News

Apr 4, 2011

किरात धर्म-दर्शन, मुन्धुम र संस्कृतिसम्बन्धी वेबसाइट शुभाराम्भ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/- डीबी आङ्बुङ २०६७ चैत्र २०,किरात धर्म-दर्शन, मुन्धुम र संस्कृतिसम्बन्धी गतिविधि र लेखरचना समेटिएको एक वेबसाइट २०६७ चैत्र २० मा काठमाडौंबाट शुभाराम्भ गरिएको छ । विवश हेल्लोकको डिजाइन, मेन्निसाम याप्मीको सम्पादन, शान्ता लोहोरुङको प्रकाशन, सेसेहाङ फियाकको व्यवस्थापन र सेमिमा तुम्बाहाङफेको रिपोर्टिङमा शुभाराम्भ गरिएको यस वेबसाइटलाई २०६७ चैत्र १५ बाटै लगअन गर्न सकिएको थियो । किरात रिलिजन डट् कम(wwww.kiratreligion.com) डोमिन नाम रहेको यस वेबसाइटमा गृह, इतिहास, धर्म, दर्शन, मुन्धुम, संस्कृति, संस्कार, कला र साहित्यलगायतका संयोजन पृष्ठहरू रहेका छन् । उक्त साइटको सम्पादकीय पृष्ठमा जनाइएअनुसार सो वेबसाइट 'किरात धर्ममा अर्को पाइला' भएको भनिएको छ । स्वतन्त्र हिसाबले किरात धर्म, दर्शन, मुन्धुम, संस्कार, संस्कृति, इतिहास, साहित्य, भाषा-लिपि, साहित्य र कला आदिबारे जानकारी गराउन सञ्चालन गरिएको भनिएको उक्त वेसाइटका प्रायः सबैजसो लिङ्कहरु हेर्न सकिनेछ । वेबसाइटको सम्पादकीय पृष्ठमा सो वेबसाइटलाई अझ संस्थागत र स्तरीय बनाउन सबै पाठकबाट सल्लाह-सुझाव र साथ-सहयोगको अपेक्षासमेत गरिएको जनाइएको छ ।

No comments: