News

Oct 2, 2008

कोसी बाढीले पशुपंक्षीको वासस्थानमा असर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सप्तकोसी कटानले कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा मानवीय चहलपहल बढेकाले त्यहाँका जनावर तथा पशुपंक्षीहरु आफ्ना बासस्थान छाड्न थालेको सम्बन्धित विज्ञहरुले बताएका छन् । सुनसरीमा आयोजित कार्यक्रममा कोसीटप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत मनोज साहले कोसी कटानले अर्नालाई असर नपारे पनि घडियाल गोही, सारस र अन्य पशुपंक्षी तथा सिमसार क्षेत्रमा बस्ने जनावरलाई असर परेको जानकारी दिनुभयो ।आरक्षण क्षेत्रका गोही लगायत घस्रने जनावरहरुका साथै अजिंगरलाई कोसी कटानले बगाएको साहले बताउनुभयो । हाल, कोसीटप्पुमा २५ प्रकारका स्तनधारी, ११७ प्रजातिका माछा, १७६ प्रजातिका चराहरु लगायत दर्जनौ जंगली चौपायाहरु रहेको आरक्षणले जनाएको छ ।

मोर्चाका दुइ कार्यकर्तालाई प्रहरीले पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्साको वीरगञ्जबाट हतियारसहित तराइ जनतान्त्रिक मुक्ति मोर्चाका दुइ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्जको माइस्थानमा रहेको सुनचाँदी पसलमा बुधबार राति चोरी गरिरहेको अवस्थामा उनीहरुलाई हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा वीरगञ्जका सचितानन्द राय र भारत बेतियाका रामेश्वर यादव रहेका छन् । प्रहरीले उनीहरुको साथबाट स्वचालित पेस्तोल १ थान, म्याग्जिन १ थान र सोको गोली पाँच राउण्ड बरामद गरेको छ ।यसैबीच अज्ञात समूहले राति बाराको निजगढस्थीत स्थानिय केशरबहादुर खपाङ्गीको घरबाट ९ लाख रुपैयाँ लुटेर लगेको छ । ७/८ जनाको समूहमा आएको समूहले हतियार देखाइ घरका सबै सदश्यलाई कोठामा थुनेर रकम लुटेको प्रहरीले जनाएको छ ।

सेना समायोजन छिट्टै गरिने - अर्थमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अर्थमन्त्री एवं माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराइले सेना समायोजन छिट्टै गरिने बताउनुभएको छ । संसदमा माओवादी सेना हतियारसहित प्रवेश गरेको भनी अन्य दलले बखेडा झिक्न खोजेर सेना समायोजनमा अवरोध गर्न खाजेको आरोप पनि उहाँले लगाउनुभएको छ ।पोखरामा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री भट्टराइले सेना समायोजनमा अन्य दलहरुले गर्ने हस्तक्षेप विफल हुने दाबी गर्नुभयो । उहाँले सरकारले प्रस्तुत गरेको बजेट संशोधन नगरिएको भन्दै छुटेका बुँदाहरुलाई सुधार मात्र गरिएको जानकारी दिनुभयो ।

पेट्रोलियम अभाव हुन नदिन प्रभावकारी अनुगमन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बजारमा पेट्रोल डिजेल, मट्टतिल र एलपी ग्यासको अभाव हटाउन र दसैं, तिहार र छठलाई ध्यानमा राखी सहज आपूर्तिका व्यवस्था मिलाउने सम्बन्धमा वाणिज्य तथा आपूर्तिमन्त्रीको उपस्थितिमा बसेको बैठकले जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको संयोकजत्वमा गठन भएको बजार अनुगमन टोलीलाई प्रभावकारी बजार अनुगमनमा सक्रिय पार्ने निधो गरेको छ ।पेट्रोलियम पदार्थको आपूर्ति नियमित र व्यवस्थित गर्न तत्कालै निगमका इन्धन डिपोबाट पेट्रोल, डिजेल र मट्टतिलको दैनिक बिक्रीवितरण पारदर्शीरुपले गर्ने/गराउने र डिपोको काम कारवाही चुस्त र दुरुस्त राखी गुणस्तर वा नापतौलमा विचलन हुन नदिन आवश्यक सबै प्रबन्ध मिलाउने निर्देशन बैठकले दिएको छ ।वाणिज्य विभाग एवं निगमका पदाधिकारीसमेतको निरीक्षण टोलीले पेट्रोल, डिजेल र मट्टतिलको गुणस्तर एवं वितरण व्यवस्थाको घनीभूतरूपमा अनुगमन गर्ने र पेट्रोलियम पदार्थमा मिसावट गरेको वा गुणस्तर बिगारेको पाइएमा त्यस्ता कार्यमा संलग्न पक्षलाई नियमबमोजिम निगमले हदैसम्मको कारवाही गर्ने निर्देशन पनि दिइएको छ ।

प्रमुख तीन राजनीतिक पार्टीबीच सैद्धान्तिकरूपमा मतभेद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जनादेशबमोजिमको संविधान निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने दायित्व बोकेका मुलुकका प्रमुख तीन राजनीतिक पार्टीबीच सैद्धान्तिकरूपमा मतभेद देखिएको छ । रिपोर्टर्स क्लबले राजधानीमा आयोजना गरेको साक्षात्कारमा नेकपा माओवादीका नेता सिपी गजुरेलले जनगणतन्त्र, नेपाली कांग्रेसका डा.मीनेन्द्र रिजालले संघीय लोकतान्त्रिक गणतन्त्र र नेकपा एमालेका भीम रावलले जनताको बहुदलीय जनवादका पक्षमा आफूहरू रहेको बताउनुभयो ।सत्ताको नेतृत्व गर्ने नेकपा माओवादी र सत्तारुढ घटकमध्येको सबैभन्दा ठूलो पार्टी एमालेकै बीच संविधान निर्माणपूर्व सैद्धान्तिक दृष्टिकोणबाट स्पष्ट मतभेदबाहिर आउनु र नेपाली कांग्रेस पुरानै अडानमा टसकामस रहनुले घोषित मितिमा जनादेशअनुरूपको संविधान नहुने हो कि भनी चिन्ता व्यक्त गरिएको छ ।साक्षात्कारमा माओवादी नेता गजुरेलले अब संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा गम्भीर बहस सुरु हुनुपर्ने धारणा व्यक्त गर्दै आफूहरू जनगणतन्त्रका पक्षमा रहेको स्पष्ट गर्नुभयो । कांग्रेस नेता डा.रिजालले पार्टीको प्राथमिकता सरकार नभइ लोकतान्त्रिक संविधान लेख्ने भएको उल्लेख गर्दै संविधान लेख्ने नेतृत्व पाएको माओवादी पार्टी त्यसतर्फ नभइ राज्यसत्ता कब्जा गर्नेतर्फ लागेको आरोप लगाउनुभयो ।एमाले नेता भीम रावलले जनताको बहुदलीय जनवादका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रसहित दिगो शान्ति र समृद्ध नेपालका पक्षमा आफूहरू रहेको बताउँदै अब निर्माण हुने संविधानमार्फत मुलुकमा जनगणतन्त्र स्थापना हुन सक्दैन भन्नुभयो ।

Oct 1, 2008

हङकङमा सभासद लिङदेनलाई लिरामोले भेट गरयो

लिम्वूवान डट व्लगस्पोट डटकम, हङकङ
२३ सेप्टेम्वर २००८ को वेलुका जनजाति महासंघ हङकङले आयोजना गरेको कार्यक्रममा लिम्वुवान राष्ट्रिय मोर्चाले सभासद विश्वदिप लिङदेनसंग भेटघाट गरेको थियो । उक्त अवसरमा प्रश्नोत्तरको क्रममा लिरामो अध्यक्ष दिल पालुङवा लिम्वुले लिरामोको लिम्वुवान सम्वन्धी दस्तावेज प्रदान गर्नुभएको थियो । त्यस्तै उहा मार्फत गोपाल खम्वुलाई पनि उक्त दस्तावेज हस्तान्तरण गरिएको थियो । साथै वोल्ने क्रममा लिङदेनले लिम्वुवान राज्य दक्षिणमा राजमार्गसम्म मात्र हुनेछ भनेको कुरालाई खण्डन गर्दै लिरामो अध्यक्ष पालुङवाले लिम्वुवान भनेको पूर्वमा मेची, पश्चिममा सिस्वा संखुवा अरुण हुदै सप्तकोशी, उत्तरमा तिव्वत चीन र दक्षिणमा भारतसम्म भएको ऐतिहासिक आधार भएकोले उक्त आधारमा लिम्वुवान हुनुपर्ने हुदा कसैले लिम्वुवानको इतिहास तथा ऐतिहासिकतालाई विगार्दै लिम्वुवान टुक्य्राउन खोजेमा परिणाम नराम्रो आउने विचार राख्नुभयो । यदि आवश्यक परेमा वन्दुक उठाउनुपर्ने वाध्यता पनि आउने कुरा र्सार्वजनिक गर्नुभयो । त्यस्तै माओवादीलाई टुके्र लिम्वुवानको प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभयो । सभासद लिङदेनले माअेवादी नेता वादलको उल्लेख गर्दै वादलले पहिले गोर्खाली मगर सैन्यहरुले लिम्वुवानमा गरेको आक्रमणप्रति माफी मागेको कुरालाई अध्यक्ष पालुङवाले यदि वादलले साच्चै माफी माग्ने हो भने टुके्र लिम्वुवान होईन अरुण पूर्वको मेचीसम्मको भूभागलाई लिम्वुवान प्रस्ताव गरेमा मात्र उहाको माफीको सार्थकता रहने कुरा व्यक्त गर्नुभयो । सभासद लिङदेनले कोचीलहरु पनि पिडित भएकोमा उहाहरुलाई पनि लिम्वुहरुले उक्त ठाउ छोडिदिनुपर्ने कुराको खण्डन गर्दै इतिहास देखिनै लिम्वुहरुले भावनामा डुवेर कार्य गरेकोले आफ्नो राज्य गुमाएको, पहिचान र अस्तित्व संकटमा परेको अवस्था आईपरेकोले अव हाम्रो भूमि अरुलाई वाडचुड गर्ने होईन । वरु अधिकार दिन सकिन्छ लिम्वुवान जनतालाई उहाले व्यक्त गर्नुभयो ।
प्रश्नोक्तरको क्रममा लिरामो महासचिव अविचन्द्र इङनामले लिरामोको अवधारणमा अन्य जातिलाई पनि समान ढंगले हेरिनेछ भने सरकारको लिम्वुवान प्रतिको धारणा वमोजिम हतियार उठ्ने नउठ्ने कुरा हुने वताउनुभयो । साथै यसलाई कसैले खेलाची नसम्झन आग्रह गर्नुभयो ।अर्का प्रश्नकर्ता लिम्वुवान विकास परिषदका अध्यक्ष प्रकाश यक्सोले कोचे, मेचे तथा राजवंशीहरु आसामवाट लिम्वुवानमा आएकाले उनीहरुलाई लिम्वुवान टुक्य्राएर कोचिला दिन नसकिने कुरा व्यक्त गर्नुभयो ।
अन्त्यमा सभासद लिङदेनले अहिलेको लिम्वुवान माओवादीको प्रस्तावमात्र हो । यसमा वृहत छलफल गरौं । त्यसपछाडि निष्कर्ष निकालौं भन्नुभयो । स्मरणीय कुरा के रहयो भने किराती राज्यको अवधारक तथा हालको संस्कृती तथा राज्य पूनसंरचना मन्त्री गोपाल खम्वुको भने उपस्थिती रहेन । उहालाई वकाईदा निमन्त्रणा भएपनि उहा लिम्वुवानवादी तथा हङकङेली नेपालीहरुसंग डराएर उपस्थित हुनुभएको थिएन भनेर सवैले खम्वुको नेगेटिभ कुराहरु व्यापक रुपमा गर्न थालेका छन् । लेखहरु निक्लन थालेका छन् ।सभासद लिङदेनसंग किरात याक्थुङ चुम्लुङ हङकङले पनि भेटघाट तथा लञ्चको कार्यक्रम सम्पन्न गरेको थियो ।

दसैंको अवसर पारेर तराइमा सशस्त्र सघर्ष स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालीहरुको महान चाड दसैंको अवसर पारेर तराइमा सशस्त्र सघर्ष गरिरहेका दुइ संगठनहरुले फौजी कारबाही स्थगित गरेको घोषणा गरेका छन् । मधेसी भाइरस किलर्स अनि जनतान्त्रिक तराइ मुक्ति मोर्चाको रणबीर सिंह समूहले दसैंमा फौजी कारबाही नगर्ने घोषणा गरेका हुन् ।ती संगठनले विज्ञप्ति जारी गरी दसैंको पूर्णिमासम्मको अवधिका लागि कारबाही स्थगित गरिएको जनाएका हुन् । तराइमा अन्य दर्जनौं सशस्त्र भूमिगत संगठनहरु सशस्त्र गतिविधिमा सक्रिय रहेका छन् । तीमध्ये यी दुइ संगठनले चाडको अवसर पारेर फौजी कारबाही नगर्ने जनाएका हुन् ।