News

Jan 24, 2014

नेपाली कांग्रेसले देशको संविधान निर्माणको कार्यविधि तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नेपाली कांग्रेसले देशको संविधान निर्माणको कार्यविधि तयार पारेको छ । कांग्रेसको केन्द्रीय समितिका सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित संविधान निर्माणसम्बन्धी सुझाव समितिले एक वर्षभित्र संविधान जारी गर्न आवश्यक प्रक्रिया र कार्यविधि तयार पारेको छ । उक्त प्रतिवेदन समितिले कांग्रेस सभापति सुशील कोइरालालाई बिहीबार बुझाएको हो । विद्यमान संविधानसभा नियमावलीमा रहेको प्रक्रिया र कार्यविधिलाई छोट्याएर एक वर्षमा संविधान जारी गर्ने प्रमुख दलको प्रतिबद्धतालाई पूरा गर्ने लक्ष्यका साथ कांग्रेसले कार्यविधि बनाएको हो । संविधानसभाले निर्माण गर्ने कार्यतालिकामा कांग्रेसले आफ्नो कार्यविधि प्रतिवेदनलाई सुझावका रूपमा प्रस्तुत गर्ने जनाएको छ । समितिलाई मस्यौदा तयार गर्न २० दिन समय दिनुपर्ने उसको सुझाव छ । समितिले अघिल्लो संविधानसभामा मुख्य विवाद रहेको राज्यको पुनर्संरचनामा राजनीतिक र संवैधानिक तवरबाट नै हल खोज्नुपर्ने सुझावसमेत दिएको छ । समितिमा फरमुल्ला मन्सुर, भिष्मराज आङदेम्वे, नवीन्द्रराज जोशी र पार्वती डिसी चौधरी सदस्य रहेका थिए ।

No comments: