लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले कतारका लागि नेपाली राजदुत मायाकुमारी शर्मालाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले कतारका लागि नेपाली राजदुत मायांकुमारी शर्मालाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
राजदुत शर्माले कतारलाई नेपालीहरुका लागि खुला जेल भएको भनी विवादास्पद अभिब्यक्ति दिएपछी उनी आलोचित बन्दै आएकी थिइन् ।
यस्तो अभिव्यक्ति दिएपछि नेपालका लागि कतारी राजदुतले समेत उनलाई हटाउन नेपाल सरकारलाई आग्रह गरेका थिए । उनी एकीकृत माओवादीको भागवण्डामा राजदुतमा नियु्क्त भएकी थिइन् ।
No comments:
Post a Comment