News

Sep 13, 2014

साहित्यकार टंक सम्बाहाम्फे पितृशोकमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साहित्यकार टंक सम्बाहाम्फेको बुवा सेर बहादुर लिम्बुको आज सन् २०१४ सेप्टेम्बर १३ शनिबारका दिन असामयिक निधन भएको छ । कुरुले तेनुपा गा.बि. स. वडा नम्बर ५ को वडा अध्यक्ष पदमा रहेर १५ बर्ष गाउ स्तरीय समाज सेवामा लागि पर्ने व्यक्ति हुनुहुन्थ्यो । गाउ स्तरीय ३ प्राथमिक बिध्यालय स्थापना गर्न वहाको ठूलो योगदान रहेको थियो । देश विकास गर्न सबै भन्दा पहिले गाउको विकास हुनु पर्छ भन्ने वहाको सोचले आजीवन गाउ स्तरमा आफ्नो सारा समयलाई लगानी गर्नु भएको थियो । आफु जीवित रहदै श्री जनकल्याण निमाबि बरगाछीमा रु ५०००० को अक्षयको स्थापना गरी उक्त बिध्यालयमा अध्यायन गर्ने ४ बिध्यार्थीहरुलाई उक्त अक्षयकोषको ब्याजबाट छात्रवृति हरेक बर्ष बितरण गरीदै आएको छ । उनी समाजसेवी सेर बहादुर सम्बाहाम्फे लिम्बुको ३ बहिनी छोरी र ५ भाई छोराहरु मध्ये कान्छा छोरा साहित्यकार
टंक सम्बाहाम्फे हुनुहुन्छ । झण्डै डेढ दशक यतादेखि नेपाली साहित्य प्रतिष्ठान हंगकंगका अध्यक्ष साहित्यकार टंक सम्बाहाम्फे हंगकंग बसोबास गर्दै आउनु भएको छ । समाजसेवी सेर बहादुर लिम्बु प्रेसर र दमको रोगी हुनुहुन्थ्यो ।