News

Mar 3, 2011

प्रचण्ड उपस्थित नभएपछि उपसमितिको बैठक स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी अध्यक्ष एवं उपसमिति संयोजक पुष्पकमल दाहाल प्रचण्ड उपस्थित नभएपछि संवैधानिक समिति अन्तर्गत गठित उपसमितिको आजको बैठक औपचारिकतामै सिमित भएको छ । संविधानसभा सचिवालय सिंहदरवारमा केहिबेर अधि बसेको बैठकमा व्यबस्थापकीय अंगको स्वरुप निर्धारण समितिको मस्यौदा प्रतिवेदनमा रहेका विवाद पहिचान गर्ने काम सुरु भएको समिति सचिव टेकप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।
यसअघि मंगलवार बसेको बैठकले केन्द्रीय व्यबस्थापिका दुई सदनात्मक बनाउने सहमति गरेको थियो । आजको बैठक काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको थियो । प्रचण्डले स्थाइ कमिटि बैठक परेका कारण बैठकमा उपस्थित गराउनु भएको एक सदस्यले बताउनभयो। आज स्थगित उपसमितिको अर्को बैठक भोली विहान पुनः बस्नेछ ।

पारस शाह तारेख बुझ्न चितवन जाँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्व युवराज पारस शाह तारेख बुझ्न आज जिल्ला प्रशासन कार्यालय चितवन जाँदै हुनुहुन्छ । पारस आफ्ना सहयोगीहरुका साथमा स्थालमार्गबाट विहान ११ वजे चितवन पुग्ने कार्यक्रम छ । शाहलाई रामनगरबाट स्वागत गरी बाजागाजा र मोटरसाइकल र् यालीसहित नारायणगढ बजार परिक्रमा गराइनेछ । पूर्वयुवराज पारस आफ्ना समर्थकहरु सहित जिल्ला प्रशासन कार्यालय पुग्नु हुनेछ । त्यसपछि उहाँले नारायणगढस्थित वसपार्क चोकमा आफ्ना समर्थकहरुलाई सम्वोधन गर्नु हुनेछ, त्यसका लागि मंच बनाइएको छ । चितवन प्रबेश गर्ने मार्गमा स्वागतद्धार बनाइएको छ ।
गएको मंसिरमा चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको होटल टाईगर टप्समा तात्कालिन उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाई वंगलादेशी नागरिक रुवेल चौधरीमाथी गोली हानेको अभियोगमा पोखराबाट पक्राउ परेका शाह १० हजार धरौटी सहित तारेखमा रिहा हुनु भएको थियो । मंसिर २५ गते शनिबार राति भएको गोली काण्ड घटनाको अनुसन्धान गर्न मध्यक्षेत्रिय प्रहरी कार्यालय हेटौडाका प्रमुख गंगा पाण्डेको नेतृत्वमा गठन भएको गठित उच्चस्तरिय छानबिन समितिले तयार पारेको प्रतिवेलन अझै सार्बजनिक गरिएको छैन् । चितवनमा घटना भएपछि पोखरा पुगेका शाहलाई मंसिर २८ गते पोखरामा पक्राउ गरि चितवन ल्याइएको थियो । पुस १ गते रिहा भएका शाहले पुनः पोखरा पुगेर आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफुले देश र जनताका लागि जे पनि गर्न तयार रहेको बताउनु भएको थियो ।

माओवादीको स्थायी समितिको बैठक स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारमा सहभागी मन्त्रीहरुको नामावली टुङ्गो आज दिउँसो बस्ने भनिएको एकीकृत माओवादीको स्थायी समितिको बैठक स्थगित भएको छ । पार्टीका नेताहरुको व्यस्तताका कारण बैठक भोलिसम्मको लागि स्थगित गरिएको माओवादीले जनाएको छ । आज बिहान बसेको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गुल्मी जाने कार्यक्रम भएकाले दिउँसो बस्ने गरी गरी स्थगित गरिएको थियो । माओवादीभित्र कससलाई कुन मन्त्रीको जिम्मेवारी दिने भन्ने विषयमा सहमति हुन सकेको छैन । भोलि बस्ने बैठकले नामावली बारे अन्तिम निर्णय गर्ने बताइएको छ ।

Mar 2, 2011

लिम्बुवान झापाको गोलधाप गाउँ सम्मेलन सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ,
गोलधाप, झापा, लिम्बुवान १४ फागुन २०६७,पूर्वमा चलिरहेको लिम्बुवान आन्दोलनलाई सशक्तताका साथ अघि बढाउन सङ्गठन विस्तार पुनर्गठन र प्रशिक्षण अभियानसँगै जिल्लादेखि थुम र गाउँसम्मका सम्मेलनहरु तीव्र रुपमा भइरहेका छन् । यसैक्रम्मा झापाको गोलधाप गाउँको सम्मेलन यही फागुन १४ गते लिम्बुवानका अध्यक्ष कुमार लिङ्दने 'मिराक' कै प्रमुख आतिथ्यमा नयाँ गाउँ कार्य समिति चयन गर्दै झापालाई लिम्बुवानबाट कुनै हालतमा पनि टुक्राउन नदिने प्रतिवद्धताका साथ सम्पन्न भएको छ । लिम्बुवान झापाका जिल्ला सदस्य समेत रहेका नरेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको उक्त सम्मेलनमा सहभागी अतिथि पर्यवेक्षक र प्रतिनिधिहरु लाई गोलधाप गाउँ कार्य समितिका उपाध्यक्ष पूर्ण लिङ्दनेले मन्तव्यमार्फत् स्वागत गर्नुभएको थियो । झापाको गोलधाप गाउँ सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि लिम्बुवानका केन्द्रीय अध्यक्ष तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन ''मिराक' ले अहिले नेपालभरिका संघीयवादीहरुले लिम्बुवान आन्दोलनलाई आशाको आँखाले हेरिरहेकाले लिम्बुवानमा बलेको यो संघीय राँकोलाई जस्तोसुकै आँधीहुरी आए पनि निभ्न दिनु नहुने भन्दै हाललाई अरुणपूर्व नौ जिल्लालाई संविधानतः लिम्बुवान स्वायत्त राज्यको रुपमा घोषणा गराउने लिम्बुवान आन्दोलन प्रमुख लक्ष्य रहेको बताए । अर्का विशेष अतिथि लिम्बुवानका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङले सम्मेलनमा बोल्दै प्रथम र द्वीतीय विश्वयुद्ध लड्ने बहादुर सिपाहीका सन्तानहरु लिम्बुवानको शान्तिपूर्ण आन्दोलनमा होमिनु पर्ने बेला यही भएकोले कोही पनि नछुटी यो संघीय गणतन्त्रवादी लिम्बुवानी आन्दोलनमा लाग्न आग्रह गर्नुभयो । लिम्बुवानका राष्ट्रिय पार्षद दिल केशर थापा क्षेत्रीले लिम्बुवानको ऐतिहासिक भूभाग झापा, मोरङ र सुनसरीलाई एकात्कवादीहरुले टुक्राउन खोजेकोप्रति घोर आपत्ति जनाउँदै लिम्बुवानमा बस्ने अरुणपूर्व नौ जिल्ला लिम्बुवानवासीले लिम्बुवानलाई कुनै हालतमा पनि टुक्राउन दिन नहुने धारणा राखे । र, उनले यो लिम्बुवानलाई टुक्राउने षडयन्त्रको विरुद्ध जस्तोसुकै चुनौती मोलेर पनि आफू र आफ्नो सङ्गठन नौ जिल्ला लिम्बुवानको पक्षमा लागिपर्ने प्रतिवद्धतासमेत जनाए । उद्घाटन समारोहमा डिकबहादुर तामाङ, भक्त मेन्याङ्बो र वैकल्पिक केन्द्रीय सदस्य प्रेम घिमिरेले पनि बोल्नु भएको थियो । झापाको गोलधाप गाउँ सम्मेलनले गजेन्द्र काम्बाङको अध्यक्षतामा पूर्ण लिङ्देन उपाध्यक्ष र डम्बर राई सचिव रहेको १५ सदस्यीय संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद गोलधाप गाउँ कार्य समिति गठन गरेको छ । फोटोः मेरिङ लिम्बू

पाकिस्तानी मन्त्रीको गोली हानी हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन १८ - अल्पसंख्यक सम्बन्धी पाकिस्तानी मन्त्री शाहवज् भाट्टीलाई राजधानी स्लामावादमा बुधबार गोली हानी हत्या गरिएको छ । बीबीसीका अनुसार उनी चढेको कारमा अन्धधुन्ध रुपमा गरिएको गोली प्रहारमा गोली लागेका उनको मृत्यु भएको हो । उनी कामको सिलसिलामा जाँदै गरेका बेला गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । क्रिश्चियन भट्टीलाई यसअघि पनि मुस्लिम अतिवादीहरुको तर्फबाट ज्यान मार्ने धम्की आएको बताइएको थियो ।

लहानमा प्रथम सगरमाथा महोत्वस हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
स्थानीय बासिन्दा तथा क्षेत्रको आर्थिक सामाजिक बिकाशका लागि स्थानीय उत्पादनको प्रचारप्रसार गर्ने उद्देश्यले सिराहको लहानमा १० दिने प्रथम सगरमाथा महोत्वस हुने भएको छ । महोत्सवको मुख्य आकर्षणको केन्द्र स्थानीय बाल उद्यान बाल बगैँचा रहने उद्योग वाणिज्य महासङ्घको मेला समितिका सभापति एजी शेर्पाले बताउनुभयो । त्यस्तै स्थानीय क्षेत्रको प्रमुख उत्पादनको रूपमा रहेको बेलको जुस र आँपका परिकारहरू पनि महोत्सवको आकर्षण बन्नेछन् । सिराह जिल्ला विगत लामो समय देखि आँप उत्पादनमा कहलिँदै आएको छ ।पूर्व-पश्चिम राजमार्गले छोएको तराई जिल्ला भएर पनि आर्थिक, सामाजिक रूपले निकै पछाडि परेकाले त्यसलाई माथि उकास्न महोत्वस गर्न लागिएको सभापति शेर्पाको भनाइ छ ।फागुन १९ देखि २८ सम्म सञ्चालन हुने उक्त महोत्सवमा एक सय ५० वटा स्टलहरू रहनेछन् भने त्यसका लागि झण्डै ४० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । आठ करोड रुपियाँको कारोबार हुने अनुमान गरिएको उक्त महोत्सवबाट ६० लाख आम्दानी हुने अपेक्षा महोत्वस आयोजक समितिले गरेको छ ।स्थानीय पशुपति आदर्श उच्च माविको प्राङ्ग्रणमा सम्पन्न हुने उक्त महोत्सवको उद्घाटन उद्योग वाणिज्य महासङ्घका अध्यक्ष कुशकुमार जोशीले गर्नुहुने कार्यक्रम रहेको छ । महोत्सवको उद्घाटनसँगै ट्रेड स्कुलको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक पक्षले जनाएको छ ।

टुँडिखेलमा विविधि कार्यक्रमका साथ सैनिक आफ्नो दिवस मनाउँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विविधि कार्यक्रमका साथ आज आफ्नो स्थापना दिवस मनाउँदै छ । वि.सं. २०४७ देखि महाशिवरात्रि पर्वका दिन सेनाले सो दिवस मनाउँदै आएको हो । त्यसअघि, सेनाले घोडेजात्राका दिनलाई आफ्नो स्थापना दिवसका रूपमा मनाइँदै आएको थियो । नेपाली सेनाको सङ्ख्या हाल करिब ९२ हजार ५०० को हाराहारीमा रहेको र त्यसमध्ये महिलाको सङ्ख्या एक हजार १३२ रहेको सैनिक मुख्यालयले जनाएको छ । नेपाली सेना स्थापनाको यथार्थ मिति यकिन हुन नसके पनि विसं ३५० को हाराहारी नेपालले स्वयम् आˆनो सेना स्थापना गरेको इतिहासबाट पुष्टि भएको छ । लिच्छविकाल, मल्लकाल, शाह वंशीय राजाहरूले सेनाको सङ्गठन विस्तार र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए । तत्कालीन गढीहरूको सुरक्षा र संरक्षणका साथै दुई देशबीच हुने युद्धहरूका लागि सेनाको परिचालन विशेष रूपमा गरिन्थ्यो । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले एउटा बलियो सेनाबिना नेपालको एकीकरण सम्भव छैन भन्ने दृष्टिकोणका साथ वि.सं. १८१९ असोज ५ गते सशक्त र प्रभावकारी सेना स्थापना गर्नुभएको थियो ।