News

Jan 24, 2014

भिषण आक्रमणको विरुद्ध सिया समुदायको प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
क्वेटा (पाकिस्तान), ९ माघ - पाकिस्तान दक्षिणपश्चिम प्रान्त बलुचिस्तानमा आतङ्ककारीले सिया समुदायमाथि गरेको दमनको विरुद्ध आज तेस्रो दिन पनि प्रदर्शन जारी रहेको समाचार छ । यसै हप्ता भएको आत्मघाती आक्रमणमा सिया समुदायका आफन्तको मृत्युपछि उक्त प्रदर्शन सुरु भएको प्रहरी स्रोतले जनाएको छ । प्रहरी अधिकारी अहमद नवाजकाअनुसार गत मङ्गलबार बलुचिस्तान प्रान्तको मेस्तुङ्ग जिल्लामा इरानबाट फर्किरहेका २८ सिया समुदायका तीर्थयात्रीको आत्मघाती बम आक्रमणमा मृत्यु भएको थियो । बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटामा प्रदर्शनकारीले सो आक्रमणमा ज्यान गुमाउने व्यक्तिको कफिन (शव राख्ने बट्टा) लिएर प्रदर्शन गरेका जनाइएको छ । स्थानीय सिया समुदायका नेता मुसार्रात आग्हाले यस आत्मघाती आक्रमणका योजनाकार अल कायदासँग आबद्ध सुन्नी समुदायका आतङ्ककारीलाई पाकिस्तान सरकारले कडा कारबाही नगरेसम्म प्रदर्शन नरोकिने जनाएका छन् । बलुचिस्तानका ती सुन्नी समुदायका आतङ्ककारीहरू लासकार–ई–झाङ्गभी आतङ्ककारी समूहसँग आबद्ध रहेका समाचारमा जनाइएको छ ।

No comments: