लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चीनको संघाई सहरमा विश्वकै दोस्रो अग्लो भवन तयार भएको छ।
संसारको दोस्रो अग्लो भवन चीनले उसको व्यापारिक सहरको राजधानी मानिएको संघाईमा तयार पारेको हो ।
विश्वको अग्लो भवन दुबईको वुर्ज खलिफा हो । चीनले संघाईमा बनाएको भवन विश्वको दोस्रो अग्लो भएको चिनियाँ समाचार संस्थाले बताएका छन् । चीनले बनाएको भवन पूर्व एसियाको लागि भने सबैभन्दा अग्लो भएको छ ।
चीनले संघाई सहरको लौजियासुइृ फाइनान्स एन्ड ट्रेड जोनमा उक्त भवन तयार पारेको हो । भवनको उचाई ६ सय ३० मिटरभन्दा अग्लो रहेको उल्लेख गरिउको छ । दुबईको वुर्ज खलिफा भने ८ सय ३० मिटर अग्लो रहेको छ । चीनले उक्त भवन २०१४मा पूर्ण रुपमा निर्माण सकिने बताएको छ ।
No comments:
Post a Comment