News

Jan 7, 2008

संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा काठमाडौं नेपालको प्रेस विज्ञप्ती

मितिः २०६४। ०९। २३
प्रेस विज्ञप्ती
सातदलीय गठबन्धनको यथास्थितिवादी चिन्तन, र्सवसत्तावादी सोच र अतिवादी मनस्थितिले मुलुक निकासहीन राजनीतिक भुमरीमा फसेको छ । नेपाली जनता सबैखाले सामन्तवाद र अति केन्द्रीकृत एकाधिकारवादको अन्त्य एवं आमूल परिवर्तनसहितको नयाँ नेपाल चाहन्छन् । संसद र सत्तामा आसीन गठबन्धित राजनीतिक दलहरूले जनआन्दोलन ०६२/६३ को राजनीतिक म्याण्डेट् विपरीत दलीय स्वार्थमा फसेर आफैं अनिर्णयको बन्दीमा फसेका मात्र छैनन्, नेपाललाई असफल राष्ट्रको बाटोमा धकेलिरहेका छन् । यो संकटबाट मुलुकलाई अगाडि बढाउन संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाले सरकार र सदनलाई राष्ट्रिय राजनीतिक निकासको विकल्पका राजनीतिक मुद्दाहरू अपील, ज्ञापन-पत्र र वार्ताद्वारा पटकपटक दिइसकिएको छ र कार्यन्वयनका लागि शान्तिपूर्ण सशक्त आन्दोलन जारी छ । भर्खरै विधायीका संसदबाट अन्तरिम संविधान तेस्रो संशोधन भएको छ । तेस्रो पटक संशोधित उक्त विधेयकले बर्तमान मुलुकको निकासहीन राष्ट्रिय राजनीतिलाई पूरै बेवस्ता गरेको छ । सो. विधेयक संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न, सार्थक र परिणाममुखी संविधान सभाको निर्वाचन गर्न नसक्ने भएकोले राष्ट्रिय मुक्तिको निम्ति, साँचो अर्थको नयाँ नेपाल निर्माणको निम्ति, र्सार्थक र परिणामुखी संविधानसभाको निर्वाचनको लागि आन्दोलनरत राजनीतिक संगठनहरूको साझा मोर्चा संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाले उक्त संशोधित विधेयकको कुनै सान्दर्भिकता, औचित्यपूर्ण र अग्रगामी नभएकोले नेपालका सबै जिल्ला सदरमुकाम र अन्य प्रमुख शहरहरूमा आज पुस २३ गते दिनको ०१०० बजे जलाइएको सहर्षजानकारी गराउँदछौं । साथै, र्सार्थक र परिणाममुखी संविधानसभाको निर्वाचनका लागि अन्तरिम संविधानको चौथो संशोधन गरी निम्न बुँदाहरू समेटिनु पर्दछ भन्ने भन्ने हाम्रो माग रहेको छ ।
क. राजतन्त्र र एकात्मक राज्यसत्ताको समूल अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्नुपर्ने ।
ख. संविधान सभाको निर्वाचन जातीय जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको ब्यवस्था गरी सोही सिद्धान्तअनुरुप हुनुपर्ने ।
ग. जातिहरूको ऐतिहासिक पृष्ठभूमि, उत्पत्ति, भाषा र क्षेत्रको आधारमा आत्मनिर्णयको अधिकारसहितको स्वायत्त गणराज्यहरूको स्थापना गर्न सैद्धान्तिकरुपमा अन्तरिम संविधानमै संवैधानिक व्यवस्था गर्नुपर्ने ।उपरोक्त राजनीतिक सवालहरू कार्यान्वयन गर्न अहिलेको सातदलीय गठबन्धनको सरकार र विधायीका संसदको राजनीतिक र संवैधानिक वैधता समाप्त भएकोले तत्कालीन राजनीतिक निकासका लागि निम्न ऐजेण्डाहरू घोषणा गरिएको छ ।
१. संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आन्दोलनरत् राजनीतिक संगठन र सातदलीय गठबन्धनसहितको र्सवपक्षीय राष्ट्रिय राजनीतिक सम्मेलन ।
२. राष्ट्रिय राजनीतिक सम्मेलनले र्सवपक्षीय अन्तरिम संसदको निर्माण र अन्तरिम
संविधानको चौथो संशोधन ।
३. सर्वपक्षीय अन्तरिम चुनावी सरकारको निर्माण ।
४. संविधानसभाको निर्वाचन ।
सातदलीय गठबन्धन अझै पनि अहिलेको गन्तव्यहीन राष्ट्रिय राजनीतिलाई निकास दिन गम्भीर नहुने र यथास्थितिवादी चिन्तन, र्सवसत्तावादी सोच र अतिवादी मनस्थितिमै रहने हो भने संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा शान्तिपूर्ण र सशक्त आन्दोलनमा जान बाध्य हुनेछ । साथै, अन्तरिम संविधान तेस्रो संशोधन दहन कार्यक्रममा राज्यबाट भएको प्रहरी दमनप्रति घोर भर्त्सना गर्दछौं ।
धन्यवाद !
१. कमल छाराहाङ
अध्यक्ष
सघीय लोकतान्त्रिक राष्ट्रिय म१च
क. कुमार लिङदेन
अध्यक्ष
संघीय लिम्बुवान राज्य परिषद
ख.डी.के. बुद्धिष्ट
अध्यक्ष
तामाङसालिङ स्वायत्त राज्य परिषद
२.किशोरकुमार विश्वास
उपाध्यक्ष
मधेशी जनाधिकार फोरम, नेपाल
३.लक्ष्मण चौधरी
अध्यक्ष
सयुक्त थारु राष्ट्रिय मोर्चा
४.बिसेन्द्र पासवान
अध्यक्ष
आदिवासी जनजाति दलीत पार्टी
५.हृदयनारायण चौधरी
अध्यक्ष
मधेशी लोकतान्त्रिक मोर्चा
६.ब्रम्हानन्द उपाध्याय
अध्यक्ष
लोकतान्त्रिक मधेशी मोर्चा

संघीय लिम्बुवान राज्य परिषदको अगुवा कार्यकर्ता भेला सम्पन्न

लिम्वूवान व्लगस्पोट विर्तामोड
संघीय लोकतान्त्रिक रष्ट्रिय मञ्च सम्वद्ध स्वायत्त संगठन संघीय लिम्बुवान राज्य परिषदको आयोजानमा गत पुस १२ र १३ गेत लिम्बुवानको विर्तामोड झापामा परिषदका केन्द्रीय सदस्य तथा अगुवा कार्यकर्ताहरूको भेला विभिन्न महत्वपूर्ण निर्णयका साथ सम्पन्न भएको छ ।विर्तामोड स्थित मेची यातायात संघको भवनमा सम्पन्न उक्त भेलामा लिम्बुवानका सबै जिल्लाका सदस्य तथा अगुवा कार्यकर्ताहरूक् उपस्थिति रहेको थियो ।परिषदको ताप्लिजोङ, पान्थर र इलामको थुम सम्मेलन पछि आयोजित यस विशेष भेलाले तत्कालीन परिस्थिति उपर गम्भीर छलफल गरी निम्न निर्णयहरू सर्वसम्मतिले पारित गरेर एक प्रेस्स् विग्यप्ति मर्फत सार्वजानिक गरेको छ ।
पारित निर्णयहरू:
1.२०६४ मंसिर २७ गते सन्जुहाङ पालुङवाको सहमति एवं फागोहाङ वनेमद्वारा जारी प्रेस विग्यप्तिमा उल्लेख गरीएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट संघीय लिम्बुवान राज्य परिषद अलग हुने र झापा जिल्ला परिषद् अध्यक्ष ज्ञानुहङ इम्बुङलाई साधारण सदस्य समेत नरहने गरी वर्खास्त गरी झापा जिल्ला परिषद समेत भंग गर्ने निर्णय प्रति घोर आपति जनाउदै उक्त विज्ञप्तिलाई पूर्णतया अवैधानिक रहेको घोषणा गर्दछ ।
2.संघीय लिम्बुवान राज्य परिषद, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको स्वायत्त एवं सम्वद्ध संगठन भएर जाने घोषणा गर्दछ । ज्ञनुहाङ् इम्बुङ माथि भएको कार्वही र झाप जिल्ला परिषद भङ गर्ने निर्णय अवैधानिक रहेकोले परिषदका होनाहार नेता ज्ञानुहाङ इम्बुङ माथि परेको मनसिक चोटप्रति गहिरो सहानुभूति प्रकट गर्दछौं । परिषदका केन्द्रीय सदस्य देव कुमर खुदाङले दिनु भएको राजीनामा फिर्ता लिएको सर्वसम्मत स्विकार गरिन्छ । साथै उहाँले मन्च र परिषद्को एकताको लागि देखाउनु भएको राजनैतिक प्रतिवद्धतालाई उच्छ सम्मान प्रकाट गर्दछ ।
3.सञ्जुहाङ पालुङ्वा, फागोहाङ वनेम, जनक चेम्जोङ र रामभक्त कुरूम्बाङ आफैंले संघीय लिम्बुवान राज्य परिषदलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चबाट अलग भएको घोषणा गरेकाले आजैको मितिदेखि निज व्यक्तिहरू संघिय लोकतान्त्रिक राष्ट्रिय मन्च र संघीय लिम्बुवान राज्य परिषदको साधारण सदस्य समेत नरहेको निर्णय घोषणा गर्दछ ।
4.संघीय लिम्बुवान राज्य परिषदबाट सञ्जुहाङ पालुङ्वा, पागोहाङ वनेम, जनक चेम्जोङ, रामभक्त कुरुम्बाङ आफैंले घोषणा गरी संगठनबाट अलग भएकोले संघीय लिम्बुवान राज्य परिषदमा रहेका सो रिक्त पदहरूमा आजैको भेलाले संघीय लिम्बुवान राज्य परिषद अध्यक्ष लगायत केन्द्रीय सदस्यहरूको पदपूर्ति गर्ने निर्णय गर्दछ ।
5.संघीय लिम्बुवान राज्य परिषदको विषेश भेलाले निम्न पदाधिकारीहरू सहित पदपूर्ति गरेको छ । अध्यक्ष: कुमार लिङ्देन र थप केन्द्रीय सदस्यहरू : थाङ्साङ लावती, सागर साम्वा, रामबहादुर मावो, किर्तिमान मादेन, डी. वी. आङ्बुङ, सूर्य माखिम साथै पूरानै केन्द्रीय सदस्यहरू यथावत रहने निर्णय गरिन्छ ।
6.सञ्जुहाङ् पालुङ्वा र फागोहाङ वनेम संघीय लिम्बुवान राज्य परिषदबाट साधारण सदस्य समेत नरहेकाले उक्त पदको कार्यभार नवगठित अध्यक्ष कुमार लिङ्देन र महासचिव मिसेकहाङ् थाम्सुहाङले गर्ने सर्वसम्मत निर्णय गरियो । साथै सञ्जुहाङ पालुङ्वा र फागोहाङ वनेमलाई संघीय लिम्बुवान राज्य परिषदसँग सम्बन्धित नाम र झण्डा प्रयोगमा ल्याउन पूर्णत: निषेध गरिएको घोषणा गरिन्छ ।

Jan 6, 2008

संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा सूचना

प्रस्तुत विषयमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अर्न्गगत जाति, भाषा र क्षेत्रको ऐतहासिक पृष्ठभूमिको आधारमा स्वायत्त राज्यहरूको स्थापनार्थ आन्दोलनरत् राजनीतिक संगठनहरूको आन्दोलनरत मोर्चा संघीय गणतान्त्रिक राष्ट्रिय मर्चाको घोषणामा नेपालका ७५ वटै जिल्लाका सदरमुकाम र अन्य प्रमुख शहरहरूमा अन्तरिम संविधानमा तेस्रोपटक संशोधनका लागि प्रस्तुत विधयेकका प्रतिगामी, विभेदित र असान्दर्भिक धारा र उपधाराहरूको दहन गरी मुलुकलाई गन्तब्यहीन राष्ट्र बनाउने राजनीतिको भुमरीबाट निकासको मार्गमा निर्देश गर्ने विकल्पको राजनीतिक मुद्दाहरू घोषणा गर्ने कार्यक्रम रहेको छ ।
मागहरूः
१. संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आन्दोलनरत् राजनीतिक संगठन र सातदलीय
गठबन्धनसहितको र्सवपक्षीय राष्ट्रिय राजनीतिक सम्मेलन ।
२. राष्ट्रिय राजनीतिक सम्मेलनले र्सवपक्षीय अन्तरिम संसदको निर्माण र अन्तरिम
संविधानको चौथो संशोधन ।
३. र्सवपक्षीय अन्तरिम चुनावी सरकारको निर्माण ।
४. संविधानसभाको निर्वाचन

तपशीलः
मिति - २०६४/०९/२३
स्थान - माइतीघर मण्डला, काठमाडौं
समय - दिनको १२:३० बजे

डीबी आङबुङ
सचिव
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

सम्पर्कः ९८४१२५२०६३, ९८५११००४८९, ९७४११२६३०४

Jan 2, 2008

नयाँ बर्ष२०६५ को अवसरमा उक्त धनकुटा प्रतिभा पुरस्कार प्रदान गरिने

लिम्वूवान व्लगस्पोट धनकुटा
नयाँ बर्ष२००८ को पहिलो दिन वेलायतको र्सनकिल्फ स्थित नयाँ बर्षको शुभ कामना आदानप्रदान गर्न धनकुटावासीहरु बीच परिचयात्मक कार्यक्रम भब्यताका
साथ सम्पन्न भएको छ । केही समय अघि स्थापना भएको धनकुटा प्रतिभा पुरस्कार वेलायत च्याप्टरको सक्रियतामा आयोजित कार्यक्रममा वेलायती सेनामा कार्यरत सबै धनकुटेलीहरु स-परिवार उपस्थित भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सिनियर ब्यक्तित्व क्याप्टेन ज्ञान लिम्बूले भैपरि आउने आपतविपतको बेला छरछिमेक, आफन्त, नातागोता चाहिने भएकोले जिल्लावासीहरु बीच चिनजान हुनु पर्ने बताउनु भयो । वेलायत च्याप्टरका अध्यक्ष पनि रहनु भएका लिम्बूले प्रतिभा पुरस्कार संचालनको लागि वेलायतवासी सबै धनकुटेलीहरुमा सहभागि हुन र सहयोग गर्न पनि आग्रह गर्नु भयो । प्रतिभा पुरस्कारको स्थापनाको औचित्य, संस्थाको उद्देश्य र संस्थाको गतिविधि बारे विश्वास दीप तिगेलाले जानकारी दिनु भएको थियो । देशविदेशमा रहेका सम्पूर्ण धनकुटेलीहरुको सहभागिता रहने यस संस्थाले प्रत्येक बर्ष साहित्य क्षेत्रका १ जनालाई, संगीत क्षेत्रका वा खेलकुद क्षेत्रका १ जनालाई पुरस्कृत गर्ने र संस्थाले उपयुक्त ठहर गरेको कुनै पनि ब्यक्ति वा संस्थालाई सम्मान गर्ने कुरा उद्देश्यमा उल्लेख छ । आगामी नेपाली नयाँ बर्ष२०६५ को अवसरमा उक्त धनकुटा प्रतिभा पुरस्कार प्रदान गरिने भएकोले प्रजातान्त्रिक तवरले छनौट प्रक्रिया पनि अघि बढि सकेको जानकारी गराउनु भयो । धनकुटा प्रतिभा
पुरस्कार कोष कानुन सम्मत धनकुटा जिल्ला प्रसासन कार्यलयबाट दर्ता भई सकेको र संस्थाको अक्षयकोष पनि स्थापना भइसकेको जानकारी दिनु भयो । अक्षयकोष बढाउनको लागि दोस्रो चरणको कार्यक्रम घरदेश र परदेशमा चलि रहेको कुरा पनि बताउनु भयो । संस्था निर्माण तथा संचालनमा डब्लूडब्लूडब्ल्यू डट् धनकुटा डट् ओआरजी डट् एनपी वेभसाइटले सबैलाई जोड्नको लागि पुलको रुपमा काम गरिरहेको कुरा पनि उल्लेख छ ।

Jan 1, 2008

हङकङमा चासोक तङनाम भव्यताका साथ सम्पन्न

२००७ डिसेम्वर २५ तारीखका दिन किरात याक्थुङ चुम्लुङ हङकङले लिम्वू भेषभुषा र संस्कृति सम्वन्धि विभिन्न कार्यक्रम गरी मंकी हिलमा चासोक तङनामको आयोजना भव्यताका साथ सम्पन्न गर्यो। उक्त समारोहमा चासोक मुन्धुम वाचन देखि लिएर यसको वैदिक विधि एवं पुरानो परम्परागत केलाङ तथा यालाङ र माङलाङ समेत याक्थुङ कलाकारहरुबाट प्रस्तुत गरिएको थियो । बेशभूषा प्रदर्शनमा हेमकुमारी हुःक्पा चङबाङ महिलातर्फ प्रथम र कान्छा साम्मेखाम् पुरुषतर्फ प्रथम भएको कुरा निर्णायक समितिका सदस्यहरु ओमराज सम्वाहांफे, देश सुब्बा, इन्द्र वनेम, उत्तरमान तिगेला र टंक चङबाङको संयुक्त निर्णयले घोषणा गरेको थियो । कार्यक्रममा हङकङका विभिन्न संघ संस्थाका प्रतिनिधीहरु पाहुनाका रुपमा आमन्त्रण गरीएको थियो ।
च्याब्रुङ नाचको दृश्य हेर्न क्लिक गर्नुहोस्।तस्विर झलकहरु हेर्न क्लिक गर्नुहोस्

सिर्जनशील अराजक कवि हांयुग अज्ञात हंगकंगमा पुरस्कृत

लिम्वूवान व्लगस्पोट हंगकंग
२००७ डिसेम्वर ३१ तारीखका दिन सिर्जनशील अराजक कवि हांयुग अज्ञातले हंगकंगमा आएर पनि नेपाली साहित्य लेखनमा विशेष योगदान गरे वापत नेपाली महासंघ हंगकंगले वहाको योगदानको कदर गर्दै ५५५५ हंगकंग डलर र कदर पत्र प्रदान गरी हंगकंगमा पहिलो पटक नेपाली महासंघको तर्फवाट पुरस्कृत भएकाछन् । वहाले हंगकंग आए पछि ककपिक कविता संग्रह प्रकाशन गरी सक्नु भएको छ भने नेपालमा रहदै अन्य तिन कविता संग्रह रङ्गीन आविष्कार ,ढुङ्गामुढाको मन र करङ्गको हिरासत प्रकाशित गरी सकेकाछन् । हंगकगमा आए पाश्चात सिर्जनशील साहित्य समाज खोली सोहि संस्था मार्फत आफ्नो सिर्जना कार्यमा क्रियाशील रहदै आउनु भएको छ । कवि हांयुग अज्ञात सिर्जनशील अराजक समुहका सदस्य हुन भने सिर्जनशील साहित्य समाज हंगकंगका अध्यक्ष समेत हुनुहुन्छ । यसै वर्ष देखि नेपाली महासंघ हंगकंगले महासंघ दिवसको अवशर पारी साहित्य खेलकुद र शिक्षामा योगदान दिने व्यक्तित्वहरुलाई नगद तथा कदरपत्र प्रदान गर्न थालीएको छ ।

साहित्यकार वैरागी काइला र लिम्बू भाषाको महाकाब्य लेखक अमर तुम्याहाँङ पुरस्कृत

लिम्बुवान व्लगस्पोट
इतिहासकार इमानसिं चेम्जोङको जन्म जयन्तिको अवसरमा आयोजित एक कार्यक्रमको अवसरमा यस वर्ष इमानसिं पुरस्कार इमानसिं चोत्लुङ नामक लिम्बू भाषाको महाकाब्य लेखक अमर तुम्याहाँङ र यस बर्षको सिरिजङा पुरस्कार साहित्यकार वैरागी काँइलालाई प्रदान गरियो । किरात याक्थङ चुम्लुङ केन्द्रिय कार्य समितिद्धारा काठमाडौमा आयोजित सो कार्यक्रममा सभामुख सुवास नेवाङको वाहूलीबाट उक्त परस्कार प्रदान गरिएको थियो । दुवै पुरस्कारको रासी नगद रु १० हजार र प्रमाण-पत्र रहेको छ ।