीति बनाएर निर्देशन दिए सोको कार्यान्वयन गर्न सेना तयार छ,' प्रधानसेनापतिको भनाइ उद्धृत गर्दै स्रोतले बतायो । प्रधानसेनापति गुरुङले सेनाले समावेशीकरणको सिद्धान्तअनुरूप भर्ना लिइरहेको जानकारी दिएका थिए । सेनाले ५५ प्रतिशत खुला र ४५ प्रतिशत समावेशीबाट भर्ना लिँदै आएको छ । समावेशीतर्फको ४५ प्रतिशतलाई शतप्रतिशत मानी त्यसमा मधेसीलाई २८, जनजातिलाई ३२, महिलालाई २०, दलितलाई १५ र पिछडिएको वर्गलाई ५ प्रतिशत आरक्षण
दिँदै आएको छ ।
रक्षामन्त्रीले भने एकपटकलाई विशेष व्यवस्था गरी मधेसी समुदायको मात्र भर्ना गर्ने सोच बनाएको स्रोतले बतायो । सेनामा कार्यरत दरबन्दी ९२ हजार सात सय ५३ छ । शाहीकालमा तत्कालीन सरकारले थप तीन हजार दरबन्दी स्वीकृत गरी सेनाको दरबन्दी ९५ हजार सात सय ५३ पुर्‍याए पनि लोकतन्त्र स्थापनासँगै बनेको सरकारले अर्थबाट रकम निकासा नदिएकाले थपिएको दरबन्दीमा सेनाले भर्ना लिन सकेको छैन ।
'पहिले स्वीकृत भइसकेको त्यही तीन हजार जनशक्तिका लागि अर्थबाट रकम निकासा गरेर मधेसी समुदायको भर्ना लिने सोचअनुरूप प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ,' स्रोतले भन्यो । मगर बाहुल्य पुरानो गोरख, गुरुङ बाहुल्य कालीबहादुर, राई बाहुल्य रिपुमर्दन र मधेसी बाहुल्य नयाँ सबुज गण छन् । मधेसीको थप सहभागिताका लागि स्वीकृत दरबन्दीभित्रै सेनाका केही इकाईको पुनर्संरचना गरी मधेसलाई प्रतिनिधित्व गर्ने नाम दिएर नयाँ गण स्थापना गर्ने तयारी भइरहेको छ ।
'अहिले सेनाका सबै क्षेत्रीय पृतनामा तीन र सुदूरपश्चिम पृतनामा दुई मात्र बाहिनी छन् । कतिपय बाहिनीअन्तर्गत गणको संख्या एक/दुई दरले घटी बढी छन्,' रक्षामन्त्रीनिकट स्रोतले भन्यो, 'तिनमा समानता कायम गर्दै स्वीकृत दरबन्दीभित्रैबाट एउटा बाहिनी वा गणलाई मधेसको नाम दिन सकिन्छ ।' सेनाका अधिकांश इकाई भगवान्का नाममा स्थापना भएकाले नयाँ गणलाई मधेसलाई पनि प्रतिनिधित्व गर्ने गरी 'रामजानकी,' 'राजषिर् जनक' जस्ता नाममा नामाकरण गर्ने सोच रहेको स्रोतले बतायो ।

फिक्कल इलाममा संघीय लेप्चा स्वायत्त परिषद्को लिम्बुवानी आमसभा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङबुङ
फिक्कल इलाम,असोज १०, २०६८,संघीय मंच सम्बद्व संघीय लिम्बुवान राज्य परिषदअन्तर्गत संघीय लेप्चा स्वायत्त परिसदद्वारा २०६८ असोज १० गते फिक्कल बजार, इलाम लिम्बुवानमा एक लिम्बुवानी आमसभा समपन गरिएको छ | मंच सम्बद्व संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय सदस्य तथा संघीय लेप्चा स्वायत्त परिषद्का अदक्ष्य डुप छिरिङ काजि लेप्चाको अध्यक्षतामा सम्पन्न उक्त आमसभाका प्रमुख अतिथि मंच सम्बद्ध लिम्बुवानका अध्यक्ष कुमार लिङदेन 'मिराक' रहनु भएको थियो | आमसभालाई सम्बोधन गर्दै प्रमुख अतिथी कुमार लिङदेन 'मिराक'ले लिम्बुवानले संघीय सह-अस्तित्ववादी दर्शन अबलम्बन गरिरहेको र लिम्बुवान लिम्बुवानमा बस्ने सबै लिम्बुवानवासीको साझा लिम्बुवान हुने तथा लिम्बुवान संधै संघीय गणतन्त्र र संविधान सभाको पक्षमा रहने अटाउनु भयो | त्यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्दै अधिकांश संघीय लेप्चा स्वायत्त परिषद्का वक्ताहरूले "अरुणपूर्व नौ जिल्ला लिम्बुवान हुनुपर्ने र त्यसपछि मात्र लिम्बुवानअन्तर्गत लेप्चा स्वायत्त परिषद हुने भएकोले सबैजना लिम्बुवानवासीहरू लिम्बुवान स्वायत्त राज्य प्राप्तिको लागि एक भई लागिपर्नु पर्ने" बताएका थिए |

देउवा पक्ष दशैँपछि आन्दोलनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १३,नेपाली कांग्रेस भ्रातृ संस्था विघटनको विवादमा दशैँपछि देशभर आन्दोलन गर्ने निर्णय देउवा पक्षले गरेको छ। आज बूढानिलकण्ठस्थित आफ्नो निवासमा भेला भएका कार्यकर्ताहरुसँगको छलफलपछि उनले 'अब प्याकेजमा सहमति हुनुपर्ने' बताए। देउवाले यही विवादमा बुधबार केन्द्रीय सदस्य पदबाट राजीनामा दिइसकेका छन्। सभापति सुशील कोइरालाले राजीनामा स्वीकृत भने गरेका छैनन्। देउवाले सञ्चारकर्मीहरुसँग तदर्थ समितिमा विघटित भ्रातृ संस्थाका प्रमुखहरुलाई सम्मानजनक स्थान दिने वार्ताटोलीको मध्यमार्गी प्रस्ताव अस्वीकार गर्ने पार्टी सभापति सुशील कोइराला नै सहमतिको बाधक भएको बताए। यसैगरी विघटित तरुण दलका अध्यक्ष महेन्द्र यादवले आमरण अनसन दसैँका कारण मात्र स्थगित गरिएको बताउँदै त्यसपछि आन्दोलन जारी रहने बताए। 'दसैँपछि जिल्ला सभापतिहरुको भेला राखेर देशैभर अभियानको रुपमा विरोध गर्नेछौँ', यादवले सञ्चारकर्मीहरुलाई भने।

विरोधमा वैद्य समूहले मसाल जुलुस निकाल्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन १३ - रक्षामन्त्री शरतसिंह भण्डारीले दिएको अभिव्यक्तिको विरोधमा सत्तारुढ माओवादीका उपाध्यक्ष मोहन वैद्य समूहले शुक्रबार साँझ राजधानीसहित केही जिल्लामा मसाल जुलुस निकालेको छ । वैद्य समूहका जनवर्गीय संगठनले राजधानीको रत्नपार्क, लगनखेल र भक्तपुरमा साँझ मसाल जुलुस निकालेको हो । पोलिट्ब्युरो सदस्य नारायण शर्माले रक्षामन्त्रीको 'राष्ट्रघाती' अभिव्यक्ति र चार बुँदे सम्झौता खारेज नभएसम्म मसाल जुलुसहितका विरोध प्रदर्शन जारी राख्ने बताए । यसअघिको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक नबसेम्म अन्तरसंघर्षलाई सार्वजनिकरुपमा प्रस्तुत नगर्ने निर्णय गरेको थियो । तर वैद्य समूहले रक्षामन्त्रीको अभिव्यक्तिविरुद्ध दुई दिनदेखि राजधानीसहित देशभर प्रदर्शन गरिरहेका छन् । राजधानी बाहिर भएका कतिपय जिल्लाका विरोधमा एमाले, कांग्रेसलगायतका दलले पनि वैद्य समूहलाई सघाएका छन् । मन्त्री भण्डारीले सोमबार राजधानीमा आयोजित साक्षात्कारमा मधेसीलाई विभेद गरिरहने हो भने मधेसका २२ जिल्लाले निर्णय गरेर नेपालबाट अलग हुने चेतावनी दिएका थिए । 'मधेसका २२ जिल्लाले अलग हुने निर्णय गरे कुन ऐन र कानूनले मुलुकलाई बचाउँछ ?,' उनले भनेका थिए ।

प्रेस युनियनका नौँ सदस्यबाट सामुहिक राजीनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन बारामा उपाध्यक्षसहित नौँ जनाले सामुहिक राजीनामा दिएका छन् । युनियनको साधारण सदस्यबाट राजीनामा दिनेहरुमा युनियनका उपाध्यक्ष रामाकान्त साह, कार्य समिति सदस्य मुकेश प्रसाद यादव, राजेश कुशवाहा, निवेश तिमिल्सिना, शिवशंकर मिश्रा, साधारण सदस्य जयनारायण यादव, सुजितकुमार अर्याल, केन्द्रीय पार्षद् राकेश पाण्डेय र पवन यादव लगायत ९ जना रहेका छन् । कांग्रेसभित्रको बढ्दो विवादका कारण उनीहरुले राजीनामा दिएको बुझिएको छ । प्रेस युनियन बारामा प्रजातान्त्रिक विचारको कदर हुन छाडेको, संस्था भन्दा केही ब्यक्ति र माउ पार्टी कांग्रेस हाबी हुँदै गएको भन्दै राजीनामा दिएको सामुहिक राजीनामा पत्रमा उल्लेख छ ।

Sep 29, 2011

पहिलो नागरिक सुरक्षा दिवस मनाइँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आज पहिलो नागरिक सुरक्षा दिवस २०६८, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसदिवसको अवसरमा राजधानी काठमाडौंलगायत विभिन्न क्षेत्रीय तथा जिल्लास्तरमा कार्यक्रमको आयोजना भइरहेका छन् । नागरिक सुरक्षा, सरोकारको विषयमा विद्यमान पूर्वाधार तथा रणनीति र सचेतनाको बारेमा जानकारी गराउने उद्देश्यले नेपाल सरकारले यसै वर्षदेखि नागरिक सुरक्षा दिवस मनाउन सुरु गरेको हो । नागरिकलाई कसरी सुरक्षा दिने भन्ने बारेमा छलफल गरेर दिवस सफल पार्न गृहमन्त्रालयले जिल्ला तथा क्षेत्रीय प्रमुखहरुलाई परिपत्र जारी गरेको छ ।

लोकतान्त्रिकले रक्षामन्त्रीको अभिव्यक्तिबारे धारणा सार्वजनिक गर्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन १२ - मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले पार्टीका बरिष्ठ नेता एवं रक्षामन्त्री शरतसिंह भण्डारीको विवादास्पद अभिव्यक्तिबारे पार्टी धारणा सार्वजनिक गर्ने भएको छ । बिहीबार अपरान्ह ४ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टी धारणा सार्वजनिक गर्ने कार्यालय सचिव परमानन्द मेहताले जानकारी दिए । मन्त्री भण्डारीले सोमबार राजधानीमा आयोजित साक्षात्कारमा मधेसीलाई विभेद गरिरहने हो भने मधेसका २२ जिल्लाले निर्णय गरेर नेपालबाट अलग हुने चेतावनी दिएका थिए । 'मधेसका २२ जिल्लाले अलग हुने निर्णय गरे कुन ऐन र कानूनले मुलुकलाई बचाउँछ ?,' उनले भनेका थिए । रक्षामन्त्रीको भनाइको स्वयं सरकारको नेतृत्वकर्ता दल माओवादीको वैद्य समूह, प्रमुख प्रतिपक्षी कांग्रेस, एमालेलगायत सरकारलाई समर्थन गर्ने अधिकांश साना दललेसमेत विरोध गरिसकेका छन् । उनीहरुले मन्त्री भण्डारीलाई बर्खास्त गर्न प्रधानमन्त्री बाबुराम भट्टराईसँग माग गरेका छन् ।

चार बुँदे सम्झौता खारेज नभए तेस्रो जनआन्दोलन गर्ने घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १२,एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले सरकार निर्माणका क्रममा प्रधान मन्त्री बाबुराम भट्टराई र अध्यक्ष पुष्पकमल दाहालले पार्टी नीतिविपरित गरेको चार बुँदे सम्झौता खारेज नभए तेस्रो जनआन्दोलन गर्ने घोषणा गरेका छन्। उनले बुधबारबाटै आन्दोलन सुरु भइसकेको र यसले छिट्टै तेस्रो जनआन्दोलनको रुप लिने दाबी गरे। रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा सचिव गजुरेलले भने– राष्ट्रभन्दा ठूलो सरकार वा अरु केही हुँदैन, त्यसैले राष्ट्रघाती चार बुँदे सम्झौता खारेज नहुँदासम्म आन्दोलन जारी रहन्छ। गजुरेलले लडाकुको हतियार राखिएको कन्टेनरको साँचो बुझाउने विवादभन्दा ठूलो विषय राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्तामाथि खतरा उत्पन्न गर्ने चार बुँदे सहमति भएको भन्दै त्यो पार्टीको घोषित नीतिको समेत विरुद्ध रहेको ठोकुवा गरे। उनले भने– चार बुँदे खारेज नगर्ने हो भने पार्टीको घोषित नीति नै बदल्नुपर्छ। पार्टीको लाइन लागु गर्न सधैं विरोध गर्न पाइन्छ। चार बुँदे सहमति पार्टी निर्णय र लाइनविपरित छ। उनले रक्षा मन्त्रीको पछिल्लो मुलुक टुक्राउने अभिव्यक्ति चार बुँदे सहमतिकै अर्न्तवस्तु भएको भन्दै राष्ट्रिय अखण्ड राख्‍ने जिम्मेवारी पूरा नगर्ने सरकारको औचित्य नभएको दाबी गरे। चार बुँदे सहमतिमा रहेको विवाद जारी रहे प्रधान मन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार नै नरहने ठोकुवा पनि उनले गरे। उनले भने– हामीले राष्ट्र र जनताको सेवाका लागि सरकार बनाएका हौं, राष्ट्रघात गर्न होइन। यसका हामी सधैं विरोध गरिरहन्छौं तर बेवास्ता गर्दै जाने हो भने सरकारको पनि काम छैन। फिर्ता बोलाउनुपर्छ। राष्ट्रभन्दा ठूलो सरकार होइन।
मधेसी मोर्चासँग वार्ता गर्न पाँच जनाको समिति बनाएकोमा प्रधान मन्त्री र अध्यक्ष एक्लैले सहमति गर्नुभयो, अब उहाँहरुले सम्झौता भएकोमा आत्मालोचना गरेर खारेज गर्नु पर्छ– उनले जोड दिँदै भने। सचिव गजुरेलले रक्षा मन्त्रीले बोलेको कुरालाई प्रधान मन्त्रीले मिडियामार्फत त्यस्तो आशयमा नबोलेको भनी स्पष्टीकरण दिनुलाई नाङ्गो झुटको सङ्ज्ञा दिँदै प्रधान मन्त्रीले रक्षा मन्त्रीको अभिव्यक्तिको विषयमा जवाफ र बर्खास्तीका लागि पहल लिनुपर्ने माग गरे। उनले रक्षा मन्त्रीको पछिल्लो विवादित अभिव्यक्तिविरुद्ध प्रधान मन्त्री बाबुराम भट्टराई र अध्यक्ष प्रचण्डले विज्ञप्ति निकालेर औपचारिकरुपमा विरोध गर्नुपर्नेमा चुसम्म नबोलेकोमा आक्रोशसमेत व्यक्त गरे।

शेरबहादुर देउवाको राजीनामा स्वीकृत नगर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसले नेता शेरबहादुर देउवाको राजीनामा स्वीकृत नगर्ने भएको छ । कांग्रेस सभापति सुशील कोइराला पक्षको आज विहान बसेको बैठकले पार्टीको केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका शेरबहादुर देउवाको राजीनामा स्वीकृत नगर्ने निर्णय गरेको हो। भ्रातृ संगठनहरु विघटनको विरोधमा १० दिनदेखि पार्टी मुख्यालयमा कार्यकर्ताहरु अनसनमा बसेपछि उत्पन्न विवाद मिलाउन पार्टी संस्थापन पक्ष उदासिन बनेको भन्दै देउवाले हिजो साँझ केन्द्रीय सदस्यबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो । देउवाको राजीनामासँगै अनसनमा बसेका भ्रातृ संगठनका नेताहरुले हिजै साँझ अनसन तोडेका थिए ।

अष्ट्रेलियामा बिद्यार्थी भिषाको नियम परिवर्तन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिड्नी, आश्विन १० - अष्ट्रेलिया सरकारले बिद्यार्थी भिषा प्रक्रियालाई सहज र सरल बनाउने भएको छ । अष्ट्रेलियाको शिक्षा प्रणालीको पूर्नमूल्याकन नीति सार्वजनिक गर्दै यहाँका अध्यागमन मामिला मन्त्री क्रिस ब्राउनले अष्ट्रेलियालाई उच्च शिक्षाको गन्तब्य बनाउने लक्ष्य रहेको जानकारी दिएका छन् । बिभिन्न सरोकारवालाहरुसागको छलफलपछि प्राप्त प्रतिवेदनका आधारमा अष्ट्रेलिया सरकारले आउने बर्षदेखि अन्तराष्ट्रिय बिद्यार्थीहरुलाई उच्च प्राथमिकतामा राखेर नियम परिवर्तन गर्न लागेको हो । । अहिले भएको नियमलाई परिमार्जन गरी पढ्ने उद्देश्यले आउने बिद्यार्थीहरुलाई उच्च प्राथमिकतामा राखेर अष्ट्रेलिया सरकारले भिषा सम्बन्धि नियमका महत्वपूर्ण केही बुँदाहरुलाई सहज बनाउन लागेको हो । हाल नीतिका रुपमा मात्र आएको यो सरकारले पारित गरेपछि कानुनको रुपमा लागु हुनेछ । गएको बिहीबार मन्त्री ब्राउनले मिडिया रिलिज मार्फत यो कुराको जानकारी दिएका हुन् । अष्ट्रेलियाको बिद्यार्थी सम्बन्धी नियमको पुर्नमूल्याकंन नीति सार्वजनिक गर्दै मन्त्री ब्राउनले अष्ट्रेलियालाई उच्च शिक्षाको आकर्षक केन्द्रको रुपमा स्थापित गर्न केही परिवर्तन गर्न लागेको बताएका छन् । सरकारले माइकल नाइटलाई शिक्षा सम्बन्धि नियम पूर्नमूल्यांकन गरी प्रतिवेदन प्रस्तुत गर्ने जिम्मा दिएको थियो । नाइटले बिभिन्न सरोकारवालाहरुसागको छलफल पश्चात तयार गरेको ४१ बुदें प्रतिवेदनका आधारमा अष्ट्रेलिया सरकारले नियम परिवर्तन गर्न लागेको हो । यस सम्बन्धि थप जानकारीका लागि यो वेबसाईट लग ईन गरेर हेर्न सक्नुहुनेछ । 'मिनिस्टर डट इम्मी डट गभ डट एयु ।'प्रस्तावित नीति अनुसार अष्ट्रेलिया अध्ययनका लागि आउने बिद्यार्थीहरुले देखाउनुपर्ने आर्थिक हैसियतमा पनि केही खुकुलो बनाइने भएको छ भने यहाँका बिश्वबिद्यालयहरुमा अध्ययन गर्न आउने बिद्यार्थीहरुलाई प्राथमिकताका आधारमा भिषा उपलब्द्ध गराईनेछ । अष्ट्रेलियामा उच्च शिक्षा ब्याचलर वा मास्टर्स गर्न आउने बिद्यार्थीहरुलाई बिद्यार्थी भिषासागै थप २ बर्षको वर्क परमिट भिषा समेत उपलब्द्ध गराईनेछ । त्यसका साथै पिएचडी गर्ने बिद्यार्थीलाई थप ४ बर्षको वर्क परमिट भिषा उपलब्द्ध गराउनेछ । जस अनुसार आफ्नो अध्ययन सफलतापूर्वक सम्पन्न गरिसकेपछि बिद्यार्थीहरुले थप २ देखि ४ बर्ष निर्धक्क काम गर्न पाउनेछन् ।
अष्ट्रेलियामा अहिले बिद्यार्थीहरुले हप्ताको २० घण्टामात्र काम गर्न पाउाछन् । तर अबको आउने बर्षदेखि बिद्यार्थीहरुले दुईसातामा ४० घण्टा काम गर्न पाउनेछन् जसले गर्दा हप्ताको २० घण्टामात्र काम गर्नुपर्ने बाध्यता रहनेछैन् । अष्ट्रेलियामा अध्यागमन परामर्शदाताको रुपमा काम गरिरहेका संजिव पाण्डेका अनुसार यो घोषणाले अ घोषणाले अष्ट्रेलिया आएर उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरू समेत लाभान्वित हुनेछन्। उनले ईकान्तिपुरसँग भने- 'यो नीतिको घोषणासँगै अब निकट भविष्यमै अष्ट्रेलियामा विदेशी विद्यार्थीहरूको संख्या बढ्ने निश्चित छ।' यो नियम परिवर्तनसागै नेपालबाट समेत थप अध्ययनशील बिद्यार्थीहरुलाई नेपाल आउने बाटो खुल्नेछ । अष्ट्रेलियामा बिगत लामो समयदेखि कन्सलटेन्सी खोलेर बिद्यार्थीलाई परामर्श दिदैं आएका सुमन भेटवाल बिद्यार्थीहरुमा आशाको सञ्चार भएको बताउाछन् । उनका अनुसार उच्च शिक्षा हासिल गर्ने उद्देश्यले आउन चाहने अन्तराष्ट्रिय बिद्यार्थीहरुलाई यो परिवर्तनले ठूलो योगदान दिने बताउँछन् ।

Sep 28, 2011

दुई अर्व रुपैयाँ ठगीको आरोप लागेका योगेन्द्र श्रेष्ठलाई प्रहरीद्वारा सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन ११ - नेपाली वित्तिय क्षेत्रमा सबैभन्दा ठुलो अनियमितता गरेको आरोप लागेका योगेन्द्र प्रसाद श्रेष्ठ बुधवार प्रहरीले सार्वजनिक गरेको छ । उनलाई भारतमा पक्राउ गरेर ल्याइएको हो । उनी कार्यकारी अध्यक्ष रहँदा नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स (एनएसएम) मा २ अर्ब ६६ करोड भन्दा बढि रुपैयाँ अनियमितता गरेको आरोप छ । भारतमा लुकेर बसेको अवस्थामा उनलाई भारतीय प्रहरीले पक्राउ गरी नेपाली सीमासम्म ल्याइ दिएको बताइएको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले उनलाई धनगढीबाट काठमाडौं ल्याइ सकेको छ । श्रेष्ठ परिवारका अन्य सदस्यको नाममा समेत पक्राउ पूर्जी जारी भएपनि फरार छन् । राष्ट्र बैंकले एनएसएममा गरेको अनुसन्धानबाट श्रेष्ठ दोषी देखिएपछि वैशाखबाट खोजी सुरु भएको थियो । सर्वसाधारणको निक्षेप व्यक्तिगत कामका लागि प्रयोग गरेको, पुँजी वृद्धि गर्न संस्थागत निक्षेपकर्ताको रकम दुरुपयोग गरेको, प्रकृया नपुर्याइ कर्जा दिएको लगायतका आरोप उनलाई लागेको छ । उनको परिवारको एनएसएममा ४० प्रतिशत लगानी छ । प्रचलित कानून अनुसार उनलाई ३ देखि ५ वर्षसम्म कैद हुनसक्छ । प्रहरीले बैंकिङ कसुर तथा सजय ऐन २०६४ अनुसार बिगो बराबरको जरिवाना र पाँच वर्ष कैद दावी गर्ने जनाएको छ ।

रक्षामन्त्री भण्डारीलाई तत्काल वर्खास्त गर्न बैद्य र थापाको माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रक्षामन्त्री शरदसिंह भण्डारीलाई तत्काल वर्खास्त गर्न माओवादीका उपाध्यक्ष र महासचिवले माग गरेका छन्। उपाध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापाले वक्तव्यमार्फत् सरकारले यसबारेमा आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग गरे।तराईलाई भारतमा गाभ्ने सिक्किमीकरणको गुरुयोजना अन्तर्गत यो घृणित वक्तव्य प्रसारण गरिएको त होइन भन्ने उल्लेख गरिएको छ। कतै चारबुँदे संझौतामा अमूर्तरुपमा उल्लेख गरिएको संबन्धित मित्र राष्ट्रहरुसंग सहमति हुन प्रस्तावित विषयहरुको यो मूर्त अभिव्यक्ति त होइन,भनिएको छ। अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईको कडा आलोचकका रुपमा बैद्य र थापा उभिएका छन्। भण्डारीद्वारा असोज ९ गते रिपोर्टस् क्लबमा २२ जिल्लालाई छुट्टै मुलुक बनाउन सकिने बताएका थिए। उक्त भनाईलाई राष्ट्रघाती वक्तव्यमा भनिएको छ ।

११ दिनसम्म पनि भूकम्प केन्द्रबिन्दू नजिकका गाउँ सम्पर्कविहीन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ताप्लेजुङ, असोज ११- सम्पर्कविहिन भएको ताप्लेजुङका उत्तरी गाउँको अवस्था बुझ्न सदरमुकामबाट गएको सशस्त्र प्रहरीको ११ जनाको टोली सो ठाउँ पुग्न नसकेर बीचबाटै बाट फर्किएको छ। यो टोली पनि फर्किएपछि उत्तरी गाउ घुन्सा, याङ्गमा, फले र ओलाङ्गचुङ्गगोला भूकम्प गएको ११ औं दिनसम्म पनि सम्पर्क बाहिर रहेका छन्। जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी देवराज ढकालले ठाउँ ठाउँमा पहिरो गएको र बाटो अवरुद्ध भएका कारण सो टोली लक्षित स्थल तर्फ पुग्न नपाएको बताए। ती स्थल भूकम्प गएको दिनदेखि नै सम्पर्क बाहिर रहेको पनि उनले जानकारी दिए। "अब हेलिकप्टर बाहेक अर्को उपाय रहेन"उनले भने "त्यसका लागि गृह सचिवसँग कुराकानी भइरहेको छ"। उनले त्यो क्षेत्रका बासिन्दाको अवस्था बुझ्न पनि कठिनाई भइरहेको जानकारी दिए। ढकालका अनुसार शसस्त्र प्रहरीको कञ्चनजंघा गुल्मबाट प्रहरी नायव निरिक्षक राजेश बुढाथोकीको नेतृत्वमा गएको टोली ग्याब्लाभन्दा मास्तिर पुगेर उकालो जान नसकी फर्किएको हो। फलेसम्म पनि पुग्न नपाएकाले भूकम्पपछि उत्तरी क्षेत्रको जनजीवन कस्तो छ भन्ने बारेमा जिल्ला दैवी प्रकोप उद्धार समितिसँग पनि कुनै जानकारी र अभिलेख छैन। सम्पर्क स्थापित हुन नसक्दा ओलाङ्गचुङ्गगोला, याङ्गमा र फलेका बासिन्दा राहातका लागि तोकिएको केन्द्र आई पुगेका छैनन् भने ती क्षेत्रमा बाढी र पहिरोका कारण सरकारी उपस्थिति पनि शून्य छ।

माइकल ज्याक्सनका निजी चिकित्सक बिरुद्धको मुद्दाको सुनुवाई शुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बिश्वबिख्यात पप गायक माइकल ज्याक्सनलाई घातक औषधी दिई मारेको अभियोग लागेका उनका निजी चिकित्सक बिरुद्धको मुद्दाको सुनुवाई शुरु भएको छ । अमेरिकाको लसएन्जेलसको एक अदालतमा उनका चिकीत्सक कोनराड मरे बिरुद्धको मुद्दामा मरेले माइकल ज्याक्सनलाई निद्राको औषधी दिएको स्वीकारेतापनि उनको मृत्यु भवितब्य भएको बयान दिएका छन् । माईकल ज्याक्सनका वकिलले भने माइकल ज्याक्सनको मृत्यु अनाबश्यक औषधीका कारण भएको बताउँदै उनलाई सजाँय हुनपर्ने माग गरेका छन् । यस मागको प्रतिकार गर्दै चिकीत्सक मरेका वकिलले भने निद्राको औषधीमा माइकल ज्याक्सन आफैले अनावश्यक पेनकिलर मिसाएर खाएका कारण मृत्यु भएको बताएका छन् । चिकीत्सक मरेमाथिको अभियोग साबित भएमा उनलाई चार बर्षको जेल सजायँ हुनेछ भने उनको लाईसेन्स पनि रद्द गरिने छ । पप गायक माइकल ज्याक्सनको अत्यधिक औषधी सेवनका कारण सन् २००९ मा मृत्यु भएको थियो ।

काँग्रेसका बरिष्ठ नेता देउवाद्वारा केन्द्रीय सदस्यबाट राजीनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन ११ - काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्यबाट राजीनामा दिएका छन् । भातृ संगठनको विवाद चर्किंदै गएपछि मंगलबार पत्रकार सम्मेलन गरी उनले राजीनामा घोषणा गरेका हुन् । 'मैले पार्टीबाटै सन्यास लिन वा पार्टी फुटाउन राजीनामा दिएको होइन' उनले पत्रकार सम्मेलनमा भने, 'सभापतिले एक लौटी गरेकाले बाहिरै बसेर काम गर्छु भनेर राजीनामा दिएको हुँ ।'देउवाले भातृ संगठनको केन्द्रीय समिति भंग गर्ने पार्टीको निर्णय सच्याउन आग्रह गर्दै आएका थिए । उक्त विवाद समाधान गर्न संस्थापन र देउवा पक्षका नेताहरु रहेको कार्यदल गठन गरेपनि उक्त कार्यदलको सुझाव सभापति सुशील कोइरालाले लत्याएपछि देउवा रुष्ट भएका हुन् । नौ दिन देखि जारी रहेको देउवा पक्षीय भातृ संगठनका नेता कार्यकर्ताहरुको आमरण अनसन पनि मंगलबार तोडिएको छ । देउवाले आफ्नो राजीनामा घोषणा गरेपछि अनसन तोडाएका हुन् । महाधिवेशनमा सुशील कोइरालासंग सभापतिमा पराजित देउवालाई कोइरालाले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । देउवाले भातृ संगठनहरुको नेतृत्व विघटन गर्दा रामचन्द्र पौडेललाई उपसभापति र कृष्ण सिटौलालाई महामन्त्री बनाउँदा सभापति कोइरालाले गरेको सहमति तोडिएको बताउँदै आएका छन् ।

Sep 27, 2011

३६ घण्टे सम्भाषण गरी नयाँ गिनिज विश्व रेकर्डको दाबी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली युवाहरुले विश्व रेकर्ड राखी नेपालको नाम विश्वसामु परिचित गराउने क्रममा सिन्धुपाल्चोक जिल्लाकी २३ वर्षीया युवती प्रमीला देउजाले ३६ घण्टे सम्भाषण (प्रवचन) गरी नयाँ गिनिज विश्व रेकर्डको दाबी गरेकी छिन् । उपत्यका सामुदायिक सेवा समन्वय परिषदले आयोजना गरेको उक्त कार्यक्रम २०६८ असोज ६ र ७ गते नयाँबानेश्वरस्थित एनके सिंह मेमोरियल इपीएस विद्यालयमा सम्पन्न भएको थियो । उनले लगातार सम्भाषण गरी यसअघिका अमेरिकाका माइक फ्राज्रेरले २८ घण्टा निरन्तर सम्भाषण गरी राखेको विश्व रेकर्डलाई तोडी नयाँ रेकर्ड राखेकी छिन् । विश्व रेकर्ड कायम राखे पनि औपचारिक रुपमा रेकर्ड राख्न नपाएकी प्रमिला देउजालाई उक्त कार्यक्रमका प्रमुख अतिथि महानगरीय प्रहरी आयुक्त प्रहरी अतिरिक्त महानिरिक्षक कुबेरसिंह रानाले खादा लगाई माइक हस्तान्तरण गरेका थिए ।

मन्त्रीहरु भण्डारी र साहलाई बर्खास्त गर्न एमालेको माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन १० - एमालेले रक्षा मन्त्री शरदसिंह भण्डारी र भूमी सुधार तथा ब्यवस्था मन्त्री प्रभु साहलाई बर्खास्त गर्न माग गरेको छ । भण्डारीलाई मधेसको २२ जिल्ला नेपालबाट अलग हुन सक्ने अभिब्यक्ति दिएको र साहलाई विश्व हिन्दू महासंघका बीरगंज अध्यक्ष काशी तिवारीको हत्यामा संलग्न भएको भन्दै बर्खास्तगीको माग गरेको हो । मंगलबार कार्यबाहक अध्यक्ष बामदेव गौतमले जारी गरेको बिज्ञप्तिमा सोमबार भण्डारीले दिएको अभिब्यक्ति राष्ट्रहित विपरित र गैरजिम्मेवार रहेको उल्लेख गरिएको छ । उनले काँग्रेस, एमाले र माओवादीका उपाध्यक्ष बैद्य पक्षले माओवादी र मधेसी मोर्चाबीच भएको सहमतिलाई राष्ट्रघाती भनेकोमा प्रतिवाद गर्दै ‘मधेसका २२ जिल्लाले निर्णय गरेर नेपालबाट अलग हुनसक्ने’ र ‘२२ जिल्लाले छुट्टिने निर्णय गरे कुन ऐन र कानूनले मुलुक बचाउँछ ?’ भन्ने प्रश्न गरेका थिए । उक्त अभिव्यक्तिलाई एमालेले गैरजिम्मेवारीको पराकाष्ठा भनेको छ । ‘सामान्य व्यक्तिले समेत बोल्न नमिल्ने र नसक्ने राष्ट्रिय हित, एकता र अखण्डताविरोधी रक्षामन्त्रीको अभिव्यक्ति कुनै पनि देशभक्त नेपालीलाई स्वीकार्य हुन सक्दैन’ बिज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, हाम्रो पार्टी यस प्रकारको राष्ट्रिय हितमा आघात पु¥याउने र साम्प्रदायिक विद्वेष फैलाउने मन्त्रीलाई अविलम्ब बर्खास्त गर्न प्रधानमन्त्रीसँग जोडदार माग गर्दछ ।’
त्यसैगरी एमालेको बिज्ञप्तिमा भूमिसुधार तथा व्यवस्था मन्त्री साह वीरगंजमा हिन्दू युवा संघका अध्यक्ष काशी तिवारीको हत्यामा मतियार रहेको र उनका स्वकीय सचिव सियाराम कुशवाह उक्त हत्याकाण्डमा प्रत्यक्ष संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको उल्लेख गरिएको छ । यसरी नागरिक हत्याको अभियोगमा मुछिएका व्यक्तिलाई प्रहरीले पक्राउ पूर्जी जारी गरिसक्दा पनि हटाएर छानवीन र कारवाही प्रक्रियालाई सहयोग पु¥याउने अग्रसरता नलिइनुले गंभीर प्रश्नचिन्ह खडा गरेको छ’ एमालेको बिज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी प्रधानमन्त्रीसमक्ष मन्त्री साहलाई बर्खास्त गरी प्रहरीसमक्ष बुझाउन जोडदार माग गर्दछ ।’
एमालेले सोमबार दिउँसो नेपाली जामे मस्जिदमा प्रार्थना सकेर फर्किरहेका इस्लामी संघ नेपालका महासचिव फैजान अहमदको गोली प्रहारबाट भएको हत्याको पनि भत्र्सना गरेको छ । घटनाले राजधानीको बिग्रँदो सुरक्षा स्थितिलाई मात्र देखाएको छैन, सरकारको कमजोर सुरक्षा सतर्कता र प्रबन्धसमेत प्रष्ट गरेको छ’ एमालेले भनेको छ, ‘हाम्रो पार्टी यस घटनाको तदारुकताका साथ अनुसन्धान गरी दोषीहरु पत्ता लगाई कडा कारबाही गर्न तथा पीडित परिवारजनलाई राहत एवम् क्षतिपूर्ति उपलब्ध गराउन र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसमक्ष माग गर्दछ ।’

प्रधानमन्त्रीद्वारा भूमिसुधार सम्बन्धी प्रतिवेदनहरु सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री डा.बाबुराम भट्टराईले दिगो शान्ति र आर्थिक विकासका लागि भुमिको उचित सुधार गर्नुको विकल्प नभएको बताउनुभएको छ । सोमबार राजधानीमा भुमिसुधार सम्बन्धी दुई वटा आयोगका प्रतिवेदन सार्वजनिक गर्दै प्रधानमन्त्री भट्टराईले नेपालमा परिवर्तन ल्याउन भुमिको उचित व्यवस्थापनमा जोड दिनुभएको हो । प्रधानमन्त्रीले उच्चस्तरीय भूमिसुधार आयोग २०६५ र वैज्ञानिक भुमिसुधार सम्बन्धी उच्चस्तरीय भुमिसुधार आयोग २०६६ को प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । माओवादी नेतृत्वको सरकारको पालामा भूमिसुधारमा क्रान्तिकारी परिवर्तन गर्ने उद्देश्यका साथ हरिबोल गजुरेलको अध्यक्षतामा उच्चस्तरीय भूमिसुधार आयोग गठन गरिएको थियो । गैरमाओवादी सरकारका पालामा वैज्ञानिक ढंगले भूमिमा सुधार गर्ने लक्ष्यका साथ घनेन्द्र बस्नेतको अध्यक्षतामा वैज्ञानिक भूमिसुधार सम्बन्धी उच्चस्तरीय भूमिसुधार आयोग २०६६ गठन भएको थियो । प्रधानमन्त्री भट्टराईले दुबै प्रतिवेदनलाई हुबहु कार्यान्वयनमा लान नसकिने भन्दै दुबै प्रतिवेदनका सकारात्मक पक्ष समेटेर नपुग थपेर कार्यान्वयमा ल्याउने प्रतिवद्धता जनाउनुभयो । दुबै प्रतिवेदनबारे राष्ट्रिय बहस चलाएर भूमि सम्बन्धी ठोस नीति बनाएर अघि बढ्ने भनाई प्रधानमन्त्रीको छ ।
आयोगका सदस्यद्वय धर्मभक्त देबकोटा र लक्ष्मी प्रसाद प्रसाईले आ-आफ्ना प्रतिवेदनका बारे जानकारी गराउनुभएको थियो । उच्चस्तरीय भूमिसुधार आयोगका सदस्य देबकोटाले भुमिमा बैज्ञानिक सुधार गरेर कृषि क्षेत्रको विकास गर्न सके विकसित मुलुकले ३ सय बर्षमा गरेको विकास नेपालले पचासै बर्षमा गर्न सक्ने दाबी गर्नुभएको थियो । सामाजिक न्याय र उत्पादकत्व बृद्धि गर्ने दाबी गरिएको प्रतिवेदन कार्यान्वयन गर्न साढें ३२ अर्ब बराबर लाग्ने अनुमान गरिएको छ ।

फैजनको हत्यामा संलग्नको स्केच सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १०,घण्टाघर अगाडि फैजान अहमदलाई गोली हानी हत्या गर्ने आक्रमणकारीको स्केच प्रहरीले सार्वजनिक गरेको छ। महानगरीय अपराध महाशाखाले गोली प्रहार गर्ने दुई जनाको स्केच सार्वजनिक गरेको हो। स्केच सार्वजनिक गर्दै प्रहरीले दुवै अभियुक्तले एकै खालको पोशाक लाएको उल्लेख गरेको छ। प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार पहिलो आक्रमणकारी पातलो शरीर भएको र अन्दाजी अन्दाजी ५ फुट ७ इन्च अग्लो भएको उल्लेख छ। आक्रमणले आर्मीकट कपाल काटेको र पुलिस आर्मीले प्रयोग गर्ने जस्तो बुट लगाएको उल्लेख छ। साथै खैरो पेन्ट, नीलो रङको हल्का नीलो २ पीस रेनकोट लगाएको प्रहरी विवरणमा उल्लेख छ। दोस्रो आक्रमणकारी शारीरिक सुगठित भएको आर्मीकट् कपाल काटेको खैरो क्याप लाएको र पुलिस आर्मीले प्रयोग गर्ने बुट लगाएको तर बुटमा टल्काउने नोख नभई सादा भएको उल्लेख छ। उसले पनि २ पीस रेनकोट लगाएको, अनुहार गोलो र फ्रेन्च कट दारी पालेको प्रहरी अनुसन्धानले देखाएको छ।

नेपालको कुल जनसंख्या २ करोड ६६ लाख २० हजार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालको कुल जनसंख्या २ करोड ६६ लाख २० हजार ८ सय ९ जना रहेको छ । एघारौँ जनगणनाको प्रारम्भिक नजिता अनुसारको यो जनसख्या हो । गत असार महिनामा देशमा ११ औँ जनगणना गरिएको थियो । यसअघि २०५८ सालमा नेपालको जनसंख्या २ करोड ३७ लाख जनसंख्या रहेको थियो । प्रत्येक दश वर्षमा गरिने राष्ट्रिय जनगणनाको पछिल्लो नतिजा अनुसार अघिल्लो बि‌.सं. २०५८ सालमा गरिएको भन्दा १४.९९ प्रतिशन जनसंख्या धेरै देखिएको हो । यस पटक पनि पुरुषको संख्याभन्दा महिलाको संख्या केही बढि देखिएको छ । जनगणना अनुसार पुरुषको संख्या १ करोड २९ लाख २७ हजार ४ सय ३१ (४८.६६ प्रतिशत) र महिलाको संख्या १ करोड ३६ लाख ९३ हजार ३ सय ७८ (५१.४४ प्रतिशत) रहेको छ । देशभरीमा जम्मा ५६ लाख ५९ हजार ९ सय ८४ घर परिवार रहेका छन् ।

Sep 26, 2011

ताप्लेजुंगेहरुले संस्था फेरि जन्माए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हंगकंग २७ सेप्टेम्बर, नेपालीहरुको वाहुल्य भएको स्थान जोर्डनमा सेप्टेम्वर २५ आइतवारको दिन ताप्लेजुंगको सदरमुकाम देखि आएर हंगकंगमा अस्थाई बसोबास गर्नेहरुको एउटा भेलाले “ताप्लेजुंग उपनगर पालिका हंगकंग उत्थान सेवा समिति” गठन गरेको छ | चन्द्र मादेन “आन्छन्” को अध्यक्षतामा गठन भएको उक्त समितिमा उपाध्यक्ष-गंगा कार्की, सचिव-नारायण मादेन, सहसचिव-मोहन गुरुङ, कोषाध्यक्ष-धनमाँया लक्सम्बा, सहकोषाध्यक्ष-सविना लिम्वू र सदस्यहरुमा- भीम मादेन, कुमार (लक्ष्मी) श्रेष्ठ, कुमारी राई, मान व.मादेन, धिरेन श्रेष्ठ, मिना लिम्बू र कुमारी काम्बांग रहनुभएको छ |
धेरै वर्षसम्म फुन्गलिंग नगर उन्मुखको नामले चिनिने सदरमुकामलाई नेपाल सरकारले यो वर्ष मात्र वि. सं. २०६८ मा दोखु गाविस र फुन्गलिंगलाई गाभेर पहिलो नम्वरमै “ताप्लेजुंग उप-नगरपालिका” घोषणा गरेकोथियो उक्त नवसस्थांले ताप्लेजुंग उपनगरपालिका लगायत प्रत्येक दु:ख र पीडामा परेका नेपाली मन, नेपाली पन र नेपाली जनहरुलाई समेट्ने उद्देस्यले संस्था स्थापना गर्नु परेको कुरो सो समितिका अग्रज सदस्य एवं नेपालमा एक दशक भन्दा लामो शिक्षण पेशा अंगाल्नुभएका बुद्धिजीवी भीम मादेनले वताउनुभयो
साथै सो उत्थानसेवा समितिले अगामी अक्टुवर २३ आइतवारको दिन वृहत विविक्यु (वनभोज) मंकिहिलमा गरि विधान प्रस्तुत र प्रथम अधिवेशन गर्ने घोषणा समितिका सदस्य एवं ताप्लेजुंग समाज हंकंगका अध्यक्ष कुमार (लक्ष्मी) श्रेष्ठले वताउनुभयो |

संघीय लिम्बुवान युवा मञ्चको पान्थर जिल्ला सम्मेलन सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङबुङ 
फेदेन, पान्थर,असोज ८, २०६८'सम्पूर्ण युवाहरू संघीयता र लिम्बुवान स्वायत्त राज्य स्थापनाका लागि एक होऔं' भन्ने नाराका साथ २०६८ असोज ७ र ८ गते मञ्च सम्बद्ध संघीय लिम्बुवान युवा मञ्चको प्रथम ऐतिहासिक पान्थर जिल्ला सम्मेलन लिम्बुवानको फेदेनमा सम्पन्न भएको छ । संघीय युवा मञ्च पान्थरका जिल्ला संयोजक मोहन हाङसरुम्बाको अध्यक्ष्तामा सम्पन्न युवा मञ्चको उक्त जिल्ला सम्मेलन उद्घाटन-सत्रमा संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन 'मिराक' प्रमुख अतिथि रहनु भएको थियो । त्यसैगरी, अन्य विशेष अतिथिहरूमा लिम्बुवानका उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, सचिवालय सदस्य दिलेन्द्र कुरुम्म्बाङ र राष्ट्रिय पार्षद भूपू डीएसपी कृष्णमान थेबेलगायत रहनुभएको थियो ।
असोज ७ गते उद्घाटन भई सोही दिन बेलुकी ७ बजेबाट शुरु भएको बन्द-सत्रले कार्यक्रम ८ गते बिहान ४ बजे मोहन हाङसरुम्बाको अध्यक्षतामा २७ सदस्यीय नयाँ समिति चयन गर्दै सम्पन्न भएको हो । अहिले मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका प्रायः सम्मेलनहरूमा तीब्र प्रतिस्पर्धा हुने गरेको छ । लिम्बुवानी युवाहरूमा आफ्नो लिम्बुवान र संघीयताप्रति लगाव बढेर गएको देख्दा खुशी लागेको कुरा प्रमुख अतिथि लिम्बुवानका केन्द्रीय अध्यक्ष कुमार लिङ्देनले शुभकामना मन्तब्य दिने क्रममा बताएका छन् ।
नव गठित संघीय लिम्बुवान युवा मञ्च जिल्ला कार्य समिति, पान्थर लिम्बुवानका अध्यक्षमा मोहन हाङ्सरुम्बा, उपाध्यक्ष सुवास लावती, उपाध्यक्ष निरोज लावती, उपाध्यक्ष अनुप थेगिम, सचिव महेश अधिकारी, सह-सचिव प्रशान्त लिम्बू, अर्थ-सचिव डम्बर मादेन र संगठन सचिवमा भिमप्रसाद नेम्बाङ रहेका छन् । साथै, युवा मञ्चका सचिवालय सदस्यहरूमा गगन लावती, शंकर नेम्बाङ, विष्णु केरुङ, धर्मेन्द्र नेम्बाङ, र कृष्ण खेवाङ रहेका छन् । त्यसैगरी, मञ्चका जिल्ला सदस्यहरूमा सोलन बेघा, पदम योङहाङ, उपेन्द्र एक्तिन, राजेन्द्र केरुङ, श्याम लिङ्देन, दिपक सेलिङ, नरेन्द्र नेम्बाङ, नन्दप्रसाद योङहाङ, अमृत फोम्बो, देव श्रेष्ठ, पकाश अधिकारी, महेन्द्र तुम्म्रोक र कमल बराल रहेका छन् ।

काठमाडौंका एसपी हटाइए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन ९ - राजधानीको घण्टाघरमा गोली काण्ड भएको केही घण्टाभित्रै गृहमन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले काठमाडौंका एसपी केदार रिजाललाई सरुवा गरेको छ । उनको ठाउँमा केन्द्रीय प्रहरी बिशेष कार्यदलका एसपी राजेन्द्र श्रेष्ठ ल्याउने निर्णय गरेको छ । सोमबार दिउँसो राजधानीको घण्टाघरमा इस्लामी संघ, नेपालका महासचिव फैजान अहमदलाई अज्ञात समुहले गोली हानी हत्या गरेको थियो । त्यसको केही समयपछि नै मन्त्रालयको निर्देशनमा रिजाललाई सरुवाको निर्णय ग‌रेको हो । श्रेष्ठ कार्यदलमा जानु अघि भक्तपुरका एसपी थिए ।

इस्लामिक संघका महासचिव फैजल अहमदको गोली हानी हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आज दिउँसोसो इस्लामिक संघका महासचिव फैजल अहमदको गोली हानी हत्या गरिएको छ । राजधानीको त्रिचन्द्र कलेज अगाडी उनीमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो । फैजल सडकमा हिडिरहेका बेला मोटरसाइकलमा आएर दुई जनाले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली लागी गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याइएको थियो तर, अस्पतालमा पुग्ने बित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक अहमदका आफन्ता तथा सुभचिन्तकहरुले हत्याराको पहिचान तथा कडा कारवाहीको माग गरी शव सडकमा राखेर घण्टाघर अगाडी  प्रदर्शनसमेत गरेका छन् । उनी नेपाली जामे मस्जिदमा दिउँसोको प्रार्थना सकेर कार्यालयतर्फ फर्कंदै गर्दा पौने २ बजे उनलाई गोली हानिएको हो । उनको छाती र कोखमा गोली लागेको थियो ।
हत्या कसले र किन गरेको भन्नेबारे केही पनि खुल्न सकेको छैन । 

एभरेष्ट ताइ क्वान दो एकेडेमी हङकङका खेलाडीले १ रजत पदक प्राप्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सन् २०११ सेप्टेम्वर २५ तारीख आइतवारको दिन हङकङस्थित हङकङ पार्क स्पोर्ट सेन्टरमा हङकङ ताइ क्वान दो एसोसिएसन्को संयोजनमा ८ देखि १४ बर्षउमेरका पुरुष खुल्ला प्रतिस्पर्धा ताइ क्वान दो राष्ट्रिय स्पोर्ट कौन्सीलमा ४२ एसोसिएसन मध्ये ८०,९० क्लवका ३०० भन्दा बढी खेलाडीहरुले सहभागीता जनाएका थिए । त्यसमा कोरीया चुन्दो क्वान अन्तर्गत एभरेष्ट ताइ क्वान दो एकेडेमीका सञ्चालक चिफ र्इन्ट्रक्टर तथा मास्टर रविन कुमार नाल्वोको नेतृत्वमा ५ जना पुरुष खेलाडी सहभागीहरु मध्ये १ जना खेलाडीले रजत पदक प्राप्त गरेका थिए । त्यस मध्ये इस्पायरीङ खेलमा बिकास रार्इका सुपुत्र रार्इ राहुलले रजत पदक प्राप्त गर्न सफल भएका थिए । उनले सन् २००९मा चिदो ताइ क्वान दो एसोसिएसनको आयोजनामा गोल्ड मेडल प्राप्त गर्न सफल भएका थिए । सहभागी खेलाडीहरुमा सरीन रार्इ,आल्मण्ड सुब्बा,पुन प्रतीक,गुरुङ बब डिलन रहेका छन् । यसरी मेडल प्राप्त गर्नमा प्रमुख भूमिका एभरेष्ट ताइ क्वान दो एकेडेमीका सञ्चालक चिफ र्इन्ट्रक्टर तथा मास्टर रविन कुमार नाल्वोको रहेकोछ भने एसिस्टेण्ट इन्स्ट्रक्टर भूमिकाको रुपमा दिल प्रसाद लिम्वु,मिलन रार्इ,केशव तुम्वाहाम्फे प्रविन लिम्वु,सिजन गुरुङ,राजीव गुरुङ,सुबित सम्वाहाम्फे,सुवान्ती रहेका छन् । हङकङ ताइ क्वान दो एसोसिएसनबाट ३ जना क्वाईली फाइड रेफ्री मास्टर रविन कुमार नाल्वो, दिल प्रसाद लिम्वु,मिलन रार्इ र २ जना क्वाईली फाइड र्इन्ट्रक्टरहरुमा केशव तुम्वाहाम्फे,प्रविन लिम्वु रहेका छन् । हाल कुल एभरेष्ट ताइ क्वान दो एकेडेमीमा ५ क्वाईली फाइड इन्ट्रक्टरहरु रहेका छन् । एभरेष्ट ताइ क्वान दो एकेडेमीका चिफ र्इन्ट्रक्टर तथा मास्टर रविन कुमार नाल्वोले वल्ड ताइ क्वान दो फेडेरेसन, हङकङ ताइ क्वान दो एसोसिएसनबाट मास्टर र्इन्ट्रक्टर कोर्स समेत पुरा गरी सक्नु भएको छ । त्यस मध्ये ताइ क्वान दो खेलका क्लवहरु मध्ये एभरेष्ट ताइ क्वान दो एकेडेमी पहिलो दर्जामा पर्दछ । यहि क्लवबाट अहिले सम्ममा सवै भन्दा धेरै खेलाडीहरुले मेडल प्राप्त गर्दै आएका छन् । यस ताइ क्वान दो इस्पायरीङ खेलमा एभरेष्ट ताइ क्वान दो एकेडेमीका खेलाडीले मात्र मेडल प्राप्त गर्न सफल भएका थिए ।

मन्त्री अनुगमनमा निस्केपछि व्यापारीहरू भागाभाग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ९ -आन्दोलनको धम्की दिँदै एक वर्षदेखि बजार अनुगमन छल्दै आएका कुलेश्वरका खाद्यान्न व्यापारीहरू आइतबार मन्त्री आफैं आएको देखेपछि सटर बन्द गरेर भागे। वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट आइतबार बजार अनुगमन टोलीमा मिसिएर कुलेश्वरका खाद्यान्न थोक पसल पुगेका थिए। तर, उनले दुईवटा बाहेक अरू पसल अनुगमन गर्न पाएनन्। दिउँसो सवा २ बजेतिर मन्त्रीसहितको टोली आउने सुइँको पाएपछि खाद्यान्न थोक केन्द्रका अधिकांश व्यापारी पहिल्यै बन्द गरेर भागिसकेका थिए। खुल्लै रहेका पसलेले पनि टोली देख्नेबित्तिकै सटर ताने। मन्त्री भट्टले 'सबै पसल सिलबन्दी गर्न' निर्देशन दिए पनि टोलीले आफू पुग्दा सटर तानेर भाग्दै गरेका दुईवटा स्टोरमा मात्र सिलबन्दी गर्‍यो। यहाँका पसल खाद्य किराना व्यवसायी संघका पदाधिकारीले सञ्चालन गर्दै आएका हुन्। एक वर्षअघि पनि वाणिज्य विभागको टोली पुग्दा यहाँका व्यापारी यसैगरी सटर बन्द गरेर भागेका थिए। उनीहरूले 'अनुगमन गर्न आए आन्दोलन गर्ने धम्की दिँदै' केही दिन बजार बन्द गरे। थोक बिक्रेताले नै आन्दोलन गरेपछि बजार अभाव हुनसक्ने भन्दै विभागले अनुगमनमा चासो देखाएन। त्यसयता कुनै पनि अनुगमन टोली यो क्षेत्रमा छिरेको थिएन।
'हामी आउँदा पसलेहरू धमाधम सटर बन्द गर्दै थिए,' अनुगमनमा सामेल उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले सडकमा भेटिएको चाबी देखाउँदै भने, 'हतारमा कुनै पसलेले चाबी झारेर हिँडेछ।' उनले उक्त चाबी प्रहरीको जिम्मा लगाइदिए। मन्त्री भट्टले अनुगमन गरेका पसलमा मोहित स्टोर्स र श्यामबाबा इन्टरप्राइजेज छन्। वाणिज्य सचिव पुरुषोत्तम ओझा र वाणिज्य विभागका महानिर्देशक अनिलकुमार ठाकुरले मन्त्रीलाई सघाएका थिए।
विभिन्न उपभोक्तावादी संस्थाका प्रतिनिधि भने बजार यस्तो छ, उस्तो छ भन्दै मन्त्रीसामु गुनासो गरिरहेका थिए। दुवै पसलमा चामल, दाललगायत खाद्यान्न राखेको गोदाम निरीक्षण गरेका भट्टले मूल्य सूची पनि हेरे।
'म त इमानदारलाई प्रोत्साहन र बदमासलाई कारबाही गर्नुपर्छ भनेर अनुगमनमा आएको हुँ,' अनुगमनपछि सरकारी कर्मचारीलाई निर्देशन दिदै उनले भने, 'सबै यसरी भाग्छन् भने सिल गरेर कारबाही अघि बढाउनुस्।' अनुगमनलाई सहयोग गर्नुपर्नेमा तालाबन्दी गरेर व्यापारीहरूले शंका बढाएको उनले बताए।
'हामीले हेरेर सहीलाई सही र गलतलाई गलत भन्ने हो,' भट्टले सञ्चारकर्मीहरूसँग भने, 'गलत काम गर्नेलाई छुट हुँदैन, यसरी भाग्नेलाई पनि कारबाहीको दायरामा ल्याउँछौ।'उनले प्रचारका लागि नभई स्वस्थ बजार प्रवर्द्धन गर्न अनुगमनमा निस्केको बताए। 'हिजो बसपार्क गएर टिकटको बारेमा जानकारी लिएको थिएँ,' उनले भने। भट्टले पहिले जसरी चलेको भएपनि अब बजारमा अनियमितता गर्नेलाई कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे। 'हामीले लगानीकर्तालाई निरुत्साहित गर्दैनौं, लगानी गर्नेले नाफा कमाउन पाउँछ,' उनले भने, 'नाफाको बहानामा कालोबजारी गर्नेलाई भने कानुनअनुसार हदैसम्मको कारबाही हुन्छ।'
आफू कुनै पनि व्यावसायीक र राजनीतिक दबाबबाट पछि नहट्ने भट्टले बताए। 'मलाई अहिलेसम्म कतैबाट दबाब आएको छैन,' उनले भने, 'कर्मचारीलाई आए पनि मकहाँ आउनुपर्‍यो, म जुध्छु।' अहिले बजार अनुगमनमा गएका मन्त्री भट्ट यातायात व्यवस्था मन्त्री हुँदा पनि ट्याक्सीको मिटर जाँच्न निस्केका थिए।

दुई पसलमा सिल
मन्त्रीको निर्देशन पाएपछि अनुगमन टोली जाँदाजाँदै भागेको देखिएका दुई पसललाई सिलबन्दी गरेको छ। टोलीले विक्की स्टोर्स र नाम नखुलेको अर्को पसल सिलबन्दी गरेको हो।
दुवै पसलका सञ्चालक नभेटिएपछि प्रहरीको रोहवरमा पसल सिल गरिएको हो। विक्की स्टोरका सञ्चालक विक्की गुप्ता र अर्को पसलका सञ्चालकलाई तीनदिन भित्र वाणिज्य विभागमा उपस्थित हुने पत्र काटेर सिलबन्दी गरिएको हो। अनुगमन टोलीले नाम नखुलेको भनेको पसललाई स्थानीयवासीले भने सन्तोष खेतानको पसल भएको बताएका छन्।

Sep 25, 2011

एकै दिन विमानका तीन घटना १९ जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ८,आइतबार एकै दिन काठमाडौंमा विमानसँग सम्बन्धित तीन वटा घटना भए। पहिलो घटनामा त्रिभुवन विमानस्थलबाट माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा जहाज उपत्यका प्रवेश गर्ने क्रममा ललितपुरमा बिहानै दुर्घटना भयो। जसमा १९ जनाको मृत्यु भयो। त्यसैगरी दोस्रो घटनामा दिउसो भारतीय स्पाइस जेटभित्र बम भएको हल्ला चल्यो। उड्न लागेको विमानमा बम भएको हल्ला चलेपछि नेपाली सेनाको बम निष्क्रिय पार्ने टोली पुग्यो। चेकजाँच गर्दा थाहा भयो कि त्यहाँ त्यस्तो केही रहेनछ। केही व्यक्तिले हल्ला चलाएकामात्र रहेछन्। जो प्रहरी नियन्त्रणमा परे। तेस्रो घटना साँझपख भयो। नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजको पाङ्ग्रा पङ्चर भएपछि रन वेमा नै अड्क्यो जसका कारण केहीबेर विमानस्थल अवरुद्ध हुन पुग्यो। पहिलो घटनाले जहान उडान र अवतरण हुन नरोकिए पनि पछिल्ला दुई घटनाले भने विमानस्थलकै सम्पूर्ण काम प्रभावित तुल्याए। स्पाइस जेट त अझै उड्न सकेको छैन। बिहान ८ बजेर ५० मिनेट जाँदा ललितपुरको बाडे गाउँमा दुर्घटना भएको पुष्टि नागरिक उड्ययन प्राधिकरणले गरेको थियो। बिहान ६ बजेर ४९ मिनेटमा उडेको सो जहाजको ७ बजेर ३१ मिनेटमा सम्पर्क टुटेको थियो। यात्रुहरुको शव शिक्षण अस्पतालमा लगिएको छ। पोस्टमार्टमपछि शव परिवारलाई बुझाइँदैछ।

लिम्बुवान बद्धिजिवी परिषदको पुनर्गठन र सल्लाहकारहरुको मनोनयन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सन् २०११ सप्टेम्वर २५ तारीख आर्इतबारका दिन हङकङस्थित याउ मा तेइ हिन्सको सभाकक्षमा लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चा प्रवास समिति हङकङले एक कार्यक्रम आयोजना गरी लिम्बुवान बद्धिजिवी परिषदको पुनर्गठन र नयाँ सल्लाहकारहरुको मनोनयन गरेको छ । लिम्बुवानको आवश्यकता र संघीय लिम्बुवान प्राप्तिको लागि बिदेश बसेर पनि के कस्तो सहयोग वा योगदान पुर्याउँन सकिन्छ । त्यस बारे नयाँ सल्लाहकार तथा बद्धिजिवीहरुले आफ्नो सल्लाह सुझाव लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चा प्रवास समिति हङकङलार्इ दिएका थिए । कार्यक्रम सोहि संस्थाका सचिव रविन लिङदेनले सञ्चालन गर्नु भएको थियो भने अध्यक्षता अध्यक्ष मान बहादुर थोप्राले गर्नुभएको थियो ।

स्कुलको सहयोगार्थ हंगकंगमा दीप श्रेष्ठको एकल गायन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सन् २०११ सप्टेम्वर २५ तारीख आर्इतबारका दिन हङकङस्थित याउ मा तेइको हेनरी जी ल्योङ कम्युनिटी हलमा लिटल बड किण्डरगार्टेन स्कुलको सहयोगार्थ बरिष्ठ सुगम संगीतका गायक दीप श्रेष्ठको एकल गायन कार्यक्रम भब्यताका साथ सम्पन्न भएको थियो । उक्त कार्यक्रममा गायक दीप श्रेष्ठले १२ चर्चित गीतहरु गाएका थिए भने बिद्यार्थीहरुव्दारा केहि प्रस्तुति गरीएको थियो । हङकङका श्रोता तथा दर्शहरुले हल खचाखच भरीएको थियो । गायनमा दीप श्रेष्ठ कै धर्मपत्नी सोफीया श्रेष्ठले भरपुर सहयोग गरेका थिए । संगीत संयोजनमा बरिष्ठ संगीतकार तथा गायक दिनेश सुब्बाले सहयोग गर्नुभएको थियो।

Sep 24, 2011

इलाममा लिम्बुवानको शैक्षिक आन्दोलन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/दिलु लावती
असोज ६, इलाम,संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको भातृसंगठन संघीय विद्यार्थी युनियन लिम्बुवान जिल्ला कार्य समिति इलामले असोज ६ गते एक दिने शैक्षिक आमहड्तालको आन्दोलन गरेको छ । आन्दोलनको क्रममा इलाम जिल्लाका सम्पूर्ण सरकारी तथा गैरसरकारी स्कुल तथा क्याम्पसहरू असोज ६ गते एक दिनका लागि बन्द गरिएको जिल्ला अध्यक्ष रोशन राईले जानकारी दिएका छन् ।
आन्दोलनकै सिलसिलामा असोज ५ गते आयोजित विशाल जुलुशले इलाम नगरपालिका परिक्रमा गरी गणतन्त्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका सचिवालय सदस्य तथा इलाम जिल्ला इन्चार्ज थाङसाङ लावतीले कथित् एकात्मक टिचिङ् लाईसेन्सको नमूनालाई जलाई आफ्नो मन्तव्य राख्नुभएको थियो । मन्तव्यको क्रममा लिम्बुवानका सरकारी स्कुलहरूमा ठूला राजनैतिक दलहरूको हाबी भएको तथा शिक्षक नियुक्तिमा घुषपैठ भएकोले तुरुन्त राजनैतिक हस्तक्षेप बन्द गर्नुपर्ने, निजी स्कुलहरूलाई दिइएको अल्टिमेटम फिर्ता गर्नुपर्ने, संघीय शिक्षा लागू गर्नुपर्ने, एकात्मक शिक्षाप्रणाली खारेज गर्नुपर्ने र सरकारी स्कुलहरूमा गुणस्तरीय शिक्षा लागु गर्नेपर्ने बताउनु भयो ।
त्यसैगरी, पत्रकार परिषदका अध्यक्ष दिलकुमार लावतीले संघीयवादी पत्रकारहरू गाउँगाउँमा प्रवेश गरिरहेकाले एकात्मकवादीहरूको करतुतहरू चाडै पर्दाफास गर्ने चेतावनी दिनुभयो । सम्पूर्ण सञ्चारकर्मी मित्रहरूलाई संघीयता र लिम्बुवानको पक्षमा कलम चलाउने हिम्मत नगरे पनि यसको अनाहक विरोधमा कलमको दुरुपयोग नगर्न आग्रह गर्नुभयो ।
यसै अवसरमा, इलाम जिल्लामा संघीय लिम्बुवान शिक्षक परिषद जिल्ला कार्य समिति पनि गठन गरिएको छ । शिक्षक परिषदका अध्यक्षमा भीम एक्तेन, सचिवमा छत्र चौहान, अर्थ सचिवमा ओम अर्याल रहेका छन् । त्यसैगरी, सदस्यहरूमा गोविन्द लिम्बू, श्याम गुरुङ, याममाया गुरुङ, निमाडोल्मा काजी लेप्चा, दिलबहादुर गुरुङ, सरदचन्द्र कन्दङ्वा, राजकुमार खाती र गजेन्द्र एक्तेन रहेका छन् । कार्यक्रम केन्द्रीय सदस्य हरि श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको थियो ।

पान्थरको आङसराङमा नुबो दक्षिण क्षेत्रीय सम्मेलन सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/पान्थरे लुङा
असोज ६,२०६८,मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको पान्थर जिल्ला नुवो दक्षिण इलाकाको दोस्रो क्षेत्रीय सम्मेलन २०६८ असोज ५ र ६ गते सम्पन्न भएको छ । आङसराङ गा.वि.स.को श्री जयनारायण आदर्श उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा असोज ५ गते उद्घाटन सत्र राती ८.३० बजेसम्म सञ्चालन भएको थियो । खराब मौसमका कारण फेदेनबाट हिँडेको गाडीमा सवार अतिथिहरू बडो जोखिमपूर्ण यात्रा गर्दै सभास्थलमा अबेरमात्र पुगेको थिए । अतिथिहरूको व्यग्र प्रतिक्षामा रहेका हजारौं लिम्बुवान प्रेमी जनताहरू कार्यक्रम शुरुहुँदा अधिकांश घर फर्किसकेका थिए । राजनैतिक कार्यक्रमहरूमा इतिहासमै पहिलोपटक सबैभन्दा बढी जमघट भएको स्थानीयबासीले टिप्पणी गरेका छन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि महासचिव फक्ताङलुङ योङहाङले "हामीले घाम-पानी, हुरी-बतास, भोक-प्यास, रात-साँझ पनि नभनीकन लिम्बुवान प्राप्तीका लागि हमेशा लागिपरेका छौं" भन्नुभयो । वहाँले यो लिम्बुवान राज्य प्राप्तिको महान अभियानमा सबैलाई बडो उत्साहका साथ लागि पर्न आग्रह गर्नुभयो । त्यसरी नै, विशेष अतिथि केन्द्रीय सचिवालय सदस्य दिलेन्द्र कुरुम्बाङले विश्वका संघीय मुलुकहरूको उदाहरण दिंदै उनीहरूले गरेको प्रगतिका बारेमा जानकारी गराउनुभयो । लिम्बुवान सबै लिम्बुवानबासीको साझा राज्य बन्ने बताउँदै हाम्रो एकमात्र अभिष्ट लिम्बुवान भूमी मुक्ति भएकाले यस सवालमा कुनैपनि हालतमा सम्झौता हुन नसक्ने विचार राख्नुभयो । कार्यक्रमलाई केन्द्रीय सदस्य संगम खनाल, जिल्ला अध्यक्ष लाबाहाङ चेम्जोङ, महिला परिषदका भिमा लिम्बू, नेकपा, गाउँ परिषदको तर्फबाट इन्द्रबहादुर आङदेम्बे, एमालेका वीरबहादुर कुरुम्बाङ लगायतले सम्बोधन गरेका थिए । लिम्बुवान कलाकार परिषदका कलाकारहरू मनिष सेन्चुरी, विनिता हेम्ब्या, सूर्य आङदेम्बे, सुस्मिता राई लगायतले गीत गाएर मनोरञ्जन दिलाएका थिए भने सेहोनाम्लाङ क्लबका बहिनीहरूले लिम्बूवानी नृत्य प्रस्तुत गरेका थिए ।
खुला सत्रको समापन लगत्तै शुरुभई असोज ६ गते बिहान ४ बजेसम्म सञ्चालन भएको बन्द सत्रले सुजन आङदेम्बेको अध्यक्षतामा १९ सदस्यीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद नुबो दक्षिण क्षेत्रीय समिति निर्माण गरेको छ । त्यसैगरी, अन्य पदाधिकारीहरूमा बीरेन चेम्जोङ उपाध्यक्ष, विजय लावती सचिव, हेमन्ता सेर्मा कोषाध्यक्ष चयन भएका छन् भने सदस्यहरूमा धडकन आङदेम्बे, अनिल लावती, कमल आङदेम्बे, पूर्ण नेम्बाङ, गोरे राई, इन्द्रकुमार राई, विजन नेम्बाङ, सुरेशकुमार चेम्जोङ, डिल्लीशोर चेम्जोङ, पूर्ण मिफोक, पूर्णहाङ सङबाङफे, कमला सेर्मा, मिलन सङबाङफे, मविन्द्र सेर्मा र मनिसा आङदेम्बे रहेका छन् । नुबोदक्षिण क्षेत्रअन्तर्गत सराङडाँडा, आङसराङ, माङजाबुङ, यासक, स्याबरुम्बा, रानीगाउँ, फाक्तेप र चित्लिङदेन गरी ८ गाविस पर्दछन् । त्यसैगरी, असोज ६ गते जयनारायण आदर्श उच्च माविमा संघीय विद्यार्थी युनियन इकाई समिति पनि गठन भएको छ ।

प्रधानमन्त्रीको सम्बोधन आज राष्ट्रसंघमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ७,अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री बाबुराम भट्टराईले शनिबार राष्ट्रसंघको ६६ औँ महासभालाई सम्बोधन गर्दैछन्। उनले शनिबारै राष्ट्रसंघका महासचिव बान कि मुन, भारतीय समकक्षी मनमोहन सिंह र चिनियाँ प्रतिनिधिसँग भेटवार्ता गर्ने राष्ट्रसंघस्थित नेपाली स्थायी नियोगले जनाएको छ। नियोगका अनुसार बिहीबार पनि भट्टराई उच्चस्तरीय भेटघाटमा व्यस्त रहे। बिहीबारै प्रधानमन्त्री भट्टराई र संयुक्त राष्ट्रसंघका राजनीतिक मामला हेर्ने उपमहासचिव बि लिन पास्कोबीच शान्ति प्रक्रिया, विकासका चुनौती र शान्ति मिसनमा नेपालको सहभागिताबारे छलपल भएको जनाइएको छ। उनले स्लोभेनियाका राष्ट्रपति डानिलो रुर्कसँग पनि भेटवार्ता गरे। यस्तै, राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क पुगेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार त्यहाँ आयोजित आणविक सुरक्षा र जातीय विभेदसम्बन्धी दुई उच्चस्तरीय बैठकलाई सम्बोधन गरेका थिए। मन्त्री श्रेष्ठले बिहीबारै क्यानडा र किर्गिस्तानका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेट गरेका थिए। क्यानडाका विदेशमन्त्री जोन बेयर्डसँग भेटमा उनले क्यानडाका व्यापारी तथा उद्योगीलाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्न आग्रह गरेका थिए।

हङकङमा हिमालयन बिश्व सम्मेलन हालै सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन ६ - प्रवासमारहेर क्रिश्चियन धर्ममा आबद्ध नेपाली समुदायको हङकङमा हिमालयन बिश्व सम्मेलन हालै सम्पन्न भएको छ । सम्मेलनमा १६ देशमा कार्यरत नेपालीको प्रतिनिधित्व रहेको थियो । सम्मेलनमा प्रबासमा बसेर नेपालीलाई पुर्‍याइरहेको सेवाको बिषयमा छलफल गर्दे यसलाई अझै ब्यबस्थीत गर्ने निष्र्कष निकालिएको थियो । 'प्रबासमा बस्ने नेपालीको सवालको बिषयमा ब्यापक छलफल भयो', कार्यक्रममा लेबनानबाट सहभागी दीपेन्द्र उप्रेतीले भने-'सम्मेलनले प्रबासमा रहेर काम गर्ने नेपालीबीच नेटवार्कमा बिस्तार गर्दै नेपाली समुदायमा पुर्‍याइरहेको सर सहयोगलाई प्रभाबकारी बनाइनेमा जोड दिएको छ । सम्मेलनमा सबै देशबाट आएका प्रतिनिधिहरुले आफूहरुले गर्दै आइरहेको कामकोबारे जानकारी गराइएको थियो ।

सरकारका सबै सेवा एउटै साइटमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन ७ - नागरिकता, लाइसेन्स प्राप्त गर्न होस् वा अन्य सरकारी सेवा लिन लामो प्रक्रियाले प्रायः सबैलाई थकाएकै छ । सानो काम गर्न आवश्यक पर्ने फारम लिन पनि लामो समय र निकै खर्च गरेर कार्यालय धाउनुको विकल्प छैन । तर नयाँ सरकारले कम्तीमा सरकारी सेवा पाउने स्थान, लाग्ने समय, पुर्‍याउनुपर्ने कागजातको जानकारी मात्र होइन फारम डाउनलोड समेत एउटै वेबसाइटबाट उपलब्ध गराउने भएको छ । सरकारको आधिकारिक साइट डब्लूडब्लूडब्लू डट नेपालगभ डट जीओभी डट एनपीलाई परिष्कृत गरी यो सेवा दिने प्रक्रिया सुरु भएको छ । यसमा सरकारले आफूअन्तर्गतका सबै निकायको लिंक र त्यहाँ हुने कामबारे जानकारी सँगै फारम डाउनलोड सुविधा राख्ने उच्चस्तरीय सूचना प्रविधि आयोगका उपाध्यक्ष मनोहर भट्टराईले बताए । 'यसबाट सरकारी निकाय र उनीहरूको सेवाबारे एकै ठाउँबाट जानकारी पाउनेछन्,' उनले भने । ई-गर्भनेन्स गुरु योजनाअन्तर्गत काम सुरु भएको हो । 'लाइसेन्स, नागरिकताका लागि आवश्यक फारम डाउनलोड गरेर त्यही भरेर कार्यालयमा गई काम गर्न सकिन्छ,' उनले भने, 'सम्भव भएसम्म फारम भरेर अनलाइनबाट पठाउने व्यवस्था मिलाउने तयारी पनि भइरहेको छ ।'
विवाह दर्ता, जन्म दर्ता, पासपोर्टलगायत सरकारी कामका लागि कुन प्रक्रिया र कहाँबाट हुने जानकारी साइटमा हुनेछ । 'सरकारी काममा कति शुल्क लाग्छ र कति समयमा काम सकिन्छ भन्ने जानकारी पनि राखिनेछ,' उनले भने, 'नागरिकले सहज रूपमा सरकारी सेवा र जानकारी पाउन भनेर यो साइट निर्माणको काम सुरु गरिएको हो ।'इन्टरनेट प्रयोगकर्ताको संख्या लगातार बढिरहेको अवस्थामा यसले नागरिकको समय र पैसा कम खर्च गर्ने छ । सरकारी कामलाई पारदर्शी बनाउन पनि यसले सघाउ पुग्ने भट्टराईले बताए ।

मानव अधिकार अपराधीले आममाफी नपाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ७ - सरकारले गम्भीर मानव अधिकार उल्लंघनका अपराधीलाई क्षमादान गर्न नसक्नेगरी सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको तयारी अघि बढाएको छ। विधायन समितिको उपसमितिले यसलाई टुंगो लगाएर केही दिनमै समितिलाई बुझाउने तयारी गरिरहेको छ। दसवर्षे माओवादी सशस्त्र द्वन्द्वका क्रममा निशस्त्रको हत्या, बलात्कार, बेपत्ता, अपहरण र शरीर बन्धकजस्ता अपराधमा संलग्नलाई क्षमादानको सिफारिस गर्न नसक्नेगरी आयोग बनाउने विधेयकको मस्यौदालाई अन्तिम रूप दिन दलहरू सहमतिनजिक पुगेका हुन्। सरकारले संसदको जारी अधिवेशनबाटै आयोगको ऐन पारित गरी 'पीडक र पीडितबीच पारस्परिक सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना बढाई समाजमा शान्ति र मेलमिलाप गराउन' यस्तो आयोग गठन गर्ने प्रक्रिया अघि बढाएको हो। एकीकृत माओवादी संसदीय दलका सचिव खिमलाल देवकोटाका अनुसार विधायन समितिमा लामो समयदेखि अड्किएको उक्त विधेयकका प्रावधानबारे दलहरू सहमतिनजिक पुगेका छन्। केही दिनमै समितिले विधेयकलाई अन्तिम रूप दिई संसदमा पेस गर्ने तयारी छ।

नेपाली अनुसन्धानकर्तालाई अमेरिकी पुरस्कार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली अनुसन्धानकर्ता बटु शर्मा कुइँकेल अमेरिकन सोसाइटी अफ माइक्रोबायलोजीबाट पुरस्कृत भएका छन् । सन् २०११ मा विभिन्न संक्रमणखाले रोगका विषयमा उत्कृष्ट अनुसन्धान गरेको पुरस्कार हात पारेका हुन् । कुइँकेलसगँ युरोपका चार अनुसन्धानकर्ताले पनि यो पुरस्कार जितेका छन् । कुइँकेलले डुक विश्वविधालयको प्रयोगशालामा आफ्नो अनुसन्धान पुरा गरेका थिए । शर्माको अनुसन्धान नयाँ रोगहरु विरुद्ध औषधि उत्पादन गर्न फलदायी हुने भएकाले उनलाई पुरस्कृत गरिएको अमेरिकन सोसाइटी अफ माइक्रोबायलोजीले जनाएको छ । राजधानीको गोकर्ण सुन्ताखानमा जन्मेका कुइँकेलले त्रिचन्द्र क्याम्पसबाट माइक्रोबायलोजीमा बीएस्सी तथा त्रिभुवन विश्वविधालयबाट माइक्रोबायोलोजीमै उत्कृष्ट अंक ल्याएर स्नातकोत्तर पुरा गरेका थिए। समाजसेवामा समेत सक्रिय कुइँकेल लायन्स क्लब अफ काठमाडौं, जोरपाटीमा आवद्ध समेत हुनुहुन्छ।

Sep 23, 2011

कोइरालालाई निहुर्‍याएरै छाड्ने देउवाको चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कीर्तिपुरमा शुक्रबार नेविसंघले आयोजना गरेको कार्यक्रममा नेता देउवाले भने, 'यो टिके प्रथाको विरोध त्यत्तिबेलासम्म गर्छौं, जतिबेलासम्म निर्णय सच्याइन्न ।' भ्रातृ संगठनको नेतृत्व भंग गर्ने निर्णय सच्याउन कोइरालालाई बाध्य पार्ने उनको भनाइ थियो । सभापति कोइरालाले मन नपर्ने, फरक विचार राख्नेलाई लखेटेर टिकेप्रथाको सुरुवात गरेको देउवाको आरोप थियो । उनले आफूले पार्टीभित्रको निरंकुशताकोविरुद्ध विगुल फुकेको बताए । 'हामीले पार्टी फुटाउन विरोध गरेका होइनौं,' उनले भने । कांग्रेस र कांग्रेस प्रजातान्त्रिक एकीकरणमा भएको सहमति वर्तमान सभापति कोइरालाले लत्याएको उनको आरोप थियो । 'पार्टी एकीकरण हुँदा तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला र मैले पार्टी एकता गर्ने संकल्प गरेका थियौं,' उनले भने, 'अहिले एकता भत्काउन खोजिंदैछ, तर म पार्टीलाई एकढिक्का बनाएर छाड्छु ।'कोइराला कार्यवाहक सभापति हुँदा तीनपटक म्याद थपेरमात्र महाधिवेशन गरेको स्मरण गर्दै देउवाले निर्वाचित संस्था कसैको सनकमा भंग गर्न नपाइने बताए । '१७ सालमा पञ्चायतले प्रजातन्त्र खोस्यो, पछि पञ्चायत ढल्यो, पछि ज्ञानेन्द्रले प्रजातन्त्र खोसे उनी पनि ढले,' निकै आक्रामक देउवाले भने, 'अहिले कांग्रेसको आन्तरिक प्रजातन्त्र खोस्नेको हाल पनि ज्ञानेन्द्रको जस्तै हुन्छ ।'

'२००७ सालयताको इतिहासमै सबैभन्दा बढी भ्रष्टाचार'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दोलखा, असोज ६ असोज- राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख दलहरुको संलग्नतामा देशमा चरम भ्रष्टाचार बढेको आरोप लगाएका छन्। थापाले प्रमुख राजनीतिक दलहरुकै संलग्नतामा ५ वर्षयताको समयमा बढेको भ्रष्टाचारले ७ सालयताको इतिहास नै कायम गरेको आरोप पनि लगाए। शुक्रबार राप्रपा नेपाल दोलखाको जिल्ला अधिवेशन उद्‍घाटन कार्यक्रममा बोल्दै उनले भने- २००७ सालयताको इतिहासमा यति नाङ्गो र ठाडो भ्रष्टाचार कहिल्यै देखिएको थिएन। “सुडान घोटाला, विभिन्न संस्थानका भ्रष्टाचारलगायत खुलेका जति भ्रष्टाचार काण्ड छन् ती सबैमा ठूला राजनीतिक दलका नेताको संलग्नता छर्लङ्ग देखिन्छ”- उनले भने। उनले सुडान घोटाला माओवादी, कङ्ग्रेस, एमालेसहितका नेता र पूर्व गृह मन्त्रीको मिलेमतोमा भएको ठोकुवा गर्दै अख्तियारले समेत उनीहरुलाई उन्मुक्ति दिएर प्रहरी अधिकारीलाई मात्र मुद्दा चलाएको आरोप लगाए। “तिनै ठूला नेताको सहमतिमा राजनीतिक पार्टीका नेता मन्त्री र प्रशासकलाई उन्मुक्ति दिइएको छ”, थापाले भने – माओवादी कङ्ग्रेस र एमालेका नेताहरुकै संलग्नतामा रुबेल चौधरीलाई समेत बाहिर भगाउने काम गरियो। थापाले दलहरुकै कारण देशमा दण्डहीनता र गुण्डाराज मौलाएको बताए। “जताततै अपराध बढिरहेको छ, निहत्था सर्वसाधारणले दिनहुँ ज्यान गुमाइरहेका छन्”- उनले भने। सरकारमा बसेका दलहरुकै संरक्षणका कारण अपराध मौलाएको थापाको आरोप थियो। थापाले कङ्ग्रेस एमालेको गलत निर्णयका कारण शान्ति प्रक्रिया टुङ्गोमा लाग्न नसकेको बताए। “पहिले लडाकु समायोजन गरेर शान्ति प्रक्रिया टुङ्ग्याएर मात्र संविधान सभाको निर्वाचनमा जानुपर्थ्यो”- उनले भने। थापाले संविधान सभाले नयाँ संविधान बनाउन नसक्ने कारण ताजा जनादेशमा जानुको विकल्प नरहेकोसमेत बताए।

फेसबुकमा ठूलो परिवर्तन गरिँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सन फ्रान्सिस्को, असोज ६,विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जालको साइट फेसबुकले चलचित्र, संगीत, समाचार र डिजिटल बुकलाई सुधारिएको प्रोफाइल पेजमा राखेर ठूलो परिवर्तन गर्ने तयारी गरेको छ। आगामी केही हप्ताहरुभित्र यी महत्त्वपूर्ण परिवर्तनहरु फेसबुकका सदस्यहरुले पाउने बताइएको छ। फेसबुकले बिहीबार घोषणा गरेको नयाँ किसिमको ओपनग्राफ एप्लिकेसन्सले सुधार गरिएको नयाँ टाइमलाइन प्रोफाइल पेजलाई सजाउने छ। डिजिटल म्युजिक सर्भिस स्पटिफाइले फेसबुक प्रयोगकर्तालाई उनीहरुका साथीहरुले अहिले के गीत सुनिरहेको छ भनी देखाउने छ रियल टाइम फिड्स "टिकर"मा। त्यतिमात्र हैन, त्यही गीत आफूले पनि सुन्न सक्ने सुविधा पनि यसमा हुनेछ। बिहीबार भएको फेसबुक डेभलपर्सको सम्मेलनमा सीइओ मार्क जुकरबर्गले आफ्नो नयाँ टाइमलाइन प्रोफाइल पेज देखाएका थिए। जसमा उनी बच्चा हुँदाका फोटोदेखि गत अप्रिलमा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई भेट्दासम्मका फोटो थिए। "एउटा सिंगो पेजमा तपाईँको जीवनको कथा भन्नु ठूलो चुनौति थियो", जुकरबर्गले भने।

विमानस्थलमा बढी तौल देखाएर ठगी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु ठगिएको तथ्य सार्वजनिक भएको छ । आन्तरिक उडान कक्षका तौल नाप्ने मेसिन दुरुस्त नभएको पाइएको छ । वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं, नापतौल विभाग र उपभोक्ता कर्मीले अनुगमन गर्दा आन्तरिक उडान कक्षका तौल नाप्ने १२ मेसिनमध्ये आठवटाले वास्तविकभन्दा बढी तौल देखाएको पाइएको छ । यती, तारा, अग्नि, बुद्धलगायतका एअरलाइन्सले आन्तरिक उडानमा बढी तौल देखाएर यात्रुलाई ठग्दै आएको देखिएको छ । यती र अग्निका लगेजको तौल नाप्ने मेसिनले वास्तविक भन्दा दुई किलो तौल बढी देखाउने गरेको पाइएको छ । अग्निका कर्मचारीहरुले अनुगमन टोली आएको थाहा पाएपछि वास्तविकभन्दा बढी तौल देखाउने मेसिनमा बिग्रिएको भन्दै हस्तलिखित सुचना टाँसेका थिए । त्यस्तै बुद्ध एअरका दुईवटा मेसिनमध्ये एक बिग्रिएको र चालु अवस्थामा रहेकाले बढी तौल देखाएको थियो । नेपाल वायुसेवा निगम र गुण एअरलाइन्सका तौल नाप्ने मेसिन भने सही रहेको पाइयो । यसै गरी अन्तर्राष्ट्रिय उडानतिरका कर्मचारीले तौलने मेसिनको एउटा छेउमा खुट्टा राखेर बढि तौल देखाएर यात्रुबाट पैसा असुल्ने गरेको पाइएको छ । वास्तविक तौलभन्दा बढी देखाएर पैसा असुल्न उनीहरुले मेसिनको एक छेउमा यात्रुले थाहा नपाउने गरी खुट्टा राख्ने गरेको त्यहाँ कार्यरत एक कर्मचारीले नै अनुगमन टोलीलाई बताए । कर्मचारीले खुट्टा राखेर गडबडी नगरेमा त्यस कक्षमा रहेका १६ वटै मेसिनले ठीक तौल देखाउने गरेको पाइयो ।

मातृका यादवको नेकपा (माओवादी) फेरी तीनवटा पक्षमा विभाजित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ए नेकपा माओवादिबाट बिभाजित भएर गएको मातृका यादव नेतृत्वको नेकपा (माओवादी) फेरी तीनवटा पक्षमा विभाजित भएको छ । पार्टीका केन्द्रीय सदस्य दिलीप साहको नेतृत्वमा पहिले नै विभाजित भइसकेको थियो भने पुनः सो पार्टी विभाजित भई पार्टीका प्रवक्ता भरत दाहालको नेतृत्वमा र अध्यक्ष यादवको नेतृत्वमा गरी तीन पक्षमा विभाजित भएको हो । पार्टीका प्रवक्ता तथा केन्द्रीय सदस्य भरत दाहालले आज यहाँ पत्रकार सम्मेलन गरी आफूलाई पार्टीभित्रैबाट ज्यान मार्ने धम्की आएको भन्दै पार्टी विभाजन भएको जानकारी दिनुभयो । दाहालले आफ्नो पक्षमा केन्द्रीय सदस्य अमर राई, रीता मानुषी, सन्त घिसिङ र अमृत विक रहेको बताउँदै आफ्नै नेतृत्वमा छिटै राष्ट्रिय सम्मेलन हुने जानकारी दिनुभयो ।

Sep 22, 2011

मुद्दा फिर्ता नलिन प्रचण्डलाई मानवअधिकारबादीहरुको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बिभिन्न राजनैतिक मुद्दा फिर्तालिने बिषयमा माओवादी र मधेसी मोर्चा बिच भएको सहमति कार्यान्वयन नगर्न मानवअधिकारबादीहरुले आग्रह गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरुले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर गम्भीर मानवअधिकार उल्लङ्घनका दोषी उपर लागेको मुद्धा फिर्ता नलिन ध्यानाकर्षण गराएका छन् । आयोग अध्यक्ष केदारनाथ उपाध्याय नेतृत्वमा गएको एक टोलीले माओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा भेटी प्रचण्डको ध्यानाकर्षण गराएको हो । उनीहरुले सरकार गठनअघि माओवादी र मधेसी मोर्चाबीच भएको सहमतिमा गम्भीर मानवताविरोधी अपराधमा संलग्नहरुको समेत सरकारले मुद्धा फिर्ता लिने उल्लेख गरिएको भन्दै त्यसो नगर्न प्रचण्डलाई आग्रह गरेका थिए । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष उपाध्यायले आफूहरुले गम्भीर मानवअधिकार उल्लङ्घटनका घटनाका दोषीको मुद्धा फिर्ता नलिन आग्रग गरेको र प्रचण्डले त्यसलाई सकारात्मक रुपमा लिएको बताउनुभयो । अध्यक्ष प्रचण्डले आपराधिक घटनाका दोषीको नभई द्वन्द्वकालमा राजनीतिक प्रतिशोधका आधारमा लगाइएका झुठा मुद्धामात्र फिर्ता लिने सहमति भएको स्पष्ट गर्दै त्यसलाई गम्भीर रुपमा नलिन आयोग टोलीसँग आग्रह गर्नुभएको थियो । भेटमा आयोगका सदस्यहरुले अन्तरिम संविधानमा व्यवस्था भएअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग तत्काल गठन गर्न पनि प्रचण्डसँग अनुरोध गरेका थिए । टोलीले कांग्रेस-एमालेलगायत दलका नेताहरुलाई पनि भेटेर गम्भीर प्रकृतिका मुद्धा फिर्ता नलिन ध्यानाकर्षण गराइने बताएको छ ।

गोरखा कारागारबाट बिहीबार विहान एक कैदी फरार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गोरखा, आश्विन ५ - गोरखा कारागारबाट बिहीबार विहान एक कैदी फरार भएका छन् । बिहान करिव पाँच बजे कर्तब्य ज्यान मुद्धामा जेल बसेका ३३ वर्षीय बुद्धिराम दराई फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चितवन बल्छौडी- १ घर भएका उनी पँचा महिनादेखि कारागारमा थिए । कैदी दराई कहाँबाट र कसरी भागेको भन्ने बिषयमा पुष्टि हुन नसकेको प्रहरी नायब उपरीक्षक बहादुरजंग मल्लले बताए । 'ड्यूटीमा रहेको प्रहरीको प्रत्यक्ष लापरबाही देखिन्छ' मल्लले भने, 'तर, कैदी कहाँबाट कसरी भागेको खुल्न सकेको छैन । कारागारका प्रहरीमाथि अनुसन्धान भइरहेको छ ।'दराई कर्तब्य ज्यान मुद्धामा २० बर्ष कैदको सजायका लागि कारागारमा थिए । यहाँको फिनाम गाविसमा रहेका सासू हत्याको मुद्धामा उनलाई अदालतले २० बर्ष कैदको सजायमा सुनाएको थियो ।

७५ वर्षीय वृद्धद्वारा १२ वर्षिया किरोशी बलात्कृत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एक १२ वर्षीया किशोरीलाई बलात्कार गर्ने ७५ वर्षीय वृद्धलाई प्रहरीले जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाएको छ । दोलखा काटाकुटीका ७५ बर्षीय एक व्यापारीले १२ बर्षीया किशोरीलाई बलत्कार गरेका हुन । खुद्रा पसलका बृद्धले किनमेल गर्न आएकी गाउँकै एक किशोरीलाई चकलेट दिएर फकाउँदै कोठामा लगेर बलात्कार गरेको उजुरीको आधारमा प्रहरीले बृद्धलाई जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाएको हो । ती वृद्धाले भने उमेरका कारण बलात्कार गर्ने अवस्था नभएको उजुरी दिएका छन् । ती वृद्धले श्रीमती बिहिन जिवन बिताइरहेका छन् ।

प्यालेस्टाईनलाई छुट्टै मुलुकको रुपमा मान्यता दिने नेपालले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त राष्ट्रसंघको महासभामा प्यालेष्टाइनलाई छुट्टै देशको मान्यता दिइयोस भन्ने प्रस्तावमा नेपालले समर्थन गर्ने भएको छ । गएराति प्रधानमन्त्री भट्टराईले पत्रकारसँग कुराकानी गर्दै प्यालेष्टाईन स्वतन्त्रताका लागि लड्दै आएको मुलुक भएकाले उसलाई समर्थन गर्ने बताउनुभयो । अमेरिका लगायत केही युरोपेली राष्ट्रहरुले प्यालेष्टाइनलाई छुट्टै देशको मान्यता दिन नहुने पक्षमा छन् । नेपालको पुरानो मध्येको एक मित्र राष्ट्र ईजरायल , अमेरिका र फ्रान्स नेपालको यो निर्णयबाट रुष्ट बन्ने सम्भावना रहेको छ । ईजरायलले प्यालेस्टाईनलाई छुट्टै मुलुकको रुपमा स्विकार गर्दैन उसको पक्षमा फ्रान्स र अमेरिका रहदै आएका छन् ।

चार्ल्स शोभराजकी पत्‍नी निहिता भारतीय टिभीको 'बिग बोस' मा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ५,सुन्धारास्थित केन्द्रीय कारागारमा हत्याको अभियोगमा बन्दी जीवन बिताइरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजसित कारागार मै भेट भएर त्यहीँ बिहे गरेकी २२ वर्षीया नेपाली निहिता विश्वास भारतीय टेलिभिजनको विवादास्पद रियालिटी सोमा देखा पर्ने भएकी छिन्। मुम्बई मिररले जनाए अनुसार कलर्स टेलिभिजनको कार्यक्रम बिग बोसको पाँचौँ संस्करणमा सहभागी हुन निहिताले सहमति जनाइसकेकी छिन्। कार्यक्रम यही असोज महिनामा सुरु हुँदैछ। उनी सेप्टेम्बरको अन्त्यसम्ममा भारत आइपुग्ने 'समय लाइभ' ले जनाएको छ। तीन वर्षअघि विजया दशमीको दिन जेलभित्रै शोभराज र निहिताको विवाह भएको दावी निहिता परिवारले गर्दै आएको छ। तर जेल अधिकारीहरु भने त्यो दावी स्वीकार्दैनन्। सन् १९७५ मा काठमाडौँमा भएको क्यानाडेली पर्यटकको हत्याको आरोपमा शोभराजलाई दोषी ठहर गर्दै सर्वोच्चले आजीवन कारावासको सजाय सुनाएको थियो। फैसला लगत्तै निहिता र उनकी कानुन व्यवसायी आमाले 'सर्वोच्च बिकेको' भनी अभिव्यक्ति दिएर अदालतको मानहानी गरेको विषयमा पनि एक वर्षअघि उनीहरु विवादमा आएका थिए। बिग बोसमा केही सेलिब्रिटीहरु एउटै छानामुनि केही दिनसम्म बस्ने गर्छन्। उनीहरुका सबै गतिविधि क्यामेरामा रेकर्ड हुनेछ। कार्यक्रममा माधुरी दीक्षित, बक्सिङ खेलाडी माइक टाइसन, शाकिरा, लेडी गागा, बालाजी प्रोडक्सनका एकता कपूर आदिको पनि सहभागिता हुन सक्ने भारतीय मिडियाले जनाएका छन्। गत वर्षको बिग बोसमा पामेला एन्डरसन देखिएकी थिइन्।

Sep 21, 2011

इन्जिनियरिङ पढ्नेको शुल्कमा १५ हजार रुपियाँ घटाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ४- तेह्र विद्यार्थी सङ्गठनको बैठकले त्रिविद्वारा सम्बन्धन प्राप्त कलेजहरुमा बिई (ब्याचलर इन इन्जिनियरिङ) अध्ययन गर्न चार वर्षका लागि हाल कलेजहरुले निर्धारण गरेको शुल्कमा कम्तीमा १५ हजार रुपियाँ घटाउने विषयमा सहमति जनाएको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रीय कार्यालयमा आज बसेको १३ विद्यार्थी सङ्गठनको बैठकले इन्जिनियरिङ अध्ययन गर्नका लागि विद्यार्थीलाई ५० हजारदेखि एक लाख रुपियाँसम्म शुल्क वृद्धि गरेकाले सबै विद्यार्थीको पढ्नका लागि पहुँच नपुग्ने भन्दै कलेजले निर्धारण गरेको शुल्कमा सो रकम घटाउन लगाउने विषयमा सहमति भएको हो। शिक्षा मन्त्रालयको प्रतिवेदनअनुसार कलेजहरुको अनुगमनबाट प्राप्त तथ्यहरुको आधारमा हाल तोकेको विद्यार्थी शुल्कमा समायोजन गर्नुपर्ने परिस्थिति आएमा समायोजन गर्न सम्बन्धित कलेज तयार रहनुपर्ने सहमति गरिएको छ। बैठकले इन्जिनियरिङ अध्ययन गर्नका लागि विद्यार्थीलाई छात्रवृत्ति बढाउने तथा शैक्षिक ऋण उपलब्ध गराउने विषयमा सम्भावित स्रोतहरुको खोजी तथा सदुपयोग गर्ने विषयमा सम्बन्धित निकायसँग समन्वय गरी प्रक्रिया अगाडि बढाउने सहमति भएको छ।
त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुको अनुगमन गर्न हरेक विश्वविद्यालयले विज्ञहरुको एक समिति बनाई आगामी फागुन मसान्तभित्र अनुगमनको प्रतिवेदन तयार गर्ने र अनुगमनबाट प्राप्त सिफारिसलाई लागु गर्ने जिम्मा प्रत्येक विश्वविद्यालयका डिन कार्यालयले लिने विज्ञप्तिमा उल्लेख छ। अनेरास्ववियुका अध्यक्ष माधव ढुङ्गेलले यी विभिन्न विश्वविद्यालय, शिक्षा मन्त्रालय र १३ विद्यार्थी सङ्गठनबीच भएको सहमति कार्यान्वयन भएमा भर्ना अवरुद्ध भएका विश्वविद्यालयहरुमा भर्ना प्रक्रिया सुचारु गरिने बताए।

लिम्बुवान पान्थरको रबीमा संघीयता र भावी लिम्बुवान बारे प्रशिक्षण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/दिलेन्द्र कुरुम्बाङ
भाद्र २६, रवी, पान्थर,संघीय मञ्चसम्बद्व संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवानका विभिन्न जिल्ला, थुम र गाउँगाउँमा सानाठूला लिम्बुवानी प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गरिरहेको छ | यसैक्रममा, यही भाद्र २६ गते पान्थरको रबीबजारमा ''सम्पूर्ण संघीयावादीहरू एक होऔ'' भन्ने नाराका साथ "संघीयता र भावी लिम्बुवान स्वायत्त राज्यको खाका बारे अन्तरक्रियात्मक लिम्बुवानी प्रशिक्षण कार्यक्रम" सम्पन्न भएको छ |लिम्बुवान पान्थरको रबीमा भएको उक्त प्रशिक्षण कार्यक्रममा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का सचिवालय सदस्य दिलेन्द्र कुरुम्बाङ, लिम्बुवान पान्थरका जिल्ला अदक्ष्य लाबाहाङ चेम्जोङ, जिल्ला सदस्यहरू चन्द्रराज आङदेम्बे र खाम्बेक आङदेम्बेबाट लिम्बुवानका इतिहास, वर्तमान अवस्था, यसको भविष्य र आगामी आन्दोलनको बारेमा प्रशिक्षण दिइएको थियो | प्रशिक्षण कार्यक्रममा संघीय लिम्बुवान कानून तथा न्याय परिषदका बिष्णु न्यौपानेले पनि लिम्बुवान सम्बन्धी प्रशिक्षण दिनु भएको थियो |सोही प्रशिक्षण कार्यक्रममा मञ्चसम्बद्व संघीय लिम्बुवान राज्य परिषदका सचिवालय सदस्य दिलेन्द्र कुरुम्बाङले ''संघीयता र समावेशी लिम्बुवान राज्य निर्माणको सवाल'' बिषयक एक कार्यपत्र पनि प्रस्तुत गर्नु भएको थियो | उक्त कार्यक्रम मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद रबि गाउँ परिषदका अदक्ष्य हिन्द प्रसाद राईको अध्यक्षतामा सम्पन्न भएको थियो |

वीर अस्पतालको क्यान्टिन 'सबैभन्दा फोहोर'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ४ -खाने ठाउँ सफै छ। टेबुल पुछिएकै छन्। भान्साको ढोका खुल्नेबित्तिकै ह्वास्स गनाउँछ। उफ्! शौचालयसँगै रहेको भान्सामा खानेकुरा भुइँभरि छरिएको छ। पकाउन ठिक पारिएको ममः, चाउमिन, तरकारी राखेको भाँडा गाईवस्तुको कुँडो पकाउन प्रयोग हुनेजस्तै छ। चिया पकाउने भाँडा कटकटिएको। चिया उम्लिएर बिरामीले खाने जाउलोमा पोखिएको छ। भान्सापछाडि ढलजस्तै फोहोर। लामो समयदेखि थुप्रिएको फोहोर व्यवस्थापन नगर्दा झिँगा भन्किँदै। भाँडा माझ्ने ठाउँमै खानेकुरा। सड्दै गरेका। यो वीर अस्पतालको क्यान्टिन हो। वाणिज्य विभागको नेतृत्वमा मंगलबार अनुगमन टोली पुग्दा 'रछ्यानमै' कामदार खानेकुरा पकाइरहेका थिए। 'पुरानो सरकारी अस्पतालको क्यान्टिन यस्तो होला भन्ने ठानेकै थिएनौं,' वाणिज्य विभागका उपसचिव टीका भण्डारीले भने, 'सबैभन्दा फोहोर भान्सा त यहीँ रहेछ।'
बिरामी र कुरुवाले खाने खाना नै अस्वस्थकर पाइएपछि अनुगमन टोलीले अस्पतालका निर्देशक डा.बुलन्द थापालाई बोलाएर क्यान्टिन अवलोकन गराएको थियो। उनले भने, भने, 'क्यान्टिन मेरो कार्यक्षेत्रमा पर्दैन।' भान्सा अत्यन्तै फोहोर भए पनि संवेदनशील क्षेत्र भएकाले अनुगमन टोलीले क्यान्टिन बन्द गरेन । टेलीले सञ्चालकलाई तत्काल स्वच्छता कायम गरि तीन दिनभित्र स्पष्टीकरणका लागि वाणिज्य विभागमा उपस्थित हुन पत्र काटेको छ। 'अस्पतालको क्यान्टिन भएकाले हामीले संवेदनशीलता हेरेर बन्द नगरेका हौं,' विभागका निरीक्षण अधिकृत कमलबहादुर थापाले भने। अस्पतालका निर्देशकले आफ्नो कार्यक्षेत्रमा नपर्ने भनेपछि अनुगमन टोलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. दामोदरप्रसाद पोखरेल र रजिस्ट्रार मुकुन्दराज पन्थीलाई भेटेको थियो। उनीहरूले क्यान्टिन फोहोर रहेको स्वीकार गर्दै एक महिनाभित्र अर्कै सञ्चालकलाई दिएर सुधार गर्ने प्रतिबद्धता जनाए। अस्पतालका कर्मचारी र चिकित्सकले व्यवस्थापनको लापरबाहीका फोहोर खान बाध्य भएको बताए। 'नजिकै अन्य पसल पनि छैन,' अस्पतालमा कार्यरत चिकित्सक डा. सुजुराज श्रेष्ठले भने, 'फोहोर देखे पनि आँखा चिम्लेर खान्छौं।'

एकलौटी लडाकुको संख्या तोक्ने ऊर्जामन्त्रीको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन ४ - माओवादी सचिव एवं ऊर्जामन्त्री पोष्टबहादुर बोगटीले कांग्रेस-एमालेले नमाने पनि सरकारले एकलौटी रुपमा संख्या तोकेर रिग्रुपिङको काम अगाडि बढाउने घोषणा गरेका छन् ।'शान्तिप्रक्रिया र संविधान निर्माण सहमतिमा हुनु पर्ने भएपनि बाध्यतामा सरकारले एकतर्फी रुपमा भएपनि संख्या तोकेरप रिग्रुपिङको कार्य सुरु गर्छ,' बुधबार रिपोर्टर्स क्लवमा उनले भने, 'यसले समायोजनमा सबैलाई दवाव सृजना गर्छ ।'शान्ति प्रक्रिया अब माओवादीको कारणले कुनै पनि हालतमा नरोकिने दावी गर्दै मन्त्री बोगटीले कांग्रेस र एमालेका कारणमात्रै रोकिने आरोप लगाए । उनले भने, 'कांग्रेस र एमालेले शान्ति चाहेका छैनन् । उनीहरु सहमतिमा नआए सरकार एक्लै अगाडि बढ्छ ।'मन्त्री बोगटीले चार बुँदे सहमतिकै जगमा सरकार निर्माण भएकोले प्रतिपक्षी दलहरुले भने जस्तो सम्झौता कुनै पनि हालतमा खारेज नहुने भन्दै चार बुँदे सम्झौता शान्ति र संविधान प्रति प्रतिवद्ध भएको दावी गरे । उनले चार बुँदे राष्ट्रघाति हो/होइन भन्ने कुरा भविष्यको परिणामले देखाउने समेत स्पष्ट पारे ।

संयुक्त जातीय मोर्चाका केन्द्रिय नेता सहित ५ जना पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वी क्षेत्रमा भुमिगत रुपमा सशस्त्र गतिविधि गर्दै आएको संयुक्त जातीय मोर्चाका केन्द्रिय नेता सहित ५ जना सुनसरीको धरानमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा युवा मोर्चाका केन्द्रिय सदस्य प्रकाश मगर, पासाङ, अविरल, सुनसरी इन्र्चाज प्रविन लिम्बू र नाम नखोलेका एक जना रहेका छन् । पासाङ र अविरल भने सरकारसँग वार्ता गर्न गठित समूहका सदस्य रहेको मोर्चाले जनएको छ । उनीहरुलाई धरान –१५ बाझगरावाट सादा पोशाकका विशेष प्रहरी टोलीले पक्राउ गरी अञ्चल प्रहरी कार्यालयमा लगेको मोर्चाका प्रवक्ता पवासले बताएका छन् । पूर्वमा सशस्त्र गतिविधि गर्दै आएको मोर्चा पछिल्लो समय विभिन्न चरणमा सरकारसँग वार्तामा बसेको थियो ।

Sep 20, 2011

स्व.श्री पदम मल्लको श्रद्घाञ्जली सुचना

सुचना ! सुचना !! सुचना !!!

मोरङ जिल्ला पथरी गा.बि.स वडा नं. १ निवासी स्व.श्री पदम मल्लको (हाल युनलङ हङकङ) चुनमुन अस्पतालमा क्यानसर रोगको उपचारकोक्रममा निधन भएको यस दुःखद घडिमा सम्पूर्ण नेपालीहरुमा अन्तिम श्रद्घाञ्जली को लागि निम्न,मिती र समयमा उपस्थित भैदिन हुन हार्दिक अनुरोध गर्दछौं ।

मिति - २४ सेप्टेम्बर २०११ शनीबार
समय - ९ बजे देखि १२ बजे बिहान ( श्रद्घाञ्जली कार्यक्रम )
स्थान - 3/F,Room 405,Funeral Parlor Hung Ham
नोट - शव नेपाल पठाइने छ ।

सम्पर्क न.- ६०९१ १४९६, ६२२० ४०२४,९८३५ ९४३५ र ९७११ ६२७२
प्रार्थी
श्रीमती सुष्मा लाओती मल्ल, पथरी परिवार हङकङ र पापोहाङ लाओती सयङ हङकङ

भक्तपुरमा दुई युवक एक थान पेनगन सहित पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भक्तपुरमा दुई युवक एक थान पेन गन सहित पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त ठिमीले मध्यपुर थिमी-१६ स्थित नरेफाँटबाट बारा अमरपट्टीका रामविश्वास चौधरी र रौतहट लक्ष्मीनियाका विजय चौधरीलाई पेन गन र त्यसमा प्रयोग हुने पाँचवटा गोलीसहित सोमबार सार्वजनिक गरेको हो । वृत्तका प्रमुख राज अधिकारीले ती दुवैजनालाई गत शुक्रबार पक्राउ गरिएको बताए । उनीहरुले भारतबाट बिक्रीका लागि पेनगन र गोली ल्याएको बयान प्रहरीलाई दिएका छन् ।

प्रधानमन्त्री न्युयोर्कमा, मुनसँग ब्रेकफास्ट, ओबामासँग डिनर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ३,राष्ट्रसंघीय महासभामा सहभागी हुन १३ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बाबुराम भट्टराई आज बिहान न्युयोर्क पुगेका छन्। स्थानीय समय अनुसार दिउँसो ३ बजे जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको टोलीलाई राष्ट्रसंघीय नियोगका स्थायी प्रतिनिधि लगायत दूतावासका अधिकारीहरुले स्वागत गरेका थिए। न्युयोर्कमा महासभा बैठक मंगलबारदेखि सुरु हुँदैछ। प्रधानमन्त्रीको सम्बोधन भने शुक्रबार छ। प्रधानमन्त्री भट्टराईले मंगलबार नर्वेका प्रधानमन्त्री र क्युबाका विदेशमन्त्रीसित भेट्दैछन्। त्यसैगरी उनले वासिङटन पोस्टलाई अन्तर्वार्ता दिँदैछन्। त्यसैगरी स्थानीय समय अनुसार साँझ साढे छ बजे उनी हायात होटलमा रिसेप्सनमा सहभागी हुनेछन्। बुधबार उनले भुटानी प्रधानमन्त्री, श्रीलंका र बोलिभियाका राष्ट्रपतिलाई भेट्ने छन्। त्यसैगरी बिहान राष्ट्रसंघका महासचिव बान कि मुनसँग ब्रेकफास्ट गरी बेलुकी अमेरिकी राष्ट्रपतिको रात्रीभोजमा सहभागी हुनेछन्। त्यसैगरी बिहीबार उनले स्लोभानियाका राष्ट्रपतिसँग भेट्ने कार्यक्रम छ। त्यही दिन उनले कनेक्टिकटमा आफ्ना बाल्यकालका गुरुसँग निजी भेट पनि गर्दैछन्।
शुक्रबार उनले फिनल्यान्डका राष्ट्रपति, माल्दिभ्सका उपराष्ट्रपति, मौरिससका प्रधानमन्त्री र अमेरिकी उपमन्त्रीसँग भेट्ने छन्। यही दिन न्युस्कूलमा उनले मार्क्सवाद सम्बन्धी प्रवचन दिनेछन्। शुक्रबारको पहिलो सत्रमा उनले राष्ट्रसंघमा सम्बोधन गर्नेछन्। यही दिन उनले भारतीय प्रधानमन्त्री र चिनियाँ टोलीसँग पनि भेट्नेछन्। शुक्रबार राति पौने १२ बजे उनी नेपालका लागि प्रस्थान गर्नेछन्।

फरार सभासद् शिवपूजन राय यादव पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कुटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा मधेशी जनअधिकार फोरम नेपालका सभासद् शिवपूजन राय यादव पक्राउ परेका छन् । हिजो साँझ केन्द्रीय अनुसन्धान व्युरोको टोलीले सभासद् यादवलाई काठमाडौंको छाउनीबाट पक्राउ गरेको हो । आफ्नो कूटनीतिक राहदानी अर्को व्यक्तिलाई दिएर दुरुपयोग गरेको प्रमाण फेला परेपछि यादव विगत तीन महिनादेखि फरार थिए । सभासद् यादवको राहदानी प्रयोग गरी म्याग्दीका केदार पौडेल अष्ट्रेलिया पुगेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ । यादव संविधानसभाको चुनावमा सर्लाही क्षेत्र नम्बर ६ बाट निर्वाचित सभासद् हुन् । राहदानी दुरुपयोग गरेकै अभियोगमा यसअघि जनता दलकी गायत्री साह, फोरम गणतान्त्रिकका बीपी यादव र एमालेका नारदमुनि थारू चौधरी पक्राउ परिसकेका छन् ।

ताप्लेजुङ साँघुको झडपमा एकको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ताप्लेजुङ जिल्लाको पश्चिमी साँघु गाविसमा स्थानीयबीच झडप हुँदा एकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । झपडमा गम्भीर घाइते भएका साँघु-९ ताम्राङ बस्ने २७ वर्षीय बलबहादुर पन्धाक (लिम्बू) लाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो । त्यस्तै, साँघु-९ कै २८ वर्षीय दुर्गा लिम्बू गम्भीर घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेकाले अन्यत्रै रेफर गरिएको अस्पतालले जनाएको छ । झडपको खबर पाउनासाथ साँघु चौकीबाट प्रहरी त्यहाँ पुगेर स्थिति साम्य बनाएको र मृत्यु हुने बलबहादुरको साथबाट एकथान इटालियन स्वचालित पेस्तोल र त्यसको गोली पनि बरामद गरिएको प्रहरीले बताएको छ ।

विश्‍वकै जोखिम सूचीमा काठमाडौं

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ३- फागुन अन्तिम साता जापानमा गएको महाभुकम्पका पीडितको सहयोगार्थ नेपालमा स्थापना गरिएको उद्धार कोषमा रकम जम्मा गर्ने अन्तिम समय असोज ९ गते सकिँदै छ। केही दिनअघि काठमाडौंस्थित जापानी दूतावासले बैंक खातामा रकम जम्मा गर्नेहरूको मुक्तकन्ठले प्रशंसा गर्‍यो। जापानको प्रशंसा र सहयोग रकम जम्मा गर्ने म्याद नसकिँदै नेपाल आफैं भुकम्पको चपेटामा परेको छ। उपल्लो ताप्लेजुङ केन्द्रबिन्दु भई आइतबार साँझ गएको ६ दशमलव ८ रेक्टर स्केलको भुकम्पबाट नेपालभित्र मात्रै ७ जनाको ज्यान गइसकेको छ। पहिलो झट्कापछिको २४ घन्टाभित्रै त्यही ठाउँलाई केन्द्रबिन्दु बनाएर १ सय ५० स-साना भुकम्प गएको भुकम्प मापन केन्द्रका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिएका छन्।
नेपाल भुकम्पीय दृष्टिले विश्वको ११ औं जोखिम राष्ट्रमा पर्छ। मानवीय क्षति हुनसक्ने विश्व सहरको सूचीमा काठमाडौं पहिलो हो। नेपाललाई अति संवेदनशील राष्ट्र बनाउने यहाँका पूर्वाधार नै हुन्। १९९० र २०४५ सालको भुकम्पले चर्किएका घर अझै उस्तै छन्। तिनैमा मानिस बस्छन्। पुनर्निर्माण गरिएको छैन। घर ढल्न लागेका छन्। तीनतिरबाट टेको दिइन्छ तर बस्न छोडिँदैन। भुइँचालो आफैं जनधनको क्षति गर्दैन। क्षति पुर्‍याउँछ असुरक्षित संरचनाले। अध्ययनले भन्छ - भुइँचालो आउँदा ८० प्रतिशत नोक्सानीको कारक घर हुन्, १० प्रतिशत आकस्मिक स्वास्थ्य सुविधा नपाउनु र १० प्रतिशत आपतकाल व्यवस्थापन गर्ने क्षमताको कमी।
काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन समितिका नगर नियोजन भाइकाजी तिवारीका अनुसार अघिल्लो वर्षसम्म उपत्यकामा मात्र वर्षेनी ८ देखि १० हजार नयाँ घर थपिने गरेका थिए। विभिन्न कारणले अहिले यो संख्या ५ देखि ८ हजारमा झरेको छ। उपत्यकाभित्रको घर संख्या साढे तीनदेखि चार लाखसम्म रहेको अनुमान गरिन्छ। जनसंख्या झन्डै ५० लाख। उपत्यकाभित्रका घर र जनसंख्याको वास्तविक तथ्यांक कसैसँग छैन। सबै अनुमान भरमा चलेको छ। तिवारीका अनुसार उपत्यकाको जनसंख्या प्रत्येक वर्ष १६ प्रतिशत बढेको छ। उपत्यकाभित्रका घरको मापदण्ड जाँच गर्ने जिम्मेवारी पाएको समितिमा अनुगमन गर्ने जम्मा २२ कर्मचारी छन्। एउटा कर्मचारीको भागमा झन्डै १९ हजार घर पर्छ। २२ कर्मचारीले अनुगमन गरेपछि मापदण्ड जाँच गर्ने प्राविधिज्ञ समितिमा जम्मा २ जना छन्। कार्यालयमा काम गर्ने पनि तिनै र मापदण्ड परीक्षण गर्न फिल्डमा जाने पनि तिनै कर्मचारी हुन्।
'उपत्यकामा अधिकांश घर मापदण्डविपरीत बनेका छन्,' समितिका नगर नियोजन तिवारीले भने, 'कसैले नक्सा एउटा पास गर्छन् घर अर्कै तरिकाले बनाउँछन्, कोही मापदण्ड अनुसार त बनाउँछन् तर नक्सामा भएको संरचना केही थपघट गर्छन्।'

नेपालमा भुकम्पीय जोखिम
सन् १९९९ मा राष्ट्र संघीय क्षेत्रीय विकास केन्द्र (युएनसिआरडी) ले भुकम्पीय दृष्टिकोणले संवेदनशील विश्वका २१ सहरको तुलनात्मक अध्ययन गरेको थियो। अध्ययनमा भुकम्प जाने प्रक्रिया, सहरको भौगोलिक बनोट, नागरिकको सचेतता समेटिएको थियो। संवेदनशील सहरमा काठमाडौं पहिलो नम्बरमा देखियो। दोस्रो नम्बरमा रहेको सान्सल्भाडोरभन्दा काठमाडौंको जोखिम दुईगुना बढी रहेको अध्ययनको निष्कर्ष थियो।
राष्ट्र संघीय विकास कार्यक्रम (युनडिपी) ले सन् २००५ मा तीनवटा ठूला प्राकृतिक उत्पात (भुकम्प, बाढी र चक्रवात) लाई लिएर अध्ययन गर्‍यो। यसबाट उत्पन्न असर र कमजोरी अध्ययन गर्दा भुकम्पीय दृष्टिले ११ औं र बाढीको दृष्टिले ३० औं स्थानमा नेपाल देखियो। सन् २००२ मा जाइकाले तयार पारेको प्रतिवेदन झन् डरलाग्दो छ। जाइकाको प्रतिवेदन भन्छ - परिकल्पना गरिएअनुसार काठमाडौंमा भुकम्प आए काठमाडौं नेपालको राजधानी रहन सक्नेमा शंका छ।
चार-पाँच वर्षअगाडि विश्व बैंकले 'हट स्पट स्टडी' गरेको थियो। विपतको हिसाबले संसारभर यो अध्ययन गरिएको थियो। अध्ययनले नेपाल देखिने किसिमको हट स्पट रहेछ भन्ने निस्कर्ष निकाल्यो। यसैकारण धेरैले नेपाललाई पाइलट कन्ट्रीका रूपमा लिने गरेका छन्।
भौगोलिक कारण पनि नेपाल ठूला भुकम्प आउने राष्ट्रमा पर्छ। हिमालमा भुकम्प जाने सम्भावना बढी हुन्छ र गइरहन्छ। यसकारण नेपाल भुकम्पीय दृष्टिले सधैं घाँटीमाथि तरबार झुन्डिएको अवस्थामा छ। बितेका १ सय २६ वर्षमा नेपाली हिमाली क्षेत्र र यसको वरपर चारवटा महाभुकम्प गइसकेका छन् - सिलोङ (१८८७), काँकडा (१९०५), नेपाल (१९३४) र आसाम (१९५०)।
भारतीय भूखण्ड (प्लेट) र तिब्बतीय भूखण्डको जोर्नीमा छ नेपाल। जोर्नी चलायमान हुन्छ। वर्षको साढे दुई सेन्टिमिटरका दरले भारतीय प्लेट तिब्बती प्लेटभित्र घुसि्रँदैछ। भुकम्प आउँदा प्लेट सर्ने गर्छ। नेपालमा हिमाल बनेको मुख्य कारण यही हो। एक सय वर्षसम्म प्लेट सरेन भने ठूलो भुकम्प आउँछ।
काठमाडौंभन्दा पश्चिम काँगडासम्म तीन सय वर्षयता ठूलो भुकम्प गएको छैन। अर्थात भारतीय प्लेट साढे सात मिटर कुन बेला तिब्बती प्लेटभित्र सर्ने हो, ठेगान छैन। एकपटकमा तीन मिटरमात्र सर्‍यो भने आठ रेक्टरभन्दा ठूलो भुकम्प जान्छ। काठमाडौंपूर्व १९९० सालमा यसरी प्लेट सर्दा ठूलो भुकम्प गएको थियो।
भुकम्प कहिले, कहाँ जान्छ पत्ता लगाउन आजसम्म कसैले सकेको छैन। तर यति रेक्टरसम्मको भुकम्प कुनै पनि बेला जानसक्छ भनी दिर्घकालीन भविष्यवाणी भने गर्न सकिन्छ। यसैको आधारमा नेपालमा ठूलो भुकम्प जाने अनुमान गरिंदै आएको थियो, नभन्दै आइतबार ६ दशमलव ८ रेक्टर स्केलको भुकम्प गयो।
नेपालमा सन् १२५५ गएको भुकम्प रेकर्ड गरिएको पहिलो ठूलो भुकम्प हो। त्यसयता दस वटा ठूला भुकम्प गएको छ। इतिहासले यही भन्छ- बितेको ७ सय ५५ वर्षमा महाभुकम्पले काठमाडौंलाई ९ पटक थर्काएको छ। ठूला भुकम्पले ६ हजार देखि १० हजार वर्ग किलोमिटरसम्म असर गरेको देखिन्छ। प्रत्येक एकसय वर्षमा नेपालमा एउटा महाभुकम्प गएको इतिहास छ।

भुकम्पले पुर्‍याउने क्षति
भुकम्प प्रविधि राष्ट्रिय समाज-नेपाल (एनसेट) ले काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, पनौती, दमौलीलगायत प्रमुख सहरको अध्ययन गरेको थियो। युएनडिपीले विराटनगर, हेटौंडा, धनगढी, सुर्खेतलगायत सहरको। अध्ययनको निष्कर्ष निकै भयावह छ। सातदेखि आठ रेक्टरको भुकम्प गए सहरमा डेढदेखि दुई प्रतिशत मानिसको मृत्यु हुनेछ। काठमाडौं उपत्यकामा अहिले ५० लाखभन्दा बढी मानिस बस्छन्। अध्ययनलाई आधार मान्ने हो भने काठमाडौंमा मात्र एक लाख मानिसको मृत्यु हुने देखिन्छ। घाइतेको संख्या योभन्दा पाँच दोब्बर हुनेछ। यो आँकडा दिउसो जाने भुकम्पको हो। राति भुकम्प गए अझै ठूलो मानवीय क्षति हुन्छ।
भुकम्पको इन्टेनसिटी (तीव्रता) १ देखि १२ हुन्छ। १२ इन्टेनसिटी धान्ने भवन बनाउन प्रायः असम्भव छ। सामान्य घरले ९ इन्टेनसिटी धान्यो भने गजब मानिन्छ। अस्पताल, विद्यालय, कलेज, विद्युत्, दूरसञ्चार भवन ९ इन्टनसिटीभन्दा बढी धान्ने हुनुपर्छ। तर विडम्बना नेपालमा यस्ता भवन, स्कुल, अस्पताल कम छन्। भवन निर्माणसंहिताले पनि यही भन्छ - आवासगृह ९ इन्टेनसिटी थेग्न सक्ने बनाउनुपर्छ।
एनसेटले नेपालका मुख्य १९ अस्पतालको भुकम्पीय जोखिमका दृष्टिले अध्ययन गरेको थियो। अध्ययनमा प्रत्येक अस्पतालमा केही न केही कमजोरी भेटिएको थियो। आवासगृह, स्कुल, अस्पताल आदिमा संरचनात्मक (भवनको बनोट) र गैरसंरचनात्मक (भवनमा राखिएका सामग्री) दुईथरी कमजोरी छन्।
एनसेटको अध्ययनअनुसार नेपालमा ९० प्रतिशत भवन परम्परागत रूपमा (ठेकेदारको भरमा) निर्माण गरिएका छन्। बाँकी १० प्रतिशत मात्र इन्जिनियर भवन (इन्जिनियरको रेखदेखमा) छन्। आवासगृह मात्र होइन स्कुल, स्वास्थ्यसेवा भवन पनि ठेकेदारको मात्र निगरानीमा बनाइएको छ। नेपालका १० प्रतिशत भवनले मात्र भुकम्प थेग्न सक्छन्, यो पनि अनुमान हो।
काठमाडौंनजिक नौ इन्टेनसिटीको भुकम्प गए यहाँका ६० प्रतिशत घर मर्मत गर्न नसकिने गरी भत्कने एनसेटको अध्ययनले देखाउँछ। काठमाडौंका आधाभन्दा बढी संरचना (विद्युत्, फोन, पुल, सडक) काम नलाग्ने हुने छन्।
घरले 'भर्टिकल लोड' थाम्न सक्छ तर 'होरिजेन्टल लोड' सक्दैन। भुकम्पकले अधिकांश तलमाथि भन्दा पनि दायाँ-बायाँ हल्लाउँछ। तासको घर जस्तै छन् नेपालका घर। घरमा राखिएको बिम र पिलर कमजोर भए घर ध्वस्त हुन बेर लाग्दैन।

कसरी घटाउने जोखिम
विभिन्न प्रकोपका कारण वर्षेनि नेपालमा ११ सय मानिसको मृत्यु हुन्छ। प्रकोपकै कारण वर्षेनि कुल गार्हस्थ उत्पादनको सुन्य दशमलव १ प्रतिशत गुमाउनुपर्छ। वर्षेनि प्रकोपबाट एक अर्ब २० करोड रुपैयाँभन्दा बढी राष्ट्रले गुमाउँदै आएको छ।
सन् २००५ मा जापानको कोबेमा बसेको १ सय ६८ राष्ट्रको बैठकले प्रकोप जोखिम न्यूनीकरण गर्ने पाँच वटा उपाय निकालेको छ। नेपालले यसमा सहभागी भई हस्ताक्षरसमेत गरेको छ। सबै राष्ट्रले यसैलाई पछ्याइरहेका छन्। पहिलो काम भुइँचालोबाट हुने जोखिमको निर्क्योल गर्नुपर्छ। जनधनको क्षति बढी हुने कारण पत्ता लगाएपछि दोस्रो प्राथमिकतामा ज्ञानको व्यवस्थापनलाई राखिएको छ। मानिसलाई आवश्यक तालिम यसअन्तर्गत पर्छ। तेस्रो, घर पूर्वाधार बलियो बनाउनु। यसमा खाना जोहो गर्नेदेखि जोखिम कम गर्ने कार्य समेटिएको छ। पूर्वतयारीलाई चौथो नम्बरमा राखिएको छ। पाँचौं, राष्ट्रको प्रतिबद्धता हो, जसमा नीति, नियम, कानुन र कार्यान्वयनमा जोड दिइएको छ।
सरकारसँग बाढी, पहिरो, प्रकोपको नक्सा छैन। प्रत्येक सहरमा अस्पताल, खाली ठाउँ, पुल, सडक कहाँ-कहाँ छन् सरकारले त्यसको नक्सा तयार पार्नुपर्छ। अनिमात्र आपतकालीन अवस्थामा छिटो र प्रभावकारी काम गर्न सकिन्छ। एनसेट अहिले यसैमा लागेको छ।
पूर्वतयारी गरे जनधनको सुरक्षा हुन्छ भन्ने जापानले देखाइसकेको छ। जापानमा ८ रेक्टर स्केलको भुकम्प जाँदा एक जनाको पनि ज्यान गएन। हाम्रो स्थिति ठिक उल्टो छ। नब्बे सालको भुकम्पले नभत्केका घर अझै छन्। अहिल्यै ढल्न लागेका घरमा मानिस बस्दै आएका छन्।

कार्यकर्ताको अनसनबीच काँग्रेस केन्द्रीय समितिको बैठक जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन ३ - भातृ संस्थाका नेता कार्यकर्ताहरु परस्पर विपरित माग लिएर अनसन बसिरहेका बेला काँग्रेस केन्द्रीय समितिको बैठक मंगलबार दिउँसो सुरु भएको छ । काँग्रेसमा भातृ संस्थाहरु केन्द्रीय समितिलाई भंग गर्ने वा नगर्ने भन्ने सम्बन्धमा काँग्रेसभित्र विवाद हुँदै गरेको बेला विवाद समाधानको लागि बैठक बस्न लागेको हो । नयाँ अधिवेशनको लागि भातृ संगठनहरुको कार्यसमिति भंग गरेर जाने स‌ंस्थापन पक्षको प्रस्ताव र नेता शेरबहादुर देउवा पक्षको बिरोधले गर्दा भातृ संगठनहरुको अधिवेशन तोकिन सकेको छैन । काँग्रेस केन्द्रीय कार्यालयको परिसरमा तरुण दलका अध्यक्ष महेन्द्र यादवलगायतका समुह भातृ संगठनको केन्द्रीय समिति बिघटन गर्न नहुने भन्दै सोमबारदेखि अमरण अनसनमा बसेका छन् भने तरुण दलकै सहअध्यक्ष विनोद कायस्थलगायतका समुह विघटनको पक्षमा रिले अनसन गरिरहेका छन् । यादव देउवा पक्षका हुन् भने कायस्थ संस्थापन पक्षका हुन् ।

Sep 19, 2011

हाँसपोसा, सुनसरी र छथर तेह्रथुममा मञ्चसम्बद्ध लिम्बुवानको संगठन विस्तार र प्रशिक्षण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२०६८ भाद्र ३१ इटहरी,सुनसरी,छथरथुम,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हाँसपोसा गाउँ परिषदको आयोजनामा "संघीय लोक-गणतन्त्र नेपाल र लिम्बुवान स्वायत्त गणराज्य स्थापनाको लागि लिम्बुवानबासी एक हौं" भन्ने नाराका साथ "हासपोसा गाउँ परिषद भेला, प्रशिक्षण एबम पुनर्गठन कार्यक्रम" धनप्रसाद केदेमको सभापतित्वमा सम्पन्न भएको छ |उक्त कार्यक्रममा हाँसपोसा गाउँ परिषद, तुम्याहाङ परिषद, महिला परिषद, युवा मञ्च र एल. भी. समिति गठन भएको थियो |
हाँसपोसा गाउँ कमिटिमा अध्यक्ष हर्कमान वनेम, उपाधक्ष लक्ष्मी योङहाङ, सचिब प्रतिक ओख्राबू ,सह-सचिब संजय सावा, कोषाध्यक्ष लाल केदेम, सदस्यहरूमा महेश केदेम, नरसिं वनेम, नरेन्द्रकुमार पन्धाक, मानराज लावती, सन्दिप राई, आयुश लाबुङ, तेजकुमार लाबुङ चुनिएका छन् | त्यसैगरी, तुम्याहाङ परिषदमा अधक्ष्य सुकवीर सावा, उपाधक्ष्य: हस्तराज केदेम, सचिब ज्ञानबहादुर चोङबाङ, सहसचिब खड्का पन्धाक, कोषाध्यक्ष गङ्गा पाहिम, सदस्यहरूमा उत्तरमान कुरुम्बाङ, राइटर थाङदेन, बिर्खबहादुर वनेम, छात्र खापुङ, परमाद सिं वनेम, लिला ओख्रबू. नरबहादुर चोङबाङ रहनु भएको छ | यसैगरी, महिला परिषदमा अधक्ष्य जसोदा केदेम, उपाधक्ष्य शोभा वनेम, सचिब नर्बदा चेम्जोङ, सहसचिब लक्की केदेम, कोषाध्यक्ष कमला खेवा र सदस्यहरूमा बिष्णु थुलुङ, सुभद्रा मिभक, सिता चेम्जोङ, पर्मिला तुम्बापो, मिना फोम्बो, गीता तुम्बापो, र चन्द्रकला चेम्जोङ रहनु भएको छ | यस्तैगरेर, संघीय लिम्बुवान युवा मंचमा अधक्ष्य भिम खापुङ, उपाधक्ष्य बिशाल तुम्बापो, सचिब राजकुमार श्रेष्ठ, सहसचिब विक्रम तामाङ , कोषाधक्ष्य असारसिं थलङ र सदस्यहरूमा दिलकुमार श्रेष्ठ, नीमेस ओख्राबू, सुरेश सावा, बिबेक लिम्बू चुनिएका छन् | साथै, एल, भी. प्राइमरी कमान्डरमा मोहन थेगिम रहनु भएको छ |
हासपोसा गाउँ परिषद भेला, प्रशिक्षण एबम पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै धरान नगर परिषदका अधक्ष्य कुमार थम्सुहाङले "दासत्व जीवन ज्युन नचाहने हो भने संघीयताको सवालमा आन्दोलित भइ अघि बढ्नुपर्ने" कुरामा जोड दिनु भयो | यस्तैगरेर, इटहरी नगर परिषदका अधक्ष दुर्गालाल चौधरीले तीन ठूला राजनीतिक दलले नेपाललाई अन्यौलतामा धकेलीरहेको र उक्त दल दलबाट उस्किन र नेपाली जनताहरुलाई उकास्नको निम्ति संबिधान सभामार्फत जातीय ऐतिहासइक पृष्ठभूमिको आधारमा लिम्बुवान, खम्बुवान, तामङसालिङ, नेवा:, तमुवान, मगरात्, थरुहट्, मिथिला राज्यहरु सुनिश्चित हुनुपर्द्छ भन्ने आफ्नो बिचार राख्नु भएको थियो | धरान नगर सचिब तथा बिधार्थी परिषदका कार्यवाहक अध्यक्ष अमित थेबेले नवगठित कमिटीहरुलाई प्रशिक्षण तथा संगठनको कार्यक्रम तथा भावी योजनाको विषयमा जानकारी गराउदै केही ठूला दल भनाउँदाहरुले 'गोठ एकातिर गाइगोरु अर्को तिर' पारी लिम्बुवान भूमिलाई टुक्राउन र छुट्याउन खोजेकोमा राज्य पुनर्संरचना समितिसंग आपत्ति प्रकट गर्नु भएको थियो | कार्यक्रमका प्रमुख अतिथि सुनसरी जिल्लाका अधक्ष्य डम्बर खजुमले अबको बन्ने लिम्बुवान सबै भाषाभाषी, जातजाति र धर्म-संस्कृतिलाई आटाउन सक्ने आधुनिक, समुन्नत र भ्रष्टाचारविहीन लिम्बुवान बन्नुपर्छ भन्दै नव गठित समितिहरुलाई शुभकामना व्यक्त्त गर्नुभएको थियो |
हाँसपोसा, सुनसरीमा सम्पन्न उक्त कार्यक्रमको संचालन सन्तोष कुरुङ्बाङले गर्नुभएको थियो भने स्वागत मन्तब्य तत्कालीन हासपोसा गाउँ कमिटीका उपाधक्ष्य सुकबिर सावाले गर्नु भएको थियो |
त्यसैगरी, तेह्रथुम छथरको शुक्रबारेमा संघीय विद्यार्थी युनियन लिम्बुवान छथरथुमको शान्तिला तिगेलाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ । शुक्रबारे बजारको रेडक्रस भवनमा एक कार्यक्रमको आयोजना गरी गठन भएको सो कार्य समितिमा उपाध्यक्ष कविता कार्की, सचिवमा डी. वी. तुम्सावा, सह-सचिवमा हिमप्रसाद पाक्सावा र अर्थ-सचिवमा चन्द्रकला पाक्सावा रहनु भएको छ ।
छथर क्षेत्रमा रहेका सरस्वती उच्च माध्यमिक विद्यालय हमरजुङ, शुक्रबारे; नविन शिक्षा सदन उच्च मा वि फाक्चामारा र भगवती उ मा वि ओख्रेका विद्यार्थी र हमरजुङ गाउ कार्य समिति गरी करिव ४५ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद तेह्रथुमका सचिवालय सदस्य दिल पाक्सावा, जिल्ला सदस्य नीरविन्दु थोक्लेन र संघीय विद्यार्थी युनियन लिम्बुवान तेह्रथुमका जिल्ला सदस्य विमला पाक्सावाको उपस्थिति रहेको थियो । कार्यक्रम मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद गाउ कार्य समितिका अध्यक्ष प्रकास पाक्सावाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद गाउ कार्य समितिका सचिव सुजन पाक्सावाले गर्नुभएको थियो ।
प्रेमकुमार तुम्बापो, सुनसरी; नमराक पाक्सवा, छ्थरथुम, लिम्बुवान; डीबी आङबुङ, काठमांडू