News

Apr 4, 2011

किरात धर्म-दर्शन, मुन्धुम र संस्कृतिसम्बन्धी वेबसाइट शुभाराम्भ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/- डीबी आङ्बुङ २०६७ चैत्र २०,किरात धर्म-दर्शन, मुन्धुम र संस्कृतिसम्बन्धी गतिविधि र लेखरचना समेटिएको एक वेबसाइट २०६७ चैत्र २० मा काठमाडौंबाट शुभाराम्भ गरिएको छ । विवश हेल्लोकको डिजाइन, मेन्निसाम याप्मीको सम्पादन, शान्ता लोहोरुङको प्रकाशन, सेसेहाङ फियाकको व्यवस्थापन र सेमिमा तुम्बाहाङफेको रिपोर्टिङमा शुभाराम्भ गरिएको यस वेबसाइटलाई २०६७ चैत्र १५ बाटै लगअन गर्न सकिएको थियो । किरात रिलिजन डट् कम(wwww.kiratreligion.com) डोमिन नाम रहेको यस वेबसाइटमा गृह, इतिहास, धर्म, दर्शन, मुन्धुम, संस्कृति, संस्कार, कला र साहित्यलगायतका संयोजन पृष्ठहरू रहेका छन् । उक्त साइटको सम्पादकीय पृष्ठमा जनाइएअनुसार सो वेबसाइट 'किरात धर्ममा अर्को पाइला' भएको भनिएको छ । स्वतन्त्र हिसाबले किरात धर्म, दर्शन, मुन्धुम, संस्कार, संस्कृति, इतिहास, साहित्य, भाषा-लिपि, साहित्य र कला आदिबारे जानकारी गराउन सञ्चालन गरिएको भनिएको उक्त वेसाइटका प्रायः सबैजसो लिङ्कहरु हेर्न सकिनेछ । वेबसाइटको सम्पादकीय पृष्ठमा सो वेबसाइटलाई अझ संस्थागत र स्तरीय बनाउन सबै पाठकबाट सल्लाह-सुझाव र साथ-सहयोगको अपेक्षासमेत गरिएको जनाइएको छ ।

टाइटानिक नायिका केटको नग्न स्केच लिलाममा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लस एन्जल्स, चैत्र २१ - सन् १९९७ मा एघार विधामा ओस्कार अवार्ड जितेको फिल्म 'टाइटानिक' ले बि्रटिस नायिका केट विन्स्लेटलाई एकाएक हलिउडको ए-लिस्ट सेलिब्रिटीको दर्जामा पुर्‍याएको थियो । उनको रातो कपालले खुलेको सुन्दरता र नायक लियोनार्दो डी क्यापि्रयोसँगको अन-स्क्रिन केमेस्ट्री प्रशंसाको विषय बनेको थियो । त्योभन्दा पनि बढी नायिकाको नग्न स्केचले त्यतिबेला खुबै चर्चा पाएको थियो । त्यही स्केच लिलाममा राखिएको छ ।
'टाइटानिक' मा महत्त्वपूर्ण मानिएको केटको स्केच ११ लाख २० हजार रुपैयाँसम्म लिलाम हुने अनुमान छ । स्केचमा ३५ वर्षीया नायिकालाई सोफामा नग्नावस्थामा सुतेको देखाइएको छ । फिल्ममा रोज डेबिट बुकेटरको भूमिकामा देखा परेकी उनको नग्न स्केच लियोनार्दोको पात्र ज्याक डसनले कोरेको हुन्छ ।
तर, फिल्ममा लियोनार्दोले कोरेको देखाइएको भए पनि यथार्थमा 'टाइटानिक' निर्देशक जेम्स क्यामरनले त्यो स्केच बनाएका हुन् । स्केचमा उनको नामको सुरुको अक्षर र १४ अप्रिल १९१२ लेखिएको छ । टाइटानिक नामक पानीजहाज त्यसकै अघिल्लो दिन समुद्रमा डुबेको थियो । निर्देशक क्यामरनको यो स्केच यही सप्ताहान्त हुने 'प्रिमियर प्रप्स' लिलामीमा सबैभन्दा आकर्षकमध्ये हुने आयोजकका प्रवक्ताले अनुमान गरेका छन् । उनले भने, 'इतिहासमै सबैभन्दा बढी कमाएको फिल्ममध्ये पर्ने 'टाइटानिक' को यो महत्त्वपूर्ण वस्तु हाम्रो लिलामीमा हुनु धेरै खुसीको कुरा हो ।'
'टाइटानिक' का साथै 'ज्युड' र 'द रिडर' मा पनि नांगिएकी केटले अबदेखि पर्दाका लागि कहिल्यै सम्पूर्ण लुगा नफुकाल्ने प्रण गरेकी छन् । 'टाइटानिक' मा खेल्न उनले वजन घटाउनुपरेको थियो ।

रिसर्चका मुताबिक कालो चिया पिएमा तौल घट्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
यो कुरा त सबैलाई थाहा छ कि चियामा एण्टि–ओक्सिडेण्ट हुन्छ। जो तौल घटाउन पनि सहायक सिद्ध हुन्छ। तर एक नयाँ रिसर्चका मुताबिक यदि चियामा दूध मिलाएर दिइयो भने चाहिं मोटोपनसंग लड्ने तत्व त्यत्ति प्रभावकारी हुदैन। भारतीय वैज्ञानिकद्वारा गरिएको रिसर्च मुताबिक चियामा चिल्लो कम गर्ने कैयौं तत्व रहेको हुन्छ, तर गाईको दूधमा पाईने प्रोटीनले चिल्लो कम गर्ने चियाको २१२मतालाई प्रभावित पार्न सक्छ। चियामा पाइने ''थीफलेविन्स'' र ''थिरोबिगिन्स''शरीरको बोसो घटाउने र कोलेस्ट्रोल कम गर्न सहायक हुन्छ। असमको टी रिसर्च एसोसिएशनका रिसर्चरहरूले मुसामा शोध गरेपछि यो थाहा पाए कि उच्च चिल्लोयुक्त भोजन गर्ने मुसाको तौल घटाउनमा ''थीफलेविन्स'' र ''थिरोबिगिन्स'' जस्तो तत्वले काफी अहम भूमिका निभाएको हुन्छ।

सभासद यादवलाई हदैसम्मको कारबाही गर्न माग गर्दै उजुरी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एसएलसी परीक्षामा नक्कली परीक्षार्थी राखेर अनियमितता गरेको भन्दै सभासद किरणकुमारी यादवलाई हदैसम्मको कारबाही गर्न माग गर्दै आइतबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको छ । आफूले सभासद यादवकी छोरी ममतासँगै बसेर परीक्षा दिएको दाबी गर्ने परीक्षार्थी सुनीलकुमार साहले उनीविरुद्ध उजुरी दिएका हुन् । प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले सभासद यादवविरुद्ध उजुरी परेको स्विकार्दै भने, 'आज उजुरी आएको छ, अध्ययन गर्दैछु।'
सभासद्कै गाउँ मानपुर-७ का परीक्षार्थी साहले सभासद रायसहित उनकी छोरी ममता, केन्द्राध्याक्ष राजकुमार ठाकुर, सभासद रायको रजिस्ट्रेसन फर्म भरिएको विद्यालय त्रिभुवन जनता मावि मानपुरका प्रधानाध्यापक हरिश्याम राय र व्यवस्थापन समिति अध्यक्ष तथा सभासद्का देवर रामसिंहासन रायलाई विपक्षी बनाएका छन्। साहले आफू पनि त्रिभुवन माविबाटै नियमित परीक्षार्थीका रूपमा एसएलसी दिन गएको र सभासद् किरणकुमारीले आफ्ना ठाउँमा छोरी ममतालाई लगातार तीन दिनसम्म एसएलसी दिन पठाएको प्रत्यक्ष देखेको उजुरीमा दाबी गरेका छन् । उजुरीमा कहिल्यै विद्यालय नगएकी किरणकुमारीलाई त्रिभुवन माविका प्रअले ५० हजार घुस लिएर नियमित विद्यार्थीका रूपमा सहभागी गराएको आरोप लगाइएको छ। उनले तत्कालीन केन्द्राध्यक्ष ठाकुरलाई आफूले यसबारे बताउँदा उल्टै हकारेर सभासद् किरणकुमारीलाई संरक्षण गरेको उजुरीमा आरोप लगाएका छन् ।
एसएलसीमा बरहथवास्थित चक्र जनता सहिद गंगा उच्च मावि केन्द्रमा सुरुका दुई दिन सभासद् किरणकुमारीले उच्च शिक्षा अध्ययनरत आफ्नी छोरी ममतालाई परीक्षा दिन लगाएकी थिइन् भने तेस्रो दिन हल्ला भएपछि परीक्षा दिन आएकी ममतालाई भगाइएको साहले दाबी गरे । चौथो दिन परीक्षा दिन आफैँ उपस्थित भएकी सभासद् किरणकुमारीलाई पाँचौँ दिनदेखि भने एमालेले परीक्षा नदिन निर्देशन दिएपछि उनी फर्किएकी थिइन् । सभासद् यादव एमालेकी समानुपातिक सभासद् हुन्। उजुरीकर्ता साहले सभासद्जस्तो व्यक्तिले अनैतिक काम गरेकाले उजुरी दिन बाध्य भएको दाबी गरे । उनले आफूले राज्यका अन्य निकायमा पनि ध्यानाकर्षण गराएर सभासद्लाई कारबाही गर्न आग्रह गर्ने बताए।

किरात धर्मको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन आजबाट शुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
किरात धर्मको ऐतिहासिक दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन आज २०६७ चैत्र २१ बाट नेवाः काठमाडौंमा शुरु भएको छ । चैत्र २१, २२ र २३ गते गरी ३ दिनसम्म हुने त्रिदिवसीय सम्मेलनको पहिलो दिन चैत्र २१ गते विहानको ११ बजे खुलामञ्च, काठमाडौंमा मोटर साइकल र्‍याली तथ शान्ति पदयात्राका लागि सम्पूर्ण सहभागी, प्रतिनिधि, पर्यवेक्षक र र्सवसाधारणहरु भेला भई दिनको १२:३० बजेबाट खुलामञ्चदेखि दबारमार्ग, माइतिघर मण्डला, त्रिपुरेश्वरहुँदै उही खुलामञ्चमै आइपुगेर सो र्‍याली तथा शान्ति पदयात्रा धर्म सभामा परिणत हुनेछ । आज खुला मञ्चमा किरात पहिरन र झाँकीका साथ शुरुहुने सो धर्मसभाको अध्यक्षता किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन मूल समारोह समितिका अध्यक्ष डकेन्द्र सिंह थेगिमले गर्नुहुनेछ । खुलामञ्चको उद्घाटन धर्म सभामा संविधान सभाका सम्मानीय अध्यक्ष सुवासचन्द्र नेम्बाङको प्रमुख आतिथ्यमा हुने जनाइएको छ । यस समारोहमा भव्य स्वागत गीत, नृत्यसमेत प्रस्तुहुने कार्यक्रम रहेको छ ।
आजको उद्घाटन सभाको सम्बोधन प्रमुख अतिथि सम्माननीय सुवासचन्द्र नेम्बाङदे गर्नुहुनेछ । प्रमुख अतिथिको सम्बोधनपश्चात् माङ्सेवा र किरात धार्मिक साँस्कृतिक कार्यक्रमसमेत प्रस्तुत हुने कार्यक्रम रहेको छ । उपरोक्त कार्यक्रमहरुको बारे महासम्मेलन प्रचार प्रसार उप समितिले चैत्र १९ गते काठमाडौंमा एक पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

Apr 3, 2011

नेपालमा रेडियो सेवा प्रशारण शुरु भएको आज ६० बर्ष पुरा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालमा रेडियो सेवा प्रशारण शुरु भएको आज ६० बर्ष पुरा भएको छ । नेपालमा पहिलो पटक रेडियो प्रसारण सुरु गरेको रेडियो नेपालले आज ६१ औं बार्षिकोत्सव मनाएको छ । बिक्रम संवद् २००७ साल चैत्र २० गते रेडियो नेपालले आफ्नो औपचारिक प्रशारण शुरु गरेको थियो । ६१ औं बर्ष प्रवेशको अवसरमा रेडियो नेपालले आज सिंहदरवारमा गरेको बार्षिकोत्सव कार्यक्रमका सहभागिहरुले रेडियो नेपाललाई सार्वजनिक प्रसारण संस्थाको रुपमा अघि बढाउनुपर्ने बताएका छन् । सरकारी सञ्चारमाध्यमको रुपमा स्थापना भएको रेडियो नेपाल समयानुकल चल्न नसकेको भन्दै सहभागिहरुले नीजि क्षेत्रका सञ्चारमाध्यमहरु जस्तै प्रतिस्पर्धी बनाउनुपर्ने बताएका छन् । जहानिया राणा शासनको अन्त्यपछि विक्रम सम्वत २००७ सात चैत्र २० गते प्रजातान्त्रिक रेडियोको रुपमा रेडियो नेपालको स्थापना भएको थियो । मुलुकको ८६ प्रतिशत क्षेत्रमा सुनिने रेडियो नेपालले मिडिबेव, सर्टवेब र एफएम फ्रिक्वेन्सी मार्फत समाचार, सुचना र मनोरञ्जनात्मक कार्यक्रम प्रशारण गर्दै आएको छ ।

एमाले स्थायी समिति बैठक पार्टी कार्यालय बल्लुमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र २० - सरकारमा जाने थप मन्त्रीको नाम तय गर्नका लागि एमाले स्थायी समिति बैठक पार्टी कार्यालय बल्लुमा बसिरहेको छ । आधा घण्टा अघि सुरु भएको बैठकले सरकारमा सहभागी हुने पाँच मन्त्रीको नाम तय गर्नेछ । गत शुक्रबार बसेको बैठक यो एजेण्डामै नगरी आइतबारका लागि सारिएको थियो । गठन भएको दुई महिना हुन लाग्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन ।
एमालेका तर्फबाट यसअघि तीन मन्त्री सहभागी भइसकेका छन् । बाँकी पाँच जना भौगोलिक, आदिवासी/जनजाति, मधेसी/दलितलगायत कोटा मिलाएर पठाउनुपर्ने छ । प्रधानमन्त्रीले प्रस्ताव गर्ने नामलाई स्थायी समितिले टुंगो लगाउने छ । मधेसीबाट रघुवीर महासेठ र सुदूरपश्चिमबाट भानुभक्त जैसीलाई मन्त्रीमा पठाउनेमा नेताहरूबीच करिब सहमति छ । अन्य बाँकी तीन जना क-कसलाई पठाउने भने विवादचाहिँ समाधान भइसकेको छैन