News

Nov 4, 2012

सँलिराप प्रवास समिति मलेशियाको बैठक सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/ राजकुमार तेयुङ 
मञ्च सम्बद्द मलेशियासँघिय लिम्बुवान राज्य परिषद प्रवास समिति को ऐतिहासिक बैठक आज मलेशियाको राजधानि क्वाललम्पुर स्थित नेपाली रेस्टुँरेन्ट मितेरीको तेस्रो तलामा सम्पन्न भएको छ । प्रेम मादेनको अध्यक्षतामा सम्पन्न भएको बैठकमा आद िबासी जनजाती महासँघ का अध्यक्ष बिष्णु किराँती प्रेम ,मञ्च सम्बद्द सँघिय लिम्बुवान राज्य परिषद प्रवास टदर्थ समिति तेर्थुम का प्रतिनिधी सुरेन मादेन,तेर्थुम ताप्लुङ सुदापका प्रति निधि महेन्द्र तुम्खेवा टाइगर,सँघिय लिम्बुवान राज्य परिषद प्रवास मलेशिया टदर्थ एकाइ कमिटि मलका का अध्यक्ष जय मोक्तान,किराँत धर्म तथा साहित्य उथ्थान सँघ राष्टिय समितिका सचिव पदम फियाक, र अन्य सदस्य हरुको समेत उपस्थीतीले हामि प्रवासमा रहेका सम्पुर्ण लिम्बु र लिम्बुवान भुमि लिम्बुकै हुनु पर्छ भन्दै जोडदारका साथ माग राख्दै परिषद लाइ ससक्त गर्नका लागी सि.सि.ओ.अभियान् सँञ्चालन गर्दै किराँतिहरुको राजा बलिहाङ राजाको बचनलाइ पुरा गर्नको निम्ति आगामि नोभेम्बर 13 मा राजधानि क्वाललम्पुर स्थित् नेपाली रेष्टुँरेन्टहरुमा लारीङगेक,नाम्लीङगेक देउसी भैलो, खेल्ने समेत बैठकले निर्णय गर्यो

आँधीका कारण अमेरिकामा ट्रक बन्दै छन् मतदान केन्द्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
गत हप्ता आएको ‘स्यान्डी’ नामक सामुन्द्रीक आँधीका कारण मतदान केन्द्र बनाउँने समय अभाव हुँदा सैनिक ट्रकलाई मतदान केन्द्र बनाउँने योजना सार्वजनिक भएको छ । स्यान्डीले पुर्याएको क्षतिबाट प्रभावित क्षेत्रमा हुने निर्वाचनलाई प्रभावकारी बनाउँन ट्रकलाई केन्द्र बनाउँने समाचार सार्वजनिक भएको हो । आँधी प्रभावित क्षेत्रमा कति निर्वाचन केन्द्र ट्रकका बनाउँने भन्ने विषयको भने टुङ्गो नलागेको समाचार संस्थाहरुले उल्लेख गरेका छन् । अमेरिकी राष्ट्रपति पदका लागि मंगलबार हुने मतदानका लागि वर्तमान राष्ट्रपति बाराक ओबामा र उनका प्रतिद्वन्द्वदी रिपब्लिकन पार्टीका उम्मेद्वार मिट रोम्नीबीच कडा प्रतिस्पर्धा हुँदै छ । ठूलो तयारीका बीच सम्पन्न हुन लागेको निर्वाचनको मुखमा आएको आँधीले अमेरिकामा करोडौँको क्षति भएको छ भने सयौँको ज्यान लिएको छ । आँधी प्रभावित क्षेत्रमा राष्ट्रपति, संसद तथा स्थानीय निर्वाचनका तीन हजार मतदान केन्द्र स्थापना गर्नुपर्ने छ । यी क्षेत्रहरुमा अझैसम्म विद्युत आपूर्ति हुन सकेको छैन् । आँधी प्रभावित क्षेत्रमा भएको क्षतिका आधारमा निर्वाचन क्षेत्र परिवर्तन हुन सक्ने सम्भावना अझै पनि रहेको त्यहाँका निर्वाचन बोर्डका प्रवक्ताले बताएको समाचारमा उल्लेख छ । विशेष तयारी र व्यवस्थित ढङ्गबाट हुने अमेरिकाको निर्वाचन यस पटक भने आँधीका कारण प्रभावित भएको छ ।

Nov 1, 2012

हङकङमा साहित्य श्रृङ्खला कृयाशिल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
हङकङ, अक्टुवर २९ ,नेपाली साहित्यनुरागीहरूको साझा सृङ्खला छैटौं कवि चन्द्र मादेन "आन्छन्"को संयोजकत्वमा स्थानीय सनराईज साप्ताहिकको कार्यालयमा कवि र कवियत्रिहरूको वाक्लो उपस्थितिका साथ सम्पन्न भएको थियो । सदाझैं प्रत्येक महिनाको आन्तिम आईतवार गरिने उक्त कार्यक्रममा कविता वाचन र साहित्यक सम्बन्धि विभिन्न मन्थन भएको थियो । विसुद्व नेपाली वाङ्मयको संमवर्दन र सम्रक्षण गर्ने हेतुले गरिएको सो धाराबाहिक सृङ्खलामा कविहरू टोप बहादुर राई, त्रिभुवन लुङ्फूङ्वा, वल्लभ रोक्का, डि बी पालुङ्वा , दाजु गुरूङ आदिले देश प्रेम र जीवन जगतका कविता र मुक्तकहरू वाचन गरेकाथिए , भने अन्य उपस्थितिहरूले साहित्यको उन्नति र सम्वृद्वीको लागि अवधारणाहरू सुनाएका थिए ।

सरकारको नेतृत्व विवादले शीर्ष बैठक निष्कर्षबिहीन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१६ कात्तिक,सहमतीय सरकारको नेतृत्वबारे एमाओवादी र कांग्रेस-एमालेले आ-आफ्नो अडान दोहोर्‍याएपछि गतिरोध अन्त्यको प्रयासमा बसेको शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुङ्गिएको छ । एमालेका पुराना नेता कृष्णलाल महर्जनको निवास बालकुमारीमा बसेको शीर्ष नेताहरुको बैठकमा संविधानसभा निर्वाचन, सहमतीय सरकार, बजेट लगायतका विषयमा छलफल भएको थियो । आगामी वैशाखमा संविधानसभाको निर्वाचन गर्न सबै दल सहमत भएपनि सहमतीय सरकारको नेतृत्वमा विवाद भएको एमाले नेता महर्जनले जानकारी दिनुभयो । ‘अधिकांश विषयमा सहमति भएपनि सरकारको नेतृत्वमा कुरा मिल्न सकेन’ महर्जनले अनलाइनखबरसँग भन्नुभयो । बैठकमा कांग्रेस-एमालेले संविधानसभा पुनःस्थापनामा छलफल नै नगर्ने बताएपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाखमा संविधानसभाको नयाँ निर्वाचन गर्ने प्रस्ताव गर्नु भएको छ । ‘पुनःस्थापनाको कुरा कांग्रेस एमालेले अस्वीकार गरेपछि प्रचण्डले वैशाखमा चुनावको प्रस्ताव गर्नुभयो’ नेता महर्जनले भन्नुभयो-’चुनावमा जाँदा बाबुराम नेतृत्वको सरकारमा सहमति हुनु पर्ने उहाँको अडान थियो ।’ प्रचण्डले बाबुराम सरकारलाई राष्ट्रिय स्वरुप दिएर चुनावमा जाने प्रस्ताव गर्नु भएको हो । जवाफमा कांग्रेस-एमालेले भने वर्तमान सरकारलाई कुनै हालतमा स्वीकार नगर्ने अडान लिएका छन् । एमाले नेता माधवकुमार नेपालले प्रचण्डको प्रस्ताव अस्वीकार गर्दै भन्नुभयो-’बाबुराम भट्टराई नेतृत्वमा नै सहमति खोज्ने हो भने सहमति नै हुन्न ।’ एमाओवादीले सहमति नचाहेको भन्दै उहाँले आ-आफ्नो अडान दोहोर्‍याउने हो भने अबको छलफलमा नआउने समेत बताउनु भयो । प्रचण्ड र नेपालले आ-आफ्नो अडान दोहोर्‍याउँदै छलफल नै नगर्ने बताएपछि फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र तमलोपाका अध्यक्ष महन्थ ठाकुरले अडान छाडेर सहमतिमा आउनु पर्ने भन्दै भोलि पनि छलफल गर्ने प्रस्ताव गर्नु भएको थियो ।

नेपालको ६ गाविसमा नेपाली रुपैयाँ चल्दैन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बैतडी, कार्तिक १३ - भारतसित सीमा जोडिएका तल्ल्लोस्वराड क्षेत्रका आधा दर्जन गाविसमा नेपाली रुपैयाँ चल्दैन । यहाँका बासिन्दाले भारतीय रुपैयाँबाटै कारोबार चलाउँछन् । भारतीय चम्पावतसित जोडिएका महाकाली किनारका पञ्चेश्वर, शर्माली, महाकाली, गिरेगाडा, रोडिदेवललगायत ८ गाविसमा भारतीय मुद्रा चलनचल्तीमा छ । यहाँबाट सदरमुकाम आउजाउ गर्नसमेत भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्य छ । सडक सुविधाबाट दुई दिन पैदल टाढाका यहाँका बासिन्दाले नेपाली नागरिकताबाहेक अन्य सेवा नपाएको गुनासो गरे । तीन दशकसम्म निर्माणाधीन पाटन-पञ्चेश्वर सडक निर्माण पूरा नहुँदा यहाँका बासिन्दा भारतीय बजारको भर पर्नुपर्छ । सबै कुरामा भारत निर्भर भएकाले स्थानीयले यो क्षेत्रलाई गुमदेश भन्ने गरेको गिरेगाडाका रमेशसिंह भण्डारीले बताए । भारतसित मात्र कारोबार हुने भएकाले सर्वसाधारणले सरकारी निकायबाट आएको बजेट भारतीय रुपैयाँ मात्रै बुझ्ने गरेको शर्मालीका करन साउदले बताए । 'सबै कारोबार भारतमै हुने गरेको छ, नेपालको नागरिकताबाहेक कुनै सुविधा छैन ।' साउदले भने, 'यातायात र सदरमुकामसितको पहुँच नहुँदा नेपाली रुपैयाँ नचल्ने गरेको हो ।' दैनिक उपभोग्यलगायत सबै सामान भारतीय बजारमा खरिद बिक्री गर्नुपर्ने भएकाले भारतीय मुद्रामा कारोबार गर्न सजिलो हुने गरेको स्थानीय व्यापारी बताउँछन् । नुन, तेल र खाद्यान्नलगायत उपभोग्य सामग्रीका लागि भारतीय बजार लुहाघाट, चम्पावत जाने बाध्यता रहेकाले नेपाली मुद्रामा कारोबार नहुने गरेको स्थानीयवासी बताउँछन् । स्थानीय उत्पादन र गाविसमार्फत वितरण गरिने सामाजिक सुरक्षा भत्ता र विकास बजेटसमेत भारतीय मुद्रा सटही गरेर बाँड्नुपरेको महाकाली गाविस सचिव उदयसिंह चाडले बताए । 'सदरमुकाम आएर भारतीय रुपैयाँ साटेर गाउँ जानुपर्छ,' सचिव चाडले भने । त्यस क्षेत्रका आधा दर्जन संघसंस्थाले दर्जनौंपटक ज्ञापन बुझाए पनि यातायातलगायत आधारभूत सुविधा पुर्‍याउन सरकारी पहल नभएको गुनासो गरे । 'पाटन-पञ्चेश्वर सडक निर्माणमा जोड दिन दर्जनौंपटक माग गर्‍र्यौं ।' कुलावका तारा चन्दले भने, 'दलका कार्यकर्ता र कर्मचारी आएको बजेट खानमात्रै लाग्छन्, यातायात नहुँदा स्वदेशको मुद्रासमेत चिन्दैनन् ।' तल्लोस्वराड क्षेत्रको समस्याबारे नेता र जिल्ला परिषद्बाट बर्सेनि आश्वासन पाए पनि सुविधा नपाएको स्थानीयको गुनासो छ ।

अफगानिस्तानमा मारिएका दुई गोर्खा सैनिकमध्ये एक मात्र नेपाली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक १६,अफगानिस्तानको हेल्मन्ड प्रान्तको नहर-ए- सराज जिल्लामा हत्या गरिएका द रोयल गोर्खा राइफल्सको फर्स्ट बटालियनमा कार्यरत दुई जना मध्ये एक जना मात्रै नेपाली रहेको खुलेको छ। मंगलबार भएको घटनामा मारिने दुई जनाको नाम आज सार्वजनिक गरिएको छ। मारिने दुई जना मध्ये एक जना लेफ्टिनेन्ट ड्रममन्ड बाक्स्टर हुन् भने अर्का लान्स कर्पोरल सिद्धान्त कुँवर। अफगानी प्रहरीको वर्दी लगाएका व्यक्तिले गोली हान्दा उनीहरुको मृत्यु भएको थियो।

जर्मनीका युवापिँढीको रुची सेक्समा भन्दा बढी सामाजिक सञ्जाल फेसबुक, ट्विटर र इमेलमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जर्मनीको युवा पुस्ता सेक्समा भन्दा बढी समाजिक सञ्जाल फेसबुक र ट्विटरमा रमाउँन थालेको सार्वजनिक भएको छ । जर्मनीको एक पत्रिकामा प्रकाशित एक अनुसन्धानात्मक लेखले त्यहाँका युवाको रुची सेक्समा भन्दा बढी समाजिक सञ्जालमा रहेको सार्वजनिक गरेको हो । त्यहाँको एक मनोविज्ञानसम्बन्धी जर्नल ‘साइकोालोजिकल साइन्स’मा उल्लेख गरिए अनुसार त्यहाँका युवा सेक्समा भन्दा बढी सामाजिक सञ्जालमा रमाउँन थालेको सार्वजनिक गरेको हो । जर्मनीका विभिन्न स्कुल र क्याम्पसमा अध्ययनरत छात्रछात्रा गरी २ सय पाँच जनामा गरिएको अनुसन्धानबाट यस्तो तथ्य सार्वजनिक भएको हो । युवा पुस्ताको दैनिक रुची र इच्छाबारे गरिएका प्रश्नमा युवा पुस्ताले सेक्सलाई भन्दा बढी प्राथमिकता सामाजिक सञ्जाललाई दिएको अनुसन्धानले देखाएको छ । स्मार्टफोनको सहायताले गरिएको अनुसन्धानमा उनीहरुका दैनिक रुचि र इच्छाका बारे दैनिक सात पटकसम्म फोन गरेर प्रश्न गरिएको थियो । उक्त पत्रिकाबाट सार्वजनिक गरिएको शोधमा भनिएको छ ‘सेक्स गर्नुभन्दा फेसबुक अपडेट गर्नु वा इमेल चेक गर्नु बढी सजिलो हुनाले जर्मनका युवा पुस्ता यतातिर मोडिएका हुन् ।’ धेरैको रुचीको विषय भए पनि सेक्स तत्काल उपलब्ध हुन नसक्ने तर सामाजिक सञ्जालमा तत्काल कुनै पनि काम गर्न सकिने भएकाले युवा पुस्ता यो तर्फ आकर्षित भएको मानिएको छ । तर यो अनुसन्धाकै आधारमा सम्पूर्ण युवा पुस्ताले सेक्सलाई छोडेर सामाजिक सञ्जालमा रमाउँन सक्ने वातावरण बनी नसकेको सहज अनुमान गर्न सकिन्छ । अनुसन्धानमा संलग्न केहीका धारणाले समेत यस कुराको पुष्टि गर्न सक्छ ।