News

Jan 30, 2008

नुमाफुङ चलचित्रमा धमिरा परेछ

लिम्वूवान डट व्लगस्पोट डटकम ,तानलुक्वा , January 30, 2008
हङकङ नेपाली गीत,संगीत, चलचित्र, म्यूजिक भिडियोको गैरकानुनी ढंगले प्रतिलिपी निकालेर ब्यापार गर्नु ठूलो कुरो होइन । धेरै पहिलेदेखि नै चल्दै आएको हत्तपत्त नरोकिन नेपाली संघसंस्थाको बीबीक्यू कार्यक्रम जस्तै पुरानो चलन हो । त्यसो त धेरै नेपाली पसलेहरुको कोठा भाडा शायद यस्तैयस्तै व्यवसायले पनि चल्या होला ।
अब र्सवसुलभ उपलब्ध नभए पछि प्रतिलिपीले नै भए पनि चलाउनु पर्या होला यस बारेमा के भन्ने र खैं - तर यसपालि भने मलाई अचम्म लाग्यो । अलि बढी नै लाग्यो । भनौं, यो कुरोलाई पचाउन भने पाचक नै खानु पर्ने भयो । चार वर्षअघि निर्माण भएको, फरक धारका चलचित्र निर्देशक नविन सुब्बाको चलचित्र नुमाफुङ पनि यत्रतत्र विक्री भइरहेको रहेछ । २ वटा भिसिडीकालागि ८ डलर तिरेमा पुरै चलचित्र पाउन सकिने रहेछ । चलचित्रको केही अंश छुटाइएको रहेछ । उत्कृष्ट प्रिन्ट क्वालिटी पाउन सकिने नुमाफुङ चलचित्रमा धमिरा लाग्दा निर्माता, निर्देशकहरु के गरी रहेका छन् - नबिन दाइलाई नै सोध्नु पर्ने भएको छ ।
सबै भन्दा अचम्म कुरो त के हो भने, च्याम्बर अफ कमर्सको सदस्यहरुकै पसलमा पनि यसरी बिक्री वितरण भइरहेको रहेछ । के भन्नु र ? यो कुरो पचाउन गार्‍हो भयो । हजमोला पो खाने हो की ?

Jan 29, 2008

लिम्बूवान राज्यको सुनिस्चितता हुनुपर्ने संजालको माग

लिम्वूवान व्लगस्पोट डटकम / प्रदीप मेन्याङ्बो धरान १४ माघ
लिम्बूवान संघर्ष समन्वय समिति संजालको दुइदिन सम्म धरान स्थित किरात याक्थुङ चुम्लुङहिममा बसेको दोश्रो पूर्ण बैठकले ऐतिहासिक पृष्ठभूमिको आधारमा संविधान सभा निर्वाचन अगावै आत्मनिर्णय अधिकार सहितको संघीय लिम्बूवान राज्यको सुनिस्चितता हुनुपर्ने माग दोहोर्‍याएको छ ।
बैठक पछि आज विहान धरानमा पत्रकार सम्मेलनको आयोजना गरी समिति संजालले जाति, भाषा, क्षेत्र र जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान स्वायत्तता जायज माग भएको ठहर गरेको छ । समितिले सरकार र दलले लिम्बूवान स्वायत्तता माग गर्ने राजनितिक मोर्चा र संघसंस्थाहरुलाई विस्वासमा लिन सकेमा संविधान सभाको निर्वाचन औचित्यपूर्ण हुने ठहर गरेको छ । समितिले संविधानसभा आफैमा अग्रगामी र लोकतान्त्रीक प्रकृया भएकोले तोकिएको मिति चैत २८ मा संविधानसभाको निर्वाचन हुनुपर्नेमा जोड दिएको छ । तर सो निर्वाचन निर्वाध रुपले सम्पन्न गर्न अन्तरिम संविधानमा चौंथो संसोधन गरेर लिम्बूवान सहितको स्वायत्त राज्यहरुको सुनिस्चितता गर्नु पर्ने समितिले माग गरेको छ ।
अन्तरिम संविधान संसोधन नगरे सम्म लिम्बूवान स्थापनाको लागि संजालले शान्तिपर्ूण्ा आन्दोलनलाई शशक्त बनाउदै लैजाने संजालका सदस्य तथा किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष अर्जुन नुगोले बताए । उनले संविधानसभाको निर्वाचन नजिकै आए पनि लिम्बुवान स्वायत्तता नभएमा सो निर्वाचन लिम्बुवानबासीका लागि कागलाई बेल पाक्यो हर्षन विस्मात जस्तै हुने पनि बताए । लिम्बूवान स्वायत्तताको अर्थ लिम्बूजातिको लागि मात्र नभएर सम्पूर्ण लिम्बूवानबासीको हक अधिकार र मुक्तीको लागि भएको पनि स्पस्ट पारे ।
संजालका संयोजक उत्तमसिं थाङ्देनद्धारा हस्ताक्षरित जारी विज्ञप्तीमा सरकारले राज्य पुनसंरचना आयोग अविलम्ब गठन गरेर सो आयोगमा लिम्बूजातिको प्रतिनिधित्व गराउनु पर्ने, अन्तरिम संविधानले अङ्गीकार गरेको भाषिक समानतालाई व्याबहारिक रुप दिन सरकारले लिम्बूवान क्षेत्रको सम्पूर्ण सरकारी कार्यालयमा लिम्बू भाषा र किरात सिरिजङ्गा लिपिमा साइनबोर्ड राख्नु व्यबस्था गर्नु पर्ने माग गरेको छ । समितिले लिम्बूवान प्राप्तको आन्दोलनमा शहादत प्राप्त गरेका राजकुमार आङ्देम्बे लगायत सबैलाई राज्यले शहिद घोषणा गरी परिवारलाई उचित क्षतिपूर्ती दिन पनि माग गरेकेा छ ।
लिम्बूवान सुनिश्चितताको माग पुरा नगरेमा संजालले गर्ने आन्दोलन सरकार र ठूला राजनितिक दलले देखाउने रवैयामा भर पर्ने पत्रकार सम्मेलनमा जनाइएको थियो । लिम्बूवान स्वायत्तताको बल पछिल्लो समयमा सरकार र राजनितिक दलको कोर्टमा पुगेको ठहर गर्दै ऐतिहासिक निर्णयको प्रतिक्षामा रहेको संजालका संयोजक उत्तमसिं थाङ्देनले पत्रकार सम्मेलनमा बताए ।
संजालमा विभिन्न राजनितिक दलका भातृ संगठन स्वतन्त्र सामाजिक संस्थाका रुपमा रहेका किरात याक्थुङ चुम्लुङ, संघीय लिम्बुवान राज्य परिषद, लिम्बूवान स्वायत्त सरोकार मञ्च, लिम्बूवान राष्ट्रिय मूक्ती मोर्चा, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च, लिम्बुवान मुक्ती मोर्चा, नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ लगायत १९ सगठन आवद्ध छन् ।

Jan 28, 2008

संघीय गणतान्त्रिक महिला मोर्चा: राष्ट्रिय मुक्ति आन्दोलन् केन्द्रीय संयोजन् समितिको गठन्

लिम्वूवान डट व्लगस्पोट डटकम,नेवा: काठमाडौं ,डीबी आङ्बुङ्/ Jan 25, 2008
संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चासंग सम्वद्ध संघीय गणतान्त्रिक राष्ट्रिय महिला मोर्चा: राष्ट्रिय मुक्ति आन्दोलन् केन्द्रीय महिला संयोजन् समितिको गठन् गर्न संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कमल छाराहाङ्को उपस्थितिमा भएको एक भेलाले यही गत माघ ८ गते मोर्चाको कार्यालय पुलचोक ललितपुरमा एक् संयोजन समितिको चयन् गरिएको छ।संविधान सभाको निर्वाचन अगावै राजतन्त्रको समूल अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा; जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक् निर्वाचन् प्रणाली; र जाति, भाषा तथा क्षेत्रको ऐतिहासिक प्रिष्ठभुमिको आधारमा लिम्बुवान, खम्बुवान, तामङ्सालीङ्, नेवा:, तमुवान्, मगरात, थरुहट[थारुवान], खसान, र मधेशलगायतका स्वायत्त गणराज्यहरुको सैधान्तिक सुनिश्चितताका लागि सशक्त आन्दोलन गर्ने भएका छन् ।यस संयोजन समिति निम्नानुसारको रहेको छ:
१ विष्णु तुम्बाहाङ्फे : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
२ गंगा चौधरी : संयुक्त थारू राष्ट्रिय मोर्चा, नेपाल
३ विध्या सिन्हा : मधेशी जन अधिकार फोरम, नेपाल
४ चन्दा तामाङ् : तामाङ्सालीङ् स्वायत्त राज्य परिषद
५ शान्ता योङ्हाङ् : संघीय लिम्बुवान राज्य परिषद
६ क्रिष्ण कुमारी तामाङ् : दलित जनजाति पार्टी
७ कौसल्या देवी : मधेशी लोकतान्त्रिक मोर्चा
८ सविना राजवंशी : संघीय गणतान्त्रिक मोर्चा
उपरोक्त संयोजन् समितिमा लोकतन्त्रिक मधेशी मोर्चाको तर्फबाट एक सदस्यको मनोनयन गरी बनेको नौ सदस्यीय संयोजन समितिले चाडै एक कार्यदलको निर्माण गरी मोर्चाको सशक्त आन्दोलनका
कार्ययोजनाहरु तयगर्ने भएको छ ।

भीसी फोर्ससँग लिम्बूवान वार्ता गर्न इच्छुक

लिम्वूवान डट व्लगस्पोट डटकम/दिपेन बाला राइ, दमक
माघ, १४ दमक, संघीय लिम्बुवान राज्य परिषद र भीसी फोर्स वीच द्धन्द चर्किरहेको बेला परिषदले वार्तामा बसेर समस्याको समाधान गर्ने इच्छा व्यक्त गरेको छ । परिषदका तर्फबाट अध्यक्ष कुमार लिङदेनले शनिबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै कटपिट जस्तो अमानवीय कार्यले किरात धर्मको पवित्र स्थल लारुम्बाको प्रतिष्ठामा आँच आउने भएकोले लिम्बूवानसँग लारुम्बाबो कुनै असन्तुष्टी भएमा वार्ता र छलफलद्धारा समस्या समाधान गर्न आफूहरु तयार रहेको जनाएको छ । किरात धर्म साहित्य उत्थान संघ र किरात माङगेना सेवाले परिषदका केन्द्रीय सदस्य सागर साम्बा र अन्य कार्यकर्ताहरुलाई भीसी फोर्सले कुटेको होइन भनी पत्रकार सम्मेलन गर्नु सत्य लुकाउने प्रयास हो भन्दै परिषदको घोर आपत्ति रहेको कुरा विज्ञप्तिमा उल्लेख छ ।दमक, संघीय लिम्बुवान राज्य परिषद र भीसी फोर्स वीच द्धन्द चर्किरहेको बेला परिषदले वार्तामा बसेर समस्याको समाधान गर्ने इच्छा व्यक्त गरेको छ । परिषदका तर्फबाट अध्यक्ष कुमार लिङदेनले शनिबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै कटपिट जस्तो अमानवीय कार्यले किरात धर्मको पवित्र स्थल लारुम्बाको प्रतिष्ठामा आँच आउने भएकोले लिम्बूवानसँग लारुम्बाबो कुनै असन्तुष्टी भएमा वार्ता र छलफलद्धारा समस्या समाधान गर्न आफूहरु तयार रहेको जनाएको छ । किरात धर्म साहित्य उत्थान संघ र किरात माङगेना सेवाले परिषदका केन्द्रीय सदस्य सागर साम्बा र अन्य कार्यकर्ताहरुलाई भीसी फोर्सले कुटेको होइन भनी पत्रकार सम्मेलन गर्नु सत्य लुकाउने प्रयास हो भन्दै परिषदको घोर आपत्ति रहेको कुरा विज्ञप्तिमा उल्लेख छ ।दिपेन बाला राइ, दमक - दमक, संघीय लिम्बुवान राज्य परिषद र भीसी फोर्स वीच द्धन्द चर्किरहेको बेला परिषदले वार्तामा बसेर समस्याको समाधान गर्ने इच्छा व्यक्त गरेको छ । परिषदका तर्फबाट अध्यक्ष कुमार लिङदेनले शनिबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै कटपिट जस्तो अमानवीय कार्यले किरात धर्मको पवित्र स्थल लारुम्बाको प्रतिष्ठामा आँच आउने भएकोले लिम्बूवानसँग लारुम्बाबो कुनै असन्तुष्टी भएमा वार्ता र छलफलद्धारा समस्या समाधान गर्न आफूहरु तयार रहेको जनाएको छ । किरात धर्म साहित्य उत्थान संघ र किरात माङगेना सेवाले परिषदका केन्द्रीय सदस्य सागर साम्बा र अन्य कार्यकर्ताहरुलाई भीसी फोर्सले कुटेको होइन भनी पत्रकार सम्मेलन गर्नु सत्य लुकाउने प्रयास हो भन्दै परिषदको घोर आपत्ति रहेको कुरा विज्ञप्तिमा उल्लेख छ ।

Jan 27, 2008

लिम्बू भाषाको बोर्ड हटाए पछि ४८ घण्टाको अल्टीमेटम

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान
एक साता अघि धरानका विभिन्न सरकारी कार्यालयमा श्रृजङ्गा लिपि प्रयोग गरी लिम्बू भाषा कार्यालयको नाम लेखिएको बोर्ड प्रहरी प्रशासनले हटाए पछि आक्रोसित बनेका ११ संघ संस्थाहरुले सोही ठाउमा ससम्मान पुनस्र्थापना गर्न ४८ घण्टाको अल्टीमेटम दिएका छन् । किरात याक्थुङ चुम्लुङमा आइतबार बसेको ती संघ संस्थाका संयुक्त भेलाले प्रसासनले उप्काएको तोकिएको समय भित्र बोर्ड पुनस्र्थापना नगरे ससक्त संघर्षमा उत्रने चेतावनी दिएका छन् । ती संघसंस्थाले धरान नगर पालिका, नेपाल टेलीकम, नेपाल खानेपानी संस्थान, नेपाल विद्युत प्राधिकरण, आन्तरिक राजश्व कार्यालय, जिल्ला हुलाक कार्यालयमा बोर्ड टागेका थिए । किरात याक्थुङ चुम्लुङ, माओवादी, एमाले, कांग्रेस, संघीय लिम्बुवान राज्य परिषद, लिम्बुवान स्वायत्त सरोकार मन्च लगायतका समर्थक लिम्बू प्रतिनिधिहरुले बोर्ड पुनस्र्थापना गर्न यस अघि सातदिने अल्टिमेटम दिएका थिए । दिएको अल्टिमेटम भित्र पनि प्रशासनले बेवास्ता गरेकोले संघर्षका थप कार्यक्रम सार्वजनिक गर्दै माघ १० गते देखि ती कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका धरान/एक साता अघि धरानका विभिन्न सरकारी कार्यालयमा श्रृजङ्गा लिपि प्रयोग गरी लिम्बू भाषा कार्यालयको नाम लेखिएको बोर्ड प्रहरी प्रशासनले हटाए पछि आक्रोसित बनेका ११ संघ संस्थाहरुले सोही ठाउमा ससम्मान पुनस्र्थापना गर्न ४८ घण्टाको अल्टीमेटम दिएका छन् । किरात याक्थुङ चुम्लुङमा आइतबार बसेको ती संघ संस्थाका संयुक्त भेलाले प्रसासनले उप्काएको तोकिएको समय भित्र बोर्ड पुनस्र्थापना नगरे ससक्त संघर्षमा उत्रने चेतावनी दिएका छन् । ती संघसंस्थाले धरान नगर पालिका, नेपाल टेलीकम, नेपाल खानेपानी संस्थान, नेपाल विद्युत प्राधिकरण, आन्तरिक राजश्व कार्यालय, जिल्ला हुलाक कार्यालयमा बोर्ड टागेका थिए । किरात याक्थुङ चुम्लुङ, माओवादी, एमाले, कांग्रेस, संघीय लिम्बुवान राज्य परिषद, लिम्बुवान स्वायत्त सरोकार मन्च लगायतका समर्थक लिम्बू प्रतिनिधिहरुले बोर्ड पुनस्र्थापना गर्न यस अघि सातदिने अल्टिमेटम दिएका थिए । दिएको अल्टिमेटम भित्र पनि प्रशासनले बेवास्ता गरेकोले संघर्षका थप कार्यक्रम सार्वजनिक गर्दै माघ १० गते देखि ती कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।यसैवीच वोर्ड पुनस्र्थापना संयुक्त संघर्ष समितिका संयोजक अकल बहादुर मेन्याङबोले प्रेस विज्ञप्ती जारी गर्दै बर्तमान लोकतान्त्रिक परिबेशमा लिम्बूवान क्षेत्रमा आफ्नो जातिय भाषिक तथा सांस्कृतिक अधिकारको सुनिश्चितता गराउने अभ्यासको थालनी गर्न खोज्दा गृह प्रसासनले पञ्चायती शैली अपनाएको आरोप लगाएका छन् । प्रहरी प्रसासनलाई ती बोर्ड हटाउन अधिकार नभएको पनि उनले जनाएका छन् ।

लिम्वूवान सहित पाच जातीय मोर्चा

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान
संविधानसभा अघि नै आत्म निणर्य अधिकार सहतिको स्वायक्तता ग्यारेन्टि नभए सम्म परिणममुखि र सार्थक निर्वाचनका लागि जातीय संगठनहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् । संघीय स्वायक्त राज्यको माग गर्दै आएका पाँच जातीय संगठनहरुले सयुक्त मोर्चा मार्फत परिणममुखि आन्दोलन गर्ने चेतावनी दिएका हुन् । संघीय लिम्वूवान राज्य परिषद, खम्वुवान राष्ट्रिय मोर्चा, संघीय तामाङ्गसालिङ्ग स्वायक्त परिषद, थारु कल्याणकारी सभा र तमुवान सयुक्त सघर्ष समितिले सयुक्त रुपमा विज्ञप्ति जारी गरि माघ पहिलो साता देखि नै आन्दोलनको घोषणा गरेका हुन् । आदिवासी जनजाति, महिला, मधेशी, दलित, उत्पिडित वर्गको पक्षमा सार्थक र परिणाममुखि संविधानसभाको निर्वाचनको लागि निरन्तर सधर्ष गर्ने प्रतिवद्धता सहित कार्यगत एकता गरि सयुक्त मोर्चा गठन गरिएको खम्वुवान मुक्ति मोर्चाका केन्द्रिय सदस्य आरके खम्वुले वताए । पाँच जातीय हालै सम्पन्न संगठनको सयुक्त भेलाले आ-आफनो क्षेत्रमा नियमित रुपमा सधर्षको कार्यक्रम संचालन गर्ने निणर्य गरेको छ ।आगामी चैत २८ गते हुने भनिएको संविधानसभाको निर्वाचनले पनि सवै वर्गको मागलाई सम्वोधन गर्न नसकेको भन्दै आन्दोलनमा उत्रनु परेको जारी विज्ञप्तिमा जनाईएको छ । भेला पछिजारी सहमति पत्रमा हस्ताक्षर गर्नेहरुमा संघीय लिम्वूवान राज्य परिषदका अध्यक्ष संजुहाङ्ग पालुङ्गवा, खम्वुवानका कार्यवाहक अध्यक्ष ईन्द्रहाङ्ग खम्वु, तामाङ्गसालिङ्गका उपाध्यक्ष सुन्दर तामाङ्ग, थारु कल्याणकारी सभाका चन्द्रकुमार चौधरी र तमुवानका उपाध्यक्ष टेकवहादुर तमु रहेका छन् । धोषित आन्दोलन अन्र्तगत पहिलो चरणमा प्रचारप्रसार, दोश्रोमा कोणसभा जनसभा र तेश्रोमा वन्द हडताल र मसाल जुलुस समेत गर्ने निणर्य गरेका छन् ।

लिम्बू बस्तीको किपट कथा चेसुङ'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
पुख्र्यौली भूमिको स्वामित्वबाट लिम्बूहरू कसरी विस्थापित भए - चलचित्र 'लिम्बू बस्तीको किपट कथा' चेसुङ'-उपहार ले इतिहास खोतल्ने प्रयास गरेको छ । एकीकरणपछि किपटका रूपमा लिम्बू समुदायलाई भोगचलन गर्न दिइएको जमिनमाथि पञ्चायती सरकारले भूमिसुधार लागू गर्दा आइपरेका समस्या र लिम्बू समाजमा परेका सामाजिक-आर्थिक प्रभावलाई 'चेसुङ' ले उतार्न खोजेको छ ।
राजधानीमा शुक्रबार विशेष प्रदर्शन गरिएको चलचित्रमा लिम्बू समाजको चारदाम प्रथा, विवाह, मृत्यु तथा धाननाचका सर्न्दर्भसमेत समेटिएका छन् । तत्कालीन प्रशासनिक पदमा पुगेका सुब्बाबीचकै प्रतिष्ठाको लडाइले लिम्बू समाज कमजोर भएकाले अन्य समुदायले फाइदा उठाएको प्रसंग पनि चलचित्रमा उधिनिएको छ ।
दुइ सुब्बाबीचको दम्भले निम्त्याएका उपघटना र तत्कालीन सरकारले भूमिसुधार लागू गरेपछि छिन्नभिन्न बनेको किपट प्रथा चलचित्रको मूल विषय हो । मौसम इम्बुङको निर्देशन रहेको चलचित्रमा प्रेम सुब्बा, शोभा खजुम, बलराज जेवेगु, भीष्मा चेम्जोङ, आशिष लिङदेन, रमेश सिङघक, पुष्प श्रेष्ठ, सावित्रा इङनामलगायतले खेलेका छन् । भीष्मा चेम्जोङका कथालाई विक्रम सुब्बाका गीत र अशोक र्राईको संगीतले पछ्याएका छन् ।
'संघीयताको मुद्दा उठिरहेका बेला, निर्देशक मौसमले भने- 'लिम्बूहरू कसरी आफ्नो किपटबाट विस्थापित भए भन्ने इतिहास खोतल्न चलचित्र निर्माण गरिएको हो ।' लिम्बू विषयका आधा दर्जन चलचित्रमा अभिनय गरिसकेका प्रेमको अभिनयले चलचित्रलाई बल दिएको छ । अन्य कलाकारको अभिनय ठीकै छ ।
छायांकन र प्रस्तुति शैलीमा भने धेरै कमजोरी देखिन्छन् । किपट खोसिदा लिम्बूहरू प्रताडित भएको सर्न्दर्भ देखाउन खोजिएको चलचित्रमा 'किपट आफैमा समान्ती प्रथा' झैं लाग्ने संवाद र घटनाहरू छन् । लिम्बूहरू अल्छी भएकाले किपट इतर समुदायका हातमा पुगेको घुमाउरो अर्थ लाग्ने सर्न्दर्भले पनि स्थान पाएको छ । किरात याक्थुङ माङगेना चुम्लुङका लागि काबेली फिल्म प्रोडक्सन धरानको ब्यानरमा निर्मित ९० मिनेट लामो चलचित्र डिजिटल प्रविधिमा छ ।