News

Jun 1, 2013

साना ११ विद्यार्थीसंगठनले गरे आन्दोलनको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
ठूला विद्यार्थी संगठनहरुले स्ववियु निर्वाचन हुन नदिएको आरोप लगाउँदै साना ११ विद्यार्थी संगठनहरुले आन्दोलन र भण्डाफोरको कार्यक्रम अघि सारेका छन् । रिपोर्टर्स क्लव नेपालमा शनिवार पत्रकार सम्मेलन गरेर साना ११ विद्यार्थी संगठनहरुले संयुक्त रुपमा विरोधका कार्यक्रम अघि सारेका हुन् । विरोध स्वरुप साना ११ विद्यार्थी संगठनहरुले सोमबार त्रिभुवन विश्वविद्यालय घेराउ गर्ने जनाएका छन् । पूर्व घोषित कार्यतालिका अनुसार अथवा जेठ मसान्त भित्र स्ववियु निर्वाचन जसरी पनि सम्पन्न गर्ने विषयलाई दवाव दिने उद्देश्यले आगामी सोमबार त्रिवि घेराउ गरिने ११ विद्यार्थी संगठनका नेताहरुले बताएका छन् । त्रिवि घेराउपछि थप आन्दोलनका कार्यक्रम घोषणा गरिने विद्यार्थी नेताहरुले जनाएका छन् । आज रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने विद्यार्थी संगठनहरुमा नेपाल विद्यार्थी क्रान्तिकारी संघ, अनेरास्ववियु छैठौ, अनेरास्ववियु पाँचौ, क्रान्तिकारी विद्यार्थी संगठन, अखिल नेपाल विद्यार्थी युनियन, अनेरास्ववियु एकीकृत, राप्रविसंघ, नेपाल विद्यार्थी परिवार, विद्यार्थी मञ्च, मधेशी विद्यार्थी फोरम नेपाल र मविफोने लोकतान्त्रिक रहेका छन् ।

No comments: