News

Nov 1, 2009

कांग्रेस महासमिति बैठकको आइतबार उदघाटन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक १५ - कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले पार्टीले सभापतीय पद्धतिलाई छाड्न नहुने बताएका छन् । कांग्रेस महासमिति बैठकको आइतबार कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा उदघाटन गर्दै उनले अहिलेको संरचनामा पार्टीलाई अघि बढाउन आग्रह गरे ।प्रस्तावित नयाँ विधान बारे पार्टी भित्र चर्को बहस भइरहेका बेला उनले कार्यकर्तालाई आग्रह गर्दै भने-'सभापतीय प्रणालीलाई निरन्तरता दिनुहोस, सभापतिको अधिकार कटौती नगर्नुहोस ।' कोइरालाले आन्दोलन छाडेर वार्तामा आउन माओवादीलाई आग्रह गरे । उनले भने-' सहमति,सहकार्य राष्ट्रको आवश्यकता हो,म यहि महासमिति बैठकबाट प्रचण्डजीलाई त्यसकुराको आत्मसात गरी सहमतिमा आउन आग्रह गर्दछु ।' प्रमुख प्रतिपक्षी माओवादीले आजै बाट आन्दोलनको कार्यक्रम तय गरेको छ । सबै दलमा सहमति र सहकार्य भए विश्वको कुनै पनि मुलुकले नेपाललाई हल्लाउन नसक्ने भन्दै उनले अहिले मुलुकमा गम्भीर परिस्थिति उत्पन्न भएको बताए । मुलकुको अवस्थालाई बुझेर अघि बढ्न उनले कार्यकर्तालाई आग्रह गरे । आफूले कुनै पनि हालतमा माओवादीलाई सहमितमै ल्याएरै छाड्ने उनको दावी थियो । पार्टी एकीकरणपछि पहिलो पटक भएको महासमिति बैठकमा सहभागी हुन देशभरबाट कांग्रेसका प्रतिनिधीहरु आइपुगेका छन् । पार्टीका वरिष्ठ नेताहरु पनि बैठकमा उपस्थित छन् ।

माओवादीले दोस्रो चरणको आन्दोलन सुरु गर्दै मसाल जुलुस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१५ कात्तिक,दोस्रो चरणको आन्दोलन सुरु गर्दै माओवादीले आइतबार साँझ देशभर मसाल जुलुस प्रदर्शन गरेको छ । अध्यक्ष प्रचण्डले राजधानीको पुरानोबसपार्कबाट मसाल जुलुस बाली आन्दोलन उद्घाटन गरेका छन् ।उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुरमा साँझ पौने ६ बजे एकैसाथ मसाल जुलुस निकालिए । माओवादीका पार्टी कमिटी र जनवर्गीय संगठनले पूर्वनिर्धारित स्थानबाट मसाल जुलुस निकाले । काठमाडौंको पुरानो बसपार्कबाट मजदुरले, दरबारमार्गको महेन्द्र सालिकबाट विद्यार्थीले, महाबौद्धबाट गणतान्त्रिक मञ्चले र बुद्धिजीवी तथा अन्यले महांकाल मन्दिरबाट एकसाथ मसाल बोकेका थिए ।
मसाल जुलुसका सबै मोर्चाको नेतृत्व माओवादीका स्थायी समिति, पोलिटब्युरो सदस्यका साथै सभासद्ले गरेका थिए । माओवादी सभासद् संविधानसभाको पोसाकसहित मसालजुलुसमा आएका थिए । उनीहरूले 'जनयुद्ध जारी छ' नारा लगाएका थिए । काठमाडौंमा रत्नपार्ककेन्दि्रत जुलुस बागबजार पुतलीसडक, भृकुटीमण्डप, सहिदगेट हुँदै वीर अस्पतालअगाडि पुगेर टुंगिएको थियो । सबैभन्दा ठूलो जुलुस पुरानोबसपार्कबाट निस्केको थियो । जुलुस क्षेत्रका सडक करिब दुई घन्टा ठप्प भए । यसैगरी, ललितपुरको मंगलबजारबाट सुरु भएको मसाल जुलुस पुल्चोक तथा भक्तपुरको सूर्यमढीबाट सुरु जुलुस सिद्धपोखरीमा पुगी समापन भएको माओवादीले जनाएको छ ।नागरिक सर्वाच्चतालगायत माग अघि सारी आन्दोलनमा उत्रेको माओवादीले यसअघि आफ्ना माग पूरा गर्न सरकार र सत्तारुढ दलाई नौदिने अल्टिमेटम दिएको थियो । अल्टिमेटम सकिएकै दिनबाट पूर्वघोषित दोस्रो चरणको आन्दोलन सुरु भएको हो । यसअघि २३ साउनमा घोषित पहिलो चरणको आन्दोलन तिहारअगाडि नै सकिएको थियो ।आइतबार बिहान बसेको माओवादी संविधानसभा बोर्ड बैठकले आन्दोलनलाई प्रभावकारी बनाउन सभासद्लाई सक्रिय सहभागी हुन निर्देशन दिएको छ । आन्दोलनमा सभासद्को भूमिकाबारे छलफल गर्न बसेको बैठकले सबै सभासद्लाई मसाल जुलुसमा सहभागी हुन निर्देशनसमेत दिएको थियो । बैठकले सिंहदरबार घेराउलगायतका कार्यक्रममा सभासद्को लोगो र पोसाकसहित सहभागी बन्न निर्देशन दिएको बैठकपछि संविधानसभा दलका उपनेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।माओवादीले आन्दोलनसँगै राजनीतिक गतिरोध अन्त्यका लागि राजनीतिक छलफल पनि जारी राखेको बताएको छ । 'हामी आन्दोलनसँगै वार्ता पनि जारी राख्छाँै,' प्रवक्ता दीनानाथ शर्माले भने, 'हाम्रो माग सम्बोधन हुने भए वार्ता हुन्छ ।'

तीन दलका प्रमुख 'सहमतिको सरकारका लागि तयार'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक १५- माओवादी नेतृत्वमा सहमतीको सरकार गठनका लागि माओवादी, कांग्रेस र एमालेका प्रमुखहरूबीच समझदारी भएको केही जानकार स्रोतले दाबी गरेका छन्। अन्तरिम संविधानको अर्को संशोधनद्धारा 'राष्ट्रपतिको कार्यक्षेत्र प्रष्ट उल्लेख गर्ने' सहमति तीन नेताबीच भएको पनि तिनको दाबी छ। स्रोतका अनुसार, त्यही समझदारी बढेपछि राष्ट्रपति रामवरण यादवले कानुन व्यवसायीहरूसँग आफूलाई दलहरूले आक्षेप लगाउन खोजेको असन्तुष्टी व्यक्त गरेका थिए। कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एमाले अधयक्ष झलनाथ खनालसँग एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको केही चरणमा छलफल भइसकेको र त्यसले 'वातावरण परिपक्व भएपछि' साकार रूप लिने तिनले दाबी गरेका छन्।
प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा नदिने भएकाले 'आन्दोलनबाट सरकारलाई गलाउने' माओवादीले नीति लिएको छ भने संसदबाट नयाँ सरकारका पक्षमा बहुमत पुर्‍याउने तिनको प्रयास जारी रहनेछ।'आन्दोलनको बटमलाइन सहमतिको सरकार हो। त्यो नेतृत्व माओवादीले गर्नेछ। राष्ट्रपतिको कदमबारे त्यही सरकारले सदनमा छलफल गर्ने प्रस्तावमा सहमती बनेको छ,' माओवादी स्थायी समितिका एक सदस्यले नागरिकसित भने।एमालेका खनाल पक्षधर एक केन्द्रीय सदस्यले उक्त प्रस्ताव विकसित भएको स्वीकार गरे। राष्ट्रपतिको कदमबारे कोइराला मौन रहँदै आएका छन्। कांग्रेसका एक केन्द्रीय सदस्यले भने-'राष्ट्रपतिको कदमबारे गिरिजाबाबुले अहिलेसम्म बोल्नु भएको छैन। मुठभेड रोक्न उहाँले स्वाभाविकरूपले सहमतिको सरकार स्वीकार्नुभएको छ।'माओवादीले आइतबार सुरू गर्ने आन्दोलनबारे प्रधानमन्त्री नेपालले अध्यक्ष खनालसँग छलफल पनि नगरेको खनाल निकट स्रोतले जनाएको छ। 'आन्दोलनले कस्तो रुप लिन्छ त्यसमै उनीहरूको वैचारिक र व्यवहारिक पक्षको आलोचना हुन्छ,' खनाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ' पार्टीले सरकारलाई प्रतिकार, दमन गर भनेर निर्देशन दिन सक्दैन।'

राहत माग्न गएको सभाषद्को टोली प्रहरीद्धारा पिटिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०१ नोभेम्बर, २००९,बाढी पहिरो पीडितका लागि राहत माग्न गएको सभाषद्को टोली प्रहरीद्धारा पिटिएको छ । राहत माग गर्दै आज सिंहदरबारको दक्षिण गेटमा धर्ना दिन गएका सेती महाकालीका सभासदहरुमाथि प्रहरीले हस्तक्षप गर्दा चारजना सभासद घाइते भएका छन् । प्रहरीको लाठी प्रहारबाट सभासद हरीलाल थापाको टाउको फुटेको छ ।पूर्वमन्त्री लेखराज भट्ट, सभासदहरु टेकेन्द्र भट्ट, कृष्ण चौधरी, हरि सीरपाईली, महेन्द्र जोशी महिला सभासद लीला भण्डारी लगायतलाई गिरफ्तार गरेको थियो ।
गिरफ्तार गरिएका सभासदहरुलाई २ घण्टापछि छोडिएको प्रहरीको जनाएको छ। केहि समय अघि आएको बाढि पहिरोका कारण घरवार बिहिन भएकाहरुलाई राहातको माग गर्दै धर्ना दिन सिंहदरबार पुगेका सभाषद्हरु नै पिटिए पछि राहात कसले दिला भनेर पिडितहरुनै अन्यौलमा परेका छन् ।

गढीमाईको बली रोक्न तपस्वी रामबहादुर बोम्जनको अनुरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वीरगन्ज, १४- गढिमाई मेलामा दिइने पशुबली रोक्न बाराका तपस्वी रामबहादुर बोम्जनले विभिन्न धर्मका गुरुलाई अनुरोध गरेका छन्। हलखोरियास्थित तपस्यास्थलमा शनिबार आयोजित धार्मिक सभामा बोम्जनले अबोध प्राणीको हत्या गरेर कसैको भलो नहुने बताउँदै सबै धर्मालम्बीलाई बली प्रथा बन्द गर्न आग्रह गरेका हुन्। 'अबोध प्राणीको हत्या किन?', सभामा जम्मा भएका धर्मगुरु , सर्वसाधारण तथा पत्रकारतर्फ हेर्दे तपस्वीले भने -' मनोकामना पूर्तिका बहानामा दिइने बली रोक्न सबैलाई अनुरोध गर्दछु,' आफ्नो ५ मिनेटको मन्तव्यमा तपस्वी बोम्जनले अनाहकमा अबोध प्राणीमाथि गरिने क्रुर कार्य बन्द गर्न समेत आग्रह गरे।भेलामा सहभागी विश्व हिन्दू महासंघका कार्यवाहक अध्यक्ष उपेन्द्र गौतमले तपस्वीको भनाईलाई स्वागत गर्दे बली प्रथा अन्त्यको लागि सबैले सहयोग गर्ने बताए। त्यस्तै सोही भेलामा सहभागी नेपाल कृष्ण प्रणामीका केन्द्रीय प्रवक्ता कृष्णप्रसाद सापकोटाले 'सपना'लाई आधार बनाएर गढीमाई मेलामा सुरु भएको बली प्रथा रोकिनु पर्ने बताए। भेलमा वैष्णव समुदाय , मुस्लिम समुदाय तथा विभिन्न बौद्ध गुरुले बली प्रथा रोक्ने बारे आफ्नो धारणा राखे।यस अघि पनि पटक- पटक तपस्वीले बली रोक्न अनुरोध गर्दे आएका छन्। तपस्वीका आग्रहको कारण दक्षिण एसियामै बढी बली दिइने यस मेलामा विवादसमेत सुरु भएको छ।मंसिर ९ र १० गते दिइने बलीको लागि मेला समितिले सम्पूर्ण तयारी पूरा गरिसकेको छ। बलीको लागी आधुनिक वधशालाको समेत निर्माण गरिएको मेला आयोजक समितिले जनाएको छ। यस पटकको मेलामा १० हजारभन्दा बढी राँगा, दुई लाखभन्दा बढी बोका , र अनगिन्ती संख्यामा हाँस, परेवा, र कुखुराको बली दिइने गढीमाई मन्दिरका मूल पूजारी मंगल चौधरीले बताए।बरियारपुरमा मेलामा दिइने बलीको लागी सम्पूर्ण तयारी पुरा हुदै गर्दा रतनपुरीमा बली रोक्ने अभियान सुरु भएको छ। बली रोक्नका लागी असोज ३ गते बाराका प्रमूख जिल्ला अधिकारी र प्रहरी उपरिक्षकलाई आग्रह गरेका तपस्वी रामबहादुर बोम्जनले ४ दिनअघि पत्रकार सम्मेलनमार्फत् आफूले कसैगरी पनि उक्त बली रोक्ने दावी गरेका छन्। ' तपस्वीले बली रोक्न आग्रह गरेका हुन् ', बाराका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले सुनाए। बली रोक्ने-नरोक्ने बारेमा भने उनले प्रतिक्रिया दिएनन्। बोम्जनकै आग्रहमा उनका अनुयायीले गढीमाईमा बली नचढाउन आग्रह गरेको नेपाली तथा हिन्दी भाषाका पर्चाहरु बाँड्न थालेका छन्। नमोबुद्ध तपोवन समितिका अध्यक्ष वेदबहादुर लामाले तपस्वीले यस पटकको बली रोक्ने दावी गरेका छन्।तपस्वीले असोज ९ गते गढीमाईका मूल पुजारी मंगल चौधरी र अर्का पुजारी दुखान चौधरीलाई हलखोरीयास्थित तपष्यास्थलमा बोलाएर बली रोक्न आग्रह गरेको लामाले सुनाए। ' निर्दोष प्राणीको बली दिनु उचित हैन भनेर सम्झाउनु भयो ', तपस्वीको भनाई उद्धृत गर्दे लामाले भने -' गढीमाईका पूजारीले त्यस कुरालाई बेवास्ता गरेका छन्। 'यता गढीमाई मन्दीरका पूजारी मंगल चौधरी सदियौँदेखि चलिअएको परम्परा नतोडिनेमा विश्वस्त छन्। ' पहिलेको भन्दा धेरै संख्यामा बली चढ्ने अनुमान गरेका छौ ', चौधरीले बताए। चौधरीको अनुसार बलीको पहिलो दिन मंसिर ९ गते मुसा , परेवा, वोका , पाठो र सुँगुरको पंञ्चबली दिएर बलीको विधिवत उदघाटन हुने छ। त्यसै दिन १० हजार भन्दा बढी राँगाको समेत सामूहिक बलि दिइने उनले सुनाए। मंसिर १० गते भने बोकाको बली दिइने उनी सुनाउँछन्। त्यसबाहेक हाँस , परेवा, तथा अन्यको समेत बली दिइने छ।

अश्लिल भिडियो सार्वजनिक पछि अभिनेत्री पुजाले गरिन बिहे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०१ नोभेम्बर, २००९काठमाडौं -चलचित्र अभिनेत्री तथा मोडल पूजा लामाले आफ्नो अश्लिल भिडियो सार्वजनिक भएको भोलीपल्ट बिबाह बन्धनमा बाधिँएकी छिन । आफ्ना प्रेमीसँग खिचिएको उक्त भिडियो सार्वजनिक भएपछि उनले मिडियाहरुलाई प्रतिक्रया दिन चाहेकी थिइनन् । उनले आज दिउँसो राजधानीको भद्रकाली मन्दिरमा प्रेमी शिशिर स्याङतानसँग बिबाह गरेकी हुन् । 'पापी', 'आँधीतुफान'मा मुख्य भूमिका निर्वाह गरेकी पूजाले धेरै फिल्मका गीतहरुमा नृत्य गरेकी छन्। दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरेकी पूजाले गीति एल्बम समेत सार्वजनिक गरिसकेकी छन्। उनले बिबाहपछि प्रतिक्रया दिदैँ अपरझट भएको बिबाहको मुख्य कारण अश्ललि भिडियो भएको बताइन । उनको बिबाह समारोहमा उनका आफ्नत सहित कलाकारहरुको पनि उपस्थिति रहेको थियो । मोडल, नायिका, गायिका पूजाले आफ्नो प्रेमीसँग गरेको यौनसम्पर्कको भिडियो भन्दै अहिले मोबाइलबाट मोबाइलमा फरवार्ड भइरहेको छ ।एक मिनेट २३ सेकेन्डको सो भिडियोमा युवती हातमा कप लिएर केही सम्भवतः कफी पिइरहेकी देखिन्छिन् । संवाद र वातावरण हेर्दा यो बिहानको दृश्य हो । कोठाको भित्तामा पूजाकै ब्लोअप तस्बिर देखिन्छ । अश्लील भिडियोमा युवतीको पूरै शरीर देखिन्छ, तर युवकको यौनांग मात्र ।पुरुषले युवतीलाई गुडमर्निङ माई लभु भन्छन् । पुरुषको उत्तेजित यौनांग देखेर रमाउँदै युवती भन्छिन्, ओ अल्वेज स्ट्यान्डबाई ।ु पुरुष पनि भन्छन्, आँच, क्या दियो । संवादपछि दुवैजना खित्का छाड्छन् । त्यसपछि युवतीले मुखमैथुन सुरु गर्छिन् । भिडियो सकिन्छ ।भिडियोमा युवतीले वेलावेलामा क्यामेरातिर हेरेर रमाएको स्पष्ट देखिन्छ । भिडियोले स्पष्ट भन्छ, उनीहरूले राजीखुसी यौनसम्पर्क राखेका हुन्, राजीखुसीले नै भिडियो खिचेका हुन् ।यही भिडियो सार्वजनिक भएपछि पूजाका ब्यायफ्रेन्ड शिशिर ९प्रशन०ले माओवादी कार्यकर्ताको सहयोगमा शुक्रबार पि्रतम पाण्डेलाई अपहरण गराएका थिए । प्रहरी स्रोतका अनुसार पूजा र पि्रतम साथी हुन् । पूजाले मोबाइलबाट गीत सार्न दिँदा
प्रितमले भिडियो पनि सारेको आरोप पूजाको छ ।भिडियो सारेको मात्र होइन, सार्वजनिकसमेत गरेको आरोप लगाउँदै पूजाका ब्यायफ्रेन्डले शिशिरले आफ्नो चिनजानमा रहेको माओवादी कार्यकर्ताबाट प्रितमलाई अपहरण गर्न लगाएका थिए । विवादमा आएपछि आफूलाई शिशिर भनेर चिनाउने प्रशन एक एफएमका कार्यक्रम प्रस्तोता रहेको प्रहरी स्रोतको दाबी छ ।पि्रतमलाई माओवादीको स्वयम्भुमा रहेको १५ नम्बर सम्पर्क कार्यालयमा लगेर राखिएको थियो । जानकारी आएपछि शुक्रबार नै महानगरीय प्रहरी प्रभाग लैनचौरको टोलीले माओवादी कार्यालयमा छापा मारेर पाण्डेलाई मुक्त गराएको थियो ।प्रहरीले पाण्डेसहित शिशिर भनिने प्रशनसहित पूजालाई पनि कार्यालयमा बोलाएर छलफल गर्न खोजेको थियो । तर, पूजाले आफ्नो प्रतिनिधि ब्यायफ्रेन्ड छ भन्दै नआउने जानकारी गराएकी थिइन् ।

नेपालीमै इन्टरनेट ठेगाना लेखेर वेब हेर्न सकिने सन् २०१० देखि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४ कात्तिक,अंग्रेजीमा वेबसाइट ठेगाना लेख्दा आफ्नै भाषामा लेख्न रहर गर्नेहरूको इच्छा पूरा हुने भएको छ । चार दशकदेखि चलिआएको परम्परा तोड्दै आइसिएएनएन (द इन्टरनेट कर्पारेसन फर असाइन्ड नेम्स एन्ड नम्बर्स) ले अंग्रेजीबाहेक अन्य भाषामा पनि वेब ठेगाना राख्न सकिने अनुमति दिने प्रस्ताव पारित गरेको छ । दक्षिण कोरियामा बिहीबार बसेको आइसिएएनएनको वाषिर्क साधारणसभाले पारित गरेको निर्णयअनुसार सन् २०१० देखि इन्टरनेट ठेगाना नेपाली, चिनिया, कोरियालीलगायत अन्य गैरअंग्रेजी भाषामा पनि राख्न सकिने जनाएको हो । चार दशकअघिदेखि सुरु भएको इन्टरनेट प्रविधिमा यसलाई ठूलो परिवर्तनका रुपमा लिइएको छ । आइसिएएनएनले इन्टरनेट ठेगाना नियमन गर्ने गर्छ । आइसिएएनएनको यो निर्णयले डोमेन नेम पनि अंग्रेजीबाहेकका अन्य भाषामा राख्न सकिने अनुमतिको बाटो खुलेको छ । वेब ठेगाना नेपाली भाषामा पनि राख्न सकिने सुविधाले प्रयोगकर्तालाई केही सहज भए पनि नेपाली प्रयोगकर्तामा यसले खासै फरक नपार्ने मर्कन्टाइलका वेभ को-अर्डिनेटर सुरज अधिकारीले बताए । नेपालीलगायत अन्य भाषामा पनि वेब ठेगाना राख्न सकिने निर्णयले अल्पकालमा ठूलो परिवर्तन नल्याए पनि दीर्घकालमा भने सकारात्मक प्रभाव पार्छ,' उनले भने, 'कम्प्युटरमा प्रयोग हुने एप्लिकेसनका नेपाली भाषामा उपलब्ध नभएसम्म नेपालमा भने यसले ठूलो फरक पार्लाजस्तो लाग्दैन ।' आपनै भाषामा अपरेटिङ सिस्टमलगायत सफ्टवेयर उत्पादन गरिसकेको चीन, भारतलगायत मुलुकमा भने यो व्यवस्थाले प्रयोगकर्ता बढाउने उनले बताए । मर्कन्टाइलले नेपालमा निःशुल्क रुपमा वेब ठेगाना दर्ता गर्ने तथा इन्टरनेट सुविधा उपलब्ध गराउने गर्छ । स्थापनाकालदेखि नै अंग्रेजीमा भाषामा लेखिएको वेब ठेगाना मात्रै प्रयोग गर्दै आए पनि विश्वमा इन्टरनेट प्रयोग गर्ने एक अर्ब ६० करोडमध्ये आधाभन्दा बढी गैरअंग्रेजीभाषी रहेका छन् । अन्य भाषामा पनि इन्टरनेट ठेगाना राख्ने दिने आफ्नो निर्णयलाई आइसिएएनएनले इन्टरनेट दुनियामा भएको अकल्पनीय परिवर्तनको संज्ञा दिएको छ । 'प्राविधिक रुपमा निकै जटिल भए पनि समयको मागअनुसार अन्य भाषामा पनि इन्टरनेट ठेगाना राख्ने मिल्ने प्रस्ताव पारित गरिएको छ । अब इन्टरनेटको कोडिङमा समेत परिवर्तन हुनेछ,' आइसिएएनएनको विज्ञप्तिमा भनिएको छ ।अंग्रेजी बाहेक अन्य भाषामा वेब ठेगाना राख्ने सुविधा उपलब्ध गराउन आइसिएएनएनले १६ नोभेम्बरदेखि आवेदन खुला गर्ने जनाएको छ । सुरुमा चिनियाँ र अरेबिक भाषामा वेबसाइट परिवर्तन गर्न धेरै आवेदन आउने अपेक्षा गरिएको छ । हाल चिनियाँ तथा अरेबिक भाषाका इन्टरनेट ठेगानामा वेबसाइट खुलेका भए पनि अन्तर्राष्ट्रिय मान्यता नपाएका कारण विश्वभरका कम्प्युटरमा खोल्न सकिँदैन । अन्य भाषामा पनि इन्टरनेट ठेगाना राख्न मिल्ने निर्णय कार्यान्वयन गर्न जुनसुकै भाषामा पनि एकै हुनेखाले इन्टरनेट कोड विकास गर्ने निर्णय आइसिएएनएनले गरेको छ । इन्टरनेट प्रयोगकर्ताको आधा हिस्सा तथा भविष्यमा थपिने नयाँ प्रयोगकर्ताको आवश्यक्तालाई ध्यान दिंदै इन्टरनेट प्रयोगलाई थप व्यापक पार्ने यस्तो निर्णय लिइएको हो,' आइसिएएनएनका प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष रड बेकस्ट्रोमले भने । अमेरिकी सरकारले सन् १९९८ मा स्थापना गरेको आइसिएएनएनले इन्टरनेटको नियमन गर्दै त्यसको विकासमा सहयोग पुर्‍याउँदै आएको छ । प्रारम्भमा अमेरिकी सरकारको उच्च प्रभावमा रहे पनि बढ्दो अन्तर्राष्ट्रिय दबाबपछि सो गैरनाफामुखी संस्थामा परिणत भएको छ ।