News

Jan 16, 2008

लिम्बू भाषाको बोर्ड हटाएकोमा विरोध

लिम्वूवान डट व्लगस्पोट डटकम धरान
माअ‍ोवादी निकट लिम्बूवान मुक्ति मोर्चाले धरानका सरकारी कार्यालयमा राखेका बोर्ड हटाइएको विरोधमा सोमबार धरानमा एक घन्टा सडक अवरुद्ध पारिएको छ।
भानुचौकमा अपराहन विरोध सभा गर्दै सडक अवरुद्ध पारिएको हो। सरकारी कार्यलयमा लिम्बू भाषा राखेको बोर्ड उठाएको प्रति विभिन्न संस्थाका प्रतिनिधिहरुले विरोध गरेका थिए। सो विरोधसभामा कियाचु सुनसरी अध्यक्ष चन्द्रबहादुर फाम्वो, रामसागर लिम्बू, कमल चोङबाङ, अकलबहादुर मेयाङबो, जय केरुङ, मुक्साहाङ लगायतले सम्बोधन गरेका थिए। यस्तै सभामा देवराज राई, दुर्गामाया लिम्बू, डम्बर खजुम, आइत खजुमले पनि सम्बोधन गरे। उनीहरुले लिम्बू भाषामा राखेको साइनबोर्ड हटाएर भाषाको अपमान गरेको भन्दै आक्रोस पोखे। जिल्ला हुलाक कार्यालय सुनसरी र धरान नगरपालिकामा लिम्बू भाषामा राखिएको साइनबोर्ड आइतावार प्रहरीले हटाएको हो।

No comments: