News

Feb 16, 2011

माओवादीलाई गृह र पराराष्ट्र सहित ११ मन्त्रालय/एमालेले ८

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन ४ - माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री झलनाथ खनालबीच मन्त्रालय बाँडफाँडमा सैद्धान्तिक सहमति भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा माओवादीलाई गृह र पराराष्ट्र सहित ११ वटा मन्त्रालय दिइने स्रोतले जनाएको छ । बुधबार बिहान भएको भागबण्डामा एमालेले ८ वटा मन्त्रालय पाएको छ । एमालेको भागमा संचार, रक्षा, सामान्य प्रशासन र स्थानीय विकास मन्त्रालय परेको बालुवाटार निकट स्रोतले जनाएको छ । एमालेले यसअघि नै अर्थ मन्त्रालयको जिम्मेवारी पाईसकेको छ ।
दुवै पार्टीले भौतिक योजना मन्त्रालयमा दावी गरेपछि त्यसमा सहमति हुन सकेन । मधेसी जनधिकार फोरमले पनि सरकारमा सहभागी हुन चासो देखाएपछि आपूर्ती, सिचाईं र उर्जा मध्ये एउटा मन्त्रालय उसको भागमा राखिने भएको छ । फोरमसँग सहमति नभए ती मन्त्रालय माओवादीले पाउने छ । माओवादीले आजको छलफलबाट आफ्नो मन्त्रीमण्डलको नामावली प्रधानमन्त्रीलाई बुझाएको छ । तर, मन्त्रालयमा ठोस सहमति बन्न बाँकी रहेकाले माओवादी अध्यक्ष दाहाल पोखराबाट फर्केपछि अपरान्ह्र ३ बजे पुन छलफल हुने बालुवाटारले जनाएको छ ।

वर्षमा सय दिन सरकारी बिदा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आउँदो ०६८ सालमा पनि सरकारी कर्मचारीले अत्यधिक बिदा उपभोग गर्न पाउने भएका छन् । सरकारले एक वर्षमा शनिबार ५२ र चाडपर्व तथा अन्य बिदा ४८ दिन गरी सय दिन बिदा दिने भएको छ ।एक वर्षका तीन सय ६५ दिनमध्ये सय दिन सरकारी कार्यालय बन्द रहने भएका हुन् । सरकारी बिदाका अलावा कर्मचारीले एक वर्षको अवधिमा ३० दिन घरबिदा, १२ दिन बिरामी बिदा र १२ दिन चाडपर्व तथा भैपरी बिदा पाउने गर्छन् । यीसमेत जोड्दा हरेक सरकारी कर्मचारीले वर्षमा एक सय ५४ दिन बिदा पाउने भएका छन् । यी बिदाको व्यवस्था निजामती सेवा ऐन र नियमावलीमा नै गरिएको छ । सरकारी बिदासम्बन्धी निर्णय भने गृह मन्त्रालयले गर्दै आएको छ ।
चालू वर्ष ०६७ मा भन्दा ०६८ सालमा कर्मचारीलाई दिइएको बिदाको दिन वृद्धि गरिएको छ । गृह मन्त्रालयले ०६८ साल १ वैशाखदेखि ०६८ साल चैत मसान्तसम्म विभिन्न चाडपर्व र शनिबार गरी सय दिन बिदा दिने निर्णय गरिएको जनाएको छ । गृह मन्त्रालयका अनुसार ०६८ सालमा दसैं बिदा आठ दिन, तिहार बिदा तीन दिन, अन्य चाडपर्व बिदा १५ दिन, जन्मजयन्ती बिदा तीन दिन, दिवस बिदा आठ दिन दिइएको छ । त्यसैगरी स्थानीय बिदा तीन दिन, महिला बिदा तीन दिन, शिक्षण संस्था बिदा १ दिन र काठमाडौं उपत्यकाका लागि छुट्टै चार दिन बिदा दिइएको छ ।
मन्त्रालयले ०६८ सालमा दसैंका लागि आठ दिन बिदा दिएको छ । ११ असोजमा घटस्थापनाको दिन बिदा दिइएको छ । त्यसैगरी १६ असोजदेखि २१ असोजसम्म (फूलपातीदेखि द्वादशीसम्म) बिदा दिइएको छ भने २४ असोजमा कोजाग्रत पूणिर्माका दिन पनि बिदा दिइएको छ । ०६७ सालमा कोजाग्रत पूणिर्माका दिन बिदा दिइएको थिएन । यसपटक भने सो दिन पनि बिदा दिइएको छ । त्यसैगरी ९ कात्तिकदेखि ११ कात्तिकसम्म तिहार तथा म्हपूजाको बिदा दिइएको छ । त्यसैगरी नववर्ष, गौरा पर्व, किरात, राई, लिम्बूको उँभौली पर्व, जनैपूणिर्मा, इद पर्व, छठपर्व, बकर इद, उँधौली पूजा, ज्यापु दिवसमा सार्वजनिक बिदा दिइएको छ । यसैगरी इसाई धर्मावलम्बीको पर्व क्रिसमस डे,

जमिम शाहको हत्याको जिम्मा लिने भरत नेपाली मारिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
स्पेस टाइम नेटवर्कका अध्यक्ष तथा च्यानल नेपालका सञ्चालक जमिम शाहको हत्याको जिम्मा लिने भरत नेपाली मारिएका छन् । ब्याङ्ककस्थित एक सपिङ मलबाट बाहिर निस्कँदै गर्दा छोटे राजन समूहका व्यक्तिले हानेको गोली लागि उनको मृत्यु भएको हो ।सञ्चार उद्यमी जमिम शाहलाई लाजिम्पाटमा दिउँसै गोली हानिएको थियो । सरकारले जमिमको हत्यारा पत्ता लगाउन चार वटा आयोग गठन गरिसकेको छ तर पनि केही पत्ता लाग्न भने सकेको छैन। भरत दाउद इब्राहिमको ग्याङका व्यक्ति भएको भारतीय प्रहरीले बताउँदै आएको छ। मतभेद बढेपछि पछिल्लो पटक भरतले आफ्नो छु्ट्टै समूह बनाएर आपराधिक क्रियाकलाप सञ्चालन गर्दै आएका थिए। दाउद भारतको शान्ति सुरक्षा स्थापनाका लागि सबैभन्दा खतरनाक व्यक्तिमध्ये पर्छन्।

यौनबारेमा पुरुषभन्दा महिला धेरै जानकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुरुषले आफूलाई यौन सम्बन्धका बारेमा निकै जानिफकार ठान्ने गरे पनि हालै अमेरिकामा गरिएको एउटा सर्वेक्षणले यौनबारेमा पुरुषभन्दा महिला निकै जानकार रहने गरेको देखाएको छ । एसोसिएटेड प्रेस र लाइफगोजस्ट्राग वेबसाइटले गरेको सर्वेक्षण नतिजाअनुसार ५९ प्रतिशत महिला यस्ता छन्, जसलाई यौनबारेमा थाहा नभएका कुनै कुरा छैनन् । तर, यस मामलामा ४८ प्रतिशत पुरुषमा मात्र आत्मविश्वास पाएको छ । इन्डियाना विश्वविद्यालयका शोधकर्ता डेबी हेरबेनिकका अनुसार महिला यौनबारेमा आफ्ना साथीसँग पुरुषले भन्दा धेरै कुरा गर्ने गर्छन् । उनीहरू मनोवैज्ञानिक तथा डाक्टरसँग यौनबारेमा सल्लाह लिन पनि हिच्किचाउँदैनन् । महिला यौनबारेमा बढीभन्दा बढी कुरा थाहा पाउन किताब तथा फिल्मको समेत सहारा लिने गर्छन् । जसकारण पुरुषभन्दा महिला यौनबारेमा बढी जानकार हुने गरेको देखिएको छ ।

माले-समाजवादीको तर्फबाट बोगटी मन्त्री, झा राज्यमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन ४ - नेकपा मालेबाट चोइटिएर बनेको नेकपा माले-समाजवादीले झलनाथ खनाल नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने निर्णय गरेको छ । माले-समाजवादी संसदीय दलको बैठकले बुधबार सरकारमा सहभागी हुन अध्यक्ष जगतबहादु बोगटीलाई मन्त्री र पार्टी सचिव यदुवंश झालाई राज्यमन्त्रीमा पठाउने पार्टी निर्णय अनुमोदन गरेको छ । माले-समाजवादीले खनाल नेतृत्वको सरकारले नै शान्ति प्रक्रिया र संविधान निर्माण पूरा गर्ने विश्वास व्यक्त गरेको छ ।

राजदूत अन्सारीलाई एमाले सदस्यताबाट समेत निस्कासित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमालेका तर्फबाट सिफारिस गरिएका साउदी अरेवियाका निवर्तमान राजदूत हमिद अन्सारीलाई पनि अनुशासन आयोगले पार्टीको साधारण सदस्यताबाट निस्कासित गरेको छ। अन्सारीले मुलुक र पार्टीको प्रतिष्ठामा आँच पुग्ने गरि आर्थिक आचरण विपरित काम गरेको आयोगको ठहर छ। अहिले पार्टीभित्र अनुशासन उलंघनका विभिन्न घटना देखापरेको भन्दै अनुशासन आयोगले त्यस्ता क्रियाकलापप्रति केन्द्रीय कमिटि लगायत सवै तहका कमिटीहरुको ध्यानाकर्षण गराएको छ।

Feb 15, 2011

लिम्बुवान ताप्लिजोङको जिल्ला अधिवेशन सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ
ताप्लिजोङ,१ फागुन २०६७, नेपालको संघीयवादी आन्दोलनलाई लिम्बुवानबाट सशक्त रुपमा नेतृत्व गरिरहेको सङ्गठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद ताप्लिजोङ जिल्ला कार्य समितिको तेस्रो जिल्ला अधिवेशनलाई २०६७ माघ २८ र २९ मा सम्पन्न भयो ।संघीय मञ्च तथा सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन "मिराक"को प्रमुख आतिथ्यमा सम्पन्न उक्त जिल्ला अधिवेशनले कीर्तिमान मादेनको अध्यक्षतामा ५६ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गर्दै निवर्तमान जिल्ला अध्यक्ष होम तुम्बाहाङ्फेलाई परिषदको केन्द्रीय सदस्यमा सिफारिश गर्ने सर्वसम्मत निर्णयसमेत गरेको छ । माघ २८ गते फुङलिङ बजारमा विशाल लिम्बुवानी आमसभा गर्दै प्रमुख अतिथि कुमार लिङ्देन "मिराक"द्वारा समुद्घाटन गरिएको सो अधिवेशनले दोस्रो दिन २९ गते फङ्लिङकै सिटिहलमा बन्द-सत्र सम्पन्न गरेर विभिन्न प्रस्तावहरुमा ऐतिहासिक निर्णयहरु समेत गरेको छ । अधिवेशनले गरेका महत्वपूर्ण निर्णयहरुमा- संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष राज्य नेपालअन्तर्गत आत्मनिर्णयको अधिकार आई. एल. ओ. महासन्धि नं. १६९ र आदिवासी जनजातिहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणा-पत्रको कार्यान्वयनसहितको अरुण-सप्तकोशीपूर्वको नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य घोषणा गराउन ताप्लिजोङ जिल्ला कार्य समितिले सशक्त भूमिका खेल्ने निर्णय गरेको छ । यसका साथै, हाल नेपाल सरकार निर्वाचान आयोगले गरिरहेको फोटोसहितको एकात्मक मतदाता नामावली सङ्कलन कार्य तुरुन्त बन्द गरिनुपर्ने र जबर्जस्त गरेमा ताप्लिजोङमा हुन नदिने निर्णयसमेत गरेको छ । त्यसैगरी, शदीयौंदेखि लिम्बुवानको जल, जमिन र जङ्गलमाथिको एकात्मक राज्यले गरिरहेको शोषण बन्द गर्नुपर्ने; नेपालको सीमाहरुमा भइरहेको विदेशी अतिक्रमण बन्द गर्नुपर्ने; लिम्बुवान र ताप्लिजोङको हरेक क्षेत्रमा आदिवासी जनजाति महिला र दलितहरुलाई अनिवार्य समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने माग पनि गरेको छ । यसैगरी, ताप्लिजोङ जिल्लाका सबै शैक्षिक संस्थाहरुमा मातृभाषाहरुको पठन-पाठनको व्यवस्था गर्नुपर्ने; मुलुक संघीय गणतन्त्रात्मक धर्मनिरपेक्ष घोषणा भइसकेकोले त्यससँग बाझिने सबै ऐन्-कानुनहरु तुरुन्त खारेज गर्नुपर्ने समेत परिषदले माग गरेको छ । मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदलाई ताप्लिजोङ जिल्लामा सबैभन्दा सशक्त राजनीतिक पार्टीको रुपमा स्थापित गर्नको लागि एक वर्षभित्रमा ताप्लिजोङ जिल्लामा परिषदले दशहजार कि्रयाशील सदस्यता वितरण गर्ने लक्ष्यका साथ सो निर्णय पनि सोही अधिवेशनद्वारा पारित गरिएको छ । साथै, ताप्लिजोङ जिल्लालाई हिङ्सारहित क्षेत्र बनाउन मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले जिल्लाका सबै पार्टीहरुसँग समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता जनाएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद ताप्लिजोङ जिल्ला कार्य समितिको तेस्रो जिल्ला अधिवेशनले निर्वाचित गरेको नयाँ जिल्ला कार्य समितिको विवरण यसप्रकार छ-
१ अध्यक्षः श्री कृतिमान मादेन,२ प्रथम उपाध्यक्षः नारायणसिङ सेरेङ,३ द्वीतीय उपाध्यक्षः अम्बर अन्छङ्बो,४ तृतीय उपाध्यक्षः भूपेन्द्र माबो,५ सचिवः रणध्वोज ताम्लिङ,६ सहसचिवः मनिस हेल्लोक,७ अर्थसचिवः नेत्र खतिवडा,सदस्यहरुः८ केदार ताम्लिङ, ९ विनोद इजम, १० होमप्रसाद सावा, ११ बलबहादुर लाबुङ, १२ खड्गवीक्रम साम्सोहाङ, १३ डम्बर केदेम, १४ विकल्प लिङ्देन, १५ सूर्यप्रसाद अन्छङ्बो, १६ जयलाल माङ्मू, १७ राम लक्सम, १८ रामकुमार खिम्दिङ, १९ नारायण थेबे, २० विष्णुकुमारी इजम, २१ तुलसी परा, २२ वलि माबोहाङ, २३ श्रवण माबो, २४ नरबहादुर विष्ट, २५ विमल नाल्बो, २६ वलराम भारती, २७ शुक्रराज थोप्रा, २८ चन्द्र चङ्सू, २९ प्रेमराज साम्सोहाङ, ३० प्रकाश भण्डारी, ३१ फुङ्नाम लिम्बू, ३२ भगिमान लाबुङ, ३३ नरेन्द्र मादेन, ३४ टेकेन्द्र नेपाली, ३५ भिमबहादुर वनेम, ३६, विमला खुदाङ, ३७ सेरबहादुर सेनेहाङ, ३८ मछिन्द्र कोइबा, ३९ सूर्यकला हाङगम, ४० पवित्रा लिम्बू, ४१ गीता सेन्दाङ, ४२ रन्जु मादेन, ४३ हिमाल श्रेष्ठ, ४४ तेजबहादुर ताम्लिङ, ४५ बुद्ध कोइबा, ४६ निता मादेन, ४७ एलिना मादेन, ४८ खड्ग इम्बुङ, ४९ शिवकला मादेन, ५० भगवानदास परा, ५१ सेरबहादुर सेन्दाङ, ५२ सूर्य अधिकारी, ५३ रिता मादेन, ५४ विष्णुकुमार नाल्बो, ५५ छत्रमान सेरेङ, ५६ गजबहादुर माबो,