News

Jan 16, 2008

याक्थुङ चुम्चुलुङ शाखा मलेसियाको आयोजनामा येले तङनाम

लिम्वूवान डट व्लगस्पोट डटकम सम्बाददाता - क्वालालम्पुर
१५ जनावरी २००८ का दिन माघे सक्रान्ति तथा किरात "येले तङनाम" भव्यताका साथ मनाईयो । याक्थुङ चुम्चुलुङ शाखा मलेसियाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । किरात इतिहास अनुसार माघ १ गते किरात नव बर्षा रुपमा मनाउने परमपरा रहदै आएको छ । उक्त कार्यक्रममा मलेसियामा छरिएर रहेका विभिन्न क्षेत्र तथा पेशा कर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापति याक्थुङ चुम्लुङ मलेसिया उपकमिटिका अध्यक्ष जगत सिंह वेघा, प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ केन्द्रिय कमिटि मलेसियाका अध्यक्ष पदम "दुखी" सम्बाहाङफे, अतिथिहरुमा क्रमसः कियाचु केन्द्रिय कमिटि काठमाण्डौं का सदस्य हाङनारायण चोङबाङ, प्रवासी मगर संघ मलेसियाका प्रवक्ता सुन्दर आले, नेपाल तमु समाजका प्रवक्ता मीन तमु, चितवन सर्म्पर्क मञ्चका प्रवक्ता वि.के. कडेल, खेटाङ सेरोफेरोका अध्यक्ष तेज कुमार र्राई, नेपाल तामाङ एकता संघका विनु लामा "दुखीया" तामाङ्ग, किरात धर्म तथा साहित्य उत्थान संघका सभापति पर्शुराम चोङबाङ, रोजगार पीडित सरोकार मञ्चका सञ्जय र्राई "छुच्चा" इलाम जन समपर्क मञ्चका बुद्धहाङ लावती, नेपाल क्रान्तिकारी संगठन मलेसियाका नेत्र बिक्रम विमली, किरात र्राई यायोख्खाका विश्व र्राई, त्यसतै गरी पत्रकारहरु हाम्रो आवाज साप्ताहिक तथा नेपाली सामाजिक केन्द्रकी सपना बस्याल, जन पृष्ठ भूमि साप्ताहिकका सुनील चालीसे, श्री अभिलेख साप्ताहिकका डिकेश भट्टर्राई, जनजाति आवाज तथा अनलइन मिडियाबाट रुसाहाङ चेम्जोङ को उपस्थिति रहेको थियो । कार्यक्रममा व्याज वितरण कमला लावती र सबिना लिम्बू बाट गरिएको थियो भने प्रमुख अतिथिको हातबाट दिप प्रज्वलन गर्दै किरात विभूति त्येयुङहाङ सिरिजगा, माहागुरु फल्गुनन्द र इमानसिंङ चेम्जोङको तस्वीरमा माल्यणपण गर्दै शुरु गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य मोहोन थेवेले राख्दै कार्यक्रमलाई सुचारु रुपमा कार्यक्रम सञ्चालक सन्त फेउदेन लिम्बूले अगाडि बढाएका थिए । त्यसतै गरी कार्यक्रमको कार्यपत्र देबेन्द्र "सुर्केली" खापुङ लिम्बूले प्रस्तुत गरेका थिए । भने विभिन्न तह र तप्काका व्क्तिहरुबाट स्वागत मन्तव्य तथा शुभकामना आदन प्रदान गरिएको थियो । कार्यक्रमको मध्यन्नमा काचो बनतरुलको टीका लगाउदै तरुलपान गरीएको थियो । कार्यक्रमको बीचबीचमा मोहोन थेबेबाट लिम्बू गीत र पर्शुराम चोङबाङबाट लिम्बू मुन्धुममा आधारीत हाक्पारे गीत प्रस्तुत गरएकिो थियो । कार्यक्रमको अन्त्यमा किरात तक्फेक्वा तङनाम को छोटो परिचय दिदै कार्यक्रमको समाप्त घोषणा कार्यक्रमका सभापति जगत सिंह वेघाबाट गरिएको थियो ।

निर्वाचनमा लिम्बुवानको सहभागिता नरहने

लिम्वूवान डट व्लगस्पोट डटकम बिर्तामोड
संघीय लिम्बुवान राज्य परिषद्ले सरकारद्वारा चैत्र २८ गते गर्ने भनिएको संविधानसभाको निर्वाचनलाई निर्रथक एवं नाटकीयको संज्ञा दिँदै लिम्बुवान क्षेत्रमा निर्वाचन विफल पार्ने चेतावनी दिएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध परिषद्ले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा परिषद्का महासचिव मिसेकहाङ थाम्सुहाङले जातिको ऐतिहासिक पृष्ठभूमिको आधारमा जातीय स्वायत्तता र जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको निश्चितता अन्तरिम संविधानमा उल्लेख गर्न माग गर्दै सो कुरा उल्लेख नगरी गर्न लागिएको निर्वाचनमा लिम्बुवानको सहभागिता नरहने बताउनुभयो । पत्रकार सम्मेलनपछि वितरित प्रेस विज्ञप्तिमा शहीद राजकुमार आङदेम्बेलाई राष्ट्रिय शहीद घोषणा गर्नुपर्ने,लिम्बूहरुको मातृभाषालाई लिम्बुवानका सरकारी कार्यालयमा प्रयोगमा ल्याइनुपर्नेलगायतका मागहरु राखिएका छन् ।
विज्ञप्तिमा जल, जङ्गल र जमिनमाथिको आदिवासीय अधिकार भन्दै सबै किसिमको वन पैदावर तथा खनिज पदार्थ काट्न, संकलन गर्न र ओसारपसार गर्न प्रतिबन्ध लगाइने पनि उल्लेख छ । धनकुटाको भेडेटारस्थित सिमखुवा ढाट तथा इलामको किटेनी ढाटमा भएको प्रहरी हस्तक्षेपको विरोध गर्दै यस्तै हस्तक्षेप कायम रहे भयानक परिणाम आउने चेतावनी विज्ञप्तिमा दिइएको छ । यसैगरी नेपालको सुस्ता लगायतका क्षेत्रमा भारतद्वारा नेपाली भूमि अतिक्रमण भइरहेको तथा नेपाल सरकार हालसम्म मूकदर्शक भएको भन्दै लिम्बुवान राज्य परिषद्ले घोर भत्र्सना गरेको छ । परिषद्ले विरोधस्वरूप माघ २० गते लिम्बुवान बन्द गर्ने घोषणासमेत गरेको छ ।

लिम्बू भाषाको बोर्ड हटाएकोमा विरोध

लिम्वूवान डट व्लगस्पोट डटकम धरान
माअ‍ोवादी निकट लिम्बूवान मुक्ति मोर्चाले धरानका सरकारी कार्यालयमा राखेका बोर्ड हटाइएको विरोधमा सोमबार धरानमा एक घन्टा सडक अवरुद्ध पारिएको छ।
भानुचौकमा अपराहन विरोध सभा गर्दै सडक अवरुद्ध पारिएको हो। सरकारी कार्यलयमा लिम्बू भाषा राखेको बोर्ड उठाएको प्रति विभिन्न संस्थाका प्रतिनिधिहरुले विरोध गरेका थिए। सो विरोधसभामा कियाचु सुनसरी अध्यक्ष चन्द्रबहादुर फाम्वो, रामसागर लिम्बू, कमल चोङबाङ, अकलबहादुर मेयाङबो, जय केरुङ, मुक्साहाङ लगायतले सम्बोधन गरेका थिए। यस्तै सभामा देवराज राई, दुर्गामाया लिम्बू, डम्बर खजुम, आइत खजुमले पनि सम्बोधन गरे। उनीहरुले लिम्बू भाषामा राखेको साइनबोर्ड हटाएर भाषाको अपमान गरेको भन्दै आक्रोस पोखे। जिल्ला हुलाक कार्यालय सुनसरी र धरान नगरपालिकामा लिम्बू भाषामा राखिएको साइनबोर्ड आइतावार प्रहरीले हटाएको हो।

Jan 15, 2008

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २०६२ सालमा स्थापित एक राजनीतिक संगठनको हो । यसले एकात्मक सत्ताको अन्त्य गरी संघीय संरचनाको लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनार्थ आफ्नो मुद्दा र आन्दोलनलाई अघि बढाइरहेको छ । एकात्मक नेपाललाई संघीय संरचनामा रुपान्तरण गर्न यस संगठनले आफ्नो सांगठानिक संरचना पनि संघीय अवधारणा अनुरुप नै विकास र निर्माण गरिरहेको छ । यसै क्रममा लिम्बुवान स्वायत्तताका लागि संघीय लिम्बुवान राज्य परिषद र तामाङ स्वायत्तताका लागि तामाङसालिङ स्वायत राज्य परिषदलगायतका सम्बद्ध राजनीतिक संगठनहरूलाई लिएर मञ्च आफ्नो आन्दोलनमा निरन्तर लागिपरेको छ । यस्ता १० देखि १३ वटासम्मका स्वायत्त राज्य परिषदहरू निर्माण गरेर मञ्च पूर्णता पाउने अभियानमा जुटेको छ । मञ्चले हाल आएर आफ्नो सम्वद्ध संगठनका साथमा अन्य राजनीतिक सवाल मिल्ने संगठनहरू मधेशी जनअधिकार फोरम नेपाल र संयुक्त थारु राष्ट्रिय मोर्चालगायतका राजनीतिक संगठनहरूसंग मोर्चावन्दी गरी संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चामार्फ् पनि आफ्नो आन्दोलनलाई सशक्त बनाइरहेको छ । यस मञ्चले आफ्नो सम्बद्ध संगठन संघीय लिम्बुवान राज्य परिषद र तामाङसालिङ स्वायत्त राज्य परिषदलगायतका आङ्गिक संगठनहरूसंगको सामुहिक सहमति र निर्णयअनुसार राजनीतिक संगठनको मुल्य र मान्यतालाई स्थापित गर्दै अघि बढ्न यही पुस ३० गते निर्वाचन आयोगमा विधिपूर्वक संगठन दर्ता गराइएको छ । यो मञ्च संविधानसभाको पक्षपाती राजनीतिक संगठन भएकोले सफल र र्सार्थक संविधान सभाको निर्वाचन चाहन्छ । तर, मञ्चले विगतदेखि राख्दै आएको तीन सूत्रीय मागहरू संविधानसभा अगावै पूरा नगरी गरिने संविधानसभाको चुनावप्रति असहमति जाहेर गर्दछ । विगतमा जुन कारणले संविधानसभाको सभाको निर्वाचन हुन सकेन ती सबै कारक तत्वहरूको निराकरण अझै पनि नभएकोले यसरी जबर्जस्त गर्न खोजिएको संविधानसभाको चुनाव पुनः पनि हुन नसक्ने ठहरका साथ मञ्च चुनावको तयारीभन्दा पनि माग पूरा गर्न गराउन थप सशक्त शान्तिपूर्ण आन्दोलनमा रहन बाध्यहुने जानकारी सम्वद्ध सबैमा गराउँदछौं ।
मञ्चका मागहरूः
क. संविधानसभाको निर्वाचन अगावै राजतन्त्र र एकात्मक राज्यसत्ताको समूल अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्नुपर्ने ।
ख. संविधान सभाको निर्वाचन जातीय जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचनप्रणालीको ब्यवस्था गरी सोही सिद्धान्तअनुरुप हुनुपर्ने ।
ग. जातिहरूको ऐतिहासिक पृष्ठभूमि, उत्पत्ति, भाषा र क्षेत्रको आधारमा आत्मनिर्णयको अधिकारसहितको स्वायत्त गणराज्यहरूको स्थापना गर्न सैद्धान्तिकरुपमा अन्तरिम संविधानमै संवैधानिक व्यवस्था गर्नुपर्ने ।
डीबी आङबुङ
सचिवः
प्रचार-प्रसार
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

टेकराज तिगेलाद्धारा निर्मित सिसाम चलचित्रको शनिबार राजधानीमा प्रिमियर शो

लिम्वूवान व्लगस्पोट डटकम काठमाडौं,
किरात समाजमा प्रचलित मिथकहरू बटुलेर फिचर फिल्म ' सिसाम ' तयार भएको छ । लिम्बू गाउघरकै सामान्य पात्र अभिनित चलचित्रको शनिबार राजधानीमा प्रिमियर शो गरियो । गोविन्द इमसङद्वारा निर्देशित चलचित्रमा लिम्बू समाजमा प्रचलित प्रेतात्मासम्बन्धी किंवदन्ती समेटिएको छ । सिसाम (प्रेतात्मा) ले हात छाम्न आउने, अगुल्टो तान्ने, खोरमा पसेर कुखुरा चिर्थोने, मरेपछि फेदाङमा (झाक्री) ले त्यसको आत्म देख्नेलगायतका किंवदन्ती चलचित्रले समेटेको छ । निम्न वर्गीय समाजमा अरब जाने लहर र ऋणमा डुबेपछि घरबार छिन्नभिन्न भएको कथा पनि चलचित्रमा छ । मूलपात्र सिकुटे अरब जान्छ, तर ऋण तिर्ने सक्ने पैसासमेत नभएपछि कहिल्यै फर्केर आउ“दैन । यता पत्नी र छोराछोरीको पनि अकाल मृत्यु हुन्छ । लिम्बू समाजको यो ताजा कथा हो, निर्देशक इमसङले भने-'पुराना मान्यता र ताजा सर्न्दर्भ जोड्न खोजेको हु“ । टेकराज तिगेलाद्धारा निर्मित तेर्‍हथुम, धनकुटा, भोजपुर, सुनसरी, मोरङ र काठमाडौंमा छायांकन गरिएको छ । चलचित्रमा विमल लिम्बू, सरिता लिम्बू, तेजु इमसङ, दिलकुमार लिम्बू, केवी लिम्बूलगायतको अभिनय छ ।

साहित्यकार देश सुब्बाद्वारा लेखिएको आदिवासी माथि अन्तरक्रिया सम्पन्न

लिम्वूवान व्लगस्पोट डटकम काठमाण्डौं सम्वाददाता
काठमाडौं, २९ पुस । हङकङ प्रवासी साहित्यकार देश सुब्बाद्वारा भयवादीय अवधारणालाई आधार मानेर लेखिएको नवीनतम् उपन्यासकृति ‘आदिवासी’माथि
आइतबार राजधानीमा एक अन्तर्क्रियात्मक कार्यक्रमको आयोजना गरियो । शब्द शताब्दी, नेपाल एवं सृजनशील साहित्य समाज, हङकङको संयुक्त आयोजनामा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि वरिष्ठ आयामेली कवि बैरागी काइँलाले भन्नुभयो- ‘भयवादमा आधारित देश सुब्बाको ‘आदिवासी’ नामक यो उपन्यास ‘उपन्यास’ कम र ‘दर्शन’ बढी भएको हो कि जस्तो अनुभूति हुन्छ’ उहाँले अगाडि थप्नुभयो- ‘कुनै निश्चित वाद, विचार वा आग्रहमा बाँधिएर सिर्जना गर्दा यस्तो हुन्छ ।’
त्यसैगरी अर्का लोकप्रिय साहित्यकार खगेन्द्र संग्रौलाले ‘लेखकले आफ्नो भयवादीय अवधारणालाई प्रष्ट्याउने प्रयत्न गर्दा उपन्यास जुन रुपमा पूर्ण हुनुपथ्र्यो त्यो रुपमा पूर्ण हुन नसके तापनि उपन्यास रोचक शैलीमा बुनिएको’ उल्लेख गर्नुभयो । प्रगतिवादी कवि गोविन्द वर्तमानले भन्नुभयो- ‘काव्यात्मक भाषाशैलीमा लेखिएको हुनाले उपन्यास पठनीय छ तर व्याकरणगत त्रुटी भने प्रशस्तै छन् ।’ उहाँले उपन्यासको नाम ‘आदिवासी’ भन्दा पनि ‘तरुल-उत्सव’ राखिएको भए बढी सुन्दर हुने’ बताउनुभयो । उहाँको मतमा बैरागी काइँलाले पनि सही थप्नुभयो ।
देश सुब्बाको उपन्यासकृति ‘आदिवासी’माथि चर्चित कवि श्रवण मुकारुङ, लीलावादी साहित्यकार कृष्ण धरावासी, चलचित्र निर्देशक नवीन सुब्बा, शब्द शताब्दी, नेपालका अध्यक्ष तथा चर्चित कवि शशी लुमुम्बू, सृजनशील अराजक कवि राजन मुकारुङ, रङगवादी कवि चन्द्रवीर तुम्बापो, लेखक अमर नेम्बाङ लिम्बू, मुक्त अभियानका तर्फबाट कवि प्रकाश आङदेम्बेले आआफ्नो विचार अभिव्यक्त गर्नुभएका थियो ।

Jan 14, 2008

आदिवासी किराती जनजातिहरुलाई राज्यमा सहभागिता गराउन माग

लिम्वूवान व्लगस्पोट डटकम बिजय सन्तोषी राइ
धनकुटा २९ पौष /आदिवासी किरातीहरुले राज्यको महत्वपूर्ण निकायहरुमा समावेशी र समानुपातिक ढंगले सहभागिता गराउन नेपाली कांग्रेस संग माग गरेका छन ।नेपाली कांग्रेस संग सम्वद्ध पूर्वी नेपालका आदिवासि किराती जनजाति नेताहरुले पार्टी किराती जनजातिहरुलाई राज्यको महत्वपूर्ण निकायहरुमा सहभागिता गराउन सशक्त र जोडदार माग गरेका हुन । नेपाली कांग्रेसले आदिवासि जनजातिहरु मध्य पूर्वी नेपालका आदिवासी किराती जनजातीहरुलाई पार्टी सरकार,संसद लगायत राज्यका निकायहरुमा समावेशी र समानुपातिक ढंगले हाल सम्म समावेश नगराएपछि आदिवासी किराती जनजाति र महिलालाई उपेक्षा गरेको विषयलाई लिएर अन्य राजनैतिक दलहरुले संविधान सभामा चुनावी नारा वनाउन थालेपछि नेपाली कांग्रेससंग सम्वद्ध आदिवासी किराती नेताहरुले आदिवासी किराती जनजातिलाई अन्तरीम सरकार ,संसद लगायत राज्यका महत्वपूर्ण निकायहरुमा समावेशी ढंगबाट तत्काल सहभागिता गराएमा पार्टी संगठन विस्तार सहयोग पुग्ने भएको वताएका छन । लोकतान्त्रिक आन्दोलनका साथै नेपाली कांग्रेसको स्थापना काल देखीनै आदिवासि किराती जनजातिहरुले पार्टी गठनमा महत्वपूर्ण ढंगबाट निरन्तर रुपमा योगदान पुर्‍याउदै आईरहेता पनि नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी अहिले आदिवासी जनजाति र महिलाहरुलाई अन्तरीम सरकार र राज्यका महत्वपूर्ण निकायहरुमा सहभागिता नगराउनु आदिवासि जनजाति लागि दुभाग्य भएको भन्दै नेपाली कांग्रेस भित्रका आदिवासि जनजाति तथा महिला नेताहरुले राज्यका हरेका निकायहरुमा तत्काल सहभागि गर्न पार्टीसंग आग्रह गर्छिन लोकतान्त्रिक महिला संञ्जालकी अध्यक्ष लिला सुब्बा । आदिवासी जनजाति महिलाहरुलाई समावेशि र समानुपातिक ढंगले राज्यका हरेक निकायहरुमा अनिवार्य सहभागिता गराउदै संघिय लोकतान्त्रिक नया नेपाल निर्माणमा सरिक गराउने राष्ट्रिय सहमति भएता पनि नेपाली कांग्रेस जस्तो जिम्वेवार राजनैतिक पार्टी अहिले अन्तरीम सरकारमा महिला र आदिवासी किराती जनजातिहरुलाई सहभागि नगराएकोमा संविधान सभाको निर्वाचनको चर्चा संगै अहिले मुलुकभरनै यस विषयमा समेत चर्चा र वहसको रुपमा अगाडि आएको आदिवासि नेताहरु वताउछन । समस्त मुलुकवासिहरुले यतिवेला नेपाली कांग्रेसका हरेक क्रियाकलाव र निर्णयका वारेमा अत्यन्तै चासो
पूर्वक गंभिर रुपमा हेरिरहेकोले नेपाली कांग्रेसले अहिले गर्ने निर्णयहरुले संविधान सभाको निर्वाचनमा समेत असर पर्ने भएकोले नेपाली कांग्रेसले पूर्वी नेपालमा अत्यधिक संख्यामा रहेका आदिवासी किराती जनजातिलाई समेट्दै राज्यका महत्वपूर्ण निकायहरुमा समावेश गर्नु पर्ने धारणा राख्नु हुन्छ नेपाली कांग्रेस नेता एवं आदिवासी जनजाति विकास समितिका पूर्व कार्यकारी निर्देशक आनन्द सन्तोषी र्राई । राष्ट्रिय जनजाति विकास समितिका पूर्व कार्यकारी निर्देशक समेत रहेका आनन्द सन्तोषी र्राईले नेपाली कांग्रेसले आदिवासी किराती जनजाति र महिलालाई सम्मान गरी पार्टी गठन र सरकारमा सहभागिता गर्राई मुलुकभर नया सन्देश दिनु पर्ने आजको आवाश्यकता रहेको वताए । भाषण, नारा र कार्यक्रमहरुमा मात्र वारम्वार समावेशि र संघिय कुराहरु आईरहेको तर व्यवहारमा भने कार्यन्वयन नभएकोमा गुनासो गर्दै नेपाल महिला संघ धनकुटाका अध्यक्ष एवं किरात याक्थुम चुम्लुङ्गकी केन्द्रिय सदस्य लिला सुब्बा भन्नु हुन्छ अव नेपाली कांग्रेसले पनि महिला र आदीवासी जनजातिहलाई पार्टी महत्वपूर्ण स्थानहरुमा र अन्तरीम सरकारमा पनि सहभागिता गराउनु पर्नेमा जोड दिएका छन । नेपाली कांग्रेसले अन्तरीम सरकार लगायत राज्यका महत्वपूर्ण निकायहरुमा आदिवासि किराती जनजाति र महिलाहरुलाई सहभागिता नगर्राई उपेक्षा गरिरहेमा संगठन विस्तारका साथै संविधान सभाको निर्वाचनमा नेपाली कांग्रेसलाई जनमत ल्याउनु समस्या हुने भएकोले तत्काल उनीहरुको मागलाई सम्बोधन गरी राज्यमा सहभागिता गराउनु पर्ने वताउछन आदिवासि जनजाति महासंघ धनकुटाका अध्यक्ष गहेन्द्र र्राई। लोकतान्त्रिक आन्दोलनका साथै नेपाली कांग्रेसको स्थापना काल देखीनै आदिवासि किराती जनजातिहरुले पार्टी गठनमा महत्वपूर्ण ढंगबाट निरन्तर रुपमा योगदान पुर्‍याउदै आईरहेता पनि नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी अहिले आदिवासी जनजाति र महिलाहरुलाई अन्तरीम सरकार र राज्यका महत्वपूर्ण निकायहरुमा सहभागिता नगराउनु आदिवासि जनजाति लागि दुभाग्य भएको भन्दै नेपाली कांग्रेस भित्रका आदिवासि जनजाति तथा महिला नेताहरुले राज्यका हरेका निकायहरुमा तत्काल सहभागि गर्न
पार्टीसंग आग्रह गर्छिन लोकतान्त्रिक महिला संञ्जालकी अध्यक्ष लिला सुब्बा ।आदिवासी जनजाति महिलाहरुलाई समावेशि र समानुपातिक ढंगले राज्यका हरेक निकायहरुमा अनिवार्य सहभागिता गराउदै संघिय लोकतान्त्रिक नया नेपाल निर्माणमा सरिक गराउने राष्ट्रिय सहमति भएता पनि नेपाली कांग्रेस जस्तो जिम्वेवार राजनैतिक पार्टी अहिले अन्तरीम सरकारमा महिला र आदिवासी जनजातिहरुलाई सहभागि नगराएकोमा संविधान सभाको निर्वाचनको चर्चा संगै अहिले मुलुकभरनै यस विषयमा समेत चर्चा र वहसको रुपमा अगाडि आएको आदिवासि नेताहरु वताउछन ।लाई नेपाली कांग्रेसको तर्फाट पनि सरकारमा सहभागिता नगराएकोमा मुलुकभरका आदिवासी जनजाति र महिलाहरुमा वितिष्णा पैदा गरिदिन अन्य राजनैतिक पार्टी क्रियाशिल भैरहेकोले अहिले नेपाली कांग्रेस पार्टीगठनमा समेत असर पर्न थालेकोले नेपाली कांग्रेसले अभिलम्ब आदिवासी किराती जनजातिहरुलाई राज्यमा सहभागिता गराउन माग उठ्न थालेको छ