News

Nov 4, 2012

आँधीका कारण अमेरिकामा ट्रक बन्दै छन् मतदान केन्द्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
गत हप्ता आएको ‘स्यान्डी’ नामक सामुन्द्रीक आँधीका कारण मतदान केन्द्र बनाउँने समय अभाव हुँदा सैनिक ट्रकलाई मतदान केन्द्र बनाउँने योजना सार्वजनिक भएको छ । स्यान्डीले पुर्याएको क्षतिबाट प्रभावित क्षेत्रमा हुने निर्वाचनलाई प्रभावकारी बनाउँन ट्रकलाई केन्द्र बनाउँने समाचार सार्वजनिक भएको हो । आँधी प्रभावित क्षेत्रमा कति निर्वाचन केन्द्र ट्रकका बनाउँने भन्ने विषयको भने टुङ्गो नलागेको समाचार संस्थाहरुले उल्लेख गरेका छन् । अमेरिकी राष्ट्रपति पदका लागि मंगलबार हुने मतदानका लागि वर्तमान राष्ट्रपति बाराक ओबामा र उनका प्रतिद्वन्द्वदी रिपब्लिकन पार्टीका उम्मेद्वार मिट रोम्नीबीच कडा प्रतिस्पर्धा हुँदै छ । ठूलो तयारीका बीच सम्पन्न हुन लागेको निर्वाचनको मुखमा आएको आँधीले अमेरिकामा करोडौँको क्षति भएको छ भने सयौँको ज्यान लिएको छ । आँधी प्रभावित क्षेत्रमा राष्ट्रपति, संसद तथा स्थानीय निर्वाचनका तीन हजार मतदान केन्द्र स्थापना गर्नुपर्ने छ । यी क्षेत्रहरुमा अझैसम्म विद्युत आपूर्ति हुन सकेको छैन् । आँधी प्रभावित क्षेत्रमा भएको क्षतिका आधारमा निर्वाचन क्षेत्र परिवर्तन हुन सक्ने सम्भावना अझै पनि रहेको त्यहाँका निर्वाचन बोर्डका प्रवक्ताले बताएको समाचारमा उल्लेख छ । विशेष तयारी र व्यवस्थित ढङ्गबाट हुने अमेरिकाको निर्वाचन यस पटक भने आँधीका कारण प्रभावित भएको छ ।

No comments: